ne_gl_ne_obs-tn/content/07/02.md

3.0 KiB

एसावले याकूबलाई भने, “कृपया मलाई तिमीले पकाएको खानाबाट केही देऊ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “एसावले याकूबलाई बिन्ती गरे कि याकूबले कृपा गरेर आफूले पकाएका खानाबाट उनलाई केही देऊन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मलाई केही खाना देऊ ... तपाईंले सबै दिनुहुनेछ

केही भाषाहरूले यहाँ “देऊ”को लागि दुई फरक शब्दहरू प्रयोग गर्न रोज्‍न सक्छन् । यो अन्तिम दुई वाक्यहरूमा भएको “एसावले दिने प्रतिज्ञा गरे ... याकूबले दिए”मा पनि लागु हुने थियो ।

याकूबले जवाफ दिए, “पहिला प्रतिज्ञा गर्नुहोस कि तपाईंले पहिले जन्मिनुभएको हैसियतले जे-जति प्राप्त गर्नुपर्छ, ती सबैथोक तपाईंले मलाई दिनुहुनेछ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “याकूबले एसावलाई पहिला प्रतिज्ञा गर्न भने कि एसावले उनी पहिला जन्मेको हैसियतले जे-जति प्राप्त गर्नेथिए, उनले ती सबै याकूबलाई दिने थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तपाईं पहिले जन्मनुभएको हैसियतले तपाईंले प्राप्त गर्नुपर्ने सबैथोक

तिनीहरूको चलन अनुसार, जब तिनीहरूका बाबु मर्थे, एसाव सबैभन्दा जेठा छोरा भएका हुनाले, तिनीहरूका बाबुको सम्पत्तिको दुई गुणा बढि पाउने व्यक्ति उनी हुनुपर्ने थियो । याकूबले सबैभन्दा जेठा छोरा एसावबाट यी हकहरू लिने एउटा उपाय सोचे ।