ne_eph_text_ulb/04/14.txt

1 line
1.2 KiB
Plaintext

\v 14 ख्रीष्‍टले हामीलाई निर्माण गर्नुहुन्छ ताकि हामी बालकहरू जस्तै नहोऔं जो छालहरूद्वारा यता-उता बरालिन्छन्, सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा बहकिन्छन्। \v 15 बरु प्रेममा सत्य बोल्देे, हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनुपर्छ । \v 16 ख्रीष्‍टले सम्पूर्ण शरीर बनाउनुहुन्छ र हरेक सहयोगी तन्तुहरूद्वारा त्यो जोडिन्छ र एक साथ गाँसिन्छ र जब प्रत्येक भागले काम गर्छ, यसले शरीरको वृद्धि गराउँछ ताकि यो आफेें प्रेममा निर्माण होस् ।