forked from WA-Catalog/ne_ulb
421 lines
86 KiB
Plaintext
421 lines
86 KiB
Plaintext
\id EZR Unlocked Literal Bible
|
||
\ide UTF-8
|
||
\h एज्रा
|
||
\toc1 एज्राको पुस्तक
|
||
\toc2 एज्रा
|
||
\toc3 ezr
|
||
\mt1 एज्राको पुस्तक
|
||
|
||
|
||
\s5
|
||
\c 1
|
||
\p
|
||
\v 1 फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्यो । लेखिएको र बोलिएको कुरो यही नै हो,
|
||
\v 2 "फारसका राजा कोरेस भन्नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो ।
|
||
\s5
|
||
\v 3 जो उहाँका मानिसहरू हुन् (तिनका परमेश्वर तिनीसित होऊन्) तिनीहरू यरूशलेममा जान र यरूशलेममा बास गर्नुहुने इस्राएलका परमप्रभु परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन सक्छन् ।
|
||
\v 4 राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।"
|
||
\s5
|
||
\v 5 तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।
|
||
\v 6 तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।
|
||
\s5
|
||
\v 7 नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।
|
||
\v 8 कोरेसले ती कोषाध्यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे ।
|
||
\s5
|
||
\v 9 ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा,
|
||
\v 10 सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा ।
|
||
\v 11 सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।
|
||
\s5
|
||
\c 2
|
||
\p
|
||
\v 1 राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
|
||
\v 2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
|
||
\s5
|
||
\v 3 परोशका परिवारका २,१७२
|
||
\v 4 शपत्याहका परिवारका ३७२
|
||
\v 5 आराका परिवारका ७७५
|
||
\v 6 येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२
|
||
\s5
|
||
\v 7 एलामका परिवारका १,२५४
|
||
\v 8 जत्तूका परिवारका ९४५
|
||
\v 9 जक्कैका परिवारका ७६०
|
||
\v 10 बानीका परिवारका ६४२
|
||
\s5
|
||
\v 11 बेबैका परिवारका ६२३
|
||
\v 12 अज्गादका परिवारका १,२२२
|
||
\v 13 अदोनीकामका परिवारका ६६६
|
||
\v 14 बिग्वैका परिवारका १,०५६
|
||
\s5
|
||
\v 15 आदीनका परिवारका ४५४
|
||
\v 16 हिजकियाबाट आतेरका परिवारका ९८
|
||
\v 17 बेजैका परिवारका ३२३
|
||
\v 18 योराका परिवारका ११२
|
||
\s5
|
||
\v 19 हाशूमका मानिसहरू २२३
|
||
\v 20 गिबारका मानिसहरू ९५
|
||
\v 21 बेथलेहेमका मानिसहरू १२३
|
||
\v 22 नतोपाका मानिसहरू ५६
|
||
\s5
|
||
\v 23 अनातोतका मानिसहरू १२८
|
||
\v 24 अज्मावेतका मानिसहरू ४२
|
||
\v 25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
|
||
\v 26 रामा र गेबाका मानिसहरू ६२१
|
||
\s5
|
||
\v 27 मिकमाशका मानिसहरू १२२
|
||
\v 28 बेथेल र ऐका मानिसहरू २२३
|
||
\v 29 नेबोका मानिसहरू ५२
|
||
\v 30 मग्बीसका मानिसहरू १५६
|
||
\s5
|
||
\v 31 अर्को एलामका मानिसहरू १,२५४
|
||
\v 32 हारीमका मानिसहरू ३२०
|
||
\v 33 लोद, हादीद र ओनोका मानिसहरू ७२५
|
||
\s5
|
||
\v 34 यरीहोका मानिसहरू ३४५
|
||
\v 35 सेनाहका मानिसहरू ३,६३० ।
|
||
\s5
|
||
\v 36 पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
|
||
\v 37 इम्मेरका परिवारका १,०५२
|
||
\v 38 पशहूरका परिवारका १,२४७
|
||
\v 39 हारीमका परिवारका १,०१७ ।
|
||
\s5
|
||
\v 40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
|
||
\v 41 मन्दिरका गायकहरू: आसापका परिवारका १२८
|
||
\v 42 मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ ।
|
||
\s5
|
||
\v 43 मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
|
||
\v 44 केरोस, सीआ, पादोन,
|
||
\v 45 लेबाना, हगाबा, अक्कूब,
|
||
\v 46 हागाबा, शल्मै, हानान,
|
||
\s5
|
||
\v 47 गिद्देल, गहरका, रायाह,
|
||
\v 48 रसीन, नकोदा, गज्जाम,
|
||
\v 49 उज्जा, पसेह, बेजै,
|
||
\v 50 अस्ना, मोनिम, नेपुसीम,
|
||
\s5
|
||
\v 51 बक्बूक, हकूपा, हर्हुर,
|
||
\v 52 बस्लूत, महीदा, हर्शा,
|
||
\v 53 बर्कोस, सीसरा, तेमह,
|
||
\v 54 नसीह, र हतीपाका परिवारहरू ।
|
||
\s5
|
||
\v 55 सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, हस्सोपेरेत, पारूद,
|
||
\v 56 याला, दर्कोन, गिद्देल,
|
||
\v 57 शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
|
||
\v 58 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो ।
|
||
\s5
|
||
\v 59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन् । यी हुन्:
|
||
\v 60 दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२,
|
||
\s5
|
||
\v 61 र पुजारीहरूबाट: होबायाहका, हक्कोसका र बर्जिल्लै (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
|
||
\v 62 तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
|
||
\v 63 त्यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
|
||
\s5
|
||
\v 64 सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो,
|
||
\v 65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन ।
|
||
\s5
|
||
\v 66 तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ ।
|
||
\v 67 ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
|
||
\s5
|
||
\v 68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
|
||
\v 69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू ।
|
||
\s5
|
||
\v 70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।
|
||
\s5
|
||
\c 3
|
||
\p
|
||
\v 1 इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।
|
||
\v 2 योसादाकका छोरा येशूअ र तिनका पुजारी दाजुभाइहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैं होमबलिहरू चढाउन इस्राएलका परमेश्वरको वेदी निर्माण गरे ।
|
||
\s5
|
||
\v 3 त्यसपछि तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि तिनीहरूले वेदीलाई त्यसको आधारमा स्थापित गरे । तिनीहरूले बिहान र बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए ।
|
||
\v 4 लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।
|
||
\v 5 यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।
|
||
\s5
|
||
\v 6 मन्दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौं महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले ।
|
||
\v 7 तिनीहरूले ढुङ्गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए ।
|
||
\s5
|
||
\v 8 त्यसपछि तिनीहरू यरूशलेममा परमेश्वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए ।
|
||
\v 9 येशूअ र तिनका छोराहरूसाथै दाजुभाइहरू, कादमीएल र तिनका छोराहरू (जो होदबियाका सन्तानहरू थिए), हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र दाजुभाइ जो सबै लेवी थिए, तिनीहरू परमप्रभुको मन्दिर निर्माण गर्नेहरूको निरीक्षण गर्न एकजुट भए ।
|
||
\s5
|
||
\v 10 जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए ।
|
||
\v 11 तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, "उहाँ भलो हुनुहुन्छ ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।
|
||
\s5
|
||
\v 12 तर पुजारीहरू, लेवीहरू र मुख्य मानिसहरूमध्ये धेरै जना जो धेरै वृद्ध थिए र पहिलो मन्दिरलाई देखेका थिए, जब तिनीहरूको आँखाको सामु यो मन्दिरको जग बसालियो, तब तिनीहरू धुरुधुरु रोए । तर खुसी र आनन्दको चर्को स्वरको आनन्दले कराउने मानिसहरूको संख्या धेरै थियो ।
|
||
\v 13 फलस्वरूप, मानिसहरूले आनन्द र खुसीको आवाजलाई रोएका मानिसहरूको आवाजबाट छुट्ट्याउन सकेनन् किनकि मानिसहरू ठुलो आनन्दले कराउँदै थिए, र आवाज टाढा-टाढासम्म सुनिएको थियो ।
|
||
\s5
|
||
\c 4
|
||
\p
|
||
\v 1 यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।
|
||
\v 2 त्यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, "हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौं ।"
|
||
\s5
|
||
\v 3 तर यरुबाबेल, येशूअ र परिवारका मुख्य मानिसहरूले भने, "तपाईंहरूले होइन, तर हामीले परमेश्वरको मन्दिर बनाउनुपर्छ, किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्वरको निम्ति मन्दिर बनाउनेछौं, जस्तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको छ ।”
|
||
\s5
|
||
\v 4 त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।
|
||
\v 5 यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे ।
|
||
\v 6 तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे ।
|
||
\s5
|
||
\v 7 अर्तासास्तको शासनकालमा विश्लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो ।
|
||
\v 8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे ।
|
||
\s5
|
||
\v 9 रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे,
|
||
\v 10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले ।
|
||
\s5
|
||
\v 11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, "हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्:
|
||
\v 12 हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।
|
||
\s5
|
||
\v 13 यो सहर निर्मण भयो रउक्त पर्खाल सम्पन्न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्याउनेछन् भन्ने कुरो राजाका हजुरीमा जाहेर होस् ।
|
||
\s5
|
||
\v 14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्नु हाम्रो लागि निश्चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,
|
||
\v 15 जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्टि गर्न सक्नुहुन्छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्ट पारिएको थियो ।
|
||
\v 16 यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।"
|
||
\s5
|
||
\v 17 त्यसैले राजाले सामरियामा बस्ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्ने बाँकी सबैलाई एउटा जवाफ पठाए, "तिमीहरूलाई शान्ति होस् ।
|
||
\v 18 तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो ।
|
||
\v 19 त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो ।
|
||
\s5
|
||
\v 20 शक्तिशाली राजाहरूले यरूशलेममा राज्य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन् ।
|
||
\v 21 अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू ।
|
||
\v 22 यसलाई बेवास्ता नगर्न होसियार हुनु । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने ?
|
||
\s5
|
||
\v 23 जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्न लगाए ।
|
||
\v 24 यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्वरको मन्दिरको काम रोकियो ।
|
||
\s5
|
||
\c 5
|
||
\p
|
||
\v 1 तब हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्वरको नाउँमा यहूदा र यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले ।
|
||
\v 2 शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्वरको मन्दिर बनाउन सुरु गरे ।
|
||
\s5
|
||
\v 3 तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, "यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो ?"
|
||
\v 4 तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन् ?"
|
||
\v 5 तर परमेश्वरको दृष्टि यहूदी धर्म-गुरुहरूमाथि थियो, र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्न सकेनन् । राजाकहाँ एउटा चिट्ठी पठाउने र त्यसको जवाफमा एउटा आदेश आउने काम नहुन्जेलसम्म तिनीहरूलाई कसैले रोकेन ।
|
||
\s5
|
||
\v 6 यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो ।
|
||
\v 7 तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, "हजुरमा अपार शान्ति रहोस् ।
|
||
\s5
|
||
\v 8 हामी यहूदामा महान् परमेश्वरको मन्दिरमा गयौं भन्ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।
|
||
\v 9 हामीले धर्म-गुरुहरूलाई सोध्यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो ?'
|
||
\v 10 कस-कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजुरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्यौं ।
|
||
\s5
|
||
\v 11 तिनीहरूले जवाफ दिए र भने, 'हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवकहरू हौं, र हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए ।
|
||
\s5
|
||
\v 12 तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्पनुभयो जसले यस मन्दिरलाई नष्ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।
|
||
\v 13 तापनि कोरेस बेबिलोनका राजा बन्नुभएको पहिलो वर्षमा कोरेसले परमेश्वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।
|
||
\s5
|
||
\v 14 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्वरको मन्दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो ।
|
||
\v 15 राजाले तिनलाई भन्नुभयो, "यी थोकहरू लैजाऊ । जाऊ र ति यरूशलेमको मन्दिरमा राख । त्यहाँ परमेश्वरको मन्दिर पुनर्निमाण होस् ।"
|
||
\s5
|
||
\v 16 तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।'
|
||
\s5
|
||
\v 17 अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्धान होस् । त्यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्ट होस् ।”
|
||
\s5
|
||
\c 6
|
||
\p
|
||
\v 1 त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए ।
|
||
\v 2 मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः
|
||
\s5
|
||
\v 3 "राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो, 'बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्,
|
||
\v 4 चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।
|
||
\v 5 अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्वरको मन्दिरमा राख्नुपर्छ ।'
|
||
\s5
|
||
\v 6 अब यूफ्रेटिस नदीपारिकप प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू अलग बसून् ।
|
||
\v 7 परमेश्वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्वरको मन्दिर बनाउनेछन् ।
|
||
\s5
|
||
\v 8 परमेश्वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।
|
||
\v 9 तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।
|
||
\v 10 यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।
|
||
\s5
|
||
\v 11 कसैले यस आदेशलाई उल्लङ्घन गर्यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्नावशेषको थुप्रोमा परिणत गरियोस् ।
|
||
\v 12 त्यस ठाउँमा आफ्नो नाउँ राख्नुहुने परमेश्वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्वरको यस मन्दिरलाई नष्ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।”
|
||
\s5
|
||
\v 13 तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे ।
|
||
\v 14 यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्नति गरे । इस्राएलका परमेश्वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्नो भवन बनाएर सिद्ध्याए ।
|
||
\v 15 राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो ।
|
||
\s5
|
||
\v 16 इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।
|
||
\v 17 परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो ।
|
||
\v 18 मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।
|
||
\s5
|
||
\v 19 यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार-चाड मनाए ।
|
||
\v 20 पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।
|
||
\s5
|
||
\v 21 निस्तारको मासु खाने इस्राएलका मानिसहरूमा निर्वासनबाट फर्केका र देशका मानिसहरूको अशुद्धताबाट आफूलाई अलग राखेका अनि इस्राएलका परमप्रभु परमेश्वरको अनुसरण गरेकाहरू थिए ।
|
||
\v 22 तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो ।
|
||
\s5
|
||
\c 7
|
||
\p
|
||
\v 1 यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह,
|
||
\v 2 शल्लूम, सादोक, अहीतूब,
|
||
\v 3 अमर्याह, अजर्याह, मरायोत,
|
||
\v 4 जरयाह, उज्जी, बुक्की,
|
||
\v 5 अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए ।
|
||
\s5
|
||
\v 6 एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए ।
|
||
\v 7 राजा अर्तासास्तको सातौं वर्षमा इस्राएलका केही सन्तानहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका गायकहरू, द्वारपालहरू र मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू पनि यरूशलेममा गए ।
|
||
\s5
|
||
\v 8 तिनी त्यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे ।
|
||
\v 9 पहिलो महिनाको पहिलो दिनमा तिनी बेबिलोनबाट हिंडेका थिए । परमेश्वरको असल हात तिनीमाथि रहेको हुनाले तिनी पाँचौं महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे ।
|
||
\v 10 परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए ।
|
||
\s5
|
||
\v 11 राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,
|
||
\v 12 "राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई,
|
||
\v 13 इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्यक्ति आफ्ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु।
|
||
\s5
|
||
\v 14 तिम्रो हातमा भएको परमेश्वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं ।
|
||
\v 15 यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।
|
||
\v 16 बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्ना परमेश्वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।
|
||
\s5
|
||
\v 17 त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्नबलि र अर्घबलि किन्नू । यरूशलेममा तिम्रा परमेश्वरको मन्दिरको वेदीमा ति चढाउनू ।
|
||
\v 18 तिम्रा परमेश्वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू ।
|
||
\s5
|
||
\v 19 तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्नू ।
|
||
\v 20 तिम्रा परमेश्वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्नलाई मेरो कोषबाट पैसा लिनू ।
|
||
\s5
|
||
\v 21 म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,
|
||
\v 22 अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू ।
|
||
\v 23 स्वर्गका परमेश्वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू?
|
||
\s5
|
||
\v 24 पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं ।
|
||
\s5
|
||
\v 25 एज्रा, तिमीलाई परमेश्वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्वरको व्यवस्था जान्ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ ।
|
||
\v 26 परमेश्वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू ।
|
||
\s5
|
||
\v 27 हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्नुभयो,
|
||
\v 28 अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्वास्तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।
|
||
\s5
|
||
\c 8
|
||
\p
|
||
\v 1 राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:
|
||
\v 2 पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्याहका छोरा हत्तूश,
|
||
\v 3 परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।
|
||
\s5
|
||
\v 4 पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० पुरुष थिए ।
|
||
\v 5 जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
|
||
\v 6 आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।
|
||
\v 7 एलामका परिवारका– अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
|
||
\s5
|
||
\v 8 शपत्याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।
|
||
\v 9 योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
|
||
\v 10 बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
|
||
\v 11 बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।
|
||
\s5
|
||
\v 12 अज्गादका परिवारका– हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
|
||
\v 13 अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
|
||
\v 14 बिग्वैको परिवारका– उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।
|
||
\s5
|
||
\v 15 मैले यात्रुहरूलाई अहावातिर बग्ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
|
||
\v 16 त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब र एल्नातान र नातान, जकरिया र मशुल्लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।
|
||
\s5
|
||
\v 17 त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्न लगाएँ ।
|
||
\s5
|
||
\v 18 त्यसैले हाम्रा परमेश्वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए ।
|
||
\v 19 तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।
|
||
\v 20 दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।
|
||
\s5
|
||
\v 21 त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
|
||
\v 22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
|
||
\v 23 त्यसैले यस विषयमा हामीले उपवास बस्यौं, र परमेश्वरको खोजी गर्यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
|
||
\s5
|
||
\v 24 त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।
|
||
\v 25 राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
|
||
\s5
|
||
\v 26 मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
|
||
\v 27 आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
|
||
\s5
|
||
\v 28 तब मैले तिनीहरूलाई भनें, "तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
|
||
\v 29 यरूशलेममा परमेश्वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्नू ।"
|
||
\v 30 यरूशलेममा हाम्रा परमेश्वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्मा लिएर राखे ।
|
||
\s5
|
||
\v 31 पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्यौं । हामीमाथि हाम्रा परमेश्वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।
|
||
\v 32 यसरी हामी यरूशलेम प्रवेश गर्यौं, र त्यहाँ तिन दिन बस्यौं।
|
||
\s5
|
||
\v 33 तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।
|
||
\v 34 हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।
|
||
\s5
|
||
\v 35 निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।
|
||
\v 36 तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्ने राजाका उच्च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्वरको मन्दिरलाई मदत गरे ।
|
||
\s5
|
||
\c 9
|
||
\p
|
||
\v 1 जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, "इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।
|
||
\v 2 किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्वासको काम गरेका छन् ।"
|
||
\s5
|
||
\v 3 जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें ।
|
||
\v 4 साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्वासयोग्य कामको बारेमा इस्राएलका परमेश्वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।
|
||
\s5
|
||
\v 5 तर साँझको बलिदानको समयमा आफ्नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।
|
||
\v 6 मैले भने, "हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्जित र अयोग्य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
|
||
\s5
|
||
\v 7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।
|
||
\s5
|
||
\v 8 तरै पनि अब परमप्रभु हाम्रा परमेश्वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्वरले यसो गर्नुभयो ।
|
||
\v 9 हामी दासहरू हौं, तर हाम्रा परमेश्वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।
|
||
\s5
|
||
\v 10 तर अब हे हाम्रा परमेश्वर, यसपछि हामी के भन्न सक्छौं र ? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।
|
||
\v 11 ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई तपाईंले भनेर दिनुभयो, "तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ, त्यो अशुद्ध देश हो । त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको छ । तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन् ।
|
||
\v 12 त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।"
|
||
\s5
|
||
\v 13 तापनि हाम्रो दुष्ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
|
||
\v 14 हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्छ र ? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्यान्न पार्नुहुन्न र ?
|
||
\s5
|
||
\v 15 हे इस्राएलका परमप्रभु परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।
|
||
\s5
|
||
\c 10
|
||
\p
|
||
\v 1 एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।
|
||
\v 2 एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, "हामी हाम्रा परमेश्वरप्रति अविश्वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्त्रीहरूसित विवाह गरेका छौं । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ ।
|
||
\s5
|
||
\v 3 त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् ।
|
||
\v 4 उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ र हामी तपाईंसित छौं । बलियो हुनुहोस् र यो काम गर्नुहोस् ।"
|
||
\s5
|
||
\v 5 त्यसैले एज्रा उठे, र पुजारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए । तिनीहरू सबैले गम्भीर शपथ खाए ।
|
||
\v 6 तब एज्रा परमप्रभुको मन्दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्वासत्यागको लागि शोक गर्दै थिए ।
|
||
\s5
|
||
\v 7 तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए ।
|
||
\v 8 अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो ।
|
||
\s5
|
||
\v 9 त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्वरको मन्दिरको सामुन्ने चोकमा खडा भए, र वचन र वृष्टिको कारणले थरथर काँपे ।
|
||
\v 10 पुजारी एज्रा खडा भए र भने, "तिमीहरू आफैले अपराध गरेका छौ । इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्त्रीहरूसित बस्यौ ।
|
||
\s5
|
||
\v 11 तर अब आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरलाई प्रशंसा देओ, र उहाँको इच्छाअनुसार गर । यस देशका मानिसहरू र विदेशी स्त्रीहरूबाट अलग रहो ।”
|
||
\s5
|
||
\v 12 सारा समुदायले ठुलो सोरमा जवाफ दिए, "तपाईंले भन्नुभएझैं हामी गर्नेछौं ।
|
||
\v 13 यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो । बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं ।
|
||
\s5
|
||
\v 14 त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्त्रीहरूलाई बस्न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।"
|
||
\v 15 असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले यसको विरोध गरे, र मशुल्लाम र लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे ।
|
||
\s5
|
||
\v 16 यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे । पुजारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे, र तिनीहरूले दसौं महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे ।
|
||
\v 17 पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए ।
|
||
\s5
|
||
\v 18 विदेशी स्त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए ।
|
||
\v 19 त्यसैले तिनीहरूले आ-आफ्ना पत्नीहरूलाई त्यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्ना बगालबाट एउटा भेडा पनि ल्याए ।
|
||
\s5
|
||
\v 20 इम्मेरका परिवारका: हनानी र जबदियाह ।
|
||
\v 21 हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह ।
|
||
\v 22 पशहूरका परिवारका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा ।
|
||
\s5
|
||
\v 23 लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर ।
|
||
\v 24 गायकहरूमा: एल्यासीब । द्वारपालहरूमा: शल्लूम, तेलेम र ऊरी ।
|
||
\v 25 अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह ।
|
||
\s5
|
||
\v 26 एलामका परिवारका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया ।
|
||
\v 27 जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा ।
|
||
\v 28 बेबैका परिवारका: येहोहानान, हनन्याह, जब्बै र अत्लै ।
|
||
\v 29 बानीका परिवारका: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत ।
|
||
\s5
|
||
\v 30 पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे ।
|
||
\v 31 हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,
|
||
\v 32 बेन्यामीन, मल्लूक र शमरयाह ।
|
||
\s5
|
||
\v 33 हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी ।
|
||
\v 34 बानीका परिवारका: मादै, अम्राम, ऊएल,
|
||
\v 35 बनायाह, बेदयाह, कलूही,
|
||
\v 36 भन्याह, मरेमोत, एल्यासीब,
|
||
\s5
|
||
\v 37 मत्तन्याह, मत्तनै र यासू ।
|
||
\v 38 बिन्नूईका परिवारका: शिमी,
|
||
\v 39 शेलेम्याह, नातान, अदायाह,
|
||
\v 40 मक्नादबै, शाशै, शारै,
|
||
\s5
|
||
\v 41 अज्रेल, शेलेम्याह, शमरयाह,
|
||
\v 42 शल्लूम, अमर्याह र योसेफ ।
|
||
\v 43 नेबोका परिवारका: यीएल, मत्तित्याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।
|
||
\v 44 यी सबैले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए । |