ne_udb/44-JHN.usfm

1312 lines
366 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id JHN Unlocked Dynamic Bible
\ide UTF-8
\h यूहन्‍ना
\toc1 यूहन्‍नाले लेखेको सुसमाचार
\toc2 यूहन्‍ना
\toc3 jhn
\mt1 यूहन्‍नाले लेखेको सुसमाचार
\s5
\c 1
\p
\v 1 सुरुमा वचन हुनुहुन्थ्यो । वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्‍वर हुनुहुन्थ्यो ।
\v 2 उहाँले कुनै कुरा सृष्‍टि गर्न सुरु गर्नुभन्दाअघि उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो ।
\v 3 हरेक कुरा हो, पूर्णरूपमा हरेक कुरा जो सृष्‍टि बनाइए ती सृष्‍टि गर्नलाई परमेश्‍वरको आज्ञा पालन गर्नुहुने उहाँ नै हुनुहुन्‍छ !
\s5
\v 4 सबै जीवन वचनमा नै छ, यसैले उहाँले हरेक कुरा र हरेक व्‍यक्तिलाई जीवन दिन सक्‍नुभयो । वचन परमेश्‍वरको ज्योति थियो जो हरेक व्‍यक्ति, हरेक ठाउँमा चम्कियो ।
\v 5 यो ज्योति अँध्यारोमा चम्कियो, र अँध्यारोले यसलाई निभाउन कोसिस गर्‍यो तर त्यसले सकेन ।
\s5
\v 6 परमेश्‍वरले यूहन्‍ना नाउँका एकजना मानिसलाई पठाउनुभयो ।
\v 7 तिनी ज्योतिको बारेमा मानिसहरूलाई साक्षी दिनलाई आए । तिनले भनेको कुरा सत्‍य थियो, र तिनले त्‍यो सन्देश घोषणा गरे ता कि हरेक व्‍यक्तिले विश्‍वास गर्न सकून् ।
\v 8 यूहन्‍ना आफैँ ज्योति थिएनन्, तर तिनी ज्योतिको बारेमा मानिसहरूलाई भन्‍न आए ।
\s5
\v 9 यो सत्य ज्योति थियो जो हरेक व्‍यक्तिमा चम्किन्‍छ, र त्यो ज्योति संसारमा आउँदै हुनुहुन्‍थ्‍यो ।
\s5
\v 10 वचन संसारमा हुनुहुन्‍थ्‍यो, र यद्यपि, संसार उहाँले नै बनाउनुभएको थियो, उहाँ को हुनुहुन्‍थ्‍यो भनी यसका मानिसहरूमध्‍ये कुनैले पनि चिनेन ।
\v 11 यद्यपि, उहाँको आफ्‍नै संसारमा, र उहाँका आफ्नै मानिस, यहूदीहरूकहाँ उहाँ आउनुभयो, तिनीहरूले उहाँलाई तिरस्‍कार गरे ।
\s5
\v 12 तर सबैजना जसले उहाँलाई आफ्‍नो जीवनमा ग्रहण गरे र उहाँमा विश्‍वास गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरका छोराछोरी हुने अधिकार दिनुभयो ।
\v 13 यी छोराछोरी परमेश्‍वरबाट जन्मिएका हुन् । यिनीहरू मानव जन्‍मको सामान्‍य प्रक्रियाद्वारा जन्‍मिएका थिएनन्, न मानवको इच्छा वा रोजाइले, न पिता बन्‍नलाई पतिको इच्छाको कराणले नै ।
\s5
\v 14 अब वचन एक वास्तविक मानव बन्‍नुभयो र यहाँ बास गर्नुभयो जहाँ हामी केही समयका लागि बस्छौं । उहाँको वैभवशाली र चकित पार्ने स्वभाव, पिताको एकमात्र पुत्रको स्‍वभाव प्रकट गर्नुभएको हामीले उहाँलाई देखेका छौँ, जसले हामीलाई देखाउनुहुन्‍छ कि परमेश्‍वरले हामीलाई विश्‍वासयोग्यरूपमा प्रेम गर्नुहुन्छ र आफ्‍नो सत्यको बारेमा हामीलाई सिकाउनुहुन्छ ।
\v 15 एकदिन बप्‍तिस्‍मा दिने यूहन्‍नाले वचनको बारेमा मानिसहरूलाई भन्दैथिए, र येशू तिनीकहाँ आउनुभयो । यूुहन्‍नाले आफ्‍नो वरिपरीको भिडलाई कराएर भने, “मैले तिमीहरूलाई भनें, कोही एकजना म पछि आउनुहुन्‍छ, कोही एकजना जो मभन्दा अत्‍यन्‍त धेरै प्रतिष्‍ठित हुनुहुन्छ । उहाँ मभन्दा धेरै अघि, म जन्मनुभन्दा अनन्त युगहरू पहिले देखि नै अस्तित्वमा हुनुहुन्थ्यो । यही मानिस यहाँ हुनुहुन्छ ! मैले भन्दै आएको मानिस उहाँ नै हुनुहुन्‍छ !”
\s5
\v 16 उहाँले जे गर्नुभएको छ त्‍यसबाट हामी सबैलाई धेरै फाइदा भएको छ । पटक पटक उहाँले हामीप्रति दयालु भएर व्यवहार गर्नुभएको छ ।
\v 17 मोशाले परमेश्‍वरकोा व्यवस्थाहरू यहूदी मानिसहरूलाई घोषणा गरे । येशू ख्रीष्‍ट हामीप्रति हामीले पाउनयोग्‍य भन्दा अति धेरै दयालु हुनुभयो र उहाँले हामीलाई परमेश्‍वरको बारेमा सत्य कुराहरू सिकाउनुभयो ।
\v 18 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । तर, येशू ख्रीष्‍ट, जो आफैँ परमेश्‍वर हुनुहुन्‍छ, सधैँ पिताको नजिक हुनुहुन्छ, र उहाँले हामीलाई परमेश्‍वर चिनाउनु भएको छ ।
\s5
\v 19 यूहन्‍नाले आफ्नो गवाहीको रूपमा यसो भने : यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई पठाए; तिनीहरू यूहन्‍नालाई सोध्‍न आए, “तिमी को हौ ?”
\v 20 यसैले यूहन्‍नाले तिनीहरूलाई साक्षी दिए र भने्, “म ख्रीष्‍ट होइन !”
\v 21 अनि तिनीहरूले तिनलाई सोधे, “तिमी आफ्नो बारेमा के भन्छौ ? तिमी एलिया हौ ?” तिनले भने्, “होइन ।” तिनीहरूले फेरि सोधे, “के तिमी अगमवक्ता हौ जसलाई अगमवक्ताहरू आउनेछन् भन्‍छन् ?” यूहन्‍नाले जवाफ दिए, “होइन ।”
\s5
\v 22 यसैले तिनीहरूले तिनलाई फेरि एकपल्‍ट सोधे, “त्‍यसोभए तिमी को हौ भनी दाबी गर्छौ ? हामीलाई भन ता कि हामी फर्केर जान र हामीलाई पठाउनेहरूलाई विवरण दिन सकौँ । तिमी आफ्नै बारेमा के भन्छौ ?”
\v 23 तिनले जवाफ दिए जस्‍तो यशैया अगमवक्ताले लेखेका थिए, “म उजाड-स्थानमा कराउने एउटा व्‍यक्ति हुँ, ‘परमप्रभुलाई हामीकहाँ आउनलाई बाटो असल बनाओ।’ ”
\s5
\v 24 यी मानिसहरूमध्‍ये कोही फरिसीहरूबाट यूहन्‍नाकहाँ आए ।
\v 25 तिनीहरूले तिनलाई सोधे, “तिमी ख्रीष्‍ट होइनौ न एलिया न अगमवक्ता हौ भनी तिमी भन्‍छौ भने, तब तिमी किन बप्‍तिस्‍मा दिंदैछौ ?”
\s5
\v 26 यूहन्‍नाले जवाफ दिए, “म मानिसहरूलाई पानीले बप्‍तिस्‍मा दिँदैछु, तर त्यहाँ तिमीहरू माझमा अहिले कोही एकजना खडा हुनुहुन्‍छ जसलाई तिमीहरू चिन्दैनौ ।
\v 27 उहाँ मेरो पछि आउनुहुन्‍छ, तर उहाँका जुत्ताहरू फुकाउनलाई पनि म लायकको छैन ।”
\v 28 यी कुराहरू यर्दन नदीको पूर्वपट्टि बेथानिया गाउँमा भए । यूहन्‍नाले त्‍यसै ठाउँमा बप्‍तिस्‍मा दिँदैथिए ।
\s5
\v 29 भोलिपल्‍ट यूहन्‍नाले येशूलाई आफूतिर आउँदै गर्नुभएको देखे । तिनले मानिसहरूलाई भने, “हेर ! परमेश्‍वरको थुमा, जसले आफ्नो जीवनलाई संसारका पापहरू हटाउनलाई बलिको रूपमा दिनुहुने छ ।
\v 30 उहाँ नै हुनुहुन्छ जसको बारेमा मैले भनें, “कोही एकजना म पछि आउनुहुने छ, जो मभन्दा धेरै प्रतिष्‍ठित हुनुहुन्छ, किनभने उहाँ मभन्दा धेरैअघि, म जन्मनुभन्दा अनन्त युगहरू पहिलेदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो ।”
\v 31 मैले सुरूमा उहाँलाई चिनिन, तर अब उहाँ को हुनुहुन्‍छ भनी म उहाँलाई चिन्‍छु । मेरो काम चाहीँ आउनुपर्ने र जसले पश्‍चाताप गरे र आफ्‍ना पापहरूबाट फर्के तिनीहरूलाई पानीले बप्‍तिस्‍मा दिनुपर्ने थियो । म चाहान्‍छु कि इस्राएलका मानिसहरूले उहाँ को हुनुहुन्छ भनी चिनून् ।”
\s5
\v 32 तिनले जे देखे त्‍यो हामीलाई भन्‍नुपर्ने यूहन्‍नाको काम थियो । तिनले यसरी बोले : “परमेश्‍वरको आत्मा एउटा ढुकुरकोरूपमा स्वर्गबाट तल आउँदै गर्नुहुँदा मैले उहाँलाई देखेँ । आत्मा तल आउनुभयो र येशूमा बास गर्नुभयो ।
\v 33 सुरूमा म आफैँले पनि उहाँलाई चिनिन, तर परमेश्‍वरले मलाई मानिसहरूलाई पानीले बप्‍तिस्‍मा दिन पठाउनुभयो, मानिसहरू जसले भने तिनीहरू आफ्‍ना पापपूर्ण मार्गहरूबाट फर्कन चाहन्‍थे । परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘जुन मानिसमा मेरो आत्मा तल आउँदै र बस्‍दै गर्नुभएको देख्‍नेछौ, उहाँ नै एकजना हुनुहुन्‍छ जसले तिमीहरू सबैलाई पवित्र आत्माले बप्‍तिस्‍मा दिनुहुने छ ।’
\v 34 मैले देखेको छु र म तिमीहरूलाई गवाही दिँन्‍छु कि उहाँ नै परमेश्‍वरको पुत्र हुनुहुन्छ ।”
\s5
\v 35 बप्‍तिस्‍मा दिने यूहन्‍ना अर्कोदिन आफ्‍ना चेलाहरूमध्‍ये दुईजनासँग फेरि त्यसै ठाउँमा थिए ।
\v 36 जब तिनले येशू जाँदै गर्नुभएको देखे, तिनले भने्, “हेर ! परमेश्‍वरको थुमा, मानिस जसलाई आफ्‍नो जीवन दिनलाई परमेश्‍वरले नियुक्त गर्नुभयो, जस्‍तो इस्राएलका मानिसहरूद्वारा आफ्‍ना पापहरूको मूल्य तिर्नलाई एउटा थुमा मारिन्‍थ्‍यो !”
\s5
\v 37 यूहन्‍नाका दुईजना चेलाहरूले यूहन्‍नाको कुरा सुनेपछि, तिनीहरूले यूहन्‍नालाई छाडे र उहाँको पछि लागे ।
\v 38 येशू पछडि फर्कनुभयो र तिनीहरूलाई आफ्‍नो पछि आउँदैगरेको देख्‍नुभयो र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दैछौ ? ” तिनीहरूले उहाँलाई भने, “रब्‍बी (जसको अर्थ ‘शिक्षक‘), तपाईं कहाँ बस्‍दै हुनुहुन्‍छ हामीलाई भन्‍नुहोस् ।”
\v 39 उहाँले जवाफ दिनुभयो, “मसँग आओ, र तिमीहरूले देख्‍नेछौ !” यसैले तिनीहरू आए र येशू काहाँ बस्‍दै हुनुहुन्थ्यो हेरे । त्यो दिन तिनीहरू उहाँसँग बसे, किनभने ढिलो हुँदैथियो । (दिउँसो करिब ४ बजेको थियो ) ।
\s5
\v 40 येशूको पछि लाग्‍ने दुईजना चेलाहरूमध्ये एउटाको नाम अन्द्रियास थियो ; तिनी सिमोन पत्रुसकाो भाइ थिए ।
\v 41 अन्द्रियास पहिले उसको दाजु सिमोनलाई खोज्‍न गए । जब तिनी उनीकहाँ आए, तिनले भने, “हामीले मसीिहलाई भट्टाएका छौं (जसको अर्थ ‘ख्रीष्‍ट’) !”
\v 42 अन्द्रियासले सिमोनलाई येशूकहाँ लगे । येशूले पत्रुसलाई ध्‍यानले हेर्नुभयो, र भन्‍नुभयो, “तिमी सिमोन हौ । तिम्रो बुबाको नाम यूहन्‍ना हो । तिमीलाई केफास नाम दिइनेछ ।” केफास चाहिँ आरमेइक नाम हो जसको अर्थ ‘ठोस चट्टान’ हुन्‍छ ।” (ग्रिकमा पत्रुसको अर्थ यही हो ।)
\s5
\v 43 अर्कोदिन येशूले यर्दन नदीको उपत्यकालाई छोड्ने निर्णय गर्नुभयो । उहाँ गालील वरिपरिको क्षेत्रमा जानुभयो र फिलिप नाम गरेको मानिसलाई भेट्टाउनुभयो । येशूले तिनलाई भन्‍नुभयो, “मसँग आऊ ।”
\v 44 फिलिप, अन्द्रियास र पत्रुस सबैजना बेथसेदा नगरबाट आएका थिए (गालीलको) ।
\v 45 अनि फिलिप आफ्‍नो मित्र नथानेललाई खोज्‍न गए । जब तिनी उनीकहाँ आए, तिनले भने, “हामीले एकजना भेट्टाएका छौँ जसको बारेमा मोशाले लेखे, ख्रीष्‍ट । अगमवक्ताहरूले उहाँ आउनुहुन्छ भनी अगमवाणी गरे । ख्रीष्‍ट येशू हुनुहुन्छ । उहाँ नासरतको नगरबाट हुनुहुन्‍छ । उहाँको बुबाको नाम योसेफ हो ।”
\s5
\v 46 नाथानेलीले जवाफ दिए, “नासरतबाट ? के नासरतबाट केही असल कुरा आउन सक्छ ?” फिलिपले जवाफ दिए, “आऊ र तिमीले देख्‍ने छौ !”
\v 47 जब येशूले नाथानेललाईी आउँदै गरेको देख्‍नुभयो, उहाँले तिनको बारेमा यसो भन्‍नुभयो, “त्‍यहाँ हेर ! त्‍यहाँ एकजना इमान्दार र असल इस्राएली छन् ! तिनले कहिल्यै कसैलाई धोका दिँदैनन् !”
\v 48 नाथानेलीले उहाँलाई सोधे, “म कस्‍तो किसिमको मानिस हुँ भनी तपाईंलाई कसरी थाहा भयो ? तपाईंले मलाई चिन्‍नुहुन्‍न ।” येशूले जवाफ दिनुभयो, “फिलिपले तिमीलाई बोलाउनुअघि मैले तिमीलाई देखेँ, जब तिमी आफू अञ्‍जीरको रूखमुनि बस्‍दै थियौ ।”
\s5
\v 49 अनि नाथानेलीले घोषणा गरे, “गुरूज्‍यू, तपाईं परमेश्‍वरको पुत्र हुनुपर्छ ! हामीले प्रतिक्षा गरिरहेको इस्राएलको राजा तपाईं नै हुनुहुन्छ !”
\v 50 येशूले तिनलाई जवाफ दिनुभयो, “के मैले तिमीलाई अन्जिरको रूखमुनि देखेँ भनी मैले तिमीलाई भनेको कारणले मात्र तिमी मलाई विश्‍वास गर्छौ ? त्‍यो भन्‍दा धेरै ठूला कुराहरू गरेको तिमीले मलाई देख्‍ने छौ !”
\v 51 त्‍यसपछि येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई सत्य भन्दै छु : तिम्रा पुर्खा याकूबले धेरै पहिला देखेको दर्शन जस्तै, कुनै दिन स्वर्ग खोलिएको तिमीले देख्‍ने छौ र परमेश्‍वरका स्वर्गदूतहरू म, मानिसको पुत्रमा माथि जाँदै र तल आउँदै गरेको तिमीले देख्‍ने छौ ।”
\s5
\c 2
\p
\v 1 तीन दिनपछि, गालीलमा भएको एउटा सहर कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
\v 2 तिनीहरूले विवाहमा येशू र उहाँका चेलाहरूलाई पनि निम्‍तो दिए ।
\s5
\v 3 तिनीहरूले विवाहमा सहभागी हुँदैगरेका सबैलाई दाखमद्य दिए र आफूसँग भएका सबै दाखमद्य तिनीहरूले पिए । येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूको दाखमद्य सिद्धियो ।”
\v 4 येशूले तिनलाई भन्‍नुभयो, “म्‍याडम, त्यो कुराको मसँग के सरोकार छ ? मेरो अति महत्त्वपूर्ण काम सुरू गर्नलाई छानिएको समय अझै आएको छैन ।”
\v 5 येशूकीो आमा फर्किन् र सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे भन्‍नुहुन्छ त्यही गर ।”
\s5
\v 6 त्यहाँ ढुङ्गाका छवटा खाली गाग्राहरू थिए । पाहुनाहरू र सेवकहरूले आफ्‍ना हातहरू र गोडाहरू धुन सकून् र यसरी नै अरू यहूदी शुद्ध हुने विधिहरू पूरा गर्न सकून् भनेर तिनीहरूमा पानी राखिन्‍थ्‍यो । प्रत्‍येक गाग्रोमा ७५ देखि १५५ लिटरसम्म अटाउन सक्थ्यो ।
\v 7 येशूले सेवकहरूलाई भन्‍नुभयो, “गाग्राहरूलाई पानीले भर !” त्यसैले तिनीहरूले गाग्राहरूका मुखसम्‍म भरे ।
\v 8 त्‍यसपछिी उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब एउटा भाँडोबाट अलिकति पानी निकाल र त्‍यसलाई भोजको निर्देशककहाँ लिएर जाऊ ।” यसैले सेवकहरूले त्यसै गरे ।
\s5
\v 9 भोजको निर्देशकले त्यो पानीको चाखे, जुन यतिबेला दाखमद्य बनेको थियो । त्यो दाखमद्य कहाँबाट आएको थियो उसलाई थाहा थिएन, यद्यपि सेवकहरूलाई थाहा थियो । त्यसैले तिनले दुलाहालाई आफूकहाँ बोलाए ।
\v 10 हरेकले सुरूमा उत्तम दाखमद्य दिन्छ र पछि जब पाहुनाहरूले धेरै पिइसकेको हुन्छ र उत्तम दाखमद्य सकिएको हुन्छ, त्यसपछि तिनीहरूले सस्तो दाखमद्य दिन्‍छन् । तर तिमीले उत्तम दाखमद्य अहिलेसम्म राखेका छौ ।”
\s5
\v 11 त्‍यो येशूले गर्नुभएको पहिलो आश्‍चर्य काम थियो, जसले येशूको सत्यताको बारेमा संकेत गर्‍यो । उहाँले यो गालीलको क्षेत्रमा कानाको गाउँमा गर्नुभयो । उहाँले अचम्मका कामहरू गर्न सक्‍नुहुन्थ्यो भनी त्यहाँ उहाँले देखाउनुभयो । यसैले चेलाहरूले उहाँमा विश्‍वास गरे ।
\s5
\v 12 यसपछि येशू र उहाँकी आमा र दाजुभाइहरू, उहाँका चेलाहरूका साथमा कफर्नहुमको सहरमा तल जानुभयो, र उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो ।
\s5
\v 13 यतिबेला यहूदी निस्‍तार-चाडको उत्सव मनाउने समय नजीक थियो । येशू र उहाँका चेलाहरू यरूशलेमसम्‍मै जानुभयो ।
\v 14 त्यहाँ मन्दिरको चोकमा मानिसहरूले गाइ-वस्तु, भेंडा र परेवाहरू बेच्‍दैगरेका उहाँले देख्‍नुभयो । मन्दिरमा आफ्‍नो निम्‍ति बलि चढाउँदै गरेका मानिसहरूलाई ती जनावरहरू बेचिन्थ्‍यो । मानिसहरू टेबलहरूमा बसेर मन्दिरको पैसा बेचिरहेका पनि् उहाँले देख्‍नुभयो ।
\s5
\v 15 यसैले, केही छालाका डोराहरूबाट येशूले एउटा कोर्रा बनाउनुभयो र भेडाहरू र गाइ-वस्तुलाई मन्दिरबाट लखेट्‍नलाई उहाँले त्‍यो प्रयोग गर्नुभयो । उहाँले पैसा साट्नेहरूका टेबलहरू पल्टाई दिनुभयो र तिनीहरूकाो सिक्‍काहरू भूँइमा छरपष्‍ट पार्नुभयो ।
\v 16 उहाँले परेवाहरू बेच्‍दै गरेकाहरूलाई आज्ञा दिनुभयो, “यी परेवाहरूलाई यहाँबाट बाहिर लैजाऊ ! मेरो पिताको घरलाई बजार नबनाऊ !”
\s5
\v 17 यस कुराले उहाँका चेलाहरूलाई धेरै पहिले कसैले धर्मशास्‍त्रमा लेखेका कुराको बारेमा याद गरायो, “हे परमेश्‍वर, म तपाईंको घरलाई यति धेरै प्रेम गर्छु कि म यसको लागि मर्नेछु ।”
\v 18 यहूदी अगुवाहरूले उहाँलाई सोधे, “तिमीले जे गर्दैछौ त्‍यो गर्नलाई तिमीलाई परमेश्‍वरबाट अनुमति छ भनी प्रमाणित गर्न हाम्रो निम्ति तमीले के आश्‍चर्य कर्म गर्न सक्‍छौ ?”
\v 19 येशूले तिनीहरूलाई जवाफ भयो, “यो मन्दिरलाई नाश गर, र तीन दिनमा म यसलाई फेरिी पुन:निर्माण गर्नेछु ।”
\s5
\v 20 तिनीहरूले उहाँलाई सोधे, “के तिमी भन्दैछौ कि यो सम्‍पूर्ण मन्दिरलाई नै तिमी तीनै दिनमा पुन:निर्माण गर्न जाँदैछौ ? यो मन्दिर निर्माण गर्न छयालीस वर्ष लाग्यो ।”
\v 21 यद्यपि, येशूले भन्दै गर्नुभएको मन्दिर चाहिँ मन्दिर भवन नभएर उहाँको आफ्नै शरीर थियो ।
\v 22 अन्‍तमा, येशू मर्नु भएपछि र परमेश्‍वरले उहाँलाई मृतकबाट फेरी जीवित पार्नु भएपछि, उहाँले मन्दिरको बारेमा के भन्‍नुभएको थियो भनी उहाँका चेलाहरूले याद गरे । धर्मशास्‍त्रले के भन्‍यो र येशू आफैँले के भन्‍नुभएको थियो त्‍यो दुवै तिनीहरूले विश्‍वास गरे ।
\s5
\v 23 निस्‍तार-चाडको उत्सव मनाउने समयमा जब येशू यरूशलेममा हुनुहुन्थ्यो, धेरै मानिसहरूले उहाँमा विश्‍वास गरे, किनभने तिनीहरूले आश्‍चर्य कर्महरू देखे जसले येशूको सत्यताको बारेमा संकेत गर्‍यो ।
\v 24 तापनि, मानिसहरू कस्ता थिए उहाँलाई थाहा भएको र उहाँले तिनीहरूलाई अति राम्रोसँग चिनुभएको कारणले, उहाँले तिनीहरूको भर पर्नुभएन ।
\v 25 मानिसहरू कति दुष्‍ट थिए भनी उहाँलाई बताउनलाई उहाँलाई कसैको आवश्‍यक थिएन । तिनीहरूकाो बारेमा उहाँलाई हरेक कुरा थाहा थियो ।
\s5
\c 3
\p
\v 1 त्यहाँ एकजना निकोदेमस नाम गरेका मानिस थिए । ती दिनमा भएका यहूदी विश्‍वासको एउटा अति कट्टर समूह, फरिसीहरूका तिनी एक सदस्य थिए । तिनी एक प्रतिष्‍ठित मानिस, यहूदी शासनको सर्वोच्‍च परिषदका एक सदस्‍य थिए ।
\v 2 तिनी राती येशूलाई भेट्न गए । तिनले येशूलाई भने, “गुरुज्यू, हामी जान्दछौं कि तपाईं एक शिक्षक हुनुहुन्‍छ जो परमेश्‍वरबाट आउनुभएको छ । हामी यो जान्दछौ किनभने तपाईंले गरिरहनुभएका आश्‍चर्य कामहरू परमेश्‍वरले मद्दत गर्नुभएन भने कसैले पनि गर्न सक्दैन ।
\s5
\v 3 निकोदेमसले जे भने त्‍यसलाई येशूले जवाफ दिनुभयो, “म तिमीलाई सत्य भन्दैछु, यदि कोही नयाँ गरी जन्‍मेको छैन भने ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।”
\v 4 त्‍यसपछि निकोदेमसले उहाँलाई भने, “जब एकजना व्‍यक्ति बुढो हुन्‍छ तब ऊ कसरी नयाँ गरी जन्मिन सक्‍छ ? कोही पनि आफ्‍नो आमाको गर्भभित्र पस्‍न र दोस्रो पल्‍ट जन्मिन सक्दैन !”
\s5
\v 5 येशूले जवाफ दिनुभयो, “म पक्‍का भन्छु कि यो पनि सत्य हो, यदि कोही पानी र आत्मा दुवैले जन्‍मेको छैन भने ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्‍दैन ।
\v 6 यदि कोही मानिसबाट जन्मेको छ भने, त्यो व्‍यक्ति मानिस हो । तर परमेश्‍वरको आत्माको कामद्वारा नयाँ गरी जन्मिनेहरूको नयाँ आत्मिक स्‍वभाव हुन्‍छ जसलाई परमेश्‍वरले तिनीहरू भित्र बनाउनुहुन्‍छ ।
\s5
\v 7 तिमीले नयाँ गरी जन्मनै पर्छ भनी मैले तिमीलाई भन्‍दा छक्‍क नपर ।
\v 8 त्‍यो यस्तो हो : बतास जहाँ इच्‍छा लाग्‍छ त्यतै बहन्छ । तिमीले बतासको आवाज त सुन्छौ तर यो कहाँबाट आउँछ वा कहाँ जान्छ त्‍यो तिमी जान्दैनौ । आत्माद्वारा जीवित पारिएका हरेकसँग पनि यो तेस्‍तै हो : आत्‍माले इच्छा गर्नुभएको जोसुकैलाई उहाँले नयाँ जन्म दिनुहुन्छ ।
\s5
\v 9 निकोदेमसले उहाँलाई जवाफ दिए, “यो कसरी सत्य हुन सक्छ ?”
\v 10 येशूले उसलाई जवाफ दिनुभयो, “इस्राएलमा तिमी एक प्रतिष्‍ठित शिक्षक हौ, र पनि म जे भन्‍दैछु त्‍यो तिमीले बुझ्‍दैनौ ?
\v 11 म तिमीलाई सत्य भन्दैछु, सत्य हो भनी हामीले जानेको कुराहरू हामी भन्‍छौं, र हामीले जे देखेको छौं त्‍यो हामी तिमीलाई भन्‍दैछौं, तापनि तिमीहरू जसलाई हामी यी कुराहरू भन्‍छौं कसैले पनि हामीले भन्‍दै गरेको कुरामा विश्‍वास गर्दैनौ ।
\s5
\v 12 यदि मैले तिमीलाई यस पृथ्वीका कुराहरूको बारेमा भन्‍दा मैले भनेका कुरालाई तिमीले विश्‍वास गर्दैनौ भने, मैले तिमीलाई स्‍वर्गका कुराहरूको बारेमा भन्‍दा मैले भनेका कुरालाई तिमीले कसरी विश्‍वास गर्नेछौ ?
\v 13 म, मानिसको पुत्र, एकजना मत्र हो जो स्वर्गसम्‍म पुगेको छु, र म एकजना मात्र हो जो यहाँ तल पृथ्वीमा आएको छु ।
\s5
\v 14 धेरै अघि मोशाले प्रस्थानको समयमा तिनी उजाड-स्थानमा हुँदा, एउटा विषालु सर्पलाई एउटा खाँबोमाथि चढाए र जतिले त्‍यसलाई हेरे सबै बचाइए । त्‍यसरी नै मानिसको पुत्र पनि उचालिनुपर्ेछ
\v 15 ता कि माथि हेर्ने र उहाँमा विश्‍वास गर्ने जोसुकैले अनन्त जीवन पाउनेछन् ।
\s5
\v 16 परमेश्‍वरले संसारलाई यसरी प्रेम गर्नुभयोः उहाँले आफ्‍नो एकमात्र पुत्रलाई दिनुभयो, ता कि उहाँमा विश्‍वास गर्ने कोही एकजना पनि नमरोस्, तर अनन्त जीवन पाओस् ।
\v 17 परमेश्‍वरले आफ्‍नो पुत्रलाई संसारमा त्‍यसलाई दोषी ठहर गर्नलाई होइन तर त्‍यसलाई बचाउनलाई पठाउनुभयो ।
\v 18 हरेक जसले पुत्रमा विश्‍वास गर्छ, परमेश्‍वरले कहिल्यै दोषी ठहराउनु हुनेछैन । तर हरेक जसले उहाँमा विश्‍वास गर्दैन, परमेश्‍वरले त्‍यसलाई अघिबाटै दोषी ठहराउनु भएको छ, किनभने तिनीहरूले परमेश्‍वरको एकमात्र पुत्रको नाममा आफ्‍नो विश्‍वास राखेनन् ।
\s5
\v 19 परमेश्‍वरले पापी मानिसहरूका निम्‍ति आफ्‍नो न्‍याय सबैले देख्‍न सकून् भनेर प्रस्‍ट पार्नुभएको छ : उहाँको ज्योति संसारमा आएको छ, तर यस संसारका मानिसहरूले आफ्‍नो अन्धकारलाई प्रेम गरेका छन् र तिनीहरू ज्योतिबाट लुकेका छन् । तिनीहरूले अन्धकारलाई प्रेम गरे किनभने तिनीहरूले जे गर्दैथिए त्‍यो कुरूप र खराव थियो ।
\v 20 भ्रष्‍ट कामहरू गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र तिनीहरू कहिलै पनि यसमा आउनेछैनन्, किनभने तिनीहरू जे गर्छन् त्‍यो ज्‍योतिले देखाउँछ र तिनीहरू कति भ्रष्‍ट छन् प्रकट गर्छ ।
\v 21 तर जे असल र सत्य छ त्‍यो गर्नेहरू ज्‍योतिमा आउँछन् ता कि तिनीहरू जे गर्छन् त्‍यो सबैले देख्‍न सकून् र यसरी तिनीहरूले यी कामहरू गररेर तिनीहरूले परमेश्‍वरको आज्ञा पालन गर्दैथिए भनी सबैले जान्‍न सकून् ।
\s5
\v 22 ती कुराहरू भएपछि, येशू र उहाँका चेलाहरू यहूदियाकोा प्रान्तमा जानुभयो । उहाँका आफ्‍ना चेलाहरूसँग केही समय त्‍यहाँ बस्‍नुभयो र उहाँले धेरै मानिसहरूलाई बप्‍तिस्‍मा दिनुभयो ।
\v 23 बप्‍तिस्‍मा दिने यूहन्‍नाले पनि सामरिया क्षेत्रको सालिम नजिकैको एनोन गाउँ नजीकै मानिसहरूलाई बप्‍तिस्‍मा दिँदैथिए ।
\v 24 यो यूहन्‍नाका शत्रुहरूले तिनलाई झ्‍यालखानमा हाल्नु भन्‍दा अघिको समय थियो ।
\s5
\v 25 परमेश्‍वरमा आफैँलाई ग्रहणयोग्य बनाउनलाई नुहाउने कुराको बारेमा युहन्‍नाका केही चेलाहरू र एकजना विशेष यहूदी मानिसको बीचमा एउटा विवाद उत्‍पन्‍न भयो ।
\v 26 जसले तर्क गर्दैथिए तिनीहरू यूहन्‍नाकहाँ आए र भने, “गुरुज्यू, त्यहाँ एउटा मानिस हुनुहुन्‍थ्‍यो जो यर्दन नदीको अर्कोतिर तपाईंले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्नुहुँदा तपाईंसँग हुनुहुन्‍थ्‍यो । तपाईंले हामीलाई उहाँतिर संकेत गर्नुभयो र उहाँ को हुनुहुन्‍थ्‍यो हामीलाई भन्‍नुभयो । हो, अहिले उहाँले यहूदियाको बाटोभरि बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍छ र धेरै मानिसहरू उहाँकहाँ जाँदैछन् ।”
\s5
\v 27 यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “एकजना व्‍यक्तिलाई परमेश्‍वरले नदिएसम्‍म उसले एउटा कुरा पनि पाउन सक्‍दैन ।
\v 28 तिमीहरूलाई थाहा छ, मैले तिमीहरूलाई सत्य भन्‍दैथिएँ जतिबेला मैले भनें, ‘म ख्रीष्‍ट होइन, तर उहाँलाई आउनको निम्‍ति बाटो राम्रो बनाउनलाई उहाँको अघि मलाई पठाइयो ।’
\s5
\v 29 म दुलाहाको साथी जस्तोै हुँ । त्‍यहाँ दुलहीको आगमनको निम्‍ति पर्खँदै म खडा रहन्‍छु । जब दुलाहाको मित्रले अन्‍तमा दुलाहा आइपुग्‍दा तिनको स्वर सुन्छ, तब ऊ असाध्यै खुशी हुन्छ । यसकारण, यो सबै भएको हुनाले मेरो आनन्द भरिएर पोखिँदैछ, किनभने उहाँ आउनुभएको छ ।
\v 30 आउँदो समयमा उहाँ मान र प्रतिष्‍ठामा बढ्नुहुनेछ, र मेरो प्रतिष्‍ठा थोरै-थोरै हुँदै जानेछ ।
\s5
\v 31 येशू स्वर्गबाट आउनुहुन्‍छ, र उहाँको प्रतिष्‍ठा अरू कसैको भन्दा उच्‍च छ । हाम्रो आफ्‍नो घर संसारमा छ, र हामी संसारकै कुराहरू मात्र गर्न सक्छौँ । एकजना जो स्‍वर्गबाट आउनुहुन्‍छ, संसार हरेक व्‍यक्ति र त्‍यहाँ भएका सबै कुरा भन्दा माथि हुनुहुन्‍छ ।
\v 32 अहिले यहाँ एकजना हुनुहुन्छ जसले आफूले देखेका र सुनेका कुराको गवाही दिनुहुन्‍छ, तर उहाँले भनेको कुरा ग्रहण गर्ने वा त्‍यो सत्‍य हो भनी विश्‍वास गर्ने एकजना छैन ।
\v 33 तापनि, जसले उहाँले भन्‍नुभएका कुरामा विश्‍वास गरेका हुन्‍छन्, तिनीहरूले गवाही दिन्छन् कि सबै सत्यको मुहान परमेश्‍वर नै हुनुहुन्छ, र सबै सत्‍य कुराहरूको नाप र मानक उहाँ मत्रै हुनुहुन्छ ।
\s5
\v 34 परमेश्‍वरले उहाँको वक्ता पठाउनुभएको छ, र उहाँले भनेका कुरा सत्‍य छन्, किनकी उहाँ परमेश्‍वरको वचन बोल्नुहुन्छ । र उहाँले कति दिने वास्‍ता नै नगरी उहाँले आफ्‍नो आत्मा दिनुहुन्छ ।
\v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले सबै कुरा उहाँकै शक्‍तिको अधीनमा राख्‍नुहुन्‍छ ।
\v 36 जसले परमेश्‍वरको पुत्रमा विश्‍वास राख्छ, त्‍योसँग अनन्‍त जीवन हुन्छ । जसले परमेश्‍वरको पुत्रको आज्ञा मान्दैन त्‍योसँग कहिल्यै अनन्‍त जीवन हुँदैन, र हरेक पाप जुन त्‍यस व्‍यक्तिले गरेको छ त्‍यसको निम्‍ति परमेश्‍वरको धार्मिक क्रोध त्‍यसमाथि सदासर्वदा रहनेछ ।”
\s5
\c 4
\p
\v 1 येशूले फरिसीहरूको बारेमा एउटा खबर पाउनुभयो । येशूले बप्‍तिस्‍मा दिने यूहन्‍नाले भन्दा धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र उहाँले यूहन्‍नाले भन्दा धेरै मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनेर तिनीहरूले थाहा पाए ।
\v 2 तर येशू आफैँले व्‍यक्तिगत रूपले बप्‍तिस्‍मा दिने काम गर्दै हुनु हुन्‍नथ्‍यो; उहाँका चेलाहरुले त्‍यसो गर्दैथिए ।
\v 3 त्यसले येशू र उहाँका चेलाहरूले यहूदियाको क्षेत्र छोड्‍नुभयो र फेरी एक पल्‍ट गालीलमा फर्कनुभयो ।
\s5
\v 4 यतिबेला उहाँहरूलाई सामरियाको क्षेत्रबाट जानुपर्‍यो ।
\v 5 यसरी उहाँहरू सामरियाको क्षेत्रमा भएको सुखार भनिने एउटा नगरमा आउनुभयो । सुखार चाहीँ धेरै अघि याकूबले आफ्नो छोरा योसेफलाई दिएका जमीनको कित्ता नजीकै थियो ।
\s5
\v 6 सुखार नगरको ठिक बाहिरपट्टि याकूबको इनार थियो । येशू आफ्‍नो लामो यात्राबाट धेरै थाक्‍नुभयो, र उहाँ थकाई मार्नलाई इनारको छेउमा बस्‍नुभयो । यतिबेला मध्‍यान्‍ह थियो ।
\v 7 एकजना स्‍त्री सामरियाबाट निस्केर केही पानी तान्‍नलाई इनारमा आइन् । येशूले तिनलाई भन्‍नुभयो, “मलाई पानी पिउन देऊ ।”
\v 8 यतिबेला उहाँका चेलारूले उहाँलाई एक्लै छाोडेिका थिए किनभने तिनीहरू खानेकुरा किन्‍नलाई नगरमा गएका थिए ।
\s5
\v 9 स्‍त्रीले उहाँलाई भनिन्, “मलाई अचम्‍म लाग्‍यो कि तपाईं एकजना यहूदीले, म एकजना समारियाबाट आएकी स्‍त्रीसँग पानी पिउन माग्‍दै हुनुहुन्‍छ ।”
\v 10 येशूले तिनलाई जवाफ दिनुभयो, “यदि परमेश्‍वरले तिमीलाई दिने इच्‍छा गर्नुभएको वरदान तिमीले थाहा पाएकी भए र यदि कसले तिमीसँग पिउने पानी माग्‍दैछ भनी तिमीले थाहा पाएकी भए, तिमीले मसँग पिउनलाई पानी माग्‍नेथियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ ।”
\s5
\v 11 गुरुज्‍यू, पानी इनारबाट माथि तान्‍नलाई तपाईंसँग बाल्‍टी वा डोरी छैन, र यो इनार गहिरो छ । यो जिउँदो पानी तपाईं कहाँबाट ल्याउनुहुन्छ ?
\v 12 तपाईं हाम्रा पिता याकूबभन्दा महान त हुन सक्‍दैन । उहाँले यो इनार खन्‍नुभयो जसलाई हामी आज प्रयोग गर्छौं, र उहाँ आफैँले यसबाट पिउनुभयो, उहाँका सन्तानहरू र उहाँका जनावरहरूले पनि त्‍यसै गरे ।
\s5
\v 13 येशूले तिनलाई जवाफ दिनुभयो, “हरेक जसले यो इनारबाट पानी पिउँछ फेरि तिर्खाउनेछ,
\v 14 तर ती जसले मैले तिनीहरूलाई दिने पानी पिउँछन्, फेरि कहिल्यै तिर्खाउने छैनन् । जुन पानी मा दिन्‍छु, त्‍यो पानीको एउटा मुहान बन्‍नेछ जो तिनीहरूमा भरिन्‍छ र तिनीहरूमा अनन्त जीवन ल्याउँछ ।”
\s5
\v 15 स्‍त्रीले उहाँलाई भनिन्, “गुरूज्‍यू, मलाई यो पानी दिनुहोस् जसले गर्दा म कहिल्यै तिर्खाउने छैन वा पानी तान्‍नलाई यहाँ फेरि आउनु पर्नेछ ।”
\v 16 उहाँले जे भन्‍दै हुनुहुन्‍थ्‍यो त्‍यो तिनले बुझिनन् भनी येशूलाई थाहा थियो, यसैले उहाँले तिनलाई भन्‍नुभयो, “म्‍याडम, जाऊ र आफ्नो श्रीमानलाई बोलाऊ र तिनलाई यहाँ ल्याऊ ।”
\s5
\v 17 स्‍त्रीले उहाँलाई जवाफ दिइन्, “मसित श्रीमान छैन ।” येशूले तिनलाई भन्‍नुभयो, “तिमीसित श्रीमान छैन भनेकोमा तिमी ठिकै हौ,
\v 18 किनभने तिमीसँग एकजना होइन, तर पाँचजना श्रीमानहरू थिए र तिमी अहिले जुन मानिससँग बस्‍दैछौ त्‍यो तिम्रो श्रीमान होइन । श्रीमान नभएको बारेमा तिमीले जे भनेकी छ्‍यौ त्‍यो सत्य हो ।”
\s5
\v 19 स्‍त्रीले उहाँलाई भनिन्, “गुरुज्‍यू, तपाईं एक अगमवक्ता भएको म देख्छु ।
\v 20 हाम्रा पुर्खाहरूले यहीँ यसै डाँडामा परमेश्‍वरको आराधना गरे, तर तपाईं यहूदीहरू भन्‍नुहुन्छ कि हामीले परमेश्‍वरको आराधना गर्ने ठाँउ यरूशलेम नै हो । को ठिक हो ?”
\s5
\v 21 येशूले तिनलाई भन्‍नुभयो, “नारी, मैले यसो भन्‍दा ममा विश्‍वास गर कि एउटा समय आउँदैछ जतिबेला न यहाँ यस डाँडामा न यरूशलेममा नै मानिसहरूले पिताको आराधना गर्नेछन् ।
\v 22 तिमीहरू समारियामा भएका मानिसहरूले जे तिमीहरूले जान्‍दैनौ त्‍यसैको आराधना गर्छौ । हामी यहूदी आराधना गर्नेहरूले जान्‍दछौं हामी कसको आराधना गर्छौँ, किनभने मुक्ती यहूदीहरूबाट नै आउँछ ।
\s5
\v 23 समय आउँदैछ र अहिले आएको छ जब परमेश्‍वरलाई साँचो रूपमा आराधना गर्नेहरूले पितालाई आत्मिक रूपमा र सत्यमा आराधना गर्नेछन् । पिताले यस्ताै मानिसहरू खोज्‍नुहुन्छ ता कि तिनीहरूले उहाँलाई यसरी नै आराधना गरून् ।
\v 24 परमेश्‍वर आत्मा हुनुहुन्छ, र उहाँको आराधना गर्नेहरूले उहाँलाई आत्मिकी रूपले आराधना गर्नुपर्छ, र सत्यले तिनीहरूलाई आराधनामा अगुवाइ गर्नुपर्दछ ।”
\s5
\v 25 स्‍त्रीले उहाँलाई भनिन्, “म जान्‍दछु कि मसीह (जसलाई “ख्रीष्‍ट” पनि भनिन्‍छ) आउँदै हुनुहुन्‍छ । जब उहाँ आउनुहुन्छ, तब हामीले सुन्‍नु आवश्‍यक हरेक कुरा उहाँले हामीलाई भन्‍नुहुनेछ ।”
\v 26 येशूले तिनलाई भन्‍नुभयो, “म, जो अहिले तिमीसँग बोल्‍दैछु, म उही हुँ !”
\s5
\v 27 ठिक त्यसैबेला, चेलाहरू नगरबाट फर्केर आए । तिनीहरू छक्‍क परे कि येशू एकजना स्‍त्रीसँग बोल्‍दै हुनुहुन्‍थ्‍यो जो उहाँको परिवारको सदस्य थिइनन् । (त्यो यहूदी चलन विपरीत थियो) । तापनि, उहाँलाई सोध्‍ने साहस कसैलाई भएन, “एउटी स्‍त्रीसँग आफैँ कुरा गर्दै तपाईं के गर्दै हुनुहुन्‍थ्‍यो ?” वा “तपाईं तिनीसँग किन बोल्‍दै हुनुहुन्‍छ ?”
\s5
\v 28 ती स्‍त्रीले आफ्‍नो पानीको गाग्रो त्यहीँ छोडिन् र नगरमा फर्केर गइन् । तिनले नगरका मानिसहरूलाई भनिन्,
\v 29 “आऊ र एकजना मानिसलाई हेर जसले मैले सधैं गरेको सबै कुरा मलाई भन्‍नुभयो ! ख्रीष्‍ट उहाँ नै त हुनुहुन्‍न, उहाँ हुनुहुन्‍छ कि ?”
\v 30 धेरै मानिसहरू नगरबाट बाहिर येशू हुनुभएको ठाउँमा जान सुरु गरे ।
\s5
\v 31 उहाँका चेलाहरूले, जो भर्खरै खानेकुरा लिएर फर्केका थिए, उहाँलाई बिन्‍ती, “गुरुज्‍यू, केही कुरा खानुहोस् ।”
\v 32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ जसको बारेमा तिमीहरू केही जान्‍दैनौ !”
\v 33 यसैले तिनीहरू एक अर्कामा भन्‍दैथिए, “कसैले उहाँलाई खानलाई केही कुरा ल्याइदिएको हुनै सक्‍दैन, के तिनीहरूले ल्‍याए त ?”
\s5
\v 34 येशूले भन्‍नुभयो, “म के को निम्‍ति ज्‍यादै भोको छुा म भन्‍नेछु : मलाई पठाउनुहुने मेरो पिताले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नु र उहाँका सबै कामहरू पुरा गर्नु हो ।”
\v 35 वर्षको यो समयमा तिमीहरू सदैंजसो भन्‍नेगर्छौ, ‘चार महिना बाँकी छ, र त्‍यसपछि हामी अन्‍नहरू कटनी गर्नेछौं ।’ तापनि आफ्‍नो चारैतिर हेर ! यो क्षणमा कटनीको लागि खेतबारी तयार छ । अहिले गैरयहूदीहरू परमेश्‍वरले तिनीहरूमा राज्‍य गर्ने इच्‍छा गर्दैछन् ; तिनीहरू अहिले कटनीको निम्‍ति तयार खेतबारी जस्तै छन् ।
\v 36 जसले यो विश्‍वास गर्छ र यस किसिमको कटनीको काम गर्न तयार हुन्छ त्‍यसले अघिबाटै आफ्नो ज्याला पाउँदैछ र अनन्त जीवनको लागि धेरै फसल जम्मा गर्दैछ । ती जसले बिउ छर्छन् र ती जसले फसल कटनी गर्छन्, एकसाथ रमाउनेछन् ।
\s5
\v 37 यो भनाइ सत्य छः एकजना व्‍यक्तिले बिीउहरू रोप्छ र अर्को व्‍यक्तिले अन्‍नहरू कटनी गर्छ ।
\v 38 तिमीहरूले नरोपेको फसल कटनी गरी जम्‍मा गर्न मैले तिमीहरूलाई पठाँए । अरूहरूले धेरै कडा परिश्रम गरे, तर तिनीहरूका काममा तिमीहरू अहिले सहभागी हुँदैछौ ।”
\s5
\v 39 त्‍यस स्‍त्रीले तिनीहरूलाई भनेका सबै कुराबाट तिनीहरूले उहाँको बारेमा जे सुने त्‍यो कारणले सुखारको नगरमा बस्‍ने धेरैजना सामरीहरूले आफ्नो विश्‍वास येशूमा राखे । तिनले भनिन्, “मैले सधैं गरेको सबै कुरा उहाँले मलाई भन्‍नुभयो ।”
\v 40 जब सामरीिहरू येशूकहाँ आए, अलि लामो समय तिनीहरूसँग बस्‍नलाई तिनीहरूले उहाँलाई बिन्‍ती गरे । यसैले उहाँ त्‍यहाँ अरू दुई दिन बस्‍नुभयो ।
\s5
\v 41 उहाँले तिनीहरूलाई जे घोषणा गर्नुभयो त्‍यो कारणले तिनीहरूमध्ये अरू धेरैले येशूमा विश्‍वास गरे ।
\v 42 तिनीहरूले स्‍त्रीलाई भने, “तिमीले उहाँको बारेमा हामीलाई जे भन्‍यौ त्‍यो कारणले मात्र होइन तर हामी आफैँले उहाँको सन्देश सुनेका कारणले हामी अहिले येशूमा विश्‍वास गर्छौँ । अब हामी जान्‍दछौं कि यी मानिस साँच्‍चै नै संसारको मुक्तिदाता हुनुहुन्छ ।”
\s5
\v 43 सामरियामा ती दुईदिन बसेपछि, येशू र उहाँका चेलाहरू गालीलको क्षेत्रमा जानुभयो ।
\v 44 (येशू आफैँले निश्‍चित रूपमा भन्‍नुभयो कि एकजान अगमवक्ताको धेरै ठाउँहरूमा आदर हुन्‍छ तर ऊ हुर्किएको ठाउँमा कहिलै हुँदैन ।)
\v 45 तापनि, जब उहाँ गालीलमा आउनुभयो, त्यहाँ भएका धेरै मानिसहरूले उहाँलाई स्वागत गरे । उहाँ को हुनुहुन्थ्यो भनी तिनीहरू जान्‍दथे किनभने यरूशलेममा हालैमा आयोजना गरिएको निस्तार-चाडको समयमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखे ।
\s5
\v 46 गालीलको कानामा येशू फेरि फर्केर जानुभयो । (त्यही ठाउँ थियो जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्‍नुभएको थियो ।) त्यहाँ राजाको एकजना अधिकारी थिए जो मात्र सत्ताइस किलोमिटर टाडा कफर्नहुममा बस्थे, र तिनको छोरा अति बिरामी थियो ।
\v 47 येशू यहूदियाबाट फर्केर गालीलमा आउनुभएको छ भनी जब ती मानिसले सुने, तिनी कानामा येशूकहाँ गए र उहाँसँग बिन्‍ती गरे, “कफर्नहुममा तल आउनुहोस् र मेरो छोरोलाई निको पार्नुहोस् । ऊ मर्नै लागेको छ !”
\s5
\v 48 येशूले तिनलाई भन्‍नुभयो, “जबसम्म म को हुँ भनी प्रमाणित गर्ने कुराहरू मैले गरेको तिमीले देख्दैनौ र मैले आश्‍चर्य कामहरू गरेको हेर्दैनौ, तिमीले ममा विश्‍वास गर्नेछैनौ !”
\v 49 तापनि त्यस अधिकारीले उहाँलाई भने, “गुरुज्‍यू, कृपया मेरो छोरो मर्नु अघि तपाईं तल मेरो घरमा आउनुहोस् !”
\v 50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ ! तिम्रो छोरा बाँच्‍नेछ ।” येशूले भन्‍नुभएका कुरामा ती मानिसले विश्‍वास गरे, र तिनले घरतर्फ फर्कने आफ्नो यात्रा सुरु गरे ।
\s5
\v 51 जसै कफर्नहुमको आफ्नो घरमा जानलाई तिनी तलतिर झर्दैथिए, तिनका सेवकहरूले तिनलाई बाटोमै भेटे । तिनीहरूले तिनलाई भने, “तपाईंको बालक बाँच्‍न गइरहेछ ।”
\v 52 तिनले तिनीहरूलाई सोधे, “कुन बेलादेखि मेरो छोरोलाई सन्‍चो हुन थाल्यो ?” तिनीहरूले तिनलाई भने, “हिजो दिउँसो एक बजेतिर उसलाई ज्वरोले छाड्‍यो ।”
\s5
\v 53 त्यसपछि केटाको बुबाले महसुस गरे कि यसै समयमा नै येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो छोरा बाँच्छ ।” यसैले तिनको घरमा बस्‍ने हरेक सबैजनासँगै तिनले येशूमा विश्‍वास गरे ।
\v 54 उहाँ को हुनुहुन्थ्यो भनी मानिसहरूलाई प्रमाणित गर्नलाई येशूले केही गर्नुभएको त्‍यो दोस्रो पल्‍ट थियो । उहाँ यहूदियाबाट यात्रा गरी गालीलको क्षेत्रमा आउनुभएको समयमा उहाँले त्यो गर्नुभयो ।
\s5
\c 5
\p
\v 1 त्‍यसपछि अर्को यहूदी चाडको समय आयो र त्‍यसको लागि येशू यरूशलेमसम्‍म जानुभयो ।
\v 2 यरूशलेममा सहरभित्र जाने ढोकाहरूमध्‍ये एउटाको छेउमा “भेडा ढोका” भनिने एउटा ठाउँ छ । त्यो ढोकामा बेथस्‍दा (आरमेइकमा यसो भनिन्‍छ) भनिने् एउटा पोखरी छ । पोखरीसँगै छाना भएका पाँचवटा वरन्‍डाहरू वा दलानहरू छन् ।
\v 3 त्यहाँ मानिसहरूको एउटा ठुलो संख्या थियो जो बिरामी, अन्धो र हिंड्न नसक्‍ने थिए ।
\v 4 हिंड्न नसक्‍ने धेरै मानिसहरू वरन्‍डामा सुतिरहेका थिए ।
\s5
\v 5 एकजना मानिस जो हिंड्न सक्‍दैनथ्‍यो, अठ्‍तीस वर्षदेखि त्‍यहाँ थियो ।
\v 6 येशूले त्यहाँ त्‍यसलाई सुतिरहेको देख्‍नुभयो र महसुस गर्नुभयो कि ऊ यस स्थितिमा लामो समयदेखि रहेको थियो । उहाँले त्यो मानिसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ् र बलियो हुन चाहन्छौ ?”
\s5
\v 7 त्यो मानिसले उहाँलाई जवाफ दियो, “गरुज्‍यू, जब पानी छचल्‍काइन्छ, तब पोखरीभित्र पस्‍न तल जानलाई मलाई मद्दत गर्न यहाँ मसँग कोही पनि छैन । मैले पोखरीभित्र पस्‍ने कोसिस गरिरहँदा, अरू कोही सधैँ मेरैअघि तल झर्छ ।”
\v 8 येशूले त्यसलाई भन्‍नुभयो, “उठ ! आफ्‍नो ओछ्यान उठाऊ र हिंड !”
\s5
\v 9 तुरुन्‍तै त्यो मानिस निको पारियो, र उसले आफ्नो ओछ्यान उठायो र हिंड्यो । अब त्यो दिन शबाथको दिन, विश्रामको दिन थियो ।
\s5
\v 10 यसैले यहूदीहरूका अगुवाहरूले त्‍यो मानिसलाई भने जसलाई निको पारिएको थियो, “यो शबाथको दिन हो, र विश्रामको यो दिनमा तिमीले आफ्नो ओछ्यान बोक्‍नु हाम्रो व्यवस्थाको विरुद्धमा छ भनी तिमी जान्‍दछौ ।”
\v 11 निको पारिएको त्यो मानिसले तिनीहरूलाई भन्यो, “तर मलाई निको पार्ने एकजनाले मलाई भन्‍नुभयो, ‘आफ्‍नो ओछ्यान उठाऊ र हिंड !
\s5
\v 12 तिनीहरूले त्‍यसलाई सोधे, “त्यो मान्छे को थियो ?”
\v 13 अब येशूले त्यो मानिसलाई निको पार्नुभए तापनि त्यो मानिसलाई उहाँको नाम थाहा थिएन । उसलाई निको पारेपछि, येशूले त्यस मानिसलाई छोड्‍नुभयो र भिडमा अदृष्‍य हुनुभयो ।
\s5
\v 14 पछि येशूले त्यो मानिसलाई मन्दिरमा भेट्टााउनुभयो र त्‍यसलाई भन्‍नुभयो, “हेर, तिमी अहिले निको भयौ । अब फेरि पाप नगर, जसले गर्दा तिमीलाई अति नराम्रो केही नहोस् ।”
\v 15 त्यो मानिस गयो र त्‍यसलाई निको पार्नुभएको मानिसे येशू हुनुहुन्थ्यो भनी यहूदी अगुवाहरूलाई भन्‍यो ।
\s5
\v 16 यसरी उहाँले अचम्मका कुराहरू गर्दै रहनुभएको र आफ्‍नो शक्ती देखाउँदै रहनुभएको करणले, र ती कामहरू उहाँले प्राय: शबाथको दिनमा गर्नुभएको करणले यहूदीहरूले येशूलाई रोक्‍न प्रयासहरू गरे ।
\v 17 येशूले तिनीहरूलाई यो जवाफ दिनुभयो, “मेरो पिताले अहिले पनि काम गर्दै हुनुहुन्छ, र म पनि काम गर्दैछु” ।
\v 18 यसैले उहाँले शबाथ दिन उल्लङ्घन गरिरहेको कारणले मात्र होइन तर उहाँ परमेश्‍वरसँग समान हुनुभएको दावी गर्दै उहाँले परमेश्‍वरलाई उहाँको आफ्नै पिता भन्‍नुभएको करणले पनि यहूदीहरूले येशूलाई मार्नलाई अझै धेरै कोसिस गरिरहे ।
\s5
\v 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई सत्य भन्दैछु : म, मानिसको पुत्रले मेरो आफ्नै अधिकारमा केही गर्न सक्दिन । पिताले जे गर्नुभएको म देख्छु, त्यो मात्र म गर्न सक्छु । पिताले जे गर्नुहुन्‍छ, म, पुत्रले त्‍यही गर्छु ।
\v 20 पिताले मलाई, पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले गर्दै रहनुभएका सबै कुरा मलाई देखाउनुहुन्छ । यी भन्दा महान कामहरू पनि पिताले मलाई देखाउनु हुनेछ् जसले गर्दा म जे गर्न सक्छु त्‍यो तिमीहरूले देख्‍न सक्‍छौ र छक्‍क पर्छौ ।
\s5
\v 21 जसरी पिताले मरेकाहरूलाई जीवित बनाउनु हुन्छ र तिनीहरूलाई फेरिी जीवन दिनुहुन्छ, त्यसरी नै म, पुत्रले पनि मैले इच्‍छा गर्ने कुनै व्‍यक्तिलाई पनि जीवन दिन्छु ।
\v 22 पिताले कसैको न्याय गर्नुहुन्‍न तर सारा न्यायको काम मलाई दिइएको छ,
\v 23 यसरी सारा मानिसहरूले म, पुत्रको आदर गर्न सक्‍छन् जसरी तिनीहरूले पिताको आदर गर्छन् । मलाई आदर नगर्ने कसैले पनि पितालाई आदर गर्न सक्दैन ।
\s5
\v 24 म तिमीहरूलाई सत्य भन्दैछु : जसले मेरो शन्‍देस सुन्‍छ र परमेश्‍वरले मलाई पठाउनुभयो भनी विश्‍वास गर्छ त्‍यससँग अनन्त जीवन हुन्‍छ र परमेश्‍वरको न्यायमा आउनेछैन । त्यसको साटो, ऊ मरेको अवस्‍थाबाट जीवित अवस्‍थाबाट गएको हुन्‍छ ।
\s5
\v 25 म तिमीहरूलाई सत्य भन्दैछु : एउटा समय आउँदैछ, जतिबेला ती जो मरिसकेका छन्, मेरो, मेरो आफ्‍नै, परमेश्‍वरका पुत्रको आवाज सुन्‍नेछन्, र ती जसले मलाई सुन्छन्, बाँच्‍नेछन् ।
\s5
\v 26 किनकि जसरी पिताले मानिसहरूलाई जिउँदो बनाउन सक्‍नुहुन्छ, त्यसरी नै तिनीहरूलाई जिउँदो बनाउने शक्‍ति उहाँले मलाई, पुत्रलाई दिनुभएको छ ।
\v 27 जे न्यायोचित छ भनी उहाँ जान्‍नुहुन्‍छ त्यो गर्नलाई पिताले मलाई अधिकार दिनुभएको छ, किनभने म मानिसको पुत्र हुँ ।
\s5
\v 28 यो कुरामा अचम्म नमान किनभने त्‍यहाँ एउटा समय हुनेछ जतिबेला सबै मानिसहरू जो मरिसकेका छन्, मेरो वोलावट सुन्‍नेछन्,
\v 29 र तिनीहरू आफ्ना चिहानहरूबाट बाहिर आउनेछन् । ती जसले असल गरेका छन्, परमेश्‍वरले अनन्त जीवनको लागि जीवित पार्नुहुनेछ । तर ती जसले दुष्‍ट काम गरेका छन् -- परमेश्‍वरले तिनीहरूलाई जीवित पार्नुहुनेछ, तर त्‍यो तिनीहरूलाई दोषी ठहर गर्न र सदासर्वदा दण्ड दिनलाई मात्र हुनेछ ।
\s5
\v 30 मेरो आफ्‍नै निर्णयले म केही गर्न सक्दिन । जे म पिताबाट सुन्छु, त्‍यसरी नै म न्याय गर्छु र म न्यायोचित किसिमले न्याय गर्छु । म न्यायोचित किसिमले न्याय गर्छु किनभने, म जे इच्‍छा गर्छु त्यो होइन, तर पिता, जसले मलाई यहाँ पठाउनुभयो, उहाँले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्ने कोसिस म गर्छु ।
\v 31 यदि आफ्नो बारेमा गवाही हुनलाई म एक्‍लै मात्रै थिएँ भने मेरो गवाही सत्य र विश्‍वासयोग्‍य भनी कसैले पनि विश्‍वास गर्ने थिएन ।
\v 32 तापनि, त्‍यहाँ अरू एकजना हुनुहुन्‍छ जसले मेरो बारेमा गवाही दिनुहुन्‍छ र मेरो बारेमा उहाँको गवाही सत्य हुन्‍छ भनी म जान्‍दछु ।
\s5
\v 33 तिमीहरूले बप्‍तिस्‍मा दिने यूहन्‍नाकहाँ सन्‍देश वहाकहरूलाई पठायौ, र तिनले तिमीहरूलाई मेरो बारेमा सत्य बताए ।
\v 34 मेरो बारेमा गवाही हुनलाई तिनी वा अरू कसैको मलाई साँच्‍चै आवश्‍यकता छैन, तर म यी कुराहरू भन्दैछु जसले गर्दा परमेश्‍वरले तिमीहरूलाई बचाउन सक्‍नुहुन्‍छ ।
\v 35 बप्‍तिस्‍मा दिने यूहन्‍ना एउटा बल्‍दै गरेका र चम्किँदै गरेका बत्ति थिए, र तिनको ज्योतिमा केही समयका लागि आनन्द मनाउन तिमीहरू खुशी भयौ ।
\s5
\v 36 यद्यपि जुन गवाही मैले आफ्‍नो बारेमा दिन्‍छु त्‍यो यूहन्‍नाले मेरो बारेमा दिएको गवाही भन्दा पनि धेरै महान छ । सबै कुराहरू जुन पिताले मलाई गर्नलाई अनुमति दिनुभएको छ म ती कामहरू हरेक दिन गर्छु, र तिमीहरूले मलाई ती गरिरहेको देख्‍छौ ती कुराहरूले म को हुँ भन्‍ने बारेमाे धेरै कुराहरू भन्‍छन् ; तिनीहरूले म यहाँ आउनुको उद्देश्यलाई वर्णन गर्छन् । पिताले मलाई पठाउनुभएको हो भन्‍ने कुराको प्रमाण तिनीहरू नै हुन् ।
\v 37 पिता जसले मलाई पठाउनु भयो, उहाँले नै हुनुहुन्‍छ जसले मेरो बारेमा गवाही दिनु भएको छ । तिमीहरूले कहिल्यै उहाँको आवाज सुनेका छैनौ र तिमीहरूले कहिलै उहाँलाई शारीरिक रूपमा देखेका छैनौ ।
\v 38 तिमीहरूमा उहाँको वचन तिमीहरूभित्र बसिरहेको छैन भन्‍ने कुराको प्रमाण यो हो कि उहाँले पठाउनुभएको एकजना, मलाई तिमीहरूले विश्‍वास गर्दैनौ ।
\s5
\v 39 तिमीहरू होशियारिसाथ धर्मशास्‍त्र अध्ययन गर्छौ किनभने तिमीहरू विचार गर्छौ कि ती अध्ययन गर्नाले तिमीहरूले अनन्त जीवन पाउनेछौ, र ती धर्मशास्‍त्रले मेरो बारेमा बताउँछन् ।
\v 40 तापनि तिमीहरूले मबाट अनन्त जीवन पाउनको लागि अझै पनि तिमीहरू म कहाँ आउनलाई इन्कार गर्छौ ।
\s5
\v 41 यदि मानिसहरूले मरो प्रशंसा गर्छन् वा मलाई बधाई दिन्छन् भने म तिनीहरूलाई बेवास्ता गर्छु ।
\v 42 तिमीहरूको बारेमा मलाई यो थाहा छ, तिमीहरू परमेश्‍वरलाई प्रेम गर्दैनौ ।
\s5
\v 43 म आफ्‍नो पिताको अधिकारमा आएको छु, तर अझै पनि तिमीहरूले मलाई स्वागत गरेनौ वा मलाई विश्‍वास गरेनौ । यदि कोही उसको आफ्नै अधिकारमा आएको भए, तिमीहरूले उसका कुरा सुन्थ्यौ ।
\v 44 जब आफ्‍नो आदर होस् भनेर तिमीहरू आफ्‍नो माझमा भएका अरूहरूका निम्‍ति यति धेरै मेहनत गर्छौ भने तिमीहरू कसरी ममा विश्‍वास गर्न सक्छौ ? तापनि एक मात्र परमेश्‍वरबाट पाउने साँचो आदर खोज्‍नलाई तिमीहरूले सबै किसिमले इन्कार गर्‍यौ ।
\s5
\v 45 तिमीहरूलाई मेरो पिताको अघि दोष लगाउने म हुँ भन्‍ने नसोच । मोशाले तिमीहरूको बचाउ गर्नेछन् भनी तिमीहरूले सोच्‍यौ यसैले, उनैमा आफ्‍नो आशा तिमीहरूले राखेका छौ । तापनि, मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
\v 46 यदि तिमीहरूले मोशाले जे भने त्‍यो स्‍वीकार गरेको भए, मैले जे सत्‍य रूपमा भनें त्‍यो तिमीहरूले ग्रहण गर्ने थियौ ।
\v 47 मोशाले जे लेखे त्यसमा पनि तिमीहरूले विश्‍वास गरेनौ भने मैले तिमीहरूलाई जे भनेको छु त्‍यसमा तिमीहरू कसरी विश्‍वास गर्न सक्छौ !”
\s5
\c 6
\p
\v 1 येशू ताल तरेर अर्कोपट्टी जानुभयो । कोही मानिसका लागि त्यो तालको नाम “गालील समुद्र” थियो; अरू मानिसहरूले त्यसलाई “तिबेरियास समुद्र” भन्थे ।
\v 2 एउटा ठुलो भिड उहाँको पछि लाग्‍यो किनभने धेरै बिरामी परेका मानिसहरूलाई निको पारेर उहाँले गर्नुभएका आश्‍चर्य कामहरू तिनीहरूले देखेका थिए
\v 3 येशू ठाडो उकालो चडेर डाँडा माथि जानुभयो र आफ्‍ना चेलाहरूसँग बस्‍नुभयो ।
\s5
\v 4 यतिबेला यहूदीहरूको विशेष उत्‍सव को लागि वर्षको निस्‍तार-चाडको समय थियो ।
\v 5 येशूले माथि हेर्नुभयो र त्यहाँ मानिसहरूको एउटा धेरै ठुलो भिड उहाँतिर आउँदै गरेको देख्‍नुभयो । येशूले फिलिपलाई भन्‍नुभयो, “हामी रोटी कहाँबाट किन्‍नेछौं, जसले गर्दा यी सारा मानिसहरूसित खानलाई केही कुरा हुन्‍छ ?”
\v 6 उहाँले फिलिपलाई तिनको जाँच गर्न, तिनले कस्तो उत्तर दिन्‍छन् भनी हेर्न यो प्रश्‍न सोध्‍नुभयो । तापनि, यो समस्याको बारेमा उहाँ के गर्न जाँदै हुनुहुन्‍थ्‍यो भनी येशूलाई अघिबाटै थाहा थियो ।
\s5
\v 7 फिलिपले उहाँलाई जवाफ दिए, “यदि एकजना मानिसले दुई सय दिन काम गरेर कमाउन सक्‍ने पैसा हामीसँग भए पनि, यो ठुलो भिडमा भएका प्रत्येक व्‍यक्तिलाई एउटा सानो टुक्रा दिनलाई रोटी किन्‍न पनि त्‍यो पैसाले पुग्‍नेछैन ।”
\v 8 उहाँका चेलाहरूमध्ये अर्को एकजना, अन्द्रियास, जो सिमोन पत्रुसका भाइ थिए, येशूलाई भने,
\v 9 “यहाँ एउटा केटो छ जोसँग पाँचवटा साना जौका रोटीहरू र दुईवटा माछाहरू छन् । तापनि, यति थोरै खानाले यति धेरै मानिसहरूलाई कसरी पुर्‍याउने ?”
\s5
\v 10 जाहाँ सबै मानिसहरू एकसाथ आउँदैथिए, त्‍यो ठाउँमा प्रशस्त घाँस थियो । यसैले येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍नलाई भन ।” यसैले सबै मानिसहरू बसे, र चेलाहरूले भिडलाई गन्ती गरेिपछि, त्यहाँ करिब पाँच हजार मानिसहरू भएको तिनीहरूले पाए ।
\v 11 त्‍यसपछि येशूले साना रोटीहरू र माछाहरू लिनुभयो, र तिनीहरूका निम्‍ति उहाँले परमेश्‍वरलाई धन्यवाद दिनुभयो । त्यसपछि उहाँले त्‍यो रोटी र माछालाई चउरमा बस्‍दैगरेका सबै मानिसहरूका माझमा दिनुभयो । मानिसहरूले आफूले इच्छा गरेजति सबै माछा र रोटी खाए ।
\v 12 जब हरेकले खाइसकेका थिए, उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मानिसहरूले नखाएका जौको रोटीका सबै टुक्राहरू जम्मा गर । कुनै कुरा पनि खेर जान नदेऊ ।”
\s5
\v 13 यसैले पाँचवटा जौका रोटीहरूबाट बचेका टुकाहरू तिनीहरूले जम्मा गरे, र बढी भएकोबाट तिनीहरूले बाह्रवटा ठूला डालोहरू भरे ।
\v 14 येशूले तिनीहरूका सामु गर्नुभएको आश्‍चर्य काम मानिसहरूले देखेपछि, तिनीहरूले भने, “निश्‍चय नै उहाँ अगमवक्ता हुनुहुन्‍छ जसलाई परमेश्‍वरले संसारमा पठाउँन गई रहनुभएको छ !”
\v 15 मानिसहरूले के योजना गर्दैथिए त्‍यो येशूलाई थाहा थियो; तिनीहरू आउन र उहाँलाई आफ्‍ना राजा हुनलाई दवाव दिन लागेका थिए । यसैले उहाँले तिनीहरूलाई छोड्‍नुभयो र एक्लै डाँडामाथि जानुभयो ।
\s5
\v 16 जब साँझ पर्‍यो, उहाँका चेलाहरू तल गालील समुद्रतिर गए,
\v 17 एउटा डुङ्गामा चढे र कफर्नहुम सहर जानलाई समुद्र तर्न सुरु गरे । यतिबेला रात परेको थियो र येशू तिनीहरूसँग हुनुहुन्‍नथ्यो ।
\v 18 जोडदार बतास चल्‍न थाल्यो र समुद्रमा छालहरू धेरै खतरनाक हुनथाले ।
\s5
\v 19 तिनीहरू पाँच वा छ किलोमिटर डुङ्गामा यात्रा गरेपछि, येशूलाई पानीमा हिंडिरहेको र डुङ्गा नजिक आइरहेको चेलाहरूले देखे । तिनीहरू भयभित पारिए !
\v 20 येशूले तिनीहरूलाई भन्‍नुभयो,“यो म हुँ ! नडराओ !”
\v 21 उहाँलाई डुङ्गा भित्र लिन पाउँदा तिनीहरू धेरै खुशी भए । उहाँ तिनीहरूको सथमा हुने बितिक्‍कै, तिनीहरूको डुङ्ंगा जहाँ तिनीहरू जाँदैथिए त्‍यो ठाउँमा पुग्‍यो ।
\s5
\v 22 अर्को दिन तालको अर्कोपट्टी बसेका मानिसहरूको भिडले त्यो भन्दा अघिल्‍लो दिन त्यहाँ एउटैा मात्र डुङ्ंगा भएको थाहा पाए । आफ्‍ना चेलाहरूसँग डुङ्गामा येशू जानुभएको थिएन भन्‍ने पनि तिनीहरूलाई थाहा थियो ।
\v 23 केही मानिसहरू तिबेरियास सहरबाट आफूसँग भएका अरू डुङ्गाहरूले ताल तरेर आए । तिनीहरूले आफ्‍ना डुङ्गाहरू त्‍यो ठाउँको नजिक राखे जहाँ मनिसहरूले रोटी खाएका थिए , त्‍यो रोटी जसका लागि प्रभुले परमेश्‍वरलाई धन्यवाद दिनुभएको थियो ।
\s5
\v 24 जब भिडले त्यहाँ न येशू न चेलाहरू थिए भनी थाहा पाए, तिनीहरूमध्ये कोही ती डुङ्गाहरूमा चडे र येशूलाई खोज्‍न कफर्नहुमतिर गए ।
\v 25 तिनीहरूले खोजे र गालिल समुन्‍द्रको अर्कोपट्टी कफर्नहुममा येशूलाई भेट्टाए । तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, तपाईं यहाँ कहिले आउनुभयो ?”
\s5
\v 26 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँचो भन्‍दैछु : मैले आश्‍चर्य काम गरेको तिमीहरूले देखेको कारणले तिमीहरूले मलाई खोजेको होइन, जसले म को हुँ भनी देखाउँछ । होइन ! तिमीहरूले अघाउन्जेल रोटी खाएको कारणले मात्रै तिमीहरूले मलाई खोज्‍दैछौ ।
\v 27 चाँडै नाश हुने भोजनको लागि काम गर्न छोड ! त्यसको सट्टोमा, त्यस्तो भोजनको निम्‍ति काम गर जसले तिमीलाई अनन्त जीवन दिन्‍छ ! त्‍यही रोटी हो जुन परमेश्‍वरद्वरा चुनिएको, म, मानिसको पुत्रले तिमीलाई दिन्छु । किनकि परमेश्‍वर पिताले मलाई हरेक किसिमले मान्‍यता दिनुहुन्छ ।”
\s5
\v 28 तब मानिसहरूले उहाँलाई सोधे,” परमेश्‍वरलाई खुशी पार्न हामीले कस्‍ता कामहरू र सेवा गर्नुपर्छ ?”
\v 29 येशूले जवाफ दिनुभयो,“तिमीहरूले यसो गरेको परमेश्‍वर चाहानुहुन्छ : ममा विश्‍वास गर, जसलाई उहाँलेे पठाउनुभएको छ ।”
\s5
\v 30 यसले तिनीहरूले उहाँलाई भने, “त्‍यसो भए तपाईं को हुनुहुन्‍छ भनी प्रमाणित गर्नलाई अर्को आश्‍चर्य काम गर्नुहोस् ता कि हामी त्‍यसलाई हेर्न र तपाईं परमेश्‍वरबाट आउनुभयो भनी विश्‍वास गर्न सकौं । हाम्रो निम्‍ति तपाईं के गर्नुहुन्‍छ ?”
\v 31 हाम्रा पुर्खाहरूले मन्‍ना खाए, जसरी धर्मशास्‍त्रले भन्‍छः ‘परमेश्‍वरले तिनीहरूलाई स्वर्गबाट रोटी खानलाई दिनुभयो ।’ ”
\s5
\v 32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दैछु : तिमीहरूका पुर्खाहरूलाई स्वर्गबाट त्‍यो रोटी मोशाले दिएको होइन । यो मेरो पिता हुनुहुन्‍थ्‍यो, उहाँले नै तिमीहरूलाई स्‍वर्गबाट साँचो रोटी दिंदै हुनुहुन्‍छ ।
\v 33 परमेश्‍वरको साँचो रोटी म हुँ, जसले संसारमा भएका हरेकलाई साँचो रूपमा बाँच्‍न जीवन दिनलाई स्वर्गबाट तल आएको छ ।
\v 34 तिनीहरूले उहाँलाई भने, “गुरुज्‍यू, हामीलाई सधैँ यो रोटी दिनुहोस् ।”
\s5
\v 35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूलाई बाँच्‍न खानाको आवश्‍यक्ता भएजस्‍तै हरेकलाई आत्‍मिक रूपले जीवन विताउन मेरो आवश्‍यक्ता हुन्‍छ । जसले साधारण खाना खान्‍छ र पानी पिउँछ त्‍यो फेरि भोकाउनेछ र तिर्खाउनेछ । तर तिनीहरूलाई आत्‍मिक रूपले जीवन विताउन सक्षम बनाउन जसले मसित माग्‍छ र मलाई विश्‍वास गर्छ, तिनीहरूका निम्‍ति म यो गर्नेछु ।
\v 36 यद्यपि, मैले तिमीहरूलाई भनेको छु कि तिमीहरूले मलाई देखे तापनि तिमीहरूले अझै पनि मलाई विश्‍वास गर्दैनौ ।
\v 37 मेरो पिताले मलाई दिनुहुने सबै मानिसहरू मकहाँ आउँछन् र मकहाँ आउँने कसैलाई पनि म कहिल्यै त्‍यग्‍नेछैन ।
\s5
\v 38 म स्वर्गबाट तल आएको मलाई जे इच्‍छा लाग्‍छ त्यो गर्नलाई होइन तर उहाँको इच्छा पुरा गर्नलाई हो जसले मलाई पठाउनुभयो ।
\v 39 मलाई पठाउनु हुनेको इच्‍छा यो हो, जो उहाँले मलाई दिनुहुन्‍छ, कसैलाई पनि मैले गुमाउनु हुँदैन, र अन्त्यको दिनमा तिनीहरू सबैलाई मैले जीवित बनाउनुपर्छ ।
\v 40 किनकि मेरो पिताको इच्‍छा यो छ, कि हरेक जसले विश्‍वासले म, पुत्रलाई हेर्छ, र जसले ममा भरोसा गर्छ, त्यसले अनन्त जीवन पाउनेछ । म तिनीहरूलाई अन्तिम दिनमा जीवित बनाउनेछु ।”
\s5
\v 41 यहूदी अगुवाहरूले येशूको बारेमा गनगन गर्न सुरु गरे किनभने उहाँले भन्‍नुभयो, “म रोटी हुँ जो स्वर्गबाट तल आएको छ ।”
\v 42 तिनीहरूले भने, “के यिनी येशू होइन, जसका बुबा योसेफ हुन्ो ? के हामी यिनका आमा र बुबालाई चिन्दैनौ र ? कसरी यिनले सत्यको साथ भन्‍न सक्‍छन्, ‘म स्वर्गबाट आएको छु’ ?”
\s5
\v 43 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आफूहरू माझमा गनगन गर्न बन्‍द गर ।”
\v 44 मलाई पठाउनुहुने पिताले उसलाई मकहाँ ल्याउनु भएन भने कोही पनि मकहाँ आउन सक्दैन । जो मकहाँ आउँछ उसलाई म अन्तिम दिनमा जीवित बनाउनेछु ।
\v 45 अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ, “परमेश्‍वरले तिनीहरू सबैलाई सिकाउनुहुनेछ ।’ हरेक जसले पिताबाट सुन्छ र सिक्‍छ त्‍यो मकहाँ आउँछ ।
\s5
\v 46 म, जो परमेश्‍वरबाट आएको छु, बाहेक कसैले पितालाई देखेको छैन । मैले मात्र पितालाई देखेको छु ।
\v 47 म तिमीहरूलाई सत्य भन्दैछु : ममा विश्‍वास गर्नेले अनन्त जीवन पाउँछ ।
\s5
\v 48 म त्यो रोटी हुँ जसले साँचो जीवन दिन्छ ।
\v 49 तिमीहरूका पुर्खाहरूले उजाड-स्थानमा मन्‍न खाए, तर पनि तिनीहरू मरे ।
\s5
\v 50 तापनि मैले भन्‍दै गरेको रोटी त्‍यो रोटी हो जो स्वर्गबाट तल आउँछ, र जसले त्यो खान्‍छ ऊ कहिल्यै मर्नेछैन ।
\v 51 म त्यो रोटी हुँ जसले मानिसहरूलाई साँचो रूपले जीवित बनाउँछ, त्‍यो रोटी स्वर्गबाट तल आयो । यदि कसैले यो रोटी खान्छ भने, ऊ सदासर्वदा बाँच्‍नेछन् । संसारलाई जीवन दिनलाई मैले दिने रोटी मेरो भौतिक शरीरको मृत्यु हो ।”
\s5
\v 52 यहूदीहरू जसले येशूका कुरा सुनेका थिए यतिबेला आफ्‍नो माझमा रिसले वादविवाद गर्दैथिए । कुनै व्‍यक्तिले कसरी वचन दिन सक्छ कि अरूहरूले उसको आफ्नो शरीर खान्‍छन् भन्‍ने कुरो तिनीहरूले बुझ्‍न सकेनन् ।
\v 53 यसैले येशूले कठिन शब्‍दहरू बोलेर तिनीहरूको सामना गर्नुभयो : “ म तिमीहरूलाई सत्य भन्दैछु : तिमीहरूले मेरो, मानिसको पुत्रको देह नखाए र मेरो रगत नपिएसम्‍म, तिमीहरू कुनै हालतमा सदासर्वदा बाँच्‍नेछैनौ ।
\s5
\v 54 जसले मेरो देह खान्‍छन् र मेरो रगत पिउँछन्, तिनीहरू सदासर्वदा जीवित रहनेछन्, र म तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित बनाउनेछु,
\v 55 किनभने मेरो देह साँच्‍चै खानेकुरा हो र मेरो रगत साँच्‍चै पिउनेकुरा हो ।
\v 56 जसले मेरो देह खान्छ र मेरो रगत पिउँछ ऊ ममा सहभागी हुनेछ र म उसमा सहभागी हुनेछु ।
\s5
\v 57 मेरो पिता, जसले हरेकलाई जीवित बनाउनुहुन्छ, उहाँले मलाई पठाउनुभएको छ, र मेरो पिताले मलाई सक्षम बनाउनुभएको करणले म जीवित हुन्‍छु । यसरी नै, जसले मलाई खान्‍छन्, तिनीहरूका निम्‍ति म जे गर्नेछु त्‍यो कारणले सदासर्वदा जीवित हुनेछन् ।
\v 58 म साँचो रोटी हुँ जो स्वर्गबाट तल आउँछ । कोही जसले म - यो रोटीलाई खान्‍छ, त्यो कहिल्यै मर्नेछैन, तर सदासर्वदा जिउनेछ ! म जे गर्छु त्‍यो तिमीहरूका पुर्खाहरूलाई जे भयो त्‍यस्‍तो होइन किनभने तिनीहरूले मन्‍न खाए र त्यसपछि मरे ।”
\v 59 येशूले कफर्नहुम सहरको सभाघरमा सिकाउँदै गर्नुहुँदा उहाँले यी कुराहरू भन्‍नुभयो ।
\s5
\v 60 उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “उहाँले जे सिकाउँदै हुनुहुन्‍छ त्यो बुझ्‍न कठिन छ । उहाँ जे भन्‍दै हुनुहुन्‍छ त्यो कसैले कसरी स्वीकार्न सक्छ ?”
\v 61 उहाँका चेलाहरूमध्‍ये कसैले गुनासो गर्दैथिए भनेर येशूले थाहा पाउनुभयो, यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के मैले सिकाउने कुराले तिमीहरूलाई निराश बनाउँछ ?
\s5
\v 62 यदि तिमीहरूले म, मानिसको पुत्रलाई फेरि माथि स्वर्गमा गएको देख्‍यौ भने तिमीहरू के भन्छौ ?
\v 63 आत्माले दिनुहुने जीवनले मात्र कसैलाई सदासर्वदा बाँच्‍न सक्‍ने बनाउँछ । यो विषयमा मानव स्वभावले कुनै मद्दत गर्दैन । मैले तिमीहरूलाई सिकाए वचनहरूले आत्माको बारेमा तिमीहरूलाई बताउँछन्, र तिनीहरूले अनन्त जीवनको बारेमा तिमीहरूलाई बताउँछन् ।
\s5
\v 64 तपनि तिमीहरूमध्ये कसैले मैले तिमीहरूलाई जे सिकाउँदैछु त्यसमा विश्‍वास गर्दैनौ ।” येशूले यसो भन्‍नुभयो किनभने उहाँको कामको सुरुदेखि नै उहाँलाई थाहा थियो कि त्‍यो को थियो जसले उहाँमा विश्‍वास गर्ेनेछैन, र उहाँलाई कसले धोका दिन्‍छ भनी उहाँ जान्‍नुहुन्‍थ्‍यो ।
\v 65 त्‍यसपछि उहाँले भन्‍नुभयो, “त्‍यसकारण मैले तिमीहरूलाई भनें कि पिताले उसलाई मकहाँ आउन सक्षम बनाउनु भएन भने कोही पनि मकहाँ आउन र सदासर्वदा बाँच्‍न सक्दैन ।”
\s5
\v 66 त्यस समयदेखि, येशूका चेलाहरूमध्‍ये धेरैजना उहाँलाई पछ्‍याउनबाट पछि फर्के ।
\v 67 यसले उहाँले बाह्रजनालाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्याग्‍न चाहाँदैनौ, चाहन्छौ ?”
\v 68 सिमोन पत्रुसले जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ ? तपाईंसँग मात्र त्यो शन्‍देस छ जसले हामीलाई सदासर्वदा बाँच्‍न सक्‍ने बनाउँछ !
\v 69 हामी तपाईंमा विश्‍वास गर्छौँ, र हामी निश्‍चित रूपमा जान्दछौ कि परमेश्‍वरले पठाउनुभएको पवित्र जन तपाईं नै हुनुहुन्छ !”
\s5
\v 70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के मैले तिमीहरू बाह्रजना चेलाहरू छानेको होइन ? यद्यपि तिमीहरूमध्ये एकजना शैतान हो !”
\v 71 उहाँले सिमोन स्करियोतको छोरा यहूदाको बारेमा भन्दै हुनुहुन्थ्यो । यहूदा बाह्रजनामध्येकै एकजना थियो तापनि पछि येशूलाई उसैले धोका दियो ।
\s5
\c 7
\p
\v 1 त्यसपछि, येशू गालीलका अन्य इलाकाहरूमा जानुभयो । उहाँले यहूदियाको यात्रा गर्न टार्नुभयो किनभने यहूदी अधिकारीहरूले उहाँलाई एउटा अपराधको दोष लगाउन र उहाँलाई मृत्युदण्ड दिन एउटा उपाय खोज्‍दैथिए ।
\v 2 यतिबेला यहूदी छाप्रो-वासको चाडको समय थियो । यहूदी मानिसहरू धेरै पहिला निर्वासनको अवधिमा पालहरूमा बसेको सम्‍झना गर्ने समय यतिबेला थियो ।
\s5
\v 3 चाड यहूदियामा हुन लगेको कारणले येशूका भाइहरूले उहाँलाई भने, “यहाँ छोड्‍नुहोस् र यहूदियामा जानुहोस्, यसरी तपाईंले शक्‍तिशाली कामहरू गर्न सक्‍नुहुन्‍छ भनी तपाईंका अन्‍य चेलाहरूले देख्‍न सक्‍छन् ।
\v 4 यदि ऊ कस्‍तो किसिमको व्‍यक्ति हो भनी मानिसहरूले थाहा पाउन् भन्‍ने इच्‍छा उसले गर्छ भने कसैले पनि आफ्‍नो काम लुकाउँदैन । आफैँलाई संसारमा देखाउनुहोस् !”
\s5
\v 5 किनकि उहाँका आफ्‍नै भाइहरूले पनि उहाँमा विश्‍वास गरेनन् वा त उहाँले सत्य भन्‍दै हुनुहुन्‍थ्‍यो भनी सोचे ।
\v 6 यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो कामलाई अन्त्य गर्ने मेरो समय अझै आएको छैन । तापनि, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ त्‍यो हासिल गर्न तिमीहरू आफूले चाहेको कुनै पनि समय रोज्‍न सक्छौ ।
\v 7 आफ्नै निम्ति जिउने र यस संसारका थोकहरूलाई प्रेम गर्ने मानिसहरूले तिमीहरूलाई घृणा गर्न सक्दैनन्, तर तिनीहरूले मलाई घृणा गर्छन् । म नै हुँ जसले तिनीहरूलाई भन्‍छ कि तिनीहरू आफ्‍नो जीवनमा जे गर्छन् त्यो दुष्‍ट हो ।
\s5
\v 8 तिमीहरू चाडमा अघि जाओ । म अहिले जानेछैन; मेरो लागि यो उपयुक्त समय होइन ।”
\v 9 उहाँले त्‍यसो भनेपछि, येशू गालीलमा अलि लामो बस्‍नुभयो ।
\s5
\v 10 तापनि, उहाँका भाइहरू चाडमा गएको केही दिन पछि, उहाँ पनि जानुभयो, तर उहाँले गुप्‍त रूपमा त्‍यसो गर्नुभयो ।
\v 11 येशूका यहूदी विरोधीहरूले चाडमा उहाँलाई भेट्टाउने आशा गर्दै उहाँलाई खोज्‍दैथिए । तिनीहरूले मानिसहरूलाई सोध्‍दैथिए, “येशू कहाँ हुनुहुन्छ ? के उहाँ यहाँ हुनुहुन्छ ?”
\s5
\v 12 भिडहरूको माझमा, धेरै मानिसहरू येशूको बारेमा एक-आपसमा बिस्तारै बोल्‍दैथिए । कसैले भन्दैथिए, “ऊ एक असल मानिस हो !” त्‍यसको साटो अरूहरूले भन्दैथिए, “होइन ! उसले भिडहरूलाई धोका दिंदै र कुमार्गमा लाँदैछ !”
\v 13 येशूका यहूदी शत्रुहरूसँग तिनीहरू डराएका कारणले, उहाँको बारेमा सार्वजनिक ठाउँमा कसैले बोलेन जहाँ तिनीहरूले बोल्‍दै गरेका कुरा अरू मानिसहरूले सुन्‍न सक्‍थे ।
\s5
\v 14 छाप्रो-वासको चाड आधा सकिएपछि, येशू मन्दिरको चोकमा जानुभयो र त्यहाँ सिकाउन सुरु गर्नुभयो ।
\v 15 उहाँले जे भन्‍दै हुनुहुन्‍थ्‍यो त्‍यसमा यहूदीहरू छक्‍क परे । तिनीहरूले भने, “यो मानिसले एकजना मान्‍यता प्राप्‍त शिक्षकद्वारा हाम्रा सिद्धान्तहरूको अध्‍ययन कहिल्यै गरेन ; ऊ कहिल्यै हाम्रा स्‍कुलहरूमा भर्ना भएन ! उसले यति धेरै कसरी जान्‍दछ ?”
\v 16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म जे सिकाउँछु त्‍यो आफैँ आउँदैन । त्‍यो उहाँबाट आउँछ जसले मलाई पठाउनुभयो ।
\s5
\v 17 यदि कसैले परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्न रोज्‍दछ भने, म जे सिकाउँछु त्यो परमेश्‍वरबाट आउँछ वा म मेरो आफ्नै अधिकारले बोल्छु भन्‍ने उसलाई थाहा हुनेछ ।
\v 18 कसैले उसको आफ्नै अधिकारमा बोल्छ भने अरूहरूले उसलाई मात्र आदर गर्छन् । तापनि, यदि एउटा सेवकले उसलाई पठाउने व्‍यक्तिको आदर गर्न, इमान्दारिताको मानिसको रूपमा उसलाई एउटा असल इज्‍जत दिनलाई कडा परिश्रम गर्छ भने, त्यस्‍तो किसिमको एउटा सेवकमा कुनै त्रुटी हुँदैन ।
\s5
\v 19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् ? तापनि, व्यवस्थाका मागहरू तिमीहरू कसैले पनि पुरा गर्दैनौ । अहिले यतिबेला नै मेरो हत्‍या गर्न षडयन्‍त्र गर्दै रहनेहरू तिमीहरू नै हौ !
\v 20 भिडमा भएका कसैले जवाफ दियो, “तिमीलाई भुत लागेको छ ! त्‍यस व्‍यक्तिको नाम भन जसले तिमीलाई मार्न चाहान्‍छ !”
\s5
\v 21 येशूले भिडलाई जवाफ दिनुभयो, “तिमीहरूलाई देखाउनलाई मैले एउटा शक्तिको काम गरेको कारणले तिमीहरू सबै त्‍यसमा चकित पर्‍यौ ।
\v 22 मोशाले तिमीहरूलाई एउटा व्यवस्था दिए, र त्य व्यवस्थाले भन्छ तिमीहरूले आफ्‍ना छोराहरूको खतना गर्नैपर्छ, र त्यो तिमीहरूले छोराहरू जन्मेको ठिक सात दिनपछि गर्नुपर्छ । (ठिक भन्‍नुपर्दा, यो विधि तिमीहरूका पुर्खाहरू अब्राहाम, इसाहक र याकूबबाट आयो र मोशाबाट होइन, जसले य चलनको बारेमा व्यवस्था लेखे ।) व्यवस्थामा लेखिएको कारणले तिमीहरूले कहिलेकाहीँ एउटा बालको खतना विश्रामको दिनमा गर्नुपर्छ, र त्यो काम हुँदै पनि छ !
\s5
\v 23 तिमीहरूले कहिलेकहीँ केटाहरूको खतना विश्रामको दिनमा गर्छौ ता कि तिमीहरूले मोशाको व्यवस्था उल्लंघन गर्नेछैनौ । यसरी मैले एकजना मानिसलाई निको पार्दैगर्दा मैले शवाथको दिनमा काम गरें भनेर तिमीहरू मसँग किन रिसाउँछौ ! कसैलाई निको पार्नु धेरै राम्रो कुरा हो, र यो त एउटा बालकको खतना गर्नुभन्दा महान काम हो ।
\v 24 यो मानिसलाई निको पार्नु ठिक थियो वा बेठिक भनी परमेश्‍वरको व्‍यवस्‍थाको झुटा प्रयोग अनुसार, र कुनै विचार नै नगरी निर्णय गर्न बन्‍द गर ! त्‍यसको साटो, मानिस होइन, परमेश्‍वर अनुसार के ठिक र के न्‍यायोचित छ भन्‍ने सिद्धान्‍तद्वारा एकजना व्‍यक्तिले के गर्नुपर्छ र उसको न्‍याय कसरी गरिनुपर्छ भनी निर्णय गर ।”
\s5
\v 25 यरूशलेमबाट आएका केही मानिसहरूले भन्‍दैथिए, “के तिनीहरूले मार्नलाई कोसिस गरिरहेको मानिस यिनी नै होइनन् ?
\v 26 यी कुराहरू यिनले खुला रूपले भन्‍दैछन्, तर अधिकारीहरूले यिनको विरोध गर्नलाई केही भन्‍दैछैनन् । के यिनी ख्रीष्‍ट हुन् भनी तिनीहरूले चिनेको कारणले हो ?
\v 27 तर यो ख्रीष्‍ट हुन सक्दैनन् ! यो मानिस कहाँबाट आयो हामी जान्‍दछौं, तर जब ख्रीष्‍ट आउनुहुन्छ, उहाँ कहाँबाट आउनुहुन्‍छ कसैले जान्‍नेछैन ।”
\s5
\v 28 यसरी येशूले मन्दिरको चोकमा सिकाउँदै गर्नुहुँदा , उहाँले सिकाउने क्रममा उहाँ कराउनुभयो, “हो, तिमीहरू भन्‍छौ तिमीहरू मलाई चिन्छौ, र म कहाँबाट आएको हुँ तिमीहरूलाई थाहा छ भनी तिमीहरू विचार गर्छौ । तर म यहाँ मैले आफैँलाई रोजेर आएको होइन । त्यसको साट्टोामा, मलाई पठाउनुहुने आफ्‍नो गवाहीमा सत्य हुनुहुन्‍छ, र तिमीहरूले उहाँलाई चिन्दैनौ ।
\v 29 म उहाँलाई चिन्छु किनभने म उहाँबाट आएको हुँ । मलाई पठाउने उहाँ नै हुनुहुन्‍छ ।”
\s5
\v 30 त्‍यसपछि तिनीहरूले उहाँलाई आफ्‍ना हातहरूले हिर्काउने कोसिस गरे, तर कसैले पनि उहाँलाई गिरफ्‍तार गर्न सकेन किनभने उहाँको काम पुरा गर्न र उहाँको जीवनको अन्त्य गर्न समय उहाँको निम्‍ति अझै भएको थिएन ।
\v 31 तिनीहरूले उहाँको वचन सुने र उहाँका कामहरू देखेपछि भिडमा भएका धेरैले आफ्‍नो विश्‍वास उहाँमा राखे । तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्छ, के उहाँले यस मानिसले गरेको भन्दा बढी आश्‍चर्यपूर्ण चिन्हहरू सक्‍नुहुनेछ र ?”
\v 32 तिनीहरूले येशूको बारेमा सानो स्‍वरले यी कुराहरू बोलिरहेको फरिसीहरूले सुने । यसैले उहाँलाई गिरफ्‍तार गर्न, तिनीहरू, मुख्य पुूजारीहरू र फरिसीहरूले एकसाथ केही अधिकारीहरूलाई पठाए ।
\s5
\v 33 त्‍यसपछि येशूले भन्‍नुभयो, “म तिमीहरूसँग एउटा छोटो समयको निम्‍ति मात्र हुनेछु । त्‍यसपछि मलाई पठाउनुहुने कहाँ म फर्केर जानेछु ।
\v 34 तिमीहरूले मलाई खोज्‍नेछौ तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ । म जहाँ जाँदैछु, तिमीहरू आउन सक्दैनौ ।”
\s5
\v 35 यसैले उहाँका शत्रुहरू यहूदी मानिसहरूले आफैँमा भने, “यो मानिस कहाँ जान सक्छ जहाँ हामी उसलाई भेट्टाउन सक्दैनौ? के उसले सारा ग्रिक संसारभरी छरिएर रहेका यहूदीहरूकहाँ जाने विचार गर्दैछ र के उसले त्‍यहाँ भएका मानिसहरूलाई यी नयाँ कुराहरू सिकाउनेछ ?
\v 36 उसले के भन्‍न खोज्‍यो जब उसले यसो भन्‍यो, ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउन सक्‍नेछैनौ, र जब उसले भन्‍यो, ‘म जहाँ जाँदैछु, तिमीहरू आउन सक्दैनौ?’”
\s5
\v 37 यसरी चाडको अन्तिम दिन, मुख्‍य दिनमा, येशू खडा भएर ठुलो स्वरले कराउनुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ म कहाँ आओस् र पिओस् ।”
\v 38 जसले ममा विश्‍वास गर्छ, धर्मशास्‍त्रले भने जस्‍तै, ‘उसको हृदयबाट जिउँदो पानीका खोलाहरू बग्‍नेछन् ।’”
\s5
\v 39 उहाँले यो आत्माको बारेमा भन्‍नुभयो, जसलाई पिताले उहाँमा विश्‍वास गरेकाहरूलाई दिन जाँदै हुनुहुन्‍थ्‍यो । परमेश्‍वरले उहाँमा विश्‍वास गर्नेहरू भित्र वास गर्नलाई अझैसम्‍म आत्‍मा पठाउनुभएको थिएन, किनभने येशूले अझैसम्‍म उहाँको काम पुरा गर्नुभएको थिएन, त्‍यो काम जसले उहाँका मानिसहरूलाई आफ्‍नो मृत्युद्वारा बचाएर परमेश्‍वरलाई ठुलो आदर पुर्‍याउँछ ।
\s5
\v 40 जब भिडका केहीले ती शब्दहरू सुने, तिनीहरूले भने, “यिनी साँच्‍चै अगमवक्ता हुन् जसको हामीले आशा गर्दैथियौ ।”
\v 41 अरूहरूले भने, “ख्रीष्‍ट गालीलबाट आउन सक्‍नुहुन्‍न ।
\v 42 के धर्मशास्‍त्रले भन्दैन कि ख्रीष्‍ट दाऊदको वंशबाट आउनुपर्छ र उहाँ दाऊदको घर भएको गाउँ, बेथलेहममा जन्मिनु पर्छ ?”
\s5
\v 43 यसरी त्यहाँ येशूको बारेमा मत विभाजन भयो ।
\v 44 मानिसहरूमध्‍ये कसैले उहाँलाई गिरफ्‍तार गर्न चाहन्थे । तापनि कसैले पनि उहाँलाई हालेन ।
\s5
\v 45 यसैले अधिकारीहरू मुख्य पुजारीहरू र फरिसीहरू कहाँ फर्किए । यी तिनै अधिकारीहरू थिए जसलाई शासकहरूले येशूलाई गिरफ्‍तार गर्न पठाएका थिए । फरिसीहरूले अधिकारीहरूलाई भने, “किन तिमीहरूले उसलाई पक्रेनौ र उसलाई यहाँ ल्याएनौ ?”
\v 46 अधिकारीहरूले जवाफ दिए, “यो मानिसले जस्तो त कसैले कहिलै बोलेन ।”
\s5
\v 47 त्‍यसपछि फरिसीहरूले जवाफ दिए, “के तिमीहरू पनि धोकामा पर्‍यौ ?
\v 48 यहूदी अधिकारीहरू वा फरिसीहरूमध्‍ये कसैले पनि येशूमा विश्‍वास गरेका छैनन् ।
\v 49 यो भिड जसले हाम्रो व्यवस्थाका शिक्षाहरू जन्‍दैनन्, तिनीहरू श्रापित होऊन् !”
\s5
\v 50 त्‍यसपछि निकोदेमस बोले । (तिनी नै थिए जो उहाँसँग बात गर्न राति येशूलाई भेट्‍न गएका थिए र तिनी फरिसीहरूमध्ये एकजना थिए ।) तिनले तिनीहरूलाई भने,
\v 51 हाम्रो यहूदी व्यवस्थाले एकजना मानिसलाई हामीले उसका कुरा सुन्‍नुअघि दोष लगाउने अनुमति हामीलाई दिँदैन । सर्वप्रथम, हामीले उसको कुरा सुन्‍नपर्छ र उसले के गरेको छ त्‍यसको अध्‍ययन हामीले गर्नुपर्छ ।”
\v 52 तिनीहरूले तिनलाई जवाफ दिए, “के तिमी पनि गालीलका हौ ? होशियारसाथ खोज र धर्मशास्‍त्रमा के लेखिएको छ पढ ! तिमीले यो पाउनेछौ कि गालीलबाट कुनै अगमवक्ता आउँदैन ।”
\s5
\v 53 त्‍यसपछि तिनीहरू सबै उठे र तिनीहरूका आफ्नैो घरहरूमा गए ।
\s5
\c 8
\p
\v 1 येशू आफ्ना चेलाहरूसँग जैतुन डाँडामा जानुभयो, र उहाँहरू त्‍यस रात त्‍यहाँ नजीकै बस्‍नुभयो ।
\v 2 अर्को बिहान सबेरै येशू मन्दिरको चोकमा फर्कनुभयो । धेरै मानिसहरू उहाँको वरिपरी भेला भए र तिनीहरूलाई सिकाउन उहाँ बस्‍नुभयो ।
\v 3 त्यसपछि यहूदी व्यवस्था सिकाउने मानिसहरू र केही फरिसीहरूले एउटीा स्‍त्रीलाई उहाँकहाँ ल्याए । तिनी व्यभिचारमा पक्राउ परेकी थिइन् -- तिनी एकजना मानिससित सुतिरहेकी थिइन् जो तिनको श्रीमान थिएनन् । तिनीहरूले यो समूहको अगाडि तिनलाई खडा गरे ताकि तिनीहरूले तिनलाई प्रश्‍न सोध्‍न सकून् ।
\s5
\v 4 तिनीहरूले येशूलाई भने, “गुरुज्‍यू, यो स्‍त्री एकजना मानिससँग व्यभिचार गर्दागर्दै समातिएकी थिई जो त्‍यसको श्रीमान थिएन ।
\v 5 अब मोशाले व्यवस्थामा हामीलाई आज्ञा दिए कि यस्तो स्‍त्रीलाई हामीले ढुङ्गाले हानेर मार्नुपर्छ । तापनि, तपाईं हामीलाई के गर्नुपर्छ भन्‍नुहुन्छ ?”
\v 6 तिनीहरूले एउटा पासोको रूपमा यो प्रश्‍न सोधे ताकि तिनीहरूले उहाँलाई केही गलत भनेको दोष लगाउन सकून् । उहाँले भन्‍नुभयो कि तिनीहरूले त्‍यसलाई मार्नुहुँदैन भने, तिनीहरूले भन्‍न सक्थे, उहाँलेा मोशाको व्यवस्थाको अनादर गर्नुभयो । यद्यपि, उहाँले भन्‍नुभयो कि तिनीहरूले त्‍यसलाई मार्नुपर्छ भने, उहाँले रोमी कानून उलंघन गर्नुहुन्‍छ जसले मानिसहरूलाई मृत्युदण्ड दिने अधिकार गवर्नरमा सुरक्षित राख्‍छ । तापनि, येशूले निहुरिनु भयो र आफ्‍नो औंलाले जमिनमा केही कुरा लेख्‍नुभयो ।
\s5
\v 7 तिनीहरूले उहाँलाई प्रश्‍न सोध्‍दैगर्दा, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये एकजना जसले कहिल्यै पाप गरेको छैन, तिमी एकजना हो जसले अरूले भन्‍दा पहिले तिनलाई दण्ड दिनुपर्छ । तिमीले पहिलो ढुङ्गा हान !”
\v 8 त्यसपछि येशू निहुरिनुभयो र जमिनमा केही अरू लेख्‍नुभयो ।
\s5
\v 9 उहाँले के भन्‍नुभयो तिनीहरूले सुनेपछि, उहाँलाई प्रश्‍न सोध्‍दै गरेकाहरू, एक-एक गरी, पहिला ठुलाहरू र पछि सानाहरू सबै हिंड्न सुरु गरे । तिनीहरू जान्दथे तिनीहरू सबै पापीहरू थिए । अन्तमा, त्यहाँ त्यो स्‍त्रीसँग येशू मात्र हुनुहुन्थ्यो ।
\v 10 येशू खडा हुनुभयो र तिनलाई सोध्‍नुभयो, “नारी, तिनीहरू काहाँ छन् जसले तिमीलाई दोष लगाउँछन् ? के एकजनाले पनि तिमीलाई दण्ड दिनुपर्छ भनेर तिम्रो विरुद्ध अभियोग लगाएन?”
\v 11 तिनले भनिन्, “लगाएन सर, कसैले पनि लगाएन ।” त्यसपछि येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोष लगाउँदिन । अब घर जाऊ, र अबदेखि यस्तो पाप फरि नगर !” (नोटः प्राचीन उत्तम पाण्‍डुलिपिमा यूहन्‍ना ७:५३- ८:११ छैन)]
\s5
\v 12 येशू मानिसहरूसँग फेरी बोल्नुभयो । उहाँले भन्‍नुभयो, “म संसारको ज्योति हुँ । मलाई पछ्‍याउने जो कोहीले ज्योति पाउनेछ जसले जीवन दिन्‍छ र त्‍यो फेरि कदापि अन्धकारमा हिंड्‍नेछैन ।
\v 13 यसले फरिसीहरूले उहाँलाई भने, “आफ्‍नो बारेमा धेरै भन्‍दा धेरै कुरा गरेर तिमीलाई विश्‍वास गर्न हामीलाई सहमत बनाउन कोसिस तिमी गर्दैछौ जस्‍तो लाग्‍दैछ ! तिमी आफ्‍नो बारेमा जे भन्छौ त्‍यसले कुनै कुरा प्रमाणित हुँदैन ! ”
\s5
\v 14 येशूले जवाफ दिनुभयो, “मेरो बारेमा यी कुराहरू भन्‍नलाई म एक्‍लै मात्र थिएँ भने पनि, मैले भनेको सत्य हुन्‍छ किनभने म कहाँबाट आएँ म जान्दछु र म कहाँ जाँदैछु म जान्दछु । तापनि, म कहाँबाट आएँ तिमीहरू जान्दैनौ र म कहाँ जाँदैछु तिमीहरू जान्दैनौ ।
\v 15 तिमीहरू मानव मापदण्‍डहरू र मानिसहरूका कानूनहरूका आधारमा मानिसहरूको न्‍याय गर्छौ । म यो समयमा कसैको न्याय गर्न आएको होइन ।
\v 16 जब म न्याय गर्दछु, त्‍यो ठिक र न्‍यायोचित हुनेछ किनभने म एक्लै मात्र होइन जसले न्याय गर्छ । म र मलाई पठाउनुहुने पिता, हामी सँगै मिलेर न्याय सम्‍पादन गर्नेछौं ।
\s5
\v 17 मुद्दामा प्रमाण दिनलाई जब त्‍यहाँ कम्तिमा दुईजना गवाहीहरू हुन्‍छन् तब मात्र उक्त मामिलालाई मिलाउन सकिन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
\v 18 म आफ्नै बारेमा तिमीहरूलाई प्रमाण दिंदैछु र मलाई पठाउनुहुने मेरा पिताले पनि मेरो बारेमा प्रमाण दिनुहुन्छ । यसैले तिमीहरूले विश्‍वास गर्नुपर्छ कि हामी तिमीहरुलाई जे भन्छौं सत्य हो ।”
\s5
\v 19 त्यसपछि तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन् ?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले मलाई चिन्दैनौ र तिमीहरूले मेरा पितालाई चिन्दैनौ । यदि तिमीहरूले मलाई चिनेको भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ ।”
\v 20 उहाँ मन्दिरको चोकमा भएको दान-पात्र नजिक हुँदा यी कुराहरू भन्‍नुभयो, यो ठाउँ जहाँ मानिसहरूले आफ्‍ना भेटीहरू ल्याउँथे । तापनि, कसैले पनि उहाँलाई गिरफ्‍तार गरेन किनभने मृत्‍युको निम्‍ति उहाँको समय अझै आएको थिएन ।
\s5
\v 21 येशूले तिनीहरूलाई यो पनि भन्‍नुभयो, “म जाँदैछु, तिमीहरूले मलाई खोज्‍नेछौ, तर यो निश्‍चय छ कि तिमीहरू आफ्ना पापमा मर्नेछौ । जहाँ म जादैछु, तिमीहरू आउन सक्दैनौ । ”
\v 22 उहाँका यहूदी विरोधीहरूले आफ्‍नो माझमा भने, “सायद उसले सोच्‍दैछ कि उसले आफैँलाई मार्नेछ, र उसले यसो भन्‍दा उसको अर्थ यही हो, “जहाँ म जाँदैछु तिमीहरू आउन सक्दैनौ ।’”
\s5
\v 23 येशूले तिनीहरूलाई लगातार भन्‍दै रहनुभयो, “तिमीहरू तल यस पृथ्वीबाट हौ, तर म माथि स्वर्गबाट हुँ । तिमीहरू यस संसारका हौ । म यस संसारको होइन ।
\v 24 मैले तिमीहरूलाई भनें कि तिमीहरू मर्नेछौ र तिमीहरूका पापका लागि परमेश्‍वरले तिमीहरूलाई दोष लगाउनुहुनेछ । म परमेश्‍वर हुँ, जस्‍तो म भन्‍छु म हुँ, भनी तिमीहरूले विश्‍वास नगरेसम्‍म यो निश्‍चय नै हुनेछ । ।”
\s5
\v 25 तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबभन्‍दा सुरुदेखि नै, मैले तिमीहरूलाई भन्दै आइरहेको छु !
\v 26 म तिमीहरूको न्याय गर्न सक्छु र भन्‍छु कि तिमीहरू धेरै कुराहरूको दोषी छौ । त्‍यसको साटो, म यो मात्र भन्‍नेछु : मलाई पठाउनुहुनेले साँचो बोल्‍नुहुन्छ, र मैले उहाँबाट जे सुनेको छु त्‍यो मात्र म संसारका मानिसहरूलाई भन्‍छु ।”
\v 27 उहाँले पिताको बारेमा बल्‍दै हुनुहुन्‍थ्‍यो भनी तिनीहरूले बुझेनन् ।
\s5
\v 28 यसैले येशूले भन्‍नुभयो, “जब तिमीहरूले म, मानिसको पुत्र -- मलाई मार्नलाई मलाई क्रुसमा माथि उचाल्छौ,-- तिमीहरूले जान्‍नेछौ कि म परमेश्‍वर हुँ, र तिमीहरूले जान्‍नेछौ कि मेरो आफ्नै अधिकारमा म केही गर्दिन । त्‍यसको साटो, मेरा पिताले मलाई जे भन्‍न सिकाउनुभएको छ त्‍यो मात्र भन्छु ।
\v 29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनभने उहाँलाई आनन्दित तुल्याउनेँ कुराहरू मात्र म गर्छु ।”
\v 30 जस येशूले यी कुराहरू भन्दै हुनुहुन्थ्यो, अरू धेरै मानिसहरूले उहाँमा विश्‍वास गरे ।
\s5
\v 31 त्‍यसपछि येशूले यहूदीहरूलाई भन्‍नुभयो जसले यतिबेला भन्‍दैथिए कि तिनीहरूले उहाँमा विश्‍वास गरेका छन्, “यदि मैले तिमीहरूलाई सिकाएका सबै कुरा तिमीहरू सुन्छौ र तिमीहरूले गर्ने हरेक कुरामा त्‍यस अनुसार जिउँछौ भने, तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ ।
\v 32 तिमीहरूले सत्य जान्‍नेछौ र हरेक कुरा जसले तिमीहरूलाई आफ्‍ना दासहरू बनाएका छन् तीबाट सत्‍यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ ।
\v 33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका वंशका हौं, र हामी कहिल्यै कसैका दासहरू भएका छैनौं । हामीलाई स्वतन्‍त्र हुनु आवश्‍यक छ भनी तिमी किन भन्‍छौ ?”
\s5
\v 34 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँचो भन्‍दैछु : पाप गर्ने सबै आफ्‍ना पापपूर्ण इच्‍छाहरूका आज्ञा मान्‍छन् जसरी एउटा दासलाई आफ्‍नो मालिकको आज्ञा मान्‍न बाध्य पारिन्‍छ ।
\v 35 दासहरू एउटा परिवारको स्‍थायी सदस्‍यहरू जस्‍तो भएर रहनेछैनन् तर सायद घर फर्कनलाई स्वतन्‍त्र गरिन्छ वा बेचिन्‍छ । यद्यपि, एउटा पुत्र सदा परिवारको सदस्य हुन्छ ।
\v 36 यसैले यदि पुत्रले तिमीहरूलाई स्वतन्‍त्र गराउँछ भने, तिमीहरू पूर्ण रूपले स्वतन्‍त्र हुनेछौ ।
\s5
\v 37 म जान्दछु कि तिमीहरू अब्राहामका परिवार हौ; तिमीहरू उनका सन्तान हौ । तापनि, तिमीहरू मलाई मृत्‍युमा पर्‍याउन खोज्‍दैछौ । तिमीहरू मैले भनेका कुनै कुरामा पनि विश्‍वास गर्नेछैनौ ।
\v 38 मेरा पिताले मलाई देखाउनुभएको आश्‍चर्य कामहरू र बुद्धिको बारेमा मात्र म तिमीहरूलाई भन्छु, तर जे तिमीहरूका पिताले तिमीहरूलाई गर्न भने तिमीहरू त्‍यो मात्र गर्दैछौ ।”
\s5
\v 39 तिनीहरूले उहाँलाई जवाफ दिए, “हाम्रा पुर्खा अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान थियौ भने, तिनले गरेका कुराहरू तिमीहरूले गरिरहेका हुन्‍यौ ।
\v 40 मैले परमेश्‍वरबाट सुनेको सत्य म तिमीहरूलाई भनिरहेको छु, तर तिमीहरू मलाई मृत्‍युमा पुर्‍याउना खोज्‍दैछौ । अब्राहामले त त्‍यस्ता कुराहरू गरेनन् ।
\v 41 अहँ ! तिमीहरूका वास्‍तविक पिताले गरेका कुराहरू तिमीहरू गर्दैछौ ।” तिनीहरूले उहाँलाई भने, “हामीलाई तम्रो बारे थाहा छैन, तर हामी अवैध सन्तानहरू होइनौं । हाम्रा एक मात्र पिता हुनुहुन्छ, र उहाँ परमेश्‍वर हुनुहुन्छ ।”
\s5
\v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुभए, तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्‍वरबाट आएँ र यतिबेला म यहाँ यस संसारमा आएको छु । म आफैँले आउनलाई निर्णय गरेको करणले म आइन तर उहाँले मलाई पठाउनुभएको कारणले आएँ ।
\v 43 मैले भनेका कुरा तिमीहरू किन बुझ्दैनौ त्‍यो म तिमीहरूलाई भन्‍नेछु । मेरो सन्देश वा मेरा शिक्षाहरूलाई तिमीहरूले स्‍वीकार नगरेको कारणले हो ।
\v 44 तिमीहरू आफ्‍ना पिता, शैतानका हौ, र त्यसले जे चाहन्‍छ त्‍यही गर्ने इच्‍छा तिमीहरू गर्छौ । मानिसहरूले पहिलो पल्‍ट पाप गरेदेखि नै ऊ एउटा हत्यारा थियो । त्‍यसले परमेश्‍वरको सत्यलाई त्यागेको छ; त्‍यो त्यसमा छैन । जब त्‍यसले झुट बोल्छ, त्‍यसले आफ्नो चरित्र अनुसार नै बोल्‍दैहुन्छ किनभने त्‍यो एउटा झुट बोल्‍नेवाला हो; त्‍यसले जे गरेको शैतानले चाहन्‍छ झुट बोल्‍ने हरेकले त्‍यही गर्छ ।
\s5
\v 45 मैले तिमीहरूलाई सत्‍य भनेको कारणले, तिमीहरूले मलाई विश्‍वास गर्दैनौ !
\v 46 तिमीहरूमध्ये कसले मलाई पापको दोषी भेट्टाउँछौ ? म तिमीहरूलाई सत्‍य भन्‍छु भने, मलाई विश्‍वास नगर्नलाई तिमीहरूु के कारण दिन्‍छौ ?
\v 47 जो परमेश्‍वरका हुन् तिनीहरू उहाँले तिनीहरूलाई जे भन्‍नुहुन्‍छ सुन्छन् र मान्‍छन् । तिमीहरूले उहाँको सन्देश नसुन्‍ने र नमान्‍ने कारणचाहिँ यो हो कि तिमीहरू परमेश्‍वरका होइनौ ।”
\s5
\v 48 उहाँका यहूदी शत्रुहरूले उहाँलाई जवाफ दिए, “तिमी एक सामरी हौ -- तिमी वास्तविक रूपमा एक सच्‍चा यहूदी हुँदै होइनौ ! र तिमीमा एउटा दुष्‍ट आत्‍माले वास गर्छ, भनेर हामीले निश्‍चित रूपमा ठिकै भनेका रहेछौं !”
\v 49 येशूले जवाफ दिनुभयो, “ममा दुष्‍ट आत्‍माले वास गर्दैन ! म आफ्‍नो पिताको आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ !”
\s5
\v 50 मेरो प्रशंसा गर्नलाई म मानिसहरूलाई फकाउने कोसिस गर्दिन । मेरो उचित सम्‍मान मलाई दिने इच्‍छा गर्ने कोही अरू हुनुहुन्छ, र म जे भन्‍छु र गर्छु हरेक कुराको न्‍याय गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
\v 51 म तिमीहरूलाई सत्य भन्‍दैछु : यदि कोही मेरो वचनमा दृढ रहन्‍छ र जस्‍तो मैले दिएँ त्‍यसमा विश्‍वास गर्छ भने, त्यो व्‍यक्ति कहिल्यै मर्नेछैन !”
\s5
\v 52 त्यसपछि उहाँका यहूदी शत्रुहरूले उहाँलाई भने, “अब हामी पक्‍का भयौँ कि दुष्‍ट आत्‍मा तिमी भित्र वास गर्छ ! अब्राहाम र अगमवक्ताहरू धेरै अघि मरे ! तापनि, तिमी भन्छौ कि तिमीले जे सिकाउँँछौ त्‍यसमा दृढ रहने कोही पनि मर्नेछैन !
\v 53 तिमी हाम्रा पिता अब्राहाम भन्दा महान होइनौ । तिनी मरे र तिनीसँगै सबै अगमवक्ताहरू पनि मरे । यसैले तिमी आफैँलाई को हौ भनी विचार गर्छौ ?”
\s5
\v 54 येशूले जवाफ दिनुभयो, “यदि मैले मानिसहरूलाई मेरो प्रशंसा गर्न लगाउने कोसिस गरें भने, त्यो अनुचित हुन्‍छ । मेरो, मेरो चरित्र र भलाइको प्रशंसा गर्ने मेरा पिता हुनुहुन्‍छ, तापनि, उहाँ नै हुनुहुन्छ जसको बारेमा तिमीहरू भन्छौ, ‘उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।’
\v 55 तिमीहरू उहाँलाई चिन्दैनौ तापनि म उहाँलाई चिन्‍छु । यदि मैले उहाँलाई चिन्दिन भनेको भए म तिमीहरू जस्तै झुट बोल्नेवाला हुन्‍थें । म उहाँलाई चिन्छु र उहाँले जे भन्‍नुहुन्छ म सधैँ पालन गर्छु ।
\v 56 जब एउटा अगमवक्ताको रूपमा, तिनले भविष्‍यतिर हेरे र मैले के गर्न सक्‍छु देखे, तिमीहरूका पिता अब्राहाम खुशी थिए । ”
\s5
\v 57 त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष भएका छैनौ ! तिमीले अब्राहामलाई देखेका छौ ?”
\v 58 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरुलाई सत्य भन्‍दैछु : अब्राहाम हुनु अघि, म छु ।”
\v 59 यसैले उहाँलाई मृत्‍युमा पर्‍याउन तिनीहरूले ढुङ्गाहरू टिपे । तापनि, येशूले आफूलाई लुकाउनुभयो, मन्दिर छोड्नुभयो र अन्‍त कतै जानुभयो ।
\s5
\c 9
\p
\v 1 येशू हिंड्दै गर्नुहुँदा, उहाँले एकजना मानिसलाई देख्‍नुभयो जो ऊ जन्मेको दिनदेखि नै आफ्‍नो सम्‍पुर्ण जीवनभरी दृष्‍टी विहिन भएको थियो ।
\v 2 चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसको पापले यो मानिसलाई दृष्‍टी विहिन जन्‍मिने बनायो ? के यो मानिस आफैँले पाप गर्‍यो वा त्‍यो उसका बाबु-आमाले गरे ? ”
\s5
\v 3 येशूले भन्‍नुभयो, “यो मानिसले वा उसका बाबु-आमाले पाप गरेकोले होइन । ऊ दृष्‍टी विहिन जन्‍मियो ता कि आज परमेश्‍वरले उसमा गर्नुहुने शक्‍तिशाली काम मानिसहरूले देखून् ।”
\v 4 मलाई पठाउनुहुनेको कामहरू हामीले दिन छँदै गर्नुपर्छ । रात आउँदैछ र जब त्‍यो आइपुग्‍छ, कसैले पनि काम गर्न सक्‍नेछैन ।
\v 5 जबसम्‍म म संसार रहन्‍छु, म संसारको ज्‍योति हुँ ।”
\s5
\v 6 उहाँले यसो भनेपछि, उहाँले जमिनमा थुक्‍नुभयो । आफ्‍नो थुकले उहाँले हिलो बनाउनुभयो, र त्‍यस मानिसको आँखामा त्‍यो औषधि जस्‍तो लगाइ दिनुभयो ।
\v 7 त्यसपछि येशूले त्यसलाई भन्‍नु भयो, “जाऊ र सिलोआमको पोखरीमा गएर धोऊ !” (पोखरीको नामको अर्थ ‘पठाएको’ भन्‍ने हुन्‍छ) । त्यसैले त्यो मानिस गयो र पोखरीमा धोयो । जब ऊ फर्केर आयो, ऊ देख्‍ने भयो ।
\s5
\v 8 त्यस मानिसकाो छिमेकीहरू र त्‍यसले मग्दैगर्दा त्‍यसलाई देखेका अरूहरूले भने, “के त्‍यही मानिस होइन, जो यहाँी बस्थ्यो र माग्थ्यो ?”
\v 9 केसैले भने, “त्‍यो त्‍यही हो ।” अरूहरूले भने, “होइन, तर ऊ दुरुस्‍त त्यो मानिस जस्तै देखिन्छ ।” तापनि, त्यो मानिस आफैँले भन्यो, “हो, म त्यही मानिस हुँ !”
\s5
\v 10 यसैले तिनीहरूले त्‍यसलाई भने, “तिमी अहिले कसरी देख्‍न सक्‍ने भयौ ?”
\v 11 त्‍यसले जवाफ दियो, “येशू नामका मानिसले अलिकति हिलो बनाउनुभयो र त्‍यो औषधी जस्‍तो प्रयोग गर्नुभयो र त्‍यो मेरो आँखामा लगाई दिनुभयो । त्यसपछि उहाँले मलाई सिलोआमको पोखरीमा जान र धुन भन्‍नुभयो । यसैले म त्यहाँ गएँ र धोएँ, र त्यसपछि मैले पहिलो पटक देख्‍न सकें ।”
\v 12 तिनीहरूले त्‍यसलाई भने, “ती मानिस कहाँ छन् ?” त्‍यसले भन्यो, “मलाई थाहा छैन ।”
\s5
\v 13 त्यहाँ भएका केही मानिसहरूले त्यस मानिसलाई फरिसीहरूको एउटा भेलामा लगे ।
\v 14 यतिबेला येशूले यो आश्‍चर्य काम गर्नुहुँदा विश्राम-दिन थियो ।
\v 15 यसैले त्‍यसले यतिबेला कसरी देख्‍न सक्‍ने भयो भन्‍ने बारेमा फरिसीहरूले त्यस मानिसलाई फेरि सोधे । त्‍यसले तिनीहरूलाई भन्यो, “ती मानिसले मेरो आँखामा हिलो लगाइदिए र मैले धोएँ र अहिले म देख्‍छु ।”
\s5
\v 16 फरिसीहरूमध्‍ये कोहीले भने, “हामी जान्दछौ यो येशू भन्‍ने मानिस परमेश्‍वरबाट आएको होइन किनभने त्‍यसले विश्राम-दिन पालन गर्दैन ।” त्यस समूहका अरूहरूले सोधे, “यदि त्‍यो पापी थियो भने, त्‍यसले शक्‍तिका त्‍यस्‍ता कामहरू कसरी गर्न सक्‍यो जसलाई हरेकले देख्‍छ ?” यसरी फरिसीहरूको माझमा मतभेद भयो ।
\v 17 तिनीहरूले त्यस दृष्‍टी विहिन मानिसलाई फेरिी सोधे, “उसको विषयमा तँ के भन्‍छस्, किनभने तँलाई दृष्टी दिने ऊ नै हो ?” त्यस मानिसले भन्यो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ ।”
\v 18 अब येशूका विरोधी यहूदीहरूले त्यो मानिस दृष्‍टी विहिन भएको थियो र त्‍यसपछि फेरि देख्‍ने सक्‍ने भयो भनी विश्‍वास गरेनन् । यसैले तिनीहरूले त्यस मानिसको बाबु-आमालाई लिएर आउन कसैलाई पठाए ता कि तिनीहरूलाई पनि प्रश्‍न सोध्‍न सकियोस् ।
\s5
\v 19 तिनीहरूले त्‍यसका बाबु-आमालाई सोधे, “के यो तिमीहरूको छोरा हो ? के तिमीहरू भन्‍छौ कि यो जन्मेको दिनदेखि नै यो दृष्‍टी विहिन थियो ? त्यसो भए ऊ कसरी देख्‍न सक्‍ने भयो त ?”
\v 20 उसका बाबु-आमाले जवाफ दिए, “हामीलाई थाहा छ कि यो हाम्रो छोरा हो । हामीलाई थाहा छ कि ऊ जन्मेको समयदेखि नै ऊ दृष्‍टी विहिन थियो ।
\v 21 तापनि, अहिले ऊ कसरी देख्‍न सक्‍ने भयो हामीलाई थाहा छैन । कसले उसका आँखा निको पारे त्‍यो पनि हामीलाई थाहा छैन । उसैलाई सोध्‍नुहोस्, ऊ आफ्‍नो लागि बोल्‍न सक्‍ने ठुलो छ ।”
\s5
\v 22 येशूका विरोधमा भएका यहूदीहरूले यस अघि नै एक अर्कामा सहमति जनाएका थिए कि येशूलाई ख्रीष्‍ट हुनुहुन्छ भनी घोषणा गर्ने जो कोहीलाई पनि तिनीहरूले समाउनेछन् र उसलाई सभाघरबाट निकाल्‍नेछन् ।
\v 23 यसकारण उसका बाबु-आमाले भने, “उसैलाई सोध्‍नुहोस्, ऊ आफ्‍नो लागि बोल्‍न सक्‍ने ठुलो छ ।”
\s5
\v 24 यसैले तिनीहरूले त्यस मानिसलाई बोलाए, जो दृष्‍टी विहिन भएको थियो, र तिनीहरूका अघि दोस्रो पटक आउन तिनीहरूले त्‍यसलाई भने । जब ऊ त्यहाँ पुग्‍यो, तिनीहरूले त्‍यसलाई भने, “परमेश्‍वरमा सपथ खाऊ कि तिमी सत्य मात्र बोल्नेछौ ! हामी जान्दछौ कि तिमीलाई निको पार्ने यो मानिस एउटा पापी हो र मोशाले हामीलाई दिएको व्यवस्था त्‍यसले पालन गर्दैन ।”
\v 25 त्‍यसले जवाफ दियो, “उहाँ पापी हो वा होइन मलाई थाहा छैन । एउटा कुरा मलाई थाहा छ कि म दृष्‍टी विहिन थिएँ, तर अब म देख्‍छु ।”
\s5
\v 26 यसैले तिनीहरूले त्‍यसलाई भने, “उसले तिमीलाई के गर्‍यो ? उसले तिमीलाई कसरी निको पार्‍यो ता कि तिमी अहिले देख्‍छौ ?”
\v 27 त्‍यसले तिनीहरूलाई जवाफ दियो, “त्‍यो मैले तपाईंहरूलाई यस अघि नै भनी सकेको छु तर तपाईंहरूले मलाई विश्‍वास गर्नुभएन । मैले तपाईंहरूलाई फेरि भन्‍न तपाईंहरू किन चाहनुहुन्‍छ ? के तपाईंहरू पनि साँच्‍चै उहाँका चेलाहरू बन्‍न इच्छा गर्नुहुन्छ ?”
\s5
\v 28 त्यसपछि तिनीहरू रिसाए र त्‍यसको अपमान गरे : “तँ त्यस मानिसके चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ !
\v 29 हामीलाई जान्‍दछौं कि परमेश्‍वर मोशासँग बोल्नुभयो; तर यस मानिसको बारेमा, यो कहाँबाट आएको हो भन्‍ने पनि हामीलाई थाहा छैन ।”
\s5
\v 30 त्यस मानिसले जवाफ दियो, “त्यो अति छक्‍क पार्ने कुरा हो ! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरूलाई थाहा छैन, तर उहाँले नै मेरा आँखा खोलि दिनुभयो ता कि म देख्‍न सक्‍छु !
\v 31 हामीलाई थाहा छ कि परमेश्‍वरले पापीहरू, उहाँको व्यवस्थालाई बेवास्ता गर्नेहरूका प्रर्थनाहरू सुन्‍नुहुन्‍न, तर उहाँको आराधना गर्ने र उहाँको इच्छा अनुसार गर्ने मानिसहरूको भने उहाँले सुन्‍नुहुन्छ ।
\s5
\v 32 संसारको सुरुदेखि नै कहीं पनि यो सुनिएको छैन कि कसैले जन्मेदेखि नै दृष्‍टी विहिन मानिसको आँखा खोल्‍न सकेको थियो !
\v 33 यदि यी मानिस परमेश्‍वरबाट आउनुभएको थिएन भने, उहाँले त्‍यस्‍तो गर्न सक्‍नुहुने थिएन !”
\v 34 तिनीहरूले त्‍यसलाई जवाफ दिए, “तँ पापमा जन्‍मिस र तेरो सम्पूर्ण जीवन पुरै पापमा नै बिताइस् ! के तँसित हामीलाई सिकाउने योग्यता छ भनी विचार गर्छस् ?” त्यसपछि तिनीहरूले त्‍यसलाई सभाघरबाट निकाले ।
\s5
\v 35 उहाँले निको पार्नुभएको मानिसलाई फरिसीहरूले के गरे, कसरी तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकाले भन्‍ने बारेमा येशूले सन्‍नुभयो । यसैले उहाँ जानुभयो र त्यो मानिसलाई खोज्‍नुभयो । जब उहाँले त्यस मानिसलाई भेट्टाउनुभयो, उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी म, मानिसको पुत्रमा विश्‍वास गर्छौ?”
\v 36 त्यस मानिसले जवाफ दियो, “सर, उहाँ को हुनुहुन्‍छ ? मलाई भन्‍नुहोस् ता कि म उहाँलाई विश्‍वास गर्न सकूँ ।”
\v 37 येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ । अहिले तिमीसँग बोल्दैगर्ने उही हो ।”
\v 38 त्यस मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु ।” त्यसपछि उसले घुँडा टेक्यो र उहाँको आराधना गर्‍यो ।
\s5
\v 39 येशूले भन्‍नुभयो, “म संसारको न्‍याय गर्न यो संसारमा आएको छु ता कि जसले देख्दैनन् तिनीहरूले देख्‍न सकून् र जसले देख्‍न सक्‍छन् तिनीहरू दृष्‍टी विहिन होउन् ।”
\v 40 उहाँसँग भएका कोही फरिसीहरूले उहाँले यसो भन्‍नुभएको सुने, र तिनीहरूले येशूलाई सोधे, “के हामीहरू पनि दृष्‍टी विहिन हौं ?”
\v 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू दृष्‍टी विहिन थियौ भने, तिमीहरूमा दोष हुनेथिएन । तापनि, तिमीहरूले अहिले आफ्‍नो बचाऊ गरेको र ‘हामीहरू देख्‍छौं’ भनेको कारणले तिमीहरूको दोष तिमीहरूसँग रहिरहन्‍छ ।
\s5
\c 10
\p
\v 1 म तिमीहरूलाई सत्य भन्दैछु : भेडाको गोठभित्र जानेले, सधैँ ढोकाबाट भित्र जानुपर्छ । यदि ऊ अरू बाटोबाट भित्र जान्‍छ भने, ऊ भेडाको रेखदेख गर्ने मानिस होइन, तर ऊ चोर र अपराधी हो, जसले भेडा चोर्छ ।
\v 2 जो ढोकाबाट गोठभित्र जान्‍छ त्‍यो साँचो गोठालो हो, किनकि उसले भेडाको रेखदेख गर्छ ।
\s5
\v 3 गोठालो टाढा हुँदा ढोकामा सुरक्षा दिने ज्‍यालादारी मानिसले ऊ आउँदा उसको निम्‍ति ढोका खोल्‍नेछन् । तापनि, भेडाले आफ्‍नो गोठालोको मात्र स्‍वर चिन्छ र जब उसले तिनीहरूको नाम लिएर बोलाउँदा मात्र चिन्‍छ । त्यसपछि उसले तिनीहरूलाई चराउन र तिनीहरूलाई पानी खुवाउन गोठबाट तिनीहरूलाई बाहिर लैजान्‍छ ।
\v 4 उसका आफ्ना सबै भेडाहरूलाई उसले बाहिर ल्‍याएपछि, ऊ तिनीहरूको अघिअघि जान्छ । उसका भेडाहरू उसलाई पछयाँउनको लागि उत्सुक हुन्छन्, किनकि तिनीहरूले उसको स्‍वर चिन्‍छन् ।
\s5
\v 5 तिनीहरूले कहिलै पनि तिनीहरूलाई बोलाउने अपरिचित व्‍यक्तिको पछि लाग्‍दैनन् । त्‍यसबाट तिनीहरू भाग्‍नेछन् किनकि तिनीहरूले अपरिचित व्‍यक्तिको स्‍वर चिन्दैनन् ।”
\v 6 येशूले गोठालोको कामबाट यो उदाहरण प्रयोग गर्नुभयो । तापनि, उहाँले तिनीहरूलाई के भन्‍दै हुनुहुन्‍थ्‍यो, त्‍यो उहाँका चेलाहरूले बुझेनन् ।
\s5
\v 7 यसैले येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “म तिमीहरूलाई सत्य भन्दैछु : म ढोका हुँ जसबाट सबै भेडाहरू गोठ भित्र पस्‍छन् ।
\v 8 सबै जो म भन्‍दा अघि आए, तिनीहरू चोरहरू र अपराधीहरु थिए जसले भेडाहरू चोरे; तर भेडाहरूले उनीहरूलाई सुनेनन् र तिनीहरूले उनीहरूलाई पछ्याएनन् ।
\s5
\v 9 म आफू त्यो ढोका जस्‍तै हुँ । यदि कोही ढोकाबाट भित्र पस्‍छ र भेडाहरू भएको गोठमा जान्छ, ऊ सुरक्षित हुनेछ,् र ऊ बाहिर जानेछ र असल चउर खोज्‍नेछ ।
\v 10 चोर त चोर्न, मार्न र नाश गर्न मात्र आउँछ । म आएको छु ता कि तिनीहरूमा जीवन होस् र त्‍यो जीवन भरेर पोखिंदै रहोस् ।
\s5
\v 11 म एउटा असल गोठालो जस्तो हुँ । आफ्नो भेडाहरूको सुरक्षा गर्न र बचाउनको निम्ति असल गोठालो मर्नेछ ।
\v 12 कसैले भेडाहरूको रेखदेख गर्नको निम्‍ति ज्‍यालादारी मानिसलाई पैसा तिर्छ । उसले भेडाहरूलाई ती उसको आफ्‍नै हुन् जस्तो व्यवहार गर्दैन; उसले काम गरेर एउटा रोजगारी मात्र गरेको हो । यसैले जब भेडाहरूलाई मार्न एउटा ब्‍वाँसो आउँदै गरेको उसले देख्‍छ, तब उसले आफ्नो जीवनमा जोखिम उठाउँदैन । उसले भेडाहरूलाई छोड्छ र भाग्छ ता कि केहीलाई समात्‍ने र अरूलाई छरपष्‍ट पार्ने गरेर भेडाहरूलाई आक्रमण गर्न ब्वाँसोलाई सम्‍भव हुन्‍छ ।
\v 13 ज्‍यालादारी कामदार भग्‍छ किनकि ऊ पैसाको लागि मात्र काम गर्दै रहन्‍छ । भेडाहरूलाई जे भए पनि उसले मतलब गर्दैन ।
\s5
\v 14 म आफैँ असल गोठालो हुँ । म आफ्नो भेडाहरुलाई चिन्छु र मेरा आफ्‍ना भेडाहरूले मलाई चिन्छन् ,
\v 15 जस्‍तो म मेरो पितालाई चिन्छु र मेरो पिताले मलाई चिन्‍नु हुन्छ । त्यसैकारणले, म आफ्‍ना भेडाहरूका निम्‍ति मर्न इच्‍छा गर्दैछु ।
\v 16 मसँग अरू भेडाहरू पनि छन् जो तिमीहरूको एउटै समूहका भेडाहरू होइनन् । म तिनीहरूलाई पनि मलाई सुन्‍ने बनाउनेछु । तिनीहरूले मलाई सुन्‍नेछन्, यसरी अन्‍तत: म, एकमात्र गोठालोको अधीनमा भेडाहरूको एउटै मात्र झुण्‍ड हुनेछ ।
\s5
\v 17 मेरा पिताले मलाई प्रेम गर्ने कारणचाहिँ यो हो कि म आफ्‍नो जीवन बलिदान गर्नेछु । म आफ्‍नो जीवन दिनेछु, र म फेरि जिउनलाई म त्‍यसलाई लिनेछु ।
\v 18 कसैले पनि मलाई मेरो जीवन त्‍याग्‍न लगाउँदै छैन । मैले आफैँलाई बलिदान चढाउन रोजेको छु । मलाई मेरो जीवन त्‍याग्‍ने अधिकार र मलाई त्‍यो लिने र फेरि जिउने अधिकार छ । यो काम मेरो पिताबाट हो, र यो गर्नलाई उहाँले मलाई आज्ञा गर्नुभएको छ ।”
\s5
\v 19 येशूले बोलिरहनु भएका यी कुराहरू सुनेपछि, उहाँको बारेमा तिनीहरूको मतमा यहूदीहरू विभाजित भए ।
\v 20 तिनीहरूमध्‍ये धेरैले भने, “एउटा भूत आत्माले त्‍यसलाई नियन्‍त्रणमा लिंदैछ र त्‍यसलाई बौलाहा बनाएको छ । त्‍यसलाई सुनेर आफ्नो समय खेर नफाल !”
\v 21 अरूहरूले भने, “त्‍यसले जे भन्दैछ, एउटा भुत आत्‍माले सताएको मानिसले कहिलै त्‍यस्‍ता कुरा भन्‍दैन । कुनै दुष्‍ट आत्‍माले पनि दृष्‍टिविहीन मानिसको आँखा खोल्न सक्दैन !”
\s5
\v 22 यतिबेला समर्पणको चाड भनिने उत्सवको समय आएको थियो, यहूदी मानिसहरूले आफ्ना पुर्खाहरूले यरूशलेममा भएको मन्दिर शुद्ध बनाएको र परमेश्‍वरलाई फेरि अर्पण गरेको समयलाई यतिबेला सम्‍झना गरे । यो हिउँदमा हुन्‍थ्‍यो ।
\v 23 येशू सोलोमनको दलान भनिने मन्दिरको चोकमा हिंड्दै हुनुहुन्‍थ्‍यो ।
\v 24 येशूका यहूदी विरोधीहरू उहाँको वरिपरी भेला भए र भने, “तपाईं कहिलेसम्‍म हामीलाई तपाईं को हुनुहुन्‍छ भन्‍ने बारेमा सोचिरहने बनाउनुहुनेछ ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई स्‍पष्‍ट बताउनुहोस् ता कि हामी जान्‍न सक्‍छौं ।
\s5
\v 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेको छु, तर तिमीहरू मलाई विश्‍वास गर्दैेनौ । मेरा पिताको नाम र उहाँको अधिकारमा मैले गर्ने आश्‍चर्य कामहरू र अन्‍य कुराहरूको करणले म को हुँ भनी तिमीहरू जान्‍दछौ । मेरा बारेमा तिमीहरूले जान्‍नुपर्ने आवश्‍यक सबै कुरा तिमीलाई तिनै कुराहरूले बताउँछन् ।”
\v 26 तिमीहरूले मलाई विश्‍वास गर्दैनौ किनकि तिमीहरू मेरा होइनौ । तिमीहरू अर्को गोठालोका भेडाहरू हौ ।
\s5
\v 27 मेरा भेडाहरूले मेरो स्‍वर सुन्छन् । तिनीहरूमध्‍ये प्रत्येकको नाम म जान्‍दछु; र तिनीहरू मेरो पछि आउँछन् र मेरो आज्ञा मान्‍छन् ।
\v 28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु । तिनीहरूलाई कसैले कहिलै पनि नाश गर्न सक्दैन, र तिनीहरूलाई कसैले कहिलै पनि मबाट चोरेर लाैन सक्दैन ।
\s5
\v 29 तिनीहरू मेरा पिताले मलाई दिनुभयो; उहाँ कुनै पनि व्‍यक्तिभन्दा महान हुनुहुन्छ, यसैले तिनीहरूलाई कसैले पनि उहाँबाट चोर्न सक्दैन ।
\v 30 म र पिता एकै हौँ ।
\v 31 येशूका शत्रुहरूले उहाँलाई हिर्काउन र उहाँलाई मृत्‍युमा पुर्‍याउन फेरि ढुङ्गाहरू टिपे ।
\s5
\v 32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई धेरै असल कामहरू, कुराहरू गरेको देखेका छौ जुन मेरा पिताले मलाई गर्न भन्‍नुभएको थियो । तिनीहरूमध्‍ये कुनचहिँ कुराको निम्‍ति तिमीहरू मलाई ढुङ्ंगा हान्‍न खोज्दैछौ ?”
\v 33 यहूदी विरोधीहरूले जवाफ दिए, “हामीले तिम्रो जीवन लिन खोजेको, तिमीले कुनै असल काम गरेको कारणले होइन, तर एकजना मानिस मात्र भएर पनि तिमीले परमेश्‍वरको अपमान गरिरहेको र आफैँलाई परमेश्‍वर तल्‍याउँदै गरेको कारणले हो !”
\s5
\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरले नियुक्त गर्नुभएका शासकहरूलाई उहाँले के भन्‍नुभयो भनी धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ : (ठुलो आदरसँग र धेरैजना माथि शक्‍ति दिएर) ‘मैले तिमीहरूलाई ईश्‍वरहरू जस्‍तै हौ भनेको छु ।’
\v 35 परमेश्‍वरले ती अगुवाहरूलाई नियुक्त गर्नुभएको बेलामा उहाँले तिनीहरुलाई त्‍यसो भन्‍नु भयो । कसैले पनि त्‍यसको विरोध गरेन, र धर्मशस्‍त्रमा भएका कुनै कुरा पनि झुटा हो भनेर देखाउन सकिँदैन ।
\v 36 म नै हुँ जसलाई यहाँ यस संसारमा पठाउनलाई मेरा पिताले रोज्‍नुभयो । यसैले मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भन्‍दा म पिताको बराबर हुन्‍छु भनेको कारणले तिमीहरू किन मसँग रिसाउँछौ ?
\s5
\v 37 यदि मेरो पिताले मलाई गर्न भन्‍नुभएका कामहरू मैले गरिरहेको थिइन भने, तिमीहरूले मलाई विश्‍वास गर भन्‍ने आशा म गर्ने थिइन ।
\v 38 तापनि, मैले यी कामहरू गरिरहेको कारणले, मैले भनेका कुरामा तिमीहरूले विश्‍वास नगरे तापनि यी कामहरूले मेरो बारेमा तिमीहरूलाई जे भन्‍छन् त्‍यसमा तिमीहरूको विश्‍वास राख । यदि तिमीहरू त्‍यसो गर्छौ भने, तिमीहरूले जान्‍नेछौ र बुझ्‍नेछौ कि मेरो पिता ममा हुनुहुन्‍छ र म मेरो पितामा छु ।”
\v 39 तिनीहरूले त्‍यो सुनेपछि, तिनीहरूले येशूलाई फेरिी समाउन खोजे, तर उहाँ फेरि एक पटक तिनीहरूबाट निस्‍केर जानुभयो ।
\s5
\v 40 त्यसपछि येशू यर्दन नदीको पुर्वी किनारमा फर्कनुभयो । उहाँ त्‍यो ठाउँमा जानुभयो जहाँ बप्‍तिष्‍मा दिने यूहन्‍नाले आफ्‍नो सेवाको सुरुमा धेरैजना मानिसहरूलाई बप्‍तिस्‍मा दिएका थिए । येशू त्यहाँ धेरै दिन बस्‍नुभयो ।
\v 41 धेरै मानिसहरू उहाँकहाँ आए । तिनीहरूले भन्‍दैथिए, “बप्‍तिस्‍मा दिने यूहन्‍नाले कहिले पनि आश्‍चर्य काम गरेनन्, तर यो मानिसले धेरै आश्‍चर्य कामहरू गर्नुभएको छ ! यस मानिसको बारेमा यूहन्‍नाले भनेका हरेक कुरा साँचो रहेछ !”
\v 42 धेरै मानिसहरू उहाँमा विश्‍वास गर्न आए; उहाँ जो हुनुहुन्‍थ्‍यो र उहाँले तिनीहरूका निम्‍ति जे गर्नुभयो त्‍यसमा तिनीहरूले आफ्नो विश्‍वास राखे ।
\s5
\c 11
\p
\v 1 लाजरस नाम गरेको एकजना मानिस धेरै बिरामी थिए । तिनी बेथानिया गाउँमा बस्‍थे जहाँ मरियम र मार्था बस्‍थे ।
\v 2 यिनी उही मरियम थिइन् जसले पछि उहाँमा तिनको प्रेम र आदर देखाउनलाई प्रभुमा अत्तर खन्याइन् र उहाँका पाउ आफ्‍नो कपालले पुछिन् । त्‍यो तिनकै भाइ लाजरस थिए जो बिरामी थिए ।
\s5
\v 3 यसैले येशूलाई लाजरसको बारेमा भन्‍न दुई दिदि-बहिनीले कसैलाई पठाए; तिनीहरूले भने, “प्रभु, तपाईंले प्रेम गर्नुहुने एकजना बिरामी परेका छन् ।”
\v 4 जब येशूले लाजरसको बिमारको बारेमा सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यो बिमार लाजरसको मृत्युमा अन्‍त्‍य हुनेछैन । यो बिमारको उद्देश्य यो हो कि परमेश्‍वरले आश्‍चर्यपूर्ण कुराहरू गर्नुहुँदा उहाँ कति महान हुनुहुन्छ भनी मानिसहरूले देखून् र जानून्, र ता कि म, परमेश्‍वरको पुत्रले पनि उहाँको महान शक्‍ति देखाउनेछु ।”
\s5
\v 5 यतिबेला मार्था, उनकी बहिनी मरियम र लाजरसलाई येशूले प्रेम गर्नुहुन्थ्यो ।
\v 6 तपनि, जब येशूले लाजरस बिरामी थिए भनी सुन्‍नुभयो, उहाँले तिनलाई हेर्न जान ढिलो गर्नुभयो । उहाँ जहाँ हुनुहुन्‍थ्‍यो त्‍याहाँ उहाँ अरू दुईदिन बस्‍नुभयो ।
\v 7 त्यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी यहूदियाामा फर्केर जाऔं ।”
\s5
\v 8 चेलाहरूले भने, “गुरुज्‍यू, हिजोअस्‍ति मात्र तपाईंको विरोध गर्ने यहूदीहरुले ढुङ्गाले हानेर तपाईंको हत्‍या गर्न चाहान्‍थे, र अहिले तपाईं फेरि त्यहाँीँ फर्केर जान चाहनु हुन्छ !”
\v 9 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई थाहा छ एक दिनमा बाह्र घण्‍टा उज्यालो हुन्‍छ, के त्‍यो साँचो होइन ? दिउँसोको समयमा हिंड्‍ने कोही पनि सुरक्षित हिंड्‍नेछ किनभने उसले बाटोमा के छ देख्‍न सक्‍छ ।
\s5
\v 10 यद्यपि, जब एकजना व्‍यक्ति रातको समयमा हिंड्छ, उसलाई सजिलै ठेस लाग्छ किनभने उसले देख्‍न सक्दैन ।”
\v 11 यी कुराहरू भनेपछि, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रो मित्र लाजरस निन्‍द्रामा परेका छन्, तर तिनलाई जगाउनलाई म त्‍यहाँ जानेछु ।”
\s5
\v 12 चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निन्‍द्रामा परेका छन् भने, तिनी स्‍वस्‍थ हुनेछन् ।”
\v 13 येशूले वास्तवमा लाजरसको मृत्युको बारेमा बोल्‍दै हुनुहुन्थ्यो, तर चेलाहरूले सोचे कि उहाँले निन्‍द्राको बारेमा कुरा गर्दै हुनुहुन्‍थ्‍यो, जुन हामी सबैलाई थाहा छ, हामीलाई आराम दिन्‍छ ।
\v 14 त्यसपछि उहाँले तिनीहरूलाई स्‍पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेका छन् ।”
\s5
\v 15 यशूले निरन्‍तर भन्‍नुभयो, “तर, तिमीहरूकै लागि, म खुशी छु कि तिनको मृत्‍यु हुँदा म त्यहाँ थिइन, ता कि तिमीहरूले ममा किन विश्‍वास सक्‍छौ भनी तिमीहरूले देख्‍न सक्‍छौ । अहिले यही समय हो; हामी तिनीकहाँ आऔं ।”
\v 16 त्यसपछि थोमाले, जसलाई ‘दिदुमस’ पनि भनिन्‍थ्‍यो, बाँकी चेलाहरूसँग भने, “हामी पनि येशूसँगै जाऔं ता कि ाहामी तिनीसँगै मर्न सकौँ ।”
\s5
\v 17 जब येशू ख्रीष्‍ट बेथानियाीमा आउनुभयो, लाजरसको मृत्‍यु पहिले नै भइसकेको र चिहानमा राखिएको चारदिन भइसकेको उहाँले पाउनुभयो ।
\v 18 बेथानियाबाट यरूशलेमको दुरी करिब तीन किलोमिटर मात्र थियो ।
\v 19 धेरै यहूदीहरूले लाजरस र तिनको परिवारलाई चिन्‍थे, र मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिनलाई उनीहरू यरूशलेमबाट आएका थिए ।
\v 20 जब मार्थाले कोही एकजनाबाट येशू नजिकै हुनुहुन्‍थ्‍यो भनी सुनिन्, तिनी उहाँलाई भेट्‍न बाटोमा गइन् । मरियम खडा भइनन् तर घरमै बसिन् ।
\s5
\v 21 जब मार्थाले येशूलाई देखिन्, तिनले उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन ।
\v 22 तापनि, अहिले पनि म जान्‍दछु कि तपाईंले परमेश्‍वरबाट जे माग्‍नुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई दिनुहुनेछ ।”
\v 23 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरिी जीवित हुनेछ ।”
\s5
\v 24 मार्थाले उहाँलाई भनिन्, “म जान्‍दछु कि जब परमेश्‍वरले सबै मृतकहरूलाई अन्तको दिनमा जीवित पार्नुहुनेछ, त्‍यो दिनमा ऊ फेरि जीवित हुनेछ ।”
\v 25 येशूले तिनलाई भन्‍नुभयो, “मानिसहरूलाई मृत्युबाट जीवित पार्ने म नै हुँ; तिनीलाई जीवन दिने म नै हुँ । जसले ममा विश्‍वास गर्छ, यदि ऊ मर्छ भने पनि, तैपनि ऊ फेरि जीवित हुनेछ ।”
\v 26 सबैजना जसले जीवन पाउँछन्, मसँग सहभगी हुन्‍छन् र जसले ममा विश्‍वास गर्छन् तिनीहरू कहिल्यै मर्नेछैनन् । के तिमी मलाई विश्‍वास गर्छौ ?”
\s5
\v 27 तिनले उहाँलाई भनिन्, “गर्छु प्रभु ! तपाईं जे भन्‍नुहुन्‍छ म विश्‍वास गर्छु र तपाईं जो हुनुहुन्छ म विश्‍वास गर्छु, कि परमेश्‍वरले संसारमा आउनुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको परमेश्‍वरका पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ ।
\v 28 तिनले त्यसो भनेपछि, तिनी घर फर्किन् र आफ्‍नी बहिनी मरियमलाई एकान्‍तमा लिएर गइन् र तिनलाई भनिन्, “गुरुज्‍यू यहाँ हुनुहुन्छ, र उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्‍छ ।”
\v 29 जब मरियमले योी सुनिन्, तिनी तुरून्‍तै उठिन् र उहाँकहाँ गइन् ।
\s5
\v 30 यतिबेलासम्म येशू गाउँमा अझै आइपग्‍नु भएको थिएन; उहाँ अझैसम्म त्‍यसै ठाउँमा हुनुहुन्‍थ्‍यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।
\v 31 दिदी-बहिनीलाई सान्‍त्‍वना दिन घरमा आएका मानिसहरूले मरियमलाई तुरून्तै खडा भएको र बाहिर गएको देखे । यसैले, तिनी आफ्‍नो भाइको लागि शोक मनाउनलाई तिनीहरूले लाजरसलाई दफन गरेको चिहानमा जाँदैछिन् भन्‍ने सोचेर तिनीहरू तिनको पछि लागे ।
\v 32 मरियम येशू हुनुभएको ठउँमा आइन्; जब तिनले उहाँलाई देखिन्, तिनी उहाँको अघि उहाँको पाउमा घोप्‍टो परिन् र भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन ।”
\s5
\v 33 जब तिनले शोक गरिरहेको र रोइरहेको, र तिनीसँग आएका शोक गर्नेहरू पनि रोइरहेका येशूले देख्‍नुभयो, उहाँको भित्री आत्‍मैदेखि दुखमा परेर रुनुभयो, र अत्यन्त विचलित हुनुभयो ।
\v 34 यहाँले भन्‍नुभयो, “तिमीहरूले तिनको शरीर कहाँ राखेका छौ ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आउनुहोस् र हेर्नुहो्स् ।”
\v 35 येशू रुनुभयो ।
\s5
\v 36 त्यसैले यहूदीहरूले भने, “हेर तिनले लाजरसलाई कति धेरै माया गर्थे !”
\v 37 यद्यपि, अरू कसैले भने, “के तिनले दृष्‍टि विहिन मानिसको आँखा खोलेका थिएनन् ? किन तिनले यस मानिसलाई मर्नबाट रोक्‍न सकेनन् ?”
\s5
\v 38 येशू चिहानमा आउनुहुँदा उहाँ शरीरिक रूपमा कामेको र भावनात्मक रूपमा विचलित हुनुभएको थियो । यो एउटा गुफा थियो र एउटा ठुलो ढुङ्गाद्वारा प्रवेशद्वार छेकिएको थियो ।
\v 39 त्यहाँ खडा भएकाहरूलाई येशूले आज्ञा गर्नुभयो, “ढुंगा हटाऊ,” । यद्यपि, मार्थाले आपत्ति जनाइन्, “प्रभु, यो समयसम्‍म त त्‍यहाँ दुर्गन्‍ध फैलिएको होला, किनभने उसको मृत्‍यु भएको चार दिन भइसेकोको छ ।”
\v 40 येशूले तिनलाई भन्‍नुभयो, “यदि तिमीले ममा विश्‍वास गर्‍यौ भने, परमेश्‍वर को हुनुहुन्छ तिमीले देख्‍नेछौ र परमेश्‍वरले के गर्न सक्‍नुहुन्छ तिमीले जान्‍नेछौ भनेर मैले तिमीलाई भन्‍दा, के मैले तिमीलाई साँचो भनेको थिइन र ?”
\s5
\v 41 यसैले तिनीहरूले त्‍यो ढङ्गा हटाए । येशूले माथि स्‍वर्गतिर हेर्नुभयो र भन्‍नुभयो, “पिता, म तपाईंलाई धन्यावाद दिन्‍छु कि तपाईंले मेरो विन्‍ती सुन्‍नुभएको छ ।
\v 42 म जान्दछु कि तपाईंले सधैँ मेरो विन्‍ती सुन्‍नुहुन्छ । यहाँ खडा भइरहेका मानिसहरूको कारणले मैले यो मागेँ ता कि तपाईंमा तिनीहरूले आफ्नो विश्‍वास राख्‍न सकून् र तपाईंले मलाई पठाउनुभयो भन्‍ने कुरामा दृड विश्‍वास होस् ।”
\s5
\v 43 उहाँले त्यसो भनेपछि, उहाँले ठुलो स्वरमा कराउनुभयो, “लाजरस, बाहिर आऊ !”
\v 44 त्यो मानिस जो मरेको थियो बाहिर आयो ! उसकाो हातहरूमा अझै कपडा बेरिएको थियो र उसका खुट्टाहरूमा सुति कपडा लामा टुक्रहरू बाँधिएका थिए, र उसको अनुहार वरिपरि पनि कपडा बेरिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “उसलाई बाँधिरेखेका कपडाका लामा टुक्राहरू खोल र उसलाई फुकाई देऊ । उसलाई जान देऊ ।”
\s5
\v 45 यसको परिणाम, धेरैजना यहूदीहरू जो मरियमलाई भेट्न आएका थिए र येशूले गर्नुभएको कामको गवाही भएका थिए, आफ्‍नो विश्‍वास उहाँमा राखे ।
\v 46 तपनि, अरूहरूमध्‍ये कोही फरिसीहरूकहाँ गए र येशूले जे गर्नुभएको थियो तिनीहरूलाई भने ।
\s5
\v 47 यसैले मुख्य पुूजारीहरू र फरिसीहरूले यहूदी परिषद्को सबै सदस्यहरूलाई भेला गरे । तिनीहरू एक आपसमा भन्दै थिए, “हामी के गर्न जाँदैछौं ? यो मानिसले धेरै आश्‍चर्यका कामहरू गर्दै छ ।
\v 48 यदि हामीले उसलाई ती कुरा गरिरहन अनुमती दिन्‍छौं भने, हरेकले उसमा विश्‍वास गर्ने छ र रोमको विरोध गर्ने छ । त्यसपछि रोमी सेनाहरू आउने छन् र हाम्रो मन्दिर र हाम्रो जाती दुवैलाई नाश गर्ने छन् ।”
\s5
\v 49 परिषदमा भएकाहरूमध्ये एकजना कैयाफा त्यसो वर्षका प्रधान पुजारी थिए । तिनले तिनीहरूलाई भने, “तिमीहरू सबलाई केही थाहा छैन !
\v 50 सम्‍पूर्ण जाति नाश हुनुभन्दा मानिसहरूका लागि एकजना व्‍यक्ति मर्नु असल हो भन्‍ने के तिमीहरू महसुस गर्दैनौ ?”
\s5
\v 51 त्‍यो कुराको बारेमा तिनले आफैँले विचार गरेको कारणले त्‍यसो भनेका थिएनन् । त्‍यसको साटो, तिनी त्‍यस वर्षको प्रधान पुजारी भएको कारणले तिनले अगमवाणी गर्दै थिए कि यहूदी जातिको लागि येशू मर्नुहुने छ ।
\v 52 तर तिनले यो पनि अगमवाणी गर्दै थिए कि यहूदी जातिको लागि मात्र होइन, तर अरूका लागि पनि येशू मर्नुहुन्छ, यसरी अन्‍यत्र सबै ठाउँहरूमा बसोवास गर्ने परमेश्‍वरका सबै छोरा-छोरीलाई उहाँले एउटै जातीमा समेट्‍न सक्‍नुहुन्‍छ ।
\v 53 यसैले त्‍यसदेखि पछिका दिनमा, येशूलाई गिरफ्‍तार गर्न र उहाँलाई मृत्युमा पुर्‍याउन परिषदले कुनै उपाय खोज्‍न थाल्‍यो ।
\s5
\v 54 त्‍यो कारणले, आफ्‍ना यहूदी विरोधीहरूको माझमा येशूले खुल्‍ला रूपमा वरिपरि यात्रा गर्नुभएन । त्‍यसको साटोमा, उहाँले यरूशलेम छोड्‍नुभयो र, आफ्‍ना चेलाहरूकासाथ उजाड-स्थान र मरूभूमि क्षेत्र नजिकमा भएको एफ्राइम भनिने नगरमा जानुभयो ।
\v 55 यहूदीहरू निस्तार-चाडको उत्‍सवको समय हुनै लागेको थियो, र देश र गाउँहरूबाट धेरैजना आराधकहरू यरूशलेममा गए । यहूदी नियमहरू अनुसार आफैँलाई शुद्ध बनाउने तयारी गर्नलाई तिनीहरू आफू नुहाउने गर्थे, जसले गर्दा तिनीहरूलाई निस्तार-चाडको उत्सव मनाउने अनुमती हुन्‍थ्‍यो ।
\s5
\v 56 निस्तार-चाड मनाउन यरूशलेममा आएका सबै आराधकहरूले येशूलाई खोज्‍दै थिए । जब तिनीहरू आए, र मन्दिरमा खडा भए, तिनीहरूले एक अर्कालाई भने, “तपाईंको के विचार गर्नुहुन्‍छ ?” उहाँ निस्तार-चाडमा आउनुहुन्‍न होला, के उहाँ आउनुहोला ?”
\v 57 यहूदी मुख्य पुजारीहरू र फरिसीहरूले आदेश जारी गरेका थिए कि यदि कसैले येशूलाई कहाँ हुनुहुन्‍थ्‍यो भन्‍ने पत्ता लगाउनेबित्तिकै उनीहरूले तिनीहरूलाई खबर गर्नुपर्छ ता कि तिनीहरूले उहाँलाई गिरफ्‍तार गर्न सक्‍छन् ।
\s5
\c 12
\p
\v 1 निस्तार-चाड सुरु हुनु भन्दा छ दिन पहिले येशू बेथानियाीमा आउनुभयो । तिनको मृत्‍यु भएपछि येशूले मृत्युबाट जीवित पार्नुभएको मानिस लाजरस त्‍यही बेथानिया गाउँमा बस्‍थे ।
\v 2 त्‍यहाँ बेथानियामा येशूको सम्मानमा तिनीहरूले एउटा रात्री भोजन दिए । मार्थाले भोजन तयार पार्ने काम गरिन्, र सँगै बसेर खाँदै गरेकाहरूका माझमा लाजरस पनि थिए ।
\v 3 तब मरियमले एक बोतल बहुमूल्य अत्तर (नाड) ल्‍याइन्, र येशूको सम्मान गर्नलाई, तिनले त्‍यो उहाँको पाउहरूमा खन्याइन् र त्‍यसपछि आफ्नै कपालले उहाँका पाउहरू पुछिन् । अत्तरको सुवासनाले पुरै घर भरियो ।
\s5
\v 4 तापनि, उहाँका चेलाहरूमध्‍ये एकजना यहूदा इस्करियोत (येशूले उसमा राख्‍नुभएको विश्‍वासलाई घात गर्ने र चाँडै नै येशूलाई उहाँका शत्रुहरूकहाँ सुम्‍पिदिने व्‍यक्ती यही थियो) ले विरोध गर्‍यो र भन्‍यो,
\v 5 “हामीले यो अत्तरलाई तीनसय दिनको ज्याला बराबरमा बेचेको भए र पैसा गरीबहरूलाई दिएको भए हुन्‍थ्‍यो ।”
\v 6 गरीब मानिसहरूको बारेमा वस्ता गरेको कारणले उसले यसो भनेको थिएन, तर ऊ एउटा चोर भएको कारणले थियो । उहाँहरूको पैसा भएको झोला उसैले बोक्‍थ्‍यो, तर जब उसलाई मन लाग्‍थ्‍यो तब उसको आफ्‍नै प्रयोगको लागि उसले पैसा झिक्‍थ्‍यो ।
\s5
\v 7 त्‍यसपछि येशूले भन्‍नुभयो, “तिनलाई एक्लै छोड ! मेरो मृत्‍यु हुने र तिनीहरूले मलाई दफन गर्ने दिनका लागि तिनले यो अत्तर किनिन् ।
\v 8 गरीबहरू त सधैँ तिमीहरूसँग भएको तिमीहरूले पाउँने छौ तर म त तिमीहरूसँग सधैँ हुने छैन ।”
\s5
\v 9 यरूशलेममा भएका यहूदीहरूको एउटा ठुलो भिडले येशू बेथानियामा हुनुहुन्‍छ भनी सुने, यसैले तिनीहरू त्‍यहाँ गए । येशू त्‍यहाँ हुनुभएको कारणले मात्र होइन तर येशूले जीवित पार्नुभएको लाजरसलाई हेर्न पनि तिनीहरू त्‍यहाँ गए ।
\v 10 त्‍यसपछि मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्नु आवश्‍यक छ भन्‍ने निर्णय गरे ।
\v 11 किनकि तिनको कारणले यहूदीहरूमध्‍ये धेरैजनाले मुख्य पुजारीहरूले सिकाएका शिक्षामा विश्‍वास गर्न छोड्‍दै थिए; त्‍यसको साटो, तिनीहरूले आफ्‍नो विश्‍वास येशूमा राख्‍दै थिए ।
\s5
\v 12 अर्को दिन निस्‍तार-चाडको निम्‍ति आएको एउटा ठुलोै भिडले येशू येरुशलेमतर्फ आउँदै हुनुहुन्‍छ भन्‍ने सुने ।
\v 13 यसैले तिनीहरूले खजुरको रूखका हाँगाहरू काटे र उहाँ सहरमा आउनुहुँदा उहाँलाई स्वागत गर्न गए । तिनीहरू ठुलो स्वरले कराउँदै थिए, “होसन्‍ना ! परमेश्‍वरको प्रशंसा होस् ! इस्राएलका राजालाई स्वागत छ !”
\s5
\v 14 जब येशू यरूशलेमको नजिकै आउनुभयो, तब उहाँले गधाको एउटा बछेडा भेट्टाउनुभयो र त्यसमाथि बसेर सहरतिर अघि बढ्नुभयो । यसो गरेर उहाँले धर्मशास्‍त्रमा जे लेखिएको थियो पुरा गर्नुभयो :
\v 15 “तिमी, यरूशलेममा बस्‍नेहरू नडराओ ! हेर ! तिम्रा राजा आउँदै हुनुहुन्‍छ । उहाँ गधाको बछेडा माथि बसेर आउँदै हुनुहुन्छ !”
\s5
\v 16 यो घट्‍ना हुँदा, अगमवाणी पुराभयो भनेर उहाँका चेलाहरूले बुझ्‍न सकेनन् । तापनि, येशूले आफ्नो काम सक्‍नु भएपछि र परमेश्‍वरको रूपमा उहाँले आफ्‍नो पुरा शक्‍ति फेरि प्राप्‍त गरेपछि, अगमवक्ताहरूले उहाँको बारेमा के लेखेका थिए र मानिसहरूले उहाँलाई के गरे भनी तिनीहरूले पछि फर्केर हेरे, र याद गरे ।
\s5
\v 17 येशूसँगै पछि हिंड्दै गरेको ठुलो भिडले तिनीहरूले जे देखेका थिए त्‍यो अरूहरूलाई भनिरहे : येशूले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुभयो र तिनलाई फेरि जीवित पार्नुभयो ।
\v 18 सहरको ढोकाबाट बाहिर येशूलाई भेट्न गएका मानिसहरूका अरू भीडले यसो गरे, किनभने तिनीहरूलाई आफ्‍नो शक्ती देखाउनालाई उहाँले महान कुराहरू गर्नुभएको थियो भनी तिनीहरूले सुने ।
\v 19 यसैले फरिसीहरूले एक आपसमा भने, “हेर ! हामीहरूलाई यहाँ कुनै फाइदा भइराखेको छैन । हेर ! सारा संसार उसकै पछि लाग्‍दै छ !”
\s5
\v 20 निस्तार-चाडको बेलामा यरूशलेममा गएकाहरूमध्‍ये कोही ग्रिकहरू थिए ।
\v 21 तिनीहरू फिलिपकहाँ आए जो गालील जिल्लाको बेथसेदाका थिए । तिनीहरूले उनलाई केही कुरा सोध्‍नुपर्ने थियो; तिनीहरूले भने, “सर, के हामीलाई येशूसँग परिचय गराई दिनुहुन्‍छ ?”
\v 22 यसैले फिलिपले यो कुरा बताए र तिनीहरू दुवैजना गए र येशूलाई भने ।
\s5
\v 23 येशूले फिलिप र अन्‍द्रियासलाई जवाफ दिनुभयो, “यो म, मानिसको पुत्रले गरेका सबै कुरा परमेश्‍वरले मानिसहरूलाई देखाउने र मैले भनेका सबै कुरा तिनीहरूलाई भन्‍ने समय हो ।
\v 24 म तिमीहरूलाई सत्य भन्‍दै छु : जबसम्‍म एउटा गहुँको बीऊ माटोमा रोपिएको हुँदैन र त्‍यो मर्दैन तबसम्म, त्‍यो बीऊ एउटै मात्र रहन्छ; तर त्‍यो जमिनमा मरेपछि, त्यो बढ्ने छ र धेरै बीउहरूको खेती उत्‍पादन हुने छ ।
\s5
\v 25 कसैले आफैँलाई खुशी बनाउनलाई जीउन खोज्‍छ भने असफल हुने छ, तर कसैले आफैँलाई खुशी बनाउनलाई जीउन खोज्‍दैन भने उसले आफ्‍नो जीवन सदासर्वदा सुरक्षित राख्‍ने छ ।
\v 26 यदि कसैले मेरो सेवा गर्न चाहन्छ भने, ऊ मेरो पछि लाग्‍नै पर्छ किनभने म जहाँ हुन्‍छु मेरो सेवक त्यहीँ हुनुैपर्छ । मेरो सेवा गर्ने हरेकलाई पिताले आदर गर्नुहुने छ ।
\s5
\v 27 यतिबेला मेरो प्राण असाध्‍ये दु:खित छ । के मैले भन्‍नु, ‘पिता, मलाई यो समयबाट बचाउनुहोस् जतिबेला मैले दुख भोग्‍ने छु र मर्ने छु’ ? हुँदैन, यही कारणले नै म यस संसारमा आएँ ।
\v 28 मेरो पिता, तपाईंले भन्‍नुभएका सबै कुरामा, तपाईंले गर्नुभएका सबै काममा र तपाईं जो हुनुहुन्‍छ त्‍यसमा तपाईं कति शक्‍तिशाली हुनुहुन्छ, देखाउनुहोस् !” यतिबेला स्वर्गबाट परमेश्‍वर बोल्नुभयो, “मेरो स्वभाव, मेरा वचनहरू र मेरा कामहरू मैले यसअघि नै देखाएको छु; र म त्‍यो फेरि गर्ने छु !”
\v 29 त्यहाँ भएका भिडले परमेश्‍वरको आवाज सुने । तर कसैले भने यो केवल गर्जन मात्र हो । अरूहरूले भने एउटा स्वर्गदूतले येशूसँग बोलेका थिए ।
\s5
\v 30 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले सुनेको यो बोलेको आवाज परमेश्‍वरको आवाज थियो । तापनि, उहाँले मेरो होइन तर तिमीहरूको फाइदाको निम्‍ति बोल्‍नुभयो !
\v 31 यतिबेला परमेश्‍वरको निम्‍ति संसारको न्याय गर्ने समय हो । यतिबेला उहाँले शैतान, यस संसारको शासकलाई बाहिर फ्‍याँक्‍नुहुने समय हो ।
\s5
\v 32 मेरो बारेमा, जब मानिसहरूले मलाई क्रुसमा माथि उचाल्‍ने छन्, म हरेकलाई आफैँतिर खिच्‍ने छु ।”
\v 33 उहाँको मृत्‍यु कसरी हुन्‍छ भनी मानिसहरूलाई थाहा दिनलाई उहाँले यसो भन्‍नुभयो ।
\s5
\v 34 भिडमा भएका कसैले उहाँलाई जवाफ दियो, “धर्मशास्‍त्रबाट हामीले बुझ्‍दछौं कि ख्रीष्‍ट सदासर्वदा जीउनुहुने छ । यसैले तपाईं किन भन्‍नुहुन्‍छ कि मानिसको पुत्र मर्ने छ ? यो ‘मानिसको पुत्र’ को हो ?”
\v 35 येशूले जवाफ दिनुभयो, “मेरो ज्योति अलिबेरसम्म तिमीहरूमा चम्कने छ । मेरो ज्‍योति तिमीहरूसँग हुँदासम्‍म ज्‍योतिमा हिंड, अन्‍यथा अन्धकारले तिमीहरूलाई कब्जा गर्ने छ । अन्धकारमा हिंड्नेहरूले आफू कहाँ जाँदै छन् देख्‍न सक्‍दैनन् !”
\v 36 तिमीहरूसित ज्योति हुँदा त्‍यो ज्योतिमा विश्‍वास गर; त्‍यसपछि तिमीहरू ज्योतिका सन्तान हुने छौ । उहाँले यी कुरा भनेपछि, येशूले तिनीहरूलाई छोड्नुभयो र तिनीहरूबाट लुक्‍नुभयो ।
\s5
\v 37 येशूले धेरै आश्‍चर्य कामहरू गर्नुभए तापनि, उहाँले जे भन्‍नुभएको थियो त्‍यसमा धेरैजसो मानिसहरूले ाविश्‍वास गरेनन् ।
\v 38 यशैया अगमवक्ताले धेरै पहिले जे लेखेका थिए त्‍यो पुरा हुनलाई यसो भयो : “परमप्रभु, हामीबाट तिनीहरूले सुनेका कुनै कुरा कसले विश्‍वास गरेका छ ? कसरी उहाँले हामीलाई शक्तिशाली रूपले छुटकारा दिन सक्‍नु हुन्छ भनी परमप्रभुले हामीलाई देखाउनु भएको छ !”
\s5
\v 39 तपनि, तिनीहरूले उहाँमा विश्‍वास गर्न सकेनन् कारण यशैयाले लेखेका थिए :
\v 40 “परप्रभुले तिनीहरूलाई देख्‍न नसक्‍ने बनाउनु भएको छ, र उहाँले तिनीहरूलाई हठी बनाउनु भएको छ; तिनीहरू आफ्‍ना आँखाले पनि देख्‍न सक्दैनन्, यदि तिनीहरूले देखे, तिनीहरूले बुझ्‍ने थिए; तिनीहरूले पश्‍चताप गर्ने थिए र तिनीहरूलाई क्षमा गर्न मसँग प्रार्थना गर्ने थिए । यो कारणले, म तिनीहरूलाई निको पार्न सक्दिन !”
\s5
\v 41 यशैयाले ती वचनहरू धेरै पहिले लेखे किनभने ख्रीष्‍टले शक्‍तिशाली रूपले परमेश्‍वरको सेवा गर्नुहुन्छ भनी तिनले बुझे ।
\v 42 यद्यपि, यहुदी मानिसहरूका अगुवाहरूमध्ये धेरैले येशूमा आफ्‍नो विश्‍वास राखेको कुरा साँचो थियो । तापनि, फरिसीहरूले तिनीहरूलाई सभाघरहरूबाट बाहिर निकाल्‍छन् भनी तिनीहरू धेरै डराए, यसैले येशूमा विश्‍वास गरिरहेको कुरा तिनीहरूले बाहिर भनेनन् ।
\v 43 परमेश्‍वरले तिनीहरूका निम्‍ति गर्नुहुने प्रशंसा भन्‍दा अरू मानिसहरूबाट तिनीहरूले पाउने प्रशंसा र आदर तिनीहरूले रोजे ।
\s5
\v 44 त्यहाँ भेला भएका भिडलाई येशूले कराउनु भयो, “जसले ममा आफ्‍नो विश्‍वास राख्‍छन् तिनीहरूले आफ्‍नो विश्‍वास ममा मात्र राखेका हुँदैनन् तर मलाई पठाउनु हुने पितामा पनि आफ्‍नो विश्‍वास राखेका हुन्‍छन् ।
\v 45 जब तिमीहरूले जसरी मलाई देख्छौ, तिमीहरूले मलाई पठाउनु हुनेलाई देख्दै छौ ।
\s5
\v 46 म संसारको ज्योतिको रूपमा संसारमा आएको छु; जसले आफ्‍नो विश्‍वास ममा राख्‍छ त्यो अन्धकारमा रहने छैन ।
\v 47 जसले मेराो वचनहरू सुन्‍छन् तर मेरो आज्ञा अस्‍वीकार गर्छन् म तिनीहरूको न्‍याय गर्दिन । संसारलाई दोषी ठहराउन म संसारमा आइन ।
\s5
\v 48 तापनि, त्‍यहाँ केही कुरा छ जसले मलाई तिरष्कार गर्नेहरू र मेरो शन्‍देस नमान्‍नेहरूलाई दोषी ठहराउने छ । मैले तिनीहरूसँग बोलेको शन्‍देसद्वारा नै तिनीहरू दोषी ठहरिएका छन् ।
\v 49 मैले परमेश्‍वरको बारेमा सिकाउँदा, मैले जे सोचेँ त्‍यो मात्र भन्‍दै थिइन । मैले के भन्‍नुपर्छ र त्‍यो मैले कसरी भन्‍नुपर्छ भन्‍ने बारेमा मलाई पठाउनुहुने पिताले मलाई स्‍पष्‍ट शिक्षाहरू दिनुभयो ।
\v 50 म यो जान्दछु कि पिताका सबभन्दा महत्त्‍वपूर्ण शिक्षाहरूले मानिसहरूलाई कसरी सदासर्वदा जीउने भनी सिकाउँछन्, र मेरो पिताले मलाई जे भन्‍न लगाउनु भएको छ त्‍यो मैले जस्‍ताको तस्‍तै भनेको छु ।
\s5
\c 13
\p
\v 1 यतबेला त्‍यो निस्तार-चाड सुरु हुनुभन्दा अघिल्‍लो दिन थियो । उहाँको निम्‍ति यो संसार छोड्ने ेर, आफ्‍नो पिताकहाँ फर्किने समय भयो भनी येशू जान्‍नुहुन्‍थ्‍यो । जो उहाँसँग यहाँ यस संसारमा थिए तिनीहरूलाई उहाँले कति धेरै प्रेम गर्नुहुन्‍थ्‍यो भनी उहाँले देखाउनुभयो, र उहाँले तिनीहरूलाई आफ्‍नो जीवनको अन्‍तसम्‍म नै प्रेम गर्नुभयो ।
\v 2 येशू र उहाँका चेलाहरूले रात्री खाना खानुअघि नै, शैतानले पहिलेबाटै सिमोनका छोरा यहूदा इस्कोरियोतको मनमा विचार हालिसकेको थियो कि उसले येशूलाई उहाँका शत्रुहरूको हातमा सुम्पिदिेने छ ।
\s5
\v 3 तापनि, उहाँको पिताले उहाँलाई हरेक कुरामाथि पुरा शक्‍ति र अधिकार दिनु भएको थियो भनी येशू जान्‍नुहुन्‍थ्‍यो । उहाँ आफैँ परमेश्‍वरबाट आउनु भएको थियो र चाँडै नै परमेश्‍वरमा फर्कनुहुने छ भन्‍ने पनि उहाँलाई थाहा थियो ।
\v 4 उहाँ खान बास्‍नु भएको ठाउँबाट उठ्नुभयो । उहाँले आफ्नो बाहिरी वस्‍त्र हटाउनु भयो र आफ्नो कम्मरमा एउटा तौलिया बेर्नुभयो ।
\v 5 एउटा बाटामा उहाँले अलिकति पानी खन्याउनु भयो र चेलाहरूका पाउहरू धुन र तौलियाले ती पुछ्‍न सुरु गर्नुभयो ।
\s5
\v 6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, जसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा पाउहरू धुन जाँदै हुनुहुन्छ ?”
\v 7 येशूले तिनलाई जवाफ दिनुभयो, “म तिम्रो निम्‍ति जे गर्दै छु त्‍यो तिमी अहिले बुझ्दैनौ तर पछि तिमीले बुझ्‍ने छौ ।”
\v 8 पत्रुसले भने, “तपाईं मेरो पाउहरू कदापि धुनु हुदैन !” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई ्धोइन भने, त्‍यसपछि तिम्रो मसित कुनै सम्‍बन्‍ध हुँदैन ।”
\v 9 यसैले सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरो पाउहरू मात्र नधुनुहोस् ! मेरा हातहरू र मेरो शिर पनि धुनुहोस् !”
\s5
\v 10 येशूले तिनलाई भन्‍नुभयो, “जसले नुहाई सकेको छ, उसको पाउहरू मात्रै धुनु आवश्यक छ । उसको शरीरको अरू भाग पहिले नै शुद्ध छ । तिमी शुद्ध छौ, तर तिमीहरू सबै छैनौ ।”
\v 11 कसले उहाँलाई सुम्पिदिन जाँदै छ भनी उहाँ जान्‍नुहुन्‍थ्‍यो । त्यसकारणले उहाँले भन्‍नुभयो “तिमीहरू सबै शुद्ध छैनौ ।”
\s5
\v 12 उहाँले तिनीहरूका पाउहरू धोई सकेपछि, उहाँले फेरि आफ्‍नो बाहिरी वस्‍त्र लगाउनुभयो । त्‍यसपछि फरि आफ्‍नै ठाउँमा गएर बस्‍नुभयो र भन्‍नुभयो, “के तिमीहरू बुझ्‍दछौ मैले तिमीहरूका निम्ति के गरेको छु ?
\v 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ । तिमीहरूले यो ठिकै भन्‍छौ, किनकि म त्‍यही हुँ ।
\v 14 यदि म, तिमीहरूका गुरु र प्रभु, ले तिमीहरूको पाउहरू धोएको छु भने, तिमीहरूले पनि एक अर्काका पाउहरु धुनुपर्छ ।
\v 15 मैले तिमीहरूलाई गर्नलाई यसकारणले एउटा उदाहरण दिएको हो कि मैले तिमीहरूका निम्‍ति गरे जस्‍तै तिमीहरूले पनि गर्नुपर्छ ।
\s5
\v 16 म तिमीहरूलाई सत्‍य भन्दै छु : एक सेवक उसको मालिकभन्दा महान हुँदैन, न एक सन्देशवाहक नै उसलाई पठाउँनेभन्दा महान हुन्छ ।
\v 17 यदि तिमीहरूलाई यी कुराहरू थाहा छन् भने, यदि तिमीहरूले ती गर्‍यौ भने, तिमीहरू कति धन्‍यका हुने छौ ।
\v 18 तिमीहरू सबैका बारेमा मैले यसो भनिरहेको छैन । मैले चुनेकाहरूलाई म चिन्‍दछु । तापनि, धर्मशास्‍त्रमा जे लेखिएको छ त्यो पुूरा हुनैपर्छ ‘एकजना जसले एउटा मित्रको हैसियतले मसँगै मेरो खाना खायो, ऊ मेरो विरूद्धमा खडा भयो र मलाई एउटा शत्रु जस्‍तो व्यवहार गर्‍यो ।’
\s5
\v 19 म तिमीहरूलाई यो अहिले उसले मलाई सुम्‍पिदिनुभन्‍दा पहिले भन्‍दैछु ता कि जब यो हुन आउँछ, तब तिमीहरूले विश्‍वास गर्न सक कि म परमेश्‍वर हुँ ।
\v 20 म तिमीहरूलाई सत्‍य भन्‍दै छु : यदि मैले तिमीहरूकहाँ पठाएको एकजनालाई तिमीहरूले ग्रहण गर्छौ भने, तिमीहरूले मलाई नै ग्रहण गर्दै छौ; र जसले मलाई ग्रहण गर्छ, त्यसले पठाउनुहुने मेरो पितालाई पनि ग्रहण गर्दै छ ।”
\s5
\v 21 येशूले यसोो भनेपछि, उहाँ आफ्‍नो अन्‍तस्‍करणमा विचलित हुनुभयो । उहाँले गम्भीर भएर भन्‍नुभयो, “म तिमीहरूलाई सत्‍य भन्दै छु : तिमीहरूमध्ये एकजनाले मलाई मेरो शत्रुहरूको हातमा सुम्पिदिन जाँदै छ ।”
\v 22 चेलाहरूले एक अर्कालाई हेरे । तिनीहरूमध्ये कसको बारेमा उहाँले भन्‍दै हुनुहुन्‍थ्‍यो भनी तिनीहरू अलमलमा परे ।
\s5
\v 23 चेलाहरूमध्‍ये एकजना, यूहन्‍ना, जसलाई येशूले विशेष रूपमा प्रेम गर्नुहुन्‍थ्‍यो, येशूको टेबलको नजीक थिए ।
\v 24 सिमोन पत्रुसले यूहन्‍नालाई ईशारा गरे कि उहाँले भन्‍दै गर्नुभएको चेला कुन हो भनी तिनले येशूलाई सोधून् ।
\v 25 यसैले यूहन्‍ना येशूमा अडेस लागे र उहाँलाई बिस्तारै सोधे, “प्रभु, त्यो को हो ?”
\s5
\v 26 येशूले जवाफ दिनुभयो, “त्यो एकजना हो, जसलाई यो रोटीको टुक्रो मैले कचौरामा चोपेपछि म यो दिने छु ।” त्यसपछि उहाँले रोटी चोप्‍नुभयो र त्‍यो सिमोन इस्करियोतका छोरा यहूदलाई दिनुभयो ।
\v 27 यहूदाले रोटीको टुक्रा लिनेबित्तकै शैतान ऊ भित्र पस्‍यो र उसलाई अधीन गर्‍यो । येशूले उसलाई भन्‍नुभयो, “तिमीले जे गर्नु आवश्‍यक छ, त्‍यो चाँडै गर ।”
\s5
\v 28 येशूले त्‍यसलाई किन त्‍यसो भन्‍नुभएको थियो भनी टेबलमा भएकाहरू कसैले पनि जानेनन् ।
\v 29 कसैले विचार गरे कि यहूदाले पैसको झोला राख्‍ने गरेको कारणले येशूले उसलाई जान र निस्तार-चाडको लागि आवश्यक पर्ने केही कुराहरू किन्‍न भन्‍दै हुनुहुन्‍थ्‍यो । अरूहरूले विचार गरे कि गरीबहरूलाई केही कुरा दिन येशूले यहुदलाई भन्‍दै हुनुहुन्‍थ्‍यो ।
\v 30 रोटी लिई सकेपछि, तुरुन्तै यहूदा बाहिर गयो । यो रातको समय थियो ।
\s5
\v 31 यहूदाले छोडेपछि, येशूले भन्‍नुभयो, “अब म, मानिसको पुत्रले के गर्दै छु, त्‍यो परमेश्‍वरले मानिसहरूलाई जानकारी दिनुहुने छ । परमेश्‍वरले के गर्दै हुनुहुन्छ, त्‍यो म, मानिसको पुत्रले मानिसहरूलाई जानकारी दिने छु, र त्‍यसको लागि मानिसहरूले उहाँको प्रशंसा गर्ने छन् ।
\v 32 म, मानिसको पुत्रले, मानिसहरूलाई परमेश्‍वर चिनाउने हुनाले र मैले उहाँको आदर गर्ने हुनाले, परमेश्‍वरले पनि मेरो आदर गर्नुहुने छ । परमेश्‍वरले यो तुरुन्तै गर्नुहुने छ ।
\v 33 साना बालकहरू, म तिमीहरूसँग अलिबेरसम्‍म मात्र छु । तिमीहरूले मलाई खोज्‍ने छौ; तर, मैले यहूदीहरूलाई भने जस्तै, र म अहिले तिमीहरूलाई भन्‍दै छु, जहाँ म जाँदै छु, तिमीहरू आउन सक्दैनौ ।
\s5
\v 34 म तिमीहरूलाई यो नयाँ आज्ञा दिने छुः तिमीहरूले एक अर्कालाई प्रेम गर्नै पर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु ।
\v 35 यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्छौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्‍ने छन् ।”
\s5
\v 36 सिमोन पत्रुसले उहाँलाई सोधे, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ ?” येशूले जवाफ दिनुभयो, “जहाँ म जाँदैछु, तिमी अहिले मसँग आउन सक्दैनौ; तर पछि तिमी आउने छौ ।”
\v 37 पत्रुसले सोधे, “प्रभु, किन म अहिले तपाईंसँग आउन सक्दिन ? म तपाईंको लागि मेरो जीवन नै त्‍याग्‍छु ?”
\v 38 येशूले जवाफ दिनुभयो, “के तिमी साँच्‍चै मेरो निम्ति तिम्रो जीवन नै त्‍याग्‍छौ, पत्रुस ? म तिमीलाई सत्‍य भन्दै छुः तिमीले मलाई चिन्‍दैनौ भनेर तिमीले तीन पल्ट भन्‍नुअघि बिहानको भाले बास्‍ने छैन !”
\s5
\c 14
\p
\v 1 “उदास वा व्‍याकुल नहोओ । तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ; मलाई पनि विश्‍वास गर ।
\v 2 मेरो पिता जहाँ बस्‍नुहुन्छ त्यहाँ बस्‍नलाई धेरै ठाउँहरू छन् । यदि त्यो सत्य थिएन भने, मैले तिमीहरूलाई भन्‍ने थिए । तिमीहरूको निम्ति एउटा ठाउँ तयार पार्न म त्यहाँ जान्‍छु ।
\v 3 यदि तिमीहरूका निम्ति एउटा ठाउँ तयार पार्न म त्यहाँ जाँदै छु भने, म फर्कने छु र तिमीहरूलाई म सँगै हुनलाई लाने छु, यसैले कि जाहाँ म हुन्छु, त्‍यहाँ तिमीहरू पनि मसँगै हुन्छौ ।
\s5
\v 4 म कहाँ जाँदै छु तिमीहरूलाई थाहा छ, र तिमीहरू बाटो चिन्‍छौ ।”
\v 5 थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्‍दैनौ । कसरी हामी बाटो चिन्‍न सक्‍छौं ?”
\v 6 येशूले तिनलाई भन्‍नुभयो, “म बाटो हुँ, म सत्य हुँ, र म जीवन हुँ । कोही मद्वारा आउँदैन भने ऊ पिता कहाँ आउन र उहाँसँग बास गर्न सक्दैन ।
\v 7 यदि तिमीहरूले मलाई चिनेको भए्, तिमीहरूले मेरा पितालाई पनि चिनेका हुने थियौ । अबदेखि, तिमीहरूले उहाँलाई चिन्छौ र तिमीहरूले उहाँलाई देखेका छौ ।”
\s5
\v 8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस् र त्‍यति भए हाम्रो इच्‍छा सधैँलाई पुरा हुने छ !”
\v 9 येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिधेरै समयदेखि म तिमीसँग छु, र अझै पनि तिमी मलाई चिन्‍दैनौ । तिनीहरू जसले मलाई देखेका छन्, मेरो पितालाई देखेका छन् । यसैले, तिमी किन भन्‍छौ, ‘हामीलाई पिता देखाउनुहोस्’ ?
\s5
\v 10 के तिमीहरू विश्‍वास गर्दैनौ कि म मेरा पितामा छु र मेरा पिता ममा हुनुहुन्‍छ ? जुन कुराहरू मैले तिमीहरूलाई भनेका छु -- ती कुराहरू मैले विचार गरिन; त्‍यसको साटो, यो मेरा पिता हुनुहुन्‍छ जसले यी सबै कुराहरू तिमीहरूलाई भन्‍न मलाई पठाउनु भएको छ, किनकि मेरो पिता ममा हुनुहुन्‍छ र मद्वारा काम गर्नुहुन्‍छ ।
\v 11 ममा विश्‍वास गर किनभने मैले तिमीहरूलाई भनेको छु कि म पितामा छु र पिता ममा हुनुहुन्‍छ वा अन्‍यथा सबै चिन्‍हहरू र शक्‍तिशाली कामहरू मैले गरेको तिमीहरूले देखेको कारणले ममा विश्‍वास गर ।
\s5
\v 12 म तिमीहरूलाई सत्‍य भन्दै छू : ममा विश्‍वास गर्नेहरूले मैले गर्ने कुराहरू पनि गर्ने छ । उसले अझै ठुलो कामहरू पनि गर्ने छ किनकि म पितासँग रहन जाँदै छु ।
\v 13 मेरो नाममा तिमीहरूले जेसुकै माग, त्यो म गर्ने छु । म त्‍यो यसकारणले गर्ने छु कि हरेकले पिताको आदर गर्न सकून् र म, उहाँका पुत्रले गर्ने हरेक कुराको कारणले तिनीहरूले पितालाई चिन्‍न सकून् ।
\v 14 यदि तिमीहरू मेरो भएको कारणले तिमीहरूले पितासँग कुनै पनि कुरा मग्छौ भने, म त्यो गर्ने छु ।
\s5
\v 15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने, मैले तिमीहरूलाई सिकाएजस्तै गरी तिमीहरू जिउने छौ ।
\v 16 यसपछि तिमीहरूलाई अर्को उपहार दिन म पितासँग विन्‍ती गर्ने छु र उहाँले अर्को सहयोगी तिमीहरूलाई पठाउनुहुने छ, जो तिमीहरूसँगसँगै सदासर्वदा तिमीहरूको साथमै रहनलाई आउनुहुने छ ।
\v 17 उहाँ आत्मा हुनुहुन्छ जसले परमेश्‍वरको सत्यको बारेमा बताउनुहुन्‍छ । यस संसारका अविश्‍वासी मानिसहरूले उहाँलाई कहिल्यै स्वागत गर्ने छैनन् । संसारले उहाँलाई देख्‍न वा उहाँलाई चिन्‍न सक्दैन । तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुने छ ।
\s5
\v 18 तिमीहरूको हेरचाहा गर्नका लागि कोही नभएको अवस्‍थामा म तिमीहरूलाई त्याग्‍ने छैन र छोड्ने छैन; म तिमीहरूकहाँ आउने छु ।
\v 19 चाँडै नै संसारले मलाई अरूधेरै देख्‍ने छैन, तर तिमीहरूले मलाई देख्‍ने छौ । म जीउने कारणले, तिमीहरू जीउने छौ ।
\v 20 जब तिमीहरूले मलाई फेरी देख्‍ने छौ, तिमीहरूले जान्‍ने छौ कि म पितामा छु र तिमीहरू ममा छौ र म तिमीहरूमा छु ।
\s5
\v 21 हरेक जसले मेरा आज्ञाहरू सुनेका छन् र ती मान्‍छन्, मलाई प्रेम गर्नेहरू तिनीहरू नै हुन् । र जसले मलाई प्रेम गर्छन्, मेरो पिताले तिनीहरूलाई पनि प्रेम गर्नुहुने छ; म तिनीहरूलाई प्रेम गर्ने छु र म आफैँलाई तिनीहरूकहाँ प्रकट गर्ने छु ।
\v 22 त्यसपछि यहूदा (यहूदा इस्करियोत होइन, तर उस्तै नाम भएको अर्को चेला) येशूसँग बोले । तिनले भने, “प्रभु, तपाईंले आफैँलाई कसरी हामीकहाँ मात्र प्रकट गर्नुहुने छ र सारा संसारमा गर्नुहुन्‍न ?”
\s5
\v 23 येशूले तिनलाई जवाफ दिनुभयो, “मानिसहरूले मलाई प्रेम गर्छन् कि गर्दैनन् : मैले तिमीहरूलाई जे गर्न भनेको छु त्‍यो तिनीहरूले गर्छन् कि गर्दैनन् भनी यसरी तिमीहरू भन्‍न सक्छौ । यस्‍ता कोही पनि मानिसहरू, मेरा पिताले तिनीहरूलाई प्रेम गर्नुहुने छ । उहाँ र म तिनीहरूकहाँ आउने छौं र तिनीहरूसँग वास गर्ने छौं ।”
\v 24 जसले मलाई प्रेम गर्दैनन् तिनीहरूका विषयमा, मैले तिनीहरूलाई जे गर्न भनेको छु त्‍यो तिनीहरूले मान्‍ने छैनन् । मैले तिमीहरूलाई भनेका कुराहरू मेरो आफ्‍नै राजीखुसीले मैले भन्‍नलाई निर्णय गरेका कुराहरू होइनन्; त्यसको सट्टोमा, ती कुराहरू तिमीहरूलाई भन्‍न मेरा पिताले मलाई पठाउनु भएको छ ।
\s5
\v 25 म तिमीहरूसँग हुँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको छु ।
\v 26 सहयोगी, एक जो तिमीहरूसँगसँगै रहनलाई आउनुहुन्‍छ मेरा पिताले उहाँलाई मेरा नाममा पठाउनुहुने छ । तिमीहरूले जान्‍नु आवश्‍यक सबै कुरा उहाँले तिमीहरूलाई सिकाउनु हुने छ । सबै कुराहरू जो मैले तिमीहरूलाई भनेका को छु उहाँले पनि तिमीहरूलाई सम्झना गराउनु हुने छ ।
\v 27 जसरी म तिमीहरूलाई शान्तिमा छोड्छु, यो मेरो शान्ति हो जुन म तिमीहरूलाई दिंदैछु । यस संसारका कसैले र कुनै कुराले तिमीहरूलाई दिन नसक्‍ने किसिमको शान्‍ति म तिमीहरूलाई दिन्‍छु । त्यसैले उदास वा व्‍याकुल नहोओ; र डर नमान ।
\s5
\v 28 म टाढा जाँदै छु र पछि म तिमीहरूकहाँ फर्केर आउने छु भनी मैले तिमीहरूलाई भनेको तिमीहरूले सुन्यौ । यदि तिमीहरूले मलाई प्रेम गर्‍यौ भने, म पिताकहाँ फर्केर जाँदै छु भन्‍दा तिमीहरू आनन्दित हुन्‍छौ, किनभने पिता मभन्दा महान हुनुहुन्छ ।
\v 29 मैले तिमीहरूलाई यी कुराहरू अहिले ती हुन आउनुअघि नै भनेको छु, यसैले कि जब ती हुन आउँछन्, तिमीहरूले मलाई निरन्तर विश्‍वास गर्ने छौ ।
\s5
\v 30 म तिमीहरूसँग धेरै लामो समय बोल्‍न सक्‍ने छैन किनभने यस संसारको शासक आउँदै छ । ताैपनि, त्‍यसको ममाथि कुनै शक्ति छैन,
\v 31 र पिताले मलाई जे गर्न आज्ञा दिनुभएको छ म गर्नेछु । यो यस हेतुले कि म पितालाई प्रेम गर्छु भनी संसारले सदासर्वदा जान्‍ने छ । आओ, हामी यहाँबाट जाओँ ।
\s5
\c 15
\p
\v 1 “म साँचो दाखको बोट हुँ, र मेरो पिता किसान हुनुहुन्छ ।
\v 2 ममा भएका नफलाउँने हरेक हाँगालाई -- मेरो पिताले त्‍यो काट्‍नु हुन्छ र त्‍यो हटाउनु हुन्‍छ । असल फल फलाउने हरेक हाँगाको बारेमा, उहाँले त्‍यसलाई छाँटेर सफा गर्नुहुन्छ, ता कि त्‍यसले झन् धेरै फल फलाओस् ।
\s5
\v 3 मैले तिमीहरूलाई बोलेका शन्‍देसको कारणले तिमीहरू पहिले नै शुद्ध भएका छौ ।
\v 4 ममा रहो, र म तिमीहरूमा रहने छु । जसरी हाँगा एक्लैले कुनै फल फलाउन सक्दैन, त्‍यसरी नै तिमीहरू ममा रहने र हरेक कुराको लागि ममा भरोसा गर्ने नगरेसम्‍म न त तिमीहरूले नै फल फलाउन सक्‍छौ ।
\s5
\v 5 म दाखको बोट हुँ; तिमीहरू हाँगाहरू हौ । यदि तिमीहरू ममा रह्‍यौ र म तिमीहरूमा रहेँ भने, तिमीहरूले धेरै फलहरू फलाउने छौ, किनकि मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ ।
\v 6 हरेक जो ममा रहँदैन र उसको आफ्‍नो लागि मबाट जीवन लिंदैन एउटा सुकेको हाँगाजस्‍तै फ्‍याँकिने छ । ती हाँगाहरूलाई एकसाथ भेला गरिन्‍छ र आगोमा फालिन्छ र जलाइन्छ ।
\v 7 यदि तिमीहरू ममा रह्‍यौ र मेरो शन्‍देसअनुसार जीवन बितायौ भने, तिमीले कुनै पनि कुरा परमेश्‍वरसँग माग्‍न सक्‍छौ र उहाँले त्‍यो गर्नुहुने छ ।
\s5
\v 8 जब तिमीहरूले धेरै फल फलाउँछौ, त्‍यसले मानिसहरूलाई पिताको आदर गर्ने बनाउँछ । त्‍यतिबेला तिमीहरू मेरा चेलाहरू हुन्‍छौ ।
\v 9 जसरी पिताले मलाई प्रेम गर्नुभयो, त्यसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । तिमीहरूलाई प्रेम गर्नलाई मलाई निरन्तर अनुमति देओ ।
\s5
\v 10 यदि मैले तिमीहरूलाई गर्नु भनेको कुरा तिमीहरूले मान्यौ भने, तिमीहरूलाई प्रेम गर्नलाई तिमीहरू मलाई निरन्तर अनुमति दिने छौ । तिमीहरू यसरी मजस्तै हुने छौ : पिताले मलाई जे गर्न भन्‍नुभयो त्‍यसमा म आज्ञाकारी भएँ र मेरो आज्ञाकारिताको कारणले म उहाँको प्रेममा रहेको छु । त्यो तिमीहरूको बारेमा पनि सत्य हुने छ ।
\v 11 मैले यी कुराहरू यसैले तिमीहरूलाई भनें कि मेरो आनन्द तिमीहरूमा रहोस्, र यसरी तिमीहरू पूरा आनन्‍दित हुन सक ।
\s5
\v 12 म तिमीहरूलाई यो गर्ने आज्ञा दिन्‍छु : जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु त्‍यसरी एक आपसमा प्रेम गर ।
\v 13 एकजना व्‍यक्ति जसले आफ्‍ना मित्रहरूका लागि आफ्‍नो जीवन दिन्छ त्‍योभन्‍दा ठुलो प्रेम कसैसँग पनि छैन ।
\s5
\v 14 यदि तिमीहरू मेरो आज्ञाहरू सुन्‍ने मात्र होइन तर तीअनुसार जीवन बिताउँछौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
\v 15 म अब तिमीहरूलाई आफ्‍ना सेवकहरू भन्‍दिन, किनकि आफ्‍नो मालिकले के गर्दैछ भनी सेवकले बुझ्‍दैन । म अब तिमीहरूलाई मित्रहरू भन्छु, किनकि मैले आफ्‍नो पिताबाट सुनेको हरेक कुरा, मैले यसैले ती सबै तिमीहरूलाई जानकारी गराँए कि तिमीहरूले पनि त्‍यो बुझ्‍न सक ।
\s5
\v 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई एउटा कारणले चुनें, यसैले कि तिमीहरू बाहिर जानुपर्छ र धेरै फल फलाउनुपर्छ र ता कि तिमीहरूको फल सदासर्वदा रहनुपर्छ । परिणामस्वरुप, तिमीहरूले मेरो नाममा पितासँग माग्‍ने हरेक कुरा, उहाँले तिमीहरूका निम्‍ति गर्नुहुने छ ।
\v 17 म तिमीहरूलाई यो गर्ने आज्ञा दिन्‍छु : एक अर्कालाई प्रेम गर ।
\s5
\v 18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूले महसुस गर्नुपर्छ कि त्‍यसले पहिले मलाई घृणा गर्‍यो ।
\v 19 यदि तिमीहरू यस संसारमा भएका अविश्‍वासीहरूका थियौ भने, संसारले तिमीहरूलाई प्रेम गर्ने थियो, र तिनीहरूले जे कुरालाई प्रेम गर्छन् तिमीहरूले त्‍यसैलाई प्रेम गर्ने थियौ र तिनीहरूले जे गर्छन् त्‍यही गर्ने थियौ । तर तिमीहरू तिनीहरूका होइनौ; त्‍यसको साटो, तिनीहरूका माझबाट बाहिर निस्‍कनलाई मैले तिमीहरूलाई चुनें । त्‍यसकारणले संसारमा भएका अविश्‍वासीहरूले तिमीहरूलाई घृणा गर्छन् ।
\s5
\v 20 मैले तिमीहरूलाई यो सिकाएको याद गर : ‘एउटा सेवक आफ्‍नो मालिकभन्दा ठुलो हुँदैन ।’ तिनीहरूले मलाई दु:ख दिएका कारणले, तिनीहरूले तिमीहरूलाई पनि दु:ख दिने छन् भनी तिमीहरू निश्‍चित हुन सक्‍छौ । यदि तिनीहरूमध्ये कसैले मेरो शिक्षाहरू ग्रहण गरेका छन् र ती मानेका छन् भने, तिमीहरूले तिनीहरूलाई सिकाउने कुरा पनि तिनीहरूले मान्‍ने छन् ।
\v 21 तिमीहरूले मेरो प्रतिनिधित्व गर्ने कारणले र तिमीहरूकहाँ मलाई पठाउनुहुने मेरो पितालाई तिनीहरूले नचिनेको कारणले यस संसारमा भएका अविश्‍वासीहरूले तिमीहरूलाई डरलाग्‍दा कुराहरू गर्नेछन् ।
\v 22 यदि म आएको थिइन र तिनीहरूलाई परमेश्‍वरको वचन बोलेका थिइन भने, मलाई र मेरो शन्‍देसलाई तिरस्‍कार गरेकोमा तिनीहरू दोषी ठहरिने थिएनन् । यद्यपि, अहिले म आएको र तिनीहरूलाई परमेश्‍वरको वचन भनेको छु, र अब तिनीहरूका पापको लागि तिनीहरूलाई कुनै वहाना छैन ।
\s5
\v 23 जसले मलाई घृणा गर्छ मेरो पितालाई पनि घृणा गर्छ ।
\v 24 यदि मैले तिनीहरूका माझमा ती कुराहरू गरेको नगरेको भए, कसैले कहिलै पनि नगरेका ती कुराहरू, जसमा मैले आफ्‍नो शक्‍तिमा देखाएँ, नगरेको भए, तिनीहरू पापको दोषी ठहरिने थिएनन् । यद्यपि, अहिले तिनीहरूले मलाई देखेका छन्, तिनीहरूले मलाई घृणा गर्छन्, र तिनीहरूले मेरो पितालाई पनि घृणा गर्छन् ।
\v 25 यी वचनहरू तिनीहरूका व्यवस्थामा लेखिएका थिए र अहिले पुरा हुन आएको छ : ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
\s5
\v 26 जब सहयोगी आउनुहुन्छ, उहाँ जो पिता बाट आउनुहुने छ, र जसले तिमीहरूलाई सान्त्वन दिनुहुने छ । उहाँ आत्मा हुनुहुन्छ जसले परमेश्‍वर र मेरो बारेमा सत्य भन्‍नुहुन्छ । म को हुँ उहाँले हेरकलाई भन्‍नुहुने छ, र मैले गरेका सबै कुरा उहाँले हरेकलाई देखाउनुहुने छ ।
\v 27 मेरो बारेमा तिमीहरू जे जान्‍दछौ तिमीहरूले पनि हरेकलाई भन्‍नैपर्छ किनभने मैले मानिसहरूलाई सिकाउन र आश्‍चर्य कामहरू गर्न सुरु गरेका सुरुवातका दिनहरूदेखि नै तिमीहरू पुरै समय मसित रहेका छौ ।
\s5
\c 16
\p
\v 1 मैले यी कुराहरू यसैले भनें कि तिमीहरूले समना गर्नुपर्ने संकष्‍टहरूका कारणले तिमीहरू ठेस खाने वा ममा विश्‍वास गर्न छोड्‍ने छैनौ ।
\v 2 संकष्‍टका दिनहरू आउँदै छन् । तिमीहरूका शत्रुहरूले सभाघरहरूमा आराधना गर्न तिमीहरूलाई रोक्‍ने छन् । यद्यपि, त्‍योभन्‍दा पनि खराब केही कुरा हुने छ । यस्ता दिनहरू आउँदै छन् जब मानिसहरूले तिमीहरूलाई मार्ने छन् र तिनीहरूले परमेश्‍वरलाई खुशी पार्दै छन् भनी विचार गर्ने छन् ।
\s5
\v 3 तिनीहरूले यसो गर्ने छन् किनभने तिनीहरूले पिता वा मलाई चिनेका छैनन् ।
\v 4 मैले तिमीहरूलाई यसैले यी कुराहरू भनेको छु कि जब यी कठिनाइहरू आउँछन्, मैले तिमीहरूलाई चेतावनी दिएको तिमीहरूले सम्झने छौ । मैले यी कुराहरू तिमीहरूलाई सुरुमा भनिन किनभने त्‍यतिबेला म तिमीहरूसित थिएँ ।
\s5
\v 5 “अब म पिताकहाँ फर्केर जाँदै छु । मलाई पठाउने उहाँ नै हुनुहुन्‍छ । तापनि, तिमीहरूमध्‍ये कसैले पनि मलाई सोध्‍ने आँट गर्दैनौ, ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ ?
\v 6 मैले तिमीहरूलाई यी कुराहरू भनेको कारणले अहिले तिमीहरूको हृदय दु:खले भरिएको छ ।
\v 7 म तिमीहरूलाई सत्‍य भन्छु, म जाँदै छु जुन तिमीहरूको निम्ति असल छ । म नगएसम्म तिमीहरूलाई सान्त्वना दिनुहुने सहायक आउनुहुने छैेन । यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउँने छु ।
\s5
\v 8 जब सहायता गर्ने आउनुहुने्‍छ, तिनीहरूले गरेका पापहरूका बारेमा उहाँले तिनीहरूलाई दोषी ठहराउनुहुने छ; उहाँले तिनीहरूलाई देखाउनुहुने छ कि तिनीहरू परमेश्‍वरको भलाइको मापदण्‍डमा पुग्दैनन्; र परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुने छ भनी उहाँले तिनीहरूलाई प्रतिज्ञा दिनुहुन्छ, किनकि परमेश्‍वरले तिनीहरूलाई जे नगर्ने आज्ञा गर्नुभयो तिनीहरूले त्‍यही गरे ।
\v 9 तिनीहरू पापको दोषी हुन्‍छन् किनभने तिनीहरूले आफ्‍नो विश्‍वास ममा राख्‍न सकेनन् ।
\v 10 परमेश्‍वरको भलाइको मानदण्‍डमा पुग्‍न तिनीहरू असफल भएको पक्‍का भएको छ, किनभने म आफ्‍नो पिताकहाँ फर्केर जाँदै छु, र तिमीहरूले अरू बढी मलाई देख्‍ने छैनौ ।
\v 11 परमेश्‍वरले तिनीहरूका पापको लागि तिनीहरू विरूद्ध आफ्‍नो दण्‍ड दिनुहुँदा अन्तिम लेखा आउने छ । शैतान, यसलाई संसारको राजकुमारले पाउने दण्डद्वारा यो देखाइने छ, किनभने उसले परमेश्‍वरको विरूद्धमा लड्यो ।
\s5
\v 12 मैले तिमीहरूलाई भन्‍न इच्‍छा गरेका अरू धेरै कुराहरू मसँग छन् । तापनि, यदि मैले अहिले नै बोलें भने, यी कुराहरू जानेर तिमीहरू राम्ररी जीिउन सक्‍ने छैनौ ।
\v 13 जब सत्‍यको आत्मा आउनुहुन्छ, तिमीहरूले जान्‍नुपर्ने सबै सत्यमा उहाँले तिमीहरूलाई डोर्‍याउनुहुने छ । उहाँले आफ्नै अधिकारमा बोल्नुहुने छैन, तर उहाँले जे सन्‍नुहुन्छ त्यही उहाँले तिमीहरूलाई भन्‍नुहुने छ, हुन आउने कुराहरूको बारेमा उहाँले तिमीहरूलाई समयभन्‍दा अघि नै भन्‍नुहुने छ ।
\v 14 म को हुँ भनी तिमीहरूलाई बताएर र मैले जे गरेको छु त्‍यो तिमीहरूलाई देखाएर आत्‍माले मलाई आदर गर्नुहुने छ । उहाँले मबाट सुनेको हरेक कुरा उहाँले तिमीहरूलाई जानकारी गराउनु हुने छ ।
\s5
\v 15 मेरो पितासँग भएको हरेक कुरा मेरो हो । त्यसकारणले मैले भनें कि आत्माले मबाट जे पाउनुहुन्छ त्यो लिनुहुने छ र त्‍यो तिमीहरूलाई जानकारी गराउनु हुने छ ।
\v 16 थोरै समयमा, तिमीहरूले मलाई देख्‍ने छैनौ । त्‍यसपछि, थोरै समयपछि, तिमीहरूले मलाई फेरि देख्‍ने छौ ।
\s5
\v 17 यसले उहाँका चेलाहरूमध्‍ये कसैले एक अर्कामा भने “जब येशूले हामीलाई यसो भन्‍नुहुन्‍छ, तब उहाँको अर्थ के हो, ‘थोरै समयमा, तिमीहरूले मलाई देख्‍ने छैनौ’ र ‘थोरै समयपछि, तिमीहरूले मलाई फेरि देख्‍ने छौ’ र उहाँले यसो भन्‍नुको अर्थ के हो, ‘किनभने म आफ्‍नो पिताकहाँ फर्केर जाँदै छु’ ?”
\v 18 तिनीहरूले सोध्दै रहे, “उहाँले यसो भन्‍नुको अर्थ के हो, ‘थोरै समयपछि’ ? उहाँले के भन्‍दै हुनुहुन्‍छ हामी बुझ्‍दैनौं ।”
\s5
\v 19 येशूले देख्‍नुभयो कि तिनीहरूले उहाँलाई धेरै प्रश्‍नहरू सोध्‍न चाहन्‍थे । यसैले उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू एक आपसमा मैले भनेको कुराको अर्थ के हो भनी किन सोध्‍दै छौ ? मैले भने कि थोरै समयमा, तिमीहरूले मलाई देख्‍दैनौ; र त्‍यसपछि, थोरै समयपछि, तिमीहरूले मलाई फेरि देख्‍छौ ।
\v 20 म तिमीहरूलाई सत्य भन्दै छु : तिमीहरू रुने छौ र शोक गर्ने छौ, तर तिनीहरू जो यस संसारका हुन्, रमाउने छन् । तिमीहरूले ठुलो दु:खको अनुभव गर्ने छौ, तर तिमीहरूको दु:ख आनन्दमा बदलिने छ ।
\v 21 यो एउटा स्‍त्रीजस्‍तो हो जो बालक जन्माउन लाग्दा प्रसवको पीडा भोग्दै हुन्‍छिन् । तिनको शिशुको जन्‍म भएपछि, तिनको बालक संसारमा जन्‍मिएकोले तिनलाई भएको आनन्दको कारणले तिनले आफ्‍नो वेदना बिर्सी हाल्‍छिन् ।
\s5
\v 22 तिनलाई जस्‍तै तिमीहरूलाई पनि अहिले दु:ख छ, तर म तिमीहरूलाई फेरि भेट्ने छु र ठुलो आनन्द, तिमीहरूबाट कसैले लान नसक्‍ने आन्‍नद, परमेश्‍वरले तिमीहरूलाई दिनुहुने छ ।
\v 23 त्यस दिनमा, मलाई सोध्‍नलाई तिमीहरूसँग अरू कुनै प्रश्‍नहरू रहने छैन । म तिमीहरूलाई सत्य भन्दै छु : तिमीहरूले पितासँग जे माग्छौ, तिमीहरूले माग्‍दा उहाँले तिमीहरूलाई त्‍यो दिनुहुने छ, किनभने ममा रहन्‍छौ ।
\v 24 अहिलेसम्म, तिमीहरूले त्यस्तो कुनै कुरा पनि मागेका छेनौ । माग र तिमीहरूले पाउने छौ, र परमेश्‍वरले तिमीहरूलाई यस्तो आनन्द दिनुहुने छ जसले हरेक कुरा भरिन्‍छ ।
\s5
\v 25 मैले यी कुराहरू दृष्‍टान्‍तहरू र रहस्‍यहरूको भाषा प्रयोग गर्दै भनिरहेको छु, तर त्‍यहाँ चाँडै नै एउटा समय हुने छ, जतिबेला म अरू बढी त्‍यस किसिमको भाषाको प्रयोग गर्ने छैन । त्‍यसको साटो, म तिमीहरूलाई मेरो पिताको बारेमा सबै कुरा तिमीहरूले स्पष्‍ट रूपले बुझ्‍ने भाषामा भन्‍ने छु ।
\s5
\v 26 त्यतिबेला तिमीहरूले मेरो नाउँमा परमेश्‍वरसँग र परमेश्‍वरकै उद्देश्यहरूअनुसार आफ्‍ना विन्‍तीहरू गर्ने छौ । तिमीहरूका खाँचोहरू पुूरा गर्न मैले पितासँग विन्‍ती गर्नुपर्ने छैन,
\v 27 किनकि पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र ममा आफ्‍नो विश्‍वास राखेका छौ र किनभने म परमेश्‍वरबाट आएँ भनी तिमीहरू जान्‍द छौ ।
\v 28 म पिताबाट आएँ, र म यो संसारमा प्रवेश गरेँ । अब म यो संसारलाई छोड्दै छु, र म पिताकहाँ फर्केर जाँदै छु ।”
\s5
\v 29 तब उहाँका चेलाहरूले भने, “अन्त्यमा ! अहिले तपाईं स्पष्‍टरूपमा बोल्‍दै हुनुहुन्‍छ र आलङ्कारिक भाषा प्रयोग गर्नु भएन ।
\v 30 अब हामी बुझ्‍छौं कि तपाईंलाई सबै कुरा थाहा छ । तपाईंलाई प्रश्‍नहरू सोध्‍नु आवश्‍यक छैन । यसकारण हामीले तपाईंमा आफ्‍नो विश्‍वास राख्‍यौं, र हामी पक्‍का जान्‍दछौं कि तपाईं परमेश्‍वरबाट आउनुभयो ।”
\v 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूले अन्त्यमा ममा आफ्‍नो विश्‍वास राख्छौ ?”
\s5
\v 32 हेर ! समय आउँदैछ जतिबेला अरूहरूले तिमीहरूलाई जताततै तितर-बितर बनाउने छन् । प्रत्‍येक व्‍यक्ति उसको आफ्नो घरमा जाने छ, र तिमीहरूले मलाई छोड्ने छौ । तापनि, म एक्लै हुने छैन किनभने पिता सधैँ मसँग हुनुहुन्छ ।
\v 33 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु जसले गर्दा तिमीहरूले ममा शान्ती पाउने छौ । संसारमा तिमीहरूलाई परीक्षाहरू र दु:खहरू छन् तर साहसी होओ ! मैले संसारलाई जितेको छु !”
\s5
\c 17
\p
\v 1 येशूले यी कुराहरू भन्‍नुभएपछि, उहाँले अकाशतिर हेर्नुभयो र भन्‍नुभयो, “पिता, तपाईंले हरेकलाई घोषणा गर्ने र म, तपाईंको पुत्र, को हुँ भनी तिनीहरूलाई बताउने र मैले गरेका सबै कुरा तिनीहरूलाई देखाउने समय यही हो । यो गर्नुहोस् ता कि तपाईं वास्तविक रूपमा जो हुनुहुन्‍छ, कुनै पनि कुरा गर्न सक्‍ने महान राजा हुनुहुन्‍छ भनी म, तपाईंको पुत्रले तपाईंलाई हरेकमा प्रकट गर्न सकूँ ।
\v 2 यो गर्नुहोस्, जसरी तपाईंले म, तपाईंको पुत्रलाई सबै मानिसहरूमाथि शासन गर्ने अनुमति दिनुभएको छ । पिता, तपाईंले यो यसकारणले गर्नुभएको छ कि सबै जो तपाईंले मलाई दिनुभएको छ -- तिनीहरूमा म सदासर्वदा जीउन सकूँ ।
\s5
\v 3 पिता -- तपाईं एकमात्र सत्य परमेश्‍वरलाई चिन्‍नु र म, येशू ख्रीष्‍ट, एक जसलाई तपाईंले यस संसारमा पठाउनुभएको छ, मलाई चिन्‍नु : यो अनन्त जीवन हो ।
\v 4 तपाईंको बारेमा सबै तिनीहरूलाई देखउनलाई मैले सबै किसिमका मानिसहरूलाई ल्याइएको छु । तपाईंले मलाई दिनुभएको काम पुरा गरेर मैले यो गरेँ ।
\v 5 पिता, मलाई तपाईंको आफ्नो उपस्थितिमा ल्याएर मलाई आदर दिनुहोस्, जस्‍तो हामीले संसारको सृष्‍टि गर्नुभन्दाअघि हामी थियौं ।
\s5
\v 6 तिनीहरू जसलाई यस संसारमा भएका हरेकबाट मेरो हुनलाई तपाईंले चुन्‍नुभयो -- तपाईं वास्तवमा को हुनुहुन्छ र तपाईं कस्तो हुनुहुन्छ, मैले तिनीहरूलाई सिकाएको छु । तिनीहरू तपाईंका हुन् र तपाईंले तिनीहरू मलाई दिनुभएको छ । तपाईंले तिनीहरूलाई जे भन्‍नुभयो त्‍यो तिनीहरूले विश्‍वास गरेका छन् र तिनीहरूले त्‍यो पालन गरेका छन् ।
\v 7 अहिले तिनीहरू जान्‍दछन् कि तपाईंले मलाई दिनुभएका हरेक कुरा तपाईंबाट आउँछन् ।
\v 8 तपाईंले मलाई दिनुभएको सन्देश मैले तिनीहरूलाई दिए । तिनीहरूले त्‍यो ग्रहण गरे, र म तपाईंबाट आएँ भनी अहिले तिनीहरू निश्‍चित रूपमा जान्‍दछन्, र तपाईंले मलाई पठाउनुभयो भनी तिनीहरू विश्‍वास गर्छन् ।
\s5
\v 9 म तिनीहरूका निम्ति प्रार्थना गर्दै छु । तिनीहरूका निम्‍ति जो यस सांसारका हुन्, जसले निरन्तर तपाईंको विरोध गर्छन्, म प्रार्थना गर्दै छैन । तपाईंले मलाई दिनुभएकाहरूका निम्ति म प्रार्थना गर्दै छु किनभने तिनीहरू तपाईंका हुन् ।
\v 10 मसँग भएका सबै तपाईंका हुन् र तपाईंसँग भएका सबै मेरा हुन् । म को हुँ तिनीहरू जान्दछन्, र म को हुँ भन्‍ने बारेमा तिनीहरूले इनमान्दारसाथ सत्य बताउँछन् ।
\v 11 म संसारमा धेरै समय रहँदै छैन । यद्यपि, तिनीहरू संसारमा रहँदै छन् । म तपाईंकहाँ आइरहेको छु । पवित्र पिता, तिनीहरूलाई सुरक्षित राख्‍नुहोस्; तपाईंले मलाई दिनुभएको शक्तिद्वारा तिनीहरूलाई आफ्‍नो बनाई राख्‍नुहोस् ता कि तिनीहरू सँगसँगै एकत्रित हुन सकून्, जस्‍तो हामी छौं ।
\s5
\v 12 म तिनीहरूसँग रहँदा, मैले तिनीहरूलाई सुरक्षित राखेँ र तपाईंको आफ्‍नै शक्‍तिले तिनीहरूको रेखदेख गरेँ । जस्‍तो धर्मशास्‍त्रले धेरै पहिले अगमवाणी गरेको, एकजना जसलाई तपाईंले विनाशको निम्ति तोक्‍नुभएको थियो, त्‍योबाहेक कोही पनि गुमाइन ।
\v 13 पिता, अब म तपाईं कहाँ आउँदै छु । मैले यी कुराहरू म यहाँ संसारमा हुँदानै भनेको छु ता कि मै तिनीहरूलाई आफ्‍नो पूर्ण आनन्द दिन सँकू ।
\v 14 मैले तपाईंका सन्देशहरू तिनीहरूलाई भनेको छु, र संसारले तिनीहरूलाई घृणा गरेका छन् र तपाईंका शन्‍देसहरू सुन्‍दैनन् । संसारले तिनीहरूलाई घृणा गरे किनकि, म जस्‍तै तिनीहरू यस संसारका होइनन्, तर तिनीहरूको अर्को घर छ ।
\s5
\v 15 तपाईंले तिनीहरूलाई यस संसारबाट लानुहोस् भनी मैले विन्ति गरिरहेको छैन, तर त्‍यसको साटोमा, दुष्‍टले तिनीहरूलाई पुर्‍याउन सक्‍ने नोक्‍सानबाट तपाईंले तिनीहरूको सुरक्षा गर्नहोस् ।
\v 16 तिनीहरू यस संसारका होइनन् जस्‍तो म होइन ।
\v 17 तिनीहरूलाई आफ्नो बारेको सत्य सिकाएर तिनीहरूलाई आफ्‍नो निम्‍ति अलग गर्नुहोस् । तिनीहरूले जे जान्‍नु आवश्यक छ त्‍यो तिनीहरूलाई सिकाउनुहोस् ता कि तपाईंले तिनीहरूलाई अलग गर्न सक्‍नुहुन्‍छ, किनकि तपाईंका शन्‍देसहरू पूर्ण रूपमा सत्य छन् ।
\s5
\v 18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो त्यसरी नै म तिनीहरूलाई संसारमा पठाउँदै छु ।
\v 19 तिनीहरूका लागि म आफू पूर्णरूपमा तपाईंमा समर्पित हुँदै छु ता कि तिनीहरू पनि आफैँलाई तपाईंमा दिन सकून् ।
\s5
\v 20 “म यिनीहरूका लागि मात्र प्रार्थना गर्दै छैन, तर तिनीहरूका पनि प्रार्थना गर्दै छु जसले यिनीहरूका शन्‍देस सुनेर ममा विश्‍वास गर्ने छन् ।
\v 21 म प्रार्थना गर्छु कि तिनीहरू सबै एक हुन सकून् जस्‍तो तपाईं र म एक छौं । पिता, तपाईं ममा एक हुनुहुन्‍छ, र म तपाईंमा -- तिनीहरू पानी हामीमा एक होऊन् । यो गर्नुहोस् ता कि तपाईंले मलाई पठाउनुभयो भनी संसारले जान्‍ने छ ।
\s5
\v 22 म को हुँ भनी मैले तिनीहरूलाई देखाएको छु, र मैले जे गरेको छु त्‍यो तिनीहरूले देखेका छन् । मैले तिनीहरूलाई यो सिकाएको छु ता कि तिनीहरू सँगसँगै एक हुन सकून्, जस्‍तो तपाईं र म एक छौं ।
\v 23 म तिनीहरूसँग एक छु र तपाईं मसँग एक हुनुहुन्छ । मैले य गरेको छु ता कि तिनीहरू सँगसँगै पूर्ण रूपमा एक हुन सकून् र अविश्‍वासीहरूले जान्‍न सकून् कि तपाईंले मलाई पठाउनुभयो र तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ, जस्‍तो तपाईंले मलाई प्रेम गर्नुहुन्‍छ ।
\s5
\v 24 “पिता, जहाँ म हुन्‍छु त्‍यहाँ सधैँ मसँग रहनलाई तपाईंले मलाई दिनुभएहरू मसँग हुन् भन्‍ने म चाहन्छु ता कि जब म तपाईसँग हुन्‍छु तब तपाईंले मलाई दिनुहुने वैभव र भव्‍यता तिनीहरूले देख्‍न सक्‍छन् । तपाईंले यो गर्नुहुन्‍छ किनभने हामीले संसारको सृष्‍टी गर्नुभन्दा पहिलेदेखि नै तपाईंले मलाई प्रेम गर्नुभएको छ ।
\s5
\v 25 हे धर्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्छु; र मसँग यहाँ रहेका यिनीहरूले जान्‍दछन् कि तपाईंले मलाई यिनीहरूकहाँ पठाउनुभएको हो ।
\v 26 मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ भनी जानकारी गराएको छु । म यो निरन्तर गर्ने छु ता कि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहोस् जस्‍तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ र जसले गर्दा म तिनीहरूसँग एक हुन सकूँ ।”
\s5
\c 18
\p
\v 1 जब येशूले आफ्‍नो प्रार्थना सिध्याउनुभयो, उहाँ आफ्‍ना चेलाहरूसँग जानुभयो र किद्रोनको उपत्‍यका तर्नुभयो । पारिपट्टी एउटा जैतुनक रूखहरूको एउटाो बगैँचा थियो, र उहाँहरू त्यसभित्र पस्‍नुभयो ।
\v 2 यहूदालाई, एकजना जसले, येशूलाई उहाँको शत्रुहरूकहाँ सुम्पिन लागेको थियो, त्यो ठाँउ कहाँ थियो भनी जान्‍दथ्‍यो, किनभने येशू आफ्‍ना चेलाहरूसँग बारम्‍बार त्यहाँ जानुहुन्थ्यो ।
\v 3 यतिबेला मुख्य पुजारीहरू र फरिसीहरूले केही सिपाहीहरू र अधिकारीहरूलाई यहूदासँगै त्‍यहाँ जान आदेश दिएका थिए । यसैले तिनीहरू लाल्टिनहरू, राँकोहरू र हतियारहरूसहित त्यहाँ गए ।
\s5
\v 4 उहाँलाई के हुन जाँदै थियो भनी येशू जान्‍नुहुन्‍थ्‍यो, यसैले उहाँ अगाडि जानुभयो र तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दै छौ ?”
\v 5 तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यो व्‍यक्ति म हुँ ।” (यतिबेला यहूदा, जसले उहाँलाई सुम्‍पिने जाँदै थियो, तिनीहरूसँगै खडा थियो ।)
\s5
\v 6 जब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यो व्‍यक्ति म हुँ,” तिनीहरू अचानक पछि हटे र जमिनमा ढले ।
\v 7 यसैले उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दै छौ ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीलाई ।”
\s5
\v 8 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें त्यो व्‍यक्ति म हुँ । तिमीहरूले खोज्‍दै गरेको व्‍यक्ति म भएको कारणले, यी अरू मानिसहरूलाई जान देऊ ।”
\v 9 उहाँले आफ्‍नो पितासँग प्रार्थना गर्दै रहनुहँदा उहाँले भन्‍नुभएको वचन पुरा हुनको निम्‍ति यसो भयो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये मैले एकजना पनि गुमाइन ।”
\s5
\v 10 त्‍यसपछि सिमोन पत्रुसले एउटा छोटो तरवार थुते र माल्खस नाम गरेको एकजना मानिस, प्रधान पुूजारीको सेवकलाई हाने, र उसको दाहिने कान कटिदिए ।
\v 11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तिम्रो तरवारलाई त्यसको म्‍यानमा नै हाल ! साँच्‍चै, मेरो पिताले मैले गर्नलाई योजना गर्नुभएबमोजिम नै म कष्‍ट भोग्‍नेछु” ।
\s5
\v 12 त्‍यसपछि आफ्‍नो कप्‍तानसहितका सिपाहीहरूको समूह र मन्दिरका केही सुरक्षाकर्मिहरूले येशूलाई समाते र उहाँलाई फुत्कनदेखि रोक्‍नलाई उहाँलाई बाँधे ।
\v 13 त्‍यसपछि तिनीहरूले उहाँलाई कैयाफाको ससुरा हन्‍नासकहाँ लगे, जो त्यस वर्षका प्रधान पुूजारी थिए ।
\v 14 त्‍यो कैयाफा नै थिए जसले अरू अगुवाहरूलाई सल्लाह दिए कि सबै मानिसहरू नाश हुनुभन्दा मानिसहरूका निम्‍ति एकजना मानिस मर्नु असल हुन्‍छ ।
\s5
\v 15 सिमोन पत्रुस येशूको पछि लागे र अर्को चेलाले पनि त्यसै गरे । अर्को चेला प्रधान पुूजारीको चिनजानका थिए, यसैले सिपाहीहरूले येशूलाई लैजाँदा, तिनीलाई प्रधान पुजारीको आँगनमा जाने अनुमति थियो ।
\v 16 पत्रुस प्रवेशद्वारबाहिर नै रोकिनुपर्‍यो । यसैले अर्को चेला फेरि बाहिर गए र त्‍यो सेविकासँग कुरा गरे जो प्रवेशद्वारमा पहरा दिँदै थिइन्, र तिनले पत्रुसलाई भित्र पस्‍न दिइन् ।
\s5
\v 17 ती सेविकाले पत्रुसलाई भनिन्, “तिनीहरूले गिरफ्तार गरेका मानिसका चेलाहरूमध्‍ये तिमी एकजना हौ, के तिमी होइनौ?” तिनले भने, “अहँ, म होइन ।”
\v 18 जाडो थियो, यसैले प्रधान पुजारीका सेवकहरू र मन्दिरका पहरेदारहरूले कोइलाको आगो बाले र त्‍यसको वरिपरि खडा भएर आफूलाई न्यानो पार्दै थिए । पत्रुस पनि तिनीहरूसँग त्यहाँ थिए । तिनी खडा भएर आफैँलाई न्यानो पार्दै थिए ।
\s5
\v 19 प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरूका बारेमा र उहाँले तिनीहरूलाई के सिकाइरहुनु भएको थियो भनी प्रश्‍न गरे ।
\v 20 येशूले जवाफ दिनुभयो, “मैले हरेकसँग खुल रूपमा बोलेको छु । मैले सधैँ हाम्रा मानिसहरूसँगै भेला हुने ठाउँहरूमा, सभाघरहरूमा र मन्दिरमा सिकाएको छु । मैले गुप्‍तमा कुनै कुरा भनेको छैन ।
\v 21 यसैले तपाईं मलाई किन यी प्रश्‍नहरू सोध्‍दै हुनुहुन्‍छ ? मानिसहरूलाई सोध्‍नुहोस् जसले मैले तिनीहरूलाई के सिकाएँ सुने । तिनीहरू जान्दछन् मैले के भने ।”
\s5
\v 22 येशूले यी कुराहरू भन्‍नुहुँदा, उहाँको नजीक खडा मन्दिरका पहरेदारहरूमध्‍ये एकजनाले आफ्‍नो हातले उहाँलाई बेसरी झापड हान्‍यो । त्‍यसले भन्यो, “प्रधान पुजारीलाई जवाफ दिन त्यो तरीका ठिक होइन ।”
\v 23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले केही गलत भनेको थिऐँ भने, मलाई भन त्‍यो के थियो । यद्यपि, यदि मैले भनेको कुरा ठिक थियो भने, तिमीले मलाई झापड लाउनु हुँदैन !”
\v 24 तब हन्‍नासले येशूलाई अझै बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।
\s5
\v 25 सिमोन पत्रुस अझैसम्‍म खडा भएर आफूलाई न्यानो पार्दै थिए । अर्को व्‍यक्तिले तिनलाई भने, “तिनीहरूले गिरफ्तार गरेका मानिसका चेलाहरूमध्‍ये तिमी एकजना हौ, के तिमी होइनौ?” तिनले भने, “अहँ, म होइन ।”
\v 26 प्रधान पुजारीका सेवकहरूमध्‍ये एकजना, पत्रुसले कान काटिदिएका मानिसको नातेदारले तिनलाई भन्यो, “निश्‍चित रूपमा मैले तिमीलाई जैतूनका रूखहरूको बगैँचामा तिनीहरूले गिरफ्तार गरेका मानिससँग देखेँ, मैले देखिनँ त ?”
\v 27 पत्रुसले फेरिी पनि इन्कार गरे, र तुरुन्तै एउटा भाले बास्यो ।
\s5
\v 28 त्यसपछि, सिपाहीहरूले येशूलाई कैयाफाको घरबाट रोमी गभर्नर पिलातसको मुख्यालयतिर लगे । यो बिहान सबेरै थियो । पिलातस यहूदी थिएनन्, यसैले येशूलाई दोष लगाउनेहरूले सोचे कि यदि तिनीहरू मुख्यालयभित्र पसे भने, तिनीहरूले आफैँलाई अशुद्ध बनाउछन् र निस्तार-चाड मनाउन सक्‍दैनन् । यसैले तिनीहरू भित्र पसेनन् ।
\v 29 यसैले तिनीहरूसँग कुरा गर्न पिलातस बाहिर आए । तिनले भने, “के को बारेमा तिमीहरूले यो मानिसलाई दोष लगाउँदै छौ ?”
\v 30 तिनीहरूले जवाफ दिए, “यदि यो मानिस एउटा अपाराधी थिएन भने, हामीले यसलाई तपाईंकहाँ ल्याउने थिएनौं !”
\s5
\v 31 त्‍यसपछि पिलातसले तिनीहरूलाई भने, “उसलाई तिमीहरूसँगै लैजाओ, र उसलाई तिमीहरूको व्यवस्थाअनुसार न्याय गर ।” त्‍यतिबेला यहूदी अगुवाहरूले भने, “हामी यसलाई मृत्युदण्ड दिन चाहन्छौँ, तर तपाईंको रोमी कानूनले हामीलाई त्यसो गर्न रोक्‍छ ।”
\v 32 उहाँ कस्तो किसिमको मृत्यु उहाँ मर्न जाँदै हुनुहुन्‍थ्‍यो भनी येशूले जे भन्‍नुभएको थियो त्‍यो साँचो हुनको लागि नै तिनीहरूले यसो भने ।
\s5
\v 33 त्यसपछि पिलातस आफ्‍नो मुख्यालयभित्र फर्केर गए । तिनले येशूलाई हाँजिर हुने आदेश दिए र उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ ?”
\v 34 येशूले जवाफ दिनुभयो, “के तपाईं यो प्रस्‍न तपाईं आफैँले जान्‍ने इच्‍छा गरेर वा अरू कसैले तपाईंलाई सोध्‍न भनेकोले मलाई सोध्दै हुनुहुन्छ ?”
\v 35 पिलातसले जवाफ दिए, “म एक यहूदी होइन ! तिम्रो आफ्‍नै जाति र मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ जिम्‍मा लगाए । तिमीले के गल्ती गरेका छौ ?”
\s5
\v 36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको हिस्‍सा होइन । यदि मेरो राज्य यो संसारको थियो भने, मलाई आफ्‍ना यहूदी विरोधीहरूको हातमा जानबाट जोगाउनलाई मेरा सेवकहरूले लडाईं गरिरहेका हुने थिए, तर मेरो राज्य यो संसारको होइन ।”
\v 37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा हौ ?” येशूले जवाफ दिनुभयो, “हो । म जन्म हुनु र यो संसारमा आउनुको कारण नै मानिसहरूलाई परमेश्‍वर बारेमा सत्यता बताउनलाई थियो । सत्यलाई प्रेम गर्ने हरेकले मलाई सुन्छ ।”
\s5
\v 38 पिलातसले उहाँलाई सोधे, “सत्य के हो ?” पिलातसले त्यो प्रश्‍न सोधेपछि, तिनी बाहिर गए र यहूदी अगुवाहरूसँग फेरिी कुरा गरे । तिनले तिनीहरूलाई भने, “उसले कुनै कानून तोडेको मैले पाइन ।
\v 39 यद्यपि, तिमी यहूदीहरूको एउटा चलन छ जहाँ तिमीहरूले निस्तार चाडको समयमा एकजना कैदमा भएको मानिसलाई छोड्नलाई मलाई आग्रह गर्छौ । यसैले के यहूदीहरूका राजालाई मैले तिमीहरूको लागि छोाडौं भन्‍ने तिमीहरू इच्‍छा गर्छौ ?”
\v 40 तिनीहरू फेरिी कराए, “होइन, यो मानिसलाई नछोड्नुहोस्, तर बारब्बालाई छोड्नुहोस् !” बारब्बा एक क्रान्तिकारी थिए ।
\s5
\c 19
\p
\v 1 तब पिलातसले येशूलाई पठाए । तिनका सिपाहीहरूले कोर्राको प्रयोग गर्दै उहाँलाई नराम्रोसित कुटे ।
\v 2 सिपाहीहरूले बटारेर एउटा मुकुट पनि बनाए र तिनीहरूले त्‍यो उहाँको शिरमा लगाइदिए । तिनीहरूले उहाँलाई बैजनी रङको वस्‍त्र पनि लगाइदिए ।
\v 3 तिनीहरूले उहाँको गिल्ला गरे र भने, “प्रणाम, यहूदीहरूका राजा !” र तिनीहरूले उहाँलाई दोहोर्‍याइ-दोहोर्‍याइ हिर्काए ।
\s5
\v 4 पिलातस फेरि बाहिर आए र मानिसहरूलाई भने, “हेर, म त्‍यसलाई बाहिर ल्याउँदै छु ता कि तिमीहरूले जान्‍न सक कि त्‍यसलाई दण्ड दिनुपर्ने कुनै कारण मैले पाइन ।”
\v 5 यसले येशू काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाएर बाहिर आउनुभयो । पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस यहाँ छ !”
\v 6 जब मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू चिच्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ! त्यसलाई क्रुसमा टाँग्‍नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “उसलाई तिमीहरू आफैँ लैजाओ र उसलाई क्रुसमा टाँग ! मैले भन्‍नुपर्दा यसलाई दण्ड दिनुपर्ने कुनै कारण पाइन ।”
\s5
\v 7 यहूदी अगुवाहरूले पिलातसलाई जवाफ दिए, “हामीसित एउटा निश्‍चित व्यवस्था छ जसले भन्‍छ ऊ मारिनुपर्छ किनभने उसले परमेश्‍वरका पुत्र भएको दाबी गर्‍यो ।”
\v 8 जब पिलातसले यो सुने, तिनी झन् बढी डराए ।
\v 9 तिनी आफ्नो मुख्यालयभित्र भित्र फेरि पसे र येशूलाई फेरि फर्काएर भित्र ल्‍याउन सिपाहीहरूलाई भने । अनि तिनले येशूलाई भने, “तिमी कहाँबाट आयौ ?” तापनि, येशूले तिनलाई कुनै जवाफ दिनुभएन ।
\s5
\v 10 यसले पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? के तिमीलाई थाहा छैन कि तिमीलाई छोड्‍ने अधिकार मसँग छ र तिमीलाई क्रुसमा टँग्‍ने अधिकार पनि मसँग छ ?”
\v 11 येशूले तिनलाई जवाफ दिनुभयो, “यदि परमेश्‍वरले त्‍यो तपाईंलाई नदिनुभएको भए तपाईंको ममाथि कुनै अधिकार हुने थिएन । यसैले एकजना जसले मलाई तपाईंकहाँ सुम्पिदियो, त्यो एउटा नराम्रो पापको निम्‍ति दोषी हुन्‍छ ।”
\s5
\v 12 त्यस क्षणदेखि नै, पिलातसले येशूलाई छोड्ने कोसिस गरिरहे । तापनि, यहूदी अगुवाहरू कराए, “यदि तपाईंले यो मानिसलाई छोड्नुभयो भने, तपाईं कैसरका मित्र हुनुहुन्‍न ! कसैले आफैँलाई राजा बनाउँछ भन्‍ने, कैसरको विरुद्धमा खडा हुन्छ ।”
\v 13 जब पिलातसले त्‍यो सुने, तिनले येशूलाई बाहिर ल्याए । त्यसपछि उहाँको सामु पिलातस न्याय आसनमा बसे, साधारणतया यहाँबाट नै तिनले फैसलाहरू सुनाउँथे । त्यसलाई “ढुङ्गाको पेटी” र आरमाइक भाषामा “गब्बथा” भनिन्थ्यो ।
\s5
\v 14 यतिबेला निश्तार-चाडको अघिल्लो दिन, तयारीको दिन थियो । लगभग मध्यदिन भएको थियो जतिबेला पिलातसले यहूदीहरूलाई भने “हेर, तिमीहरूका राजा यहाँ छ !”
\v 15 तिनीहरू चिच्‍याए, “त्यसलाई हटाउनुहोस् ! त्यसलाई हटाउनुहोस् ! त्‍यसलाई क्रुसमा टाँग्‍नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “के मैले तिमीहरूका राजालाई क्रुसमा टाँग्‍नुपर्छ ?” मुख्य पुूजारीहरूले जवाफ दिए, “सिजरबाहेक हाम्रो कुनै राजा छैन !”
\v 16 यसले पिलातसले येशूलाई तिनीहरूकहाँ सुम्पिदिए, र तिनीहरूले उहाँलाई लगे ।
\s5
\v 17 आफ्नो क्रुस आफैँले बोकेर उहाँ बाहिर “एउटा खप्परकोे ठाँउ” जसलाई आरमेइकमा “गलगथा” भनिन्‍थ्‍यो त्‍यहाँ जानुभयो ।
\v 18 त्यहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे, र त्यसै समयमा तिनीहरूले दुई अरू अपराधीहरूलाई पनि तिनीहरूका क्रुसहरूमा काँटी ठोकेर झुण्‍डाए । दुवैतिर एक-एकजना, येशू बीचमा हुनुहुन्‍थ्‍यो ।
\s5
\v 19 पिलातसले कसैलाई सूचनाको एउटा पाटी लेख्‍न र त्‍यो येशूको क्रुसमा बाँध्‍न पनि भने । त्‍यो यस्तो थियो, ‘नासरतका येशू, यहूदीहरूका राजा ।’
\v 20 धेरैजना यहूदीहरूले यो सङ्केत पढे, किनभने येशू क्रुसमा टाँगिनुभएको ठाउँ सहरको नजिक थियो, र यो सङ्केत तीनवटा भाषाहरू : आरमेइक, ल्याटिन र ग्रिकमा लेखिएको थियो ।
\s5
\v 21 मुख्य पुूजारीहरू पिलातसकहाँ फर्केर गए र भने “तपाईंले ‘यहूदीकाहरूका राजा’ भनेर नलेख्‍नुपर्थ्‍यो, तर साट्टामा, ‘यो मानिसले भन्‍यो म यहूदीहरूका राजा हुँ’ लेख्‍नुपर्थ्यो ।
\v 22 पिलातसले जवाफ दिए “जस्‍तो मैले लेखेको छु तिमीहरूले त्‍यो सङ्केत तस्‍तै छोड्नुपर्छ ।”
\s5
\v 23 सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्रहरू लिए र प्रत्येक सिपाहीका निम्‍ति एक भाग हुनेगरी, तिनीहरूलाई चार भागहरूमा विभाजन गरे । यद्यपि, तिनीहरूले उहाँको अलखालाई अलग्‍गै राखे । यो अलखा माथिदेखि तलसम्मै एउटै कपडाबाट बुनेर बनाइएको थियो ।
\v 24 यसैले तिनीहरूले एक आपसमा भने, “हामी यसलाई नच्यातौं । बरु, यसलाई नच्‍याती सग्‍लै राख्‍नलाई कसले पाउनेछ भन्‍नको लागि चिठ्ठा हालेर हामी निर्णय गरौं ।” यस्‍तो लेखिएको धर्मशास्‍त्र पुरा हुनलाई यो हुन आयो, “तिनीहरूले मेरोा वस्‍त्रलाई आफ्‍नो माझमा विभाजन गरे । मेरो वस्‍त्रका निम्ति तिनीहरूले चिठ्ठा हाले ।”
\s5
\v 25 सिपाहीहरूले यी कुराहरू गरे । येशूको आमा, उहाँको आमाको दिदी, क्लोपासकी पत्‍नी मरियम, र मरियम मग्दलिनी उहाँको क्रुसको नजिक खडा भएका थिए ।
\v 26 जब येशूले आफ्‍नो आमालाई त्यहाँ खडा र यूहन्‍नालाई, चेला जसलाई उहाँले विशेष किसिमले प्रेम गर्नुभयो, नजीकै खडा देख्‍नुभयो, उहाँले आफ्‍नो आमालाई भन्‍नुभयो, “आमा, यहाँ एकजना छन् जसले तपाईंको पुत्रले झैँ व्यवहार गर्ने छन् । ”
\v 27 र उहाँले त्‍यो चेलालाई भन्‍नुभयो, “तिम्री आमा यहाँ हुनुहुन्‍छ !” यसैले त्‍यसै क्षणदेखि, त्‍यो चेलाले तिनलाई आफ्‍नो घरमा बस्‍नलाई लगे ।
\s5
\v 28 एकछिनपछि, येशूलाई थाहा थियो कि परमेश्‍वरले उहाँलाई गर्न पठाउनुभएको सम्पूर्ण कुरा यतिबेला पुरा भएको छ, र धर्मशास्‍त्रमा अगमवाणी भएको एउटा अन्‍तिम कुरा पुरा गर्नको लागि, उहाँले भन्‍नु भयो, “मलाई तिर्खा लाग्यो !”
\v 29 अमिलो दाखमद्यको एउटा भाडो त्यहाँ खडा थियो, यसैले तिनीहरूले एउटा हिसपको रुखबाट एउटा छोटो हाँगा लिए र त्यसमा एउटा स्पन्ज राखे, र तिनीहरूले त्यसलाई अमिलो दाखमद्यमा डुबाए र त्‍यसलाई येशूको मुखसम्मै पुर्‍याए ।
\v 30 येशूले अमिलो दाखमद्य पिएपछि, उहाँले भन्‍नुभयो, “अब सिध्दियो,” र उहाँले आफ्नो शिर झुकाउनुभयो र मर्नुभयो ।
\s5
\v 31 यो निस्तार-चाडको लागि तयारीको दिन थियो (र अर्को दिन अति विशेष किसिमको विश्राम-दिन थियो) । विश्राम-दिनमा मृत शरीरहरू क्रुसहरूमा रहन दिनु व्यवस्थाको विरुद्धमा हुन्‍थ्‍यो, यसैले तिनीहरू पिलातसकहाँ गए र तिनैजना मानिसकरूका खुट्टाहरू भाँचिदिन तिनलाई भने ता कि ती मानिसहरू चाँडै मर्छन् र तिनीहरूका शरीरहरू तल झारिन्‍छन् ।
\v 32 यसैले सिपाहीहरू आए र दुईजना मानिस जो येशूसँगै क्रुसमा टाँगिएका थिए, तिनीहरूमा पहिलोको र त्यसपछि अर्कोको खुट्टाहरू भाँचे ।
\v 33 जब तिनीहरू येशूकहाँ आए, उहाँको पहिले नै मृत्‍यु भइसकेको तिनीहरूले देखे । त्यसैले तिनीहरूले उहाँकाो खुट्टाहरू भाँचेनन् ।
\s5
\v 34 त्यसको सट्टोा सिपाहीहरूमध्‍ये एउटाले येशूको कोखामा भालाले घोच्‍यो र तुरुन्‍तै उहाँको शरीरबाट रगत र पानी बग्यो ।
\v 35 यो देख्‍ने एकजनाले साक्षी दिन्‍छन् -- तिनको साक्षी सत्य छ, र तिनी जान्‍दछन् तिनी सत्य बोल्छन् -- ता कि तिमीहरूले येशूमा आफ्‍नो विश्‍वास राख्‍न सक ।
\s5
\v 36 धर्मशास्‍त्रमा जे लेखिएको थियो त्‍यो पुरा हुनलाई यी कुराहरू हुन आए : “उहाँका हड्‍डीहरूमध्‍ये कुनैलाई पनि कसैले पनि भाँच्‍ने छैन ।”
\v 37 र तिनीहरूले धर्मशास्‍त्रको अर्को खण्ड पुरा गरे जुन यस्‍तो छ : “तिनीहरूले एकजनालाई हेर्ने छन् जसलाई तिनीहरूले घोचे ।”
\s5
\v 38 यी कुराहरू भएपछि, येशूका एकजना चेला अरिमाथियाका योसेफ, तर गुप्‍तमा चेला किनभने तिनी यहूदीहरूसँग डराउँथे, उनी पिलातसकहाँ गए र उनले येशूको शरीरलाई क्रुसबाट हटाउन सक्‍छन् कि भनी तिनलाई सोधे ।
\v 39 रातमा एकपल्‍ट येशूकहाँ आएका निकोदेमस पनि आए र आफ्‍नो साथमा शरीरलाई दफनको लागि तयार पार्नलाई मुर्र र एलवा मसलाहरूको मिश्रण ल्याए । मसलाहरूको तौल करिब ३३ किलो थियो ।
\s5
\v 40 तिनीहरूले येशूको शरीरलाई लगे र त्‍यो सुती कपडाका लामा ट्क्राहरूले बेरे, र सबै मसलाहरू त्‍यसभित्र भरेर तिनीहरूले बेरेर बाँधे ।
\v 41 येशूलाई क्रुसमा टाँगिएको ठाउँ एउटा बगैँचा थियो, र बगैंचाको छेउमा एउटा नयाँ चिहान थियो जसमा कसैलाई पनि दफन गरिएको थिएन ।
\v 42 त्‍यो साझँमा निस्तार-चाड सुरु हुन लाग्‍दै थियो, र तिनीहरूले त्यो चिहान रोजे किनभने त्यो नजिकै थियो र तिनीहरूले येशूलाई छिट्टै दफन गर्न सक्थे । यसैले तिनीहरूले येशूलाई त्यहाँ राखे ।
\s5
\c 20
\p
\v 1 अब हप्‍ताको पहिलो दिन, बिहान सबेरै अँध्‍यारै हुँदा नै मरियम मग्दलिनी चिहानमा आइन् । चिहानबाट कसैले ढुङ्‍गा हटाइदिएको तिनले देखिन् ।
\v 2 यसैले तिनी यरूशलेमतिर दौडिन्, जहाँ सिमोन पत्रुस र अर्को चेला -- एकजना जसलाई येशूले प्रेम गर्नुहुन्‍थ्‍यो -- बस्‍दै थिए, र तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन् हामीलाई थाहा छैन !”
\s5
\v 3 जब तिनीहरूले यो सुने, पत्रुस र अर्को चेला चिहानमा जानलाई हतारिँदै बाहिर निस्‍के ।
\v 4 तिनीहरू दुवैजना दौडँदै थिए, तर पत्रुसभन्दा अर्का चेला छिटो थिए र चिहानमा पहिला पुगे ।
\v 5 तिनले निहुरिए र चिहानभित्र हेरे; सुति कपडाका टुक्राहरू त्यहाँ परेको तिनले देखे, तर तिनी चिहानभित्र पस्‍न अन्कनाए ।
\s5
\v 6 त्यसपछि तिनको पछिपछि दौडँदै गरेका सिमोन पत्रुस त्यहाँ आइपुगे, तर तिनी चिहानभित्रै गए । सुति कपडाका टुक्राहरू त्‍यहाँ परेको तिनले पनि देखे ।
\v 7 तर येशूको शिरमा भएको कपडाको खोल, सुतीका कपडाका टुक्राहरूभन्दा बेग्लै, पट्याइएको र राखिएको तिनले देखे ।
\s5
\v 8 त्यसपछि अर्को चेला पनि चिहानभित्र गए; तिनले यी कुराहरू देखे र मृत्युबाट येशू जीवित हुनुभएको थियो भनी विश्‍वास गर्न लागे ।
\v 9 येशू मृत्युबाट जीवित हुनुपर्छ भन्‍ने धर्मशास्‍त्र तिनीहरूले अझैसम्‍म बुझेनन् ।
\v 10 यसैले चेलाहरू आफ्ना घरतिर फर्केर गए ।
\s5
\v 11 मरियम चिहानबाहिर खडा भएर रुँदै थिइन् । रुँदै गर्दा तिन निहुरिन् र चिहान भित्र हेरिन् ।
\v 12 सेतो वस्‍त्र लगाएका दुई स्वर्गदूतहरू येशूको शरीर राखिएकै ठाँउमा, एउटा शीरपटी अर्को पाउपटी बसिरहेका, तिनले देखिन् ।
\v 13 तिनीहरूले तिनलाई भने “स्‍त्री, तिमी किन रुँदै छौ ?” तिनले तिनीहरुलाई भनिन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन् मलाई थाहा छैन !”
\s5
\v 14 तिनले त्‍यसो भनेपछि तिनी पछिल्तिर फर्किन र येशू त्यहाँ खडा हुनुभएको देखिन्, तर उहाँ नै हुनहुन्‍थ्‍यो भनी तिनले थाहा पाइनन् ।
\v 15 उहाँले तिनलाई भन्‍नुभयो, “स्‍त्री, तिमी किन रुँदै छौ ? तिमीले कसलाई खोज्दै छौ ?” तिनीसँग बोल्‍दै गरेको मानिस माली थिए भनी तिनले विचार गरिन्, र तिनले भनिन् “सर, यदि तपाईंले उहाँलाई लानुभएको हो भने, तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, मलाई भन्‍नुहोस्, र म उहाँलाई लाने छु ।”
\s5
\v 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम” । तिनी फर्किन् रे उहाँलाई आरमेइकमा भनिन्, “रब्बोनी!” (जसको अर्थ “गुरु”) ।
\v 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनकि मेरो पितासँग हुनलाई म अझै स्वर्गसम्‍म गएको छैन । मेरा चेलाहरूकहाँ जाऊ र तिनीहरूलाई भन, ‘मेरो पिता र तिमीहरूका पिता, एक जो मेरा परमेश्‍वर र तिमीहरुका परमेश्‍वरसँग हुनलाई, म स्वर्गमा फर्कन लागेको छु ।’”
\v 18 मरियम मग्दलिनी चेलाहरूकहाँ गइन् र भनिन्, “मैले प्रभुलाई देखेको छु ” -- र येशूले तिनलाई जे भन्‍नुभएको थियो त्‍यो खबर तिनले तिनीहरूलाई दिइन् ।
\s5
\v 19 त्‍यो दिनको साँझमा, हप्‍ताको पहिलो दिन ढोकाहरू बन्द गरिएका थिए, र चेलाहरू भित्र बस्‍दै थिए, किनभने यहूदी अधिकारीहरूले तिनीहरूलाई पक्राउ गर्लान् तिनीहरू डराएका थिए । अचानक, येशू आउनुभयो र तिनीहरूको समूहको माझमा खडा हुनुभयो; उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको शान्ति तिमीहरूमा रहोस् ।”
\v 20 उहाँले यसो भनेपछि, उहाँले तिनीहरूलाई आफ्‍ना हातहरू र कोख देखाउनुभयो । जब चेलाहरूले प्रभुलाई देखे, तिनीहरू अत्‍यन्‍त आनन्दित भए !
\s5
\v 21 येशूले तिनीहरूलाई फेरिी भन्‍नुभयो, “परमेश्‍वरको शान्ति तिमीहरूमा रहोस् । जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी नै अब म तिमीहरूलाई पठाउँदै छु ।”
\v 22 उहाँले यसो भन्‍नुभएपछि, उहाँले तिनीहरूमा श्‍वास फुक्‍नुभयो र भन्‍नुभयो “पवित्र आत्मालाई ग्रहण गर ।
\v 23 यदि तिमीहरूले कसैको पाप क्षमा गर्छौ भने, परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुहुने छ । यदि तिमीहरूले अरूकाो पापहरू क्षमा गर्दैनौ भने, ती तिनीहरूकै विरुद्धमा रहने छन् ।
\s5
\v 24 यतिबेला, जब येशू चेलाहरूकहाँ आउनुभयो, बाह्रजनामध्‍येका एक “दिदुमस” भनिने थोमा तिनीहरूसँग थिएनन् ।
\v 25 अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देखेका छौं् ।” तापनि, तिनले तिनीहरूलाई भने, “जबसम्म उहाँका हातहरूमा काँटीिहरूले बनाएका डोबहरू म देख्दिन र काँटीहरूले बनाएका प्‍वालहरूमा आफ्‍ना औंलाहरू म हाल्दिन, र जबसम्म उहाँको कोखको घाउको प्‍वालमा म आफ्‍नो हात हाल्दिन, म कहिल्यै पनि उहाँमा विश्‍वास गर्ने छैन ।”
\s5
\v 26 आठ दिनपछि, उहाँका चेलाहरू फेरि पनि घरभित्र नै थिए, र त्‍यसबेला थोमा तिनीहरूसँगै थिए । यद्यपी, ढोकाहरू बन्द नै थिए, येशू आउनुभयो र तिनीहरूका माझमा खडा हुनुभयो, र उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “परमेश्‍वरको शान्ति तिमीहरूमा रहोस् ।”
\v 27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औंला यहाँ हाल र मेरा हातहरू हेर, र तिम्रो हात ल्‍याऊ र त्‍यसलाई मेरो कोखमा हाल ! यो म नै हुँ भन्‍ने कुरामा शंका गर्न छोड; ममा तिम्रो विश्‍वास राख ।”
\s5
\v 28 थोमाले उहाँलाई जवाफ दिए, “मेरो प्रभु र मेरोा परमेश्‍वर !”
\v 29 येशूले तिनलाई भन्‍नुभयो, “अब म जीवित भएको छु भनी तिमी विश्‍वास गर्छौ, किनभने तिमीले मलाई देख्‍छौ । तापनि, जसले मलाई देखेका छैनन् र पनि विश्‍वास गर्छन्, तिनीहरूलाई परमेश्‍वरले ठुलो खुशी दिनुहुन्छ ।”
\s5
\v 30 अब येशूले अरू धेरै शक्‍तिका कामहरू र आश्‍चर्य कामहरू गर्नुभयो, त्‍यसले उहाँ को हुनुहुन्‍छ भनी प्रमाणित गर्‍यो । चेलाहरूले तिनीहरूको बारेमा गवाही दिए, तर तिनीहरू यति धेरै थिए, कि मैले ती सबै यस किताबमा लेखेको छैन ।
\v 31 तापनि, मैले यी कुराहरू लेखेको छु ता कि येशू नै ख्रीष्‍ट, परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी तिमीहरूलाई पूर्ण विश्‍वास होस्, र ता कि उहाँमा विश्‍वासद्वारा, उहाँको नाउँमा तिमीहरूले अनन्त जीवन पाउन सक ।
\s5
\c 21
\p
\v 1 त्यसपछि, येशू चेलाहरूकहाँ तिबेरियास ताल (गालीलको समुद्र भनेर पनि चिनिन्छ) को छेउमा देखा पार्नुभयो । उहाँले आफैँलाई यसरी चिनाउनुभयो :
\v 2 सिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाको नाथानेिल, जब्दियाका छोराहरू (याकूब र यूहन्‍ना ), र दुईजना अरू चेलाहरू एकसाथ थिए ।
\v 3 सिमोन पत्रुसले अरूहरूलाई भने, “म माछा मार्ने जाँदै छु ।” तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौं ।” तिनीहरू बाहिर गए र डुङ्ंगामा चढे, तर त्यो रात तिनीहरूले केही पनि पाएनन् ।
\s5
\v 4 बिहान उज्‍यालो हुनै लाग्दा, येशू किनारमा खडा हुनुभयो, तर त्यो येशू नै हुनुहुन्‍थ्‍यो भनी चेलाहरूले चिनेनन् ।
\v 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा मित्रहरू, के तिमीहरूसँग कुनै माछा छ ?” तिनीहरूले भने, “छैन” ।
\v 6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “डुङ्गाको दाहिने पट्टिबाट बाहिर आफ्‍नो जाल हान र तिमीहरूले केही पाउनेछौ ।” उहाँले तिनीहरूलाई भन्‍नुभए जस्‍तै तिनीहरूले त्‍यो हाने, र तिनीहरूले जालमा यति धेरै माछा पाए कि तिनीहरूले जाललाई डुङ्ंगामा तान्‍न सकेनन् !
\s5
\v 7 येशूले विशेषरूपमा प्रेम गर्नुभएको चेला यूहन्‍नाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्‍छ !” जब सिमोन पत्रुसले तिनले यसो भनेको सुने, आफ्‍नो बाहिरीि लुगाले तिनले आफैँलाई ढाके (काम गर्दै रहँदा तिनले केही नलगाए जस्तै लाग्‍थ्‍यो), र पानीमा हाम फाले ।
\v 8 अरू चेलाहरू किनारमा डुङ्‍गामा आएर माछा भरिएको जाल बाहिर ताने । तिनीहरू किनारबाट धेरै टाढा थिएनन्, नब्बे मिटर टाढा मात्र थिए ।
\v 9 जब तिनीहरू किनरमा आईपुगे, तिनीहरूले कोइलाको आगोको भुङ्‍ग्रो तयार भएको, त्‍यसमा माछा पाक्‍दै गरेको, र त्यहाँ केही रोटी भएको देखे ।
\s5
\v 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेकाो माछाहरूमध्‍ये केही ल्‍याओ ।”
\v 11 सिमोन पत्रुस डुङ्गामा फर्केर गए र ठुला माछाहरूले भरिएको जाल तानेर किनारमा ल्याए । तिनीहरूमध्‍ये ५३ वटा त्‍यहाँ थिए । यति हुँदा पनि जाल फाटेन ।
\s5
\v 12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ र बिहानको खाजा खाओ !” “तपाईं को हो ?” भनेर उहाँलाई सोध्‍ने साहस चेलाहरूमध्‍ये कसैले पनि गरेन । तिनीहरूलाई थाहा थियो, उहाँ प्रभु नै हुनुहुन्थ्यो ।
\v 13 येशू आउनुभयो र रोटी लिनुभयो र त्‍यो तिनीहरूलाई दिनुभयो । उहाँले माछा पनि त्यसै गर्नुभयो ।
\v 14 परमेश्‍वरले येशूलाई मृत्युबाट जीवनमा ल्याउनु भएपछि उहाँ चेलाहरूसँग देखा पर्नुभएको यो तेस्रो पल्‍ट थियो ।
\s5
\v 15 जब तिनीहरूले बिहानको खाजा खाइसके, येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “सिमोन, यूहन्‍नाकोा छोरा, “के यी अरूहरूले मलाई प्रेम गर्नेभन्दा बढी तिमी मलाई प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई भने, “हो, प्रभु, तपाईंलाई थाहा छ म तपाईंलाई प्रेम गर्छु ।” येशूले भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ ।”
\v 16 येशूले तिनलाई दोस्रो पल्‍ट भन्‍नुभयो, “सिमोन, यूहन्‍नाको छोरा, के तिमी मलाई प्रेम गर्छौ ?” तिनले जवाफ दिए, “हो, प्रभु, तपाईंलाई थाहा छ म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको गोठालोा होऊ ।”
\s5
\v 17 येशूले तिनलाई तेस्रो पल्‍ट भन्‍नुभयो, “सिमोन, यूहन्‍नाका छोरा, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुस दुःखित भए किनभने येशूले तिनलाई तीनपल्‍ट सोध्‍नुभयो, “के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुसले भने, “प्रभु, तपाईं सबै कुरा जान्‍नुहुन्छ । तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु ।” येशूले भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
\v 18 म तिमीलाई सत्य भन्‍दै छु : जब तिमी जवान थियौ, तिमीले आफ्नो कपडा आफैँ लगाउँथ्यौ र तिमीलाई जहाँ जान मन लाग्‍यो त्‍यहीँ जान्थ्यौ । यद्यपी, जब तिमी वृद्ध हुन्‍छौ, तिमी आफ्‍ना हातहरू पसार्ने छौ, र कसैले तिमीलाई कपडा लगाइदिने छ र तिमीलाई जहाँ जान मन लाग्‍दैन त्‍यहीँ तिमीलाई लैजाने छ ।”
\s5
\v 19 परमेश्‍वरलाई आदर गर्नलाई पत्रुस कसरी मर्छन भनी संकेत गर्नलाई येशूले यसो भन्‍नुभयो । तब येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछि लाग ।”
\s5
\v 20 पत्रुस पछि फर्के र यूहन्‍ना, येशूले विशेषरूपमा प्रेम गर्नुभएको चेला उहाँहरूको पछि आउँदै गरेका देखे् । टेबलमा येशूसँग नजिकै टाँसिने र यसो भन्‍ने तिनै थिए, “प्रभु, तपाईंलाई आफ्‍ना शत्रुहरूको हातमा कसले सुम्पिन जाँदै छ ?” ।
\v 21 जब पत्रुसले तिनलाई देखे, तिनले येशूलाई सोधे, “प्रभु, यी मानिसलाई के हुन जाँदै छ ?”
\s5
\v 22 येशूले तिनलाई भन्‍नुभयो, “यदि म फेरि नआएसम्‍म तिनी जीवित रहून् भनी म इच्‍छा गर्छु भने पनि त्‍यो तिम्रो चासोको विषय भएन ! तिमी मेरो पछि लाग ।”
\v 23 यसैले दाजुभाइ तथा दिदीबहिनीको माझमा विवरण दिइयो कि यी चेलाको मृत्‍यु हुने छैन । तापनि, येशूले भन्‍नुभएन कि तिनी मर्दैनन् । उहाँले यति मात्र भन्‍नुभयो, “यदि म फेरि नआएसम्‍म तिनी जीवित रहून् भनी म इच्‍छा गर्छु भने पनि त्‍यो तिम्रो चासोको विषय भएन !”
\s5
\v 24 म, यूहन्‍ना, चेला जसले यी सबै कुराहरूका बारेमा गवाही दिँदैछु, र मैले नै ती लेखेको छु । हामीलाई थाहा छ कि उहाँको गवाही सत्य छ ।
\v 25 येशूले अरू धेरै कुराहरू गर्नुभयो, यति धेरै कि यदि ती सबै लेखिएको भए, म अनुमान गर्छु ती लेखिएका पुस्तकहरू सारा संसारमा अटाउने थिएन ।