RepoConversions_ne_obs-tn/content/28/06.md

4.0 KiB

येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “यो असाध्यै कठिन छ ... धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो कि धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई असाध्यै कठिन छ ! हो, कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न भन्दा ऊँटलाई सियोको नाथ्रीबाट पस्‍न ज्यादा सजिलो हुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई असाध्यै कठिन छ !

यो कडा भनाई हो जसले धनी मानिसहरूले उद्धार पाउनलाई धेरै कठिन छ भनेर बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको राज्यमा नागरिक हुनलाई ।”

कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न भन्दा ऊँटलाई सियोको नाथ्रीबाट पस्‍न ज्यादा सजिलो हुन्छ

यो धनी मानिसले उद्धार पाउनलाई हुने कठिनाईलाई जोड दिनलाई भनिएको अतिरञ्‍जित भनाई हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

ऊँट

ऊँटहरू प्राय गह्रौँ भारीहरू बोक्‍नलाई प्रयोग गरिने धेरै ठूला जनावरहरू हुन् । यदि तपाईंको भाषा क्षेत्रमा ऊँट भनेको चिनिदैँन भने, “एउटा धेरै ठूलो जनावर” वा, “भारी बोक्‍ने पशु” जस्तो कुनै पदावलीको प्रयोग गर्न सकिन्छ । यदि तपाईंले ऊँटको ठाउँमा अरू कुनै ठूलो जनावरको नामलाई राख्‍न चाहनुहुन्छ भने, यो कुरा पक्‍का गर्नुहोस् कि त्यो जनावरलाई येशूले जुन मानिसहरूसँग कुरा गरिरहनुभएको थियो, तिनीहरूद्वारा चिनिएको हुन सकोस्, जस्तै “गोरू” वा, “गधा ।”

सियोको नाथ्री

यसले सिलाउने सियोको एक छेउमा भएको मसिनो प्वाललाई जनाउँछ । ऊँटजत्रो ठूलो कुरा सियोको नाथ्रीबाट पस्‍ने भन्‍ने विचारले केही असम्भव कुरालाई जनाउन खोजिएको छ ।