3.5 KiB
परमेश्वरले भन्नुभयो, “रोक् ! केटोलाई चोट नपुरा !अब मैले जानेँ कि तँ मसँग डराउँछस् किनभने तैँले तेरो एउटै छोरो पनि मबाट रोकेर राखिनस् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले उनलाई रोकिन, र केटोलाई चोट नपुर्याउन भन्नुभयो ! परमेश्वरले अब जान्नुभयो कि अब्राहाम परमेश्वरसँग डराउँथे किनभने उनले आफ्नो एउटै छोरो पनि उहाँबाट रोकेर राखेनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)
उनको छोरोलाई मार्न
परमेश्वरले मानव बलि चाहनुभएन । परमेश्वरले देख्न चाहनभयो कि अब्राहामले परमेश्वरलाई उनको छोरालाई भन्दा ज्यादा प्रेम गर्थे र परमेश्वरले उनलाई उनको छोरा परमेश्वरलाई फिर्ता दिन बताउनु भएपनि परमेश्वरलाई मान्ने थिए ।
रोक् ! केटोलाई चोट नपुरा !
यो आज्ञा हो जुन तुरुन्तै भइहाल्यो किनभने यो परमेश्वरद्वारा बोलिएको थियो । परमेश्वरले इसहाकलाई जोगाउनुभयो र उनलाई मार्नबाट अब्राहामलाई रोक्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)
तँ मसँग डराउँछस्
अब्राहाम परमेश्वरसँग डराए, जसमा परमेश्वरको लागि आदर र गहिरो सम्मान थियो । यी कुराहरूको कारणले, उनले परमेश्वरको आज्ञापालन गरे ।
तेरो एउटै छोरो
इश्माएल पनि अब्राहामको छोरा थिए, तर अब्राहाम र साराको एउटै मात्र छोरा इसहाक थिए । परमेश्वरको करार इसहाकसँग थियो र परमेश्वरले उहाँको प्रतिज्ञा इसहाकद्वारा पूरा गर्नुहुने थियो । यो भनाईको पूर्ण अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तेरो एउटै छोरो जसलाई मैले प्रतिज्ञा गरेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)