ne_gl_ne_obs-tn/content/05/08.md

3.5 KiB

परमेश्‍वरले भन्‍नुभयो, “रोक् ! केटोलाई चोट नपुरा !अब मैले जानेँ कि तँ मसँग डराउँछस् किनभने तैँले तेरो एउटै छोरो पनि मबाट रोकेर राखिनस् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले उनलाई रोकिन, र केटोलाई चोट नपुर्‍याउन भन्‍नुभयो ! परमेश्‍वरले अब जान्‍नुभयो कि अब्राहाम परमेश्‍वरसँग डराउँथे किनभने उनले आफ्नो एउटै छोरो पनि उहाँबाट रोकेर राखेनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

उनको छोरोलाई मार्न

परमेश्‍वरले मानव बलि चाहनुभएन । परमेश्‍वरले देख्‍न चाहनभयो कि अब्राहामले परमेश्‍वरलाई उनको छोरालाई भन्दा ज्यादा प्रेम गर्थे र परमेश्‍वरले उनलाई उनको छोरा परमेश्‍वरलाई फिर्ता दिन बताउनु भएपनि परमेश्‍वरलाई मान्‍ने थिए ।

रोक् ! केटोलाई चोट नपुरा !

यो आज्ञा हो जुन तुरुन्तै भइहाल्यो किनभने यो परमेश्‍वरद्वारा बोलिएको थियो । परमेश्‍वरले इसहाकलाई जोगाउनुभयो र उनलाई मार्नबाट अब्राहामलाई रोक्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

तँ मसँग डराउँछस्

अब्राहाम परमेश्‍वरसँग डराए, जसमा परमेश्‍वरको लागि आदर र गहिरो सम्मान थियो । यी कुराहरूको कारणले, उनले परमेश्‍वरको आज्ञापालन गरे ।

तेरो एउटै छोरो

इश्‍माएल पनि अब्राहामको छोरा थिए, तर अब्राहाम र साराको एउटै मात्र छोरा इसहाक थिए । परमेश्‍वरको करार इसहाकसँग थियो र परमेश्‍वरले उहाँको प्रतिज्ञा इसहाकद्वारा पूरा गर्नुहुने थियो । यो भनाईको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तेरो एउटै छोरो जसलाई मैले प्रतिज्ञा गरेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)