ne_eph_text_ulb/01/19.txt

1 line
1.4 KiB
Plaintext

\v 19 मेरो प्रार्थनामा म यो माग्छु कि उहाँमा विश्‍वास गर्नेहरूप्रति उहाँको अतुलनीय शक्तिको अत्याधिक महान‍्‌ताको विषयमा तिमीहरूले जान्‍न सक, यो उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो । \v 20 यो त्यही शक्ति हो जसद्वारा परमेश्‍वरले ख्रीष्‍टमा काम गर्नुभयो जब उहाँले ख्रीष्‍टलाई मृत्‍युबाट जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा उहाँलाई बसाल्नुभयो। \v 21 उहाँले येशूलाई सबै शासन र अधिकार, शक्ति र प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्‍नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि ख्रीष्‍टले राज्य गर्छन् ।