ne_luk_text_ulb/01/26.txt

1 line
1.1 KiB
Plaintext

\v 26 एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो । \v 27 परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो । \v 28 उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन ! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ ।” \v 29 तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् ।