RepoConversions_ne_obs-tn/content/24/01.md

2.0 KiB

उजाडस्थान

अर्थात, “मरुभूमि” वा, “एउटा दुर्गम, मरुभूमि जस्तो ठाउँ ।” यस क्षेत्रमा थोरै मानिसहरू बसेका हुन्थे ।

जङ्‍गली मह

यो मह उजाडस्थानमा भएका मौरीहरूले प्राकृतिक रूपमा गरेको उत्पादन थियो; यो मानिसहरूले घरमा पालेर बनाएको कुरा थिएन । यदि “मह” शब्दलाई मानिसहरूले त्यसरी नै बुझ्छन् भने, तपाईंले “जङ्‍गली” भनिरहनु आवश्‍यक छैन ।

सलहहरू

तिनीहरू धेरै ठूला फट्याङ्‍ग्राहरू जस्तै ठूला, उफ्रँदै हिँड्ने कीराहरू थिए जसका पखेटा हुन्थे । मरुभुमिमा बस्‍ने केही मानिसहरूले यिनीहरूलाई खान्छन् ।

ऊँटको रौँहरूबाट बनाइएको लुगाहरू

अर्थात, “ऊँटको रौँहरूबाट बनाइएको खस्रो लुगाहरू ।” यी लुगाहरू मरुभूमिमा अरू लुगाहरू झैँ छिट्टै फाट्दैनन् ।

ऊँटको रौँ

ऊँट भनेको धेरै खस्रो रौँ भएको जनावर हो । मानिसहरूले त्यसबाट लुगाहरू बनाउन सक्थे । यसलाई “जनावरको खस्रो रौँ” भनेर अनुवाद गर्न सकिन्थ्यो ।