commit 7fc3431b5660ec78f00362a938a6ac3722449849 Author: rene_aril Date: Wed Mar 31 22:09:46 2021 +0800 Wed Mar 31 2021 22:09:46 GMT+0800 (PST) diff --git a/01/01.txt b/01/01.txt new file mode 100644 index 0000000..ba2e7f2 --- /dev/null +++ b/01/01.txt @@ -0,0 +1 @@ +\v 1 पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट । \v 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् । \ No newline at end of file diff --git a/01/03.txt b/01/03.txt new file mode 100644 index 0000000..0e1ff04 --- /dev/null +++ b/01/03.txt @@ -0,0 +1 @@ +\v 3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो । \v 4 किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ । \v 5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ । \ No newline at end of file diff --git a/01/06.txt b/01/06.txt new file mode 100644 index 0000000..a4384cd --- /dev/null +++ b/01/06.txt @@ -0,0 +1 @@ +\v 6 अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ । \v 7 तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो । \ No newline at end of file diff --git a/01/08.txt b/01/08.txt new file mode 100644 index 0000000..a915572 --- /dev/null +++ b/01/08.txt @@ -0,0 +1 @@ +\v 8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ । \v 9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो । \v 10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए । \ No newline at end of file diff --git a/01/11.txt b/01/11.txt new file mode 100644 index 0000000..fdf0c13 --- /dev/null +++ b/01/11.txt @@ -0,0 +1 @@ +\v 11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो । \v 12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् । \ No newline at end of file diff --git a/01/13.txt b/01/13.txt new file mode 100644 index 0000000..157af12 --- /dev/null +++ b/01/13.txt @@ -0,0 +1 @@ +\v 13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख । \v 14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल । \ No newline at end of file diff --git a/01/15.txt b/01/15.txt new file mode 100644 index 0000000..1db47fa --- /dev/null +++ b/01/15.txt @@ -0,0 +1 @@ +\v 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ । \v 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।” \v 17 जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ । \ No newline at end of file diff --git a/01/18.txt b/01/18.txt new file mode 100644 index 0000000..1ed440b --- /dev/null +++ b/01/18.txt @@ -0,0 +1 @@ +\v 18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ । \v 19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ । \ No newline at end of file diff --git a/01/20.txt b/01/20.txt new file mode 100644 index 0000000..00dabac --- /dev/null +++ b/01/20.txt @@ -0,0 +1 @@ +\v 20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ । \v 21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो । \ No newline at end of file diff --git a/01/22.txt b/01/22.txt new file mode 100644 index 0000000..0671696 --- /dev/null +++ b/01/22.txt @@ -0,0 +1 @@ +\v 22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर । \v 23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट । \ No newline at end of file diff --git a/01/24.txt b/01/24.txt new file mode 100644 index 0000000..628b151 --- /dev/null +++ b/01/24.txt @@ -0,0 +1 @@ +\v 24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।” \v 25 तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो । \ No newline at end of file diff --git a/02/01.txt b/02/01.txt new file mode 100644 index 0000000..7a63a00 --- /dev/null +++ b/02/01.txt @@ -0,0 +1 @@ +\v 1 त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख । \v 2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, \v 3 यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने, \ No newline at end of file diff --git a/02/04.txt b/02/04.txt new file mode 100644 index 0000000..aefd6ba --- /dev/null +++ b/02/04.txt @@ -0,0 +1 @@ +\v 4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ । \v 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ । \ No newline at end of file diff --git a/02/06.txt b/02/06.txt new file mode 100644 index 0000000..c5f4b9b --- /dev/null +++ b/02/06.txt @@ -0,0 +1 @@ +\v 6 धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।” \ No newline at end of file diff --git a/02/07.txt b/02/07.txt new file mode 100644 index 0000000..ac01c3a --- /dev/null +++ b/02/07.txt @@ -0,0 +1 @@ +\v 7 त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।” \v 8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए । \ No newline at end of file diff --git a/02/09.txt b/02/09.txt new file mode 100644 index 0000000..1ab016c --- /dev/null +++ b/02/09.txt @@ -0,0 +1 @@ +\v 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक । \v 10 तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्‍वरको कृपा पाएका छौ । \ No newline at end of file diff --git a/02/11.txt b/02/11.txt new file mode 100644 index 0000000..7a7cb5e --- /dev/null +++ b/02/11.txt @@ -0,0 +1 @@ +\v 11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु । \v 12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् । \ No newline at end of file diff --git a/02/13.txt b/02/13.txt new file mode 100644 index 0000000..384e261 --- /dev/null +++ b/02/13.txt @@ -0,0 +1 @@ +\v 13 प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्, \v 14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् । \v 15 किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ । \v 16 स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरूजस्तै बन । \v 17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर । \ No newline at end of file diff --git a/02/18.txt b/02/18.txt new file mode 100644 index 0000000..7099f2d --- /dev/null +++ b/02/18.txt @@ -0,0 +1 @@ +\v 18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि । \v 19 किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो । \v 20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र ? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ । \ No newline at end of file diff --git a/02/21.txt b/02/21.txt new file mode 100644 index 0000000..e0ab503 --- /dev/null +++ b/02/21.txt @@ -0,0 +1 @@ +\v 21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । \v 22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । \v 23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो । \ No newline at end of file diff --git a/02/24.txt b/02/24.txt new file mode 100644 index 0000000..4316990 --- /dev/null +++ b/02/24.txt @@ -0,0 +1 @@ +\v 24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ । \v 25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ । \ No newline at end of file diff --git a/03/01.txt b/03/01.txt new file mode 100644 index 0000000..0c99a65 --- /dev/null +++ b/03/01.txt @@ -0,0 +1 @@ +\v 1 यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ । \v 2 किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन् । \ No newline at end of file diff --git a/03/03.txt b/03/03.txt new file mode 100644 index 0000000..8874022 --- /dev/null +++ b/03/03.txt @@ -0,0 +1 @@ +\v 3 यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर । \v 4 तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर । \ No newline at end of file diff --git a/03/05.txt b/03/05.txt new file mode 100644 index 0000000..655b396 --- /dev/null +++ b/03/05.txt @@ -0,0 +1 @@ +\v 5 किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे । \v 6 यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ । \ No newline at end of file diff --git a/03/07.txt b/03/07.txt new file mode 100644 index 0000000..dfe824b --- /dev/null +++ b/03/07.txt @@ -0,0 +1 @@ +\v 7 त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर । \ No newline at end of file diff --git a/03/08.txt b/03/08.txt new file mode 100644 index 0000000..cff076b --- /dev/null +++ b/03/08.txt @@ -0,0 +1 @@ +\v 8 अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ । \v 9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ । \ No newline at end of file diff --git a/03/10.txt b/03/10.txt new file mode 100644 index 0000000..b8657d7 --- /dev/null +++ b/03/10.txt @@ -0,0 +1 @@ +\v 10 “जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् । \v 11 ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् । \v 12 परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन् । तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।” \ No newline at end of file diff --git a/03/13.txt b/03/13.txt new file mode 100644 index 0000000..6e18ea4 --- /dev/null +++ b/03/13.txt @@ -0,0 +1 @@ +\v 13 तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ ? \v 14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ । \ No newline at end of file diff --git a/03/15.txt b/03/15.txt new file mode 100644 index 0000000..dc6348d --- /dev/null +++ b/03/15.txt @@ -0,0 +1 @@ +\v 15 बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस ? यो काम नम्रता र आदरपूर्वक गर । \v 16 असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् । \v 17 परमेश्‍वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्छ । \ No newline at end of file diff --git a/03/18.txt b/03/18.txt new file mode 100644 index 0000000..b9265b3 --- /dev/null +++ b/03/18.txt @@ -0,0 +1 @@ +\v 18 ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो । \v 19 उहाँ आत्मामा जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो । \v 20 नोआको समयमा जहाज बनाइँदा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो । \ No newline at end of file diff --git a/03/21.txt b/03/21.txt new file mode 100644 index 0000000..c26ac4b --- /dev/null +++ b/03/21.txt @@ -0,0 +1 @@ +\v 21 यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरेजस्तो नभई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो । \v 22 उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ । \ No newline at end of file diff --git a/04/01.txt b/04/01.txt new file mode 100644 index 0000000..7b7124a --- /dev/null +++ b/04/01.txt @@ -0,0 +1 @@ +\v 1 यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ । \v 2 यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाको निम्ति जिउँछ । \ No newline at end of file diff --git a/04/03.txt b/04/03.txt new file mode 100644 index 0000000..4e0796b --- /dev/null +++ b/04/03.txt @@ -0,0 +1 @@ +\v 3 किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ । \v 4 तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् । \v 5 तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् । \v 6 त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन् । \ No newline at end of file diff --git a/04/07.txt b/04/07.txt new file mode 100644 index 0000000..e9632cb --- /dev/null +++ b/04/07.txt @@ -0,0 +1 @@ +\v 7 सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो । \v 8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन । \v 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर, \ No newline at end of file diff --git a/04/10.txt b/04/10.txt new file mode 100644 index 0000000..41ba01a --- /dev/null +++ b/04/10.txt @@ -0,0 +1 @@ +\v 10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर । \v 11 यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन । \ No newline at end of file diff --git a/04/12.txt b/04/12.txt new file mode 100644 index 0000000..96487dd --- /dev/null +++ b/04/12.txt @@ -0,0 +1 @@ +\v 12 प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ । \v 13 तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ । \v 14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ । \ No newline at end of file diff --git a/04/15.txt b/04/15.txt new file mode 100644 index 0000000..076f5c4 --- /dev/null +++ b/04/15.txt @@ -0,0 +1 @@ +\v 15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् । \v 16 तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्‍वरको महिमा गरोस् । \ No newline at end of file diff --git a/04/17.txt b/04/17.txt new file mode 100644 index 0000000..caaae1f --- /dev/null +++ b/04/17.txt @@ -0,0 +1 @@ +\v 17 किनकि यो परमेश्‍वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला ? \v 18 अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला ?” \v 19 त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून् । \ No newline at end of file diff --git a/05/01.txt b/05/01.txt new file mode 100644 index 0000000..e9cfd2b --- /dev/null +++ b/05/01.txt @@ -0,0 +1 @@ +\v 1 सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु । \v 2 त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले । \v 3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन । \v 4 मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ । \ No newline at end of file diff --git a/05/05.txt b/05/05.txt new file mode 100644 index 0000000..9e44269 --- /dev/null +++ b/05/05.txt @@ -0,0 +1 @@ +\v 5 त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ । \v 6 त्यसकारण, आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस् । \v 7 तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ । \ No newline at end of file diff --git a/05/08.txt b/05/08.txt new file mode 100644 index 0000000..3deea74 --- /dev/null +++ b/05/08.txt @@ -0,0 +1 @@ +\v 8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ । \v 9 त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् । \ No newline at end of file diff --git a/05/10.txt b/05/10.txt new file mode 100644 index 0000000..74a81c4 --- /dev/null +++ b/05/10.txt @@ -0,0 +1 @@ +\v 10 तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ । \v 11 सबै शक्‍ति सदा सर्वदा उहाँकै होस् । आमेन । \ No newline at end of file diff --git a/05/12.txt b/05/12.txt new file mode 100644 index 0000000..3d01442 --- /dev/null +++ b/05/12.txt @@ -0,0 +1 @@ +\v 12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ । \v 13 तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् । \v 14 प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् । \ No newline at end of file diff --git a/LICENSE.md b/LICENSE.md new file mode 100644 index 0000000..98f733d --- /dev/null +++ b/LICENSE.md @@ -0,0 +1,29 @@ + +# License +## Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0) + +This is a human-readable summary of (and not a substitute for) the full license found at http://creativecommons.org/licenses/by-sa/4.0/. + +### You are free to: + + * **Share** — copy and redistribute the material in any medium or format + * **Adapt** — remix, transform, and build upon the material + +for any purpose, even commercially. + +The licensor cannot revoke these freedoms as long as you follow the license terms. + +### Under the following conditions: + + * **Attribution** — You must attribute the work as follows: "Original work available at https://door43.org/." Attribution statements in derivative works should not in any way suggest that we endorse you or your use of this work. + * **ShareAlike** — If you remix, transform, or build upon the material, you must distribute your contributions under the same license as the original. + +**No additional restrictions** — You may not apply legal terms or technological measures that legally restrict others from doing anything the license permits. + +### Notices: + +You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation. + +No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material. + +This PDF was generated using Prince (https://www.princexml.com/). diff --git a/front/title.txt b/front/title.txt new file mode 100644 index 0000000..59dabee --- /dev/null +++ b/front/title.txt @@ -0,0 +1 @@ +१ पत्रुस \ No newline at end of file diff --git a/manifest.json b/manifest.json new file mode 100644 index 0000000..09dbcb1 --- /dev/null +++ b/manifest.json @@ -0,0 +1,29 @@ +{ + "package_version": 6, + "format": "usfm", + "generator": { + "name": "ts-desktop", + "build": "5" + }, + "target_language": { + "id": "ne", + "name": "नेपाली", + "direction": "ltr" + }, + "project": { + "id": "1pe", + "name": "1 Peter" + }, + "type": { + "id": "text", + "name": "Text" + }, + "resource": { + "id": "ulb", + "name": "Unlocked Literal Bible" + }, + "source_translations": [], + "parent_draft": {}, + "translators": [], + "finished_chunks": [] +} \ No newline at end of file