ne_gl_ne_obs-tn/content/07/10.md

3.6 KiB

तर एसावले अझै पनि याकूबलाई हानी गर्न चाहँदैनथे

संयोजक शब्द “तर”ले यहाँ एसावको याकूबलाई मार्ने चाहनाप्रति याकूबको डर र एसावको याकूबलाई मार्ने अब कुनै चाहना नहुनुको बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

बरु, उनी तिनलाई फेरि देख्‍न पाउँदा धेरै खुशी थिए

संयोजक शब्द “बरु”ले एसावको याकूबलाई मार्ने चाहनाप्रति याकूबको डर र एसाव याकूबलाई देख्‍न पाउँदा खुशी हुनुको बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

शान्तिपूर्वक बसे

यसले एसाव र याकूब एक अर्कासँग रिसाएका थिएनन् र एक अर्कासँग लडेनन् भन्‍ने कुराको तथ्यलाई जनाउँछ ।

त्यसपछि इसहाक मरे

संयोजक शब्द “त्यसपछि”ले घटनाहरूको समयक्रमलाई जोड्छ, याकूब कनानमा फर्केर त्यहाँ बस्‍न थालेपछि इसहाकको मृत्यु भयो र याकूब र एसावले तिनलाई सँगै गाडे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

तिनलाई गाडे

यसको अर्थ तिनीहरूले जमिनमा एउटा खाल्डो खने, र इसहाकको शरीरलाई त्यहाँ राखे, र खाल्डोलाई माटो वा ढुङ्‍गाहरूले पुरे भन्‍ने हुन सक्छ । वा यसको अर्थ तिनीहरूले इसहाकको शरीरलाई कुनै चिहानमा राखे र प्रवेशलाई ढाकिदिए भन्‍ने हुन सक्छ ।

करारका प्रतिज्ञाहरू

यी ती प्रतिज्ञाहरू थिए जुन परमेश्‍वरले अब्राहामसँगको उहाँको करारमा बनाउनुभएको थियो ।

इसहाकबाट याकूबमा सर्‍यो

प्रतिज्ञाहरू अब्राहामबाट उनको छोरा इसहाकमा सर्‍यो, र अब इसहाकको छोरा याकूबमा सर्‍यो । एसावले प्रतिज्ञाहरू पाएनन् । ०६:०४लाई पनि हेर्नुहोस् ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।