RepoConversions_ne_obs-tn/content/50/11.md

1.2 KiB

उहाँले छोड्नुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँले पृथ्वीलाई छोड्नुभयो” वा, “उहाँ स्‍वर्गमा फर्कन जानुभयो ।”

आकाशका बादलहरूमा आउनुहुनेछ

अर्थात, “उहाँ आउनुहुँदा आकाशका बादलहरूले उहाँलाई घेर्नेछन्” वा, “आकाशका बादलहरूले उहाँलाई बोकेर ल्याउनेछन् ।”

जब येशू फर्कनुहुन्छ

अर्थात, “जब येशू पृथ्वीमा फर्कनुहुन्छ ।”

उहाँलाई बादलमा भेट्न

अर्थात, “उहाँसँग आकाशमा सम्मिलित हुन ।” येशूमा विश्‍वास गर्नेहरू येशू आकाशमा हुनुहुँदा उहाँको नजिकै हुन माथि जानेछन् ।