RepoConversions_ne_obs-tn/content/17/14.md

2.3 KiB

तर दाऊदको बालक छोरो मर्‍यो

संयोजक शब्द “तर”ले दाऊदको पश्‍चात्ताप र परमेश्‍वरको क्षमालाई दाऊदलाई परमेश्‍वरको दण्ड र बतशेबाको बालक मर्ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनको आफ्नै घरानाका केही मानिसहरू उनको विरुद्धमा लडे

यो लडन्त धेरै गम्भीर थियो । अन्य कुराहरूमध्येमा, उनका छोराहरूमध्येका एकजनाले अर्का छोरालाई मारिदियो र दाऊदले अझ शासन गरिरहँदा नै दाऊदको राजाको रूपमा भएको स्थान लिन कोसिस गर्‍यो । यदि सम्भव हुन्छ भने, त्यस्तो शब्द प्रयोग गर्नुहोस् जसले परिवार भित्रै भएको यस द्वन्द्वको तीव्रताको सन्देश दिन्छ ।

तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्थ्यो

संयोजक शब्द “तर”ले दाऊदको पाप र अविश्‍वासपनलाई परमेश्‍वरको विश्‍वासयोग्यतासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

पछि

यसले दोस्रो छोराको जन्मलाई जनाउँछ जो चाहिँ मरेन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।