ne_jas_text_ulb/05/13.txt

1 line
1.2 KiB
Plaintext

\v 13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? त्यसले प्रशंसाको गीत गाओस् । \v 14 के तिमीहरूका माझमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि तिनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा तिनीहरूले त्यसलाई तेलले अभिषेक गरून् । \v 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले त्यसलाई माथि उठाउनुहुनेछ । यदि त्यसले पाप गरेको छ भने, परमेश्‍वरले त्यसलाई क्षमा गर्नुहुनेछ ।