forked from WA-Catalog/ne_ulb
3927 lines
654 KiB
Plaintext
3927 lines
654 KiB
Plaintext
\id PSA Unlocked Literal Bible
|
|
\ide UTF-8
|
|
\h भजनसंग्रह
|
|
\toc1 भजनसंग्रहको पुस्तक
|
|
\toc2 भजनसंग्रह
|
|
\toc3 psa
|
|
\mt1 भजनसंग्रहको पुस्तक
|
|
|
|
|
|
\s5
|
|
\c 1
|
|
\p
|
|
\v 1 त्यो मानिस धन्यको हो जो दुष्टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्ला गर्नेहरूको सभामा बस्दैन ।
|
|
\v 2 तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यावस्थमा त्यसले दिन र रात मनन् गर्छ ।
|
|
\s5
|
|
\v 3 त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्नो ऋतुमा त्यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।
|
|
\s5
|
|
\v 4 दुष्टहरू त्यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन् ।
|
|
\v 5 त्यसैले दुष्टहरू न्यायमा खडा हुनेछैनन् न त पापीहरू धर्मीको सभामा हुनेछन् ।
|
|
\s5
|
|
\v 6 किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्टको मार्ग भने नष्ट हुनेछ ।
|
|
\s5
|
|
\c 2
|
|
\p
|
|
\v 1 जातिहरूले किन कोलाहल मच्चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्?
|
|
\v 2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्छन्,
|
|
\v 3 "तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।"
|
|
\s5
|
|
\v 4 स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।
|
|
\v 5 तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ,
|
|
\s5
|
|
\v 6 "मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।"
|
|
\v 7 परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्नुभयो, "तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।
|
|
\s5
|
|
\v 8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
|
|
\v 9 तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।"
|
|
\s5
|
|
\v 10 त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ ।
|
|
\v 11 भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।
|
|
\s5
|
|
\v 12 पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किंदा तिमीहरू बाटैमा मर्नेछौ । उहाँमा शरण लिने सबै जना कति धन्य हुन् ।
|
|
\s5
|
|
\c 3
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।
|
|
\v 2 धेरै जनाले मेरो बारेमा भन्छन्, "त्यसको निम्ति परमेश्वरबाट कुनै सहायता छैन ।" सेला
|
|
\s5
|
|
\v 3 तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्च पार्नुहुन्छ ।
|
|
\v 4 परमप्रभुमा म आफ्नो सोर उचाल्छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला
|
|
\s5
|
|
\v 5 म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो ।
|
|
\v 6 मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।
|
|
\s5
|
|
\v 7 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्नुहुनेछ । तपाईंले दुष्टहरूका दाँतहरू भाँच्नुहुनेछ ।
|
|
\v 8 उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
|
|
\s5
|
|
\c 4
|
|
\p
|
|
\v 1 हे मेरा धार्मिकताका परमेश्वर, मैले पुकारा गर्दा मलाइ जवाफ दिनुहोस् । म घेरामा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस् ।
|
|
\s5
|
|
\v 2 ए मानिसहरू, मेरो इज्जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला
|
|
\v 3 तर धर्मीहरूलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुहुन्छ भनी जान । मैले परमप्रभुलाई पुकारा गर्दा उहाँले सुन्नुहुनेछ ।
|
|
\s5
|
|
\v 4 डरले काम, तर पाप नगर । आफ्नो ओछ्यानमा आफ्नो मनमा ध्यान गर र शान्त होओ । सेला
|
|
\v 5 धार्मिकताका बलिदानहरू चढाओ र आफ्नो भरोसा परमप्रभुमा राख ।
|
|
\s5
|
|
\v 6 धेरै जना भन्छन्, "हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?" हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।
|
|
\v 7 अरूसँग आफ्नो अन्न र नयाँ दाखमद्य प्रशस्त भएको बेलामा भन्दा धेरै खुसी तपाईंले मेरो हृदयमा दिनुभएको छ ।
|
|
\v 8 शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ ।
|
|
\s5
|
|
\c 5
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्नुहोस् । मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस् ।
|
|
\v 2 हे मेरो राजा र मेरो परमेश्वर, मेरो पुकाराको सोर सुन्नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
|
|
\v 3 हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्नुहुन्छ । बिहानै म आफ्नो बिन्ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
|
|
\s5
|
|
\v 4 निश्चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्वर हुनुहुन्न । दुष्ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
|
|
\v 5 अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
|
|
\v 6 तपाईंले झुट बोल्नेहरूलाई नष्ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 7 तर मेरो बारेमा, तपाईंको महान् करारको विश्वस्तताको कारणले, म तपाईंको मन्दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
|
|
\v 8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
|
|
\s5
|
|
\v 9 किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन । तिनीहरू अन्तस्करण दुष्ट छ । तिनीहरूका गला एउटा खुला चिहान हो । आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन् ।
|
|
\v 10 हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
|
|
\s5
|
|
\v 11 तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।
|
|
\v 12 किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ । तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ ।
|
|
\s5
|
|
\c 6
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।
|
|
\v 2 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।
|
|
\s5
|
|
\v 3 मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्तर रहन्छ?
|
|
\v 4 हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्वस्तताको कारणले मलाई बचाउनुहोस् ।
|
|
\v 5 किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ?
|
|
\s5
|
|
\v 6 मेरो सुस्केराले म थकित छु । सारा रात आँशुले म आफ्नो ओछ्यान भिजाउँछु । म आफ्नो पलङ्ग मेरो आँशुले धुन्छु ।
|
|
\v 7 मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।
|
|
\s5
|
|
\v 8 ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्नुभएको छ ।
|
|
\v 9 दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
|
|
\v 10 मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्टमा पर्नेछन् । तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन् ।
|
|
\s5
|
|
\c 7
|
|
\p
|
|
\v 1 हे परमप्रभु मेरा परमेश्वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।
|
|
\v 2 नत्र तिनीहरूले मलाई सिंहले झैं टुक्रा-टुक्रा पार्नेछन्, मलाई सुरक्षा दिने कोही नहुँदा मलाई च्यातेर टुक्रा गर्नेछन् ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु मेरो परमेश्वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
|
|
\v 4 मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्नुहोस् ।
|
|
\s5
|
|
\v 5 तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला
|
|
\s5
|
|
\v 6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्
|
|
\v 7 देशहरू तपाईंको वरिपरि भेला हुन्छन् । तिनीहरूमाथि फेरि पनि आफ्नो उचित स्थान लिनुहोस् ।
|
|
\s5
|
|
\v 8 हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्च, म धर्मी र निर्दोष छु ।
|
|
\v 9 दुष्टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
|
|
\s5
|
|
\v 10 मेरो ढाल परमेश्वरबाट आउँछ, जसले सोझो हृदय हुनेलाई बचाउनुहुन्छ ।
|
|
\v 11 परमेश्वर धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्वर जो हरेक दिन क्रोधित हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 12 मानिसले पश्चाताप गर्दैन भने, परमेश्वरले युद्धको निम्ति आफ्नो तरवार धारिलो पार्नुहुन्छ, र आफ्नो धनु तयार पार्नुहुन्छ ।
|
|
\v 13 त्यसको विरुद्धमा हतियार प्रयोग गर्ने तयारी उहाँले गर्नुहुन्छ । उहाँले आफ्ना वाणहरूलाई अग्नीवाण बनाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 14 त्यस्तो व्यक्तिको बारेमा विचार गर जसका कल्पना दुष्टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।
|
|
\v 15 त्यसले खाडल खन्छ र त्यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ ।
|
|
\v 16 त्यसका आफ्नै विनाशपूर्ण योजनाहरू त्यसका आफ्नै शिरमाथि पर्छन्, किनभने त्यसको हिंसा त्यसको आफ्नै शिरमाथि आउँछ ।
|
|
\s5
|
|
\v 17 परमप्रभुको न्यायको निम्ति म उहाँलाई धन्यवाद दिनेछु । सर्वोच्च परमप्रभुको निम्ति म प्रशंसाको गीत गाउनेछु ।
|
|
\s5
|
|
\c 8
|
|
\p
|
|
\v 1 हे हाम्रा परमप्रभु परमेश्वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
|
|
\v 2 तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्त गराउन सक्नुहुन्छ ।
|
|
\s5
|
|
\v 3 जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्नुभएको छ,
|
|
\v 4 मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्ता दिनुहुन्छ?
|
|
\v 5 तापनि तपाईंले तिनीहरूलाई स्वर्गीय प्राणीहरूभन्दा थोरै मात्र निम्न बनाउनुभएको छ र तिनीहरूलाई महिमा र आदरको मुकुट दिनुभएको छ ।
|
|
\s5
|
|
\v 6 तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्नुभएको छः
|
|
\v 7 सबै भेडा र गोरु अनि मैदानका पशुहरू,
|
|
\v 8 आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्ने हरेक कुरा ।
|
|
\s5
|
|
\v 9 हे हाम्रा परमप्रभु परमेश्वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!
|
|
\s5
|
|
\c 9
|
|
\p
|
|
\v 1 हे परमप्रभु, म तपाईंलाई आफ्नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्मका कामहरूको वयान म गर्नेछु ।
|
|
\v 2 तपाईंमा म खुसी र आनन्दित हुनेछु । हे सर्वोच्च, तपाईंको नाउँमा म स्तुति गाउनेछु ।
|
|
\s5
|
|
\v 3 जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।
|
|
\v 4 किनकि तपाईंले मेरो न्यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्नुहोस्!
|
|
\s5
|
|
\v 5 जातिहरूलाई तपाईंले हप्काउनुभयो । दुष्टहरूलाई तपाईंले नाश गर्नुभएको छ । तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ ।
|
|
\v 6 जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्नावशेषहरूझैं टुक्रा-टुक्रा भए । तिनीहरूका सबै सम्झना नष्ट भयो ।
|
|
\s5
|
|
\v 7 तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्नो सिंहासन स्थापित गर्नुभएको छ ।
|
|
\v 8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्पक्ष रूपले गर्नुहुनेछ ।
|
|
\s5
|
|
\v 9 अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्टको समयको एउटा शरणस्थान हुनुहुनेछ ।
|
|
\v 10 तपाईंको नाउँ जान्नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्नेहरूलाई तपाईंले त्याग्नुहुन्न ।
|
|
\s5
|
|
\v 11 परमप्रभुको स्तुति गाओ, जसले सियोनमा राज्य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।
|
|
\v 12 किनकि रक्तपातको बदला लिनुहुने परमेश्वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्न ।
|
|
\s5
|
|
\v 13 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्न सक्नुहुन्छ ।
|
|
\v 14 जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु ।
|
|
\s5
|
|
\v 15 जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।
|
|
\v 16 परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
|
|
\s5
|
|
\v 17 दुष्टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सिन्छन् ।
|
|
\v 18 किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन ।
|
|
\s5
|
|
\v 19 हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्न नपाऊन् । तपाईंको दृष्टिमा जातिहरूको न्याय गरियोस् ।
|
|
\v 20 हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला
|
|
\s5
|
|
\c 10
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
|
|
\v 2 आफ्नो अहङ्कारको कारणले दुष्ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।
|
|
\v 3 किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ ।
|
|
\s5
|
|
\v 4 दुष्ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्वरलाई खोज्दैन । त्यसले परमेश्वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्तै गर्दैन ।
|
|
\v 5 त्यो हर समय ढुक्क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्च छन् । त्यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ ।
|
|
\s5
|
|
\v 6 त्यसले आफ्नो मनमा भन्छ, "म कहिल्यै असफल हुन्नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्नेछैन ।"
|
|
\v 7 त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।
|
|
\s5
|
|
\v 8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ ।
|
|
\v 9 सिंह झाडीमा लुकेझैं त्यो गुप्तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्न त्यो पर्खेर बस्छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।
|
|
\v 10 त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
|
|
\s5
|
|
\v 11 त्यसले आफ्नो मनमा भन्छ, "परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।"
|
|
\v 12 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
|
|
\s5
|
|
\v 13 किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, "तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन"?
|
|
\v 14 तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।
|
|
\s5
|
|
\v 15 दुष्ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्नो दुष्ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्न भनी त्यसले सोच्यो ।
|
|
\v 16 परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्छन् ।
|
|
\s5
|
|
\v 17 हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ ।
|
|
\v 18 तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस् ।
|
|
\s5
|
|
\c 11
|
|
\p
|
|
\v 1 म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्न सक्छौ, "चराझैं पहाडतिर भाग्"?
|
|
\v 2 किनकि हेर, दुष्टहरूले आफ्ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्ना काँडहरू ताँदोमा चढाउँछन् ।
|
|
\s5
|
|
\v 3 किनकि जगहरू नै भग्नावशेष हुन्छन् भने, धर्मीले के गर्न सक्छ र?
|
|
\v 4 परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ । उहाँका आँखाले हे्र्छन्, उहाँका आँखाले मानवजातिका छोराछोरीको र जाँच गर्छन् ।
|
|
\s5
|
|
\v 5 परमप्रभुले धर्मी र दुष्ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ ।
|
|
\v 6 दुष्टहरूमाथि उहाँले भुङ्ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्सा हुनेछ ।
|
|
\v 7 किनकि परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले धार्मिकता मन पराउनुहुन्छ । सोझोले उहाँको मुहार देख्नेछ ।
|
|
\s5
|
|
\c 12
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मदत गर्नुहोस्, किनकि धर्मीहरू लोप भएका छन् । विश्वासीचाहिं हराएको छ ।
|
|
\s5
|
|
\v 2 हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।
|
|
\v 3 हे परमप्रभु, चाप्लुसी सबै ओठ, ठुला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् ।
|
|
\v 4 यसो भन्ने यिनीहरू नै हुन्, "हाम्रो जिब्रोले नै हामीले जित्छौं । जब हाम्रा ओठहरू बोल्छन्, तब हामीमाथि को मालिक हुन सक्छ र?"
|
|
\s5
|
|
\v 5 परमप्रभु भन्नुहुन्छ, "गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्छा तिनीहरू गर्छन् ।"
|
|
\s5
|
|
\v 6 परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्छन् ।
|
|
\v 7 तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।
|
|
\v 8 मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा हुँदा दुष्टहरू चारैतिर हिंड्डुल गर्छन् ।
|
|
\s5
|
|
\c 13
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्छ? कहिलेसम्म तपाईं आफ्नो मुहार मबाट लुकाउनुहुनेछ ?
|
|
\v 2 कहिलेसम्म मैले चिन्ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने ?
|
|
\s5
|
|
\v 3 हे परमप्रभु मेरा परमेश्वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस् । मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्नेछु ।
|
|
\v 4 मेरो शत्रुलाई यसो भन्न नदिनुहोस्, "मैले त्यसलाई हराएको छु ।" ताकि मेरा शत्रुले यसो नभनोस्, "मेरो वैरीलाई मैले जितेको छु," नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्दित हुनेछन् ।
|
|
\s5
|
|
\v 5 तर मैले तपाईंको करारको विश्वस्ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्दित हुन्छ ।
|
|
\v 6 परमप्रभुको निम्ति गाउनेछु किनभने उहाँले मलाई धेरै उदार भएर व्यवहार गर्नुभएको छ ।
|
|
\s5
|
|
\c 14
|
|
\p
|
|
\v 1 मूर्खले आफ्नो हृदयमा भन्छ, "परमेश्वर हुनुहुन्न ।" तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
|
|
\s5
|
|
\v 2 बुझ्ने कोही छन् कि, परमप्रभुलाई खोज्ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ ।
|
|
\v 3 तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
|
|
\s5
|
|
\v 4 तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?
|
|
\s5
|
|
\v 5 तिनीहरू डरले कम्छन्, किनकि परमेश्वर धर्मी सभामा हुनुहुन्छ ।
|
|
\v 6 तिमीहरू गरीब व्यक्तिको अपमान गर्ने इच्छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 7 ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्दित हुनेछ र इस्राएल खुसी हुनेछ ।
|
|
\s5
|
|
\c 15
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?
|
|
\v 2 जो निर्दोष भएर हिंड्छ, जसले ठिक काम गर्छ र आफ्नो हृदयले सत्य बोल्छ ।
|
|
\s5
|
|
\v 3 त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्याउँदैन ।
|
|
\s5
|
|
\v 4 उसको दृष्टिमा व्यर्थको व्यक्ति घृणित हुन्छ, तर परमप्रभुको भय मान्नेहरूलाई त्यसले आदर गर्छ । त्यसले आफ्नो हानि हुँदा पनि शपथ खान्छ र आफ्नो प्रतिज्ञाहरूबाट पछि हट्दैन ।
|
|
\v 5 त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्नेछैनन् ।
|
|
\s5
|
|
\c 16
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
|
|
\v 2 म परमप्रभुलाई भन्छु, "तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।
|
|
\v 3 पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।
|
|
\s5
|
|
\v 4 तिनीहरू जसले अरू ईश्वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्टहरू बढ्नेछन् । तिनीहरूका ईश्वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन ।
|
|
\s5
|
|
\v 5 हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्नुहुन्छ ।
|
|
\v 6 रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्चय नै मनोहर उत्तराधिकार मरै हो ।
|
|
\s5
|
|
\v 7 मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्नेछु । रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ ।
|
|
\v 8 हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्नेछैन ।
|
|
\s5
|
|
\v 9 यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्दित छ । निश्चय नै म सुरक्षामा जिउनेछु ।
|
|
\v 10 किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्नुहुनेछैन । तपाईंले आफ्नो विश्वासयोग्यलाई खाडल देख्न दिनुहुन्न ।
|
|
\s5
|
|
\v 11 तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्छ । तपाईंको उपस्थितिमा प्रशस्त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्छ ।"
|
|
\s5
|
|
\c 17
|
|
\p
|
|
\v 1 हे परमप्रभु, न्यायको निम्ति मेरो बिन्ती सुन्नुहोस् । मदतको निम्ति मेरो पुकारामा ध्यान दिनुहोस् । मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्नुहोस् ।
|
|
\v 2 मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।
|
|
\s5
|
|
\v 3 तपाईंले मेरो हृदय जाँच्नुहुन्छ भने, राति तपाईं मकहाँ आउनुहुन्छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्ट योजनाहरू पाउनुहुनेछैन । मेरो मुखले अपराध गर्नेछैन ।
|
|
\s5
|
|
\v 4 मानिसजातिका कामहरूका बारेमा, तपाईंको मुखको वचनले मैले आफैंलाई अराजकका चालबाट अलग राखेको छु ।
|
|
\v 5 मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्लेका छैनन् ।
|
|
\s5
|
|
\v 6 हे परमेश्वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्नुहोस् ।
|
|
\v 7 आफ्ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्नो करारको विश्वस्तता अचम्म किसिमले देखाउनुहोस् ।
|
|
\s5
|
|
\v 8 आफ्नो आँखाको नानीलाई झैं मेरो सुरक्षा गर्नुहोस् । आफ्नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस् ।
|
|
\v 9 मलाई आक्रमण गर्ने व्यक्तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।
|
|
\v 10 तिनीहरूले कसैलाई दया गर्दैनन् । तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन् ।
|
|
\s5
|
|
\v 11 तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्नलाई तिनीहरूले आफ्ना आँखा लगाउँछन् ।
|
|
\v 12 तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन् ।
|
|
\s5
|
|
\v 13 हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्टबाट बचाउनुहोस् ।
|
|
\v 14 हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू जसको समृद्धि यस जीवनमा मात्र छ । तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ । तिनीहरूका धेरै छोराछोरी हुनेछन् र आफ्ना धन आफ्ना छोराछोरीलाई छोड्नेछन् ।
|
|
\s5
|
|
\v 15 मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु । तपाईंको दृष्टिमा म ब्युँझँदा, म सन्तुष्ट हुनेछु ।
|
|
\s5
|
|
\c 18
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।
|
|
\s5
|
|
\v 2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
|
|
\v 3 म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्ना शत्रुहरूबाट बाँच्नेछु ।
|
|
\s5
|
|
\v 4 मृत्युका डोरीहरूले मलाई बाँधे र व्यर्थका छालहरूले मलाई व्याकुल बनाए ।
|
|
\v 5 चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्यो ।
|
|
\s5
|
|
\v 6 मेरो कष्टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।
|
|
\s5
|
|
\v 7 तब पृथ्वी हल्लियो र काम्यो । पहाडहरूका जगहरू पनि कामे र हल्लिए किनभने परमेश्वर रिसाउनुभयो ।
|
|
\v 8 उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्यो ।
|
|
\s5
|
|
\v 9 उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्लो अध्याँरो थियो ।
|
|
\v 10 उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।
|
|
\s5
|
|
\v 11 अन्धकार र आकाशको बाक्लो बादललाई उहाँले आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
|
|
\v 12 उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।
|
|
\s5
|
|
\v 13 परमप्रभु स्वर्गबाट गर्जनुभयो । सर्वोच्चको आवाजले कराउनुयो ।
|
|
\v 14 उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे ।
|
|
\s5
|
|
\v 15 तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।
|
|
\s5
|
|
\v 16 उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।
|
|
\v 17 मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।
|
|
\s5
|
|
\v 18 मेरो कष्टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।
|
|
\v 19 उहाँले मलाई फराकिलो ठाउँमा स्वतन्त्र राख्नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।
|
|
\s5
|
|
\v 20 मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।
|
|
\v 21 किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट दुष्टतासाथ फर्केको छैन ।
|
|
\s5
|
|
\v 22 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन ।
|
|
\v 23 उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
|
|
\v 24 यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।
|
|
\s5
|
|
\v 25 कुनै पनि विश्वासीलाई तपाईं आफै विश्वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ ।
|
|
\v 26 कुनै पनि शुद्ध व्यक्तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्यक्तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 27 किनकि तपाईंले कष्टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ ।
|
|
\v 28 तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।
|
|
\v 29 किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्न सक्छु । मेरा परमेश्वरद्वारा नै म पर्खाल नाध्न सक्छु ।
|
|
\s5
|
|
\v 30 परमेश्वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
|
|
\v 31 किनकि परमप्रभुबाहेक को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक को चट्टान छ र?
|
|
\v 32 कम्मर पेटीझैं परमेश्वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा राख्नुहुन्छ ।
|
|
\s5
|
|
\v 33 उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्च ठाउँहरूमा राख्नुहुन्छ ।
|
|
\v 34 युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।
|
|
\s5
|
|
\v 35 तपाईंले मलाई आफ्नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
|
|
\v 36 तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्लेका छैनन् ।
|
|
\s5
|
|
\v 37 मैले आफ्ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ ।
|
|
\v 38 मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।
|
|
\v 39 किनकि युद्धको निम्ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।
|
|
\s5
|
|
\v 40 मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।
|
|
\v 41 तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
|
|
\v 42 हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।
|
|
\s5
|
|
\v 43 मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।
|
|
\v 44 तिनीहरूले मेरा कुरा सुन्ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे । विदेशीहरू मेरो सामु झुक्न बाध्य भए ।
|
|
\v 45 विदेशीहरू आफ्ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए ।
|
|
\s5
|
|
\v 46 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्वरलाई उच्च पारियोस् ।
|
|
\v 47 मेरो निम्ति बदला लिनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।
|
|
\s5
|
|
\v 48 मेरा शत्रहरूबाट म मुक्त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।
|
|
\v 49 यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।
|
|
\s5
|
|
\v 50 परमेश्वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ र उहाँले आफ्नो करारको विश्वस्तता आफ्नो अभिषिक्त जन, दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ ।
|
|
\s5
|
|
\c 19
|
|
\p
|
|
\v 1 आकाशले परमेश्वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
|
|
\v 2 दिनदिनै भाषण दिन्छ । त्यसले हरेक रात ज्ञान प्रकट गर्छ ।
|
|
\v 3 त्यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन ।
|
|
\s5
|
|
\v 4 तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्नुभएको छ ।
|
|
\v 5 सूर्यचाहिं दुलहा आफ्नो कोठाबाट बाहिर आइरहेको जस्तै हो र आफ्नो दौड सिद्याउँदा आनन्दित हुने बलियो मानिसजस्तै हो ।
|
|
\v 6 एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्छ । त्यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन ।
|
|
\s5
|
|
\v 7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।
|
|
\v 8 परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्योति दिने ।
|
|
\s5
|
|
\v 9 परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् ।
|
|
\v 10 तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
|
|
\s5
|
|
\v 11 हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ति पलना गर्नुमा ठुलो इनाम छ ।
|
|
\v 12 कसले आफ्ना सबै गल्तीहरू बुझ्न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् ।
|
|
\s5
|
|
\v 13 तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।
|
|
\v 14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन् ।
|
|
\s5
|
|
\c 20
|
|
\p
|
|
\v 1 कष्टको दिनमा परमप्रभुले तपाईंलाई सहायता गरून् । याकूबका परमेश्वरको नाउँले तपाईंको सुरक्षा देऊन्
|
|
\v 2 र तपाईंलाई सियोनबाट सहारा दिन पवित्र स्थानबाट सहायता पठाऊन् ।
|
|
\s5
|
|
\v 3 उहाँले तपाईंका सबै बलिहरू सम्झना गरून् र तपाईंका बलिदान स्वीकार गरून् । सेला
|
|
\v 4 तपाईंको हृदयको इच्छा उहाँले तपाईंलाई पुरा गरिदेऊन् र तपाईंका सबै योजनाहरू पुरा होऊन् ।
|
|
\s5
|
|
\v 5 अनि हामी तपाईंको विजयमा आनन्दित हुनेछौं र हाम्रा परमेश्वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्नुभएको होस् ।
|
|
\v 6 परमप्रभुले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्छ भनी म जान्दछु । उहाँलाई बचाउन सक्ने आफ्नो दाहिने हातको बलले, आफ्नो पवित्र स्वर्गबाट परमप्रभुले उहाँलाई जवाफ दिनुहुनेछ ।
|
|
\s5
|
|
\v 7 कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्वरमा पुकारा गर्छौं ।
|
|
\v 8 तिनीहरू तल झारिनेछन् र ढल्नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।
|
|
\s5
|
|
\v 9 हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।
|
|
\s5
|
|
\c 21
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंको बलमा राजा आनन्दित हुन्छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्दित हुन्छन् !
|
|
\v 2 तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्नुभएको छैन ।
|
|
\s5
|
|
\v 3 किनकि तपाईंले तिनलाई भरपूर आशिष्हरू दिनुहुन्छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ ।
|
|
\v 4 तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्यो तिनलाई दिनुभयो । तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो ।
|
|
\s5
|
|
\v 5 तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्वर्य दिनुभएको छ ।
|
|
\v 6 किनकि तपाईंले तिनलाई सदाको आशिष् दिनुहुन्छ । आफ्नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ ।
|
|
\s5
|
|
\v 7 राजाले परमप्रभुमा भरोसा गर्छन् । सर्वोच्चको करारको विश्वस्तताले तिनी डग्नेछैनन् ।
|
|
\v 8 तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्नेछ ।
|
|
\s5
|
|
\v 9 तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।
|
|
\v 10 तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।
|
|
\s5
|
|
\v 11 किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्छा गरे । तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् ।
|
|
\v 12 किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्नो धनुमा तान्नुहुनेछ ।
|
|
\s5
|
|
\v 13 हे परमप्रभु, आफ्नो बलमा उच्च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्तुति गर्छौं ।
|
|
\s5
|
|
\c 22
|
|
\p
|
|
\v 1 हे परमेश्वर, हे परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको? तपाईं किन मलाई बचाउनबाट त्यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?
|
|
\v 2 हे मेरा परमेश्वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्न र रातको समयमा पनि म शान्त छैन ।
|
|
\s5
|
|
\v 3 तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।
|
|
\v 4 हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।
|
|
\v 5 तिनीहरूले तपाईंमा पुकारा गरे र तिनीहरूलाई बचाइयो । तिनीहरूले तपाईंमा भरोसा गरे र निराश भएनन् ।
|
|
\s5
|
|
\v 6 म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु ।
|
|
\v 7 मलाई देख्ने सबैले मलाई गिज्याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हरेर आफ्नो टाउको हल्लाउँछन् ।
|
|
\v 8 तिनीहरू भन्छन्, "त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्छ ।"
|
|
\s5
|
|
\v 9 तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।
|
|
\v 10 गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ
|
|
\s5
|
|
\v 11 मबाट टाढा नहुनुहोस्, किनकि कष्ट नजिकै छ । मलाई सहायता गर्ने कोही पनि छैन ।
|
|
\v 12 धेरै साँढेहरूले मलाई घेर्छन् । बाशानका बलिया साँढेहरूले मलाई घेर्छन् ।
|
|
\v 13 गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्ना मुख चौडा खोल्छन् ।
|
|
\s5
|
|
\v 14 पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्यो पग्लिन्छ ।
|
|
\v 15 माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
|
|
\s5
|
|
\v 16 किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् ।
|
|
\v 17 म आफ्ना सबै हाड गन्न सक्छु । तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन् ।
|
|
\s5
|
|
\v 18 मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।
|
|
\v 19 हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
|
|
\s5
|
|
\v 20 मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्जाबाट बचाउनुहोस् ।
|
|
\v 21 मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस् ।
|
|
\s5
|
|
\v 22 तपाईंको नाउँ म आफ्ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
|
|
\v 23 तिमी जसले परमप्रभुको भय मान्छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।
|
|
\s5
|
|
\v 24 कष्टमा परेका व्यक्तिको कष्टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्टमा परेको व्यक्तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्नुभयो ।
|
|
\v 25 तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्नेहरूका सामु म आफ्नो भाकल पुरा गर्नेछु ।
|
|
\s5
|
|
\v 26 थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् ।
|
|
\v 27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्टो पर्नेछन् ।
|
|
\s5
|
|
\v 28 किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ ।
|
|
\v 29 पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् ।
|
|
\s5
|
|
\v 30 आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्नेछन् ।
|
|
\v 31 तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्मेका मानिसहरूलाई भन्नेछन् ।
|
|
\s5
|
|
\c 23
|
|
\p
|
|
\v 1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।
|
|
\v 2 उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ ।
|
|
\s5
|
|
\v 3 उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 4 मैले निस्पट्ट अँध्यारो छायाको बेसीमा हिंड्नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् ।
|
|
\s5
|
|
\v 5 मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ ।
|
|
\s5
|
|
\v 6 निश्चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्दिरमा म सधैंभरि वास गर्नेछु ।
|
|
\s5
|
|
\c 24
|
|
\p
|
|
\v 1 पृथ्वी र त्यसको पूर्णता, संसार र त्यसमा बसोवास गर्ने सबै परमप्रभुका हुन् ।
|
|
\v 2 उहाँले त्यसलाई समुद्रहरूमाथि बसाल्नुभएको छ र त्यसलाई नदीहरूमाथि स्थापित गर्नुभएको छ ।
|
|
\s5
|
|
\v 3 परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ ?
|
|
\v 4 त्यो जसका हातहरू शुद्ध छन् र हृदय शुद्ध छ । जसले झुटलाई उचालेको छैन र छल गर्नलाई सपथ खाएको छैन ।
|
|
\s5
|
|
\v 5 त्यसले परमप्रभुबाट आशिष् र त्यसको उद्धारको परमेश्वरबाट धार्मिकता प्राप्त गर्नेछ ।
|
|
\v 6 उहाँको खोजी गर्नेहरूका पुस्ता, याकूबका परमेश्वरको मुहार खोज्नेहरू यस्तै हुन्छन् । सेला
|
|
\s5
|
|
\v 7 ए मूल ढोकाहरू हो, आफ्ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्च होओ, ताकि महिमाका राजा भित्र आऊन् ।
|
|
\v 8 महिमाको यो राजा को हुनुहुन्छ? परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली ।
|
|
\s5
|
|
\v 9 ए मूल ढोकाहरू हो, आफ्ना शिर उठाओ । हे अनन्त ढोकाहरू हो, उच्च होओ, ताकि महिमाका राजा भित्र आऊन् ।
|
|
\v 10 महिमाको यो राजा को हुनुहुन्छ ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाको राजा हुनुहुन्छ । सेला
|
|
\s5
|
|
\c 25
|
|
\p
|
|
\v 1 हे परमप्रभु, म आफ्नो जीवन तपाईंमा उचाल्छु ।
|
|
\v 2 हे परमेश्वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्दित हुन नदिनुहोस् ।
|
|
\v 3 तपाईंमा आसा राख्ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्जित होऊन् !
|
|
\s5
|
|
\v 4 हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।
|
|
\v 5 मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
|
|
\s5
|
|
\v 6 हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए ।
|
|
\v 7 मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्वस्ततामा मलाई सम्झनुहोस् ।
|
|
\s5
|
|
\v 8 परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।
|
|
\v 9 उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 10 परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्वस्तता हुन् ।
|
|
\v 11 हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ ।
|
|
\s5
|
|
\v 12 परमप्रभुको भय मान्ने मानिस को हो? त्यसले चुन्नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ ।
|
|
\v 13 त्यसको जीवन भलाइमा बित्नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।
|
|
\s5
|
|
\v 14 परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।
|
|
\v 15 मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्त गर्नुहुनेछ ।
|
|
\v 16 मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्लो र कष्टमा परेको छु ।
|
|
\s5
|
|
\v 17 मेरो हृदयका कष्टहरू ठुला भएका छन् । मेरो कष्टहरूबाट मलाई बाहिर तान्नुहोस् ।
|
|
\v 18 मेरो कष्ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।
|
|
\v 19 मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।
|
|
\s5
|
|
\v 20 मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु ।
|
|
\v 21 निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।
|
|
\s5
|
|
\v 22 हे परमेश्वर, इस्राएललाई त्यसको सबै कष्टबाट बचाउनुहोस् ।
|
|
\s5
|
|
\c 26
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।
|
|
\v 2 हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् ।
|
|
\v 3 किनकि तपाईंको करारको विश्वस्तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्वस्ततामा हिंड्छु ।
|
|
\s5
|
|
\v 4 मैले छली मानिसहरूसित सङ्गत गर्दिनँ, न त म कपटी मानिसहरूसित घुलमिल गर्छु ।
|
|
\v 5 खराब गर्नेहरूको सभालाई म घृणा गर्छु, र दुष्टहरूसित म बस्दिनँ ।
|
|
\s5
|
|
\v 6 हे परमप्रभु, नोर्दोषतामा म आफ्नो हात धुन्छु, र म तपाईंको वेदी वरिपरि घुम्छु,
|
|
\v 7 प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्न ।
|
|
\v 8 हे परमप्रभु, तपाईं बस्नुहुने मन्दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।
|
|
\s5
|
|
\v 9 मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,
|
|
\v 10 जसको हातमा षड्यान्त्र छ, र जसको दाहिने हात घूसले पूर्ण छ ।
|
|
\s5
|
|
\v 11 तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
|
|
\v 12 मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्यको भन्नेछु ।
|
|
\s5
|
|
\c 27
|
|
\p
|
|
\v 1 परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?
|
|
\s5
|
|
\v 2 जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।
|
|
\v 3 फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।
|
|
\s5
|
|
\v 4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्दिरमा बस्न सकूँ ।
|
|
\s5
|
|
\v 5 किनकि कष्टको दिनमा उहाँले मलाई आफ्नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्च पार्नुहुनेछ ।
|
|
\v 6 तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्नेछु र गाउनेछु ।
|
|
\s5
|
|
\v 7 हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।
|
|
\v 8 मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, "उहाँको मुहारको खोजी गर् !" हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।
|
|
\s5
|
|
\v 9 मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्वर, मलाई नत्याग्नुहोस् वा नछोड्नुहोस् ।
|
|
\v 10 मेरो बुबा र मेरी आमाले मलाई त्याग्न सक्छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ ।
|
|
\s5
|
|
\v 11 हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् । मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्याउनुहोस् ।
|
|
\v 12 मलाई मेरा शत्रुहरूको इच्छामा नछोड्नुहोस्, किनकि झुटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन् ।
|
|
\s5
|
|
\v 13 मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्नेछु भनी मैले विश्वास नगरेको भए मलाई के हुन्थ्यो होला?
|
|
\v 14 परमप्रभुको आसा गर । बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस् । परमप्रभुको आसा गर ।
|
|
\s5
|
|
\c 28
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।
|
|
\v 2 तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्नुहोस् ।
|
|
\s5
|
|
\v 3 अधर्म गर्ने दुष्टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्ना हृदयहरूमा खराबी हुन्छ ।
|
|
\v 4 तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।
|
|
\v 5 किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।
|
|
\s5
|
|
\v 6 परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्नुभएको छ ।
|
|
\v 7 परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
|
|
\v 8 परमप्रभु आफ्ना मानिसहरूका बल हुनुहुन्छ, अनि उहाँ आफ्नो अभीषिक्त जनलाई बचाउने शरणस्थान हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 9 आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष् दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्नुहोस् ।
|
|
\s5
|
|
\c 29
|
|
\p
|
|
\v 1 ए परमेश्वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।
|
|
\v 2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
|
|
\s5
|
|
\v 3 परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
|
|
\v 4 परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
|
|
\v 5 परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।
|
|
\s5
|
|
\v 6 उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।
|
|
\v 7 परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
|
|
\v 8 परमप्रभुको सोरले उजाड-स्थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्थानलाई थर्कमान पार्नुहुन्छ ।
|
|
\s5
|
|
\v 9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, "महिमा !"
|
|
\v 10 परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 11 परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष् दिनुहुन्छ ।
|
|
\s5
|
|
\c 30
|
|
\p
|
|
\v 1 हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्दित हुन दिनुभएको छैन ।
|
|
\v 2 हे परमप्रभु मेरो परमेश्वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
|
|
\v 3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्नुभएको छ ।
|
|
\s5
|
|
\v 4 हे परमप्रभुका विश्वासी मानिसहरू हो, उहाँको स्तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
|
|
\v 5 किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
|
|
\s5
|
|
\v 6 दृढतामा मैले भनें , "म कदापि डग्नेछैन ।"
|
|
\v 7 हे परमप्रभु, आफ्नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्ट पर्यो ।
|
|
\v 8 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
|
|
\s5
|
|
\v 9 मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र?
|
|
\v 10 हे परमप्रभु, सुन्नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
|
|
\s5
|
|
\v 11 तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
|
|
\v 12 त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्ने छैन । हे परमप्रभु मेरो परमेश्वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।
|
|
\s5
|
|
\c 31
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।
|
|
\v 2 मेरो पुकार सुन्नुहोस् । मलाई तुरुन्तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् ।
|
|
\s5
|
|
\v 3 किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्याउनुहोस् र बाटो देखाउनुहोस् ।
|
|
\v 4 तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 5 मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्वासनीयताको परमेश्वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।
|
|
\v 6 व्यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।
|
|
\v 7 तपाईंको करारको विश्वस्ततामा म खुसी र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभयो । मेरो प्राणको कष्ट तपाईंले थाहा पाउनुभयो ।
|
|
\s5
|
|
\v 8 तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्नुभएको छ ।
|
|
\v 9 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।
|
|
\s5
|
|
\v 10 किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् ।
|
|
\v 11 मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन् ।
|
|
\s5
|
|
\v 12 मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
|
|
\v 13 किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
|
|
\s5
|
|
\v 14 तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, "तपाईं मेरो परमेश्वर हुनुहुन्छ ।"
|
|
\v 15 मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्नेहरूका हातबाट मलाई बचाउनुहोस् ।
|
|
\v 16 आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्वस्ततामा मलाई बचाउनुहोस् ।
|
|
\s5
|
|
\v 17 हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्त होऊन्!
|
|
\v 18 धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।
|
|
\s5
|
|
\v 19 तपाईंको आदर गर्नेहरूका निम्ति तपाईंले सन्चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।
|
|
\v 20 तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 21 परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्नो अचम्मको करारको विश्वस्तता दर्शाउनुभयो ।
|
|
\v 22 मैले हतारमा यसो भनें, "तपाईंको दृष्टिबाट म हटाइएको छु," तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्नुभयो ।
|
|
\s5
|
|
\v 23 ए सबै विश्वासयोग्य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्वासयोग्यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्छ ।
|
|
\v 24 ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।
|
|
\s5
|
|
\c 32
|
|
\p
|
|
\v 1 त्यो व्यक्ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ ।
|
|
\v 2 त्यो मानिस धन्यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्न र जसको आत्मामा छल छैन ।
|
|
\s5
|
|
\v 3 जब म चूप लागें, तब दिनभरिको मेरो सुस्केराले मेरा हाडहरू खिइएर गए ।
|
|
\v 4 किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्टमको सुख्खाझैं मेरो बल सुक्यो ।
|
|
\s5
|
|
\v 5 तब मैले आफ्नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, "म आफ्ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु," र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
|
|
\v 6 यसैले सबै धर्मीहरूले ठुलो कष्टको समयमा तपाईंमा प्रार्थना गर्नुपर्छ । तब पानीको उर्लने भेल ती मानिसहरूकहाँ पुग्नेछैन ।
|
|
\s5
|
|
\v 7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
|
|
\v 8 म तँलाई शिक्षा दिनेछु र तँ हिंड्नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्टि राखेर म तँलाई शिक्षा दिनेछु ।
|
|
\s5
|
|
\v 9 घोडा वा खच्चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्छ ।
|
|
\v 10 दुष्टलाई धेरै दुःखहरू हुन्छन्, तर परमप्रभुमा भरोसा गर्नेलाई उहाँको करारको विश्वस्तताले घेरा हाल्छ ।
|
|
\s5
|
|
\v 11 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ ।
|
|
\s5
|
|
\c 33
|
|
\p
|
|
\v 1 ए धर्मीहरू हो, परमप्रभुमा आनन्दित होओ । सोझाहरूले प्रशंसा गर्न सुहाउँछ ।
|
|
\v 2 वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ । दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर ।
|
|
\v 3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ । निपुणता साथ बजाओ र आनन्दले गाओ ।
|
|
\s5
|
|
\v 4 किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ ।
|
|
\v 5 उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्वस्तताले पूर्ण छ ।
|
|
\v 6 परमप्रभुको वचनले आकाशको सृष्टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।
|
|
\s5
|
|
\v 7 उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्डारहरूमा राख्नुहुन्छ ।
|
|
\v 8 सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।
|
|
\v 9 किनकि उहाँले बोल्नुभयो र त्यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।
|
|
\s5
|
|
\v 10 परमप्रभुले जातिहरूका मित्रतालाई व्यर्थ तुल्याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।
|
|
\v 11 परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्ति रहन्छ ।
|
|
\v 12 त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्नुभएको छ ।
|
|
\s5
|
|
\v 13 परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ । उहाँले सबै मानिसलाई देख्नुहुन्छ ।
|
|
\v 14 आफू बस्नुहुने ठाउँबाट तल पृथ्वीमा बस्ने सबैलाई उहाँले हे्र्नुहुन्छ ।
|
|
\v 15 तिनीहरू सबैका हृदयहरू बनाउनुहुनेले तिनीहरूका सबै कामहरू हेर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 16 ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्न सक्दैन । आफ्नो महाबलले कुनै पनि योद्धा बाँच्न सक्दैन ।
|
|
\v 17 घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्यसले बचाउन सक्दैन ।
|
|
\s5
|
|
\v 18 हेर, परमप्रभुको आँखा उहाँको भय मान्नेहरूमाथि र उहाँको करारको विश्वस्ततामा आसा गर्नेहरूमाथि रहन्छ ।
|
|
\v 19 तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्नलाई ।
|
|
\s5
|
|
\v 20 हामी परमप्रभुको आसा गर्छौं । उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ ।
|
|
\v 21 हाम्रा हृदयहरू उहाँमा आनन्दित हुन्छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।
|
|
\s5
|
|
\v 22 हे परमप्रभु, हामीले आफ्नो आसा तपाईंमा राख्दा, तपाईंको करारको विश्वस्तता हामीसँग रहोस् ।
|
|
\s5
|
|
\c 34
|
|
\p
|
|
\v 1 हरबखत म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा सधैं मेरो मुखमा हुनेछ ।
|
|
\s5
|
|
\v 2 म परमप्रभुको प्रशंसा गर्नेछु । थिचोमिचोमा परेकाहरूले सुनून् र आनन्दित होऊन् ।
|
|
\v 3 मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्च पारौं ।
|
|
\s5
|
|
\v 4 मैले रमप्रभुको खोजी गरें र उहाँले मलाई जवाफ दिनुभयो, र मेरा सबै डरमाथि उहाँले मलाई विजय दिनुभयो ।
|
|
\v 5 उहाँलाई हे्र्नेहरू उज्ज्वल हुन्छन् र तिनीहरू मुहार लज्जित हुँदैन ।
|
|
\v 6 यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्यो र परमप्रभुले त्यसको पुकारा सुन्नुभयो, र त्यसका सबै दुःखबाट त्यसलाई बचाउनुभयो ।
|
|
\s5
|
|
\v 7 परमप्रभुका दूतहरूले उहाँको भय मान्नेहरूका चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई बचाउँछन् ।
|
|
\v 8 परमप्रभु असल हुनुहुन्छ भन्ने कुरा जाँच र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो ।
|
|
\v 9 ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्नेहरूलाई कुनै कुराको खाँचो हुँदैन ।
|
|
\s5
|
|
\v 10 जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन ।
|
|
\v 11 ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्न सिकाउनेछु ।
|
|
\s5
|
|
\v 12 जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्तो हुन्छ?
|
|
\v 13 त्यसो हो भने, आफ्नो जिब्रोलाई खराबीदेखि र आफ्ना ओठहरूलाई झुट बोल्नदेखि जोगाओ ।
|
|
\v 14 खराबीबाट फर्क र असल गर । शान्ति खोज र त्यसको पछि लाग ।
|
|
\s5
|
|
\v 15 परमप्रभुको दृष्टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् ।
|
|
\v 16 खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।
|
|
\v 17 धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै कष्टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 18 परमप्रभु तोडिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ र आत्मामा चूर्ण भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।
|
|
\v 19 धर्मीहरूको कष्टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।
|
|
\v 20 त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्नुहुन्छ, तिमध्ये एउटा पनि भाँचिनेछैन ।
|
|
\s5
|
|
\v 21 खराबीले दुष्टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।
|
|
\v 22 परमप्रभुले आफ्ना सेवकहरूका जीवनलाई बचाउनुहुनेछ । उहाँमा शरण नलिनेहरू कसैलाई पनि दोषी ठहराइनेछैन ।
|
|
\s5
|
|
\c 35
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरो विरुद्धमा काम गर्नेहरूका विरुद्धमा काम गर्नुहोस् । मेरो विरुद्धमा युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गर्नुहोस् ।
|
|
\v 2 तपाईंको साना ढाल र ठुला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस् ।
|
|
\v 3 मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बन्चरो प्रयोग गर्नुहोस् । मेरो प्राणलाई भन्नुहोस, "म नै तेरो उद्धार हुँ ।"
|
|
\s5
|
|
\v 4 मेरो ज्याल लिन खोज्नेहरू लजजित र अपमानित होऊन् । मेरो हानि गर्न योजना रच्नेहरू पछि हटून् र व्याकुल होऊन् ।
|
|
\v 5 परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैं होऊन् ।
|
|
\v 6 परमप्रभुका दूतले तिनीहरूलाई खेद्दा तिनीहरूका मार्ग अँध्यारो र चिप्लो होस् ।
|
|
\s5
|
|
\v 7 विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् ।
|
|
\v 8 विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्यसमा तिनीहरू नै फसून् ।
|
|
\s5
|
|
\v 9 तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु ।
|
|
\v 10 मेरा सबै हाडहरूले भन्नेछन्, "हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्छ?"
|
|
\s5
|
|
\v 11 अधर्मी साक्षीहरू खडा हुन्छन् । तिनीहरू मलाई झुटो दोष लगाउँछन् ।
|
|
\v 12 तिनीहरूले मलाई भलाइको सट्टा खराबी गर्छन् । म दुःखी छु ।
|
|
\s5
|
|
\v 13 तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ । मेरो शिर छातीमा निहुर्याएर मैले तिनीहरूको निम्ति उपवास बसें ।
|
|
\v 14 मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें । मेरी आमाको निम्ति झैं मैले विलाप गरें ।
|
|
\s5
|
|
\v 15 तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्क पारे । तिनीहरूले मलाई निरन्तर हप्काए ।
|
|
\v 16 कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्ना दाँत किटे ।
|
|
\s5
|
|
\v 17 हे परमप्रभु, कहिलेसम्म तपाईं हेर्नुहुन्छ? तिनीहरूका विनाशपूर्ण आक्रमणबाट मेरो प्राणलाई, र सिंहहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
|
|
\v 18 तब ठुलो सभामा म तपाईंलाई धन्यवाद दिनेछु । धेरै जना मानिसका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
|
|
\s5
|
|
\v 19 मेरा छली शत्रुहरूलाई ममाथि आनन्दित हुन नदिनुहोस् । तिनीहरूका दुष्ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस् ।
|
|
\v 20 किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।
|
|
\s5
|
|
\v 21 मेरो विरुद्धमा तिनीहरूले आफ्ना मुख चौडा खोल्छन् । तिनीहरूले भने, "आहा, आहा, हाम्रा आँखाले देखेका छन् ।"
|
|
\v 22 हे परमप्रभु, तपाईंले यो देख्नुभएको छ, चूप नलाग्नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् ।
|
|
\v 23 आफैलाई जाग्नुहोस् र मेरो रक्षा गर्न जाग्नुहोस् । हे मेरो परमेश्वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।
|
|
\s5
|
|
\v 24 हे परमप्रभु मेरा परमेश्वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्दित हुन नदिनुहोस् ।
|
|
\v 25 तिनीहरूले आफ्नो हृदयमा यसो नभनून्, "आहा, हामीले जे इच्छा गर्यौं सो पाएका छौं ।" तिनीहरूले यसो नभनून्, "हामीले त्यसलाई निलेका छौं ।"
|
|
\v 26 मेरो कष्टमा आनन्दित हुनेहरू लज्जित होऊन् र तिनीहरू व्याकुल होऊन् । ममाथि आफैलाई उच्च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।
|
|
\s5
|
|
\v 27 मेरो निर्दोषताको इच्छा गर्नेहरू आनन्दले कराऊन् र खुसी होऊन् । तिनीहरूले निरन्तर यसो भनून्, "परमप्रभुको प्रशंसा होस्, जो आफ्नो सेवकको भलो हुँदा खुसी हुनुहुन्छ ।"
|
|
\v 28 तब म तपाईंको न्यायको बारेमा भन्नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।
|
|
\s5
|
|
\c 36
|
|
\p
|
|
\v 1 खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्यसका आँखामा परमेश्वरको भय नै हुँदैन ।
|
|
\v 2 किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।
|
|
\s5
|
|
\v 3 त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्छा गर्दैन ।
|
|
\v 4 त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।
|
|
\s5
|
|
\v 5 हे परमप्रभु, तपाईंको करारको विश्वस्तता आकाशसम्म नै पुग्छ । तपाईंको निष्ठा बादलसम्म पुग्छ ।
|
|
\v 6 तपाईंको धार्मिकता परमेश्वरको पर्वतजस्तो छ । तपाईंका न्यायहरू गहिरा सागरजस्ता छन् । हे परमप्रभु, तपाईंले मानवजाति र पशुहरू दुवैको सुरक्षा गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 7 हे परमेश्वर, तपाईंको करारको विश्वस्तता कति मूल्यवान छ ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ ।
|
|
\v 8 तपाईंको मन्दिरको प्रशस्ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ ।
|
|
\v 9 किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्नेछौं ।
|
|
\s5
|
|
\v 10 तपाईंलाई चिन्नेहरूलाई तपाईंको करारको विश्वस्तता, र हृदय सोझो हुनेहरूलाई तपाईंको रक्षा पूर्ण रूपले फैलाउनुहोस् ।
|
|
\v 11 अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्टका हातले मलाई खेद्न नदिनुहोस् ।
|
|
\v 12 त्यहाँ खराबी गर्नेहरू ढलेका छन् । तिनीहरूलाई पछारिएको छ र उठ्न सक्दैनन् ।
|
|
\s5
|
|
\c 37
|
|
\p
|
|
\v 1 खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
|
|
\v 2 किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।
|
|
\s5
|
|
\v 3 परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्वस्ततामा उपभोग गर ।
|
|
\v 4 परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।
|
|
\s5
|
|
\v 5 आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्ति काम गर्नुहुनेछ ।
|
|
\v 6 उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।
|
|
\s5
|
|
\v 7 परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।
|
|
\s5
|
|
\v 8 क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्यामा मात्र पार्छ ।
|
|
\v 9 दुष्ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।
|
|
\v 10 केही क्षणमा नै दुष्ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
|
|
\s5
|
|
\v 11 तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
|
|
\v 12 दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।
|
|
\v 13 परमप्रभु त्योमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ ।
|
|
\s5
|
|
\v 14 थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्टहरूले आफ्ना तरवारहरू थुतेका छन् र आफ्ना धनुमा ताँदो चढाएका छन् ।
|
|
\v 15 तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
|
|
\s5
|
|
\v 16 धेरै जना दुष्ट मानिसहरूका प्रशस्तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।
|
|
\v 17 किनकि दुष्ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 18 परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।
|
|
\v 19 समय खराब हुँदा तिनीहरू लज्जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ ।
|
|
\s5
|
|
\v 20 तर दुष्ट मानिसहरू नष्ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्म हुनेछन् र धूवाँमा हराउनेछन् ।
|
|
\v 21 दुष्ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्यक्ति उदार हुन्छ र दिन्छ ।
|
|
\s5
|
|
\v 22 परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
|
|
\v 23 परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्यो मानिस जसको चाल परमेश्वरको दृष्टिमा प्रशंसनिय हुन्छ ।
|
|
\v 24 त्यसले ठेस खान्छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्नुहुन्छ ।
|
|
\s5
|
|
\v 25 म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
|
|
\v 26 दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्यसका छोराछोरीले आशिष् पाउँछन् ।
|
|
\v 27 खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
|
|
\s5
|
|
\v 28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्वासयोग्य अनुयायीहरूलाई त्याग्नुहुन्न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
|
|
\v 29 धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्यहाँ सदासर्वदा बास गर्नेछन् ।
|
|
\v 30 धर्मी व्यक्तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।
|
|
\s5
|
|
\v 31 आफ्नो परमेश्वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।
|
|
\v 32 दुष्ट व्यक्तिले धर्मी व्यक्तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
|
|
\v 33 परमप्रभुले त्यसलाई दुष्ट व्यक्तिको हातमा छोड्नुहुन्न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्न ।
|
|
\s5
|
|
\v 34 परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्टहरू बहिष्कृत भएको तिमीले देख्नेछौ ।
|
|
\s5
|
|
\v 35 दुष्ट र डरलाग्दा व्यक्ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
|
|
\v 36 तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
|
|
\s5
|
|
\v 37 इमान्दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
|
|
\v 38 पापीहरू पूर्ण रूपमा नष्ट हुनेछन् । दुष्ट मानिसको भविष्य नष्ट हुनेछ ।
|
|
\s5
|
|
\v 39 धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
|
|
\v 40 परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।
|
|
\s5
|
|
\c 38
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।
|
|
\v 2 किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।
|
|
\s5
|
|
\v 3 तपाईंको रिसको कारणले मेरो सम्पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
|
|
\v 4 किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्यादै गह्रौं भारी हुन् ।
|
|
\s5
|
|
\v 5 मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् ।
|
|
\v 6 म कुप्रिन्छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्छु ।
|
|
\s5
|
|
\v 7 किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।
|
|
\v 8 म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्केरा हाल्छु ।
|
|
\s5
|
|
\v 9 हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्नुहुन्छ र मेरा सुस्केराहरू तपाईंबाट लुकाइएका छैनन् ।
|
|
\v 10 मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
|
|
\s5
|
|
\v 11 मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
|
|
\v 12 मेरो ज्यान लिन खोज्नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
|
|
\s5
|
|
\v 13 तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्दिन । म गुँगो मानिसजस्तो भएको छु जसले केही भन्दैन ।
|
|
\v 14 म त्यो मानिसजस्तो भएको छु, जसले सुन्दैन, अनि जवाफ फर्काउँदैन ।
|
|
\s5
|
|
\v 15 हे परमप्रभु, निश्चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ ।
|
|
\v 16 म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
|
|
\s5
|
|
\v 17 किन मैले ठेस खान लागेको छु र म निरन्तर पीडामा छु ।
|
|
\v 18 म आफ्नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
|
|
\s5
|
|
\v 19 तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
|
|
\v 20 तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
|
|
\s5
|
|
\v 21 हे परमप्रभु, मलाई नत्याग्नुहोस् । हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस् ।
|
|
\v 22 हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् ।
|
|
\s5
|
|
\c 39
|
|
\p
|
|
\v 1 मैले निर्णय गरें, "म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्नो मुखलाई चूप राख्नेछु ।"
|
|
\s5
|
|
\v 2 म शान्त बसें । कुनै असल कुरा भन्नलाई पनि मैले आफ्नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।
|
|
\v 3 मेरो हृदय तातो भयो । जब मैले यी कुराका बारेमा विचार गरें, तब त्यो आगोझैं बल्यो । तब अन्तमा मैले बोलें ।
|
|
\s5
|
|
\v 4 "हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्म छ सो मलाई जान्न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।
|
|
\v 5 हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्चय नै, हरेक मानिस एक सास मात्र हो । सेला
|
|
\s5
|
|
\v 6 निश्चय नै हरेक मानिस छाया झैं हिंड्डुल गर्छ । निश्चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
|
|
\v 7 हे परमप्रभु, म के पर्खिरहेको छु? मेरो एक मात्र आसा तपाईं हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 8 मेरा पापहरूबाट मलाई बचाउनुहोस् । मलाई मूर्खहरूको निन्दा नबाउनुहोस् ।
|
|
\v 9 म शान्त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्यो गर्ने तपाईं नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 10 मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्काले म विह्वल भएको छु ।
|
|
\v 11 जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्ट पार्नुहुन्छ । निश्चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
|
|
\s5
|
|
\v 12 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मेरो कुरामा ध्यान दिनुहोस् । मेरो रोदन सुन्नुहोस् । मेरो कुरामा बहिरो नहुनुहोस्, किनकि तपाईंसँग म विदेशीजस्तै, मेरा सबै पुर्खाजस्तै एक जना शरणार्थी हुँ ।
|
|
\v 13 मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्क हाँस्न सकौं।
|
|
\s5
|
|
\c 40
|
|
\p
|
|
\v 1 धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्नुभयो ।
|
|
\v 2 उहाँले मलाई डरलाग्दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो ।
|
|
\s5
|
|
\v 3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्वरको प्रशंसा होस् । धेरै जनाले यो देख्नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् ।
|
|
\v 4 परमप्रभुलाई आफ्नो भरोसा बनाउने र घमण्डीहरू वा उहाँबाट झुटतिर लाग्नेहरूलाई आदर नगर्ने मानिस धन्यको हो ।
|
|
\s5
|
|
\v 5 हे परमप्रभु मेरो परमेश्वर, तपाईंले गर्नुभएका अचम्मका कामहरू धेरै छन् र हाम्रो बारेमा भएका तपाईंका विचारहरू गन्न सकिंदैनन् । मैले तिनीहरूका बारेमा घोषणा गरें र बताएँ भने, तिनीहरू गन्न सक्नेभन्दा धेरै हुन्छन् ।
|
|
\v 6 बलिदान वा भेटिमा तपाईं खुसी हुनुहुन्न, तर तपाईंले मेरा कानहरू खोल्नुभएको छ । तपाईंले होमबलि वा पापबलिको इच्छा गर्नुभएको छैन ।
|
|
\s5
|
|
\v 7 तब मैले भनें, "हेर्नुहोस्, म आएको छु । लेखेको चर्मपत्रमा मेरो बारेमा यस्तो लेखिएको छ ।
|
|
\v 8 हे मेरो परमेश्वर, तपाईंको इच्छा पुरा गर्न म खुसी हुन्छु । तपाईंको व्यवस्था मेरो हृदयमा छन् ।
|
|
\v 9 ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्नुहुन्छ ।
|
|
\s5
|
|
\v 10 आफ्नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्वस्तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
|
|
\v 11 हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
|
|
\s5
|
|
\v 12 अनगिन्ती कष्टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
|
|
\v 13 हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।
|
|
\s5
|
|
\v 14 मेरो ज्यान लिन मलाई खेद्नेहरू लज्जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् ।
|
|
\v 15 मलाई, "आहा, आहा!" भन्नेहरू, तिनीहरू आफ्नो लाजको कारणले चकित होऊन् ।
|
|
\s5
|
|
\v 16 तर तपाईंको खोजी गर्नेहरू सबै जना आनन्दित होऊन् र खुसी होऊन् । तपाईंको उद्धारलाई प्रेम गर्ने हरेकले निरन्तर यसो भनोस्, "परमप्रभुको प्रशंसा होस् ।"
|
|
\v 17 म गरीब र दरिद्र छु । तापनि परमप्रभुले मेरो बारेमा सोच्नुहुन्छ । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईं मलाई बचाउन आउनुहुन्छ । हे परमेश्वर, ढिला नगर्नुहोस् ।
|
|
\s5
|
|
\c 41
|
|
\p
|
|
\v 1 कमजोरहरूलाई वास्ता गर्ने मानिस धन्यको हो । कष्टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
|
|
\v 2 परमप्रभुले त्यसलाई सुरक्षित राख्नुहुनेछ र त्यसलाई जीवित राख्नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।
|
|
\v 3 कष्टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।
|
|
\s5
|
|
\v 4 मैले भनें , "हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।"
|
|
\v 5 मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,"त्यो कहिले मर्ला र त्यसको नाउँ नष्ट होला?"
|
|
\v 6 मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्नो निम्ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्छ ।
|
|
\s5
|
|
\v 7 मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्याउने आसा गर्छन् ।
|
|
\v 8 तिनीहरू भन्छन्, "खराब रोगले त्यसलाई सिकिस्त पारेको छ । त्यो ओछ्यान थला परेको छ । त्यो फेरि उठ्नेछैन ।"
|
|
\v 9 वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्नो लात उठाएको छ ।
|
|
\s5
|
|
\v 10 तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।
|
|
\v 11 तपाईं मसँग खुसी हुनुहुन्छ भनी यसैद्वारा म जान्नेछु, किनकि मेरो शत्रुले मलाई जित्दैन ।
|
|
\v 12 मेरो बारेमा, मेरो इमान्दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्नुहुनेछ ।
|
|
\s5
|
|
\v 13 अनन्तदेखि अनन्तसम्म नै परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस् । आमेन र आमेन ।
|
|
\s5
|
|
\c 42
|
|
\p
|
|
\v 1 जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्वर, म तपाईंको तृष्णा गर्छु ।
|
|
\v 2 परमेश्वरको, जीवित परमेश्वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्वरको सामु देखा परू?
|
|
\s5
|
|
\v 3 दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्छन्, "तेरो परमेश्वर खोइ कहाँ छन्?"
|
|
\v 4 मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भिडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भिडसँग आनन्द र प्रशंसाको सोरसँगै परमेश्वरको मन्दिरमा तिनीहरूलाई डोर्याएँ ।
|
|
\s5
|
|
\v 5 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ ।
|
|
\v 6 हे मेरो परमेश्वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तिन टाकुराबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु ।
|
|
\s5
|
|
\v 7 तपाईंका झरनाहरूका हल्लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् ।
|
|
\v 8 तापनि परमप्रभुले दिनको समयमा आफ्नो करारको विश्वस्ततालाई आज्ञा गर्नुहुनेछ । उहाँको गीत, मेरो जीवनको परमेश्वरमा गरेको प्रार्थना रातमा मसँग हुनेछ ।
|
|
\s5
|
|
\v 9 परमेश्वर, मेरा चट्टानलाई म भन्नेछु, "तपाईंले मलाई किन बिर्सनुभएको छ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने?"
|
|
\v 10 मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, "तेरो परमेश्वर खोइ कहाँ छन्?"
|
|
\s5
|
|
\v 11 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्वर हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 43
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्नुहोस् ।
|
|
\v 2 किनकि तपाईं मेरो बलको परमेश्वर हुनुहुन्छ । तपाईंले मलाई किन तिरस्कार गर्नुभएको छ? मेरो शत्रुको अत्याचारको कारणले मैले किन विलाप गर्दै हिंड्नुपर्छ?
|
|
\s5
|
|
\v 3 ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।
|
|
\v 4 तब परमेश्वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्वरकहाँ जानेछु । हे परमेश्वर, मेरो परमेश्वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु ।
|
|
\s5
|
|
\v 5 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्वर हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 44
|
|
\p
|
|
\v 1 हे परमेश्वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।
|
|
\v 2 तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।
|
|
\s5
|
|
\v 3 किनकि तिनीहरूले आफ्नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
|
|
\v 4 हे परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।
|
|
\s5
|
|
\v 5 तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई धकेल्नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
|
|
\v 6 किनकि म आफ्नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।
|
|
\s5
|
|
\v 7 तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ ।
|
|
\v 8 दिनभरि हामीले परमेश्वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला
|
|
\s5
|
|
\v 9 तर अहिले तपाईंले हामीलाई फाल्नुभएको र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्न ।
|
|
\v 10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।
|
|
\v 11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।
|
|
\s5
|
|
\v 12 तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्नुभएको छ, यसो गरेर तपाईंले आफ्नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।
|
|
\v 13 तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्की बनाउनुन्छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे ।
|
|
\v 14 तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 15 दिनभरि मेरि अनादर मेरो सामु हुन्छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ,
|
|
\v 16 हप्काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।
|
|
\v 17 यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।
|
|
\s5
|
|
\v 18 हाम्रो हृदय बरालिएको छैन । हाम्रा कदमहरू तपाईको मार्गबाट भड्किएका छैनन् ।
|
|
\v 19 तापनि तपाईंले हामीलाई गम्भिर रूपले नष्ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्युको छायाले ढाक्नुभएको छ ।
|
|
\v 20 हामीले आफ्नो परमेश्वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,
|
|
\v 21 के परमेश्वर यो कुरा खोजी गर्नुहुन्नथ्यो र? किनकि हृदयका गोप्यताहरू उहाँले जान्नुहुन्छ ।
|
|
\v 22 वस्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिंदैछौं । मार्न लगिएका भेडाहरूझै हामी ठानिएका छौं ।
|
|
\s5
|
|
\v 23 हे परमप्रभु, जाग्नुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्नुहोस् ।
|
|
\v 24 तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा कष्ट र हाम्रा अत्याचारलाई बिर्सनुहुन्छ?
|
|
\s5
|
|
\v 25 किनकि हामी पग्लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।
|
|
\v 26 हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्नो करारको विश्वस्तताको निम्ति हाम्रो उद्धार गर्नुहोस् ।
|
|
\s5
|
|
\c 45
|
|
\p
|
|
\v 1 असल विषयले मेरो हृदय भरिएर पोखिन्छ । राजाको बारेमा मैले लेखेका शब्दहरू म ठुलो सोरले पढ्नेछु । मेरो जीब्रो तयार लेखको कलम हो ।
|
|
\v 2 मानवजातिका सन्तानभन्दा तपाईं सुन्दर हुनुहुन्छ । तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ । यसकारण परमेश्वरले तपाईंलाई सदाको निम्ति आशिष् दिनुभएको छ भनी हामी जान्दछौं ।
|
|
\s5
|
|
\v 3 हे सर्वशक्तिमान्, आफ्नो महिमा र ऐश्वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
|
|
\v 4 विश्वस्तता, नम्रता र धार्मिकताको कारणले आफ्नो ऐश्वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्दा कुराहरू सिकाउनेछन् ।
|
|
\s5
|
|
\v 5 तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
|
|
\v 6 हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।
|
|
\v 7 तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
|
|
\s5
|
|
\v 8 तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।
|
|
\v 9 राजाकी छोरीहरू तपाईंका आदरनिय स्त्रीहरूका माझमा हुन्छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्छिन् ।
|
|
\s5
|
|
\v 10 हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स ।
|
|
\v 11 यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्छ । उहाँलाई आदर गर ।
|
|
\s5
|
|
\v 12 टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन् । मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्नेछन् ।
|
|
\v 13 दरवारका छोरी सह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ ।
|
|
\s5
|
|
\v 14 बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ । तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन् ।
|
|
\v 15 तिनीहरूलाई खुसी र रमाहटले डोर्याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्नेछन् ।
|
|
\s5
|
|
\v 16 तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ ।
|
|
\v 17 म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् ।
|
|
\s5
|
|
\c 46
|
|
\p
|
|
\v 1 परमेश्वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्तै पाउन सकिने मदत हुनुहुन्छ ।
|
|
\v 2 यसकारण, पृथ्वी बद्लिए पनि, पर्वतहरू हल्लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।
|
|
\v 3 त्यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि । सेला
|
|
\s5
|
|
\v 4 एउटा नदी छ जसका प्रावाहहरूले परमेश्वरको सहर अर्थात्, सर्वोच्चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।
|
|
\v 5 परमेश्वर त्यसको बिचमा हुनुहुन्छ । त्यो डग्नेछैन । परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्यसो गर्नुहुनेछ ।
|
|
\s5
|
|
\v 6 जातिहरू क्रुद्ध भए र राज्यहरू हल्लिए । उहाँले आफ्नो सोर उचाल्नुभयो र पृथ्वी पग्लियो ।
|
|
\v 7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
|
|
\s5
|
|
\v 8 आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर ।
|
|
\v 9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्नुहुन्छ र भालाहरू काट्नुहुन्छ । उहाँले ढालहरूलाई जलाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 10 शान्त होओ र म नै परमेश्वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु ।
|
|
\v 11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
|
|
\s5
|
|
\c 47
|
|
\p
|
|
\v 1 ए सबै मानिसहरू हो, आफ्ना ताली बजाओ । विजयको सोरले परमेश्वरको निम्ति कराओ ।
|
|
\v 2 किनकि सर्वोच्च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 3 उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।
|
|
\v 4 उहाँले हाम्रा निम्ति हाम्रो उत्तराधिकार रोज्नुहुन्छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्छ । सेला
|
|
\v 5 परमेश्वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ
|
|
\s5
|
|
\v 6 परमेश्वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्ति प्रशंसा गाओ, प्रशंसा गाओ ।
|
|
\v 7 किन परमेश्वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
|
|
\s5
|
|
\v 8 परमेश्वरले जातिहरूमा राज्य गर्नुहुन्छ । परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
|
|
\v 9 मानिसहरूका शासकहरू अब्राहामका परमेश्वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्वरकै हो । उहाँ अति उच्च हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 48
|
|
\p
|
|
\v 1 परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहर उहाँको पवित्र पर्वतमा ज्यादै धेरै प्रशंसा हुनुपर्छ ।
|
|
\v 2 महान् राजाको सहरको उत्तरमा अवस्थित सियोन पर्वत उच्च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।
|
|
\v 3 त्यसका दरबारहरूमा परमेश्वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।
|
|
\s5
|
|
\v 4 हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे ।
|
|
\v 5 जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।
|
|
\v 6 कम्पले तिनीहरूलाई समात्यो, प्रसव वेदना परेकी स्त्रीझैं पीडित भए ।
|
|
\s5
|
|
\v 7 पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।
|
|
\v 8 सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला
|
|
\s5
|
|
\v 9 हे परमेश्वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्वस्तताका बारेमा विचार गरेका छौं ।
|
|
\v 10 हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।
|
|
\s5
|
|
\v 11 तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्दित होऊन् ।
|
|
\s5
|
|
\v 12 सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्ती गर,
|
|
\v 13 त्यसका पर्खालहरू ध्यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्छौ ।
|
|
\s5
|
|
\v 14 किनकि यही परमेश्वर सदासर्वदा हाम्रा परमेश्वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 49
|
|
\p
|
|
\v 1 ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
|
|
\v 2 माथिल्लो र तल्लो दर्जाका, गरीब र धनी दुवै एकसाथ ।
|
|
\s5
|
|
\v 3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्यान समझको हुनेछ ।
|
|
\v 4 म आफ्ना कान दृष्टान्तमा लगाउनेछु । म आफ्नो दृष्टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।
|
|
\v 5 जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने?
|
|
\s5
|
|
\v 6 आफ्ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धेरै धन घमण्ड गर्नेहरूसँग म किन डराउने?
|
|
\v 7 यो निश्चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्वरलाई छुकाराको मोल तिर्न सक्दैन,
|
|
\v 8 किनकि कसैको जीवनको छुटकारा मूल्य महङ्गो छ र हामीले तिर्नुपर्ने जति त कसैले तिर्न सक्दैन ।
|
|
\s5
|
|
\v 9 कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
|
|
\v 10 किनकि त्यसले सडेको देख्नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्यसरी नै नाश हुन्छन् र आफ्ना सम्पत्ति अरूलाई छोड्छन् ।
|
|
\s5
|
|
\v 11 आफ्ना परिवारहरू सधैंभरि निरन्तर रहन्छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्छ भन्ने तिनीहरूका भित्री विचार हुन्छ । आफ्ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्छन्।
|
|
\s5
|
|
\v 12 तर धन भए पनि मानिस सधैं बाँच्न सक्दैन । त्यो नष्ट हुने जङ्गली पशुजस्तै हो ।
|
|
\v 13 तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्यता दिन्छन् ।
|
|
\s5
|
|
\v 14 भेडाहरूझैं ती चिहानको निम्ति नियुक्त हुन्छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्य गर्नेछन् र तिनीहरूलाई बस्ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्ट हुनेछन् ।
|
|
\v 15 तर परमेश्वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला
|
|
\s5
|
|
\v 16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
|
|
\v 17 किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
|
|
\s5
|
|
\v 18 त्यो जीवित हुँदा नै त्यसले आफ्नो प्राणलाई धन्यको भन्यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
|
|
\v 19 त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्योति देख्नेछैनन् ।
|
|
\v 20 जससँग सम्पत्ति छ, तर समझ छैन, त्यो जङ्गली पशुहरूजस्तै हो, जो नाश हुन्छ ।
|
|
\s5
|
|
\c 50
|
|
\p
|
|
\v 1 सर्वशक्तिमान्, परमप्रभु परमेश्वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
|
|
\v 2 सुन्दरताको सिद्धता सियोनबाट परमेश्वर प्रज्वलित हुनुभएको छ ।
|
|
\s5
|
|
\v 3 हाम्रो परमेश्वर आउनुहुन्छ र चूपचाप रहनुहुन्न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्ड आँधी छ ।
|
|
\v 4 उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्नुहुन्छ ।
|
|
\v 5 "मेरा वोश्वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।"
|
|
\s5
|
|
\v 6 आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला
|
|
\s5
|
|
\v 7 "ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्वर, तेरो परमेश्वर हुँ ।
|
|
\v 8 तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।
|
|
\s5
|
|
\v 9 तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।
|
|
\v 10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् ।
|
|
\v 11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।
|
|
\s5
|
|
\v 12 म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।
|
|
\v 13 के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?
|
|
\s5
|
|
\v 14 परमेश्वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्चमा आफ्नो भाकल पुरा गर ।
|
|
\v 15 कष्टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।"
|
|
\s5
|
|
\v 16 तर दुष्टलाई परमेश्वर यसो भन्नुहुन्छ, "मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,
|
|
\v 17 किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?
|
|
\s5
|
|
\v 18 तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्छस् ।
|
|
\v 19 तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।
|
|
\v 20 तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।
|
|
\s5
|
|
\v 21 तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।
|
|
\v 22 हे परमेश्वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।
|
|
\s5
|
|
\v 23 धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्यक्तिलाई म परमेश्वरको उद्धार देखाउनेछु ।"
|
|
\s5
|
|
\c 51
|
|
\p
|
|
\v 1 हे परमेश्वर, तपाईंको करारको विश्वस्तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्ख्य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।
|
|
\v 2 मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् ।
|
|
\s5
|
|
\v 3 किनकि म आफ्ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।
|
|
\v 4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 5 हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।
|
|
\v 6 हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्वासयोग्ता खोज्नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 7 मलाई हिसपले शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु । मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु ।
|
|
\v 8 मलाई तपाईंको आनन्द र खुसी सुन्न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्दित होऊन् ।
|
|
\v 9 मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।
|
|
\s5
|
|
\v 10 हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्याउनुहोस् ।
|
|
\v 11 मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।
|
|
\s5
|
|
\v 12 तपाईंको मुक्तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।
|
|
\v 13 तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् ।
|
|
\s5
|
|
\v 14 हे मेरा उद्धारका परमेश्वर, रक्तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्ति म काराउनेछु ।
|
|
\v 15 हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।
|
|
\v 16 किनकि तपाईं बलिदानमा खुसी हुनुहुन्न, नत्र म बलि चढाउँथें । होमबलिमा तपाईं आनन्दित हुनुहुन्न ।
|
|
\s5
|
|
\v 17 परमेश्वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्वर, तपाईंले तोडिएको र पश्चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।
|
|
\v 18 सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।
|
|
\v 19 तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्पूर्ण होमबलिमा प्रशन्न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।
|
|
\s5
|
|
\c 52
|
|
\p
|
|
\v 1 हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्वरको करारको विश्वस्तता हरेक दिन आउँछ ।
|
|
\v 2 छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।
|
|
\s5
|
|
\v 3 तिमीले असलभन्दा खराब र धार्मिकताभन्दा झुट बोल्न रुचाउँछौ । सेला
|
|
\s5
|
|
\v 4 तँ चली जिब्रो, तँ अरूलाई निल्ने सबै कुराहरू रुचाउँछस् ।
|
|
\v 5 परमेश्वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
|
|
\s5
|
|
\v 6 धर्मीहरूले यो देख्नेछन् र भय मान्नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्नेछन्,
|
|
\v 7 "हेर, यो मानिसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्ततामा भरोसा गर्यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।"
|
|
\s5
|
|
\v 8 तर मेरो बारेमा, परमेश्वरको मन्दिरमा म हरियो जैतूनको रूखजस्तो छु । म परमेश्वरको करारको विश्वस्ततामा सदासर्वदा भरोसा गर्नेछु ।
|
|
\v 9 तपाईंले जे गर्नुभएको छ त्यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।
|
|
\s5
|
|
\c 53
|
|
\p
|
|
\v 1 मूर्खले आफ्नो मनमा भन्छ, "ईश्वर छँदैछैन ।" तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।
|
|
\v 2 कसैले बुझ्छन्, वा परमेश्वरलाई खोज्छन् कि भनी हेर्न उहाँले मानवजातिका सन्तानहरूलाई स्वर्गबाट हेर्नुहुन्छ ।
|
|
\v 3 तिनीहरू सबै जना बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्ट भएका छन् । असल गर्ने कोही पनि छैन, एक जना पनि छैन ।
|
|
\s5
|
|
\v 4 के अधर्म गर्नेहरूको कुनै समझ नै छैन, जसले मेरा मानिसहरूलाई रोटी खाएझैं खान्छन् र तिनीहरूले परमेश्वरलाई पुकारा गर्दैनन्?
|
|
\v 5 डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्नेहरूका हाडहरू परमेश्वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।
|
|
\s5
|
|
\v 6 इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्छ, तब याकूब आनन्दित र इस्राएल खुसी हुनेछ ।
|
|
\s5
|
|
\c 54
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस् ।
|
|
\v 2 हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्नुहोस् ।
|
|
\v 3 किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्वरलाई राखेका छैनन् । सेला
|
|
\s5
|
|
\v 4 हेर, परमेश्वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्नुहुने परमप्रभु नै हुनुहुन्छ ।
|
|
\v 5 उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्नो विश्वस्ततामा तिनीहरूको नाश गर्नुहोस् !
|
|
\s5
|
|
\v 6 म तपाईंलाई स्वेच्छा बलि चढाउनेछु । हे परमप्रभु, म तपाईंको नाउँलाई धन्यवाद दिनेछु, किनकि यो असल छ ।
|
|
\v 7 किनकि उहाँले मलाई हरेक कष्टबाट बचानुभएको छ । मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्टिले हरेको छ ।
|
|
\s5
|
|
\c 55
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मेरो प्रार्थनामा कान थाप्नुहोस् । मेरो बिन्तीबाट आफूलाई नलुकाउनुहोस् ।
|
|
\v 2 मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्टमा मलाई विश्रम हुँदैन ।
|
|
\v 3 मेरा शत्रुहरूका आवाजको कारणले, दुष्टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्ट ल्याउँछन् र रिसमा मलाई सताउँछन् ।
|
|
\s5
|
|
\v 4 मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।
|
|
\v 5 डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
|
|
\s5
|
|
\v 6 मैले भनें, "मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
|
|
\v 7 हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्ने थिएँ । सेला
|
|
\s5
|
|
\v 8 आँधी र हुरीबाट बच्न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।"
|
|
\v 9 हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
|
|
\s5
|
|
\v 10 दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्छन् । अधर्म र हानि यसको माझमा छन् ।
|
|
\v 11 यसको बिचमा दुष्टता छ । थिचोमिचो र छलले यसका गल्लीहरूलाई छोड्दैनन् ।
|
|
\s5
|
|
\v 12 किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्ति नै थियो, तब म त्यसबाट लुक्नेथिएँ ।
|
|
\v 13 तर यो त त्यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।
|
|
\v 14 हामीले एकसाथ मीठो सङ्गति गर्थ्यौं । भीडको साथमा हामी परमेश्वरको भवनमा जान्थ्यौं ।
|
|
\s5
|
|
\v 15 तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्टता छ ।
|
|
\s5
|
|
\v 16 मेरो बारेमा, म परमेश्वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
|
|
\v 17 साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्नुहुनेछ ।
|
|
\v 18 मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।
|
|
\s5
|
|
\v 19 परमेश्वर, जसले अनन्तदेखि राज्य गर्नुहुन्छ उहाँले तिनीहरूका कुरा सुन्नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्वरको भय मान्दैनन् ।
|
|
\s5
|
|
\v 20 मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।
|
|
\v 21 उसको मुखले नौनीझैं चिप्लो थियो, तर त्यसको हृदय शत्रुतापूर्ण थियो । त्यसका शब्दहरू तेलभन्दा पनि चिल्ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए ।
|
|
\s5
|
|
\v 22 आफ्ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्न दिनुहुन्न ।
|
|
\v 23 तर हे परमेश्वर, तपाईंले दुष्टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
|
|
\s5
|
|
\c 56
|
|
\p
|
|
\v 1 हे परमेश्वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन् । मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्नो दबावमा राख्छन् ।
|
|
\v 2 मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।
|
|
\s5
|
|
\v 3 जब म डराउँछु, तब म आफ्नो भरोसा तपाईंमा राख्छु ।
|
|
\v 4 परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्वरमा मैले आफ्नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
|
|
\s5
|
|
\v 5 दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्छन् ।
|
|
\v 6 तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्यान लिन ढुकिबसेका छन् ।
|
|
\s5
|
|
\v 7 अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।
|
|
\v 8 मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?
|
|
\s5
|
|
\v 9 तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन् । परमेश्वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्नेछु ।
|
|
\v 10 परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,
|
|
\v 11 परमेश्वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?
|
|
\s5
|
|
\v 12 हे परमेश्वर, तपाईंको निम्ति आफ्ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।
|
|
\v 13 किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्वरको उपस्थितिमा हिंड्न सकूँ ।
|
|
\s5
|
|
\c 57
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्छु ।
|
|
\s5
|
|
\v 2 सर्वोच्च परमेश्वरमा म पुकारा गर्नेछु, परमेश्वरमा जसले मलाई सबै कुरा गर्नहुन्छ ।
|
|
\v 3 उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्वरले मलाई उहाँको दया र विश्वस्तता पठाउनुहुनेछ ।
|
|
\s5
|
|
\v 4 मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् ।
|
|
\v 5 हे परमेश्वर, आकाशभन्दा उच्च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्च होस् ।
|
|
\s5
|
|
\v 6 तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला
|
|
\s5
|
|
\v 7 हे परमेश्वर, मेरो मन स्थिर छ, मेरो मन स्थिर छ । म गाउनेछु, हो, म प्रशंसाका गीत गाउनेछु ।
|
|
\v 8 हे मेरो आदरको हृदय, जाग् । हे वीणा र सारङ्गी जाग । बिहान सबेरै म जगाउनेछु ।
|
|
\s5
|
|
\v 9 हे परमप्रभु, म तपाईंलाई मानिसहरूको माझमा धन्यवाद दिनेछु । जातिहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
|
|
\v 10 किनकि स्वर्गसम्मै पुग्ने तपाईंको अचूक प्रेम माहन् छ । र तपाईंको विश्वस्तता बादलहरूसम्मै पुग्छन् ।
|
|
\v 11 हे परमेश्वर, आकाशभन्दा उच्च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्च होस् ।
|
|
\s5
|
|
\c 58
|
|
\p
|
|
\v 1 ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठिक किसमले न्याय गर्छौ?
|
|
\v 2 गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ ।
|
|
\s5
|
|
\v 3 दुष्टहरू गर्भमा हुँदा पनि तिनीहरू पथभ्रष्ट हुन्छन् । जन्मेदेखि नै तिनीहरू झुट बोलेर पथभ्रष्ट हुन्छन् ।
|
|
\v 4 तिनीहरूका विष सर्पको विषजस्तै छ । तिनीहरू बहिरा गोमनजस्तै छन् जसले यसका कानहरू बन्द गर्छ,
|
|
\v 5 त्यसले सपेराको आवाज सुन्दैन, तिनीहरू जत्ति नै निपुण भए पनि पर्वाह छैन ।
|
|
\s5
|
|
\v 6 हे परमेश्वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।
|
|
\v 7 पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्ना काँडाहरू हान्दा, तिनका चुच्चो नभएजस्तै ती होऊन् ।
|
|
\v 8 तिनीहरू शंखेकीराजस्तै होऊन् र बिलि जाऊन् र तिनीहरू एउटी स्त्रीको तुहेको बालकजस्तै होऊन् जसले कहिल्यै सूर्यको उज्यालो देख्दैनन् ।
|
|
\s5
|
|
\v 9 तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।
|
|
\v 10 धर्मीले परमेश्वरको बदला देख्दा, त्यो आनन्दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्टहरूका रगतमा धुनेछन्,
|
|
\v 11 ताकि मानिसहरूले भन्नेछन्, "साँच्चै, धर्मी व्यक्तिको निम्ति इनाम छ । साँच्चै, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीको न्याय गर्नुहुन्छ ।"
|
|
\s5
|
|
\c 59
|
|
\p
|
|
\v 1 हे मेरा परमेश्वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्चमा राख्नुहोस् ।
|
|
\v 2 अधर्म गर्नेहरूबाट मलाई सुरक्षित राख्नुहोस् र रक्तपिपासु मानिसहरूबाट मलाई बचाउनुहोस् ।
|
|
\s5
|
|
\v 3 हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।
|
|
\v 4 म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् ।
|
|
\s5
|
|
\v 5 हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, तपाई जाग्नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला
|
|
\s5
|
|
\v 6 तिनीहरू साँझमा फर्कन्छन्, तिनीहरू कुकुरहरूझैं कराउँछन् र सहरका वरिपरि जान्छन् ।
|
|
\v 7 हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, "हाम्रा कुरा कसले सुन्छ?"
|
|
\s5
|
|
\v 8 तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ ।
|
|
\v 9 हे परमेश्वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 10 मेरो परमेश्वरले मलाई उहाँको करारको विश्वस्ततासहित भेट्नुहुनेछ । परमेश्वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्न मलाई दिनुहुनेछ ।
|
|
\v 11 तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।
|
|
\s5
|
|
\v 12 तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्त गरेका सराप र झूटको निम्ति ।
|
|
\v 13 तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला
|
|
\s5
|
|
\v 14 तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् ।
|
|
\v 15 तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् ।
|
|
\s5
|
|
\v 16 तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्टको समय तपाईं मेरो उच्च धरहरा र शरणस्थान हुनुभएको छ ।
|
|
\v 17 हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्वरचाहिं मेरो उच्च धरहरा, करारको विश्वस्तताको परमेश्वर हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 60
|
|
\p
|
|
\v 1 हे परमेश्वर, तपाईंले हामीलाई फाल्नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।
|
|
\s5
|
|
\v 2 तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ । यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ ।
|
|
\v 3 तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्न लगाउनुभएको छ । तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ ।
|
|
\s5
|
|
\v 4 धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला
|
|
\v 5 ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
|
|
\s5
|
|
\v 6 परमेश्वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, "म आनन्दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्कोतको बेसीलाई भाग लगाउनेछु ।
|
|
\v 7 गिलाद मेरो हो, मनश्शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
|
|
\s5
|
|
\v 8 मोआब मेरो बाटा हो । एदोममा म आफ्नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।"
|
|
\v 9 कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?
|
|
\s5
|
|
\v 10 तर हे परमेश्वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्न ।
|
|
\v 11 शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यार्थको हुन्छ ।
|
|
\v 12 परमेश्वरको सहायताले हामी विजयी हुनेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
|
|
\s5
|
|
\c 61
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
|
|
\v 2 मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्च चट्टानतिर मलाई लानुहोस् ।
|
|
\v 3 किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्ने बलियो धरहरा हुनुभएको छ ।
|
|
\s5
|
|
\v 4 मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
|
|
\v 5 किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।
|
|
\s5
|
|
\v 6 तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।
|
|
\v 7 तिनी परमेश्वरको सामु सदासर्वदा रहनेछन् ।
|
|
\s5
|
|
\v 8 तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्नो भाकल पुरा गर्न सकौं।
|
|
\s5
|
|
\c 62
|
|
\p
|
|
\v 1 परमेश्वरमा मात्र म चूपचाप पर्खिन्छु । मेरो उद्धार उहाँबाट आउँछ ।
|
|
\v 2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ । म धेरै डग्नेछैन ।
|
|
\s5
|
|
\v 3 तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्न सक्छौ?
|
|
\v 4 त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष् दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला
|
|
\s5
|
|
\v 5 परमेश्वरमा मात्र म चूपचाप पर्खिन्छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।
|
|
\v 6 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ । म डग्नेछैन ।
|
|
\s5
|
|
\v 7 मेरो उद्धार र महिमा परमेश्वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्वर हुनुहुन्छ ।
|
|
\v 8 ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ । सेला
|
|
\s5
|
|
\v 9 निश्चय नै निम्न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्च स्तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
|
|
\v 10 थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्नो हृदय तिनमा नलगाओ ।
|
|
\s5
|
|
\v 11 परमेश्वरले एक पल्ट बोल्नुभएको छ, मैले यो दुई पल्ट सुनेको छुः शक्ति परमेश्वरकै हो ।
|
|
\v 12 हे परमप्रभु, करारको विश्वस्तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।
|
|
\s5
|
|
\c 63
|
|
\p
|
|
\v 1 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । उत्सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्छ ।
|
|
\v 2 त्यसैले तपाईंको शक्ति र महिमा देख्नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु ।
|
|
\s5
|
|
\v 3 किनभने तपाईंको करारको विश्वस्तता जीवनभन्दा उत्तम छ । मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ ।
|
|
\v 4 त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्यको भन्नेछु । तपाईंकै नाउँमा म आफ्ना हातहरू उचाल्नेछु ।
|
|
\s5
|
|
\v 5 हाडको गुदी र चिल्लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।
|
|
\v 6 जब आफ्नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्यान गर्छु ।
|
|
\s5
|
|
\v 7 किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्दित हुनेछु ।
|
|
\v 8 तपाईंसँग म टाँसिन्छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।
|
|
\s5
|
|
\v 9 तर मलाई नष्ट गर्न खोज्नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,
|
|
\v 10 तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन् ।
|
|
\s5
|
|
\v 11 तर राजाचाहिं परमेश्वरमा आनन्दित हुनेछन् । उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ ।
|
|
\s5
|
|
\c 64
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मेरो सोर सुन्नुहोस् । मेरो गुनसोमा ध्यान दिनुहोस् । मेरा शत्रुहरूका डरबाट मेरो जीवन सुरक्षित राख्नुहोस् ।
|
|
\v 2 खराबी गर्नेहरूको गुप्त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस् ।
|
|
\s5
|
|
\v 3 तिनीहरूले तरवारहरूझैं आफ्ना जिब्राहरू धारिला बनाएका छन् । तीता शब्दहरूका काँडहरूले तिनीहरूले लक्षित गरेका छन् ।
|
|
\v 4 ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्त ठाउँबाट हान्न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् ।
|
|
\s5
|
|
\v 5 तिनीहरूले आफैलाई दुष्ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, "हामीलाई कसले देख्नेछ र?"
|
|
\v 6 तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन् । तिनीहरू भन्छन्, "हामीले एउटा होसियार योजना पूरा गरेका छौं ।" मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन् ।
|
|
\s5
|
|
\v 7 तर परमेश्वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।
|
|
\v 8 तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्ने सबै जनाले आफ्ना मुन्टो हल्लाउनेछन् ।
|
|
\v 9 सबै मानिसहरूले भय मान्नेछन् र परमेश्वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।
|
|
\s5
|
|
\v 10 धर्मी परमप्रभुको बारेमा खुसी हुनेछ र उहाँमा शरण लिनेछ । हृदयमा सोझा हुने सबै जनाले उहाँमा गर्व गर्नेछन् ।
|
|
\s5
|
|
\c 65
|
|
\p
|
|
\v 1 हे सियोनका परमेश्वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् ।
|
|
\v 2 तपाईंले प्रार्थना सुन्नुहुन्छ । सबै मानिसहरू तपाईंकहाँ आउनेछन् ।
|
|
\v 3 अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।
|
|
\s5
|
|
\v 4 तपाईंले आफ्नो नजिक ल्याउन चुन्नुभएको मानिस धन्यको हो, ताकि त्यो तपाईंको आँगनहरूमा बस्न सक्छ । तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्दिरको भलाईले हामी तृप्त हुनेछौं ।
|
|
\s5
|
|
\v 5 हे हाम्रो उद्धारको परमेश्वर, अचम्मका कुराहरू गरेर तपाईंले धार्मिकतामा हामीलाई जवाफ दिनुहुनेछ । पृथ्वीको अन्तिम छेउ र समुद्रपारि टाढा रहनेहरूका आसा तपाईं नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 6 किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।
|
|
\v 7 समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्त पार्ने तपाईं नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 8 पृथ्वीका पल्लो छेउका भागहरूमा बस्नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन् । तपाईंले पूर्व र पश्चिमलाई आनन्दित बनाउनुहुन्छ ।
|
|
\v 9 तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्छ । तपाईंले त्यसलाई भिजाउनुहुन्छ । तपाईंले त्यसलाई धेरै समपन्न तुल्याउनुहुन्छ । परमेश्वरका नदीमा पानी भरिएको छ । तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्न दिनुहुन्छ ।
|
|
\s5
|
|
\v 10 तपाईंले यसका जोतेका खेतलाई प्रशस्त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष् दिनुहुन्छ ।
|
|
\v 11 तपाईंले वर्षलाई आफ्नो भलाईको मुकुट लगाइदिनुहुन्छ र तपाईंका गाडाहरू प्रशस्तताले भरिएर पोखिन्छन् ।
|
|
\v 12 उजाडस्थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्दले ढाकिन्छन् ।
|
|
\s5
|
|
\v 13 खर्कहरू बगालहरूले ढाकिन्छन् । बेसीहरू अन्नले ढाकिन्छन् । तिनीहरू आनन्दले कराउँछन् र तिनीहरू गाउँछन् ।
|
|
\s5
|
|
\c 66
|
|
\p
|
|
\v 1 हे सारा पृथ्वी, परमेश्वरको निम्ति आनन्दले कराओ ।
|
|
\v 2 उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।
|
|
\s5
|
|
\v 3 परमेश्वरलाई भन, "तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।
|
|
\v 4 सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।" सेला
|
|
\s5
|
|
\v 5 आओ र परमेश्वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।
|
|
\v 6 उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्दित भयौं ।
|
|
\v 7 उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्च नपारून् । सेला
|
|
\s5
|
|
\v 8 हे मानिसहरू हो, परमेश्वरलाई धन्यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।
|
|
\v 9 उहाँले हामीलाई जीवितहरूका माझमा राख्नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुहुन्न ।
|
|
\s5
|
|
\v 10 हे परमेश्वर, तपाईंले हामीलाई जाँच्नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ ।
|
|
\v 11 तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्नुभयो ।
|
|
\v 12 तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।
|
|
\s5
|
|
\v 13 म तपाईंको मन्दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्नो भाकल पुरा गर्नेछु,
|
|
\v 14 जुन म संकष्टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले ।
|
|
\v 15 म तपाईंलाई थुमाहरूको सुगन्धित बास्नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला
|
|
\s5
|
|
\v 16 हे सबै परमेश्वरको भय मान्नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
|
|
\v 17 मैले आफ्नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्यो ।
|
|
\v 18 मैले आफ्नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्नुहुनेथिएन ।
|
|
\s5
|
|
\v 19 तर परमेश्वरले साँच्चै सुन्नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।
|
|
\v 20 परमेश्वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्वस्ततालाई मबाट हटाउनुभएको छैन ।
|
|
\s5
|
|
\c 67
|
|
\p
|
|
\v 1 परमेश्वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष् दिनुभएको होस्, अनि हामीमाथि आफ्नो मुहार चम्काउनुभएको होस् । सेला
|
|
\v 2 ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्ति सबै जातिहरूमा प्रकट होस् ।
|
|
\s5
|
|
\v 3 हे परमेश्वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
|
|
\v 4 जातिहरू खुसी होऊन् र आनन्दले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्याय सत्यतामा गर्नुहुनेछ र पृथ्वीका जातिहरूमा शासन गर्नुहुनेछ । सेला
|
|
\s5
|
|
\v 5 हे परमेश्वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
|
|
\v 6 पृथ्वीले यसको फसल उत्पादन गरेको छ, र परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ ।
|
|
\s5
|
|
\v 7 परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन् ।
|
|
\s5
|
|
\c 68
|
|
\p
|
|
\v 1 परमेश्वर उठ्नुभएको होस् । उहाँका शत्रुहरू तितरबितर होऊन् । उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून् ।
|
|
\v 2 जसरी धुवाँ उडेर जान्छन्, त्यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ति पग्लिन्छ, त्यसरी नै दुष्टहरू परमेश्वरको उपस्थितिमा नाश होऊन् ।
|
|
\v 3 तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्वरको सामु ज्यादै खुसी होऊन् । तिनीहरू आनन्दित होऊन् र खुसी होऊन् ।
|
|
\s5
|
|
\v 4 परमेश्वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्दित होओ ।
|
|
\v 5 अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्वर नै हुनुहुन्छ ।
|
|
\v 6 एक्लो व्यक्तिलाई परमेश्वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।
|
|
\s5
|
|
\v 7 हे परमेश्वर, जब तपाईं आफ्ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्थानमा हिंड्नुभयो, सेला
|
|
\v 8 तब पृथ्वी काम्यो । परमेश्वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्वरको उपस्थितिमा, इस्राएलका परमेश्वर, परमेश्वरको उपस्थितिमा, आकाशले पनि वृष्टि खन्यायो ।
|
|
\s5
|
|
\v 9 हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
|
|
\v 10 तपाईंका मानिसहरू यसमा बसोवास गरे । हे परमेश्वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो ।
|
|
\s5
|
|
\v 11 परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।
|
|
\v 12 फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्त्रीहरूले लुटको माल बाँड्छन्
|
|
\v 13 चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्यौ?
|
|
\s5
|
|
\v 14 सर्वशक्तिमान्ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो ।
|
|
\v 15 बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।
|
|
\v 16 हे उच्च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्यो पहाड जसमा परमेश्वर बस्ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्यसमा बास गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 17 परमेश्वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
|
|
\v 18 तपाईं उच्चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
|
|
\s5
|
|
\v 19 परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्वर जो हाम्रो उद्धार हुनुहुन्छ । सेला
|
|
\v 20 हाम्रो परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ । हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्वर नै हुनुहुन्छ ।
|
|
\v 21 तर परमेश्वरले आफ्नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्नेहरूका कपाल भएका खप्परमा हिर्काउनुहुनेछ ।
|
|
\s5
|
|
\v 22 परमप्रभुले भन्नुभयो, "म आफ्ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु । तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु ।
|
|
\v 23 ताकि आफ्ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।"
|
|
\s5
|
|
\v 24 हे परमेश्वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्वरको शोभा-यात्रा तिनीहरूले देखेका छन् ।
|
|
\v 25 पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए ।
|
|
\s5
|
|
\v 26 सभाहरूमा परमेश्वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।
|
|
\v 27 त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्तालीका अगुवाहरू छन् ।
|
|
\s5
|
|
\v 28 हे इस्राएल, तेरो परमेश्वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।
|
|
\v 29 यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् ।
|
|
\s5
|
|
\v 30 नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।
|
|
\v 31 मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्वरको नजिक जान हतार गर्नेछ ।
|
|
\s5
|
|
\v 32 हे पृथ्वीका राज्यहरू हो, परमेश्वरको निम्ति गाओ । सेला पमरप्रभुको स्तुति गाओ ।
|
|
\v 33 आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।
|
|
\s5
|
|
\v 34 परमेश्वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्वर्य छ र उहाँको बल आकाशमा छ ।
|
|
\v 35 हे परमेश्वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ । इस्राएलको परमेश्वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ ।
|
|
\s5
|
|
\c 69
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ ।
|
|
\v 2 म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्छन् ।
|
|
\s5
|
|
\v 3 म आफ्नो चित्कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् ।
|
|
\v 4 विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ ।
|
|
\s5
|
|
\v 5 हे परमेश्वर, तपाईंले मेरो मूर्खता जान्नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् ।
|
|
\v 6 हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आसा राख्नेहरू लज्जित नहोऊन् । हे इस्राएलको परमेश्वर, मेरो कारणले तपाईंलाई खोज्नेहरू अनादरमा नपरून् ।
|
|
\s5
|
|
\v 7 तपाईंको खातिर मैले हप्की सहेको छु । मेरो मुहार लाजले ढाकेको छ ।
|
|
\v 8 मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्तानहरूका निम्ति विदेशी भएको छु ।
|
|
\v 9 किनको तपाईंको मन्दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ ।
|
|
\s5
|
|
\v 10 जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे ।
|
|
\v 11 जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें ।
|
|
\v 12 सहरको ढोकामा बस्नेहरूले मेरो बारेमा कुरा गर्छन् । म जड्याँहाहरूका गीत भएको छु ।
|
|
\s5
|
|
\v 13 तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्वस्ततामा मलाई जवाफ दिनुहोस् ।
|
|
\v 14 मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् ।
|
|
\v 15 बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्न दिनुहोस् । खाडलले ममाथि आफ्नो मुख बन्द नगरोस् ।
|
|
\s5
|
|
\v 16 हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्वस्तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् ।
|
|
\v 17 आफ्नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् ।
|
|
\s5
|
|
\v 18 मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस् । मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस् ।
|
|
\v 19 मेरो हप्की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् ।
|
|
\s5
|
|
\v 20 हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौं बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन । मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ ।
|
|
\v 21 खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए ।
|
|
\s5
|
|
\v 22 तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्यो नै पासो बनोस् ।
|
|
\v 23 तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।
|
|
\s5
|
|
\v 24 तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।
|
|
\v 25 तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।
|
|
\s5
|
|
\v 26 किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्याए ।
|
|
\v 27 अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।
|
|
\s5
|
|
\v 28 तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।
|
|
\v 29 तर म गरीब र दुःखी छु । हे परमेश्वर, तपाईंको उद्धारले मलाई उच्च स्थानमा बसालोस् ।
|
|
\s5
|
|
\v 30 गीत गाउँदै म परमश्वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्च पार्नेछु ।
|
|
\v 31 सिङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्दा धेरै त्यसले परमप्रभु खुसी पार्नेछ ।
|
|
\s5
|
|
\v 32 नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् ।
|
|
\v 33 किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्ना कैदीहरूलाई घृणा गर्नुहुन्न ।
|
|
\s5
|
|
\v 34 स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।
|
|
\v 35 किनभने परमेश्वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।
|
|
\v 36 उहाँका सेवकहरूका सन्तानहरूले यसको उत्तराधिकार प्राप्त गर्नेछन् । अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बस्नेछन् ।
|
|
\s5
|
|
\c 70
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।
|
|
\v 2 मेरो ज्यान लिन खोज्नेहरू लज्जित र अपमानित होऊन् । तिनीहरूलाई फर्काइयोस् र अनादर गरियोस्, जो मेरो पीडामा आनन्दित हुन्छन् ।
|
|
\v 3 तिनीहरूका लाजको कारणले तिनीहरूलाई फर्काइयोस्, जसले भन्छन्, "आहा, आहा !"
|
|
\s5
|
|
\v 4 तपाईंको खोजी गर्नेहरू आनन्दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, "परमेश्वरको स्तुति होस् ।"
|
|
\v 5 तर म गरीब र दरिद्र छु । हे परमेश्वर, मकहाँ चाँडो आउनुहोस् । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईंले मलाई छुटाउनुहुन्छ । हे परमप्रभु, ढिलो नगर्नुहोस् ।
|
|
\s5
|
|
\c 71
|
|
\p
|
|
\v 1 हे परमप्रभु, म तपाईंमा शरण लिन्छु । मलाई कदापि लाजमा नपार्नुहोस् ।
|
|
\v 2 मलाई बचाउनुहोस् र तपाईंको धार्मिकतामा मलाई सुरक्षित राख्नुहोस् । तपाईंको काम मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस् ।
|
|
\v 3 मेरो निम्ति चट्टान हुनुहोस् जहाँ म सधैं जान सकूँ । तपाईंले मलाई बचाउन आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 4 हे परमेश्वर, दुष्टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् ।
|
|
\v 5 किनकि हे परमप्रभु परमेश्वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु ।
|
|
\s5
|
|
\v 6 म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
|
|
\v 7 धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु । तपाईं मेरो बलियो शरण हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 8 मेरो मुख तपाईंको प्रशंसाले, दिनभरि नै तपाईंको आदरले भरिनेछ ।
|
|
\v 9 मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्नुहोस् ।
|
|
\s5
|
|
\v 10 किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्यान लिन खोज्नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।
|
|
\v 11 तिनीहरू भन्छन्, "परमेश्वरले त्यसलाई त्याग्नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।"
|
|
\s5
|
|
\v 12 हे परमेश्वर, मबाट टाढा नहुनुहोस् । हे मेरो परमेश्वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
|
|
\v 13 तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्याउन खोज्छन् ।
|
|
\s5
|
|
\v 14 तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु ।
|
|
\v 15 मैले तपाईंको धार्मिकता र तपाईंको मुक्तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्नेछ ।
|
|
\v 16 म परमप्रभु परमेश्वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।
|
|
\s5
|
|
\v 17 हे परमेश्वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्मका कामहरू घोषणा गर्नेछु ।
|
|
\v 18 वास्तवमा, हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
|
|
\s5
|
|
\v 19 हे परमेश्वर, तपाईंको धार्मिकता धेरै उच्च छ । हे परमेश्वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?
|
|
\v 20 तपाईंले मलाई धेरै कष्टहरू देख्न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।
|
|
\s5
|
|
\v 21 तपाईंले मेरो इज्जत वृद्धि गर्नुहोस् । फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस् ।
|
|
\v 22 हे मेरो परमेश्वर, तपाईंको सत्यताको निम्ति वीणा बजाएर म तपाईंलाई धन्यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।
|
|
\s5
|
|
\v 23 जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ ।
|
|
\v 24 मेरो जिब्रोले पनि दिनभरि तपाईंको धार्मिकताको बारेमा बताउनेछ । किनकि तिनीहरू लाजमा र गोलमाल पारिएका छन् जसले मलाई चोट पुर्याउन खोजे ।
|
|
\s5
|
|
\c 72
|
|
\p
|
|
\v 1 हे परमेश्वर, राजालाई आफ्नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
|
|
\v 2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
|
|
\v 3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्न गरून् ।
|
|
\s5
|
|
\v 4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
|
|
\v 5 सूर्य रहेसम्म र चद्रमा रहुन्जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
|
|
\s5
|
|
\v 6 काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
|
|
\v 7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्म त्यहाँ प्रशस्त शान्ति होस् ।
|
|
\s5
|
|
\v 8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
|
|
\v 9 उजाडस्थानमा बस्नेहरू उनको सामु घोप्टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
|
|
\v 10 तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
|
|
\s5
|
|
\v 11 वास्तवमा, सबै राजा उनको सामु घोप्टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
|
|
\v 12 उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
|
|
\s5
|
|
\v 13 उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् ।
|
|
\v 14 उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्टिमा तिनीहरूका रगत बहुमूल्य हुन्छ ।
|
|
\s5
|
|
\v 15 उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्वरले उनलाई दिनभरि आशिष् देऊन् ।
|
|
\v 16 देशमा अन्नको प्रशस्त होस् । पहाड टुप्पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
|
|
\s5
|
|
\v 17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
|
|
\s5
|
|
\v 18 परमप्रभु परमेश्वर, इस्राएलको परमेश्वर धन्यको होऊन्, जसले मात्र अचम्मका कामहरू गर्नुहुन्छ ।
|
|
\v 19 उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
|
|
\v 20 यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।
|
|
\s5
|
|
\c 73
|
|
\p
|
|
\v 1 निश्चय नै परमेश्वर इस्राएलको निम्ति, शुद्ध हृदय हुनेहरूका निम्ति भला हुनुहुन्छ ।
|
|
\v 2 तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्ले ।
|
|
\v 3 किनभने जब मैले दुष्टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें ।
|
|
\s5
|
|
\v 4 किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्छन् ।
|
|
\v 5 अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्ट हुँदैन ।
|
|
\s5
|
|
\v 6 तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्नेछ ।
|
|
\v 7 यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्ट विचारहरू जान्छन् ।
|
|
\s5
|
|
\v 8 तिनीहरू दुष्टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् ।
|
|
\v 9 आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् ।
|
|
\s5
|
|
\v 10 यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्त पानी बगाइन्छ ।
|
|
\v 11 तिनीहरू भन्छन्, "परमेश्वरले कसरी जान्नुहुन्छ? के सर्वोच्चसँग ज्ञान छ र?"
|
|
\v 12 हेर्नुहोस्ः यी मानिसहरू दुष्टहरू हुन् । तिनीहरू निश्चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।
|
|
\s5
|
|
\v 13 निश्चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु ।
|
|
\v 14 किनकि म दिनभरि कष्टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु ।
|
|
\v 15 "म यी कुराहरू भन्नेछु," भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।
|
|
\s5
|
|
\v 16 मैले यी कुराहरू बुझ्ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो ।
|
|
\v 17 तब म परमेश्वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्तिम अवस्थालाई बुझें ।
|
|
\s5
|
|
\v 18 निश्चय नै तपाईंले तिनीहरूलाई चिप्लो ठाउँहरूमा राख्नुहुन्छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्छ ।
|
|
\v 19 तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने! तिनीहरूको अन्त भयो र भयानक त्रासहरूले समाप्त पारिए ।
|
|
\v 20 कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्छन् । हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्न ।
|
|
\s5
|
|
\v 21 किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।
|
|
\v 22 म मूर्ख थिएँ र अन्तरदृष्टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।
|
|
\s5
|
|
\v 23 तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्नुहुन्छ ।
|
|
\v 24 तपाईंले मलाई आफ्नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।
|
|
\s5
|
|
\v 25 स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्वीमा मैले इच्छा गर्ने तपाईंबाहेक अरू कोही छैन ।
|
|
\v 26 मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 27 तपाईंदेखि टाढा हुनेहरू नष्ट हुनेछन् । तपाईंप्रति विश्वासयोग्य नहुनेहरूलाई तपाईंले नष्ट पार्नुहुनेछ ।
|
|
\v 28 तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्वरको नजिक जाने हो । परमप्रभु परमेश्वरलाई मैले आफ्नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।
|
|
\s5
|
|
\c 74
|
|
\p
|
|
\v 1 हे परमेश्वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
|
|
\v 2 आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।
|
|
\s5
|
|
\v 3 आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्पूर्ण भग्नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् ।
|
|
\v 4 तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।
|
|
\v 5 बञ्चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे ।
|
|
\v 6 तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्चरो र घनहरूले फुटाए ।
|
|
\s5
|
|
\v 7 तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
|
|
\v 8 तिनीहरूले आफ्ना हृदयहरूमा भने, "तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।" देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
|
|
\s5
|
|
\v 9 हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्दैन ।
|
|
\v 10 हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन् ?
|
|
\v 11 आफ्नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्नुहुन्छ? आफ्नो दाहिने हात आफ्नो खल्तीबाट झिक्नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
|
|
\s5
|
|
\v 12 तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
|
|
\v 13 तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्तुहरूका शिरहरू तोड्नुभयो ।
|
|
\s5
|
|
\v 14 तपाईंले लिव्यातन्को शिर कुच्याउनुभयो । तपाईंले त्यसलाई उजास्थानमा बस्नेहरूलाई खुवाउनुभयो ।
|
|
\v 15 तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
|
|
\s5
|
|
\v 16 दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्नुभयो ।
|
|
\v 17 तपाईंले पृथ्वीको सबै सिमाना तोक्नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
|
|
\s5
|
|
\v 18 हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
|
|
\v 19 तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
|
|
\s5
|
|
\v 20 आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् ।
|
|
\v 21 थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् ।
|
|
\s5
|
|
\v 22 हे परमेश्वर, उठ्नुहोस् । तपाईंको आफ्नो इज्जतको रक्षा गर्नुहोस् । मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस् ।
|
|
\v 23 तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।
|
|
\s5
|
|
\c 75
|
|
\p
|
|
\v 1 हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्मका कामहरूका बारेमा बताउँछन् ।
|
|
\v 2 तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।
|
|
\v 3 पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला
|
|
\s5
|
|
\v 4 मैले अहङ्कारीलाई भनें, "अहङ्कारी नहो," र दुष्टहरूलाई भनें, "सिङ् ठाडो नपार् ।
|
|
\v 5 आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।"
|
|
\v 6 उचाल्ने कुरा पूर्वबाट वा, पश्चिमबाट होइन र त्यो उजाडस्थानबाट आउने होइन ।
|
|
\s5
|
|
\v 7 तर परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ ।
|
|
\v 8 किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्छ । निश्चय नै पृथ्वीका सबै दुष्टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।
|
|
\s5
|
|
\v 9 तर तपाईंले भन्नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्वरको स्तुति म गाउनेछु ।
|
|
\v 10 उहाँ भन्नुहुन्छ, "दुष्टहरूका सबै सिङलाई म काट्नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।"
|
|
\s5
|
|
\c 76
|
|
\p
|
|
\v 1 परमेश्वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ ।
|
|
\v 2 उहाँको पाल शालेममा छ । उहाँको बासस्थान सियोनमा छ ।
|
|
\v 3 त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्ट गर्नुभयो । सेला
|
|
\s5
|
|
\v 4 पर्वतहरूमाथि तपाईंले आफ्ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्किनुहुन्छ र आफ्नो माहिमा प्रकट गर्नुहुन्छ ।
|
|
\v 5 साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।
|
|
\s5
|
|
\v 6 हे याकूबको परमेश्वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
|
|
\v 7 तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?
|
|
\s5
|
|
\v 8 स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो । पृथ्वी भयभीत र चूपचाप थियो ।
|
|
\v 9 हे परमेश्वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला
|
|
\s5
|
|
\v 10 निश्चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् ।
|
|
\s5
|
|
\v 11 परमप्रभु आफ्ना परमेश्वरसँग भाकल गर र ती पुरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्नुपर्छ ।
|
|
\v 12 उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।
|
|
\s5
|
|
\c 77
|
|
\p
|
|
\v 1 म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु । म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु, र मेरो परमश्वरले सुन्नुहुनेछ ।
|
|
\s5
|
|
\v 2 मेरो कष्टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्कार गर्यो ।
|
|
\v 3 मैले सुस्केरा हाल्दा मैले परमेश्वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला
|
|
\s5
|
|
\v 4 तपाईंले मेरा आँखा खुल्ला राख्नुभयो । म बोल्नै नसक्ने कष्टमा थिएँ ।
|
|
\v 5 मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें ।
|
|
\s5
|
|
\v 6 मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्ने कोसिस गरें ।
|
|
\v 7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
|
|
\s5
|
|
\v 8 के उहाँको करारको विश्वस्तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?
|
|
\v 9 के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
|
|
\s5
|
|
\v 10 मैले भनें, "यो मेरो कष्ट होः हामीप्रति सर्वोच्चको दाहिने बाहुलीको परिवर्तन हो ।"
|
|
\s5
|
|
\v 11 तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्मका कामहरूका बारेमा म विचार गर्नेछु ।
|
|
\v 12 तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।
|
|
\s5
|
|
\v 13 हे परमेश्वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्वरसित कुन परमेश्वरको तुलना हुन्छ र?
|
|
\v 14 तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।
|
|
\v 15 आफ्नो महान् शक्तिले तपाईंले आफ्ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्नो विजय दिनुभयो । सेला
|
|
\s5
|
|
\v 16 हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
|
|
\v 17 बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
|
|
\s5
|
|
\v 18 तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
|
|
\v 19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् ।
|
|
\v 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्याउनुभयो ।
|
|
\s5
|
|
\c 78
|
|
\p
|
|
\v 1 हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।
|
|
\v 2 दृष्टान्तमा म आफ्नो मुख खोल्नेछु । विगतका गुप्त कुराको बारेमा म गीत गाउनेछु ।
|
|
\s5
|
|
\v 3 हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन् ।
|
|
\v 4 तिनीहरूका सन्तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं ।
|
|
\s5
|
|
\v 5 किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।
|
|
\v 6 उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्मेका छोराछोरी, अर्थात् आउने पुस्ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्नै सन्ताहरूलाई ती भन्नुपर्छ ।
|
|
\s5
|
|
\v 7 तब तिनीहरूले आफ्नो आसा परमेश्वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
|
|
\v 8 तब तिनीहरू आफ्ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्वरप्रति समर्पित र विश्वासयोग्य थिएनन् ।
|
|
\s5
|
|
\v 9 एफ्राइमीहरू धनुले सुसज्जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के ।
|
|
\v 10 तिनीहरूले परमेश्वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।
|
|
\v 11 तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्मका कुराहरूलाई बिर्से ।
|
|
\s5
|
|
\v 12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।
|
|
\v 13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।
|
|
\v 14 दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्याउनुभयो ।
|
|
\s5
|
|
\v 15 उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।
|
|
\v 16 चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।
|
|
\s5
|
|
\v 17 तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।
|
|
\v 18 आफ्नो भोक मेटाउनलाई खाना मागेर आफ्ना हृदयहरूले तिनीहरूले परमेश्वरलाई चुनौति दिए ।
|
|
\s5
|
|
\v 19 तिनीहरू परमेश्वरको विरुद्धमा बोले । तिनीहरूले भने, "परमेश्वरले हामीलाई उजाड-स्थानमा साँच्चै नै खाना खुवाउन सक्नुहुन्छ र?
|
|
\v 20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ ?"
|
|
\s5
|
|
\v 21 जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्यो,
|
|
\v 22 किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
|
|
\s5
|
|
\v 23 तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
|
|
\v 24 तिनीहरूलाई खानलाई उहाँले मन्न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो ।
|
|
\v 25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्त गरी खाना पठाउनुभयो ।
|
|
\s5
|
|
\v 26 उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्नो शक्तिले उहाँले डोर्याउनुभयो ।
|
|
\v 27 धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।
|
|
\v 28 तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे ।
|
|
\s5
|
|
\v 29 त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।
|
|
\v 30 तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।
|
|
\s5
|
|
\v 31 तब परमेश्वरको क्रोध तिनीहरूमाथि पर्यो र तिमध्येका बलियाहरूलाई मार्यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।
|
|
\v 32 यति हुँदा पनि, तिनीहरूले निरन्तर पाप गरे र उहाँका अचम्मका कामहरूमा विश्वास गरेनन् ।
|
|
\s5
|
|
\v 33 यसकारण परमेश्वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए ।
|
|
\v 34 जब परमेश्वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्सुकतासाथ खोजे ।
|
|
\s5
|
|
\v 35 परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे ।
|
|
\v 36 तर तिनीहरूले आफ्ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले ।
|
|
\v 37 किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्वासयोग्य थिएनन् ।
|
|
\s5
|
|
\v 38 तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्ट गर्नुभएन । हो, धेरै पल्ट उहाँले आफ्नो रिस थाम्नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।
|
|
\s5
|
|
\v 39 तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।
|
|
\v 40 उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!
|
|
\v 41 तिनीहरूले परमेश्वरलाई धेरै पल्ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।
|
|
\s5
|
|
\v 42 तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो,
|
|
\v 43 जब उहाँले मिश्रदेशमा आफ्ना डरलाग्दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्ना चमत्कारहरू देखाउनुभयो ।
|
|
\s5
|
|
\v 44 उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्ना नदीहरूका पानी पिउन सकेनन् ।
|
|
\v 45 उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्यो ।
|
|
\v 46 तिनीहरूका अन्न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो ।
|
|
\s5
|
|
\v 47 तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो ।
|
|
\v 48 तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्नुभयो ।
|
|
\v 49 उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्यो । उहाँले क्रोध, रिस र समस्यालाई विपत्ति ल्याउने एजेन्टझैं पठाउनुभयो ।
|
|
\s5
|
|
\v 50 आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो ।
|
|
\v 51 मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो ।
|
|
\s5
|
|
\v 52 आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्थानमा बाटो देखाउनुभयो ।
|
|
\v 53 सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।
|
|
\s5
|
|
\v 54 त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्त गरेको यो पर्वतमा ल्याउनुभयो ।
|
|
\v 55 तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्ना पालहरूमा बसाल्नुभयो ।
|
|
\s5
|
|
\v 56 तापनि तिनीहरूले सर्वोच्च परमेश्वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।
|
|
\v 57 तिनीहरू अविश्वासयोग्य भए र आफ्ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए ।
|
|
\s5
|
|
\v 58 किनकि तिनीहरूले उहाँलाई आफ्ना अग्ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
|
|
\v 59 जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो ।
|
|
\s5
|
|
\v 60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्नुभयो ।
|
|
\v 61 उहाँले आफ्नो सामर्थ्यलाई कसैको कब्जामा सुम्पिदिनुभयो र आफ्नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो ।
|
|
\s5
|
|
\v 62 उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो ।
|
|
\v 63 आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्म पारे, र तिनीहरूका जवान स्त्रीहरूसँग विवाहको गीत थिएन ।
|
|
\s5
|
|
\v 64 तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
|
|
\v 65 अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो ।
|
|
\v 66 उहाँले आफ्ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।
|
|
\s5
|
|
\v 67 उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्नुभएन ।
|
|
\v 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्नुभयो ।
|
|
\v 69 उहाँले आफ्नो पवित्रस्थानलाई स्वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।
|
|
\s5
|
|
\v 70 उहाँले आफ्नो दास दाऊदलाई चुन्नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्याउनुभयो ।
|
|
\v 71 आफ्ना पाठाहरूका साथमा हिंड्ने भेडीहरूका पछि लाग्नबाट उहाँले तिनलाई ल्याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।
|
|
\v 72 आफ्नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।
|
|
\s5
|
|
\c 79
|
|
\p
|
|
\v 1 हे परमेश्वर, विदेशी जातिहरू तपाईंको उत्तराधिकारमा आएका छन् । तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र तुल्याएका छन् । तिनीहरूले यरूशलेमलाई भग्नावशेषको थुप्रो बनाएका छन् ।
|
|
\v 2 तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् ।
|
|
\v 3 तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्यहाँ कोही भएन ।
|
|
\s5
|
|
\v 4 हाम्रा छिमेकीको निम्ति निन्दा र हाम्रा वरिपरि भएकाहरूका निम्ति खिसी र उपहास हामी बनेका छौं ।
|
|
\v 5 हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?
|
|
\s5
|
|
\v 6 तपाईंलाई नचिन्ने जातिहरूमाथि र तपाईंको नाउँ पुकारा नगर्ने राज्यहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् ।
|
|
\v 7 किनकि तिनीहरूले याकूबलाई निलेका र त्यसका गाउँहरूलाई नाश पारेका छन् ।
|
|
\s5
|
|
\v 8 हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्न छौं ।
|
|
\v 9 हे हाम्रा उद्धारका परमेश्वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।
|
|
\s5
|
|
\v 10 जातिहरूले किन यसो भन्ने "तिनीहरूका परमेश्वर खोइ कहाँ छ?" तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस् ।
|
|
\v 11 कैदीहरूका सुस्केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्ताले मृत्युका सन्तानहरूलाई जीवित राख्नुहोस् ।
|
|
\s5
|
|
\v 12 हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् ।
|
|
\v 13 यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।
|
|
\s5
|
|
\c 80
|
|
\p
|
|
\v 1 हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस् ।
|
|
\v 2 एफ्राइम, बेन्यामीन र मनश्शेको दृष्टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
|
|
\v 3 हे परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
|
|
\s5
|
|
\v 4 हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ ?
|
|
\v 5 तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ ।
|
|
\v 6 हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्यस्तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
|
|
\s5
|
|
\v 7 हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
|
|
\v 8 तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्यसलाई रोप्नुभयो ।
|
|
\s5
|
|
\v 9 तपाईंले त्यसको निम्ति देशलाई सफा पार्नुभयो । त्यसले जरा हाल्यो र देशमा भरियो ।
|
|
\v 10 त्यसको छायाले पहाडहरूलाई, त्यसका हाँगाहरूले परमेश्वरका देवदारुहरूलाई ढाक्यो ।
|
|
\v 11 यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
|
|
\s5
|
|
\v 12 तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्?
|
|
\v 13 वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् ।
|
|
\s5
|
|
\v 14 हे सर्वशक्तिमान् परमेश्वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् ।
|
|
\v 15 तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।
|
|
\v 16 यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्ट हुन्छन् ।
|
|
\s5
|
|
\v 17 तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् ।
|
|
\v 18 तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।
|
|
\s5
|
|
\v 19 हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।
|
|
\s5
|
|
\c 81
|
|
\p
|
|
\v 1 हाम्रो बल परमेश्वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्वरको निम्ति जयजयकार गर ।
|
|
\v 2 गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।
|
|
\v 3 औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक ।
|
|
\s5
|
|
\v 4 किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्वरले दिनुभएको विधान हो ।
|
|
\v 5 जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः
|
|
\s5
|
|
\v 6 "मैले त्यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्ने त्यसका हातहरू मुक्त भए ।
|
|
\v 7 तिमीहरूको संकष्टमा तिमीहरूले पुकारा गर्यौ र मैले तिमीहरूलाई सहायता गरें । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें । सेला
|
|
\s5
|
|
\v 8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए !
|
|
\v 9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
|
|
\v 10 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्यो म भर्नेछु ।
|
|
\s5
|
|
\v 11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।
|
|
\v 12 त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।
|
|
\s5
|
|
\v 13 ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।
|
|
\v 14 तब म तुरुन्तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्नो हात फर्काउँथे ।
|
|
\s5
|
|
\v 15 परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।
|
|
\v 16 इस्राएललाई म उत्तम गहुँ खुवाउँथें । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्त पार्थें ।"
|
|
\s5
|
|
\c 82
|
|
\p
|
|
\v 1 परमेश्वर ईश्वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ ।
|
|
\v 2 कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्टको पक्षलाई कृपा गर्छौ? सेला
|
|
\s5
|
|
\v 3 गरीब र अनाथहरूको बचाऊ गर । कष्टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर ।
|
|
\v 4 गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्टहरूका हातबाट छुट्टाओ ।
|
|
\s5
|
|
\v 5 तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् ।
|
|
\s5
|
|
\v 6 मै भनें, "तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्चका छोराहरू हौ ।
|
|
\v 7 तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्ये एक जनाझैं ढल्नेछौ ।"
|
|
\s5
|
|
\v 8 हे परमेश्वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।
|
|
\s5
|
|
\c 83
|
|
\p
|
|
\v 1 हे परमेश्वर, चूपचाप नबस्नुहोस् ! हे परमेश्वर, हामीलाई बेवास्ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
|
|
\v 2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्ना शिरहरू उठाएका छन् ।
|
|
\s5
|
|
\v 3 तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।
|
|
\v 4 तिनीहरूले भनेका छन्, "आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्झना हुनेछैन ।"
|
|
\v 5 तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
|
|
\s5
|
|
\v 6 यसमा एदोम र इश्माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,
|
|
\v 7 जसले गबाल, अम्मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।
|
|
\s5
|
|
\v 8 तिनीहरूसँग अश्शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला
|
|
\s5
|
|
\v 9 तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।
|
|
\v 10 तिनीहरू एन्दोरमा नष्ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
|
|
\s5
|
|
\v 11 तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्नझैं बनाउनुहोस् ।
|
|
\v 12 तिनीहरूले भने, "हामीले आफ्नो निम्ति परमेश्वरको खर्क लिऊँ ।"
|
|
\s5
|
|
\v 13 हे मेरो परमेश्वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
|
|
\v 14 वन डढाउने आगोझैं र पहाडको आगोको ज्वालाझैं बनाउनुहोस् ।
|
|
\v 15 तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
|
|
\s5
|
|
\v 16 हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
|
|
\v 17 तिनीहरू लज्जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्ट होऊन् ।
|
|
\s5
|
|
\v 18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्च हुनुहुन्छ भनी तिनीहरूले जान्नेछन् ।
|
|
\s5
|
|
\c 84
|
|
\p
|
|
\v 1 हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्ने ठाउँ कति सुन्दर छ!
|
|
\v 2 परमप्रभुको चोकको निम्ति म उत्कट इच्छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्वरमा पुकारा गर्छ ।
|
|
\s5
|
|
\v 3 हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्न आफ्नो गुँड भेट्टाएको छ ।
|
|
\v 4 तपाईंका मन्दिरमा बस्नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला
|
|
\s5
|
|
\v 5 त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।
|
|
\v 6 आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्ले ढाक्छ ।
|
|
\s5
|
|
\v 7 तिनीहरूले बलमाथि बल पाएर जान्छन् । तिनीहरूमध्ये हरेक सियोनमा परमेश्वरको सामु देखा पर्छन् ।
|
|
\v 8 हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । हे याकूबका परमेश्वर, म के भन्दैछु सो सुन्नुहोस् । सेला
|
|
\v 9 हे परमेश्वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्त जनको निम्ति चासो देखाउनुहोस् ।
|
|
\v 10 किनकि तपाईंको चोकको एक दिन अन्त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्टहरूका पालहरूमा बस्नुभन्दा म आफ्नो परमेश्वरको मन्दिरको पाले हुनेछु ।
|
|
\s5
|
|
\v 11 किनकि परमप्रभु परमेश्वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्नुहुन्न ।
|
|
\v 12 हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।
|
|
\s5
|
|
\c 85
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।
|
|
\v 2 तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ । तपाईंले तिनीहरूका सबै पापहरू ढाक्नुभएको छ । सेला
|
|
\s5
|
|
\v 3 तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ । तपाईं आफ्नो तातो रिसबाट पछि हट्नुभएको छ ।
|
|
\v 4 हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्नता छोडिदिनुहोस् ।
|
|
\v 5 के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?
|
|
\s5
|
|
\v 6 के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्दित हुनेछन् ।
|
|
\v 7 हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्वस्तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्ति दिनुहोस् ।
|
|
\s5
|
|
\v 8 परमप्रभु परमेश्वरले जे भन्नुहुन्छ सो म सुन्नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।
|
|
\v 9 निश्चय नै उहाँको उद्धार उहाँको भय मान्नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।
|
|
\s5
|
|
\v 10 करारको विश्वस्तता र सत्यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।
|
|
\v 11 सत्यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।
|
|
\s5
|
|
\v 12 हो, परमप्रभुले आफ्नो उत्तम आशिष् दिनुहुनेछ र हाम्रो जमिनले आफ्नो अन्नहरू उब्जाउनेछ ।
|
|
\v 13 धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।
|
|
\s5
|
|
\c 86
|
|
\p
|
|
\v 1 हे परमप्रभु, सुन्नुहोस् र मलाई जवाफ दिनुहोस्, किनकि म गरीब र थिचोमिचोमा परेको छु ।
|
|
\v 2 मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु । हे मेरो परमेश्वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस् ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु, मप्रति दयालु हुनुहोस्, किनकि म दिनभरि तपाईंलाई पुकारा गर्छु ।
|
|
\v 4 तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्नो प्राण तपाईंमा उचाल्नेछु ।
|
|
\s5
|
|
\v 5 हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्छ ।
|
|
\v 6 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्तीको सोर सुन्नुहोस् ।
|
|
\v 7 कष्टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ ।
|
|
\s5
|
|
\v 8 हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् ।
|
|
\v 9 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।
|
|
\s5
|
|
\v 10 किनकि तपाईं महान् हुनुहुन्छ र अचम्मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्वर हुनुहुन्छ ।
|
|
\v 11 हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्याउनुहोस् ।
|
|
\v 12 हे परमप्रभु मेरो परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।
|
|
\s5
|
|
\v 13 किनकि मप्रति तपाईंको करारको विश्वस्तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।
|
|
\v 14 हे परमेश्वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्तै गर्दैनन् ।
|
|
\s5
|
|
\v 15 तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
|
|
\v 16 मतरि फर्किनुहोस् र ममाथि दया गर्नुहोस् । आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस् । तपाईंको सेविकाको छोरालाई बचाउनुहोस् ।
|
|
\v 17 मलाई तपाईंको कृपाको चिन्ह देखाउनुहोस् । तब मलाई घृणा गर्नेहरूले यो देख्नेछन् र लज्जित हुनेछन्, किनभने तपाईं परमप्रभुले नै मलाई सहायता गर्नुभएको र मलाई सान्त्वना दिनुभएको छ ।
|
|
\s5
|
|
\c 87
|
|
\p
|
|
\v 1 उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
|
|
\v 2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
|
|
\v 3 हे परमेश्वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
|
|
\s5
|
|
\v 4 "मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्नेछन् 'यो त्यहाँ जन्मियो' ।"
|
|
\s5
|
|
\v 5 सियोनको बारेमा यसो भनिनेछ, "यिमध्ये हरेक त्यहाँ जन्मेका थियो । अनि सर्वोच्चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।"
|
|
\v 6 परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्नुहुन्छ, "यो त्यहाँ जन्मेको थियो ।" सेला
|
|
\s5
|
|
\v 7 त्यसैले पनि गायकहरू र नाच्नेहरूले पनि मिलेर भन्छन्, "मेरा सबै मूलहरू तँमा छन् ।"
|
|
\s5
|
|
\c 88
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरो उद्धारको परमेश्वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।
|
|
\v 2 मेरो प्रार्थना सुन्नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।
|
|
\s5
|
|
\v 3 किनकि म कष्टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ ।
|
|
\v 4 मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
|
|
\s5
|
|
\v 5 म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्छन् ।
|
|
\v 6 तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्नुहुन्छ ।
|
|
\s5
|
|
\v 7 तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला
|
|
\s5
|
|
\v 8 तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
|
|
\s5
|
|
\v 9 मेरा आँखाहरू कष्टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु ।
|
|
\v 10 के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
|
|
\s5
|
|
\v 11 के तपाईंको करारको विश्वस्तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
|
|
\v 12 के तपाईंका अचम्मका कामहरू अन्धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
|
|
\s5
|
|
\v 13 तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।
|
|
\v 14 हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
|
|
\s5
|
|
\v 15 मेरो जवान अवस्थादेखि नै म सधैं कष्टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु ।
|
|
\v 16 तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्दा कामहरूले मलाई नाश पारेका छन् ।
|
|
\s5
|
|
\v 17 तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् ।
|
|
\v 18 तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।
|
|
\s5
|
|
\c 89
|
|
\p
|
|
\v 1 म परमप्रभुको करारको विश्वस्तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।
|
|
\v 2 किनकि मैले भनेको छु, "करारको विश्वस्तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।"
|
|
\s5
|
|
\v 3 मैले आफ्नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्नो दास दाऊदसँग सपथ खाएको छु ।
|
|
\v 4 म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।" सेला
|
|
\s5
|
|
\v 5 हे परमप्रभु, स्वर्गले तपाईंका आश्चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ ।
|
|
\v 6 किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र?
|
|
\s5
|
|
\v 7 उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्च आदर गरिन्छ र उहाँलाई घेरा हाल्ने सबैको माझमा भयानक हुनुहुन्छ ।
|
|
\v 8 हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्छ ।
|
|
\s5
|
|
\v 9 तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ । जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ ।
|
|
\v 10 तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
|
|
\s5
|
|
\v 11 स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
|
|
\v 12 तपाईंले उत्तर र दक्षिणको सृष्टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्दित हुन्छन् ।
|
|
\s5
|
|
\v 13 तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्च छ ।
|
|
\v 14 धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्वस्तता र सत्यता तपाईंको सामुबाट आउँछन् ।
|
|
\s5
|
|
\v 15 ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।
|
|
\v 16 तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् ।
|
|
\s5
|
|
\v 17 तपाईं तिनीहरूका ऐश्वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।
|
|
\v 18 किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।
|
|
\s5
|
|
\v 19 धेरै अघि आफ्ना विश्वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्नुभयो, "मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।" मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।
|
|
\v 20 मैले आफ्नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।
|
|
\v 21 मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ ।
|
|
\v 22 कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।
|
|
\v 23 त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।
|
|
\s5
|
|
\v 24 मेरो सत्यता र मेरो करारको विश्वस्तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ ।
|
|
\v 25 म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्नेछु ।
|
|
\v 26 त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।'
|
|
\s5
|
|
\v 27 मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्ये सबैभन्दा उच्च पारिएको रूपमा पनि त्यसलाई म राख्नेछु ।
|
|
\v 28 म आफ्नो करारको विश्वस्तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।
|
|
\v 29 त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।
|
|
\s5
|
|
\v 30 त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने,
|
|
\v 31 तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने,
|
|
\v 32 तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु ।
|
|
\s5
|
|
\v 33 तर त्यसबाट आफ्नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्वासी हुनेछैन ।
|
|
\v 34 म आफ्नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।
|
|
\s5
|
|
\v 35 सदाको निम्ति एकै पटक मैले आफ्नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः
|
|
\v 36 त्यसका सन्तानहरू सधैं निरन्तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।
|
|
\v 37 आकाशमा विश्वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।" सेला
|
|
\s5
|
|
\v 38 तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ । आफ्नो अभिषिक्त राजासँग तपाईं रिसाउनुभएको छ ।
|
|
\v 39 तपाईंले आफ्नो सेवको करार त्याग्नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।
|
|
\v 40 तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको छ । तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्नावशेष पार्नुभएको छ ।
|
|
\s5
|
|
\v 41 त्यो बाटो जाने सबैले त्यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।
|
|
\v 42 तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ । त्यसका सबै शत्रुलाई तपाईंले आनन्दित बनाउनुभएको छ ।
|
|
\v 43 तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन ।
|
|
\s5
|
|
\v 44 तपाईंले त्यसको ऐस्वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्याउनुभएको छ ।
|
|
\v 45 तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ । तपाईंले त्यसलाई लाजले ढाक्नुभएको छ । सेला
|
|
\s5
|
|
\v 46 हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?
|
|
\v 47 मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
|
|
\v 48 को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला
|
|
\s5
|
|
\v 49 हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्वस्तताका पहिलेका कामहरू कहाँ छन्?
|
|
\v 50 हे परमप्रभु, आफ्नो सेवकप्रति लक्षित गिल्ला र मैले जातिहरूका यति धेरै अपमानहरू म आफ्नो मनमा कसरी सहन्छु सो सम्झनुहोस् ।
|
|
\v 51 हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्त जनको पाइलाको गिल्ला गर्छन् ।
|
|
\s5
|
|
\v 52 सदासर्वदा परमप्रभुलाई धन्यवाद होस् । आमेन र आमेन ।
|
|
\s5
|
|
\c 90
|
|
\p
|
|
\v 1 हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।
|
|
\v 2 पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्वर हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 3 तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्नुहुन्छ, "ए मानवजातिका सन्तानहरू हो, फर्क ।"
|
|
\v 4 किनकि तपाईंको दृष्टिमा हजार वर्षचाहिं बितेर जाँदा हिजोको दिन र रातको एक पहरजस्तै हो ।
|
|
\s5
|
|
\v 5 तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन् । बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्छन् ।
|
|
\v 6 बिहानमा त्यो फक्रिन्छ र बढ्छ । साँझमा त्यो ओइलाउँछ र सुक्छ ।
|
|
\s5
|
|
\v 7 साँच्चै, हामी तपाईंको रिसमा नष्ट भएका छौं र तपाईंको क्रोधमा हामी त्रसित छौं ।
|
|
\v 8 तपाईंले हाम्रा अधर्महरू आफ्नो सामु, हाम्रा लुकेका पापहरू आफ्नो उपस्थितिमा राख्नुभएको छ ।
|
|
\s5
|
|
\v 9 हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्छ । हाम्रो वर्षहरू सुस्सकेराझैं बित्छ ।
|
|
\v 10 हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्छन् र हामी उडिजान्छौं ।
|
|
\s5
|
|
\v 11 तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?
|
|
\v 12 त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।
|
|
\v 13 हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।
|
|
\s5
|
|
\v 14 बिहान हामीलाई तपाईंको करारको विश्वस्तताले सन्तुष्ट पार्नुहोस्, ताकि हाम्रो जीवनभरि हामी आनन्दित र खुसी हुन सकौं।
|
|
\v 15 हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।
|
|
\v 16 तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्वर्य देखून् ।
|
|
\s5
|
|
\v 17 परमप्रभु परमेश्वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।
|
|
\s5
|
|
\c 91
|
|
\p
|
|
\v 1 जो सर्वोच्चको छत्रछायामा बस्छ, त्यो सर्वशक्तिमान्को छायामा रहनेछ ।
|
|
\v 2 म परमप्रभुको बारेमा भन्छु, "उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्वर जसमा म भरोसा गर्छु ।"
|
|
\s5
|
|
\v 3 किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ ।
|
|
\v 4 उहाँले तिमीलाई आफ्नो पखेटाहरूले ढाक्नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्यताचाहिं ढाल र सुरक्षा हो ।
|
|
\s5
|
|
\v 5 तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,
|
|
\v 6 वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।
|
|
\v 7 हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्यो तिमीकहाँ आउनेछैन ।
|
|
\s5
|
|
\v 8 तिमीले दुष्टको दण्ड नियाल्ने र देख्ने मात्र छौ ।
|
|
\v 9 किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।
|
|
\s5
|
|
\v 10 कुनै खराबीले तिमीलाई जित्नेछैन । तिम्रो घर नजिक कुनै कष्ट आउनेछैन ।
|
|
\v 11 किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
|
|
\s5
|
|
\v 12 तिनीहरूले तिमीलाई आफ्ना हातले थाम्नेछन्, ताकि तिमीले आफ्ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।
|
|
\v 13 तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।
|
|
\s5
|
|
\v 14 त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।
|
|
\v 15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
|
|
\v 16 म त्यसलाई लामो जीवनले सन्तुष्ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।
|
|
\s5
|
|
\c 92
|
|
\p
|
|
\v 1 हे सर्वोच्च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,
|
|
\v 2 बिहानमा तपाईंको करारको विश्वस्तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,
|
|
\v 3 दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
|
|
\s5
|
|
\v 4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।
|
|
\v 5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
|
|
\s5
|
|
\v 6 एक जना निर्दयी व्यक्तिले जान्दैन, न त मूर्खले यो बुझ्छः
|
|
\v 7 जब दुष्टहरू घाँसझैं उम्रिन्छन्, र दुष्ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्छन् ।
|
|
\s5
|
|
\v 8 तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्य गर्नुहुनेछ ।
|
|
\v 9 वास्तवमा, हे परमप्रभु, आफ्ना शत्रुहरूलाई हेर्नुहोस् । वास्तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।
|
|
\s5
|
|
\v 10 तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।
|
|
\v 11 मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्ट वैरीहरूका विनाश सुनेको छन् ।
|
|
\s5
|
|
\v 12 धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्नेछन् ।
|
|
\v 13 तिनीहरूलाई परमप्रभुको मन्दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
|
|
\s5
|
|
\v 14 ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,
|
|
\v 15 त्यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्छ र उहाँमा कुनै अधर्म छैन ।
|
|
\s5
|
|
\c 93
|
|
\p
|
|
\v 1 परमप्रभुले राज्य गर्नुहुन्छ । ऐश्वर्य मा उहाँ आभुषित हुनुहुन्छ । परमप्रभुले आफूलाई बलले पहिर्याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्थापित छ । यो हल्लाउन सकिन्न ।
|
|
\v 2 प्राचीन समयदेखि सिंहासन स्थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्नो स्वर उचाल्छन् । महासागरहरूका छालहरू ठोकिन्छन् र गर्जन्छन् ।
|
|
\v 4 तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्दा माथि परमप्रभु उच्चमा शक्तिशाली हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 5 तपाईंका गम्भीर आज्ञाहरू धेरै भरोसायोग्य छन् । हे परमप्रभु, तपाईंको मन्दिरलाई सदासर्वदा पवित्रताले सुसज्जित पार्छ ।
|
|
\s5
|
|
\c 94
|
|
\p
|
|
\v 1 हे परमप्रभु, परमेश्वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्वर, हामीमाथि चम्किनुहोस् ।
|
|
\v 2 हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्डीहरूलाई जे सुहाउँदो हुन्छ, त्यो तिनीहरूलाई दिनुहोस् ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु, दुष्टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्टहरू कहिलेसम्म आनन्दित हुनेछन्?
|
|
\v 4 तिनीहरू आफ्ना घमण्डका शब्दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
|
|
\s5
|
|
\v 5 हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्चिन्छन् । तिनीहरूले तपाईंका जातिलाई कष्ट दिन्छन् ।
|
|
\v 6 तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्या गर्छन् ।
|
|
\v 7 तिनीहरू भन्छन्, "परमप्रभुले देख्नुहुन्न । याकूबका परमेश्वरले यो कुरामा ध्यान दिनुहुन्न ।"
|
|
\s5
|
|
\v 8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्नेछौ?
|
|
\v 9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्नुहुन्न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्नुहुन्न र?
|
|
\s5
|
|
\v 10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्छ, के उहाँले सच्याउनुहुन्न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ ।
|
|
\v 11 परमप्रभुले मानिसहरूका विचारहरू जान्नुहुन्छ, ती वाफ हुन् ।
|
|
\s5
|
|
\v 12 हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
|
|
\v 13 दुष्टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्टको समयमा विश्राम दिनुहुन्छ ।
|
|
\s5
|
|
\v 14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्नुहुन्न वा आफ्ना उत्तराधिकारलाई छोड्नुहुन्न ।
|
|
\v 15 फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।
|
|
\v 16 खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ ?
|
|
\s5
|
|
\v 17 परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।
|
|
\v 18 जब मैले भनें, "मेरो खुट्टा चिप्लँदैछ," हे परमप्रभु, तपाईंको करारको विश्वस्तताले मलाई माथि उचाल्यो ।
|
|
\v 19 जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
|
|
\s5
|
|
\v 20 के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
|
|
\v 21 तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।
|
|
\s5
|
|
\v 22 तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।
|
|
\v 23 तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्टतामा तिनीहरूलाई नष्ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ ।
|
|
\s5
|
|
\c 95
|
|
\p
|
|
\v 1 आओ, परमप्रभुको निम्ति हामी गाऔं । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं ।
|
|
\v 2 उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं ।
|
|
\v 3 किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 4 पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्चाइहरू उहाँकै हुन् ।
|
|
\v 5 समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्खा जमिन उहाँकै हातले बनाए ।
|
|
\s5
|
|
\v 6 आओ, हामी आराधना गरौं र घोप्टो परौं । हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।
|
|
\v 7 किनकि उहाँ हाम्रो परमेश्वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्नेछौ ।
|
|
\s5
|
|
\v 8 "मेरीबामा वा उजाडस्थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,
|
|
\v 9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।
|
|
\s5
|
|
\v 10 किनकि चालिस वर्षसम्म म त्यो पुस्तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'
|
|
\v 11 यसकारण मैले आफ्नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।
|
|
\s5
|
|
\c 96
|
|
\p
|
|
\v 1 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ ।
|
|
\v 2 परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर ।
|
|
\s5
|
|
\v 3 उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
|
|
\v 4 किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्नुपर्छ ।
|
|
\s5
|
|
\v 5 किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
|
|
\v 6 उहाँको उपस्थितिमा वैभव र ऐश्वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
|
|
\s5
|
|
\v 7 हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्तुति गर ।
|
|
\v 8 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्याओ र उहाँको मन्दिरभित्र आओ ।
|
|
\s5
|
|
\v 9 पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
|
|
\v 10 जातिहरू माझमा भन, "परमप्रभुले राज्य गर्नुहुन्छ ।" संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 11 आकाश खुसी होस् र पृथ्वी आनन्दित होस् । समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस् ।
|
|
\v 12 मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्,
|
|
\v 13 परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।
|
|
\s5
|
|
\c 97
|
|
\p
|
|
\v 1 परमप्रभुले राज्य गर्नुहुन्छ । पृथ्वी आनन्दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।
|
|
\v 2 बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।
|
|
\s5
|
|
\v 3 आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्म पार्छ ।
|
|
\v 4 उहाँको बिजुलीको चमकले संसारलाई उज्यालो बनाउँछ । पृथ्वीले देख्छ र थरथर काम्छ ।
|
|
\v 5 परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
|
|
\s5
|
|
\v 6 आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
|
|
\v 7 कुँदेका आकृतिहरू पुज्नेहरू, व्यर्थका मूर्तिहरूमा घमण्ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्टो पर!
|
|
\v 8 हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्दित भए ।
|
|
\s5
|
|
\v 9 हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्च हुनुहुन्छ ।
|
|
\v 10 तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
|
|
\v 11 धार्मीहरूका निम्ति ज्योति प्रकट हुन्छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।
|
|
\s5
|
|
\v 12 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।
|
|
\s5
|
|
\c 98
|
|
\p
|
|
\v 1 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
|
|
\v 2 परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।
|
|
\s5
|
|
\v 3 उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्वस्तता सम्झिनुहुन्छ । पृथ्वीको अन्तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्वरको विजय देख्नेछन् ।
|
|
\v 4 हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
|
|
\s5
|
|
\v 5 वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।
|
|
\v 6 तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
|
|
\s5
|
|
\v 7 समुद्र र त्यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।
|
|
\v 8 नदीहरूले तिनीहरूले आफ्ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
|
|
\v 9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
|
|
\s5
|
|
\c 99
|
|
\p
|
|
\v 1 परमप्रभुले राज्य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
|
|
\v 2 परमप्रभु सियोनमा महान् हुनुहुन्छ । उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ ।
|
|
\v 3 तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 4 राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।
|
|
\v 5 परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 6 मोशा र हारून उहाँका पुजारीमध्येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
|
|
\v 7 उहाँ तिनीहरूसँग बादलको खामोबाट बोल्नुभयो । उहाँले तिनीहरूलाई दिनुभएको उहाँका महत्त्वपूर्ण आज्ञाहरू र विधिहरू तिनीहरूले पालन गरे ।
|
|
\s5
|
|
\v 8 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो । तपाईं तिनीहरूको निम्ति क्षमा दिनुहुने परमेश्वर हुनुहुन्थ्यो, तर जसले तिनीहरूका पापपूर्ण कामहरूलाई दण्ड दिनुभयो ।
|
|
\v 9 परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 100
|
|
\p
|
|
\v 1 हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।
|
|
\v 2 खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
|
|
\s5
|
|
\v 3 परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
|
|
\s5
|
|
\v 4 धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।
|
|
\v 5 किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
|
|
\s5
|
|
\c 101
|
|
\p
|
|
\v 1 करारको विश्वस्तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्तुति गाउनेछु ।
|
|
\s5
|
|
\v 2 इमानदरीताको बाटोमा म हिंड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ ? म आफ्नो घरभित्र इमानदरीतामा हिंड्नेछु ।
|
|
\v 3 आफ्नो आँखाको सामु म खराबीलाई राख्नेछैन । व्यर्थका खराब कुरालाई म घृणा गर्छु । त्यो मसित टाँसिनेछैन ।
|
|
\s5
|
|
\v 4 भ्रष्ट मानिसहरूले मलाई छोड्नेछन् । खराबीप्रति बफादार छैन ।
|
|
\v 5 आफ्नो छिमेकी गुप्त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु । घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्तिलाई म सहनेछैन ।
|
|
\v 6 मेरो छेउमा बस्नलाई म देशका विश्वासयोग्यहरू खोज्नेछु । इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन् ।
|
|
\s5
|
|
\v 7 छली मानिसहरू मेरो मन्दिरभित्र रहनेछैनन् । झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन ।
|
|
\v 8 हरेक बिहानै म दुष्टहरूलाई देशबाट नष्ट पार्नेछु । दुष्ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु ।
|
|
\s5
|
|
\c 102
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरो प्रार्थन सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् ।
|
|
\v 2 मेरो कष्टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्तै जवाफ दिनुहोस् ।
|
|
\s5
|
|
\v 3 किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
|
|
\v 4 मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु ।
|
|
\s5
|
|
\v 5 मेरो निरन्तरको सुस्केराले म धेरै दुब्लो भएको छु ।
|
|
\v 6 म उजाडस्थानको धनेसझैं भएको छु । भग्नावशेषको लाटोकोसेरोझैं म भएको छु ।
|
|
\s5
|
|
\v 7 एक्लिएको चराझैं छानामाथि म एक्लै जागा रहन्छु ।
|
|
\v 8 मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
|
|
\s5
|
|
\v 9 खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।
|
|
\v 10 तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्नलाई माथि उचाल्नुभएको छ ।
|
|
\s5
|
|
\v 11 मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
|
|
\v 12 तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
|
|
\s5
|
|
\v 13 तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।
|
|
\v 14 किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।
|
|
\v 15 हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
|
|
\v 16 परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्नो महिमामा देखा पर्नुहुनेछ ।
|
|
\s5
|
|
\v 17 त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन ।
|
|
\v 18 यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।
|
|
\s5
|
|
\v 19 किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
|
|
\v 20 कैदीहरूका विलाप सुन्न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।
|
|
\s5
|
|
\v 21 तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्,
|
|
\v 22 जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।
|
|
\s5
|
|
\v 23 उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।
|
|
\v 24 मैले भनें, "हे मेरो परमेश्वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 25 प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
|
|
\v 26 तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
|
|
\v 27 तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
|
|
\s5
|
|
\v 28 तपाईंका सेवकहरूका सन्तानहरू निरन्तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।"
|
|
\s5
|
|
\c 103
|
|
\p
|
|
\v 1 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु ।
|
|
\v 2 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।
|
|
\s5
|
|
\v 3 उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।
|
|
\v 4 उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ । उहाँले तिमीलाई करारको विश्वस्तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ ।
|
|
\v 5 उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्तुष्ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्छ ।
|
|
\s5
|
|
\v 6 परमप्रभुले जे निष्पक्ष छ सो गर्नुहुन्छ र थिचोमिचोमा परेकाहरू सबैका निम्ति न्यायका कामहरू गर्नुहुन्छ ।
|
|
\v 7 उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलका सन्तानहरूलाई उहाँका कामहरू प्रकट गर्नुभयो ।
|
|
\v 8 परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।
|
|
\s5
|
|
\v 9 उहाँले सधैं ताड्ना दिनुहुन्न । उहाँ सधैं रिसाउनुहुन्न ।
|
|
\v 10 उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्न ।
|
|
\s5
|
|
\v 11 किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्वस्तता त्यति नै महान् छ ।
|
|
\v 12 पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्यति नै टाढा हटाउनुभएको छ ।
|
|
\v 13 बुबाले आफ्ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 14 किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ ।
|
|
\v 15 मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्यो मौलाउँछ ।
|
|
\v 16 त्यसमाथि हावा चल्छ र त्यो लोप हुन्छ, र त्यो कहाँ उम्रेको थियो भनी कसैले भन्न पनि सक्दैन ।
|
|
\s5
|
|
\v 17 तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्वस्तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।
|
|
\v 18 तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् ।
|
|
\v 19 परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।
|
|
\s5
|
|
\v 20 ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर ।
|
|
\v 21 ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्छा पुरा गर्छौ, उहाँको प्रशंसा गर ।
|
|
\v 22 ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।
|
|
\s5
|
|
\c 104
|
|
\p
|
|
\v 1 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्वर्यले विभूषित हुनुहुन्छ ।
|
|
\v 2 तपाईंले आफूलाई लुगाले झैं ज्योतिले ढाक्नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
|
|
\v 3 तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्नुहुन्छ ।
|
|
\s5
|
|
\v 4 उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ ।
|
|
\v 5 उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्यो कहिल्यै हटाइनेछैन ।
|
|
\s5
|
|
\v 6 तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्नुभयो । पानीले पहाडहरू ढाके ।
|
|
\v 7 तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।
|
|
\s5
|
|
\v 8 तपाईंले तिनीहरूका निम्ति तोक्नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।
|
|
\v 9 तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्नुभएको छ, जुन तिनीहरूले नाघ्ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्नेछैनन् ।
|
|
\s5
|
|
\v 10 उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् ।
|
|
\v 11 तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्छन् । जङ्गली गधाहरूले आफ्नो तिर्खा मेटाउँछन् ।
|
|
\v 12 नदीका किनाराहरूमा चराहरूले आफ्ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।
|
|
\s5
|
|
\v 13 आकाशमा भएको पानीका आफ्ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।
|
|
\v 14 उहाँले गाईवस्तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।
|
|
\v 15 मानिसलाई खुसी राख्न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 16 परमप्रभुका रूखहरूले प्रशस्त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्नुभयो ।
|
|
\v 17 चराहरूले त्यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।
|
|
\v 18 घोरलहरू उच्च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् ।
|
|
\s5
|
|
\v 19 उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्नुभयो । सुर्यले आफ्नो अस्ताउने समय जान्दछ ।
|
|
\v 20 तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्किन्छन् ।
|
|
\s5
|
|
\v 21 जवान सिंहहरू आफ्ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्वरबाट आफ्नो खानेकुरा खोज्छन् ।
|
|
\v 22 जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्ना खोरहरूमा सुत्छन् ।
|
|
\s5
|
|
\v 23 यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।
|
|
\v 24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्छ ।
|
|
\s5
|
|
\v 25 त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।
|
|
\v 26 पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।
|
|
\s5
|
|
\v 27 यी सबैले समयमा आफ्नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।
|
|
\v 28 तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्तुष्ट हुन्छन् ।
|
|
\s5
|
|
\v 29 तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।
|
|
\v 30 तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।
|
|
\s5
|
|
\v 31 परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्नो सृष्टिमा आनन्दित हुनुभएको होस् ।
|
|
\v 32 उहाँले तल पृथ्वीमा हेर्नुहुन्छ र त्यो हल्लिन्छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।
|
|
\s5
|
|
\v 33 आफ्नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्जेल आफ्नो परमेश्वरको स्तुति गाउनेछु ।
|
|
\v 34 मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्दित हुनेछु ।
|
|
\s5
|
|
\v 35 पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्टहरू कदापि नरहून् । आफ्नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।
|
|
\s5
|
|
\c 105
|
|
\p
|
|
\v 1 परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर ।
|
|
\v 2 उहाँको निम्ति गाओ । उहाँको स्तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन ।
|
|
\v 3 उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्दित होस् ।
|
|
\s5
|
|
\v 4 परमप्रभु र उहाँको शक्तिको खोजि गर । उहाँको उपस्थितिको निरन्तर खोजी गर ।
|
|
\v 5 उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,
|
|
\v 6 ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।
|
|
\s5
|
|
\v 7 उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् ।
|
|
\v 8 उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्म सम्झनुहुन्छ ।
|
|
\s5
|
|
\v 9 आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।
|
|
\v 10 यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्टि गर्नुभयो ।
|
|
\v 11 उहाँले भन्नुभयो, "तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।"
|
|
\s5
|
|
\v 12 तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्नुभयो ।
|
|
\v 13 तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए ।
|
|
\s5
|
|
\v 14 उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्काउनुभयो ।
|
|
\v 15 उहाँले भन्नुभयो, "मेरो अभिषिक्त जनलाई नछोओ र मेरा अगमवक्ताहरूका हानि नगर ।"
|
|
\s5
|
|
\v 16 उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्द गर्नुभयो ।
|
|
\v 17 उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।
|
|
\s5
|
|
\v 18 तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो,
|
|
\v 19 तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्यो ।
|
|
\s5
|
|
\v 20 तिनलाई मुक्त गर्न राजाले सेवकहरू पठाए । मानिसहरूका शासकले तिनलाई मुक्त गरे ।
|
|
\v 21 उनले तिनलाई आफ्नो सारा सम्पत्तिको शासकको रूपमा आफ्नो दरवारको निरीक्षक बनाए,
|
|
\v 22 तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन ।
|
|
\v 23 त्यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे ।
|
|
\s5
|
|
\v 24 परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो ।
|
|
\v 25 उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो ।
|
|
\v 26 आफूले चुन्नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।
|
|
\v 27 तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे ।
|
|
\s5
|
|
\v 28 उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्यारो बनाउनुभयो, तर त्यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् ।
|
|
\v 29 उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।
|
|
\v 30 तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए ।
|
|
\s5
|
|
\v 31 उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए ।
|
|
\v 32 तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो ।
|
|
\v 33 उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्जीरका रूखहरू नष्ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्नुभयो ।
|
|
\s5
|
|
\v 34 उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए ।
|
|
\v 35 सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए ।
|
|
\v 36 तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो ।
|
|
\s5
|
|
\v 37 उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्ये कुनैले पनि बाटोमा ठेस खाएन ।
|
|
\v 38 तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।
|
|
\v 39 उहाँले ढाक्नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्नुभयो ।
|
|
\s5
|
|
\v 40 इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्तुष्ट पार्नुभयो ।
|
|
\v 41 उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे ।
|
|
\v 42 किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो ।
|
|
\s5
|
|
\v 43 आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्याउनुभयो ।
|
|
\v 44 उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,
|
|
\v 45 ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून् । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 106
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 2 परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र?
|
|
\s5
|
|
\v 3 जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्छन्, तिनीहरू धन्यका होऊन् ।
|
|
\v 4 हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस् । तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस् ।
|
|
\v 5 तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु ।
|
|
\s5
|
|
\v 6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
|
|
\v 7 हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्वस्तताका धेरै कामहरूलाई बवास्ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए ।
|
|
\s5
|
|
\v 8 तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्नुभएको होस् ।
|
|
\v 9 उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्थानमा झैं समुद्रको गहिराइमा डोर्याउनुभयो ।
|
|
\s5
|
|
\v 10 तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।
|
|
\v 11 तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्ये एक जना पनि बाँचेन ।
|
|
\v 12 तब तिनीहरूले उहाँको वचनमा विश्वास गरे र तिनीहरूले उहाँको स्तुति गाए ।
|
|
\s5
|
|
\v 13 तर उहाँले जे गर्नुभएको थियो त्यो तिनीहरूले तुरुन्तै बिर्से । तिनीहरूले उहाँको सल्लाहको निम्ति पर्खेनन् ।
|
|
\v 14 उजाडस्थानमा तिनीहरूमा असन्तुष्ट इच्छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्वरलाई चुनौति दिए ।
|
|
\v 15 त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो ।
|
|
\s5
|
|
\v 16 छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने ।
|
|
\v 17 पृथ्वीले खुल्यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्नेहरूलाई ढाकिदियो ।
|
|
\v 18 तिनीहरू माझमा आगो सल्कियो । त्यो आगोले दुष्टहरूलाई भष्म पार्यो ।
|
|
\s5
|
|
\v 19 तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे ।
|
|
\v 20 तिनीहरूले परमेश्वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे ।
|
|
\v 21 तिनीहरूले आफ्ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो ।
|
|
\s5
|
|
\v 22 उहाँले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो ।
|
|
\v 23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुहुँदा—तिनीहरूलाई नष्ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।
|
|
\s5
|
|
\v 24 त्यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्,
|
|
\v 25 तर आफ्ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।
|
|
\s5
|
|
\v 26 यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,
|
|
\v 27 तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्ट पार्नुहुनेछ ।
|
|
\s5
|
|
\v 28 तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए ।
|
|
\v 29 तिनीहरूले आफ्ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।
|
|
\s5
|
|
\v 30 तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो ।
|
|
\v 31 यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो ।
|
|
\s5
|
|
\v 32 तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्ट भोगे ।
|
|
\v 33 तिनीहरूले मोशालाई तिक्त बनाए र तिनले हतारमा बोले ।
|
|
\v 34 परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्ट पारेनन्,
|
|
\v 35 तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके,
|
|
\v 36 र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो ।
|
|
\s5
|
|
\v 37 तिनीहरूले आफ्ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए ।
|
|
\v 38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
|
|
\v 39 तिनीहरू आफ्ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए ।
|
|
\s5
|
|
\v 40 त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो ।
|
|
\v 41 उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्य गरे ।
|
|
\s5
|
|
\v 42 तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्ना अधिकारीको अधीनमा पारियो ।
|
|
\v 43 तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्ट आउनुभयो, तर तिनीहरूले निरन्तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।
|
|
\s5
|
|
\v 44 तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्नुहुँदा उहाँले तिनीहरूका संकष्टमा ध्यान दिनुभयो ।
|
|
\v 45 उहाँले तिनीहरूसँगको आफ्नो करारलाई सम्झिनुभयो र आफ्नो अटल प्रेमको कारणले नरम हुनुभयो ।
|
|
\v 46 तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।
|
|
\s5
|
|
\v 47 हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।
|
|
\v 48 इस्राएलका परमप्रभु परमेश्वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, "आमेन ।" परमप्रभुको प्रशंसा होस् ।
|
|
\s5
|
|
\c 107
|
|
\p
|
|
\v 1 परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।
|
|
\v 3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ ।
|
|
\s5
|
|
\v 4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्थानमा भौंतारिए र बस्नलाई कुनै सहर भेट्टाएनन् ।
|
|
\v 5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।
|
|
\v 6 तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
|
|
\v 7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्नलाई एउटा सहरमा जान पाऊन् ।
|
|
\s5
|
|
\v 8 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
|
|
\v 9 किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।
|
|
\v 10 कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्ट र साङ्लाहरूमा बसे ।
|
|
\s5
|
|
\v 11 तिनीहरूले परमेश्वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्चको सल्लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।
|
|
\v 12 उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।
|
|
\v 13 तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
|
|
\s5
|
|
\v 14 उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।
|
|
\v 15 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
|
|
\v 16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।
|
|
\s5
|
|
\v 17 आफ्ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्ना पापहरूका कारणले कष्टमा परे ।
|
|
\v 18 तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।
|
|
\v 19 तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
|
|
\s5
|
|
\v 20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
|
|
\v 21 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
|
|
\v 22 तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।
|
|
\s5
|
|
\v 23 केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् ।
|
|
\v 24 यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।
|
|
\s5
|
|
\v 25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।
|
|
\v 26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्टमा बिलेर गयो ।
|
|
\v 27 तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।
|
|
\s5
|
|
\v 28 तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
|
|
\v 29 उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्त भए ।
|
|
\v 30 तब तिनीहरू आनन्दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्छा गरेको बन्दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो ।
|
|
\s5
|
|
\v 31 परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
|
|
\v 32 तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।
|
|
\s5
|
|
\v 33 उहाँले नदीहरूलाई उजाडस्थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,
|
|
\v 34 र यसका मानिसहरूका दुष्टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्छ ।
|
|
\v 35 उहाँले उजाडस्थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्छ ।
|
|
\s5
|
|
\v 36 भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्नलाई एउटा सहर बनाउँछन् ।
|
|
\v 37 खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्त उब्जनी ल्याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।
|
|
\v 38 उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्न ।
|
|
\s5
|
|
\v 39 पीडादायी संकष्ट र दुःखले तिनीहरूको सङ्ख्या घट्यो र तल झारिए ।
|
|
\v 40 उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।
|
|
\s5
|
|
\v 41 तर खाँचोमा परेकाहरूलाई उहाँले कष्टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ ।
|
|
\v 42 सोझो मन भएकाहरूले यो देख्नेछन् र आनन्दि हुनेछन् । सबै दुष्टताले आफ्नो मुख बन्द गर्छ ।
|
|
\v 43 बुद्धिमान्हरूले यी कुराहरूमा ख्याल गर्नुपर्छ र परमप्रभुको करारको विश्वस्तताका कामहरूमा ध्यान गर्नुपर्छ ।
|
|
\s5
|
|
\c 108
|
|
\p
|
|
\v 1 हे परमेश्वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्तुति गाउनेछु ।
|
|
\v 2 हे वीणा र सारङ्गी, जाग । झिसमिसेलाई म जगाउनेछु ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्तुति गाउनेछु ।
|
|
\v 4 किनकि तपाईंको करारको विश्वस्तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्यता आकाससम्मै पुग्छ ।
|
|
\s5
|
|
\v 5 हे परमेश्वर, स्वर्गभन्दा माथि उच्च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्च पारियोस् ।
|
|
\v 6 ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
|
|
\s5
|
|
\v 7 परमेश्वरले आफ्नो पवित्रतामा बल्नुभएको छ, "म आनन्दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्कोतको बेसीलाई भाग लगाउनेछु ।
|
|
\v 8 गिलाद मेरो हो, र मनश्शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
|
|
\s5
|
|
\v 9 मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्नो जुत्ता फुकाल्नेछु । पलिश्तको कारणले म विजयसाथ कराउनेछु ।
|
|
\v 10 कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?”
|
|
\s5
|
|
\v 11 हे परमेश्वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्न ।
|
|
\v 12 शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ ।
|
|
\v 13 हामी परमेश्वरको सहायताले जित्नेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
|
|
\s5
|
|
\c 109
|
|
\p
|
|
\v 1 हे परमेश्वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्नुहोस्,
|
|
\v 2 किनकि दुष्टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
|
|
\v 3 तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
|
|
\s5
|
|
\v 4 मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
|
|
\v 5 भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।
|
|
\s5
|
|
\v 6 यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्ट मानिसलाई नियुक्त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्त गर्नुहोस् ।
|
|
\v 7 त्यसको न्याय हुँदा, त्यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।
|
|
\s5
|
|
\v 8 त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
|
|
\v 9 त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस् ।
|
|
\v 10 त्यसका छोराछोरी भौंतारिऊन् र आफ्ना भग्नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
|
|
\s5
|
|
\v 11 त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्यो विदेशीहरूले लुटून् ।
|
|
\v 12 त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
|
|
\v 13 त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
|
|
\s5
|
|
\v 14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
|
|
\v 15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्झना पृथ्वीबाट मेटाइदेऊन् ।
|
|
\v 16 परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्वस्तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
|
|
\s5
|
|
\v 17 त्यसले सराप्न मन परायो । त्यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्लाई घृणा गर्यो । त्यसकहाँ कुनै आशिष् नआओस् ।
|
|
\v 18 त्यसले सरापलाई आफ्नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
|
|
\s5
|
|
\v 19 त्यसको सराप त्यसले आफैलाई ढाक्नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्यसैमा परोस् ।
|
|
\v 20 मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्नेलाई परमप्रभुबाट यो इनाम होस् ।
|
|
\s5
|
|
\v 21 हे परमप्रभु मेरो परमेश्वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
|
|
\v 22 किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।
|
|
\v 23 साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्लाइएको छ ।
|
|
\s5
|
|
\v 24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।
|
|
\v 25 मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्दा, तिनीहरूले आफ्ना शिर हल्लाउँछन् ।
|
|
\s5
|
|
\v 26 हे परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्वस्तताद्वारा बचाउनुहोस् ।
|
|
\v 27 हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
|
|
\s5
|
|
\v 28 तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष् दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्दित होस् ।
|
|
\v 29 मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्ना लाज लुगाझैं लगाऊन् ।
|
|
\s5
|
|
\v 30 म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
|
|
\v 31 किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।
|
|
\s5
|
|
\c 110
|
|
\p
|
|
\v 1 परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ, "मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।"
|
|
\s5
|
|
\v 2 परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्य गर्नुहोस् ।
|
|
\v 3 तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्वइच्छाले पवित्र वस्त्रमा तपाईंको पछि लाग्नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्ति शीतझैं हुनेछ ।
|
|
\s5
|
|
\v 4 परमप्रभुले शपथ खानुभएको छ र बद्लिनुहुन्नः "सदासर्वदाको निम्ति तिमी मल्कीसेदेकजस्तै पुजारी हौ ।"
|
|
\s5
|
|
\v 5 परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ ।
|
|
\v 6 उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।
|
|
\s5
|
|
\v 7 उहाँले बाटो नजिकैको खोलबाट पिउनुहुनेछ र तब विजयपछि उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ ।
|
|
\s5
|
|
\c 111
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्नो सारा हृदयले परमप्रभुलाई धन्यवाद चढाउनेछु ।
|
|
\v 2 परमप्रभुका कामहरू महान् छन् । तिनको इच्छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् ।
|
|
\v 3 उहाँको काम ऐश्वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 4 उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।
|
|
\v 5 विश्वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्छ । उहाँले आफ्नो करार सधैं सम्झिनुहुनेछ ।
|
|
\v 6 उहाँले जातिहरूका उत्तराधिकार आफ्ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्ना शक्तिशाली कामहरू देखाउनुभयो ।
|
|
\s5
|
|
\v 7 उहाँका हातहरूका कामहरू भरपर्दा र निष्पक्ष छन् । उहाँका सबै सुझावहरू विश्वासयोग्य छन् ।
|
|
\v 8 विश्वासयोग्य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।
|
|
\v 9 उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्नो करार सदाको निम्ति स्थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्य छ ।
|
|
\s5
|
|
\v 10 परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\c 112
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्न हुने मानिस धन्यको हो ।
|
|
\v 2 त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।
|
|
\s5
|
|
\v 3 धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
|
|
\v 4 भक्त मानिसको निम्ति अन्धकारमा ज्योति चम्किन्छ । उहाँ अनुग्रही, कृपालु र निष्पक्ष हुनुहुन्छ ।
|
|
\v 5 अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।
|
|
\s5
|
|
\v 6 किनकि त्यो कहिल्यै डग्नेछैन । धर्मी व्यक्तिको सम्झना सधैं हुनेछ ।
|
|
\v 7 त्यो खराब समाचारदेखि डराउँदैन । त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ ।
|
|
\s5
|
|
\v 8 त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्म त्यसको हृदय विनाडर शान्त हुन्छ ।
|
|
\v 9 त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्च पारिनेछ ।
|
|
\s5
|
|
\v 10 दुष्ट व्यक्तिले यो देख्नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्ट मानिसहरूका इच्छा नष्ट हुनेछ ।
|
|
\s5
|
|
\c 113
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।
|
|
\v 2 परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।
|
|
\s5
|
|
\v 3 सूर्य उदायदेखि त्यो नअस्ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।
|
|
\v 4 परमप्रभु सबै जातिभन्दा उच्च हुनुहुन्छ र उहाँको महिमा आकाशसम्म पुग्छ ।
|
|
\s5
|
|
\v 5 परमप्रभु हाम्रा परमेश्वरझैं को छ र, जसको आफ्नो आसन उच्चमा छ,
|
|
\v 6 जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?
|
|
\s5
|
|
\v 7 उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्नुहुन्छ,
|
|
\v 8 ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्नुहुन्छ ।
|
|
\s5
|
|
\v 9 उहाँले घरकी बाँझी स्त्रीलाई घर दिनुहुन्छ । उहाँले त्यसलाई छोराछोरीकी आनन्दित आमा बनाउनुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 114
|
|
\p
|
|
\v 1 जब इस्राएलले मिश्रदेश छोड्यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो,
|
|
\v 2 तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्यो ।
|
|
\s5
|
|
\v 3 समुद्रले हेर्यो र भाग्यो । यर्दन पछि फर्कियो ।
|
|
\v 4 पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे ।
|
|
\s5
|
|
\v 5 ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
|
|
\v 6 ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ?
|
|
\v 7 ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्वरको उपस्थितिमा सामु थरथर हो ।
|
|
\s5
|
|
\v 8 उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्लिनुभयो ।
|
|
\s5
|
|
\c 115
|
|
\p
|
|
\v 1 हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको खातिर तपाईंको नाउँको महिमा होस् ।
|
|
\v 2 जातिहरूले किन यसो भन्ने, "तिनीहरूका परमेश्वर कहाँ छ?"
|
|
\s5
|
|
\v 3 हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।
|
|
\v 4 जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।
|
|
\s5
|
|
\v 5 ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् ।
|
|
\v 6 तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।
|
|
\s5
|
|
\v 7 ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
|
|
\v 8 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्यस्तै हुन्छ ।
|
|
\s5
|
|
\v 9 ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
|
|
\v 10 ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
|
|
\v 11 तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 12 परमप्रभुले हामीलाई ध्यान दिनुहुन्छ र हामीलाई आशिष् दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ ।
|
|
\v 13 उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ ।
|
|
\v 14 परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् ।
|
|
\s5
|
|
\v 15 परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
|
|
\v 16 स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
|
|
\s5
|
|
\v 17 मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्तमा जाने कसैले गर्नेछ ।
|
|
\v 18 तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 116
|
|
\p
|
|
\v 1 म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्नुहुन्छ ।
|
|
\v 2 उहाँले मेरो पुकारा सुन्नुभएको हुनाले, म जीवित भएसम्म म उहाँमा नै पुकारा गर्नेछु ।
|
|
\s5
|
|
\v 3 मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।
|
|
\v 4 तब मैले परमप्रभुको नाउँको पुकारा गरें: "हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।"
|
|
\s5
|
|
\v 5 परमप्रभु कृपालु र निष्पक्ष हुनुहुन्छ । हाम्रो परमेश्वर करुणामय हुनुहुन्छ ।
|
|
\v 6 परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो ।
|
|
\s5
|
|
\v 7 मेरो प्राण आफ्नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।
|
|
\v 8 किनकि मेरो जीवनलाई मृत्युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।
|
|
\s5
|
|
\v 9 म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।
|
|
\v 10 "म ठुलो दुःखमा परेको छु," भनी मैले भनेको बेलामा पनि मैले उहाँमा विश्वास गरें ।
|
|
\v 11 आफ्नो अन्योलमा मैले भनें, "सबै मानि झुटा हुन् ।"
|
|
\s5
|
|
\v 12 परमप्रभुले मेरो निम्ति गर्नुभएको सबै भलाइको साटो म कसरी चुक्ता गर्न सक्छ र?
|
|
\v 13 मुक्तिको कचौरा म उठाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
|
|
\v 14 परमप्रभुका सबै मनिसको सामु आफ्ना भाकलहरू उहाँमा म पुरा गर्नेछु ।
|
|
\v 15 परमप्रभुको दृष्टिमा उहाँका सन्तहरूका मृत्यु बहुमूल्य हुन्छ ।
|
|
\s5
|
|
\v 16 हे परमप्रभु, वस्तवमा, म तपाईंको सेवक हुँ । म तपाईकी कमारीकी छोरा तपाईंको सेवक हुँ । तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ ।
|
|
\v 17 म तपाईंलाई धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु ।
|
|
\s5
|
|
\v 18 परमप्रभुका सबै मनिसका सामु म आफ्ना सबै भाकलहरू उहाँमा,
|
|
\v 19 परमप्रभुको मन्दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 117
|
|
\p
|
|
\v 1 ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्च पार ।
|
|
\v 2 किनभने हामीप्रति उहाँको करारको विश्वस्तता महान् छ र परमप्रभुको सत्यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 118
|
|
\p
|
|
\v 1 परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 2 इस्राएलले भनोस्, "उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।"
|
|
\s5
|
|
\v 3 हारूनको घरानाले भनोस्, "उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।"
|
|
\v 4 बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, "उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।"
|
|
\s5
|
|
\v 5 मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो ।
|
|
\v 6 परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
|
|
\v 7 परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्टिले हे्र्नेछु ।
|
|
\s5
|
|
\v 8 मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
|
|
\v 9 कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
|
|
\s5
|
|
\v 10 सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
|
|
\v 11 तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
|
|
\v 12 तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
|
|
\s5
|
|
\v 13 तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।
|
|
\v 14 परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 15 धर्मीहरूका पालहरूमा विजयको आनन्दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
|
|
\v 16 परमप्रभुको दाहिने बाहुली उच्च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
|
|
\s5
|
|
\v 17 म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।
|
|
\v 18 परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।
|
|
\s5
|
|
\v 19 मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।
|
|
\v 20 यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्छ ।
|
|
\v 21 म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।
|
|
\s5
|
|
\v 22 निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
|
|
\v 23 यो परमप्रभुको काम हो । यो हाम्रा दृष्टिमा अचम्मको कुरा हो ।
|
|
\s5
|
|
\v 24 यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं ।
|
|
\v 25 हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस् !
|
|
\s5
|
|
\v 26 परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं ।
|
|
\v 27 परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।
|
|
\v 28 तपाईं मेरो परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्वर हुनुहुन्छ । म तपाईंलाई उच्च पार्नेछु ।
|
|
\s5
|
|
\v 29 परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\c 119
|
|
\p
|
|
\qa अलेफ
|
|
\v 1 तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् ।
|
|
\v 2 तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन् ।
|
|
\s5
|
|
\v 3 तिनीहरूले कुनै खराबी गर्दैनन् । तिनीहरू उहाँका मार्गहरूमा हिंड्छन् ।
|
|
\v 4 तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको छ, ताकि हामी तिनलाई होसियारीसाथ पालन गर्न सकौं ।
|
|
\s5
|
|
\v 5 तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो
|
|
\v 6 तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।
|
|
\s5
|
|
\v 7 मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु ।
|
|
\v 8 म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्ता नगर्नुहोस् ।
|
|
\qa बेथ
|
|
\s5
|
|
\v 9 जवान व्यक्तिले आफ्नो मार्ग कसरी शुद्ध राख्न सक्छ? तपाईंको वचन पालन गरेर सक्छ ।
|
|
\v 10 आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
|
|
\s5
|
|
\v 11 तपाईंको वचन मैले आफ्नो हृदयमा जम्मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
|
|
\v 12 हे परमप्रभु,तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
|
|
\s5
|
|
\v 13 तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्नो मुखले घोषणा गरेको छु ।
|
|
\v 14 सारा धनसम्पत्तिमा भन्दा बढी म तपाईंको करारका आदेशहरूका मार्गमा आनन्दित हुन्छु ।
|
|
\s5
|
|
\v 15 म तपाईंको सुझावहरूमा ध्यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्ता गर्नेछु ।
|
|
\v 16 म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन ।
|
|
\qa गिमेल
|
|
\s5
|
|
\v 17 आफ्नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्न र तपाईंको वचन पालन गर्न सकूँ ।
|
|
\v 18 मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्न सकूँ ।
|
|
\s5
|
|
\v 19 देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् ।
|
|
\v 20 हर समय तपाईंका धार्मिक आदेशहरू जान्ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् ।
|
|
\s5
|
|
\v 21 तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।
|
|
\v 22 अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु ।
|
|
\s5
|
|
\v 23 शासकहरूले मेरो षड्यन्त्र र निन्दा गरे पनि, तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्यान दिन्छ ।
|
|
\v 24 तपाईंका करारका आदेशहरू मेरो आनन्द हुन् र तिनीहरू मेरा सल्लाहकारहरू हुन् ।
|
|
\qa दालेथ
|
|
\s5
|
|
\v 25 मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।
|
|
\v 26 तपाईंलाई मैले आफ्ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
|
|
\s5
|
|
\v 27 तपाईंका सुझावहरूका मार्गहरू बुझ्ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्मका शिक्षाहरूमा म ध्यान गर्न सकूँ ।
|
|
\v 28 शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।
|
|
\s5
|
|
\v 29 छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् ।
|
|
\v 30 विश्वस्तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्नो सामु राखेको छु ।
|
|
\s5
|
|
\v 31 तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् ।
|
|
\v 32 तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ ।
|
|
\qa हे
|
|
\s5
|
|
\v 33 हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।
|
|
\v 34 मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्नो सारा हृदयले यो म पालन गर्नेछु ।
|
|
\s5
|
|
\v 35 तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्याउनुहोस्, किनकि त्यसमा हिंड्न म खुसी हुन्छु ।
|
|
\v 36 मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर, र अधार्मिक फाइदाबाट टाढा लैजानुहोस् ।
|
|
\s5
|
|
\v 37 व्यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।
|
|
\v 38 तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो ।
|
|
\s5
|
|
\v 39 मलाई डर लाग्ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्छन् ।
|
|
\v 40 हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् ।
|
|
\qa वाव
|
|
\s5
|
|
\v 41 हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।
|
|
\v 42 तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।
|
|
\s5
|
|
\v 43 मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।
|
|
\v 44 तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।
|
|
\s5
|
|
\v 45 म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।
|
|
\v 46 तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्नेछु र म लाज मान्नेछैन ।
|
|
\s5
|
|
\v 47 तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु ।
|
|
\v 48 तपाईंका आज्ञाहरूतिर म आफ्ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्यान गर्नेछु ।
|
|
\qa जाइन्
|
|
\s5
|
|
\v 49 तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ ।
|
|
\v 50 यो मेरो संकष्टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।
|
|
\s5
|
|
\v 51 घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन ।
|
|
\v 52 हे परमप्रभु, प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु, र म आफैंलाई सान्त्वना दिन्छु ।
|
|
\s5
|
|
\v 53 तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ ।
|
|
\v 54 म अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् ।
|
|
\s5
|
|
\v 55 हे परमप्रभु, म रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु र म तपाईंको व्यवस्था पालन गर्छु ।
|
|
\v 56 यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु ।
|
|
\qa हेथ
|
|
\s5
|
|
\v 57 परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।
|
|
\v 58 तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् ।
|
|
\s5
|
|
\v 59 मैले आफ्ना मार्गहरू जाँच गरें र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ ।
|
|
\v 60 तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ ।
|
|
\s5
|
|
\v 61 दुष्टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् । मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन ।
|
|
\v 62 तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्यवाद दिन म मध्यरातमा उठ्छु ।
|
|
\s5
|
|
\v 63 तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ ।
|
|
\v 64 हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्वस्तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
|
|
\qa टेथ
|
|
\s5
|
|
\v 65 हे परमप्रभु, तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ ।
|
|
\v 66 मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु ।
|
|
\s5
|
|
\v 67 संकष्टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।
|
|
\v 68 तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
|
|
\s5
|
|
\v 69 अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।
|
|
\v 70 तिनीहरूका हृदय कठोर भएका छन्, तर म तपाईंको व्यवस्थामा खुसी हुन्छु
|
|
\s5
|
|
\v 71 मैले सतावट भोगेको मेरो निम्ति असल हुन्छ, ताकि म तपाईंका विधिहरू सिक्न सक्छु ।
|
|
\v 72 तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् ।
|
|
\qa योध
|
|
\s5
|
|
\v 73 तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्न सकूँ ।
|
|
\v 74 तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।
|
|
\s5
|
|
\v 75 हे परमप्रभु, तपाईंका आदेशहरू निष्पक्ष छन् र विश्वस्ततामा तपाईंले मलाई कष्ट दिनुभयो भनी म जान्दछु ।
|
|
\v 76 आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्वस्तताले मलाई सान्त्वना देओस् ।
|
|
\s5
|
|
\v 77 मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।
|
|
\v 78 घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्यान गर्नेछु ।
|
|
\s5
|
|
\v 79 तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून्, जसले तपाईंका करारका आदेशहरू जान्दछन् ।
|
|
\v 80 तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ ।
|
|
\qa काफ
|
|
\s5
|
|
\v 81 तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु ।
|
|
\v 82 तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ ?
|
|
\s5
|
|
\v 83 किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्न ।
|
|
\v 84 तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?
|
|
\s5
|
|
\v 85 तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् ।
|
|
\v 86 तपाईंका सबै आज्ञा विश्वासनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् ।
|
|
\s5
|
|
\v 87 तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ ।
|
|
\v 88 तपाईंको अटल प्रमले मलाई जीवित राख्नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ ।
|
|
\qa लामेध
|
|
\s5
|
|
\v 89 हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।
|
|
\v 90 तपाईंको विश्वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।
|
|
\s5
|
|
\v 91 तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्नुभएझैं आजको दिनसम्म सबै थोक निरन्तर रहन्छ, किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन् ।
|
|
\v 92 तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्नो कष्टमा नाश भएको हुन्थें ।
|
|
\s5
|
|
\v 93 तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्नुभएको छ ।
|
|
\v 94 म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।
|
|
\s5
|
|
\v 95 दुष्टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्न खोज्नेछु ।
|
|
\v 96 सबै थोकका सिमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू भने सिमाभन्दा परसम्म फराकिला छन् ।
|
|
\qa मेम
|
|
\s5
|
|
\v 97 ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु! यो नै मेरो दिनभरिको ध्यान हो ।
|
|
\v 98 तपाईंका आज्ञाहरूले मलाई आफ्ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् ।
|
|
\s5
|
|
\v 99 मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्यान गर्छु ।
|
|
\v 100 मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो ।
|
|
\s5
|
|
\v 101 हरेक खराब मार्गबाट मैले आफ्ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।
|
|
\v 102 तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।
|
|
\s5
|
|
\v 103 तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!
|
|
\v 104 तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु ।
|
|
\qa नुन
|
|
\s5
|
|
\v 105 तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।
|
|
\v 106 मैले शपथ खाएको छु र पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
|
|
\s5
|
|
\v 107 म धेरै कष्टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।
|
|
\v 108 हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् ।
|
|
\s5
|
|
\v 109 मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्न ।
|
|
\v 110 दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
|
|
\s5
|
|
\v 111 तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।
|
|
\v 112 सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।
|
|
\qa समेख
|
|
\s5
|
|
\v 113 दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
|
|
\v 114 तपाईं मेरो लुक्ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।
|
|
\s5
|
|
\v 115 हे दुष्ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्नो परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ ।
|
|
\v 116 मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्जित हुनु नपरोस् ।
|
|
\s5
|
|
\v 117 मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्यान गर्नेछु ।
|
|
\v 118 तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्वासनीय छन् ।
|
|
\s5
|
|
\v 119 तपाईंले दुष्टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु ।
|
|
\v 120 तपाईंको भयले मेरो शरीर थरथर हुन्छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्छ ।
|
|
\qa ऐयिन
|
|
\s5
|
|
\v 121 जे निष्पक्ष र ठिक छ सो म गर्छु । मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस् ।
|
|
\v 122 तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।
|
|
\s5
|
|
\v 123 तपाईंको उद्धारको निम्ति र तपाईंको धार्मिक वचनको निम्ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्छन् ।
|
|
\v 124 तपाईंको सेवकलाई आफ्नो करारको विश्वस्तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् ।
|
|
\s5
|
|
\v 125 म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्न सकूँ ।
|
|
\v 126 यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् ।
|
|
\s5
|
|
\v 127 साँच्चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।
|
|
\v 128 यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।
|
|
\qa पेका
|
|
\s5
|
|
\v 129 तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।
|
|
\v 130 तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ ।
|
|
\s5
|
|
\v 131 म आफ्नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।
|
|
\v 132 तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् ।
|
|
\s5
|
|
\v 133 तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्य गर्न नदिनुहोस् ।
|
|
\v 134 मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।
|
|
\s5
|
|
\v 135 तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
|
|
\v 136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।
|
|
\qa साधे
|
|
\s5
|
|
\v 137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्पक्ष छन् ।
|
|
\v 138 तपाईंले आफ्नो करारका आदेशहरू धार्मिक रूपमा र विश्वस्ततासाथ दिनुभएको छ ।
|
|
\s5
|
|
\v 139 रिसले मलाई नष्ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।
|
|
\v 140 तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ ।
|
|
\s5
|
|
\v 141 म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्न ।
|
|
\v 142 तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।
|
|
\s5
|
|
\v 143 संकष्ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
|
|
\v 144 तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।
|
|
\qa कोफ
|
|
\s5
|
|
\v 145 मैले आफ्नो सम्पूर्ण हृदयले पुकारा गरें, "हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।
|
|
\v 146 म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।"
|
|
\s5
|
|
\v 147 बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।
|
|
\v 148 रातका पहरहरू बद्लिनुअगि नै मेरा आँखाहरू खुला हुन्छन् ताकि म तपाईंको वचनमा ध्यान गर्न सकूँ ।
|
|
\s5
|
|
\v 149 तपाईंको करारको विश्वस्ततामा मेरो सोर सुन्नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।
|
|
\v 150 मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।
|
|
\s5
|
|
\v 151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् ।
|
|
\v 152 धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्थापित गर्नुभएको थियो ।
|
|
\qa रेश
|
|
\s5
|
|
\v 153 मेरो कष्टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्न ।
|
|
\v 154 मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्नुहोस् ।
|
|
\s5
|
|
\v 155 उद्धारचाहिं दुष्टहरूदेखि धेरै टाढा हुन्छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।
|
|
\v 156 हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्नुहोस् ।
|
|
\s5
|
|
\v 157 मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जान छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन ।
|
|
\v 158 धोकेबाजलाई म घृणाको दृष्टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् ।
|
|
\s5
|
|
\v 159 हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्वस्तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्नुहोस् ।
|
|
\v 160 तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् ।
|
|
\qa शीन
|
|
\s5
|
|
\v 161 शासकहरूले मलाई विनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ ।
|
|
\v 162 कसैले धेरै लूटको माल पाएझैं म तपाईंको वचनमा आनन्दित हुन्छु ।
|
|
\s5
|
|
\v 163 झुटलाई म घृणा र तिरस्कार गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
|
|
\v 164 तपाईंको धार्मिक आदेशहरूका कारणले दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु ।
|
|
\s5
|
|
\v 165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्ति हुन्छ । तिनीहरूलाई कुनै कुराले ठेस खान दिंदैन ।
|
|
\v 166 हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु ।
|
|
\s5
|
|
\v 167 म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु ।
|
|
\v 168 तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ ।
|
|
\qa ताव
|
|
\s5
|
|
\v 169 हे परमप्रभु, सहायताको निम्ति मेरो पुकारा सुन्नुहोस् । तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस् ।
|
|
\v 170 मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् ।
|
|
\s5
|
|
\v 171 मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्ना विधिहरू सिकाउनुहुन्छ ।
|
|
\v 172 मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस्, किनकि तपाईंका सबै आज्ञा ठिक छन् ।
|
|
\s5
|
|
\v 173 तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।
|
|
\v 174 हे परमप्रभु, म तपाईंको उद्धारको इच्छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।
|
|
\s5
|
|
\v 175 म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् ।
|
|
\v 176 हराएको भेडाझैं म बरालिएको छु । आफ्नो सेवकलाई खोज्नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।
|
|
\s5
|
|
\c 120
|
|
\p
|
|
\v 1 मेरो संकष्टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।
|
|
\v 2 हे परमप्रभु, आफ्ना ओठहरूले झुटा बोल्नेहरू र आफ्ना जिब्राहरूले छल गर्नेहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
|
|
\s5
|
|
\v 3 ए झुटा बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ ?
|
|
\v 4 झाडीको भुङ्ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ ।
|
|
\s5
|
|
\v 5 मलाई धिक्कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।
|
|
\v 6 किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।
|
|
\v 7 म शान्तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्छन् ।
|
|
\s5
|
|
\c 121
|
|
\p
|
|
\v 1 पर्वतहरूतिर म आफ्ना आँखाहरू उचाल्नेछु । मेरो सहायता कहाँबाट आउनेछ?
|
|
\v 2 मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
|
|
\s5
|
|
\v 3 उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्नुहुनेछैन ।
|
|
\v 4 हेर, इस्राएलको रक्षक न त उँघ्नुहुन्छ न त सुत्नुहुन्छ ।
|
|
\s5
|
|
\v 5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ ।
|
|
\v 6 दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।
|
|
\s5
|
|
\v 7 पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ ।
|
|
\v 8 तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।
|
|
\s5
|
|
\c 122
|
|
\p
|
|
\v 1 तिनीहरूले मलाई, "हामी परमप्रभुको मन्दिरमा जाऔं" भन्दा म खुसी हुन्थें ।
|
|
\v 2 ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।
|
|
\v 3 ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।
|
|
\s5
|
|
\v 4 कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् ।
|
|
\v 5 त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।
|
|
\s5
|
|
\v 6 यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । "तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ।
|
|
\v 7 तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।"
|
|
\s5
|
|
\v 8 मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्नेछु, "तँभित्र शान्ति होस् ।"
|
|
\v 9 परमप्रभु हाम्रा परमेश्वरको मन्दिरको खातिर, म तेरो भलाइ खोज्नेछु ।
|
|
\s5
|
|
\c 123
|
|
\p
|
|
\v 1 तपाईंतिर म आफ्ना आँखा उचल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्छ ।
|
|
\v 2 हेर, जसरी कमाराहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्छन्, कमारीहरूका आँखाले आफ्ना मालिक्नीको हाततिर हेर्छन्, त्यसरी नै हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्वरतिर हेर्छन्, जबसम्म उहाँले हामीलाई कृपा गर्नुहुन्न ।
|
|
\s5
|
|
\v 3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं ।
|
|
\v 4 अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।
|
|
\s5
|
|
\c 124
|
|
\p
|
|
\v 1 अब इस्राएलले भनोस्, "परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
|
|
\v 2 मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,
|
|
\v 3 तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए ।
|
|
\s5
|
|
\v 4 पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो ।
|
|
\v 5 तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।"
|
|
\s5
|
|
\v 6 परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन ।
|
|
\v 7 शिकारीको पासोबाट चरा फुत्केझैं हामी भएका छौं । पासो चुँडेको छ र हामी उम्केका छौं ।
|
|
\s5
|
|
\v 8 परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
|
|
\s5
|
|
\c 125
|
|
\p
|
|
\v 1 परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।
|
|
\v 2 जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ ।
|
|
\v 3 दुष्टहरूका राजदण्डले धर्मीहरूका देशमा राज्य गर्नुहुन्न । अन्यथा धर्मीहरूले जे खराब छ त्यही गर्न सक्छन् ।
|
|
\s5
|
|
\v 4 हे परमप्रभु, असलहरू र आफ्ना हृदयहरूमा सोझो हुनेहरूलाई असलै गर्नुहोस् ।
|
|
\v 5 तर आफ्ना कुटिल मार्गहरूतिर लाग्नेहरूलाई परमप्रभुले तिनीहरूलाई खराबी गर्नेहरूसँगै डोर्याउनुहुनेछ । इस्राएलमा शान्ति होस् ।
|
|
\s5
|
|
\c 126
|
|
\p
|
|
\v 1 परमप्रभुले सियोनको सुदिन फर्काउनुहुँदा, हामीलाई सपना देखेजस्तो भयो ।
|
|
\s5
|
|
\v 2 तब हाम्रा मुखहरू हाँसोले र हाम्रा जिब्राहरू गीत भरिएका थिए । तब जातिहरूका माझमा तिनीहरूले भने, "परमप्रभुले तिनीहरूको निम्ति महान् कुराहरू गर्नुभएको छ ।"
|
|
\v 3 परमप्रभुले हाम्रो निम्ति महान् कुरा गर्नुभयो । हामी कति खुसी थियौं ।
|
|
\s5
|
|
\v 4 हे परमप्रभु, नेगेवका नदीहरूझैं हाम्रा सुदिनहरू फर्काउनुहोस् ।
|
|
\v 5 आँशु झार्दै बीउ छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन् ।
|
|
\v 6 बीउ बोकेर छर्नलाई रुँदै जानेहरू अन्नका बिटाहरू लिएर आनन्दको गीत गाउँदै फेरि फर्किनेछ ।
|
|
\s5
|
|
\c 127
|
|
\p
|
|
\v 1 परमप्रभुले नै घर बनाउनुभएन भने, त्यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
|
|
\v 2 बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्छ, किनकि परमप्रभुका प्रियजन सुत्दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 3 हेर, छोराछोरी परमप्रभुबाट प्राप्त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
|
|
\v 4 योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन् ।
|
|
\v 5 त्यो मानिस धन्यको हो,जसको ठोक्रो काँडहरूले भरिएको छ । त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्जित हुनेछैन ।
|
|
\s5
|
|
\c 128
|
|
\p
|
|
\v 1 परमप्रभुको आदर गर्ने हरेक व्यक्ति धन्यको हो जो उहाँका मार्गहरूमा हिंड्छ ।
|
|
\v 2 तिम्रो हातले जे दिन्छ, त्यसमा तिमी आनन्दित हुनेछौ । तिमी आशिषित् र सम्वृद्ध हुनेछौ ।
|
|
\s5
|
|
\v 3 तिम्रो घरमा तिम्री पत्नी फल्दोफुल्दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
|
|
\v 4 हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ ।
|
|
\v 5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्वृद्धि देख्न सक्नेछौ ।
|
|
\v 6 आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।
|
|
\s5
|
|
\c 129
|
|
\p
|
|
\v 1 "मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्," इस्राएलले भनोस् ।
|
|
\v 2 "मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।
|
|
\v 3 हलो जोत्नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्ना हलोको डोबलाई लामो बनाए ।
|
|
\s5
|
|
\v 4 परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्टहरूका डोरीहरू काट्नुभएको छ ।"
|
|
\v 5 सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् ।
|
|
\s5
|
|
\v 6 तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,
|
|
\v 7 जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन ।
|
|
\v 8 त्यो बाटो हिंड्नेहरूले यसो नभनून्, "परमप्रभुको आशिष् तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष् दिन्छौं ।"
|
|
\s5
|
|
\c 130
|
|
\p
|
|
\v 1 हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
|
|
\v 2 हे परमप्रभु, मेरो सोर सुन्नुहोस् । दयाको निम्ति मेरो बिन्ती सुन्नलाई तपाईंका कानहरू सचेत होऊन् ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
|
|
\v 4 तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्छ ।
|
|
\s5
|
|
\v 5 म परमप्रभुमा पर्खिन्छु, मेरो प्राणले पर्खिन्छु र उहाँको वचनमा म आसा गर्छु ।
|
|
\v 6 रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।
|
|
\s5
|
|
\v 7 ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।
|
|
\v 8 इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 131
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्ने कुराहरूको वास्ता म गर्छु ।
|
|
\s5
|
|
\v 2 वास्तवमा मैले आफ्नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ ।
|
|
\v 3 ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् ।
|
|
\s5
|
|
\c 132
|
|
\p
|
|
\v 1 हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्टहरू याद गर्नुहोस् ।
|
|
\v 2 तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।
|
|
\s5
|
|
\v 3 तिनले भने, "म मेरो घरभित्र पस्नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,
|
|
\v 4 म आफ्ना आँखालाई सुत्न दिनेछैन न त आफ्ना पलकहरूलाई विश्राम दिनेछु,
|
|
\v 5 जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
|
|
\s5
|
|
\v 6 हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।
|
|
\v 7 हामी परमेश्वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।
|
|
\v 8 हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्नुहोस् ।
|
|
\s5
|
|
\v 9 तपाईंका पुजारीहरूले इमानदारीताको वस्त्र लगाऊन् । तपाईंका विश्वासयोग्य जनहरू आनन्दले कराऊन् ।
|
|
\v 10 तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्त राजाबाट नतर्किनुहोस् ।
|
|
\s5
|
|
\v 11 परमप्रभुले दाऊदसित पक्का शपथ खानुभयो, एउटा पक्का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः "तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्नेछु ।
|
|
\v 12 तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्नेछन् ।"
|
|
\s5
|
|
\v 13 निश्चय नै परमप्रभुले सियोनलाई रोज्नुभएको छ । उहाँको आफ्नो आसनको निम्ति उहाँले त्यसको इच्छा गर्नुभएको छ ।
|
|
\v 14 "यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्नेछु किनकि म यसलाई चाहन्छु ।
|
|
\s5
|
|
\v 15 म त्यसलाई प्रशस्त मात्रमा अन्नको आशिष् दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्त पार्ने छु ।
|
|
\v 16 त्यसका पुजारीहरूलाई म उद्धारको वस्त्र पहिराउनेछु । त्यसका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।
|
|
\s5
|
|
\v 17 दाऊदको निम्ति त्यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्त जनको निम्ति एउटा बत्ती राख्नेछु ।
|
|
\v 18 त्यसका शत्रुहरूलाई म लाजले ढाक्नेछु, तर त्यसको शीरमा त्यसको मुकुट चम्किनेछ ।"
|
|
\s5
|
|
\c 133
|
|
\p
|
|
\v 1 हेर, दाजुभाइका निम्ति एकसाथ मिलेर बस्नु कति असल र सुखद कुरा हो ।
|
|
\s5
|
|
\v 2 यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्यसपछि यो तिनको वस्त्रको कठालोसम्म झर्छ ।
|
|
\v 3 यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।
|
|
\s5
|
|
\c 134
|
|
\p
|
|
\v 1 हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्दिरमा राति सेवा गर्छौ ।
|
|
\v 2 पवित्र स्थानतिर आफ्ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\v 3 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
|
|
\s5
|
|
\c 135
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।
|
|
\v 2 तिमीहरू जो परमप्रभुको मन्दिरमा, हाम्रा परमेश्वरको मन्दिरको चोकहरूमा खडा हुन्छौ ।
|
|
\s5
|
|
\v 3 परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।
|
|
\v 4 किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ ।
|
|
\s5
|
|
\v 5 परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ ।
|
|
\v 6 परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्यही गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 7 उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्नो भण्डारबाट हुरीबतास निकाल्नुहुन्छ ।
|
|
\s5
|
|
\v 8 उहाँले मिश्रदेशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो ।
|
|
\v 9 उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो ।
|
|
\s5
|
|
\v 10 उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो,
|
|
\v 11 एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।
|
|
\s5
|
|
\v 12 तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो ।
|
|
\v 13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ ।
|
|
\s5
|
|
\v 14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।
|
|
\v 15 जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् ।
|
|
\v 16 ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् ।
|
|
\v 17 तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ ।
|
|
\v 18 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति हुन्छ ।
|
|
\s5
|
|
\v 19 हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।
|
|
\v 20 हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर ।
|
|
\v 21 सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 136
|
|
\p
|
|
\v 1 परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 2 देवताहरूका परमेश्वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 4 उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्चर्य कामहरू गर्नुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 5 उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 6 उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 7 उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 8 उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 9 रातमा राज्य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 10 उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 11 र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 12 शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 13 उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 14 र इस्राएललाई त्यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 15 तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्ट पार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्थानमा डोर्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 17 उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 18 उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 19 एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 20 र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 22 उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 23 उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\v 24 उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 25 जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\v 26 स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
|
|
\s5
|
|
\c 137
|
|
\p
|
|
\v 1 बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।
|
|
\v 2 त्यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्ना वीणाहरू झुन्डायौं ।
|
|
\s5
|
|
\v 3 हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्दै खुसी होओ भने, "हाम्रा निम्ति सियोनका गीतमध्ये एउटा गाओ ।"
|
|
\v 4 विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?
|
|
\s5
|
|
\v 5 हे यरूशलेम, मैले तेरो सम्झनालाई बेवास्ता गर्छु भने, मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस् ।
|
|
\v 6 मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।
|
|
\s5
|
|
\v 7 हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, "यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।"
|
|
\s5
|
|
\v 8 बेबिलोनकी छोरी, चाँडै नष्ट हुन्छ । तैंले हामीलाई जे गरिस् त्यसको बदला लिने व्यक्ति धन्यको होस् ।
|
|
\v 9 जसले तेरा सा-साना बालबच्चालाई लिएर चट्टानमा पछार्छ, त्यो व्यक्ति धन्यको होस् ।
|
|
\s5
|
|
\c 138
|
|
\p
|
|
\v 1 आफ्नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु ।
|
|
\v 2 तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ ।
|
|
\s5
|
|
\v 3 मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो ।
|
|
\v 4 हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्नेछन् ।
|
|
\s5
|
|
\v 5 वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
|
|
\v 6 किनकि परमप्रभु उच्च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्ता गर्नुहुन्छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्नुहुन्छ ।
|
|
\s5
|
|
\v 7 म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ ।
|
|
\v 8 परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्वस्तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्नुहोस् ।
|
|
\s5
|
|
\c 139
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्नुहुन्छ ।
|
|
\v 2 म बस्दा र म उठ्दा तपाईंले जान्नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्नुहुन्छ ।
|
|
\s5
|
|
\v 3 तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।
|
|
\v 4 हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्यो पूर्ण रूपमा जान्नुहुन्छ ।
|
|
\v 5 मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्नुहुन्छ ।
|
|
\v 6 यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्च छ, म यसमा पुग्नै सक्दिनँ ।
|
|
\s5
|
|
\v 7 तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र?
|
|
\v 8 आकाशमाथि उक्लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 9 प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्लो भागमा बसें भने,
|
|
\v 10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्नेछ ।
|
|
\s5
|
|
\v 11 मैले भनें, "निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,"
|
|
\v 12 तापनि त्यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
|
|
\s5
|
|
\v 13 तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।
|
|
\v 14 म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।
|
|
\s5
|
|
\v 15 जब मलाई गुप्तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
|
|
\v 16 तपाईंले मलाई गर्भभित्रै देख्नुभयो । मेरो निम्ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
|
|
\s5
|
|
\v 17 हे परमेश्वर, तपाईंका विचारहरू मेरो निम्ति कति बहुमूल्य छन् ! तिनका सङ्ख्या कति धेरै छन् !
|
|
\v 18 तिनलाई मैले गन्न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।
|
|
\s5
|
|
\v 19 हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभएको भए असल हुन्थ्यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
|
|
\v 20 तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
|
|
\s5
|
|
\v 21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
|
|
\v 22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।
|
|
\s5
|
|
\v 23 हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा विचारहरू जान्नुहोस् ।
|
|
\v 24 मभित्र कुनै दुष्ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस् ।
|
|
\s5
|
|
\c 140
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मलाई दुष्टहरूबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् ।
|
|
\v 2 तिनीहरूले आफ्ना हृदयहरूमा दुष्ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्चाउँछन् ।
|
|
\v 3 सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्छ । सेला
|
|
\s5
|
|
\v 4 हे परमप्रभु, मलाई दुष्टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्ने योजना बनाउँछन् ।
|
|
\v 5 घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला
|
|
\s5
|
|
\v 6 मैले परमप्रभुलाई भनें, "तपाईं मेरो परमेश्वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्नुहोस् ।"
|
|
\v 7 हे परमप्रभु मेरा परमेश्वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्नुहुन्छ ।
|
|
\v 8 हे परमप्रभु, दुष्टहरूका इच्छाहरू पुरा नगर्नुहोस् । तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन् । सेला
|
|
\s5
|
|
\v 9 मलाई घेर्नेहरूले आफ्ना शिर उठाउँछन् । आफ्नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।
|
|
\v 10 बलिरहेको भुङ्ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्डमा फाल्नुहोस् ।
|
|
\v 11 निन्दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्यसलाई खेदोस् ।
|
|
\s5
|
|
\v 12 कष्टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।
|
|
\v 13 निश्चय नै धर्मी मानिसहरूले तपाईंको नाउँलाई धन्यवाद दिनेछन् । सोझा मानिसहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।
|
|
\s5
|
|
\c 141
|
|
\p
|
|
\v 1 हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु । मकहाँ चाँडो आउनुहोस् । मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्नुहोस् ।
|
|
\v 2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस् । मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन् ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु, मेरो मुखमा रक्षक राख्नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।
|
|
\v 4 मेरो हृदयले कुनै कराब कुराको इच्छा नगरोस् वा दुष्ट किसिमले व्यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्ट कुराहरू मैले खान नपरोस् ।
|
|
\s5
|
|
\v 5 धर्मी मानिसले मलाई हिर्काओस् । त्यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्ट कामहरूको विरुद्धमा हुन्छ ।
|
|
\v 6 तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ । मेरा आफ्नै शब्दहरू सुखद छन् भनी तिनीहरूले सुन्नेछन् ।
|
|
\v 7 तिनीहरूले भन्नुपर्नेछ, "जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।"
|
|
\s5
|
|
\v 8 हे परमप्रभु परमेश्वर, मेरा आँखाहरू निश्चय नै तपाईंमा हुन्छन् । तपाईंमा नै म शरण लिन्छु । मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस् ।
|
|
\v 9 तिनीहरूले मेरो निम्ति राखेका पासोहरूबाट, दुष्ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्नुहोस् ।
|
|
\v 10 म भागेर बाँच्दा दुष्टहरू आफ्नै पासोहरूमा फसून् ।
|
|
\s5
|
|
\c 142
|
|
\p
|
|
\v 1 आफ्नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु ।
|
|
\v 2 उहाँको सामु म आफ्नो विलाप खन्याउँछु । उहाँलाई म आफ्ना कष्टहरू भन्छु ।
|
|
\s5
|
|
\v 3 मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् ।
|
|
\v 4 म आफ्नो दायाँतिर हेर्छु र त्यहाँ एक जना पनि देख्दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्ने ठाउँ कहीं छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन ।
|
|
\v 5 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, "तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।
|
|
\s5
|
|
\v 6 मेरो पुकारा सुन्नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।
|
|
\v 7 मेरो प्राणलाई कैदबाट बाहिर निकाल्नुहोस्, ताकि म तपाईंको नाउँलाई धन्यवाद दिन सकूँ । धर्मीहरू मेरो चारैतिर भेला हुन्छन् किनभने तपाईं मप्रति असल हुनुभएको छ ।"
|
|
\s5
|
|
\c 143
|
|
\p
|
|
\v 1 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्ती सुन्नुहोस् । तपाईंको विश्वस्तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।
|
|
\v 2 तपाईंको सेवकलाई इन्साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्टिमा कोही पनि धर्मी छैन ।
|
|
\s5
|
|
\v 3 शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्यसले मलाई जमिनमा कुल्चेको छ । त्यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्न लगाएको छ ।
|
|
\v 4 मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
|
|
\s5
|
|
\v 5 पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्तन गर्छु ।
|
|
\v 6 म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला
|
|
\s5
|
|
\v 7 हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।
|
|
\v 8 बिहानमा मलाई तपाईंको करारको विश्वस्तता सुन्न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्नो प्राण तपाईंतिर उचाल्छु ।
|
|
\s5
|
|
\v 9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्नलाई म तपाईंकहाँ भागेर आउँछु ।
|
|
\v 10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्याओस् ।
|
|
\s5
|
|
\v 11 हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्टबाट बाहिर निकाल्नुहोस् ।
|
|
\v 12 तपाईंको करारको विश्वस्ततामा मेरा शत्रुहरूलाई नष्ट पार्नुहोस् र मेरो जीवनका सबै शत्रुलाई नाश गर्नुहोस्, किनकि म तपाईंको सेवक हुँ ।
|
|
\s5
|
|
\c 144
|
|
\p
|
|
\v 1 परमप्रभु मेरा चट्टानको स्तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ ।
|
|
\v 2 तपाईं मेरो करारको विश्वस्तता र मेरो किल्ला हुनुहुन्छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।
|
|
\s5
|
|
\v 3 हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?
|
|
\v 4 मानिस एकपल्टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
|
|
\s5
|
|
\v 5 हे परमप्रभु, आकाशलाई खोल्नुहोस् र तल आउनुहोस् । पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्नुहोस् ।
|
|
\v 6 बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्ट पार्नुहोस् । तपाईंका काँडहरू हान्नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।
|
|
\s5
|
|
\v 7 माथिबाट आफ्नो हात पसार्नुहोस् । धेरै पानीबाट र विदेशीहरूका हातबाट मलाई बचाउनुहोस् ।
|
|
\v 8 तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
|
|
\s5
|
|
\v 9 हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु । दस तारे वीणासँगै म तपाईंको स्तुति गाउनेछु,
|
|
\v 10 जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्नो सेवक दाऊदलाई दुष्ट तरवारबाट बचाउनुभयो ।
|
|
\v 11 मलाई विदेशीहरूका हातहरूबाट बचाउनुहोस् र स्वतन्त्र गर्नुहोस् । तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
|
|
\s5
|
|
\v 12 हाम्रा छोराहरू आफ्नो जवान अवस्थाको पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता र हाम्रा छोरीहरू कुँदिएका कुनामा खम्बाहरूजस्ता, दरबारका जस्तै रूपवती होऊन् ।
|
|
\v 13 हाम्रा अन्नभण्डारहरू हरेक किसिमको अन्नहरूले भरिपूर्ण होऊन् र हाम्रा भेडाहरूले मैदानहरूमा हजारौं र दसौं हजार उत्पादन गरून् ।
|
|
\s5
|
|
\v 14 अनि हाम्रा गोरूहरूमा धेरै बहरहरू हुनेछन् । कसैले पनि हाम्रा पर्खालहरू भत्काउनेछैन । त्यहाँ कोही पनि निर्वासित हुनेछैन र हाम्रा सडकहरूमा कुनै चित्कार हुनेछैन ।
|
|
\v 15 यस्ता आशिष्ले आशिषित् भएका मानिस धन्यको होऊन् । यस्ता मानिसहरू धन्यका हुन् जसका परमेश्वर परमप्रभु हुनुहुन्छ ।
|
|
\s5
|
|
\c 145
|
|
\p
|
|
\v 1 हे मेरो परमेश्वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्यको भन्नेछु ।
|
|
\v 2 हरेक दिन म तपाईंलाई धन्यको भन्नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।
|
|
\v 3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्ता अथाहा छ ।
|
|
\s5
|
|
\v 4 एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।
|
|
\v 5 म तपाईंको महिमाको ऐश्वर्य र तपाईंका अचम्मका कामहरू ध्यान गर्नेछु ।
|
|
\s5
|
|
\v 6 तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्नेछन् र म तपाईंको महान्ताको घोषणा गर्नेछु ।
|
|
\v 7 तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।
|
|
\s5
|
|
\v 8 परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्वस्ततामा प्रशस्त हुनुहुन्छ ।
|
|
\v 9 परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् ।
|
|
\s5
|
|
\v 10 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्वासयोग्य जनहरूले तपाईंलाई धन्यको भन्नेछन् ।
|
|
\v 11 तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्नेछन् ।
|
|
\v 12 तिनीहरूले मानवजातिलाई परमेश्वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।
|
|
\s5
|
|
\v 13 तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।
|
|
\s5
|
|
\v 14 असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ ।
|
|
\v 15 सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।
|
|
\v 16 तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्त पार्नुहुन्छ ।
|
|
\s5
|
|
\v 17 परमप्रभु आफ्ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।
|
|
\v 18 परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।
|
|
\v 19 उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 20 परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्टलाई नाश गर्नुहुनेछ ।
|
|
\v 21 मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्यको भनून् ।
|
|
\s5
|
|
\c 146
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।
|
|
\v 2 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । म रहेसम्म परमप्रभुको प्रशंसा म गर्नेछु ।
|
|
\s5
|
|
\v 3 शासकहरू वा मनावजातिमा आफ्नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।
|
|
\v 4 जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्छ ।
|
|
\s5
|
|
\v 5 त्यो धन्यको हो, जसको आफ्नो सहायताको निम्ति याकूबको परमेश्वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्नो परमेश्वरमा हुन्छ ।
|
|
\v 6 परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।
|
|
\s5
|
|
\v 7 थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ । परमप्रभुले कैदीहरूलाई मुक्त गर्नुहुन्छ ।
|
|
\v 8 परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 9 परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ । उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ । तर उहाँले दुष्टहरूको विरोध गर्नुहुन्छ ।
|
|
\v 10 परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्वरले सबै पुस्तामा राज्य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 147
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गाउनु असल कुरा हो । यो सुखद हुन्छ र प्रशंसा उचित छ ।
|
|
\s5
|
|
\v 2 परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
|
|
\v 3 तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
|
|
\s5
|
|
\v 4 उहाँले ताराहरू गन्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।
|
|
\v 5 हाम्रा परमप्रभु महान् र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्न गर्न सकिंदैन ।
|
|
\s5
|
|
\v 6 परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।
|
|
\v 7 धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्वरको प्रशंसा गर ।
|
|
\s5
|
|
\v 8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
|
|
\v 9 उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
|
|
\s5
|
|
\v 10 घोडाको बलमा उहाँ प्रशन्न हुनुहुन्न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्न ।
|
|
\v 11 परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्न हुनुहुन्छ, जसले उहाँको करारको विश्वस्ततामा आसा गर्छन् ।
|
|
\s5
|
|
\v 12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्वरको प्रशंसा गर् ।
|
|
\v 13 किनकि उहाँले तेरा ढोकाहरूका डण्डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष् दिनुहुन्छ ।
|
|
\v 14 उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ । उत्तम गहुँले उहाँले तँलाई तृप्त पार्नुहुन्छ ।
|
|
\s5
|
|
\v 15 उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।
|
|
\v 16 उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।
|
|
\s5
|
|
\v 17 उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?
|
|
\v 18 उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्लिन्छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।
|
|
\s5
|
|
\v 19 उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।
|
|
\v 20 उहाँले अरू कुनै जातिमा त्यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 148
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।
|
|
\v 2 उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर । ए उहाँका सबै फौज हो, उहाँको प्रशंसा गर ।
|
|
\s5
|
|
\v 3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर । ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर ।
|
|
\v 4 ए सर्वोच्च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर ।
|
|
\s5
|
|
\v 5 तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा दिनुभयो र तिनीहरू सृष्टि भए ।
|
|
\v 6 उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ । उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन ।
|
|
\s5
|
|
\v 7 पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्तुहरू र सागरका गहिराइहरू हो,
|
|
\v 8 हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।
|
|
\s5
|
|
\v 9 उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो,
|
|
\v 10 जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।
|
|
\s5
|
|
\v 11 परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
|
|
\v 12 जवान पुरुषहरू र जवान स्त्रीहरू, वृद्धहरू र बालकहरू दुवैले ।
|
|
\s5
|
|
\v 13 तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।
|
|
\v 14 उहाँले आफ्ना सबै विश्वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्ति आफ्ना मानिसहरूका सिङ खडा गर्नुभएको छ । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 149
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।
|
|
\s5
|
|
\v 2 इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्दित होस् । सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन् ।
|
|
\v 3 तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।
|
|
\s5
|
|
\v 4 किनकि परमप्रभु आफ्ना मानिसहरूसँग प्रशन्न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।
|
|
\v 5 विजयमा धर्मीहरू आनन्दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।
|
|
\s5
|
|
\v 6 तिनीहरूका मुखहरूमा परमेश्वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,
|
|
\v 7 जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।
|
|
\s5
|
|
\v 8 तिनीहरूले आफ्ना राजाहरूलाई साङ्लाहरूले र आफ्ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्नेछन् ।
|
|
\v 9 लेखिएका न्यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।
|
|
\s5
|
|
\c 150
|
|
\p
|
|
\v 1 परमप्रभुको प्रशंसा गर । परमेश्वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
|
|
\v 2 उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्चर्यको महान्ताको निम्ति उहाँको प्रशंसा गर ।
|
|
\s5
|
|
\v 3 सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
|
|
\v 4 खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।
|
|
\v 5 ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
|
|
\s5
|
|
\v 6 सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर । |