ne_luk_text_ulb/10/13.txt

1 line
890 B
Plaintext

\v 13 खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे । \v 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ । \v 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ ? होइन, तँलाई पातालमा ल्याइनेछ ।