ne_gl_ne_obs-tn/content/07/03.md

3.2 KiB

उनको आशिष् दिन

बाबुहरूले तिनीहरूका सन्तानहरूलाई राम्रो होस् भनी तिनीहरूको चाहनालाई औपचारिक ढङ्गले व्यक्त गर्नु चलनचल्तीको कुरा थियो । सामान्यतया जेठा छोराले सर्वोत्कृष्‍ट प्रतिज्ञा पाउँथ्यो । इसहाकले यो अतिरिक्त समृद्धि एसावलाई भएको चाहे ।

तर उनले त्यसो गर्न अघि

संयोजक शब्द “तर”ले यहाँ इसहाकको एसावलाई आशिष् दिने चाहना र उनलाई त्यसो गर्न रोक्‍न रिबेका र याकूबको हस्तक्षेप गर्ने चालको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनलाई छले

“छल्नु” शब्दले कसैलाई जानाजान झुक्क्याउन केही गर्नु भन्‍ने अर्थ दिन्छ । एसावको साटोमा याकूबलाई आशिष् दिन लगाउन इसहाकलाई छल्नलाई रिबेकाले एउटा योजना रचिन् ।

ढोङ्ग गर्नु

“ढोङ्ग गर्नु” शब्दले याकूबले कसरी तिनको बाबुलाई (जसको दृष्‍टि उनको वृद्धावस्थामा धेरै खराब थियो) छल्ने थिए भनेर देखाउँछ ।

त्यसैले याकूबले एसावका लुगाहरू लगाए र उनको घाँटि र हातहरूमा बाख्राको छाला राखे ।

संयोजक शब्द “त्यसैले”ले यहाँ, याकूबले इसहाकलाई छल्न एसावका लुगाहरू र बाख्राको छाला लगाए भन्‍ने परिणामलाई, इसहाक बुढा र अन्धा थिए भन्‍ने कारणसँग जोड्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

एसावका लुगाहरू

यसले एसावले लगाउने कपडाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)

बाख्राको छाला

बाख्राको छालामा रौँ नै रौँ हुने भएकाले त्यसले छाम्दा खेरी याकूबलाई एसाव जस्तै महसुस गराउने थियो ।