ne_udb/45-ACT.usfm

1499 lines
497 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id ACT Unlocked Dynamic Bible
\ide UTF-8
\h प्रेरित
\toc1 प्रेरितहरूका काम
\toc2 प्रेरित
\toc3 act
\mt1 प्रेरितहरूका काम
\s5
\c 1
\p
\v 1 प्रिय थियोफिलस, मैले तपाईंलाई लेखेको मेरो पहिलो पुस्तकमा येशूले गर्नुभएको र सिकाउनुभएको धेरै कुराहरूको बारेमा मैले लेखेँ ।
\v 2 पमेश्‍वरले उहाँलाई स्वर्गमा नलैजानु भएको दिनसम्म । उहाँ स्वर्ग जानुअघि नै उहाँले प्रेरितहरूले जानून् भनी चाहनुभएका कुराहरू उहाँले पवित्र आत्माको शक्तिद्वारा भन्‍नुभयो ।
\v 3 उहाँले कष्‍ट भोग्‍नुभएपछि र क्रूसमा मर्नुभएपछि उहाँ फेरि जीवित हुनुभयो । र चालिस दिनसम्म प्रायः देखा पर्नुभयो र प्रेरितहरूले उहाँलाई धेरै पटक देखे । उहाँ फेरि जीवित हुनु भएको कुरा उहाँले धेरै तरिकाले प्रमाणित गर्नुभयो । परमेश्‍वरले उहाँको राज्यमा मानिसहरूको जीवनमा कसरी शासन गर्नुहुन्छ भन्‍ने बारे तिनीहरूलाई बताउनु भयो ।
\s5
\v 4 एक पटक उहाँ चेलाहरूसँग हुनुहुँदा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यरूशलेम नछोड” यसको सट्टामा, पिताले गर्छु भनी प्रतिज्ञा गर्नुभएअनुसार, मेरा पिताले पवित्र आत्मा तिमीहरूमा नपठाउनु भएसम्म यहाँ नै पर्ख । तिमीहरूले मैले त्यसबारे भनेको सुनेका छौ ।
\v 5 यूहन्‍नाले मानिसरुलाई पानीले बप्‍तिस्मा दिए तर केही दिनपछि परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मादिनुहेछ ।
\s5
\v 6 एक दिन प्रेरितहरू येशूसँगै भेला हुँदा तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईं अब इस्राएलीहरूको राजा हुनुहुनेछ ?”
\v 7 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले यो समय अवधि र दिनहरू कहिले हुनेछ भन्‍ने कुरा जान्‍नु पर्दैन । त्यो कहिले हुनेछ भनी मेरो पिताले मात्र निर्णय गर्नुभएको छ ।
\v 8 तर जब पवित्र आत्मा आउनुहुन्छ उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ । त्यसपछि तिमीहरूले मानिसहरूलाई यरूशलेममा, यहूदियाका प्रदेशहरूमा, सामरियामा र संसारभरि मेरो बारेमा बताउनेछौ ।”
\s5
\v 9 उहाँले यसो भन्‍नुभएपछि, उहाँ स्वर्गतिर चढ्नुभयो र एउटा बादलले उहाँलाई उनीहरूले देख्‍नबाट रोक्यो ।
\v 10 उहाँ माथि गइरहनु हुँदा, जब प्रेरितहरूले एकोहोरो आकाशतिर हेरिरहेका थिए अचानक सेतो पोशाक लगाएका दुई जना मानिसहरू तिनीहरूको नजिक खडा भए । तिनीहरू स्वर्गदूतहरू थिए ।
\v 11 ती मध्ये एक जनाले भने, “हे गालीलबाट आएका मानिसहरू हो, तिमीहरू यहाँ खडा भएर माथि हेरिरहनुपर्दैन । यही येशू जसलाई परमेश्‍वरले तिमीहरूबाट माथि स्वर्गतिर लैजानुभयो, कुनै दिन उहाँ फेरि पृथ्वीमा फर्केर आउनु हुनेछ । तिमीहरूले अहिले उहाँलाई स्वर्गतिर गइरहनुभएको देखेजस्तै गरी उहाँ फर्कनुहुनेछ ।”
\s5
\v 12 ती दुई स्वर्गदूत गएपछि, प्रेरितहरू जैतून डाँडाबाट यरूशलेमतर्फ फर्के, जुन यरूशलेमबाट नजिकै पर्थ्यो ।
\v 13 तिनीहरू सहर प्रवेश गरेपछि, उनीहरू बसिराखेको माथिल्लो तलोको कोठामा गए । त्यहाँ बास्‍नेहरूमा पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती र अर्को याकूब (जो अल्फयसका छोरा थिए) उग्रपन्थी सिमोन र अर्का याकूबका छोरा यहूदा थिए ।
\v 14 यी सबै प्रेरितहरूले सबै समय सँगै प्रार्थना गर्न सुरु गरे । अरू प्रार्थना गर्नेहरूमा येशूको साथमा भएका स्‍त्रीहरू, येशूकी आमा मरियम र उहाँका भाइहरू थिए ।
\s5
\v 15 ती दिनहरूमा पत्रुस उनका संगी विश्‍वासीहरूको माझमा खडा भए । त्यहाँ त्यस ठाउँमा झण्डै १२० जना येशूलाई पछ्याने मानिसहरूको एक समूह थियो । तिनले भने,
\v 16 “मेरा दाजुभाइ हो, दाऊद राजाले लामो समय अघि यहूदाको बारेमा लेखेका वचनहरू छन् । यी वचनहरू सत्य ठहरिनु पर्थ्यो र सत्य ठहरिए पनि किनकि के लेख्‍ने भनी पवित्र आत्माले दाऊदलाई भन्‍नुभयो ।
\s5
\v 17 यद्यपि यहूदा हामी जस्तै एक प्रेरित थिए, उनले येशूलाई पक्रने र उहाँलाई मार्ने मानिसहरूको अगुवाइ गरे ।”
\v 18 यी मानिसले खराब काम गरेर रुपियाँ-पैसा आर्जन गरे र यो पैसाले खेत किने । तिनी त्यही जमिनमा खसे, तिनको शरीर फुट्यो र तिनका सबै आन्द्राभुँडी बाहिर निस्के ।
\v 19 यरूशलेममा बस्‍ने सबै मानिसहरूले त्यो कुराको बारेमा सुने । त्यसैले, उनीहरूले आफ्नो आरमेइक भाषामा त्यो ठाउँलाई अखेल्दामा भने जसको अर्थ “रगतको खेत” हो किनकि त्यहाँ कोही मर्‍यो ।
\s5
\v 20 पत्रुसले यो पनि भने, “जे कुरा यहूदालाई भयो यो कुरा भजनसंग्रहले भने जस्तो भएको म देख्छुः ‘उसको वंशको अन्त्य होस्; यसमा कोही पनि बाँकी नरहून्’ । ‘र दाऊदले लेखेका यी अरू वचनहरूले पनि यहूदालाई नै जनाउँछः ‘उसको कामलाई एउटा अगुवाको रुपमा अर्कैले लिओस्’ ।”
\s5
\v 21 “त्यसैले, हामी प्रेरितहरूका लागि यहूदाको सट्टामा एउटा मानिस राख्‍नु आवश्यक छ । ऊ येशू प्रभू हामीसँग रहनुहुँदा सबै समय हामीसँग भएको मानिस नै हुनुपर्छ ।
\v 22 अर्थात् बप्‍तिस्मा-दिने यूहन्‍नाले येशूलाई वप्‍तिस्मा दिएको समयदेखि येशूले हामीलाई छोडेर स्वर्गतिर चढ्नुभएको दिनसम्म । यहूदाको सट्टामा आउने मानिस येशू मर्नुभएपछि उहाँलाई फेरि जीवित देख्‍ने मानिस हुनुपर्छ ।”
\v 23 प्रेरितहरू तथा अरू विश्‍वासीहरूले दुई जना मानिसहरूको नामहरू प्रस्ताव गरे । एक जना मानिसको नाम योसेफ भनिने बारसावास थियो, जसको नाम युस्तस पनि थियो, र अर्का व्‍यक्‍तिचाहिँ मतियास थिए ।
\s5
\v 24 त्यसपछि तिनीहरूले प्रार्थना गरेः “प्रभु येशू यहूदाले प्रेरित हुन छोडे ।
\v 25 तिनले पाप गरे र तिनी जहाँ हुन योग्यका थिए त्यहीँ गए । हरेक व्‍यक्‍तिले आफ्नो हृदयमा के सोच्छ सो तपाईं जान्‍नुहुन्छ । त्यसैले, यी दुई जना मानिसहरूमध्ये यहूदाको ठाउँ लिन तपाईंले कसलाई छान्‍नुभएको छ, कृपा गरी हामीलाई प्रकट गरिदिनुहोस् ।”
\v 26 त्यसपछि तिनीहरूले ती दुई जनामध्ये एक जनालाई छान्‍नको निम्ति चिट्ठा हाले, र मतियोसको नाममा चिट्ठा पर्‍यो र उनी अरू एघार जना प्रेरितहरूसँगै एक थप प्रेरित भए ।
\s5
\c 2
\p
\v 1 यहूदीहरूले पेन्तिकोसको चाड मनाइरहेको दिनमा सबै विश्‍वासीहरू यरूशलेमको एउटा ठाउँमा नै सँगै भेला भएका थिए ।
\v 2 अचानक तिनीहरूले आकाशबाट ठुलो आँधी जस्तै एउटा आवाज आइरहेको सुने । घरभित्र बसिरहेका हरेकले त्यो आवाज सुने ।
\v 3 त्यसपछि तिनीहरूले आगोका ज्वालाहरूजस्तो देखे । ती ज्वालाहरू एक-अर्काबाट छुट्टिए र तिनीहरूमध्ये हरेक विश्‍वासीहरूका टाउका माथि आए ।
\v 4 त्यसपछि सबै विश्‍वासीहरू पवित्र आत्माले भरिए अनि तिनीहरू हरेकलाई आत्माले सक्षम बनाए अनुसार फरक भाषाहरूमा बोल्न थाले ।
\s5
\v 5 त्यो समयमा धेरै यहूदीहरू पेन्तिकोसको चाड मनाउन यरूशलेममा बसिरहेका थिए । तिनीहरू सधैँ परमेश्‍वरको आराधना गर्ने यहूदीहरू थिए । तिनीहरू विभिन्‍न देशहरूबाट आएका थिए ।
\v 6 जब तिनीहरूले आँधी जस्तै ठुलो आवाज सुने तिनीहरूका एउटा भिड विश्‍वासीहरू भएको ठाउँमा आयो । अनि भिडका मानिसहरू छक्‍क परे किनभने तिनीहरूमध्ये हरेकले विश्‍वासीहरूमध्ये एक जनाले उसको आफ्नै भाषामा बोलिरहेको सुनिरहेका थिए ।
\v 7 तिनीहरू पूर्ण रुपले छक्‍क परे र एक-अर्कामा भन्‍न लागे, “यी बोलिरहका सबै मानिसहरू गालीलबाट आएका हुन्, त्यसैले तिनीहरूले कसरी हाम्रो भाषा जान्‍न सक्छन् ?
\s5
\v 8 तर तिनीहरूले त हामी सबैले हाम्रो आफ्नो जन्मै देखि सिकेको भाषाहरू पो बोलिरहेका सुन्दैछौँ त !
\v 9 हामी कोही पार्थी, मादी, र एलामका प्रदेशहरूबाट आएका छौँ र हामी मध्ये अरूहरू मेसोपोटामियाका, यहूदिया, कापाडोकिया, पोन्टस र एसिया प्रदेशहरूका छौँ ।
\v 10 त्यहाँ केही मानिसहरू फ्रिगिया, पामफिलिया, मिश्र अनि कुरेनी सहरको नजिकै रहेको लिबिया क्षेत्रका छन् । हामी मध्ये अरूहरू यहाँ रोमबाट यरूशलेम घुम्‍न आएका पनि छौँ ।
\v 11 तिनीहरू आदिवासी यहूदीहरू र हामी यहूदीहरूले गर्ने विश्‍वसमा नै विश्‍वास गर्ने गैर-यहूदीहरू छन् । र हामी मध्ये अरूहरू क्रेटको टापुबाट आएका र अरब क्षेत्रका मानिसहरू छौँ । तब यी मानिसहरूले कसरी हाम्रो आफ्नै भाषामा परमेश्‍वरले गर्नुभएको महान कुराहरूको बारे बोलिरहेका छन् ?”
\s5
\v 12 ती मानिसहरू अचम्मित भएका थिए र त्यहाँ भइरहेका कुराहरूबारे के सोच्‍ने भन्‍ने नै जानेनन् । त्यसैले, तिनीहरूले एक अर्कालाई सोधे, “यसको अर्थ के हो ?”
\v 13 तर तिनीहरूमध्ये केहीले तिनीहरूले जे देखेका थिए त्यसको ठट्टा गरे । तिनीहरूले भने “यी मानिसहरू यसरी बोलिरहेका छन् किनभने तिनीहरूले नयाँ दाखमद्य धेरै पिएका छन् !”
\s5
\v 14 पत्रुस अरू एघार जना चेलाहरूसँगै खडा भए, र मानिसहरूको भिडतिर ठुलो स्वरले बोले । उनले भने, “तपाईंहरू यहूदिया र यरूशलेममा बसिरहनुभएको अरू मानसिरहरू, तपाईंहरू सबैले मेरो कुरा सुन्‍नुहोस् र यहाँ के भइरहेको छ भन्‍ने कुरा म तपाईंहरूलाई बताउने छु ।”
\v 15 तपाईंहरू मध्ये कतिले हामी मात्तिएका छौँ भनी ठान्‍नुहुन्छ, तर हामी मातिएका छैनौ । अहिले बिहानको नौ मात्र बजेको छ, र यहाँका मानिसहरू दिनको यस्तो समयमा कहिल्यै पनि मात्त्दैनन् ।
\s5
\v 16 बरु, हामीमा भएको कुराचाहिँ योएल अगमवक्ताले लामो समय अघि लेखेका आश्‍चर्पूर्ण कुरा हो । तिनले लेखेः परमप्रभु भन्‍नुहुन्छ,
\v 17 अन्तका दिनहरूमा जताततै म मेरा पवित्र आत्मा सबै मानिसहरूलाई दिनेछु । परिणाम स्वरूप तिमीहरूका छोरा छोरीहरूले मानिसहरूलाई मेरो सन्देश भन्‍नेछन्, तिमीहरूमाझ भएका जवानहरूले मबाट आएको दर्शन देख्‍नेछन् र तिमीहरूमाझ भएका वृद्धहरूले मैले दिएको सपनाहरू देख्‍नेछन् ।
\s5
\v 18 ती दिनहरूमा म मेरा पवित्र आत्मा मेरा सेवकहरूलाई दिनेछु र तिनीहरूले मानिसहरूलाई मेरो सन्देश भन्‍नेछन् ।
\v 19 मैले आकाशमा अचम्मका कुराहरू हुन लगाउने छु र महत्वपुर्ण कुराहरू हुनेछन् भनी देखाउनलाई पृथ्वीमा अश्‍चर्यकर्महरू गर्नेछु । यहाँ पृथ्वीमा जताततै रगत, आगो र धुवाँ हुनेछ ।
\s5
\v 20 आकाशको सूर्य मानिसहरूकहाँ अँध्यारो देखा पर्नेछ र चन्द्रमा तिनीहरूकहाँ रातो देखा पर्नेछ । ती कुराहरू म परमप्रभु परमेश्‍वर हरेकको न्याय गर्नलाई आउन अघि हुनेछन् ।
\v 21 र मैले ती सबैलाई बचाउनेछु जसले मलाई तिनीहरूलाई सहायता गर्नलाई पुकार्छन् ।
\s5
\v 22 पत्रुसले निरन्तर भन्दै गए, “मेरा प्रिय इस्राएलीहरू, मेरो कुरा सुन्‍नहोस् । नासतरबाट आउनुभएका येशू तपाईंहरूको माझमा रहनुहुँदा, उहाँ परमेश्‍वरबाट आउनुभएको हो भनी देखाउन परमेश्‍वरले उहाँलाई अद्भूत आश्‍चर्यकर्महरू गर्नलाई सक्षम बनाएर पठाउनुभएको थियो भनी तपाईंहरूलाई प्रमाणित गर्नुभयो । यो सत्य कुरा हो भनी तपाईंहरू आफैले जान्‍नुहुन्छ ।
\v 23 तपाईंहरूले यो जाने पनि यी मानिस येशूलाई उहाँका शत्रुहरूको हातमा सुम्पिदिनु भयो । तैपनि परमेश्‍वरले त्यसको निम्ति पहिला नै योजना बनाउनु भएको थियो र यी सबै कुराहरू उहाँलाई थाहा थियो । त्यसपछि तपाईंहरूले परमेश्‍वरको व्यवस्थालाई नमान्‍ने मानिसहरूलाई येशूलाई मार्नलाई आग्रह गर्नुभयो ।
\v 24 उहाँ मर्नुभयो तर परमेश्‍वरले उहाँलाई फेरि जीवित तुल्याउनु भयो किनभने उहाँ मृत नै रहिरहन सम्भव थिएन । परमेश्‍वरले येशूलाई फेरि जीवित हुन लगाउनु भयो ।”
\s5
\v 25 “मसीहले भन्‍नुभएको कुरा दाऊद राजाले लामो समय अघि नै लेखे, मैले जान्दथेँ, तपाईं परमप्रभु परमेश्‍वरले मलाई सदैव सुन्‍नुहुन्छ । तपाईं मेरो नजिकै हुनुहुन्छ । त्यसैले, मलाई हानि गर्न चाहनेहरूसँग म डराउने छैनँ ।
\v 26 एक दिन म मर्नेछु तर पनि म जान्दछु कि तपाईंले मलाई सहायता गर्नुहुनेछ । त्यसैले मेरो हृदय खुसी थियो र म आनन्दित थिएँ ।
\s5
\v 27 तपाईंले मलाई मृतहरू रहने ठाउँहरूमा रहन लगाउनुहुने छैन । तपाईंले मेरो शरीर पनि खेर जान दिनुहुनेछैन किनभने म तपाईंमा समर्पित भएको छु र सदैव तपाईंका आज्ञाहरू पालन गर्छु ।
\v 28 तपाईंले कसरी फेरि जीवित हुने भनी मलाई देखाउनु भएको छ । तपाईंले मलाई ज्यादै खुसी बनाउनु हुनेछ किनभने तपाईं सदासर्वदा मसँग हुनुहुनेछ ।
\s5
\v 29 पत्रुसले जारी राखे, “मेरा सँगी यहूदीहरू हो, म निश्‍चित छु कि हाम्रा पुर्खा राजा दाऊदका मरे र मानिसहरूले तिनलाई गाडे । र तिनीहरूले तिनको शरीर गाडेको ठाउँ अझै यहीँ छ ।
\v 30 दाऊद राजा एक अगमवक्ता पनि थिए र उनको सन्तानहरू मध्ये एक जना राजा हुनेछ भनी परमेश्‍वरले तिनलाई प्रतिज्ञा गर्नुभयो भनी तिनलाई थाहा थियो ।
\v 31 परमेश्‍वरले के गर्नुहुन्छ भनी दाऊद राजालाई लामो समय अघि नै थाहा थियो । त्यसैले, परमेश्‍वरले येशू मसीहलाई मरेपछि फेरि पनि जीवित हुन लगाउनुहुन्छ भने । उनले भने कि परमेश्‍वरले येशू मसीहलाई मृतकहरूको ठाउँमा रहन दिनुहुन्‍न, न त उहाँको शरीर नै खेर जान दिनुहुन्छ ।”
\s5
\v 32 यी मानिस येशू मर्नुभएपछि परमेश्‍वरले उहाँलाई फेरि जीवित हुन लगाउनु भयो । हामी सबै उहाँका अनुयायीहरूले यो जान्दछौँ किनभने हामीले उहाँलाई देख्यौँ ।
\v 33 परमेश्‍वरले येशूलाई उहाँका दाहिने हातपट्टि उहाँको पितासँगै शासन गर्नलाई राखेर उच्‍च आदर गर्नुभएको छ । उहाँले हामीलाई पवित्र आत्मा दिनु भएको छ र तपाईंहरूले त्यही कुरा आज देखिरहनुभएको र सुनिरहनुभएको छ ।
\s5
\v 34 हामी जान्दछौँ कि दाऊदले आफ्नो बारेमा भनिरहेका थिएनन् किनभने दाऊद येशू ख्रीष्‍ट जस्तो स्वर्गमा गएनन् । त्यसको अतिरिक्त, दाऊद आफैले येशू मसीहको बारेमा यसो भनेः परमप्रभु परमेश्‍वरले मेरा प्रभु मसीहलाई भन्‍नुभयो, “यहाँ मेरो दाहिने हातपट्टि शासन गर,
\v 35 जबसम्म म तिम्रा शत्रुहरूलाई पूर्ण रुपमा हराउँदिनँ ।”
\v 36 पत्रुसले यसो भनेर अन्त्य गरे, “त्यसैले, म तपाईंहरू र सबै इस्राएलीहरूले जानेको चाहन्छु कि तपाईंहरूले क्रूसमा किलो ठोकेर मार्नुभएको त्यही येशूलाई परमेश्‍वरले प्रभु र मसीह दुवै बनाउनुभयो ।”
\s5
\v 37 जब मानिसहरूले पत्रुस र अरू प्रेरितहरूले भनेका कुराहरू सुने तब तिनीहरूले गल्ती गरेका थिए भन्‍ने तिनीहरूले थाहा पाए । मानिसहरूले तिनीहरूलाई भने, “हामीले के गर्नुपर्छ ?”
\v 38 पत्रुसले जवाफ दिए, “तपाईंहरू हरेक तपाईंहरूको पापपूर्ण व्यवहारबाट फर्कनुपर्छ । यदि तपाईंहरूले येशूमा विश्‍वास गर्नुभयो भने हामी तपाईंहरूलाई बप्‍तिस्मा दिनेछौँ । परमेश्‍वरले तपाईंहरूका आफ्ना पापहरू क्षमा गर्नुहुनेछ र उहाँले उहाँको पवित्र आत्मा दिनु हुनेछ ।
\v 39 परमेश्‍वरले यो तपाईंहरूलाई र तपाईंको छोराछोरीहरूलाई र येशूमा विश्‍वास गर्ने अरू सबैलाई साथै यहाँबाट टाढा-टाढासम्म बस्‍नेहरूका निम्ति गर्छु भनी प्रतिज्ञा गर्नुभएको छ । परमप्रभु हाम्रो परमेश्‍वरले आफ्ना मानिसहरू हुनको निम्ति बोलाउनु भएको हरेकलाई उहाँको पवित्र आत्मा दिनुहुनेछ ।”
\s5
\v 40 पत्रुसले अझै धेरै कुराहरू भने, तिनीहरूसँग दह्रोसँग कुरा गरे । पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई बचाउनको निम्ति परमेश्‍वरसँग बिन्ति गर्नुहोस् ताकि उहाँले येशूलाई इन्कार गरेका यी दुष्‍ट मानिसहरूलाई दण्ड दिनुहुँदा, तपाईंहरूलाई दण्ड दिनुहुनेछैन ।”
\v 41 त्यसैले पत्रुसको सन्देशमा विश्‍वास गर्नेहरूलाई बप्‍तिस्मा दिइयो । त्यस दिन विश्‍वासीहरूको समूहमा सहभागी हुनेहरू झण्डै तिन हजार जति थिए ।
\v 42 तिनीहरूले प्रेरितहरूले सिकाएका कुराहरूलाई निरन्तर पालन गरे । तिनीहरू धेरै समय अरू विश्‍वासीहरू सँगसँगै भेला हुन्थे र तिनीहरूले प्रत्येक दिन सँगसँगै खान्थे र प्रार्थना गर्थे ।
\s5
\v 43 यरूशलेममा भएका सबै मानिसहरूले परमेश्‍वरलाई ज्यादै आदर गरे किनभने प्रेरितहरूले धेरै आश्‍चर्यकर्महरू गरिरहेका थिए ।
\v 44 येशूमा विशवास गर्नेहरू ती सबैले त्यही कुराहरूमा विश्‍वास गरे र नियमित रुपमा सँगसँगै भेला हुन्थे । तिनीहरूले तिनीहरूसँग भएका सबै कुराहरू एक अर्कामा बाँडचुँड गरेरहे ।
\v 45 समय समयमा तिनीहरू कसैले आफ्ना केही जमिन र तिनीहरूसँग भएका अरू कुराहरूमध्ये केही कुराहरू बेच्थे र तिनीहरूले तिनीहरूलाई आवश्यक परे अनुसार तिनीहरूमाझ भएका अरू मानिसहरूलाई दिन्थे ।
\s5
\v 46 तिनीहरू निरन्तर रूपमा मन्दिरमा भेला हुन्थे । तिनीहरूले तिनीहरूका खानाहरू दिनहुँ खुशीसाथ मिलीजुली बाँडचुँड गर्थे, जा तिनीहरूले सँगै खान्थे, तिनीहरूका घरहरूमा प्रभु-भोज मान्थे ।
\v 47 तिनीहरूले यसो गर्दा, तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै रहे र यरूशलेममा बस्‍ने अरू मानिसहरूले तिनीहरूलाई आदर गरे । जब यी कुराहरू भइरहेका थिए, प्रभू येशूले तिनीहरूका पापहरूका दण्डबाट बाँचिइरहेका मानिसहरूका संख्या बढाउनुभयो ।
\s5
\c 3
\p
\v 1 एक दिन पत्रुस र यूहन्‍ना मन्दिरको प्राङ्गणतिर जाँदै थिए । त्यस बेला दिउँसोको तिन बजेको थियो । त्यो समयमा मानिसहरूले त्यहाँ प्रार्थना गर्थे ।
\v 2 त्यहाँ एक जना जन्मै देखिको हिँड्न नसक्‍ने मानिस थियो । ऊ मन्दिर क्षेत्रको प्रवेशद्वारमा अवस्थित सुन्दर नामक ढोकामा बसिरहेको थियो । मानिसहरूले हरेक दिन उसलाई बोकेर ल्याउँथे, ताकि उसले मन्दिरको प्राङ्गणमा प्रवेश गर्ने मानिसहरूबाट केही पैसा मागेर पाओस् ।
\v 3 पत्रुस र यूहन्‍ना मन्दिरको प्राङ्गणमा प्रवेश गर्न लागेका थिए । उसले तिनीहरूले केही पैसा दिऊन् भनी माग्‍न सुरु गर्‍यो ।
\s5
\v 4 पत्रुस र यूहन्‍नाले उसलाई सिधा हेरे र पत्रुसले उसलाई भने, “हामीतिर हेर ।”
\v 5 त्यसैले, उसले तिनीहरूबाट केही पैसा पाउने आश गर्दै तिनीहरूतिर हेर्‍यो ।
\v 6 तब पत्रुसले त्यसलाई भने, “मसित पैसा छैन, तर मैले जे गर्नसक्छु, त्यो तिम्रो निम्ति गर्नेछु । नासरतका येशू ख्रीष्टको नाममा तिमी निको होऊ । उठ र हिँड ।"
\s5
\v 7 तब पत्रुसले त्यस मानिसको दाहिने हात समातेर उसलाई उठ्न सहायता गरे । त्यति नै बेला त्यो मानिसको खुट्टा र गोलीगाँठो बलियो भयो ।
\v 8 ऊ उफ्र्यो र हिँड्न थाल्यो । अनि ऊ मन्दिर क्षेत्रमा पत्रुस र यूहन्‍नासित हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै प्रवेश गर्‍यो ।
\s5
\v 9 उसले हिँड्दै र परमेश्‍वरको प्रशंसा गरिरहेको मन्दिरका सबै मानिसहरूले देखे ।
\v 10 तिनीहरूले त्यो मानिस मन्दिरको प्राङ्गणको प्रवेशद्वारमा अवस्थित सुन्दर नामक ढोकामा पैसा मागेर बस्‍ने मानिस हो भनेर चिनिहाले । त्यसैले, उसलाई जे भएको थियो, त्यसमा सबै मानिसहरू साह्रै छक्‍क परे ।
\s5
\v 11 त्यो मानिसलाई पत्रुस र यूहन्‍नासँगै देख्‍दा, तिनीहरू यति आश्‍चर्यचकित भए कि के सोच्ने भनी तिनीहरूलाई थाहै भएन । त्यसैले, ती मानिसहरू सोलोमनको दलान भनिने मन्दिरको प्राङ्गणतिर दौडे जहाँ तिनीहरू थिए ।
\v 12 जब पत्रुसले मानिसहरूलाई देखे तिनले उनीहरूलाई भने, “सङ्गी इस्राएलीहरू हो, यो मानिसलाई जे भयो त्यसमा तपाईंहरू चकित हुनुपर्दैन । यो मानिसलाई हिँड्ने बनाउन सक्‍ने शक्ति हामी आफैँसँग भएको जस्तो गरेर किन तपाईंहरूले हामीलाई हेर्नुहुन्छ ?
\s5
\v 13 त्यसैले, यथार्थमा के भइरहेको छ सो म तपाईंहरूलाई बताउनेछु । अब्राहाम, इसहाक र याकूबलगायतका हाम्रा पूर्खाहरूले परमेश्‍वरको आराधना गरे । अहिले परमेश्‍वरले येशूलाई उच्‍च आदर गर्नुभएको छ । तपाईंहरूका अगुवाहरूले येशूलाई शासक पिलातसकहाँ ल्याए, ताकि उनका सिपाहीहरूले उहाँलाई मृत्युदण्ड दिऊन् । पिलातसले येशूलाई छोड्नुपर्छ भनी निर्णय गरेपछि येशूलाई पिलातसको सामुन्‍ने इन्कार गर्ने तपाईंहरू नै हुनुहुन्थ्यो ।
\v 14 येशू इस्राएलका परमेश्‍वरको आफ्नै मसीह र धर्मी जन हुनुहुन्थ्यो, तापनि उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई स्वतन्त्र गरिदिने माग गर्नुभयो ।
\s5
\v 15 मानिसहरूलाई अनन्त जीवन दिनुहुने येशूलाई तपाईंहरूले मार्नुभयो भनी परमेश्‍वर ठान्‍नुहुन्छ । तर परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो । उहाँ जीवित हुनुभएपछि हामीले येशूलाई धेरै पटक देख्यौँ ।
\v 16 हामीले येशूमा भरोसा गर्ने हुनाले र यस मानिसले पनि येशूमा भरोसा गर्ने हुनाले उसलाई फेरि बलियो बनाइएको छ, र ऊ तपाईंहरू सबैको सामु हिँड्न सक्षम भएको छ ।”
\s5
\v 17 “मेरा देशवासी मित्रहरू, म जान्दछु, कि तपाईंहरू र तपाईंहरूका अगुवाहरूले येशूलाई मार्नुभयो, किनभने तपाईंहरूले उहाँ मसीह हुनुहुन्छ भनेर थाहा पाउनुभएन ।
\v 18 तथापि, मानिसहरूले येशूलाई मार्नेथिए भनी परमेश्‍वरले लामो समयअगि नै बताउनुभएको थियो । मानिसहरूले मसीहलाई के गर्नेथिए भनी परमेश्‍वरले सबै अगमवक्‍ताहरूलाई लेख्‍न लगाउनुभयो । परमेश्‍वरले पठाउनुहुने मसीहले कष्‍ट भोग्‍नुपर्ने थियो र मर्नु पर्नेथियो भनी तिनीहरूले लेखे ।
\s5
\v 19 त्यसैले, तपाईंहरूको पापमय जीवनबाट फर्कनुहोस्, अनि उहाँले तपाईंहरूका पापहरूलाई पूर्ण रूपले क्षमा गरिदिनुभएको होस् र उहाँले तपाईंहरूलाई बलियो पार्नुभएको होस्, र परमेश्‍वरलाई मनपर्ने काम गर्न तपाईंहरूलाई सहायता गर्नुभएको होस् भनी बिन्ती गर्नुहोस् ।
\v 20 यदि तपाईंहररूले यसो गर्नुभयो भने परमप्रभु परमेश्‍वरले तपाईंहरूलाई सहायता गरिरहनुभएको छ भनी तपाईंहरूले त्यस बेला थाहा पाउनुहुनेछ, र कुनै दिन फेरि उहाँले मसीहलाई पृथ्वीमा पठाउनुहुनेछ जसलाई उहाँले तपाईंहरूको निम्ति दिनुभएको छ ।
\s5
\v 21 जबसम्म परमेश्‍वरले आफूले सृष्‍टि गर्नुभएका कुराहरूलाई नयाँ तुल्याउनुहुन्‍न तबसम्म येशू निश्‍चय नै स्वर्गमा रहिरहनुहुनेछ । उहाँले लामो समयअगि नै त्यसो गर्ने प्रतिज्ञा गर्नुभयो र उहाँले ती मानिसहरूलाई बताउन पवित्र अगमवक्‍ताहरूलाई चुन्‍नुभयो ।
\v 22 उदाहरणका लागि, अगमवक्‍ता मोशाले मसीहको बारेमा यसो भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूका माझबाट मजस्तै एक जना अगमवक्‍ता पठाउनुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने हरेक कुरा तिमीहरूले सुन्‍नुपर्छ ।
\v 23 ती अगमवक्‍ताले भनेका नसुन्‍नेहरू र तिनको आज्ञा पालन नगर्नेहरू परमेश्‍वरका जनहरू हुनेछैनन् र परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ ।”
\s5
\v 24 पत्रुसले जारी राखे, “सबै अगमवक्‍ताहरूले यी दिनहरूमा के हुनेथिए भन्‍ने विषयमा बताएका छन् । तिनीहरूमा शमूएल र तिनीपछिका अगमवक्‍ताहरू पर्दछन् जसले यी घटनाहरू घट्नअगि नै तिनको विषयमा बताए ।
\v 25 जब परमेश्‍वरले हाम्रा पूर्खाहरूलाई आशिष् दिन दृढतासाथ प्रतिज्ञा गर्नुभयो उहाँले तपाईंहरूलाई पनि निश्‍चय नै आशिष् दिने प्रतिज्ञा गर्नुभयो । उहाँले अब्राहामलाई मसीहको बारेमा भन्‍नुभयो, “तिमीहरूका सन्तानहरूले गरेका कामहरूको परिणाम स्वरूप म पृथ्वीका सबै प्राणीहरूलाई आशिष् दिनेछु ।”
\v 26 पत्रुसले यसरी टुङ्ग्याए, “यसकारण परमेश्‍वरले येशूलाई मसीहको रूपमा उहाँको सेवा गर्नलाई पृथ्वीमा पठाउनुभयो । तिमीहरूले दुष्‍ट काम गर्नलाई रोक भन्‍ने हेतुले, उहाँले पहिले इस्राएलीहरूलाई आशिष् दिनका लागि येशूलाई तिमीहरूकहाँ पठाउनुभयो ।
\s5
\c 4
\p
\v 1 त्यही बेला केही पूजाहारीहरू मन्दिरको चोकमा थिए । मन्दिरमा सुरक्षाकर्मीहरूका हाकिम र सदूकी समूहका केही सदस्यहरू पनि थिए । पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहँदा यी सबै मानसिहरू उनीहरूकहाँ आए ।
\v 2 यी मानिसहरू अति रिसाए किनभने ती दुई प्रेरितहरूले मानिसहरूलाई येशूको बारेमा शिक्षा दिइरहेका थिए । येशूलाई मारिनु भएपछि परमेश्‍वरले उहाँलाई फेरि जीवित तुल्याउनुभयो भनी तिनीहरूले उनीहरूलाई बताइरहेका थिए ।
\v 3 यस कारण ती मानिसहरूले पत्रुस र यूहन्‍नालाई पक्रे र उनीहरूलाई झ्यालखानामा हालिदिए । साँझ परिसकेको हुनाले यहूदी परिषदले पत्रुस र यूहन्‍नालाई केरकार गर्न भोलिपल्ट सम्म पर्खनुपर्‍यो ।
\v 4 तैपनि पत्रुसले बोलेको सुन्‍ने धेरै मानिसहरूले येशूमा विश्‍वास गरे (तिनीहरूको विश्‍वास येशूमा राखे) । येशूमा विश्‍वास गर्ने मानिसहरूको संख्या बढेर झण्डै पाँच हजार भए ।
\s5
\v 5 भोलिपल्ट प्रधान पूजाहारीले अरू मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षक, यहूदी परिषदका अन्य सदस्यहरूलाई बोलाए र तिनीहरू यरूशलेममा एकै ठाउँमा भेला भए ।
\v 6 पहिलेका प्रधान पूजाहारी हन्‍नास त्यहाँ थिए । साथै त्यहाँ नयाँ प्रधान पूजाहारी कैयाफा, यूहन्‍ना र अलेक्जेन्डर र प्रधान पूजाहारीसँग सम्बन्धित अन्य मानिसहरू थिए ।
\v 7 तिनीहरूले सुरक्षाकर्मीहरूलाई पत्रुस र यूहन्‍नालाई कोठाभित्र ल्याउने आदेश दिए र उनीहरूले पत्रुस र यूहन्‍नालाई सोधे, “हिँड्न नसक्‍ने मानिसलाई निको पार्ने शक्ति तिमीहरूलाई कसले दियो ?”
\s5
\v 8 पवित्र आत्माले पत्रुसलाई शक्ति दिनुभएअनुसार पत्रुसले तिनीहरूलाई भने, “हामीलाई शासन गर्ने तपाईं इस्राएली मित्रहरू हो, र तपाईंहरू अरू धर्मगुरुहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।”
\v 9 आज तपाईंहरूले एउटा हिँड्न नसक्‍ने मानिसको निम्ति हामीले गरेको एउटा राम्रो कामको बारेमा हामीलाई प्रश्‍न गरिरहनु भएको छ र तपाईंहरूले ऊ कसरी निको भयो भनी हामीलाई सोध्‍नुहुन्छ । यसकारण तपाईंहरू र अन्य सबै इस्राएलीहरूलाई यो कुरा मलाई बताउन दिनुहोस् ।
\v 10 नासरतका येशू ख्रीष्‍टको नामद्वारा यो मानिस निको भयो । यसकारण ऊ अहिले तपाईंहरूका अगाडि उभिन सक्‍ने भएको छ । येशूलाई क्रूसमा टाँगेर मार्ने तपाईंहरू नै हुनुहुन्थ्यो तर परमेश्‍वरले उहाँलाई फेरि जीवित बनाउनु भयो ।
\s5
\v 11 धर्मशास्‍त्रले यिनै येशू ख्रीष्‍टको बारेमा बताउछः “भवन निर्माण गर्नेहरूले फ्याँकेको ढुङगा नै त्यो भवनको सबैभन्दा महत्वपूर्ण ढुङगा भएको छ ।”
\v 12 येशूले मात्र हामीलाई बचाउन सक्‍नुहुन्छ, किनकि परमेश्‍वरले हाम्रा पापको दोषबाट हामीलाई यस संसारमा बचाउन सक्‍ने अरू कुनै मानिस दिनु भएको छैन ।”
\s5
\v 13 पत्रुस र यूहन्‍ना तिनीहरूदेखि नडराएको कुरा ती यहूदी अगुवाहरूले थाहा पाए । यी दुई जना मानिसहरू विद्यालयमा अध्ययन नगरेका साधारण मानिसहरू रहेछन् भन्‍ने कुरा पनि तिनीहरूले थाहा पाए । यसकारण ती अगुवाहरू छक्‍क परे । यी मानिसहरूले येशूसँग समय बिताएका थिए भन्‍ने तिनीहरूले थाहा पाए ।
\v 14 तिनीहरूले त्यो निको भएको मानिस पत्रुस र यूहन्‍नासँगै उभिरहेको पनि देखे । यसकारण तिनीहरूले उनीहरूका विरुद्धमा केही पनि बोल्न सकेनन् ।
\s5
\v 15 ती यहूदी अगुवाहरूले बैठक कोठाबाट पत्रुस, यूहन्‍ना र त्यो निको भएको मानिसलाई बाहिर लैजान सुरक्षाकर्मीहरूलाई आज्ञा दिए । तिनीहरूले त्यसो गरेपछि ती अगुवाहरूले पत्रुस र यूहन्‍नाका बारेमा आपसमा छलफल गरे ।
\v 16 तिनीहरूले भने, “यी दुई जना मानिसलाई सजाय दिनलाई हामीले गर्न सक्‍ने कुनै कुरो छैन ।” उनीहरूले एउटा उदेकको आश्‍चर्यकर्म गरेका छन् भन्‍ने कुरो यरूशलेममा बस्‍ने सबैले जान्दछन्, यसकारण यो घटना भएको होइन भनी हामीले मानिसहरूलाई भन्‍न सक्दैनौँ ।
\v 17 तर पनि यिनीहरूले यी येशूको बारेमा सिकाउँदै आएका कुरा हामीले अरू मानिसहरूलाई सुन्‍न दिनुहुँदैन । यसकारण, यो मानिसलाई निको पार्न तिनीहरूलाई शक्ति दिने भनी तिनीहरूले भनेको व्‍यक्‍तिको बारे यदि तिनीहरूले अरू मानिसहरूलाई निरन्तर बताए भने हामीले तिमीहरूलाई दण्ड दिनेछौँ भनी हामीले तिनीहरूलाई भन्‍नु नै पर्छ ।”
\v 18 यसकारण, ती यहूदी अगुवाहरूले ती दुई प्रेरितहरूलाई फेरि कोठाभित्र ल्याउन सुरक्षाकर्मीहरूलाई आज्ञा दिए । तिनीहरूले उनीहरूलाई भित्र ल्याएपछि तिनीहरूले अब उप्रान्त कसैलाई पनि येशूको बारेमा बताउनु वा सिकाउनु हुँदैन भनी तिनीहरू दुवैलाई भने ।
\s5
\v 19 तर पत्रुस र यूहन्‍नाले भने, “के तपाईंहरूको कुरा मान्‍नु र उहाँको आज्ञापालन नगर्नु परमेश्‍वरले हाम्रो निम्ति ठिक नै हो भनी सोच्‍नु होला ? तपाईंहरूलाई के ठिक हो भन्‍ने लाग्छ, निर्णय गर्न हामीले तपाईंहरूलाई नै दिन्छौँ ।
\v 20 तर हामीले त तपाईंहरूको कुरा मान्‍न सक्दैनौँ । येशूले गर्नु भएको हामीले देखेको र उहाँले सिकाउनु भएको हामीले जे सुनेका छौँ तीबारे हामीले मानिसहरूलाई बताउन छोड्ने छैनौँ ।”
\s5
\v 21 तब फेरि यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूको आज्ञा उल्लङघन नगर्नू भने, तर तिनीहरूले उनीहरूलाई दण्ड नदिने निर्णय गरे । किनभने त्यो हिँड्न नसक्‍ने मानिसलाई भएको कुरा बारे यरूशलेममा भएका सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरेहेका थिए ।
\v 22 उसको उमेर चालिस वर्ष भन्दा बढी थियो, अनि ऊ जन्मेको दिनदेखि नै हिँड्न सकेको थिएन ।
\s5
\v 23 पत्रुस र यूहन्‍नाले यहूदी परिषद् छोडे पछि, तिनीहरू अरू विश्‍वासीहरूकहाँ गए र धर्म-गुरु र यहूदी अगुवाहरूले उनीहरूलाई भनेका सबैकुरा तिनीहरूलाई बताइदिए ।
\v 24 जब विश्‍वासीहरूले यो कुरा सुने तिनीहरूले परमेश्‍वरप्रति सँगै प्रार्थना गर्दा तिनीहरू सबै सहमत भए, “हे परमप्रभु, तपाईंले आकाश, पृथ्वी र समुद्रहरू र त्यहाँ भएका सबै थोक बनाउनुभयो ।
\v 25 पवित्र आत्माले तपाईंहरूको सेवा गर्ने हाम्रा पूर्खा राजा दाऊदलाई यी वचनहरू लेख्‍न लगाउनुभयोः “संसारका मानिसहरू किन रिसाए, अनि इस्राएली मानिसहरूले परमेश्‍वरको विरुद्धमा व्यर्थको योजना बनाए ?
\s5
\v 26 संसारमा राजाहरूले परमेश्‍वरमा शासकको विरुद्धमा लडाईँ गर्न तयारी गरे अनि शासकहरू परमप्रभु र उहाँले मसीह हुनलाई चुन्‍नुभएको व्याक्तिको विरोध गर्नलाई तिनीहरूसँग आवद्ध भए ।
\s5
\v 27 यो सत्य हो ! हेरोद र पन्तियस पिलातस दुवै, गैह्र-यहूदीहरू र इस्राएली मानिसहरू सँगसँगै यस शहरमा आए यसलाई तपाईंले सेवा गर्नलाई चुन्‍नुभयो ।
\v 28 तपाईंले तिनीहरूलाई यो गर्न अनुमति दिनुभयो किनभने तपाईंले यो हुनलाई लामो समय अघि नै निर्णय गर्नुभएको थियो ।
\s5
\v 29 “यसकारण अब तिनीहरूले हामीलाई कसरी दण्ड दिने छन् भनी तिनीहरूले भनिरहेका कुराहरू सुन्‍नुहोस् । प्रत्येकलाई येशूको बारेमा वताउन हामी तपाईंका सेवा गर्नेहरूलाई सहायता गर्नुहोस् ।
\v 30 तपाईंका पवित्र सेवक येशूको नाममा चंगाइका आश्‍चर्यकर्महरू, चिन्हहरू र चमत्कारहरू गर्न तपाईंको शाक्ति प्रयोग गर्नुहोस् ।
\v 31 जब विश्‍वासीहरूले प्रार्थना गरी सिध्दयाएका थिए उनीहरू भेला भएको ठाउँ हल्लियो । पवित्र आत्माले उनीहरू सबैलाई परमेश्‍वरले उनीहरूलाई बोल्नलाई आज्ञा दिनुभएका वचनहरू साहसका साथ बोल्ने शक्ति दिनुभयो अनि उनीहरूले त्यसै गरे ।
\s5
\v 32 येशूमा विश्‍वास गर्ने मानिसहरूको समूह आफ्नो सोचाई र चाहनामा सम्पूर्ण रूपमा एकै मनका थिए । तिनीहरूमध्ये कसैले पनि कुनै थोक मेरो मात्रै हो भन्दैन्थ्यो । बरु तिनीहरूले आफूसँग भएका सबै थोक एक-आपसमा बाँडचुँड गर्दथे ।
\v 33 परमेश्‍वरले प्रभु येशूलाई फेरि जीवित तुल्याउनुभयो, भनी ती प्रेरितहरूले अरू मानिसहरूलाई जोडदाररूपमा बताउने काम जारी राखे । अनि परमेश्‍वरले सबै विश्‍वासीहरूलाई ठुलो सहायता गरिरहनु भएको थियो ।
\s5
\v 34 जमिन वा घर भएका कतिपय विश्‍वासीहरूले आफ्नो सम्पत्ति बेचे । तब तिनीहरूले बेचेर प्राप्‍त गरेको रकम ल्याउथे र तिनीहरूले त्यो रकम प्रेरितहरूलाई दिन्थे ।
\v 35 तब प्रेरितहरूले खाँचोमा पर्ने कुनै पनि विश्‍वासीलाई रकम दिन्थे । यसरी सबै विश्‍वासीहरूसँग तिनीहरू जिउनलाई आवश्यक पर्ने कुरा हुन्थ्यो ।
\s5
\v 36 त्यहाँ योसेफ नाम गरेका लेवी कुलका एक जना मानिस थिए जो साइप्रस टापूबाट आएका थिए । प्रेरितहरूले उनलाई बारनाबास भन्‍ने नाम दिए । यहूदी भाषामा त्यो नामको अर्थ अरूहरूलाई उत्साह दिने व्‍यक्‍ति भन्‍ने हुन्छ ।
\v 37 उनले एउटा खेत बेचे र त्यो रकम तिनीहरूका निम्ति र अरू विश्‍वासीहरूलाई दिन प्रेरितहरू कहाँ ल्याए ।
\s5
\c 5
\p
\v 1 त्यहाँ एकजना हननिया नाउँ गरेका एक जना विश्‍वासी थिए र तिनकी श्रीमतीको नाम सफीरा थियो । तिनले पनि अलिकति जमिन बेचे ।
\v 2 उसले आफ्नो जमिन बेचेर प्राप्‍त गरेको रुपियाँ पैसाको केही हिस्सा आफैसँग राखे र उसले त्यसो गरेको कुरा उसको श्रीमतीलाई थाहा थियो । तब उसले बाँकी पैसा ल्याए र प्रेरितहरूलाई दिए ।
\s5
\v 3 तब पत्रुसले भने, “हे हननिया तिमीले शैतानलाई तिमीलाई पुरा नियन्‍त्रण गर्न दियौ । यसकारण तिमीले पवित्र आत्मालाई छल्ने प्रयास गर्‍यो । किन तिमीले यस्तो डर लाग्दो काम गर्‍यो ? तिमीले आफ्नो जमिन बेचेर प्राप्‍त गरेको रकमको केही भाग राखेका छौ । तिमीले सबै हामीलाई दिएनौ ।
\v 4 जमिन बिक्री गर्नअघि तिमी नै यसको साँचा मालिक थियौ । र त्यो जमिन बेचे पछि पनि रुपियाँ तिम्रो नै थियो । तब तिमीले किन यस्तो दुष्‍ट काम गर्ने बारे विचार गर्‍यो ? तिमीले हामीलाई मात्र छल गर्ने कोसिस गरिरहेका थिएनौ तिमीले परमेश्‍वरलाई नै छल्ने कोशिष गर्‍यो, होइन र ?”
\v 5 जब हननियाले यी वचनहरू सुने, तिनी तुरुन्तै भुइमा लडेर मरे । र हननियाको मृत्यु बारे सुन्‍नेहरू सबै भयभीत भए ।
\v 6 केही जवान मानिसहरू आए र उनको शरीरलाई कपडामा बेह्रे र बोकेर बाहिर लगे र त्यसलाई गाडे ।
\s5
\v 7 झण्डै तिन घण्टापछि तिनकी श्रीमती भित्र आइन् तर के भएको थियो भन्‍ने तिनलाई थाहा थिएन ।
\v 8 तब पत्रुसले तिनलाई हननियाले ल्याएको रकम तिनलाई देखाए र सोधे, “मलाई भन कि के तिमीहरू दुई जनाले जमिन बेचेर पाएको रकमको परिमाण यति हो त ?” तिनले भनिन्, “हो, हामीले पाएको यति नै हो ।”
\s5
\v 9 त्यसैले पत्रुसले तिनलाई भने, “तिमीहरू दुवैले डरलाग्दो कार्य गर्‍यो । तिमीहरू दुवै जनाले प्रभुको आत्मालाई छल्न प्रयास गर्न सहमत भयौ । सुन ! के तिमीले तिम्रो पतिलाई गाड्ने मानिसहरू हिँडेको आवाज सुन्छ्यौ ? तिनीहरू बाहिर ढोकामै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर लैजाने छन् ।”
\v 10 तुरुन्तै सफीरा ढलिन् र पत्रुसको खुट्टामा नै मरिन् । तब जवान मानिसहरू भित्र आए । तिनीहरूले तिनी पनि मरिसकेको देखे तिनीहरूले तिनको शरीरलाई बोकेर बाहिर ल्याए र तिनको पतिको नजिकै गाडे ।
\v 11 परमेश्‍वरले हननिया र सफीरालाई गर्नु भएको कुरा देखेर यरूशलेमका सबै विश्‍वासीहरू साह्रै डराए । र यी कुराहरूको बारेमा सुन्‍ने अरू पनि सबै डराए ।
\s5
\v 12 परमेश्‍वरले प्रेरितहरूलाई धेरै अचम्मको आश्‍चर्यकर्महरू गर्ने तुल्याउनु भयो, यसले उनीहरूले मानिसहरूको बिचमा प्रचार गरिरहेका कुराहरूको सत्यतालाई देखाउथ्यो । सबै विश्‍वासीहरू सोलोमनको दलान भन्‍ने मन्दिरको प्राङगणमा निरन्तर भेला हुन्थे ।
\v 13 येशूलाई विश्‍वास नगर्ने अरू मानिसहरू यी विश्‍वासीहरूसँग हुन डराउँथे । तर पनि, ती मानिसहरूले विश्‍वासीहरूलाई निरन्तर रूपमा उच्‍च आदर गर्थे ।
\s5
\v 14 धेरै पुरुष र स्‍त्रीहरूले प्रभु येशूमा विश्‍वास गर्न थाले अनि तिनीहरू विश्‍वासीहरूको समूहमा सामेल भए ।
\v 15 परिणाम स्वरूप, मानिसहरूले बिरामी भएकाहरूलाई गल्ली गल्लीमा ल्याएर तिनीहरूलाई खाटहरू र ओछ्यानहरूमा राखे ताकि पत्रुस आउँदा तिनको छायाँ कम्तीमा तिनीहरूमध्ये केहीमाथि परोस् र तिनीहरू निको होऊन् ।
\v 16 यरुशलेम नजिकका सहरहरूबाट पनि ठुलो मानिसहरूको ठुलो भिड प्रेरितहरूकहाँ आउँदै थिए । तिनीहरूले धेरै बिरामीहरू र दुष्‍ट आत्माले सताएका मानिसहरूलाई ल्याउदै थिए र तिनीहरू सबैलाई परमेश्‍वरले निको पार्नु भयो ।
\s5
\v 17 तब प्रधान पूजाहारी र तिनीसित हुनेहरू (तिनीहरू सबै सदुकी पन्थका थिए) ले प्रेरितहरूप्रति धेरै डाह गरे ।
\v 18 यसकारण, तिनीहरूले प्रेरितहरूलाई गिरफ्तार गरेर सार्वजनिक झ्यालखानामा हाल्न मन्दिरका रक्षकहरूलाई आज्ञा गरे ।
\s5
\v 19 तर रातको समयमा परमेश्‍वरबाट आएका स्वर्गदूतले झ्यालखानाका ढोकाहरू खोले र प्रेरितहरूलाई बाहिर ल्याए । त्यसपछि स्वर्गदूतले प्रेरितहरूलाई भने,
\v 20 “मन्दिरको प्राङगणमा जाऊ, त्यहाँ खडा होऊ, र यो अनन्त जीवनको सन्देश सबै मानिसहरूलाई बताऊ ।”
\v 21 यो सुनेपछि प्रेरितहरू बिहान हुनलाग्दा मन्दिरको प्राङ्गणमा प्रवेश गरे र फेरि तिनीहरूले मानिसहरूलाई येशूको बारेमा सिकाउन थाले । त्यति वेला, प्रधान पूजाहारी र तिनीसँग हुनेहरूले अरु यहूदी परिषद्का सदस्यहरूलाई बोलाए । तिनीहरू सबै इस्राएलका अगुवाहरू थिए । तिनीहरू भेला भएपछि तिनीहरूले प्रेरितहरूलाई भित्र ल्याउन रक्षकहरूलाई झ्यालखानामा पठाए ।
\s5
\v 22 तर जब ती रक्षकहरू झ्यालखानामा आइपुगे झ्यालखानामा प्रेरितहरू थिएनन् भन्‍ने तिनीहरूले पत्ता लगाए । यसकारण, तिनीहरू परिषदमा फर्के र खबर गरे,
\v 23 “हामीले झ्यालखानाका ढोकाहरू सुरक्षितसँग ताल्चाहरू लगाई राखेको भेट्टायौँ र सुरक्षाकर्मीहरू ढोकाहरूमा नै खडा थिए । तर जब हामीले ढोकाहरू खोल्यौँ र ती मानिसहरूलाई लिन भित्र गयौँ झ्यालखाना भित्र तिनीहरू कही पनि थिएनन् ।”
\s5
\v 24 जब मन्दिरको रक्षकको कप्‍तान र मुख्य पुजाहारीले यो कुरा सुने तिनीहरू बडो अन्योलमा परे, र यी सबै घटनाहरूले कता लाने होलान् भनी तिनीहरू छक्‍क परे ।
\v 25 त्यसपछि कोही आयो र तिनीहरूलाई खवर गर्‍यो, “सुन्‍नुहोस ! तपाईंहरूले झ्यालखानामा हाल्नु भएका मानिसहरू अहिले मन्दिरको प्राङ्गणमा खडा छन् र तिनीहरूले मानिसहरूलाई सिकाइरहेका छन् ।
\s5
\v 26 तब मन्दिर रक्षकका कप्‍तान अधिकृतहरूसँग मन्दिरको प्राङ्गणमा गए र तिनीहरूले प्रेरितहरूलाई परिषद्को कोठामा फर्काएर ल्याए । तर तिनीहरूले उनीहरूलाई रुखो व्यवहार गरेनन् किनभने तिनीहरू मानिसहरूले ढुङ्गाले हानेर मार्लान् भनी डराएका थिए ।
\v 27 कप्‍तान र अधिकृतहरूले प्रेरितहरूलाई परिषद कोठामा ल्याएपछि तिनीहरूले परिषदका सदस्यहरूको अघि उभिने आदेश दिए र प्रधान पूजाहारीले तिनीहरूलाई प्रश्‍नहरू सोधे ।
\v 28 तिनले उनीहरूलाई भने, “हामीले तिमीहरूलाई ती मानिस येशूको नाममा मानिसहरूलाई नसिकाउनू भनेर आदेश दिएका थियौँ । तर तिमीहरूले हाम्रा आज्ञा पालन गरेनौ, र तिमीहरूले यरूशलेम भरी नै उहाँको बारेमा सिकाइसकेका छौ । यसको अतिरिक्त, तिमीहरूले त्यस मानिसको मृत्युको दोषी हामीहरू नै हौँ जस्तो देखाउने कोसिस गरिरहेका छौ ।”
\s5
\v 29 तर पत्रुसले आफ्ना र अरू प्रेरितहरूको पक्षमा बोल्दै जवाफ दिए, “हामीले तपाईं मानिसहरूले गर्नलाई भनेको कुरा होइन, परमेश्‍वारले हामीलाई गर्नलाई आज्ञा गर्नुहुने कुराको पालना गर्नुपर्छ ।
\v 30 येशूलाई क्रूसमा काँटी ठोकेर मार्ने तपाईंहरू नै हुनुहुन्छ । तर परमेश्‍वर जसलाई हाम्रा पूर्खाहरूले आराधना गर्थे, उहाँले येशूलाई फेरि मृत्युबाट जीवित पार्नु भयो ।
\v 31 परमेश्‍वरले येशूलाई अरू कसैलाई भन्दा पनि धेरै आदर गर्नुभएको छ । उहाँले येशूलाई हाम्रा मुक्तिदाता र हामीमाथि शासन गर्ने बनाउनुभएको छ । उहाँले हामी इस्राएलीहरूलाई पाप गर्नबाट रिक लगाउनुभएको छ ताकि उहाँले हाम्रो पापहरूको निम्ति हामीलाई क्षमा गर्न सक्‍नु भएकोहोस् ।
\v 32 हामीले मानिसहरूलाई यी कुराहरू बताउछौँ जुन येशूको जीवनमा भएको थियो भनी जान्दछौँ । पवित्र आत्मा जसलाई परमेश्‍वरले उहाँका आज्ञा पालन गर्नेहरूकहाँ पठाउनु भएको छ, उहाँले पनि यो सत्य हो भनी पुष्‍टि गर्नुहुन्छ ।”
\s5
\v 33 जब परिषदका सदस्यहरूले यो कुरा सुने, तिनीहरू प्रेरितहरूसँग क्रोधित भए र तिनीहरूले उनीहरूलाई मार्न चाहे ।
\v 34 तर त्यहाँ गमलिएल नाम गरेका एक जना परिषदका सदस्य थिए । तिनी सदूकी समूहका एक सदस्य थिए । तिनले यहूदी व्यवस्थाहरू सिकाउँथे, र सबै यहूदी मानिसहरूले तिनलाई आदर गर्दथे । तिनी परिषदमा खडा भए र प्रेरितहरूलाई केही समयको लागि बाहिर लैजान रक्षकहरूलाई आदेश दिए ।
\s5
\v 35 प्रेरितहरूलाई रक्षकहरूले बाहिर लगेपछि तिनले परिषद्का सदस्यहरूलाई भने, “इस्राएली मित्रहरू, तपाईंहरूले यी मानिसहरूलाई गर्न आँट्नुभएको कुरा बारे होसियारीपूर्वक सोच्‍नुपर्छ ।
\v 36 केही वर्ष अघि थूदास नाम गरेका मानिसले सरकारको विरुद्ध विद्रोह गरे । तिनले मानिसहरूलाई आफू महत्वपूर्ण मानिस हुँ भन्थे, र झण्डै चार सय मानिसहरू तिनको पछि लागे । तिनी मारिए र तिनको पछि लाग्‍ने सबै तितर-बितर भए । यसकारण, तिनीहरूले योजना बनाएको कुनै पनि कुरो तिनीहरूले गर्न पाएनन् ।
\v 37 त्यसपछि करको लागि तिनीहरूले मानिसहरूका नाउँहरू लेखिरहँदा गालील क्षेत्रका यहूदा नाम गरेका एक जना मानिसले विद्रोह गरे र केही मानिसहरूलाई पछि लगाए । तर तिनलाई मारियो र तिनको पछि लाग्‍नेहरू सबै विभिन्‍न दिशातिर गए ।
\s5
\v 38 त्यसैले म तपाईंहरूलाई यसो भन्छुः यी मानिसहरूलाई हानि नगर्नुहोस् । तिनीहरूलाई छोडी दिनुहोस् । म यो भन्छु किनभने यदि भइरहेका कुराहरू मानिसहरूले योजना बनाएका कुरा मात्र रहेछन् भने तिनीहरूलाई कसैले रोक्‍नेछ र तिनीहरू असफल हुनेछन् ।
\v 39 तर यदि परमेश्‍वरले नै यी कुराहरू गर्ने आज्ञा दिनुभएको हो भने तपाईंहरूले तिनीहरूलाई रोक्‍न सक्‍नुहुनेछैन किनभने तपाईंहरूले परमेश्‍वरको विरुद्धमा काम गरिरहनुभएको तपाईंहरूले नै पाउनुहुनेछ ।” अरू परिषदका अन्य सदस्यहरूले गमलिएलका कुरा स्वीकार गरे ।
\s5
\v 40 तिनीहरूले मन्दिरका रक्षकहरूलाई प्रेरितहरूलाई ल्याएर पिट्न लगाए । यसकारण रक्षकहरूले परिषद कोठामा प्रेरितहरूलाई ल्याए र तिनीहरूलाई कुटे । परिषदका सदस्यहरूले तिनीहरूलाई येशूको बारेमा मानिसहरूलाई केही नभन्‍नू भन्‍ने आदेश दिए र तिनीहरूले प्रेरितहरूलाई छोडी दिए ।
\v 41 त्यसैले प्रेरितहरू परिषदबाट बाहिर गए । तिनीहरू आनन्द मनाइरहेका थिए किनभने परमेश्‍वरले मानिसहरूलाई अपमान गर्न दिएर तिनीहरूलाई आदर गर्नुभएको हो भन्‍ने तिनीहरूले जाने किनभने तिनीहरूले येशूलाई पछ्याइरहेका थिए ।
\v 42 त्यसपछि हरेक दिन प्रेरितहरू मन्दिरको क्षेत्र र विभिन्‍न मानिसहरूको घरहरूमा गए र तिनीहरूले लगातार रूपमा मानिसहरूलाई सिकाए र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी बताए ।
\s5
\c 6
\p
\v 1 त्यस बेला धेरै मानिसहरू विश्‍वासी बन्दै थिए । गैरस्थानीय यहूदीहरूले स्थानीय यहूदीहरूको विरुद्धमा गनगन गर्न थाले, किनकि तिनीहरूका बिचमा भएका विधवाहरूले उपयुक्त मात्रामा दैनिक भोजन पाइरहेका थिएनन् ।
\s5
\v 2 त्यसैले, तिनीहरूले भनेका कुरा सुनेपछि बाह्र प्रेरितले यरूशलेमका अरू सबै विश्‍वासीहरूलाई एकै ठाउँमा भेला गराए । तब प्रेरितहरूले तिनीहरूलाई भने, “मानिसहरूलाई भोजन वितरण गर्नका लागि हामीले परमेश्‍वरको सन्देश प्रचार गर्न र सिकाउन छाड्नु ठिक हुँदैन ।
\v 3 यसकारण, सङ्गी विश्‍वासीहरू हो, तपाईंहरूका बिचबाट सात जना मानिसलाई होसियारीपूर्वक छान्‍नुहोस्, जो परमेश्‍वरका आत्माद्वारा चलाइएका र निकै बुद्धिमान् होऊन् । त्यसपछि हामी तिनीहरूलाई यो काम गर्न निर्देशन दिनेछौँ ।
\v 4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामीचाहिँ निरन्तर रूपमा प्रार्थना गर्न अनि येशूको बारेमा प्रचार गर्न र सिकाउन हाम्रो समय लगानी गर्नेछौँ” ।
\s5
\v 5 प्रेरितहरूको कुरोले सबैलाई प्रसन्‍न तुल्यायो । त्यसैले, तिनीहरूले परमेश्‍वरमाथि पक्‍का विश्‍वास गर्ने र पवित्र आत्माद्वारा पूर्णतः नियन्‍त्रित स्तिफनसलाई छाने । तिनीहरूले फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखिया सहरका निकोलाउसलाई पनि छाने । निकोलाउसले येशूमाथि विश्‍वास गर्नुअगि तिनले यहूदी धर्मलाई अङ्गालेका थिए ।
\v 6 विश्‍वासीहरूले यी सात जना मानिसलाई प्रेरितहरूकहाँ ल्याए । तिनीहरूले त्यो काम गर्न सकून् भनी प्रेरितहरूले तिनीहरूका लागि प्रार्थना गरे, र हरेकमाथि हात राखे ।
\s5
\v 7 त्यसैले, विश्‍वासीहरूले धेरै मानिसहरूलाई परमेश्‍वरको सन्देश निरन्तर रूपमा बताए । यरूशलेममा येशूमाथि विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या अत्यधिक बढ्दै थियो । विश्‍वास गर्नेहरूमध्ये धेरै यहूदी पूजाहारीहरू पनि थिए, जसले येशूमाथि कसरी भरोसा गर्ने भन्‍ने सन्देशलाई सिक्दै थिए ।
\s5
\v 8 मानिसहरूका बिचमा अचम्मका कामहरू गर्न र येशूको बारेमा भएको सन्देश साँचो थियो भनी देखाउन परमेश्‍वरले स्तिफनसलाई शक्‍ति दिँदै हुनुहुन्थ्यो ।
\v 9 तरै पनि केहीले स्तिफनसको विरोध गरे । तिनीहरू कुनै समूहका यहूदीहरू थिए, जो नियमित रूपमा एउटा सभाघरमा जम्मा हुन्थे, जसलाई स्वतन्‍त्र-दलको सभाघर भनिन्थ्यो । विरोध गर्नेहरूमा कुरेनी, अलेक्ज्यान्ड्रिया र किलिकियासाथै एसिया प्रान्तका मानिसहरू पनि थिए ।
\s5
\v 10 तर तिनीहरूले स्तिफनसले भनेका कुरा गलत थिए भनी प्रमाणित गर्न सकेनन्, किनभने परमेश्‍वरका आत्माले तिनलाई बुद्धिमानीपूर्वक बोल्न सक्षम तुल्याउनुभएको थियो ।
\v 11 त्यसैले, तिनीहरूले स्तिफनसमाथि झुटो अभियोग लगाउन केही मानिसहरूलाई गुप्‍तमा मनाए । ती मानिसहरूले भने, “तिनले मोशा र परमेश्‍वरको विरुद्धमा खराब कुराहरू बोलेका हामीले सुन्यौँ ।”
\s5
\v 12 तिनीहरूले यहूदी व्यवस्थाका एल्डरहरू र शिक्षकहरूलगायत अरू यहूदीहरूलाई पनि स्तिफनसको विरुद्धमा भड्काए । तब तिनीहरू सबैले स्तिफनसलाई पक्रे र यहूदी परिषद्‌मा ल्याए ।
\v 13 तिनीहरूले केही मानिसहरूलाई पनि भित्र ल्याए, जसले तिनीमाथि झुटो अभियोग लगाए । ती मानिसहरूले भने, “यस मानिसले यस पवित्र मन्दिर र मोशाले परमेश्‍वरबाट प्राप्‍त गरेको व्यवस्थाको विरुद्धमा खराब कुराहरू बोल्न छोड्दैन ।
\v 14 हाम्रो भनाइको अर्थ यही हो कि नासरतका येशूले यस मन्दिरलाई नाश पार्नुहुनेछ र मोशाले हाम्रा पुर्खाहरूलाई सिकाएकोभन्दा फरक चालचलन मान्‍न सिकाउनुहुनेछ भनी हामीले सुनेका छौँ ।”
\v 15 परिषद् कोठाभित्र भएका सबै मानिसहरूले स्तिफनसलाई एकटकले हेरे, र तिनको मुहार स्वर्गदूतको जस्तै भएको देखे ।
\s5
\c 7
\p
\v 1 त्यसपछि प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के तिम्रो बारेमा यी मानिसहरूले भनेका कुराहरू साँचा छन् त ?”
\v 2 स्तिफनसले जवाफ दिए, “यहूदी मित्रहरू तथा आदरणीय अगुवाजनहरू, कृपया मेरा कुरा सुन्‍नुहोस् । हाम्रा पुर्खा अब्राहाम हारानमा आउनुअगि तिनी मेसोपोटामियाको देशमा छँदा नै हामीले आराधना गर्ने महिमाका परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो ।
\v 3 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तिमी र तिम्रा आफन्तहरू बसिरहेको यस देशलाई छाडेर मैले तिमीलाई देखाउने देशमा जाऊ ।”
\s5
\v 4 त्यसैले, अब्राहामले कल्दी भनिने त्यस देशलाई छाडे, र तिनी हारानमा आएर बसे । तिनका पिताको मृत्युपश्‍चात् परमेश्‍वरले तिनलाई यस देशमा आउन आज्ञा दिनुभयो, जहाँ अहिले तपाईंहरू र म बसिरहेका छौँ ।
\v 5 त्यस बेला परमेश्‍वरले अब्राहामलाई आफ्नो सम्पत्तिको रूपमा कुनै जग्गा-जमिन दिनुभएको थिएन । उहाँले यस देशको एउटा सानो टुक्रा पनि दिनुभएन । तर पछि परमेश्‍वरले यो देश तिनी र तिनका सन्तानहरूलाई दिनुहुने थियो, र यो सदाको निम्ति तिनीहरूकै हुने थियो भनी प्रतिज्ञा गर्नुभयो । तथापि त्यस बेला यस देशलाई पैतृक सम्पत्तिको रूपमा अधिकार गर्नलाई अब्राहामको कुनै सन्तान थिएन ।
\s5
\v 6 पछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तिम्रा सन्तानहरू त्यस विदेशी मुलुकमा जानेछन्, र त्यहीँ बसोबास गर्नेछन् । त्यहाँ तिनीहरू चार सय वर्षसम्म बस्‍नेछन् । त्यस बेला तिनीहरूका अगुवाहरूले तिम्रा सन्तानहरूलाई दुर्व्यवहार गर्नेछन्, र कमाराको रूपमा काम गर्न बाध्य पार्नेछन् ।
\v 7 तर तिनीहरूलाई कमारा तुल्याउने ती मानिसहरूलाई म दण्ड दिनेछु । त्यसपछि तिम्रा सन्तानहरू त्यस देशबाट निस्‍केर आउनेछन्, र तिनीहरू यहाँ आई तिनीहरूले मेरो आराधना गर्नेछन् ।”
\v 8 तब परमेश्‍वरले अब्राहामको घराना र तिनको वंशमा जन्मने सबै पुरुषहरूको खतना गर्न आज्ञा दिए । खतनाले तिनीहरू परमेश्‍वरका जाति थिए भनी चिनाउँथ्यो । पछि अब्राहामका छोरा इसहाक जन्मे, र तिनी आठ दिनको हुँदा अब्राहामले तिनले खतना गरे । पछि इसहाकका छोरा याकूब जन्मे । याकूब बाह्र छोराका पिता बने जसलाई हामी यहूदीहरूले पूर्वजहरू अर्थात् हाम्रा पुर्खाहरू भन्छौँ” ।
\s5
\v 9 तपाईंहरूलाई थाहै छ कि याकूबले आफ्ना कान्छा छोरा योसेफलाई धेरै माया गरेकाले तिनका दाजुहरू डाही बने । त्यसैले, तिनीहरूले तिनलाई व्यापारीहरूका हातमा बेचिदिए, जसले तिनलाई मिश्रमा लगे जहाँ तिनी नोकर बने । तर परमेश्‍वरले योसेफको मदत गर्नुभयो ।
\v 10 जब-जब मानिसहरूले योसेफलाई दुःख दिन्थे परमेश्‍वरले तिनलाई जोगाउनुहुन्थ्यो । उहाँले योसेफलाई बुद्धिमान् तुल्याउनुभयो, र मिश्रका राजा फारोलाई योसेफको बारेमा राम्रो सोच्‍न लगाउनुभयो । त्यसैले, फारोले योसेफलाई मिश्रका शासक तुल्याई फारोका सारा सम्पत्तिको हेरचाह गर्ने जिम्मा दिए ।
\s5
\v 11 योसेफले त्यो काम गरिरहँदा एउटा यस्तो समय आयो, जुन बेला मिश्र र कनानमा थोरै मात्र भोजन उपलब्ध हुन थाल्यो । मानिसहरूले कष्‍ट पाइरहेका थिए । कनानमा याकूब र तिनका छोराहरूले पनि पर्याप्‍त भोजन पाउन सकेनन् ।
\v 12 मिश्रमा अन्‍न किन्‍न पाईंदोरहेछ भनी जब याकूबले सुने, तिनले योसेफका दाजुहरूलाई अन्‍न किन्‍नलाई त्यहाँ पठाए । तिनीहरू गए, र तिनीहरूले योसेफबाट अन्‍न किने, तापनि तिनीहरूले तिनलाई चिनेनन् । त्यसपछि तिनीहरू घर फर्के ।
\v 13 योसेफका दाजुहरू दोस्रो पटक मिश्रमा गए, र तिनीहरूले फेरि पनि योसेफबाट अन्‍न किने । तर यस पटक भने तिनले आफूलाई प्रकट गरे । योसेफका मानिसहरू हिब्रू थिए, र कनानबाट आएका मानिसहरू तिनका दाजुहरू थिए भनी फारोले थाहा पाए ।
\s5
\v 14 योसेफले आफ्ना दाजुहरूलाई फिर्ता पठाएपछि याकूब र तिनका सारा परिवार मिश्रमा आएको योसेफ चाहन्थे भनी तिनीहरूले आफ्ना पिता याकूबलाई बताए । त्यस बेला याकूबको परिवारमा पचहत्तर जना मानिस थिए ।
\v 15 याकूबले त्यो कुरा सुनेपछि तिनी र तिनका सारा परिवार मिश्रमा बस्‍न गए । पछि त्यहीँ नै याकूबको मृत्यु भयो, र हाम्रा पुर्खाहरू अर्थात् तिनका छोराहरू पनि त्यहीँ नै मरे ।
\v 16 तिनीहरूका मृत शरीरहरूलाई हाम्रो देशमा ल्याइयो, र अब्राहामले शकेममा हामोरका छोराहरूबाट किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
\s5
\v 17 परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएबमोजिम उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट छुटाएर ल्याउन खोज्‍नुहुँदा तिनीहरूको सङ्ख्या अत्यधिक बढेको थियो ।
\v 18 मिश्रमा अर्का राजाले शासन गर्न थालेका थिए । तिनको शासनकालभन्दा धेरै पहिले योसेफले मिश्रका मानिसहरूलाई निकै मदत पुर्‍याएका थिए भनी नयाँ राजालाई थाहा थिएन ।
\v 19 ती राजाले हाम्रा पुर्खाहरूलाई क्रूरतापूर्वक व्यवहार गरे । तिनले तिनीहरूलाई थिचोमिचो गरे र धेरै दुःख दिए । तिनले मरून् भन्‍ने हेतुले नयाँ जन्मेका बालकहरूलाई घरबाहिर लगेर फ्याँक्‍ने आज्ञा पनि दिए ।
\s5
\v 20 त्यसै बेला मोशाको जन्म भयो । परमेश्‍वरको दृष्‍टिमा तिनी ज्यादै सुन्दर बालक थिए । त्यसैले, तिनका बुबाआमाले तिनलाई तिन महिनासम्म आफ्नो घरमा लुकाई राखे ।
\v 21 त्यसपछि तिनीहरूले तिनलाई घरबाहिर ल्याउनुपर्‍यो । तर फारोकी छोरीले तिनलाई फेला पारिन्, र तिनलाई उनको आफ्नै छोराझैँ हुर्काइन् ।
\s5
\v 22 मोशालाई मिश्रका मानिसहरूले जानेका सारा विद्या सिकाइयो । तिनी हुर्केपछि तिनले शक्‍तिशाली ढङ्गमा बोले, र काम गरे ।
\v 23 करिब चालिस वर्षको उमेरमा मोशाले एक दिन आफ्ना मानिसहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न जाने निधो गरे ।
\v 24 तिनले एक मिश्रीले एक जना इस्राएलीलाई दुर्व्यवहार गरेको देखे । त्यसैले, तिनी ती इस्राएलीलाई सहायता गर्न गए । मिश्रीलाई मारी तिनले बदला लिए ।
\v 25 इस्राएलीहरूलाई दासत्वबाट छुटकारा दिन परमेश्‍वरले मोशालाई पठाउनुभएको थियो भनी तिनका मानिसहरूले बुझ्‍ने थिए भनी तिनले विचार गरे, तापनि तिनीहरूले बुझेनन् ।
\s5
\v 26 अर्को दिन मोशाले दुई जना इस्राएली एक आपसमा झगडा गरिरहका देखे । तिनले यसो भन्दै तिनीहरूलाई रोक्‍न खोजे, “तपाईंहरू दुवै नै इस्राएली हुनुहुन्छ, र पनि किन एक अर्कालाई चोट पुर्‍याउनुहुन्‍छ ?”
\v 27 तर चोट पुर्‍याउने मानिसले मोशालाई धकेलेर तिनलाई भने, “हामीमाथि शासक र न्यायकर्ता हुन तिमीलाई कसैले नियुक्‍त गरेको छैन ।
\v 28 के हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ मलाई पनि मार्न चाहन्छौ ?”
\s5
\v 29 मोशाले त्यो कुरा सुनेपछि तिनी मिश्रबाट मिद्यान देशमा गए । तिनी त्यहाँ केही वर्षसम्म बसे । तिनले बिहे गरे, र तिनीहरूबाट दुई छोरा जन्मे ।
\v 30 चालिस वर्ष बितेपछि एक दिन परमप्रभु परमेश्‍वर स्वर्गदूतको रूपमा मोशाकहाँ देखा पर्नुभयो । उहाँ सीनै पर्वत नजिकैको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा देखा पर्नुभयो ।
\s5
\v 31 मोशाले यो देखेपछि तिनी छक्‍क परे, किनभने पोथ्रा भस्म भइरहेको थिएन । तिनी त्यसलाई हेर्न अझ नजिकै जाँदा तिनले परमप्रभु परमेश्‍वरले तिनलाई यसो भन्‍नुभएको आवाज सुने,
\v 32 “म तिम्रा पुर्खाहरूले पुजेका परमेश्‍वर हुँ । म अब्राहाम, इसहाक र याकूबले पुजेका परमेश्‍वर हुँ ।” मोशा डरले काँप्‍न लागे र तिनले पोथ्रालाई हेर्न सकेनन् ।
\s5
\v 33 तब परमप्रभु परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तिमीले मेरो आदर देखाउन तिम्रा जुत्ता फुकाल । किनकि म यहीँ छु, र तिमी उभिरहेको स्थान खासमा मेरो हो ।
\v 34 कसरी मिश्रका मानिसहरूले मेरा मानिसहरूलाई निरन्तर रूपमा दुःख दिइरहेका छन् भनी मैले निश्‍चय नै देखेको छु । मैले तिनीहरूका क्रन्दन सुनेको छु । त्यसैले, तिनीहरूलाई मिश्रबाट छुटकारा दिन म ओर्लीआएको छु । अब तिमी तयार होऊ, किनभने म तिमीलाई मिश्रमै फर्काउँदै छु ।”
\s5
\v 35 यिनै मोशाले हाम्रा इस्राएल जातिलाई मदत गर्न खोजेका थिए, तर तिनीहरूले यसो भन्दै इन्कार गरे, “कसैले तिमीलाई शासक र न्यायकर्ता नियुक्त गरेको छैन ।” तिनीहरूलाई दासत्वबाट छुटकारा दिई तिनीहरूलाई अगुवाइ गर्न परमेश्‍वरले नै मोशालाई पठाउनुभएको थियो । पोथ्रामा देखा पर्ने स्वर्गदूतले तिनलाई यसो गर्न आज्ञा दिएका थिए ।
\v 36 मोशाले नै हाम्रा पुर्खाहरूलाई मिश्रबाट अगुवाइ गरेर ल्याए । परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो भनी देखाउन परमेश्‍वरले तिनको हातद्वारा मिश्रमा विभिन्‍न किसिमका आश्‍चर्यकर्महरू गर्नुभयो । तिनले लाल समुद्र र इस्राएल जाति चालिस वर्षसम्म उजाड-स्थानमा छँदा पनि विभिन्‍न आश्‍चर्यकर्महरू गर्नुभयो ।
\v 37 यी तिनै मोशा थिए, जसले इस्राएल जातिलाई भने, “तिमीहरूको आफ्नै जातिबाट तिमीहरूका लागि परमेश्‍वरले मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।”
\s5
\v 38 यी तिनै मोशा थिए, जो उजाड-स्थानमा इस्राएलीहरूका बिचमा थिए । सीनै पर्वतमा स्वर्गदूत तिनीकहाँ नै देखा परेका थिए । यी तिनै मोशा थिए, जसलाई परमेश्‍वरले स्वर्गदूतद्वारा सीनै पर्वतमा हाम्रा व्यवस्था दिनुभयो, र तिनले स्वर्गदूतबाट सुनेका कुराहरू हाम्रा पुर्खाहरूलाई बताए । तिनले नै सदाको लागि कसरी जिउने भनी बताउने वचनहरू परमेश्‍वरबाट पाएका थिए, र ती वचनहरू हामीलाई दिए ।
\v 39 तथापि हाम्रा पुर्खाहरू मोशाप्रति आज्ञाकारी भएनन् । बरु, तिनीहरूले मोशालाई आफ्‍नो अगुवाको रूपमा इन्कार गरे, र तिनीहरू मिश्रमा नै फर्कन चाहन्थे ।
\v 40 त्यसैले, तिनीहरूले मोशाका दाजु हारूनलाई भने, “हाम्रा निम्ति मूर्तिहरू बनाउनुहोस्, जो हामीलाई डोर्‍याउने देवताहरू बनून् । हामीलाई मिश्रदेखि ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।”
\s5
\v 41 त्यसैले, तिनीहरूले बाछोजस्तो देखिने एउटा प्रतिमा बनाए । तिनीहरूले त्यसको पूजा गर्न बलिदानहरू चढाए, र तिनीहरूले जे बनाएका थिए त्यसमा रमाउँदै तिनीहरूले गाए, र नाचे ।
\v 42 परमेश्‍वरले तिनीहरूलाई रोक्‍नुभएन । उहाँले तिनीहरूलाई आकाशका सूर्य, चन्द्रमा र ताराहरूको पूजा गर्न छाडिदिनुभयो । यो कुरा एक जना अगमवक्‍ताको वचनसित मेल खान्छः परमेश्‍वरले भन्‍नुभयो, “हे इस्राएल जाति हो, तिमीहरू चालिस वर्षसम्म उजाड-स्थानमा छँदा तिमीहरूले बारम्बार जनावरहरू मारेर बलिदान चढाउँदा के तिमीहरूले मलाई नै चढाएका थियौ ?
\s5
\v 43 यसको विपरीत तिमीहरूले पाललाई एक ठाउँदेखि अर्को ठाउँमा सार्‍यौ, जसभित्र मोलोख देवताको प्रतिनिधित्व गर्ने मूर्ति थियो, जसलाई तिमीहरूले पुज्यौ । तिमीहरूले रेफन भनिने ताराको प्रतिमालाई पनि आफूसँगै लग्यौ । तिमीहरूले मलाई पुज्‍नुको साटो तिमीहरूले आफैँले बनाएका ती मूर्तिहरूलाई पुज्यौ । त्यसैले, म तिमीहरूलाई तिमीहरूको देशबाट बेबिलोनभन्दा परको देशमा निर्वासनमा पठाउनेछु ।”
\s5
\v 44 “हाम्रा पुर्खाहरू उजाड-स्थानमा हुँदा तिनीहरूले पवित्र वासस्थानमा परमेश्‍वरको आराधना गरे । यसले तिनीहरूका बिचमा उहाँको उपस्थितिलाई दर्शाउँथ्यो । परमेश्‍वरले मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले पवित्रस्थान बनाएका थिए । मोशाले पर्वतमा देखेको नमुनाअनुसार नै यसलाई बनाइएको थियो ।
\v 45 पछि यहोशूले हाम्रा पुर्खाहरूलाई यस देशमा ल्याउँदा तिनीहरूले पवित्र वासस्थानलाई आफूसित ल्याएका थिए । परमेश्‍वरले यस देशमा बस्‍ने जातिहरूलाई निकाल्नुभएपछि तिनीहरूले यस देशलाई कब्जा गरे । यसरी, इस्राएलीहरूले यस देशको अधिकार गर्न सके । पवित्रस्थान राजा दाऊदको शासन कालसम्म यही देशमा रहेको थियो ।
\v 46 दाऊदले परमेश्‍वरलाई प्रसन्‍न तुल्याए । तिनी र सारा इस्राएल जातिले उहाँको आराधना गर्नका लागि दाऊदले एउटा घर निर्माण गर्न पाऊँ भनी उहाँलाई बिन्ती चढाए ।
\s5
\v 47 तर परमेश्‍वरले दाऊदका पुत्र सोलोमनलाई उक्‍त भवन निर्माण गर्न भन्‍नुभयो, जहाँ मानिसहरूले उहाँको आराधना गर्न सक्थे ।”
\v 48 “तथापि हामीलाई थाहा छ, कि परमेश्‍वर हरेक कुराभन्दा महानतर हुनुहुन्छ, र उहाँ मानिसले बनाएका घरहरूमा बास गर्नुहुन्‍न । जस्तो यशैयाले भनेका थिएः
\v 49 परमेश्‍वरले भन्‍नुभयो, ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान ।
\v 50 स्वर्ग र पृथ्वीमा भएका यावत् थोकहरू मैले नै बनाएको हुँ । त्यसैले, मलाई बस्‍नको लागि मानिसहरूले कुनै भवन बनाउन सक्दैनन् !
\s5
\v 51 तपाईंहरू उहाँप्रति अति नै हठी हुनुहुन्छ । तपाईंहरू आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ । तिनीहरूले जस्तै तपाईंहरूले पनि सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ ।
\v 52 तपाईंहरूका पुर्खाले हरेक अगमवक्‍तालाई दुःख दिए । परमेश्‍वरलाई सधैँ खुसी पार्नुहुने ख्रीष्‍टको आगमनभन्दा धेरै वर्ष पहिले उहाँको आगमनको बारेमा भविष्यवाणी गर्नेहरूलाई तिनीहरूले मारे । अहिले ख्रीष्‍ट आइसक्‍नुभएको छ, जसलाई तपाईंहरूले हालै उहाँका शत्रुहरूकहाँ सुम्पिदिनुभयो, र उहाँ मारिनैपर्छ भनी जिद्दी गर्नुभयो ।
\v 53 परमेश्‍वरको व्यवस्थालाई प्राप्‍त गर्ने जाति तपाईंहरू नै हुनुहुन्छ । परमेश्‍वरले त्यो व्यवस्था स्वर्गदूतमार्फत हाम्रा पुर्खाहरूलाई दिनुभयो । तथापि तपाईंहरूले त्यसको पालना गर्नुभएको छैन !”
\s5
\v 54 यहूदी परिषद्का सदस्यहरू र अरूले स्तिफनसले भनेका सबै कुराहरू सुनेपछि तिनीहरू बेसरी रिसाए । तिनीदेखि अति नै रिसाएकाले तिनीहरूले दाह्रा किटे ।
\v 55 तर पवित्र आत्माले स्तिफनसलाई पूर्ण रूपमा नियन्‍त्रण गर्नुभएको थियो । तिनले स्वर्गमा हेरे, र परमेश्‍वरबाट आएको तिरमिराउने ज्योति देखे । तिनले परमेश्‍वरको दाहिने हातपट्टि बसिरहनुभएका येशूलाई पनि देखे ।
\v 56 तिनले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।”
\s5
\v 57 जब यहूदी परिषद्का सदस्यहरू र अरूले त्यो कुरा सुने, तिनीहरू ठुलो सोरले चिच्‍च्‍याए । स्तिफनसको कुरा फेरि सुन्‍न नपरोस् भनेर तिनीहरूले आफ्ना हातले कान थुने, र तिनीहरू सबै तिनीमाथि खनिए ।
\v 58 तिनीहरूले तिनलाई यरूशलेम सहरबाहिर घिसारेर ल्याए, र तिनीमाथि ढुङ्गा बर्साउन थाले । सजिलैसित ढुङ्गा हान्‍न सकियोस् भन्‍ने हेतुले तिनलाई अभियोग लगाउनेहरूले आफ्ना बाहिरी वस्‍त्र खोलेर शाऊल नाउँ गरेका जवान मानिसको छेउमा राखे, ताकि तिनले ती वस्‍त्रहरूको रेखदेख गरून् ।
\s5
\v 59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहँदा तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”
\v 60 स्तिफनस भुइँमा ढले, र चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यस पापको दण्ड नदिनुहोस् !” यसो भनेपछि तिनको मृत्यु भयो ।
\s5
\c 8
\p
\v 1 तब परमेश्‍वरलाई आदर गर्ने केही मानिसहरूले स्तिफनसको मृत शरीरलाई चिहानमा गाडे, र तिनीहरूले तिनको निम्ति ठुलो सोरमा रुँदै शोक गरे ।
\v 2 त्यही दिन मानिसहरूले यरूशलेममा भएका विश्‍वासीहरूलाई बेसरी सताउन सुरु गरे । त्यसैले, अधिकांश विश्‍वासीहरू यहूदिया र सामरियाका क्षेत्रहरूमा भागेर गए । प्रेरितहरूचाहिँ यरूशलेममा नै बसे ।
\v 3 तिनीहरूले स्तिफनसको हत्या गरिरहँदा शाऊलले पनि स्तिफनसको हत्याको अनुमोदन गरेका थिए । त्यसैले, शाऊलले पनि विश्‍वासीहरूको समूहलाई विनाश गर्ने कोसिस गर्न थाले । घरघरमा छिरिकन तिनले येशूमाथि विश्‍वास गर्ने स्‍त्री र पुरुषहरूलाई घिसार्दै ल्याए, र तिनीहरूलाई झ्यालखानामा हालिदिए ।
\s5
\v 4 यरूशलेम छाडेर जाने विश्‍वासीहरू विभिन्‍न ठाउँमा गए, जहाँ तिनीहरूले निरन्तर रूपमा येशूको बारेमा प्रचार गर्दै रहे ।
\v 5 फिलिप नाउँ गरेका एक जना विश्‍वासी यरूशलेमबाट सामरियाको जिल्लामा पर्ने एउटा सहरमा गए । तिनले त्यहाँ मानिसहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रचार गर्दै थिए ।
\s5
\v 6 धेरै मानिसहरूले फिलिपले बोलेका कुराहरू सुने, र तिनले गरेका आश्‍चर्यपूर्ण कामहरू देखे । त्यसैले, तिनीहरू सबैले तिनका वचनमा ध्यान दिए ।
\v 7 उदाहरणको लागि, धेरै मानिसहरूबाट दुष्‍ट आत्माहरू निस्कून् भनी फिलिपले आज्ञा दिए, र तिनीहरू चिच्‍च्याउँदै बाहिर आए । यसका अतिरिक्‍त धेरै पक्षाघाती र लङ्गडाहरू पनि निको भए ।
\v 8 त्यसैले, त्यस सहरका धेरै मानिसहरूले बडो आनन्द मनाए ।
\s5
\v 9 त्यस सहरमा सिमोन नाउँ गरेका एक जना मानिस थिए । तिनले धेरै लामो समयदेखि जादुगरीको अभ्यास गर्दै आएका थिए, र सामरियाको जिल्लामा तिनले आफ्नो जादुगरीबाट मानिसहरूलाई छक्‍क पारेका थिए । तिनले आफैँलाई “सिमोन महान्” हुँ भनी दाबी गर्थे ।
\v 10 साधारण र प्रभावशाली सबै थरीका मानिसहरूले तिनका कुरा सुन्थे । तिनीहरूले भन्दै थिए, “यी मानिस परमेश्‍वरका महाशक्‍ति हुन् ।”
\v 11 तिनीहरूले होसियारीपूर्वक तिनका कुरा सुनिरहे, किनकि लामो समयसम्म तिनले आफ्नो जादुगरीबाट तिनीहरूलाई छक्‍क पारेका थिए ।
\s5
\v 12 तर त्‍यसपछि तिनीहरूले फिलिपको सन्देशमा विश्‍वास गरे, जसले परमेश्‍वरले आफूलाई राजाको रूपमा देखाउनुहुने थियो भन्‍ने बारेमा र येशू ख्रीष्‍टको बारेमा सुसमाचार प्रचार गर्दथे ।
\v 13 सिमोन आफैँले पनि फिलिपको सन्देशलाई विश्‍वास गरे, र बप्‍तिस्मा लिए । तिनी फिलिपसँग लागिरहे, र फिलिपले गरेका महान् आश्‍चर्यकर्महरू देखेर, र तिनले बोलेका सत्यता सुनेर तिनी निरन्तर रूपमा छक्‍क परे ।
\s5
\v 14 सामरिया जिल्लाका धेरै मानिसहरूले परमेश्‍वरको सन्देशलाई ग्रहण गरे भनी यरूशलेमका विश्‍वासीहरूले सुनेपछि तिनीहरूले पत्रुस र यूहन्‍नालाई त्यहाँ पठाए ।
\v 15 जब पत्रुस र यूहन्‍ना सामरिया आइपुगे, तिनीहरूले ती नयाँ विश्‍वासीहरूले पवित्र आत्मा पाऊन् भनी तिनीहरूका निम्ति प्रार्थना गरे ।
\v 16 किनकि तिनीहरूमध्ये कसैमा पनि पवित्र आत्मा आउनुभएको थिएन भन्‍ने कुरा प्रस्ट थियो । तिनीहरूलाई प्रभु येशूको नाउँमा मात्र बप्‍तिस्मा दिइएको थियो ।
\v 17 तब पत्रुस र यूहन्‍नाले तिनीहरूमाथि आफ्ना हात राखे, र तिनीहरूले पवित्र आत्मा पाए ।
\s5
\v 18 प्रेरितहरूले हात राखेपछि पवित्र आत्मा पाईंदोरहेछ भनी सिमोनले देखे । त्‍यसैले, तिनले उनीहरूलाई रुपियाँ-पैसा दिन खोजे ।
\v 19 तिनले भने, “तपाईंहरूले जे गरिरहनुभएको छ, मलाई पनि त्यही गर्न सक्षम तुल्याइदिनुहोस्, ताकि मैले हात राखेको हरेकले पवित्र आत्मा प्राप्‍त गर्न सकोस् ।”
\s5
\v 20 तर पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो रुपियाँ-पैसा नष्‍ट होऊन्, किनकि तिमीले परमेश्‍वरको वरदानलाई रुपियाँ-पैसाले किन्‍न खोज्यौ ।
\v 21 हामीले जुन काम गरिरहेका छौँ, त्यसमा तिमी हामीसित काम गर्न सक्दैनौ, किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन ।
\v 22 त्यसैले, यस्तो दुष्‍ट किसिमले सोच्‍न छाडी प्रभुलाई बिन्ती चढाऊ, र उहाँको इच्छा भयो भने तिम्रो हृदयमा भएको दुष्‍ट विचारलाई उहाँले क्षमा दिनुहुनेछ ।
\v 23 तिम्रा दुष्‍ट मार्गहरूबाट फर्क, किनकि म बुझ्दछु, कि तिमी हामीप्रति निकै डाही बनेका छौ, र तिमी निरन्तर रूपमा खराबै मात्र गर्ने तिम्रो इच्छाको दास बनेका छौ !”
\s5
\v 24 तब सिमोनले जवाफ दिए, “तपाईंले भर्खरै भन्‍नुभएका कुराहरू ममाथि आई नपरून् भनी प्रभुलाई बिन्ती गरिदिनुहोस् ।”
\s5
\v 25 पत्रुस र यूहन्‍नाले प्रभु येशूको बारेमा व्यक्‍तिगत रूपमा जानेका कुराहरू त्यहाँका मानिसहरूलाई बताए, र प्रभुको सन्देश तिनीहरूलाई प्रचार गरेपछि तिनीहरू दुवै जना यरूशलेम फर्के । फर्कने क्रममा तिनीहरूले सामरिया जिल्लामा मानिसहरूलाई येशूको बारेमा प्रचार गरे ।
\s5
\v 26 एक दिन परमप्रभु परमेश्‍वरले पठाउनुभएका स्वर्गदूतले फिलिपलाई आज्ञा दिए, “तयार होऊ, र दक्षिणपट्टिको बाटोमा लाग जुन यरूशलेमदेखि गाजा सहरसम्म जान्छ ।” त्यो बाटो उजाड-स्थानमा पर्थ्यो ।
\v 27 त्यसैले, फिलिप तयार भए, र उक्‍त बाटोमा गए । बाटोमा तिनले इथियोपिया देशका एक जना मानिसलाई भेटे । तिनी उच्‍च तहका अधिकारी थिए, जसले इथियोपियाकी रानीका सबै रुपियाँ-पैसाको रेखदेख गर्थे । मानिसहरूले तिनीहरूको भाषामा रानीलाई कन्दाकी भन्थे । यी मानिस परमेश्‍वरको आराधना गर्न यरूशलेम गएका थिए ।
\v 28 तिनी रथमा चढेर आफ्नो घर फर्कंदै थिए । यात्रामा तिनले ठुलो सोरमा यशैया अगमवक्‍ताको पुस्तक पढ्दै थिए ।
\s5
\v 29 परमेश्‍वरका आत्माले फिलिपलाई भन्‍नुभयो, “त्यो रथ नजिकै गएर हिँड ।”
\v 30 त्यसैले, फिलिप रथतर्फ दौडे, र तिनले ती अधिकारीले यशैया अगमवक्‍ताद्वारा लिखित वचनहरू पढिरहेका सुने । तिनले ती मानिसलाई सोधे, “के तपाईंले पढिरहनुभएको वचन तपाईं बुझ्‍नुहुन्छ ?”
\v 31 तिनले फिलिपलाई जवाफ दिए, “बुझ्दिनँ । कसैले मलाई व्याख्या नगरिदिएसम्म सम्भवतः म बुझ्‍न सक्दिनँ ।”
\s5
\v 32 ती अधिकारीले पढिरहेको धर्मशास्‍त्रको अंश यही थियोः “ऊ मार्नलाई लगिएको भेडाजस्तै मौन थियो । जसरी जवान भेडाको शरीरबाट ऊन कत्रँदा त्यो मौन हुन्छ, त्यसै गरी ऊ मौन छ ।
\v 33 उसको अपमान गरिनेछ, र उसले न्याय पाउँदैन । उसका सन्तानहरूबारे बताउन कोही पनि सक्षम हुनेछैन, किनकि उसलाई मारिनेछ ।”
\s5
\v 34 आफूले पढिरहेका यी वचनहरूको बारेमा ती अधिकारीले फिलिपलाई सोधे, “मलाई भन्‍नुहोस्, कि अगमवक्‍ताले कसको बारेमा लेख्दै थिए‒ तिनले आफ्नै बारेमा लेख्दै थिए, कि अरू कसैको बारेमा ?”
\v 35 त्यसैले, फिलिपले तिनलाई जवाफ दिए । तिनले धर्मशास्‍त्रको यही खण्डबाट सुरु गरेर तिनलाई येशूको बारेमा सुसमाचार सुनाए ।
\s5
\v 36 तिनीहरू सँगसँगै यात्रा गरिरहँदा तिनीहरू अलिअलि पानी भएको ठाउँमा आइपुगे । ती अधिकारीले फिलिपलाई भने, “हेर्नुहोस्, यहाँ अलिअलि पानी छ ।
\v 37 मलाई बप्‍तिस्मा दिनुहोस् भनी म तपाईंलाई अनुरोध गर्दछु, किनकि अब मलाई बप्‍तिस्मा लिनदेखि कुनै कुरोले रोक्दैन ।”
\v 38 ती अधिकारीले चालकलाई रथ रोक्‍ने आज्ञा दिए । फिलिप र अधिकारी दुवै जना पानीमा गए, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए ।
\s5
\v 39 तिनीहरू पानीबाट बाहिर निस्‍केपछि परमेश्‍वरका आत्माले फिलिपलाई अकस्मात् कतै लैजानुभयो । ती अधिकारीले फिलिपलाई फेरि कहिल्यै देखेनन् । तर तिनले फिलिपलाई फेरि कहिल्यै नदेखे, तापनि तिनी बडो खुसी हुँदै आफ्नो बाटो लागे ।
\v 40 पवित्र आत्माले अचम्म रीतिले फिलिपलाई अश्दोद सहरमा लैजानुभएको रहेछ भनी तिनले थाहा पाए । त्यस क्षेत्रको चारैतिर यात्रा गर्दा तिनले अश्दोद र कैसरियाका बिचमा पर्ने सबै सहरहरूमा निरन्तर रूपमा येशूको सन्देश सुनाए । तिनी अन्त्यमा कैसरिया नआइपुगुन्‍जेलसम्म तिनले प्रचार गरिरहे ।
\s5
\c 9
\p
\v 1 त्यसै बेला शाऊल रिसले चुर भई तिनले प्रभुलाई पछ्याउनेहरूलाई निरन्तर रूपमा मार्ने धम्की दिए । तिनी यरूशलेमका प्रधान पूजाहारीकहाँ गए ।
\v 2 र दमस्कसका सभाघरहरूका अगुवाहरूलाई तिनको परिचय दिँदै चिठीहरू लेख्‍न अनुरोध गरे । चिठीहरूमा शाऊललाई अधिकार दिन अनुरोध गरिएको थियो, जसमार्फत तिनले येशूले सिकाउनुभएको मार्गमा हिँड्ने कुनै पनि पुरुष वा स्‍त्रीलाई पक्रेर तिनीहरूलाई यरूशलेमको झ्यालखानामा लैजान सकिन्थ्यो, ताकि यहूदी अगुवाहरूले तिनीहरूको न्याय गरी तिनीहरूलाई दण्ड दिन सकून् ।
\s5
\v 3 शाऊल र तिनका साथमा हुनेहरू यात्रा गरेर दमस्कस नजिकै आइपुग्दा अकस्मात् शाऊलको वरिपरि स्वर्गबाट एउटा चम्किलो ज्योति चम्क्यो ।
\v 4 तिनी तुरुन्तै भुइँमा ढले । त्यसपछि तिनले कसैको आवाज सुने, “हे शाऊल, हे शाऊल, तिमी किन मलाई चोट पुर्‍याउन खोज्दै छौ ?”
\s5
\v 5 शाऊलले उहाँलाई सोधे, “प्रभु, तपाईं को हुनुहुन्छ ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी चोट पुर्‍याउन खोज्दै छौ ।
\v 6 अब उठ, र सहरमा जाऊ । म तिमीले के गरेको चाहन्छु भनी कसैले तिमीलाई बताउनेछ ।”
\v 7 शाऊलसित यात्रा गर्ने मानिसहरू यति छक्‍क परे, कि तिनीहरूले केही बोल्नै सकेनन् । तिनीहरू त्यसै उभिरहे । तिनीहरूले प्रभुको आवाज त सुने, तर कसैलाई देखेनन् ।
\s5
\v 8 शाऊल भुइँबाट उठे । तर तिनले आफ्ना आँखा खोल्दा तिनले केही देख्‍न सकेनन् । त्यसैले, तिनीसित जाने मानिसहरूले तिनको हात समाएर तिनलाई दमस्कस पुर्‍याए ।
\v 9 त्‍यसपछिका पछिल्ला तिन दिनसम्म शाऊलले केही देख्‍न सकेनन् । तिनले न केही खाए, न केही पिए ।
\s5
\v 10 दमस्कसमा हननिया नाउँ गरेका येशूका एक जना चेला थिए । प्रभु येशू दर्शनमा तिनीकहाँ प्रकट हुनुभई उहाँले तिनलाई भन्‍नुभयो, “हे हननिया !” तिनले जवाफ दिए, “प्रभु, म सुन्दै छु ।”
\v 11 प्रभु येशूले तिनलाई भन्‍नुभयो, “सिधा भन्‍ने गल्लीमा जाऊ, जहाँ यहूदाको घर छ । टार्ससका शाऊलसित कुरा गर्न पाऊँ भनी कसैलाई अनुरोध गर, किनकि यस घडी तिनले मलाई बिन्ती चढाइरहेका छन् ।
\v 12 शाऊलले एउटा दर्शन देखेका छन्, जसमा हननिया नाउँ गरेका मानिस तिनी बसिरहेको घरमा प्रवेश गरे, र तिनले देख्‍न सकून् भनी उनले तिनीमाथि हात राखे ।”
\s5
\v 13 हननियाले जवाफ दिए, “तर प्रभु, धेरै मानिसहरूले मलाई यी मानिसको बारेमा बताएका छन् । यरूशलेममा तपाईंमाथि विश्‍वास गर्ने मानिसहरूलाई तिनले धेरै खराबी गरेका छन् ।
\v 14 तपाईंमाथि विश्‍वास गर्ने सबैलाई पक्रन सकून् भन्‍ने हेतुले मुख्य पूजाहारीहरूले तिनलाई दमस्कस आउने शक्‍ति दिएका छन् ।”
\v 15 तर प्रभु येशूले हननियालाई भन्‍नुभयो, “शाऊलकहाँ जाऊ, र मैले भनेका कुरा गर, किनकि मेरो सेवा गर्न मैले तिनलाई छानेको छु । तिनले मेरो बारेमा गैरयहूदीहरू र तिनीहरूका राजाहरूसाथै इस्राएल जातिलाई बताउनेछन् ।
\v 16 मानिसहरूलाई मेरो बारेमा बताउँदा तिनले प्रायः दुःख भोग्‍नुपर्नेछ भनी म आफैँ तिनलाई बताउनेछु ।”
\s5
\v 17 त्यसैले, हननिया गए, र शाऊल बसेको घर पत्ता लगाएपछि तिनी त्यसभित्र प्रवेश गरे । तिनले शाऊललाई भेट्ने बित्तिकै तिनले उनीमाथि हात राखेर भने, “भाइ शाऊल, प्रभु येशू आफैँले तिमीकहाँ आउन मलाई आज्ञा दिनुभयो । तिमी दमस्कस आइरहँदा बाटोमा तिमीकहाँ प्रकट हुनुहुने उहाँ नै हुनुहुन्छ । तिमीले फेरि देख्‍न सक, र तिमी पवित्र आत्माद्वारा पूर्णतः नियन्‍त्रित हुन सक भन्‍ने उद्देश्यले उहाँले मलाई तिमीकहाँ पठाउनुभयो ।”
\v 18 तुरुन्तै शाऊलका आँखाबाट माछाका कत्लाजस्ता वस्तुहरू खसे, र तिनले फेरि देख्‍न सके । त्यसपछि तिनी खडा भए, र तिनले बप्‍तिस्मा लिए ।
\v 19 शाऊलले केही खाना खाएपछि तिनमा ताकत आयो । शाऊल धेरै दिनसम्म दमस्कसका विश्‍वासीहरूसँगै बसे ।
\s5
\v 20 तुरुन्तै तिनले यहूदी सभाघरहरूमा येशूको बारेमा प्रचार गर्न थाले । येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिनले उनीहरूलाई बताए ।
\v 21 तिनको प्रचार सुन्‍नेहरू सबै छक्‍क परे । केही मानिसहरूले भन्दै थिए, “यरूशलेममा विश्‍वासीहरूको खेदो गर्ने र तिनीहरूलाई यरूशलेमका मुख्य पूजाहारीहरूकहाँ कैदीको रूपमा लैजान यहाँ आउने मानिस उही नै हुन् भनी विश्‍वास गर्न हामीलाई मुश्किल भएको छ ।”
\v 22 तर अझै दृढतापूर्वक धेरै मानिसहरूका बिचमा प्रचार गर्न परमेश्‍वरले शाऊललाई सक्षम तुल्याउनुभयो । येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी तिनले धर्मशास्‍त्रबाट प्रमाणित गर्दै थिए । तिनले भनेका कुरालाई कसरी गलत प्रमाणित गर्ने भनी दमस्कसका यहूदी अगुवाहरूले सोच्‍नै सकेनन् ।
\s5
\v 23 केही समय बितेपछि यहूदी अगुवाहरूले तिनलाई मार्ने षड्‌यन्‍त्र रचे ।
\v 24 शाऊललाई देख्‍ने बित्तिकै मार्ने उद्देश्यले प्रत्येक दिन र रात यहूदीहरूले सहरका ढोकाहरूमा चेवा गरे । तर कसैले शाऊललाई तिनीहरूको योजना बताइदियो ।
\v 25 त्यसैले, तिनले येशूमा ल्याएका केही मानिसहरूले एक रात तिनलाई सहरको वरिपरि भएको ठुलो पर्खालमा लगे । तिनीहरूले डोरीको सहायताबाट एउटा ठुलो टोकरीमा राखेर तिनलाई पर्खालबाट बाहिर झारिदिए । यसरी तिनी दमस्कसबाट भागे ।
\s5
\v 26 शाऊल यरूशलेममा आइपुगेपछि तिनले अरू विश्‍वासीहरूसित भेट गर्न खोजे । तर प्रायः सबै विश्‍वासीहरू तिनीदेखि डराइरहे, किनकि तिनी विश्‍वासी भइसकेका थिए भनी तिनीहरूले पत्याएनन् ।
\v 27 तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ ल्याए । शाऊल दमस्कसतर्फ गइरहँदा तिनले कसरी प्रभु येशूलाई देखे, र त्यहाँ उहाँ कसरी तिनीसित बोल्नुभयो भनी बारनाबासले प्रेरितहरूलाई व्याख्या गरिदिए । दमस्कसमा शाऊलले कसरी साहसपूर्वक येशूको बारेमा प्रचार गरे भनेर पनि तिनले बताए ।
\s5
\v 28 त्यसैले, शाऊलले प्रेरितहरू र यरूशलेमभरि भएका विश्‍वासीहरूसित भेट गर्न लागे, र तिनले प्रभु येशूको बारेमा मानिसहरूलाई साहसपूर्वक बताए ।
\v 29 शाऊलले ग्रिक बोल्ने यहूदीहरूलाई पनि येशूको बारेमा बताउँदै थिए, र तिनी उनीहरूसित वादविवाद गर्दै थिए । तर उनीहरूले तिनलाई मार्ने युक्‍ति खोजिरहे ।
\v 30 उनीहरूले तिनलाई मार्ने योजना बनाउँदै छन् भनी जब अरू विश्‍वासीहरूले सुने, केहीले शाऊललाई कैसरिया सहरमा लगे । तिनीहरूले तिनलाई तिनको गृहनगर टार्ससमा जाने जहाजमा राखे ।
\s5
\v 31 यहूदिया, गालील र सामरियाका विश्‍वासीहरू शान्तिपूर्वक बसे, किनकि फेरि कसैले तिनीहरूको खेदो गरिरहेको थिएन । पवित्र आत्माले तिनीहरूलाई मजबुत पार्दै हुनुहुन्थ्यो, र उत्साह दिँदै हुनुहुन्थ्यो । तिनीहरूले निरन्तर रूपमा प्रभु येशूको आदर गरे, र पवित्र आत्माले अरू धेरै मानिसहरूलाई विश्‍वासी बन्‍न सक्षम पार्दै हुनुहुन्थ्यो ।
\v 32 पत्रुस ती इलाकाहरूमा यात्रा गर्दै जाँदा एक पटक तिनी समुद्री तटमा पर्ने लुड्‌डा नगरका विश्‍वासीहरूलाई भेट गर्न गए ।
\s5
\v 33 तिनले त्यहाँ एनियास नाउँ गरेका मानिसलाई भेट्टाए, जो आठ वर्षसम्म आफ्नो ओछ्यानबाट उठ्न सकेका थिएनन्, किनकि तिनलाई पक्षाघात भएको थियो ।
\v 34 पत्रुसले तिनलाई भने, “हे एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ । उठ, र तिम्रो ओछ्यान मिलाऊ । एनियास तुरुन्तै खडा भए ।”
\v 35 प्रभुले एनियासलाई निको पार्नुभएपछि लुड्‌डा र शारोनको मैदानमा बस्‍ने अधिकांश मानिसहरूले तिनलाई देखे, र तिनीहरूले प्रभु येशूमाथि विश्‍वास गरे ।
\s5
\v 36 योप्पा नगरमा तबीता नाउँ गरेकी एक विश्‍वासी बस्थिन् । ग्रिक भाषामा उनको नाउँ डोरकास थियो । गरिबहरूका आवश्यकता पुरा गरेर उनले सधैँ उनीहरूको भलाइ गर्दै आएकी थिइन् ।
\v 37 पत्रुस लुड्‌डामा छँदा उनी बिरामी परिन्, र उनको मृत्यु भयो । त्यहाँका केही स्‍त्रीहरूले यहूदी चालचलनअनुसार उनको मृत शरीरलाई धोए, र कपडाले बेह्री उनको घरको माथिल्लो कोठामा राखे ।
\s5
\v 38 लुड्‌डा योप्पाको नजिकै पर्थ्यो । त्यसैले, जब चेलाहरूले पत्रुस अझै पनि लुड्‌डामा थिए भनी सुने तिनीहरूले पत्रुसकहाँ दुई जना मानिस पठाए । उनीहरू पत्रुस भएको ठाउँमा आइपुगेपछि उनीहरूले तिनलाई बिन्ती गरे, “कृपया, हामीसँगै तुरुन्तै योप्पामा हिँड्नुहोस् ।”
\v 39 पत्रुस तुरुन्तै तयार भए, र तिनीहरूसँगै लागे । तिनी योप्पामा आइपुगेपछि उनीहरूले तिनलाई डोरकासको मृत शरीर राखिएको घरको माथिल्लो कोठामा लगे । सबै विधवाहरू तिनको वरिपरि खडा भए । उनीहरू रुँदै थिए, र उनीहरूले तिनलाई डोरकास जीवित छँदा उनले मानिसहरूका निम्ति बनाएका वस्‍त्रहरू र अन्य पोशाकहरू देखाउँदै थिए ।
\s5
\v 40 तर पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए । त्यसपछि तिनले घुँडा टेकी प्रार्थना गरे । उनको मृत शरीरपट्टि फर्केर तिनले भने, “हे तबीता, उठ ।” उनले तुरुन्तै आफ्ना आँखा खोलिन्, र पत्रुसलाई देखेपछि उनी बसिन् ।
\v 41 तिनले उनको एउटा हात समाएर उनलाई उठ्न मदत गरे । तिनले विश्‍वासीहरू र खास गरी विधवाहरूलाई भित्र बोलाएपछि उनी फेरि जीवित भइन् भनी देखाए ।
\v 42 चाँडै नै योप्पाका सबै ठाउँमा मानिसहरूले त्यो आश्‍चर्यकर्मबारे थाहा पाए । परिणाम स्वरूप धेरै मानिसहरूले प्रभु येशूमाथि विश्‍वास गरे ।
\v 43 पत्रुस योप्पामा धेरै दिनसम्म सिमोन नाउँ गरेका मानिससँग बसे, जसले जनावरका छाला प्रशोधन गर्थे ।
\s5
\c 10
\p
\v 1 कैसरिया सहरमा कर्नेलियस नाउँ गरेका मानिस बस्थे । तिनी एक अधिकृत थिए, जो इटालीबाट आएका रोमी सिपाहीहरूको एउटा ठुलो समूहमा एक सय जना मानिसका अगुवा थिए ।
\v 2 तिनी सधैँ परमेश्‍वरलाई खुसी पार्ने कुरो गर्न चाहन्थे । तिनी र तिनका सारा घराना गैरयहूदीहरू थिए । परमेश्‍वरलाई पुज्‍नु तिनीहरूको आदत थियो । तिनले कहिले काहीँ गरिब यहूदीहरूलाई रुपियाँ-पैसा दिन्थे, र तिनले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना चढाउँथे ।
\s5
\v 3 एक दिन दिउँसो तिन बजेतिर कर्नेलियसले दर्शन देखे । तिनले परमेश्‍वरले पठाउनुभएका स्वर्गदूतलाई स्पष्‍ट रूपमा देखे । तिनले देखे, कि स्वर्गदूत तिनको कोठामा आउँदै थिए, जसले तिनलाई भने, “हे कर्नेलियस !”
\v 4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे, र तिनी भयभीत भए । त्यसपछि डरले तिनले सोधे, “हजुर, तपाईं मबाट के चाहनुहुन्छ ?” परमेश्‍वरले पठाउनुभएका स्वर्गदूतले भने, “तिमीले परमेश्‍वरलाई खुसी पारेका छौ, किनकि तिमीले परमेश्‍वरलाई नियमित रूपमा प्रार्थना चढाउँदै आएका छौ, र तिमीले प्रायः गरिबहरूको सहायताको लागि रुपियाँ-पैसा दिन्छौ । ती कुराहरू परमेश्‍वरको निम्ति सम्झनाको भेटीजस्ता बनेका छन् ।
\v 5 त्यसैले, अब योप्पामा केही मानिसहरू पठाएर पत्रुस पनि भनिने सिमोनलाई बोलाएर ल्याऊ ।
\v 6 तिनी छालाको काम गर्ने अर्का सिमोनसित बस्दै छन् । तिनको घर समुद्रको नजिकै छ ।”
\s5
\v 7 कर्नेलियससित बोल्ने स्वर्गदूत गएपछि तिनले आफ्नो घरका दुई जना नोकर अनि तिनको सेवा गर्ने र परमेश्‍वरलाई पुज्‍ने एक जना सिपाहीलाई डाके ।
\v 8 स्वर्गदूतले भनेका हरेक कुरो तिनले तिनीहरूलाई बताए, र योप्पा सहरमा गएर पत्रुसलाई कैसरियामा बोलाएर ल्याउनू भनी तिनले तिनीहरूलाई आज्ञा दिए ।
\s5
\v 9 भोलिपल्ट लगभग मध्यान्हको समयमा ती तिन जना मानिस यात्राको लागि निस्‍केर तिनीहरू योप्पा नजिकै आइपुगे । तिनीहरू योप्पा आइपुग्‍न लाग्दा पत्रुस प्रार्थनाको लागि घरको कौसीमा उक्ले ।
\v 10 तिनी भोकाए, र तिनलाई केही खान मन लाग्यो । केही मानिसहरूले खाना तयार पारिरहँदा पत्रुसले एउटा दर्शन देखे ।
\v 11 तिनले आकाश उघ्रेको र एउटा ठुलो तन्‍नाजस्तो वस्तु पृथ्वीतर्फ झरिरहेको देखे, जसको चारै कुना भने उठेका थिए ।
\v 12 तन्‍नाभित्र सबै किसिमका प्राणीहरू थिए । त्यसमा मोशाको व्यवस्थाले यहूदीहरूलाई खाना निषेध गरेका जनावरहरू र चराचुरुङ्गीहरू पनि थिए । कसैका चार खुट्टा थिए, केही जमिनमा घस्रन्थे, र अरू केही जङ्गली चराचुरुङ्गी थिए ।
\s5
\v 13 त्यसपछि तिनले परमेश्‍वरको यसो भन्‍ने आवाज सुने, “हे पत्रुस, उठ, र केहीलाई मारेर खाऊ ।”
\v 14 तर पत्रुसले जवाफ दिए, “प्रभु, निश्‍चय नै मैले त्यसो गरेको तपाईं चाहनुहुन्‍न, किनकि हाम्रो यहूदी व्यवस्थाले स्वीकार नगरेको वा हामीले खान नहुने कुरो मैले कहिल्यै खाएको छैनँ ।”
\v 15 त्यसपछि तिनले दोस्रो पटक परमेश्‍वरको आवाज सुने । उहाँले भन्‍नुभयो, “म परमेश्‍वर हुँ । त्यसैले, मैले जुन कुरोलाई खानयोग्य तुल्याएको छु, त्यसलाई खानयोग्य छैन भनी नभन ।”
\v 16 तिन पटक यसै भयो । त्यसपछि जनावरहरू र चराहरूले भरिएको उक्‍त तन्‍ना तुरुन्तै आकाशमा लगियो ।
\s5
\v 17 त्यस दर्शनको अर्थ के होला भनी पत्रुसले बुझ्‍न कोसिस गरिरहँदा कर्नेलियसद्वारा पठाइएका मानिसहरू आइपुगे । सिमोनको घरमा कसरी पुग्‍ने भनी तिनीहरूले मानिसहरूलाई सोधे । तिनीहरूले तिनको घर पत्ता लगाए, र तिनीहरू ढोकाबाहिर उभिरहे ।
\v 18 पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि भनी तिनीहरूले सोधे ।
\s5
\v 19 पत्रुसले अझैँ दर्शनको अर्थ बुझ्‍ने कोसिस गरिरहँदा परमेश्‍वरका आत्माले तिनलाई भन्‍नुभयो, “सुन । तिमीलाई भेट्न तिन जना मानिस यहाँ आएका छन् ।
\v 20 त्यसैले, उठेर तल जाऊ, र तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानुपर्दैन भनी नसोच, किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
\v 21 पत्रुस तल ओर्ले, र तिनले तिनीहरूलाई भने, “तपाईंहरूले खोजिरहनुभएको मानिस म नै हुँ । तपाईंहरू किन आउनुभएको ?”
\s5
\v 22 तिनीहरूले जवाफ दिए, “रोमी सेनाका अधिकृत कर्नेलियसले हामीलाई यहाँ पठाउनुभएको हो । उहाँ परमेश्‍वरलाई पुज्‍ने असल मानिस हुनुहुन्छ, र उहाँलाई चिन्‍ने सबै यहूदीहरूले उहाँ ज्यादै असल मानिस हुनुहुन्छ भनी जान्दछन् । एक जना स्वर्गदूतले तिनलाई भने, ‘योप्पामा केही मानिसहरू पठाएर सिमोन पत्रुसलाई बोलाएर ल्याऊ, ताकि तिनले तिमीबाट केही सुन्‍न सक ।’
\v 23 पत्रुसले तिनीहरूलाई घरभित्र स्वागत गरे, र त्यस रात तिनीसँगै बस्‍नुपर्छ भनी तिनले तिनीहरूलाई बताए । भोलिपल्ट पत्रुस तयार भए, र तिनी ती मानिसहरूसँगै गए । योप्पाका केही विश्‍वासीहरू पनि तिनीसँगै लागे ।
\s5
\v 24 अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको बाटो हेर्दै थिए । तिनले आफ्ना आफन्तहरू र नजिकका साथीहरूलाई पनि निमन्‍त्रणा दिएकाले तिनीहरू पनि तिनका घरमा आएका थिए ।
\s5
\v 25 पत्रुस घरभित्र प्रवेश गरेपछि कर्नेलियसले तिनलाई भेटे, र तिनलाई दण्डवत् गरे ।
\v 26 तर पत्रुसले कर्नेलियसलाई हातले समातेर उठाए, र भने, “उठ्नुहोस् । मलाई दण्डवत् नगर्नुस् । म पनि तपाईंजस्तै मानिस मात्रै हुँ ।”
\s5
\v 27 तिनी कर्नेलियससित कुराकानी गर्दै भित्र प्रवेश गरे । अरू पनि तिनीसँगै भित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएर बसेका थिए ।
\v 28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरू सबैलाई थाहै छ, कि हामी यहूदीहरूले कुनै पनि गैरयहूदीसित सङ्गत गर्‍यौँ वा भेट्यौँ भने हाम्रो बुझाइमा हामीले यहूदी व्यवस्था भङ्ग गरेका हुन्छौँ । तथापि परमेश्‍वरले मलाई दर्शनमा देखाउनुभएको छ, कि परमेश्‍वरले स्वीकार गर्नै नसक्‍ने गरी कुनै पनि मानिसलाई मैले अशुद्ध र अपवित्र ठान्‍नुहुँदैन ।
\v 29 त्यसैले, तपाईंले मलाई डाक्‍न केही मानिसहरू पठाउनुहुँदा अवरोध नगरीकनै म तुरुन्तै आएँ । अब कृपया मलाई भन्‍नुस्, कि तपाईंले मलाई किन डाक्‍नुभएको हो ?”
\s5
\v 30 कर्नेलियसले जवाफ दिए, “तिन दिनअगि लगभग यही समयतिर मेरो घरमा मैले परमेश्‍वरलाई प्रार्थना चढाउँदै थिएँ । दिउँसो तिन बजे प्रार्थना गर्नु मेरो नियमित आदत हो । अकस्मात् चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु देखा परे,
\v 31 र तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ । तिमीले प्रायः गरिबहरूलाई सहायता गर्न रुपियाँ-पैसा दिएको कुरो पनि उहाँले याद गर्नुभएको छ, र त्यसबाट उहाँ खुसी हुनुहुन्छ ।
\v 32 अब सिमोन भनिने पत्रुसलाई बोलाएर ल्याउन योप्पामा केही सन्देशवाहकहरू पठाऊ । तिनी छालाको काम गर्ने अर्का सिमोनको घरमा बसिरहेका छन्, जसको घर समुद्रको नजिकै छ ।’
\v 33 त्यसैले, मैले तुरुन्तै केही मानिसहरू पठाएँ, जसले तपाईंलाई यहाँ आउन अनुरोध गरे । आउनुभएको लागि निश्‍चय नै म धन्यवादी छु । अब परमेश्‍वर हामीसित हुनुहुन्छ भन्‍ने जानेर परमप्रभु परमेश्‍वरले तपाईंलाई भन्‍नू भनेका कुराहरू सुन्‍न हामी सबै यहाँ जम्मा भएका छौँ । अब कृपया, भन्‍नुहोस् ।”
\s5
\v 34 त्यसैले, पत्रुसले तिनीहरूलाई बताउन सुरु गरे । तिनले भने, “अब म बुझ्दछु, कि परमेश्‍वर कुनै निश्‍चित जातिको पक्षमा मात्र हुनुहुन्‍न भन्‍ने कुरा साँचो हो ।
\v 35 बरु, उहाँलाई आदर गर्ने र उहाँलाई खुसी पार्ने कुराहरू गर्ने कुनै पनि जातिको कुनै पनि व्‍यक्‍तिलाई उहाँले स्वीकार गर्नुहुन्छ ।
\s5
\v 36 परमेश्‍वरले हामी इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरू जान्‍नुहुन्छ । येशू ख्रीष्‍टले जे गर्नुभयो, त्यसको कारणले मानिसहरूले परमेश्‍वरसित शान्ति स्थापना गर्न सक्छन् भन्‍ने सुसमाचार उहाँले हामीलाई प्रचार गर्नुभयो । येशू हामी इस्राएलीहरूका मात्र प्रभु हुनुहुन्‍न । उहाँ सबै जातिमाथि शासन गर्नुहुने प्रभु हुनुहुन्छ ।
\v 37 गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि उहाँले के-के गर्नुभयो भनी तपाईंहरूलाई थाहै छ । यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्मा दिनुअगि तिनले तिनीहरूलाई तिनीहरूका पापमय व्यवहारदेखि फर्कन लगाउँथे । यूहन्‍नाको प्रचारपछि उहाँले ती कुराहरू गर्न थाल्नुभयो ।
\v 38 तपाईंहरूलाई थाहा छ, कि परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्मा दिनुभयो, र आश्‍चर्यकर्महरू गर्ने शक्‍ति दिनुभयो । सधैँ असल कामहरू गर्दै र मानिसहरूलाई निको पार्दै येशू कसरी विभिन्‍न ठाउँमा जानुभयो भनी तपाईंहरूलाई थाहा छ । शैतानले दुःख दिएका सबै मानिसहरूलाई उहाँले निको पार्दै हुनुहुन्थ्यो । परमेश्‍वरले सधैँ उहाँलाई मदत गर्नुभएकाले उहाँले ती कुराहरू गर्न सक्‍नुभएको थियो ।
\s5
\v 39 हामीले यरूशलेम र उहाँ बस्‍नुभएको इस्राएल देशको हरेक भूभागमा उहाँले गर्नुभएका कार्यहरूलाई देख्यौँ । उहाँका शत्रुहरूले उहाँलाई काठको क्रुसमा झुण्ड्याएर मारे ।
\v 40 उहाँको मृत्युपश्‍चात् तेस्रो दिनमा परमेश्‍वरले उहाँलाई पुनजीर्वित पार्नुभयो, र उहाँले पुनर्जीवन पाउनुभएपछि धेरै मानिसहरूले उहाँलाई देखे । उहाँ नै हुनुहुन्थ्यो भन्‍ने कुरामा मानिसहरू निश्‍चित थिए, र उहाँ फेरि जीवित हुनुभयो भनी तिनीहरूले आफ्नै आँखाले देखेकाले मानिसहरूले पूर्ण रूपमा विश्‍वास गरे ।
\v 41 त्यस बेला परमेश्‍वरले हरेकलाई उहाँलाई देख्‍ने अवसर दिनुभएन । उहाँसित समय बिताउन परमेश्‍वरले चुन्‍नुभएका र उहाँले येशूलाई पुनर्जीवन दिनुभएपछि सुरुका दिनहरूमा सँगसँगै खान जम्मा हुनेहरूलाई मात्र उहाँले त्यो अवसर दिनुभयो ।
\s5
\v 42 मानिसहरूकहाँ गई प्रचार गर्न परमेश्‍वरले हामीलाई आज्ञा दिनुभयो, र उहाँले येशूलाई हरेकको न्यायकर्ता तुल्याउनुभएको छ, र उहाँले न्याय गर्ने दिन अवश्य आउनेछ भनी बताउन आज्ञा दिनुभयो । उहाँले जीवितहरू र मरेकाहरू सबैको न्याय गर्नुहुनेछ ।
\v 43 धेरै पहिले उहाँको बारेमा लेख्‍ने सबै अगमवक्‍ताहरूले उहाँको विषयमा बताए । तिनीहरूले लेखे, कि उहाँमाथि विश्‍वास गर्नेले जस्तोसुकै पाप गरेको भए तापनि यी मानिस अर्थात् येशूले गर्नुभएका कामको कारणले परमेश्‍वरले उसलाई क्षमा दिनुहुनेथियो ।”
\s5
\v 44 पत्रुसले यी वचनहरू बोलिरहँदा अकस्मात् सन्देश सुन्‍ने सबै गैरयहूदीहरूमाथि पवित्र आत्मा आउनुभयो ।
\v 45 परमेश्‍वरले सबै गैरयहूदीहरूलाई पनि उदारचित्तले पवित्र आत्मा दिनुभएको देखेर योप्पाबाट पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे ।
\s5
\v 46 परमेश्‍वरले त्यसो गर्नुभएको थियो भन्‍ने कुरामा यहूदी विश्‍वासीहरू निश्‍चित थिए, किनकि ती मानिसहरूले आफूले नसिकेका भाषाहरू बोल्दै थिए, र परमेश्‍वर कति महान् हुनुहुन्छ भन्दै थिए ।
\v 47 तब पत्रुसले त्यहाँ उपस्थित यहूदी विश्‍वासीहरूलाई भने, “परमेश्‍वरले हामी यहूदी विश्‍वासीहरूलाई जस्तै गरी तिनीहरूलाई पनि यति निश्‍चयतासाथ पवित्र आत्मा दिनुभएको छ, कि यी मानिसहरूलाई बप्‍तिस्मा दिनुपर्छ भन्‍ने कुरामा हामी सबै सहमत हुन्छौँ ।”
\v 48 ती गैरयहूदीहरूले येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुपर्छ भनी पत्रुसले तिनीहरूलाई बताए । त्यसैले, तिनीहरूले उनीहरू सबैलाई बप्‍तिस्मा दिए । बप्‍तिस्मापछि तिनीहरूले पत्रुसलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे । त्यसैले, पत्रुस र अन्य यहूदी विश्‍वासीहरूले उक्‍त अनुरोधलाई माने ।
\s5
\c 11
\p
\v 1 यहूदिया प्रान्तका विभिन्‍न सहरमा बस्‍ने प्रेरितहरू र विश्‍वासीहरूले र केही गैरयहूदी मानिसहरूले पनि येशूको बारेमा परमेश्‍वरको सन्देशमा विश्‍वास गरेका छन् भनी मानिसहरूले भनेका सुने ।
\v 2 तर त्यहाँ यरूशलेमका केही यस्ता यहूदी विश्‍वासीहरू थिए, जसले ख्रीष्‍टका सबै अनुयायीहरूले खतना गर्नुपर्छ भन्‍ने चाहन्थे । जब पत्रुस कैसरियाबाट यरूशलेम फर्के, तब तिनीहरूले तिनीसँग भेट गरे र उनको आलोचना गरे ।
\v 3 तिनलाई तिनीहरूले भने, “तपाईं खतना नभएका गौर यहूदीहरूको घरहरूमा जानु मात्र गल्ती मात्रै गर्नुभएन्, तिनीहरूसँग यहाँसम्म कि तपाईंले तिनीहरूसँगै खानु पनि भयो ।”
\s5
\v 4 त्यसकारण पत्रुसले वास्तममा के भएको थियो भन्‍ने कुरा बताउन थाले ।
\v 5 उनले भने “योप्पा शहरमा म आफै प्रार्थना गरिरहेको थिएँ र अर्धचेतको अवस्थामा मैले एउटा दर्शन देखेँ । मैले एउटा ठूलो चार कुने तन्‍ना जस्तो वस्तु स्वर्गबाट तलतिर झरेको देखेँ, र त्यो म जहाँ थिएँ, त्यही ठाउँमा आयो ।
\v 6 जसरी मैले एकाग्र भइ हेरिरहेको थिएँ, मैले केही घरपालुवा जनावरहरु र केही जङ्गली जनावरहरू अनि घस्रने जनावरहरु र पक्षीहरू देखेँ ।
\s5
\v 7 तब मैले परमेश्‍वरले मलाई यस्तो आज्ञा गरिरहनुभएको सुनेँ, ‘पत्रुस उठ र तिनीहरूलाई मारेर खाऊ ।’
\v 8 तर मैले जवाफ दिएँ, ‘प्रभु, निश्‍चय नै तपाईंले मलाई त्यसो गरेको चाहनुहुन्‍न, किनकि हाम्रो व्यवस्थाले खानु हुँदैन भनेका थोकहरु मैले कहिल्यै पनि खाएको छैनँ ।’
\v 9 परमेश्‍वर स्वर्गबाट दोस्रो पटक मसँग बोल्नुभयो, “म परमेश्‍वर हुँ, त्यसैले यदि मैले खानालाई केही स्वीकारयोग्य बनाएँ भने, यो अस्वीकारयोग्य छ नभन ।’
\v 10 यस्तै प्रकारको घटना दुई पटकसम्म घट्यो, र त्यसपछि त्यसमा भएका सबै जनावरहरू र चराहरू सहित त्यो तन्‍ना फेरि स्वर्ग तिर लगियो ।
\s5
\v 11 त्यही समयमा, कैसरियाबाट पठाइएका तीन जना मानिसहरू म जहाँ बसिरहेको थिएँ, त्यही घरमा आइपुगे ।
\v 12 परमेश्‍वरका आत्माले मलाई भन्‍नुभयो कि यद्यपि तिनीहरू यहूदीहरू नभए तापनि म तिनीहरूसँग जान हिच्किचाउनु हुदैन् । छ जना यहूदी विश्‍वासीहरू पनि मसँगै कैसरियामा गए, र तब हामी ती गैर यहूदी मानिसको घरमा गयौँ ।
\v 13 तिनले हामीलाई भने कि उनले आफ्नो घरमा स्वर्गदूत उभिइरहेको देखेका थिए । ती स्वर्गदूतले तिनलाई भने, ‘कोही मानिस योप्पामा गएर सिमोनलाई लिएर आऊ भन्, जसको अर्को नाउँ पत्रुस हो ।’
\v 14 तिमी र तिम्रा घरमा भएका प्रत्येक कसरी बचाइनेछन् भनी तिनले तिमीलाई बताउने छन् ।’
\s5
\v 15 जसरी मैले बोल्न शुरु गरेँ, तिनीहरूमाथि पवित्र आत्मा अचानक आउनुभयो । जसरी शुरुमा पेन्तिकोसको चाडको समयमा हामीमाथि आउनुभएको थियो ।
\v 16 त्यसपछि मैले, प्रभुले भन्‍नुभएको कुरा सम्झेँ, ‘यूहन्‍नाले तिमीहरूलाई पानीको बप्‍तिस्मा दिए, तर परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माद्वारा बप्‍तिस्मा दिनुहुनेछ ।’
\s5
\v 17 परमेश्‍वरले हामीलाई प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गरेपछि जुन पवित्र आत्मा दिनुभएको थियो त्यसैगरी ती गैरयहूदीहरूलाई पनि त्यही पवित्र आत्मा दिनुभयो । त्यसकारण मैले परमेश्‍वरले तिनीहरूलाई पवित्र आत्मा दिनुहुदा गल्ती गर्नुभयो भन्‍न सम्मवतः सकिदैन्‍थ्‍यो ।’’
\v 18 ती यहूदी विश्‍वासीहरूले पत्रुसले भनेको कुरा सुनेपछि र तिनीहरूले तिनको आलोचना गर्न छाडे । बरु त्यसको सट्टामा तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरे, “अब त हामीलाई स्पष्‍ट भयो कि परमेश्‍वरले गैरयहूदीहरूलाई पनि स्वीकार गर्नुभएको छ ताकि तिनीहरूलका आफ्ना पापमय स्वभावहरूबाट फर्केर अनन्त जीवन पाऊन् ।’’
\s5
\v 19 स्तिफनसको मृत्युपछि, धेरै विश्‍वासीहरूले यरूशलेम छोडे र अरू ठाउँहरूमा गए किनकि तिनीहरूले त्यहाँ यरूशलेममा कष्‍ट भोगिरहेका थिए । तिनीहरूमध्ये कोही फोनिसिया, कोही साईप्रस टापु, र अरूहरू सिरियाको एन्टिओख शहरमा गए । ती ठाउँहरूमा तिनीहरूले मानिसहरूलाई येशूको सन्देशबारे बताइरहे, तर तिनीहरूले यहूदी मानिसहरूलाई मात्र बताए ।
\v 20 कोही विश्‍वासीहरू साइप्रस टापुका थिए र कोही उत्तर अफ्रिकाको कुरेनी सहरका थिए । तिनीहरू एन्टिओखियामा गए र प्रभु येशूको बारेमा गैरयहूदी मानिसहरूलाई पनि बताउन थाले ।
\v 21 ती विश्‍वासीहरूलाई परमेश्‍वरले प्रचार गर्न शक्तिशाली रूपमा सक्षम बनाउँदै हुनुहुन्थ्यो । परिणाम स्वरूप धेरै जना गैरयहूदी मानिसहरूले उनीहरूको सन्देशमा विश्‍वास गरे र प्रभु येशूमा भरोसा राखे ।
\s5
\v 22 यरूशलेममा भएका विश्‍वासीहरूका समूहले एन्टिओखियामा भएका धेरै मानिसहरूले येशूमा विश्‍वास गरे भन्‍ने कुरा सुने । त्यसैले यरूशलेममा भएका विश्‍वासीहरूका अगुवाहरूले बारनाबासलाई एन्टिओखियामा पठाए ।
\v 23 जब उनी त्यहाँ पुगे, परमेश्‍वरले विश्‍वासीहरूसँग कृपासाथ व्यावहार गर्नुभएको उनले थाहा गरे । यसकारण उनी धेरै खुसी भए र सबैलाई प्रभु येशूमा सम्पूर्णरूपमा भरोसा गरिरहन उत्साह दिए ।
\v 24 बारनाबास पवित्र आत्माबाट पूर्ण नियन्‍त्रित रूपमा एक असल मानिस थिए, जसले सम्पूर्ण रूपमा परमेश्‍वरमा विश्‍वास गर्थे । बारनाबासले गरेका, कारण त्यहाँका धेरै मानिसहरूले प्रभु येशूमा विश्‍वास गरे ।
\s5
\v 25 बारनाबास शाऊललाई खोज्‍न किलिकियाको टार्सस सहरतिर गए ।
\v 26 उनले तिनलाई भेट्टाएपछि, बारनाबासले विश्‍वासीहरूलाई शिक्षा दिन सहायता गर्न एन्टिओखियामा ल्याए । त्यसले पुरै एक वर्षसम्म बारनाबास र शाऊलले नियमित रूपमा त्यहाँका विश्‍वासीहरूसँग भेटघाट गरे अनि धेरै मानिसहरूलाई येशूको बारेमा सिकाए । एन्टिओखियामा नै पहिलो पटक चेलाहरूलाई ख्रीष्‍टियन भनियो ।
\s5
\v 27 बारनाबास र शाऊल एन्टिओखमा भएको समयमा, यरूशलेमबाट कोही विश्‍वासीहरू त्यहाँ आइपुगे जो अगमवक्ताहरू पनि थिए ।
\v 28 तिनीहरूमध्ये एक अगाबस नाउँ भएका व्‍यक्‍ति बोल्नका लागि उठे । धेरै देशहरूमा चाँडै अनिकाल हुनेछ भन्‍ने कुरा अगमवाणी गर्न उनलाई परमेश्‍वरका आत्माले समर्थ बनाउनुभयो । (यो अनिकाल रोमी सम्राट क्लौडियसको पालामा भएको थियो)
\s5
\v 29 जब त्यहाँ भएका विश्‍वासीहरूले अगाबसले भनेका कुरा सुने, तिनीहरूले यहूदियामा बसोबास गर्ने विश्‍वासीहरूलाई रुपैयाँपैसा पठाएर सहायता गर्ने निर्णय गरे । प्रत्येकले दिन सक्‍नेजति रुपैयाँपैसा दिने निर्णय गरे ।
\v 30 तिनीहरूले बारनाबास र शाऊलसँगै यरूशलेममा भएका विश्‍वासीहरूका अगुवाहरू कहाँ रुपैयाँपैसा पठाए ।
\s5
\c 12
\p
\v 1 यो त्यही समय थियो राजा हेरोद अग्रिपाले यरूशलेमका विश्‍वासीहरूका समूहको केही अगुवाहरूलाई पक्रन सिपाहीहरू पठाए । ती सिपाहीहरूले तिनीहरूलाई झ्यालखानामा राखे । उनले त्यसो गरे कारण उनले विश्‍वासीहरूलाई दुः ख दिन चाहन्थे ।
\v 2 उनले प्रेरित यूहन्‍नाका दाजु प्रेरित याकूबको शिर काट्न सिपाहीलाई आज्ञा दिए । यसकारण त्यो सिपाहीले त्यसै गर्‍यो ।
\s5
\v 3 त्यसो गरेकाले यहूदी अगुवाहरू प्रसन्‍न भएका छन् भन्‍ने बुझेपछि हेरोदले पत्रुसलाई पनि पक्राउ गर्न सिपाहीहरूलाई आज्ञा दिए । उक्त घटना चाडको समयमा भएको थियो र त्यो चाडमा यहूदीहरूले खमिर नहालेको रोटी खान्थे ।
\v 4 पत्रुसलाई पक्रेपछि, तिनीहरूले उनलाई झ्यालखानामा राखे । पत्रुसको सुरक्षा गर्न तिनीहरूले सिपाहीहरूका चार समूहलाई आज्ञा दिए । प्रत्येक समूहमा चारजना सिपाहीहरू थिए । निस्तारको चाड सकेपछि हेरोदले पत्रुसको न्याय गर्नको लागि झ्यालखानबाट बाहिर ल्याएर यहूदी मानिसहरूको सामु राख्‍न चाहन्थे । त्यसपछि पत्रुसलाई मृत्युदण्ड दिने तिनको योजना थियो ।
\s5
\v 5 त्यसैले पत्रुसलाई धेरै दिनसम्म झ्यालखानामा नै रहे । तर यरूशलेमका अरू विश्‍वासीहरूका समूहले जोशकासाथ परमेश्‍वरसँग प्रार्थना गरिरहेका थिए, ताकि पत्रुसलाई उहाँले सहायता गर्नुभएको होस् ।
\v 6 हेरोदले पत्रुसलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन झ्यालखानाबाट बाहिर निकाल्ने योजना बनाएको अघिल्लो रात, पत्रुस झ्यालखाना भित्र दुई जना सिपाहीहरूका बिचमा सुतिरहेका थिए र दुई वटा साङ्लाहरूद्वारा तिनी बाँधिएका थिए । अरू दुई जना सिपाहीहरूले झ्यालखानाका ढोकाहरूमा पहरा दिइरहेका थिए ।
\s5
\v 7 अचानक परमप्रभु परमेश्‍वरका एउटा स्वर्गदूत पत्रुसको छेउमा खडा भए र उनको साँघुरो कोठामा चहकिलो ज्योति चम्कियो । ती स्वर्गदूतले पत्रुसलाई कोखामा घोचेर उठाएर यसो भने, “छिटो उठ ।” पत्रुस उठ्दै गर्दा साङ्लाहरू उनका नाडीहरूबाट फुस्किएर झरे । यद्यपि, त्यहाँ के भइरहेको थियो सो घटनाको बारेमा सिपाहीहरूलाई जानकारी नै थिएन् ।
\v 8 त्यसपछि स्वर्गदूतले तिनलाई भने, “तिमीले कम्मरमा पेटी कस र चप्पल लगाऊ”, अनि पत्रुसले त्यसै गरे । तब स्वर्गदूतले तिनलाई भने, “तिमीले तिम्रो खास्टो वरिपरि ओढ र मरो पछि लाग ।”
\s5
\v 9 त्यसकारण पत्रुसले खास्टो ओढे, अनि चप्पल लगाए र स्वर्गदूतलाई पछ्याउँदै झ्यालखानको कोठाबाट बाहिर निस्के, तर वास्तवमा यो सब के भइरहेको थियो तिनलाई थाहा नै थिएन् । मैले सपना देख्दै छु भनी तिनले विचार गरे ।
\v 10 पत्रुस र स्वर्गदूत दुईवटा ढोकामा पहरा दिने सिपाहीहरू भएकै ठाउँबाट हिडेर गए तर ती सिपाहीहरूले उनीहरूलाई देखेनन् । अनि तिनीहरू सहरतिर जाने फलामको ढोका भएको ठाउँमा आइपुगे । त्यो ढोका आफैँ उघ्रियो अनि पत्रुस र स्वर्गदूत झ्यालखानबाट बाहिर निस्किए । तिनीहरू एउटा गल्लीमा केही टाढासम्म सँगै हिँडेपछि अचानक ती स्वर्गदूत अल्पिए ।
\s5
\v 11 त्यसपछि बल्ल पत्रुसले जे भएको थियो, त्यो दर्शन होइन रहेछ, तर यो त वास्तविक घटना घटेका रहेछ भनी थाहा पाए । उनले विचार गरे, “अब मलाई साँच्‍चै थाहा भयो कि मलाई सहायता गर्न परमप्रभु परमेश्‍वरले स्वर्गदूत पठाउनुभएको रहेछ । हेरोदले मेरो लागि बनाएको योजना र यहूदी अगुवाहरूले अपेक्षा गरेका सबै कुराहरूबाट उहाँले मलाई छुटकारा दिनुभयो ।”
\v 12 परमेश्‍वरले आफूलाई छुटकारा दिनुभएको हो भनी थाहा पाएपछि पत्रुस मरियमको घरमा गए । तिनी यूहन्‍नाकी आमा थिइन्,जसको अर्को नाउँ मर्कूस थियो । त्यहाँ धेरै विश्‍वासीहरू जम्मा भएर परमेश्‍वरले पत्रुसलाई जसरी भए पनि सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिरहेका थिए ।
\s5
\v 13 जब पत्रुसले प्रवेशद्वारको बाहिर ढकढक्याए, तब ढोका बाहिर को रहेछ भनी पत्ता लगाउन रोदा नाउँ गरेकी नोकर्नो केटी आइन् ।
\v 14 जब पत्रुसले तिनलाई जबाफ दिए, तिनले उनको सोरलाई चिनिन, तर तिनी यति धेरै खुसी र उत्साहित भइन् तिनले ढोका नै खोलिनन् । बरु त्यसको सट्टामा तिनी फर्केर घरभित्र दगुरेर गइन् । पत्रुस ढोका बाहिर उभिएका छन् भनी तिनले अरू विश्‍वासीहरूलाई घोषणा गरिन् ।
\v 15 तर तिनीहरूमध्ये एक जनाले तिनलाई भने, “तँ बौलाएकी होस् ।” तर यो कुरा साँच्‍चै सत्य हो भनी तिनले निरन्तर भनिरहिन् । तिनीहरूले यसो भने “होइन, यो पत्रुस हुन सक्तैन । सायद यी उनका दूत होलान् ।”
\s5
\v 16 तर पत्रुसले निरन्तर ढोकामा ढकढक्याइरहे । त्यसैले, अन्तमा कसैले ढोका खोलिदियो र तिनीहरूले त्यहाँ पत्रुसलाई देखे र तिनीहरू पूर्ण अचम्मित भए ।
\v 17 पत्रुसले हातको इसाराद्वारा तिनीहरूलाई चुप गराए । त्यसपछि प्रभु परमेश्‍वरले तिनलाई कसरी झ्यालखानबाट बाहिर ल्याउनुभयो भन्‍ने कुरा तिनीहरूलाई ठिकसँग बताए । उनले यसो पनि भने, “हाम्रा समूहको अगुवा याकूब र अरू सङ्गी विश्‍वासीलाई जे भएको थियो सो बताइदेओ ।” तब पत्रुसले छोडे र कही अन्तै गए ।
\s5
\v 18 अर्को बिहान तिनलाई के भयो होला भनी तिनीहरूले थाहा नपाएकाले पत्रुसलाई सुरक्षा दिने सिपाहीहरू अति नै व्याकुल भए ।
\v 19 तब हेरोदले यसबारेमा सुने । त्यसपछि तिनले पत्रुसलाई खोज्‍ने आज्ञा सिपाहीहरूलाई दिए, तर तिनीहरूले तिनलाई भेटेनन् । अनि पत्रुसलाई सुरक्षा दिइरहेका सिपाहीहरूसँग सोधपुछ गरे र तिनीहरूलाई मृत्युदण्ड दिन आज्ञा गरे । त्यसपछि हेरोद यहूदिया प्रान्तबाट निस्केर तल कैसरिया शहरमा गए जहाँ उनी केही समयका निम्ति बसे ।
\s5
\v 20 हेरोद राजा टुरोस र सिदोन सहरमा बस्‍ने मानिसहरूसँग साह्रै रिसाएका थिए । तब एक दिन तिनीहरूको प्रतिनिधित्व गर्ने केही मानिसहरू हेरोदलाई भेट्न कैसरिया सहरमा आए । तिनीहरूले हेरोदका बडा महत्त्वपूर्ण अधिकृत बलस्तलाई सम्झाइ-बुझाइ गरी तिनीहरूका सहरका मानिसहरू हेरोद राजासँग मेलमिलाप गर्न चाहन्छन् भनी भन्‍न लगाए । तिनीहरू हेरोदले शासन गरेको क्षेत्रका मानिसहरूसँग व्यापार गर्न चाहन्थे किनभने तिनीहरूलाई उक्त ठाउँबाट खानेकुराहरू किन्‍न आवश्यक थियो ।
\v 21 तिनीहरूसँग भेट्ने योजना बनाएको दिनमा हेरोदले महँगा लुगाहरू लगाए, जसले उनी राजा हो भनी देखाउँथ्यो । अनि उनी सिंहासनमा बसेर त्यहाँ जम्मा भएका मानिसहरूलाई औपचारिक रूपमा सम्बोधन गरे ।
\s5
\v 22 जसले उनको कुरा सुनिरहेका थिए ठूलो सोरले घरिघरि चिच्‍च्‍याए, “यो मानिस जसले बोलिरहेको छ ऊ देवता हो, मानिस होइन ।”
\v 23 त्यसैले परमेश्‍वरको सट्टामा हेरोदले आफूलाई प्रशंसा गर्न मानिसहरूलाई दिएको कारणले गर्दा, तुरुन्तै परमप्रभु परमेश्‍वरबाट आएको एउटा स्वर्गदूतले हेरोदलाई गम्भीररूपमा बिरामी तुल्यायो । धेरै किराहरूले उनका आन्द्राहरू खाए र पिडादायक प्रकारले तिनको मृत्यु छिट्टै भयो ।
\s5
\v 24 विश्‍वासीहरूले परमेश्‍वरको सन्देश निरन्तर अरू धेरै ठाउँका मानिसहरूलाई बताइरहे, र येशूमा विश्‍वास गर्ने मानिसहरूको संख्या निरन्तर बढ्दै गयो ।
\v 25 जब बारनाबास र शाऊलले यहूदिया प्रान्तमा बस्‍ने यहूदी विश्‍वासीहरूलाई सहायता गर्ने रुपैया-पैसा हस्तान्तरण गरेपछि, तिनीहरू यरूशलेम छोडेर सिरिया प्रान्तको एन्टिओखिया सहरमा फर्के । तिनीहरूले आफूसँगै यूहन्‍नालाई लगे, जसको अर्को नाउँ मर्कूस थियो ।
\s5
\c 13
\p
\v 1 सिरिया प्रान्तको एन्टिओखियामा भएका विश्‍वासीहरूको समूहको बीचमा त्यहाँ भएका अगमवक्ताहरुले त्यहाँका मानिसहरु जसलाई येशूको बारेमा सिकाए । तिनीहरुमा बारनावास, सिमोन जसलाई काला पनि भनिन्छ, लुसियस जो कुरेनीका थिए, मनेन, जो राजा हेरोद एन्टिपासको साथमा हुर्केका थिए र शाऊल थिए ।
\v 2 जब तिनीहरुले उपवास र परमेश्‍वरको आराधनामा समय बिताइरहेका थिए, तब पवित्र आत्माले तिनीहरुलाई भन्‍नुभयो, ‘‘मेरो सेवा गर्नलाई, जानलाई र काम गर्नलाई बरनावास र शाऊललाई चुन, जुन काम गर्नलाई तिनीहरुलाई मैले चुनेको छु ।’’
\v 3 त्यसैले तिनीहरुले निरन्तर उपवास र प्रार्थना गरे । तब बरनावास र शाऊलमाथि तिनीहरुले आफ्ना हातहरु राखेर परमेश्‍वरले तिनीहरुलाई सहायता गरून् भनी प्रार्थना गरे । तब जे पवित्र आत्माले आज्ञा गर्नुभएको थियो, त्यही काम गर्न तिनीहरुलाई पठाइदिए ।
\s5
\v 4 पवित्र आत्माले बरनावास र शाऊललाई कहाँ जानुपर्ने हो सो बारे निर्देशन दिनुभयो । एन्टिओखियाबाट तल समुद्रको छेउमा भएको सहर सिलुकियातिर तिनीहरु गए । त्यहाँबाट जहाजद्वारा तिनीहरु सलामिसको शहरमा गए जुन साइप्रसको टापु हो ।
\v 5 जब उनीहरु सलामिसमा थिए, तिनीहरु यहूदीहरुको सभाघरमा गए । त्यहाँ तिनीहरुले येशूको विषयमा परमेश्‍वरको सन्देश घोषणा गरे । यूहन्‍ना मर्कूस तिनीहरुसँगै गए र उनीहरुलाई सहायता गरिरहेका थिए ।
\s5
\v 6 तिनीहरुमध्येका तीन जना पाफोस शहरमा भएको टापुलाई पूरै छिचोलेर गए । त्यहाँ एक जना जादुगरलाई भेटे, जसको नाउँ बार येशू थियो । ऊ एक यहूदी थियो, जसले एक अगमवक्ता हुँ भनी झूटो दाबी गर्दथ्यो ।
\v 7 जो त्यस टापुका शासक सर्गियस पौलससँग थिए, जो एक बुद्धिमान मानिस थिए । ती शासकले बारनावास र शाऊललाई बोलाउन कसैलाई पठाए, कारण उनले परमेश्‍वरको वचन सुन्‍न चाहन्थे ।
\v 8 जे सुकै भएता पनि त्यो जादुगर, जसको नाउँको अर्थ ग्रीक भाषामा एलुमास भनेर अनुवाद गिरएको छ, र उसले तिनीहरुलाई रोक्‍न खोज्यो । उसले ती शासकलाई येशूमाथि विश्‍वास नगर्नलाई घरिघरि विश्‍वास्त पार्ना कोसिस गर्‍यो ।
\s5
\v 9 तब शाऊल, जसले अहिले आफैँलाई पावल भन्छन्, पवित्र आत्माको सामर्थ्यमा त्यस जादुगरलाई एकटक लाएर हेरे र भने,
\v 10 ‘‘तँ शैतानको सेवा गर्छस् र सबै असल कुराहरु रोक्‍ने प्रयास गर्छस् । तैँले सधैभरि मानिसहरुलाई झूट्टो कुराहरु बोल्दछस् र तिनीहरुलाई अरु खराब काम गर्दछस् । तैँले परमप्रभु परमेश्‍वर बारेको सत्य कुरा झूटा हो भन्‍न बन्द गर् ।
\s5
\v 11 अहिले नै परमप्रभु परमेश्‍वरले तँलाई दष्ड दिनुहुनेछ । तँ अन्धो हुनेछस् र तैँले केही समय सुर्य देख्‍न सक्‍ने छैनस् ।” तुरून्तै त्यो अन्धो भयो, त्‍यो अन्धकार तुवाँलो भित्रको जस्तै छामछुम गर्न थाल्यो, र कसैले उसको हात समाएर डोर्‍याओस् भनेर खोज्‍न थाल्यो ।
\v 12 जब ती शासकले एलुमास जादुगरको जीवनमा त्यस घटेको घटनालाई देखे, तब उनले येशूमा विश्‍वास गरे । पावल र बरनावासले प्रभु येशूको बारेमा सिकाएको देखेर उनी छक्‍क परे ।
\s5
\v 13 त्यसपछि पावल र अरु मानिसहरु पानी जहाजमा चढेर पाफोसबाट पाम्फिलिया प्रदेशको पर्गा शहरमा गए । यूहन्‍ना मर्कूसले उनीहरुलाई पर्गामा छोडेर आफ्नो घर यरुशलेमतिर फर्किए ।
\v 14 तब पावल र बारनाबास पर्गा हुँदै यात्रा गरेर पिसिदिया जिल्लाको एन्टिओखिया सहरमा आइपुगे जुन गलातियाको प्रदेशमा पर्छ । विश्राम दिनमा तिनीहरु सभाघर भित्र पसेर र बसे ।
\v 15 कसैले मोशाको व्यवस्थाबाट चर्को स्वरमा पढेर सुनाए र अर्को कसैले जे अगमवक्ताहरुले लेखेका थिए, त्यही खण्डबाट पढे । त्यसपछि सभाघरका अगुवाले पावल र बरनाबासलाई एउटा सन्देश पठाए र भने “सङ्गी यहूदीहरू, यदि तपाईंहरुमध्ये एक जनाले यहाँ भएका मानिसहरुलाई बोल्न चाहनुहुन्छ भने तिनीहरुलाई उत्साह दिनुहोस्, कृपया, अहिले हामीससँग बोल्नुहोस् ।”
\s5
\v 16 तब पावल खडा भएर हातको इसारा गरे ताकि मानिसहरुले उनको कुरा सुनून, त्यसपछि उनले भने, “सङ्गी इस्राएली र तिमी गैरयहूदी मानिसहरु जसले परमेश्‍वरको आराधना गर्नुहुन्छ, कृपया, मेरा कुरा सुन्‍नुहोस् ।
\v 17 हामी इस्राएलीहरुले आराधना गर्ने परमेश्‍वरले, हाम्रा पुर्खाहरुलाई उहाँका मानिसहरु हुनलाई छान्‍नुभयो र मिश्रमा प्रवासीको जीवन विताउदा संख्यामा अति नै वृद्धि गराउनुभयो । तब उनीहरुलाई दासत्वबाट बाहिर ल्याउनलाई शक्तिशालि कामहरू गर्नुभयो ।
\v 18 यद्यपि उनीहरु घरिघरि उहाँप्रति अनाज्ञाकारी भएता पनि । उहाँले चालिस वर्षसम्म उजाड स्थानमा तिनीहरुको व्यवहारलाई सहनुभयो ।
\s5
\v 19 उहाँले इस्राएलीहरुलाई त्यसबेला त्यहाँ बसोबास गरिरहेका सात मानिसहरुका समूहहरुमाथि विजय गर्न योग्य तुल्याउनुभयो । र उहाँले इस्राएलीहरुलाई तिनीहरूका भूमि आफ्नो उत्तराधिकार गर्न सदाकालका लागि दिनुभयो ।
\v 20 इस्राएलीहरुका पुर्खा मिश्रमा गएको चार सय पचास वर्ष पछाडि यी सबै कुराहरु भएका थिए ।” “त्यसपछि इस्राएलीहरुमाथि शासन गर्न परमेश्‍वरले न्यायकर्ताहरु र अगुवाहरु नियुक्त गर्नुभयो । ती अगुवाहरुले निरन्तर हाम्रा मानिसहरुमाथि शासन गरे, र शमूएल अगमवक्ता उनीहरुमध्ये तिनीहरुमाथि शासन गर्ने अन्तिम अगमवक्ता थिए ।
\s5
\v 21 तब, शमूएल उनीहरुका अगुवा हुदा नै, र तिनीहरुमाथि शासन गर्न राजा चाहियो भनेर मानिसहरुले माग गरे । त्यसले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई उनीहरुको राजाकोरूपमा छान्‍नुभयो । तिनले उनीहरुमाथि ४० वर्षसम्म राज्य गरे ।
\v 22 परमेश्‍वरले शाऊललाई राजा हुनबाट तिरस्कार गर्नुपछि, उहाँले दाऊदलाई उनीहरुको राजा हुनलाई नियुक्त गर्नुभयो । परमेश्‍वरले उनको बारेमा भन्‍नुभयो, ‘मैले इच्छा गरेको कुरा नै इच्छा गर्ने मानिस यिशैका छोरा दाऊदलाई मैले देखेको छु उसले गर्न चाहेको सबै कुरा उसले गर्नेछ ।’
\s5
\v 23 “दाऊदका सन्तानहरुको माझबाट परमेश्‍वरले तिनीहरुमध्ये एकजना येशू हामी इस्राएली मानिसहरुलाई बचाउन ल्याउनुभयो, जस्तो उहाँले दाऊद र हाम्र अरु पुर्खाहरूसँग उहाँले गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो ।
\v 24 येशूले आफ्नो सेवकाइ शुरुगर्नुभन्दा अगाडि बप्‍तिस्मा दिने यूहन्‍नाले हाम्रा सबै इस्राएली मानिसहरुलाई प्रचार गरेका थिए, जो उनकहाँ आए । उनले भनेका थिए उनीहरुको पापपूर्ण व्यवहारबाट फर्केर परमेश्‍वरसगँ क्षमा माग्‍नुहोस्, अनि उनले तिनीहरुलाई बप्‍तिस्मा दिनेछन् ।
\v 25 जब बप्‍तिस्मा दिने यूहन्‍नाले उनलाई परमेश्‍वरले दिएको काम सिध्याउनै लागेका थिए उनले भनिरहेका थिए, परमेश्‍वरले पठाउने प्रतिज्ञा गर्नुभएको ‘के मसिह म नै हो भन्‍ने तपाईंहरूलाई लाग्छ ? होइन, म होइन । तर सुन्‍नहोस्, मसिह चाँडै आउनुहुनेछ । उहाँ म भन्दा यती महान् हुनुहुन्छ कि म उहाँको खुट्टाको जुत्ता फुकाल्न जतिको महत्त्वपूर्ण पनि म छैन ।”
\s5
\v 26 “सङ्गी इस्राएलीहरु, तपाईं जो अब्राहामका सन्तानहरु र तपाईं गैरयहूदी मानिसहरु परमेश्‍वरको आराधना गर्नेहरु, कृपया सुन्‍नुहोस् ।” हामी सबैका लागि परमेश्‍वरले पठाउनुभएको यो त्यही सन्देश हो, कसरी मानिसहरुलाई उहाँले बचाउनुहुन्छ ।
\v 27 यरुशलेममा बस्‍ने मानिसहरुले र शासकहरुले यो विचार गरेनन् कि परमेश्‍वरले उनीहरुलाई बचाउनलाई येशूलाई पठाउनु भएको थियो । यद्यपि, हरेक विश्रामको दिनमा अगमवक्ताहरुका पुस्तकबाट जोडसँग पढिएको थियो, मसिहको विषयमा अगमवाक्ताले लेखेको कुराहरु तिनीहरुले बुझेनन् । त्यसकारण यहूदी अगुवाहरुले येशूलाई मृत्यु दण्डको अभियोग लगाए जुन अगमवक्ताहरुले पहिले नै अगमवाणी गरेका थिए ।
\s5
\v 28 धेरै मानिसहरुले येशूलाई दुष्‍ट कामहरु गरेको दोष लगाए, तर उहाँले मृत्यु लायकको त्यस्तो कुनै काम गर्नुभएको प्रमाणित गर्न सकेनन्, तिनीहरुले शासक पिलातससँग मृत्यु दण्डको लागि माग गरे ।
\v 29 येशूमाथि मानिसहरुले के गर्नेछन् भनी धेरै पहिले नै अगमवक्ताहरुको पुस्तकमा लेखिएको कुराहरू नै तिनीहरूले गरे । उनीहरुले येशूलाई क्रूसमा काँटी ठोकेर मारे । उहाँको मृत शरीरलाई क्रूसबाट ओह्रालेर लगेर चिहानमा राखे ।
\s5
\v 30 यद्यपि, परमेश्‍वरले उहाँलाई मृतकबाट पुनर्जीत पार्नुभयो ।
\v 31 उहाँ धेरै दिनसम्म घरिघरि उहाँका अनुयायीहरुकहाँ देखा पर्नुभयो, जो गालिलदेखि यरुशलेमसम्म उहाँसँगै आएका थिए । जसले उहाँलाई देखे उनीहरुले अहिले मानिसहरुलाई बताइरहेका छन् ।”
\s5
\v 32 “अहिले हामी तपाईहरुलाई, यो असल सन्देश घोषणा गरिरहेका छौँ । हामी तपाईहरुलाई भन्‍न चाहन्छौँ कि परमेश्‍वरले जे हाम्रा पुर्खाहरुलाई प्रतिज्ञा गर्नुभएको थियो त्यो परमेश्‍वरले पूरा गर्नु भएको छ ।”
\v 33 येशूलाई फेरी जीवित तुल्याएर उहाँले यो हाम्रा निम्ति गर्नुभएको छ जो उनीहरुका सन्तानहरु हौँ, साथै तपाईहरु जो यहूदीहरू हुनुहुन्‍न तपाईहरुका निम्ति पनि । त्यो कुरा दाऊदले उनको दोस्रो भजनमा परमेश्‍वरले उहाँले पुत्र पठाउने बारे बोलिरहनुहुदाको कुरा लेखेका छन् । ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई मेरो पुत्र बनाएको छु ।’
\v 34 परमेश्‍वरले मसिहलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र उहाँले उहाँलाई फेरि कहिल्यै मर्न दिनुहुनेछैन । परमेश्‍वरले हाम्रा यहूदी पुर्खाहरुलाई भन्‍नुभयो, मलै गर्छु भनी दाऊदसँग प्रतिज्ञा गरेजस्तै । ‘निश्‍चय नै म तिमीहरूलाई सहायता गर्नेछु ।
\s5
\v 35 दाऊदले अर्को भजनमा मसिहाको विषयमा भनेका छन्, ‘तपाईंले उहाँको पवित्र जनको शरीरलाई चिहानमा कुहिन दिनुहुनेछैन ।’
\v 36 दाऊद जीवित छँदा नै, परमेश्‍वरले जे उनले गरेको चाहनुहुन्थ्यो उनले त्यही काम गरे । जब उनि मरे, उनको पुर्खाहरुका शरीरलाई चिहानमा राखेजस्तै उनको मृत शरीरलाई चिहानमा राखियो, उनको शरीर कुहियो । यसकारण उनले यो भजनमा आफ्नै बारेमा बोलिरहन सक्दैन थिए ।
\v 37 तर परमेश्‍वरले मृतकबाट पुनर्जीवित पार्नुभएको येशू नै हो र उहाँको शरीर कुहेन ।”
\s5
\v 38 “यसैकारण, मेरा सङ्गी इस्राएलीहरु र अरु मित्रहरु, यो तपाईंहरुका निम्ति महत्त्वपूर्ण कुरा येशूले गर्नुभएको परिणामस्वरूप परमेश्‍वरले तपाईंहरुका पापहरूका निम्ति तपाईंहरूलाइ क्षमा गर्न सक्‍नुहुन्छ । उहाँले तपाईंका ती कुराहरुलाई क्षमा गर्नुहुन्छ जो मोशाले लेखेका व्यवस्थाद्वारा तपाईंहरुलाई क्षमा गर्न सक्दैन् ।
\v 39 सबै मानिसहरु जसले येशूमाथि विश्‍वास गर्दछन्, तिनीहरूले परमेश्‍वरलाई अप्रशन्‍न तुल्याउने गरेका कुनै पनि कुराहरुको दोषि हुदैनन् ।
\s5
\v 40 त्यसैले अगमवक्ताहरुले भनेजस्तै परमेश्‍वरले तपाईंहरूलाई न्याय नगर्नुभएको होस् भनी तपाईंहरू होसियार हुनुपर्दछ ।
\v 41 परमेश्‍वरले भन्‍नुभएको कुरा अगमवक्ताले लेखेका छन्ः ‘तिमीहरु त्यसैले मेरो उपहास गर्दछौ, तिमीहरु आवश्य नै छक्‍क पर्नेछौ, जब तिमीहरूले मैले गरेको काम देख्‍नेछौ, तब तिमीहरू नष्‍ट हुनेछौ । तिमीहरू छक्‍क पर्नेछौ, किनभने तिमीहरु जीवित छदै मैले डरलाग्दो कुरा गर्नेछु, कसैले तिमीहरुलाई पहिले नै बताइदिएको भए पनि मैले त्यो गर्नेछु, भनी तिमीहरूले विश्‍वास गदैन्थ्यौँ ।’
\s5
\v 42 पावलले त्यहाँ बोलि सकेर जाँदैगर्दा धेरै मानिसहरुले उनीहरुलाई अर्को विश्राममा पनि फर्केर आउनुहोस् र फेरि यी नै कुराहरु तिनीहरुलाई बताउनुहोस् भनी आग्रह गरे ।
\v 43 जब सभा समाप्‍त भयो, तिनीहरुमध्ये धेरै जनाले पावल र बारनाबासलाई पछ्याउन लागे । यी मानिसहरु दुवै यहूदी र गैरयहूदीहरू थिए जसले परमेश्‍वरको आराधना गर्दथे । पावल र बरनावासले उनीहरुसँग निरन्तर बोलि नै रहे, कारण येशूले गर्नुभएको कारणले मानिसहरुको पाप दयापूर्वक क्षमा गर्नुहुन्छ भनी परमेश्‍वरमा निरन्तर भरोसा गरिरहन तिनीहरूलाई अनुरोध गरिरहेको थियो ।
\s5
\v 44 अर्को विश्रामदिनमा एन्टिओखियामा भएका धेरै जसो मानिसहरु यहूदीहरुको ठाँउमा प्रभु येशूको बारेमा पावल र बरनाबासले वोलेको सुन्‍न आए ।
\v 45 जब पावल र बरनाबासका कुरा सुन्‍न आइरहेको ठूलो भिड देखे, तब यहूदीहरुका अगुवाहरु अत्यन्तै डाही बने र उनीहरुले पावलले भनेको कुरालाई खण्डन गर्न र अपमान गर्न थाले ।
\s5
\v 46 तब, पावल र बरनाबासले यी यहूदीहरुका अगुवाहरुलाई निर्भयसाथ भने, “येशूको बारेमा परमेश्‍वरबाटको सन्देश गैरयहूदीहरूलाई भन्दा पहिले हामी तपाईं यहूदीहरूलाई भन्‍नुपर्थ्यो किनकि परमेश्‍वरले त्यसो गर्न हामीलाई आज्ञा गर्नुभएको छ । तर तपाईंहरुले परमेश्‍वरको सन्देशलाई इन्कार गरिरहनुभएको छ । तपाईंहरू अनन्त जीवनका निम्ति अयोग्य हुनुहुन्छ भन्‍ने देखाउनुभएको छ । यसैकारण, हामी तपाईंहरुलाई छोडदैछौ, र परमेश्‍वरबाट आएको सन्देश बताउनलाई अब हामी गैरयहूदी मानिसहरुकहाँ जानेछौँ ।
\v 47 हामी यसो पनि गर्दैछौँ किनकि प्रभु परमेश्‍वरले हामीलाई यसो गर्न आज्ञा गर्नुभएको छ । उहाँले धर्मशास्‍त्रमा यसो भन्‍नुभएको छः ‘मैले तिमीलाई मेरो बारेको कुराहरू गैरयहूदी मानिसहरूलाई प्रकट गर्न र ज्योतिजस्तै हुनलाई छानेको छु । मैले तिमीहरुलाई संसारभरि भएका मानिसहरुलाई मैले तिनीहरुलाई बचाउन चाहन्छु भन्‍ने सन्देश बताउन छानेको हुँ ।’
\s5
\v 48 जब यी कुराहरु गैरयहूदी मानिसहरूले सुने, तिनीहरु आनन्दित हुनथाले र येशूको बारेको सन्देशका निम्ति परमेश्‍वरलाई प्रशंसा दिए । सबै गैरयहूदी मानिसहरू जसलाई अनन्त जीवनका निम्ति परमेश्‍वरले छान्‍नुभएको थियो, तिनीहरुले प्रभु येशूको सन्देशमा विश्‍वास गरे ।
\v 49 त्यस समयमा, धेरै विश्‍वासीहरु जहाँ जहाँ तिनीहरु गए प्रभु येशूको बारेमा सन्देश फैलाउदै त्यो क्षेत्रभरि नै यात्रा गर्न थाले ।
\s5
\v 50 तर पनि त्यहाँ भएका यहूदीहरुका केही अगुवाले त्यहाँ भएका केही महत्त्वपूर्ण स्‍त्रीहरुसँग कुराकानी गरे, जसले तिनीहरुसँगै आराधना गरे, साथ-साथै सहरमा भएका अति महत्त्वपूर्ण अगुवाहरुसँग पनि कुरा गेर । तिनीहरुले पावल र बरनाबासललाई रोक्‍नलाई प्रयास गरे र मनाए । यसले गर्दा गैरयहूदी मानिसले पावल र बारनाबासको विरुद्धमा धेरै मानिसहरुलाई नेतृत्त्व गरे र उनीहरुको क्षेत्रबाट बाहरि निकालि दिए ।
\v 51 ती दुई प्रेरितहरु जाँदै गर्द, उनीहरुले आफ्नो खुट्टाको धुलो समेत् टकटक्याए किनकि उनीहरुले यो देखाउन चाहन्थे कि ती अगुवाहरूलाई परमेश्‍वरले इन्कार गर्नुभएको छ र उनीहरुलाई सजाय दिनुहुनेछ । त्यसपछि तिनीहरु एन्टिओखिया सहर छोडेर आइकोनियम सहरमा गए ।
\v 52 त्यही बेला विश्‍वासीहरू निरन्तर आनन्दले र पवित्र आत्माको शक्तिले भरिए ।
\s5
\c 14
\p
\v 1 पावल र बारनाबास आइकोनियममा गए । अरू बेलामाजस्तै यहूदीहरू भेला हुने ठाँमा गएर प्रभु येशूको बारेमा अति नैशक्तिशाली प्रकारले बोले । यसको परिणाम, धेरै यहूदीहरू र गैरयहूदीहरूले येशूमा विश्‍वास गरे ।
\v 2 तर केही यहूदीहरूले त्यो सन्देशलाई विश्‍वास गर्न इन्कार गरे । उनीहरुले गैरयहूदीहरूलाई यसलाई विश्‍वास नगर्नुभने, तिनीहरुले केही गैरयहूदीहरूलाई त्यहाँका विश्‍वासीहरूप्रति रिस उठाए ।
\s5
\v 3 यसकारण पावल र बारनाबास लामो समयसम्म त्यहाँ रहे र प्रभुको बारेमा निडर भएर बोलिरहे, र प्रभु येशूले तिनीहरुलाई धेरै आश्‍चर्यकर्महरू गर्न सक्षम बनाउनुभयो । यस प्रकारले सन्देशको सत्यता मानिसहरूलाई उहाँले देखाउनुभयो, यद्यपि हामी योग्यका छैनौँ, प्रभुले हामीलाई बचाउनुहुन्छ ।
\v 4 आइकोनियममा बस्‍ने मानिसहरुमा दुई प्रकारका रायहरू थिए । कोही यहूदीहरूसँग सहमत भए, अरूहरू प्रेरितहरूसँग सहमत भए ।
\s5
\v 5 पावल र बारनाबासले विरोध गर्ने गरे यहूदीहरू र यहूदीहरूले तिनीहरू बिचमा नै तिनीहरूले पावल र बारनाबासलाई कसरी दुर्व्यवहार गर्ने सकिन्छ कि भनी कुरा गरे । सहरका केही मुख्य मानिसहरू तिनीहरूलाई मद्दत गर्न सहमत भए । तिनीहरु भेला भएर पावल र बरनाबासलाई ढुंगाले हानेर तिनीहरूलाई मार्ने निर्णय गरे ।
\v 6 तर पावल र बारनाबासले तिनीहरूको योजनाको बारेमा सुने, त्यसकारण तिनीहरू त्यहाँबाट चाँडै लाइकोनिय जिल्लामा गए । तिनीहरू त्यस जिल्लाका लुस्‍त्रा र डर्बी सहरको वरिपरिको भू-भागमा गए ।
\v 7 जब तिनीहरु त्यस क्षेत्रमा थिए, तिनीहरूले निरन्तर प्रभु येशूको बारेमा सन्देश मानिसहरूलाई बताए ।
\s5
\v 8 लुस्‍त्रामा एकजना मानिस त्यहाँ बसिरहेको थियो जो उसको खुट्टाहरुमा लङ्गडो थियो । जब उसकी आमाले उसलाई जन्म दिइन उसका खुट्टाहरू लङ्गडा थिए, यसकारण ऊ कहिल्यै हिँड्न सकेको थिएन् ।
\v 9 प्रभु येशूको बारेमा पावलले बोलेका कुरा उसले सुनिरहेको थियो । पावलले सिधैँ उसको अनुहारमा हेरे र प्रभु येशूले उसलाई निको पार्न सक्‍नुहुन्छ भन्‍ने विश्‍वास उसको अनुहारमा देख्‍न सकिदैन्‍थ्‍यो ।
\v 10 यसकारण ठुलो स्वरले, पावलले उसलाई बोलाएर भने, “उठ् ।” जब मानिसले त्यो सुन्यो, ऊ तरुन्तै उफ्रियो र यताउता हिँड्न थाल्यो ।
\s5
\v 11 जब पावलले त्यो गरेको भीडले देख्यो, पावल र बारनाबासलाई तिनीहरूले पुजेका देवताहरू पो रहेछन् भनी उनीहरूले सोचे । यसकारण तिनीहरू उत्साहित भएर लाइकोनियन भाषामा भने, “हेर “देवताहरू आफै मानिसहरूजस्तै भएर आकाशबाट हामीलाई सहायता गर्न आएका छन् ।”
\v 12 तिनीहरूले भने हुन सक्छ बारनाबास मुख्य देवता थिए, जसको नाउँ ‘जिउस’ थियो भन्‍ने थाले, र तिनीहरूले पावललाई ‘हर्मेस’ थिए भन्‍न लागे, अरु देवताहरूको सन्देशवाहक । तिनीहरूले यो विचार गरे किनभने बोलिरहने व्‍यक्‍ति पावल नै थिए ।
\v 13 सहरको ढोका बाहिर त्यहाँ एउटा देउताको मन्दिर थियो जहाँ मानिसहरूले जिउसको आराधना गर्दथे । पावल र बारनाबासले गरेको कामको बारेमा सुनेर मन्दिरका पुजाहारी पनि सहरको ढोकामा आए । जहाँ पहिले नै धेरै मानिसहरू त्यहाँ भेला भइसकेका थिए । तिनले दुईवटा साँढे र फूलका मालाहरु तिनीहरूको गलामा लगाइदिनलाई ल्याए । पुजाहारी र मानिसहरूले पावल र बारनाबासलाई पुज्‍ने समारोहको हिस्साको रूपमा र साँढेहरू मार्न चाहन्थे ।
\s5
\v 14 तर जब प्रेरित पावल र बरनाबासले यस बारेमा सुने, तब तिनीहरु साह्रै दुःखित भए, त्यसैले तिनीहरूले आफ्नै कपडा च्याते । अनि चिच्‍च्‍याउँदै उनीहरू मानिसहरूका बीचतिर दौडेर गए ।
\v 15 “मानिसहरू हो, हामीलाई पुज्‍नका लागि तपाईंहरूले यी साँढेहरूलाई नमार्नुहोस् । हामीहरू देवताहरू होइनौँ । तपाईहरूजस्तै दुख-सुखका अनुभाव भएका मानिसहरू हौँ । हामी तपाईंहरूलाई केही असल सन्देश बताउन आएका हौँ । हामी तपाईंहरूलाई परमेश्‍वरको बारेमा बताउन आएका हौँ जो सर्वशक्तिमान हुनुहुन्छ । उहाँले तपाईंहरूलाई अरु देवताहरूलाई पुज्‍न रोक्‍नुहोस् भन्‍ने चाहनुहुन्छ, किनभने तिनीहरूले तपाईंहरूलाई मद्दत गर्न सक्दैनन् । यही साँचो परमेश्‍वरले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो ।
\v 16 बितेका समयमा तपाईं सबै गैरयहूदी मानिसहरूले आफूले चाहेको देवताहरूलाई पुज्‍नुभयो । परमेश्‍वरले तपाईंहरूलाई पुज्‍नु छाडिदिनुभयो, कारण तपाईंहरूले उहाँलाई चिन्‍नु भएकै थिएन् ।
\s5
\v 17 तर उहाँ कृपा पूर्वक काम गर्नुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई देखाउनुभएको छ । उहाँले नै वर्षा गराउनुहुन्छ र अन्‍नपात बढाउन लगाउनुहुन्छ । उहाँले नै तपाईंहरूलाई प्रशस्त भोजन दिनुहुन्हुन्छ र तपाईंहरूका हृदयलाई आनन्दले भरिदिनुहुन्छ ।”
\v 18 पावलले भनेका कुरा मानिसहरूले सुने, तर तिनीहरूले अझै साँढेहरूको बली चढाएर पावल र बारनाबासलाई पुजा गर्न पर्छ भन्‍ने विचार गरे । तर अन्त्यमा मानिसहरूले यसो नगर्ने निर्णय गरे ।
\s5
\v 19 यद्यपि केही यहूदीहरू एन्टिओखिया र आइकोनियमबाट आएर लुस्‍त्राका मानिसहरूलाई पावलले बताइरहेको सन्देश सत्य छैन भनी विश्‍वास्त बनाए । ती यहूदीहरूले भनेका कुरामा विश्‍वास गर्ने मानिसहरू पावलसँग रिसाए । तिनीहरुले यहूदीहरूलाई ऊ वेहोस नभएसम्म ढुङ्गाले हान्‍न दिए । तिनीहरु सबैले ऊ मर्‍यो भन्‍ने सोचे, त्यसैले उनीहरूले उनलाई सहरदेखि बाहिर घिस्याउदै ल्याए र उनलाई त्यहाँ लडाइ राखे ।
\v 20 तर लुस्‍त्राका केही विश्‍वासीहरू आएर पावलको वरिपरि उभिए, जहाँ उनी भुइँमा पल्टिरहेका थिए । अनि पावल होशमा आए, उनी उठेर विश्‍वसीहरुसँगै सहरमा फर्किए गए । अर्कोदिन, पावल र बरनाबासले लुस्‍त्रा शहरलाई छोडे र डर्बीको शहरतिर यात्रा गरे ।
\s5
\v 21 त्यहाँ तिनीहरू धेरै दिनसम्म बसे र तिनीहरूले मानिसहरूलाई येशूको बारेमा असल सन्देश सुनाइ नै रहे । धेरै मानिसहरूल विश्‍वासी भए । त्यसपछि, पावल र बारनाबासलले आफ्नो यात्राबाट फर्केन सुरू गरे, तिनीहरु फेरि लुस्‍त्रातिर गए । तब तिनीहरू त्यहाँबाट आइकोनियम गए र तब पिसिदियाको प्रान्तको एन्टिओखिया सहरमा गए ।
\v 22 हरेक ठाउँमा, तिनीहरुले विश्‍वसीहरूलाई प्रभु येशूमा भरोसा राख्दैजान अनुरोध गरे । तिनीहरूले विश्‍वासीहरूलाई भने, “परमेश्‍वरले सदासर्वदा हामीमाथि राज्य गर्नुअघि हामीले धेरै कठिनाइहरू भोग्‍नुपर्छ ।”
\s5
\v 23 पावल र बारनाबासले हरेक समूहको लागि अगुवा चुने । हरेक ठाउँ छोड्न अघि तिनीहरूले विश्‍वासीहारूलाई एकै ठाउँमा भेला गराउँथे र प्रार्थना र उपवासमा समय बिताउँथे । तब पावल र बरनाबासले अगुवाहरू र विश्‍वास गर्नेहरूलाई प्रभु येशूमा सुम्पिदिए जसमाथि तिनीहरूले विश्‍वास गरेका थिए, ताकि उहाँले तिनीहरूका निम्ति वास्ता गर्नुभएको होस् ।
\v 24 पावल र बारनाबास पिसिदियाको जिल्लाहुँदै यात्रा गरेपछि, तिनीहरु पाम्फालियाको जिल्लाको दक्षिणतर्फ गए ।
\v 25 त्यस जिल्लाको पर्गा सहरमा उनीहरु आइपुगे । अनि त्यहाँ भएका मानिसहरुलाई प्रभु येशूको बारेमा सन्देश प्रचार गरे । त्यसपछि तिनीहरू तल अटालियाको सहरको तिरतिर गए ।
\v 26 त्यहाँ तिनीहरुले एउटा जहाज चढे र सिरिया प्रान्तको एन्टिओखिया सहरमा फर्के । त्यही ठाउँमा पावल र बारनाबासले अरु ठाउँमा गएर प्रचार गर्न चुनिइएका थिए, जहाँ उनीहरूले अहिले कामको निम्ति पुरा गरेका कामको निम्ति विश्‍वासीहरूले पावल र बारनाबासको सहायताका निम्ति परमेश्‍वरसँग मागेका थिए ।
\s5
\v 27 जब तिनीहरु एन्टिओखिया सहरमा आइपुगे, तिनीहरुले विश्‍वासीहरूलाई एकै ठाउँमा बोलाए । तब पावल र बारनाबासले तिनीहरूलाई परमेश्‍वरले मद्दत गर्नुभएको र उनीहरुले गरेका सबै काम बारे बताए । विशेष गरि, धेरै गैरयहूदी मानिसहरूलाई परमेश्‍वरले कसरी येशूलाई विश्‍वास गर्न सक्षम बनाउनुभयो भनेर बताए ।
\v 28 तब पावल र बरनाबास अन्य विश्‍वासीहरुसँगै लामो समयसम्मका निम्ति एन्टिओखियामा बसे ।
\s5
\c 15
\p
\v 1 त्यसपछि केही यहूदी विश्‍वासीहरू यहूदिया प्रान्तबाट तल एन्टिओखियामा गए । तिनीहरूले गैरयहूदी विश्‍वासीहरूलाई त्यहाँ शिक्षा दिदैँ भने, “मोशाले परमेश्‍वरबाट पाएको व्यवस्थाको आज्ञाअनुसार तपाईंहरू परमेश्‍वरका हुनुहुन्छ भनेर देखाउनलाई तिमीहरूले खतना गर्नैपर्छ । यदि तिमीहरूले त्यसो गरेनौ भने, तिमीहरू बचाइने छैनौ ।”
\v 2 पावल र बारनाबासको ती यहूदीहरूसँग ठुलो असहमति भयो र तिनीहरूसँग तर्क गर्न थाले । त्यसैले एन्टिओखियाका विश्‍वासीहरुले पावल, बारनाबास र अरु केही विश्‍वासीलाई यो कुराहरूको बारेमा यरुशलेममा भएका अगुवाहरू र प्रेरितहरूसँग छलफल गरून् भनी नियुक्ति गरे ।
\s5
\v 3 अनि पावल, बारनाबास र अरूहरूलाई विश्‍वासीहरूले एन्टिओखियामा पठाएपछि, ती विश्‍वासीहरू फोनिसियाका प्रान्तहरुमा र सामरियाहुदै यात्रा गरे । जब तिनीहरू त्यसरी बाटोमा रोकिँदा विभिन्‍न ठाउँहरूमा उनीहरूले विश्‍वासीहरूलाई धेरै गैरयहूदीहरूले विश्‍वास गरेको कुराहरू सुनाए । परिणाम स्वरूप ती ठाउँहरुमा भएका सबै विश्‍वासीहरूले ठुलो आनन्द मनाए ।
\v 4 जब पावल, बारनाबास र अरू विश्‍वासीहरू यरुशलेममा आइपुगे, तिनीहरूलाई त्यहाँ भएका प्रेरितहरु, अरु एल्डरहरू र त्यस समूहमस भएका अरु विश्‍वासीहरूले स्वागत गरे । त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई गैरयहूदी मानिसहरूका माझमा काम गर्नलाई परमेश्‍वरले सक्षम बनाउनुभएको कुराहरू बताए ।
\s5
\v 5 तर केही यहूदी विश्‍वासीहरू जो फरिसी दलका थिए उभिएर अरू विश्‍वासीहरूका माझमा तिनीहरूलाई भने, “येशूलाई विश्‍वास गर्ने गैरयहूदीहरूले खतना गर्नुपर्छ, र तिनीहरूलाई परमेश्‍वरले मोशालाई दिनु भएको व्यवस्था पालन गर्न भन्‍नु नै पर्छ ।”
\v 6 त्यसपछि प्रेरितहरु र एल्डरहरू यस विषयमा छलफल गर्न एकसाथ भेला भए ।
\s5
\v 7 यस बारेमा लामो समयसम्म छलफल गरेपछि, पत्रुसले उठेर तिनीहरूलाई भने । उनले भने, “सङ्गी विश्‍वासीहरू हो, तपाईंहरू र प्रेरितहरूका माझबाट गैरयहूदी मानिसहरूलाई परमेश्‍वरको प्रेमको बारे बताउनका निम्ति परमेश्‍वरले मलाई धेरै अगाडि नै चुन्‍नुभयो । ताकि तिनीहरूले उहाँमा विश्‍वास गर्न सकून् ।
\v 8 परमेश्‍वरले सबै मानिसहरूका हृदयलाई जान्‍नुहुन्छ । उहाँले मलाई र अरूहरूलाई यो कुरा देखाउनुभयो कि उहाँले हाम्रो निम्ति गरेजस्तो गैरयहूदीहरूलाई पवित्र आत्मा दिनुभएर तिनीहरूलाई उहाँका मानिसहरू हुनलाई स्वीकार गर्नुभयो ।
\v 9 परमेश्‍वरले हामी र तिनीहरुका माझमा कुनै पनि भेदभाव गर्नुभएको छैन, किनभने तिनीहरुले प्रभु येशूमा विश्‍वास गरेको कारण उहाँले तिनीहरुका हृदय शुद्ध बनाउनुभयो, कसरी उहाँले हामीलाई क्षमा गर्नुभयो ।
\s5
\v 10 किन तपाईंहरूले गैरयहूदी विश्‍वासीहरूलाई यहूदीहरूका परम्परा र व्यवस्थाहरु पालन गर्न बल गर्नुहुन्छ ? त्यसो गर्नु भनेको तिनीहरूमाथि गह्रौँ बोझ हालिदिनु जस्तो हो । किनभने यसले तिनीहरूलाई व्यवस्था पालन गर्न वाध्य तुल्याउँछ, जुन न त हाम्रा पुर्खाहरूले वा न त आज हामी यहूदीहरूले पालना गछौँ ।
\v 11 हामीलाई थाहा छ, कि प्रभु येशूले हाम्रो निम्ति जे गर्नुभयो, त्यसकारण परमेश्‍वरले हामी यहूदीहरूलाई बचाउनु हुन्छ । परमेश्‍वरले हामी यहूदीहरूलाई जसरी बचाउनु हुन्छ ठिक त्यसरी नै येशू प्रभुमा विश्‍वास गर्ने ती गैरयहूदीहरुलाई उहाँले बचाउनु हुन्छ ।”
\s5
\v 12 पत्रुसले बोलिसकेपछि त्यहाँ भएका सबै मानिसहरु चुप लागे । त्यसपछि तिनीहरूले पावल र बारनाबासले भनेका कुराहरू सुने, दुईजनाले भने, तिनीहरूलाई कसरी गैरयहूदी मानिसहरू हरुका माझमा महान् आश्‍चर्यकर्महरू गर्नलाई सक्षम तुल्याउनुभयो, जुन कुराले परमेश्‍वरले गैरयहूदीलाई स्वीकार गर्नुभएको कुरालाई देखाउँदछ ।
\s5
\v 13 जब पावल र बारनाबासले बोलिसके, तब यरुशलेममा भएका विश्‍वासीहरुका अगुवा याकूबले तिनीहरुका माझमा बोले । उनले भने, “सङ्गी विश्‍वासीहरू हो, मेरो कुरा सुन्‍नहोस् ।”
\v 14 परमेश्‍वरले गैरयहूदीहरूलाई कसरी आशिष् दिनुभयो भन्‍ने कुरा सिमोन पत्रुसले तपाईंहरूलाई भनेका छन् । परमेश्‍वरले तिनीहरूको माझबाटै आफ्नै मानिसहरू हुनलाई चुन्‍नुभएर त्यो गर्नुभयो ।
\s5
\v 15 धेरै पहिले परमेश्‍वरले बोल्नुभएका वचन, एक जना अगमवक्ताले लेखेका छन् जुन यस कुरासँग सहमत छः
\v 16 पछि म फर्किआउनेछु, र दाऊदको वंशबाट एउटा राजा चुन्‍नेछु । यो यस्तो व्‍यक्‍ति हुनेछ, जुन व्‍यक्‍तिले भग्‍नावशेष भएका घरहरू फेरि पुनःनिर्माण गर्छ ।
\v 17 म यो गर्नेछु, कि अरू सबै मानिसहरूले पनि म परमप्रभु हुँ भनी थाहा पाउन कोसिस गरून् । यो कुरामा मैले मेरो हुनलाई बोलाएको गैरइस्राएलीहरू पर्छन । यो हुनेछ भनी निश्‍चय हो, किनभने यी वचनहरू म परमप्रभु आफैँले बोलेको हुँ ।
\v 18 मैले यी कुराहरू गरिसकेको छु, र मैले मेरा मानिसहरूलाई यी कुराहरू थाहा गर्नलाई पहिले नै अनुमति दिएको छु ।”
\s5
\v 19 याकूबले निरन्तर बोल्दै गए । उनले भने, “यसकारण मेरो विचारमा आफ्ना पापहरूबाट फर्किएर परमेश्‍वरतिर फर्कदै गरेको गैरयहूदी मानिसहरूलाई दुःख दिन रोक्‍नुपर्छ । अर्थात् तिनीहरूले हाम्रा सबै व्यवस्था र परम्पराहरू पालन गर्नुपर्छ भनेर माग गर्न छोड्नुपर्छ ।
\v 20 यसको सट्टामा हामीले उनीहरूका निम्ति चारवटा कुराहरू पालना गर्नलाई एउटा पत्र लेखौँ, मानिसहरूले मूर्तिलाई चढाएको मासु तिनीहरूले खानुहुदैन, तिनीहरूसँग विवाह नगरेको कसैसँग पनि सुत्‍नु हुदैन, तिनीहरूले घाँटी निमोठोर मारेको मासु खानु हुदैन र तिनीहरूले जनावरको रगत खानु हुदैन ।
\v 21 किनभने ती कुराहरूलाई निषेध गर्ने मोशाले लेखेको व्यवस्था लामो समयदेखि धेरै सहरहरूमा घोषणा गर्दै आएका छन । र हरेक विश्राममा ती व्यवस्थाहरू यहूदीहरू भेलाहुने ठाँउमा पढिन्छ । त्यसैले यदि गैरयहूदीहरूले ती व्यवस्थाका बारेमा अझै धेरै जान्‍न चाहन्छन् भने तिनीहरूले हाम्रा भेट हुने घरहरुमा आउन सक्छन् ।”
\s5
\v 22 यरुशलेममा भएका प्रेरितहरू र अरु एल्डरहरू साथै विश्‍वासीहरूले याकूबले भनेका कुराहरूलाई स्वीकार गरे । त्यसपछि यरुशलेममा भएका अगुवाहरूले गरेका निर्णयहरू विश्‍वासीहरूलाई थाहा दिनलाई पावल र बारनाबाससित जानका निम्ति तिनीहरूबाट नै मानिसहरूलाई छान्‍ने निर्णय गरे । तिनीहरूले यहूदा जसलाई बारसाबास पनि भनिन्थ्यो, र सिलासलाई चुने । यी दुवै यरुशलेममा भएका विश्‍वासीहरूका माझमा अगुवाहरू थिए ।
\v 23 त्यसपछि यहूदा र सिलासले एन्टिओखियामा भएका विश्‍वासीहरुकहाँ लिएर जानका निम्ति तिनीहरुले एउटा पत्र लेखे, “तपाईंका सङ्गी विश्‍वासीहरू हामी प्रेरितहरु र एल्डरहरूले एन्टिओखिया र सिरिया र किलिकियाको प्रान्तमा रहेका गैरयहूदी विश्‍वासीहरूलाई यो पत्र लेख्दा हाम्रो अभिवादन पठाउछौँ ।
\s5
\v 24 मानिसहरुले हामीलाई भनेका छन्, कि हामीहरूको माझबाट केही मानिसहरु तपाईंहरू कहाँ आएका छन् तथापि तिनीहरूलाई हामीले पठाएका थिएनौँ । हामीले सुनेका छौँ, कि तिनीहरुले तपाईंहरूको विचारलाई अन्यौलमा पार्ने कुराहरू बताएर दुःख दिएका छन् ।
\v 25 त्यसैले हामी यहाँ सँगै भेला भएपछि, हामीले पावल र बारनाबाससँग जसलाई हामी धेरै माया गर्दछौँ, जानलाई केही मानिसहरू छान्‍ने र तपाइहरू कहाँ जान आग्रह गर्ने निर्णय गर्यौ ।
\v 26 ती दुवै जनाले आफ्नो जीवनलाई खतरामा राखेका छन्, कारण तिनीहरुले हाम्रा प्रभु येशू ख्रीष्‍टको सेवा गर्दछन् ।
\s5
\v 27 हामीले तपाईंहरूकहाँ यहूदा र सिलासलाई पनि पठाएका छौँ । हामीले जे कुरा लेखेका छौँ त्यही कुरा तिनिहरूले तपाईंहरूलाई बताउने छन् ।
\v 28 पवित्र आत्मा र हामीलाई यो उचित लाग्यो, तपाईंहरूलाई बोझपूर्ण यहूदीहरू व्यवस्थाहरू पालन गर्नुपर्दैन । यसको सट्टा तपाईंहरूले तल दिइएका निर्देशनहरू मात्र पालन गराउछौँ;
\v 29 तपाईंहरुले मानिसहरुले मूर्तिलाई चढाएका खानेकुराहरु खानु हुदैन । तपाईंहरूले जनावरको रगत खानुहुदैन । तपाईंहरूले मानिसहरूले घाँटी अँठयाएर मारेका जनावरहरूको मासु खानुहुदैन । तपाईंहरु आफूले विवाह नगरेको कसैसँग पनि सुत्‍नु हुदैन, यदि तपाईंहरुले यी कुराहरूदेखि अलग रहनुभयो भने तपाईंहरूले असल गर्नुहुनेछ । विदा ।”
\s5
\v 30 तिनीहरूले छानेका चार जना मानिसहरू यरुशलेमबाट गए र एन्टिओखियामा आए । जब त्यहाँका सबै विश्‍वासीहरू सभामा एकसाथ भेला भए, तब तिनीहरूले विश्‍वासीहरूलाई चिठ्ठी दिए ।
\v 31 जब त्यहाँ भएका विश्‍वासीहरूले त्यो चिठ्ठी पढे, तब तिनीहरू आनन्दित भए किनकि यसको सन्देशले तिनीहरूलाई उत्साहित बनायो ।
\v 32 अगमवक्ताहरु भएका हुनाले यहूदा र सिलासले बोले र त्यहाँ भएका विश्‍वासीहरूलाई उत्साह दिए तिनीहरूलाई प्रभु येशूमा बलियोसँग भरोसा गर्नलाई सहायता गरे ।
\s5
\v 33 यहूदा र सिलास केही समय त्यहाँ बसेपछि, तिनीहरु यरुशलेममा फर्कन तयारी भए र एन्टिओखियाका विश्‍वासीहरूले तिनीहरूलाई शुभेच्छा दिए । त्यसपछि तिनीहरू गए ।
\v 34 (नोटः ३४ पदलाई उत्कृष्‍ट प्राचिन पाण्डुलिपि हटाएका छन्, ( प्रेरित १५:४० मा हेर्नुहोस्) । पद. ३४,) । तर सिलासले विचार गेर कि उनका निम्ति त्यहीँ नै बस्‍न असल हुन्छ ।
\v 35 यद्यपि, पावल र बारनाबास एन्टिओखियामा नै निरन्तर बसे । जब तिनीहरू त्यहाँ थिए, तिनीहरुसँगै अरु धेरै जनाले मानिसहरुलाई शिक्षा दिइरहेका थिए र तिनीहरूलाई प्रभु येशूको सन्देश प्रचार गरिरहेका थिए ।
\s5
\v 36 केही समयपछि पावलले बारनाबासलाई भने, “हामीले पहिले नै प्रभु येशूको बारेमा सन्देश प्रचार गरेका हरेक शहरमा विश्‍वासीहरूलाई भेटघाट गर्नलाई जाऔं, जसले गर्दा तिनीहरु प्रभु येशूमाथिको विश्‍वासमा कति राम्ररी अगाडि बढिरहेका छन् भन्‍ने कुरा हामीले थाहा पाउनेछौँ ।”
\v 37 बारनाबास पावलसँग सहमत भए, र भने उनले यूहन्‍नालाई उनीहरूसँगै फेरि लिएर जान चाहन्थे, जसको अर्को नाउँ मर्कूस थियो ।
\v 38 यद्यपि, मर्कूसलाईसँगै साथमा लिएर जान उचित छैन, भन्‍ने लागेको कुरा पावलले बारनाबासलाई भने, किनकि पहिले उनीहरू पाम्फालियाको क्षेत्रहरूमा जाँदा मर्कूसले तिनीहरूलाई छोडेका थिए, र उनीहरूसँग काम गर्न निरन्तरता दिएका थिएनन् ।
\s5
\v 39 यो कुरामा पावल र बारनाबासको कडा मतभेद भयो, त्यसैले तिनीहरु एक-अर्काबाट अलग भए । बारनाबासले मर्कूसलाई आफ्नो साथमा लगे । तिनीहरू जहाजमा चढेर साइप्रस टापुतिर लागे ।
\v 40 पावलले सिलासलाई चुने, सिलास जो उनीसँगै काम गर्न एन्टिओखियामा फर्केर गएका थिए । पावल र सिलासको जीवनमा परमेश्‍वरले अनुग्रहसाथ उनीहरुलाई सहायता गरून् भनेर त्यहाँका विश्‍वसीहरुले प्रभु परमेश्‍वरलाई प्रार्थना गरे । अनि ती दुवैजना एन्टिओखियाबाट यात्रा गरे ।
\v 41 पावल, सिलाससँगै सिरिया र सिलिकिया प्रान्तभरि यात्रा गर्न निरन्तरता दिए । ती ठाउँहरूमा तिनीहरूले विश्‍वासीहरूको समूहलाई प्रभु येशूमाथिको विश्‍वासमा दृढ रहनका निम्ति सहायता गरिरहे ।
\s5
\c 16
\p
\v 1 पावल र सिलास डर्बी र लुस्‍त्रा सहरहरूमा गए अनि त्यहाँ भएका विश्‍वासीहरूसँग भेट गरे । लुस्‍त्रामा तिमोथी नाउँ गरेका एक जना विश्‍वासी बस्थे । उनकी आमा एक यहूदी विश्‍वासी थिइन्, तर उनका बाबु भने एक ग्रीक थिए ।
\v 2 लुस्‍त्रा र आइकोनियमका विश्‍वासीहरूले तिमोथीका बारेमा असल कुरा भने ।
\v 3 त्यसैले अन्य ठाउँहरूमा जाँदा पावलले उनलाई आफूसँगै लाने इच्‍छा गरे । त्यसैकारण पावलले तिमोथीको खतना गरे । तिमोथीका गैरयहूदी बाबुले उनको खतना गरेका थिएनन् भन्‍ने कुरा त्यहाँ बसोबास गर्ने यहूदीहरूलाई थाहा थियो, त्यसकारण तिनीहरूले उनलाई ग्रहण गरून् भनी पावलले त्यसो गर्नु पर्‍यो ।
\s5
\v 4 यसकारण तिमोथी पावल र सिलाससँग गए र उनीहरूले अरू धेरै सहरहरूमा यात्रा गरे । प्रत्येक सहरमा तिनीहरूले विश्‍वासीहरूलाई यरूशलेममा प्रेरितहरू र धर्मगुरुहरूले निर्धारण गरेका नियमहरू बताइदिए ।
\v 5 उनीहरूले ती सहरहरूका विश्‍वासीहरूलाई प्रभु येशूमा अझै बलियो गरी विश्‍वास गर्न सहायता गरे, अनि हरेक दिन धेरै मानिसहरू विश्‍वासी बने ।
\s5
\v 6 पावल र उनका साथीहरूलाई एसियामा वचन प्रचार गर्नबाट पवित्र आत्माले रोक्‍नुभयो, यसकारण उनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए ।
\v 7 उनीहरू माइसिया प्रान्तको सीमानामा पुगे, र उत्तरतर्फ बेथानिया प्रान्तमा जान चाहन्थे, तर फेरि येशूका आत्माले त्यहाँ जानबाट उनीहरूलाई रोक्‍नुभयो ।
\v 8 यसकारण उनीहरू माइसिया प्रान्तहुँदै समुद्र किनारामा अवस्‍थित सहर त्रोआसमा आइपुगे ।
\s5
\v 9 त्यही रात परमेश्‍वरले पावललाई एउटा दर्शन दिनुभयो जसमा उनले माकेडोनियाको एउटा मानिसलाई देखे । त्यो मानिसले पावललाई यसो भन्दै बोलाइरहेको थियो, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् !”
\v 10 त्यो दर्शन देखेपछि, हामी माकेडोनिया जान हिँड्यौँ, किनभने त्यहाँका मानिसहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले हामीलाई बोलाइरहनुभएको थियो भनी हामीलाई विश्‍वास गर्‍यौँ ।
\s5
\v 11 हामी एउटा डुङ्गामा चढ्यौँ र त्रोआसबाट सामोथ्रेक गयौँ, र त्यसको भोलिपल्ट नियापोलिस सहरमा गयौँ ।
\v 12 त्यसपछि हामी नियापोलिस छोडेर फिलिप्पी सहरमा गयौँ । यो माकेडोनियको एक अत्यन्त्यै महत्वपूर्ण सहर थियो, जहाँ धेरै जना रोमी नागरिकहरू बस्दथे । हामी धेरै दिनसम्म फिलिप्पीमा बस्यौँ ।
\v 13 विश्राम दिनमा हामी सहरको मूल ढोकाबाट बाहिर निस्केर समुद्र किनारतिर गयौँ । यहूदी मानिसहरू प्रार्थना गर्न त्यहाँ भेला हुने गर्छन् भनी कसैले भनेको हामीले सुनेका थियौँ । त्यहाँ पुग्दा प्रार्थना गर्न त्यहाँ भेला भएका केही स्‍त्रीहरूलाई हामीले देख्यौँ, यसैले हामी बस्यौँ र उनीहरूलाई येशूको बारेमा बताउन सुरु गर्‍यौँ ।
\s5
\v 14 पावलको कुरा सुन्‍ने स्‍त्रीहरूमध्ये लिडिया नाउँ गरेकी एउटी स्‍त्री पनि थिइन् । तिनी थिआटिरा सहरकी थिइन्, तिनले वैजनी वस्‍त्रको व्यापार गर्थिन्, र परमेश्‍वरको आराधना गर्थिन् । परमप्रभु परमेश्‍वरले तिनले पावलले प्रचार गरेको सन्देश सुन्‍न तिनको हृदय तयार पारिदिनुभयो र तिनले विश्‍वास गरिन् ।
\v 15 पावल र सिलासले लिडिया र तिनका घरका सबैलाई बप्‍तिस्मा दिएपछि तिनले उनीहरूलाई भनिन्, “म प्रभुप्रति विश्‍वसनीय रहेकी छु भन्‍ने तपाईंहरूले विश्‍वास गर्नुहुन्छ भने, मेरो घरमा आउनुहोस् र बस्‍नुहोस् ।” तिनले त्यसो भनेपछि हामी तिनको घरमा बस्यौँ ।
\s5
\v 16 अर्को दिन, मानिसहरू प्रार्थना गर्न भेला भएका ठाउँमा जाँदैगर्दा, हामीले एउटी कमारी केटीलाई भेट्यौँ । एउटा दुष्‍ट आत्माले मानिसहरूको भविष्य बताउन त्यसलाई शक्ति दिएको थियो । उनीहरूको भविष्य बताएबापत मानिसहरूले त्यसका मालिकहरूलाई रूपैयाँपैसा दिन्थे ।
\v 17 त्यो केटी यसो भन्दै पावल र हाम्रोपछि लागि, “यी मानिसहरूले सबै ईश्‍वरहरूभन्दा महान् परमेश्‍वरको सेवा गर्छन् ! तपाईंहरूलाई परमेश्‍वरले कसरी बचाउन सक्‍नुहुन्छ भनी यिनीहरूले तपाईंहरूलाई भन्दैछन् ।”
\v 18 धेरै दिनसम्म त्यसले त्यसै गरिरही । अन्त्यमा, पावललाई रिस उठ्यो, यसैकारण त्यो केटीतर्फ फर्केर उनले त्यसमा वास गर्ने दुष्‍ट आत्मालाई यसो भनेः “येशू ख्रीष्‍टको नाउँमा, यो केटीबाट बाहिर आइज !” अनि तुरुन्तै त्यो दुष्‍ट आत्मा त्यसलाई छोडेर गयो ।
\s5
\v 19 त्यसपछि त्यसले भविष्य बताएर तिनीहरूका लागि पैसा कमाउन सक्दिन भन्‍ने कुरा बुझेपछि त्यसका मालिकहरू रिसाए । तिनीहरूले पावल र सिलासलाई समातेर सहरका शासकहरू भएका ठाउँमा सार्वजनिक चोकमा लगे ।
\v 20 सहरका शासकहरूकहाँ उनीहरूलाई लगेर त्यो केटीका मालिकहरूले भने, “यी मानिसहरू यहूदीहरू हुन् र यिनीहरूले हाम्रो सहरका मानिसहरूलाई धेरै बाधा दिइरहेका छन् ।
\v 21 हामी रोमीहरूले पालन गर्न नहुने नियमहरू हामीले पालन गर्नु पर्छ भनी यिनीहरूले सिकाइरहेका छन् !”
\s5
\v 22 भिडमा भएका धेरै जनाले पावल र सिलासलाई दोष लगाउनेहरूको पक्ष लिए, र तिनीहरूले उनीहरूलाई पिट्न लागे । त्यसपछि रोमी शासकहरूले सिपाहीहरूलाई पावल र सिलासका लुगा खोल्ने र उनीहरूलाई लहुराले पिट्ने आदेश दिए ।
\v 23 यसकारण सिपाहीहरूले पावल र सिलासलाई लहुराले नराम्रोसँग पिटे । त्यसपछि तिनीहरूले उनीहरूलाई झ्यालखानामा हाले र उनीहरू त्यहाँबाट निस्कन नसकून् भनी झ्यालखानाका हाकिमलाई भने ।
\v 24 ती हाकिमहरूले त्यसो भनेको कारण झ्यालखानाका हाकिमले पावल र सिलासलाई झ्यालखानाको सबैभन्दा भित्री कोठामा राखे । त्यहाँ तिनले उनीहरूलाई भुइँमा बस्‍न र खुट्टा पसार्न लगाए । त्यसपछि तिनले उनीहरूका गोलीगाँठालाई काठका दुईवटा ठुला टुक्राभित्र हाले, जसले गर्दा पावल र सिलासले आफ्ना खुट्टाहरू चलाउन सकेनन् ।
\s5
\v 25 मध्य राततिर, पावल र सिलास प्रार्थना गर्दै र भजन गाउँदै परमेश्‍वरको प्रशंसा गरिरहेका थिए । अरू कैदीहरूले यो सबै सुनिरहेका थिए ।
\v 26 अचानक एउटा ठूलो भूकम्प गयो र त्यो झ्यालखाना हल्लाइदियो । त्यो भूकम्पले झ्यालखानाका सबै ढोकाहरू खोलिदियो अनि सबै कैदीहरूका साङ्लाहरू खोलिए ।
\s5
\v 27 झ्यालखानाका हाकिम व्युँझिए र भूकम्पले झ्यालखानाका सबै ढोकाहरू उघारिदिएको देखे । तिनले सबै कैदीहरू झ्यालखानाबाट भागिसकेहोलान् भन्‍ने सोचे, यसकारण उनले आफैँलाई मार्न आफ्नो तरवार झिके, किनभने कैदीहरू भागे भने सहरका शासकहरूले आफूलाई मार्नेछन् भन्‍ने कुरा तिनलाई थाहा थियो ।
\v 28 पावलले तिनलाई देखे र कराएर भने, “आफैँलाई नमार्नुहोस् ! हामी सबै कैदीहरू यहीँ छौँ !”
\s5
\v 29 झ्यालखानाका ती हाकिमले कसैलाई बत्ती ल्याउन भने ताकि अझै पनि झ्यालखानामा को रहेछन् भन्‍ने कुरा तिनले देख्‍न सकून् । डरले काम्दै तिनी पावल र सिलासका सामु घोप्‍टो परे ।
\v 30 त्यसपछि तिनले पावल र सिलासलाई झ्यालखानाबाट बाहिर ल्याए र सोधे, “हजूर, उद्धार पाउन मैले के गर्नुपर्छ ?”
\v 31 उनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्‍वास गर्नुहोस्, अनि तपाईं र तपाईंका परिवारको उद्धार हुनेछ ।”
\s5
\v 32 त्यसपछि पावल र सिलासले तिनलाई र तिनको परिवारका सबैलाई प्रभु येशूका बारेमा बताए ।
\v 33 तब ती झ्यालखानाका हाकिमले त्यही समय मध्य रातमा उनीहरूका घाउहरू धोइदिए । अनि पावल र सिलासले तिनी र तिनका परिवारका सबैलाई बप्‍तिस्मा दिए ।
\v 34 तब तिनले पावल र सिलासलाई आफ्नो घरभित्र लगे र उनीहरूलाई भोजन दिए । परमेश्‍वरमा विश्‍वास गरेको कारण तिनी र तिनका परिवारमा सबै जना धेरै खुसी भए ।
\s5
\v 35 भोलि पल्ट बिहान, सहरका शासकहरूले केही सिपाहीहरूलाई झ्यालखानामा गएर त्यहाँका हाकिमलाई यसो भन्‍ने आदेश दिए, “ती दुई जना कैदीहरूलाई जान देऊ !”
\v 36 यो कुरा सुनेपछि झ्यालखानाका ती हाकिमले पावलकहाँ गएर भने, “सहरका शासकहरूले तपाईंहरूलाई जान दिनु भनी मलाई आदेश दिएका छन् । यसकारण अब तपाईंहरू झ्यालखाना छोडेर शान्तिसाथ जान सक्‍नुहुन्छ !”
\s5
\v 37 तर पावलले तिनलाई भने, “सहरका शासकहरूले हामीलाई भिडको सामु पिट्न लगाए, अनि हामी रोमी नागरिकहरू भए तापनि हामीलाई झ्यालखानामा हाले । अब कसैलाई नबताई तिनीहरूले हामीलाई पठाउन चाहन्छन् ! हामी त्यो कुरा स्वीकार गर्दैनौँ ! सहरका शासकहरू आफैँ आउनु पर्छ र हामीलाई झ्यालखानाबाट निकाल्नु पर्छ ।”
\v 38 यसकारण ती सिपाहीहरू फर्केर गए र सहरका शासकहरूलाई पावल र सिलासले भनेका कुरा सुनाइदिए । सहरका शासकहरूले पावल र सिलास रोमी नागरिक रहेछन् भन्‍ने कुरा सुनेपछि, तिनीहरू डराए किनकि तिनीहरूले गलत काम गरेका थिए ।
\v 39 यसकारण सहरका शासकहरू पावल र सिलासकहाँ आए र तिनीहरूले उनीहरूलाई गरेका कुराका लागि उनीहरूसँग माफी मागे । सहरका शासकहरूले उनीहरूलाई झ्यालखानाबाट बाहिर निकाले र त्यो सहर छोडेर जान उनीहरूलाई अनुरोध गरे ।
\s5
\v 40 झ्यालखाना छोडेपछि, पावल र सिलास लिडियाको घरमा गए । त्यहाँ उनीहरूले तिनी र अरू विश्‍वासीहरूसँग भेट गरे । उनीहरूले ती विश्‍वासीहरूलाई प्रभु येशूमाथिको विश्‍वासमा लागिरहन उत्साह दिए, र त्यसपछि ती दुई प्रेरितहरू फिलिप्‍पी सहर छोडेर गए ।
\s5
\c 17
\p
\v 1 तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहर हुँदै यात्रा गरे र थेसलोनिके सहरमा आए । त्यहाँ यहूदीहरूको एउटा सभाघर थियो ।
\v 2 पावल सधैँझैँ विश्राम दिनमा सभाघर गए । तिन हप्‍तासम्म प्रत्येक विश्राम दिनमा उनी त्यहाँ गए । येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा धर्मशास्‍त्रले कसरी बताउँछ भन्‍ने कुरा उनले मानिसहरूलाई बताए ।
\s5
\v 3 उनले मसिह मर्नै पर्छ र फेरि जीवित हुनुपर्छ भनी अगमवक्ताहरूले लेखेको कुरा धर्मशास्‍त्रबाट देखाइदिए । उनले भने, “यही येशू नै ख्रीष्‍ट हुनुहुन्छ । अगमवक्ताहरूले भनेझैँ उहाँ मर्नुभयो र फेरि जीवित हुनुभयो ।”
\v 4 त्यहाँ केही यहूदीहरूले पावलले भनेका कुरामा विश्‍वास गरे र पावल र सिलासलाई भेट्न थाले । त्यहाँ अरू धेरै गैरयहूदी मानिसहरू र प्रमुख स्‍त्रीहरू पनि थिए, जसले येशूको सन्‍देशमा विश्‍वास गर्दथे, र परमेश्‍वरलाई आराधना गर्दथे । तिनीहरूले पनि पावल र सिलासलाई भेट्न थाले ।
\s5
\v 5 तर केही यहूदी अगुवाहरू रिसाए किनभने धेरै मानिसहरूले पावलले सिकाएका कुरामा विश्‍वास गरे । त्यसैले तिनीहरू सार्वजनिक स्थानतिर गए र दुष्‍ट मानिसहरूलाई फकाएर आफ्नोपछि लगाउन भनी तिनीहरू भएतिर गए । यसरी यहूदी अगुवाहरूले भिडलाई भेला गरे र तिनीहरूलाई हल्ला गर्न उक्साए । ती यहूदीहरू र अरू मानिसहरू यासोन नाउँ भएका मानिसको घरतर्फ दगुरेर गए, जहाँ पावल र सिलास बसिरहेका थिए । तिनीहरूले पावल र सिलासलाई बाहिर भिड भएको ठाउँमा ल्याउन चाहन्थे ।
\v 6 तिनीहरूले पावल र सिलासलाई त्यो घरमा फेला पारेनन्, तर तिनीहरूले यासोनलाई भेट्टाए र उनलाई पक्रे । तिनीहरूले उनलाई र केही अरू विश्‍वासीहरूलाई घिसार्दै सहरका शासकहरू कहाँ पुर्‍याए । तिनीहरूले भने, “संसारमा जताततै दुःख दिने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्,
\v 7 अनि यासोन नाउँको यो मानिसले चाहिँ तिनीहरूलाई आफ्नो घरमा बस्‍न निम्त्याउँदो रहेछ । तिनीहरूले सम्राटका विरुद्धमा कार्य गरिरहेका छन् । तिनीहरूले येशू नाउँ गरेको अर्को व्‍यक्‍तिलाई वास्तविक राजा हो भनी भन्दा रहेछन् !”
\s5
\v 8 त्यो कुरा सुनेर जम्मा भएको भिड र सहरका शासकहरू साह्रै क्रोधित र उत्तेजित भए ।
\v 9 सहरका शासकहरूले यासोन र अरू विश्‍वासीहरूलाई जरिवाना तिर्न लगाए र तिनीहरूलाई भने, कि यदि पावल र सिलासले अरू बढी दुःख दिएनन् भने तिनीहरूको पैसा फिर्ता गरिनेछ । त्यसपछि सहरका शासकले यासोन र अरू विश्‍वासीहरूलाई छोडिदिए ।
\s5
\v 10 त्यसकारण, त्यही रात विश्‍वासीहरूले पावल र सिलासलाई थेसलोनिकेबाट बेरिया सहरमा पठाइदिए । त्यहाँ आइपुगेउपछि पावल र सिलास यहूदीहरूका सभा घरमा गए ।
\v 11 थेसलोनिकेका धेरै जसो यहूदीहरूले परमेश्‍वरको सन्‍देश सुन्‍नलाई इच्छा गरेका थिएनन् । तर बेरियामा रहेका यहूदीहरू भने सुन्‍नलाई निकै इच्छुक थिए । यसकारण तिनीहरूले येशूको बारेमा सन्‍देश ध्यानपूर्वक सुने । हरेक दिन तिनीहरू आफैँ धर्मशास्‍त्र पाठ गर्दथे र पावलले येशूका बारेमा भनेको कुरा सत्य हुन् कि होइनन् भनेर पत्ता लगाउन तिनीहरूले धर्मशास्‍त्र अध्ययन गर्दथे ।
\v 12 पावलको शिक्षाको कारण धेरै यहूदी मानिसहरूले येशूमा विश्‍वास गरे, र केही महत्त्वपूर्ण गैरयहूदी स्‍त्रीहरू र धेरै गैरयहूदी पुरुषहरूले उहाँमा विश्‍वास गरे ।
\s5
\v 13 तर थेसलोनिकेमा रहेका यहूदीहरूले पावलले बेरियामा येशूको बारेमा परमेश्‍वरको सन्‍देश प्रचार गर्दैछन् भनी सुने । त्यसैले तिनीहरू बेरिया गए र त्यहाँका मानिसहरूलाई यो घटना बताइदिए र त्यसले गर्दा तिनीहरू पावलप्रति अति क्रोधित भए ।
\v 14 बेरियाका केही विश्‍वासीहरूले पावललाई अर्को सहरमा जानका लागि समुद्री किनारातिर लगे । तर सिलास र तिमोथी बेरियामा नै बसे ।
\v 15 जब पावल र अरू मानिसहरू किनारामा आइपुगे तब तिनीहरू डुङ्गामा चढे, र एथेन्स सहरमा गए । तब पावलले आफूसँग आउने मानिसहरूलाई भने, “सिलास र तिमोथीलाई मकहाँ एथेन्समा जतिसक्दो चाँडै आउन भनिदेओ ।” त्यसपछि ती मानिसहरूले एथेन्स छाडे र बेरियातर्फ फर्के ।
\s5
\v 16 एथेन्समा, पावलले सिलास र तिमोथीलाई पर्खे । त्यसबेला उनी सहर वरिपरी हिँड्‍डुल गरे । उनी धेरै वेचैन भए किनभने त्यो सहर मूर्तिहरूले भरिएको थियो ।
\v 17 यसैले उनी यहूदीहरूको सभा घरमा गए, र यहूदीहरू र ग्रीकहरूसँग पनि कुरा गरे जसले यहूदीहरूको विश्‍वासलाई स्वीकार गरेका थिए । उनी हरेक दिन सार्वजनिक स्थानतिर जान्थे र त्यहाँ जसलाई भेट्थे त्यस मानिससँग कुरा गर्दथे ।
\s5
\v 18 मानिसहरूले के विश्‍वास गर्छन् भनी जान्‍न चाहने शिक्षकहरूलाई पावलले भेटे । तिनीहरूलाई केही मानिसहरूले इपिक्युरी र अरूले स्तोइक भन्थे । तिनीहरूले के विश्‍वास गर्छन् त्यो पावललाई भने र उनले के विश्‍वास गर्छन् भनी तिनलाई सोधे । त्यसपछि तिनीहरूले एक-आपसमा भने, “उनले कुनै अनौठो देवताहरूका बारेमा भन्दैछन् ।” किनभने पावलले येशू मर्नुभयो र त्यसपछि फेरि जीवित हुनुभयो भनी तिनीहरूलाई भनेका थिए ।
\s5
\v 19 यसैले तिनीहरूले उनलाई सहरका अुगुवाहरू भेट्ने स्थानमा लगे । जब तिनीहरू त्यहाँ आइपुगे र पावललाई सोधे, “कृपया, हामीलाई भन्‍नुहोस् तपाईंले मानिसहरूलाई सिकाइरहेको यो नयाँ सन्‍देश के हो ?
\v 20 तपाईंले सिकाइरहेका केही कुराहरू हामीले बुझेनौँ, यसैले त्यसको अर्थ के हो हामी जान्‍न चाहन्छौँ ।”
\v 21 एथेन्सका मानिसहरू र अरू क्षेत्रबाट आएर त्यहाँ बस्‍ने मानिसहरूले पनि नयाँ कुराको बारेमा कुरा गर्न मन पराउँदथे ।
\s5
\v 22 त्यसपछि, पावल मानिसहरूको अगाडि खडा भएर भने, “एथेन्सका मानिसहरू हो, म तपाईंहरूलाई धेरै धार्मिक देख्दछु ।
\v 23 किन म यसो भन्दै छु भने जब म घुमिरहेको थिएँ, मैले तपाईंहरूले पुज्‍ने गरेका वस्तुहरू देखेँ, मैले यस्तो वेदी पनि देखेँ, जसमा कसैले खोपेर यस्तो लेखेको थियोः ‘हामीले नजानेका ईश्‍वरलाई यसले महिमा दिन्छ । यसैले, तपाईंहरूले नजानी पुज्‍ने गरेको ईश्‍वरको बारेमा अब म तपाईंहरूलाई बताउँछु ।
\s5
\v 24 उहाँ त्यही परमेश्‍वर हुनुहुन्छ जसले संसार र यसमा भएका सबै थोकलाई सृष्‍टि गर्नुभयो । उहाँले स्वर्गमा र पृथ्वीमा भएका सबै प्राणीहरूमाथि शासन गर्नुहुन्छ र उहाँ मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न ।
\v 25 उहाँलाई मानिसहरूले बनाएको थोकको खाँचो पर्दैन किनभने उहाँले मानिसहरूलाई जीवित बनाउनुहुन्छ र सास दिनुहुन्छ र उहाँले तिनीहरूलाई चाहिने हरेक थोक दिनुहुन्छ ।
\s5
\v 26 सुरुमा, परमेश्‍वरले एक जोडी मानिसलाई सृष्‍टि गर्नुभयो र तिनीहरूबाट नै परमेश्‍वरले आज पृथ्वीमा बसोवास गर्ने सबै मानिसको समूहलाई वृद्धि गर्नुभयो । उहाँले मानिसको हरेक समूहलाई उनीहरूको समयसम्म कुनै ठाउँमा राख्‍नुभयो ।
\v 27 परमेश्‍वरले मानिसहरूलाई उहाँको आवश्यकता भएको महसुस गराउन चाहनुहुन्थ्यो । जसले गर्दा सायद तिनीहरूले उहाँलाई खोजून् र भेट्टाउन सकून् । उहाँ हामी हरेकको नजिकै हुनुहुन्छ, तापनि उहाँ हामीले उहाँलाई खोजेको चाहनुहुन्छ ।
\s5
\v 28 हामीहरू परमेश्‍वरको कारणले जिउँछौँ, चल्छौँ र अस्तित्वमा छौँ, जसरी तपाईंहरूमध्ये कसैले भन्‍नुभएको छ, ‘किनभने हामीहरू उहाँका सन्तान हौँ ।
\v 29 त्यसकारण, हामीहरू परमेश्‍वरका सन्तान भएका हुनाले, हामीले यो सोच्‍नु हुँदैन कि परमेश्‍वर चाहिँ सुन, चाँदी, ढुङ्गा वा मानिसद्वारा निर्मित कुरा जस्तो हुनुहुन्छ ।
\s5
\v 30 मानिसहरूले जुन समयमा परमेश्‍वरले चाहनु भए जस्तो गर्न जानेनन्, त्यसका निम्ति उहाँले तिनीहरूलाई दण्ड दिनुभएन । तर अब, परमेश्‍वरले सबै मानिसहरूलाई तिनीहरूको दुष्‍ट कार्यबाट फर्कन आज्ञा दिनुहुन्छ ।
\v 31 उहाँले हामीलाई भन्‍नुहुन्छ, कि उहाँले चुन्‍नुभएको एक निश्‍चित समयमा उहाँले चुन्‍नुभएका एक जना मानिसद्वारा उहाँले हामी सबैको न्यायपूर्ण इन्साफ गर्नुहुनेछ, र यसलाई निश्‍चयता दिनको निम्ति उहाँले येशूलाई मरेकाबाट जीवित पार्नु भएकोछ ।”
\s5
\v 32 मरेको मानिस जीवित भई उठेको बारेमा पावलले भनेका कुरा मानिसहरूले सुनेपछि तिनीहरूमध्ये केहीले ठट्टा गरे । तर अरूहरूले चाहिँ अर्को दिन आएर यसको बारेमा तिनीहरूलाई बताउन उनलाई अनुरोध गरे ।
\v 33 तिनीहरूले त्यसो भनिसकेपछि पावल त्यहाँबाट हिँडे ।
\v 34 तैपनि केही मानिसहरू पावलसँगै गए र येशूको सन्‍देशमा विश्‍वास गरे । येशूमा विश्‍वास गर्नेहरूमध्ये डायनिसियस नाउँ गरेका व्‍यक्‍ति थिए । साथै दामारिस नाउँ भएकी स्‍त्री र अरूहरूले पनि विश्‍वास गरे ।
\s5
\c 18
\p
\v 1 त्यसपछि, एथेन्स सहर छोडेर पावल कोरिन्थ सहरमा गए ।
\v 2 त्यहाँ उनले अकिला नाउँ गरेका एक यहूदीलाई भेट्टाए, जो पोन्टस इलाकाबाट आएका थिए । अकिला र उनकी पत्‍नी प्रिस्किला केही समय अगाडि इटालिको रोम सहरबाट त्यहाँ आएका थिए । रोमी कैसर क्लाउडियसले सबै यहूदीहरूलाई रोम छोडेर जानको निम्ति कडा आज्ञा दिएको कारणले गर्दा तिनीहरूले रोम छोडेका थिए ।
\v 3 अकिला र प्रिस्किलाले पैसा कमाउनका निम्ति पालहरू बनाउने काम गर्दथे । पावलले पनि पालहरू बनाउँथे यसकारण, उनी पनि तिनीहरूसँगै बसे र तिनीहरू सँगसँगै काम गरे ।
\s5
\v 4 हरेक विश्राम दिनमा, पावल यहूदीहरूको सभाघरमा जान्थे र त्यहाँ यहूदी र गैरयहूदी दुवैका बिचमा उनले येशूको बारेमा तिनीहरूलाई सिकाउँथे ।
\v 5 तब सिलास र तिमोथी म्याकेडोनियाको इलाकाबाट आए । तिनीहरू त्यहाँ आएपछि पावलले पाल बनाउने काम गरेनन् । उनले आफ्नो सम्पूर्ण समय यहूदीहरूलाई येशूको बारेमा बताउनमा प्रयोग गरे । येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी उनले तिनीहरूलाई बताए ।
\v 6 तर पावलको विरुद्धमा ती यहूदीहरूले खराब कुराहरू भन्‍न थाले । त्यसैले उनले आफ्नो कपडामा लागेको धुलोलाई टकटक्याएर परमेश्‍वर तिनीहरूसँग खुसी हुनुहुन्‍न भन्‍ने कुरा देखाइदिए । उनले तिनीहरूलाई भने, “यदि परमेश्‍वरले तपाईंहरूलाई दण्ड दिनुहुन्छ भने, त्यो तपाईंहरूकै कारणले गर्दा हो, मेरो कारणले गर्दा होइन ! अबदेखि म ती मानिसहरूसँग बोल्नेछु जो यहूदी होइनन् ।”
\s5
\v 7 त्यसकारण पावलले यहूदीहरूको सभाघर छोडे र नजिकैको घरमा गए र प्रचार गरे । तीतस युस्तस त्यो घरका मालिक थिए जो एक गैरयहूदी मानिस थिए, जसले परमेश्‍वरको आराधना गर्दथे ।
\v 8 अनि, यहूदीहरूको सभाघरका शासक जसको नाउँ क्रिस्पस थियो, उनी र उनका सम्पूर्ण परिवारले प्रभु येशूमा विश्‍वास गरे । पावलको कुरा सुन्‍ने कोरिन्थमा भएका धेरैजसो मानिसहरूले पनि येशूमा विश्‍वास गरे र बप्‍तिस्मा लिए ।
\s5
\v 9 एक रात पावलले दर्शन देखे जसमा प्रभु येशूले उनलाई भन्‍नुभयो, “तिम्रो विरोध गर्ने मानिसहरूसँग नडराऊ, तर मेरो बारेमा बोली नै रहनू ।
\v 10 किनभने म तिमीलाई सहायता गर्नेछु र यहाँ तिमीलाई कसैले पनि हानि गर्ने छैन । मेरो बारेमा तिनीहरूलाई बताउँदै जाऊ, किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन् ।”
\v 11 त्यसैले येशूको बारेमा परमेश्‍वरबाटको सन्देश सिकाउनका लागि पावल कोरिन्थमा डेढ वर्ष जति बसे ।
\s5
\v 12 जब गलियोन अखैया प्रान्तका रोमी शासक भए, तब यहूदी अगुवाहरू भेला भए र पावललाई पक्रे । तिनीहरूले उनलाई शासकको अगाडि लागे र उनलाई यसो भनेर दोष लगाए,
\v 13 “यस मानिसले हामी यहूदीहरूको व्यवस्थाको विरुद्धमा परमेश्‍वरको आराधना गर्न मानिसहरूलाई सिकाउँछ ।”
\s5
\v 14 पावलले बोल्नै लाग्दा, गलियोनले यहूदीहरूलाई यसो भने, “यदि यस मानिसले हाम्रो कानुनलाई भङ्ग गरेको थियो भने तिमी यहूदीहरूले मलाई भन्‍न खोजेका कुराहरूमा मैले ध्यान दिनु पर्छ ।
\v 15 तर तिमीहरू आफ्नै व्यवस्थाका शब्द र नाउँहरूका बारेमा बताइरहेका छौ, यसकारण तिमीहरू आफैँले उसँग यस विषयमा कुरा गर । यी कुराहरूमा म इन्साफ गर्दिनँ !”
\s5
\v 16 गलियोनले त्यति भनिसकेपछि, तिनले यहूदी अगुवाहरूलाई महासभाबाट बाहिर लानको निम्ति केही सिपाहीहरूलाई आदेश दिए ।
\v 17 त्यसपछि सोस्थेनेस नाउँ गरेका यहूदीहरूका अगुवालाई मानिसहरूले समाते र तिनीहरूले त्यहीँ शासकको न्यायआसनको अगाडि तिनलाई पिटे । तर गलियोनले यस बारेमा केही पनि गरेनन् ।
\s5
\v 18 पावल कोरिन्थमा विश्‍वासीहरूसँग धेरै दिनसम्म बसे । त्यसपछि उनी प्रिस्किला र अकिलासँगै समुद्री जहाजमा चढी सिरियाको इलाकातिर लागे । आफूले गरेको भाकलअनुसार उनले क्रिंकिया भन्‍ने ठाउँमा आफ्नो कपाल खौरे ।
\v 19 तिनीहरू एफिसस सहरमा आइपुगेपछि अकिला र प्रिस्किला त्यहीँ बसे । पावल यहूदीहरूको सभाघरमा पसे र यहूदीहरूलाई येशूको बारेमा बताए ।
\s5
\v 20 तिनीहरूले उनलाई अझै केही समयसम्म त्यहीँ बस्‍नलाई अनुरोध गरे, तर उनले इन्कार गरे ।
\v 21 तर उनले त्यो ठाउँ छोडेर जानै लाग्दा, उनले तिनीहरूलाई भने, “परमेश्‍वरले चाहनुभयो भने म तिमीहरूकहाँ फर्केर आउने छु ।” यति भन्दै पानी जहाजमा चढी एफिससबाट यात्रा गरे ।
\s5
\v 22 कैसरिया सहरको नजिकै त्यो पानी जहाज आइपुगेपछि पावल त्यसबाट उत्रे । तब उनी माथि यरूशलेममा गई त्यहाँ भएका विश्‍वासीहरूलाई अभिवादन गरे । अनि तिनी सिरिया इलाकामा भएको एन्टिओखिया सहरमा गए ।
\v 23 त्यहाँ पावलले विश्‍वासीहरूसँग केही समय बिताए । त्यसपछि उनले एन्टिओखियालाई छोडेर गलातिया र फ्रिगिया इलाकाहरूमा भएका धेरै सहरहरूमा गए । त्यहाँ विश्‍वासीहरूलाई येशूको बारेमा परमेश्‍वरको सन्देशमाथि अझै धेरै विश्‍वास गर्नका लागि जोड दिए ।
\s5
\v 24 पावल गलातिया र फ्रिगिया भएर जाँदै गर्दा अपोल्लोस नाउँ गरेका एकजना यहूदी मानिस एफिससमा आए । उनी अलेक्जेन्ड्रिया सहरबाट आएका थिए र धर्मशास्‍त्रको बारेमा राम्रोसँग बोल्दथे ।
\v 25 अरू विश्‍वासीहरूले अपोललोसलाई कसरी जिउनु पर्दछ भनी प्रभु येशूबाट सिकेका कुरा सिकाएका थिए, अनि उनले त्यही कुरा अरू मानिसहरूलाई सिकाउँथे । तथापि उनले येशूको बारेमा सबै कुरा भने सिकाइरहेका थिएनन्, किनभने उनलाई बप्‍तिस्मा दिने यूहन्‍नाको बप्‍तिस्माबाहेक अरू केही थाहा थिएन ।
\v 26 अपोल्लोस यहूदीहरूको भेटघाट हुने ठाउँमा गए र आफूले सिकेका सम्पूर्ण कुराहरूका बारेमा त्यहाँ भएका मानिसहरूलाई बताए । उनले सिकाएका कुराहरू सुनेपछि, प्रिस्किला र अकिलाले तिनीहरूका घरमा जानको लागि उनलाई अनुरोध गरे, जहाँ तिनीहरूले उनलाई येशूको बारेमा अरू धेरै कुरा सिकाए ।
\s5
\v 27 जब अपोल्लोसले अखैयाको इलाकामा जाने निर्णय गरे, तब एफिससमा भएका विश्‍वासीहरूले उनले गरेको निर्णय उनको निम्ति असल छ भनी बताए । त्यसकारण तिनीहरूले अखैयामा भएका विश्‍वासीहरूलाई एउटा पत्र लेख्दै अपोल्लोसलाई स्वागत गर्नू भनी बताए । उनी त्यहाँ गएपछि, येशूलाई विश्‍वास गर्नका लागि परमेश्‍वरले कृपापूर्वक सहायता गर्नुभएका जतिलाई उनले सहयोग गरे ।
\v 28 धेरै मानिसहरूले सुनिरहेको समयमा अपोल्लोसले यहूदी अगुवाहरूसँग बडो शक्तिशाली प्रकारले बोलिरहे । धर्मशास्‍त्र पढ्दै उनले तिनीहरूलाई येशू नै मसिह हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिए ।
\s5
\c 19
\p
\v 1 अपोल्लोस कोरिन्थमा हुँदा पावल फ्रिगिया र गलातिया छोडेर एसियामा गए र एफिससमा फर्किए । तिनले त्यहाँ आफूलाई विश्‍वासी भन्‍ने केही मानिसहरूलाई भेटाए ।
\v 2 उनले तिनीहरूलाई सोधे, “तपाईंहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गर्नुहुँदा पवित्र आत्मा पाउनुभयो ?” तिनीहरूले जवाफ दिए, “छैन, हामीले पाएका छैनौँ । पवित्र आत्मा हुनुहुन्छ भन्‍ने कुरा हामीले सुनेका समेत छैनौँ ।”
\s5
\v 3 यसकारण पावलले तिनीहरूलाई सोधे, “आफ्नो बप्‍तिस्मा हुँदा तपाईंहरूले के बुझ्‍नुभयो त ?” तिनीहरूले जवाफ दिए, “हामीले बप्‍तिस्मा दिने यूहन्‍नाले सिकाएका कुरा विश्‍वास गर्‍यौँ ।”
\v 4 पावलले भने, “यूहन्‍नाले मानिसहरूलाई तिनीहरूको दुष्‍ट कार्यहरूबाट फर्कनलाई बप्‍तिस्मा दिन्थे र उनले मानिसहरूलाई यो पनि भनेका थिए कि तिनीहरूले उनीपछि आउनुहुनेलाई विश्‍वास गर्नुपर्छ, जो येशू नै हुनुहुन्थ्यो ।”
\s5
\v 5 यसकारण जब ती मानिसहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।
\v 6 त्यसपछि पावलले उनीहरूको शिरमा हात राखे अनि पवित्र आत्मा तिनीहरू हरेकमाथि आउनु भयो । पवित्र आत्माले तिनीहरूले नजानेका भाषाहरू बोल्ने शक्ति दिनु भयो, र तिनीहरूले पवित्र आत्माले भन्‍नु भएका सन्देशहरू बोले ।
\v 7 त्यहाँ प्रायः बाह्र जना जति मानिसहरू थिए, जसलाई पावलले बप्‍तिष्‍मा दिए र तिनीहरूले पवित्र आत्मा पाए ।
\s5
\v 8 त्यसपछि तीन महिनासम्म पावल एफिससमा यहूदीहरूको सभाघरमा गए र प्रत्येक विश्राम दिनमा साहससँग मानिसहरूलाई येशूको बारेमा र परमेश्‍वरले कसरी उहाँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भन्‍ने बारेमा सिकाए ।
\v 9 तर केही यहूदीहरूले उनको सन्देश विश्‍वास गरेनन् र उनको सन्देश सुन्‍न इन्कार गरे । तिनीहरूले पावलको शिक्षाको बारेमा धेरै खराब कुरा बोले । यसकारण पावलले त्यो ठाउँ छोडे र त्यहाँबाट विश्‍वासीहरूलाई लिएर टुरान्‍नसको सभाघरमा भेटघाट गर्न लागे ।
\v 10 त्यहाँ दुई वर्षसम्म पावलले मानिसहरूलाई सिकाए । यसरी एसिया वारिपरी बसोवास गर्ने धेरै जसो यहूदी र गैरयहूदीहरूलाई उनले प्रभु येशूको सन्देश सुनाए ।
\s5
\v 11 परमेश्‍वरले पावललाई आश्‍चर्यकर्महरू गर्ने शक्ति पनि दिनुभयो ।
\v 12 पावलकहाँ आउन नसक्‍ने बिरामीहरूलाई पनि पावलले छोएको रुमालले छुवाइदिँदा तिनीहरू निको हुन्थे र दुष्‍ट आत्माहरूले तिनीहरूलाई छोडेर जान्थे ।
\s5
\v 13 त्यहाँ कोही यहूदीहरूले पनि मानिसहरूबाट निस्कने आदेश दिँदा दुष्‍ट आत्माहरू निस्केर जान्थे । तिनीहरूले दुष्‍ट आत्माहरूलाई भने, “म आज्ञा गर्छु पावलले प्रचार गरेको प्रभु येशूको शक्तिमा बाहिर निस्की आइज !”
\v 14 त्यहाँ यसो गर्ने सात जना मानिसहरू थिए । तिनीहरू स्केवा नाउँ गरेको एक जना यहूदी मानिसका छोराहरू थिए जसले आफैँलाई मुख्य पूजाहारी भन्दथ्यो ।
\s5
\v 15 तर एकदिन तिनीहरूले त्यसो गर्दा, दुष्‍ट आत्मा त्यो व्‍यक्‍तिबाट निस्केन । बरु दुष्‍ट आत्माले तिनीहरूलाई भन्यो, “म येशूलाई चिन्छु र म पावललाई पनि चिन्छु, तर मलाई केही गर्नको निम्ति तिमीहरूलाई कसैले पनि कुनै शक्ति दिएको छैन ।”
\v 16 यति भनिसकेपछि दुष्‍ट आत्माले भरिएको मानिस अचानक उफ्रेर स्केवाका छोराहरूलाई झम्ट्यो र तिनीहरू सबैलाई पछार्‍यो, र तिनीहरूका लुगाहरू च्याति दियो र तिनीहरूलाई चोटैचोट पार्‍यो अनि तिनिहरू डराएर त्यो घरबाट भागे ।
\v 17 एफिससमा बस्‍ने यहूदी र गैरयहूदीहरू दुवैले यस कुराको बारेमा सुने, र तिनीहरू डराए किनभने तिनीहरूले देखे कि त्यो दुष्‍ट आत्माले सताएको व्‍यक्‍ति धेरै बलियो थियो । यसकारण तिनीहरूले प्रभु येशूको नाउँलाई आदर गरे ।
\s5
\v 18 त्यसै समयमा, अरू विश्‍वासीहरूले सुनिरहँदा धेरै जना विश्‍वासीहरूले आफ्ना दुष्‍ट कार्यहरू स्वीकार गरे ।
\v 19 टुनामुना गर्ने केही मानिसहरूले आफ्ना टुनामुनाका पुस्तकहरू ल्याएर सबैले देख्‍ने ठाउँमा तिनलाई जलाए । ती पुस्तकहरूको मूल्य जोड्दा पचास हजार चाँदीका सिक्‍का जति पार्न आयो ।
\v 20 यसरी धेरै मानिसहरूले प्रभु येशूको बारेमा सन्देश सुने र उहाँमा विश्‍वास गरे ।
\s5
\v 21 एफिससमा पावलले आफ्नो काम पूरा गरेपछि आत्माले उनलाई यरूशलेममा जान अगुवाइ गर्नुभयो । तर उनले पहिले म्याकेडोनिया र अखैया क्षेत्रमा विश्‍वासीहरूलाई भेट्न जाने योजना बनाए । पावलले भने, “म यरूशलेम गएपछि रोममा पनि जानेछु ।”
\v 22 आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई पावलले म्याकेडोनिया पठाए । तर पावल चाहिँ एसियाको एफिसस सहरमा नै बसे ।
\s5
\v 23 येशू र उहाँबारेको शिक्षाको कारणले गर्दा चाँडै एफिससका मानिसहरूमा ठुलो समस्या फैलियो ।
\v 24 त्यहाँ डेमेत्रियस नाउँ भएका एकजना मानिस थिए । उनले चाँदीबाट डायना देवीको मूर्ति बनाउँथे । डेमेत्रियसले कारिगरहरू राखेर मूर्ति बनाउँदै बेचेर धेरै रूपैयाँ आर्जन गर्दथे ।
\v 25 डेमेत्रियसले सबै कारिगरहरूलाई बोलाएर भने, “तिमीहरूलाई थाहा छ हाम्रो कामले धेरै पैसा कमाइरहेका छौँ ।
\s5
\v 26 एफिससमा बस्‍ने धेरै मानिसहरूलाई हामीले बनाएको मूर्ति नकिन्‍ने शिक्षा दिने त्यो पावलका बारेमा तिमीहरूलाई थाहा छ । अब अरू सहरहरू र हाम्रो क्षेत्रबाट हामीले बनाएको मूर्ति कसैले किन्दैनन् । पावलले मानिसहरूलाई हामीले पूजा गर्ने देवताहरू ईश्‍वर होइनन्, तिनीहरूलाई नपुज्‍नू भन्दै सिकाउँदै छ ।
\v 27 यदि मानिसहरूले त्यसको कुरा सुने भनेता हाम्रो व्यापार बन्द हुन्छ । अनि मानिसहरू डायनाको मन्दिरमा पूजा गर्न आउने छैनन् । मानिसहरूले डायनालाई महान् भन्‍ने छैनन् । तापनि एसियाका सबै क्षेत्र र सारा संसारले तिनको पूजा गर्छ !”
\s5
\v 28 डेमेत्रियसको भनाइ सुनेपछि सबै मानिसहरू पावलको विरुद्धमा धेरै क्रोधित भए । अनि तिनीहरूले ठूलो स्वरले “एफिससकी डायना देवी महान् छिन् !” भन्दै चिच्याए ।
\v 29 त्यस सहरका धेरै मानिसहरू पावलको विरुद्धमा क्रोधित भए र नारावाजी गरे । म्याकेडोनियाका गायस र अरिस्तार्खस नाउँका दुई जना मानिसहरू पावलसँगै यात्रामा थिए । कतिपय मानिसहरूले तिनीहरूलाई पक्रिए अनि तिनीहरूलाई घिसार्दै लगे र सहरका सारा भिडहरू रङ्गशालातिर दौडिए ।
\s5
\v 30 पावल त्यहाँ गएर मानिसहरूसँग कुरा गर्न चाहन्थे, तर अरू विश्‍वासीहरूले तिनलाई त्यहाँ जान दिएनन् ।
\v 31 त्यस सहरका कति अधिकारीहरू जो पावलका मित्रहरू थिए, उनीहरूले यस घटनाको बारेमा सुने । तिनीहरूले पावललाई त्यहाँ नजानू भनेर कसैलाई खबर पठाए ।
\v 32 रङ्गशालामा भएका मानिसहरू चिच्याइ रहे । एकअर्काको नारा भिन्‍नाभिन्‍नै थियो । तर कतिलाई चाहिँ तिनीहरू किन त्यहाँ भेला भएका थिए भन्‍ने कुरा नै थाहा थिएन ।
\s5
\v 33 त्यहाँ अलेक्जेन्डर नाउँ भएका एकजना यहूदी थिए । केही यहूदीहरूले तिनलाई ठेलेर मानिसहरूको अगाडि उभ्याए ताकि तिनले मानिसहरूसँग बोल्न सकून् । अलेक्जेन्डरले आफ्ना हात उठाएर भिडलाई शान्त बनाउन खोजे । तिनले मानिसहरूलाई ती यहूदीहरूले समस्या सृजना गरेका होइनन् भन्‍ने कुरा बुझाउन चाहन्थे ।
\v 34 तर धेरै गैरयहूदी मानिसहरूले अलेक्जेन्डर यहूदी हो र यहूदीहरूले डायना देवीको पूजा गर्दैनन् भन्‍ने थाहा पाएका थिए । यसकारण गैरयहूदीहरू दुई घण्टासम्म यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !”
\s5
\v 35 त्यसपछि सहरका एकजना शासकले भिडलाई शान्त गराउँदै भने, “मेरा देशवासी मित्रहरू, संसारमा सबैलाई थाहा छ, हाम्री डायना देवीको पवित्र मूर्ति स्वर्गबाट झरेको हो !
\v 36 सबैलाई यो कुरा थाहा छ, र कसैले पनि यो कुरा सत्य होइन भन्‍न सक्दैन । यसकारण तपाईंहरू शान्त हुनुहोस् र कुनै पनि मूर्ख काम नगर्नुहोस् ।
\v 37 तपाईंहरूले यी दुई जना मानिसहरूलाई यहाँ ल्याउनु हुँदैन थियो, किनभने तिनीहरूले कुनै पनि दुष्‍ट्याइँ गरेका छैनन् । तिनीहरू हाम्रा मन्दिरभित्र गएर केही लगेका छैनन् र तिनीहरूले हाम्रा देवीको बारेमा कुनै खराब कुरा बोलेका छैनन् ।
\s5
\v 38 यसकारण यदि डेमेत्रियस र उनका साथीहरूले कसैलाई कुनै खराबीको दोष लगाउन चाहन्छन् भने उनीहरूले त्यो काम सही तरिकाले गर्नुपर्छ । यदि उनीहरूले चाहन्छन् भने उनीहरू अदालतमा जान सक्‍छन् र त्यहाँ सरकारद्वारा नियुक्त गरिएका न्यायाधीशहरू छन् । त्यहाँ तपाईंहरूले जोसुकैलाई पनि आरोप लगाउन सक्‍नुहुन्छ ।
\v 39 तर यदि तपाईंहरू अरू कुनै कुराको बारेमा सोध्‍न चाहनुहुन्छ भने तपाईंहरूका शासकहरू भेला भएको बेला उनीहरूलाई यसको बारेमा विचार गर्न अनुरोध गर्न सक्‍नुहुन्छ ।
\v 40 यो असल सभा भएन ! यो समस्यालाई सही तरिकाले सँभाल्नुहोस् किनभने हामी सरकारको विरुद्धमा जान चाहन्‍नौँ । किन हल्ला खल्ला गरेको हो भनेर हाकिमहरूले सोधेमा म ठिक उत्तर दिन सक्दिनँ ।”
\v 41 सहरका शासकले भिडलाई त्यस्तो कुरा बताए । अनि तिनले सबैलाई आ-आफ्नो घर जानू भने र तिनीहरू आ-आफ्नो घर गए ।
\s5
\c 20
\p
\v 1 एफिससमा मानिसहरूले खैलाबैला बन्द गरेपछि, पावलले विश्‍वासीहरूलाई एकैसाथ बोलाए । उनले तिनीहरूलाई निरन्तर प्रभु येशूमा भरोसा गर्न उत्साह दिए । त्यसपछि तुरुन्तै माकेडोनिया जानको निम्ति उनले तिनीहरूबाट विदा लिए ।
\v 2 उनी त्यहाँ पुगेपछि, तिनीहरूलाई प्रभु येशूमा निरन्तर भरोसा गर्न उत्साह दिए र त्यसपछि उनी ग्रीसतिर गए ।
\v 3 उनी ग्रीसमा तिन महिनासम्म बसे । अनि पावलले पानी जहाजबाट सिरिया फर्किनका लागि योजना गरे तर त्यहाँ भएका केही यहूदीहरूले उनी यात्रामा रहँदा उनलाई मार्ने योजना गरिरहेको कुरा उनले सुने । त्यसकारण उनले जमिनको बाटो भएर जाने निर्णय गरे र फेरि उनी माकेडोनिया नै भएर गए ।
\s5
\v 4 जो मानिसहरू उनीसँगै यरूशलेमसम्म यात्रा गर्न जाँदै थिए, तिनी बेरिया सहरका पुरसका छोरा सोपात्रोस, अरिस्तार्खस र सिकन्दस जो थेसलोनिका सहरका थिए; गायस जो डर्बी सहरका थिए, तिमोथी गलातियाका थिए, र तुखिकस र त्रोफिमस एसिया प्रान्तका थिए ।
\v 5 पावल र म लूकाभन्दा ती सातजना मानिसहरू मकेडोनियाबाट पानी जहाजमा अगाडि नै गए, त्यसपछि तिनीहरू सातै जना त्रोआसमा उत्रे र हामी दुईलाई तिनीहरूले त्यहीँ पर्खिबसे ।
\v 6 तर पावल र म जमिनको बाटो भएर फिलिप्पी सहरतिर यात्रा गर्‍यौँ । यहूदीहरूको अखमिरी रोटीको चाड पर्दा, हामी त्रोआस सहरतिर गइरहेको पानी जहाजमा चढ्यौँ । हामी पाँच दिनपछि त्रोआस पुग्यौँ र हामीभन्दा अगाडि यात्रा गरेकाहरूलाई भेट्यौँ । तब हामी सबै त्रोआसमा सात दिनसम्म बस्यौँ ।
\s5
\v 7 प्रभु भोज मनाउन र एकसाथ खान आइतवारको साँझ हामी र अरू विश्‍वासीहरू एकैसाथ भेला भयौँ । विश्‍वासीहरूसँग पावल मध्य रातसम्म बोले किनभने अर्को दिन त्रोआस छोडेर जाने उनको योजना थियो ।
\v 8 हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै टुकीहरू बलिरहेका थिए ।
\s5
\v 9 त्यहाँ युटिकस नाउँ गरेका एक जवान मानिस पनि थिए । उनी घरको तेस्रो तल्लाको खुल्ला झ्यालमा बसिरहेका थिए । पावलले लामो समयसम्म लगातार बोलिरहँदा, युटिकस निदाउन थाले । अन्त्यमा उनी भुसुक्‍कै निदाएछन् । उनी झ्यालबाट तल जमिनमा खसे । तुरुन्तै केही विश्‍वासीहरूले तल गएर उनलाई उठाए । तर उनको मृत्यु भइसकेको थियो ।
\v 10 पावल पनि तल झरे । उनी त्यो जवान मानिसमाथि लम्पसार परेर आफ्ना हात उसको वरिपरि राखे । अनि आफ्ना वरिपरि उभिरहेका मानिसहरूलाई उनले भने, “चिन्ता नगर, उनी फेरि जीवित भएका छन् !”
\s5
\v 11 अनि पावल उनीहरूसँग माथिल्लो तलामा फेरि गए र प्रभु भोजमा सहभागी भए । त्यसपछि विश्‍वासीहरूसँग पावलले सूर्योदयसम्म कुरा गरे । त्यसपछि उनी त्यहाँबाट गए ।
\v 12 त्यस जवान मानिसलाई अरू मानिसहरूले घर लगे, र ऊ फेरि जीवित भएको कारणले तिनीहरूले धेरै सान्त्वना पाए ।
\s5
\v 13 तब हामी जहाजमा गयौँ । तर त्रोआसमा पावल हामीसँग जहाजमा चढेनन्, किनभने उनी हामी बाँकी रहेकाहरू पानी जहाज चढेर आसोसतिर लाग्यौँ ।
\v 14 हामीले पावललाई आसोसमा भेट्यौँ । तिनी हामीसँग जहाजमा चढे, र हामी मिलेटस सहरतिर लाग्यौँ ।
\s5
\v 15 एक दिनपछि हामी मिटिलेने पुग्यौँ, त्यसपछि हामी जहाज चढेर खिओस टापु नजिक आइपुग्यौँ । त्यसपछिको दिनमा हामी जहाज चढेर सामोस टापुमा पुग्यौँ । अर्को दिन सामोस छोडेर जहाज चढी मिलेटस सहरतिर लाग्यौँ ।
\v 16 एफिसस सहरको ठिक दक्षिणमा मिलेटस पर्दथ्यो । पावल एसियामा समय नबिताउने भएको कारणले एफिससमा रोकिन चाहेनन् । यदि सम्भव भए, उनी पेन्तिकोसको दिनमा यरूशलेममा नै पुग्‍न चाहन्थे, अनि पेन्तिकोसको चाड नजिकै थियो ।
\s5
\v 17 मिलेटसमा जहाज पुगेपछि पावलले एफिससमा भएका विश्‍वासीहरूका एल्डरहरूसँग कुरा गर्नका लागि एउटा सन्देसवाहक पठाए ।
\v 18 ती एल्डरहरू उनीकहाँ आएपछि, पावलले तिनीहरूलाई भने “जुन दिनदेखि म एसिया प्रान्तमा पुगेँ, तिमीहरूलाई थाहा छ म तिमीहरूका बिचमा रहँदा हर समय कसरी व्यवहार गर्दथेँ ।
\v 19 कसरी मैले नम्रतामा र कुनै बेला रुँदै निरन्तर प्रभुको सेवा गरेँ भन्‍ने कुरा तिमीहरूलाई थाहा छ । तिमीहरूलाई यो पनि थाहै छ, अविश्‍वासी यहूदीहरूले कसरी मलाई हानि पुर्‍याउन खोजे ।
\v 20 तिमीहरूलाई यो पनि थाहा छ, मैले परमेश्‍वरको वचन प्रचार गर्ने क्रममा तिमीहरूलाई सहयोग हुने कुनै कुरा पनि छुटाइनँ । तिमीहरूलाई थाहा छ कि त्यसबेला धेरै मानिसहरूका बिचमा परमेश्‍वरको वचन सिकाएँ र तिमीहरूको घरसम्मै गएर पनि सिकाएँ ।
\v 21 यहूदी र गैरयहूदी दुवैलाई तिनीहरू सबैले आफ्ना पापमय स्वभावलाई त्यागेर हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्छ भन्दै मैले प्रचार गरेँ ।”
\s5
\v 22 “र अहिले मलाई पवित्र आत्माले स्पष्‍ट रूपमा देखाउनु भएको कारणले म यरूशलेम जाँदै छु, जहाँ म जानै पर्छ र मैले उहाँको आज्ञापालन गर्नै पर्छ । मलाई त्यहाँ के हुने हो मलाई थाहा छैन ।
\v 23 तर हरेक शहर जहाँ म गएँ, पवित्र आत्माले मलाई भन्‍नुभयो कि मानिसहरूले मलाई यरूशलेममा झ्यालखानमा हाल्नेछन्, र मैले दुःख भोग्‍नुपर्नेछ ।
\v 24 तर यदि मैले प्रभु येशूले भन्‍नुभएको काम गरेर सिध्याउन सकेँ भने मानिसहरूले मलाई मारे पनि पर्वाह छैन । हामी जुन कुराका योग्य थिएनौँ त्यही काम गरेर परमेश्‍वरले हामीलाई बचाउनुहुन्छ भन्‍ने असल सन्देश सुनाउन उहाँले मलाई बोलाउनुभयो ।
\s5
\v 25 परमेश्‍वरले आफूलाई कसरी राजाको रूपमा देखाउनुहुन्छ भन्‍ने बारेमा मैले तिमीहरूलाई सन्देश प्रचार गरेँ । तर मलाई अहिले थाहा छ, कि तिमी मेरा सङ्गी विश्‍वासीहरूले मलाई देख्‍ने आज यो अन्तिम पटक हो ।
\v 26 त्यसैले म चाहन्छु, कि मैले प्रचार गरेको सबैले बुझून्, र कुनै पनि व्‍यक्‍ति येशूलाई विश्‍वास नगरी मर्छ भने त्यसमा मेरो कुनै गल्ती छैन ।
\v 27 कारण परमेश्‍वरले बनाउनु भएको आफ्नो योजना बारे मैले तिमीहरूलाई सबै कुरा भनिदिएको छु ।
\s5
\v 28 तिमी अगुवाहरूले परमेश्‍वरको वचनमा निरन्तर विश्‍वास गर र त्यसको पालना गर्दै रहो । तिमीहरूले अरू सबै विश्‍वासीहरूलाई पनि सहायता गर, जतिलाई पवित्र आत्माले तिमीहरूको हेरचाहमा छोड्नुभएको छ । जसरी गोठालोले आफ्नो र आफ्ना भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै आफू र आफ्ना विश्‍वासीहरूको हेरचाह गर । कलवरीको क्रुसमा उहाँका पुत्रले बगाउनुभएको रगतद्वारा परमेश्‍वरले तिमीहरूलाई किन्‍नुभयो ।
\v 29 म गएपछि झूटा शिक्षा सिकाउनेहरू तिमीहरूकहाँ आउनेछन् र विश्‍वासीहरूलाई ठूलो हानि गर्नेछन् । यो कुरा मलाई थाहा छ । तिनीहरू भेडाहरूलाई मार्ने क्रूर ब्वाँसाहरू जस्तै हुनेछन् ।
\v 30 यहाँसम्म कि तिम्रो आफ्नै अगुवाहरूको समूहमा पनि खराब कुरा सिकाएर विश्‍वासीहरूलाई झूटो बोल्नेहरू हुनेछन् । त्यस्ता किसिमका शिक्षाहरूमा विश्‍वास गरेर चेला बनून् भनेर तिनीहरू त्यो शिक्षा प्रचार गर्छन् ।
\s5
\v 31 त्यसैले जागा बस ताकि हाम्रा प्रभु येशूको साँचो सन्देशमा विश्‍वास गर्न तिमीहरूलाई कसैले नरोकोस् । तिमीहरूले यो कुराको सम्झना गर कि तिन वर्षसम्म दिन र रात मैले त्यो सन्देशको बारेमा सिकाएँ र येशूमा विश्‍वासयोग्य रहन आँशुका साथ चुनौती दिएँ ।”
\v 32 “तिमीलाई सुरक्षा दिन र हामीलाई बचाउन उहाँले जे गर्नुभयो त्यो सन्देशमा विश्‍वास गरिरहनको लागि म परमेश्‍वरसँग विन्ती गर्छु, जसको योग्य हामी थिएनौँ । यदि मैले भनेको सन्देशमा निरन्तर रूपमा विश्‍वास गर्‍यौ भने तिमीहरू बलिया हुनेछौ र उहाँका मानिसहरूसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाअनुसार दिने असल कुराहरू परमेश्‍वरले तिमीहरूलाई सदाक निम्ति दिनुहुनेछ ।
\s5
\v 33 मेरो बारेमा भन्‍नु पर्दा, आफ्नो कपडाको लागि मलाई कसैको रुपैँयापैसा चाहिँदैन ।
\v 34 म र मेरा साथीहरूको आवश्यकताको लागि मैले आफ्नै हातले पैसा कमाउन परिश्रम गरेँ, सो तिमीहरूलाई थाहा छ ।
\v 35 जो खाँचोमा छन्, तिनीहरूलाई दिनको लागि तिमीहरूले कडा मेहनत गर्नुपर्छ भनी मैले जे गरेँ त्यसबाट मैले तिमीहरूलाई देखाएको छु । येशू आफैँले भन्‍नुभएको कुरा हामीले सम्झनु पर्छ, ‘त्यो मानिस आनन्दित हुन्छ जो अरूबाट लिनुभन्दा अरूलाई दिन्छ । ‘”
\s5
\v 36 बोलिसकेपछि पावलले सम्पूर्ण एल्डरहरूसँगै घुँडा टेकी प्रार्थना गरे ।
\v 37 तिनीहरू सबै जना खुब रोए, र तिनीहरू पावललाई अँगालो हाले र म्वाँइ खाए ।
\v 38 मलाई तिमीहरूले फेरि देख्‍नेछैनौ भनेको कुराले तिनीहरूलाई धेरै निराश बनाएको थियो । तब तिनीहरू सबैजना उनीसँगै पानी जहाज भएको ठाउँसम्म गए ।
\s5
\c 21
\p
\v 1 एफिससबाट आएका एल्डरहरूसँग बिदा भएपछि, हामी पानी जहाज चढ्यौँ र कोसको टापुतिर पानीमा यात्रा गर्‍यौँ, जहाँ पानी जहाज एक रातको निम्ति रोकियो । अर्को दिन हामी त्यही पानी जहाज चढ्यौँ कोसबाट रोडस टापुतिर गयौँ, जहाँ पानी जहाज फेरि रोकियो । त्यस दिनपछि हामी पटारा शहरमा गयौँ, जहाँ जाहज रोकियो ।
\v 2 त्यो जहाजलाई हामीले पटारामा नै छोड्यौँ, अनि त्यहाँ फोनिकेको क्षेत्रतिर जाँदै गरेको जहाज थियो भनी हामीलाई कसैले भन्यो । तसर्थ, हामी त्यो जहाज चढ्यौँ र त्यस ठाउँलाई छोड्यौँ ।
\s5
\v 3 साइप्रस टापु नदेखुञ्‍जेलसम्म हामी समुद्रमा यात्रा गरिरह्‍यौँ । हामी त्यो टापुको दक्षिणतिर हुँदै गयौँ र सिरिया प्रान्तको फोनिके क्षेत्रमा पर्ने टुरोस शहरमा नआइपुगेसम्म निरन्तर अघि बढिरह्‍य ौँ । त्यो जहाज त्यहाँ धेरै दिनसम्म रहनु पर्थ्यो किनभने कामदारहरूले जहाजबाट सामानहरू झार्नु पर्ने थियो ।
\v 4 टुरोस शहरका विश्‍वासीहरू कहाँ बस्छन् भनी हामीलाई कसैले बताइदियो, त्यसैले हामी गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ । यरूशलेममा पावललाई मानिसहरूले कष्‍ट दिनेछन् भनी परमेश्‍वरका आत्माले तिनीहरूलाई प्रकट गरिदिनु भएकाले, पावल त्यहाँ जानु हुँदैन भनी तिनीहरूले भने ।
\s5
\v 5 तर जब जहाज त्यहाँबाट जाने समय भयो, हामीले यरूशलेमतिरको बाटोलाई निरन्तरता दिनलाई तयारी गर्‍यौँ । हामीले टुरोस शहर छोड्दा, त्यहाँका सबै पुरुषहरू अनि तिनीहरूका पत्‍नीहरू र बालबच्‍चाहरू हामीसँगै समुद्र किनारासम्मै गए । त्यहाँ हामी सबैले बालुवामाथि घुँडा टेकेर प्रार्थना गर्‍यौँ ।
\v 6 हामीले तिनीहरूसँग बिदा मागेपछि पावल र हामी तिनका सहयात्रीहरू जहाजमा चढ्यौँ, अनि अरू विश्‍वासीहरू आ-आफ्ना घरतिर फर्के ।
\s5
\v 7 टुरोसलाई छोडेपछि, हामी त्यही जहाजमा निरन्तर टोलेमाइस शहरतिर लाग्यौँ । त्यहाँ विश्‍वासीहरू थिए, र हामीले तिनीहरूलाई अभिवादन गर्‍यौँ र त्यस रात हामी तिनीहरूसँगै रह्‍य ौँ ।
\v 8 अर्को दिन टोलेमाइस छोड्यौँ, र कैसरियाको शहरतिर जाहजको यात्रा गर्‍यौँ जहाँ हामी फिलिपको घरमा बस्यौँ, जसले अरूहरूलाई कसरी येशूको अनुयायीहरू बन्‍ने भनी बताउनमा समय बिताउथे । तिनी यरूशलेमका विश्‍वासीहरूले विधवाहरूका हेरचाह गर्न छानेका सात जना मानिसहरूमध्ये एक जना थिए ।
\v 9 तिनका चार जना विवाह नभएका छोरीहरू थिए । तिनीहरू प्रत्येकले पवित्र आत्माले तिनीहरूलाई बताउनु भएका सन्देशहरू बारम्बार बोल्‍थे ।
\s5
\v 10 हामी फिलिपको घरमा धेरै दिनसम्म बसेपछि, अगाबस नाम गरेका एउटा विश्‍वासी यहूदियाको क्षेत्रबाट तल कैसरियामा आइपुगे । तिनले पवित्र आत्माले तिनलाई भन्‍नुभएका सन्देशहरू मानिसहरूलाई बारम्बार बताउने गर्दथे ।
\v 11 हामी भएको ठाउँमा आएर, तिनले पावलको पटुका फुकाले । त्यसपछि उसले यसले हातहरू र खुट्टाहरू बाँधे र भने, “पवित्र आत्मा भन्‍नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकको हातहरू र खुट्टाहरू यसरी बाँध्‍नेछन्, अनि तिनीहरूले उसलाई एउटा कैदीको रुपमा गैरयहूदीहरूका हातमा दिनेछन् । ‘”
\s5
\v 12 जब हामी बाँकीले त्यो सुन्यौँ, हामी र त्यहाँ भएका अरु विश्‍वासीहरूले पावललाई, “तपाईं माथि यरूशलेममा नजानुहोस्” भनी अनुरोध गर्‍यौँ ।
\v 13 तर पावलले जवाफ दिए, “रोएर मलाई जानबाट निरुत्साहित पार्न प्रयास गर्न छोड !” तिमीहरू रोएर किन मलाई जानबाट निरुत्साहित पार्न प्रयास गरिरहेका छौ ? म झ्यालखाना जान र यरूशलेममा मर्न पनि तयार छु किनभने मैले प्रभु येशूको सेवा गर्छु ।”
\v 14 जब हामीले उनी यरूशलेम जानेथिए भन्‍ने थाहा पायौँ, हामीले उनलाई रोक्‍ने कोसिस गरेनौँ । हामीले “प्रभुको इच्छा पुरा होस्” भन्यौँ ।
\s5
\v 15 सिरियामा ती दिनहरूपछि हामीले हाम्रा सरसमानहरू तायर पार्‍यौँ र स्थल-मार्ग हुँदै यरूशलेम जानलाई हिड्यौँ ।
\v 16 कैसरियाका केही विश्‍वासीहरू पनि हामीसँगै गए । तिनीहरूले हामीलाई मनासोन नाम भएका मानिसको घरमा बस्‍नलाई लिएर गए । उनी साइप्रस टापूका थिए, मानिसहरूले येशू बारेको सन्देश सुन्‍न पहिला सुरु गरिरहदा नै उनले उहाँमा विश्‍वास गरेका थिए ।
\s5
\v 17 जब हामी यरूशलेममा आइपुग्यौँ, विश्‍वासीहरूको एउटा समूहले हामीलाई खुसीसाथ स्वागत गरे ।
\v 18 अर्को दिन पावल र बाँकी हामी याकूबसँग कुराकानी गर्न गयौँ, जो त्यहाँको मण्डलीको अगुवा थिए । यरूशलेम मण्डलीका अरू सबै अगुवाहरू पनि त्यहाँ थिए ।
\v 19 पावलले तिनीहरूलाई अभिवादन गरे, र त्यसपछि उनले परमेश्‍वरले उनलाई गैरयहूदीहरूको बिचमा गर्नलाई शक्ति दिनुभएको सबै कुराहरू तिनीहरूलाई बताए ।
\s5
\v 20 त्यो कुरा सुनेपछि, याकूब र अरू एल्डरहरूले परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि तिनीहरूमध्येका एक जनाले पावललाई भने, “भाइ, यहाँ प्रभु येशूमा विश्‍वास गरेका कैयौँ हजारौँ यहूदीहरू छन् भनी तपाईंलाई थाहै छ । हामी सबैले मोशाले दिएका व्यवस्था धेरै होसियारीपूर्वक निरन्तर पालना गर्छौँ भन्‍ने पनि तपाईंलाई थाहा छ ।
\v 21 तर तपाईं गैरयहूदीहरूकहाँ हुँदा यहूदी विश्‍वासीहरूले मोशाको व्यवस्थाहरू मान्‍न छोड्नु पर्छ भन्‍नुहुन्छ भनी हाम्रा सङ्गी यहूदी विश्‍वासीहरूलाई भनिएको छ । तपाईंले ती यहूदी विश्‍वासीहरूका छोराहरूलाई खतना नगर्नू र अन्य हाम्रा रितिरिवाजहरू नमान्‍नू भन्‍नुहुन्छ भनी मानिसहरूले भन्छन् । तिनीहरूले तपाईंको बारे सत्य भनिरहेका छन् भन्‍ने हामीले विश्‍वास गर्दैनौँ ।
\s5
\v 22 तर तपाईं यहाँ आउनुभएको छ भनी हाम्रा सङ्गी यहूदी विश्‍वासीहरूले सुन्‍नेछन्, र तिनीहरू तपाईंसँग रिसाउनेछन् । तसर्थ, तपाईंका बारेमा तिनीहरूले सुनेका कुराहरू सत्य होइन भनी देखाउन तपाइले केही त्यस्तो कुरा गर्नुपर्छ ।
\v 23 त्यसैले, कृपया हामीले जे सुझाव दन्छौँ त्यसै गर्नुहोस् । हाम्रा माझमा परमेश्‍वरसँग भाकल गरेका चार जना मानिसहरू छन् ।
\v 24 तिनीहरूसँगै मन्दिरमा जानुहोस् र तपाईं अनि तिनीहरू मन्दिरमा आराधना गर्न योग्य हुनलाई आवश्यक पर्ने विधिहरू पुरा गर्नुहोस् । त्यसपछि जब तिनीहरूको बलिदान चढाउने समय हुन्छ, तिनीहरूले चढाउने कुराहरूको मूल्य तिरिदिनुहोस् । त्यसपछि, तिनीहरूले जे गर्छु भनेका थिए, त्यो तिनीहरूले गरेकाछन् भनी देखाउन, तिनीहरूले तिनीहरूको कपाल खौरन सक्छन् । जब मानिसहरूले तपाईंलाई मन्दिरका चोकहरूमा ती मानिसहरूका साथमा देख्‍छन्, तपाईंबारे तिनीहरूलाई भनिएको कुराहरू सत्य होइनन् भनी तिनीहरूले जान्‍ने छन् । त्यसको सट्टामा, तपाईंले हाम्रा सबै यहूदी व्यवस्थाहरू पालन गर्नुहुन्छ भनी तिनीहरूले थाहा पाउनेछन् ।
\s5
\v 25 गैरयहूदी विश्‍वासीहरूलेको निम्ति, उनीहरूले हाम्रा कुन-कुन व्यवस्थाहरू पालन गर्नुपर्छ भन्‍ने बारे हामी यरूशलेमका एल्डरहरूले कुरा गरेका छौँ, र हामीले के निर्णय गरेका छौँ भन्‍ने बताउदै तिनीहरूलाई पत्र लेख्यौँ । तिनीहरूले मानिसहरूले कुनै पनि मूर्तिहरूलाई बलि चढाएको मासु खानु हुँदैन, पशुको रगत खानु हुँदैन र मानिसहरूले घाँटी अँठ्याएर मारेएका जनावरहरूको मासु खानु हुँदैन । तिनीहरू तिनीहरूसँग विवाह नभएको कसैसँग सुत्‍नु हुँदैन भनी बताउन हामीले तिनीहरूलाई बतायौँ ।”
\v 26 तिनीहरूले भनेका कुराहरू गर्न पावल मन्जुर भए, र अर्को दिन उसले ती चार जना मानिसहरूलाई लिएर तिनीहरूले आफैँलाई सँगसँगै शुद्ध पारे । त्यसपछि, पावल मन्दिरका चोकहरूमा गए र तिनीहरूले आफैँलाई शुद्ध पार्ने काम कुन दिन सिद्धिन्छ र तिनीहरू हरेकको निम्ति बलिहरूको रूपमा पशुहरू कहिले चढाउने भनी पूजाहारीलाई भने ।
\s5
\v 27 आफूलाई शुद्ध पार्ने सात दिन पूरा हुनैलाग्दा, पावल मन्दिरको चोकमा फर्किए । एसियाबाट आएका केही यहूदीहरूले तिनीलाई त्यहाँ देखे, र तिनीहरू उनीसँग साह्रै रिसाए । पावललाई पक्रन तिनीहरूलाई सहायता गर्न तिनीहरूले मन्दिरको चोकमा भेला भएका धेरै अरू यहूदीहरूलाई बोलाए ।
\v 28 तिनीहरू यसरी चिच्याए, “सङ्गी इस्राएलीहरू हो, आऊ र यो मान्छेलाई सजाय दिन हामीलाई सहायता गर्नुहोस् ! ऊ जहाँ-जहाँ जान्छ, त्यहाँ यहूदीहरूलाई तिनीहरूले तुच्छ ठान्‍नुपर्छ भनी मानिसहरूलाई सिकाउने यही हो । मोशाको व्यवस्था पालन गर्नुपर्दैन नत पवित्र मन्दिरलाई नै आदर गर्नू भनी यसले मानिसहरूलाई सिकाउँछ । यसले यो ठाउँलाई दुषित तुल्याउदै, गैरयहूदीहरूलाई पनि मन्दिरको चोकभित्र ल्याएको छ ।”
\v 29 पावललाई गैरयहूदी व्‍यक्‍ति त्रोफिमससँग यरूशलेममा हिँडिरहेको देखेको हुनाले तिनीहरूले त्यसो भनेका थिए । तिनीहरूको व्यवस्थाले गैरयहूदीहरूलाई मन्दिरभित्र हुन अनुमति दिदैनथ्यो । उक्त दिन पावलले त्रोफिमसलाई मन्दिरको चोकमा ल्याएको हुनुपर्छ भनी तिनीहरूले सोचे ।
\s5
\v 30 त्यो शहरका मानिसहरूले मन्दिरको चोकमा केही समस्या छ भनी सुनेकाले सबैजना दौडदै त्यहाँ आए । तिनीहरूले पावललाई पक्रेर मन्दिर क्षेत्रभन्दा बाहिर घिसारेर ल्याए । मन्दिर क्षेत्रभित्र मानिसहरूले हुलदङ्गा नगरून् भनेर तिनीहरूले मन्दिरको चोकमा ढोकाहरू बन्द गरिदिए ।
\v 31 ती मानिसहरूले पावललाई मार्ने प्रयास गर्दै गर्दा कसैले मन्दिर नजिकको किल्लामा दौडेर गए र यरूशलेमका धेरै मानिसहरूले मन्दिरमा हुलदङ्गा गरिरहेका छन् भनी रोमी सेनापतिलाई बताइदियो ।
\s5
\v 32 त्यो सेनापति तुरुन्तै केही अधिकारीहरू र ठूला सङ्ख्यामा सिपाहीहरू लिएर भिड जम्मा भएको मन्दिर क्षेत्रतिर दौडिए । अनि चिच्याउँदै पावललाई कुटिरहेका मानिसहरूले सेनापति र सिपाहीहरूलाई आउँदै गरेको देखेर उसलाई पिट्न छोडे ।
\v 33 सेनापति पावल भएको ठाउँमा आएर तिनलाई समाए । पावललाई साङ्लाले दुवै पाखुरामा बाँध्‍न तिनले सिपाहीहरूलाई आदेश दिए । तिनले त्यो भिडका मानिसहरूलाई सोधे, “यो मानिस को हो ? यसले के गरेको छ ?”
\s5
\v 34 त्यहाँ जम्मा भएका धेरै मानिसहरूमध्ये केहीले एकथरी केहीले अर्को कुरा भनिरहेका थिए । तिनीहरू ठूलो स्वरमा चिच्याइरहेको हुनाले तिनीहरूले के भनिरहेका छन् भनी सेनापतिले बुझ्‍न सकेनन् । तसर्थ, केरकार गर्न तिनले पावललाई किल्लाभित्र लैजाने आज्ञा दिए ।
\v 35 सिपाहीहरूले पावललाई किल्लाभित्र जाने सिँढीतिर लगे, तिनलाई मार्ने प्रयस गर्दै धेरै मानिसहरूले तिनीहरूलाई निरन्तर पछ्याइरहे । तसर्थ, पावललाई सिँढीमाथि बोकेर किल्लाभित्र लैजानलाई सेनापतिले सिपाहीहरूलाई भने ।
\v 36 ती पछि लागेका भिडले यसो भन्दै चिच्याए, “त्यसलाई मार ! त्यसलाई मार !”
\s5
\v 37 पावललाई किल्लाभित्र लैजानैलाग्दा, उनले सेनापतिलाई ग्रीक भाषामा भने, “के म तपाईंसँग बोल्न सक्छु ?” सेनापतिले भने, “के तिमी ग्रीकमा बोल्न सक्छौ भनेर म त चकित भएँ !”
\v 38 “मैले त तिमी त्यही मानिस हौ भनी सोचेको, जसले केही समयअघि सरकारको विरुद्धमा विद्रोह गर्न चाहन्थ्यो, र उसले चार हजार हिंस्रक मानिसहरूलाई लिएर मरूभूमितिर गयो, त्यसैले हामीले त्यसलाई पक्रन सकेनौँ ।”
\s5
\v 39 पावलले जवाफ दिए, “होइन, म त्यो व्‍यक्‍ति होइनँ !” म त यहूदी हुँ । म त किलिकिया प्रान्तको टार्सस भन्‍ने एउटा महत्त्वपूर्ण शहरमा जन्मिएको थिएँ । म बिन्ती गर्छु, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।”
\v 40 त्यसपछि सेनापतिले पावललाई बोल्ने अनुमति दिए । पावल सिँढीमा खडा भएर भिडलाई शान्त रहन हातले इशारा गरे । भिडका मानिसहरू शान्त भएपछि, पावलले तिनीहरूको आफ्नै भाषा हिब्रूमा तिनीहरूसँग बोले ।
\s5
\c 22
\p
\v 1 पावलले भने, “यहूदी धर्मगुरुहरू र मेरा मित्र यहूदीहरू, मलाई दोष लगाउनेहरूसँग बोल्दा मेरो कुरा सुन्‍नुहोस् ।”
\v 2 जब मानिसहरूका भिडले पावल तिनीहरूको आफ्नै हिब्रू भाषामा बोलिरहेको सुने, तिनीहरू शान्त भए र सुने । त्यसपछि पावलले तिनीहरूलाई भने,
\s5
\v 3 “तपाईंहरू सबै जना जस्तै म पनि एउटा यहूदी हुँ । म किलिकिया प्रान्तको टार्सस शहरमा जन्मिएको थिएँ, तर म यहाँ यरूशलेममा हुर्किएँ । म सानो हुँदा नै, मैले हाम्रा पुर्खाहरूलाई मोशाले दिएको व्यवस्था सिकेको हुँ र गमालिएल मेरा शिक्षक थिए । मैले ती व्यवस्थाहरू पालन गरेँ किनकि म परमेश्‍वरको आज्ञा पालन गर्न चाहन्थेँ, र म निश्‍चित छु तपाईंहरू सबैले पनि ती व्यवस्थाहरू पालन गर्नुहुन्छ ।
\v 4 त्यसकारण येशूको बारेमा परमेश्‍वरको सन्देशमा विश्‍वास गर्नेहरूलाई मैले गिरफ्तार गर्न कोसिस गरेँ । मैले उनीहरूको हत्या गर्ने उपायहरू खोजेँ । मैले येशूमा विश्‍वास गर्ने महिला वा पुरुषलाई जहिले भेटे पनि तिनीहरूलाई झ्यालखानामा हाल्न लगाएँ ।
\v 5 प्रधान पूजाहारीलाई यो कुरा थाहा छ, र त्यस्तै हाम्रा यहूदी परिषद्का अरू मानिसहरूलाई पनि यो कुरा थाहा छ । तिनीहरूले मलाई दमस्कस सहरमा भएका तिनीहरूका सङ्गी यहूदीकहाँ लान पत्रहरू दिए । ती पत्रहरूले मलाई त्यहाँ जान र येशूमा विश्‍वास गर्ने मानिसहरूलाई पक्रनलाई शक्ति दियो । त्यसपछि, मैले तिनीहरूलाई कैदी बनाएर यरूशलेम लैजानु पर्थ्यो ताकि तिनीहरू यहाँ दण्डित होऊन् ।
\s5
\v 6 त्यसैले म दमस्कस गएँ । मध्य दिनमा जब म दमस्कसको नजिक पुगेँ, अचानक मेरो वरिपरि आकाशबाट चम्किलो ज्योति चम्कियो ।
\v 7 त्यो ज्योति अति चम्किलो थियो, म जमिनमा लडेँ । त्यसपछि मैले माथि आकाशबाट यसो भन्दै मसँग बोलिराखेको कसैको आवाज सुनेँ, “शावल ! शावल !” तिमीले किन मलाई चोट पुर्‍याउन यो यस्ता कुराहरू गर्छौ ?
\v 8 मैले जवाफ दिएँ, “प्रभु, तपाईं को हुनुहुन्छ ?” उहाँले जवाफ दिनुभयो, “म नासरतको येशू हुँ, जसलाई तिमीले सताइराखेका छौ ।”
\s5
\v 9 मसँगै यात्रा गर्ने मानिसहरूले चम्किलो ज्योति त देखे, तर तिनीहरूले त्यो आवाजले के भन्यो त्यो बुझेनन् ।
\v 10 त्यसपछि मैले सोधेँ, “प्रभु, मैले के गरेको तपाईं चाहनु हुन्छ ?” प्रभुले मलाई भन्‍नुभयो, “उठ र दमस्कस जाऊ !” तिमीले गर्नलाई मैले योजना गरेको सबै कुरा त्यहाँ एउटा मानिसले तिमीलाई भन्‍नेछ ।”
\v 11 त्यसपछि, मैले देख्‍न सकिनँ किनकि त्यो उज्यालो ज्योतिले मलाई दृष्‍टिविहीन हुने बनाएको थियो । त्यसैले मसँग भएका मानिसहरूले हात समातेर मलाई दमस्कसतिर डोर्‍याए ।
\s5
\v 12 हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए । उनी परमेश्‍वरलाई आदर गर्ने र यहूदीहरूको व्यवस्था पालन गर्ने व्‍यक्‍ति थिए । दमस्कसमा बसोबास गर्ने सबै यहूदीहरूले उनको बारेमा राम्रो कुरा भन्थे ।
\v 13 उनी मेरो छेउमा आए र खडा भए र मलाई भने, “मेरो मित्र शावल, फेरि देख्‍न सक्‍ने होऊ !” म तुरुन्तै देख्‍न सक्‍ने भएँ र मैले उनलाई मेरो छेउमै उभिरहेको देखेँ ।
\s5
\v 14 त्यसपछि उनले भनेः “ती परमेश्‍वर जसको आराधना हामी गर्छौँ र जसलाई हाम्रा पुर्खाहरूले आराधना गर्दथे, उहाँले नै तिमीलाई चुन्‍नु भएको छ र तिमीले के गरेको उहाँ चहनुहुन्छ सो उहाँले तिमीलाई देखाउनु हुनेछ । उहाँले तिमीलाई एक धर्मी जन येशू मसिह देखाउनुभएको छ र उहाँ आफैँ तिमीसँग बोल्नु भएको तिमीले सुनेका छौ ।
\v 15 तिमीले जे देखेका छौ र सुनेका छौ, सबैतिरका मानिसहरूलाई तिमीले त्यो कुरा बताएको उहाँ चाहनु हुन्छ ।
\v 16 त्यसैले अब ढिलो नगर !” उठ, म तिमीलाई बप्‍तिस्मा दिनेछु, र प्रभु येशूसँग प्रार्थना गर र तिम्रा पापहरू क्षमा गर्नुहोस् भनी परमेश्‍वरसँग बिन्ती गर !”
\s5
\v 17 “त्यसपछि म यरूशलेममा फर्किएँ । एकदिन म मन्दिरको प्राङ्गणमा गएँ र यहाँ प्रार्थना गरिरहँदा मैले एउटा दर्शन देखेँ ।
\v 18 प्रभु मसँग बोल्नु भयो, र भन्‍नु भयो, “यहाँ नबस ! यरूशलेम अहिले नै छोड, किनकि तिमीले मेरो बारेमा भनेका कुरा यहाँका मानिसहरूले विश्‍वास गर्ने छैनन् !”
\s5
\v 19 तर मैले उहाँलाई भने, “प्रभु, हाम्रा धेरै सभाघरहरूमा मैले तपाईंमा विश्‍वास गर्नेहरूलाई खोजेको तिनीहरूलाई थाहा छ । मैले तपाईंमा विश्‍वास गर्नेहरूलाई झ्यालखानामा हाल्ने, र तिनीहरूलाई पिट्ने पनि गर्दथेँ ।
\v 20 उनले मानिसहरूलाई तपाईंको बारेमा बताउँदा स्तिफनसलाई मारेको उनीहरूलाई सम्झना छ, म त्यहीँ उभिएँ र हेरिरेहेँ र त्यसलाई समर्थन गरिरहेको थिएँ । मैले उनलाई मार्ने मानिसहरूले छेउमा राखेका तिनीहरूका बाहिरी कपडाहरू कुरेँ !”
\v 21 तर प्रभुले मलाई भन्‍नु भयो, “होइन, यहाँ नबस ! यरूशलेमलाई छोडेर जाऊ, किनकि म तिमीलाई यहाँबाट टाढा अरू मानिसहरूका समुदायहरू, गैरयहूदीहरूकहाँ पठाउन गइरहेको छु ।
\s5
\v 22 प्रभुले उनलाई अरू मानिस समूहहरूकहाँ पठाउने बारे उनले कुरा गरेसम्म मानिसहरूले पावलका कुरा सुनिरहेका थिए । तब तिनीहरू यसो भन्दै चिच्याउन थाले, “त्यसलाई मार ! त्यो बाँच्‍ने योग्यको छैन !”
\v 23 यसरी तिनीहरू चिच्याउदै गर्दा, तिनीहरूले आफ्नो बाहिरी वस्‍त्र फुकालेर हावामा धुलो फ्याँके, जसले तिनीहरू कति धेरै रिसाएका थिए भन्‍ने कुरा देखाउँथ्यो ।
\v 24 त्यसैले पावललाई झ्यालखानामा लगियोस् भनी ती अगुवाले आदेश दिए । पावलले के गरे जसले यहूदीहरूलाई त्यति धेरै क्रोधित बनायो सो भन्‍न लगाउन तिनलाई कोर्रा लगाउनु भनी ती अगुवाले सिपाहीहरूलाई आदेश दिए ।
\s5
\v 25 त्यसपछि तिनीहरूले उनलाई हात तन्काएर बाँधे ताकि तिनीहरूले उनको ढाडमा कोर्रा लगाउन सकून् । तर पावलले उसको नजिक भएको सिपाहीलाई भने, “कसैले छानविनै नगरी र दोषी प्रमाणित नै नगरी म एक रोमी नागरिकलाई, तिमीले कोर्रा लगाउँछौ भने, तपाईंहरूले गैरकानुनी रुपमा काम गरिरहेको हुनुहुनेछ ।”
\v 26 जब ती हाकिमले त्यो सुने, उनी सेनापति कहाँ गए र तिनलाई जानकारी दिए । उनले सेनापतिलाई भने, “यी मानिस एक रोमी नागरिक रहेछन् ! निश्‍चय नै तपाईंले उसलाई कोर्रा लगाउन हामीलाई आदेश दिनु हुन्‍नथ्यो !”
\s5
\v 27 त्यो सुन्दा सेनापति आश्‍चर्यमा परे । सेनापति आफैँ झ्यालखानामा गए र पावललाई भने, “मलाई भन, के तिमी साँच्‍चै एक रोमी नागरिक हौ ?” पावलले जवाफ दिए, “हो, म हुँ ।”
\v 28 तब सेनापतिले भने, “म पनि एक रोमी नागरिक हुँ । मैले रोमी नागरिक हुन धेरै पैसा तिरेको छु ।” पावलले भने, “तर म त जन्मदेखि नै रोमी नागरिक हुँ ।”
\v 29 सिपाहीहरूले उनले के गरेका थिए भनी पावललाई केरकार गर्न, उनलाई कोर्रा लगाउन लागेका थिए । तर जब तिनीहरूले पावलले भनेका कुराहरू सुने, तिनीहरूले उसलाई छोडिदिए । ती सेनापति पनि डराए, किनकि पावल रोमी नागरिक थिए र सेनापतिले पावलका हातहरू बाँध्‍न लगाउने आदेश दिँदा उसले कानुन भङ्ग गरेका थिए भन्‍ने कुरा उसले थाहा पाए ।
\s5
\v 30 यहूदीहरूले पावललाई किन दोष लगाइरहेका थिए भनी सेनापतिले अझै जान्‍न चाहन्थे । त्यसकारण अर्को दिन तिनले सिपाहीहरूलाई पावलका साङ्ला फुकाइदिनु भने । उनले मुख्य पूजाहारीहरू र यहूदी परिषद्का सदस्यहरूलाई पनि भेट्नलाई बोलाए । त्यसपछि पावललाई परिषद् बैठक बसिरहेको ठाउँमा लगे र उनलाई तिनीहरूका सामु खडा हुनलाई भने ।
\s5
\c 23
\p
\v 1 पावलले यहूदी परिषदका सदस्यहरू तर्फ हेरेर भने, “मेरा सङ्गी यहूदीहरू हो, मेरो जीवनभरि नै मैले हाम्रा परमेश्‍वरलाई आदर गर्ने प्रकारको जीवन जिएको छु, र गल्ती थियो भनी मैले जानेको कुनै पनि कुरा मैले गरेको मलाई थाहा छैन ।”
\v 2 जब प्रधान पूजाहारी हननियाले पावलले भनेको कुरा सुने, तब पावलका नजिकै उभिइरहेका मानिसहरूलाई उनको मुखमा हिर्काउन लगाए ।
\v 3 तब पावलले हननियालाई भने, “तिमी पाखण्डीहरूलाई त्यसको लागि परमेश्‍वरले दण्ड दिनुहुनेछ ! तिमी त्यहाँ बसेर, परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था प्रयोग गर्दै मेरो इन्साफ गर्छौ । तर तिमी आफैँले ती व्यवस्थाहरू उल्लङ्घन गर्छौ, किनभने मैले कुनै कुरा गलत गरेको प्रमाणित नै नभई तिमीले मलाई हिर्काउनको लागि आज्ञा दियौ ।”
\s5
\v 4 तब पावलका नजिकै उभिइरहेका मानिसहरूले उनलाई भने, “हाम्रा प्रधान पूजाहारी, परमेश्‍वरका दासलाई तिमीले खराब प्रकारले बोल्नु हुदैन !”
\v 5 पावलले जवाफ दिए, “मेरा सङ्गी यहूदीहरू, मैले त्यसो भनेकोमा मलाई माफ गर्नुहोस् । तपाईंहरूमध्ये एक जनालाई मलाई हिर्काउन आज्ञा दिने प्रधान पूजाहारी हुन् भनेर मलाई थाहा नै थिएन । यदि मलाई यो कुरा थाहा भएको भए मैले हाम्रा प्रधान पूजाहारीको बारेमा खराब प्रकारले बोल्ने थिइनँ, किनकि हाम्रो यहूदी व्यवस्थामा यो कुरा लेखिएको छ भन्‍ने मलाई थाहा छ, “आफ्नो कुनै पनि शआसकको बारे दुष्‍ट कुरा नबोल्नू !”
\s5
\v 6 परिषदका सदस्यहरूमध्ये कोही सदुकीहरू र अरू फरिसीहरू थिए भन्‍ने कुरा पावललाई थाहा भयो । त्यसैले परिषदको सभा कक्षमा उनले यसो भनेः मेरा सङ्गी यहूदीहरू, म पनि मेरा बुबा जस्तै एक फरिसी हुँ । परमेश्‍वरले एक दिन मरेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ भन्‍ने कुरामा म निश्‍चित भएकोले मलाई यहाँ जाँच गर्न राखिएको छ ।”
\v 7 पावलले यसो भनिसकेपछि मरेको मानिस फेरि जीवित हुन्छ वा हुँदैन भन्‍ने बारेमा सदुकी र फरिसीहरू एक अर्कामा वादविवाद गर्न थाले ।
\v 8 मानिस मरिसकेपछि फेरि जीवित हुन सक्दैन भन्‍ने कुरामा सदुकीहरू विश्‍वास गर्छन् । तिनीहरूले त्यहाँ अरू कुनै पनि आत्माहरू छैनन् र स्वर्गदूतहरू पनि हुदैनन् भनी विश्‍वास गर्छन् । तर फरिसीहरूले भने यी सबै कुराहरूमा विश्‍वास गर्छन् ।
\s5
\v 9 त्यसैले उनीहरूका बिचमा विभाजन भयो र उनीहरूले वादविवाद गर्दा एकले अर्कालाई कराउन सुरु गरे । फरिसीहरूमधये व्यवस्थाका शिक्षकहरूमध्ये कतिपय खडा भएर तिनीहरूमध्येका एक जना भने, “हामीलाई लाग्छ, यो मानिसले कुनै पनि गलत काम गरेको छैन । सायद, ऊसँग कुनै अरू आत्मा वा स्वर्गदूत बोल्यो होला, र उसले भनेको कुरा सत्य नै हुनसक्छ ।”
\v 10 त्यसपछि सदुकी र फरिसीहरू बिच एक अर्काको वुरूद्ध हिंस्रक भए । त्यसकारण पावललाई लुछ्-लाछ् पारेर टुक्रा-टुक्रा गर्लान् भनेर सेनापति डराए । अनि उनले सिपाहीहरूलाई झ्यालखानाबाट तल गएर पावललाई परिषद् सदस्यहरूका माझबाट माथि छाउनीमा ल्याउनलाई अह्राए ।
\s5
\v 11 त्यस रात, पावलले प्रभु येशूलाई आउनुभएको र उनको नजिकै उभिनुभएको देखे । प्रभुले उनलाई भन्‍नुभयो, “साहस गर, तिमीले यहाँ यरूशलेमका मानिसहरूलाई मेरो बारेमा बताएका छौ र तिमीले रोममा भएका मानिसहरूलाई पनि मेरो बारेमा बताउनु पर्छ ।”
\s5
\v 12 भोलिपल्ट पावललाई घृणा गर्ने केही यहूदीहरू भेला भए र उनलाई कसरी मार्ने भनी कुराकानी गरे । उनलाई नमारेसम्म तिनीहरूले केही पनि खाने र पिउने छैनन् भनी तिनीहरू आफैँलाई भने । यदि तिनीहरूले गरेको प्रतिज्ञा पूरा गरेनन् भने परमेश्‍वरले तिनीहरूलाई श्राप दिऊन् भनी उहाँलाई भने ।
\v 13 त्यहाँ पावललाई मार्न चाहने मानिसहरू चालिस जनाभन्दा बढी थिए ।
\s5
\v 14 तिनीहरू प्रधान पूजाहारीहरू र यहूदी एल्डरहरूकहाँ गए र तिनीहरूलाई भने, “जबसम्म हामीले पावललाई मार्दैनौँ तबसम्म हामी केही पनि खाँदैनौँ र पिउँदैनौँ भनी प्रतिज्ञा गरेको परमेश्‍वरले सुन्‍नुभएको छ ।
\v 15 त्यसैले हामीले अनुरोध गर्दछौँ कि सम्पूर्ण यहूदी परिषद्को तर्फबाट तपाईंहरू सेनापतिकहाँ जानुहोस् र तल हामीकहाँ ल्याउनलाई आग्रह गर्नुहोस् । तपाईंहरूले पावलसँग अरू धेरै कुरा गर्नु छ भन्‍नुहोस् । ऊ यहाँ बाटोमा आउँदै गर्दा हामी पावललाई मार्न पर्खेर बसिरहेका हुनेछौँ ।”
\s5
\v 16 तर पावलकी बहिनीकी छोराले उनीहरूले योजना बनाइरहेका सुने, त्यसैले तिनी किल्लाभित्र गए र पावललाई बताइदिए ।
\v 17 त्यो कुरा सुनेपछि पावलले, तिनीहरुमध्ये एक जना हाकिमलाई बोलाए र उनलाई भने, “कृपया, यो जवान मानिसलाई सेनापतिकहाँ लिएर जानुहोस्, किनकि यिनले उहाँलाई केही कुरा भन्‍नु आवश्यक छ ।”
\s5
\v 18 त्यसकारण, अधिकृतले त्यो जवान मानिसलाई सेनापतिकहाँ लगे । अधिकृतले सेनापतिलाई भने, “कैदी पावलले मलाई बोलाए र भने, ‘कृपया यी जवान मानिसलाई सेनापतिकहाँ लानुहोस्, किनकि यिनले उहाँलाई केही कुरा भन्‍नुछ ।
\v 19 अनि सेनापतिले ती जवान मानिसलाई हातमा समातेर एक्लै पर लगे र उनलाई सोधे, “तिमीले मलाई के भन्‍नु ?”
\s5
\v 20 उनले भने, “त्यहाँ यस्ता यहूदीहरू छन्, जसले पावललाई भोलि तिनीहरूको परिषदमा ल्याउन चाहन्छन् । तिनीहरूले अरू धेरै प्रश्‍नहरू गर्न चाहन्छन् भनी तिनीहरूले भन्‍नेछन् । तर त्यो सत्य होइन ।
\v 21 तिनीहरूले तपाईंलाई अनुरोध गरेको कुरा नगर्नु होला, किनकि उहाँ परिषदतिर जाने बाटोमा, चालिस जनाभन्दा बढी यहूदी मानिसहरू पावललाई मार्नलाई लुकिरहेका र ढुकिरहेका हुनेछन् । तिनीहरूले पावललाई नमारेसम्म, केही पनि नखाने र नपिउने भनी परमेश्‍वरसँग प्रतिज्ञा गरेका छन् । यो गर्नलाई तिनीहरू तयार छन्, र अहिले तिनीहरू तपाईंले तिनीहरूले अनुरोध गरेको कुरा गर्नलाई सहमत हुने कुरा मात्र पर्खिरहेका छन् ।”
\s5
\v 22 सेनापतिले ती जवान मानिसलाई भने, “तिमीले मलाई तिनीहरूको योजनाबारे बताएको कुरा अरू कसैलाई नभन्‍नू” । त्यसपछि उनले ती जवान मानिसलाई पठाए ।
\v 23 तब सेनापतिले उनका दुई जना अधिकृतहरूलाई बोलाए र तिनीहरूलाई भने, “यात्रा गर्नलाई दुई सय सिपाहीहरूको दललाई तयार पार । साथै सत्तरी जना घोडचढी सिपाहीहरू र दुई सय भाला बोक्‍ने अरू सिपाहीहरूलाई पनि लेऊ । तिमीहरू सबै आज राती नौ बजे तल कैसरियाको शहरमा जानलाई तयार होओ ।
\v 24 साथै पावल चढ्नलाई घोडाहरू लैजाऊ र उनलाई सुरक्षासाथ फेलिक्स शासकको दरबारमा पुर्‍याऊ ।”
\s5
\v 25 तब शासककहाँ पठाउनका लागि सेनापतिले एउटा पत्र लेखे । उसले यस्तो लेखेः
\v 26 “म क्लाउडियस लुसियसले तपाईंलाई पत्र लेख्दैछु । हामीले आदर गर्ने, तपाईं फेलिक्स, हाम्रो शासक हुनुहुन्छ र मैले मेरो अभिवादन पठाउँदैछु ।
\v 27 मैले यो मानिस पावललाई तपाईंकहाँ पठाएको छु, किनभने केही यहूदीहरूले तिनलाई समातेर मार्न लागेका थिए । तर उनी रोमी नागरिक हुन् भनी कसैले मलाई भन्यो, त्यसकारण म र मेरा सिपाहीहरू गएर उनलाई त्यहाँबाट छुटायौँ ।
\s5
\v 28 उसले गल्ती गरेको छ भनी ती यहूदीहरूले भनिरहेका थए, त्यसैले मैले उनलाई तिनीहरूको यहूदीहरूको परिषदमा लगेँ ।
\v 29 तिनीहरूले यी मानिसलाई प्रश्‍नहरू सोध्दा र उनले जवाफ दिँदा मैले सुनेँ । तिनीहरूले उनलाई दोष लागाएका कुराहरू तिनीहरूका यहूदी व्यावस्थासँग सम्बन्धित थिए । तर पावलले हाम्रो कुनै पनि रोमी कानूनहरू तोडेका छैनन् । त्यसैले हाम्रा अधिकृतहरूले उनलाई मृत्युदण्ड दिनु वा झ्यालखानामा पनि राख्‍नु हुँदैन ।
\v 30 केही यहूदीहरूले यी मानिसलाई मार्नलाई योजना बनाइरहेको कुरा कसैले मलाई बतायो, त्यसैले उसलाई मैले तपाईंकहाँ पठएँ ताकि त्यहाँ तपाईंले उसलाई उचित जाँचबुझ गर्नुभएको होस् । उनलाई दोष लगाउने यहूदीहरूले कैसरियामा जान र तिनीहरूले के कुराको बारेमा उनलाई दोष लागाइरहेका छन्, त्यस विषयमा बताउनलाई आदेश दिएको छु । विदा ।”
\s5
\v 31 त्यसकारण, सेनापतिले आज्ञा दिएअनुसार ती सिपाहीहरूले गरे । तिनीहरूले पावललाई आफ्नो साथमा त्यही रातमा एन्टिपाट्रिसमा लिएर गए ।
\v 32 अर्को दिन, पैदल सिपाहीहरू यरूशलेममा फर्के र घोडचढी सिपाहीहरू भने पावलसँग गए ।
\v 33 तिनीहरू कैसरियाको शहरमा आइपुगेपछि शासकलाई त्यो पत्र दिए र पावललाई तिनका अगाडि राखे ।
\s5
\v 34 ती शासकले पत्र पढे र त्यसपछि तिनले पावललाई भने, “तिमी कुन प्रान्तबाट आएका हौ ?” पावलले जवाफ दिए, “म किलिकियाबाट आएको हुँ ।”
\v 35 तब शासकले भने, “जब तिमीलाई दोष लगाउने मानिसहरू आइपुग्छन्, म तिनीहरू हरेकको तिम्रो बारे भन्छन् त्यो सुन्‍नेछु र तिम्रो मुद्दाको इन्साफ गर्नेछु ।” त्यसपछि पावललाई राजा हेरोदले बनाएको दरबारमा सुरक्षा दिएर राख्‍नलाई उनले आज्ञा दिए ।
\s5
\c 24
\p
\v 1 पाँच दिनपछि हननिया प्रधान पूजाहारी साथै अरू कतिपय धर्मगुरुहरू, र नाम तर्तुल्लस नाम भएका एक जना भाषणकर्ता यरूशलेमबाट त्यहाँ गए । पावलले गरेका कुराहरू जुन तिनीहरूले गलत भनी सोचेका थिए ती कुराहरू तिनीहरूले शासकलाई भने ।
\v 2 शासकले पावललाई भित्र ल्याउन आदेश दिए । जब पावल आइपुगे, तर्तुल्लसले उनलाई दोष लगाउन सुरू गरे । तिनले शासकलाई भने, “माननीय शासक फेलिक्स, धेरै वर्षदेखि तपाईंले हामीमाथि शासन गर्नुभएको छ, हामी राम्ररी जिइराखेका छौँ । बुद्धिमानीपूर्वक योजना गरेर तपाईंले यो प्रान्तमा धेरै कुराहरूको सुधार गर्नु भएको छ ।
\v 3 यसकारण, शासक फेलिक्स, तपाईंले हामी सबैलाई गर्नुभएको हरेक कुराको निम्ति हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जहाँ-जहाँ तपाईंले ती कुराहरू गर्नुभएको छ ।
\s5
\v 4 तर मैले तपाईंको त्यति धेरै बढी समय लिनेछैन, त्यसैले म आग्रह गर्दछु कि मैले भन्‍नुपर्ने कुरा, कृपया तपाईंले सुनिदिनु होला ।
\v 5 हामीले देखेका छौँ कि यो मानिस जहाँ-जहाँ जान्छ त्यहाँ नै यहूदीहरूलाई दुः ख दिन्छ । उसले नासरतका येशूका अनुयायीहरू भन्‍ने समग्र समूहको पनि अगुवाइ गर्छ ।
\v 6 उसले यरूशलेमको मन्दिरमा यसलाई प्रदुषित तुल्याउने कुराहरू पनि गर्ने कोसिस गर्‍यो, त्यसैले हामीले उसलाई गिरफ्तार गर्‍यौँ ।
\s5
\v 7 [नोटः पद ७ लाई प्राचीन उत्कृष्‍ट पाण्डुलिपीहरूले यसलाई उल्लेख गरेका छैनन्] “तर रोमी किल्लाका सेनापति, लुसियस, उहाँका सिपाहीहरू सहित आउनुभयो र हामीबाट त्यसलाई लैजानुभयो ।”
\v 8 [नोटः प्रचीन उतकृष्‍ट पाण्डुलिपीहरूले पद ८ को पहिलो खण्डलाई उल्लेख गरेका छैनन् । ] “हामीलाई तपाईं कहाँ पठाएर ।” “यदि तपाईंले स्वयंले उसलाई प्रश्‍न सोध्‍नुभयो भने, हामीले उसलाई स्वयंले दोष लगाइरहेको यी सबै कुराहरू सत्य हो भनी तपाईंले थाहा पाउन सक्‍नुहुनेछ ।
\v 9 त्यसपछि त्यहाँ भएका यहूदी अगुवाहरूले तर्तुल्लसले भनेको कुरा सत्य हो भनी शासकलाई बताए ।
\s5
\v 10 त्यसपछि पावल बोल्नलाई शासकले उसको हात हल्लाएर पावललाई इशारा गरे । यसैले पावलले जवाफ दिए र भने, “शासक फेलिक्स, तपाईंले धेरै वर्षदेखि यस यहूदी प्रान्तमा न्याय गर्नुभएको छ भन्‍ने मलाई थाहा छ । यसकारण मैले खुसीसाथ मेरो बचाउ गर्छु । मलाई थाहा छ कि तपाईंले मेरो सुनेर मलाई निष्पक्षसाथ न्याय गर्नुहुनेछ ।
\v 11 तपाईंलाई थाहा छ कि परमेश्‍वरको आराधना गर्न म यरूशलेममा गएको बाह्र दिनभन्दा बढी भएको छैन ।
\v 12 मन्दिरको परिसरमा कोहीसँग वादविवाद गर्दागर्दै तिनीहरूले मलाई देखे भनी कसैले पनि भन्‍न सक्दैन, किनभने मैले त्योसो गरिन । मैले यहूदी सभाघरहरूतिर मानिसहरूलाई हुलदङ्गा गर्न लागइरहेको वा कतै यरूशलेममा कष्‍ट दिइरहेको देखेँ भनेर कसैले भन्‍न सक्दैन, किनभने मैले त्यसो गरिन ।
\v 13 यसकारण जुन विषयमा तिनीहरूले मलाई दोष लगाउदैछन् तिनीहरूले सो प्रमाणित गर्न सक्दैनन् ।
\s5
\v 14 तर म तपाईंको सामु यो सत्य हो भनी स्वीकार गर्छुः मैले हाम्रा पुर्खाहरूले आराधना गरेका परमेश्‍वरको आराधना गर्छु । यो सत्य हो कि मैले येशूले हामीलाई सिकाउनुभएको मार्गलाई पछ्याउछु । परमेस्वरले मोशालाई दिनुभएको व्यवस्थाहरूमा लेखिएको र अरू अगमवक्ताहरूले तिनीहरूको पुस्तकमा लेखेका सबै कुरामा पनि मैले विश्‍वास गर्छु ।
\v 15 मैले पनि यी मानिसहरूले विश्‍वास गरे जस्तै कुनै दिन परमेश्‍वरले मरेका असल र दुष्‍ट दुवैलाई फेरि जीवित तुल्याउनुहुनेछ भनी विश्‍वास गर्छु ।
\v 16 मैले त्यो दिनमा विश्‍वास गर्ने हुनाले मैले सदैव परमेश्‍वरलाई प्रशन्‍न तुल्याउने कुराहरू र अरूमानिसहरूले उचित ठान्‍ने कुराहरू गर्ने कोसिस गर्छु ।
\s5
\v 17 म धेरै वर्षसम्म अरू ठाउँहरूमा गएको थिएँ, मेरा गरीब सङ्गी यहूदीहरूलाई केही पैसा ल्याउन, म यरूशलेममा फर्केँ ।
\v 18 मैले कसैलाई परमेश्‍वरको आराधना गर्न पाउने विधि पूरा गरेपछि, एशियाबाट आएका केही यहूदीहरूले मलाई मन्दरिको चोकहरूमा देखे । त्यहाँ मसँग भिड थिएन र मैले मानिसहरूलाई हुलदङ्गा गर्न उक्साइरहेको थिइन ।
\v 19 तर मानिसहरूलाई हुलदंगा गराउने ती यहूदीहरू नै थिए । यदि मैले केही गल्ती गरेको छु भन्‍ने तिनीहरूलाई लाग्छ भने, मलाई दोष लगाउन तिनीहरू तपाईंको सामु यहाँ हुनुपर्ने हो ।
\s5
\v 20 यदि तिनीहरूले त्यसो गर्न चाहँदैनन् भने, यहाँ भएका यी यहूदीहरूले मैले तिनीहरूको परिषदमा मेरो बचाउ गर्दा मैले गल्ति गरेँ भनी तिनीहरूले सोचेको कुरा तपाईंलाई बताउनु पर्छ ।
\v 21 म यसो भनी चिच्याउदा केही त्यस्तो गल्ती गरेँ भनी तिनीहरूले भन्लान्, “तिमीहरूले मेरो इन्साफ गरिरहेका छौ किनभने सबै मरेका मानिसहरूलाई परमेश्‍वरले फेरि जीवित तुल्याउनुहुनेछ भनी मैले विश्‍वास गर्छु । ‘”
\s5
\v 22 मानिसहरूले येशूको मार्गको भनेको बारे फेलिक्सलाई अगाडि नै थाहा थियो । तर तिनले पावल वा यहूदीहरूलाई निरन्तर बोल्ने अनुमति दिएनन् । यसको सट्टा, तिनले तिनीहरूलाई भने, “पछि, जब सेनापति लुसियस यहाँ तल आउनेछन्, म यो मुद्दाको फैसला गर्नेछु ।”
\v 23 तब पावललको सुरक्षा गरिरहेका अधिकृतलाई उसलाई झ्यालखानामा फर्काएर लानू र हरबखत पवलको सुरक्षा गर्नलाई पक्‍का गर्नू भने । तर उसलाई साङलाले नबाँध्‍नू, र उनका साथीहरू उनलाई भेट्न आए भने, अधिकृतले तिनीहरूले चाहने तरिकाले सहायता गर्न तिनीहरूलाई अनुमाति दिनु भने ।
\s5
\v 24 केही दिनपछि फेलिक्स आफ्नी पत्‍नी द्रूसल्लाको साथमा आए, जो एउटी यहूदी थिइन्, र उनीसँग बोल्नलाई पावललाई बोलाए । फेलिक्सले येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सम्बन्धमा पावलले उसलाई भनेको सुने ।
\v 25 उहाँलाई खुसी तुल्याउन मानिसले के गरेको परमेश्‍वार चाहनुहुन्छ भन्‍ने विषयमा पावलले उनलाई भने । उसले मानिसहरूले काम गर्दा तिनीहरूले कसरी नियन्‍त्रण गर्ने र परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्ने दिन हुनेछ भनी व्याख्या गरे । यी कुरा सुनिसकेपछि फेलिक्स डराए त्यसैले उसले पवललाई भने, “मैले अहिले यति मात्रै सुन्‍न चाहन्छु । मसँग समय हुँदा, फेरि मकहाँ आउनलाई मैले तिमीलाई भन्‍नेछु” ।
\s5
\v 26 पावलले उसलाई केही पैसा दिन्छन् कि भनी फेलिक्सले आशा गरिरहेका थिए, यसैले धेरै पटक उनीकहाँ आउनु भनी तिनले पावललाई ल्याउन पठाए । पावलले फेलिक्ससँग धेरै पटक कुराकानी गरे, तर उसले फेलिक्सलाई कुनै पनि पैसा दिएनन् र कारावासबाट पावललाई छोडीदिऊन् भनी फेलिक्सले उसका सिपाहीहरूलाई आदेश दिएनन् ।
\v 27 फेलिक्सले पावललाई कारावासमा रहन दिए किनभने उसले यहूदी अगुवाहरूलाई खुसी पार्न चाहन्थे । तर दुई वर्ष बितेपछि फेलिक्सको सट्टामा पर्किअस फेस्तस शासक भए ।
\s5
\c 25
\p
\v 1 फेस्तसले प्रान्तको शासकको रूपमा शासन गर्न सुरु गरे । तिन दिनपछि फेस्तस कैसरियाको शहर छोडेर यरूशलेममा गए ।
\v 2 त्यहाँका मुख्य पूजाहारीहरू र यहूदीहरूले फेस्तसको सामु खडा भएर पावलले धेरै खराब कुराहरू गरेका थिए भने ।
\v 3 तिनीहरूले पावललाई सोधपुछको लागि तत्काल यरूशलेममा ल्याउनलाई फेस्तससँग बिन्ती गरे । तर वास्तवमा तिनीहरूले पावललाई बाटोमा नै आक्रमण गरेर मार्ने योजना बनाएका थिए ।
\s5
\v 4 फेस्तसले जवाफ दिए, “पावललाई कैसरियामा सुरक्षा पहरामा राखिएको छ, ऊ त्यही नै बसोस् । म आफैँ पनि कैसरियामा चाँडै नै जानेछु ।”
\v 5 उनले भने,” त्यसैले तिमीहरूमध्ये जान सक्‍नेहरूचाँहि मसँगै त्यहाँ जानुपर्छ । तिमीहरूले उनलाई कुनै कुराको अभियोग लगाउनु छ भने, त्यही गएर दोष लगाउन सक्छौ ।”
\s5
\v 6 फेस्तस यरूशलेममा मन्दिरको अगुवाहरूसँगै आठ, दश दिनभन्दा बढी बसे । त्यसपछि उनी कैसरियामा फर्केर गए । अर्को दिन फेस्तसले न्याय आसनमा बसेर पावललाई त्यहाँ ल्याउने आदेश दिए ।
\v 7 पावललाई तिनीहरूले न्याय आसनको सामुन्‍ने ल्याएपछि, यरूशलेमबाट आएका अगुवाहरू पावललाई गम्भीर अभियोग लगाउनलाई उनको वरिपरि भेला भए, तर तिनीहरूले तिनीहरूको कुनै कुरा पनि प्रमाणित गर्न सकेनन् ।
\v 8 त्यसपछि पावल आफ्नो निम्ति बोले । उसले भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्ध, मन्दिरको विरुद्ध, र सम्राटको विरुद्ध केही पनि गरेको छैनँ ।”
\s5
\v 9 तर फेस्तसले यहूदी अगुवाहरूलाई खुसी पार्न चाह्‍य ो, त्यसैले उसले पावललाई भने, “के तिमी यरूशलेम जान चाहन्छौ, ताकि म त्यहीँ यी सबै कुराहरूको बारे तिम्रो इन्साफ गर्न सकूँ ?”
\v 10 पावलले भने, “होइन, अहिले म सम्राटको प्रतिनिधित्व गर्ने तपाईंको सामु खडा भएको छु । यहाँ नै मेरो इन्साफ गरिनु पर्छ । तपाईंलाई राम्ररी थाहा छ, कि मैले यहूदी मानिसहरूप्रति कुनै पनि खारबी गरेको छैनँ ।
\s5
\v 11 यदि मैले मृत्युदण्ड पाउन योग्यको कुनै कुरा गरेको भए, म मर्नलाई इन्कार गर्दिनँ; तर तिनीहरूले मलाई यस्तो दण्डको योग्य दोष लागउने कुनै पनि कुरा छैन । कसैले पनि तिनीहरूलाई सन्तुष्‍ट पार्नलाई मात्र पनि मलाई दोष लगाउन सक्दैन । कैसर स्वयंले मेरो न्याय गर्नुभएको होस् भनी म अनुरोध गर्छु ।”
\v 12 फेस्तसले सल्लाहकारहरूसँग परामर्श गरेपछि, उसले भने, “तिमीले कैसर कहाँ जाने अपील गरेका छौ, त्यसैले तिमी कैसरकहाँ नै जानेछौ ।”
\s5
\v 13 धेरै दिनपछि राजा हेरोद अग्रिप्पा आफ्नी बहिनी बर्निकीसँग कैसरिया आइपुगे । तिनीहरू फेस्तसलाई सम्मान गर्न आएका थिए ।
\v 14 राजा अग्रिप्पा र बर्निकी कैसरियामा धेरै दिनसम्म बसे । केही समयपछि फेस्तसले पावलको बारेमा राजा अग्रिप्पालाई बताए । उसले भने, “फेलिक्सले कारागारमा राखेको एक जना मानिस छ ।
\v 15 जब म यरूशलेम गएँ, मुख्य पूजाहारीहरू र यहूदी अगुवाहरूले मकहाँ आए र उसलाई मृत्यु दण्ड दिनुहोस् भनी आग्रह गरे ।
\v 16 तर मैले तिनीहरूलाई भनेँ कि जब कसैलाई गम्भीर अपराधको अभियोग लगाइन्छ, त्यो व्याक्तिलाई तत्कालै दण्ड दिने रोमी प्रचलन छैन । त्यसको सट्टामा, हामीले दोष लगाइएको मानिसलाई उसलाई दोष लगाउनेहरूसँग आमने-सामने राखेर उसलाई तिनीहरूले लागाएको दोष विरुद्ध आफ्नो बचाउ गर्न दिन्छौँ ।
\s5
\v 17 त्यसैले जब ती यहूदीहरू कैसरियामा आए, मैले सोधपुछ गर्न ढिलो गरिनँ । तिनीहरू आइपुगेका पछिल्लो दिन म न्याय आसनमा बसेँ र बन्दीलाई भित्र ल्याउनलाई सुरक्षाकर्मीहरूलाई आदेश दिएँ ।
\v 18 तर जब यहूदी अगुवाहरूले बन्दीले गरेको खराबी बारे बताए, तिनीहरूले भनेको कुनै पनि कुरा मलाई गम्भीर जस्तो लागेन ।
\v 19 त्यसको सट्टा तिनीहरूले उसको विरुद्धमा तर्क गरेको कुरा चाहिँ तिनीहरूको आफ्नै धर्म बारेका कुराहरू र येशू नाम भएको मरिसकेको मानिसको बारे थियो, तर जसलाई पावलले जीवित थिए भने ।
\v 20 मैले यी कुराहरू, वा सत्यता पत्ता लगाउने बुझिनँ । त्यसैले मैले पावललाई सोधेँ, “के तिमी यरूशलेम जान तयार छौ, ताकि मैले यी कुराहरू बारे तिमीलाई त्यहाँ नै इन्साफ गर्न सकूँ ?”
\s5
\v 21 तर पावलले कैसर स्वयंले उसको मुद्दाको इन्साफ गर्नुभएकोहोस् भनी आग्रह गरे, त्यसैले मैले उसलाई कैसरकहाँ नपठाउन नसकेसम्म सुरक्षा पहरामा राख्‍न आदेश दिएँ ।”
\v 22 त्यसपछि अग्रिप्पाले फेस्तसलाई भने, “यो मानिसले भन्‍नु पर्ने कुरा, म आफैँ सुन्‍न चाहन्छु ।” फेस्तसले जवाफ दिए, “उसको कुरा तपाईंले सुन्‍नलाई मैले भोलि प्रबन्ध मिलाउनेछु ।”
\s5
\v 23 अर्को दिन राजा अग्रिप्पा र बर्निकी न्याय गर्ने कक्षमा प्रवेश गरे, र सबै मानिसहरूले तिनीहरूलाई आदर गरिरहेका थिए । केही रोमी सेनापतिहरू र कैसरियाका महत्वपूर्ण मानिसहरू तिनीहरूको साथमा आए । त्यसपछि फेस्तसले पावललाई भित्र ल्याउन सिपाहीहरूलाई आदेश दिए ।
\v 24 पावल भित्र प्रवेश गरेपछि, फेस्तसले भने, “राजा अग्रिप्पा र यहाँ उपस्थित हुनु भएका सबै, तपाईंहरूले यो मानिसलाई देख्‍नु हुन्छ ! यरूशलेम र यहाँका यहूदीहरूका धेरै अगुवाहरूले, उसलाई जीवित नराख्‍नुहोस् भनी मलाई अनुरोध गरे ।
\s5
\v 25 तर उसले मृत्यु दण्डको योग्य कुनै कुरा गरेको पाईनँ । साथै उसले आफ्नो मुद्दालाई कैसरले नै फैसला गरिदिनुभइकोहोस् भनी बिन्ती गर्‍यो, त्यसैले मैले उसलाई रोम पठाउने निर्णय गरेको छु ।
\v 26 तर उसको बारे सम्राटलाई खास के कुरा लेख्‍ने, मेरो मनमा नै आएन । त्यसैले उसलाई तपाईंहरू सबैजनाको सामु ऊ आफैँले बोलोस् भनेर यहाँ ल्याएको छु, र विशेष गरी राजा अग्रिप्पाको सामु ल्याएको छु ! मैले उसलाई यहाँ ल्याएको छु ताकि तपाईंले उसलाई प्रश्‍न गर्न सक्‍नुहोस् । तब मैले सम्राटलाई के लेख्‍ने भनी जान्‍न सकूँ ।
\v 27 मलाई लाग्छ कि मानिसहरूले उसले कस्ता खराबीहरू गरेका छन् भनेका छन् भन्‍ने खास कुरा विना नै रोमको सम्राटकहाँ एउटा कैदीलाई पठाउनु तर्क सङ्गत हुँदैन ।”
\s5
\c 26
\p
\v 1 तब अग्रिपाले पावललाई भने, “अब हामी तिमीलाई आफ्नो पक्षमा बोल्नको लागि अनुमति दिन्छौँ ।” त्यसपछि तिनी बोल्न लागेका थिए भन्‍ने देखाउन पावालले आफ्नो हात पसारे । उनले भने,
\v 2 “राजा अग्रिपा, आज मैले दुष्‍ट काम गरेको छु भन्‍नुमा यहुदी अगोवाहरू किन गलत छन् भनेर व्याख्या गर्न पाएकोमा आज म आफैलाई भाग्यमानी ठान्दछु ।
\v 3 म आफूलाई विशेषरूपले भाग्यानी ठान्दछु किनकि तपाईंलाई हामी यहूदीहरूको संस्कार र हामीहरूले बहस गरिरहेको सवालहरूको बारेमा सबै थाहा छ । यसैले म तपाईंलाई मेरो कुरा धैर्यता साथ सुन्‍नको लागि आग्रह गर्दछु ।”
\s5
\v 4 “बाल्यकालदेखि मैले मेरो जीवन कसरी जिएको छु भन्‍ने कुरा मेरा सबै सँगी-यहूदीहरूलाई थाह छ । म जन्मेको सहरमा र पछि यरुशलेममा मैले कसरी जिएँ भन्‍ने कुरा तिनीहरूलाई थाहा छ ।
\v 5 मेरो सुरुको अवस्थादेखि नै तिनीहरूले मलाई चिन्दछन् र यदि तिनीहरूले चाहेको भए म धेरै सानो उमेरको हुँदादेखि नै हाम्रो धर्मको कठोर रीतिरिवाजहरू होशियारीसाथ पालना गर्दै आएको कुरा बताउन सक्थे । मैले अरु फरिसीहरूले जस्तै जिएँ ।
\s5
\v 6 हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गरेको कुरा परमेश्‍वरले गर्नुहुन्छ भन्‍ने कुराको निश्‍चयताका साथ प्रतीक्षा गरिरहेको कारणले गर्दा आज म न्यायिक जाँचको कठघरामा भएको छु ।
\v 7 हाम्रा यहूदी बाह्र कूलहरू पनि रात दिन उहाँको आदर दृढतासाथ र आराधना गर्दै परमेश्‍वरले हाम्रो लागि गर्नुभएको प्रतिज्ञालाई पुरा गर्नुहुनेछ भनेर निश्‍चयताको साथमा प्रतीक्षा गरिरहेका छन् । सम्माननीय राजा, परमेश्‍वरले प्रतिज्ञा गर्नु भएको कुरा उहाँले पुरा गर्नुहुन्छ भन्‍ने कुरा म दृढ विश्‍वासको साथ आशा गर्छु, र तिनीहरू पनि यो कुरामा विश्‍वास गर्छन् ! तर जे परमेश्‍वरले गर्नुभएको होस् भन्‍ने आशा मैले राखेको छु यसलाई नै तिनीहरूले मैले गलत गरेको छु भन्छन् ।
\v 8 हे राजा, परमेश्‍वरले मृतकलाई जीवित पार्नु हुन्‍न भन्‍ने कुरामा के तपाईँ साँच्‍चै विश्‍वास गर्नुहुन्छ ?
\s5
\v 9 विगतमा यस्तो समय थियो कि मानिसहरूले नासरत सहरका येशूमाथिको विश्‍वास गर्न मानिसहरूलाई रोक्‍नलाई मैले सकेजति गर्नु पर्छ भन्‍ने कुरामा म निश्‍चित थिएँ ।
\v 10 यसैले यरुशलेममा बस्दा मैले यहि काम गरेँ । मैले विश्‍वासीहरूमध्ये धेरैलाई झ्यालखानामा थुनेँ, किनकि त्यहाँका मूख्य पुजाहारीहरूले मलाई त्यसो गर्नलाई शक्ति दिएका थिए । र जब तिनीहरूका मानिसहरूले विश्‍वासीहरूलाई मारे, मैले त्यसको पक्षामा मत जाहेर गरेँ ।
\v 11 प्रायः मैले येशूमा विश्‍वास गर्ने यहूदी मानिसहरूलाई दण्ड दिएँ । मैले तिनीहरूलाई सबैतिर र सबै सभाघरहरूमा खोजेँ । म तिनीहरूसँग धेरै रिसाएँ किनकि तिनीहरूले येशूलाई ख्रीष्‍टको रूपमा पच्छ्याए, मैले मेरो सारा शक्तिले तिनीहरूलाई परमेश्‍वरको निन्दा गरुन् र उहाँको नामलाई सरापून् भनेर कर जबरजस्ती गरेँ । जब तिनीहरूले परमेश्‍वरलाई सराप्दथे, तब तिनीहरूलाई मार्न सकिन्थ्यो । तिनीहरूप्रति मेरो रीस यति कडा थियो कि तिनीहरू यहूदी अदालतमा उपश्थित हुँदा तिनीहरूलाई पुर्पक्षमा राखेर मृत्युदण्ड दिन म चाहन्थेँ । मैले सधैँ तिनीहरूको मृत्युदण्डको पक्षमा मेरो मत जाहेर गरेँ । तिनीहरूलाई पत्ता लगाएर पक्रेर यरुशलेममा ल्याएर दण्ड दिनको लागि विदेशी सहरहरूमा पनि गएँ । तिनीहरू मारिऊन् भन्‍ने म चाहन्थेँ ।
\s5
\v 12 “मूख्य पूजाहारीहरूले दमस्कसमा विश्‍वासीहरूलाई पक्रने अधिकार दिए र म त्यहाँ गएँ । तर जब मा मेरो यात्रामा थिएँ,
\v 13 करिब दिउँसोको समयमा बाटोमा जाँदै गर्दा मैले आकाशमा चम्किलो ज्योति देखेँ । त्यो सूर्य भन्दा पनि चम्किलो थियो ! त्यो मेरो र मेरो साथमा यात्रा गर्नेहरूको वरिपरी चम्कियो ।
\v 14 हामी सबैजना जमिनमा लड्यौँ । त्यसपछि मैले हिब्रू भाषामा कसैले मसँग कुरा गरिरहेको सुनेँ । उहाँले भन्‍नुभयो, ‘शाऊल, शाऊल, तिमी किन मलाई आक्रमण गरिरहेका छौ ? यो एउटा गोरूले गोठालाको तीखो लठ्ठीमा लातले हाने जस्तै कठिन छ ।
\s5
\v 15 त्यसपछि मैले भनेँ, ‘प्रभु, तपाईं को हुनुहुन्छ ? उहाँले भन्‍नुभयो, ‘म येशू हुँ ! म त्यहि हुँ, जसको विरुद्ध तिमी लडिरहेका छौ ।
\v 16 तर उठ र आफ्नो खुट्टामा खडा होऊ ! तिमीलाई सेवक बनाउन र तिमीले मेरो बारेमा देखेको, जानेको र मैले पछि तिमीलाई देखाउने कुराहरूको गवाही बनाउनको लागि तिमीकहाँ देखापरेको हुँ ।
\v 17 म तिमीलाई मानिसहरू र गैह्र-यहूदीहरूबाट बचाउनेछु, जसकहाँ म तिमीलाई पठाउने छु ।
\v 18 तिनीहरूको आँखा खोल्न, तिनीहरूको अन्धकारबाट ज्योतिमा र वैरीको शक्तिबाट परमेश्‍वरतर्फ फर्काउनको लागि । यसरी परमेश्‍वरले तिनीहरूका पापहरू क्षमा गर्नुहुनेछ र म तिनीहरूलाई विश्‍वासद्वारा मेरा भएका मानिसहरूले सदाको लागि पाउने कुराहरू दिनुहुनेछ ।
\s5
\v 19 “यसैले, राजा अग्रिपा, परमेश्‍वरले मलाई दर्शनमा जे गर भन्‍नुभयो त्यहि गरेँ ।
\v 20 पहिले, मैले दमस्कसमा र यरुशलेममा भएका यहूदीहरूसँग अनि यहूदाको गाउँमा भएका सबैसँग र त्यहाँ भएका गैह्र-यहूदीहरूसँग पनि कुरा गरेँ । मैले तिनीहरूले पाप गर्न छोडेर परमेश्‍वरसँग सहायता माग्‍नुपर्छ भनेर बताएँ । मैले तिनीहरूलाई तिनीहरूले पाप गर्न छोडे भन्‍ने देखाउने कामहरू गर्न भनेँ ।
\v 21 मैले यहि सन्देश बताएको कारण केही यहूदीहरूले म मन्दिरको चोकमा भएको बेला मलाई मलाई पक्रे र मलाई मार्न खोजे ।
\s5
\v 22 तथापि परमेश्‍वरले मलाई सहायता गरिरहनु भएको छ, जसको कारण आजको दिनसम्म यी कुराहरू म घोषणालाई निरन्तरता दिइरहेको छु । अगमवक्ताहरू र मोशाले जे हुनेछ भनेर बताएका थिए ठीक त्यही कुराहरू मैले सामान्य मानिसहरू र धेरै महत्वपूर्ण मानिसहरूलाई निरन्तर बताउंदै आएको छु ।
\v 23 तिनीहरूले बताएका थिए कि ख्रीष्‍टले कष्‍ट भोग्‍नुहुनेछ र मर्नुहुनेछ, ताकि उहाँ मृतकबाट बौरी उठ्नेहरूमा पहिलो हुनुहुनेछ । तिनीहरूले यो पनि बताए कि उहाँले आफ्नै मानिसहरू र गैह्र-यहूदीहरूको माझमा परमेश्‍वर तिनीहरूलाई बचाउनको लागि साँच्‍चै नै सक्षम हुनुहुन्छ भनेर घोषणा गर्नुहुनेछ ।”
\s5
\v 24 पावलले अरू कुराहरू बताउन अगाडि नै फेस्तसले ठूलो आवाजमा कराएर भनेः “पावल, तँ पागल होस् ! तैँले धेरै अध्ययन गरेको छस्, त्यसले तँलाई पागल बनाएको छ !”
\v 25 तर पावलले जवाफ दिए, “सम्माननीय फेस्तस, म पागल हैन ! यसको विपरीत मैले बताएका कुराहरू सत्य छन् र सद्दे छन् !
\v 26 किनभने म के बोलिरहेको छु सो राजा अग्रिपालाई थाहा छ, र उहाँसँग ती कुराहरू स्वतन्‍त्रसाथ बोल्न सक्छु । मलाई यो कुरामा निर्धक्‍क छु कि यी सबै कुराहरू उहाँबाट छिपेको छैन, किनकी यी कुनै कुराहरू पनि गोप्यमा भएका थिएनन् ।”
\s5
\v 27 “राजा अग्रिपा, के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्‍वास गर्नुहुन्छ ? म जान्दछु कि तपाईं यी कुराहरू विश्‍वास गर्नुहुन्छ ।”
\v 28 त्यसपछि अग्रिपाले पावललाई जवाफ दिए, “छोटो समयमा नै तैँले मलाई ख्रीष्‍टियान बन्‍नलाई झन्डै राजी बनाइस् !”
\v 29 पावलले जवाफ दिए, “यसको लागि छोटो समय लागोस् वा लामो समय लागोस् त्यो कुनै ठूलो कुरा हैन । तपाईं र मलाई सुन्‍ने सबै जना यी साङ्लाहरू बाहेक म जस्तै होऊन् भनी म परमेश्‍वरसँग प्रार्थना गर्छु !”
\s5
\v 30 त्यसपछि राजा खडा भए । शासक, बर्निस र अरू सबै जना पनि खडा भए
\v 31 र त्यो कोठा छोडे । तिनीहरू गए पछि, तिनीहरूले एकआपसमा भने, “यस मानिसले मृत्युदण्ड पाउनु पर्ने वा साङ्लामा बाँधिनु पर्ने खालको केही पनि गरेको छैन ।”
\v 32 अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले उसको न्याय गरून् सम्राटले भनेर आग्रह नगरेको भए, उसलाई छोडिदिए पनि हुनेथियो l”
\s5
\c 27
\p
\v 1 जब शासकले हामीले इटालियातर्फ जहाजको यात्रा गर्नु पर्छ भनेर निर्णय गरे तब तिनले पावल र केही अरू कैदीहरूलाई जुलियस नाम गरेको सैनिक कप्‍तानको अधीनमा राखे । तिनी “अगस्ती दल” का सेनापति थिए ।
\v 2 हामी एशियाको अड्रामिटियम सहरबाट आएको जहाज चढ्यौँ । त्यो जहाज एशियाका विभिन्‍न समुन्द्री किनारा हुँदै जान लागेको थियो । यसप्रकारले हामी समुन्द्रमा गयौँ । माकेडोनियाको थेस्सलोनिकाबाट अरिस्तार्खस हामीसँगै गए ।
\s5
\v 3 हामी अर्को दिन सिदोन पुग्यौँ । जुलियसले पावललाई दयापूर्ण व्यवहार देखाए र उनलाई उनको ख्याल राख्‍ने साथीहरूलाई भेट्न जान अनुमति दिए ।
\v 4 त्यसपछि, त्यहाँबाट जहाज हिँड्यो । हामी साइप्रसको किनार हुँदै गयौँ । त्यहाँ हाम्रो विपरिततर्फबाट बतास चल्यो ।
\v 5 त्यसपछि, हामी किलिकिया र पाम्फेलिया नजिकबाट समुन्द्र पार गर्‍योँ । जहाज लुसियाको माइरा भन्‍ने ठाउँमा पुग्यो । त्यहाँ हामी जहाजबाट ओर्लियौँ ।
\v 6 माइरामा, जुलियसले अलेकजेन्ड्रियाबाट आएको जहाज भेट्टाए जुन चाँडै इटालीतर्फ जानेवाला थियो । त्यसैले उनले हामीलाई जहाजमा जानलाई व्यवस्था मिलाईदिए र हामी त्यो जहाज चढेर हिँड्यौँ ।
\s5
\v 7 हामीले धेरै दिनसम्म विस्तारै जहाज खियायौँ क्‍निडसको नजिक पुग्यौँ तर हामी त्यहाँ कठिनतासाथ पुग्यौँ किनभने बतास हाम्रो विपरित बहेको थियो । त्यसपछि, बतास धेरै जोडले बहेकोले जहाजलाई पश्‍चिमतर्फ सिधा अगाडि बढ्न दिएन । त्यसको सट्टामा, हामीले क्रेट टापुको किनारैकिनार जहाज लग्यौँ । त्यहाँ हावा धेरै जोडले चलेको थिएन र पानी बाहिर देखिएको भुमि साल्मोने नजिक भएर अगाडि बढ्यौँ ।
\v 8 हावा अझै जोडले चलिरहेको थियो र जहाजलाई छिटो अगाडि बढ्नबाट रोकी राखेको थियो, यसैले हामी विस्तारै क्रेटको किनार हुँदै अगाडि बढ्यौँ र लासिया नजिकै रहेको सुन्दर बन्दरगाह नामक सहर पुग्यौँ ।
\s5
\v 9 धेरै समय बितिसकेको थियो र अब समुन्द्रमा यात्रा गर्नु पनि खतरनाक भइसकेको थियो । किनभने यहूदीहरूको उपवासको समय बितिसकेको थियो र समुन्द्र धेरै आँधीमय हुनेवाला थियो । त्यसैले पावलले जहाजमा भएका मानिसहरूलाई भने,
\v 10 “मानिसहरू हो, म यस्तो देख्दैछु, यदि अहिले हामी जहाज यात्रा शुरू गर्यौँ भने हाम्रो लागि संकटपूर्ण हुनेछ, हाम्रा मालसमान र जहाज मात्र होइन तर हाम्रा ज्यानै पनि खतरामा छन् ।”
\v 11 तर रोमी कप्‍तानले पावलले भनेको कुरा पत्याएनन् । बरू, उनले जहाजको चालक र जहाजको मालिकले भनेको कुरा विश्‍वास गरे । र उनले तिनीहरूको सल्लाह दिए बमोजिम गर्ने निर्णय गरे ।
\s5
\v 12 बन्दरगाह हिउँदको समयमा बस्‍नको लागि असल ठाउँ थिएन, त्यसैले धेरैजसो चालकहरूले यहाँबाट समुद्रतिर जाने सल्लाह दिए । तिनीहरूले त्यहाँबाट फोनिके पुगेर त्यहीँ हिउँद बिताउने आशा गरे । फोनिके क्रेटको एउटा सहर हो । जहाँ दक्षिण-पश्‍चिम र उत्तर-पश्‍चिमबाट हावा बहन्छ ।
\v 13 किनभने, त्यहाँ दक्षिणतिरबाट विस्तारै हावा बगेकोले जहाजका कर्मचारीहरूले तिनीहरू आफूले चाहे जस्तो यात्रा गर्न सक्‍ने सोचे । त्यसैले तिनीहरूले लंगरलाई समुद्रबाट निकाले र जहाज क्रेट टापुको किनारै किनार बहन थाल्यो ।
\s5
\v 14 केही समयपछि, समुन्द्री किनाराबाट प्रचण्ड हुरी चल्यो । टापुको उत्तरतिरबाट आँधीहुरी चल्यो र जहाजलाई हान्यो । त्यो आँधीलाई युरोक्लाइडोन, “उत्तर-पूर्वी बतास” भनिन्छ ।
\v 15 हावा जहाजको विरुद्ध अघिल्लो तिरबाट तिब्र रूपले बग्यो र हामीले जहाजलाई यसको विरुद्ध अघि बढाउन सकेनौँ । यसैले चालकहरूले जहाजलाई हावा बहेको दिशातिर नै बग्‍न दिए ।
\v 16 त्यसपछि जहाजलाई कौडा नामको एउटा सानो टापुको किनार हुँदै लगे । हामीले बडो मुस्किलका साथ जीवन रक्षक डुँगालाई जहाजमा बाँध्‍न सक्यौँ ।
\s5
\v 17 चालकहरूले डुंगालाई जहाजमा उठाएपछि डोरीको प्रयोग गरी जहाजलाई बलियो बनाए । तिनीहरूले जहाजको पतवार मुनिबाट डोरीले बाँधेर जहाजलाई बलियो बनाए ।
\v 18 चालकहरूले सिरटिस भनिने बलौटे धापमा जहाज फस्छ भन्‍ने डरले लंगर समुद्रमा झारिदिए । यसरी बतासले हामीलाई बहायो । बतास र तरंगले निरन्तर रूपमा जहाजलाई जोडले ठेल्दै लग्यो । यसैगरी अर्को दिन चालकहरूले जहाजबाट मालसामान फ्याँक्‍न थाले ।
\s5
\v 19 आँधी चलेको तेस्रो दिन चालकहरूले धेरै जसो पालहरू, डोरीहरू र खम्बाहरूलाई जहाज हलुका बनाउनको लागि फ्याँके । तिनीहरूले आफ्नै हातले त्यसो गरे ।
\v 20 आँधी निरन्तर रूपमा भयानक रूपले धेरै दिनसम्म बहिरह्‍यो र आकाशलाई कालो बादलले रातदिन नै ढाक्यो त्यसैले हामीले सूर्य वा ताराहरू देख्‍न सकेनौँ । हामीले बाँच्‍ने सबै आशा गुमाइसकेका थियौँ ।
\s5
\v 21 हामी जहाजमा भएका कसैले पनि धेरै दिनसम्म केही पनि खाएनौँ । त्यसपछि एक दिन पावल हामीहरूका अगाडि खडा भएर भने, “मित्रहरू, हामी क्रेटबाट जहाजको यात्रा नगरौँ भनेर मैले भन्दा तपाईंहरूले मेरो कुरा सुन्‍नु पर्ने थियो ।
\v 22 तर अब म तपाईंहरूलाई अनुरोध गर्दछु, नडराउनुहोस्, किनभने हामीहरू कोही पनि मर्नेछैनौँ । आँधीले जहाजलाई नष्‍ट गर्नेछ तर हामीलाई केही पनि हुनेछैन ।
\s5
\v 23 यो म जान्दछु, किनभने हिजो राती परमेश्‍वर जसको म हुँ र जसको सेवा म गर्दछु, उहाँले एउटा स्वर्गदूत पठाउनु भयो र ती स्वर्गदूत मेरो छेउमा खडा भए ।
\v 24 स्वर्गदूतले मलाई भने, “पावल नडराऊ !” तिमी रोम जानुपर्छ र सम्राटको अघि खडा हुनुपर्छ ताकि उनले तिमीलाई न्याय गर्न सकून् । तिमी र तिमीसँग जहाजमा यात्रा गर्ने सबैलाई तपाईंको हातमा दिनुभएको छ र जना बाँच्‍नेछन् भन्‍ने कुरा तिमीले थाहा पाएको म चाहन्छु ।”
\v 25 यसकारण, मेरा मित्रहरू हो !” खुशी हुनुहोस् किनभने म विश्‍वास गर्छु कि स्वर्गदूतले मलाई भनेजस्तै परमेश्‍वरले गर्नुहुनेछ ।
\v 26 तैपनि जहाज कुनै टापुमा ठोक्‍किनेछ र हामी किनारातमा जानेछौँ ।”
\s5
\v 27 हुरी शुरू भएको चौध दिनपछि पनि जहाज एड्रियास समुन्द्रमा हुत्तिइरहेको थियो । चालकहरूले करिब मध्य रातमा जहाज जमिनको नजिक पुगेको कुरा थाहा पाए ।
\v 28 यसैले समुन्द्र कति गहिरो छ भनी डोरी झारेर तिनीहरूले नापे जब तिनीहरूले नाप लिएको डोरी माथि तानेर हेरे पानी चालीस मिटर जति गहिरो थियो । केही समयपछि, तिनीहरूले फेरि नापे र तीस मिटर जति गहिरो भएको पत्ता लगाए ।
\v 29 जहाज चट्टानतिर जान्छ कि भनेर तिनीहरू डराए । त्यसैले जहाजका पछाडितिरबाट चार वटा लंगर खसाले । त्यसपछि जहाज कतातिर जाँदैछ देख्‍न सकियोस् भनी तिनीहरूले बिहान होस् भनेर प्रार्थाना गरे ।
\s5
\v 30 केही चालकहरू जहाजबाट भाग्‍नलाई योजना बनाइरहेका थिए । त्यसैले तिनीहरूले जीवन रक्षक डुंगालाई समुन्द्रमा झारे । ताकि तिनीहरूले बनाएको योजना कसैले थाहा नपाउन् भनेर तिनीहरूले जहाजको अघिल्लो भागबाट केही लंगरहरू झार्न चाहेको जस्तो बहाना गरे ।
\v 31 पावलले जहाजका कप्‍तान र सिपाहीहरूलाई भने, “यदि चालकहरू जहाजमा बसेनन् भने तपाईंहरूको बाँच्‍ने आशा छैन ।”
\v 32 त्यसैले सिपाहीहरूले डोरीहरू काटिदिए र डुंगालाई पानीमा जान दिए ।
\s5
\v 33 उज्यालो हुनुभन्दा ठीक अघि, पावलले जहाजमा भएकाहरूलाई खाना खान अनुरोध गरे । उनले भने, “गएको चौध दिनदेखि तपाईंहरूले हेर्दै र पर्खदैँ गरिरहनुभएको छ र केही पनि खानु भएको छैन ।
\v 34 यसैले, अब म तपाईंहरूलाई खाना खान अनुरोध गर्दछु । तपाईंहरूले बाँच्‍नका लागि खाना खानै पर्छ । तपाईंहरूको शिरको एउटा कपाल पनि नाश हुनेछैन ।”
\v 35 पावलले भनिसकेपछि, सबैले उनलाई हेरिरहेकै बेला उनले केही रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि उनले रोटी भाँचे र त्यसबाट केही खान शुरू गरे ।
\s5
\v 36 त्यसपछि तिनीहरू सबै आनन्दित भए र केही खाना खाए ।
\v 37 जहाजमा हुने हामीहरू जम्मा २७६ जना थियौँ ।
\v 38 सबै जनाले प्रशस्त खाइसकेपछि जहाजलाई हलुका बनाउन तिनीहरूले बाँकी रहेको गहुँ समुन्द्रमा फालिदिए ।
\s5
\v 39 उज्यालो भएपछि हामीले जमिन देख्‍न सक्यौँ तर चालकहरूलाई हामी कहाँ थियौँ भनी ठाउँको नाम थाहा भएन । तैपनि, तिनीहरूले एउटा खाडी र पानीको छेउमा चौडा बलौटे भाग देखे । तिनीहरूले जहाजलाई किनारामा लगाउने निर्णय गरे
\v 40 यसैले तिनीहरूले लंगरहरू झारिदिए र तिनीहरूलाई समुद्रमा नै रहन दिए । त्यही बेला तिनीहरूले पतवारहरूलाई बाँधी राखेका डोरीहरू पनि फुकाइदिए र जहाजको अघिल्तिरको पाल उठाए ताकि त्यसलाई हावाले बहाओस् । तिनीहरूले जहाजलाई किनारातिर लगे ।
\v 41 तर जहाज भुमरी परेको पानीतिर गयो र छालहरू मुनि रहेको बालुवाको थुप्रोमा जोडले बजारियो । जहाजको अघिल्लो भाग त्यहाँ भासियो र चल्न सकेन र ठूलो तरंगले जहाजको पछाडिपट्टि हानिरह्‍यो र जहाज टुक्रिन थाल्यो ।
\s5
\v 42 सिपाहीहरूले सबै कैदीहरूलाई मार्ने विचार गरे ताकि तिनीहरू मध्ये कोही पनि पौडी खेलेर उम्कन नसकून् ।
\v 43 तर सेनाका कप्‍तानले पावललाई बचाउन चाहन्थे । यसैले उनले सिपाहीहरूलाई त्यसो गर्न रोके । यसको सट्टामा उनले पौडी खेल्न सक्‍ने सबैलाई पानीमा पौडेर किनारातिर जान आज्ञा दिए ।
\v 44 त्यसपछि उनले अरूहरूलाई भने, फ्ल्याक वा जहाजका अरू टुक्राटाक्रीहरू समातेर किनारातिर जान भने । हामीले उनले भने बमोजिम नै गर्‍यौँ र त्यसप्रकारले हामी सबैजना जमिनसम्म सुरक्षित पुग्यौँ ।
\s5
\c 28
\p
\v 1 हामी समुद्रको किनारमा सुरक्षित आइपुगेपछि, त्यो माल्टा भनिने टापू रहेछ भन्‍ने हामीले थाहा पायौँ ।
\v 2 त्यहाँ बसोबास गर्ने मानिसहरूले सधैँ गर्नेभन्दा राम्रो गरी हामीलाई स्वागत गरे । तिनीहरूले आगो सल्काएर हामीलाई न्यानो पार्न हामीलाई बोलाए । किनकि त्यहाँ पानी परिरहेको र जाडो थियो ।
\s5
\v 3 जब पावलले केही झिँजाहरू बटुलेर आगोमा हाले, तातोबाट बच्‍नको लागि एउटा विषालु सर्प आगोबाट बाहिर निस्कियो, र पावलको हातमा डस्यो र हातमै रह्‍य ो ।
\v 4 त्यस टापुका मानिसहरूले पावलको हातमा सर्प झुण्डिरहेको देखे । तिनीहरूले एकअर्कालाई भने, “सायद यो मानिसले कसैको हत्या गरेको होला । ऊ समुद्रमा डुब्‍नबाट बाँचे तापनि, न्यायको देवताले उसलाई मर्न लगाउनेछन् ।”
\s5
\v 5 तर पावलले त्यो सर्पलाई सजिलै झड्कारेर त्यसलाई आगोमा फाले, र उनलाई केही पनि भएन ।
\v 6 मानिसहरूले पावलको शरीर चाँडै ज्वरोले सुनिने छ वा उनी तुरुन्तै लड्नेछन् र मर्ने छन् भन्‍ने आशा गरिरहेका थिए । तर तिनीहरूले लामो समय सम्मा पर्खेर हेरे तापनि पावललाई कुनै हानी भएको देखेनन् । त्यसैले तिनीहरूले विचार परिवर्तन गरे र एकअर्कालाई भन्‍न लागे “यी मानिस त हत्यारा होइन रहेछन् !” यिनी त देवता रहेछन् !”
\s5
\v 7 तिनीहरू भएको नजिकै पब्लियस नाम भएका एक जना व्‍यक्‍तिको जमिन थियो । तिनी त्यस टापुका प्रमुख अधिकृत थिए । तिनले हामीलाई उनको घरमा आएर बस्‍ने निम्तो दिए । तिनले हामीलाई तीन दिनसम्म राम्रो वास्ता गरे ।
\v 8 त्यो समयमा पब्लियसका बाबुलाई ज्वरो आएको र आउँ लागेको थियो, र उनी अनि ओछ्यानमा पल्टिरहेका थिए । त्यसैले पावलले उनलाई भेटे र उनको लागि प्रार्थना गरे । अनि उनमाथि हात राखेर उनलाई निको पारे ।
\v 9 पावलले त्यसो गरेपछि, त्यस टापुमा भएका अरू बिरामीहरू पावल भएको ठाउँमा आए, र उनले तिनीहरूलाई पनि निको परे ।
\v 10 तिनीहरूले हामीहरूलाई उपहारहरू दिए, तिनीहरूले र हामीलाई ठूलो आदर गरेका छन् भन्‍ने कुरा अर्कै तरिकाले देखाए । जब हामी तीन महिना पछि त्यो ठाउँ छोड्ने तयारीमा थियौँ, तिनीहरूले हामीलाई जहाजमा आवश्यक पर्ने खाना र अन्य वस्तुहरू ल्याइदिए ।
\s5
\v 11 तीन महिना त्यहाँ बसिसकेपछि हामी अलेक्जेन्ड्रियाबाट इटालीतिर जाँदै गरेको जहाज चढ्यौँ । जहाजको अगाडि पट्टि काष्‍टर र पोलक्स नाम गरेका जुम्लाहा देवहरूको आकृति कुँदिएको थियो ।
\v 12 जब हामीहरू साइराक्युसको सहरमा आइपुग्यौँ हामी तीन दिनसम्म त्यहीँ बस्यौँ ।
\s5
\v 13 त्यसपछि हामी जहाज चढ्यौँ र इटालीको रेगियम शहरमा आइपुग्यौँ । अर्को दिन, दक्षिणबाट हावा चलिरहेको थियो । त्यसैले दुई दिनपछि मात्रै हामी पटेओली शहरमा आइपुग्यौँ । त्यहाँ हामीले त्यो जहाज छोड्यौँ ।
\v 14 पटेओलीमा हामीले केही संगी विश्‍वासीहरू भेट्यौँ जसले हामीलाई अरू सात दिन तिनीहरूसँगै रहेको चाहन्थे । त्यसपछि अन्त्यमा, हामी रोममा आइपुग्यौँ ।
\v 15 रोममा, केही सहकर्मी विश्‍वासीहरूले हाम्रो बारेमा सुने, त्यसैले तिनीहरू हामीलाई भेट्न आए । तिनीहरू मध्ये कोहीले हामीलाई अप्पियन सडकको बजार भनिने शहरमा भेटे, र अरूले तीन पाटी भन्‍ने ठाउँमा भेटे । जब पावलले ती विश्‍वासीहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।
\s5
\v 16 हामी रोममा आएपछि पावललाई एक्लै घरमा बस्‍ने अनुमति दिइयो । तर उनलाई सुरक्षा दिन एक सैनिक सधैँ खटिन्थ्यो ।
\v 17 पावल त्यहाँ बस्‍न थालेको तीन दिनपछि पावलले यहूदी अगुवाहरूलाई आएर उनीसँग कुरा गर्नलाई सन्देश पठाए । तब तिनीहरू पावलसँग कुरा गर्न आए, पावलले तिनीहरूलाई भने, “मेरा प्रिय भाइहरू हो, मैले त आफ्ना देशका मानिसहरू, अथवा पितापुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ, तापनि हाम्रा यरूशलेमका अगुवाहरूले मलाई पक्रे । तर तिनीहरूले मलाई मार्न अघि, एक रोमी सेनापतिले मलाई उद्धार गरे र पछि कैसरियामा रोमी अधिकारीहरूकहाँ न्यायको लागि मलाई पठाइदिए ।
\v 18 रोमी अधिकारीहरूले मलाई प्रश्‍न गरे र छोड्न चाहे किनकि मैले मृत्यु दण्डको योग्यको कुनै पनि खराब कुरा गरेको गरिनँ ।
\s5
\v 19 तर मलाई स्‍वतन्‍त्र छोड्ने रोमीहरूको विरुद्धमा यहूदीहरूले बोल्न थाले, मेरो इन्साफ बडा हकिमबाट होस् भनी मैले अनुरोध गर्नुपर्यो । तर मैले त्यसो गर्नुको कारण हाम्रा अगुवाहरूलाई कुनै कुराहरूबारे पनि आरोप लगाउनका निम्ति थिएन ।
\v 20 म किन झ्यालखानामा किन राखिएको छु भन्‍ने कुरा तपाईंहरूलाई थाहा होस् भनेर मैले मैले तपाईंहरूलाई यहाँ आउनका लागि अनुरोध गरेको हुँ । परमेश्‍वरले हाम्रो लागि जे गर्नुहुन्छ भनेर इस्राएलका मानिसहरूले निर्धक्‍कसाथ आशा गरिरहेका छन् त्यहि कुरामा मैले विश्‍वास गरेको कारणले यो भएको हो ।”
\s5
\v 21 त्यसपछि यहूदी अगुवाहरूले भने, “हामीले यहूदियामा भएका संगी यहूदीहरूबाट तिम्रो बारेमा कुनै पनि पत्रहरू प्राप्‍त गरेका छैनौँ । यहूदियाबाट आएका कुनै पनि हाम्रा संगी यहूदीहरूले तपाईंका बारेमा नराम्रो खबर ल्याएका छैनन् ।
\v 22 बरू हामी तपाईं सम्बद्ध भएको समूहको विषयमा तपाईंले के भन्‍न चाहनुहुन्छ सो सुन्‍न चाहन्छौँ, किनकि धेरै ठाउँका मानिसहरूले यसको विरुद्धमा बोलिरहेका छन् भन्‍ने कुरा हामीलाई थाहा छ ।”
\s5
\v 23 त्यसैले तिनीहरूले पावलले बोलेको कुरा सुन्‍नलाई अर्को दिन आउने निर्णय गरे । जब त्यो दिन आयो, पावल बसेको ठाउँमा पहिले आएकाहरू भन्दा धेरै मानिसहरू आए । पावलले तिनीहरूलाई परमेश्‍वरले कसरी प्रत्येकमाथि शासन गर्नुहुनेछ भनी बताए, साथै उनले मोशाको व्यवस्था र अगमवक्ताहरूले कसरी येशूको बारेमा अगमवाणी गरेका थिए भन्‍ने कुरा पनि बताए । त्यहाँ सुन्‍नेहरूसँग पावल बिहानदेखि साँझसम्म बोलिरहे ।
\v 24 ती यहूदीहरू मध्ये केहीले येशू सत्य हुनुहन्थ्यो भनी पावलले प्रचार गरेको कुरामा विश्‍वस्त भए, तर अरूहरूले भने यो सत्य थियो भनी विश्‍वास गरेनन् ।
\s5
\v 25 जब तिनीहरू एकअर्कामा असहमत हुन थाले, र तिनीहरू जानै लागेका थिए, पावलसँग तिनीहरूलाई भन्‍नु पर्ने अझ एउटा कुरा बाँकी थियो, “पवित्र आत्माले तिमीहरूका पुर्खाहरूसँग सत्यकुरा भन्‍नुभयो, जब उहाँले यी शब्दहरू यशैया अगमवक्तासँग बोल्नुभयोः
\v 26 तिम्रा मानिसहरूकहाँ गएर तिनीहरूलाई भनः “तिमीहरू आफ्ना कानले सुन्छौ तर परमेश्‍वरले भनिरहनुभएको कुरा कहिल्यै बुझ्दैनौ । तिमीहरू तिमीहरूका आँखाहरूले हेर्न त हेर्छौ तर परमेश्‍वरले गर्नुभएका कुरा वास्तवमा कहिल्यै देख्दैनौ ।
\s5
\v 27 यी मानिसहरूले बुझ्दैनन् किनकि तिनीहरू हठी भएका छन् । तिनीहरूका कानहरू झन्डै बहिरा भएका छन् । र तिनीहरूले आफ्ना आँखाहरू बन्द गरेका छन् किनकि तिनीहरू देख्‍न चाहँदैनन् । तिनीहरूले आफ्ना कानहरूले सुन्‍न चाहँदैनन्, नता आफ्ना हृदयले यी कुरा बुझ्‍न चाहन्छन्, नत्रता तिनीहरू फर्की आउनेथिए र मैले तिनीहरूलाई निको पार्नेथिएँ ।”
\s5
\v 28 त्यसकारणले तिमीहरूले थाहा पाउनै पर्छ, कि परमेश्‍वरले गैर-यहूदीहरूलाई मुक्तिको आव्हान गर्नु भएको छ, र तिनीहरूले सुन्‍नेछन् ।”
\v 29 [टिप्पणीः प्रेरित २८-२९ सबैभन्दा पुरानो र सही ग्रीक पाण्डुलिपिमा यो खण्ड समावेस छैन, त्यसकारण यो पद यहाँ समावेस गरिएको छैन । ]
\s5
\v 30 पूरै दुई वर्षसम्म पावल आफूले भाडामा लिएको घरमा बसे । धेरै मानिसहरू उनलाई भेट्न आए, र उनले खुशीसाथ तिनीहरूलाई स्वागत गर्दथे र तिनीहरूसँग कुराकानी गर्दथे ।
\v 31 परमेश्‍वरले कसरी आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनी पावलले प्रचार गरे र शिक्षा दिए । अनि उनले प्रभु येशू ख्रीष्‍टको बारेमा सिकाए । तिनले यो काम बढो साहससाथ गरे र उनलाई कसैले पनि रोक्‍ने कोसिस गरेन ।