RepoConversions_ne_obs-tn/content/23/06.md

1.5 KiB

तिनीहरूका बथानहरूलाई पहरेदारी गरिरहेका

“बथान” भनेको एक झुण्ड भेडाहरू हो । गोठालाहरूले तिनीहरूका भेडाहरूको हेरविचार गरिरहेका थिए, र तिनीहरूलाई हानी वा चोरी हुनबाट जोगाइरहेका थिए ।

एकजना चम्किलो स्वर्गदूत

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “चहकिलो ज्योतिले घेरिएका एकजना स्‍वर्गदूत ।” चम्किलो ज्योति रातको अन्धकारको तुलनामा अझ बढि उज्यालो देखिएको हुनुपर्छ ।

तिनीहरू भयभीत भए

अलौकिक स्वर्गदूतको स्वरूप एकदमै डरलाग्दो थियो ।

नडराओ

यसको अर्थ प्राय यस्तो हुन्छ, “डराउन छोड ।” स्वर्गदूतलाई देख्‍दा गोठालाहरू धेरै डराएका थिए, त्यसैले तिनले तिनीहरूलाई डराउन आवश्‍यक थिएन भनेर बताउँदै थिए ।