ne_luk_text_ulb/11/05.txt

1 line
1.5 KiB
Plaintext

\v 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्‍नेछ ‘हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस् । \v 6 मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’ \v 7 त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’ \v 8 म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ ।