24 lines
2.7 KiB
Markdown
24 lines
2.7 KiB
Markdown
# सामान्य जानकारी
|
|
|
|
येशूले कथालाई जारी राख्नुहुन्छ ।
|
|
|
|
# उसको घुँडा टेक्यो
|
|
|
|
अर्थात, “तुरुन्तै भुइँमा घुँडा टेक्यो ।” यो उसको नम्रता र राजाले उसलाई सहायता गरिदिऊन् भन्ने उसको इच्छा देखाउने एउटा तरिका थियो । यो कुरा पक्का गर्नुहोस् कि ऊ अचानक दुर्घटनावश लड्यो भनेर सुनाएको जस्तो नहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-symaction]])
|
|
|
|
# राजाको अगाडि
|
|
|
|
यसको अर्थ हुन्छ, “राजाको सामुन्ने ।”
|
|
|
|
# र भन्यो, ‘कृपया मसँग धिरजी हुनुहोस्, र मैले तपाईंलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिनेछु ।’
|
|
|
|
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र उनलाई उससँग कृपा गरी धिरजी हुनको लागि बिन्ती गर्यो, र तब उसले उनलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिने थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotesinquotes]])
|
|
|
|
# दया जाग्यो
|
|
|
|
अर्थात, “उसको निम्ति दया महसुस गरे” वा, “... को लागि क्षमाप्रार्थी भए ।” राजाले जान्दथे कि यदि तिनीहरू दासत्वमा बेचिए भने त्यस नोकर र त्यसको परिवारले धेरै कष्ट काट्ने थिए ।
|
|
|
|
# उसका सबै ऋण माफ गरिदिए
|
|
|
|
यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “भने कि त्यस नोकरले राजालाई तिर्नुपर्ने पैसाको केही पनि तिर्न आवश्यक छैन ।”
|