RepoConversions_ne_obs-tn/content/32/06.md

1.9 KiB

चिच्‍यायो

अर्थात, “करायो” वा, “अचम्ममा परेर करायो ।”

तपाईं मसँग के चाहनुहुन्छ

यो अभिव्यक्तिको अर्थ हुन्छ, “तपाईं मलाई के गर्न जाँदै हुनुहुन्छ ?”

सबैभन्दा उच्‍चका परेमश्‍वर

अर्थात, “सर्वोच्‍च परमेश्‍वर” वा, “सबैभन्दा सार्वभौम परमेश्‍वर” वा, “सर्वशक्तिमान् परेमश्‍वर ।” यहाँ “उच्‍च”को अर्थले परमेश्‍वरको महानतालाई जनाउँछ । यसले उचाई वा अग्लो हुनुलाई जनाउँदैन ।

फौज

यो भूतहरूको समूहको नाम थियो, तर यसले भूतहरू निकै अनगिन्ती थिए भनेर पनि वर्णन गर्छ । यो नामलाई प्रयोग गर्नुहोस् यदि तपाईंको भाषामा त्यसपछि आउने टिप्पणीले अर्थलाई स्पष्‍ट बनाइदिन्छ । होइन भने, तपाईंले त्यसलाई केही अरू भनेर अनुवाद गर्न आवश्‍यक हुन सक्छ, जस्तै, “सेना” वा, “भीड” वा, “हजारौँ ।”

हामी धेरै छौँ

अर्थात, “हामीहरू यहाँ धेरै छौँ” वा, “हामी धेरै भूतहरू हौँ ।”