ne_gl_ne_obs-tn/content/03/15.md

20 lines
2.6 KiB
Markdown
Raw Normal View History

# परमेश्‍वरले भन्‍नुभयो, “म प्रतिज्ञा गर्छु कि मानिषहरुले गरेको पापको कारण, म फेरि कहिल्यै भूमिलाई श्राप दिनेछैन वा पृथ्‍विलाई जलप्रलयद्वारा नष्‍ट गर्ने छैन्, यधपि  मानिस बालक छदादेखि नै पापमय स्‍वभावका हुन्छन् ।”
2020-07-24 17:14:45 +00:00
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले भूमिलाई फेरि कहिल्यै श्राप नदिने प्रतिज्ञा गर्नुभयो ... मानिसहरू त तिनीहरू बालक हुँदाको समयदेखि नै पापपूर्ण हुन्छन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# फेरि कहिल्यै
यसको अर्थ हुन्छ, “फेरि कहिल्यै होइन” वा, “कुनै पनि समयमा फेरि होइन” वा, “साँच्‍चै फेरि होइन” । उदाहरणहरूः “म फेरि कहिल्यै भूमिलाई श्राप दिनेछैन” वा, “म फेरि कुनै पनि समयमा भूमिलाई श्राप दिनेछैन” वा, “म साँच्‍चै भूमिलाई फेरि श्राप दिनेछैन” ।
# भूमिलाई श्राप दिनु
पृथ्वी र अरू जिवातहरूले मानिसको पापको कारण दुःख भोगे ।
# संसार
यसले पृथ्वी र यसमा बस्‍ने जीवित जिवातहरूलाई जनाउँछ ।
# मानिस बालक छदादेखि नै पापमय स्‍वभावका हुन्छन् ।”
2020-07-24 17:14:45 +00:00
यसलाई बताउने अर्को तरिका यस्तो हुन सक्थ्यो, “मानिसहरूले तिनीहरूको सारा जीवन भरी पापपूर्ण कामहरू गर्दछन् ।”