ne_gl_ne_obs-tn/content/38/08.md

23 lines
3.3 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# जैतुन डाँडा
यो यरूशलेम सहरको पर्खालहरूको ठीक बाहिर रहेको जैतुनको रूखहरूले ढाकिएको एउटा पहाडको नाम हो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “जैतुन रूखको डाँडा ।”
# मलाई त्याग्‍नेछौ
अर्थात, “एक्लै पार्नेछौ” वा, “मलाई छोड्नेछौ ।”
# यसो लेखिएको छ
अर्थात, “परमेश्‍वरको वचनमा यसो लेखिएको छ” वा, “धर्मशास्‍त्रमा यसो लेखिएको छ” वा, “परमेश्‍वरका अगमवक्ताहरूमध्ये एकजनाले लेखे ।” यसो भन्‍न पनि सम्भव छ, “जे लेखिएको छ सो हुनेछ” वा, “जे लेखिएको छ यो त्यहि अनुसार हुनेछ ।” यो अगमवाणीले येशूको मृत्यु र उहाँको अनुयायीहरू भागेर जाने कुरालाई जनाउँछ ।
# म हिर्काउनेछु
अर्थात, “म मार्नेछु ।” यहाँ 'म' भन्‍ने शब्‍दले परमेश्‍वरलाई जनाउँछ। यसले यो जनाउँछ कि परमेश्‍वले येशुलाई हानि गर्न र मार्न, मानिसहरुलाई अनुमति दिनु भयो। (हेर्‍नुहोसः [[rc://en/ta/man/translate/figs-explicit]])
2020-07-24 17:14:45 +00:00
# गोठालो र सबै भेडाहरू
यो उद्धरणमा येशूको नाम प्रयोग नगर्नुहोस् किनभने जुन अगमवक्ताले यो सर्वप्रथम लेखे उनलाई गोठालोको नामको जानकारी नभएको हुन सक्छ । साथै, भेडाहरूले चेलाहरूलाई जनाइरहेको छ भनेर पनि इंकित नगर्नुहोस् । तपाईंको अनुवादमा “गोठालो” र “भेडाहरू” भनेर अर्थ दिने शब्दहरू नै प्रयोग गर्दा सबैभन्दा बेस हुन्छ ।
# सबै भेडाहरु तितरबितर हुनेछन्
2020-07-24 17:14:45 +00:00
यसलाई सक्रिय रुपमा प्रस्‍तुत गर्न सकिन्‍छ। वैकल्पिक अनुवादः "तिनिहरुले बगालको सबै भेडाहरुलाई तिनरबितर पार्नेछन्" वा "बगालको सबै भेडाहरु चारै दिशा भाग्‍नेछन्।" ( हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-activepassive]])