ne_eph_text_ulb/04/17.txt

1 line
1.1 KiB
Plaintext

\v 17 त्यसैले, म तिमीहरूलाई भन्दछु र प्रभुमा जोड दिन्छु, कि गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिंडे झैं अबदेखि तिमीहरू चाहिं हिंड्नुहुँदेेन । \v 18 तिनीहरू आफ्ना बुझाइमा अन्धा भएका छन्, तिनीहरूका हृदयको कठोरताको कारण, तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् । \v 19 तिनीहरू निर्लज्ज भएका छन् र आफेेलाई कामुकताको निम्ति सुम्पिदिएका छन् र तिनीहरू लालचका साथ हर किसिमका अशुद्धताको अभ्यास गर्छन् ।