ne_gl_ne_obs-tn/content/01/05.md

2.9 KiB

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमारोस् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि व्यक्त गर्न सकिन्छः “त्यसपछि परमेश्‍वरले भन्‍नुभयो कि पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमार्नुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

परमेश्‍वरले भन्‍नुभयो

परमेश्‍वरले सबै वनस्पतिलाई एउटा आज्ञा बोल्नुभएर बनाउनुभयो ।

पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमारोस्

यो एउटा आज्ञा हो जुन तुरुन्तै भइहाल्यो किनभने त्यो परमेश्‍वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्‍चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमार्नेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

सबै किसिमको

बोट-बिरुवाहरू र वृक्षहरूको थुप्रै विभिन्‍न प्रजातिहरू, वा प्रकारहरू ।

बनाउनुभयो

यो शब्दलाई यहाँ केही कुरालाई शून्यताबाट बनाउनुको बुझाइमा प्रयोग गरिएको छ ।

असल थियो

यो पदावली सृष्‍टिको कथाभरी धेरैचोटि दोहोराइएको छ, र सृष्‍टिको प्रत्येक चरण परमेश्‍वरलाई मनपर्ने थियो अनि उहाँको योजना र उद्देश्यलाई पूरा गर्‍यो भन्‍ने कुरालाई जोड दिन्छ ।