RepoConversions_ne_obs-tn/content/27/06.md

2.1 KiB

सामान्य जानकारी

येशूले कथा भन्‍नलाई जारी राख्‍नु हुन्छ ।

त्यसको तुरुन्तै पछि, एकजना यहूदी पूजाहारी

यसले नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

त्यतैतिर हिँड्दै आए

अर्थात, “साथसाथै यात्रा गरिरहेको हुन पुग्यो ।” केही भाषाहरूमा “हिँड्नु”को साटोमा “यात्रा गर्नु” भन्‍ने शब्द चलाउन आवश्‍यक हुन सक्छ किनकि पूजाहारी केवल बाटोमा हिँडिरहेका थिएनन् तर अर्को सहरमा पुग्‍नको लागि यात्रा गरिरहेका थिए ।

गइ नै राखे

अर्थात, “बाटोमा यात्रा गरिरहन जारी राखे ।”

उनले त्यस मानिसलाई पूर्ण रूपले बेवास्ता गरे

यो अचम्मलाग्दो कुरा थियो किनभने पूजाहारीहरू धेरै धार्मिक थिए, र तिनीहरूको सङ्‍गी यहूदी मानिसलाई सहायता गर्छन् भनेर अपेक्षा गरिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यस मानिसलाई बेवास्ता गरे

अर्थात, “त्यस मानिसलाई सहायता गरेनन्” वा, “त्यस मानिसको लागि कुनै चासो देखाएनन् ।”