ne_eph_text_ulb/06/05.txt

1 line
1.4 KiB
Plaintext

\v 5 दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्‍टसँग आज्ञाकारी भए झैं तिनीहरूसँग आज्ञाकारी बन । \v 6 आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैं आज्ञाकारी बन, जसले आफ्ना हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर्छ । \v 7 मानिसहरूलाई सेवा पुर्‍याए झैं होइन, तर आफ्ना सारा हृदयले प्रभुको सेवा गरे झैं सेवा गर, \v 8 किनभने हामी यो जान्दछोें कि प्रत्येक मानिसले गर्ने जुनसुकेे असल कामको निम्ति त्यसले प्रभुबाट इनाम पाउनेछ, चाहे त्यो दास होस् वा मुक्त होस् ।