forked from WA-Catalog/ne_ulb
1277 lines
317 KiB
Plaintext
1277 lines
317 KiB
Plaintext
\id 1SA Unlocked Literal Bible
|
||
\ide UTF-8
|
||
\h १ शमूएल
|
||
\toc1 १ शमूएलको पुस्तक
|
||
\toc2 १ शमूएल
|
||
\toc3 1sa
|
||
\mt1 १ शमूएलको पुस्तक
|
||
|
||
|
||
\s5
|
||
\c 1
|
||
\p
|
||
\v 1 एफ्राइमको पहाडी देशको सूपीहरूका रामतैमबाट आएका एक जना मानिस थिए । तिनी एफ्राइमी सूपका जनाति तोहूको पनाति एलीहूको नाति यरोहामका छोरा एल्काना थिए ।
|
||
\v 2 तिनका दुई वटी पत्नीहरू थिए । पहिलोको नाउँ हन्नाह र दोस्रोको नाउँ पनिन्नाह थियो । पनिन्नाहका छोराछोरी थिए तर हन्नाहका थिएन ।
|
||
\s5
|
||
\v 3 यिनी आफ्नो सहरबाट सर्वशक्तिमान् परमप्रभुको निम्ति बलिदान चढाउन र आरधना गर्न हरेक वर्ष शीलोमा जन्थे । त्यहाँ एलीका दुई जना छोराहरू होप्नी र पीनहास परमप्रभुका पुजारीहरू थिए ।
|
||
\v 4 जब एल्कानाले हरेक वर्षझैं बलिदान गर्ने समय आयो, तिनले सदैव तिनकी पत्नी पनिन्नाह र तिनका सबै छोरा र छोरीलाई मासुको भागहरू दिन्थे ।
|
||
\s5
|
||
\v 5 तर तिनले हन्नाहलाई सदैव दोब्बर भाग दिन्थे, किनभने तिनले उनलाई माया गर्थे, यद्यपि परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो ।
|
||
\v 6 उनको सौताले उनलाई रिस उठाउनलाई उनलाई साह्रै चिढ्याउँथिन्, किनभने परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो ।
|
||
\s5
|
||
\v 7 त्यसैले वर्षै पिच्छे, उनी आफ्नो परिवारसँग परमप्रभुको भवनमा जाँदा उनको सौताले तिनलाई सदैव चिढ्याउँथिन् । यसकारण, उनी रुन्थिन् र केही पनि खाँदैनथिन् ।
|
||
\v 8 उनका पति एल्कानाले सदैव उनलाई भन्थे,"ए हन्नाह, तिमी किन रुन्छ्यौ? तिमी किन खाँदिनौ? तिम्रो हृदय किन यति धेरै निराश हुन्छ? के म तिम्रो निम्ति दस जना छोराभन्दा उत्तम छैन र?"
|
||
\s5
|
||
\v 9 यि अवसरमध्ये एकपल्ट तिनीहरूले शीलोमा खाने र पिउने काम सकेपछि हन्नाह उठिन् । यति बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकामा आफ्नो आसनमा बसिरहेका थिए ।
|
||
\v 10 उनी अति नै व्याकुल भएकी थिइन् । उनले परमप्रभुसँग प्रार्थना गरिन् र धुरुधुरु रोइन् ।
|
||
\s5
|
||
\v 11 उनले भाकल गरिन् र भनिन्, "हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्छ, मलाई याद गर्नुहुन्छ र आफ्नो दासीलाई बिर्सनुहुन्न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन ।"
|
||
\s5
|
||
\v 12 उनले परमप्रभुको सामु प्रार्थना गरिरहँदा एलीले तिनको मुखलाई हेरे ।
|
||
\v 13 हन्नाह आफ्नो हृदयमा बोलिन् । उनका ओठहरू चले, तर उनको सोर सुनिएन । यसकारण, उनी मद्यले मातेकी थिइन् भनी एलीले विचार गरे ।
|
||
\v 14 एलीले उनलाई भने, "तिमी कहिलेसम्म मद्यले मातिरहन्छ्यौ? आफ्नो मद्यको आदत छोडिदेऊ।"
|
||
\s5
|
||
\v 15 हन्नाहले जवाफ दिईन्, "होइन, मेरा मालिक, म दुःखी आत्मा भएको स्त्री हुँ । मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु ।
|
||
\v 16 हजूकी दासीलाई एउटी निर्लज्ज स्त्री भएकी विचार नगर्नुहोस् । ठुलो चिन्ता र धेरै अपमानले गर्दा म बोलिरहेकी छु ।"
|
||
\s5
|
||
\v 17 तब एलीले जवाफ दिए र भने, "शान्तिसँग जाऊ । इस्राएलका परमेश्वरसँग तिमीले गरेकी बिन्तीको जावफ उहाँले तिमीलाई देऊन् ।"
|
||
\v 18 उनले भनिन्, "तपाईंकी दासीलाई तपाईंको नजरमा कृपा मिलोस् ।" अनि ती स्त्री गईन् र खाइन् । उनको अनुहार फेरि कहिल्यै निराश भएन ।
|
||
\s5
|
||
\v 19 तिनीहरू बिहान सबेरै उठे र परमप्रभुको आराधना गरे, अनि तिनीहरू फेरि रामामा भएको आफ्नो घरमा फर्के । आफ्नो पत्नी हन्नाहसँग एल्कनाले सहवास गरे र परमप्रभुले उनलाई याद गर्नुभयो ।
|
||
\v 20 जब समय आयो, तब हन्नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, "किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।"
|
||
\s5
|
||
\v 21 फेरि एकपल्ट, एल्काना र तिनका सबै घराना वर्षै पिच्छेको बलिदान परमप्रभुलाई चढाउन र आफ्नो भाकल पुरा गर्न गए ।
|
||
\v 22 तर हन्नाह गइनन् । उनले आफ्नो पतिलाई यसो भनेकी थिइन्, "बालकले दूध नछोडेसम्म म जानेछैनँ । त्यसपछि म उसलाई लानेछु, ताकि ऊ परमप्रभुको सामु देखा परोस् र सदासर्वदा त्यहीं बसोस् ।"
|
||
\v 23 उनका पति एल्कानाले उनलाई भने, "तिमीलाई जे असल लाग्छ सो गर । उसले दूध नछोडेसम्म पर्ख । परमप्रभुले आफ्नो वचन मात्र पुरा गर्नुभएको होस् ।" यसैले ती स्त्री बसिन् र उनको छोराले दूध नछोडेसम्म उसलाई दूध खुवाइन् ।
|
||
\s5
|
||
\v 24 जब उनले उसलाई दूध छोडाइन्, तब उनले तिन वर्षे साँढे, पाँच पाथी पिठो, एक मशक दाखमद्यको साथमा उसलाई आफूसँगै लिएर गइन्, अनि उसलाई शीलो भएकोमा परमप्रभुको भवनमा ल्याइन् । यति बेला त्यो बालक सानै थियो ।
|
||
\v 25 तिनीहरूले साँढेलाई मारे र बलकलाई एलीकहाँ ल्याए ।
|
||
\s5
|
||
\v 26 उनले भनिन्, "हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्त्री म नै हुँ ।
|
||
\v 27 यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो ।
|
||
\v 28 मैले उसलाई परमप्रभुमा अर्पण गरेको छु, ऊ जीवित रहेसम्म उसलाई परमप्रभुमा दिइएको छ ।" तब तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे ।
|
||
\s5
|
||
\c 2
|
||
\p
|
||
\v 1 हन्नाहले प्रार्थना गरिन् र यसो भनिन्, " परमप्रभुमा मेरो हृदय आनन्दित हुन्छ । परमप्रभुमा मेरो सीङ उच्च पारिन्छ । मेरो मुखले मेरा शत्रुहरूमाथि गर्भ गर्छ, किनभने म तपाईंको मुक्तिमा आनन्दित हुन्छु ।
|
||
\s5
|
||
\v 2 परमप्रभुझैं पवित्र कोही छैन, किनकि तपाईंबाहेक कोही पनि छैन । हाम्रो परमेश्वरजस्तो कुनै चट्टान छैन ।
|
||
\s5
|
||
\v 3 यति धैरै घमण्ड गरेर अहंकारी नहो । तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्कोस् । किनकि परमप्रभु ज्ञानका परमेश्वर हुनुहुन्छ । उहाँद्वारा नै कामहरू जोखिन्छन् ।
|
||
\v 4 शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।
|
||
\s5
|
||
\v 5 भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् । भोकाएकाहरू भोकाउन हुन छोडेका छन् । बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन्, तर धेरै सन्तान हुने स्त्री शिथिल हुन्छिन् ।
|
||
\s5
|
||
\v 6 परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्याउनुहुन्छ र उठाउनुहुन्छ ।
|
||
\v 7 परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
|
||
\s5
|
||
\v 8 उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।
|
||
\s5
|
||
\v 9 उहाँले आफ्ना विश्वासयोग्य मानिसहरूका पाउहरूको रक्षा गर्नुहुन्छ, दुष्टहरूलाई अन्धकारको शुन्यतामा राखिनेछ, किनकि बलद्वारा कसैले जित्न सक्नेछैन ।
|
||
\s5
|
||
\v 10 परमप्रभुको विरोध गर्नेहरू टुक्रा-टुक्रा हुने छन् । तिनीहरूका विरुद्धमा उहाँ स्वर्गबाट गर्जनुहुनेछ । परमप्रभुले पृथ्वीको अन्तसम्म नै न्याय गर्नुहुनेछ । उहाँले आफ्नो राजालाई बल दिनुहुनेछ र आफ्नो अभिषिक्तको सीङ उच्च पार्नुहुनेछ ।
|
||
\s5
|
||
\v 11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए । त्यो बालकले पुजारी एलीको सामु परमप्रभुको सेवा गर्यो ।
|
||
\s5
|
||
\v 12 यति बेलासम्म एलीका छोराहरू अयोग्य मानिहरू भएका थिए । तिनीहरूले परमप्रभुलाई चिनेनन् ।
|
||
\v 13 मानिसहरूसँग पुजारीहरूको चलन यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो, तब पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो ।
|
||
\v 14 उसले ताप्के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो । त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्नो निम्ति लान्थ्यो । तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे ।
|
||
\s5
|
||
\v 15 अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, "पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्न, तर काँचो मात्र लिनुहुन्छ ।"
|
||
\v 16 त्यो मानिसले यसो भन्यो भने, "तिनीहरूले पहिले बोसो जलाउनुपर्छ, र तब तपाईंले इच्छा गरेजति लानुहोस् ।" तब उसले भन्थ्यो, "हुँदैन, तिमीले यो मलाई अहिले नै देऊ । होइन भने, मैले जबरजस्ती गरेर लानेछु ।"
|
||
\v 17 यी जवानहरूको पाप परमप्रभुको सामु निकै ठुलो थियो, किनकि तिनीहरूले परमप्रभुको बलिदानलाई तुच्छ ठाने ।
|
||
\s5
|
||
\v 18 तर शामूएलले बालकको रूपमा मलमलको एपोद लगाएर परमप्रभुको सेवा गरे ।
|
||
\v 19 तिनको आमाले आफ्नो पतिको साथमा वार्षिक बलिदान चढाउन आउँदा वर्षैपिच्छे तिनको निम्ति एउटा सानो लुगा बनाउँथिन् र तिनलाई ल्याइदिन्थिन् ।
|
||
\s5
|
||
\v 20 एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशिष् दिएर भन्थे, "यी स्त्रीले परमप्रभुसँग बिन्ती गरेकी कारणले परमप्रभुले यी स्त्रीद्वारा तिमीहरूलाई धेरै सन्तानहरू देऊन् ।" त्यसपछि तिनीहरू आफ्नो घरमा नै फर्कन्थे ।
|
||
\v 21 परमप्रभुले हन्नाहलाई फेरि सहायता गर्नुभयो र तिनी फेरि गर्भवति भइन् । तिनले तिन छोराहरू र दुई छोरीहरू जन्माइन् । यसैबिच, बालक शमूएल परमप्रभुको सामु बढ्दै गए ।
|
||
\s5
|
||
\v 22 यति बेला एली निकै वृद्ध भए । तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा र तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सुते भन्ने कुरा सुने ।
|
||
\v 23 तिनले उनीहरूलाई भने, "तिमीहरूले किन यस्ता कुराहरू गर्छौ? किनकि मैले तिमीहरूको दुष्ट कामहरू यी सबै मानिसहरूबाट सुन्दैछु ।"
|
||
\v 24 हुँदैन, ए मेरा छोराहरू हो । किनकि मैले सुनेको कुरा असल खबर होइन । तिमीहरूले परमप्रभुका मानिसहरूलाई अनाज्ञाकारी बनाउँछौ ।
|
||
\s5
|
||
\v 25 "एक जना मानिसले अर्काको विरुद्ध पाप गर्यो भने, परमेश्वरले उसको न्याय गर्नुहुन्छ, तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने, उसको निम्ति कसले बोलिदिन्छ?" तर तिनीहरूले आफ्ना बुबाको कुरा सुनेनन्, किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो ।
|
||
\v 26 बालक शमूएल बढ्दै गए, र परमप्रभु र मानिसहरूको निगाहमा हुर्किए ।
|
||
\s5
|
||
\v 27 यति बेला परमेश्वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, "परमप्रभु भन्नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र?
|
||
\v 28 मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ ।
|
||
\s5
|
||
\v 29 तब किन मेरो बासस्थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'
|
||
\v 30 किनकि परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्छ ठान्छ उसको आदर घट्नेछ ।
|
||
\s5
|
||
\v 31 हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
|
||
\v 32 मरो बासस्थानमा नै तैले संकष्ट देख्नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
|
||
\v 33 आफ्नो वेदीबाट मैले वञ्चित तेरा कुनै पनि व्यक्तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् ।
|
||
\s5
|
||
\v 34 तेरा दुई छोराहरू होप्नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् ।
|
||
\v 35 म आफ्नो निम्ति एक जना विश्वासयोग्य पुजारी नियक्त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्त राजाको सामु सधैं हिंड्नेछ ।
|
||
\s5
|
||
\v 36 तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्नेछन्, "कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।"
|
||
\s5
|
||
\c 3
|
||
\p
|
||
\v 1 बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।
|
||
\v 2 त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए ।
|
||
\v 3 परमेश्वरको बत्ती अझैसम्म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्नलाई पल्टिरहेका थिए, जहाँ परमेश्वरको सन्दुक थियो ।
|
||
\v 4 परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, "म यहाँ छु ।"
|
||
\s5
|
||
\v 5 शमूएल कुदेर एलीकहाँ गए र भने, "म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।" एलीले भने, "मैले तँलाई बोलाइनँ । फेरि सुत ।" त्यसैले शमूएल गए र सुते ।
|
||
\v 6 परमप्रभुले फेरि बोलाउनुभयो, "ए शमूएल ।" फेरि शमूएल उठे र एलीकहाँ गए र भने, "म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।"
|
||
\s5
|
||
\v 7 अझैसम्म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो ।
|
||
\v 8 परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, "म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।" तब परमप्रभुले त्यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे ।
|
||
\s5
|
||
\v 9 तब एलीले शमूएललाई भने, "जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।" त्यसैले शमूएल गए र फेरि एकपल्ट तिनको आफ्नै ठाउँमा पल्टे ।
|
||
\s5
|
||
\v 10 परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, "ए शमूएल, शमूएल ।" तब शमूएलले भने, "बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।"
|
||
\v 11 परमप्रभुले शमूएललाई भन्नुभयो, "हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्ने हरेकको कान झस्किनेछ ।
|
||
\s5
|
||
\v 12 त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्तसम्म नै म पुरा गर्नेछु ।
|
||
\v 13 म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।
|
||
\v 14 यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।"
|
||
\s5
|
||
\v 15 शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए ।
|
||
\v 16 त्यसपछि एलीले शमूएललाई बोलाए र भने, "ए मेरो छोरो शमूएल ।" शमूएलले भने, "म यहाँ छु ।"
|
||
\s5
|
||
\v 17 तिनले भने, "उहाँले तँलाई भन्नुभएको वचन के थियो? कृपया त्यो मबाट नलुका । उहाँले तँसँग बोल्नुभएका सबै वचनमध्ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्वरले तँलाई त्यसै र त्योभन्दा अझ धेरै गर्नुभएको होस् ।"
|
||
\v 18 शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, "उहाँ परमप्रभु हुनुहुन्छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।"
|
||
\s5
|
||
\v 19 शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन ।
|
||
\v 20 परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
|
||
\v 21 परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो ।
|
||
\s5
|
||
\c 4
|
||
\p
|
||
\v 1 सम्पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्तीहरूले अपेकमा छाउनी हाले ।
|
||
\v 2 इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्तिबद्ध भए । जब युद्ध फैलियो, पलिश्तीहरूद्वारा इस्राएल पराजीत भयो, जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे ।
|
||
\s5
|
||
\v 3 जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, "आज परमप्रभुले हामीलाई पलिश्तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।”
|
||
\v 4 त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्नी र पीनहास त्यहाँ परमेश्वरको करारको सन्दुकसँगै थिए ।
|
||
\s5
|
||
\v 5 जब परमप्रभुको करारको सन्दुक छउनीमा ल्याइयो, इस्राएलका सबै मानिसहरू ठुलो सोरमा कराए र पृथ्वी नै गुञ्जियो ।
|
||
\v 6 जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, "हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो?" तब छाउनीमा परमप्रभुको सन्दुक ल्याइएको थियो भन्ने कुरा तिनीहरूले थाहा पाए ।
|
||
\s5
|
||
\v 7 पलिश्तीहरू डराए । तिनीहरूले भने, "छाउनीमा एउटा देवता आएको छ ।" तिनीहरूले भने, "हामीलाई धिक्कार छ! पहिले यस्तो कुनै कुरा भएको छैन ।
|
||
\v 8 हामीलाई धिक्कार छ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ? मिश्रीहरूलाई उजाड-स्थानमा विभिन्न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यिनै हुन् ।
|
||
\v 9 ए पलिश्तीहरू हो, साहसी होओ र पुरुषार्थी बन, नत्र जसरी हिब्रूहरू तिमीहरूका दासहरू भएका छन् त्यसरी नै तिमीहरू तिनीहरूका दासहरू बन्नेछौ ।"
|
||
\s5
|
||
\v 10 पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्यो र ठुलो नरसंहार भयो । किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे ।
|
||
\v 11 परमेश्वरको सन्दुक लगियो र एलीका दुई छोरा होप्नी र पीनहास मरे ।
|
||
\s5
|
||
\v 12 बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्थामा नै दौडे र त्यसै दिन शीलोमा आए।
|
||
\v 13 त्यो आउँदा, एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरको सन्दुको चिन्ताले तिनको हृदय काम्यो । जब त्यो मानिस सहर प्रवेश गर्यो र त्यो खबर भन्यो, तब सारा सहरमा रुवाबासी भयो ।
|
||
\s5
|
||
\v 14 जब एलीले रुवाबासीको हल्ला सुने, तब तिनले सोधे, "यो हल्लाखल्लाको अर्थ के हो?" त्यो मानिस दौडेर आयो र एलीलाई भन्यो ।
|
||
\v 15 यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए । तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्न सक्दैनथे ।
|
||
\s5
|
||
\v 16 त्यो मानिसले एलीलाई भन्यो, "युद्ध मैदानबाट आउने मानिस म नै हुँ । म युद्धबाट आज नै भागेको हुँ ।" एलीले भने, "हे मेरो छोरो, त्यो कस्तो भयो त?"
|
||
\v 17 सामाचार ल्याउने मानिसले जवाफ दियो र भन्यो, " पलिश्तीहरूको सामुबाट इस्राएली भागे । मानिसहरूका माझमा ठुलो पराजय पनि भएको छ । तपाईंका दुई छोरा होप्नी र पीनहास पनि मरे, र परमेश्वरको सन्दुक कब्जा गरेर लगिएको छ ।
|
||
\s5
|
||
\v 18 जब उसले परमेश्वरको सन्दुकको बारेमा भन्यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे । तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए । तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए ।
|
||
\s5
|
||
\v 19 तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्वरको सन्दुक कब्जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो ।
|
||
\v 20 तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्त्रीले भनिन् "नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।" तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।
|
||
\s5
|
||
\v 21 "इस्राएलबाट महिमा गएको छ" भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन्, किनकि परमेश्वरको सन्दुक कब्जा गरिएको, अनि तिनका पति र ससुराको मृत्यु भएको थियो ।
|
||
\v 22 तिनले भनिन्, "महिमा इस्राएलबाट गएको छ, किनभने परमेश्वरको सन्दुक कब्जा गरिएको छ ।"
|
||
\s5
|
||
\c 5
|
||
\p
|
||
\v 1 यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।
|
||
\v 2 पलिश्तीहरूले परमेश्वरको सन्दुक लगे, दागोनको मन्दिरमा त्यो ल्याए र दागोनको नजिकै राखे ।
|
||
\v 3 जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्नै स्थानमा खडा गरे ।
|
||
\s5
|
||
\v 4 तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो ।
|
||
\v 5 यसैकारण आज पनि दागोनको भवनमा आउने दागोनका पुजारीहरू र कसैले पनि अश्दोदको दागोनको ढोकामा टेक्दैनन् ।
|
||
\s5
|
||
\v 6 अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो ।
|
||
\v 7 जे भइरहेको थियो त्यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, "इस्राएलका परमेश्वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।"
|
||
\s5
|
||
\v 8 त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, "इस्राएलका परमेश्वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?" तिनीहरूले जवाफ दिए, "इस्राएलका परमेश्वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।" त्यसैले तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए ।
|
||
\v 9 तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो । उहाँले सहरका साना र ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो ।
|
||
\s5
|
||
\v 10 त्यसैले तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्दै कराए, "तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।"
|
||
\s5
|
||
\v 11 त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, "इस्राएलका परमेश्वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।" किनकि सहरभरि भयङ्कर मृत्युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्वरको हात धेरै भारी पर्यो ।
|
||
\v 12 नमरेका मानिसहरूमा गिर्खाको रूढी आइपर्यो र सहरको क्रन्दन आकाशसम्मै पुग्यो ।
|
||
\s5
|
||
\c 6
|
||
\p
|
||
\v 1 अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्यो ।
|
||
\v 2 त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, "परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्यसको आफ्नै देशमा त्यो कसरी पठाउनुपर्छ हामीलाई भन्नुहोस् ।
|
||
\s5
|
||
\v 3 पुजारीहरू र जोखाना हेर्नेहरूले भने, "तपाईंहरूले परमेश्वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने, कुनै उपहारविना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्नुहुनेछ ।"
|
||
\v 4 तब तिनीहरूले भने, "हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ?" तिनीहरूले जवाफ दिए, "पलिश्तीहरूको शासकहरूको संख्या जति छ त्यति नै सङ्ख्यामा सुनका पाँच गिर्खा र सुनका पाँच मूसाहरू बनाउनुहोस् । किनकि तपाईंहरू र तपाईंका शासकहरूलाई त्यही रूढीले प्रहार गर्यो ।
|
||
\s5
|
||
\v 5 यसैले तपाईंहरूले आफ्ना गिर्खाहरूको नमूनाहरू र देशलाई नाश पार्ने आफ्ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ र इस्राएलका परमेश्वरलाई महिमा दिनुपर्छ । सायद उहाँले आफ्नो हात तपाईंहरूबाट, तपाईंका देवाताहरूबाट र तपाईंको देशबाट हटाउनुहुनेछ ।
|
||
\v 6 जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्यसरी तपाईंहरूले किन आफ्नो हृदय कठोर पार्नुहुन्छ? त्यस बेला परमेश्वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?
|
||
\s5
|
||
\v 7 अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्नुहोस् ।
|
||
\v 8 तब परमप्रभुको सन्दुक लिनुहोस् र त्यसलाई गाडामा राख्नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्यसको छेउमा एउटा बाकसमा राख्नुहोस् । अनि त्यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।
|
||
\v 9 त्यसपछि हेर्नुहोस्, त्यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्यसो भएको रहेछ भनी हामी जान्नेछौं ।
|
||
\s5
|
||
\v 10 मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने ।
|
||
\v 11 उनीहरूले परमप्रभुको सन्दुक , साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्त गाडामा राखे ।
|
||
\v 12 गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पालिश्तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए ।
|
||
\s5
|
||
\v 13 यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्दित भए ।
|
||
\s5
|
||
\v 14 बेथ-शेमेशको नगरबाट त्यो गाडा यहोशूको खेतमा आयो र त्यहाँ नै रोकियो । त्यहाँ एउटा ठुलो ढुङ्गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए ।
|
||
\v 15 लेवीहरूले परमप्रभुको सन्दुक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्यो ठुलो ढुङ्गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि र बलिदानहरू चढाए ।
|
||
\s5
|
||
\v 16 जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे, तब तिनीहरू एक्रोनमा फर्के ।
|
||
\s5
|
||
\v 17 पलिश्तीहरूले अश्दोदको निम्ति एउटा, गाजाको निम्ति एउटा, अश्कलोनको निम्ति एउटा, गातको निम्ति एउटा र एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यिनै हुन् ।
|
||
\v 18 सुनका मूसाहरू पलिश्ती शासकहरूका अधीनमा रहेका सबै किल्लाबन्दी गरिएका सहरहरू र गाउँहरूको संख्याअनुसार थिए । तिनीहरूले परमप्रभुको सन्दुक राखेका त्यो ठुलो ढुङ्गा बेथशेमेशीका यहोशूको खेतमा आजको दिनसम्म पनि साक्षीको रूपमा रहेको छ ।
|
||
\s5
|
||
\v 19 परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्याउनुभएको थियो ।
|
||
\v 20 बेथ-शेमेशका मानिसहरूले भने, "यो पवित्र परमप्रभुको परमेश्वर सामु को खडा हुन सक्छ? तो सन्दुक हामीबाट कसकहाँ जानेछ?
|
||
\s5
|
||
\v 21 किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, "पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्यो आफ्नो साथमा लानुहोस् ।"
|
||
\s5
|
||
\c 7
|
||
\p
|
||
\v 1 किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्यो ल्याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।
|
||
\v 2 त्यो बेलादेखि लामो समयसम्म अर्थात् बिस वर्षसम्म त्यो सन्दुक किर्यत-यारीममा रह्यो । इस्राएलका सबै घरानाले विलाप गरे र परमप्रभुतिर फर्कने इच्छा गरे ।
|
||
\s5
|
||
\v 3 शमूएलले इस्राएलका सारा घरानालाई भने, "तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।"
|
||
\v 4 त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।
|
||
\s5
|
||
\v 5 तब शमूएलले भने, "सबै इस्राएललाई मिस्पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।"
|
||
\v 6 तिनीहरू मिस्पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, "हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।" शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
|
||
\s5
|
||
\v 7 जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।
|
||
\v 8 त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, "हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।"
|
||
\s5
|
||
\v 9 शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।
|
||
\s5
|
||
\v 10 शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।
|
||
\v 11 इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।
|
||
\s5
|
||
\v 12 त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बिचमा त्यो खडा गरे । तिनले यसो भने, "परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।"
|
||
\s5
|
||
\v 13 यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।
|
||
\v 14 पलिश्तीहरूले इस्राएलबाट कब्जा गरेका एक्रोनदेखि गातसम्मका नगरहरू पुनर्स्थपना गरियो । इस्राएलले पलिश्तीहरूबाट आफ्ना इलाका फिर्ता लियो । अनि इस्राएल र एमोरीहरू बिच शान्ति थियो ।
|
||
\s5
|
||
\v 15 शमूएलले आफ्नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।
|
||
\v 16 तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।
|
||
\v 17 त्यसपछि तिनी रामामा फर्कन्थे, किनभने तिनको घर त्यहाँ थियो । अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे । तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे ।
|
||
\s5
|
||
\c 8
|
||
\p
|
||
\v 1 जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।
|
||
\v 2 तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।
|
||
\v 3 तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्ट बनाए ।
|
||
\s5
|
||
\v 4 त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
|
||
\v 5 उनीहरूले तिनलाई भने, "हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्त गर्नुहोस् ।"
|
||
\s5
|
||
\v 6 तर त्यसले शमूएललाई दुःख लाग्यो, जब तिनीहरूले भने, "हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।" त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
|
||
\v 7 परमप्रभुले शमूएललाई भन्नुभयो, "मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
|
||
\s5
|
||
\v 8 तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।
|
||
\v 9 अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्य गर्नेछन्, त्यो तिनीहरूले राम्ररी जानून् ।"
|
||
\s5
|
||
\v 10 त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।
|
||
\v 11 तिनले भने, "तिमीहरूमाथि राज्य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्त गर्ने छन् ।
|
||
\v 12 उनले आफ्नो निम्ति हजारका कप्तानहरू र पचासका कप्तानहरू नियुक्त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्न, कसैलाई आफ्नो अन्न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।
|
||
\s5
|
||
\v 13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन् ।
|
||
\v 14 उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
|
||
\v 15 उनले तिमीहरूका अन्नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।
|
||
\s5
|
||
\v 16 उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्नो काममा लगाउनेछन् ।
|
||
\v 17 उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।
|
||
\v 18 त्यसपछि त्यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”
|
||
\s5
|
||
\v 19 तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे । तिनीहरूले भने, "होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।
|
||
\v 20 ताकि हामी अरू जातिहरूजस्तै हुन सक्नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।"
|
||
\s5
|
||
\v 21 जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्ने गरी दोहोर्याए ।
|
||
\v 22 परमप्रभुले शमूएललाई भन्नुभयो, "तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।" त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, "हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।"
|
||
\s5
|
||
\c 9
|
||
\p
|
||
\v 1 बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए ।
|
||
\v 2 तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए । इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् । तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्दा अग्ला थिए ।
|
||
\s5
|
||
\v 3 शाऊलका बुबा कीशका गधाहरू हराएका थिए । त्यसैले कीशले आफ्ना छोरा शाऊललाई भने, "एक जना सेवकलाई आफ्नो साथमा लैजाऊ । उठ् र गधाहरूलाई खोज्न जाऊ ।"
|
||
\v 4 त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्यहाँ थिएनन् । त्यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् ।
|
||
\s5
|
||
\v 5 जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, "आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।"
|
||
\v 6 तर सेवकले तिनलाई भने, "सुन्नुहोस्, यो सहरमा एक जना परमेश्वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्नेछन् ।"
|
||
\s5
|
||
\v 7 तब शाऊलले आफ्नो सेवकलाई भने, "तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने ? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?"
|
||
\v 8 त्यो सेवकले शाऊललाई जवाफ दियो र भन्यो, "यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्वरका मानिसलाई दिनेछु ।"
|
||
\s5
|
||
\v 9 (इस्राएलमा पहिले, जब मानिसले परमेश्वरको इच्छा खोज्न जान्थे, तब तिनले भन्थे, "आऊ, हामी दर्शीकहाँ जाऔं ।" किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
|
||
\v 10 तब शाऊलले आफ्नो सेवकलाई भने, "राम्रो भन्यौ । आऊ, हामी जाऔं ।" त्यसैले तिनीहरू त्यस सहरमा गए जहाँ परमेश्वरका मानिस बस्थे ।
|
||
\v 11 जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, "के दर्शी यहाँ हुनुहुन्छ?"
|
||
\s5
|
||
\v 12 तिनीहरूले जवाफ दिए र भने, "उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्छ ।
|
||
\v 13 खानलाई उहाँ उच्च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।"
|
||
\s5
|
||
\v 14 त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्नैलाग्दा, उच्च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।
|
||
\s5
|
||
\v 15 अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
|
||
\v 16 "भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्ना मानिसहरूलाई दयादृष्टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।"
|
||
\s5
|
||
\v 17 जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्नुभयो, "मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्य गर्ने मानिस यही हो ।"
|
||
\v 18 तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, "दर्शीको घर कहाँ छ मलाई भन्नुहोस् ?"
|
||
\v 19 शमूएलले शाऊललाई जवाफ दिए र भने, "दर्शी म नै हुँ । मभन्दा अगि-अगि उच्च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।
|
||
\s5
|
||
\v 20 तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा, तिनको बारेमा चिन्ता नगर्नुहोस्, किनकि ती भेट्टाइएका छन् । अनि इस्राएलको सबै इच्छाहरू कसमाथि छ? के तपाईं र तपाईंका बुबाको घरानामाथि होइन?"
|
||
\v 21 शाऊलले जवाफ दिए र भने, "के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्नुहुन्छ ?"
|
||
\s5
|
||
\v 22 त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे ।
|
||
\s5
|
||
\v 23 शमूएलले भान्सेलाई भने, " 'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्याऊ ।"
|
||
\v 24 त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, "हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।" त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए ।
|
||
\s5
|
||
\v 25 जब तिनीहरू उच्च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।
|
||
\v 26 त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, "उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्नो बाटो पठाउनेछु ।" त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।
|
||
\s5
|
||
\v 27 जसै तिनीहरू सहरको छेउतिर पुग्नै लागे, शमूएलले शाऊललाई भने, "सेवकलाई हामीभन्दा अगि जाने आज्ञा गर्नुहोस्"— र ऊ अगि गयो— "तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्वरको सन्देश म भन्नेछु ।"
|
||
\s5
|
||
\c 10
|
||
\p
|
||
\v 1 त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्बन गरे । तिनले भने, "के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?
|
||
\v 2 जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर "मेरो छोराको बारेमा म के गरौं" भन्दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्छ ।'
|
||
\s5
|
||
\v 3 तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ ।
|
||
\v 4 तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।
|
||
\s5
|
||
\v 5 त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।
|
||
\v 6 परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ ।
|
||
\s5
|
||
\v 7 त्यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन्, तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ ।
|
||
\v 8 मेरो अगि तल गिलगालमा जानुहोस् । त्यसपछि म होमबलि र मेलबलि चढाउन म तपाईंकहाँ तल आउनेछु । म नआएसम्म र तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्म सात दिनसम्म पर्खनुहोस् ।"
|
||
\s5
|
||
\v 9 शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।
|
||
\v 10 जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।
|
||
\s5
|
||
\v 11 जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, "कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?"
|
||
\v 12 त्यही ठाउँका एक जना मानिसले जवाफ दिए, "तब तिनका बुबा को हुन?" यही कारणले गर्दा “के शाऊल पनि अगमवक्ताहरूमध्ये एक जना भएछन्?" भन्ने भनाइ चल्यो ।
|
||
\v 13 जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्च स्थानमा आए ।
|
||
\s5
|
||
\v 14 त्यसपछि शाऊलका काकाले तिनी र तिनको सेवकलाई सोधे, "तिमीहरू कहाँ गयौ?" तिनले जवाफ दिए, "गधाहरू खोज्नलाई । जब ती भेट्टाउन नसक्ने हामीले देख्यौं, तब हामी शमूएलकहाँ गयौं ।"
|
||
\v 15 शऊलका काकाले भने, "शमूएलले तिमीलाई के भने कृपया मलाई भन ।"
|
||
\v 16 शऊलले आफ्नो काकालाई जवाफ दिए, "गधाहरू भेट्टाइएका छन् भनी तिनले हामीलाई प्रष्ट रूपमा भने ।" तर शमूएलले भनेका राज्यको विषयमा भने तिनले उनलाई भनेनन् ।
|
||
\s5
|
||
\v 17 शमूएलले मानिसहरूलाई मिस्पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।
|
||
\v 18 तिनले इस्राएलका मानिसहरूलाई भने, "परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः ‘मैले इस्राएललाई मिश्रदेशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्यहरू शक्तिबाट छुटकारा दिएँ ।'
|
||
\v 19 तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्टबाट बचाउनुहुने तिमीहरूका परमेश्वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।"
|
||
\s5
|
||
\v 20 त्यसैले शमूएलले इस्राएलका सबै कुललाई नजिक ल्याए र बेन्यामीनको कुल चुनियो ।
|
||
\v 21 अनि तिनले बेन्यामीनको कुललाई आफ्ना वंशअनुसार ल्याए । अनि मत्रीको वंश चुनियो, र कीशका छोरा शाऊललाई चुनियो । तर जब तिनीहरू उनलाई खोज्न गए तब उनी भेट्टाइएनन् ।
|
||
\s5
|
||
\v 22 तब मानिसहरूले परमेश्वरलाई अझै प्रश्न सोध्ने इच्छा गरे, "के अझै अर्को मानिस आउनै छ?" परमप्रभुले जवाफ दिनुभयो, "तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।"
|
||
\v 23 तब तिनीहरू दौडे र शाऊललाई त्यहाँबाट निकाले । जब तिनी मानिसहरू माझमा खडा भए, तब तिनी अरू कुनै पनि मानिसभन्दा तिनको कुमभन्दामाथि अग्ला थिए ।
|
||
\s5
|
||
\v 24 शामूएलले मानिसहरूलाई भने, "के परमप्रभुले चुन्नुभएको मानिसलाई तिमीहरूले देख्दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।" सबै मानिसहरू यसो भन्दै कराए, "राजा अमर रहून्" ।
|
||
\s5
|
||
\v 25 तब शमूएलले राजाको शासनको चलन र नियमहरूका बारेमा मानिसहरूलाई भने, तिनलाई एउटा पुस्तकमा लेखे र त्यो परमप्रभुको सामु राखिदिए । अनि शमूएलले सबै मानिसलाई आ-आफ्नै घरमा पठाइदिए ।
|
||
\s5
|
||
\v 26 शाऊल पनि गिबामा आफ्नो घरमा गए र तिनको साथमा केही बलिया मानिसहरू गए, जसका हृदयहरूमा परमेश्वरले छुनुभएको थियो ।
|
||
\v 27 तर केही बदमासहरूले भने, "यो मानिसले हामीलाई कसरी बचाउन सक्छ?" यी मानिसहरूले शऊललाई घृणा गरे र तिनलाई कुनै उपहारहरू दिएनन् । तर शाऊल शान्त बसे ।
|
||
\s5
|
||
\c 11
|
||
\p
|
||
\v 1 त्यसपछि अम्मोनी नाहाश गए र याबेश-गिलादलाई घेरा हाले । याबेशका सबै मानिसले नाहाशलाई भने, "हामीसँग एउटा करार गर्नुहोस् र हामी तपाईंको सेवा गर्नेछौं ।"
|
||
\v 2 अम्मोनी नाहाशले जवाफ दिए, "तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।”
|
||
\s5
|
||
\v 3 तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, "हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं ।
|
||
\s5
|
||
\v 4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।
|
||
\v 5 यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, "मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?" याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।
|
||
\s5
|
||
\v 6 जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।
|
||
\v 7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, "शाऊल र शमूएलको पछि नआउने व्यक्तिको गोरुलाई यसै गरिनेछ ।" अनि परमप्रभुको भय मानिसहरूमाथि पर्यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।
|
||
\v 8 जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
|
||
\s5
|
||
\v 9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, "तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, 'भोलि यति बेला मध्यन्हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ,’ ।" त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए ।
|
||
\v 10 तब याबेशका मानिसहरूले नाहाशलाई भने, "भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।"
|
||
\s5
|
||
\v 11 भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे । बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए र तिनीहरूले आक्रमण गरे र मध्यन्हसम्ममा अम्मोनीहरूलाई पराजित गरे । ती जीवित रहेकाहरू सबै यसरी छरपष्ट भए, कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन् ।
|
||
\s5
|
||
\v 12 तब मानिसहरूले शमूएललाई भने, "ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।"
|
||
\v 13 तर शाऊलले भने, "आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।"
|
||
\s5
|
||
\v 14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, "आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्ति जानउनेछौं ।"
|
||
\v 15 त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्दित भए ।
|
||
\s5
|
||
\c 12
|
||
\p
|
||
\v 1 शमूएलले सबै इस्राएलीलाई भने, "तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्त गरेको छु ।
|
||
\v 2 अब यहाँ तिमीहरूको सामु राहा हिंड्दैछन् । अनि म वृद्ध भएको छु र मेरो कपाल फुलेको छ । अनि मेरा छोराहरू तिमीहरूसँगै छन् । मेरो बाल्यकालदेखि आजसम्म पनि म तिमीहरूका सामु हिंडेकोछु ।
|
||
\s5
|
||
\v 3 म यहाँ छु । परमप्रभु र उहाँको अभिषिक्त जनको सामु मेरो विरुद्ध गवाही देओ । मैले कसैको गोरु लिएको छु? मैले कसैको गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई थिचोमिचो गरेको छु? मेरा आँखाहरूलाई अन्धा तुल्याउन मैले कसैबाट घूस लिएको छु? मेरो विरुद्ध गवाही देओ र म तिमीहरूलाई त्यो फर्काइदिनेछु ।"
|
||
\s5
|
||
\v 4 तिनीहरूले भने, "तपाईंले हामीलाई ठग्नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।"
|
||
\v 5 तिनले उनीहरूलाई भने, "परमप्रभु तिमीहरू विरुद्ध साक्षी हुनुहुन्छ र आज उहाँका अभिषिक्त जन साक्षी छन्, कि तिमीहरूले मेरो हातमा कुनै कुरा भेट्टाएका छैनौ ।" तिनीहरूले जवाफ दिए, "परमप्रभु साक्षी हुनुहुन्छ ।"
|
||
\s5
|
||
\v 6 शमूएलले मानिसहरूलाई भने, "मोशा र हारूनलाई नियुक्त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
|
||
\v 7 त्यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।
|
||
\s5
|
||
\v 8 जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।
|
||
\v 9 तर तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे ।
|
||
\s5
|
||
\v 10 तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’
|
||
\v 11 त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।
|
||
\s5
|
||
\v 12 जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।
|
||
\v 13 अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्त गर्नुभएको छ ।
|
||
\s5
|
||
\v 14 तिमीहरूले परमप्रभुको भय मान्यौ, उहाँको सेवा गर्यौ र परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने, तिमीहरू र तिमीहरूमाथि राज्य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्नेछौ ।
|
||
\v 15 तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।
|
||
\s5
|
||
\v 16 अब आफैलाई हाजिर गराओ र परमप्रभुले तिमीहरूका आँखा सामु गर्नुहुने यो महान् कुरालाई हेर ।
|
||
\v 17 के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ । तब तिमीहरूको दुष्टता माहन् छ भनी तिमीहरूले जान्ने र देख्नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्टिमा गरेका छौ ।”
|
||
\v 18 त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।
|
||
\s5
|
||
\v 19 तब सबै मानिसले शमूएललाई भने, "तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्ना परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्टता थपेका छौं ।
|
||
\v 20 शमूएलले जवाफ दिए, "नडराओ । तिमीहरूले यी सबै दुष्टता गरेकाछौ, तर परमप्रभुबाट नफर्क, र आफ्ना सारा हृदयले परमप्रभुको सेवा गर ।
|
||
\v 21 तिमीहरूलाई फाइदा नहुने र छुटकारा दिन नसक्ने रित्ता कुराहरू नलाग, किनभने तिनीहरू व्यार्थ हुन् ।
|
||
\s5
|
||
\v 22 उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्न हुनुहुन्छ ।
|
||
\v 23 मेरो बारेमा, मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् । बरु म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु ।
|
||
\s5
|
||
\v 24 आफ्ना सारा हृदायले परमप्रभुको मात्र भय मान र उहाँको सेवा गर । उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर ।
|
||
\v 25 तर तिमीहरू दुष्टतामा लागिरहन्छौ भने, तिमीहरू र तिमीहरूका राजा दुवै नष्ट पारिनेछौ ।
|
||
\s5
|
||
\c 13
|
||
\p
|
||
\v 1 शाऊलले राज्य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए । तिनले इस्रालमाथि चालिस वर्ष राज्य गरेका थिए,
|
||
\v 2 तिनले इस्राएलका तिन हजार जना मानिसहरूलाई चुने । दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा र बेथेलको पहाडी देशमा थिए, जबकि एक हजार जना मानिसहरू बेन्यामीनको गिबामा जोनाथनसँग थिए । सिपाहीहरूमध्ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए ।
|
||
\s5
|
||
\v 3 जोनातनले गिबामा भएको पलिश्तीहरूका चौकीलाई पराजित गरे र पलिश्तीहरूले यो सुने । तब शाऊलले "हिब्रूहरूले सुनून्" भन्दै देशभरि तुरही फुके ।
|
||
\v 4 शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।
|
||
\s5
|
||
\v 5 पलिश्तीहरू तिन हजार रथहरू, छ हजार रथ हाँक्नेहरू र समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।
|
||
\s5
|
||
\v 6 जब इस्राएलका मानिसहरूले आफूहरू कष्टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।
|
||
\v 7 केही हिब्रूहरू यर्दन पारि गाद र गिलादको भूभागतिर गए । तर शाऊल अझ पनि गिगालमा नै थिए र सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे ।
|
||
\s5
|
||
\v 8 तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे । तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए ।
|
||
\v 9 शाऊलले भने, "मलाई होमबलि र मेलबलि ल्याओ ।" अनि तिनले होमबलि चढाए ।
|
||
\v 10 तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
|
||
\s5
|
||
\v 11 त्यसपछि शमूएलले भने, "तपाईंले यो के गर्नुभएको?" शाऊलले जवाफ दिए, "जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,
|
||
\v 12 मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।"
|
||
\s5
|
||
\v 13 तब शमूएलले शाऊललाई भने, "तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्ति स्थापित गर्नुहुनेथियो ।
|
||
\v 14 तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्नोजस्तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्ना मानिसहरूका शासक हुन तिनलाई नियुक्त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।"
|
||
\s5
|
||
\v 15 तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।
|
||
\v 16 शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।
|
||
\s5
|
||
\v 17 पलिश्तीहरूका छाउनीबाट लुट्ने तिन समूह आए । एउटा समूह शूआलको भूमि ओप्रातिर लागे ।
|
||
\v 18 अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
|
||
\s5
|
||
\v 19 इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिंदैनथ्यौ, किनभने पलिश्तीहरूले भने, "नत्रता हिब्रूहरूले आफ्ना निम्ति भालाहरू र तरवारहरू बनाउँछन् ।"
|
||
\v 20 तर इस्राएलका सबै मानिसहरू आ-आफ्ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्न तल पलिश्तीहरूकहाँ जाने गर्थे ।
|
||
\v 21 फाली र कोदालो अर्जाप्नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्नको र फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो ।
|
||
\s5
|
||
\v 22 त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।
|
||
\v 23 पलिश्तीहरूको फौज मिकमाशको घाटीमा गयो ।
|
||
\s5
|
||
\c 14
|
||
\p
|
||
\v 1 एक दिन शाऊलका जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, "आऊ, हामी पल्लोपट्टि भएको पलिश्तीहरूको चौकीमा जाऔं ।" तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।
|
||
\s5
|
||
\v 2 शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो । तिनीसँग झण्डै छ सय मानिस थिए,
|
||
\v 3 एपोद लगाउने शीलोमा परमप्रभुको पुजारी एलीका पनाति, पीनहासका नाति, अहीतूबका छोरा (ईकाबोदका भाइ) अहियाहसहित । जोनाथान गएको थिए भन्ने कुरा मानिसहरूलाई थाहा थिएन ।
|
||
\s5
|
||
\v 4 पलिश्तीहरूको चौकीमा पुग्नलाई जोनाथनले जान चाहेका घाटीको एकापट्टि एउटा पत्थरको पहरो थियो भने, अर्कोपट्टि अर्को पत्थरको पहरो थियो । एउटा पत्थरको पहरोलाई बोसेस र अर्को पत्थरको पहरोलाई सेनेह भनिन्थ्यो ।
|
||
\v 5 पत्थरको एउटा पहरो उत्तरमा मिकमाशको सामुन्ने र अर्को दक्षिणमा गेबाको सामुन्ने थियो ।
|
||
\s5
|
||
\v 6 जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, "आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्न सक्दैन ।"
|
||
\v 7 तिनका हतियार बोक्नेले जवाफ दिए, "आफ्नो मनमा जे लागेको छ सो गर्नुहोस् । अगि बढ्नुहोस्, हेर्नुहोस्, तपाईंका सबै आज्ञा पालन गर्न म तपाईंको साथमा छु ।"
|
||
\s5
|
||
\v 8 तब जोनाथनले भने, "हामी ती मानिसकहाँ पारि जानेछौं र हामी आफै तिनीहरकहाँ देखा पर्नेछौं ।
|
||
\v 9 तिनीहरूले भन्छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।
|
||
\v 10 तर तिनीहरूले जवाफ दिन्छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।"
|
||
\s5
|
||
\v 11 त्यसैले तिनीहरू दुवैले आफूलाई पलिश्तीहरूको चौकीमा प्रकट गरे । पलिश्तीहरूले भने, "हेर, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्किरहेका छन् ।"
|
||
\v 12 तब चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्नेलाई बोलाए र भने, "हामीकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं ।" जोनाथनले आफ्नो हतियार बोक्नेलाई भने, "मेरो पछि आऊ, किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको छ ।"
|
||
\s5
|
||
\v 13 जोनाथन आफ्ना हात र खुट्टा टेकेर चढे र तिनको हतियार बोक्नेले तिनको पछि गए । जोनाथनको सामु पलिश्तीहरू मारिए र तिनको पछाडी तिनको हतियार बोक्नेले कति जनालाई मारे ।
|
||
\v 14 जोनाथन र तिनको हतियार बोक्नेले गरेको पहिलो आक्रमणमा चार रोपनी जतिको क्षेत्रमा झण्डै बिस जना मानिस मारिए ।
|
||
\s5
|
||
\v 15 छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो ।
|
||
\s5
|
||
\v 16 त्यसपछि बेन्यामीनको गिबामा रहेको शाऊलका पहरा बस्नेले देख्यो । पलिश्ती सिपाहीहरूका भीड तितरबितर भइरहेको थियो र तिनीहरू यताउता गरिरहेका थिए ।
|
||
\v 17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, "हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।" जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्ने हराएको थाहा भयो ।
|
||
\s5
|
||
\v 18 शाऊलले अहियाहलाई भने, "परमेश्वरको सन्दुक यहाँ ल्याऊ," किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।
|
||
\v 19 शाऊल पुजारीसँग बोलिरहँदा पलिश्तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, "तिम्रो हात झिक ।"
|
||
\s5
|
||
\v 20 शाऊल र तिनीसँग भएका सबै मानिसहरू भेला भए र लडाइँ गर्न गए । हरेक पलिश्तीले आ-आफ्नो साथीलाई तरवारले प्रहार गरिरहेको थियो र त्यहाँ ठुलो अन्योलता थियो ।
|
||
\v 21 अब पहिले पलिश्तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए, तिनीहरू पनि इस्राएलीहरू, शाऊल र जोनाथनकहाँ आए ।
|
||
\s5
|
||
\v 22 जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।
|
||
\v 23 यसरी परमप्रभुले त्यस दिन इस्राएललाई छुटकाटा दिनुभयो र युद्ध बेथ-अवन पारिसम्म नै फैलियो ।
|
||
\s5
|
||
\v 24 त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्ना शत्रुहरूमाथि बद्ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्" भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्यक्तिले खाना चाखेका थिएनन् ।
|
||
\v 25 त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो ।
|
||
\v 26 जब मानिसहरू जङ्गलभित्र पसे, तब मह बग्न थाल्यो, तर कसैले पनि महमा हात लगाएन, किनभने मानिसहरू शपथदेखि डराएका थिए ।
|
||
\s5
|
||
\v 27 तर जोनाथनले आफ्ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन् । तिनले आफ्नो हातमा भएको लट्ठी पसारे र यसले महको चाकामा घोचे । तिनले आफ्नो हात आफ्नो मुखमा लगे र तिनका आँखामा तेज आयो ।
|
||
\v 28 तब मानिसहरूमध्ये एक जनाले भने, " तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।
|
||
\s5
|
||
\v 29 तब जोनाथनल भने, "मेरो बुबाले देशलाई कष्ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् ।
|
||
\v 30 मानिसहरूले आफ्ना शत्रुहरूको लूटबाट स्वतन्त्र भएर खाएका भए कति धेरै राम्रो हुन्थ्यो? किनभने अहिले पालिश्तीहरूका माझमा ठुलो संहार भएको छैन ।"
|
||
\s5
|
||
\v 31 तिनीहरूले त्यस दिन पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म आक्रमण गरे । मानिसहरू धेरै थकित भए ।
|
||
\v 32 मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए ।
|
||
\s5
|
||
\v 33 तब तिनीहरूले शाऊललाई भने, "हेर्नुहोस्, मानिसहरूले रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन् ।" शाऊलले भने, "तिमीहरूले अविश्वसी कसिमले काम गरेका छौ । अब यहाँ मकहाँ एउटा ठुलो ढुङ्गा ल्याओ ।"
|
||
\v 34 शाऊलले भने, "मानिसहरूको बिचमा जाओ र तिनीहरूलाई भन, 'हरेक मानिसले आ-आफ्नो गोरु र भेडहरू यहाँ ल्याओस् र मारोस् र खाओस् । रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप नगर' ।" त्यसैले हरेक मानिसले आ-आफ्ना गोरु आफूसँग ल्याए र यसलाई त्यहाँ मारे ।
|
||
\s5
|
||
\v 35 शाऊलले परमप्रभुको निम्ति एउटा वेदी वनाए, जुन तिनले परमप्रभुको निम्ति बनाएका पहिको वेदी थियो ।
|
||
\s5
|
||
\v 36 तब शाऊलले भने, "पलिश्तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।" तिनीहरूले जवाफ दिए, "तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।" तर पुजारी भने, "यहाँ परमेश्वरकहाँ जाऔं ।"
|
||
\v 37 शाऊलले परमेश्वरलाई सोधे, "के म पलिश्तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?" तर परमेश्वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन ।
|
||
\s5
|
||
\v 38 तब शाऊलले भने, "मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।
|
||
\v 39 किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्चय नै मर्नेछ ।" तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।
|
||
\s5
|
||
\v 40 तब तिनले सबै इस्राएललाई भने, "तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।" मानिसहरूले शाऊललाई भने, "तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।"
|
||
\v 41 शाऊलले भने, "हे परमप्रभु इस्राएलका परमेश्वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।" अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्यो, तर फौजलाई अलग गर्यौ ।
|
||
\v 42 त्यसपछि शाउलले भने, "म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।" अनि चिट्टाले जोनाथनलाई छान्यो ।
|
||
\s5
|
||
\v 43 शाऊलले जोनाथनलाई भने, "तिमीले के गरेका छौ मलाई भन ।" जोनाथनले तिनले भने, "मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें । म यहाँ छु । म मर्नेछु ।"
|
||
\v 44 शाऊलले भने, "ए जोनाथन, तिमी मरेनौ भने, परमेश्वरले मलाई त्यसै वा त्योभन्दा बढी गर्नुभएको होस् ।"
|
||
\s5
|
||
\v 45 तब मानिसहरूले शाऊललाई भने, "इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्तो हुँदै नहोस् ! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्वरसँग काम गरेका छन् ।" यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।
|
||
\v 46 त्यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए ।
|
||
\s5
|
||
\v 47 जब शाऊलले इस्राएलमाथि राज्य गर्न सुरु गरे, तब तिनले सबैतिरका आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गरे । तिनले मोआब, अम्मोनीहरू, एदोम, सोबका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे । तिनी जता फर्किए, त्यतै तिनले उनीहरूलाई दण्ड दिए ।
|
||
\v 48 तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।
|
||
\s5
|
||
\v 49 शाऊलका छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए । तिनकी जेठी छोरीहरूको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो ।
|
||
\v 50 शाऊलको पत्नीको नाउँ अहिनोम थियो । तिनी अहीमासकी छोरी थिइन् । तिनको फौजको कप्तानको नाउँ शाऊलका काका नेरका छोरा अबनेर थियो ।
|
||
\v 51 कीश शाउलका बुबा थिए । अनि अबनेरका बुबा नेर अबीएलका छोरा थिए ।
|
||
\s5
|
||
\v 52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग कडा युद्ध चलिरह्यो । जब शाऊलले कुनै वीर वा बलियो मानिसलाई देख्थे, तब तिनले उसलाई आफूसँगै राख्थे ।
|
||
\s5
|
||
\c 15
|
||
\p
|
||
\v 1 शमूएलले शऊललाई भने, " तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्नुहोस् ।
|
||
\v 2 सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्यान दिएको छु ।
|
||
\v 3 अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।"
|
||
\s5
|
||
\v 4 शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए ।
|
||
\v 5 तब शाऊल अमालेकको सहरमा आए र मैदानमा पर्खे ।
|
||
\s5
|
||
\v 6 शाऊलले केनीहरूलाई भने, "जाऊ, विदा होओ, अमालेकीहरूबाट बाहिर निस्की आओ, ताकि मैले उनीहरूसँगै तिमीहरूलाई नष्ट गर्नेछैन । किनकि तिमीहरूले इस्राएलका मानिसहरू मिश्रदेशबाट आउँदा तिनीहरूलाई दया देखायौ ।" त्यसैले केनीहरू अमालेकीहरूबाट टाढा गए ।
|
||
\v 7 त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे ।
|
||
\s5
|
||
\v 8 तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे ।
|
||
\v 9 तर शाऊल र तिनका मानिसहरूले अगागलाई र राम्रा भेडाहरू, गोरुहरू, मोटा बाछाहरू र थुमाहरूलाई बचाई राखे । हरेक असल कुरालाई तिनीहरूले नाश गरेनन् । तर घृणित र तुच्छ कुनै पनि कुरालाई तिनीहरूले पूर्ण रूपमा नाश गरे ।
|
||
\s5
|
||
\v 10 परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,
|
||
\v 11 "शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।" शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।
|
||
\s5
|
||
\v 12 शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, "शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्यसपछि पर्के र तल गिलगालतिर गए ।"
|
||
\v 13 तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, "परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस् ! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।"
|
||
\s5
|
||
\v 14 शमूएलले भने, "त्यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?"
|
||
\v 15 शाऊलले जवाफ दिए, "तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।"
|
||
\v 16 तब शमूएलले शाऊललाई भने, "पर्खनुहोस्, र परमप्रभुले मलाई आज राती के भन्नुभयो सो म तपाईंलाई भन्नेछु ।" शाऊलले तिनलाई भने, "भन्नुहोस् ।"
|
||
\s5
|
||
\v 17 शमूएलले भने, "तपाईं आफ्नै दृष्टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,
|
||
\v 18 र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'
|
||
\v 19 तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्जा गर्नुभयो र परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गर्नुभयो?"
|
||
\s5
|
||
\v 20 तब शाऊलले शमूएललाई भने, "मैले साँच्चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु ।
|
||
\v 21 तर मानिसहरूले परमप्रभु तपाईंका परमेश्वरलाई गिलगालमा बलिदान चढाउन भनेर विनाशका निम्ति अलग गरिएका असल थोकहरू, भेडाहरू र गोरुहरू जस्ता केही लुटका मालहरू लिए ।"
|
||
\s5
|
||
\v 22 शमूएलले जवाफ दिए, "परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो ।
|
||
\v 23 किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ ।
|
||
\s5
|
||
\v 24 तब शाऊलले शमूएललाई भने, "मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।
|
||
\v 25 अब कृपया मेरो पाप क्षमा गर्नुहोस् र मसँगै फर्कनुहोस् ताकि म परमप्रभुको आराधना गर्न सकूँ ।
|
||
\s5
|
||
\v 26 शमूएलले शाऊललाई भने, "म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।"
|
||
\v 27 जसै शमूएल जानलाई फर्कंए, शाऊलले तिनको कपडाको छेउ समाते र त्यो च्यातियो ।
|
||
\s5
|
||
\v 28 शमूएलले तिनलाई भने, "परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्नुभएको छ र त्यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।
|
||
\v 29 साथै इस्राएलका शक्तिले न ढाट्नु हुन्छ न त आफ्नो मन बदल्नु नै हुन्छ । किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्न।
|
||
\s5
|
||
\v 30 त्यसपछि शाऊलले भने, "मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्वरको आराधना गर्न सकूँ ।
|
||
\v 31 त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे ।
|
||
\s5
|
||
\v 32 तब शमूएलले भने, "अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याउनुहोस् ।" अगाग साङ्लाले बाँधिएकै अवस्थामा आए र भने, "निश्चय नै मृत्यु तीक्तता टरेको छ ।"
|
||
\v 33 शमूएलले जवाफ दिए, "जसरी तेरो तरवारले स्त्रीहरूलाई बालकहीन बनाएको छ, त्यसरी नै तेरो आमा पनि स्त्रीहरूका माझमा बालकहीन हुनेछे ।" अनि शमूएलले अगागलाई गिलगालमा टुक्रा-टुक्रा बनाए ।
|
||
\s5
|
||
\v 34 शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए ।
|
||
\v 35 शमूएलले आफ्नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।
|
||
\s5
|
||
\c 16
|
||
\p
|
||
\v 1 परमप्रभुले शमूएललाई भन्नुभयो, "मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।"
|
||
\s5
|
||
\v 2 शमूएलले सोधे, "म कसरी जान सक्छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।" परमप्रभुले भन्नुभयो, "तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
|
||
\v 3 यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।"
|
||
\s5
|
||
\v 4 शमूएलले परमप्रभुले भन्नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, "के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?"
|
||
\v 5 तिनले भने, "शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।" तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
|
||
\s5
|
||
\v 6 जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्त जन निश्चय नै तिनको सामु उभिरहेका थिए ।
|
||
\v 7 तर परमप्रभुले शमूएललाई भन्नुभयो, "त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।"
|
||
\s5
|
||
\v 8 यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्ने हिंड्न लगाए । तब शमूएलले भने, "परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन ।"
|
||
\v 9 यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, "परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन ।"
|
||
\v 10 यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, "परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्नुभएको छैन ।"
|
||
\s5
|
||
\v 11 तब शमूएलले यिशैलाई भने, "के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?" तिनले जवाफ दिए, "अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।" शमूएलले यिशैलाई भने, "कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्नेछैनौं ।"
|
||
\v 12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्नुभयो, "उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।"
|
||
\s5
|
||
\v 13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
|
||
\s5
|
||
\v 14 परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।
|
||
\v 15 शाऊलका सेवकहरूले तिनलाई भने, "हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ ।
|
||
\v 16 तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्तिलाई खोज्न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।"
|
||
\s5
|
||
\v 17 शाऊलले तिनका सेवकहरूलाई भने, "बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।"
|
||
\v 18 जवानहरूमध्ये एक जनाले जवाफ दिए, "मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।"
|
||
\v 19 त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, "भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।"
|
||
\s5
|
||
\v 20 यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।
|
||
\v 21 तब दाऊद शाऊलकहाँ आए र तिनको सेवामा प्रवेश गरे । शाऊलले तिनलाई धेरै प्रेम गरे र तिनी उनको हतियार बोक्ने बने ।
|
||
\s5
|
||
\v 22 "दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्टिमा निगाह पाएको छ" भन्ने सामाचार शाऊलले यिशैलाई पठाए ।
|
||
\v 23 जब-जब शाऊलमाथि परमेश्वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्थ्यो।
|
||
\s5
|
||
\c 17
|
||
\p
|
||
\v 1 यति बेला पलिश्तीहरूले युद्धको निम्ति आफ्ना फौजहरू भेला गरे । तिनीहरू सोकोमा भेला भए जुन यहूदाको क्षेत्र हो । तिनीहरूले सोको र आजेकाको बिचमा एपेस-दम्मीममा छाउनी हाले ।
|
||
\s5
|
||
\v 2 शाऊल र इस्राएलका मानिसहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।
|
||
\v 3 पलिश्तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।
|
||
\s5
|
||
\v 4 गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो ।
|
||
\v 5 उसले आफ्नो शिरमा काँसाको टोप लगाएको थियो, त्यो झिलमले सुसज्जित थियो । उसको काँसाको झिलमको तौल साठी किलो थियो ।
|
||
\s5
|
||
\v 6 उसको खुट्टामा काँसाको झिलम थियो र त्यसको कुमहरूको बिचमा भाला थियो ।
|
||
\v 7 उसको भालाको डण्डा कपडा बुन्ने जुलाहको थुरीजस्तै ठुलो थियो । उसको भालाको टुप्पो सात किलो फलामको थियो । उसको ढाल बोक्ने त्यसको अगि-अगि गयो ।
|
||
\s5
|
||
\v 8 ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, "तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।
|
||
\v 9 मसँग लडेर उसले मलाई जित्यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”
|
||
\s5
|
||
\v 10 त्यो पलिश्तीले फेरि भन्यो, "म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।"
|
||
\v 11 जब शाऊल र सारा इस्राएलले त्यो पलिश्तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।
|
||
\s5
|
||
\v 12 दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।
|
||
\v 13 यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए । तिन छोराहरूका नाउँहरू जेठा एलीआब, माहिला अबीनादाब र साहिंला शम्मा थिए ।
|
||
\s5
|
||
\v 14 दाऊदचाहिं कान्छा थिए । तिन जना दाजुहरू शाऊलको पछि लागे ।
|
||
\v 15 अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति र शाऊलका फौज बिच आउने र जाने गर्थे ।
|
||
\v 16 चालिस दिनसम्म त्यो बलियो पलिश्ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।
|
||
\s5
|
||
\v 17 तब यिशैले तिनका छोरा दाऊदलाई भने, "यो भुटेको अन्न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ ।
|
||
\v 18 साथै यी दस वटा पनीर हजार जनाको कप्तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्ने केही प्रमाण लेऊ ।
|
||
\s5
|
||
\v 19 तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्तीहरूसँग लडिरहेका छन् ।"
|
||
\v 20 दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।
|
||
\v 21 इस्राएल र पलिश्तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए ।
|
||
\s5
|
||
\v 22 सामानहरू राख्नेको जिम्मामा दाऊदले आफ्ना सामानहरू छोडे, फौजहरूतिर दौडे, र आफ्ना दाजुहरूलाई ढोग गरे ।
|
||
\v 23 तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्ती पलिश्तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्यो र दाऊदले त्यो सुने ।
|
||
\v 24 जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए ।
|
||
\s5
|
||
\v 25 इस्राएलका मानिसहरूले भने, "के माथि आएको यो मानिसलाई तपाईंले देख्नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्त गर्नेछन् ।"
|
||
\s5
|
||
\v 26 दाऊदले आफ्नो छेउमा उभिएका मानिसहरूलाई सोधे, "यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?"
|
||
\v 27 अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्याए र तिनलाई भने, "उसलाई मार्नेलाई यसै गरिनेछ ।"
|
||
\s5
|
||
\v 28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, "तँ यहाँ किन आइस्? उजाड-स्थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।"
|
||
\v 29 दाऊदले भने, "मैले अहिले के गरेको छु? के यो एउटा प्रश्न मात्र थिएन?”
|
||
\v 30 ऊबाट तिनी अर्कोतिर नै तर्किए र त्यसरी नै कुरा गरे । मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए ।
|
||
\s5
|
||
\v 31 जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
|
||
\v 32 तब दाऊदले शाऊललाई भने, "त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।"
|
||
\v 33 शाऊलले दाऊदलाई भने, "तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्नो जवानीदेखि नै युद्धमा छ ।"
|
||
\s5
|
||
\v 34 तर दाऊदले शाऊललाई भने, "तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,
|
||
\v 35 म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें ।
|
||
\s5
|
||
\v 36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्वरको फौजलाई चुनौती दिएको छ ।"
|
||
\s5
|
||
\v 37 दाऊदले भने, "परमप्रभुले मलाई सिंह र भालुको पञ्जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।" त्यसपछि शाऊलले दाऊदलाई भने, "जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।"
|
||
\v 38 शाऊलले दाऊदलाई आफ्नो पोशाक लगाइदिए । तिनले उनको शिरमा काँसाको टोप लगाइदिए । तिनले उनलाई झिलम पहिर्याइदिए ।
|
||
\s5
|
||
\v 39 दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे । तर उनी हिंड्न सकेनन्, किनभने ती लगाएर हिंड्ने तालिम तिनलाई थिएन । अनि दाऊदले शाऊललाई भने, "यि लगाएर म लड्न जान सक्दिनँ, किनभने यी लगाएर हिंड्ने तालिम मैले लिएको छैन ।" त्यसैले दाऊदले ती फुकाले ।
|
||
\v 40 तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्यो पलिश्तीसँग भिड्न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।
|
||
\s5
|
||
\v 41 त्यो पलिश्ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्ने उसको अगि थियो ।
|
||
\v 42 जब त्यो पलिश्तीले अघि हेर्यो र दाऊदलाई देख्यो, तब उसले तिनलाई तुच्छ ठान्यो, किनकि तिनी राता गाला भएका सुन्दर स्वरूपका एउटा सानो केटा मात्र थिए ।
|
||
\v 43 तब त्यो पलिश्तीले दाऊदलाई भन्यो, "के म कुकुर हो र तँ लट्टी लिएर आइस्?," र पलिश्तीले आफ्नो देवताहरूको नाउँमा सराप्यो ।
|
||
\s5
|
||
\v 44 त्यो पलिश्तीले दाऊदलाई भन्यो, "मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”
|
||
\v 45 दाऊदले त्यो पलिश्तिलाई जवाफ दिए, "तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।
|
||
\s5
|
||
\v 46 आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्न सकोस्,
|
||
\v 47 साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ ।
|
||
\s5
|
||
\v 48 जब त्यो पलिश्ती उठ्यो र दाऊदको नजिक जान लाग्यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।
|
||
\v 49 दाऊदले आफ्नो झोलामा आफ्नो हात हाले, त्यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्यो ढुङ्गा उक्त पलिश्तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्यो ।
|
||
\s5
|
||
\v 50 त्यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।
|
||
\v 51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्यसको म्यानबाट झिके, उसलाई मारे र त्यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।
|
||
\s5
|
||
\v 52 त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।
|
||
\v 53 इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे ।
|
||
\v 54 दाऊदले त्यो पलिश्तीको शिर लिए र त्यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।
|
||
\s5
|
||
\v 55 जब दाऊद त्यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्तान अबनेरलाई भने, "अबनेर, यो जवान केटा कसको छोरा हो?" अबनेरले भने, "हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”
|
||
\v 56 राजाले भने, "त्यो केटा कसका छोरा हुन् चिन्नेहरूलाई सोध ।"
|
||
\s5
|
||
\v 57 जब त्यो पलिश्तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
|
||
\v 58 शाऊलले तिनलाई सोधे, "हे जवान मानिस, तिमी कसका छोरा हौ?" दाऊदले जवाफ दिए, "म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।"
|
||
\s5
|
||
\c 18
|
||
\p
|
||
\v 1 जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
|
||
\v 2 त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्नो बुबाको घरमा फर्कन दिएनन् ।
|
||
\s5
|
||
\v 3 तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
|
||
\v 4 जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्यो तिनले दाऊदलाई दिए ।
|
||
\s5
|
||
\v 5 शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्टिमा पनि यो कुरा असलै लाग्यो ।
|
||
\s5
|
||
\v 6 जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्न आए ।
|
||
\v 7 ती स्त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः "शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।"
|
||
\s5
|
||
\v 8 शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्न बनायो । तिनलेल भने, "तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?"
|
||
\v 9 शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्टिे हेरे ।
|
||
\s5
|
||
\v 10 भोलि पल्ट शाऊलमा परमेश्वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।
|
||
\v 11 शाऊलले भाला हाने, किनकि तिनले सोचे, "म दाऊदलाई भित्तामा छेडिदिन्छु ।" तर त्यो दिन दाऊद दुईपल्ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
|
||
\v 12 परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
|
||
\s5
|
||
\v 13 त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्डरमा नियुक्त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।
|
||
\v 14 दाऊद आफ्ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
|
||
\s5
|
||
\v 15 जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।
|
||
\v 16 तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे ।
|
||
\s5
|
||
\v 17 तब शाऊलले दाऊदलाई भने, "मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।" किनकि शाऊलले सोचे, "तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।"
|
||
\v 18 दाऊदले शाऊललाई भने, "म राजाको ज्वाइँ बन्न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?"
|
||
\s5
|
||
\v 19 तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्नीको रूपमा दिइयो ।
|
||
\s5
|
||
\v 20 तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।
|
||
\v 21 तब शाऊलले सोचे, "दाऊदसँग म त्यसकै विवाह गरिदिनेछु, ताकि त्यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्ट यसो भने, “तिमी मेरो ज्वाइँ हुनेछौ ।”
|
||
\s5
|
||
\v 22 शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, "दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।"
|
||
\s5
|
||
\v 23 त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने । तब दाऊदले भने, "के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?"
|
||
\v 24 शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।
|
||
\s5
|
||
\v 25 त्यसपछि शाऊलले भने, "दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्न' ।" दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्ने शाऊलको विचार थियो ।
|
||
\v 26 जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए ।
|
||
\s5
|
||
\v 27 ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्नी हुनलाई दिए ।
|
||
\v 28 परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,
|
||
\v 29 तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्तर रूपमा दाऊदका शत्रु भए ।
|
||
\s5
|
||
\v 30 त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्च कदर गरिएको थियो ।
|
||
\s5
|
||
\c 19
|
||
\p
|
||
\v 1 आफ्ना छोरा जोनाथन र आफ्ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।
|
||
\v 2 त्यसैले जोनाथनले दाऊदलाई भने, "मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।
|
||
\v 3 म बाहिर जाने छु र तपाईं भएकै ठाउँमा म मेरो बुबाको छेउमा खडा हुनेछु र म मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु । मैले कुनै कुरा थाहा पाएँ भने, म तपाईंलाई भन्नेछु ।"
|
||
\s5
|
||
\v 4 जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, "राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।
|
||
\v 5 किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्यो देख्नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?
|
||
\s5
|
||
\v 6 शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, "जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।"
|
||
\v 7 तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।
|
||
\s5
|
||
\v 8 फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।
|
||
\v 9 शाऊलमाथि आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो ।
|
||
\s5
|
||
\v 10 शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।
|
||
\v 11 शाऊलले दाऊदको घरमा तिनको चेवा गर्न दूतहरू पठाए, ताकि उनले तिनलाई बिहान् मार्न सकून् । दाऊदकी पत्नी मीकलले तिनलाई भनिन्, "तपाईंले आफ्नो जीवन आज राती बचाउनुभएन भने तपाईंलाई भोलि मारिनुहुनेछ ।"
|
||
\s5
|
||
\v 12 त्यसैले मीकलले दाऊदलाई झ्यालबाट तल झारिन् । तिनी गए र भागे र बाँचे ।
|
||
\v 13 मीकलले घरानाको मूर्ती लिइन् र त्यसलाई ओछ्यानमा राखिन् । तिनले यसको शिरमा बाख्राको रौं राखिन् र त्यसलाई लुगाले छोपिन् ।
|
||
\s5
|
||
\v 14 जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए, तब तिनले भनिन्, "तिनी बिरामी छन् ।"
|
||
\v 15 तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, "त्यसलाई ओछ्यामा नै मकहाँ ल्याऊ, ताकि म त्यसलाई मार्नेछु ।"
|
||
\s5
|
||
\v 16 जब दूतहरू हेर्नलाई आए, हेर, शिरमा बाख्राको रौंको सिरानी बनाएको घरानाको मूर्ती ओछ्यानमा थियो ।
|
||
\v 17 शाऊलले मीकललाई भने, "तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्यो?” मीकलले शाऊललाई जवाफ दिइन्, "उहाँले मलाई भन्नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?' "
|
||
\s5
|
||
\v 18 अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए । त्यसपछि तिनी र शमूएल नैयोतमा बसे ।
|
||
\v 19 शाऊललाई यसो भनेर खबर गरियो, "हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छन् ।"
|
||
\v 20 तब शाऊलले दाऊदलाई समात्न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।
|
||
\s5
|
||
\v 21 जब शाऊललाई यो कुरा भनियो, तब उनले अरू दूतहरूलाई पठाए, र तिनीहरूले पनि अगमवाणी गरे । त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए र तिनीहरूले पनि अगमवाणी गरे ।
|
||
\v 22 त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, "शमूएल र दाऊद कहाँ छन्?" कसैले भन्यो, "हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।"
|
||
\s5
|
||
\v 23 शाऊल रामाको नैयोतमा गए । तब परमेश्वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे ।
|
||
\v 24 उनले आफ्ना लुगा फुकाले र शमूएलको सामु अगमवाणी गरे । उनी त्यो दिनभरि र रातभरि नाङ्गै बसे । यसैकारण तिनीहरूले भन्छन्, "के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन्?"
|
||
\s5
|
||
\c 20
|
||
\p
|
||
\v 1 तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, "मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?"
|
||
\v 2 जोनाथनले दाऊदलाई भने, "यो कुरा दूर होस् । तपाईं मर्नुहुन्न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?"
|
||
\s5
|
||
\v 3 तापनि दाऊदले फेरि शपथ खाए र भने, "मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको छ । उहाँले भन्नुभएको छ, 'जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र ऊ दुःखित हुनेछ ।' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ र तपाईं जीवित हुनुहुन्छ, म र मृत्यु बिच एक कदम मात्र छ ।"
|
||
\s5
|
||
\v 4 तब जोनाथनले दाऊदलाई भने, "तपाईंले मलाई जे भन्नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्नेछु ।"
|
||
\v 5 दाऊदले जोनाथनलाई भने, "भोलि औंसी हो, म राजासँग खान बस्नुपर्छ । तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्न सकूँ ।
|
||
\s5
|
||
\v 6 तपाईंका बुबाले म नहुँदा खिन्न महसुस गर्नुभयो भने, यसो भन्नुहोस्, 'दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्यादै बिन्ती गरेर विदा मागे । किनभने त्यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ ।'
|
||
\v 7 उहाँले, 'ठिकै छ' भन्नुहुन्छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्नुहोस् ।
|
||
\s5
|
||
\v 8 यसकारण आफ्नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?"
|
||
\v 9 जोनाथनले भने, "यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?"
|
||
\s5
|
||
\v 10 तब दाऊदले जोनाथनलाई भने, "तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने?"
|
||
\v 11 जोनाथनले दाऊदलाई भने, "आउनुहोस्, हामी खेतमा जाऔं ।" त्यसैले तिनीहरू दुवै जना खेतमा गए ।
|
||
\s5
|
||
\v 12 जोनाथनले दाऊदलाई भने, "परमप्रभुको इस्राएलको परमेश्वर नै साक्षी हुनुभएको होस् । जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्न गरेपछि, हेर्नुहोस्, दाऊदप्रति शुभेच्छा छ भने, के म तपाईंकहाँ कसैलाई पठाउने र त्यो कुराको जानकारी तपाईंलाई दिनेछैन र?
|
||
\v 13 मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् ।
|
||
\s5
|
||
\v 14 म जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्वस्तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन?
|
||
\v 15 परमप्रभुले दाऊदका शत्रुहरूलाई पृथ्वीको सतहबाट निमिट्यान्न पार्नुहुँदा पनि मेरो घरानाबाट तपाईंको करारको विश्वस्तता नहटाउनुहोला ।"
|
||
\v 16 त्यसैले जोनाथनले दाऊदको घरानासँग करार बाँधे र भने, "परमप्रभुले दाऊदका शत्रुहरूबाट लेख लिनुभएको होस् ।"
|
||
\s5
|
||
\v 17 जोनाथानले दाऊदप्रतिको तिनको प्रेमले गर्दा फेरि तिनले शपथ खाए, किनभने तिनलाई आफ्नो प्राणलाई झैं उनले प्रेम गरे ।
|
||
\v 18 तब जोनाथनले तिनलाई भने, "भोलि औंसी हो । तपाईं नहुँदा खिन्न महसुस हुनेछ, किनभने तपाईंको आसन खाली हुनेछ ।
|
||
\v 19 जब तपाईं तिन दिन लुकेपछि, तुरुन्तै तल जानुहोस् र यो कुरा सुरु भयो भने तपाईं लुक्नुभएकै ठाउँमा आउनुहोस्, अनि एजेल ढुङ्गाको छेउमा बस्नुहोस् ।
|
||
\s5
|
||
\v 20 मैले कुनै कुरालाई तारो बनाएर हानेझैं, म यसको छेउमा तिन वटा काँडहरू हान्नेछु ।
|
||
\v 21 तब म आफ्नो जवान केटोलाई यसो भन्नेछु र पठाउनेछु, 'जा र काँडहरू टिपेर ले ।'मैले त्यो जवानलाई, 'हेर्, काँडहरू तेरो यतापट्टि छन्, ति लिएर आइज" तब आउनुहोस् । किनभने परमप्रभु जीवित हुनुभएझैं त्यहाँ तपाईंको निम्ति सुरक्षा हुनेछ, र हानि हुनेछैन ।
|
||
\s5
|
||
\v 22 "तर मैले त्यो जवानलाई यसो भनें, 'हेर्, काँडहरू तेरो उतापट्टि छन्,' तब तपाईं आफ्नो बाटो लाग्नुहोस्, किनकि परमप्रभुले तपाईंलाई टाढा पठाउनुभएको छ ।"
|
||
\v 23 म र तपाईंले गरेको सहमतिको बारेमा, हेर्नुहोस्, परमप्रभु तपाईं र मेरो बिचमा सदासर्वदा साक्षी हुनुहुन्छ' ।"
|
||
\s5
|
||
\v 24 त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए । जब औंसी आयो, तब राजा खानलाई बसे ।
|
||
\v 25 सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे । जोनातन खडा भए, र अबनेर शाऊलको छेउमा बसे । तर दाऊदको ठाउँ खाली थियो ।
|
||
\s5
|
||
\v 26 तापनि शाऊलले त्यस दिन केही पनि भनेनन्, किनभने तिनले सोचे, "तिनलाई केही भएको छ । तिनी शुद्ध छैनन् । निश्चय नै तिनी शुद्ध छैनन् ।"
|
||
\v 27 तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, "यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?"
|
||
\s5
|
||
\v 28 जोनाथनले शाऊललाई जवाफ दिए, "दाऊदले बेथलेहेम जानलाई मसँग ज्यादै बिन्ती गरेर अनुमती मागे ।
|
||
\v 29 तिनले भने, "कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।"
|
||
\s5
|
||
\v 30 तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्कियो र तिनले उनलाई भने, "तँ पथभ्रष्ट र विद्रोही स्त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्नताको शर्मको निम्ति रोजेको छस् भन्ने के मलाई थाहा छैन?
|
||
\v 31 किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।"
|
||
\s5
|
||
\v 32 जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, "के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?"
|
||
\v 33 तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्का थाहा भयो ।
|
||
\v 34 जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए ।
|
||
\s5
|
||
\v 35 भोलिपल्ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए र एक जना जवान मानिस तिनीसँगै थियो ।
|
||
\v 36 तिनले आफ्नो जवान मानिसलाई भने, "दौडी र मैले हानेका काँडहरू खोजेर ले ।" त्यो जवान मानिस जाँदैगर्दा तिनले उसको पछिल्तिर काँड हाने।
|
||
\v 37 जब जोनाथने हानेका काँडहरू भएको ठाउँमा जवान मानिस पुग्यो, तब जोनातनले त्यो जवान मानिसलाई बोलाए र भने, "के काँड तेरो पछिल्तिर छैनन् र?"
|
||
\s5
|
||
\v 38 तब जोनाथनले त्यो जवान मानिसलाई भने, "छिटो गर्, छिटो गर्, नबस् । त्यसैले जोनाथनको जवान केटाले काँडहरू जम्मा गर्यो र आफ्नो मालिककहाँ आयो ।
|
||
\v 39 तर त्यो जवान मानिसलाई अरू कुनै कुरा थाहा थिएन । जोनाथन र दाऊदले मात्र सो कुरा जान्दथे ।
|
||
\v 40 जोनाथनले आफ्ना हतियारहरू आफ्नो जवान मानिस दिए र त्यसलाई भने, "जा, ति सहरमा लैजा ।"
|
||
\s5
|
||
\v 41 त्यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।
|
||
\v 42 जोनाथनले दाऊदलाई भने, "शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं ।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के ।
|
||
\s5
|
||
\c 21
|
||
\p
|
||
\v 1 पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, "तपाईं किन एक्लै हुनुहुन्छ र तपाईंसँग कोही पनि छैनन्?"
|
||
\v 2 दाऊदले पुजारी अहीमेलेकलाई भने, "राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्यसको बारेमा कसैलाई थाहा नहोस् ।' कुनै निश्चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु ।
|
||
\s5
|
||
\v 3 अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।"
|
||
\v 4 पुजारीले दाऊदलाई जवाफ दिए र भने, "मसँग कुनै साधारण रोटी त छैन, तर ती जवान मानिहरू स्त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ ।
|
||
\s5
|
||
\v 5 दाऊदले पुजारीलाई जवाफ दिए, "सदाझैं बाहिर म जाँदा हामीबाट तिन दिनदेखि स्त्रीहरू अलग गरिएको छन् । साधारण काममा जाँदा समेत मानिससित सम्बन्धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् । तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् ।"
|
||
\v 6 त्यसैले पुजारीले तिनलाई चढाइएको रोटी दिए । किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्यसको सट्टामा तातो रोटी राखिएको थियो ।
|
||
\s5
|
||
\v 7 त्यस दिन शाऊलका सेवकहरूमध्ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो ।
|
||
\s5
|
||
\v 8 दाऊदले अहीमेलेकलाई भने, "के यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो ।"
|
||
\v 9 पुजारीले भने, "तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्यो लाने इच्छा हुन्छ भने त्यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।" दाऊदले भने, "त्यो जस्तो अरू कुनै तरवार छैन । त्यो मलाई दिनुहोस् ।"
|
||
\s5
|
||
\v 10 त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।
|
||
\v 11 आकीशका सेवकहरूले तिनलाई भने, "के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन् ?' "
|
||
\s5
|
||
\v 12 दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए ।
|
||
\v 13 उनीहरूको सामु तिनले आफ्नो व्यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे । तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्नो र्याल दाह्रीभरि चुहाए ।
|
||
\s5
|
||
\v 14 तब आकीशले आफ्ना सेवकहरूलाई भने, "हेर, यो मानिस पागल भएको तिमीहरू देख्दैछौ । यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ?
|
||
\v 15 के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्यस्तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्चै नै मेरो घरमा आउनेछ?"
|
||
\s5
|
||
\c 22
|
||
\p
|
||
\v 1 यसैले दाऊद त्यहाँबाट भागे र अदुल्लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।
|
||
\v 2 कष्टमा परेका हरेक, ऋणमा परेका हरेक र असन्तुष्ट हरेक, ती सबै तिनीकहाँ भेला भए । दाऊद तिनीहरूका कप्तान भए । तिनीसँग करिब चार सय जना मानिस थिए ।
|
||
\s5
|
||
\v 3 तब दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए । तिनले मोआबको राजालाई भने, "कृपया, परमेश्वरले मेरो निम्ति के गर्नुहुन्छ भनी मैले थाहा नपाएसम्म मेरो बुबा र मेरो आमालाई तपाईंकहाँ रहन दिनुहोस् ।"
|
||
\v 4 तिनले तिनीहरूलाई मोआबको राजासँग छोडे । दाऊद किल्लामा रहँदा तिनका बुबा र आमा पुरा समय तिनीसँगै बसे ।
|
||
\v 5 तब गाद अगमवक्ताले दाऊदलाई भने, "तपाईंको किल्लामा नबस्नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।" त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए ।
|
||
\s5
|
||
\v 6 दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्ने कुरा शाऊलले सुने । अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए र तिनका सेवकहरू तिनका वरिपरि खडा थिए ।
|
||
\s5
|
||
\v 7 शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, "हे बेन्यामीनका मानिसहरू हो, सुन ! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्तानहरू र सयका कप्तानहरू बनाउनेछ,
|
||
\v 8 जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्छ ।"
|
||
\s5
|
||
\v 9 तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, "यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें ।
|
||
\v 10 परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्ती गोल्यतको तरवार दिए ।”
|
||
\s5
|
||
\v 11 अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक, र तिनका बुबाको घरानाका सबै, नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए । तिनीहरू सबै जना राजाकहाँ आए ।
|
||
\v 12 शाऊलले भने, "अहितूबका छोरा सुन् ।" तिनले जवाफ दिए, "म यहाँ छु मालिक ।"
|
||
\v 13 शाऊलले तिनलाई भने, "तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्तमा लुक्न सकोस्, जस्तो आज उसले गरेको छ ?"
|
||
\s5
|
||
\v 14 अनि अहीमेलकले राजालाई जवाफ दिए र भने, "तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्वासयोग्य, जो राजाका ज्वाइँ, तपाईंको अङ्गरक्षकका कप्तान र तपाईंको घरानामा आदर गरिएको अरू को छ?
|
||
\v 15 तिनलाई सहायता मिलोस् भनी मैले परमेश्वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो र? यो मबाट दुर होस्! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला । किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन ।"
|
||
\s5
|
||
\v 16 राजाले जवाफ दिए, "अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्चय नै मर्नेछौ ।"
|
||
\v 17 राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, "फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्यो कुरा मलाई प्रकट गरेनन् ।" तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्ना हात हालेनन् ।
|
||
\s5
|
||
\v 18 तब राजाले दोएगलाई भने, "फर्की र पुजारीहरूलाई मार् ।" त्यसैले एदोमी दोएग फर्के र पुजारीहरूलाई आक्रमण गरे । त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्यो ।
|
||
\v 19 उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्यो । पुरुष र स्त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्यो ।
|
||
\s5
|
||
\v 20 तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के र दाऊदकहाँ गए ।
|
||
\v 21 शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए ।
|
||
\s5
|
||
\v 22 दाऊदले अबीयाथारलाई भने, "एदोमी दोएगलाई त्यहाँ देख्दा नै मलाई त्यसै दिन थाहा थियो, कि उसले निश्चय पनि शाऊललाई भन्नेछ । तिम्रो बुबाको परिवारको हरेकको मृत्युको निम्ति म जिम्मेवार छु ।
|
||
\v 23 मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।"
|
||
\s5
|
||
\c 23
|
||
\p
|
||
\v 1 तिनीहरूले दाऊदलाई भने, "हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्नका खलाहरू लूटिरहेका छन् ।"
|
||
\v 2 त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, "के म जाऊँ र पलिश्तीहरूलाई आक्रमण गरूँ?" परमप्रभुले दाऊदलाई भन्नुभयो, "जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।"
|
||
\s5
|
||
\v 3 दाऊदका मानिसहरूले तिनलाई भने, "हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?
|
||
\v 4 तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्नुभयो, "उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।"
|
||
\s5
|
||
\v 5 दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।
|
||
\v 6 जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।
|
||
\s5
|
||
\v 7 दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, "परमेश्वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ
|
||
\v 8 युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्ना सबै फौजलाई बोलाए ।
|
||
\v 9 शाऊलले आफ्नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, "एपोद यहाँ ल्याऊ ।"
|
||
\s5
|
||
\v 10 तब दाऊदले भने, "हे परमप्रभु, इस्राएलका परमेश्वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्ने तपाईंको दासले सुनेको छ ।
|
||
\v 11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्नो दासलाई भन्नुहोस् ।" परमप्रभुले भन्नुभयो, "ऊ तल आउनेछ ।"
|
||
\s5
|
||
\v 12 तब दाऊदले भने, "के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?" परमप्रभुले भन्नुभयो, "तिनीहरूले तिमीहरूलाई सुम्पनेछन् ।"
|
||
\s5
|
||
\v 13 तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।
|
||
\v 14 दाऊद उजाड-स्थान भएका किल्लाहरूमा, जीपको उजाड-स्थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्वरले तिनलाई उनको हातमा दिनुभएन ।
|
||
\s5
|
||
\v 15 शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्थान थिए ।
|
||
\v 16 तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्वरमा तिनको हातलाई बलियो बनाए ।
|
||
\s5
|
||
\v 17 उनले तिनलाई भने, "नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।"
|
||
\v 18 तिनीहरूले परमप्रभुको सामु करार गरे । दाऊद होरेशमा नै रहे र जोनाथन घर गए ।
|
||
\s5
|
||
\v 19 त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, "के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र?
|
||
\v 20 अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्पने हुनेछ ।"
|
||
\s5
|
||
\v 21 शाऊलले भने, "तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् । किनकि तिमीहरूले ममाथि दया गरेका छौ ।
|
||
\v 22 जाओ, अझै पक्का गर । तिनको लुक्ने ठाउँ कहाँ छ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ र पत्ता लगाओ । ऊ धेरै चतुर छ भनी मलाई भनिएको छ ।
|
||
\v 23 त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्नेछु ।"
|
||
\s5
|
||
\v 24 तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्थानमा थिए ।
|
||
\v 25 शाऊल र उनका मानिसहरू तिनलाई खोज्न गए । तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्थानमा बसे । जब शाऊलले त्यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्थानमा लखेटे ।
|
||
\s5
|
||
\v 26 शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्न घेरा लगाउँदै थिए,
|
||
\v 27 एक जना दूत शाऊलकहाँ आयो र भन्यो, "छिटो गर्नुहोस् र आउनुहोस्, किनकि पलिश्तीहरूले देश लुटेका छन् ।"
|
||
\s5
|
||
\v 28 त्यसैले शाऊल दाउदलाई खेद्न छोडेर फर्के र पलिश्तीहरूका विरुद्ध लड्न गए । यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो ।
|
||
\v 29 त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।
|
||
\s5
|
||
\c 24
|
||
\p
|
||
\v 1 जब पलिश्तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, "दाऊद एन-गदीको उजाड-स्थानमा छन् ।"
|
||
\v 2 त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्न घोरलको चट्टानमा गए ।
|
||
\s5
|
||
\v 3 तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए ।
|
||
\v 4 दाऊदका मानिसहरूले तिनलाई भने, "तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्पने छु' भनी परमप्रभुले तपाईंलाई भन्नुभएको दिन यही हो ।" अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्त्रको छेउ काटे ।
|
||
\s5
|
||
\v 5 पछि दाऊदको हृदयमा कष्ट भयो किनभने तिनले शाऊलको वस्त्रको छेउ काटेका थिए ।
|
||
\v 6 तिनले आफ्ना मानिसहरूलाई भने, "परमप्रभुका अभिषिक्त जन, उहाँ परमप्रभुका अभिषिक्त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्नुभएको होस् ।”
|
||
\v 7 त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।
|
||
\s5
|
||
\v 8 पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः "हे मेरो मालिक महाराजा ।" जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे ।
|
||
\v 9 दाऊदले शाऊललाई भने, " 'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ?
|
||
\s5
|
||
\v 10 तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्त जन हुनुहुन्छ ।'
|
||
\v 11 हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्नुहुन्छ ।
|
||
\s5
|
||
\v 12 तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।
|
||
\v 13 जस्तो पुरानो उखान छ, 'दुष्टबाट नै दुष्टता निस्कन्छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।
|
||
\s5
|
||
\v 14 इस्राएलका राजा कसको पछि आएका छन्? कसलाई तपाईंले खेद्दै हुनुहुन्छ? एउटा मरेको कुकुरलाई होइन र! एउटा उपियाँलाई होइन र!
|
||
\v 15 परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।
|
||
\s5
|
||
\v 16 जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, "मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?" शाऊलले डाँको छोडेर रोए ।
|
||
\s5
|
||
\v 17 तिनले दाऊदलाई भने, "मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।
|
||
\v 18 तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।
|
||
\s5
|
||
\v 19 किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।
|
||
\v 20 अब मलाई थाहा भयो कि तिमी साँच्चै नै राजा हुनेछौ र इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ ।
|
||
\s5
|
||
\v 21 तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।
|
||
\v 22 त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।
|
||
\s5
|
||
\c 25
|
||
\p
|
||
\v 1 शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्थानमा तल झरे ।
|
||
\s5
|
||
\v 2 माओनमा एक जना मानिस थिए जसको सम्पत्ति कार्मेलमा थियो । त्यो मानिस धेरै धनी थियो । उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए । उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो ।
|
||
\v 3 त्यो मानिसको नाउँ नाबाल थियो । उसकी पत्नीको नाउँ अबीगेल थियो । ती स्त्री बुद्धिमती र देख्नमा सुन्दरी थिइन् । तर त्यो मानिस आफ्नो व्यावहारमा कठोर र खराब थियो । ऊ कालेबको घरानाको सन्तान थियो ।
|
||
\s5
|
||
\v 4 नाबालले उजाड-स्थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने ।
|
||
\v 5 त्यसैले दाऊदले दस जना जवान मानिसलाई पठाए । दाऊदले ती जवान मानिसहरूलाई भने, "कार्मेलमा माथि जाओ, नाबालकहाँ जाओ र मेरो नाउँमा तिनलाई अभिवादन गर ।
|
||
\v 6 तिमीहरूले तिनलाई भन्नु, "समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्ति होस् ।
|
||
\s5
|
||
\v 7 तपाईंसँग ऊन कत्रनेहरू छन् भनी म सुन्छु । तपाईंका गोठालाहरू हामीसँग छन् र हामीले तिनीहरूलाई कुनै हानि गरेनौं र तिनीहरू कार्मेलमा हुँदा तिनीहरूले कुनै पनि कुरा गुमाएनन् ।
|
||
\v 8 तपाईंका जवान मानिसहरूलाई सोध्नुहोस् र तिनीहरूले तपाईंलाई भन्नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।"
|
||
\s5
|
||
\v 9 जब दाऊदका जवान मानिसहरू आइपुगे, तिनीहरूले यी सबै कुरा दाऊदको तर्फबाट नाबाललाई भने र प्रतिक्षा गरे ।
|
||
\v 10 नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, "दाऊद को हुन् र यिशैका छोरा को हुन्? आजभोलि आफ्ना मालिकहरूबाट भाग्ने धेरै जना सेवकहरू छन् ।
|
||
\v 11 के मैले आफ्ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु, मेरो रोटी र मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ?"
|
||
\s5
|
||
\v 12 त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।
|
||
\v 13 दाऊदले तिनका मानिसहरूलाई भने, "हरेक मानिसले आ-आफ्नो तरवार भिर ।" त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।
|
||
\s5
|
||
\v 14 तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भने । तिनले भने, "दाऊदले उजाड-स्थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए र तिनले उनीहरूको अपमान गरे ।
|
||
\v 15 तापनि ती मानिसहरू हामीप्रति धेरै असल थिए । हामी बाहिर चरनमा हुँदा तिनीहरूसँग जाँदा र हामीलाई कुनै हानि भएन र कुनै कुरा पनि गुामएनौं ।
|
||
\s5
|
||
\v 16 हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।
|
||
\v 17 यसकारण यो कुरा जान्नुहोस् र तपाईंले के गर्नुपर्ने हो सो विचार गर्नुहोस्, किनकि हाम्रा मालिक र उहाँका सारा घरानाका विरुद्ध खराब षड्यन्त्र रचिएको छ । उहाँ यस्तो वेकामको मानिस हुनुहुन्छ, उहासँग कसैले वहस गर्न सक्दैन ।"
|
||
\s5
|
||
\v 18 अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्न, एक सय झुप्पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् ।
|
||
\v 19 तिनले आफ्ना जवान मानिसहरूलाई भनिन्, "मेरो अगिअगि जाओ र म तिमीहरूको पछिपछि आउनेछु ।" तर तिनले आफ्नो पति नाबाललाई यो कुरा भनिनन् ।
|
||
\s5
|
||
\v 20 जसै तिनी आफ्नो गधामा चढिन् र पहाडको बिचतिर आइपुगिन्, दाऊद र तिनका मानिसहरू तिनीकहाँ तल आए र तिनले तिनीहरूलाई भेटिन् ।
|
||
\s5
|
||
\v 21 दाऊदले भनेका थिए, "निश्चय नै यो मानिसँग उजाड-स्थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।
|
||
\v 22 भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्तै र यो भन्दा बढ्ता होस् ।"
|
||
\s5
|
||
\v 23 जब अबीगेलले दाऊदलाई देखिन्, तिनी हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन् र दाऊदको सामु तिनले शिर तल गरिन् र जमिनमा घोप्टो परिन् ।
|
||
\v 24 तिनी दाऊदको पाउमा परिन् र भनिन्, "हे मेरो मालिक, सारा दोष ममाथि नै परोस् । कृपया आफ्नो दासीलाई तपाईंसँग बोल्न दिनुहोस् र आफ्नो दासीको कुरा सुन्नुहोस् ।
|
||
\s5
|
||
\v 25 मेरो मालिकले यो वेकामको मानिस नाबालको ख्याल नगर्नुहोस्, किनकि जस्तो उसको नाम छ ऊ त्यस्तै छ । उसको नाम नाबाल हो र उससँग मूर्खता छ । तर मेरो मालिकले पठाउनुभएका हजुरका जवान मानिसहरूलाई म तपाईंकी दासीले देखिन ।
|
||
\v 26 अब, हे मेरा मालिक, जस्तो परमप्रभु जीवित हुनुहुन्छ र हजूर जीवित हुनुहुन्छ, किनकि परमप्रभुले तपाईंलाई रक्तपात गर्न र आफ्नो शत्रुमाथि आफ्नै हातले बद्ला लिनबाट रोक्नुभएको छ, अब हे मेरा मालिक, तपाईंका सत्रुहरू र तपाईंको खराबी गर्न खोज्ने सबै नाबालजस्तै होऊन् ।
|
||
\s5
|
||
\v 27 अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्ने जवान मानिसहरूलाई दिइयोस् ।
|
||
\v 28 कृपया आफ्नो दासीको अपराध क्षमा गर्नुहोस्, किनकि परमप्रभुले निश्चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुनेछ, किनकि मेरो मालिकले परमप्रभुको युद्ध लडिरहनुभएको छ । र तपाईं जिवित बएसम्म तपाईंमा कुनै खराबी भेट्टाइने छैन ।
|
||
\s5
|
||
\v 29 तपाईंको ज्यान लिनलाई मानिसहरूले तपाईंलाई लखेटे तापनि मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्वरले जीवितहरूको मुट्ठामा बाँध्नुहुनेछ । अनि उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयत्रोको पाकेटबाट फालेझैं फाल्नुहुनेछ ।
|
||
\s5
|
||
\v 30 परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएको छ ।
|
||
\v 31 तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन । किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् ।"
|
||
\s5
|
||
\v 32 दाऊदले अबीगेललाई भने, "इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो ।
|
||
\v 33 तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्तपात र आफ्नो निम्ति आफ्नै हातले बद्ला लिनबाट बचाएकी छ्यौ !
|
||
\s5
|
||
\v 34 किनकि साँचो भन्दा, जस्तो परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ, जसले मलाई तिमीलाई चोट पुर्याउनबाट बचाउनुभयो, तिमी मलाई भेट्न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन ।"
|
||
\v 35 त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे । तिनले उनलाई भने, "आफ्नो घरमा शान्तिसँग जाऊ । हेर, मैले तिम्रो कुरा सुनेको छु र तिमीलाई स्वीकार गरेको छु ।"
|
||
\s5
|
||
\v 36 अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् ।
|
||
\s5
|
||
\v 37 बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्नीले उसलाई यी कुराहरू भनिन् । उसको हृदय आफैभित्र मर्यो र ऊ ढुङ्गाजस्तो भयो ।
|
||
\v 38 दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्यो ।
|
||
\s5
|
||
\v 39 जब नाबाल मर्यो भन्ने दाऊदले सुने, तिनले भने, "परमप्रभु धन्यको होऊन्, जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ र आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ । उहाँले नाबालको दुष्ट कामलाई उसैको आफ्नै शिरमा खन्याउनुभएको छ ।" तब दाऊदले अबीगेललाई आफ्नी पत्नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए ।
|
||
\v 40 जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, "दाऊदले तपाईंलाई आफ्नो पत्नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।"
|
||
\s5
|
||
\v 41 उनी उठिन्, आफ्नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, "हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।"
|
||
\v 42 अबीगेलले हतार गरिन् र उठिन् र आफूसँगै लान आफ्ना पाँच जना दासीहरूसँगै गधामा बसिन्, अनि उनी दाऊदको दूतहरूको पछि लागिन् र तिनकी पत्नी भइन् ।
|
||
\s5
|
||
\v 43 यति बेला दाऊदले यिजरेलकी अहीनोमलाई पनि पत्नीको रूपमा लिएका थिए । ती दुवै जना तिनकी पत्नीहरू भए ।
|
||
\v 44 साथै शाऊलले आफ्नी छोरी, दाऊदकी पत्नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए ।
|
||
\s5
|
||
\c 26
|
||
\p
|
||
\v 1 जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, "के दाऊद यशीमोन सामुन्नेको हकीलाहको पहाडमा लुकिरहेका छैनन् ?"
|
||
\v 2 तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्थानमा दाऊदलाई खोज्न तल गए ।
|
||
\s5
|
||
\v 3 शाऊलले हकीलाहको पहाडमा छाउनी हाले, जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा छ । तर दाऊदचाहिं उजाड-स्थानमा बसिरहेका थिए र शाऊल तिनको पछिपछि उजाड-स्थानमा आएको तिनले देखे ।
|
||
\v 4 त्यसैले शाऊल साँच्चै नै आएका थिए भनी थाहा पाउनलाई दाऊदले गुप्तचरहरू पठाए ।
|
||
\s5
|
||
\v 5 दाऊद उठे र शाऊलले छाउनी हालेको ठाउँमा गए । शाऊल र तिनका फौजका सेनापति नेरका छोरा अबनेर कहाँ सुतेका ठाउँ देखे । शाऊल छाउनीमा सुते र मानिसहरूले तिनका वरिपरि छाउनी हालेका थिए र सबै मस्त निद्रामा थिए ।
|
||
\s5
|
||
\v 6 तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, "शाऊलको छाउनीमा तल मसँग को जानेछ?" अबीशैले भने, "म ! म तपाईंसँग जानेछु ।"
|
||
\v 7 त्यसैले दाऊद र अबीशै राती फौज भएको ठाउँतिर गए । शाऊल आफ्नो भाला आफ्नो शिर नजिकै भूइँमा गाडेर छाउनीभित्र सुतिरहेका थिए । अबनेर र तिनका सिपाहीहरू तिनको वरिपरि सुतेका थिए ।
|
||
\v 8 अबीशैले दाऊदलाई भने, "परमेश्वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको छ । कृपया, तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्न मलाई दिनुहोस् । म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ ।"
|
||
\s5
|
||
\v 9 दाऊदले अबीशैलाई भने, "तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?"
|
||
\v 10 दाऊदले भने, "जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।
|
||
\s5
|
||
\v 11 परमप्रभुको अभिषिक्त जनामाथि मैले आफ्नो हात उठाउने कुरा उहाँले दूर गर्नुभएको होस् । तर अब म तिमीलाई अनुरोध गर्छु, तिनको शिरमा भएको भाला र पानीको सुराही लेऊ र हामी जाऔं ।"
|
||
\v 12 त्यसैले दाऊदले भाला र पानीको सुराही शाऊलको शिरनेरबाट लिए र तिनीहरू गए । तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन, न त कोही ब्युँझिए, किनकि तिनीहरू सबै मस्त निदाएका थिए, किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो ।
|
||
\s5
|
||
\v 13 तब दाऊद पारिपट्टि गए र टाढा पहाडको टाकुरमा खडा भए । तिनीहरू बिच लामो दूरी थियो ।
|
||
\v 14 दाऊदले मानिसहरू र नेरका छोरा अबनेरलाई कराए । तिनले भने, "ए अबनेर के तिमीले जवाफ दिंदैनौ?" तब अबनेरले जवाफ दिए र भने, "राजामाथि कराउने तिमी को हौ?"
|
||
\s5
|
||
\v 15 दाऊदले अबनेरलाई भने, "के तिमी साहसी मानिस होइनौ? इस्राएलमा तिमी जस्तो को छ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो ।
|
||
\v 16 तिमीले गरेको यो कुरा ठीक छैन । जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर !"
|
||
\s5
|
||
\v 17 शाऊलले दाऊदको सोर चिने र भने, "ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?" दाऊदले भने, "हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।"
|
||
\v 18 तिनले भने, "मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?
|
||
\s5
|
||
\v 19 यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'
|
||
\v 20 यसकारण अभ, मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् । किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्न निस्केर आएका छन् ।"
|
||
\s5
|
||
\v 21 तब शाऊलले भने, "मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।"
|
||
\s5
|
||
\v 22 दाऊदले जवाफ दिए र भने, "हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् ।
|
||
\v 23 हरेक मानिसलाई आफ्नो धार्मिकता र विश्वस्तताको निम्ति परमप्रभुले नै इनाम दिनुभएको होस् । किनभने परमप्रभुले तपाईंलाई आज मेरो हातमा दिनुभयो, तर मैले उहाँको अभिषिक्त जनलाई प्रहार गरिनँ ।
|
||
\s5
|
||
\v 24 हेर्नुहोस्, आज मेरो दृष्टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो, त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्टिमा धेरै मूल्यवान होस् र उहाँले नै मलाई मेरा सबै कष्टहरूबाट छुटकारा दिनुभएको होस् ।
|
||
\v 25 तब शाऊलले दाऊदलाई भने, "ए मेरा छोरा दाऊद, तिमीलाई आशिष् मिलोस्! तिमीले निश्चय नै ठुला कुराहरू गर्नेछौ र तिनमा तिमी सफल हुनेछौ ।" त्यसैले दाऊद आफ्नो बाटो लागे र शाऊल आफ्नै ठाउँतिर फर्के ।
|
||
\s5
|
||
\c 27
|
||
\p
|
||
\v 1 दाऊदले आफ्नो मनमा भने, "म कुनै दिन शाऊलको हातबाट नष्ट हुन्छु । मलाई पलिश्तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।"
|
||
\s5
|
||
\v 2 दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए ।
|
||
\v 3 दाऊद र तिनीसँग भएका मानिसहरू, तिनका आफ्नै घरानाका हरेक मानिस, र दाऊदका आफ्नी दई जना पत्नी यिजरेली अहीनोम र नाबालकी पत्नी कार्मेली स्त्री अबीगेल गातमा आकीशसँग बसे ।
|
||
\v 4 दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्न छोडे ।
|
||
\s5
|
||
\v 5 दाऊदले आकीशलाई भने, "मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने, देशभित्रका सहरमध्ये मलाई एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बस्न सकूँ । तपाईंको दास तपाईंसँग राजकीय सहरमा किन बस्नु?"
|
||
\v 6 त्यसैले त्यो दिन आकीशले तिनलाई सिक्लग दिए । त्यसैले सिक्लग आजको दिनसम्म पनि यहूदाका राजाहरूको अधीनमा छ ।
|
||
\v 7 दाऊद पलिश्तीहरूको देशमा पुरा एक वर्ष चार महिनासम्म बसे ।
|
||
\s5
|
||
\v 8 दाऊद र तिनका मानिसहरूले विभिन्न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए ।
|
||
\v 9 दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्थे र आकीशकहाँ आउँथे ।
|
||
\s5
|
||
\v 10 आकीशले भन्थे, "आज तिमीले कसलाई लुट्यौ?" दाऊदले जवाफ दन्थे, "यहूदाको दक्षिणतिर" वा "यरहमेलीहरूको दक्षिणतिर" वा "केनीहरूको दक्षिणतिर ।"
|
||
\s5
|
||
\v 11 दाऊदले, "तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्न नसकून्" भनेर गातमा ल्याउनलाई न पुरुष न त स्त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो ।
|
||
\v 12 आकीशले यसो भन्दै दाऊदलाई विश्वास गरे, "इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।"
|
||
\s5
|
||
\c 28
|
||
\p
|
||
\v 1 ती दिनहरूमा पलिश्तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, "तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्ने जानी राख ।"
|
||
\v 2 दाऊदले आकीशलाई भने, "तपाईंको दासले के गर्न सक्छ भन्ने तपाईंले जान्नु हुनेछ ।" आकीशले दाऊदलाई भने, "त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।"
|
||
\s5
|
||
\v 3 यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
|
||
\v 4 तब पलिश्तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
|
||
\s5
|
||
\v 5 जब शाऊलले पलिश्तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।
|
||
\v 6 शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
|
||
\v 7 तब शाऊलले आफ्नो सेवकहरूलाई भने, "मृतकसँग कुरा गर्ने एक जना स्त्री मेरो निम्ति खोजेर ल्याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्न सकूँ ।" तिनका सेवकहरूले तिनलाई भने, "हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्ने दाबी गर्ने एक जना स्त्री एन्दोरमा छिन् ।"
|
||
\s5
|
||
\v 8 शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्त्री कहाँ राती गए । तिनले भने, "म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्छु त्यो मलाई ल्याइदेऊ ।"
|
||
\v 9 स्त्रीले तिनलाई भनिन्, "हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?"
|
||
\v 10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, "जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।"
|
||
\s5
|
||
\v 11 तब ती स्त्रीले भनिन्, "म तपाईंको निम्ति कसलाई ल्याउँ?" शाऊलले भने, "मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।"
|
||
\v 12 जब ती स्त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, "तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।"
|
||
\s5
|
||
\v 13 राजाले उनलाई भने, "नडराऊ । तिमीले के देख्छौ?" ती स्त्रीले शाऊललाई भनिन्, "पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।"
|
||
\v 14 तिनले उनलाई भने, "त्यो कस्तो छ?" उनले भनिन्, "एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।" यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
|
||
\s5
|
||
\v 15 शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्यौ र मलाई माथि ल्यायौ?" शाऊलले जवाफ दिए, "म अति नै व्याकुल छु, किनभने पलिश्तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।"
|
||
\s5
|
||
\v 16 शमूएलले भने, "तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ ?
|
||
\v 17 परमप्रभुले जे गर्छु भन्नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
|
||
\s5
|
||
\v 18 किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।
|
||
\v 19 परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्तीहरूको हातमा सुम्पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्तीहरूको हातमा दिनुहुनेछ ।"
|
||
\s5
|
||
\v 20 तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।
|
||
\v 21 ती स्त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, "हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्नुभएको कुरा पालन गरेकी छु ।
|
||
\s5
|
||
\v 22 यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।"
|
||
\v 23 तर शाऊलले इन्कार गरे र भने, "मैले खाने छैन ।" तर ती स्त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।
|
||
\s5
|
||
\v 24 ती स्त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।
|
||
\v 25 उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्यही रातमा निस्किए ।
|
||
\s5
|
||
\c 29
|
||
\p
|
||
\v 1 अब पलिश्तीहरूले आफ्ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्रएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।
|
||
\v 2 पलिश्तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्गरक्षकहरू थिए ।
|
||
\s5
|
||
\v 3 तब पलिश्तीहरूका शासकहरूले भने, "यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?" आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, "यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन्?"
|
||
\s5
|
||
\v 4 तर पलिश्तीहरूका शासकहरू तिनीसँग रिसाए र भने, "उसलाई फिर्ता पठाउनुहोस्, कि उसलाई दिइएको ठाउँमा फर्कोस् । ऊ हामीसँग युद्ध जानेछैन, किनकि ऊ युद्धको समयमा हाम्रै विरुद्धमा जाइलग्नेछ । किनकि उसले हाम्रा मानिसहरूको शिर काट्नुभन्दा अरू कसरी आफ्नो मालिकप्रति आफूलाई स्वीकारयोग्य बनाउन सक्छ र?
|
||
\s5
|
||
\v 5 के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?"
|
||
\s5
|
||
\v 6 त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, "जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।
|
||
\v 7 त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्ती शासकहरूलाई अप्रशन्न तुल्याउनेछैनौ ।
|
||
\s5
|
||
\v 8 दाऊदले आकीशलाई भने, "तर मैले के गरेको छु? म तपाईंको सामुन्ने आजको दिनसम्म बस्दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्दिन ?"
|
||
\v 9 आकीशले दाऊदलाई जवाफ दिए र भने, "तिमी मेरो दृष्टिमा परमेश्वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्ती शासकहरूले भनेका छन्, 'यिनी हामीसँग युद्धमा जानुहुँदैन ।'
|
||
\s5
|
||
\v 10 त्यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्दो सबेरै र उज्यालो हुनुअघि नै गइहाल ।"
|
||
\v 11 त्यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिंडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए ।
|
||
\s5
|
||
\c 30
|
||
\p
|
||
\v 1 जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्लगलाई आक्रमण गरे र त्यसलाई आगोले लगाए,
|
||
\v 2 र यसमा भएका स्त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।
|
||
\s5
|
||
\v 3 जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
|
||
\v 4 जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
|
||
\s5
|
||
\v 5 दाऊदका दुवै पत्नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।
|
||
\v 6 दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्वरमा आफूलाई शक्तिशाली बनाए ।
|
||
\s5
|
||
\v 7 दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, "बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।" अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।
|
||
\v 8 दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, "के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्छु?" परमप्रभुले तिनलाई जवाफ दिनुभयो, "खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्चय नै भेट्टाउनेछस् र तैंले निश्चय नै सबै थोक छुटाउनेछस् ।"
|
||
\s5
|
||
\v 9 त्यसैले दाऊद, आफू र आफूसँग भएका छ सय जना मानिस लिएर गए । तिनीहरू बसोरको खोल्सामा आए, जहाँ छोडिएकाहरू बसेका थिए ।
|
||
\v 10 तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
|
||
\s5
|
||
\v 11 तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।
|
||
\v 12 र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन ।
|
||
\s5
|
||
\v 13 दाऊदले उसलाई सोधे, "तिमी को हौ? तिमी कहाँबाट आएका हौ?" उसले भन्यो, "म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ । मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ ।
|
||
\v 14 हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।"
|
||
\s5
|
||
\v 15 दाऊदले उसलाई भने, "के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?" त्यो मिश्रीले भने, "तपाईंले मलाई मार्नुहुन्न वा मलाई मेरो मालिकको हातमा सुम्पनुहुन्न भनी परमेश्वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”
|
||
\s5
|
||
\v 16 जब त्यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।
|
||
\v 17 दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् ।
|
||
\s5
|
||
\v 18 अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्त गरे । अनि दाऊदले आफ्नी दुई जना पत्नीलाई पनि छुटाए ।
|
||
\v 19 कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।
|
||
\v 20 दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, "यो दाऊदको लूटको माल हो ।"
|
||
\s5
|
||
\v 21 दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
|
||
\v 22 तब दाऊदसँग गएका सबै दुष्ट र वेकामका मानिसले भने, "यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।"
|
||
\s5
|
||
\v 23 तब दाऊदले भने, " मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्तो व्यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
|
||
\v 24 तिमीहरूको यो कुरा कसले सुन्नेछ? किनभने युद्धमा जानेहरूको हिस्सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्सा पनि त्यत्ति नै हुनेछ । तिनीहरूले बाँड्नेछन् अनि बराबर बाँड्नेछन् ।"
|
||
\v 25 त्यस दिनदेखि आजको दिनसम्म यस्तै चलन छ, किनभने दाऊदले यसलाई इस्राएलको निम्ति नियम र आदेश नै बनाए ।
|
||
\s5
|
||
\v 26 जब दाऊद सिक्लगमा आए, तिनले आफ्ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, "हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्ति उपहार यहाँ छ ।"
|
||
\v 27 तिनले बेथेलमा भएका, दक्षिणको रामोतमा, यत्तीरमा भएकाहरू,
|
||
\v 28 र अरोएरमा भएका, सिपमोतमा भएका, एश्तामिमा भएका धर्म-गुरुहरुलाई केही पठाए ।
|
||
\s5
|
||
\v 29 तिनले केही कुरा राकालमा भएका, यरहमेलीहरूका सहरहरूमा भएका, केनीहरूका सहरमा भएका,
|
||
\v 30 होर्मामा भएका, बोर-आशानमा भएका, अत्ताकमा भएका,
|
||
\v 31 र हेब्रोनमा भएका र दाऊद आफै र आफ्ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए ।
|
||
\s5
|
||
\c 31
|
||
\p
|
||
\v 1 यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
|
||
\v 2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
|
||
\v 3 युद्ध शाऊलको विरुद्धमा निकै भारी पर्यो र धनुर्धारीहरूले तिनलाई भेट्टाए । तिनीहरूका कारणले गर्दा तिनी घोर पीडामा परे ।
|
||
\s5
|
||
\v 4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, "तेरो तरवार थुत र त्यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।" तर तिनका हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।
|
||
\v 5 जब तिनका हतियार बोक्नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।
|
||
\v 6 यसरी शाऊल, तिनका तिन जना छोरा र तिनका हतियार बोक्ने मरे— यी मानिसहरू सबै त्यसै दिन मरे ।
|
||
\s5
|
||
\v 7 जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्ना सहरहरू छाडे र भागे, अनि पलिश्तीहरू आए र तिनीहरूमा बसोबास गरे ।
|
||
\v 8 भोलिपल्ट यसो भयो, जब पलिश्तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।
|
||
\s5
|
||
\v 9 तिनीहरूले उनको शिर काटे, उनको हतियार लूटे र आफ्ना मूर्तीहरूका मन्दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्तीहरूका देशभरि दूतहरू पठाए ।
|
||
\v 10 उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे ।
|
||
\s5
|
||
\v 11 जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्तीहरूले शाऊललाई गरेका कुरा सुने,
|
||
\v 12 तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।
|
||
\v 13 त्यसपछि तिनीहरूले उनीहरूका हड्डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे । |