ne_gl_ne_obs-tn/content/07/01.md

3.7 KiB

जब केटाहरू हुर्किए, याकूब घरमा बस्‍न रुचाउँथे, तर एसावलाई जनावरहरूको सिकार गर्न मन पर्थ्यो

केटाहरू एक अर्काबाट कसरी फरक थिए भन्‍ने बारेमा यो पृष्‍ठभूमि दिने जानकारी हो, र तिनीहरूका बाबुआमा हरेकले एउटा सन्तानको उपर अर्कोलाई रुचाउँथे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

घरमा बस्‍न रुचाउँथे ... सिकार गर्न रुचाउँथे

केही भाषाहरूले यहाँ “रुचाउँथे”को लागि अर्कै शब्द चलाउनेछन् जुन “रिबेकाले याकूबलाई रुचाउँथिन्”को लागि प्रयोग गरेको भन्दा फरक छ । उदाहरणको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “घरमा बस्‍न मन पराउँथे ... सिकार गर्न मन पराउँथे” वा, “घरमा बस्‍न रोज्थे ... सिकार गर्न रोज्थे ।”

घरमा

यो अभिव्यक्तिले परिवारको बसोबासको वरिपरिको क्षेत्रलाई जनाउँछ । याकूब तिनीहरू बसेको पालहरूको नजिक बस्‍न रोज्थे । केही भाषाहरूमा “घरमा” भन्‍नको लागि विशेष अभिव्यक्ति हुन्छ ।

तर एसाव जनावरहरूको सिकार गर्न मन पराउँथे

संयोजक शब्द “तर”ले एसावको सिकार गर्ने चाहना र याकूबको घरमै बस्‍ने चाहना बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

रिबेकाले याकूबलाई माया गर्थिन्, तर इसहाकले एसावलाई माया गर्थे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “रिबेकाले याकूबलाई बढि मन पराउँथिन्, र इसहाकले एसावलाई बढि मन पराउँथे ।” यसले रिबेका र इसहाकले अर्को छोरालाई अवश्‍य माया गर्दैनथे भनेर अर्थ दिँदैन, तर यो कि हरेक अभिभावकको मनपर्दो एउटा थियो ।

तर एसावले याकूबलाई माया गर्थे

संयोजक शब्द “तर”ले इसहाकको एसावको लागि भएको माया र रिबेकाको याकूबको लागि भएको माया बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)