RepoConversions_ne_obs-tn/content/14/05.md

4.0 KiB

तिनीहरू फर्केर आए

तिनीहरू कनानको सिमानाको ठ्याक्‍क बाहिर फर्के, जहाँ बाँकी इस्राएलीहरूले कुरिरहेका थिए । यसलाई प्रस्टसँग बताउन सकिन्छः “तिनीहरू इस्राएलीहरूको डेरामा फर्केर आए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले मानिसहरूलाई भने, “जमिन धेरै मलिलो छ र अन्‍नका बालीहरू प्रशस्त छन् !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “तिनीहरूले मानिसहरूलाई बताए कि जमिन धेरै मलिलो थियो र अन्‍नका बालीहरू प्रशस्त थिए !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

जमिन धेरै मलिलो छ र अन्‍नका बालीहरू प्रशस्त छन् !

यो कडा भनाई हो जसले जमिन असाध्यै राम्रो थियो भनेर जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

सहरहरू धेरै बलिया छन् र मानिसहरू बडेमान छन् !

यो कडा भनाई हो जसले त्यस देशका बासिन्दाहरू धेरै ठूला कदका र शक्तिशाली सिपाहीहरू थिए भनेर जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

सहरहरू धेरै बलिया छन्

सहरहरूका वरिपरि बलिया पर्खालहरू थिए, जसका कारण इस्राएलीहरूका लागि तिनीहरूलाई आक्रमण गर्न धेरै कठिन हुने थियो ।

मानिसहरू बडेमान छन्

यसले असाधारण किसिमले अग्ला भएका मानिसहरूलाई मात्र जनाइरहेको छैन, तर एउटा खास वर्गका मानिसहरूलाई जनाइरहेको छ जो सामान्य मानिसहरूमा हुने सबैभन्दा अग्ला व्यक्तिहरू भन्दा निकै ज्यादा ठूला थिए । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हामीसँगको तुलनामा मानिसहरू दैत्यसमान छन् !” वा, “मानिसहरू हामी भन्दा धेरै अग्ला र बलिया छन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

यदि हामीले तिनीहरूलाई आक्रमण गर्‍यौँ भने, तिनीहरूले हामीलाई अवश्य हराउनेछन् र मार्नेछन् !

यो कडा भनाई हो जसले कनानीहरूले तिनीहरूलाई लडाईँमा हराउने थिए भनेर इस्राएलीहरू निश्‍चित थिए भनेर जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)