ne_jas_text_ulb/02/01.txt

1 line
1.5 KiB
Plaintext

\c 2 \v 1 मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर । \v 2 मानोें कि कोही मानिस तिमीहरूको सभामा सुनका औंठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा प्रवेश गर्‍यो । \v 3 यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीं उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, \v 4 के तिमीहरूले आफ्‍नेे बीचमा न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?