ne_gl_ne_obs-tn/content/05/06.md

3.3 KiB

परमेश्‍वरले यसो भनेर अब्राहामको विश्‍वास जाँच्‍नुभयो, “इसहाक, तेरो एउटै छोरालाई लैजा, र मलाई बलि स्वरूप त्यसलाई मार् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले अब्राहामलाई इसहाक, उनको एउटै छोरालाई लिएर, परमेश्‍वरलाई बलि स्वरूप मार्न भन्‍नुभएर उनको विश्‍वास जाँच्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

परमेश्‍वरले अब्राहामको विश्‍वास जाँच्‍नुभयो

परमेश्‍वरले अब्राहामले आफू उहाँप्रति सम्पूर्ण रूपले समर्पित थिए, र परमेश्‍वरले उनलाई जेसुकै गर्न भन्‍नुभए पनि उनले मान्‍ने थिए भनेर देखाएको चाहनुभयो ।

तेरो एउटै छोरो

यो मानिएको छ कि परमेश्‍वर जान्‍नुहुन्छ कि अब्राहामको अर्को छोरा, इश्‍माएल छ । यसले जोड दिन्छ कि परमेश्‍वरले अब्राहामलाई दिने प्रतिज्ञा गर्नुभएको छोरा इसहाक हुन् । यो भनाईको पूर्ण अर्थलाई सपष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तेरो एउटै छोरो जसलाई मैले प्रतिज्ञा गरेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसलाई मार्

परमेश्‍वरले मानव बलि चाहनुभएन । अब्राहामले परमेश्‍वरलाई उनको छोरालाई भन्दा ज्यादा प्रेम गर्थे र परमेश्‍वरले उनलाई उनको छोरा परमेश्‍वरलाई फिर्ता दिन बताउनु भएपनि परमेश्‍वरलाई मान्‍ने थिए भनेर परमेश्‍वरले देख्‍न चाहनभयो ।

आफ्नो छोरालाई बलि गर्न तयार गरे

अब्राहाम उनको छोरालाई बलि गर्नलाई तयार भए । उनले आफ्नो छोरालाई मार्न भन्दा अगाडि परमेश्‍वरले उनलाई रोक्‍नुभयो ।