ne_udb/46-ROM.usfm

686 lines
263 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id ROM Unlocked Dynamic Bible
\ide UTF-8
\h रोमी
\toc1 रोमीहरूलाई पावलको पत्र
\toc2 रोमी
\toc3 rom
\mt1 रोमीहरूलाई पावलको पत्र
\s5
\c 1
\p
\v 1 म, पावल जसले ख्रीष्‍ट येशूको सेवा गर्छु, रोम सहरमा भएका विश्‍वासीहरू, तिमीहरू सबैलाई यो पत्र लेख्दैछु । परमेश्‍वरले मलाई प्रेरित हुनलाई चुन्‍नुभयो, र उहाँबाट प्रप्‍त सुसमाचारलाई मैले घोषणा गर्नुपर्छ भनेर उहाँले मलाई नियुक्त गर्नुभयो ।
\v 2 परमेश्‍वरले यो सुसमाचार प्रकट गर्नुहुनेछ भनी आफ्‍ना अगमवक्‍ताहरूले पवित्र धर्मशास्‍त्रमा लेखेका कुराद्वारा उहाँले येशू पृथ्वीमा आउनुभन्‍दा धेरै अघि नै प्रतिज्ञा गर्नुभयो ।
\v 3 यो सुसमाचार उहाँको पुत्रको विषयमा हो । उहाँको पुत्रका शारीरिक स्वभावका बिषयमा, उहाँ दाऊद राजाको बंशमा जन्मिनुभयो ।
\s5
\v 4 उहाँको परमेश्‍वरको स्वभावका बिषयमा, उहाँ परमेश्‍वरको आफ्नै पुत्र हुनुहुन्‍छ भनी शक्‍तिशालि रूपमा दर्शाइयो । उहाँको मृत्‍यु भएपछि परमेश्‍वरको पवित्र आत्माले उहाँलाई फेरि जीवित पार्नुभएर उहाँले कुरा दर्शाउनुभयो । येशू ख्रीष्‍ट हाम्राो प्रभु उहाँ नै हुनुहुन्छ ।
\v 5 उहाँले हामीलाई ठुलो कृपा दर्शाउनुभयो र हामीलाई प्रेरितहरू हुन नियुक्त गर्नुभयो । मानिसहरूका सबै समूहहरूका माझबाट धेरैले उहाँलाई विश्‍वास गरून् र उहाँको आज्ञा पालन गरून् भनेर उहाँले त्‍यसो गर्नुभयो ।
\v 6 परमेश्‍वरले येशू ख्रीष्‍टको हुनलाई चन्‍नुभएका मानिसहरूका माझमा तिमीहरू रोममा बसोबास गर्ने विश्‍वासीहरू पनि समावेश गरिएका छौ ।
\s5
\v 7 तिमीहरू रोममा भएका सबैलाई म यो पत्र लेख्दैछु जसलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ र जसलाई परमेश्‍वरले आफ्‍ना मानिसहरू हुनलाई चुन्‍नुभएको छ । हाम्रा पिता परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको कृपा तिमीहरूमा निरन्‍तर रहोस् र तिमीहरूलाई निरन्तर शान्‍ति प्राप्‍त होस् भनी म प्रर्थना गर्छु ।
\s5
\v 8 मैले यो पत्र लेख्‍न सुरु गर्दा, तिमीहरू रोममा भएका सबै बिश्‍वासीहरूका निम्‍ति मेरो परमेश्‍वरलाई म धन्यवाद दिन्छु । येशू ख्रीष्‍टले हाम्रा निम्‍ति जे गर्नुभएको छ त्‍यो कारणले म त्‍यसो गर्न सक्षम छु । म उहाँलाई धन्यवाद दिन्छु किनभने तिमीहरूले कसरी उहाँलाई विश्‍वास गर्दैछौ भनी रोमी साम्राज्यभरि भएका मानिसहरूले चर्चा गर्दैछन् ।
\v 9 परमेश्‍वरको पुत्रको बारेमा मैले मानिसहरूलाई सुसमाचार घोषणा गरेर जसको म भक्तिपूर्वक सेवा गर्छु, उहाँ जान्‍नुहुन्‍छ कि जब म परमेश्‍वरमा प्रार्थना चढाउँछु तब म सधैं तिमीहरूलाई याद गर्छु भनेर म सत्‍य बोल्‍दैछु ।
\v 10 म परमेश्‍वरसँग विशेष गरी बिन्‍ति गर्छु कि म तिमीहरूकहाँ आउनलाई उहाँको इच्छा भयो भने, जसरी भए पनि अन्तमा त्‍यसो गर्न सक्‍नेछु ।
\s5
\v 11 म यो प्रार्थना गर्छु किनभने तिमीहरूले ख्रीष्‍टलाई अझ धेरै विश्‍वास र आदर गर्न सक भनी तिमीहरूलाई मद्धत गरूँ भन्‍ने उदेश्‍यले म तिमीहरूकहाँ आउने इच्‍छा गर्छु ।
\v 12 मैले यसो भन्‍न खोजेको हुँ कि हामीले येशूमा कसरी विश्‍वास गर्छौं भनी एक आपसमा कुरा गरेर हामीले एक अर्कालाई उत्साह दिन सकौं भन्‍ने मेरो इच्‍छा हो ।
\s5
\v 13 मेरा विश्‍वासी मित्रहरू, धेरैपल्‍ट मैले तिमीहरूकहाँ आउने योजना बनाएँ । त्यो तिमीहरूले जान भनी म निश्‍चयनै इच्‍छा गर्छु । तर म तिमीहरूकहाँ आउन सकेको छैन किनभने केही कुराले सधैं मलाई रोकेको छ । अरू ठाउँमा भएका गैरयहूदीका माझमा भएझैं, तिमीहरूका माझमा भएका अरू धेरै मानिसहरूले येशूमा विश्‍वास गर्न सकून् भन्‍ने उदेश्‍यले म आउने इच्‍छा गरेको छु,
\v 14 सबै गैरयहूदी मानिसहरू, ग्रिक भाषा बोल्नेहरू र नबोल्नेहरू दुवै, बद्धिमान् कुरा गर्नेहरू र साधारण मानिसहरू दुवैप्रति म सुसमाचार प्रचार गर्न ऋणी छु ।
\v 15 परिणामको रूपमा, मैले उत्सुकतासाथ इच्छा गरेको कुरा यो हो कि ्तिमी रोममा बस्‍नेहरूलाई पनि म सुसमाचार प्रचार गर्न सकूँ ।
\s5
\v 16 ख्रीष्‍टले गर्नुभएको कामको सुसमाचारलाई म पूर्ण दृढतासाथ प्रचार गर्छु, किनभने जसले तिनीहरूका निम्ति ख्रीष्‍टले गर्नुभएको काममा विश्‍वास गर्छन्, तिनीहरूलाई परमेश्‍वरले बचाउनलाई यो सुसमाचार शक्‍तिशाली उपाय हो । विशेष गरी, परमेश्‍वरले पहिले सुसमाचारमा विश्‍वास गर्ने यहूदीहरूलाई बचाउनुहुन्‍छ, र त्‍यसपछि उहाँले गैर-यहूदीहरूलाई बचाउनुहुन्छ ।
\v 17 परमेश्‍वरले कसरी मानिसहरूलाई आफूसँग ठीक सम्‍बन्‍धमा तल्‍याउनुहुन्‍छ भन्‍ने कुरा उहाँले यो सुसमाचारद्वारा प्रकट गर्नुहुन्‍छ । धेरै अघि अगमवक्‍ताले धर्मशास्‍त्रमा यस्‍तो लेखेः “परमेश्‍वरले आफूसँग ठीक सम्‍बन्‍धमा तल्‍याउनुभएका मानिसहरू बाँच्‍नेछन् किनभने तिनीहरूले उहाँमा विश्‍वास गर्छन् ।”
\s5
\v 18 स्वर्गमा हुनुहुने परमेश्‍वरलाई आदर नगर्नेहरू र दुष्‍ट कुराहरू गर्नेहरूसँग उहाँ क्रोधित हुनुहुन्‍छ भन्‍ने कुरा उहाँले प्रष्‍ट पार्नुभएको छ । तिनीहरू उहाँबाट दण्ड पाउन योग्यका छन् भनी उहाँले तिनीहरूलाई दर्शाउनुहुन्‍छ । तिनीहरूले दुष्‍ट कुराहरू गरेको कारणले, तिनीहरूले अरू मानिसहरूलाई पनि परमेश्‍वरको बारेमा सत्य कुरा थाहा पाउन रोक्‍छन् ।
\v 19 सबै गैरयहूदीहरूले परमेश्‍वर कस्तो हुनुहुन्छ भनेर स्पष्‍ट जान्‍न सक्‍छन्, किनभने परमेश्‍वर आफैंँले हरेकलाई यो कुरा प्रकट गर्नुभएको छ ।
\s5
\v 20 परमेश्‍वर कस्तो हुनुहुन्छ भनेर मानिसहरूका आँखाले वास्तविक रूपमा देख्‍न सक्दैनन् । तर उहाँिले संसारको सृष्‍टि गर्नुभएको समयदेखि, त्‍यसमा भएका कुराहरूले उहाँको बारेमा हामीलाई बुझ्‍न सक्‍ने बनाउँछ उदाहरणको लागि, उहाँले सधैं शक्‍तिशाली कुराहरू गर्न सक्‍नुभएको छ । अर्को उदाहरण यो हो कि उहाँले सृष्‍टि गर्नुभएका सबै कुराभन्दा उहाँ पूर्ण रूपमा फरक हुनुहुन्छ भनी हरेकले जान्दछ । यसैले कसैले पनि साँचो रूपले यसो भन्‍न सक्‍दै, “हामीले परमेश्‍वरको बारेमा कहिल्यै थाहा पाएनौं ।”
\v 21 गैरयहूदीहरूले परमेश्‍वर कस्तो हुनुहुन्छ भनेर थाहा पाए तापनि, तिनीहरूले उहाँलाई परमेश्‍वर रूपमा आदर गरेनन्, नता उहाँले गर्नुभएका कामको लागि तिनीहरूले उहाँलाई धन्यवाद नै दिए । तर त्‍यसको साटोमा, तिनीहरूले उहाँको बारेमा मूर्ख कुराहरू सोच्‍न थाले र तिनीहरूले उहाँलाई चिनून् भन्‍ने उहाँको इच्‍छालाई तिनीहरूको बुझ्‍न नसक्‍ने भए ।
\s5
\v 22 तिनीहरूले आफूलाई बुद्धिमानी भएको दाबी दाबी गरे तापनि तिनीहरू मूर्ख भए,
\v 23 र परमेश्‍वर महिमित हुनुहुन्छ र कहिल्यै मर्नुहुन्‍न भन्‍ने कुरालाई तिनीहरूले अस्‍वीकार गरे । त्‍यसको सट्टामा, तिनीहरूले कुनै दिन मर्ने मानिसहरू जस्‍तै मूर्तिहरू बनाए र आराधना गरे ।
\s5
\v 24 यसैले परमेश्‍वरले गैरयहूदीहरूलाई तिनीहरूले अति तृष्‍णा गरेका अनैतिक यौन दुराचारका कुराहरू, तिनीहरूले गर्नुपर्छ भनी सोचेका कुराहरू गर्नलाई छोडिदिनुभयो, किनभने ती गर्नलाई तिनीहरू अति लालायित भए । परिणामस्वरूप, तिनीहरूकाो यौन दुराचारका क्रियाकलापले तिनीहरूले एकअर्काको शरीरलाई अनादर गर्न लागे ।
\v 25 यसरी नै परमेश्‍वरको बारेमा जे सत्‍य छ त्‍यसलाई स्‍वीकार गर्नुको साट्टामा तिनीहरूले झुटा देवताहरूको आराधना गरे । परमेश्‍वरको, जसले हरेक कुरा सृष्‍टि गर्नुभयो, जसको हामीले सदासर्वदा प्रशंसा गर्नुपर्छ ! आमेन । उहाँको आराधना गर्नुको साटोमा तिनीहरूले उहाँले सृष्‍टि गर्नुभएका थोकहरूको आराधना गरे ।
\s5
\v 26 यसैले गैरयहूदीहरूले अति चाहना गर्ने लज्जापूर्ण यौन दुराचारका क्रियाकलाप गर्नलाई परमेश्‍वरले तिनीहरूलाई छोडिदिनुभयो । परिणामस्वरूप, धेरै स्‍त्रीहरूले अरू स्‍त्रीहरूसँग यौन दुराचार गरे–यस्‍तो गर्नु स्‍वभाविक कुराको विरुद्धमा थियो ।
\v 27 यसरी नै, धेरै पुरुषहरूले स्‍त्रीहरूसँगको आफ्‍नो स्‍वभाविक सम्‍बन्‍धहरू त्‍यागे । त्‍यसको सट्टामा, तिनीहरूमा पुरुष-पुरुष बीचमा उत्‍कट यौन इच्‍छा भयो । तिनीहरूले अरू पुरुषहरूसित समलिङ्गी सम्‍बन्‍ध, लज्‍जास्‍पद क्रियाकलाप कायम गरे । परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूका शरीरमा रोगहरू दिएर दण्ड दिनुभएको छ, जुन त्‍यस्‍तो किसिमको पापको प्रत्‍यक्ष दुष्‍परिणाम हो ।
\s5
\v 28 यसका अतिरिक्त, परमेश्‍वरलाई चिन्‍नु महत्‍वपूर्ण छैन भनी तिनीहरूले निर्णय गरेका कारणले, तिनीहरूका आफ्‍नै निकम्मा विचारहरूले तिनीहरूलाई पूर्ण रूपमा नियन्‍त्रण गर्न उहाँले तिनीहरूलाई छोडिदिनुभयो । परिणामस्‍वरूप, तिनीहरूले खराब कामहरू गर्न सुरु गरे जुन कसैले पनि गर्नुहुँदैन ।
\s5
\v 29 तिनीहरूले सबै प्रकारका अधार्मिक कामहरू गर्न र अरूहरूप्रति खराब कुराहरू गर्न र अरूहरूका कुराहरू लिन र विभिन्‍न किसिमले अरूहरूको हानी गर्न उत्कट इच्छा गर्छन् । धेरैले निरन्‍तर अरू मानिसहरूप्रति ईर्ष्‍या गर्छन्, मानिसहरूको हत्या गर्ने इच्‍छा गर्छन्, र मानिसहरूका बीचमा तर्कहरू र झगडाहरू गराउँछन्, र अरूलाई छल गर्छन् र अरूहरूका बारेमा घृणा गरेर बोल्‍छन् ।
\v 30 धेरैले अरूहरूका बारेमा खराब कुराहरू बोल्‍छन् र झुटो निन्दा गर्छन् । धेरैले परमेश्‍वरप्रति बिशेष गरी घृणा गरेर र अरूहरूप्रति हिंसात्मक भएर काम गर्छन्, र अरूहरूको अनादरपूर्वक व्‍यवहार गर्छन् र आफ्‍नो बारेमा अरूहरूसँग अहंकार गर्छन् र खराब काम गर्नलाई नयाँ उपायहरू निकाल्‍छन् । धेरै बालबालिकाले आफ्‍ना बाबुआमाप्रति अनाज्ञाकारी हुन्‍छन् ।
\v 31 धेरैले अरू मूर्ख उपायहरूले काम गर्छन् जसले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछ र तिनीहरूले अरूहरूलाई गर्छु भनी दिएको प्रतिज्ञा तिनीहरू पूरा गर्दैनन् र आफ्नै परिवारका सदस्यहरूलाई पनि तिनीहरूले प्रेम गर्दैनन् र अरू मानिसहरूप्रति कृपापूर्ण काम गर्दैनन् ।
\s5
\v 32 यस्ता कुराहरू गर्नेहरू मारिन योग्यका हुन्‍छन् भनी परमेश्‍वरले घोषणा गर्नु भएको तिनीहरूलाई थाहा भए तापनि तिनीहरूले यस्ता किसिमका खराब कुराहरू गर्ने मात्र होइन, तर अरूहरू जसले ती कुराहरू गर्छन्, तिनीहरूलाई मान्‍यता पनि दिन्‍छन् ।
\s5
\c 2
\p
\v 1 परमेश्‍वरले जे घृणा गर्नुहुन्‍छ त्‍यो गर्ने मानिसहरूलाई उहाँले कडा दण्ड दिनुपर्छ भनी तिमी भन्‍छौ । तर तिमीले त्यसो भन्‍दा, तिमीले साच्‍चै भन्‍दैछौ कि परमेश्‍वरले तिमीलाई नै दण्ड दिनुपर्छ, किनभने तिमी आफैंले पनि त्यस्तै किसिमको जीवन बिताएका छौ । तिनीहरूले जे कुराहरू गरेका छन्, तिमीले पनि त्‍यही गर्‍यौ ।
\v 2 हामी राम्रोसँग जान्दछौ कि यस्ता किसिमका दुष्‍ट कामहरू गर्ने मानिसहरूलाई परमेश्‍वरले निष्पक्ष रूपमा न्याय गर्नुहुनेछ र दण्ड दिनुहुनेछ ।
\s5
\v 3 यसैले तिमी आफैं पनि दुष्‍ट कामहरू गर्छौ तापनि तिमी भन्‍छौ कि दुष्‍ट कामहरू गरेकोले परमेश्‍वरले अरूहरूलाई दण्ड दिनुपर्छ भने, तिमीले निश्‍चित रूपमा यो सोच्नुहुँदैन कि परमेश्‍वरले तिमीलाई दण्ड दिन सुरु गर्नुहुँदा तिमी आफैं पनि उहाँबाट उम्‍कन सक्‍नेछौ ।
\v 4 र तिमीले यसो भन्‍नुहुँदैन, “परमेश्‍वरले मप्रति धेरै सहिष्‍णुतासाथ र धैर्यतासाथ व्यवहार गर्दै हुनुहुन्छ, यसैले म आफ्‍ना पापहरूबाट फर्कनु आवश्‍यक छैन ।” तिमीहरूले आफ्‍ना पापहरूबाट पश्‍चाताप गर्नको निम्‍ति परमेश्‍वरले धैर्यतासाथ पर्खंदै हुनुहुन्‍छ भनी तिमीहरूले बुझ्‍नुपर्छ ।
\s5
\v 5 तर त्यसको सट्टामा, तिमीहरू हठी भएको र पाप गर्न रोक्‍न इन्कार गरेको कारणले, परमेश्‍वरले तिमीहरूलाई झन् असह्‍य किसिमले दण्ड दिनुहुनेछ । उहाँ क्रोधित हुनुहुन्‍छ भनी उहाँले दर्शाउनुहुने समयमा उहाँले त्यो गर्नुहुनेछ र सबै मानिसहरूको निष्पक्ष रूपमा न्याय गर्नुहुन्‍छ ।
\v 6 हरेकले जे गरेका छन् त्‍यसका निम्‍ति तिनीहरू जे प्राप्‍त गर्न योग्य छन् परमेश्‍वरले तिनीहरूलाई त्‍यसैअनुसार दिनुहुनेछ ।
\v 7 विशेष गरेर, कोही मानिसहरू असल कामहरू गरिरहन्‍छन्, किनभने परमेश्‍वरबाट पाउने आदरको तिनीहरू इच्‍छा गर्छन्, र तिनीहरू सदासर्वदा उहाँसँग जिउन चाहन्छन् । परमेश्‍वरले तिनीहरूलाई त्‍यसरी नै इनाम दिनुहुनेछ ।
\s5
\v 8 तर कोही मानिसहरूले स्वार्थी किसिमले व्यवहार गर्छन् र परमेश्‍वरले भन्‍नुभएको कुरा सत्य हो भनी विश्‍वास गर्न इन्कार गर्छन्, र परमेश्‍वरले गलत भन्‍नुभएका कुराहरू तिनीहरू गर्छन् । परमेश्‍वर धेरै क्रोधित हुनुहुनेछ र तिनीहरूलाई असह्‍य किसिमले दण्ड दिनुहुनेछ ।
\v 9 असभ्यस्‍त भएर खराब कामहरू गर्नेहरूलाई उहाँले असह्‍य किसिमले पीडा र धेरै दुःखहरू दिनुहुनेछ । यो कुरा परमेश्‍वरको सन्‍देश ग्रहण गर्न इन्कार गर्ने यहूदीहरूलाई निश्‍चय पनि हुनेछ, किनभने परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना विशेष मानिसहरू हुनलाई सुअवसर दिनुभयो, तर यो कुरा गैरयहूदीहरूसँग पनि हुनेछ ।
\s5
\v 10 तर असभ्यस्‍त भएर असल कामहरू गर्ने हरेक व्‍यक्तिको परमेश्‍वरले प्रशंसा र आदर गर्नुहुनेछ र शान्तिमा रहने आत्मा दिनुहुनेछ । उहाँले यहूदीहरूका निम्‍ति यो काम निश्‍चित रूपमा गर्नुहुनेछ, किनभने उहाँले तिनीहरूलाई आफ्‍ना विशेष मानिसहरू हुनलाई चुन्‍नुभयो, तर उहाँले यो काम गैरयहूदीहरूका निम्ति पनि गर्नुहुनेछ ।
\v 11 परमेश्‍वरले यो काम निष्‍पक्ष किसिमले गर्नुहुनेछ किनभने कुन व्‍यक्ति कति महत्त्‍वपूर्ण छ भनी उहाँले कुनै वास्‍ता गर्नुहुन्‍न ।
\v 12 गैरयहूदीहरूसँग परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था छैन र व्‍यवस्‍था नभएर पनि पाप गर्छन् भने तापनि, परमेश्‍वरले तिनीहरूलाई सदासर्वदा नाश गर्नुहुनेछ । र उहाँको व्‍यवस्‍थामा अनाज्ञाकारी हुने सबै यहूदीहरूलाई पनि उहाँले दण्‍ड दिनुहुनेछ, किनभने व्‍यवस्‍थाले जे भनेको छ त्‍यसअनुसार उहाँले तिनीहरूको न्‍याय गर्नुहुनेछ ।
\s5
\v 13 परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनु उचित हुन्‍छ किनभने परमेश्‍वरको व्यवस्थाको ज्ञान पाएकाहरूलाई उहाँले धर्मी ठहराउने होइन । परमेश्‍वरको व्यवस्थाका सबै आज्ञा पालन गरेकाहरूलाई मात्र परमेश्‍वरले धर्मी ठहराउनुहुन्‍छ ।
\v 14 जब परमेश्‍वरको व्‍यवस्‍था नभएका गैरयहूदीहरूले प्रकृतिको प्रकाश पाएर ती व्यवस्था पालन गरेको कारणले, परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था तिनीहरूसँग कदापि नभए तापनि, तिनीहरू आफैंमा व्यवस्‍था छ भनी प्रमाण दिन्‍छन् ।
\s5
\v 15 परमेश्‍वरले आफ्‍नो व्‍यवस्‍थामा जे आज्ञा गर्नुहुन्छ त्यो तिनीहरू आफ्नो मनमा जान्दछन् भनी तिनीहरू देखाउँछन्, किनकि प्रत्येक व्‍यक्ति उसको आफ्नै विवेकले कि त खराब काम गरेकोमा आफैंलाई दोष्याउँछ वा आफ्‍नो बचाऊ गर्छ ।
\v 16 मानिसहरूले गुप्‍तमा जे सोचेका र गरेका छन् त्‍यसअनुसार जब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ, तब त्‍यो समयमा उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ । ख्रीष्‍ट येशूलाई मानिसहरूमाथि न्याय गर्ने अधिकार दिएर उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ । जब म मानिसहरूलाई सुसमाचार प्रचार गर्छु,तब म तिनीहरूलाई यही भन्छु ।
\s5
\v 17 अब मैले लेख्‍दै गरेका तिमी यहूदीहरूमध्‍ये कसैलाई पनि भन्‍नलाई मसँग केही कुरा छः परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था तिमीहरूले जानेको कारणले उहाँले तिमीहरूलाई बचाउनु हुनेछ भनी तिमीहरू विश्‍वास गर्छौ । तिमीहरू परमेश्‍वरका हौ भनी तिमीहरू घमण्ड गर्छौ ।
\v 18 परमेश्‍वर के इच्‍छा गर्नुहुन्छ तिमीहरूलाई थाहै छ । तिमीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाइएको कारणले कुन कुराहरू ठिक हुन् भनी जान्‍न र ती गर्न तिमीहरू सक्षम छौ ।
\v 19 तिमीहरूले गैरयहूदीहरूलाई परमेश्‍वरको सत्यता देखाउन सक्छौ र तिमीहरूले परमेश्‍वरको बारेमा केही पनि नजान्‍नेहरूलाई सिकाउन सक्छौ भनेर तिमीहरू ढुक्‍क छौ ।
\v 20 परमेश्‍वरको बारेमा मूर्ख कुराहरूमा विश्‍वास गर्नेहरू र बालक जास्‍ता मानिसहरूलाई तिमीहरूले सिकाउन सक्छौ भनेर तिमीहरू ढुक्‍क छौ, किनभने तिनीहरूले परमेश्‍वरको बारेमा केही पनि जान्‍दैनन् । तिमीहरूलाई परमेश्‍वरको बारेमा साँचो रूपमा शिक्षा दिने व्‍यवस्‍था तिमीहरूसित भएको कारणले यो सबैको बारेमा तिमीहरू ढुक्‍क छौ ।
\s5
\v 21 तिमीहरू यहूदी भएको कारणले तिमीहरूसँग यी सबै फाइदाहरू छन् भनेर तिमीहरूले दाबी गर्ने हुनाले, तिमीहरूले व्यवस्था अरूलाई सिकाउने तर त्‍यो आफैंले पालन नगर्नु अत्‍यन्‍तै घृणित कुरा हो ! मानिसहरूलाई चिजबीज चोरी गर्नुहुँदैन भनेर प्रचार गर्ने तिमीहरू आफैंले चिजबीजको चोरी गर्नु अत्‍यन्‍तै घृणित कुरा हो !
\v 22 आफूसँग विवाह नभएका मानिसहरूसँग यौन सम्‍बन्‍ध स्‍थापित गर्नुहुँदैन भनेर तिनीहरूलाई आज्ञा दिने तिमीहरू आफैंले व्यभिचार गर्नु अत्‍यन्‍तै घृणित कुरा हो ! अरूहरूलाई मूर्ति पूजा गर्नुहुँदैन भनेर आज्ञा दिने तिमीहरू आफैं घृणित कुराहरूबाट जोगिएर नबस्‍नु अत्‍यन्‍तै घृणित कुरा हो ।
\s5
\v 23 “मसँग परमेश्‍वरको व्यवस्था छ” भनेर घमण्ड गर्ने तिमीहरूले त्‍यही व्यवस्था उलंघन गर्नु अत्‍यन्‍तै घृणित कुरो हो ! परिणामस्वरूप, तिमीहरूले परमेश्‍वरको अपमान गर्दैछौ !
\v 24 तिमीहरू हाम्राो पुर्खाहरू जस्तो हुनुहुँदैन जसकाो बारेमा धर्मशास्‍त्रमा यी वचनहरू लेखिएकाो छन्: “तिमी यहूदीहरूको दुष्‍ट कामहरूले गर्दा गैरयहूदीहरूले परमेश्‍वरको बारेमा दुष्‍ट कुरा बोल्छन् ।”
\s5
\v 25 आफूलाई परमेश्‍वरको हो भनी देखाउन तिमीहरूमध्ये कसैको खतना भएको छ भने उहाँले मोशालाई दिनुभएको व्यवस्था उसले पालन गरे मात्र फाइदा हुन्छ । तर तिमी खतना भएको व्‍यक्तिले व्यवस्था उल्लङ्घन गर्छौ भने, तिमी परमेश्‍वरको नजरमा खतना नभएको कोही व्‍यक्तिभन्‍दा कुनै किसिमले असल छौ भनी परमेश्‍वरले विचार गर्नुहुन्‍न ।
\v 26 यसको अर्थ यो हो कि खतना नभएका गैरयहूदीहरूले पनि परमेश्‍वरले आफ्‍नो व्‍यस्‍थामा दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् भने, तिनीहरू उहाँका मानिसहरू बन्‍न सक्छन् भनी उहाँले निश्‍चित रूपमा विचार गर्नुहुन्‍छ ।
\v 27 यी मानिसहरू जसको खतना भएको छैन तर पनि परमेश्‍वरको व्यवस्था पालन गर्छन् भने, परमेश्‍वरले तिमीहरूलाई दण्ड दिनुहुँदा तिनीहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर घोषणा गर्नेछन्, किनकि तिमीहरूको खतना भएको छ तर पनि व्यवस्था उल्लङ्घन गर्छौ ।
\s5
\v 28 परमेश्‍वरका निम्‍ति विधिहरू पालन गर्नेहरू साँचो यहूदीहरू हुँदैनन्, र आफ्‍नो शरीरको खतना हुनुले परमेश्‍वरले तिनीहरूलाई ग्रहण गर्नुहुन्छ भन्‍ने हुँदैन ।
\v 29 त्‍यसको साटोमा, साँचो यहूदीहरू हामीहरू हौं जसको हृदय भित्रदेखि परमेश्‍वरले परिवर्तन गर्नुभको छ । परमेश्‍वरले हामीलाई ग्रहण गर्नुभएको छ र परमेश्‍वरको आत्‍माले हाम्रो स्वभावलाई परिवर्तन गर्नुभएको छ, हामीले व्यवस्थाद्वारा दिइएका आज्ञाहरू पालन गरेको कारणले होइन । अरू मानिसहरूले हाम्रो प्रशंसा नगरे पनि, परमेश्‍वरले हाम्रो प्रशंसा गर्नुहुनेछ ।
\s5
\c 3
\p
\v 1 त्‍यसो भए कसैले यसो सक्छ, “त्‍यो कुरा सत्‍य हो भने, यहूदीहरू हुनु गैरयहूदी हुनुभन्‍दा बढी फाइदा होइन, र खतना हुनुले हामी यहूदीहरूलाई कुनै पनि फाइदा हुँदैन जस्‍तो लाग्‍छ ।”
\v 2 तर म तिमीहरूलाई भन्‍छु कि यहूदीहरू हुनुमा धेरै फाइदाहरू छन् । किनकि, सर्वप्रथम त तिनीहरूका पुर्खाहरूसँग परमेश्‍वरले आफ्‍नो वचन, उहाँ को हुनुहुन्छ भनी हामीलाई देखाउने वचन बोल्नुभएको छ ।
\s5
\v 3 के यहूदीहरू विश्‍वासयोग्‍य छैनन् भनेर परमेश्‍वरले दिनेछु भनी गर्नुभएको प्रतिज्ञाको आशिष उहाँले दिनुहुनेछैन र?
\v 4 अहँ, यसको अर्थ निश्‍चय पनि त्‍यो होइन । परमेश्‍वरले जे प्रतिज्ञा गर्नु भएको छ त्‍यो उहाँले सधैं पूरा गर्नुहुन्छ, यद्यपि मानिसहरूले त्‍यसो गर्दैनन् । हामी यहूदीहरूलाई परमेश्‍वरले गर्नु भएको प्रतिज्ञा पूरा गर्न भएन भनी उहाँलाई दोष लगाउने सबै जनाले पूर्ण रूपले ज्यादै गल्ती गरेका छन् । यसको बारेमा दाऊद राजाले लेख्‍नुभयो, “यसैले तपाईंले तिनीहरूका बारेमा जे भन्‍नुभएको छ त्‍यो सत्‍य हो भनेर हरेकले स्‍वीकार गर्नैपर्छ, र खराब गर्नुभयो भनी कसैले तपाईंलाई दोष लगाउँदा तपईंले सधैं जित्‍नुहुनेछ ।”
\s5
\v 5 यसैले के हामी दुष्‍ट भएको कारणले परमेश्‍वरले हामीलाई आशिष दिनुभएन भने, के उहाँले अन्यायपूर्वक काम गर्नुभयो भनी हामी भन्‍न सक्छौ र? आफ्नो क्रोधमा उहाँले हामीलाई दण्ड दिंदा के उहाँ गलत हुनुहुन्‍थयो र ? (सामान्य मानिस बोलेझैं म बोल्‍दैछु ।)
\v 6 परमेश्‍वरले न्याय गर्नु हुँदैन भनेर हामीले निश्‍चय पनि निष्कर्ष निकाल्नु हुँदैन, किनभने परमेश्‍वरले न्याय नगरेको भए, सम्‍भवतः उहाँले संसारका पनि न्याय गर्न उचित हुँदैन !
\s5
\v 7 तर कसैले यस्‍तो जवाफ दिन सक्‍छ, “परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू साँच्‍चै पालना गर्नुहुन्छ भन्‍ने कुरा अति स्‍पष्‍ट हुन्‍छ, किनकी उदाहरणको लागि, मैले झुटा बोलें र उहाँ कृपालु हुनुभएको कारणले मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्छन् ! यसैले मैले पाप गरेको बदलामा परमेश्‍वरले मलाई दण्ड दिनुपर्छ भन्‍नु हुँदैन, किनकि यसको कारणले मानिसहरूले उहाँको प्रशंसा गर्दैछन् !
\v 8 तपाईं, पावलले भनेका कुरा सत्‍य हो भने, त्‍यस्‍ता असल कुराहरू हुन सकोस् भन्‍ने उदेश्‍यले हामीले पनि खराब कुराहरू गर्न सक्‍छौं !” कोही मानिसहरूले मेरो बारेमा खराब कुरा बोल्‍छन्, किनभने तिनीहरूले मलाई यसरी बोलेको आरोप लगाउँछन् । मेरो बारेमा धेरै खराब कुरा भन्‍ने मानिसहरूलाई परमेश्‍वरले दण्ड दिनुहुनेछ, र तिनीहरू उहाँको दण्ड पाउन योग्य हुनेछन् !
\s5
\v 9 परमेश्‍वरले हामीलाई धेरै कृपासाथ व्‍यवहार गर्नुहुन्‍छ र गैरयहूदीहरूलाई थोरै कृपासाथ व्‍यवहार गर्नुहुन्‍छ भनेर हामी निष्कर्ष निकालौं ? हामी निश्‍चय पनि यस्तो निष्कर्ष निकाल्‍न सक्तैनौं ! यहूदीहरू र गैरयहूदीहरू दुवैले पाप गरेका छन् र यसैले तिनीहरू परमेश्‍वरको दण्‍ड पाउन योग्य छन् ।
\v 10 धर्मशास्‍त्रमा लेखिएका निम्‍नलिखित वचनले यो कुरालाई पुष्‍टि गर्छ, कुनै व्‍यक्ति पनि धर्मी छैन । एकजना व्‍यक्ति पनि धर्मी छैन !
\s5
\v 11 कसरी ठिकसँग जीवन बिताउनुपर्छ भनेर कसैले पनि बुझेका छैनन् । परमेश्‍वरलाई चिन्‍न खोज्‍ने कोही पनि छैन !
\v 12 हरेक व्‍यक्ति परमेश्‍वरबाट पूर्ण रूपमा टाढा भएका छन् । परमेश्‍वरले तिनीहरूलाई पतन भएको ठान्‍नुहुन्छ । धार्मिक भएर काम गर्ने एकजना पनि छैन, अहँ, एकजना पनि छैन !
\s5
\v 13 मानिसहरूले बोल्‍ने कुरा दुर्गन्‍धति हुन्‍छन्, जसरी एउटा खुला गरिएको चिहानबाट दुर्गन्ध आउँछ । मानिसहरूले बोल्‍ने कुराले तिनीहरूले अरू मानिसहरूलाई पतन बनाउँछन् । तिनीहरूले जे बोल्‍छन्, त्‍यसले तिनीहरूले मानिसहरूलाई हानी पुर्‍याउँछन्, जसरी सर्पहरूका विषले मानिसहरूलाई हानी पुर्‍याउँछन् ।
\v 14 तिनीहरूले निरन्तर रूपमा अरूहरूलाई श्राप दिदैछन् र निर्दयी कुरा बोल्दैछन् ।
\s5
\v 15 तिनीहरू छिटो मानिसहरूको हत्या गर्न जान्छन् ।
\v 16 तिनीहरू जहाँ जान्‍छन्, त्‍यहाँ तिनीहरूले हरेक कुरा नाश गर्छन् र मानिसहरूलाई दुःखित तुल्याउँछन् ।
\v 17 अरू मानिसहरूसँग कसरी शान्तिपूर्वक जीवन बिताउने हो त्‍यो तिनीहरूले जानेका छैनन् ।
\v 18 तिनीहरू परमेश्‍वरको आदर गर्न पूर्णरूपले इन्कार गर्छन् !
\s5
\v 19 व्‍यवस्‍था पालन गर्न आवश्‍यक मानिसहरूलाई नै व्‍यवस्‍थाका यी आज्ञा दिइएका हुन् भनी हामी जान्‍दछौं । यसको अर्थ यही हो कि पाप गरेकोमा परमेश्‍वरले जवाफ माग्‍नुहुँदा यहूदीहरू वा गैरयहूदीहरूले केही पनि बोल्‍न सक्‍दैनन् ।
\v 20 परमेश्‍वरको व्यवस्थाले आवश्‍यक ठहराएका कुराहरू मानिसहरूले पालन गरेको हुनाले परमेश्‍वरले तिनीहरूका पापहरूका विवरण मेटिदिनु हुनेछैनन्, किनभने कसैले पनि ती कुराहरू पूर्णरूपमा पालन गरेका छैनन् । वास्तवमा, परमेश्‍वरको व्यवस्था जान्‍नुको परिणाम यो हो कि हामी स्पष्‍टसँग जान्दछौ कि हामीले पाप गरेका छौं ।
\s5
\v 21 जब परमेश्‍वरले हामीलाई धर्मी ठहराउनुहुन्‍छ, उहाँले मोशालाई दिनुभएको व्यवस्था हामीले पालना गर्ने कुरामा त्‍यो नर्भर हुँदैन । परमेश्‍वरले हाम्रा पापहरू अर्कै किसिमले क्षमा गर्नुहुन्छ भनेर व्‍यवस्‍थामा र अगमवक्ताहरूद्वारा लेखिएका थिए ।
\v 22 परमेश्‍वरले हाम्रा पापहरूका विवरण मेटिदिनुहुन्छ, किनभने येशू ख्रीष्‍टले हाम्रा निम्ति जे गर्नुभएको छ त्यसमा हामी विश्‍वास गर्छौं । ख्रीष्‍टमा विश्‍वास गर्ने हरेक व्‍यक्तिका निम्‍ति परमेश्‍वरले यो काम गर्नुहुन्छ, किनभने यहूदीहरू र गैरयहूदीहरूका बिचमा कुनै भिन्‍नता छैन भनी उहाँले विचार गर्नुहुन्छ ।
\s5
\v 23 सबै मानिसहरूले खराब गरेका छन्, र परमेश्‍वरले हरेकका निम्‍ति राख्‍नुभएका महिमित उद्देश्यहरू हसिल गर्न तिनीहरू असफल भएका छन् ।
\v 24 हाम्रा पापहरू क्षमा गर्ने उहाँका दयापूर्ण किसिमको कामद्वारा हाम्रा पापहरूका विवरण मेटिएका छन्, हामीले गर्ने कुनै कामले यो कमाउन सकिंदैन । ख्रीष्‍ट येशूले हाम्रो उद्धार गर्नुभएर यो काम पुरा गर्नुभयो ।
\s5
\v 25 ख्रीष्‍ट मर्नुहुँदा आफ्‍नो रगत बगाएर उहाँले परमेश्‍वरको क्रोधलाई हटाउनुभयो भनी उहाँले देखाउनुभयो, र उहाँले हाम्रा निम्ति जे गर्नुभयो त्यसमा हामीले विश्‍वास गर्नुपर्छ । परमेश्‍वरले न्‍यायोचित व्‍यवहार गर्नुभयो भनी ख्रीष्‍टको बलिदानले देखाउँछ । अन्‍यथा, उहाँ न्‍ययी हुनुहुन्थ्यो भनी कसैमा विचार गर्न सक्‍ने थिएन, किनभने मानिसहरूले पहिले गरेका पापहरू उहाँले वेवास्‍ता गर्नुभएको थियो, किनकि उहाँ धिरजी हुनुहुन्छ ।
\v 26 परमेश्‍वरले ख्रीष्‍टलाई हाम्रा निम्ति मर्नलाई नियुक्त गर्नुभयो । त्‍यसो गरेर, उहाँ न्यायी हुनुहुन्छ भनी अहिले उहाँले देखाउनुहुन्छ, र येशूमा विश्‍वास गर्ने हरेकका पापहरूका विवरण उहाँले न्यायपूर्ण रूुपले मेटाउन सक्‍नुहुन्छ भनी उहाँले देखाउनुहुन्छ ।
\s5
\v 27 हामीले मोशाको व्यवस्था पालन गरेको कारणले परमेश्‍वरले हाम्रा पापहरूका विवरण मेटाउने हुँदै होइन । यसैले हामीले ती व्यवस्था पालन गरेको कारणले परमेश्‍वरले हामीलाई कृपा गर्नुहुन्छ भनेर हामीले घमण्ड गर्ने सक्‍ने कुनै उपाय छैन । त्‍यसको साट्टामा, हामीले ख्रीष्‍टमा विश्‍वास गरेको कारणले परमेश्‍वरले हाम्रा पापहरूका विवरणो मेटाइदिनुहुन्‍छ ।
\v 28 यसैले कसैले ख्रीष्‍टलाई विश्‍वास गर्छ भने, परमेश्‍वरले त्‍यस व्‍यक्तिलाई धर्मी ठहराउनुहुन्‍छ– त्‍यस व्‍यक्तिले व्यवस्था पालन गरेर हुँदैन भन्‍ने कुरा स्पष्‍ट छ ।
\s5
\v 29 तिमी यहूदीहरूले निश्‍चत रूपमा यस्तो विचार गर्नु हुँदैन कि परमेश्‍वरले तिमीहरूलाई मात्रै स्‍वीकार गर्नुहुनेछ ! तिमीहरूले निश्‍चत रूपमा यो महसुस गर्नुपर्छ कि उहाँले गैरयहूदीलाई पनि स्‍वीकार गर्नुहुनेछ । वास्‍तवमा नै उहाँले गैरयहूदीलाई स्‍वीकार गर्नुहुनेछ,
\v 30 किनभने तिमीहरू पक्‍का विश्‍वास गर्छौ कि परमेश्‍वर एउटै हुनुहुन्छ । खतना भएका यहूदीहरूलाई परमेश्‍वरले धर्मी ठहराउनुहुन्‍छ -- किनभने तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गर्छन् र खतना नभएका गैरयहूदीहरूलाई पनि परमेश्‍वरले धर्मी टहराउनुहुन्‍छ -- किनभने तिनीहरूले पनि ख्रीष्‍टमा विश्‍वास गर्छन् ।
\s5
\v 31 तिमीहरू भन्‍छौ कि हामीले ख्रीष्‍टमा विश्‍वास गरेको कारणले परमेश्‍वरले हामीलाई धर्मी ठहराउनुहुन्‍छ भने, के त्‍यसको अर्थ व्‍यवस्‍था अब बेकम्‍मा भयो भन्‍ने हो ? निश्‍चय पनि होइन । त्‍यसको सटोमा, व्‍यवस्‍था साँच्‍चै नै मान्‍य छ ।
\s5
\c 4
\p
\v 1 अब्राहाम हामी यहूदीहरूकाो अति आदरणिय पुर्खा हुन् । यसैले अब्राहामलाई के भएको थियो त्यसबाट हामीले के सिक्‍न सक्छौं त्‍यसको बारेमा विचार गर ।
\v 2 अब्राहामले असल कुराहरू गरेको कारणले परमेश्‍वरले तिनलाई धर्मी ठहराउनु भएको थयो भने, मानिसहरूका अघि घमण्ड गर्नलाई अब्राहामसित कारण हुने थियो, (तर त्‍यसो भए तापनि, तिनीसँग यसको बारेमा परमेश्‍वरको सामु घमण्ड गर्ने कारण हुने थिएन) ।
\v 3 धर्मशास्‍त्रमा यस्‍तो लेखिएको कुरा याद गर कि परमेश्‍वरले अब्राहामसँग जे गर्ने प्रतिज्ञा गर्नुभयो त्यसमा उनले विश्‍वास गरे, र त्‍यो कारणले, परमेश्‍वरले अब्राहामलाई धर्मी भएको विचार गर्नुभयो ।
\s5
\v 4 अब हामीले गरेको कामका ज्यालाहरू हामी पाउँछौं भने, ती ज्यालाहरूलाई उपहारको रूपमा हेरिंदैन । त्यसको सट्टामा, ती हाम्रा कमाइ भएको विचार गरिन्छ । त्‍यसरी नै, परमेश्‍वरले हामीलाई बाध्य भएर दया गर्नुपर्ने केही कुरा हामीले गर्न सक्‍छौं भने, तब त्यो कुरा उपहार हुँदैन ।
\v 5 तर वास्तवमा, परमेश्‍वरले उहाँलाई अघि आदर नगरेका मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ । त्यसको सट्टामा, अबदेखि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, र यसकारण उहाँले तिनीहरूलाई धर्मी हुन् भनी विचार गर्नुहुन्छ ।
\s5
\v 6 यसरी नै, कुनै एकजना व्‍यक्तिले नकमाइकन परमेश्‍वरले धर्मी ठहराउनुहुने कुराको बारेमा दाऊदले भजनमा लेखेः
\v 7 “ती मानिसहरू कति सौभाग्‍यशाली हुन् जसका पापहरू परमेश्‍वरले क्षमा गर्नुभएको छ, जसका पापहरूलाई उहाँले वास्‍ता गर्नुहुन्‍न ।
\v 8 ती मानिसहरू कति सौभाग्‍यशाली हुन् जसका पापहरूका विवरण उहाँले राख्‍नुहुन्‍न ।”
\s5
\v 9 यसरी सौभाग्‍यशाली हुने कुरा हामी यहूदीहरूले मात्र अनुभव गर्ने केही कुरा होइन । अहँ, यो गैरयहूदीहरूले पनि अनुभव गर्न सक्छन् । यो हामी जान्‍दछौं, किनकि धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ कि अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, यसैले परमेश्‍वरले तिनलाई धर्मी भएको विचार गर्नुभयो ।
\v 10 परमेश्‍वरले यो कुरा अब्राहामलाई कतिबेला गर्नुभयो त्‍यसको बारेमा विचार गर । अब्राहामले खतना गर्नुभन्दा अघि नै उहाँले त्‍यो गर्नुभयो, पछि होइन ।
\s5
\v 11 परमेश्‍वरले अब्राहामलाई धर्मी भनी स्‍वीकार गर्नुभएको धेरै वर्षपछि उहाँले तिनलाई खतना गर्नुपर्छ भनी आज्ञा दिनुभयो । अब्राहाम पहिलेबाटै धर्मी ठहराइएका छन् भन्‍ने कुरा देखाउने चिनोको रूपमा खतना थियो । यसैले हामी यसबाट सिक्‍न सक्‍छौं, परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्‍यक्तिका पुर्खा उहाँले अब्राहामलाई नै बनाउनुभयो, यद्यपि तिनीहरूले खतना गरेका छैनन् । यसरी, परमेश्‍वरले यी सबै मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ ।
\v 12 यसरी नै, परमेश्‍वरले अब्राहामलाई हामी साँचो यहूदीहरू सबैका पुर्खा भएको विचार गर्नुहुन्‍छ, त्‍यसको अर्थ, सबै यहूदीहरू जसको आफ्‍नो शरीरमा खतनाका चिन्ह भएका मात्र होइनन्, तर अझ महत्त्‍वपूर्ण जसले हाम्रा पुर्खा अब्राहामको खतना हुनुभन्दा अघि तिनले जीवन बिताए जस्‍तै बिताउँछन्, जतिबेला तिनले परमेश्‍वरमा विश्‍वास मात्र गर्दै थिए ।
\s5
\v 13 अब्राहाम र तिनका सन्तानसँग परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो कि तिनीहरूले संसारको अधिकार गर्नेछन् । तर उहाँले त्यो प्रतिज्ञा गर्नुहुँदा, अब्राहामले कुनै व्यवस्था पालन गरिरहेको कारणले थिएन । त्यसको सट्टामा, परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभयो त्‍यो उहाँले गर्नुहुन्छ भनी अब्राहामले विश्‍वास गरेको कारणले थियो । यसैले परमेश्‍वरले अब्राहामलाई धर्मी ठहराउनुभयो ।
\v 14 परमेश्‍वरको व्यवस्था पालना गरेको कारणले मानिसहरूले संसारको अधिकार गर्छन् भने त, कुनै कुराको लागि परमेश्‍वरमा विश्‍वास गर्नु बेकार छ, र उहाँको प्रतिज्ञाले केही अर्थ राख्‍दैन ।
\v 15 यो याद गर कि वास्तवमा, परमेश्‍वरले उहाँको व्यवस्थामा यो भन्‍नुहुन्‍छ कि जसले यसलाई पूर्णरूपले पालन गर्दैन त्‍यसलाई उहाँले दण्ड दिनुहुनेछ । यो पनि याद गर कि व्यवस्था नभएका मानिसहरूले त्‍यसलाई उलङ्‍घन गर्नु असम्भव छ ।
\s5
\v 16 यसैले हामीले परमेश्‍वरमा विश्‍वास गरेको कारणले गर्दा उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएका कुराहरू हामीले वरदान स्‍वरूप पाउनेछौं, किनकि उहाँ धेरै दयालु हुनुहुन्छ । उहाँले यी कुराहरू हरेकलाई दिनुहुन्‍छ जसलाई उहाँले अब्राहामको सच्‍चा सन्‍तानको रूपमा मान्‍नुहुन्‍छ हामी यहूदी विश्‍वासीहरू जससँग परमेश्‍वरको व्यवस्था र उहाँमा विश्‍वास गर्छौं, र गैरयहूदीहरू जससँग परमेश्‍वरको व्यवस्था छैन तर अब्राहामले जस्तै उहाँमा विश्‍वास गर्छन् । किनकि परमेश्‍वरले अब्राहामलाई हामी सबै विश्‍वासीहरूका सच्‍चा पुर्खा मान्‍नुहुन्‍छ ।
\v 17 परमेश्‍वरले अब्राहामलाई धर्मशास्‍त्रमा यसो भन्‍नुभयोः “म तँलाई धेरै जाती समूहका पुर्खा बनाउनेछु ।” अब्राहामले यो कुरा प्रत्‍यक्ष रूपमा परमेश्‍वरबाट पाए जसले मृत मानिसहरूलाई जीवित पार्नुहुन्‍छ र हुँदै नभएका कुराबाट सृष्‍टि गर्नुहुन्‍छ ।
\s5
\v 18 परमेश्‍वरको यस प्रतिज्ञामा तिनले दृढ विस्‍वास गरे, यद्यपि तिनका सन्‍तान हुनेछन् भनी आशा गर्ने शारीरिक कारण थिएनन्, किनकि तिनी र तिनकी श्रीमती बालक जन्माउन नसक्‍ने बृद्धावस्‍थामा थिए । परमेश्‍वरले अब्राहामलाई, “तेरा सन्‍तानहरू आकाशका ताराहरू जस्तै अनगिन्‍ती हुनेछन्,” भन्‍नुहुँदा, तिनी धेरै जाती समूहका पुर्खा हुनेछन् भनी प्रतिज्ञा गर्नुभयो ।
\v 19 आफ्‍नो शरीर बालक जन्‍माउन सक्षम छैन भनी तिनलाई थाहा भए तापनि परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभयो त्‍यो उहाँले पूरा गर्नुहुनेछ भन्‍ने कुरामा तिनले शङ्का गरेनन् (तिनको उमेर करीब एक सय वर्ष भएको थियो), र साराले बालकलाई जन्‍म दिएकी थिइनन् । यतिबेला तिनी धेरै बृद्ध थिइन् ।
\s5
\v 20 परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्‍यो उहाँले पूरा गर्नुहुन्‍छ भन्‍ने कुरामा तिनले कुनै शङ्का गरेनन् । त्यसको सट्टामा, तिनले परमेश्‍वरमा धेरै दृढ विश्‍वास गरे, र परमेश्‍वरले जे गर्न जाँदै हुनुहुन्‍थ्‍यो त्यसको लागि तिनले परमेश्‍वरलाई धन्यवाद दिए ।
\v 21 परमेश्‍वरले गर्न लाग्‍नुभएको कुराको प्रतिज्ञा उहाँले गर्नुहुँदा उहाँले त्‍यो गर्न सक्‍नुहुन्‍छ भनी तिनी दृढ रूपमा विश्‍वस्‍त थिए ।
\v 22 र त्यसैकारणले परमेश्‍वरले अब्राहामलाई धर्मी ठहराउनु भयो ।
\s5
\v 23 धर्मशास्‍त्रमा भएका वचनहरू, “परमेश्‍वरले तिनलाई धर्मी ठहराउनुभयो किनभने तिनले परमेश्‍वरमा विश्‍वास गरे,” अब्राहामको बारेमा मात्र होइन ।
\v 24 ती शब्दहरू हाम्रो बारेमा पनि लेखिएका हुन्, जसलाई परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ किनभने हामी उहाँमा विश्‍वास गर्छौं, जसले हाम्रा प्रभु येशूलाई उहाँको मृत्‍युपछि फेरि जीवित पार्नुभयो ।
\v 25 हाम्रा दुष्‍ट कामहरूका कारणले येशूलाई मृत्‍युदण्ड दिन परमेश्‍वरले मानिसहरूलाई अनुमति दिनुभयो । र परमेश्‍वरले येशूलाई फेरि जीवित पार्नुभयो किनभने परमेश्‍वरले हामीलाई धर्मी ठहराउने इच्‍छा गर्नुभयो ।
\s5
\c 5
\p
\v 1 परमेश्‍वरले हामीलाई धर्मी ठहराउनुभयो, किनभने हाम्रा प्रभु येशू ख्रीष्‍टमा हामी विश्‍वास गर्छौं । यसैले अब हामी परमेश्‍वरसँग मिलापमा छौंँ ।
\v 2 ख्रीष्‍टले हाम्रा निम्ति जे गर्नुभएको छ त्‍यो कारणले, जहाँ परमेश्‍वर हामीसँग दयालु हुनुहुनेछ त्‍यहाँ जानलाई उहाँले हामीलाई एउटा ढोका खोल्नुभएको जस्‍तो छ । यसैले हामी आनन्दित हुन्‍छौं किनभने हामी दृढतासाथ आशा गर्दैर्छौं कि परमेश्‍वरले हामीसँग आफ्‍नो महानता खुशीसाथ बाँड्नुहुनेछ ।
\s5
\v 3 हामी ख्रीष्‍टसँग मिलापमा भएका कारणले जब हामी कष्‍ट भोग्‍छौं, तब हामी आनन्दित पनि हुन्‍छौं, किनभने हामीले कष्‍ट भोग्‍दैगर्दा, हामीले धैर्यतापूर्वक कुराहरू सहन सिक्‍दैछौं भनी हामी जान्दछौं ।
\v 4 र जब हामी कष्‍टलाई धैर्यतापूर्वक सहन्छौं, परमेश्‍वरले हामीलाई ग्रहण गर्नुहुन्छ भनी हामी जान्‍दछौं । र जब परमेश्‍वरले हामीलाई ग्रहण गर्नुहुन्छ भनी हामी जान्‍दछौं, तब उहाँले हाम्रा निम्ति महान कुराहरू गर्नुहुन्छ भनी हामी दृढतापूर्वक आशा गर्छौं ।
\v 5 र हामीले प्रतिक्षा गर्ने कुराहरू प्राप्‍त गर्नेछौं भनी हामी धेरै दृढ हुन्‍छौं, किनभने परमेश्‍वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ । उहाँले हामीलाई दिनुभएको पवित्र आत्माले, परमेश्‍वरले हामीलाई कति प्रेम गर्नुहुन्छ भनी हामीलाई बझाउनुहुन्छ ।
\s5
\v 6 जब हामीले आफैंलाई बचाउन सकेका थिएनौं, त्यो समयमा परमेश्‍वरले चुन्‍नुभएको ख्रीष्‍ट हामी मानिसहरूकाो निम्ति मर्नुभयो, यद्यपि हामीले परमेश्‍वरलाई आदर गरिरहेका थिएनौं ।
\v 7 एकजना व्‍यक्ति धर्मी नै भए पनि अर्को व्‍यक्तिको निम्ति मर्नलाई सायदै तयार होला, यद्यपि असल व्‍यक्तिको निम्ति मर्नलाई कोही साहसी हुन सक्‍ला ।
\s5
\v 8 तापनि, परमेश्‍वरको सम्‍बन्‍धमा, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ भनी उहाँले हामीलाई यसरी देखाउनुभयो कि हामीले परमेश्‍वरको विरूद्धमा विद्रोह गरिरहेकै समयमा ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो ।
\v 9 यसैले यो अझै बढी निश्‍चित कुरा हो कि पापको बारेमा भएको परमेश्‍वरको क्रोधबाट ख्रीष्‍टले हामीलाई बचाउनुहुनेछ, किनकि ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभएको र हाम्रा पापहरूका निम्‍ति आफ्‍नो रगत बगाउनुभएको हुनाले हामी परमेश्‍वरमा धर्मी ठहरिएका छौं ।
\s5
\v 10 हामी परमेश्‍वरका शत्रुहरू हुँदा नै, उहाँले हामीलाई आफ्‍ना मित्रहरू बनाउनुभयो, किनभने उहाँका पुत्र हाम्रा निम्ति मर्नुभयो । ख्रीष्‍ट फेरि जीवित हुनुभएको कारणले, ख्रीष्‍टले हामीलाई बचाउनुहुनेछ भन्‍ने कुरा झन् बढी पक्‍का छ ।
\v 11 त्‍यति मात्र होइन ! अब हामी आनन्द गर्छौं किनभने हाम्रा प्रभु येशू ख्रीष्‍टले हाम्रा निम्‍ति जे गर्नुभएको छ त्‍यो कारणले हामी परमेश्‍वरका मित्रहरू बनाइएका छौं ।
\s5
\v 12 परमेश्‍वरले सृष्‍टि गर्नुभएको पहिलो मानिस, आदमले धेरै अघि पाप गरेको कारणले सबै मानिसहरू पापी छन् । तिनले पाप गरेको कारणले, अन्‍ततः तिनको मृत्‍यु भयो । यसैले त्‍यसबेलादेखि जीवन बिताएका सबै मानिसहरू पापीहरू भए र तिनीहरू सबैको मृत्‍यु भयो ।
\v 13 परमेश्‍वरले मोशालाई आफ्‍नो व्यवस्था दिनुभन्दा अघि नै संसारका मानिसहरूले पाप गरे तर व्यवस्था विरूद्धको पाप चिन्‍ने कुनै उपाय थिएन ।
\s5
\v 14 तर हामीलाई थाहा छ कि आदमले जीवन बिताएको समयदेखि मोशाले जीवन बिताएको समयसम्म, सबै मानिसहरूले पाप गरे र त्यसको परिणामस्वरूप तिनीहरूको मृत्‍यु भयो । हरेक व्‍यक्तिको, आदमलेझैं परमेश्‍वरको आज्ञा सिधा रूपमा उल्लङ्घन नगर्नेहरूको पनि मृत्‍यु भयो । आदमको पापले सबै मानिसहरूलाई प्रभावित पार्‍यो, जसरी पछि आउनुभएको ख्रीष्‍टले गर्नुभएको कामले सबै मानिसलाई प्रभावित पार्छ ।
\v 15 तर परमेश्‍वरले दिनुहुने वरदान आदमको पाप जस्तो होइन । आदमले पाप गरेको कारणले हरेक व्‍यक्तिको मृत्‍यु हुन्‍छ । तर अर्को एकलो मानिस, येशू ख्रीष्‍ट, हामी सबैको निम्ति मर्नुभएको कारणले, परमेश्‍वरले हामीलाई दया गरेर अनन्त जीवनको वरदान दिनुहुन्छ, यद्यपि हामी यो प्राप्‍त गर्न योग्यका छैनौं ।
\s5
\v 16 र अर्को किसिमले पनि परमेश्‍वरको वरदान आदमको पापभन्दा भिन्‍दै छ । आदमले पाप गरेको कारणले, तिनीपछिका सबै मानिसहरूले पाप गरेका छन्, र यसैले सबै मानिसहरू दण्डको योग्‍य छन् भनी परमेश्‍वरले घोषणा गर्नुभयो । तर दयाको वरदान स्वरूप, परमेस्‍वरले हामीलाई धर्मी ठहराउनुहुन्छ ।
\v 17 एकजना मानिस आदमले जे गरे त्‍यो कारणले सबै मानिसहरूको मृत्‍यु हुन्‍छ । तर अब हामीहरूमध्‍ये धेरैले अनुभव गर्छौं कि परमेश्‍वरले हामीलाई दया गरेर एउटा महान वरदान दिनुभएको छ जसको निम्‍ति हामी योग्‍य छैनौं --उहाँले हामीलाई धर्मी ठहराउनु भएको छ । यो पनि पक्‍का हो कि हामी ख्रीष्‍टसँगै स्वर्गमा राज्‍य गर्नेछौंँ । एकजना मानिस, येशू ख्रीष्‍टले हाम्रा निम्ति जे गर्नुभयो, त्‍यो कारणले यो हुनेछ ।
\s5
\v 18 यसैले एकजना मानिस, आदमले परमेश्‍वरको व्यवस्थामा अनाज्ञाकारी भएको कारणले, सबै मानिहरू दण्डको योग्य भए । त्‍यसरी नै, एकजना मानिस, येशूले जीवन बिताउनुहुँदा र मर्नुहुँदा परमेश्‍वरको आज्ञा पालन गर्नुभएर धार्मिकतासाथ काम गर्नुभएको कारणले परमेश्‍वरले हरेकलाई धर्मी ठहराएर तिनीहरूलाई अनन्‍त जीवन दिनुहुन्‍छ ।
\v 19 एकजना मानिस, आदमले परमेश्‍वरको आज्ञा पालन नगरेको कारणले धेरैजना मानिसहरू पापीहरू भए । त्‍यसरी नै, एकजना मानिस, येशू मर्नुहुँदा उहाँले परमेश्‍वरको आज्ञा पालन गर्नुभयो जसले गर्दा उहाँले धेरै जनालाई धर्मी ठहराउनु हुनेछ ।
\s5
\v 20 मानिसहरूले कति गम्‍भीर पाप गरेका थिए भनी तिनीहरूले महसुस गरून् भन्‍ने उदेश्‍यले परमेश्‍वरले मोशालाई आफ्‍नो व्यवस्थामा दिनुभयो । तर मानिसहरूले जति धेरै पाप गरे, परमेश्‍वरले तिनीहरूप्रति अझै धेरै दयालु भएर निरन्‍तर काम गरिरहनु भयो, जसको योग्‍य तिनीहरू थिएनन् ।
\v 21 उहाँले त्‍यो यस हेतुले गर्नुभयो कि, मानसिहरूले पाप गरेको कारणले तिनीहरूको मृत्‍यु हुनुभन्‍दा फरक, उहाँको दयाको वरदानले तिनीहरूलाई उहाँले धर्मी ठहराउन सक्‍नुहुन्‍छ । तब हाम्रा प्रभु येशू ख्रीष्‍टले तिनीहरूको निम्ति जे गर्नुभएको छ त्य कारणले तिनीहरू सदासर्वदा जिउन सक्‍नेछन् ।
\s5
\c 6
\p
\v 1 मैले जे लेखेको छु त्यसको जवाफमा कसैले भन्‍न सक्छ कि परमेश्‍वरले हामीप्रति दयालु भएर व्यवहार गर्नुभएको हुनाले उहाँको दया अझै धेरै होस् भन्‍ने उदेश्‍यले सायद हामीले निरन्तर पाप गर्नुपर्छ ।
\v 2 होइन, अवश्य होइन ! हामी मृत्‍यु भएका मानिसहरू जस्तै हौं,ँ जसले फरि कुनै खराब कुरा गर्न सक्दैन । यसैले हामीले निरन्तर पाप गर्नुहुँदैन ।
\v 3 जतिबेला हामीले ख्रीष्‍ट येशूसँग एक हुनलाई बप्‍तिष्मा लियौं, परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै उहाँको क्रुसमा मरिरहेको रूपमा हेर्नुभयो । के तिमीहरू यो कुरा थाहा छैन ?
\s5
\v 4 यसैले, जतिबेला हामीले बप्‍तिष्मा लियौं, परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै उहाँको चिहानमा भएको पनि देख्‍नुभयो । परमेश्‍वर पिताले आफ्नो शक्‍ति प्रयोग गरेर ख्रीष्‍टलाई मृत्युबाट जीवित बनाउनुभयो । त्‍यसरी नै, उहाँले नयाँ किसिमले जीवन जिउनलाई हामीलाई सम्भव तुल्याउनुभयो ।
\v 5 परमेश्‍वरले हामीलाई ख्रीष्‍टको मृत्‍युमा उहाँसँगै सहभागी हुँदै गरेको देख्‍नुहुने कारणले, उहाँले हामीलाई पनि उहाँसँगै मृत्युबाट जीवित बनाउनु हुनेछ ।
\s5
\v 6 हाम्रो पापपूर्ण स्‍वभावलाई खत्तम गर्नलाई परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै क्रुसमा मृत्‍यु भएका पापीहरूको रूपमा हेर्नुहुन्छ । परिणामस्‍वरूप अब हामीले पाप गरिरहनु पर्दैन ।
\v 7 किनकि जसको मृत्‍यु भइसकेको छ उसले फेरि पाप गर्नु पर्दैन ।
\s5
\v 8 परमेश्‍वरले हामीलाई ख्रीष्‍टको मृत्‍यु हुँदा उहाँसँगै मृत्‍यु भएको देख्‍नुहुने कारणले गर्दा हामी पनि उहाँसँगै जीवित हुनेछौं भनी हामी विश्‍वास गर्छौं ।
\v 9 हामी जान्‍दछौं कि ख्रीष्‍टको मृत्‍यु भएपछि परमेश्‍वरले उहाँलाई फेरि जीवित बनाउनु भएको कारणले, ख्रीष्‍ट फेरि कहिल्यै मर्नु हुनेछैन । कुनै कुराले पनि उहाँलाई फेरि कदापी मर्न सक्‍ने बनाउनेछैन ।
\s5
\v 10 उहाँ मर्नुहुँदा, उहाँ हाम्रो पापपूर्ण संसारबाट स्वतन्‍त्र भएर बन्‍नुभयो र उहाँ फेरि कदापि मर्नुहुने छैन । तर उहाँ फेरि जीवित हुनुभएको कारणले, उहाँ ीपरमेश्‍वरको सेवा गर्नलाई जिउनुहुन्छ ।
\v 11 यसरी नै, तिमीहरूले पनि आफुलाई परमेश्‍वरले तिमीलाई हेर्नुभए जस्तै गरी हेर्नुपर्छः तिमीहरू अब फेरि पाप गर्न नसक्‍ने मृत मानिसहरू हौ । तर तिमीहरू जीवित मानिसहरू पनि हौ, परमेश्‍वरको सेवा गर्न र ख्रीष्‍ट येशूसँग एक हुन तिमीहरू जीवित पारिएका छौ ।
\s5
\v 12 यसैले जब तिमीहरूलाई पाप गर्ने इच्छा हुन्‍छ, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ त्‍यो गर्न आफैंलाई अनुमति नदेओ । यो याद गर कि तिमीहरूका शरीर एक दिन मर्नेछ ।
\v 13 कुनै पनि दुष्‍ट कुरा गर्नलाई तिमीहरूका शरीरका कुनै पनि अंगलाई प्रयोग नगर । यसको सट्टामा, तिमीहरू मृत्‍युमा भएका मानिसहरूबाट अहिले जीवित भएका मानिसहरूको रूपमा आफैंलाई ँपरमेश्‍वर अर्पण गर । आफ्‍नो शरीरका हरेक अंगलाई परमेश्‍वरको निम्ति प्रयोग गर । धार्मिक कुराहरू गर्न तिमीलाई प्रयोग गर्न उहाँलाई अनुमति देओ ।
\v 14 तिमीहरूलाई पाप गर्ने इच्छा हुँदा, त्यो नगर ! परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाले तिमीहरुलाई पाप गरिरहनबाट रोक्‍न सकेन । तर अहिले परमेश्‍वरले तिमीहरूलाई अधीन गर्नुहुन्छ र दयालु भएर पाप नगर्न तिमीहरूलाई मद्धत गर्नुहुन्छ ।
\s5
\v 15 परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाले हामीहरूलाई पाप गर्नबाट रोक्‍न नसकेको र परमेश्‍वरले अहिले हामीहरूलाई जसरी पनि दयालु भएर व्यवहार गरिरनुभएको कारणले, परमेश्‍वरले हामीहरूलाई निरन्‍तर पाप गर्न दिनुहुन्‍छ भन्‍ने विचार यसबाट हामीमा हुन सक्‍छ । यो पूर्णरूपमा गलत विचार हो !
\v 16 तिमीहरू कसैको आज्ञाकारी हुन अर्पित हुन्‍छौ भने, तिमीहरू उसका दासहरू बन्छौ । तिमीहरूलाई पाप गर्ने इच्छा हुँदा, तिमीहरू आज्ञाकारी हुन्‍छौ भने, तिमीहरू पापका दासहरू हुन्छौ र परिणामस्वरूप मृत्‍युमा पुग्‍छौ । तर तिमीहरू परमेश्‍वरका आज्ञाकारी हुन्छौ भने, तिमीहरू उहाँका दासहरू बन्छौ र परिणामस्वरूप, तिमीहरूले गर भनी परमेश्‍वरले इच्‍छा गर्नुभएका ठिक कुराहरू गर्नेछौ ।
\s5
\v 17 बितेको समयमा तिमीहरूले जसरी इच्‍छा गर्‍यौ त्‍यसरी तिमीहरूले पाप गर्‍यौ -- तिमीहरू पापकाो दासहरू थियौ । त्‍यसपछि ख्रीष्‍टले तिमीहरूलाई दिनुभएको शिक्षा इमान्दारीपूर्वक पालन गर्न तिमीहरूले सुरु गर्‍यौ । त्यसको निम्ति म परमेश्‍वरलाई धन्यवाद दिन्छु ।
\v 18 यसैले अब तिमीहरूले फेरि पाप गर्नुपर्दैन । पाप अब फेरि तिमीहरूको मालिक होइन । त्‍यसको सट्टामा, तिमीहरू परमेश्‍वरका दासहरू हौ जो धर्मी हुनुहुन्‍छ ।
\s5
\v 19 साधारण मानिसहरूले बुझ्‍न सक्‍ने किसिमले म तिमीहरूलाई लेख्‍दैछु । बितेको समयमा तिमीहरू आफ्ना अभिलाषाहरूका दासहरू थियौ, यसैले तिमीहरूले सबै किसिमका अशुद्ध र खराब कुराहरू गर्‍यौ । तर अब परमेश्‍वरले गर्नुहुनेझैं ठिक किसिमले काम गर जसले गर्दा उहाँले तिमीहरूलाई आफ्‍ना मानिसहरूका रूपमा आफ्‍नो निम्‍ति अलग गर्नुहुनेछ ।
\v 20 यो सत्य हो कि बितेको समयमा, तिमीहरूले परमेश्‍वरको शक्‍ति र धर्मिकता बाट स्वतन्‍त्र भएका मानिसहरूझैंँ व्यवहार गर्‍यौ (किनभने आफ्‍नो खराब मनहरूले जे तिमीहरूलाई गर्न भन्‍यो, त्‍यही तिमीहरूले गर्‍यौ ।) तिमीहरूले ठिक कुराहरू गर्नु परेको थएन ।
\v 21 तर तिमीहरू पापका दास जस्‍तै भए तापनि, परमेश्‍वरले तिमीहरूलाई पापबाट स्‍वतन्‍त्र पार्नुभएको छ र तिमीहरूलाई आफ्‍नो दास बनाउनुभएको छ । परिणामस्‍वरूप तिमीहरू पवित्र पारिंदैछौ, र त्‍यसको परिणाम तिमीहरू सदासर्वदा उहाँसँगै जिउनेछौ ।
\s5
\v 22 तर अब तिमीहरूले फेरि पाप गर्नुपर्दैन । तिमीहरू फेरि त्‍यस्‍ता दासहरू होइनौ । त्‍यसको सट्टामा, तिमीहरू परमेश्‍वरका दासहरू भएका छौ । त्‍यसको सट्टामा, उहाँले तिमीलाई आफ्नै मानिसहरूका रूपमा अलग पार्नुभएको छ र उहाँले तिमीलाई सदासर्वदा आफैंसँग जिउने अनुमति दिनुहुनेछ ।
\v 23 आफ्ना खराब मनहरूले जे गर्न भन्‍छ त्‍यो गर्नेहरूले पनि ज्‍याला पाउँछन्, तर त्यो ज्‍याला मृत्यु हो । तिनीहरू सदासर्वदा परमेश्‍वरबाट अलग हुनेछन् । तर परमेश्‍वरको सम्‍बन्‍धमा, उहाँले आफ्ना दासहरूलाई त्‍यस्‍तो ज्याला दिनुहुन्‍न । त्‍यसको सट्टामा, उहाँले हामीहरूलाई सितैंमा वरदान दिनुहुन्छः उहाँले हामीहरूलाई ख्रीष्‍ट येशू हाम्रा प्रभुसँग मिलापमा रहेर सदासर्वदा उहाँसँगै जिउने अनुमति दिनुहुन्छ ।
\s5
\c 7
\p
\v 1 मेरा विश्‍वासी मित्रहरू, व्यवस्थाको विषयमा तिमीहरूलाई थाहा छ । यसैले तिमीहरूलाई निश्‍चय नै थाहा छ कि मानिसहरू जीवित छँदा मात्र तिनीहरूले व्यवस्थाहरू पालन गर्नुपर्छ ।
\s5
\v 2 उदाहरणको लागि, आफ्नो पति जीवित छउन्‍जेल मात्र एकजना स्‍त्री उप्रति विश्‍वासयोग्य हुनुपर्छ । तर तिनको पतिको मृत्यु हुन्छ भने, तिनले फेरि विवाहित हुँदा जस्तो व्यवहार गर्नु पर्दैन । व्यवस्थाले तिनलाई विवाहबाट स्वतन्‍त्र बनाउँछ ।
\v 3 यसैले आफ्‍नो पति जीवित छँदा तिनी अर्को पुरुषसँग जान्छिन् भने, तिनी व्यभिचारिणी हुनेछिन् । तर तिनको पतिको मृत्‍यु हुन्‍छ भने, तिनले फेरि त्यो व्यवस्था पालन गर्नुपर्दैन । तब तिनले अर्को पुरुषसँग विवाह गर्छिन् भने, तिनी व्यभिचारिणी हुने छैनन् ।
\s5
\v 4 त्‍यसरी नै, मेरा भाइहरू र बहिनीहरू, जब ख्रीष्‍टसँगै क्रुसमा तिमीहरूको मृत्‍यु भयो, परमेश्‍वरको व्यवस्थाले तिमीहरूलाई फेरि अधीन गर्न सकेन । तिमीहरू ख्रीष्‍टमा सहभागी हुन स्वतन्‍त्र भयौ, जसले गर्दा तिमीहरूले परमेश्‍वरको आदर गर्न सक । तिमीहरू यो गर्न सक्छौ किनकि तिमीहरू फेरिी जीवित भएका छौ । परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग मिलाप गराउनुभयो, र उहाँले ख्रीष्‍टलाई मृतयुबाट जीवित पार्नुभएको छ ।
\v 5 जब हामीले परमेश्‍वरको व्यवस्था पढ्‍यौं, तब हाम्रा खराब विचारहरूले हामीलाई जे गर्नु भन्‍यो हामीले त्यही गरिरहँदा, हामीले झन् धेरै पाप गर्ने इच्‍छा गर्‍यौं । यसैले हामीले खराब कुराहरू गर्‍यौं जसले परमेश्‍वरले आफैंलाई सदासर्वदा हामीबाट अलग बनाउनुभयो ।
\s5
\v 6 तर अब परमेश्‍वरले हामीलाई मोशाको व्यवस्था पालन गर्न बाट स्वतन्‍त्र पार्नुभएको छ -- यो हाम्रो मृत्‍यु भएको जस्‍तै हो, र व्यवस्थाले के गर्नुपर्छ भनी हामीलाई फेरि भन्‍न सक्‍दैन । परमेश्‍वरले यो हाम्रा निम्‍ति गर्नुभएको छ जसले गर्दा व्यवस्थाले आवश्‍यक ठाने जस्तै पुरानो किसिमले होइन, आत्माले हामीलाई देखाउनुभए जस्‍तै नयाँ किसिमले हामीले उहाँको आराधना गर्न सकौं ।
\s5
\v 7 के हामी यसो भन्‍न सक्‍छौं कि मानिसहरूले परमेश्‍वरको व्यवस्था जाने भने तिनीहरू धेरै पाप गर्ने इच्‍छा गर्छन् ? त्‍यसो हो भने व्यवस्था आफैंमा खराब हुनुपर्छ ! होइन, साँच्‍चै होइन ! व्यवस्था खराब होइन ! तर यो कुरा सत्य हो कि मैले पापको बारेमा व्यवस्थामा नपढेसम्म मैले साँच्‍चै त्‍यो के हो जान्‍न सकिन । उदाहरणको लागि, जे मेरो होइन त्‍यो लिने इच्‍छा हुनु खराब इच्‍छा हो भनी मैले व्‍यवस्‍था नपढेसम्‍म महसुस गर्न सकिन, “जे तेरो होइन त्‍यो लिने इच्‍छा नगर ।”
\v 8 र आज्ञामा जे लेखियो त्‍यो कारणले, अरूहरूका चीजबीज लिने मेरा पापपूर्ण इच्‍छाले मलाई धेरै किसिमले लोभ गर्ने बनयो । तर जहाँ व्यवस्था छैन त्यहाँ पाप छैन ।
\s5
\v 9 बितेको समयमा, परमेश्‍वरको व्यवस्था मलाई थाहा नहुँदा, मैले जे पाप गर्दै थिएँ त्यो म निष्‍फक्रीसँग गर्थें । तर परमेश्‍वरले हामीलाई आफ्‍नो व्यवस्थामा दिनुभएको रहेछ भनी जब मैले जानें, तब मैले पाप गर्दै रहेछु भनी मैले अचानक महसुस गरें,
\v 10 र म परमेश्‍वरबाट अलग भएको थिएँ भनी मैले महसुस गरें । मैले पालन गरेको भए, मलाई सदासर्वदा जीवित बनाउने व्यवस्थाले नै मलाई मृत्‍युमा पुर्‍याउँदै थियो ।
\s5
\v 11 जब मैले पाप गर्ने इच्‍छा गरें, तब मैले विचार गरें कि मैले पर्याप्‍त व्यवस्था पालन गरें भने, म सदासर्वदा जिउनेछु । तर म गलत थिएँ: मैले निरन्‍तर पाप गरिरहन सक्‍छु भनी सोचें । वास्तवमा, परमेश्‍वरले मलाई उहाँबाट सदासर्वदाको लागि अलग पार्न जाँदै हुनुहुन्‍थ्‍यो किनभने मैले साँचोरूपले व्यवस्था पालन गरिन ।
\v 12 यसैले, परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था पूर्णरूपमा असल छ भनी हामी जान्‍दछौं । परमेश्‍वरले हामीलाई आज्ञा गर्नुहुने हरेक कुरा दोषरहित, न्यायी र असल छन् ।
\s5
\v 13 त्‍यसो भए हामी यसो भनौं, परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था, जुन असल छ, त्यसले हामीलाई परमेश्‍वरबाट टाढा पुर्‍यायो ! निश्‍चय नै त्‍यसले त्‍यसो गरेन ! तर यसको सट्टामा, व्यवस्था, जुन असल छ, त्‍यसले मलाई पाप गर्ने बनायो । मले जानें कि त्‍यसको परिणामस्वरूप, म परमेश्‍वरबाट टाढा भएँ । र अझै, परमेश्‍वरले जे आज्ञा गर्नुभयो त्‍यो सिकेको कारणले, जे मैले गर्दै थिएँ त्‍यो साँच्‍चै पापमय थियो भनी मलाई थाहा भयो ।
\v 14 व्यवस्था परमेश्‍वरबाट आयो भनी हामी जान्‍दछौं र हाम्रो मनको विचारलाई परिवर्तन गर्छ । तर म त्‍यस्‍तो व्‍यक्ति हुँ जसको मनको विचारले पाप गर्ने लागाउँछ । यो पाप गर्ने आफ्‍नो इच्‍छाको म दास भएको जस्‍तै हो मेरा इच्‍छाहरूले मलाई जे गर्न भने त्‍यही मैले गर्नुपर्‍यो ।
\s5
\v 15 मैले गर्ने कुराहरू, म प्रायः बुझ्दिन । त्‍यसको अर्थ, कहिलेकहीं म असल कुराहरू गर्ने इच्‍छा गर्छु जुन म गर्दिन । र कहिलेकहीं मैले घृणा गर्ने खराब कुराहरू म गर्छु ।
\v 16 मैले गर्न नचाहाने खराब कुराहरू मैले गर्ने हुनाले, परमेश्‍वरको व्यवस्थाले मलाई ठिक किसिमले मार्गदर्शन गर्ने कुरामा म सहमत हुन्‍छु ।
\s5
\v 17 यसैले, मैले पाप गर्ने इच्‍छा गरेको कारणले मैले पाप गर्ने होइन । बरु, म पाप गर्छु किनकि पाप गर्ने इच्छाले मलाई पाप गर्न लगाउँछ ।
\v 18 मेरो आफ्‍नै मनको विचारअनुसार जब म गर्छु, तब म केही असल गर्न सक्‍दिन भनी म जान्‍दछु । म यो जान्‍दछु किनकि जे असल छ त्‍यो म गर्न चाहान्‍छु, तर जे असल छ त्‍यो म गर्दिन ।
\s5
\v 19 मैले गर्न चाहाने असल कुराहरू म गर्दिन । बरु, मैले गर्न नचाहाने खराब कुराहरू म गर्छु ।
\v 20 जब मैले गर्न नचाहाने खराब कुराहरू म गर्छु भने, ती कुराहरू गर्ने वास्तवमा म होइन । बरु, पाप रुचाउने मेरो मनको विचारले मलाई पाप गर्न लगाउँदैछ ।
\v 21 त्‍यसो भए, सधैं म के भएको पाउँछु भनें, जब म असल गर्ने इच्‍छा गर्छु, मभित्र वास गर्ने खराब इच्‍छाले मलाई असल गर्न रोक्‍छ ।
\s5
\v 22 मेरो मनको नयाँ विचारमा, परमेश्‍वरको व्यवस्थाको बारेमा म धेरै खुशी छु ।
\v 23 तापनि, मेरो शरीरमा भिन्‍न शक्‍ति भएको म थाहा गर्छु । मेरो दिमागले गर्ने इच्छा गरेको कुरालाई त्‍यसले विरोध गर्छ र मेरो पुरानो पापपूर्ण मनको विचारले मलाई जे गर्न चाहान्‍छ त्‍यसले मलाई त्‍यही गर्ने बनाउँछ ।
\s5
\v 24 जब म यो कुरा विचार गर्छु, म धेरै दुःखी व्‍यक्ति हुँ भन्‍ने महसुस मलाई हुन्‍छ । मैले परमेश्‍वरबाट अलग हुन नपरोस् भन्‍ने उदेश्‍यले मेरो शरीरका अभिलाषाहरूको बन्‍धनबाट कसैले मलाई स्वतन्‍त्र गरिदेओस् भनी म इच्‍छा गर्छु ।
\v 25 म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा उहाँले हाम्रा शरीरका अभिलाषाका बन्‍धनबाट हामीलाई स्वतन्‍त्र पार्नुहुन्‍छ । यसैले हाम्रा दिमागहरूले, एकातर्फ म परमेश्‍वरको व्यवस्था पालन गर्ने इच्‍छा गर्छु । तर अझै, मेरो पुरानो पापमय मनको विचारको कारणले गर्दा म प्रायः हाम्रा पापमय अभिलाषालाई मलाई अधीन गर्न दिन्‍छु ।
\s5
\c 8
\p
\v 1 यसैले ख्रीष्‍ट येशूसँग मिलापमा भएकाहरूलाई परमेश्‍वरले दोषी ठहराउनुहुने छैन र दण्डको आज्ञा दिनुहुने छैन ।
\v 2 परमेश्‍वरको आत्माले हामीलाई नयाँ किसमले जिउने बनाउनुहुन्छ, किनभने हामी ख्रीष्‍ट येशूसँग मिलापमा छौं । यसरी, मैले पाप गर्ने बारेमा विचार गर्दा, मैले फेरि पाप गर्न पर्दैन, र म फेरि परमेश्‍वरबाट अलग हुनेछैन ।
\s5
\v 3 परमेश्‍वरसँगै जिउनको लागि हामीले परमेश्‍वरको व्यवस्था पालन गर्ने कोसिस गर्‍यौं, तर हामीले त्‍यसो गर्न सक्छौं भनेर सोच्‍नु बेकार थियो -- हामीले पाप गर्न छोड्न सकेनौं । यसैले बदलामा परमेश्‍वरले हामीलाई मद्धत गर्नुभयोः उहाँका पुत्रले हाम्रा पापको प्रायश्‍चित गर्ने उदेश्‍यले उहाँले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो । उहाँको पुत्रले हामी पाप गर्नेहरूको जस्तै एउटा शरीर लिएर आउनुभयो । उहाँको पुत्र हाम्रो पापको निम्ति आफैँलाई बलिदान चढाउन आउनुभयो । उहाँको पुत्र हाम्रा पापको निम्ति आफैंँलाई बलिदान चढाउन आउनुभयो । जब उहाँले यो काम गर्नुभयो, उहाँले यो पनि देखाउनु भयो कि हाम्रा पापहरू साच्‍चै दुष्‍ट थिए, र पापहरू गर्ने कसैले पनि दण्ड पाउनलाई योग्‍य हुन्‍छ ।
\v 4 यसैले परमेश्‍वरले आफ्नो व्यवस्थामा राख्‍नुभएका सबै आवश्यकता अब हामी पुरा गर्न सक्‍छौं । हाम्रो पुरानो मनको विचारका अभिलाषाहरू अनुसार काम गरेर हामी यसो गर्न सक्दैनौं, तर त्यसको साटोमा, परमेश्‍वरको आत्माले हामीलाई जिउन भन्‍नुभए अनुसार जिएर सक्‍छौं ।
\v 5 आफ्‍नो खराब मनको विचारद्वारा जिउने मानिसहरूले त्‍यस्‍तै मनका विचारमा ध्‍यान दिन्‍छन् । तर परमेश्‍वरको आत्माको विचारद्वारा जिउने मानिसहरूले पवित्र आत्‍माका कुराहरूका बारेमा विचार गर्छन् ।
\s5
\v 6 आफ्‍ना खराब मनका विचारले गर्ने इच्‍छाहरूका बारेमा सोच्‍ने र ध्‍यान दिनेहरू सदासर्वदा जिउने छैनन् । तर परमेश्‍वरको आत्माको इच्‍छा खोज्‍नेहरू सदासर्वदा जिउनेछ्न् र शान्तिमा रहनेछन् ।
\v 7 म यसलाई व्याख्या गर्छुः मानिसहरू आफ्‍ना खराब मनका विचारले गर्ने इच्छाहरूले तिनीहरूले परमेश्‍वरको विरुद्धमा काम गर्छन् । तिनीहरूले उहाँको व्यवस्था पालन गर्दैनन् । वास्तवमा तिनीहरू उहाँको व्यवस्था पालन गर्न पनि सक्‍दैनन् ।
\v 8 आफ्‍नो खराब मनको विचारले जे भन्‍छ त्‍यही गर्ने मानिसहरूले परमेश्‍वरलाई खुशी पार्न सक्दैनन् ।
\s5
\v 9 तर हामीले आफ्‍नो पुरानो खराब स्वभावद्वारा हामीलाई अधीन हुन दिनुपर्दैनौ । बरु, हामी परमेश्‍वरको आत्माले आफैलाई अधीन गर्न दिन सक्‍छौं, किनभने उहाँ हामीभित्र बास गर्नुहुन्छ । ख्रीष्‍टबाट आउनुभएको आत्मा मानिसहरूमा बास गर्नुहुन्‍न भने, तिनीहरू ख्रीष्‍टका होइनन् ।
\v 10 तर ख्रीष्‍ट आफ्‍नो आत्माद्वारा तिमीहरूमा बास गर्नुहुने कारणले, परमेश्‍वरले तिमीहरूका शरीरहरू मृत जस्तै देख्‍नुहुन्छ, यसैले तिमीहरूले फेरि पाप गर्नुपर्दैन । अनि उहाँले तिमीहरूका आत्मा जीवित भएको देख्‍नुहुन्छ, किनभने उहाँले तिमीहरूलाई धर्मी ठहराउनुभएको छ ।
\s5
\v 11 परमेश्‍वरले येशूको मृत्यु भएपछि उहाँलाई फेरी जीवित पार्नुभयो । र उहाँको आत्मा तिमीहरूमा बास गर्नुहुने कारणले, पक्‍का मृत्‍यु हुने अहिलेको तिमीहरूका शरीरहरूलाई पनि परमेश्‍वरले फेरि जीवित पार्नुहुनेछ । उहाँले ख्रीष्‍टको मृत्यु भएपछि उहाँलाई फेरी जीवित पार्नुभयो, र उहाँले आफ्‍नो आत्माद्वारा तिमीहरूलाई फेरि जीवित पार्नुहुनेछ ।
\s5
\v 12 त्यसकारण मेरा विश्‍वासी मित्रहरू, आत्माले हामीलाई मार्गदर्शन गर्नुभएअनुसार जिउन हामी बाध्य छौं । हाम्रो पुरानो खराब स्वभावका इच्‍छाअनुसार जिउन हामी बाध्‍य छैनौं ।
\v 13 आफ्‍नो पुरानो स्वभावले जे चाहान्‍छ त्‍यो तिमीहरू गर्छौ भने, तिमीहरू पक्‍का रूपले परमेश्‍वरसँग सदासर्वदा जिउने छैनौ । तर आत्‍माले तिमीहरूलाई ती कुराहरू गर्न रोक्‍नुहुन्‍छ भने, तिमीहरू सदासर्वदा जिउनेछौ ।
\s5
\v 14 हामी परमेश्‍वरको आत्माको आज्ञा पालन गर्नेहरू परमेश्‍वरका छोराछोरी हौं ।
\v 15 किनभने तिमीहरूलाई डरमा जिउने बनाउने आत्‍मा तिमीहरूले पाएका छैनौ । तिमीहरू आफ्‍ना मालिकहरूबाट डराउने दासहरू जस्‍ता छैनौ । बदलामा, परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो आत्‍मा दिनुभएको छ, र उहाँको आत्‍माले हामीलाई परमेश्‍वरका छोराछोरी बनाएको छ । अब आत्माले हामीलाई परमेश्‍वरमा यसो भनेर पुकारा गर्ने बनाउनुहुन्‍छ, “तपाईं मेरो पिता हुनुहुन्छ !”
\s5
\v 16 हामीहरू परमेश्‍वरका छोराछोरी हौं भन्‍ने हाम्रो आत्मालाई पवित्र आत्मा आफैंले पक्‍का गर्नुहुन्छ ।
\v 17 हामीहरू परमेश्‍वरको छोराछोरी भएको कारणले, परमेश्‍वरले हाम्रो निम्‍ति गर्नुभएको प्रतिज्ञा एकदिन हामीहरू प्राप्‍त गर्नेछौं । र हामीले यो ख्रीष्‍टसँगै प्राप्‍त गर्नेछौं । तर परमेश्‍वरले हाम्रो आदर गर्न सक्‍नुभएको होस् भन्‍ने हेतुले ख्रीष्‍टले भोग्‍नुभएझैं असल गरेकोमा हामीले दुःख भोग्‍नैपर्छ ।
\s5
\v 18 वर्तमान समयमा हामीले भोग्‍ने दुःखलाई हामीले ध्यान दिन लायक छैन भनी म विचार गर्छु, किनभने परमेश्‍वरले हामीलाई प्रकट गर्नुहुने भविष्यको महिमा अति नै महान हुनेछ ।
\v 19 परमेश्‍वरले सृष्‍टि गर्नुभएका कुराहरूले उहाँका साँचो छोराछोरी को हुन् भनी उहाँले प्रकट गर्नुहुने समयलाई उत्‍सुकतासाथ प्रतिक्षा गर्दैछन् ।
\s5
\v 20 परमेश्‍वरले सृष्‍टि गर्नुभएका कुराहरूमा उहाँले जे अभिप्राय राख्‍नुभएको थियो त्‍यो हासिल गर्न उहाँले नै असमर्थ बनाउनुभयो । तिनीहरू असफल हुने इच्‍छा गरेर होइन । त्‍यसको विपरित, परमेश्‍वरले तिनीहरूलाई त्‍यसरी बनाउनुभयो किनभने उहाँ पक्‍का हुनुहुन्‍थ्‍यो,
\v 21 कि उहाँले सृष्‍टि गर्नुभएका कुराहरू एकदिन फेरि मर्ने, सड्ने र नष्‍ट हुने छैनन् । उहाँ ती असल कुराहरू गर्न सक्‍नुहुन्‍छ, किनकि ती कुराहरू उहाँले आफ्ना छोराछोरीका लागि गर्न सक्‍नुभएको होस् भन्‍ने हेतुले उहाँले ती कुराहरूलाई त्यसबाट स्वतन्‍त्र गर्नुहुनेछ ।
\v 22 हामी जान्‍दछौं कि अहिलेसम्म परमेश्‍वरले सृष्‍टि गर्नुभएका सबै कुराहरूले एकसाथ सुस्केरा हालिरहेको जस्‍तै भएका छन्, र ती असल कुराहरू तिनीहरूकाो लागि उहाँले गर्नुभएको तिनीहरू चाहन्छन् । तर अहिले, एकजना स्‍त्रीले बालक जन्‍माउनुअघि तिनलाई प्रसव वेदना भएको जस्‍तै हो ।
\s5
\v 23 ती कुराहरूले मात्र सुस्केरा हाल्दैनन् तर हामी पनि आफैं भित्रैदेखि सुस्केरा हाल्‍छौं । परमेश्‍वरले हामीलाई सबै थोक दिनलाई हामीले पर्खंदा हामीमा भएको परमेश्‍वरको आत्मा हामीले पाउने आंशिक वरदान जस्तै भएकोले, हामी भित्रैदेखि सुस्‍केरा हाल्‍छौं । परमेश्‍वरका धर्मपुत्रको रूपमा हामीले पुरा अधिकार पाउने बेलासम्‍म हामीले उत्‍सुकतासाथ प्रतिक्षा गर्दा हामी सुस्‍केरा हाल्‍छौं । पृथ्वीमा हाम्रा शरीरहरूलाई बाधा दिने कुराहरूबाट उहाँले हामीलाई स्वतन्‍त्र पार्नुहुने कुरा त्‍यसमा समावेश हुन्‍छ । उहाँले हामीलाई नयाँ शरीरहरू दिनुभएर त्‍यसो गर्नुहुनेछ ।
\v 24 किनकि परमेश्‍वरमा हामीले भरोसा गरेको कारणले उहाँले हामीलाई बचाउनुभयो । हामीले प्रतिक्षा गरिरहेका कुराहरू अहिले हामीसँग छ भने, हामीले तिनीहरूका निम्‍ति फेरि प्रतिक्षा रगरिहनु पर्दैन । अन्‍ततः तिमीहरूले पाउने आशा गरेर प्रतिक्षा गरिरहेका केही कुरा तिमीहरूले प्राप्‍त गर्‍यौ भने, तिमीहरूले निश्‍चय पनि त्‍यसको निम्‍ति फेरि प्रतिक्षा गर्नुपर्ने छैन ।
\v 25 तर हामीसँग अझैसम्‍म नभएका कुरा पाउनलाई हामीले आशापूर्वक प्रतिक्षा गरिरहने हुनाले हामी त्‍यसका लागि उत्‍सुकतासाथ र धैर्यतासाथ प्रतिक्षा गर्छौं ।
\s5
\v 26 त्यसरी नै, हामी कमजोर हुँदा, परमेश्‍वरको आत्माले हामीलाई मद्धत गर्नुहुन्छ । हामीले के कुराका लागि प्रार्थना गर्नु उचित हुन्‍छ भनी हामी जान्‍दैनौं । तर परमेश्‍वरको आत्माले जान्‍नुहुन्‍छ । जसै उहाँले हाम्रा निम्ति प्रार्थना गर्नुहुन्छ, उहाँको एक किसिमको सुस्‍केरालाई शब्दहरूमा व्यक्त गर्न सकिंदैन ।
\v 27 हाम्रो मनको भित्री विचार र दिमागलाई जाँच्‍नुहुने परमेश्‍वरले आफ्‍नो आत्माले के इच्‍छा गर्नुहुन्‍छ भनी बुझ्‍नुहुन्छ । जसरी आत्‍माले प्रार्थना गरेको परमेश्‍वरले इच्‍छा गर्नुहुन्छ ठिक त्‍यसरी नै उहाँको आत्माले हामी परमेश्‍वरका मानिसहरूका निम्ति प्रार्थना गर्नुहुन्छ ।
\s5
\v 28 हामी जान्दछौं कि परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्‍ति, तिनीहरूमा हुन आउने सबै कुराहरूले मिलेर उहाँले हाम्रो भलाइ हुने किसमले काम गर्नुहुन्छ । उहाँले चुन्‍नु भएकाहरूका निम्‍ति उहाँले यो काम गर्नुहुन्‍छ किनभने उहाँले त्‍यो योजना बनाउनु भएको थियो ।
\v 29 हामीले परमेश्‍वरलाई विश्‍वास गर्छौं भनी उहाँले पहिले नै जान्‍नुभयो । हाम्रा विशेषता परमेश्‍वरको पुत्रको जस्तो विशेषता हुनुपर्छ भनी परमेश्‍वरले पहिले नै निर्णय गर्नुभयो । परिणाम यो हो कि ख्रीष्‍ट नै परमेश्‍वरको जेष्ठ पुत्र हुनुहुन्छ र परमेश्‍वरका छोराछोरी येशूका धेरैजना भाइहरू हुन् ।
\v 30 र परमेश्‍वरले जसलाई उहाँका पुत्रजस्तै हुन्‍छन् भनी पहिले नै निर्णय गर्नुभयो, उहाँले तिनीहरूलाई आफूसित हुनलाई बोलाउनु पनि भयो । र जसलाई उहाँले आफूसित हुनलाई बोलाउनु भयो, र उहाँले तिनीहरूलाई धर्मी पनि ठहराउनुभयो । र जसलाई उहाँले धार्मी ठहराउनुभयो, उहाँले तिनीहरूलाई आदर पनि दिनुहुनेछ ।
\s5
\v 31 यसैले परमेश्‍वरले हाम्रो लागि गर्नुहुने यी सबै कुराहरूबाट हामीले केही सिक्‍नुपर्छ म तिमीहरूलाई भन्‍नेछु । परमेश्‍वरले हाम्रो पक्षमा काम गरिरहनु भएको कारणले, हाम्रो विरुद्धमा कसैले पनि जित हासिल गर्न सक्तैन ।
\v 32 परमेश्‍वरको आफ्नै पुत्रलाई पनि उहाँले बाँकी राख्‍नुभएन । बरु, हामी उहाँमा विश्‍वास गर्नेहरू सबैले हाम्रा निम्ति उहाँको मृत्‍युबाट फाइदा होस् भन्‍ने हेतुले अरूहरूले निर्दयतासाथ उहाँको हत्‍या गरून् भनी उहाँलाई तिनीहरूकहाँ सुम्‍पिदिनुभयो । परमेश्‍वरले त्यसो गर्नुभएको कारणले, हामीलाई उहाँसँग जिउनको लागि आवश्यक हरेक कुरा उहाँले निश्‍चित रूपमा हामीलाई सित्तैंमा दिनुहुनेछ ।
\s5
\v 33 परमेश्‍वरको सामु कसैले पनि हामीलाई गलत गरेको दोष लगाउन सक्दैन, किनकि उहाँले हामीलाई आफ्‍नो हुनलाई चुन्‍नुभएको छ । हामीलाई धर्मी ठहराउनुहुने उहाँ नै हुनुहुन्‍छ ।
\v 34 कसैले हामीलाई फेरि दोष लगाउन सक्‍दैन । हाम्रा निम्ति मर्नुहुने ख्रीष्‍ट नै हुनुहुन्‍छ -- र त्यो भन्दा बढी, उहाँ मृत्युबाट जीवित पनि हुनुभएको छ -- र उहाँले आदरको स्‍थानमा परमेश्‍वरसँग राज्‍य गर्दै हुनुहुन्‍छ र उहाँले हाम्रा निम्ति विनम्र निवेदन गर्दै हुनुहुन्छ ।
\s5
\v 35 कुनै व्‍यक्ति र कुनै कुराले पनि हामीलाई प्रेम गर्नबाट ख्रीष्‍टलाई रोक्‍न कुनै किसिमले सक्‍दैन ! कसैले हामीलाई कष्‍ट दिन्‍छ भने पनि, वा कसैले हाम्रो हानी गरे पनि, वा हामीसँग खानलाई केही नभए पनि, वा हामीसँग पर्याप्‍त कपडाहरू नभए पनि, वा हामीले खतरनाक परिस्‍थितिमा जिउने परे पनि, वा कसैले हाम्रो हत्‍या गरे पनि ।
\v 36 यस्‍ता कुराहरू हामीलाई हुन सक्छन्,जस्‍तो परमेश्‍वरलाई दाऊदले भनेको कुरा लेखिएको छ, “हामी तपाईंका मानिसहरू भएको कारणले, अरूहरूले बारम्बार हामीलाई मार्ने कोसिस गर्छन् । हामी मारिने मानिसहरू मात्र हौं भनी तिनीहरू विचार गर्छन्, जस्तो भेडाहरू काटिने जनावरहरू मात्र भनी कसाइले विचार गर्छ ।”
\s5
\v 37 यी सबै खराब कुराहरू हामीलाई भए तापनि, हामी यी कुराहरूमाथि पूर्णरूपले विजयी हुन्छौ, किनभने हामीलाई प्रेम गर्नुहुने ख्रीष्‍टले हामीलाई मद्धत गर्नुहुन्छ ।
\v 38 म पूर्णरूपले विश्‍वस्‍त छु कि न मृत्‍युसँग सम्‍बन्‍धित कुनै कुराले, न हामी जीवित हुने कुनै घटनाले, न स्वर्गदूतहरूले, न दुष्‍ट आत्‍माहरूले, न वर्तमानका घटनाहरूले, न भविष्यका घटनाहरूले, न शक्‍तिशाली कुराहरूले,
\v 39 न आकाश वा आकाशमुनि भएका शक्‍तिशाली कुराहरूले, न परमेश्‍वरले सृष्‍टि गर्नुभएका कुनै अरू कुराले हामीलाई प्रेम गर्नबाट परमेश्‍वरलाई रोक्‍न सक्‍छ । हाम्रा प्रभु येशू ख्रीष्‍टलाई हाम्रो निम्‍ति मृत्‍यु भोग्‍नलाई पठाउनुभएर परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ भनी देखाउनुभयो ।
\s5
\c 9
\p
\v 1 म ख्रीष्‍टसँग मिलापमा भएको कारणले, म तिमीहरूलाई सत्य भन्‍नेछु । म झुटो बोलिरहेको छैन ! मैले भन्‍ने कुरालाई मेरो विवेकले पुष्‍टि गर्छ किनभने पवित्र आत्माले मलाई नियन्‍त्रण गर्नुहुन्छ ।
\v 2 म तिमीहरूलाई भन्छु कि मेरा इस्राएली दाजुभाइको बारेमा म अति धेरै र गहन रूपले शोकित हुन्‍छु ।
\s5
\v 3 परमेश्‍वरले मलाई श्राप दिनुहुँदा, र मलाई सदासर्वदा ख्रीष्‍टबाट अलग राख्‍नुहुँदा, मेरो इस्राएली दाजुभाइ, मेरा स्‍वभाविक भाइबन्‍धुलाई ख्रीष्‍टमा विश्‍वास गर्न मदत हुन्‍छ भने, म त्‍यसको निम्‍ति व्‍यक्तिगत रूपमा तयार नै हुन्‍छु ।
\v 4 तिनीहरू पनि म जस्तै इस्राएलीहरू हुन् । परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना सन्तान हुनलाई चुन्‍नुभयो । उहाँ कति असल हुनुहुन्‍छ भनी उहाँले तिनीहरूलाई प्रकट गर्नुभयो । तिनीहरूसँग उहाँले करार सम्‍झौताहरू गर्नुभयो । तिनीहरूलाई उहाँले व्यवस्था दिनुभयो । तिनीहरूले नै परमेश्‍वरको आराधना गर्छन् । तिनीहरूलाई नै परमेश्‍वरले धेरै कुराहरूको प्रतिज्ञा गर्नुभयो ।
\v 5 हाम्रो जातिको सुरु गर्नलाई परमेश्‍वरले हाम्रा पुर्खाहरू अब्राहाम, इसाहाक र याकूब चुन्‍नुभयो । र अझै महत्त्‍वपूर्ण कुरा, हामी इस्राएलीबाट नै ख्रीष्‍टले मानव भएर जन्मनुभयो । उहाँ नै सदासर्वदा हाम्रो प्रशंसाको योग्‍य परमेश्‍वर हुनुहुन्‍छ ! यो सत्य हो !
\s5
\v 6 परमेश्‍वरका आशिष्‌हरू अब्राहाम, इसहाक र याकूबका सन्तानले नै अधिकार गर्नेछन् भनी उहाँले तिनीहरूसित प्रतिज्ञा गर्नुभयो । तर मेरो धेरैजसो इस्राएली भाइबन्‍धुले ख्रीष्‍टलाई त्यागे भएता पनि, त्यस कुराले परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाका कुराहरूमा पूरा गर्न उहाँ असफल हुनुभएको प्रमाणित हुँदैन । किनभने याकूबका सन्‍तानहरू र आफैंलाई इस्राएलका मानिसहरू भन्‍ने सबै मानिसहरूलाई परमेश्‍वरले साँचो रूपमा आफ्‍ना मानिसहरू हुन् भनी विचार गर्नुहुन्‍न ।
\v 7 र अब्राहामका सबै स्‍वभाविक सन्तानलाई पनि परमेश्‍वरले अब्राहामका सच्‍चा सन्तान हुन् भनी विचार गर्नुहुन्‍न । त्‍यसको सटोमा, तिनीहरूमध्ये थोरै मात्र अब्राहामका सच्‍चा सन्तान हुन् भनी परमेश्‍वरले विचार गर्नुहुन्छ । उहाँले अब्राहामलाई भन्‍नुभएको कुरासित यो मिल्छः “तेरो सन्तानका सच्‍चा पिता इसहाक नै हो, तेरा छोराहरूमध्ये अरू कोही होइन भनी म विचार गर्नेछु ।”
\s5
\v 8 मेरो भनाइको अर्थ, अब्राहामका सन्तान सबैलाई परमेश्‍वरले आफ्ना छोराछोरीको रूपमा ग्रहण गर्नुहुन्‍न । त्‍यसको साटोमा, परमेश्‍वरले अब्राहामलाई सन्तान दिन्छु भनी प्रतिज्ञा गर्नहुँदा उहाँको दिमागमा भएका मानिसहरू मात्र -- ती मानिसहरूलाई उहाँले अब्राहामका सच्‍चा सन्तान र उहाँका आफ्‍ना छोराछोरी हुन् भनी विचार गर्नुहुन्छ ।
\v 9 परमेश्‍वरले अब्राहामसित यो प्रतिज्ञा गर्नुभयोः “अर्को वर्ष यही समयमा म तँकहाँ फर्केर आउनेछु, र तरो पत्‍नी साराले एउटा छोरा जन्माउने छिन् ।” परमेश्‍वरले यो प्रतिज्ञा गर्नुभयो, र उहाँले यो पूरा गर्नुभयो ।
\s5
\v 10 अब्राहामको छोरा इसहाककी पत्‍नी रेबिकाले जुम्ल्याहा गर्भधारण गरेको समयमा पनि रेबिकालाई त्‍यस्‍तै भयो ।
\v 11 जुम्ल्याहा याकूब र एसाब जन्मिनु पहिले,
\v 12 बालकहरूले असल वा खराब केही नगरको समयमा नै, परमेश्‍वरले रेबिकालाई भन्‍नुभयो, “सामान्य प्रचलन विपरीत जेठोले कान्छोको सेवा गर्नेछ ।” हामीले यो कुरा बुझ्‍न सकौं भनेर परमेश्‍वरले भन्‍नुभयोः उहाँले केही कुरा गर्ने योजना गर्नुहुँदा, उहाँले चुन्‍ने इच्‍छा गर्नुभएको कारणले उहाँले मानिसलाई चुन्‍नुहुन्छ, तिनीहरूले उहाँको निम्ति कुनै कुरा गरेको कारणले होइन ।
\v 13 परमेश्‍वरले धर्मशास्‍त्रमा यही कुरा भन्‍नुभयोः “मैलो कान्छो छोरो याकूबलाई चुनें । मैले जेठो छोरोा एसावलाई तिरस्‍कार गरें ।”
\s5
\v 14 कसैले मलाई सोध्‍न सक्‍छ, “निश्‍चित मानिसहरू मात्र चुन्‍नुहुने परमेश्‍वर अन्यायी हुनुहुन्‍छ ?” म जवाफ दिन्छु, “उहाँ निश्‍चय पनि अन्यायी हुनुहुन्‍न ।”
\v 15 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “मैले चुन्‍ने कसैलाई पनि म दया र मद्धत गर्नेछु !”
\v 16 त्यसैले परमेश्‍वरले मानिसहरूलाई चुन्‍नुभएको होस् भन्‍ने तिनीहरूको इच्‍छको कारणले वा उहाँलाई खुशी पार्ने तिनीहरूको कठोर प्रयासको कारणले परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुहुन्‍न । त्यसको सट्टामा, उहाँ आफैंले अयोग्यहरूमा कृपा गर्नुहुने कारणले उहाँले मानिसहरू चुन्‍नुहुन्छ ।
\s5
\v 17 परमेश्‍वरले फारोलाई भन्‍नुभएको कुरा मोशाले लेखे, “यसकारणले मैले तँलाई मिश्रदेशको राजा बनाएँ: म तेरो विरूद्धमा लड्न सकूँ र संसारमा भएका हरेकले मेरो प्रतिष्‍ठालाई इज्‍जत गर्न अरूहरूलाई मद्धत गर्न भनेर मैले त्‍यसो गरें ।”
\v 18 यसरी परमेश्‍वरले दयालु भएर व्‍यवहार गर्ने इच्‍छा गर्नुभएका मानिसहरूलाई उहाँले दयालु भएर मद्धत गर्नुहुन्‍छ भनी हामी जान्‍दछौं । र जो हठी होस् भनी उहाँले इच्‍छा गर्नुहुन्‍छ, जस्‍तै फारो, त्‍यसलाई उहाँले हठी बनाउनुहुन्छ भन्‍ने कुरा पनि हामी जन्‍दछौं ।
\s5
\v 19 सायद तिमीहरूमध्ये एकजनाले मलाई भन्‍नेछौ, “मानिसहरूले गर्ने हरेक कुरा परमेश्‍वरले पहिलेबाटै तोक्‍नुहुने, र परमेश्‍वरले जे इच्‍छा गर्नुभएको छ त्‍यसलाई कसैले पनि विरोध गर्न नसक्‍ने कारणले पाप गर्नेहरूलाई परमेश्‍वरले दण्‍ड दिनु उचित होइन ।”
\v 20 म जवाफ दिनेछु, “तिमी त केवल एकजना मानव मात्र हौ, यसैले परमेश्‍वरको आलोचना गर्ने अधिकार तिमीसँग छैन ! उहाँ माटोका भाँडाहरू बनाउने कुमाले जस्तै हुनुहुन्छ । एउटा भाँडोले आफूलाई बनाउनेलाई सोध्‍ने अधिकार हुँदैन, “तपाईंले मलाई किन यसरी बनाउनुभयो ?”
\v 21 त्‍यसको सटोमा, एक डल्‍लो माटो लिन र त्‍यसको सानो हिस्‍सालाई मानिसहरूले धेरै महत्‍व दिने एउटा सुन्दर भाँडो बनाउन प्रयोग गर्ने - र त्यसपछि बाँकी बचेको माटोलाई मानिसहरूले हरेक दिन प्रयोग गर्ने एउटा भाँडो बनाउन प्रयोग गर्ने अधिकार कुमालेलाई निश्‍चित रूपमा हुन्‍छ । निश्‍चत रूपमा परमेश्‍वरलाई पनि त्‍यस्तै अधिकार हुन्छ ।
\s5
\v 22 परमेश्‍वर पापको बारेमा क्रोधित हुनुहुन्‍छ भनी उहाँले देखाउने इच्छा गर्नुभए तापनि, र पाप गरेका मानिसहरूलाई उहाँले शक्‍तिशाली रूपमा दण्‍ड दिन सक्‍नुहुन्छ भनी उहाँले स्पष्‍ट पार्ने इच्छा गर्नुभए तापनि, उहाँलाई क्रोधित बनाउने र नाश पारिन योग्य मानिसहरूलाई उहाँले धेरै धैर्यतासाथ सहनुभयो ।
\v 23 परमेश्‍वरले कृपा गर्नुहुने मानिसहरू, जसले उहाँसँग जिउन सकून् भन्‍ने उदेश्‍यले उहाँले पहिलेबाटै तयार पार्नुभएकाहरूप्रति उहाँले अचम्‍म किसिमले काम गर्नुहुन्‍छ भनी उहाँले स्पष्‍ट पार्नलाई उहाँ धैर्य हुनुभएको छ ।
\v 24 त्यसको अर्थ हामीहरू जसलाई उहाँले चुन्‍नुभयो -- हामी यहूदीहरू मात्र होइन, तर गैरयहूदीहरू पनि हुन् ।
\s5
\v 25 अगमवक्‍ता होशेले भनेझैं, परमेश्‍वरलाई यहूदीहरू र गैरयहूदीहरूको माझबाट चुन्‍ने अधिकार छः “धेरै मानिसहरू जो मेरा मानिसहरू थिएनन् -- म भन्‍नेछु तिनीहरू मेरा मानिसहरू हुन् । धेरै मानिसहरू जसलाई मैले पहिला प्रेम गरिन -- म भन्‍नेछु म अब तिनीहरूलाई प्रेम गर्छु ।”
\v 26 र अर्का एक अगमवक्‍ताले लेखेः “जहाँ परमेश्‍वरले पहिले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ ।’ त्‍यसै ठाउँमा तिनीहरूलाई भनियो तिनीहरू सत्य परमेश्‍वरकाो सन्तान बन्‍नेछन् ।”
\s5
\v 27 इस्राएलीहरूको सम्बन्धमा यशैयाले पनि बोले, “इस्राएलीहरू कसैले गन्‍न नसक्‍ने समुद्र किनारको बालुवा सरह भए तापनि, तिनीहरूमध्ये एउटा सानो अंश मात्र बचाइनेछ,
\v 28 किनभने त्‍यो देशमा बस्‍ने मानिसहरूलाई परमप्रभुले पूर्ण रूपमा र द्रुत गतिमा दण्‍ड दिनुहुनेछ, जस्‍तो गर्छु भनी उहाँले भन्‍नुभयो ।”
\v 29 यशैयाले फेरि पनि लेखे, “स्वर्गका सेनाहरूका परमप्रभुले हाम्रा सन्तानमध्‍ये केहीलाई बाँच्‍ने अनुमति दिनुभएको थिएन भने, हामी सदोम र गमोरा सहरका मानिसहरू जस्तै हुनेथियौं, जसलाई उहाँले पूर्ण रूपमा नष्‍ट पार्नुभयो ।”
\s5
\v 30 हामीले यो निष्कर्ष लिनुपर्छः गैरयहूदीहरूले पवित्र हुने प्रयास नगरेको भए तापनि, तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गरे भने, परमेश्‍वरले तिनीहरूलाई धार्मी ठहराउनुहुनेछ भनी तिनीहरूले थाहा पाए ।
\v 31 तर इस्राएलका मानिसहरूले परमेश्‍वरको व्यवस्थाको पालन गरेर साँच्‍चै पवित्र हुने प्रयास गरे, तर तिनीहरू सक्षम भएनन् ।
\s5
\v 32 तिनीहरू सक्षम भएनन्, किनकि तिनीहरूले परमेश्‍वरलाई खुशी पार्नलाई कामहरू गर्न खोजे । जब तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गरेर तिनीहरूलाई क्षमा गर्नलाई परमेश्‍वरमा विश्‍वास गर्न इन्‍कार गरे, तब तिनीहरूले आफ्‍नो सन्‍तुलन गुमाए ।
\v 33 एकजना अगमवक्‍ताले यस्‍तो हुनेछ भनेः “सुन ! म इस्राएलमा एकजनालाई खडा गर्दैछु, जो एउटा ढुंगा जस्तै हो जसमा मानिसहरू ठेस खानेछन् । उहाँले जे गर्नुहुन्‍छ त्यसले मानिसहरूलाई रिस उठाउँनेछ । तपनि, उहाँमा विश्‍वास गर्नेहरू शर्माउने छैनन् ।”
\s5
\c 10
\p
\v 1 मेरा विश्‍वासी मित्रहरू, परमेश्‍वरले मेरा आफ्‍नै मानिसहरू, यहूदीहरूलाई बचाउन हुनेछ भनी म उत्कट इच्छा गर्छु र उत्‍सुकतापूर्वक प्रार्थना गर्छु ।
\v 2 म तिनीहरूका बारेमा सत्यतासाथ घोषणा गर्छु कि तिनीहरू उत्‍सुकतापूर्वक परमेश्‍वरको मार्गमा हिंडे तापनि, उहाँको मार्गमा कसरी ठिक किसिमले हिंड्ने भनी तिनीहरू बुझ्दैनन् ।
\v 3 परमेश्‍वरले मानिसहरूलाई कसरी धार्मी ठहराउनुहुन्छ भनी तिनीहरूले जानेनन् । तिनीहरू आफ्‍नै धार्मिकताले परमेश्‍वरमा धार्मी हुन चाहन्छन्, यसैले तिनीहरूका निम्‍ति भएको परमेश्‍वरको इच्छालाई तिनीहरू स्‍वीकार गर्दैनन् ।
\s5
\v 4 उहाँमा विश्‍वास गर्ने हरेकलाई परमेश्‍वरमा धार्मी ठहराउनलाई ख्रीष्‍टले सम्पूर्ण व्यवस्थालाई सिद्ध रूपले पालन गर्नुभयो । यसैले व्यवस्था अब फेरि आवश्यकता छैन ।
\v 5 परमेश्‍वरको व्यवस्था सबै पालन गर्न खोज्‍ने मानिसहरूका बारेमा मोशाले लेखेः "व्यवस्थाले आवश्‍यक ठहराएका सबै कुराहरू सिद्ध रूपले पालन गर्ने मानिसहरू यिनै हुन् जो सदासर्वदा जिउनेछन् ।”
\s5
\v 6 तर तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गरेका कारणले परमेश्‍वरले धार्मी ठहराउनु भएका मानिसहरूलाई मोशा भन्छन्, “कसैले पनि माथि स्वर्गमा जाने कोसिस गर्नुहुँदैन,” अर्थात् ख्रीष्‍टलाई हामीकहाँ तल ल्याउनलाई ।
\v 7 मोशाले तिनीहरूलाई यसो पनि भन्छन्: “कसैले पनि मृतकहरू भएको ठाउँमा तल जाने कोसिस गर्नुहुँदैन,” अर्थात् ख्रीष्‍टलाई हाम्रो निम्‍ति मृत्युबाट फर्काउनलाई ।
\s5
\v 8 तर त्‍यसको सट्टामा, ख्रीष्‍टलाई विश्‍वास गर्नेहरूले मोशाले लेखेको कुरा भन्‍न सक्छन्, “तिमीहरूले परमेश्‍वरको सन्‍देश धेरै सजिलोसँग भेटाउन सक्छौ । तिमीले त्‍यसको बारेमा बोल्न सक्छौ र त्यसको बारेमा सोच्‍न सक्छौ ।” हामीले घोषणा गर्ने शन्‍देस यो होः मानिसहरूले ख्रीष्‍टमा विश्‍वास गर्नुपर्छ ।
\v 9 सन्देश चाहिं यो हो कि तिमीहरुमध्‍ये कसैले येशू नै प्रभु हुनुहुन्छ भनी स्‍वीकार गर्छ र परमेश्‍वरले उहाँलाई मृत्‍युबाट जीवित पार्नुभयो भनी साँच्‍चिकै तिमीले विश्‍वास गर्छौ भने, उहाँले तिमीलाई बचाउनुहुनेछ ।
\v 10 मानिसहरूले यी कुराहरूमा विश्‍वास गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई धार्मी ठहराउनुहुनेछ । र येशू नै प्रभु हुनुहुन्छ भनी जसले खुल्लमखुल्ला किसिमले भन्‍छ - परमेश्‍वरले तिनीहरूको उद्धार गर्नुहुन्छ ।
\s5
\v 11 ख्रीष्‍टको बारेमा धर्मशास्‍त्रमा यस्तो लेखिएको छ, “जसले उहाँमा विश्‍वास गर्छन्, हातास हुने वा लज्जित हुनेछैनन् ।”
\v 12 यसरी परमेश्‍वरले यहूदीहरू र गैरयहूदीहरूलाई समान व्यवहार गर्नुहुन्छ । किनभने उहाँमा विश्‍वास गर्ने सबै मानिसहरूकाो निम्‍ति उहाँ एउटै प्रभु हुनुहुन्छ, आफूलाई मद्धत गर्न उहाँलाई पुकारा गर्ने सबै मानिसहरूलाई उहाँले महान किसिमले मद्धत गर्नुहुन्छ ।
\v 13 यो कुरा धर्मशास्‍त्रले भनेजस्तै होः “उहाँमा पुकारा गर्ने सबैलाई परमेश्‍वरले उद्धार गर्नुहुनेछ ।”
\s5
\v 14 धेरैजसो मानिसहरूले निश्‍चय नै ख्रीष्‍टमा विश्‍वास गरेका छैनन्, र कोही मानिसहरूले किन त्‍यसो गरेका छैनन् भनी बताउन तिनीहरू यसो भन्‍न सक्छन्, “मानिसहरूले पहिला ख्रीष्‍टमा विश्‍वास गरेका छैनन् भने, तिनीहरूले निश्‍चित रूपमा आफूलाई मद्धत गर्न उहाँलाई पुकार्न सक्दैनन् ! र तिनीहरूले उहाँको बारेमा सुनेका छैनन् भने, निश्‍चित रूपमा तिनीहरूले उहाँमा विश्‍वास गर्न सक्दैनन् ! र कसैले उहाँको बारेमा तिनीहरूलाई प्रचार गर्दैन भने, तिनीहरूले निश्‍चित रूपमा उहाँको बारेमा सुन्‍न सक्दैनन् !
\v 15 र तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गर्न सक्‍नेहरूलाई परमेश्‍वरले नपठाउनु भएसम्म तिनीहरूले निश्‍चय नै त्‍यसो गर्न सक्‍दैनन् । तर कोही विश्‍वासीहरूले तिनीहरूलाई प्रचार गर्छन् भने, त्‍यो धर्मशास्‍त्रले भनेजस्तै हुन्छः ‘मानिसहरू आउँदा र सुसमाचार ल्याउँदा सुन्‍दर कुरा हुन्छ !’”
\s5
\v 16 यस्ता कुराहरू गर्ने मानिसहरूलाई म यसरी जवाफ दिन्‍छुः “ख्रीष्‍टको बारेमा सन्देश प्रचार गर्नलाई परमेश्‍वरले वास्‍तवमा नै मानिसहरू पठाउनुभएको छ । तर इस्राएलका सबै मानिसहरूले सुसमाचारमा ध्यान दिएका छैनन् ! येशैयाले साह्रै निराश अनुभव गर्दा तिनले भनेको जस्तै होः “परमप्रभु ! हामीले प्रचार गरेको तिनीहरूले सुनेर कुनै व्‍यक्तिले विरलै विश्‍वास गरेजस्‍तो लाग्‍यो !”
\v 17 यसैले त्यसोभए, म तिमीहरूलाई भन्छु कि मानिसहरूले ख्रीष्‍टको बारेमा सुनेको कारणले तिनीहरूले उहाँमा विश्‍वास गर्दैछन्, र अरूहरूले ख्रीष्‍टको बारेमा प्रचार गरिरहेको कारणले मानिसहरूले सन्‍देश सुन्दैछन् ।
\s5
\v 18 तर ती मानिसहरूलाई कसैले यसो भने, “इस्राएलीहरूले वास्‍तवमा नै यो सन्‍देश सुनेका छन्,” म भन्छु, “हो, साँच्‍चै हो ! यो धर्मशास्‍त्रले यसो भनेजस्तै होः सारा संसारभरि रहेका मानिसहरूले सारा सृष्‍टिलाई देखेका छन्, र परमेश्‍वर को हुनुहुन्छ भन्‍ने बारेमा यसले प्रमाणित गर्छ संसारको सबैभन्दा दुर्गम ठाउँहरूमा बस्‍ने मानिसहरूले पनि यो कुरा बुझेका छन् !”
\s5
\v 19 यसका अतिरिक्त, इस्राएलीहरूले वास्‍तवमा नै यो सन्देश सुनेको कुरा सत्य हो । तिनीहरूले यसलाई बुझेका पनि हुन्, तर तिनीहरूले यसमा विश्‍वास गर्न इन्कार गरे । याद गर कि यस्‍ता मानिसहरूलाई चेतावनी दिने मोशा नै पहिलो व्‍यक्ति थिए । परमेश्‍वरले भन्‍नुभएका कुरा तिनले उनीहरूलाई भने, “गैरयहूदी जातिहरू वास्तविक जातिहरू हुँदै होइनन् भनी तिमीहरू विचार गर्छौ । तर तिनीहरूमध्ये कसैले मलाई विश्‍वास गर्नेछन् र म तिनीहरूलाई आशिष्‌‌ दिनेछु । तव तिमीहरूले तिनीहरूलाई डाहा गर्नेछौ र तिनीहरूसँग रिसाउनेछौ, जुन मानिसहरूले मलाई बुझ्न सक्‍छन् भनी तिमीहरू विचार गर्दैनौ ।
\s5
\v 20 परमेश्‍वरले यशैयाद्वारा धेरै सहासकासाथ यसो भन्‍नुभएको कुरा पनि याद गर, “मलाई चिन्‍न कोसिस नगरेका गैरयहूदीहरूले निश्‍चय नै मलाई भट्टाउनेछन् ! जसले मलाई पुकारा गरेनन् तिनीहरूलाई म कस्तो छु भनी म निश्‍चय नै प्रकट गर्नेछु !”
\v 21 तर परमेश्‍वरले इस्राएलीहरूका बारेमा बोल्‍नुहुन्छ । उहाँ भन्‍नुहुन्छ, “मेरो अज्ञा नमान्‍ने र विद्रोही मानिसहरू मकहाँ फर्केर आउन् भनी तिनीहरूलाई निम्‍तो दिनलाई धेरै समयदेखि मैले आफ्‍ना हातहरू फैलाएर राखेको छु ।”
\s5
\c 11
\p
\v 1 मैले सोध्‍नुपर्छ भने, “परमेश्‍वरले आफ्नो मानिस यहूदीहरूलाई तिरस्कार गर्नुभएको छ र ?” जवाफ हुन्‍छ, “निश्‍चय पनि छैन ! याद गर कि म पनि इस्राएलका मानिसहरूबाट नै हुँ । म अब्राहामको वंश र बेन्यामीिन कुलको हुँ तर परमेश्‍वरले मलाई तिरस्कार गर्नु भएको छैन !
\v 2 अहँ, परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई तिरस्कार गर्नुभएको छैन जसलाई उहाँले विशेष किसिमले आशिष्‌‌ दिएर आफ्ना मानिस बनाउनलाई उहाँले धेरै अघि चुन्‍नुभयो । एलियाले भुलवश इस्राएलका मानिसहरूको बारेमा परमेश्‍वरसँग गुनासो गरेको कुरा याद गर जस्‍तो धर्मशास्‍त्रले भन्छः
\v 3 “परमप्रभु, तिनीहरूले तपाईंका बाँकी अगमवक्‍ताहरूलाई मारे, र तिनीहरूले तपाईंको वेदीहरू नाश गरेका छन् । तपाईंमा विश्‍वास गर्ने म मात्र एकजना जीवित छु, र अहिले तिनीहरूले मलाई मार्ने कोसिस गर्दैछन् !”
\s5
\v 4 परमेश्‍वरले तिनलाई यस्‍तो जवाफ दिनुभयोः “बाँकी बचेका ममा विश्‍वासयोग्य मानिसहरूमा तँ मात्र छैनस् । इस्राएलमा आफ्‍नो निम्‍ति मैले सात हजार मानिसहरूलाई जोगाएको छु, यी झुटा देवता बालको आराधना गरेका छैनन् ।”
\v 5 यसैले, त्यस्तै किसिमले, यो समयमा पनि हामी यहूदीहरूको एउटा बाँकी बचेका समूह छ जो विश्‍वासीहरू भएका छौंँ । परमेश्‍वरले हामीप्रति दयालु व्यवहार गर्नुभएको कारणले मात्र उहाँले हामीलाई विश्‍वासीहरू हुनलाई चुन्‍नुभएको हो, एक किसिमले हामी त्‍यसको निम्‍ति योग्‍य छैनौं ।
\s5
\v 6 यो उहाँले चुन्‍नुहुने मानिसहरूप्रति उहाँले दयालु व्यवहार गर्नुहुने कारणले हो, तिनीहरूले असल कुराहरू गरेको कारणले उहाँले चुन्‍नु भएको होइन । मानिहरूले असल कामहरू गरेको कारणले परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको भए, उहाँले तिनीहरूप्रति दयालु व्यवहार गर्नुपर्ने आवश्‍यक थिएन ।
\v 7 परमेश्‍वरले इस्राएलका केही मानिस मात्र चुन्‍नुभएको कारणले, यसले हामीलाई यो ज्ञान हुन्‍छ कि यहूदीहरूमध्‍ये धेरैजनाले आफूले खोज्‍दै गरेको कुरा प्राप्‍त गर्न असफल भए (यद्यपि परमेश्‍वरले चुन्‍नुभएका यहूदीहरूले यो प्राप्‍त गरे) । परमेश्‍वरले यहूदीहरूलाई के भन्‍दै हुनुहुन्‍थ्‍यो भनी तिनीहरूमध्‍ये धेरैले बुझ्‍ने इच्‍छा गरेनन् ।
\v 8 यशैया अगमवक्‍ताले लेखेका कुरा यस्‍तै छः “परमेश्‍वरले तिनीहरूलाई हठी बनाउनुभयो । तिनीहरूले ख्रीष्‍टको बारेमा भएको सत्यता बुझ्‍नुपर्छ तर तिनीहरूले सक्दैनन् । जब परमेश्‍वर बोल्नुहुँदा, तिनीहरूले उहँका आज्ञा पालन गर्नुपर्छ तर तिनीहरूले गर्दैनन् । आजको दिनसम्म पनि यस्तै भएको छ ।”
\s5
\v 9 यहूदीहरूले मलाई दाऊद राजाले भनेको कुरा याद गराउँछन्, जतिबेला आफ्‍ना शत्रुहरूका चेतनालाई सुस्त बनाउन तिनले परमेश्‍वरलाई बिन्‍ति गरे, “तिनीहरूलाई जाल वा पासोमा पर्ने जनावरहरूजस्तै मूर्ख बनाउनुहोस् ! आफ्‍ना भोजहरूमा भएजस्तै सुरक्षित महसुस तिनीहरू गरून् तर तिनै भोजहरू तपाईंले तिनीहरूलाई पक्रने समय बनोस्, र तिनीहरूले पाप गर्नेछन्, जसको परिणाम तपाईंले तिनीहरूलाई नाश गर्नुहुनेछ ।
\v 10 तिनीहरूलाई खतरा हुँदा तिनीहरूले त्‍यो देख्‍न नसकून् । तिनीहरूका समस्‍याहरूका कारणले तपाईंले तिनीहरूलाई सधैं कष्‍ट दिनुहोस् ।”
\s5
\v 11 मैले सोध्‍नुपर्छ भने, “यहूदीहरूले ख्रीष्‍टमा विश्‍वास नगरेर पाप गरे भने, त्यसको अर्थ के तिनीहरू सधैंँ परमेश्‍वरबाट अलग हुनेछन् र ?” म जवाफ दिन्छु, “अहँ, तिनीहरूले निश्‍चय पनि स्‍थायी रूपमा आफैंलाई परमेश्‍वरबाट अलग पारेका छैनन् ! बरु, यहूदीहरूले पाप गरको कारणले परमेश्‍वरले गैरयहूदीहरूलाई आशिष्‌‌ दिनुभएको देखेर तिनीहरू डाही बनून् भन्‍ने उदेश्‍यले उहाँले गैरयहूदीहरूलाई बचाउँदै हुनुहुन्छ, जसले गर्दा तिनीहरूले आफूलाई बचाउन ख्रीष्‍टमा पुकारा गर्नेछन् ।”
\v 12 जब यहूदीहरूले ख्रीष्‍टलाई इन्‍कार गरे परिणाम यो भयो कि परमेश्‍वरले संसारका मानिसहरूलाई विश्‍वास गर्ने अवसर दिनु भएर तिनीहरूलाई प्रशस्त किसिमले आशिष् दिनुभयो । र जब यहूदीहरू आत्मिक रूपमा असफल भए त्यसको परिणाम यो भयो कि परमेश्‍वरले गैरयहूदीहरूलाई प्रशस्त किसिमले आशिष्‌‌ दिनुभयो । त्‍यो कुरा सत्य भएको हुनाले, परमेश्‍वरले चुन्‍नुभएका यहूदीहरूको सम्‍पूर्ण संख्याले ख्रीष्‍टमा विश्‍वास गर्दा कति राम्रो हुनेछ !
\s5
\v 13 अब यसपछि म गैरयहूदीहरूलाई केही भन्‍दैछु । म तिमीहरू जस्तै गैरयहूदीहरूको लागि प्रेरित हुँ, र परमेश्‍वरले मलाई गर्न नियुक्त गर्नुभएको यो कामलाई म उच्‍च कदर गर्छु ।
\v 14 तर मेरो परिश्रमद्वारा मेरा यहूदी बन्‍धुहरू डाही हुनेछन् भनेर पनि म आशा गर्छु , परिणाम स्वरूप तिनीहरूमध्ये कसैले विश्‍वास गर्नेछन् र उद्धार पाउनेछन् ।
\s5
\v 15 मेरा यहूदी बन्‍धुहरूमध्‍ये धेरैलाई परमेश्‍वरले इन्‍कार गर्नुभएको छ किनभने तिनीहरूले विश्‍वास गर्न इन्कार गरे, परिणाम यो भयो कि उहाँले आफू र संसारका अरू मानिसहरूका बीचमा मिलाप गर्नुभयो । धेरैजसो यहूदीहरूले ख्रीष्‍टलाई इन्‍कार गरेपछि यो कुरा भयो भने, तिनीहरूलाई उहाँमा विश्‍वास गरेपछि हुने उत्कृष्‍ट कुराहरूका बारेमा विचार गर । यो त तिनीहरू मृत्‍युबाट जीवित भइ उठेका जस्तै हुनेछ !
\v 16 पिठोको डल्लाको पहिलो भागबाट मानिसहरूले रोटी बनाएर परमेश्‍वरलाई चढाएका छन् भने, त्‍यो पिठो पूरै परमेश्‍वरको भएजस्तै, यहूदीहरू परमेश्‍वरका हुनेछन् किनभने तिनीहरूका पूर्खाहरू परमेश्‍वरका थिए । र जसरी रुखका जराहरू परमेश्‍वरका हुन् भने, त्‍यसका हाँगाहरू पनि परमेश्‍वरकै हुन्‍छन्, त्‍यसरी नै हाम्रा महान यहूदी पुर्खाहरूका जो परमेश्‍वरका थिए, तिनीहरूका सन्तानहरू पनि एकदिन परमेश्‍वरका हुनेछन् ।
\s5
\v 17 मानिसहरूले एउटा रूखको सुकेका हाँगाहरू भाँचेजस्तै परमेश्‍वरले यहूदीहरूमध्‍ये धेरैजनालाई इन्‍कार गर्नुभएको छ । र जङ्गली जैतुनको एउटा हाँगालाई खेति गरिएको जैतुनको हाँगा काटको ठाँउमा कसैले कलमी बाँधेजस्तै परमेश्‍वरले ग्रहण गर्नुभएका गैरयहूदीहरूमध्‍ये तिमीहरू प्रत्येक नै तेस्‍तै हौ । जसरी रोपिएको जैतुनको रूखको जराबाट आउने रसबाट हाँगाहरूलाई फाइदा हुन्‍छ, त्‍यसरी नै हाम्रा प्रथम यहूदी पुर्खाहरूलाई परमेश्‍वरले दिनुभएको आशिष्‌‌बाट उहाँले तिमीहरूलाई फाइदा पुर्‍याउनुभएको छ ।
\v 18 यहूदीहरू कसैले रूखबाट भाँचेका हाँगाहरू जस्तै भए तापनि, तिमी गैरयहूदीहरूले परमेश्‍वरले तिरस्कार गर्नुभएका तिनीहरूलाई तुच्छ ठान्‍नु हुँदैन ! परमेश्‍वरले तिमीहरूलाई कसरी बचाउनु भएको छ भन्‍ने कुरामा तिमीहरू शेखी गर्ने इच्‍छा गर्छौ भने, यो कुरा याद गरः हाँगाहरूले जरालाई खुवाउँदैनन् । बरु, जराले हाँगाहरूलाई खुवाउँछन् । त्यसरी नै, यहूदीहरूबाट तिमीहरूले जे प्राप्‍त गरेका छौ त्यो कारणले परमेश्‍वरले तिमीहरूलाई मद्धत गर्नुभएको छ ! यहूदीहरूलाई मद्धत हुने कुनै कुरा पनि तिमीहरूले तिनीहरूलाई दिएका छैनौ ।
\s5
\v 19 तिमीहरू मलाई यसो भन्‍न सक्‍छौ, “मानिसहरूले एउटा रूखको खराब हाँगाहरूलाई भाँच्‍ने र तिनीहरूलाई फाल्‍ने काम गरेजस्तै परमेश्‍वरले यहूदीहरूलाई तिरस्कार गर्नुभएको छ, र उहाँले हामी गैरयहूदीहरूलाई स्वीकार गर्नुभएको होस् भन्‍ने उदेश्‍यले उहाँले यो काम गर्नुभएको छ, जसरी जङ्गली जैतुनको रूखको हाँगालाई एउटा असल रूखको हाँगामा मानिसहरूले कलमी बाँध्‍छन् ।”
\v 20 यो कुरा सत्य हो भनी म जवाफ दिन्‍छु । तापनि यहूदीहरूले ख्रीष्‍टलाई विश्‍वास नगरेको कारणले परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो । तिमीहरूकाो बारेमा, तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गरेको कारणले मात्र तिमीहरू बलियोसँग खडा छौ ! यसैले अहंकारी नहोओ, तर बरु, भय मान !
\v 21 एउटा रूखको जरैदेखि पलाएका प्राकृतिक हाँगाहरू जस्तै ती यहूदीहरू अविश्‍वासी हुँदा त परमेश्‍वरले बाँकी राख्‍नुभएन भने, यो जान कि, तिमीहरूले विश्‍वास गर्दैनौ भने, तिमीहरूलाई पनि उहाँले बाँकी रख्‍नुहुने छैन !
\s5
\v 22 तब ध्‍यान देऊ, परमेश्‍वरले दयालु व्यवहार गर्नु हुन्छ, तर उहाँले कठोर व्यवहार पनि गर्नुहुन्छ । ख्रीष्‍टमा विश्‍वास गर्न इन्कार गर्ने यहूदीहरूप्रति उहाँले कठोर व्यवहार गर्नुभएको छ । तिमीहरूप्रति परमेश्‍वरले दयालु व्यवहार गर्नु भएको छ, तर तिमीहरूले ख्रीष्‍टमा निरन्‍तर विश्‍वास गरेनौ भने, उहाँले कठोर व्यवहार गर्नुहुनेछ ।
\s5
\v 23 र यहूदीहरूले ख्रीष्‍टमा विश्‍वास गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई फेरि पनि रूखमा फर्काउनुहुनेछ, किनभने परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुन्छ ।
\v 24 परमेश्‍वरले यहूदीहरूलाई आशिष्‌‌ दिनुभएको तरिकाबाट पहिले परमेश्‍वरबाट अलग भएका तिमी गैरयहूदीहरूलाई फाइदा भएको छ । यो एउटा जङ्गली जैतुनको रूख - कसैले खेति नगरी आफैं उम्रेर बढेको एउटा रूखबाट कसैले काटेर फालेका हाँगाहरू लिनु र त्‍यस विपरित, मानिसहरूले प्रायः गरेझैं, तिनीहरूलाई खेति गरेको एउटा जैतुनको रूखमा कलमी बाँध्‍नु जस्‍तै हो । यसैले परमेश्‍वरले यहूदीहरूलाई अझ बढी तयारीसाथ फिर्ता लिनुहुनेछ, किनभने तिनीहरू पहिले उहाँकै थिए ! त्‍यो कसैले काटेर फालेका जैतुनको मौलिक रूखका हाँगाहरूलाई, तिनीहरूका मौलिक रूखमा कलमी बाँध्‍नुजस्‍तै हो ।
\s5
\v 25 मेरा गैरयहूदी विश्‍वासी बन्‍धुहरू, निश्‍चय नै म तिमीहरूले यो रहस्‍य बुझ भन्‍ने इच्‍छा गर्छु जसले गर्दा तिमीहरूलाई हरेक कुरा थाहा छ भनी तिमीहरूले विचार गर्दैनौः परमेश्‍वरले चुन्‍नुभएका सबै गैरयहूदीहरूले येशूमा विश्‍वास नगरेसम्म, इस्राएलका धेरै मानिसहरू निरन्तर हठी हुनेछन् ।
\s5
\v 26 र त्‍यसपछि परमेश्‍वरले इस्राएलका सबैलाई बचाउनुहुनेछ । तब धर्मशास्‍त्रमा लेखिएका यी वचनहरू पूरा हुनेछन्ः “यहूदीहरूको माझमा हुनुभएको परमेश्‍वरबाट आफ्‍ना मानिसहरूलाई स्वतन्‍त्र गराउनुहुने एकजना आउनुहुनेछ । उहाँले इस्राएलका मानिसहरूकाो पापहरू क्षमा गर्नुहुनेछ ।”
\v 27 र जस्‍तो परमेश्‍वर भन्‍नुहुन्छ, “मैले तिमीहरूसँग गर्ने करारद्वारा म तिनीहरूका पापहरू क्षमा गर्नेछु ।”
\s5
\v 28 यहूदीहरूले ख्रीष्‍टको सुसमाचार इन्कार गरे र अब परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना शत्रुजस्तो व्यवहार गर्नुहुन्छ । तर त्यसले तिमी गैरयहूदीहरूलाई मद्धत पुगेको छ । तर परमेश्‍वरले चुन्‍नुभएका मानिसहरू तिनीहरू नै भएका हुनाले, उहाँले तिनीहरूका पूर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको कारणले उहाँले अझै पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ ।
\v 29 उहाँले अझै पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ किनभने उहाँले तिनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको कुराको बारेमा, र उहाँले जसरी तिनीहरूलाई आफ्नै मानिसहरू हुन बोलाउनु भएको छ त्‍यो कुराको बारेमा उहाँले आफ्नो मन कदापि फेर्नुहुन्‍न ।
\s5
\v 30 तिमी गैरयहूदीहरूले एकपल्‍ट परमेश्‍वरका आज्ञा उल्‍लङ्घन गर्‍यौ तर उहाँले अहिले तिमीहरूप्रति दयालु व्यवहार गर्नुभएको छ किनभने यहूदीहरूले उहाँका अज्ञा उल्‍लङ्घन गरे ।
\v 31 त्यसरी नै, अहिले तिनीहरूले परमेश्‍वरको अज्ञा उल्‍लङ्घन गरेका छन् । परिणाम यो हो कि जसरी उहाँले तिमीहरूप्रति दयालु व्यवहार गर्नुभयो, उहाँले तिनीहरूप्रति फेरिी दयालु व्यहार गर्नुहुनेछ ।
\v 32 परमेश्‍वरले घोषणा गर्नुभएको छ र प्रमाणित गर्नुभएको छ कि सबै मानिसहरू, यहूदीहरू र गैरयहूदीहरू दुवैले उहाँका अज्ञा उल्‍लङ्‍घन गरेका छन् । उहाँले त्‍यो घोषणा गर्नुभएको छ किनभने उहाँले हामी सबैप्रति दयालु व्यवहार गर्ने इच्‍छा गर्नुहुन्छ ।
\s5
\v 33 परमेश्‍वरले गर्नुभएका बुद्धिका कुराहरू र जे उहाँले सधैंँ जानुभएको छ ती कति महान छन् भनी म चकित हुन्‍छु । तिनीहरूका बारेमा कसैले पनि पूर्ण रूपमा बुझ्‍न र जान्‍न सक्दैन ।
\v 34 मलाई यस्‍तो लेखिएको धर्मशास्‍त्र याद आउँछ, “परमप्रभुले के विचार गर्नुहुन्छ सो कसैले कदापि जानेको छैन । उहाँलाई कसैले कदापि सल्लाह दिन सकेको छैन ।”
\s5
\v 35 र, “कसैले पनि परमेश्‍वरलाई कुनै कुरा यसरी दिएको छैन जसले गर्दा परमेश्‍वरले उसलाई इनाम नै दिन पर्‍यो ।”
\v 36 परमेश्‍वरले नै सबै कुराहरू सृष्‍टि गर्नुभयो । सबै कुराहरूलाई सम्‍हाल्‍ने पनि उहाँ नै हुनुहुन्छ । तिनीहरूले उहाँको प्रशंसा गर्न सकून् भनेर उहाँले तिनीहरूको सृष्‍टि गर्नुभयो । सबै मानिसहरूले सदासर्वदा उहाँको आदर गरून् ! यो यस्तै होस् !
\s5
\c 12
\p
\v 1 मेरो विश्‍वासी बन्‍धुहरू, परमेश्‍वरले धेरै किसिमले तिमीहरूप्रति कृपाल भएर व्‍यवहार गर्नुभएको कारणले, म तिमीहरू सबैलाई अनुरोध गर्छु कि तिमीहरूले आफैंलाई जिउँदो बलिदन जस्तै प्रस्तुत गर, यस्तो बलिदान जो तिमीहरूले परमेश्‍वरलाई मात्र दिन्छौ र त्‍यसले उहाँलाई प्रसन्‍न तुल्याउँछ । उहाँको आराधना गर्ने उचित तरिका त्‍यही हो ।
\v 2 तिमीहरूले गर्ने व्यवहारमा अविश्‍वासीहरूले तिमीहरूलाई मार्गदर्शन नगरून् । बरु, तिमीहरूले जे गर भन्‍ने उहाँको इच्‍छा छ त्यो तिमीहरूले थाहा पाउनलाई आफ्‍नो विचार गर्ने तरिका परमेश्‍वरलाई बदल्‍न देओ र त्‍यसलाई नयाँ बनाओ, यसरी उहाँलाई प्रसन्‍न तल्‍याउने तरिकाले कसरी काम गर्ने भनी तिमीहरूले जान्‍न सक्‍छौ, जसरी उहाँ आफैंले काम गर्नुहुन्‍छ ।
\s5
\v 3 म योग्य नभए पनि परमेश्‍वरले दयालु भएर मलाई आफ्‍नो प्रेरित नियुक्त गर्नुभएको कारणले, म तिमीहरू हरेलाई यो भन्छुः तिमीहरू साँच्‍चै जस्‍तो छौ त्योभन्‍दा बढी तिमीहरू असल छौ भनी विचार नगर । बरु, परमेश्‍वरले तिमीहरूलाई जसरी उहाँमा विश्‍वास गर्ने अनुमति दिनुभएको छ त्‍यसरी नै आफ्‍नो बारेमा सचेत भएर विचार गर ।
\s5
\v 4 एकजना व्‍यक्तिको शरीर एउटै हुने भए पनि, त्‍यसका अंगहरू धेरै हुन्छन् । त्‍यस शरीरको निम्ति अंगहरूमध्‍ये सबैको आवश्यक हुन्छन् तर तिनीहरू सबैले उस्‍तै किसिमले काम गर्दैनन् ।
\v 5 त्यसरी नै, हामीहरू पनि, हामीहरू धेरै भए तापनि, एउटै समूहमा एकतामा छौं किनभने हामीहरू ख्रीष्‍टसँग मिलापमा छौं, र हामीहरू एक अर्काका हौं । यसैले आफूलाई अरूहरूभन्दा धेरै महत्त्‍वपूर्ण भएको जस्‍तो व्यवहार कसैले पनि गर्नुहुँदैन !
\s5
\v 6 बरु, परमेश्‍वरले हामीलाई एक अर्काबाट फरक बनाउनु भएको कारणले, हामीहरूमध्‍ये प्रत्‍येकले भिन्‍न कुराहरू गर्न सक्‍ने हुनाले हामीले त्यो उत्सुकतासाथ र आनन्दित भएर गर्नुपर्दछ ! हामीहरूमध्ये जसलाई परमेश्‍वरले अरूहरूका निम्ति सन्देश दिनुभएको छ, हामीहरूमा भएको परमेश्‍वरप्रतिको विश्‍वाससित मेल खाने किसिमले बोल्नुपर्दछ ।
\v 7 अरूहरूको सेवा गर्नलाई परमेश्‍वरले सक्षम तुल्याउनु भएकाहरूले त्‍यही गर्नुपर्छ । परमेश्‍वरको सत्‍य सिकाउनलाई उहाँले सक्षम बनाउनु भएकाहरुलेो त्‍यही गर्नुपर्छ ।
\v 8 अरूहरूलाई उत्साह दिनलाई परमेश्‍वरले सक्षम तुल्याउनु भएकाहरूले त्‍यो सारा हृदयले गर्नुपर्छ । अरूहरूलाई चीजबीजहरू दिनलाई परमेश्‍वरले सक्षम तुल्याउनु भएकाहरूले, बाँकी नराखी त्‍यसो गर्नुपर्छ । अरूहरूको व्यवस्थापन गर्नलाई परमेश्‍वरले सक्षम तुल्याउनु भएकाहरूले, त्‍यही गर्नुपर्छ र त्‍यो होशियारीसाथ गर्नुपर्छ । दीनदुःखीको मद्धत गर्नलाई परमेश्‍वरले सक्षम तुल्याउनु भएकाहरूले, त्‍यो खुशीसाथ गर्नुपर्छ ।
\s5
\v 9 जसरी तिमीहरूले मानिसलाई प्रेम गर्नुपर्छ, तिनीहरूलाई इमान्दारीसाथ प्रेम गर ! जे खराब छ त्यसलाई घृणा गर ! परमेश्‍वरले जे कुरालाई असल ठान्‍नुहुन्‍छ त्यो उत्सुक भएर निरन्तर गर !
\v 10 एउटै परिवारका सदस्यहरूले गरेझैं एक अर्कालाई प्रेम गर, र एक अर्कालाई सम्मान गर्ने सम्बन्धमा त्‍यसो गर्न तिमीहरू पहिला हुनुपर्छ !
\s5
\v 11 अल्छि नहोओ । बरु, परमेश्‍वरको सेवा गर्न उत्सुक होओ ! तिमीहरूले प्रभुको सेवा गर्दा, जोशिलो होओ !
\v 12 परमेश्‍वरले तिमीहरूका निम्‍ति जे गर्नुहुनेछ त्‍यसलाई तिमीहरूले दृढतासाथ प्रतिक्षा गर्दै गरेको कारणले आनन्दित होओ ! तिमीहरूले कष्‍ट भोग्‍दा, धैर्यवान होओ ! प्रार्थना गर्दै रहो र कदापि नछोड !
\v 13 परमेश्‍वरका मानिसहरूमध्ये कसैलाई केही कुराको खाँचो हुन्‍छ भने, तिमीहरूसँग जे छ त्‍यो तिनीहरूसँग बाँड ! अरूहरूको सत्कार गर्न सृजनात्क होओ !
\s5
\v 14 तिमीहरूलाई सताउनेहरूप्रति दयालु हुनलाई परमेश्‍वरसँग बिन्‍ति गर, किनभने तिमीहरू येशूमा विश्‍वास गर्छौ ! तिनीहरूप्रति दयालु हुनलाई उहाँसँग बिन्‍ति गर; तिनीहरूलाई खराब कुराहरू होस् भनेर उहाँसँग बिन्‍ति नगर ।
\v 15 तिनीहरू आनन्दित छन् भने, तिमीहरू तिनीहरूसँग आनन्दित हुनुपर्छ ! तिनीहरू उदास छन् भने, तिमीहरू तिनीहरूसँग उदास हुनुपर्छ !
\v 16 तिमीहरूले आफ्नो निम्‍ति जे इच्छा गर्छौ, अरूहरूका निम्ति त्‍यही इच्‍छा गर । तिमीहरूले जसरी विचार गर्छौ त्‍यसमा अहंकारी नहोओ । बरु, प्रतिष्‍ठ नभएका जास्‍ता मानिसहरूका मित्रहरू बन । आफैंलाई बुद्धिमान छु भनी विचार नगर ।
\s5
\v 17 तिमीहरू विरुद्धमा खराब गरेकाहरू कसैलाई पनि खराब कामहरू नगर । सबै मानिसहरूले असल भनेर जान्‍ने किसिमले काम गर !
\v 18 जबसम्‍म सम्भवसम्‍म, परिस्‍थितिलाई तिमीहरूले नियन्‍त्रणमा राख्‍न सक्‍नेसम्‍म अरू मानिसहरूसँग शान्तिपूर्वक बस ।
\s5
\v 19 मेरा विश्‍वासी बन्‍धुहरू जसलाई म प्रेम गर्छु, मानिसहरूले तिमीहरूलाई खराब गर्दा, त्यसको बदलामा खराब नगर ! बरु, तिनीहरूलाई दण्ड दिन परमेश्‍वरमा अनुमति देओ । धर्मशास्‍त्रले भन्छ, “परमप्रभु भन्‍नुहुन्छ, ‘खराब गर्नेहरूलाई म बदला लिनेछु । तिनीहरूलाई बदला लिने अधिकार मेरो हो ।’”
\v 20 तिमीहरूलाई खराब गर्नेहरूलाई खराब गर्नुको साटोमा, धर्मशास्‍त्रले सिकाए जस्‍तो गरः “तिमीहरूका शत्रुहरू भोकाएका छन् भने, तिनीहरूलाई खाना देओ ! तिनीहरू तिर्खाएका छन् भने, तिनीहरूलाई पिउनलाई केही कुरा देओ । यसो गरेर, तिनीहरूलाई तिमीहरूले लाजले भुतुक्‍कै पार्नेछौ र सायद तिनीहरूले तिमीहरूप्रतिको आफ्नो मनको विचार बदल्नेछन् ।”
\v 21 अरूहरूले तिमीहरूप्रति गरेका खराब कामहरूले तिमीहरूलाई जित्‍न नदेओ । बरु, तिनीहरूले तिमीहरूलाई गरेको भन्दा तिनीहरूका निम्‍ति अझै असल गर !
\s5
\c 13
\p
\v 1 हरेक विश्‍वासीले सरकारी अधिकारीहरूको आज्ञा मान्‍नुपर्छ । अधिकारीहरूलाई तिनीहरूका अधिकार दिने परमेश्‍वर नै हुनुहुन्छ भनी याद गर । यसका अतिरिक्त, विद्यमान अधिकारीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन्छन् ।
\v 2 यसैले अधिकारीहरूको विरोध गर्नेले परमेश्‍वरले जे स्थापन गर्नुभएको छ त्‍यसको विरोध गरिरहेको हुन्‍छ । यसको अतिरिक्त, अधिकारीहरूको विरोध गर्नेहरूले आफैंमा अधिकारीहरूको दण्ड ल्‍याउनेछन् ।
\s5
\v 3 म यसैले भन्छु कि किनभने राम्रो काम गर्ने मानिसहरूलाई शासकहरूको डर हुँदैन । बरु, खराब गर्ने मानिसहरूलाई तिनीहरूले डर हुन्‍छ। यसैले तिमीहरूमध्‍ये कसैले असल गर्छौ भने, तिनीहरूले तिमीहरूलाई दण्ड दिनुको साटोमा तिमीहरूको प्रशंसा गर्नेछन् !
\v 4 तिमीहरूमध्‍ये प्रत्येकलाई मद्धत गरेर परमेश्‍वरको सेवा गर्नको निम्‍ति नै सबै अधिकारीहरू विद्यमान रहेका हुन्‍छन् । तिमीहरूमध्‍ये कसैले खराब गर्छ भने, तिमीहरूले साँच्‍चै नै तिनीहरूको डर मान्‍नुपर्छ । खराब गर्नेहरूलाई दण्ड दिएर परमेश्‍वरको सेवा गर्नलाई नै अधिकारीहरू विद्यमान रहेका हुन्‍छन् ।
\v 5 यसैले, तिमीहरूले तिनीहरूका आज्ञा मानेनौ भने, तिनीहरूले तिमीहरूलाई दण्‍ड दिनेछन् भन्‍ने कारणले मात्र होइन, तर तिमीहरू तिनीहरूका अधीनमा बस्‍नुपर्छ भनेर तिमीहरू आफैंले जानेको कारणले पनि तिमीहरूले अधिकारीहरूका आज्ञा मान्‍नु आवश्‍यक हुन्‍छ !
\s5
\v 6 यसैकारणले तिमीहरूले कर पनि तिर्छौ, किनभने अधिकारीले निरन्तर आफ्ना काम गरेर तिनीहरूले परमेश्‍वरको सेवा गर्छन् ।
\v 7 सबै अधिकारीहरूलाई तिमीहरूले जे दिनु आवश्‍यक छ सो तिनीहरूलाई देओ ! जसलाई तिमीहरूले कर तिर्नुपर्ने आवश्‍यक छ तिनीहरूलाई कर तिर । जसलाई सामानहरूका निम्‍ति तिमीहरूले महसुल तिर्नपर्ने आवश्‍यक हुन्‍छ तिनीहरूलाई महसुल तिर । तिमीहरूले आदर गर्नुपर्नेहरूलाई आदर गर । तिमीहरूले इज्जत गर्नुपर्नेहरूलाई इज्जत गर ।
\s5
\v 8 जतिबेला तिमीहरूले आफ्‍ना सबै ऋणहरू तिर्नुपर्छ त्‍यतिबेला ती तिर । तिमीहरुले तिर्नलाई कदापि रोक्‍न नहुने ऋण जस्‍तै कुराचाहिं एक अर्कालाई प्रेम गर्नु हो । अरूहरूलाई प्रेम गर्नेले परमेश्‍वरको व्यवस्थाका सबै आज्ञा पूरा गरेको हुन्‍छ ।
\v 9 परमेश्‍वरले आफ्नो व्यवस्थामा धेरै कुराहरूको आज्ञा दिनुभएको छ, जस्‍तो, व्यभिचार नगर, कसैको हत्या नगर, नचोर र अरू कसैको कुनै कुराको लालच नगर । तर सबै व्‍यवस्‍थाको अर्थलाई यो वाक्यमा समेट्‍न सकिन्‍छः “तैंले आफैंँलाई प्रेम गरे जस्‍तै आफ्नो छिमेकीलाई प्रेम गर ।”
\v 10 तिमीहरूले आफ्‍ना वरिपरी भएका हरेकलाई प्रेम गर्छौ भने, तिमीहरूले कसैलाई हानि गर्ने छैनौ । त्यसले, अरूहरूलाई प्रेम गर्नेले परमेश्‍वरका सबै व्यवस्था पूरा गर्छ ।
\s5
\v 11 हामीहरूले अहिले जीवन बिताउँदै गरेको समय कति महत्त्‍वपूर्ण छ भनी तिमीहरूले जानेको हुनाले, मैले तिमीहरूलाई भर्खरै भनेको कुरा गर । यो निन्द्राबाट व्युँझेका मानिसहरू जस्तै, तिमीहरू पूर्ण रूपमा जाग्‍ने र सक्रिय हुने समय हो भनी तिमीहरू जन्दछौ, किनभने ख्रीष्‍टले हामीलाई यस संसारका पाप र दुःखबाट अन्‍ततः छुटकारा दिनुहुने समय नजिक छ । हामीले शुरुमा ख्रीष्‍टमा विश्‍वास गरेकोा भन्दा त्‍यो समय झन् नजीक छ ।
\v 12 हामीले यस संसारमा जीउने समय करीब सकिएको छ, जस्‍तो रात लगभग सकिएको छ । ख्रीष्‍ट फर्केर आउनुहुने समय नजीक छ । यसैले मानिसहरूले रातमा गर्न मन पराउने दुष्‍ट कामहरू गर्ने हामीले बन्द गर्नुपर्छ, र सिपाहीहरूले आफ्‍ना शत्रुहरूको सामना गर्न दिनको समय आफ्‍ना हतियार बोकेर तयारी भएको जस्तै, हामीलाई खराबको सामना गर्न मद्धत पुग्‍ने कुराहरू हामीले गर्नुपर्छ ।
\s5
\v 13 ख्रीष्‍ट फर्केर आउनुहुने समय भैसकेको जस्तै, हामीले उचित किसिमले व्यवहार गर्नुपर्छ । हामीले मदिरा पिउनु र अरूहरूसँग खराब कुराहरू गर्नु हुँदैन । हामीले कुनै किसिमको यौनजन्य अनैतिक वा जङ्गली कामवासनाको व्‍यवहार गर्नुहुँदैन । हामीले झगडा गर्नुहुँदैन । हामीले अरू मानिसहरूको डाहा गर्नुहुँदैन ।
\v 14 त्‍यसको विपरीत, हामीहरू प्रभु येशू ख्रीष्‍ट जस्तैो हुनुपर्छ जसले गर्दा अरूहरूले उहाँ कस्‍तो हुनुहुन्‍छ भनी देख्‍नेछन् । आफ्‍ना पुरानो खराब स्वभावले इच्‍छा गर्ने कुराहरू गर्न तिमीहरूले बन्द गर्नुपर्छ ।
\s5
\c 14
\p
\v 1 कही मानिसहरूले गलत हो भनी विचार गरेका कुराहरू गर्न परमेश्‍वरले तिनीहरूलाई अनुमति दिनुहुन्‍छ कि भन्‍ने कुरामा पक्‍का नभएकाहरूलाई ग्रहण गर । तर तिमीहरूले तिनीहरूलाई ग्रहण गर्दा, तिनीहरूका विचारको बारेमा वादविवाद नगर । यी प्रश्‍नहरू व्‍यक्तिगत दृष्‍टकोण मात्र हुन् ।
\v 2 कोही मानिसहरूले आफूले सबै किसिमका खानेकुरा खान सक्‍छन् भनी विश्‍वास गर्छन् । अरूहरूले भने केही निश्‍चत कुराहरू तिनीहरूले नखाउन् भन्‍ने परमेश्‍वरको इच्‍छा छ भनी विश्‍वास गर्छन्, यसैले तिनीहरूले सागपात मात्र खान हुन्‍छ भनी विश्‍वास गर्छन् ।
\s5
\v 3 सबै किसिमका खानेकुरा खानु उचित हुन्छ भनी विचार गर्ने कुनै व्‍यक्तिले त्‍यस्‍तो विचार नगर्नेलाई घृणा गर्नुहुँदैन । सबै किसिमका खानेकुरा खानु उचित हुँदैन भनी विचार गर्ने कुनै व्‍यक्तिले भिन्‍न किसिमले विचार गर्नेलाई दोष दिनुहुँदैन, किनभने परमेश्‍वर आफैंँले ती मानिसहरूलाई ग्रहण गर्नुभएको छ ।
\v 4 तिमीहरूले अरू कसैको नोकरको मूल्‍यङ्‍कन गर्दा, तिमीहरू गलत हुन्‍छौ । हामीहरू सबै परमेश्‍वरका नोकरहरू हौं, यसैले परमेश्‍वर हामीहरू सबैका मालिक हुनुहुन्‍छ । यी मानिसहरूले खराबी गरे कि गरेनन् भनी निर्णय गर्ने उहाँ नै हुनुहुन्‍छ ! यस सम्वन्धमा कसैले पनि अर्काको इन्‍साफ गर्नुहुँदैन, किनभने उहाँले तिनीहरूलाई आफूमा विश्‍वासयोग्य राख्‍न सक्‍नुहुन्छ ।
\s5
\v 5 कोही मानिसहरूले निश्‍चित दिनहरूलाई अरू दिनहरूभन्दा बढी पवित्र मान्छन् । अरूहरूले परमेश्‍वरको आराधना गर्न सबै दिनहरूलाई समान किसिमले उपयुक्त मान्छन् । यस्ता विषयहरूका बारेमा प्रत्‍येक व्‍यक्ति आफ्‍नो निम्‍ति विचार गर्दै र निर्णय गर्दै पूर्णरूपले विश्‍वस्त भएको हुनुपर्छ, र अरूहरूका लागि होइन ।
\v 6 हप्‍ताको कुनै निश्‍चित दिनमा आराधना गर्नुपर्छ भनी विश्‍वास गर्नेहरूका विषयमा, तिनीहरूले त्यो दिन आराधना गर्नेु प्रभुलाई आदर गर्नलाई हो । र सबै किसिमका खानेकुरा खानु उचित हुन्‍छ भनी विचार गर्नेहरूका विषयमा, तिनीहरूले ती खानेकुरा खाने प्रभुका आदर गर्नलाई हो, किनभने आफ्‍ना खानेकुराका लागि तिनीहरूले परमेश्‍वरलाई धन्यवाद दिन्‍छन् । केही निश्‍चित किसिमका खानेकुरा खान बार्नेहरूका विषयमा, तिनीहरूले ती खानेकुरा नखाने प्रभुलाई आदर दिनलाई हो, र आफूले खाने खानेकुराका लागि तिनीहरूले पनि परमेश्‍वरलाई धन्यवाद दिन्‍छन् । यसैले यी मानिसहरू भिन्‍न किसिमले विचार गर्नेहरू भए तापनि तिनीहरू गलत होइनन् ।
\s5
\v 7 हामीहरूमध्‍ये कसैले पनि आफैंलाई मात्र खुशी पार्नलाई जिउनु हुँदैन र हामीहरूमध्‍ये कसैले पनि हाम्रो मृत्‍यु हुँदा, त्‍यसले हामीलाई मात्र प्रभाव पार्छ भनी विचार गर्नुहुँदैन ।
\v 8 हामीले जीवन बिताउँदा, हामी जुन प्रभुका हौं उहाँलाई प्रसन्‍न पार्ने कोसिस गर्छौं, र आफैंलाई मात्र होइन । र हाम्रो मृत्‍यु हुँदा, हामीले प्रभुलाई प्रसन्‍न पार्ने कोसिस गरिरहेका हुन्‍छौं । यसैले, हामी जीवित हुँदा र हाम्रो मृत्‍यु हुँदा पनि, हामीले प्रभुलाई प्रसन्‍न पार्ने कोसिस गर्छौं, किनकि हामी उहाँकै हौं ।
\v 9 जीवित रहेका र मृत्‍यु भएका दुवै, सारा मानिसहरूका उहाँ नै प्रभु हुन सक्‍नुभएको होस् भन्‍ने हेतुले ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो ।
\s5
\v 10 तिमीहरू जसले निश्‍चित नियमहरू मात्र पालन गर्छौ, ती पालन नगर्ने तिमीहरूका विश्‍वासी मित्रहरूलाई परमेश्‍वरले दण्ड दिनुहुनेछ भन्‍छौ भने त्‍यो अपमान हो । किनकि परमेश्‍वरले नै हामीहरूमध्‍ये प्रत्येकको इन्‍साफ गर्नुहुन्छ ।
\v 11 हामी यो कुरा जान्दछौ किनभने धर्मशास्‍त्रमा लेखिएको छः “हरेक व्‍यक्तिले मेरो अघि घुँडा टेक्‍नेछ ! र हरेक व्‍यक्तिले मेरो प्रशंसा गर्नेछ ।”
\s5
\v 12 यसैले हामी प्रत्येकले जे गरेका छौं त्‍यो हामीले परमेश्‍वरलाई भन्‍नुपर्नेछ र त्‍यसलाई स्‍वीकृति दिने वा नदिने निर्णय गर्न पनि उहाँलाई नै दिनुपर्नेछ ।
\v 13 हरेक व्‍यक्तिको इन्‍साफ गर्ने परमेश्‍वर नै हुनु भएको कारणले परमेश्‍वरले हाम्रा विश्‍वासी मित्रहरूमध्‍ये कसैलाई दण्ड दिनुपर्छ भन्‍न हामीले छोड्‍नुपर्छ ! बरु, अर्को भाइ वा बहिनीलाई पाप गर्ने अथवा ख्रीष्‍टमा विश्‍वास नगर्ने बनाउने जस्‍ता काम कदापि नगर्न तिमीहरू सुनिश्‍चित हुनुपर्छ ।
\s5
\v 14 म प्रभु येशूसँग मिलापमा भएको कारणले, कुनै पनि खानेकुरा आफैंमा खराब छैन भनी म पूर्ण रूपमा निश्‍चित छु । तर मानिसहरूले केही कुरा खानु खराब हो भन्छन् भने, तिनीहरूका निम्‍ति त्‍यो खानु खराब हुन्छ । यसैले त्‍यो खानलाई तिमीहरूले तिनीहरूलाई उत्साह दिनुहुँदैन ।
\v 15 तिम्रो विश्‍वासी बन्‍धुले खानलाई खराब हो भनी विचार गर्ने खानेकुरा तिमी खान्छौ भने, तिमीले त्यो भाइलाई परमेश्‍वरको आज्ञा पालन गर्न रोक्‍न सक्‍छौ । तिमीले उसलाई फेरि प्रेम गरेका हुँदैनौ । कुनै विश्‍वासी बन्‍धुलाई पनि ख्रीष्‍टमा विश्‍वास गर्न नरोक । अन्‍ततः ख्रीष्‍ट उसका निम्ति पनि मर्नुभयो !
\s5
\v 16 त्यसरी नै, तिमीले असल नै भनी विचार गर्ने कुनै पनि कुरालाई तिम्रो विश्‍वासी मित्रले खराब हो भन्‍छ भने, त्‍यो नगर ।
\v 17 हामीले जसरी जीवन बिताएका हुन्‍छौं, त्‍यसमा परमेश्‍वरले राज्‍य गर्नुहुँदा, हामीले के खाने र पिउँने भनी हामी चिन्‍ता गर्दैनौं । बरु, उहाँको आज्ञा पालन गर्ने, एक अर्कासँग मिलामा बस्‍ने, र पवित्र आत्माको कारणले आनन्दित हुने सही तरिका के हो भनी हामीले विचार गर्छौं ।
\s5
\v 18 यस किसिमले काम गरेर ख्रीष्‍टको सेवा गर्नेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्छन् र अरूहरूले समेत् तिनीहरूको आदर गर्नेछन् ।
\v 19 यसैले हामीले सधैं यसरी उत्सुकतासाथ जीवन बिताउने कोसिस गर्नुपर्छ जसले विश्‍वासी मित्रहरू माझमा मिलाप हुनेछ, र एक अर्कालाई ख्रीष्‍टमा विश्‍वास गर्न र उहाँका आज्ञा पालन गर्न मद्धत पुर्‍याउने कुरा हामीले गर्ने कोसिस गर्नुपर्छ ।
\s5
\v 20 तिमीले कुनै किसिमको खानेकुरा खानलाई इच्‍छा गरेको कारणले परमेश्‍वरले कुनै विश्‍वासीलाई जसरी मद्धत गर्नुभएको छ, त्यसलाई नष्‍ट नपार । परमेश्‍वरले हामीलाई हरेक किसिमका खानेकुरा खाने अनुमति दिनुहुन्छ भन्‍ने कुरा सत्य हो । तर अरू विश्‍वासीले खानलाई खराब हो भनी विचार गरेको केही कुरा तिमीले खान्‍छौ भने, उसले जे कुरा खराब हो भनी विचार गर्छ, त्‍यही गर्न तिमीले उसलाई उत्साह दिइरहेका हुन्‍छौ ।
\v 21 तिम्रा विश्‍वासी मित्रहरूमध्‍ये कुनै एकजनालाई परमेश्‍वरमा विश्‍वास गर्न बाधा पर्‍याउँछ भने, न मासु खानु, न मदिरा पिउनु, न कुनै बेला कुनै कुरा गर्नु नै असल हुन्‍छ ।
\s5
\v 22 तिमीले के गर्नु उचित हुन्‍छ भनी तिमीले परमेश्‍वरको आवाज सुन, तर तिमीले जे विश्‍वास गर्छौ सो स्‍वीकार गर्न अरूहरूलाई बलजफती नगर । के गर्नु उचित हुन्‍छ र के गर्नु उचित हुन्‍न भन्‍ने बारेमा तिमीमा भएको विश्‍वासमा तिमीलाई शंकाहरू भएनन् भने, तिमीले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनेछौ ।
\v 23 तर कोही विश्‍वासीहरू आफूले कुनै किसिमको खानेकुरा खाएमा परमेश्‍वर प्रसन्‍न हुनुहुने छैन भनेर डराउँछन् । र तिनीहरूले जे उचित हो भनी विश्‍वास गर्छन् त्‍यो गर्दैनन् भने, तिनीहरूले साँच्‍चै नै खराब गरेको छन् भनी उहाँले भन्‍नुहुनेछ । परमेश्‍वरले स्‍वीकार गर्नुहुनेछ भन्‍ने कुरामा सुनिश्‍चित नभई हामीले कुनै कुरा गर्छौं भने, हामीले पाप गर्दै हुन्छौं ।
\s5
\c 15
\p
\v 1 परमेश्‍वरले तिनीहरूलाई जति गर्ने अनुमति दिनुहुन्‍छ भनी अरू विश्‍वासीहरूले विचार गर्छन् त्‍योभन्दा धेरै कुराहरू गर्ने अनुमति उहाँले हामीलाई दिनुहुन्छ भनी सुनिश्‍चित हुने हामी विश्‍वासीहरूले तिनीहरूसँगै धैर्य गर्नुपर्छ र हामीलाई असुविधामा पार्ने अनुमति तिनीहरूलाई दिनुपर्छ । हामीले आफ्‍नै खुशी खोज्‍नुभन्दा यसो गर्नु धेरै महत्त्‍वपूर्ण हुन्‍छ ।
\v 2 हामी प्रत्‍येकले त्‍यस्‍ता कुराहरू गर्नुपर्छ जसले हाम्रा विश्‍वासी मित्रहरूलाई खुशी पार्छ, तिनीहरूलाई मद्धत हुनेछ, र तिनीहरूलाई ख्रीष्‍टमा विश्‍वास गर्न उत्साह हुनेछ ।
\s5
\v 3 ख्रीष्‍टले हामीलाई उदाहरण दिनुभएको कारणले विश्‍वसी बन्‍धुहरूलाई हामीले खुशी पार्नुपर्छ । उहाँले आफैंँलाई खुशी पार्ने कुराहरू गर्नुभएन । त्‍यस विपरित, अरूहरूले उहाँको अपमान गर्दा पनि उहाँले परमेश्‍वरलाई खुशी पार्ने काम गर्नुभयो । धर्मशास्‍त्रले त्‍यही भन्‍छ: “मानिसहरूले तपाईंको अपमान गर्दा, तिनीहरूले मलाई नै अपमान गरेको जस्तो थियो ।”
\v 4 यो कुरा याद गर कि धर्मशास्‍त्रमा लेखिएका सबै कुराहरू हामीलाई शिक्षा दिनलाई हो जसले गर्दा हामी कठिनाइमा धैर्य गर्न सकौं । यसरी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले हाम्रा निम्‍ति गर्नुहुनेछ भनेर आशा गर्न धर्मशास्‍त्रले हामीलाई उत्साह दिनेछ ।
\s5
\v 5 परमेश्‍वरले तिमीहरूलाई धैर्य र उत्साह दिनुहुन्छ भनी म प्रार्थना गर्छु, जसले गर्दा ख्रीष्‍ट येशूले गर्नुभए जस्तै गरी तिमीहरू सबै एक आपसमा मिलापमा बस्‍न सक ।
\v 6 तिमीहरूले यसो गर्छौ भने, तिमीहरू सबैले एकसाथ मिलेर हाम्रो प्रभु येशू ख्रीष्‍टको पिता परमेश्‍वरको प्रशंसा गरिरहेका हुनेछौ ।
\v 7 यसैले म रोममा भएका सबै विश्‍वासीहरू, तिमीहरूलाई भन्छु, एक अर्कालाई ग्रहण गर । तिमीहरूले यसो गर्छौ भने, तिमीहरूले ख्रीष्‍टले जस्तै व्यवहार गरेको देखेर मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्नेछन् । एक अर्कलाई ग्रहण गर जसरी ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभयो !
\s5
\v 8 ख्रीष्‍टले हामी यहूदीहरूलाई परमेश्‍वरको बारेमा सत्यता जान्‍नलाई मद्धत गर्नुभयो भन्‍ने कुरा म तिमीहरूलाई याद गराउन चाहान्‍छु । अर्थात्, परमेश्‍वरले गर्छु भनी हाम्रा पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञाका हरेक कुरालाई पूरा गर्न उहाँ आउनुभयो ।
\v 9 तर गैरयहूदीहरूलाई मद्धत गर्नलाई पनि उहाँ आउनुभयो, जसले गर्दा परमेश्‍वरको कृपाको निम्‍ति तिनीहरूले उहाँको प्रशंसा गर्छन् । परमेश्‍वरको कृपाले गर्दा दऊदले परमेश्‍वरलाई भनेको कुरा धर्मशास्‍त्रमा लेखिएको छः “यसैले गैरयहूदीहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु । म गाउनेछु र तपाईंको प्रशंसा गर्नेछु ।”
\s5
\v 10 मोशाले पनि लेखे, “हामी परमेश्‍वरका मानिसहरूसँगै तिमी गैरयहूदीहरू पनि आनन्‍दित होओ ।”
\v 11 र दाऊदले धर्मशास्‍त्रमा लेखे, “तिमीहरू सबै गैरयहूदीहरूले परमेश्‍वरको प्रशंसा गर । हरेक व्‍यक्तिले उहाँको प्रशंसा गरोस् ।”
\s5
\v 12 र यशैयाले धर्मशास्‍त्रमा लेखे, “दाऊद राजाको एकजना सन्तान आउनुहुनेछ, जसले गैरयहूदीहरूमा राज्‍य गर्नुहुनेछ । तिनीहरूले उहाँको प्रतिज्ञा पूरा गर्न दृढ भएर आशा गर्नेछन् ।”
\s5
\v 13 परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यो पूरा गर्नलाई उहाँले तिमीहरूलाई दृढ भएर आशा गरिरहने बनाउनुभएको होस् भनी म प्रार्थना गर्छु । जसै तिमीहरूले उहाँमा विश्‍वास गर्छौ, उहाँले तिमीहरूलाई पूर्ण रूपले आनन्दित र शान्तिपूर्ण बनाउनुहुनेछ भनी म प्रार्थना गर्छु । परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्‍त गर्नलाई पवित्र आत्‍माले तिमीहरूलाई बढी भन्‍दा बढी दृढ भएर आशा गर्ने बनाउनुहुनेछ ।
\s5
\v 14 मेरा विश्‍वासी बन्‍धुहरू, तिमीहरू आफूले अरूहरूप्रति पूर्ण रूपमा असल किसिमले व्‍यवहार गरेका छौ भन्‍ने कुरामा म आफू पनि पूर्ण रूपमा निश्‍चित छु । तिमीहरूले त्‍यसो गरेका छौ किनभने तिमीहरूले जान भनी परमेश्‍वरले इच्‍छा गर्नुभएका सबै कुरा तिमीहरूले पूर्ण रूपमा जानेका छौ र किनभने तिमीहरूले एक अर्कालाई सिकाउन सक्‍छौ ।
\s5
\v 15 तापनि, तिमीहरूलाई केही कुराहरूका बारेमा याद गराउनको निम्‍ति मैले यो पत्रमा ती बारेमा तिमीहरूलाई खुल्ला रूपमा लेखेको छु । मैले यो लेखेको छु किनभने परमेश्‍वरले मलाई प्रेरित बनाउनुभएको छ, यद्यपि म त्‍यसको लायक थिइन ।
\v 16 मैले गैरयहूदीहरूका माझमा येशू ख्रीष्‍टका काम गर्नुपर्छ भन्‍ने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्‍टमा विश्‍वास गर्ने गैरयहूदीलाई परमेश्‍वरले ग्रहण गर्न सक्‍नुभएको होस् भन्‍ने उदेश्‍यले मैले उहाँको सुसमाचार घोषणा गर्दा उहाँले मलाई एकजना पुजारीको जस्‍तो काम गर्नलाई नियुक्त गर्नुभयो । पवित्र आत्माले परमेश्‍वरकै निम्ति पूर्ण रूपमा अलग पार्नुभएको एउटा भेटी जस्‍तै तिनीहरू हुनेछन् ।
\s5
\v 17 यसको अर्थ यो हुन्‍छ, येशू ख्रीष्‍टसँगको मेरो सम्बन्धको कारणले, परमेश्‍वरको निम्ति मेरा कामको बारेमा म खुशी छु ।
\v 18 ख्रीष्‍टले मद्वारा पूरा गर्नुभएको कामको बारेमा मात्र म साहससँग बोल्छु जसले गर्दा गैरयहूदीहरूले ख्रीष्‍टको शन्‍देसमा ध्यान दिन सकून् । वचनहरू र कामहरूका कारणले यी उपलवधीहरू भए,
\v 19 चिन्‍हहरू र अरू कुराहरू देखेर मानिसहरू विश्‍वस्‍त भए । परमेश्‍वरको आत्माको शक्तिले मैले ती कुराहरू गरेको छु । यसरी यरूशलेमबाट इल्‍लुरिकन प्रदेशसम्‍म नै मैले यात्रा गरेको छु र ती ठाउँहरूमा ख्रीष्‍टको शन्‍देस घोषणा गर्ने मेरो कामलाई मैले पूरा गरेको छु ।
\s5
\v 20 मैले सन्देशको घोषणा गर्दा, म सधैं यसलाई मानिसहरूले ख्रीष्‍टको बारेमा नसुनेका ठाउँहरूमा घोषणा गर्न उत्सुकतासाथ कोसिस गरिरहेको हुन्‍छु । अरू कसैले पहिलेदेखि नै सुरु गरेका कामलाई निन्तरता दिने कुरामात्र मबाट नहोस् भन्‍ने हेतुले म त्यसो गर्छु । अरू कसैले बसालेको जगमा घर बनाउने मानिसजस्‍तै हुने इच्‍छा म गर्दिन ।
\v 21 त्‍यसको विपरीत, म गैरयहूदीहरूलाई सिकाउँछु, जसले गर्दा जे हुन्‍छ त्‍यो कुरा लेखिएको जस्तै होस्: “मानिसहरू जसले ख्रीष्‍टको बारेको समाचार कदापि सुनेका छैनन्, तिनीहरूले उहाँलाई देख्‍नेछन् । तिनीहरू जसले उहाँको बारेमा कदापी सुनेका छैनन्, उहाँको बारेमा बुझ्‍नेछन् ।”
\s5
\v 22 ख्रीष्‍टको बारेको सन्देश नसुनेका ठाउँहरूमा उहाँको बारेमा प्रचार गर्ने प्रयास मैले गरेको कारणले गर्दा, म तिमीहरूलाई भेट्न आउनबाट धेरैपल्‍ट रोकिएको छु ।
\v 23 तर अब यी क्षेत्रहरूमा त्‍यति धेरै ठाउँहरू बाँकी छैनन् जहाँ मानिसहरूले ख्रीष्‍टको बारेमा सुनेका छैनन् । त्‍यसका अतिरिक्त, धेरै वर्षदेखि मैले तिमीहरूलाई भेट्ने इच्छा गरेको छु ।
\s5
\v 24 यसैले म स्पेनमा जाने आशा गर्छु र तिमीहरूले मेरो यात्रामा मलाई मद्धत गर्नेछौ भनी म आशा गर्छु । र तिमीहरूसँग आन्‍दित हुनलाई म आफ्‍नो यात्रामा केही समय रोकिने इच्छा गर्छु ।
\v 25 तर म यतिबेला तिमीहरूकहाँ आउन सक्दिन, किनभने म यरूशलेममा भएका परमेश्‍वरका मानिसहरूका निम्‍ति पैसा लिएर जानै लागेको छु ।
\s5
\v 26 यरूशलेममा भएका विश्‍वासीहरूलाई, परमेश्‍वरका आफ्‍ना मानिसहरू जो गरीब छन्, माकेडोनिया र अखैया प्रान्तहरूमा भएका विश्‍वासीहरूले मद्धत गर्नलाई पैसा दिने गर्ने निर्णय गरे ।
\v 27 यो काम गर्न तिनीहरू आफैंले निर्णय गरे, तर यरूशलेममा भएका परमेश्‍वरका मानिसहरूप्रति तिनीहरू साँच्‍चै केही कुराको ऋणी छन् । गैरयहूदीहरू विश्‍वासीहरूले आत्मिक रूपमा यहूदी विश्‍वासीहरूबाट अशिषित भए किनभने उनीहरूले ख्रीष्‍टको बारेको सन्देश तिनीहरूबाट नै सुने, यसैले यरूशलेममा भएका यहूदी विश्‍वासीहरूलाई भौतिक कुराहरू दिएर गैरयहूदीहरूले पनि मद्धत गर्नुपर्छ ।
\s5
\v 28 माकेडोनिया र अखैयामा भएका विश्‍वासीहरूले पठाएका यो सबै पैसा दिने काम मैले गरिसकेपछि, म यरूशलेमबाट विदा हुनेछु र म स्पेन जाने मेरो बाटोको यात्रामा हुँदा, रोममा भएका तिमीहरूलाई भेट्नेछु ।
\v 29 र म जान्दछु कि जब म तिमीहरूलाई भेट्नेछु, ख्रीष्‍टले हामीलाई प्रशस्त गरेर आशिष्‌‌ दिनुहुनेछ ।
\s5
\v 30 किनभने हामी हाम्रा प्रभु येशू ख्रीष्‍टका हौं र परमेश्‍वरका आत्माले एक अर्कालाई प्रेम गर्न हामीलाई प्रेरणा दिनुहुने कारणले, म तिमीहरू सबैलाई निवेदन गर्छु कि मेरो निम्‍ति परमेश्‍वरमा उत्‍सुकतासाथ प्रार्थना गरेर तिमीहरूले मलाई मद्धत गर ।
\v 31 म यहूदियामा हुँदा परमेश्‍वरले मलाई अविश्‍वासी यहूदीहरूबाट सुरक्षा गर्नुभएको होस् भनी प्रार्थना गर । र यरूशलेममा भएका विश्‍वासीहरूका निति मैले लिएर जाँदै गरेको पैसा तिनीहरूले स्‍वीकार गर्न खुशी होउन् भनी प्रार्थना गर ।
\v 32 म तिमीहरूकहाँ आउनलाई परमेश्‍वर खुशी हुनुभएको होस् र म तिमीहरूका माझमा केही समयका लागि विश्राम गर्न र तिमीहरू मसँग विश्राम गर्न सक भन्‍ने हेतुले यी कुराहरूको निति प्रार्थना गर ।
\s5
\v 33 म प्रार्थना गर्दछु कि परमेश्‍वर जसले हामीलाई शान्ति दिनुहुन्छ, तिमीहरू सबैसँग हुनुभएको होस् र तिमीहरूलाई मद्धत गर्नुभएको होस् । यस्तै होस् !
\s5
\c 16
\p
\v 1 यस पत्रको माध्यमद्वारा म हाम्री विश्‍वासी मित्र फिबीलाई तिमीहरूसँग परिचय गराउँदै र सिफारिश गर्दैछु, जसले यो पत्र तिमीहरूकहाँ ल्याउँदै छिन् । तिनी किंक्रिया सहरमा भएको मण्डलीका सेविक हुन् ।
\v 2 तिमीहरूले तिनलाई ग्रहण गर भनी म निवेदन गर्छु किनभने तिमीहरू सबै प्रभुसँग मिलापमा छौ । तिमीहरूले त्यसो गर्नुपर्छ किनभने परमेश्‍वरका मानिसहरूले आफ्‍ना विश्‍वासी बन्‍धुहरूलाई स्वागत गर्नुपर्छ । तिनलाई जे जे आवश्यक पर्छ दिएर तिमीहरूले तिनलाई मद्धत गर भनेर पनि म तिमीहरूलाई निवेदन गर्दैछु, किनभने तिनले म लगायत धेरै मानिसहरूलाई मद्धत गरेकी छिन् ।
\s5
\v 3 प्रिस्‍का र तिनको पति अकिलासलाई मेरो अभिवादन भनिदेओ । तिनीहरूले ख्रीष्‍ट येशूको निम्ति मसँगै काम गरे,
\v 4 र तिनीहरू मेरो लागि मर्न समेत तयार थिए । तिनीहरूलाई म धन्यवाद दिन्‍छु र मेरो जीवन बचाएको हुनाले गैरयहूदी मण्डलीहरूले पनि तिनीहरूलाई धन्यवाद दिन्‍छन् ।
\v 5 तिनीहरूका घरमा भेला हुने मण्‍डलीलाई पनि मैले तिनीहरूलाई मेरो अभिवादन भानिदेओ । मेरो प्रिय मित्र इपेानितसलाई मेरो अभिवादन भनिदेओ । तिनी नै एसिया क्षेत्रमा ख्रीष्टमा विश्‍वास गर्ने पहिलो मानिस हुन् ।
\s5
\v 6 मरियम जसले तिमीहरूलाई मद्धत गर्न ख्रीष्‍टमा कडा परिश्रम गरेकी छिन्, मेरो तिनलाई अभिवादन भानिदेओ ।
\v 7 एन्‍ड्रोनिकस र तिनकी पत्‍नी युनियस, यहूदी मित्रहरूलाई मेरो अभिवादन भनिदेओ जो मसँगै झ्‍यालखानमा थिए । तिनीहरू प्रेरितहरूका माझमा परिचित छन्, तिनीहरू मभन्दा पहिला ख्रीष्‍टियन भएका थिए ।
\v 8 एम्‍प्‍लीआतसलाई पनि मेरो अभिवादन भनिदेओ जो प्रिय मित्र हुन् र प्रभुसँग मिलापमा छन् ।
\s5
\v 9 उर्बानसलाई पनि जसले हामीसँग ख्रीष्‍टको काम गर्छन् र मेरो प्रिय मित्र स्ताखुसलाई मेरो अभिवादन भनिदेओ ।
\v 10 अपेल्लेसलाई पनि मेरो अभिवादन भनिदेओ किनभने जसलाई ख्रीष्‍टले मान्‍यता दिनुभएको छ किनभने तिनले सफलतापूर्वक परीक्षाहरूको सामना गरे । अरिष्‍टोबुलसको घरमा बस्‍ने विश्‍वासीहरूलाई मेरो तिनीहरूलाई अभिवादन भनिदेओ ।
\v 11 मेरो यहूदी बन्‍धु हेरोदिएनसलाई पनि मेरो अभिवादन भनिदेओ । नर्किससको घरमा बस्‍ने प्रभुका मानिसहरूलाई मेरो अभिवादन भनिदेओ ।
\s5
\v 12 त्रुफेना र तिनकी बहिनी त्रोफोसालाई अभिवादन भनिदेओ, जसले प्रभुका निम्ति कडा परिश्रम गरे । परसीसलाई पनि मेरो अभिवादन भनिदेओ । हामी तिनलाई प्रेम गर्छौं, र तिनले प्रभुको निम्‍ति धेरै कठोर परिश्रम गरेकी छिन् ।
\v 13 एकजना विशेष ख्रीष्‍टियन, रूफसलाई मेरो अभिवादन भनिदेओ । तिनकी आमालाई पनि मेरो अभिवादन भनिदेओ, जसले मलाई आफ्नै छोरालाई झैं व्यवहार गरेकी छिन् ।
\v 14 असिंक्रितस, फ्‍लेगन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसित भेट्ने विश्‍वासीहरू बन्‍धुहरूलाई मेरो तिनीहरूलाई अभिवादन भनिदेओ ।
\s5
\v 15 फिलोलोगस र तिनकी पत्‍नी युलिया, नेरियस र तिनकीो बहिनी, र ओलिम्पास र तिनीहरूसित भेट्ने परमेश्‍वरका सबै मानिसहरूलाई मेरो अभिवादन भनिदेओ ।
\v 16 तिमीहरू एकसाथ भेला हुँदा एउटाले अर्कोलाई स्‍नेहपूर्वक शुद्ध किसिमले अभिवादन गर । ख्रीष्‍टसँग मिलापमा भएका सबै मण्‍डलीहरूका विश्‍वासीहरूले तिमीहरूलाई अभिवादन भन्‍छन् ।
\s5
\v 17 मेरो विश्‍वासी बन्‍धुहरू, म तिमीहरूलाई भन्छु तिमीहरूका माझमा विभाजनहरू गराने र मानिसहरूलाई परमेश्‍वरको आदर गर्न रोक्‍ने लगाउने त्‍यस्‍ता मानिसहरूका बारेमा तिमीहरू होसियार हुनैपर्छ !
\v 18 तिनीहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन् ! बरु, तिनीहरूले आफ्नै चाहनालाई मात्र तृप्‍त पार्ने इच्‍छा गर्छन् । चिप्‍ला कुरा र प्रशंसालाई प्रयोग गर्दै तिनीहरूले मानिसहरूलाई धोका दिन्‍छन्, यसैले यी समस्‍याका सृजना गर्नेहरूले झुटा कुराहरू सिकाउँदै छन् भनी मानिसहरूले थाहै पाउँदैनन् ।
\s5
\v 19 तिमीहरू ख्रीष्‍टले भन्‍नुभएको सुसमाचारमा आज्ञाकारी भएका छौ भनी हरेक ठाउँमा भएका विश्‍वासीहरूले जान्‍दछन् । यसैले म तिमीहरूका बारेमा आनन्‍दित हुन्‍छु । तर जे असल छ सो चिन्‍नलाई र जे खराब छ सोबाट टाढै हुनलाई तिमीहरू बुद्धिमानी हुन सक भनी म इच्‍छा गर्छु ।
\v 20 तिमीहरूले यी सबै कुराहरू गर्‍यौ भने, तिमीहरूका अधिकारको कारणले, हामीलाई शान्ति दिनुहुने परमेश्‍वरले चाँडै नै शैतानका कामलाई नाश गर्नुहुनेछ ! हाम्रा प्रभु येशूले निरन्‍तर रूपले तिमीहरूप्रति दयालु व्‍यवहार गर्नुभएको होस् भनी म प्रार्थना गर्छु ।
\s5
\v 21 मसँगै काम गर्ने तिमोथी, लुकियस, यासोन र सोसिपातरोस जो मेरा यहूदी बन्‍धुहरू हुन्, तिनीहरूले तिमीहरूलाई आफ्‍ना अभिवादन भन्‍दैछन् भनी तिमीहरूलाई जानकारी दिंदैछन् ।
\v 22 म प्रभुको जन तर्तियसले पनि तिमीहरूलाई आफ्‍नो अभिवादन भन्दैछु भनी म तिमीहरूलाई जानकारी गराउँछु । पावलले मलाई जे लेख्‍न भन्‍नुहुछ त्‍यहीअनुरूप म यो पत्रमा लेख्दैछु ।
\s5
\v 23 म, पावल, गायसको घरमा बस्दैछु, र सम्‍पूर्ण मण्‍डली यहाँ तिनको घरमा भेला हुन्छन् ।
\v 24 तिनले पनि तिमीहरूलाई आफ्नो अभिवादन भन्‍दैछन् भनी तिमीहरूलाई जानकारी गराउँदैछन् । सहरको पैसाको प्रबन्ध गर्ने इरास्‍तसले, हाम्रा भाइ क्‍वार्टसको साथमा तिमीहरूलाई आफ्नो अभिवादन भन्‍छन् ।
\s5
\v 25 अब परमेश्‍वरलाई, जसले मैले घोषणा गर्ने येशू ख्रीष्‍टको सुसमाचार जुन परमेश्‍वरले हाम्रो समयभन्दा पहिले कुनै युगमा पनि प्रकट गर्नुभएन, जसद्वारा तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउन सक्षम हुनुहुन्छ
\v 26 तर अब जे हुनेछ भनी धर्मशास्‍त्रमा लेखिएको थियो त्‍यो कुराद्वारा परमेश्‍वरले यो कुरा जानकारी गराउनु भएको छ जसले गर्दा संसारमा भएका सबै जाति समूहका मानिसहरूले ख्रीष्‍टमा विश्‍वास गर्न र उहाँका आज्ञा पालन गर्न सकून् ।
\s5
\v 27 येशू ख्रीष्‍टले हाम्रा निम्‍ति जे गर्नुभएको छ त्‍यो कारणले, परमेश्‍वर, जो एकमात्र बुद्धिमान हुनुहुन्छ उहाँलाई सदासर्वदा प्रशंसा होस् । यस्तै होस् !