RepoConversions_ne_obs-tn/content/30/04.md

2.0 KiB

दिन ढल्किन लाग्दा

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जब झण्डै साँझ परिसकेको थियो ।”

येशूलाई भन्यो, “अबेर भइसकेको छ र नजिकैमा कुनै सहरहरू छैनन् । मानिसहरूलाई पठाउनुहोस् ताकि तिनीहरूले गएर खानलाई केही पाउन सकून् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूलाई भने कि अबेर भइसकेको थियो र नजिकैमा कुनै सहरहरू थिएनन् । त्यसैले तिनीहरूले मानिसहरूलाई पठाउन उहाँलाई अनुरोध गरे ताकि तिनीहरूले गएर खानलाई केही पाउन सकून् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मानिसहरूलाई पठाउनुहोस्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कृपया मानिसहरूलाई सहरतिर जान भन्‍नुहोस्” वा, “तपाईंले मानिसहरूलाई अन्तै जानलाई भन्‍नुपर्दैन र ?” वा, “मानिसहरू सहरतिर जाऊन् ।” यो कुरा पक्‍का गर्नुहोस् कि यो एउटा विनम्र अनुरोध जस्तो सुनियोस्, र खटाएको जस्तो होइन ।