ne_udb/43-LUK.usfm

1721 lines
506 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id LUK Unlocked Dynamic Bible
\ide UTF-8
\h लुका
\toc1 लुकाले लेखेको सुसमाचार
\toc2 लुका
\toc3 luk
\mt1 लुकाले लेखेको सुसमाचार
\s5
\c 1
\p
\v 1 प्रिय थियोफिलस, हाम्रा माझमा घटिसकेका आश्‍चर्यपूर्ण घटनाहरूको बारेमा धेरैजना मानिसहरूले विवरणहरू लेखेका छन् ।
\v 2 सबै घटनाहरू शुरू भएको समयदेखि नै तिनीहरूलाई देखेका मानिसहरूबाट नै हामीले यी कुराहरूका बारेमा सुन्यौं । यिनै मानिसहरूले परमेश्‍वरको सन्‍देशका बारेमा अरूहरूलाई सिकाए ।
\v 3 यी मानिसहरूले लेखेका र सिकाएका सबै कुराहरूलाई म आफैँले होसियारीपूर्वक अध्ययन गरेको छु । त्यसैले, सम्माननीय थियोफिलस, तपाईंको लगि एउटा साँचो बिवरण लेखिदिन मेरो लागि असल नै हुन्छ भन्ने निर्णय मैले गरेँ ।
\v 4 यी कुराहरूका बारेमा तपार्इंलाई जे सिकाइएको छ त्यो सत्य हो भनेर तपार्इंलाई थाहा होस् भन्‍ने हेतुले म यो गर्दैछु ।
\s5
\v 5 जतिबेला राजा हेरोदले यहूदिया प्रान्तमा शासन गरेका थिए, त्यहाँ जकरिया नाम भएका एकजना यहूदी पूजाहारी थिए । उनी अबिया भनिने पूजारीहरूको समूहकै थिए । उनी र उनकी पत्‍नी एलिजावेथ दुवैजना हारुन वंशबाटै जन्मिएका थिए ।
\v 6 परमेश्‍वरको दृष्टिमा तिनीहरू दुवैजना धर्मी ठहरिए किनभने तिनीहरूले सधैं परमेश्‍वरले दिनुभएका सबै आज्ञाहरू नचुकार्इकन पालन गरे ।
\v 7 तर, तिनीहरूका सन्तान थिएनन्, किनभने एलिजावेथ सन्तान जन्माउन असक्षम थिइन् । यसका अतिरिक्त, तिनी र तिनकी पत्‍नी धेरै वृद्ध थिए ।
\s5
\v 8 एकदिन जकरिया आफ्नो समूहको नियमित आराधना सेवाको समयमा यरूशलेमको मन्दिरमा पूजाहारी भएर काम गर्दै थिए ।
\v 9 तिनीहरूको चलनअनुसार पूजाहारीहरूले परमप्रभुको मन्दिरभित्र जान र धुप बाल्न चिट्ठाद्वारा तिनलाई रोजे ।
\v 10 जब तिनले धुप बाल्ने समय आयो, मान्दिरको बाहिर चोकमा धेरैजना मानिसहरूले प्रार्थना गरिरहेका थिए ।
\s5
\v 11 तब परमप्रभुले पठाउनु भएको स्वर्गदूत तिनीकहाँ देखा परे । ती स्वर्गदूत धुप बाल्ने वेदीको दाहिनेपट्टी उभिरहेका थिए ।
\v 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तिनी आश्‍चर्यचकित भए र अति डराए ।
\v 13 तर स्वर्गदूतले तिनलाई भने, “जकरिया, नडराऊ ! जब तिमीले प्रार्थना गर्‍यौ, परमप्रभुले तिम्रो बिन्ती सुन्‍नुभयो । यसैले तिम्री पत्‍नी एलिजावेथले तिम्रो लागि एउटा छोरो जन्माउनेछिन् । तिमीले उनको नाम यूहन्‍ना राख्‍नुपर्छ ।
\s5
\v 14 तिमी अत्यन्त खुशी हुनेछौ र अरू धेरै मानिसहरू पनि खुशी हुनेछन् किनभने उनी जन्मिएका छन् ।
\v 15 अत्यन्त महत्त्वपूर्ण हुनलाई परमेश्‍वरको दृष्‍टि उनमाथि रहनेछ । अङ्गुर-मद्य र अन्य कुनै मदिराको सेवन उनले कहिलै पनि गर्नुहुँदैन । उनी जन्मनुभन्दा पनि पहिले नै पवित्र आत्माद्वारा शक्‍तिशाली बनाइनेछन् ।
\s5
\v 16 पाप गर्न रोक्‍न र फेरि पनि परमप्रभु आफ्ना परमेश्‍वरको बचनमा आज्ञाकारी हुन उनले इज्राएलका धेरै वंशहरूलाई उप्रेरित गर्नेछन् ।
\v 17 परमप्रभुको अग्रदूतको रूपमा तिम्रो छोरो उहाँको अगिअगि जनेछन् र एलिया अगमवक्ताजस्‍तै उहाँको आत्मामा शक्‍तिशाली हुनेछन् । तिनले बुबा-आमाहरूलाई आफ्ना सन्तानलाई फेरि प्रेम गर्न प्रेरित गर्नेछन् । परमेश्‍वरको आज्ञापालन नगर्नेहरूलाई बुद्धिमानिपूर्वक जीवन बिताउन र धर्मी मानिसले गरेजस्‍तो उहाँको आज्ञापालन गर्न तिनले धेरै मानिसहरूलाई प्रेरित गर्नेछन् । परमप्रभु आउनुहुँदा धेरै मानिसहरूलाई तयार रहन प्रेरित हुनको लागि तिनले यो गर्नेछन् ।
\s5
\v 18 त्यसपछि जकरियाले स्वर्गदूतलाई भने, “म धेरै वृद्ध छु र मेरी पत्‍नी पनि धेरै वृद्ध भैसकेकी छिन् । त्यसैले तपाईंले भनेका कुरा पूरा हुनेछन् भनेर मैले कसरी विश्‍वास गर्ने ?
\v 19 त्यसपछि स्वर्गदूतले तिनलाई भने, “म गाब्रिएल हुँ ! म परमेश्‍वरको उपस्थितिमा खडा रहन्छु ! तिमीलाई के हुनेछ भन्‍ने बारेमा यो खुशीको सुसमाचार तिमीलाई भन्नलाई मलाई पठाइएको थियो ।
\v 20 मैले तिमीलाई जे भनेको छु परमेश्‍वरले तय गर्नुभएको समयमा त्यो निश्‍चित रूपमा हुन आउनेछ, तर तिमीले मेरा शब्‍दहरूमा विश्‍वास गरेनौ । त्यसैले अव तिम्रो छोराको जन्म हुने दिनसम्म परमेश्‍वरले तिमीलाई बोल्न नसक्‍ने बनाउनु हुनेछ ।
\s5
\v 21 मन्दिरभित्र जकरिया र स्वर्गदूतले कुरा गरिरहेको समयमा चोकमा भएका मानिसहरू जकरियालाई बाहिर आउनलाई पर्खिरहेका थिए । मन्दिर भित्र उनी त्यति लामो समयसम्म किन बसिरहेका थिए भनी तिनीहरू जिल्ल परे ।
\v 22 जब उनी बाहिर आए, उनी तिनीहरूसित बोल्न सकेनन् । उनले बोल्न नसकेको कारणले, उनले जे भएको थियो त्यस घटनाको बारेमा बताउने कोसिस गर्दै आफ्नो हातले इसारा गरे । त्यसपछि मन्दिरभित्र हुँदा उनले परमेश्‍वरको दर्शन देखेका रहेछन् भनेर तिनीहरूले महसुस गरे ।
\v 23 जब जकरियाको मन्दिरमा पूजाहारीको रूपमा काम गर्ने समय सिद्धियो, उनले यरूशलेम छाडे र आफ्नो घरतिर लागे ।
\s5
\v 24 यसको केही समयपछि, उनकी पत्‍नी एलिजावेथ गर्भवती भइन्, तर पाँच महिनासम्म उनी बाहिर मानिसहरूका माझमा गइनन् ।
\v 25 उनले आफुलाई भनिन्, “परमप्रभुले मलाई गर्भवती हुन योग्य बनाउनु भएको छ । यसरी उहाँले ममाथि कृपा गर्नुभयो र मानिसहरूले तुच्छ दृष्‍टिले हेर्ने कारणलाई मबाट हटाई दिनुभएको छ ।
\s5
\v 26 जब एलीशिबा गर्भवती भएको करिब छ महिना भएको थियो, परमेश्‍वरले गब्रिएल स्वर्गदूतलाई गालील जिल्लामा भएको नासरत नगरमा पठाउनुभयो ।
\v 27 मरियम नाउँ गरेकी एकजना कन्यासँग कुरा गर्न तिनी त्यहाँ गए। युसुफ नाम गरेको एकजना मानिससँग विवहको लागी तिनको मंगनी भैसकेको थियो, जो दाऊद राजाका वंशका थिए । कन्याको नाम मरियम थियो ।
\v 28 स्वर्गदूतले तिनलाई भने, “अभिवादन ! परमप्रभु तिमीसँग हुनुहुन्छ र तिमीलाई ठुलो कृपा देखाउनु भएको छ” ।
\v 29 तर मरियमले तिनको अभिवादन सुनेर सह्रै घबराइन् । स्वर्गदूतका यी शब्‍दहरूका अर्थ के होलान् भनेर तिनी विचलित भइन् ।
\s5
\v 30 तब स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने परमेश्‍वरबाट तिमीले कृपा पाएकी छ्यौ !
\v 31 तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाम येशू राख्‍नुपर्छ ।
\v 32 उहाँ महान हुनुहुनेछ र सर्वोच्‍च परमेश्‍वरको पुत्र कहलाईनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँका पुर्खा दाऊदलाई झैं उहाँलाई आफ्ना मानिसहरूका राजा बनाउनुहुनेछ ।
\v 33 उहाँले याकूबका सन्तानहरूमाथि सधैंभरि राज्य गर्नुहुनेछ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ !
\s5
\v 34 त्यसपछि मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनभने म अझै कन्या नै छु ?
\v 35 स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ र परमेश्‍वरको शक्तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले तिमीले जन्माउने बालक पवित्र हुनुहुनेछ र उहाँ परमेश्‍वरको पुत्र कहलाईनुहुनेछ ।
\s5
\v 36 अनि यो कुरा सुन, तिम्री नातेदार एलीशिबाको धेरै वृद्धा भए तापनि तिनको गर्भमा एउटा छोरो छ । र तिनले छोराछोरी जन्माउन सक्दिनन् भनेर मानिसहरूले सोचे तापनि, अहिले तिनी गर्भवती भएको करिब छ महिना भइसकेको छ ।
\v 37 किनकि परमेश्‍वरले कुनै पनि कुरा गर्न सक्‍नुहुन्छ !”
\v 38 त्यसपछि मरियमले भनिन्, “ठीक छ, म परमप्रभुको दासी हुँ, त्यसैले तपाईंले मेरो बारेमा जे भन्‍नुभएको छ त्यो पूरा होस्!” त्यसपछि स्वर्गदूतले तिनलाई छाडेर गए ।
\s5
\v 39 त्यसपछि तुरन्तै मरियम तयार भइन् र चाँडै नै जकरिया बस्‍ने यहूदियाको पहाडी भेगमा गईन् ।
\v 40 तिनी उनको घरभित्र पसिन् र उनकी पत्‍नी एलीशिबालाई अभिवादन गरिन् ।
\v 41 एलीशिबाले मरियमको अभिवादन सुन्‍ने बित्तिकै, एलीशिबाको गर्भभित्रको बालक उफ्रियो । तुरून्तै पवित्र आत्माले एलीशिबालाई परमेश्‍वरको प्रशंसा सुरु गर्न अगुवाइ गर्नुभयो ।
\s5
\v 42 तिनले मरियमलाई ठूलो स्वरले भनिन्, “परमेश्‍वरले अन्य स्‍त्रीहरूलाई दिनुभएको आशिष् भन्दा बढी आशिष् तिमीलाई दिनुभएको छ र तिमीले जन्माउने बालकलाई पनि उहाँले आशिष्‌‌ दिनुभएको छ !
\v 43 तपाईं, मेरो प्रभुको आमा आफैं, मलाई भेट्न आउनु कति अचम्मको कुरा हो ।
\v 44 तपाईंले मलाई अभिवादन गरेको मैले सुन्‍ने बित्तिकै मेरो गर्भमा भएको बालक उफ्रियो किनभने तपाईं आउनुभएकोमा ऊ धेरै आनन्दित थियो ।
\v 45 तपाईं धन्यकी हुनुहुन्छ किनभने परमप्रभुले तपाईंलाई भन्‍नुभएको कुरा पूरा हुन आउनेछ भनी तपाईंले विश्‍वास गर्नुभयो ।”
\s5
\v 46 त्यसपछि मरियमले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिन् : “आह, कसरी म परमप्रभुको प्रशंसा गर्दछु !
\v 47 परमेश्‍वरको बारेमा म अति नै आनन्दित महसूस गदर्छु, मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
\s5
\v 48 म केवल उहाँको विनम्र दासी केटी थिएँ, तर उहाँले मलाई बिर्सनु भएन । यसैले अब देखि उसो, सबै समय अवधिहरूमा जीवन बिताउने मानिसहरूले, परमेश्‍वरले मलाई आशिष्‌‌ दिनुभएको छ भन्‍नेछन् ।
\v 49 शक्तिशाली परमेश्‍वरले मेरो निम्‍ति गर्नुभएका महान कुराहरूका कारण तिनीहरूले यसो भन्‍नेछन् । उहाँको नाम पवित्र छ !
\s5
\v 50 उहाँको आदर गर्नेहरूका एकदेखि अर्को पुस्तासम्‍मलाई उहाँले कृपापूर्वक काम गर्नुहुन्छ ।
\v 51 उहाँ धेरै शक्तिशाली हुनुहुन्छ भनेर उहाँले मानिसहरूलाई देखाउनुहुन्छ । आफ्नो भित्री भावनाहरूमा घमण्डसाथ बिचार गर्नेहरूलाई उहाँले छरपष्‍ट पार्नुहुन्छ ।
\s5
\v 52 उहाँले राजाहरूलाई शासन गर्नदेखि रोक्‍नु भएको छ, र दवाइएका मानिसहरूलाई उहाँले आदर गर्नुभएको छ ।
\v 53 भोकाहरूलाई खानलाई उहाँले असल कुराहरू दिनुभएको छ, र उहाँले धनी मानिसहरूलाई कुनै पनि कुरा तिनीहरूलाई नदिइकन नै पठाउनु भएको छ ।
\s5
\v 54 इस्राएल, उहाँको सेवा गर्ने मानिसहरूलाई, उहाँले सहायता गर्नुभएको छ ।
\v 55 उहाँ तिनीहरूप्रति कृपालु हुनुहुनेछ भनेर उहाँले धेरै अगि नै हाम्रा पुर्खाहरूसित प्रतिज्ञा गर्नुभयो । उहाँले त्यो प्रतिज्ञा कायम राख्‍नु भएको छ र अब्राहम र तिनका वंशबाट आएका सबै मानिसहरूप्रति सधैँ कृपामय काम गर्नुभएको छ ।
\s5
\v 56 मरियम एलीशिबासित करिब तीन महिना बसिन् । त्यसपछि तिनी आफ्नो घर फर्किन् ।
\v 57 जब एलीशिबाको आफ्नो बालक जन्माउने बेला आयो, तिनले एउटा छोरो जन्माइन् ।
\v 58 तिनको जीवनमा परमप्रभु अत्‍यन्त दयालु हुनुभएको कुरा जब तिनका छिमेकीहरू र आफन्तहरूले सुने, तब तिनीहरू पनि एलीशिबासँगै खुशी भए ।
\s5
\v 59 यसपछिको आठौं दिनमा, बालकको खताना गर्ने उत्सवका लागि मानिसहरू एकसाथ भेला भए । तिनका पिताको नाम जकरिया भएकोले गर्दा तिनीहरूले बालकको पनि त्‍यही नाम राख्‍न चाहान्थे ।
\v 60 तर उनकी आमाले भनिन्, “होइन उसको नाम यूहन्‍ना राख्‍नुपर्छ” !
\v 61 यसैले तिनीहरूले तिनलाई भने, “तर यूहन्‍ना नाउँ त तिम्रो आफन्तहरूमा कसैको पनि छैन ।”
\s5
\v 62 त्यसपछि तिनले आफ्नो छोराको नाम के राख्‍न चाहन्थे त्यो संकेत गर्न तिनीहरूले आफ्ना हातहरूले तिनका बाबुलाई इशारा गरे ।
\v 63 त्यसैले तिनीहरूले लेख्‍नलाई तिनलाई एउटा पाटी दिऊन् भनी तिनले संकेंत गरे । जब तिनीहरूले तिनलाई त्यो दिए, त्यसमाथि तिनले लेखे, “उनको नाम यूहन्‍ना हो” । त्यहाँ भएकाहरू सबै आश्‍चर्य चकित भए ।
\s5
\v 64 तुरन्तै जकरिया फेरी बोल्न सक्‍ने भए र तिनले परमेश्‍वरको प्रशंसा गर्न थाले ।
\v 65 परमेश्‍वरले जे गर्नुभएको थियो त्‍यसले गर्दा नजिकै वसोवास गर्ने सबै भयभित भए । तिनीहरूले त्यहाँ जे भएको थियो त्यसको बारेमा अरू धेरै मानिसहरूलाई बताए र यो समाचार यहूदियाको पहाडी भेगभरि सबैतिर फैलियो ।
\v 66 हरेक जसले यो सुने, तिनीहरूले यसको बारेमा विचार गरिरहे । तिनीहरूले भन्‍न लागे, “जब यो बालक ठूलो हुन्छ, तब त्यसले के काम गर्ला ।” हुन आएका सबै कुराहरूको कारणले गर्दा, तिनीहरूलाई पक्का भयो कि परमेश्‍वरले तिनलाई शक्तिशाली तवरले सहायता गर्नुहुनेछ ।
\s5
\v 67 जकरियाको छोरो जन्मिएपछि, जकरिया पवित्र आत्माद्वारा नियन्‍त्रित भए र तिनले परमेश्‍वरबाट यी वचनहरू बोले:
\v 68 हामी इस्राएलका मानिसहरूले आराधना गर्ने परमप्रभु परमेश्‍वरको स्तुति होस्, किनभने हामी, उहाँका मानिसहरूलाई स्वतन्त्र गराउनलाई उहाँ आउनु भएको छ ।
\s5
\v 69 उहाँले हामीकहाँ एकजना पठाउँदै हुनुहुन्छ जसले शक्तिशाली तवरले हामीलाई बचाउनु हुनेछ, एकजना जो उहाँको दास दाऊद राजाको वंशबाट हुनुहुन्छ ।
\v 70 उहाँले त्यसो गर्नुहुनेछ भनेर परमेश्‍वरले धेरै पहिलेदेखि नै आफ्ना अगमवक्ताहरूद्वारा बोल्नुभयो ।
\v 71 यिनै शक्तिशाली मुक्तिदाताले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुहुनेछ, र हामीलाई घृणा गर्ने सबैको शक्तिबाट उहाँले हामीलाई बचाउनु हुनेछ ।
\s5
\v 72 उहाँले यो गर्नुभएको छ किनकि उहाँले हाम्रा पुर्खाहरूलाई कृपा गर्नुहन्छ र आफ्नो पवित्र करार याद गर्नुहुन्छ,
\v 73 जुन प्रतिज्ञाको शपथ उहाँले हाम्रा पूर्खा अब्राहामसँग खानुभएको थियो ।
\v 74 परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो, हाम्रा शत्रुहरूको शक्तिबाट हामीलाई छुटकारा दिन, र डरविना नै हामीलाई उहाँको सेवा गर्न सक्षम बनाउन,
\v 75 हाम्रो सम्‍पूर्ण जीवनभरि पवित्र र धार्मी तवरले उहाँको सेवा गर्न ।
\s5
\v 76 त्यसपछि जकरियाले आफ्‍नो नाबालक छोरालाई यसो भने : “मेरो छोरो, तिमी सर्वोच्‍च परमेश्‍वरका भविष्यवक्ता कहलाईनेछौ । उहाँ आउनुहुँदा मानिसहरूलाई तयार गर्न परमप्रभुको अगिअगि तिमी जानेछौ” ।
\v 77 तिमीले मानिसहरूलाई भन्‍नेछौ कि परमेश्‍वरले तिनीहरूलाई क्षमा दिन र तिनीहरूका पापहरूको दण्ड पाउनबाट बचाउन सक्षम हुनुहुन्छ ।
\s5
\v 78 परमेश्‍वरले हामीलाई क्षमा गर्नुहुनेछ किनभने हामीप्रति उहाँ दयालु र कृपालु हुनुहुन्छ । र त्यसैकारणले, यही मुक्तिदाता, जो उदाउँदो सूर्य झैँ हुनुहुन्छ, हामीलाई सहायता गर्न स्वर्गबाट हामीकाँहा आउनुहुनेछ ।
\v 79 आत्मिक अन्धकारमा र मृत्युको डरमा बाँचिरहेका मानिसहरूमा उहाँ चम्किनुहुनेछ । उहाँले हामीलाई मार्गनिर्देशन गर्नुहुनेछ ता कि हामी शान्त भएर जिउनेछौं ।
\s5
\v 80 समय बित्दै जादाँ, जकरिया र एलीशिबाको बालक छोरा बढे र आत्मिक रूपले बलियो भए । त्यसपछि उनी एउटा उजाड स्थानमा बसे र परमेश्‍वरका मानिसहरू, इस्राएललाई खुला रूपमा प्रचार गर्न सुरु नगरून्जेलसम्म त्यहीँ बसिरहे ।
\s5
\c 2
\p
\v 1 त्यसैबेला सिजर अगस्टसले रोमी नियमको अधीनमा बस्‍ने हरेक व्‍यक्तिको नाम सरकारी अभिलेखमा दर्ता गर्नु भन्‍ने आधिकारिक आदेश पठाए ।
\v 2 कुरेनियसले सिरिया प्रान्तमा शासन गरेको समयमा पहिलो पल्ट यो काम भयो ।
\v 3 त्यसैले दर्ता गराउनलाई हरेक व्‍यक्तिलाई उसको परिवारको सहरमा जानुपरेको थियो ।
\s5
\v 4 योसेफ पनि आफ्नो परिवारको सहरमा मरियमलाई लिएर गए जसको तिनसित मगनी भएको थियो र जो गर्भवती थिइन् ।
\v 5 किनभने योसेफ राजा दाऊदको वंशका थिए, तिनीहरूले गालील प्रान्‍तको नासरत नगर छाडे र यहूदिया प्रान्‍तको बेथलेहेम नगरको यात्रा गरे, जसलाई दाऊदको सहर भनेर पनि चिनिन्छ । सरकारी अभिलेखमा नाम दर्ता गराउनलाई योसेफ र मरियम त्यहाँ गए ।
\s5
\v 6 जब तिनीहरू बेथलेहेम पुगे, प्रायजसो आगन्तुकहरूका वासस्‍थानहरूमा तिनीहरूको लागि बस्‍नलाई ठाउँ थिएन ।
\v 7 त्यसैले तिनीहरूले त्यस्तो ठाउँमा बास बस्‍नुपरेको थियो जहाँ रातमा जनावरहरू बस्‍थे । तिनीहरू त्यहाँ भएकै बेलामा मरियमले बालक जन्माउने समय आयो र तिनले आफ्नो पहिलो बालक छोरालाई जन्माइन् । तिनले उसलाई न्यानो कपडाले बेह्रिन् र गोठभित्र जनावरहरूका लागि खाना दिने ठाउँमा राखिन् ।
\s5
\v 8 त्यो रात, त्यहाँ केही गोठालाहरू थिए जसले बेथलेहेमको नजिकैको ठाउँहरूमा आफ्ना भेडाहरूको हेरचाह गरिरहेका थिए ।
\v 9 अचानक परमप्रभुका एउटा स्वर्गदूत उनीहरूकहाँ देखापरे । परमप्रभुको महिमा दर्शाउँदै एउटा चम्किलो ज्योति तिनीहरूको वरिपरी चम्कियो । त्यसैले तिनीहरू अति डराए ।
\s5
\v 10 तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ ! म तिमीहरूलाई राम्रो समाचार भन्‍न आएको छु जसले सबै मानिसहरूलाई फाइदा हुनेछ र तिमीहरू सबैलाई साह्रै खुशी तुल्याउनेछ ।
\v 11 आज दाऊदको सहरमा एकजना बालक जन्मेका छन् जसले तिमीहरूलाई आफ्ना पापहरूबाट बचाउनेछन् । उहाँ नै ख्रीष्‍ट, प्रभु हुनुहुन्छ !
\v 12 तिमीहरूले उहाँलाई यसरी चिन्‍नेछौ: बेथलेहेममा एकजना बालकलाई कपडाले बेह्रिएको र जनावरहरूका लागि खाना दिने ठाउँमा राखिएको तिमीहरूले भेट्टाउनेछौ ।
\s5
\v 13 अचानक एउटा ठूलो स्वर्गदूतहरूको समूह स्वर्गबाट आएका र अर्को स्वर्गदूतसँग सामेल भएको देखियो । तिनीहरू सबैले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरे,
\v 14 “सर्वोच्‍च स्वर्गमा भएका सबै स्वर्गदूतहरूले परमेश्‍वरको प्रशंसा गरून् ! अनि पृथ्वीमा भएका मानिसहरूको माझमा शान्ति होस् जसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याइरहेका छन् ।”
\s5
\v 15 स्वर्गदूतहरूले तिनीहरूलाई छाडेर स्वर्गमा फर्केपछि, गोठालाहरूले एकआपसमा भने, “हुन आएको यो अचम्मको घटनालाई हेर्न हामी अहिलेनै बेथलेहेममा जानुपर्छ जसको बारेमा हामीलाई परमप्रभुले भन्‍नुभएको छ ।”
\v 16 त्यसैले तिनीहरू छिटो गए र जब तिनीहरूले त्यो ठाउँ भेट्टाए जहाँ मरियम र योसेफ बसिरहेको थिए, जनावरहरू लागि खाना दिने ठाउँमा बालक सुतिरहेको तिनीहरूले देखे ।
\s5
\v 17 उसलाई देखेपछि यस बालकको बारेमा तिनीहरूलाई जे भनिएको थियो, त्यो तिनीहरूले हरेकलाई बताए ।
\v 18 गोठालाहरूले तिनीहरूलाई जे भने त्यो सुन्ने सबै मानिसहरू छक्‍क परे ।
\v 19 तर मरियमले आफूले सुनेको सबै कुराका बारेमा मनमा विचार गरिरहिन् र ती कुराहरूलाई होसियारीपूर्वक याद गरिन् ।
\v 20 गोठालाहरू ती ठाउँहरूमा फर्के जहाँ तिनीहरूका भेडाहरू थिए । परमेश्‍वर कति महान हुनुहुन्छ भन्‍ने बारेमा तिनीहरूले बातचित गरिरहे, र तिनीहरूले सुनेका र देखेका कुराको निम्ति गहाँको प्रशंसा गरिरहे, किनभने स्वर्गदूतहरूले तिनीहरूलाई जस्तो भनेका थिए तेस्तै सबै कुरा पुरा भए ।
\s5
\v 21 बालक जन्मेपछिको आठौं दिनमा, उनको खतना गरियो र तिनीहरूले उहाँलाई येशू नाउँ दिए । उहाँ गर्भमा आउनुभन्दा पनि अघिदेखि नै उहाँलाई दिनलाई स्वर्गदूतले तिनीहरूलाई बताएको नाउँ यही थियो ।
\s5
\v 22 मोशाको व्यवस्था अनुसार, जब तिनीहरूका शुद्धीकरणको लागी आवश्‍यक दिनहरू पुराभयो, आफ्नो छोरोलाई परमप्रभुमा अर्पण गर्न मरियम र योसेफले यरूशलेमसम्मै यात्रा गरे ।
\v 23 परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको थियो, “पहिला जन्मने हरेक पुरुष सन्तानलाई परमप्रभुमा पवित्र हुनलाई अलग गरिनेछ ।”
\v 24 परमप्रभुको व्यवास्थाले नयाँ जन्मेको छोराको बुबा-आमाले बलिको रूपमा “दुईवटा ढुकुरको बच्चा वा दुईवटा परेवाका बच्चा” चडाउनु पर्छ पनि भनेको थियो ।
\s5
\v 25 त्यो समयमा यरूशलेममा एकजना वृद्ध मानिस थिए जसको नाम सिमियोन थियो । जुन कुराले परमेश्‍वरलाई खुशी तुल्याउँथ्यो तिनले त्यही गरे र परमेश्‍वरको व्यवस्था पालन गरे । इस्राएली मानिसहरूलाई उत्साह दिनका लागि परमेश्‍वरले ख्रीष्‍टलाई पठाउनुहुन्छ भनेर तिनले चासोपूर्वक प्रतिक्षा गरिरहेका थिए, र पवित्र आत्माले तिनलाई देखाउँदै हुनुहुन्थ्यो ।
\v 26 तिनको मृत्यु हुनुभन्दा अघि परमप्रभुले प्रतिज्ञा गर्नुको ख्रीष्‍टलाई तिनले देख्‍नेछन् भनी पवित्र आत्माले अघिबाटै तिनलाई प्रकट गर्नुभएको थियो ।
\s5
\v 27 परमेश्‍वरले उहाँको व्यवस्थामा आज्ञा गर्नु भएको धार्मिक विधिहरू पुरा गर्नका लागि जब योसेफ र मरियमले तिनीहरूको बालक येशूलाई मन्दिरमा ल्याए, तब आत्माले मन्दिरको चोकभित्र जान आत्माले सिमियोनलाई अगुवाइ गर्नुभयो ।
\v 28 तब तिनले येशूलाई आफ्नो हातमा लिए र यसो भन्दै परमेश्‍वरको प्रशंसा गरे;
\v 29 हे परमप्रभु, तपाईंले मलाई सन्तुष्‍ट पार्नुभएको छ र तपाईंको प्रतिज्ञाअनुसार अब म शान्तसित मर्न सक्छु ।
\s5
\v 30 मैले उहाँलाई देखेको छु जसलाई तपाईंले मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउनलाई पठाउनु भयो,
\v 31 जसलाई तपाईंले सबै मानिसहरूको माझमा तयार गर्नुभयो ।
\v 32 उहाँ ज्योति जस्तो हुनुहुनेछ जसले अन्य जातिहरूलाई तपाईंको सत्यता प्रकट गर्नुहुनेछ, र उहाँले इस्राएली मानिसहरूमा आदर ल्याउनुहुनेछ ।
\s5
\v 33 सिमियोनले उहाँको बारेमा भनेका कुराले येशूको बुबा र आमा छक्‍क परे । तब सिमियोनले तिनीहरूलाई आशिष्‌‌ दिए, र येशूको आमा मरियमलाई भने, मरियम,
\v 34 “म जे भन्छु याद गर: परमेश्‍वरले यो निश्‍चय गर्नुभएको छ कि यो बालकको कारणले, धेरैजना इस्राएली मानिसहरू परमेश्‍वरबाट तर्किनेछन्, र धेरैजना परमेश्‍वरमा फर्किनेछन् । मानिसहरूलाई चेताउनी दिने उहाँ एउटा चिन्ह जस्तै हुनुहुनेछ, र धेरै मानिसहरूले उहसँको विरोध गर्नेछन् ।
\v 35 फलस्वरूप, धेरै मानिसहरूका विचारहरू प्रकट गरिनेछ । एउटा तरवारले तिम्रो आफ्नै आत्मालाई छेंड्नेछ !
\s5
\v 36 त्यहाँ मन्दिरको चोकमा हन्‍ना नाम गरेकी एकजना अगमवादिनी पनि थिइन् जो धेरै वृद्धा थिइन् । तिनको बुबा फनुएल आशेरको कुलका एक सदस्य थिए । तिनी सात वर्षसम्म मात्र विवाहित रहेकी थिइन् र त्यसपछि तिनको श्रीमानको मृत्यु भयो ।
\v 37 त्यसपछि अरू चौरासी वर्षसम्म तिनी विधुवीको रूपमा रहिन् । तिनले सधैं मन्दिरको विरपरि सेवा गरिरहिन् र रात दिन परमेश्‍वरको आराधना गरिन् । तिनी बारम्बार उपवास बस्थिन् र प्रार्थना गर्थिन् ।
\v 38 त्यसैबेला हन्‍ना तिनीहरूकाहाँ आइन् र बालकको लागि परमेश्‍वरलाई धन्यवाद दिन थालिन् । तब तिनले धेरै मानिसहरूलाई येशूको बारेमा बताइन् जसले यरूशलेमलाई छुटाउन परमेश्‍वरको आशा गरिरहेका थिए ।
\s5
\v 39 योसेफ र मरियमले परमप्रभुको व्यवस्थाले माग गरेअनुसारका सबैकुरा गरी सकेपछि, तिनीहरू गालीली जिल्लामा भएको उनीहरूको आफ्नै नगर नासरतमा फर्के ।
\v 40 जसै बालक बढ्नुभयो, उहाँ बलियो र धेरै ज्ञानी हुनुभयो, र परमेश्‍वर उहाँसित धेरै प्रसन्‍न हुनुहुन्थ्यो ।
\s5
\v 41 येशूका आमा-बुबा हरेक वर्ष निस्तार चाड मनाउनलाई यरूशलेम गए ।
\v 42 जब येशू बाह्र वर्षको हुनुभयो, तिनीहरू सधैँ झैँ चाड मनाउनको लागी यरूशलेमसम्म गए ।
\v 43 जब चाडको सबै दिनहरू सकिएको थियो, उहाँका बुबा-आमा घर फर्किन लागे, तर येशू यरूशलेममा नै रहनुभयो । उहाँ अझै त्यहीँ हुनुहुन्थ्यो भनेर उहाँका बुबा-आमाले थाहै पाएनन् ।
\v 44 तिनीहरूसित यात्रा गर्ने अरू मानिसहरूसित उहाँ हुनुहुन्छ भन्‍ने तिनीहरूलाई लाग्यो । दिनभरिको यात्रामा हिँडिसकेपछि, आफ्ना नातेदारहरू र साथीहरूको माझमा तिनीहरूले उहाँको खोजी गर्न शुरू गरे ।
\s5
\v 45 जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, उहाँलाई खोज्‍न तिनीहरू यरूशलेम फर्के ।
\v 46 तीन दिनपछि, तिनीहरूले उहाँलाई मन्दिरको चोकमा, यहूदी धर्म गुरूहरूको माझमा बसिरहनुभएको भेट्टाए । उहाँले तिनीहरूको शिक्षा सुनिरहेको थियो र तिनीहरूलाई उहाँले प्रश्‍नहरू सोधिरहनुभएको थियो ।
\v 47 उहाँले जे भन्नुभयो त्‍यो सुन्ने सबै मानिसहरू, उहाँले कति बुझ्‍नुभएको थियो र शिक्षकहरूले सोधेका प्रश्‍नहरूको जवाफ कति राम्ररी दिनुभएको थियो त्‍यसमा चकित परेका थिए ।
\s5
\v 48 जब उहाँको आमा-बुबाले उहाँलाई देखे, तिनीहरू साह्रै छक्‍क परे । उहाँकी आमाले उहाँलाई भनिन्, “मेरो छोरो, तिमीले हामीलाई किन यसो गरेको ? जसै हामीले तिमीलाई खोजिरहेका छौं तिम्रो बुबा र म साह्रै चिन्तित भएका छौं !”
\v 49 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “किन तपाईंहरूले मलाई खोजिरहनुभएको थियो? के तपाईंहरूलाई थाहा थिएन कि, मेरो पिताले जे गर्नुहुन्‍छ त्‍यसमा मलाई संलग्‍न हुनु आवश्‍यक छ?”
\v 50 तर उहाँले तिनीहरूलाई जे भन्‍नुभयो त्‍यसको अर्थ तिनीहरूले बुझेनन् ।
\s5
\v 51 त्‍यसपछि उहाँ तिनीहरूसित नासरत फर्किनुभयो, अनि उहाँले सधैँ तिनीहरूको आज्ञापालन गर्नुभयो । उहाँकी आमाले ती सबै कुराहरूलाई गहनरूपले बिचार गरिरहिन् ।
\v 52 जसै वर्षहरू बिते, येशू निरन्तर बुद्धिमान हुनुभयो र उचाइमा बड्‍नुभयो । उहाँमाथि परमेश्‍वर र मानिसहरूको अनुग्रह निरन्‍तर भइरह्‍यो ।
\s5
\c 3
\p
\v 1 जब तिवेरियस सिजरले रोमी साम्राज्यमा करिब पन्ध्र वर्ष शासन गरिरहेका थिए, पन्तियस पिलातस यहूदिया प्रान्तका राज्यपाल थिए, हेरोद एन्टिपासले गालील जिल्लामा शासन गर्दैथिए, तिनका भाइ फिलिपले इतुरिया र त्राकोनिटिसका क्षेत्रहरूमा शासन गर्दै थिए, र लुसानियासले अबिलेने क्षेत्रमा शासन गर्दै थिए ।
\v 2 त्यो समयमा, जब अन्‍नास र कैयाफा यरूशलेममा प्रधान पूजाहारीहरू थिए, परमेश्‍वरले जकरियाका छोरा यूहन्‍ना मरूभूमिमा बसेकै बेलामा तिनीसित बोल्नुभयो ।
\s5
\v 3 यर्दन नदीको वरिपरी भएका सबै ठाउँहरूमा यूहन्‍ना घुमिरहन्थे । उनले मानिसहरूलाई भनिरहन्थे, “यदि तिमीहरू आफ्ना पापहरू परमेश्‍वरले क्षमा गर्नुभएको चाहन्छौ भने तिमीहरूले पश्‍चाताप गर्नैपर्छ, त्यसपछि म तिमीहरूलाई बप्‍तिस्मा दिनेछु!"
\s5
\v 4 यशैया अगमवक्ताले धेरै पहिले नै चर्मपत्रमा यी वचनहरू लेखे: “उजाडस्थानमा कसैले कराइरहेको हुनेछ: परमप्रभुको मार्ग तयार पार, उहाँको निम्‍ती बाटोहरू सोझो बनाऊ ।
\s5
\v 5 सबै उपत्यकहरू भरिनेछ, र सबै हिमाल र पहाड समतल गराइनेछ; बाङ्गो-टेडो बाटोहरू सोझो हुनेछन्, र भत्‍केका बाटोहरू समथर बनाइनेछन् ।
\v 6 तब मानिसलाई बचाउने परमेश्‍वरको उपाय सबैले देख्‍नेछन् ।”
\s5
\v 7 तिनीद्वारा बप्‍तिस्मा लिन आइरहेका मानिसहरूको भिडहरूलाई यूहन्‍नाले भने, “तिमीहरू विषालु सर्पहरू जस्तै दुष्‍ट मानिसहरू हौ! एकदिन परमेश्‍वरले पाप गर्ने हरेकलाई दण्‍ड दिनुहुनेछ भनेर के तिमीहरूलाई कसैले पनि चेतावनी दिएन, होइन त ? परमेश्‍वरबाट उम्कन सक्छौं भनेर तिमीहरूले नसोच !
\s5
\v 8 त्यस्ता कामहरू गर जसले दर्शाउँछ कि तिमीहरू आफ्ना पापपुर्ण स्वभावबाट साँच्‍चै नै फर्केका छौ ! अनि आफैँले आफैँलाई यसो नभन, ‘हामीहरू अब्राहमका सन्‍तानहरू हौँ ! किनभने म तिमीहरूलाई भन्दछु कि परमेश्‍वरले यी ढुङ्गाहरूलाई अब्रहमका सन्‍तानहरू बनाउन सक्‍नुहुन्‍छ ।
\s5
\v 9 रूखहरूका जरामा पहिले नै बन्चरो राखिएको छ, ता कि असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ ।”
\s5
\v 10 त्‍यसपछि भिडमा भएका केही मानिसहरूले तिनलाई सोधे, “त्यसो भए हामीले के गर्नुपर्छ ?”
\v 11 उनले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूमध्‍ये कसैसित दुईवटा शर्टहरू छन् भने, शर्ट नभएकहरूमध्‍ये कसैलाई तिमीहरूले एउटा दिनैपर्छ । यदि तिमीहरूमध्ये कसैसित प्रसस्त खानेकुरा छन् भने, खाना नभएकहरूमध्‍ये कसैलाई तिमीहरूले दिनैपर्छ ।”
\s5
\v 12 कोही कर उठाउँनेहरू पनि युहन्‍नाकहाँ बप्‍तिस्मा लिन आए । तिनीहरूले उनलाई सोधे, “गुरु, हामीले के गर्नुपर्छ ?”
\v 13 उनले तिनीहरूलाई भने, “रोमी सरकारले तिमीहरूलाई उठाउनु भनेर तोकेको भन्दा बढी पैसा मानिसहरूबाट नउठाऊ ।”
\s5
\v 14 कोही सिपाहीहरूले तिनलाई सोधे, “अनि हामी चाहिँ ? हामीले के गर्नुपर्छ ?” उनले तिनीहरूलाई भने, “मानिसहरूलाई तर्साएर तिनीहरूबाट जबर्जस्ती पैसा नलेओ र कसैलाई केही अपराध गरेको छ भनी झूटो आरोप नलगाऊ ! आफुले जति रूपयाँ कमाउँछौ त्‍यति रकममा सन्तुष्‍ट हौ ।”
\s5
\v 15 सायद ख्रीष्‍ट चाँडै आउँदै हुनुहुन्छ भन्‍ने कुरामा मानिसहरू धेरै आशावादी हुँदैथिए, र तिनीहरूमध्‍ये धेरैले यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भन्ने बिचार गर्दैथिए ।
\v 16 तर यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म होइन ! ख्रीष्‍ट मभन्दा धेरे महान हुनुहुन्छ । उहाँ यति महान हुनुहुन्छ कि म उहाँको जुत्ताको तुना खोल्न पनि योग्यको छैन ! जब मैले तिमीहरूलाई बप्‍तिस्मा दिएँ, मैले पानीको मात्र प्रयोग गरेँ । तर जब ख्रीष्‍ट आउनुहुन्छ उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।
\s5
\v 17 असल फसलबाट खराब भुस छुटाउन लागि उहाँको हातमा नाङ्लो तयार छ । उहाँले फसललाई सुरक्षासाथ आफ्नो भकारीमा जम्मा गर्नुहुन्छ तर भुसलाई कहिल्यै ननिभ्‍ने आगोमा जलाउनुहुन्छ ।
\s5
\v 18 यसरी नै धेरै विभिन्‍न तरिकाले, यूहन्‍नाले मानिसहरूलाई पश्‍चाताप गर्न र परमेश्‍वरतिर फर्कन निवेदन गरे जसो तिनले परमेश्‍वरबाटको शुभ सन्देश उनीहरूलाई भनिरहे ।
\v 19 आफ्नो दाजुको पत्‍नी हेरोदियासलाई आफ्नो दाजु जिउँदो हुँदाहुँदै विवाह गरेको र अन्य धेरै दुष्‍ट कामहरू गरेकाले उनले हेरोद राजालाई पनि गाली गरे ।
\v 20 त्यसपछि हेरोदका सिपाहीहरूले यूहन्‍नालाई झ्यालखानमा हालिदिए, जुन अर्को एकदमै दुष्‍ट कुरा थियो ।
\s5
\v 21 तर यूहन्‍ना झ्यालखानमा हलिनु अघि, धेरै मानिसहरूको बप्‍तिस्मा भएको बेलामा, येशूको पनि बप्‍तिस्मा भयो । त्यसपछि उहाँले प्रार्थना गरिरहँदा आकाश खुल्यो ।
\v 22 त्‍यसपछि ढुकुरको रूपमा पवित्र आत्मा तल आउनुभयो र येशूमाथि बस्‍नुभयो । र परमेश्‍वरले स्वर्गबाट येशूसँग यसो भन्दै बोल्नुभयो, “तिमी मेरो पुत्र हौ, जसलाई म असाध्यै प्रेम गर्छु । म तिमीसँग अति प्रसन्‍न छु ।”
\s5
\v 23 येशूले परमेश्‍वरको काम सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा हुनुहुन्थ्यो ( अथवा यस्तो विचार गरिन्थ्यो ) । योसेफ एलिका छोरा थिए ।
\v 24 एली मत्ताताका छोरा थिए । मत्ताता लेवीका छोरा थिए । लेवी मल्कीका छोरा थिए । मल्‍की यान्‍नाका छोरा थिए । यान्‍ना योसेफका छोरा थिए।
\s5
\v 25 योसेफ मताथियासका छोरा थिए । मताथियास आमोसका छोरा थिए । आमोस नहूमका छोरा थिए । नहूम इसलीका छोरा थिए । इसली नग्गैका छोरा थिए ।
\v 26 नग्गै माथका छोरा थिए । माथ मताथियासका छोरा थिए । मताथियास सेमैन छोरा थिए ।
\s5
\v 27 सेमैन योसेखका छोरा थिए । योसेख योदाका छोरा थिए । योदा योआनानका छोरा थिए । योआनान रेसा छोरा थिए । रेसा यरुबाबेलका छोरा थिए । यरुबाबेल शालतियलका छोरा थिए । शालतियल नेरीका छोरा थिए ।
\v 28 नेरी मल्कीका छोरा थिए । मल्की अद्दिका छोरा थिए । अद्दी कोसामका छोरा थिए । कोसाम एलमादमका छोरा थिए । एलमादम एरका छोरा थिए ।
\v 29 एर यहोशूका छोरा थिए । यहोशू एलिएजरका छोरा थिए । एलिएजार योरीमका छोरा थिए । योरीम मत्तातका छोरा थिए । मत्तात लेवीका छोरा थिए ।
\s5
\v 30 लेवी शिमियोनका छोरा थिए । शिमियोन यहूदाका छोरा थिए । यहूदा योसेफका छोरा थिए । योसेफ योनानका छोरा थिए । योनान एल्याकीमका छोरा थिए ।
\v 31 एल्याकीम मेलेआका छोरा थिए । मेलेआ मिन्‍नाका छोरा थिए । मिन्‍ना मत्ताथाका छोरा थिए । मत्ताथा नातानका छोरा थिए । नातान दाऊदका छोरा थिए ।
\v 32 दाऊद यिशैका छोरा थिए । यिशै ओबेदका छोरा थिए । ओबेद बोअजका छोरा थिए । बोअज सल्मोनका छोरा थिए । सल्मोन नहशोनका छोरा थिए ।
\s5
\v 33 नहशोन अम्मीनादाबका छोरा थिए । अम्मीनादाब अदमिनका छोरा थिए । अदमिन अरनीका छोरा थिए । अरनी हेस्रोनक छोरा थिए । हेस्रोन पेरेसका छोरा थिए । पेरेस यहूदाका छोरा थिए ।
\v 34 यहूदा याकूबका छोरा थिए । याकूब इसहाकका छोरा थिए । इसहाक अब्राहामका छोरा थिए । अब्राहाम तेरहका छोरा थिए । तेरह नाहोरका छोरा थिए ।
\v 35 नाहोर सेरूगका छोरा थिए । सेरुग रेउका छोरा थिए । रेउ पेलेगका छोरा थिए । पेलेग एबेरका छोरा थिए । एबेर सेलाहका छोरा थिए ।
\s5
\v 36 सेलाह केनानका छोरा थिए । केनान अर्पक्षदका छोरा थिए । अर्पक्षद सेमका छोरा थिए । सेम नोहाका छोरा थिए । नोह लेमेखका छोरा थिए ।
\v 37 लेमेख मतूशेलहका छोरा थिए । मतूशेलह हनोकका छोरा थिए । हनोक येरेदका छोरा थिए । येरेद महलालेलका छोरा थिए । महलालेल केनानका छोरा थिए ।
\v 38 केनान एनोसका छोरा थिए । एनोस सेतका छोरा थिए । सेत आदमका छोरा थिए । आदम परमेश्‍वरलले सृष्‍टि गर्नुभएको परमेश्‍वरका छोरा थिए ।
\s5
\c 4
\p
\v 1 त्यसपछि येशू पवित्र आत्माले भरिएर यर्दन नदी छोड्नुभयो, र पवित्र आत्माले उहाँलाई उजाड स्थानमा लैजानुभयो ।
\v 2 पवित्र आत्माले उहाँलाई चालीस दिनसम्म उजाडस्थानमा यताउता डोर्‍याउनुभयो । उहाँ त्यहाँ हुनुहुँदा, दुष्‍टले उहाँको परीक्षा गरिरह्‍यो । येशू उजाडस्थानमा रहँदाको समय अवधिभरि नै उहाँले केही खानुभएन, त्यसैले जब चालीस दिन सकियो, उहाँ धेरै भोकाउनुभयो ।
\s5
\v 3 त्यसपछि दुष्‍टले येशूलाई भन्यो, “यदि तपाईं साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, तपाईंको निम्‍ती खानलाई रोटी होउन् भनि यी ढुंगाहरूलाई आज्ञा गर्नुहोस् ।
\v 4 येशूले जवाफ दिनुभयो, “अहँ ! म त्यसो गर्दिन किनकि धर्मशास्‍त्रमा लेखिएको छ, ‘मानिसलाई बाँच्‍नको लागि खानाभन्दा पनि बढी कुरा चाहिन्‍छ’ ” ।
\s5
\v 5 त्यसपछि दुष्‍टले येशूलाई अग्लो पहाडको माथि लग्यो र तुरन्तै संसारमा भएका सबै राष्‍ट्रहरू देखायो ।
\v 6 त्यसपछि त्यसले येशूलाई भन्यो, “म तिमीलाई यी सम्पूर्ण राष्‍ट्रहरूमा शासन गर्ने अधिकार दिनेछु र त्यहाँ भएका सबै वैभव र सम्पत्ति तिमीले पाउनेछौ । परमेश्‍वरले मलाई यी सबैचिजमाथि अधिकार गर्ने अनुमति दिनुभएको छ, र त्‍यसैले तिनीहरूमाथि मलाई जे गर्ने इच्छा हुन्‍छ म त्यही गर्न सक्छु ।
\v 7 त्‍यसैले यदि तिमीले मेरो आराधना गर्छौ भने म तिमीलाई यी सबैमाथि शासन गर्न दिनेछु ।”
\s5
\v 8 तर येशूले जवाफ दिनुभयो, “अहँ ! म तेरो आराधना गर्दिन, किनकि धर्मशास्‍त्रमा लेखिएको छ, “तैँले आफ्ना परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नुपर्छ । तैँले उहाँको मात्र सेवा गर्नुपर्छ ।’”
\s5
\v 9 त्यसपछि दुष्‍टले येशूलाई यरूशलेममा लग्यो । त्‍यसले उहाँलाई मन्दिरको माथिल्लो भागमा लग्‍यो र उहाँलाई भन्यो, “यदि तपाईं साँच्‍चै परमेश्‍वरको पुत्र हुनहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस् ।
\v 10 तपाईंलाई चोट लाग्‍ने छैन, किनकि धर्मशास्‍त्रमा यस्तो लेखिएको छ, ‘परमेश्‍वरले तपाईंको सुरक्षा गर्नलाई आफ्‍ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
\v 11 यस्तो पनि लेखिएको छ, तपाईं तल खस्दैगर्दा तिनीहरूले आफ्‍ना हातहरूमा तपाईँलाई माथि उचाल्‍नेछन्, ताकि तपाईंलाई कुनै चोट लाग्‍ने छैन । तपाईंका खुट्टाले ढुङ्गालाई छुने पनि छैन ।’”
\s5
\v 12 तर येशूले जवाफ दिनुभयो, “अहँ ! म त्यसो गर्ने छैन, किनकि धर्मशास्‍त्रमा लेखिएको छ: ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परिक्षा नगर्नु ।’”
\v 13 यसरी दुष्‍टले धेरै प्रकारले येशूलाई परीक्षामा पार्ने कोशिश गरिसकेपछि, त्‍यसले उहाँलाई पछिल्‍लो समयसम्‍मलाई छोडेर गयो ।
\s5
\v 14 यसपछि येशू उजाडस्थानमा छोडिनुभयो र गालील जिल्ला फर्कनुभयो । पवित्र आत्माले उहाँलाई सामर्थ्य तुल्‍याइरहनुभयो । त्‍यस इलाकामा भएका मानिसहरूले येशूको बारेमा सुने र उहाँको बारेमा अरूहरूलाई बताए ।
\v 15 उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो, र उहाँको शिक्षाको कारणले तिनीहरू सबैले उहाँको उच्‍च प्रशंसा गरे ।
\s5
\v 16 त्यसपछि येशू नासरतमा जानुभयो, जुन नगरमा उहाँ हुर्कनुभयो । विश्राम-दिनमा उहाँ सभाघरमा जानुभयो, जस्‍तो उहाँ सधैँ जानुहुन्‍थ्‍यो । धर्मशास्‍त्रबाट चर्को स्वरले पाठ गर्न उहाँ खडा हुनुभयो ।
\v 17 सभाघरका सहयोगीले उहाँलाई वचन भएको चर्मपत्रको एउटा मुठ्ठो प्रदान गरे जसलाई यशैया अगमवक्ताले लामो समय पहिले लेखेका थिए । येशूले चर्मपत्रको मुठ्ठो खोल्नुभयो र यस्‍तो ठाउँ भेट्टाउनुभयो जहाँ यी वचन लेखिएका थिए:
\s5
\v 18 “परमप्रभुको आत्मा ममा हुनुहुन्छ । गरीब मानिसहरूलाई परमेश्‍वरको शुभ समाचार सुनाउनलाई उहाँले मलाई नियुक्ति गर्नुभएको छ । बन्धनमा परेकाहरूलाई स्वतन्‍त्रको घोषणा गर्नलाई उहाँले मलाई पठाउनुभएको छ, र दृष्‍टिविहिन सबैलाई फेरी देख्‍न सक्‍नेछन् भन्‍नलाई, थिचोमिचोमा परेका मानिसहरूलाई म स्वतन्‍त्र गराउनेछु ।
\v 19 परमप्रभुले मानिसप्रति कृपालु भई काम गर्नुहुने समय अहिले नै हो भनी घोषणा गर्न उहाँले मलाई यहाँ पठाउनुभयो ।
\s5
\v 20 त्यसपछि उहाँले चमर्पत्रको मुट्ठो बेर्नुभयो र सहयोगीलाई फिर्ता दिनुभयो र भईंमा बस्‍नुभयो । सभाघरमा भएका हरेकले उहाँलाई एकाग्र भएर हेरिरहेका थिए ।
\v 21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ धर्मशास्‍त्रको यो खण्‍ड आज तिमीहरूको सुनाईमा पूरा भयो ।”
\v 22 उहाँले जे भन्‍नुभयो त्‍यो त्यहाँ भएका सबैले सुने र उहाँमा चकित भए, र उहाँले त्‍यति राम्रोसित बोल्‍नुभएकोमा आश्‍चर्यमा परे। तर तिनीहरूमध्‍ये कसैले यसो भने, “यिनी त योसेफका छोरो हुन्, होइन र ?”
\s5
\v 23 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चित रूपमा तिमीहरूमध्ये कसैले ‘ए वैद्य आफैँलाई निको पार ! भन्‍ने हितोपदेशको वाक्य मेरो निम्‍ति उद्धृत गर्नेछौ । तिमीहरू यसो भन्‍नेछौ, “तिमीले कफर्नहुममा गरेको जस्‍तै आश्‍चर्य कामहरू यहाँ आफ्‍नो गृहनगरमा पनि गर ।”
\v 24 त्यसपछि उहाँले भन्‍नुभयो, “यो निश्‍चय नै साँचो कुरा हो कि अगमवक्ताका आफ्नै गृहनगरमा मानिसहरूले उनको अगमवाणीको वचन स्वीकार गर्दैनन् ।
\s5
\v 25 तर यस बारेमा विचार गर: एलिया अगमवक्ताले जीवन बिताएको समयमा इस्राएलमा धेरै विधवाहरू थिए । तब त्यहाँ देशभरि नै ठूलो अनिकाल पर्‍यो किनभने त्‍यहाँ साढे तीन वर्षसम्म पानी परेको थिएन ।
\v 26 तर परमेश्‍वरले एलियालाई इस्राएलमा भएका कुनै पनि विधवाहरूलाई सहायता गर्न पठाउनुभएन । तर एकजना विधवालाई सहायता गर्न परमेशवरले तिनलाई सिदोन सहरको नजिक रहेको सारपत नगरमा पठाउनुभयो ।
\v 27 एलिया अगमवक्ताले जीवन बिताएको समयमा इस्राएलमै पनि धेरै कुष्‍ट रोगीहरू थिए । तर एलियाले तिनीहरूमध्‍ये कसैलाई पनि निको परेनन् । तिनले सिरियाका एकजना मनिस नामानलाई मात्र निको गरे ।
\s5
\v 28 जब सभाघरमा भएका सबै मानिसहरूले उहाँले त्‍यसो भनेको सुने, तिनीहरू धेरै रिसाए ।
\v 29 त्‍यसैले तिनीहरू सबै उठे र उहाँलाई धकेल्‍दै सहरबाट बाहिर लगे । तिनीहरूले उहाँलाई ठाडो भीरबाट फालिदिन र उहाँलाई मार्नको लागि तिनीहरूको सहर बाहिरको पहाडको चुचुरोमा लगे ।
\v 30 तर उहाँ तिनीहरूकै माझमा हिंड्‍नुभयो र निस्‍केर जानुभयो ।
\s5
\v 31 एकदिन उहाँ गालील जिल्लाको एउटा नगर कफर्नहुममा झ्रर्नुभयो । त्‍यसपछिको विश्राम-दिनमा उहाँले सभाघरमा भएका मानिसहरूलाई सिकाउनुभयो ।
\v 32 उहाँले जे सिकाउँदै हुनुहुन्‍थ्‍यो त्‍यसमा तिनीहरू लगातार आश्‍चर्यचकित भए, किनकि उहाँले निश्‍चयताकासाथ बोल्नुभयो ।
\s5
\v 33 त्यसैदिन सभाघरमा एउटा मानिस थियो जो एउटा दुष्‍ट आत्माद्वारा नियन्‍त्रित थियो । त्‍यस मानिसले उच्‍च स्वरले करायो,
\v 34 “हे ! नासरतका येशू ! दुष्‍ट आत्माहरूको तपाईंसँग केही सरोकार छैन ! के तपाईं हामी सबैलाई नाश गर्न आउनु भएको छ ? तपाईं को हुनुहुन्छ भनी म जान्‍दछु । तपाईं परमेश्‍वरबाट आउनुभएको पवित्रजन हुनहुन्छ !”
\s5
\v 35 येशूले दुष्‍ट आत्मालाई यसो भन्दै हप्‍काउनुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्की !” त्यस मानिसलाई दुष्‍ट आत्माले मानिसहरूको माझमा तल जमिनमा फ्याँकिदियो र त्‍यसलाई कुनै हानी नपुर्‍याई त्‍यसबाट बाहिर निस्क्यो ।
\v 36 सभाघरमा भएका सबै मानिसहरू आश्‍चर्यचकित भए । तिनीहरूले आपसमा भने, “उहाँ निश्‍चयताको साथ बोल्नुहुन्छ र उहाँको वचनमा धेरै शक्ति छ ! दुष्‍ट आत्माहरूले पनि उहाँको आज्ञा मान्छन् र उहाँले आज्ञा गर्नुहुँदा तिनीहरू मानिसहरूबाट बाहिर निस्कछन् ।”
\v 37 र येशुले जे गर्नुभयो त्‍यसको बारेमा वरिपरिका इलाकाहरू हरेक ठाउँमा मानिसहरूले कुरा गरिरहे ।
\s5
\v 38 त्यसपछि येशूले सभाघर छाड्नुभयो र सिमोनको घरमा जानुभयो । सिमोनकी सासू बिरामी थिइन् र ज्वरो धरै थियो । तिनलाई निको पारिदिनु भनी त्यहाँ भएका केही मानिसहरूले येशुलाई बिन्‍ती गरे ।
\v 39 त्यसैले उहाँ तिनीतिर निउरिनुभयो र तिनीबाट हट्न ज्वरोलाई आज्ञा गर्नुभयो । तिनी तुरन्तै निको भइन् ! तिनी उठिन् र उहाँहरूलाई केही खाना पस्‍किन् ।
\s5
\v 40 त्‍यसदिन जब घाम अस्ताउँदै थियो, धेरै मानिसहरूले आफ्‍ना साथीहरू वा नातेदारहरूलाई येशूकाहाँ ल्याए जो धेरै किसिमका रोगहरूले बिरामी थिए । उहाँले तिनीहरूमाथि आफ्‍नो हातहरू राख्‍नुभयो र तिनीहरू सबैलाई निको पार्नुभयो ।
\v 41 दुष्‍ट आत्माहरूलाई धेरै मानिसहरूबाट बाहिर निस्‍कनलाई पनि उहाँले जबरजस्‍ति गरिरहनुभयो । जसै दुष्‍ट आत्माहरूले ती मानिसहरूलाई छोड्थे, उच्‍च स्वरले तिनीहरूले येशूलाई भन्थे, “तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ!” तर अरू मानिसहरूलाई उहाँको बारेमा नभन्‍नलाई उहाँले ती दुष्‍ट आत्माहरूलाई आज्ञा गर्नुभयो, किनकि उहाँ ख्रीष्‍ट नै हुनुहुन्थ्यो भन्‍ने तिनीहरू जान्‍दथे ।
\s5
\v 42 भोलिपल्ट बिहानै येशूले त्यो घर छोड्नुभयो र प्रार्थना गर्नलाई एउटा निर्जन ठाउँमा जानुभयो । मानिसका भिडहरूले उहाँलाई खोज्‍दैथियो र जब तिनीहरूले उहाँलाई भेट्टाए, तिनीहरूलाई छोडेर नजान तिनीहरूले उहाँलाई बिन्‍ती गरिरहे ।
\v 43 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले अरू सहरहरूमा भएका मानिसहरूलाई पनि कसरी परमेश्‍वरले हरेकमाथि शासन गर्न जाँदैहुनुहुन्‍छ भन्‍ने सन्देश भन्‍नैपर्छ, किनकि त्यही काम गर्नलाई मलाई पठाइएको हो ।”
\v 44 त्यसैले उहाँले यहूदिया प्रान्‍तका विभिन्‍न नगरहरूमा भएका सभाघरहरूमा प्रचार गर्दैरहनुभयो ।
\s5
\c 5
\p
\v 1 एक दिन येशूको वरिपरी धरै मानिसहरू भिड लागिरहँदा र उहाँले सिकाउनु भएको परमेश्‍वरको सन्देश सुनिरहँदा, उहाँ गनेसरेत तालको छेउमा खडा हुनुहुन्थ्यो ।
\v 2 उहाँले त्‍यस तालको किनारमा दुईवटा माछा मार्ने डुङ्गाहरू देख्‍नुभयो । माझीहरूले डुङ्गाहरू छाडेका थिए र तिनीहरूका माछा मार्ने जालहरू धुँदैथिए ।
\v 3 दुईवटा डुङ्गाहरूमध्ये एउटामा येशू चड्नुभयो; यो डुङ्गा सिमोनको थियो । डुङ्गालाई किनारबाट अलि पर धकेल्‍न येशूले सिमोनलाई भन्‍नुभयो । येशू त्‍यो डुङ्गामा बस्‍नुभयो र त्यहाँबाट भिडहरुलाई लगातार शिक्षा दिनुभयो ।
\s5
\v 4 उहाँले तिनीहरूलाई शिक्षा दिइसकेपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई अलि गहिरोतिर लैजाऊ र केही माछाहरू समात्‍नका लागि तिम्रो जाल हान ।”
\v 5 सिमोनले जवाफ दिए, “गुरू, हामीले पुरै रातभरी कडा परिश्रम गर्‍यौँ गरे तापनि हामीले एउटै माछा पनि समातेनौं । तर तपाईंले भन्‍नुभएको कारणले म फेरी जाल हान्‍नेछु ।”
\v 6 त्यसैले सिमोन र तिनका मान्छेहरूले तिनीहरूका जालहरू हाने र तिनीहरूले यति धेरै माछाहरू समाते कि तिनीहरूका जालहरू फाट्न लागे ।
\v 7 तिनीहरूले अरू डुङ्गाहरूमा भएका आफ्ना माछा मार्ने साथीहरूलाई तिनीहरूका डुङ्गामा आउन र तिनीहरूलाई सहायता गर्न ईशारा गरे । त्यसैले तिनीहरू आए र ती दुवै डुङ्गाहरूलाई माछाहरूले यति धेरै भरे कि ती डुब्‍न लागे ।
\s5
\v 8 यो देखेर सिमोन पत्रुस येशूको पाऊमा परे र भने, “कृपया मलाई छाडिनुहोस्, किनभने म एउटा पापी मानिस हुँ, प्रभु ।”
\v 9 तिनीहरूले त्यति धेरै संख्यामा माछाहरू समात्‍न सकेको कारणले चकित भएर तिनले यसो भनेका थिए । जब्दीका छोराहरू याकूब र यूहन्‍ना, जो सिमोनका माछा समात्‍ने साझेदारहरू मध्येका दुईजना थिए, ती सहित तिनीसित भएका सबै मानिसहरू पनि चकित भए ।
\v 10 तर येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ ! अहिलेसम्म तिमीले माछा जम्‍मा पार्‍यौ, तर अबदेखि उसो मेरो चेलाहरू हुनलाई तिमीले मानिसहरूलाई जम्‍मा गर्नेछौ ।”
\v 11 त्यसैले मानिसहरूले डुङ्गाहरू किनारमा ल्याएपछि, तिनीहरूले आफ्ना माछा मार्ने व्यवसाय र हरेक कुरा छाडे र येशूसँगै गए ।
\s5
\v 12 जब नजिकैका नगरहरूमध्‍ये एउटामा येशू हुनुहुन्‍थ्‍यो, त्‍यहाँ एउटा मानिस थियो जो कुष्‍ट रोग भनिने छालाको रोगले ढाकिएका थिए । जब त्यसले येशूलाई देख्यो, त्यो उहाँको अघि भुईंमा घोप्‍टो पर्‍यो र उहाँसँग बिन्ती गर्‍यो, “हे प्रभु, कृपया मलाई निको पार्नुहोस्, किनभने यदि तपाईंले चाहानुभयो भने, तपाईंले मलाई निको पार्न सक्‍नुहुन्छ ।”
\v 13 तब येशूले आफ्‍नो हात पसार्नुभयो र त्यस मानिसलाई छुनुभयो । उहाँले भन्‍नुभयो, “म तिमीलाई निको पार्न चाहान्‍छु र म अहिले नै तिमीलाई निको पार्छु !” त्यो मानिस तुरन्तै निको भयो । त्‍योसँग कुष्‍ट रोग रहेन !
\s5
\v 14 तब येशूले त्यसलाई भन्‍नुभयो, “तिमी निको भएको बारेमा मानिसहरूलाई तुरन्तै भन्‍दै नभन्‍नु । पहिले यरूशलेममा भएका पूजाहारीकहाँ जाऊ र आफैँलाई तिनीकाहाँ देखाऊ ता कि तिनले तिम्रो जाँच गरून् र तिमीमा अब कुष्‍टरोग छैन भनी देखुन् । र कुष्‍टरोगबाट निको भएका मानिसहरूले चडाउनु भनेर मोशाले आज्ञा गरेको भेटी पनि पूजाहारीकहाँ लिएर जाऊ ।”
\s5
\v 15 तर येशूले त्यस मानिसलाई कसरी निको पार्नुभएको थियो भन्‍ने बारेमा धेरै मानिसहरूले सुने । परिणामस्वरूप उहाँको शिक्षा सुन्‍न र तिनीहरूका रोगहरूबाट उहाँले तिनीहरू निको पार्नलाई धेरै ठूलो भिडहरू येशूकहाँ आए ।
\v 16 तर उहाँ प्रायजसो तिनीहरूबाट अलग भई एकान्त ठाउँहरूमा जानुहुन्‍थ्‍यो र प्रार्थना गर्नुहुन्थ्यो ।
\s5
\v 17 एकदिन जब येशूले शिक्षा दिइरहनुहुँदा, फरिसी गुटका केही मानिसहरू नजिकै बसिरहेका थिए । तिनीहरूमध्ये कोही यहूदी व्यवस्थाका विज्ञ शिक्षकहरू थिए । तिनीहरू गालील जिल्लाका धेरै गाउँहरू र यरूशलेमबाट, र यहूदियाको प्रान्तका अरू सहरहरूबाट पनि आएका थिए । त्‍यसैबेला मानिसहरूलाई निको पार्न परमप्रभुले येशूलाई शक्ति दिंदै हुनुहुन्थ्‍यो ।
\s5
\v 18 येशू त्यहाँ भएकै बेलामा धेरै मानिसहरूले एकजना मानिसलाई उहाँकाहाँ ल्याए जसलाई पक्षघात भएको थियो । तिनीहरूले त्यस मानिसलाई सुत्‍ने ओछ्यानमा नै बोकेर ल्याइरहेका थिए र त्‍यसलाई येशूको अघि राखिदिनको लागि घरभित्र ल्‍याउने कोशिश गरे ।
\v 19 तर त्यस घरमा मानिसहरूको एउटा ठूलो भिड हुनाले तिनीहरूले त्‍यसलाई भित्र लैजान सकेनन्, त्यसैले तिनीहरू बाहिर भर्‍याङ्गबाट त्यस घरको छानोमाथि चढे । त्यसपछि एउटा प्वाल बनाउनलाई तिनीहरूले छानोमा भएका केही टायलहरू हटाए । तिनीहरूले त्यो मानिसलाई उसको खाटसमेत त्यस प्वालबाट भिडको माझमा तल झारे र त्‍यसलाई येशूको ठीक अगाडि राखे ।
\s5
\v 20 उहाँले त्यस मानिसलाई निको पार्न सक्‍नुहुन्छ भनी तिनीहरूले विश्‍वास गरेको कुरा जब येशूले थाहा पाउनुभयो, तब उहाँले त्यसलाई भन्‍नुभयो, “मित्र, म तिम्रा पापहरू क्षमा गर्दछु ।”
\v 21 यहूदी व्यवस्थाका विज्ञ शिक्षकहरू तथा अरू फरिसीहरूले आफैँमा विचार गर्नथाले, “यो मानिस घमण्डी हो र त्यसो भनेर परमेश्‍वरको अपमान गर्दैर्छ ! हामी सबैलाई थाहा छ कि परमेश्‍वरबाहेक अरू कसैले पनि पापहरू क्षमा गर्न सक्दैन !”
\s5
\v 22 तिनीहरूले के सोच्‍दैछन् भन्‍ने कुरा येशूलाई थाहा थियो । त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले जे भने त्‍यस बारेमा तिमीहरूले आफैँमा प्रश्‍न गर्नु पर्दैन ! यो कुरो विचार गर:
\v 23 ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु सजिलो छ किनभने त्‍यस व्‍यक्तिले साँच्‍चै क्षमा पाएको छ कि छैन भनेर कसैले पनि देख्‍न सक्दैन । तर ‘उठ र हिड’ भन्‍नु सजिलो छैन किनभने ऊ निको भयो कि भएन भनेर मानिसहरूले तुरन्तै देख्‍न सक्दछन् ।
\v 24 पृथ्वीमा भएका मानिसहरूका पापहरू क्षमा गर्नलाई पनि म, मानिसको पुत्रलाई, परमेश्‍वरले अनुमति दिनुभएको छ भनी तिमीहरूलाई थाहा हुनेछ भन्‍ने हेतुले म यस मानिसलाई निको पार्नेछु ।” त्यसपछि उहाँले त्यो पक्षघात भएको मानिसलाई भन्‍नुभयो, “म तिमीलाई भन्दछु, ‘उठ र तिम्रो ओछ्यान उठाऊ र घर जाऊ ।’”
\s5
\v 25 त्यो मानिस तुरन्तै निको भयो ! तिनीहरू सबैको अगाडि ऊ खडा भयो । उसले आफू सुतिरहेको ओछ्यान उठायो, र परमेश्‍वरको प्रशंसा गर्दै घर गयो ।
\v 26 त्यहाँ भएका सबै मानिसहरू छक्‍क परे ! तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र यशूले गर्नुभएको काम देखेर आश्‍चर्यचकित भए । तिनीहरूले यसो भनिरहे, “हामीले आज आश्‍चर्यपूर्ण कुराहरू देख्यौँ ।”
\s5
\v 27 त्‍यसपछि येशूले त्यो ठाउँ छाड्नुभयो र लेवी नाम गरेको मानिसलाई देख्‍नुभयो जसले रोमी सरकारका लागि करहरू उठाउँथे । तिनी अड्डामा बसिरहेको थियो जाहाँ सरकारले मांग गरेको कर तिर्न मानिसहरू आउँथे । येशूले तिनलाई भन्‍नुभयो, “मसँग आऊ र मेरो चेला बन !”
\v 28 त्यसैले लेवीले आफ्‍नो काम छाडे र येशूसँग गए ।
\s5
\v 29 पछि लेवीले तिनको आफ्नै घरमा येशू र उहाँका चेलाहरूको लागि एउटा ठूलो भोज तयार गरे । त्यहाँ कर उठाउँनेहरूको एउटा ठूलो समूह र अरूहरू तिनीहरू सँगसँगै खाइरहेका थिए ।
\v 30 फरिसी गुटका केही मानिसहरू, यहूदीहरूको व्यवस्था सिकाउनेहरूले समेत यसो भन्दै येशूका चेलाहरूसित गुनासो गरे, “तिमीहरूले कर उठाउनेहरू र अरू भयङ्कर पापीहरूसित सँगै खानुहुँदैन ।”
\v 31 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरू जो बिरामी हुन्‍छन् तिनीहरूलाई डाक्टरको आवश्यकता पर्छ भन्‍ने थाहा हुन्‍छ, आफूलाई स्‍वस्‍थ विचार गर्नेहरुलाई होइन।
\v 32 यसैगरी, जसले आफैँलाई धर्मी भएको विचार गर्छन् तिनीहरूलाई मकहाँ आउने निम्‍तो दिनलाई म स्वर्गबाट आइन । बरु जसले आफ्ना पापमय स्वभावबाट फर्किन र मकहाँ आउन आफैँलाई पापीहरू हौँ भनी जान्‍दछन् तिनीहरूलाई निम्‍तो दिन म आएँ ।”
\s5
\v 33 ती यहूदी अगुवाहरूले येशूलाई भने, “बप्‍तिस्मा दिने युहन्‍नाका चेलाहरू खानेकुराबाट अलग बस्‍छन् र प्रार्थना गर्छन् र फरासीहरूका चेलाहरूले पनि त्यसै गर्दछन् । तर तपाईंका चेलाहरूले खाइरहन्छन् र पिइरहन्छन् ! किन अरूहरूले झैँ तिनीहरू उपवास बस्‍दैनन्?”
\v 34 येशूले जवाफ दिनुभयो, “दुलाहसँगै भएको बेलामा तिमीहरूले उसका मित्रहरूलाई उपवास बस भन्दैनौ, भन्छौ त ? अहँ, कसैले पनि त्यसो गर्दैन !
\v 35 तर दुलाहालाई कुनै दिन तिनका मित्रहरूबाट लगिनेछ । तब त्यसबेला तिनीहरू खानेकुराबाट अलग हुनेछन् ।”
\s5
\v 36 त्यसपछि आफूले भन्‍न खोज्‍नुभएको कुरालाई स्पष्‍ट पार्नलाई येशूले अरू उदाहरणहरू दिनुभयो: उहाँले भन्‍नुभयो, “मानिसहरूले कहिल्यै पनि नयाँ कपडाको एउटा टुक्रा च्यात्‍ने र पुरानो कपडालाई मर्मत गर्न त्‍यसले टाल्‍ने काम गर्दैनन् । यदि तिनीहरूले त्यसो गरे भने तिनीहरूले नयाँ कपडालाई च्यातेर त्यसलाई बिगार्दछन् र नयाँ कपडा टुक्रा पुरानोमा मेल खाँदैन ।
\s5
\v 37 र नयाँ निचोरिएको अङ्गुर-मद्य राख्‍नलाई कसैले पनि पुरानो मशकहरूभित्र हाल्दैन । यदि कसैले त्यसो गरे, ती मशकहरू च्‍यातिन्‍छन् किनभने जब नयाँ अङ्गुर-मद्य उम्लिन्‍छ र फैलिन्‍छ तिनीहरू तन्किदैनन् । तब मशकहरू खराब हुन्‍छन्, र अङ्गुर-मद्य पनि खराब हुन्‍छ, किनभने त्यो पोखिन्छ ।
\v 38 बरु, नयाँ अङ्गुर-मद्यलाई नयाँ मशकहरूमै हालिनुपर्छ ।
\v 39 यसका अतिरिक्त, पुरानो अङ्गुर-मद्य मात्रै पिएकाहरू त्‍यसमै सन्‍तुष्‍ट हुन्‍छन् । तिनीहरू नयाँ अङ्गुर-मद्य पिउन चाहदैनन्, किनभने तिनीहरू भन्छन्, “पुरानै अङ्गुर-मद्य असल छ ।”
\s5
\c 6
\p
\v 1 एक विश्राम-दिनमा, जसै येशू र उहाँका चेलाहरू कुनै अन्‍नबालीको खेतबारीमा हिँडिरहनुभएको थियो, चेलाहरूले अन्‍नका केही बालाहरू टिपिरहेका थिए । तिनीहरूले अन्‍नलाई भुसबाट अलग गर्न ती आफ्नो हातमा माडे र अन्‍न खाए ।
\v 2 यो हेरिरहेका केही फरिसीहरूले तिनीहरूलाई भने, “तिमीहरूले काम गर्नु हुँदैन, हाम्रो व्यवस्थाले हामीलाई विश्राम दिनमा काम गर्न निषेध गरेको छ ।”
\s5
\v 3 येशूले फरिसीहरूलाई जवाफ दिनुभयो, “जब राजा दाऊद र तिनीसँग भएका मानिसहरू भोकाए तब तिनले के गरे भन्‍ने बारेमा धर्मशास्‍त्रमा लेखिएको कुरा निश्‍चय नै तिमीहरूले पढेका छौ !
\v 4 जसो तिमीहरूलाई थाहा छ, दाऊद भेटहुने पालभित्र पसे र केही खानेकुरा मागे । पूजाहारीले तिनलाई त्‍यो रोटी दिए जसलाई परमेश्‍वरको अगाडि राखिएको थियो । मोशाको एउटा व्यवस्थामा परमेश्‍वरले पूजाहारीहरूलाई मात्र यो रोटी खाने अनुमति छ भन्‍नुभएको थियो । तर दाऊद र तिनका मानिसहरू पूजाहारी थिएनन् तापनि, तिनले केहि रोटी खाए र आफूसँग भएका मानिसहरूलाई पनि केहि दिए ।
\v 5 येशूले तिनीहरूलाई यो पनि भन्‍नुभयो, “त्यसरी नै विश्राम दिनमा मानिसहरूको लागि के गर्नु असल छ त्यो निर्धारण गर्ने अधिकार मानिसको पुत्रलाई छ ।”
\s5
\v 6 अर्को विश्राम दिनमा येशूले सभाघरमा मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो र एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो ।
\v 7 त्‍यहाँ भएका यहूदी व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले येशूलाई नजिकबाट हेरिरहेका थिए । कतै उहाँले त्यस मानिसलाई निको पार्नुहुन्‍छ कि भनी तिनीहरू हेर्न चाहान्‍थे र विश्रामको दिनमा काम गर्नु हुँदैन भन्‍ने तिनीहरूको व्यवस्थामा आज्ञाकारी नहुनुभएको भनी तिनीहरू उहाँलाई दोष लगाउन चाहन्थे ।
\v 8 तर तिनीहरू के बिचार गर्दैछन् भन्‍ने येशूलाई थाहा थियो । त्‍यसैले हात सुकेको मानिसलाई उहाँले भन्‍नुभयो, “आऊ र यहाँ हरेकको अगाडि खडा होऊ ।” यसकारण त्यो मानिस उठ्‍यो र त्‍यहाँ खडा भयो ।
\s5
\v 9 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई यो सोध्छु: परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थामा मानिसहरूलाई विश्राम दिनमा असल गर्ने वा खराब गर्ने के आज्ञा दिनुहुन्‍छ ? विश्राम दिनमा जीवन बचाउने कि त्‍यसलाई नाश गर्ने ?”
\v 10 उहाँलाई कसैले पनि उत्तर दिएन, त्यसकारण उहाँले वरिपरि तिनीहरू सबैलाई हेर्नुभयो र त्‍यसपछि त्‍यो मानिसलाई भन्‍नुभयो, “तिम्रो सुकेको हात सिधा गर ।” त्यो मानिसले त्यसै गर्‍यो र त्‍यसको हात फेरी पूर्ण रूपमा निको भयो ।
\v 11 तर धार्मिक अगुवाहरू धरै रिसाए र येशूलाई निकाल्‍न तिनीहरूले के गर्ने होला भन्‍ने बारेमा तिनीहरूले एक आपसमा छलफल गरे ।
\s5
\v 12 एकदिन, त्यसको केही समयपछि, प्रार्थना गर्नलाई येशू माथि पहाडमा जानुभयो । त्‍यहाँ उहाँले परमेश्‍वरसँग रातभरि प्रार्थना गर्नुभयो ।
\v 13 अर्को दिन उहाँले आफ्ना सबै चेलाहरू आफ्नो नजिक आउनलाई बोलाउनुभयो । उहाँले तिनीहरूमध्येबाट बाह्र जना मानिसहरू छान्‍नुभयो जसलाई उहाँले प्रेरितहरू पनि भन्‍नुभयो ।
\s5
\v 14 यी मानिसहरू थिए: सिमोन, जसलाई उहाँले नयाँ नाम पत्रुस दिनुभयो ; अन्द्रियास, पत्रुसको कान्छो भाइ ; याकूब र उन्को कान्छो भाइ यूहन्‍ना ; फिलिप ; बारथोलोमाइ ;
\v 15 मत्ती, जसको अर्को नाम लेवी थियो ; थोमा ; अर्को याकूब, अल्फयसको छोरा ; सिमोन उग्रपन्थी,
\v 16 यहूदा, याकूब नाम गरेका एकजना अर्कै मानिसको छोरो ; र यहूदा इस्कोरियोत, जसले पछि येशूलाई धोखा दिए ।
\s5
\v 17 येशू आफ्ना चेलाहरूसँग माथि डाँडाबाट तल आउनुभयो र एउटा समतल भागमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको एउटा ठूलो भिड थियो । त्यहाँ मानिसहरूको पनि एउटा ठूलो भिड थियो जो यरूशलेमबाट र यहूदिया क्षेत्रमा भएका अरू धेरै ठाउँहरूबाट, र टायर तथा सिदोन शहरहरूका नजिकैको तटीय क्षेत्रहरूबाट आएका थिए ।
\v 18 येशूले तिनीहरूलाई शिक्षा दिनुभएको सुन्‍नलाई र आफ्‍ना रोगहरूबाट निको हुनलाई तिनीहरू त्यहाँ आएका थिए । उहाँले तिनीहरूलाई पनि निको पार्नुभयो जो दुष्‍ट आत्माहरूबाट सताइएका थिए ।
\v 19 भिडमा भएका हरेकले उहाँलाई छुने कोसिस गरे, किनभने आफ्नो शक्तिद्वारा उहाँले हरेकलाई निको पार्दै हुनुहुन्‍थ्‍यो ।
\s5
\v 20 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “जो गरीब छौ त्‍यो तिमीहरूका लागि धेरै असल छ, किनभने परमेश्‍वरले तिमीहरूमाथि राज्य गर्दै हुनुहुन्‍छ ।
\v 21 जो अहिले भोकाएका छौ त्‍यो तिमीहरूका लागि धेरै असल छ, किनभने परमेश्‍वरले तिमीहरूलाई आवश्यक सबै थोकहरू दिनुहुनेछ । जो अहिले शोक गर्दैछौ त्‍यो तिमीहरूका लागि धेरै असल छ, किनभने परमेश्‍वरले तिमीहरूलाई कुनै दिन आनन्दले हाँस्‍ने बनाउनुहुनेछ ।
\s5
\v 22 जब अरू मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, जब तिनीहरूले तिमीहरूलाई तिरस्‍कार गर्छन्, जब तिनीहरूले तिमीहरूलाई अपमान गर्छन् र तिमीहरूले म, मानिसको पुत्रलाई पछ्याएको कारणले तिमीहरू दुष्‍ट हौ भन्‍छन्, त्‍यो धेरै असल छ ।
\v 23 जब त्‍यस्तो हुन्छ, रमाओ! माथि-तल उफ्र किनभने तिमीहरू धेरै खुशी छौ ! परमेश्‍वरले तिमीहरूलाई स्वर्गमा एउटा ठूलो इनाम दिनुहुनेछ ! यो नबिर्स कि तिनीहरूका पुर्खाहरूले पनि धेरै पहिले परमेश्‍वरका अगमवक्ताहरूलाई यस्तै कुराहरू गरे!
\s5
\v 24 तर जो धनी छौ तिमीहरूका लागि कति दुख छ ; तिमीहरूले पाउने सबै सुख सयल तिमीहरूका धन-सम्‍पतिले तिमीहरूलाई दिइसकेको छ।
\v 25 तिमीहरूको लागि कति दुखको कुरा छ जसले सोंच्दछौ कि जे तिमीहरूलाई अहिले आवश्यक पर्छ, ती सबै थोक तिमीहरूसँग छ ; यी थोकहरूले तिमीहरूलाई सन्तुष्‍टी दिंदैन भनी तिमीहरूलाई महसुस हुनेछ । तिमीहरूको लागि कति दुखको कुरा छ जो अहिले आनन्दित छौ ; पछि तिमीहरू शोक गर्नेछौ र धेरै दुखी हुनेछौ ।
\s5
\v 26 जब हरेकले तिमीहरूको बारेमा असल कुराहरू भन्‍छन् त्‍यो कति दु:खको कुरा हो । त्यसरी नै तिनीहरूका पुर्खाहरूले पनि ती मानिसहरूको बारेमा असलै कुराहरू भन्‍ने गर्थे जसले परमेश्‍वरको अगमवक्ताहरू भएको झूटा दाबी गर्थे ।
\s5
\v 27 तर म यो तिमीहरू हरेकलाई भन्दछु, जसले मैले भनेको कुरा सुन्दैछौ : तिमीहरूका साथीहरूलाई मात्र होइन, तिमीहरूका शत्रुहरूलाई पनि प्रेम गर ! जसले तिमीहरूलाई घृणा गर्छन् तिनीहरूको निम्ति असल कुराहरू गर !
\v 28 जसले तिमीहरूलाई श्राप दिन्‍छन् तिनीहरूलाई आशिष्‌‌ दिन परमेश्‍वरसित विन्‍ती गर ! तिमीहरूसित खराब व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
\s5
\v 29 यदि तिमीलाई कसैले तिम्रा गालाहरूमध्‍ये एउटामा थप्पड हानेर तिम्रो अपमान गर्छ भने, तिम्रो अनुहार फर्काइदेऊ ताकि उसले अर्को गालामा पनि थप्‍पड हान्‍न सकोस् । यदि कसैले तिम्रो खास्टो लिन चाहन्छ भने त्‍यसले तिम्रो शर्ट पनि लिइहालोस्।
\v 30 तिमीसँग माग्‍ने हरेकलाई कही कुरा देऊ । यदि कसैले तिम्रा कुराहरू उसलाई दिनलाई तिमीसँग माग्छ भने, ती कुराहरू ऊसँग फिर्ता गर्न नभन ।
\s5
\v 31 अरूहरूले तिमीप्रति जसरी व्यवहार गरेको तिमी चाहन्छौ तिमीले पनि तिनीहरूप्रति त्यसरी नै व्यवहार गर्नुपर्छ ।
\v 32 यदि तिमीलाई माया गर्नेलाई मात्र तिमीले माया गर्छौ भने त्यसो गर्दा, परमेश्‍वरले तिम्रो प्रशंसा गर्नुहुन्‍छ भनी आशा नगर, किनभने पापीहरूले पनि त तिनीहरूलाई माया गर्छन् जसले उनीहरूलाई माया गर्दछन् ।
\v 33 यदि तिमीप्रति असल कुराहरू गर्नेहरूलाई मात्र तिमी असल कुराहरू गर्छौ भने त्यसो गर्दा, परमेश्‍वरले तिमीलाई इनाम दिनुहुन्छ भनी आशा नगर, किनभने पापीहरूले पनि त्यसै गर्दछन् ।
\v 34 यदि जसले तिमीलाई फिर्ता दिनेछन् तिनीहरूलाई मात्र तिमीले पैसा वा धन-सम्पत्ति ऋण दिन्छौ भने त्यसो गर्दा, परमेश्‍वरले तिमीलाई इनाम दिनुहुनेछ भनी आशा नगर ! पापीहरूले पनि अरू पापीहरूलाई ऋण दिन्छन् किनभने तिनीहरूले उनीहरूबाट हरेक कुरा फर्ता पाउने आशा गर्दछन् ।
\s5
\v 35 बरू तिम्रो शत्रुहरूलाई प्रेम गर ! तिनीहरूका लागि असल कुराहरू गर ! तिनीहरूलाई ऋण देऊ र तिनीहरूबाट कुनै पनि कुरा फिर्ता पाउने आशा नगर ! त्यसपछि परमेश्‍वरले तिमीहरूलाई ठूलो इनाम दिनुहुनेछ । र तिमीहरू सर्वोच्‍च परमेश्‍वरको सन्तान हुनेछौ, किनभने परमेश्‍वर अधन्यवादी र दुष्‍ट मानिसहरूप्रति पनि दयालु हुनुहुन्छ ।
\v 36 त्यसकारण जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले मानिसहरूप्रति कृपासाथ व्यवहार गर्नुहुन्छ, त्‍यसरी नै तिमीहरूले अरू मानिसहरूप्रति कृपासाथ व्यवहार गर्नुपर्छ ।
\s5
\v 37 कठोरतापूर्वक मानिसहरूको आलोचना नगर र परमेश्‍वरले पनि कठोरतापूर्वक तिमीहरूको आलोचना गर्नु हुनेछैन । अरू मानिसहरूलाई दोष नलगाऊ र परमेश्‍वरले तिमीहरूलाई दोष लगाउनु हुनेछैन । अरूहरूले गरेका दुष्‍ट कुराहरूका लागि तिनीहरूलाई क्षमा देऊ, र परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुहुनेछ ।
\s5
\v 38 असल कुराहरू अरूहरूलाई देऊ र परमेश्‍वरले तिमीहरूलाई असल कुराहरू दिनुहुनेछ । यो त्‍यस्‍तो हुनेछ कि उहाँले उदारचित्तले प्रशस्‍त अन्‍न एउटा डालोमा खाँद्‍दै र डालो पूर्ण रूपमा भरिएको निश्‍चित हुनलाई त्‍यसलाई हल्लाउँदै, केही अन्‍न छेउँछेउबाट पोखिनेसम्‍म गरी भरेर उहाँले तिमीलाई दिंदै हुनुहुन्‍छ । याद गर कि अरूहरूको न्याय गर्न वा आशिष्‌‌ दिन तिमीहरूले जुन नापको प्रयोग गर्छौ, तिम्रो न्याय गर्न वा आशिष्‌‌ दिन परमेश्‍वरले त्यही नापको प्रयोग गर्नुहुनेछ !”
\s5
\v 39 उहाँले आफ्ना चेलाहरूलाई यो दृष्‍टान्त पनि दिनुभयो: “एकजना अन्धो मानिसले अर्को अन्धो मानिसलाई डोर्‍याउन कोसिस गर्नुहुँदैन । यदि उसले गर्‍यो भने, तिनीहरू दुवैजना खाडलमा पर्नेछन् !
\v 40 चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन । तर जब ऊ पूर्णरूपमा तालिम प्राप्‍त हुन्‍छ, ऊ आफ्नो गुरुजस्तै हुनेछ । यसकारण तिमीहरू म जस्तै हुनुपर्छ ।
\s5
\v 41 अरू कसैको साना त्रुटीहरूका बरेमा तिमीहरू कसैले पनि मतलव गर्नुहुँदैन । त्यो त तिम्रो आफ्नै आँखामा भएको काठको एउटा ठूलो टुक्रा नदेखीकन त्‍यस व्‍यक्तिको आँखामा भएको एउटा सानो कसिङ्गर देख्‍ने जस्तै हो ।
\v 42 यदि तिमी त्यसो गर्छौ भने एउटा तिमी कपटी हौ ! अरू कसैको आँखामा भएको कसिङ्गर निकाल्ने कोसिस गर्नुभन्दा अगाडि तिमीले पहिले तिम्रो आफ्नो आँखामा भएको काठको टुक्रा हटाउनुपर्छ । जब तिमीले पाप गर्न छोड्दछौ, त्यसपछि अरूहरूलाई तिनीहरूका पापहरू छोड्‍न मद्धत गर्न तिमीहरूसित आत्मिक अन्‍तर्दृष्‍टि हुनेछ।
\s5
\v 43 हरेकलाई थाहा छ कि स्वस्थ्य रूखहरूले खराब फल फलाउँदैनन् र अस्वस्थ्य रूखहरुले असल फल फलाउँदैनन् ।
\v 44 र यो कस्‍तो किसिमको रूख हो भनेर हरेकले यसमा भएको फललाई हेरेर नै बताउन सक्छ । उदाहरणको लागि, काँडे-झाङ्ले अञ्‍जीरहरू फलाउँदैन नत काँडे-रूखले नै अंगुरहरू फलाउँछ । यसरी नै व्‍यक्तिले जे गर्छ त्‍यसलाई हेरेर त्‍यस व्‍यक्तिको मनभित्र कस्‍तो छ भनेर जान्‍न सजिलो हुन्‍छ ।
\s5
\v 45 असल मानिसहरूले असल कुराहरू गर्छन्, जुन कुराले तिनीहरूले असलै विचारहरू सोच्‍दछन् भन्‍ने दर्शाउँछ, र दुष्‍ट मानिसहरूले दुष्‍ट कुराहरू गर्छन् जुन कुराले तिनीहरूले खराब विचारहरू सोच्‍दछन् भन्‍ने दर्शाउँछ । मानिसहरूले आफ्‍नो मनहरूमा जे सोच्दछन् त्यसै अनुसार तिनीहरूले बोल्‍नेछन् र गर्नेछन् ।
\s5
\v 46 येशूले मानिसहरूलाई भन्‍नुभयो, “मैले तिमीहरू जे गर्न भन्छु त्‍यही मान्‍दैनौ भने तिमीहरू मलाई किन ‘प्रभु’ भन्दछौ ?”
\v 47 मकहाँ आउने, मेरा शिक्षाहरू सुन्‍ने र तिनीहरूलाई पालन गर्ने मानिसहरू कस्ता हुन्छन् म तिमीहरूलाई भन्दछु ।
\v 48 तिनीहरू त्यो मानिस जस्तै हुन्छन्, जसले आफ्नो घर निर्माण लागि तयार पार्न जमीनलाई गहिरो खन्यो । घरको जग बलियो चट्टानमाथि बसेको कुरामा ऊ ढुक्‍क भयो । त्यसपछि त्यहाँ बाडी आयो र पानीको भेलले घरलाई हान्दै थियो । तर भेलले घरलाई हल्लाउन पनि सकेन, किनभने त्‍यो घर एउटा बलियो जगमा बनाइएको थियो ।
\s5
\v 49 तर मेरो शिक्षाहरू सुन्‍ने केही मानिसहरूले भने ती पालना गर्दैनन् । तिनीहरू त्यो मानिस जस्तै हुन् जसले जमिनमाथि जगै नबनाई घर निर्माण गर्‍यो । जब नदीमा बाडी आयो, घर तुरन्तै ढल्यो र पूर्णरूपले नाश भयो ।”
\s5
\c 7
\p
\v 1 येशूले मानिसहरूसँग बोलेर सक्‍नुभएपछि, उहाँ कफर्नहुम नगरमा जानुभयो ।
\s5
\v 2 त्यस सहरमा रोमी सेनाको एकजना अधिकारी थिए जसको एउटा दास थियो जो तिनको प्‍यारो थियो । त्यो दास साह्रै बिरामी भएर मर्नै लागेको थियो ।
\v 3 जब ती सेनाका अदिकारीले येशूको बारेमा सुने, उहाँलाई तिनीकहाँ आएर तिनको दासलाई निको पार्न अनुरोध गर्न तिनले केही यहूदी अगुवाहरूलाई येशूकहाँ पठाए ।
\v 4 जब तिनीहरू येशूकहाँ आए, सेनाको अधिकारीको दासलाई मद्धत गर्नलाई तिनीहरूले उहाँलाई विनम्रतासाथ बिन्ती गरे । तिनीहरूले भने, “तिनको निम्‍ति तपाईंले यसो गर्नु उचित नै हुन्‍छ,
\v 5 किनभने तिनले हाम्रा मानिसहरूलाई माया गर्छन् र हाम्रो लागि तिनले सभाघर बनाइदिए ।”
\s5
\v 6 त्यसकारण येशू तिनीहरूसित त्‍यस अधिकारीको घरतिर जान लाग्‍नुभयो । जब उहाँ नजिकै पुग्‍नुभयो, तब येशूलाई यस्‍तो सन्देश दिन ती अधिकारिले केही साथीहरूलाई पठाए : “प्रभु, आफैँलाई अरू दु:ख नदिनुहोस्, किनभने तपाईं मेरो घरमा आउन म योग्यको छैन ।
\v 7 त्यसकारण म आफैँलाई तपाईंकाहाँ आउन योग्य छु भन्‍ने बचार म गर्दिन । तर यदि तपाईंले एउटै शब्द मात्र बोल्‍नुभयो भने तपाईंले मेरो दासलाई निको पार्न सक्‍नुहुन्छ ।
\v 8 म जान्‍दछु कि तपाईंले यो गर्न सक्‍नुहुन्छ, किनभने म एकजना मानिस हुँ जसले आफ्‍ना वारिष्‍ठहरूको आदेशहरूको पालना गर्नैपर्छ, र मसँग पनि सेनाहरू छन् जसले मेरा आदेशहरूको पालना गर्नैपर्छ । जब म तिनीहरूमध्ये एउटालाई ‘जा ! भन्छु, त्‍यो जान्छ र जब अर्कोलाई ‘आइज ! भन्‍छु, त्‍यो आउँछ । जब म आफ्‍नो दासलाई ‘यसो गर् ! भन्छु उसले त्यो गर्छ ।”
\s5
\v 9 ती अधिकारीले के भनेका थिए भनी जब येशूले सुन्‍नुभयो, उहाँ तिनीप्रति छक्‍क हुनुभयो । त्यसपछि आफूसित भएको भिडतिर उहाँ फर्कनुभयो र भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले त्‍यस्‍तो कुनै इस्राएली भेट्टाएको छैन जसले यस अन्य-जातिले जति ममा भरोसा गर्दछ ।”
\v 10 जब ती सेनाका अधिकारीबाट आएका मानिसहरू तिनको घरमा फर्के, तिनीहरूले त्‍यस दासको स्वास्थ्य राम्रो भएको पाए ।
\s5
\v 11 त्यसपछि छिट्टै येशूले नाइन सहरको यात्रा गर्नुभयो । उहाँका चेलाहरू र एउटा ठूलो भिड उहाँको साथमा गए ।
\v 12 जसै येशू सहरको मूलढोका नजिक आउनुभयो, उहाँले ठूलो भिड भर्खरै मरेको एकजना मानिसलाई बोकेर सहरबाट बाहिर आइरहेको देख्‍नुभयो । त्‍यसकी आमा एउटी विधवा थिइन् र उनको त्‍यो एकमात्र छोरो थियो । उनी भिडसँगै थिइन् र तिनीहरूले उनको छोरालाई दफन गर्न गइरहेका थिए ।
\v 13 जब प्रभुले तिनलाई देख्‍नुभयो, तिनलाई उहाँले दया गर्नुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ !”
\v 14 त्यसपछि उहाँ तिनीहरूका नजिक आउनुभयो र खटिया छुनुभयो जसमा शरीर सुताइएको थियो । त्‍यसलाई बोकिरहेका मानिसहरू शान्‍त रूपमा खडा भए । उहाँले भन्‍नुभयो, “ए जवान मानिस, म तिमीलाई भन्दछु, उठ !”
\v 15 त्‍यो मानिस बस्यो र कुरा गर्न थाल्यो ! त्यसपछि येशूले त्‍यसलाई उसको आमाकाहाँ लैजानुभयो ।
\s5
\v 16 त्यहाँ भएका सबैजना डरले थर्कमान भए । तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र एक अर्कालाई भने, “हाम्रा माझमा एकजना महान अगमवक्ता आउनुभएको छ !” र, “परमेश्‍वर आफ्ना मानिसहरूको वास्ता गर्न आउनुभएको छ !”
\v 17 त्यसपछि येशूले जे गर्नुभएको थियो त्‍यस बारेको खबर यहूदियाको क्षेत्र र नजिकैका अरू सबै इलाकाहरूभरि फैलियो ।
\s5
\v 18 बप्‍तिस्मा दिने युहन्‍नाका चेलाहरूले तिनलाई यी सबै कुराहरूको बारेमा बताए ।
\v 19 त्‍यसैले यूहन्‍नाले आफ्ना चेलाहरूमध्ये दुईजनालाई बोलाए र तिनीहरूलाई भने प्रभुकाहाँ जाऊ र उहाँलाई सोध, “के तपाईं उही हुनहुन्छ जसका बारेमा परमेश्‍वरले आउनुहुन्छ भनी प्रतिज्ञा गर्नुभयो वा हामीले अरू कसैको प्रतिक्षा गरिराखौं ?”
\v 20 जब ती दुईजना मानिसहरू येशूकहाँ आए, तिनीहरूले भने, “हामीलाई बप्‍तिस्मा दिने यूहन्‍नाले तपाईंलाई सोध्‍न पठाएका हुन्, ‘के तपाईं उही हुनहुन्छ जसका बारेमा परमेश्‍वरले आउनुहुन्छ भनी प्रतिज्ञा गर्नुभयो वा हामीले अरू कसैको प्रतिक्षा गरौं ?
\s5
\v 21 त्यसै समयमा येशूले धेरै मानिसहरूलाई बिरामी अवस्‍थाहरू तथा गम्भीर रोगहरूबाट र दुष्‍ट आत्माहरूबाट निको पार्दै हुनुहुन्‍थ्‍यो । उहाँले धेरैजना दृष्‍टिबिहीन मानिसहरूलाई पनि निको पार्नुभयो ता कि तिनीहरू देख्‍न सक्‍ने भए ।
\v 22 यसैले उहाँले ती दुईजना मानिसहरूलाई जवाफ दिनुभयो, “फर्केर जाऊ र तिमीहरूले देखेका र सुनेका कुराहरू यूहन्‍नालाई भनिदेऊ : मानिसहरू जो दृष्‍टिविहिन थिए अहिले देख्‍दैछन् । मानिसहरू जो असक्त थिए अहिले हिंड्‍दैछन् । मानिसहरू जो छालाका रोगीहरू थिए अहिले निको भैरहेछन् । मानिसहरू जो कान नसुन्‍ने थिए अहिले सुन्‍न सुक्छन् । मानिसहरू जो मरेका थिए अहिले फेरि जिऊँदो पारिएका छन् र गरीबहरूलाई शुभ समाचार सुनाइँदैछ ।
\v 23 अनि तिनलाई यो पनि भनिदेऊ, “म जे गर्दैछु त्‍यो देख्‍ने र म जे सिकाउँदैछु त्‍यो सुन्‍ने र मबाट टाढा नहुनेलाई परमेश्‍वरले आशिष्‌‌ दिनुहुनेछ ।”
\s5
\v 24 जब यूहन्‍नाले पठाएका मानिसहरू फर्के, येशूले मानिसहरूको भिडसँग यूहन्‍नाको बारेमा कुरा गर्न थाल्‍नुभयो । उहाँले भन्‍नुभयो, “तिमीहरू उजाड स्थानमा के हेर्न गएका थियौ ? के बतासले हल्लाएको एउटा सानो बोटलाई हेर्न ?
\v 25 त्‍यसबाहेक तिमी के हेर्न गयौ ? के राम्रो लुगा लगाएको मानिसलाई हेर्न ? हेर, सानदार लुगा लगाउनेहरू र सबै उत्तम थोकहरू हुनेहरू त राजाहरूका दरवारहरूमा बस्छन् ।
\v 26 त्यसो भए तिमीहरू त्‍यहाँ के हेर्न गयौ ? एउटा अगमवक्तालाई ? हो, तर म तिमीहरूलाई भन्दछु, यूहन्‍ना एउटा साधारण अगमवक्ताभन्दा धेरै महत्त्वूर्ण छन् ।
\s5
\v 27 उनी त्‍यही हुन् जसका बारेमा अगमवक्ताहरूले धेरै पहिले लेखे, ‘हेर, म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँदैछु । तिनले मानिसहरूलाई तिम्रो आगमनको लागि तयार गर्नेछन् ।’
\v 28 म तिमीहरूलाई भन्दछु कि जिवन बिताउने सबै मानिसहरूमध्ये यूहन्‍नाभन्दा ठूलो कोही पनि छैन । तापनि परमेश्‍वरसँग उहाँको वासस्‍थानमा जीवन विताउने सबभन्‍दा तुच्‍छ मानिसहरू पनि यूहन्‍नाभन्दा महान हुनेछन् ।”
\s5
\v 29 जब यूहन्‍नाद्वारा बप्‍तिस्‍मा लिएका सबै मानिसहरू - कर उठाउनेहरूले समेत येशूले भन्‍नुभएको कुरा सुने तब परमेश्‍वर धर्मी हुनुहुन्‍छ भन्‍ने कुरामा तिनीहरू सहमत भए ।
\v 30 तर फरिसीहरू र यहूदी व्यवस्थाका विज्ञहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा लिएका थएनन् र तिनीहरूका निम्‍ती भएको परमेश्‍वरको इच्छालाई तिनीहरूले तिरस्‍कार गरे ।
\s5
\v 31 त्यसपछि येशूले यो पनि भन्‍नुभयो, “यो समय अवधिमा जीवन बिताउने तिमीहरू कस्‍ता मानिसहरू छौ ? म तिमीहरूलाई भन्‍नेछु :
\v 32 तिमीहरू एउटा खुला ठाउँमा खेलहरू खेल्दै गरेका बालकहरू जस्ता छौ । तिनीहरू एक अर्कालाई यसो भन्‍दै कराउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरीको रमाइलो धुन बजायौँ तर तिमीहरू नाचेनौ ! त्यसपछी हामीले तिमीहरूका लागि अन्त्येष्‍टिको दु:खका गीतहरू गायौं तर तिमीहरू रोएनौ ! ”
\s5
\v 33 त्यसैगरी जब यूहन्‍ना तिमीहरूकाहाँ आए र साधारण खाना खाएनन् वा मद्य पिएनन् तिमीहरूले उनलाई तरस्‍कार गर्‍यौ र भन्‍यौ, “उसलाई भूतले अधीन गर्दैछ ।”
\v 34 तर जब मानिसको पुत्र तिमीहरूकाहाँ आयो, र उसले साधारण खान खायो र अरूहरूले जस्तै मद्य पियो, तब तिमीहरूले उसलाई पनि तिरस्‍कार गर्‍यौ र भन्यौ, ‘हेर ! यस मानिसले अति धेरै खाना खन्‍छ र अति धेरै मद्य पिउँछ, र महशुल उठाउँनेहरू र अरू पापीहरूसँग उसले संगत गर्छ !
\v 35 तर परमेश्‍वरको बुद्धि त्‍यसलाई पालन गर्नेहरुद्वारा नै प्रमाणित हुन्‍छ ।
\s5
\v 36 एकदिन सिमोन नामका एकजना फरिसीले उनीसँग भोजन गर्न येशूलाई निम्तो दिए । त्‍यसैले येशू त्‍यो मानिसको घरमा जानुभयो र खानलाई टेबलमा बस्‍नुभयो ।
\v 37 त्यस सहरमा एउटी स्‍त्री पनि थिइन् जो यौन व्‍यापारमा रहेकी भन्‍ने धेरै मानिसहरूलाई थाहा थियो । जब त्‍यस फरीसीको घरमा येशूले खाना खाँदैहुनुहुन्‍थ्‍यो भनेर तिनले सुनिन्, अत्तरले भरिएको एउटा भाँडो लिएर तिनी त्यहाँ गईन् ।
\v 38 जसै येशू खानलाई बसिरहनुभएको थियो, ती स्‍त्री उहँको पछाडिपट्टी उहाँको पाउमा कडा भइन् । तिनी रूँदै थिइन् र तिनको आँशु येशूको पाउमा झर्‍यो । तिनले आफ्नो कपालले उहाँको पाउ निरन्तर पुछिरहिन् र उहाँको पाउमा चुम्‍वन गर्दै र अत्तर खन्‍याउँदै रहिन् ।
\s5
\v 39 जब येशूलाई निम्तो दिने फरिसीले त्‍यस स्‍त्रीले जे गर्दैथिई त्‍यो हेर्‍यो, त्‍यसले बिचार गर्‍यो, “यदि यी मानिस साँच्‍चै अगमवक्ता थिए भने, यीनलाई छोईरहेकी यो स्‍त्री को हो र कस्‍तो किसिमको व्‍यक्ती हो भन्‍ने यीनलाई थाहा हुनुपर्ने हो किनकि यो त एउटी पापी स्‍त्री हो ।”
\v 40 प्रतिउत्तरमा येशूले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई म केही कुरा भन्‍न चाहन्छु ।” तिनले जवाफ दिए, “गुरुज्यू, त्यो के हो ?”
\s5
\v 41 येशूले तिनलाई यो कथा भन्‍नुभयो : “दुईजना मानिसहरूले एकजना मानिसबाट रुपियाँ ऋण लए जसको मानिसहरूलाई रुपियाँ ऋण दिने करोबार थियो । ती मानिसहरूमध्ये एकजनाले चाँदीको पाँच सय सिक्‍काहरू लिए र अर्कोले तिनीसँग चाँदीको पचास सिक्‍काहरू लिए ।
\v 42 तिनीहरूमध्ये कसैले पनि आफूले लिएको ऋण फिर्ता गर्न सकेनन्, त्यसैले ती मानिसले ठूलो दयापूर्वक भने कि तिनीहरूले केही पनि तिर्नुपर्दैन । ती दुईजनामध्ये कुन चाहिँले मानिसलाई धेरै माया गर्ला ?”
\v 43 सिमोनले उत्तर दिए, “म बिचार गर्छु जसले तिनीबाट धेरै ऋण लिएका थियो त्यसैले तिनलाई धेरै माया गर्छ ।” येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक भन्‍यौ ।”
\s5
\v 44 त्यसपछि उहाँ ती स्‍त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्‍नुभयो, “यी स्‍त्रीले के गरेकी छिन् त्यसको बारेमा बिचार गर ! जब म तिम्रो घरभित्र पसें, निम्‍तो दिनेहरूले आफ्‍ना पाहुनाहरूलाई सत्कार गर्न के गर्छन् त्‍यो तिमीले गरेनौ । तिमीले मेरो खुट्टा धुनको लागि मलाई पानी दिएनौ, तर यी स्‍त्रीले उनको आँशुले मेरो खुट्टा धोएकी र उनको कपालले ती पुछेकी छन् ।
\v 45 तिमीले मलाई चुम्बनले अभिवादन गरेनौ, तर म भित्र आएदेखि नै यीनले मेरो खुट्टालाई चुम्‍वन गर्न छाडेकी छैनन् ।
\s5
\v 46 तिमीले मेरो शिरमा जैतुनको तेल लगाइदिएनौ गरेनौ, तर यीनले मेरो खुट्टामा सुगन्धित अत्तर लगाइरहेकी छन्।
\v 47 त्यसैले म तिमीलाई भन्दछु, तिनका धेरै पापहरू क्षमा दिइएका छन् र त्यसैकारण तिनले मलाई धेरै माया गर्छिन् । तर थोरैमात्र पापहरू गरेको छु र ती क्षमा भएका छन् भनी बिचार गर्ने व्‍यक्तीले मलाई थोरैमात्र प्रेम गर्छ ।“
\s5
\v 48 त्यसपछि उहाँले ती स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा दिइएका छन् ।”
\v 49 त्यसपछि उहाँसँग खाइरहेकाहरूले तिनीहरूका माझमा भने, “यी मानिस को हुन् जसले भन्‍छन् कि तिनले पापहरू क्षमा गर्न सक्‍छन् ?”
\v 50 तर येशूले ती स्‍त्रीलाई भन्‍नुभयो, “तिमीले मलाई विश्‍वास गरेको कारणले, परमेश्‍वरले तिमीलाई बचाउनु भएको छ । जसै तिमी जान्‍छ्‍यौ परमेश्‍वरले तिमीलाई शान्ति दिनुभएको होस् !”
\s5
\c 8
\p
\v 1 त्यसपछि येशू र उहाँका बाह्रजना चेलाहरू विभिन्‍न सहरहरू र गाउँहरूबाट यात्रा गर्नुभयो । उहाँहरू जाँदै गर्दा परमेश्‍वरले चाँडैनै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्‍छ भन्‍ने शुभ समाचारको घोषणा गर्दै यशूले मानिसहरूलाई प्रचार गर्नुभयो ।
\v 2 उहाँहरूसँग यात्रा गर्नेहरूमा धेरैजना स्‍त्रीहरू पनि थिए जसलाई उहाँले दुष्‍ट आत्माहरू र रोगहरूबाट निको पार्नुभएको थियो । मग्दला गाउँकी मरियम जसबाट उहाँले सातवटा दुष्‍ट आत्माहरू निकाल्‍नुभएको थियो,
\v 3 हेरोद एन्तिपसका व्‍यवस्‍थापकहरुमध्‍ये एकजना खुजासकी पत्‍नी योअन्‍ना, सुसन्‍ना र अरू धेरैजना यात्रामा थिए । तिनीहरूले येशू र उहाँका चेलाहरूलाई सहयोग गर्न तिनीहरू आफैसँग भएको केही रूपियाँहरु दिंदैथिए ।
\s5
\v 4 एकदिन एउटा ठूलो भिड भेला हुँदैथियो, किनभने येशूलाई हेर्न धेरैवटा भिन्‍न-भिन्‍न नगरहरूबाट यात्रा गर्दैथिए । अनि उहाँले तिनीहरूलाई यो कथा भन्‍नुभयो :
\v 5 “एउटा मानिस केही अन्‍नका बीऊहरू छर्नलाई आफ्नो खेतमा गयो । जसै त्‍यसले माटोमाथि ती छर्दैथयो, केही बीऊहरू बाटोमा परे । अनि ती बीऊहरूलाई मानिसहरूले कुल्‍चे र चराहरूले ती खाए ।
\v 6 कोही बीऊहरू ढुंगेनी जमिनमा परे जसमा माटो एकदमै थोरै थियो । त्यसकारण बीऊहरू उम्रने बित्तिकै ओस नभएको कारणले विरूवाहरू सुकिहाले ।
\s5
\v 7 केही बीऊहरू काँडाको बीऊहरू भएको जमिनमा परे । ती काँडाका विरूवाहरु पनि अन्‍नका कलिला विरूवाहरूसँगै उम्रिए र तिनीहरूलाई छोपिदिए ता कि ती बढ्न सकेनन् ।
\v 8 तर अन्‍नका केही बीऊहरू मलिलो जमिनमा परे, र राम्रोसित बढे जसले गर्दा तिनीहरूले बीऊहरू भन्‍दा सयौँगुणा बढी अन्‍न उत्पादन गरे ।” यी कुराहरू भनेपछि, येशूले तिनीहरूलाई कराएर भन्‍नुभयो, “तिमीहरूले अहिले मबटा सुनेका कुराहरूका बरेमा तिमीहरू सबैले होसियारीसाथ विचार गर्नुपर्छ ।”
\s5
\v 9 त्यसपछि येशूका चेलाहरूले त्यस कथाको अर्थ तिनीहरूलाई भनिदिन उहाँसित विन्‍ती गरे ।
\v 10 र उहाँले भन्‍नुभयो, “परमेश्‍वरले राजाको रूपमा कसरी शासन गर्नुहुनेछ भन्‍ने बारेमा लुकेका कुराहरूका जान्‍ने अवसर तिमीहरूलाई दिइएको छ । तर म अरू सबैजनासँग दृष्‍टान्तहरूमा मात्रै बोल्‍छु, ताकि, ‘तिनीहरूले देख्‍छन्, तापनि थाहा पाउँदैनन् र तिनीहरूले सुन्‍छन्, तापनि बुझ्‍दैनन् ।’
\s5
\v 11 अब कथाको अर्थ यही हो : बीऊहरू परमेश्‍वरको वचन हो ।
\v 12 बाटोमा परेका बीऊहरूले, मानिसहरूले परमेश्‍वरको वचन सुन्‍छन् तर पछि दियाबलस आउँछ र तिनीहरूका मनहरू र हृदयहरूबाट त्यो वचन खोसेर लैजान्छ, तब के हुन्‍छ भन्‍ने कुरालाई दर्शाउँछ । परिणामस्वरूप तिनीहरूले त्यसमा विश्‍वास गर्दैनन् र बचाइँदैनन् ।
\v 13 ढुङ्गेनी जमिनमा परेका बीऊहरूले, मानिसहरूले परमेश्‍वरको वचन सुन्‍छन् र आनन्दसाथ ग्रहण गर्छन् तर तिनीहरूका जराहरू गहिरोमा हुँदैनन्, तब के हुन्‍छ भन्‍ने कुरालाई दर्शाउँछ । परिणामस्वरूप तिनीहरूले छोटो समयका लागि मात्र विश्‍वास गर्छन् । तिनीहरूलाई कठिन कुराहरू हुने बित्तिकै, तिनीहरूले परमेश्‍वरको वचनमा विश्‍वास गर्न छोड्छन् ।
\s5
\v 14 काँडाको झ्याङ्गको माझमा पर्ने बीऊहरूले, मानिसहरूले परमेश्‍वरको वचन सुन्‍छन् तर जसै तिनीहरू जीवनमा अघि बढ्छन्, यस जीवनका फिक्रीहरू , धन-सम्पत्तिहरू र सुखचैनहरू जस्ता कुराहरूले तिनीहरूको जीवनमा भएको परमेश्‍वरको वचनलाई छोप्‍नछन्, तब के हुन्‍छ भन्‍ने कुरालाई दर्शाउँछ । परिणामस्वरूप तिनीहरू आत्मिक रूपमा परिपक्‍क हुँदैनन् ।
\v 15 तर मलिलो जमिनमा पर्ने बीऊहरूले, मानिसहरूले परमेश्‍वरको वचन सुन्‍छन् र त्‍यसलाई सम्‍मानपूर्वक र ठीक हृदयले ग्रहण गर्छन्, तब के हुन्‍छ भन्‍ने कुरालाई दर्शाउँछ । वचन विश्‍वास गर्न र पालन गर्न तिनीहरू शहनशील हुन्‍छन् र यसरी तिनीहरूले असल आत्मिक फल फलाउँछन् ।
\s5
\v 16 दयो बाली सकेपछि, मानिसहरूले त्‍यसलाई एउटा टोकरीले छोप्दैनन् वा त्‍यसलाई खाटमुनि राख्दैनन् । बरु, तिनीहरूले त्यसलाई एउटा सामदानमा राख्‍छन्, ता कि त्यसको ज्योतिले कोठाभित्र पस्‍ने हरेकले देख्‍न सक्‍छन् ।
\v 17 यसले यो जनाउँछ कि अहिले लुकेको हरेक कुरालाई कुनै दिन देख्‍न सकिने बनाइनेछ । अनि अहिले गुप्‍त रहेका हरेक कुरालाई कुनै दिन बाहिर खुलामा ल्‍याइनेछ ।
\v 18 त्यसैले म तिमीहरूलाई जे भन्‍छु त्‍यसलाई तिमीहरूले होसियारी पूर्वक सुन्‍दैछौ भन्‍ने कुरामा पक्‍का हौ, किनभने परमेश्‍वरले उहाँको सत्यता विश्‍वास गर्नेहरूलाई अझ धेरै बुझ्‍न सक्षम तुल्याउनु हुनेछ । तर परमेश्‍वरले उहाँको सत्यता विश्‍वास नगर्नेहरूलाई, तिनीहरूले बुझेको छौं भनी सोचेका कुरा पनि नबुझ्‍ने तुल्याउनु हुनेछ ।”
\s5
\v 19 एकदिन येशूको आमा र भाइहरू उहाँलाई भेट्‍न आए तर तिनीहरू उहाँको छेउमा आउन सकेनन्, किनभने जुन घरमा उहाँ हुनुहुन्‍थ्‍यो त्‍यहाँ उहाँको वरिपरी एउटा ठूलो भिड थियो ।
\v 20 त्‍यसपछि कसैले उहाँलाई भन्यो, “तपाईंका आमा र भाइहरू तपाईंलाई भट्‍न खोज्‍दै बाहिर उभिरहेका छन् ।”
\v 21 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको वचन सुन्‍ने र ती पालन गर्नेहरू मेरो लागि मेरो आमा र मेरा भाइहरू जस्तै प्रिय छन् ।”
\s5
\v 22 अर्कोदिन येशू आफ्‍ना चेलाहरूसँग डुंगामा चड्नुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामी ताल तरेर पारीपट्टी जाने मेरो इच्छा छ ।” त्यसैले उहाँहरू डुङ्गामा तालको पारीपट्टी जान लाग्‍नुभयो ।
\v 23 तर जसै उहाँहरू डुङ्गामा जाँदै हुनुहुन्‍थ्‍यो, येशू निदाउनुभयो । त्‍यसपछि तालमा शक्तिशाली हुरिबतास । चाँडै नै डुंगा पानीले भरिंदै थियो र तिनीहरू खतरामा परे ।
\s5
\v 24 त्यसैले येशूका चेलाहरू उहाँकहाँ आए र उहाँलाई ब्युँझाए । तिनीहरूले उहाँलाई भने, “गुरुज्यु ! गुरुज्यु ! हामी मर्न लाग्‍दैछौं ।” त्यसपछि येशू ब्युँझनुभयो र बतास र पानीका छालहरूलाई शान्त हुने आज्ञा गर्नुभयो र ती शान्त भए । सबै कुरा शान्त भए ।
\v 25 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास किन यति कमजोर छ ?” भर्खरैको घट्‍नाको कारणले चेलाहरू त्रस्‍त भए र छक्‍क परे । तिनीहरू एक-आपसमा यसो भन्‍न लागे, “उहाँ को हुनुहुन्‍छ, कि उहाँले बतासहरू र पानीलाई पनि आज्ञा गर्न सक्‍नुहुन्‍छ र तिनीहरूले उहाँको आज्ञा मान्‍छन्?“
\s5
\v 26 येशू र उहाँका चेलाहरूले निरन्‍तर डुङ्गामा यात्रा भयो र गालील जिल्लाको तालको अर्कोपट्टी गेरासेन मानिसहरू बस्‍ने इलाकामा आउनुभयो ।
\v 27 येशू डुङ्गाबाट ओर्लेर जमिनमा आउनुभए पछि, त्यस इलाकाको नगरबाट आएका एकजना मानिसले उहाँलाई भेटे । त्यस मानिसभित्र दुष्‍टात्माहरू थिए । लामो समयदेखि त्यस मानिसले लुगा लगाएको थिएन र त्यो घरमा बसेन । बरू त्यो चिहानका गुफाहरूमा बस्थ्यो ।
\s5
\v 28 जब त्यसले येशूलाई देख्यो, त्‍यो मानिस चिच्‍यायो, उहाँको सामु निहुरियो र उहाँलाई चर्को स्वरले भन्यो, “येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, तपाईं मसँग के चाहनु हुन्छ ? म बिन्ती गर्दछु, मलाई नसताउनुहोस् !”
\v 29 त्यस मानिसबाट दुष्‍ट आत्मालाई बाहिर निस्कनलाई येशूले त्‍यतिबलै आज्ञा गर्नुभएको कारणले त्यसले यसो भन्‍यो । मानिसहरूले त्यसको सुरक्षा गर्दा त्‍यसको हातहरू र खुट्टाहरूमा साङ्लाले बाँधिएको भए तापनि धेरै चोटी अचानक त्यसलाई दुष्‍ट आत्माको शक्तिले कव्‍जा गर्दथ्यो । अनि त्यो मानिसले साङ्लो छिनाउँथ्‍यो र दुष्‍ट आत्माले त्यसलाई उजाड स्‍थनहरूतिर लैजान्थ्यो ।
\s5
\v 30 अनि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ?” त्यसले जवाफ दियो, “मेरो नाउँ हजारौं हो ।” धेरैवटा दुष्‍ट आत्माहरू त्यस मानिसभित्र पसेको करणले त्‍यसले त्‍यसो भन्यो ।
\v 31 परमेश्‍वरले दुष्‍ट आत्माहरूलाई सजाय दिने गहिरो खाडलमा जाने आज्ञा तिनीहरूलाई नगर्न ती दुष्‍ट आत्माहरूले येशूसँग विन्‍ती गरे ।
\s5
\v 32 त्यहाँ नजिकैको एउटा डाँडातिर सुँगुरहरूको एउटा ठूलो बथान चर्दैथियो । ती दुष्‍टात्माहरूले तिनै सुँगुरहरूभित्र तिनीहरुलाई पस्‍ने अनुमति दिन येशूसँग विन्‍ती गरे र उहाँले तिनीहरूलाई अनुमति दिनुभयो ।
\v 33 त्‍यसैले दुष्‍ट आत्‍माहरूले त्यस मानिसलाई छोडे र सुँगुरभित्र पसे र त्यो सुँगुरहरूका बथान तालको भिरालो किनारबाट तलतिर दगुरे र डुबेर मरे ।
\s5
\v 34 जब त्‍यहाँ भएको घटना सुँगुरहरूको हेरबिचार गरिरहेका मानिसहरूले देखे, तब तिनीहरू भागे । तिनीहरूले जे देखेका थिए त्‍यस बरेमा नगरमा र गाउँमा भएका मानिसहरूलाई तिनीहरूले भने ।
\v 35 त्‍यसपछि मानिसहरू के भएको थियो भनी हेर्न गए । जब तिनीहरू येशू हुनुभएको ठाउँमा आए, तब तिनीहरूले जसबाट दुष्‍ट आत्माहरू निस्केका थिए त्‍यस मानिसलाई येशूको चरणमा बसिरहेको र उहाँको कुरा सुनिरहेको देखे । त्यसले लुगा लगाएको र त्यसको मन फेरि सद्दे भएको तिनीहरूले देखे र तिनीहरू डराए ।
\s5
\v 36 जे भएको थियो त्‍यो दख्‍ने मानिसहरूले कसरी येशूले त्यो दुष्‍ट आत्माहरूद्वारा सताइएको मानिसलाई निको पार्नुभएको थियो भनी त्‍यतिबेला आइपुगेका मानिसहरूलाई भने ।
\v 37 त्यसपछि गेरासेनको वरपरका इलाकाबाट आएका धेरैजना मानिसहरूले येशूलाई तिनीहरूका इलाका छाडेर जानलाई बिन्ती गरे किनभने तिनीहरू धेरै डराएका थिए । त्यसैले येशू र उहाँका चेलाहरू तालको वारिपट्टी फर्केर जानलाई डुङ्गामा चढे ।
\s5
\v 38 उहाँहरू जानु अघि, जसबाट दुष्‍ट आत्माहरू निस्‍केर गइसकेको थियो त्यो मानिसले येशूलाई यसो भन्दै बिन्ती गर्‍यो, “कृपया, मलाई पनि तपाईंसँगै जान दिइयोस् ।” तर त्‍यसको साटो, येशूले त्यसलाई यसो भनेर पठाउनुभयो,
\v 39 “नाईं, तिमी आफ्नो घर फर्केर जाऊ र परमेश्‍वरले तिम्रो लागि कति गर्नुभएको छ सो मानिसहरूलाई बताइदेऊ !” यसैले त्यो मानिस गयो र नगरभरि भएका मानिसहरूलाई येशूले उसका लागि कति गर्नुभएको थियो त्‍यो भन्‍यो ।
\s5
\v 40 त्‍यसपछि येशू र उहाँका चेलाहरू तालको पारीपट्टी कपर्नहुममा फर्केर जानुभयो । त्‍यहाँ मानिसहरूको एउटा भिडले उहाँलाई पर्खँदै थियो र तिनीहरूले उहाँको स्वागत गरे ।
\v 41 त्यतिबेला त्‍यहाँको सभाघरका अगुवाहरूमध्‍येका एकजना याइरस नाम गरेका मानिस येशूको छेउमा आए र तिनले उहाँको अघि आफ्‍नो अनुहार निउराए । तिनले येशूलाई आफ्नो घरमा आउनका लागि विन्‍ती गरे ।
\v 42 किनभने तिनकी एकमात्र छोरी, जो करीब बाह्र वर्षकी थिइन्, मर्नै लागेकी थिइन् र येशूले उनलाई निको पार्न तिनी चाहन्थे । तर जसै येशू जानुभयो, धेरै मानिसहरूको भिडले उहाँलाई घेर्दैथियो ।
\s5
\v 43 त्‍यतिबेला त्यस भिडमा एकजना स्‍त्री थिइन् जो निरन्तर रगत बगिरहने एउटा रोगले बाह्र वर्षदेखी दुख पाइरहेकी थिइन् । तिनले आफूलाई सहायता गर्ने डाक्टरहरूलाई तिरेर आफूसँग भएको सबै रुपियाँ खर्च गरेकी थिइन् तर तिनीहरूमध्‍ये कसैले पनि तिनलाई निको पार्न सकेको थिएन ।
\v 44 तिनी येशूको पछाडि आइन् र उहाँको कपडाको छेउमा छोइन् । त्‍यतिखेरै तिनको रगत बग्‍न रोकियो ।
\s5
\v 45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो ?” जसै येशूको वरिपरी भएका हरेकले तिनीहरूले छोएको छैन भन्‍दैथिए, पत्रुसले भने, “गुरुज्यु, तपाईंको वारिपरी धेरै मानिसहरू भिड लागिरहेछन्‍छन् र तपाईंलाई ठल्‍दैछन्, त्यसैले तिनीहरूमध्ये कसैले तपाईंलाई छोयो होला !”
\v 46 तर येशूले भन्‍नुभयो, “म जान्‍दछु कि कसैले मलाई छुने मन गरेर छोयो, किनभने त्यो व्‍यक्तिलाई निको पार्नलाई शक्ति मबाट बाहिर निस्किएको छ ।”
\s5
\v 47 र जब ती स्‍त्रीले त्यो कुरालाई लुकाउन नसक्‍ने महसुस गरिन्, तब तिनी थरथर काम्दै उहाँको सामु आइन् र उहाँको अघि अनुहार निउराईन् । जसै अरू मानिहरूले सुनिरहेका थिए, तिनले किन उहाँलाई छोइन् र तिनी कसरी तुरन्तै निको भइन् भनी येशूलाई भनिन् ।
\v 48 र येशूले तिनलाई भन्‍नुभयो, “हे प्रिय नारी, मैले तिमीलाई निको पार्न सक्छु भनेर तिमीले विश्‍वास गरेको कारणले, तिमी अहिले निको भएकी छ्यौ । अब तिमी आफ्नो बाटो लाग र परमेश्‍वरको शान्ति तिमीसँग रहोस् ।”
\s5
\v 49 जसै तिनीसँग उहाँ बोल्दै गर्नुहुँन्‍थ्‍यो, याइरसको घरबाट एउटा मानिस आयो र याइरसलाई भन्यो, “तपाईंकी छोरीको मृतु भइसकेको छ । त्यसैले गुरुलाई अब धेरै दु:ख नदिनुहोस् !”
\v 50 तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले याइरसलाई भन्‍नभयो, “नडराऊ, मलाई विश्‍वास मात्र गर र तिनी फेरी जीवित हुन्‍छिन् ।”
\s5
\v 51 जब येशू त्यस घरको बाहिर आउनुभयो, उहाँले पत्रुस, यूहन्‍ना र याकूब अनि त्यस केटीका आमा र बुबाबाहेक अरू कसैलाई पनि उहाँसँग घरभित्र पस्‍न दिनुभएन ।
\v 52 र केटीको मृतु भइसकेको कारणले त्यहाँ भएका सबै मानिसहरू आफू अती दुखी भएको देखाउनलाई चर्को स्वरले रोइरहेका थिए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “रून छोड ! तिनी मरेकी छैनन् ! तिनी निदाएकी मात्र हुन् !”
\v 53 र मानिसहरूले उहाँको हाँसो गरे, किनभने केटी मरेकी छिन् भनी तिनीहरू जान्‍दथे ।
\s5
\v 54 तर येशूले तिनको हात समात्‍नुभयो र यसो भन्दै तिनलाई बोलाउनु भयो, “बालिका उठ ! “
\v 55 र तुरन्तै तिनको आत्मा तिनको शरीरमा फर्कियो र तिनी उठिन् । तिनलाई खानलाई केही कुरा दिन यशूले तिनीहरूलाई भन्‍नुभयो ।
\v 56 र तिनका बाबु आमा छक्‍क परे, तर जे भएको थियो त्यो कसैलाई नभन्‍नलाई येशूले तिनीहरूलाई भन्‍नुभयो ।
\s5
\c 9
\p
\v 1 त्‍यसपछि येशूले आफ्ना बाह्रजना चेलाहरूलाई एकसाथ बोलाउनुभयो र सबै प्रकारका दुष्‍ट आत्माहरू धपाउनलाई र मानिसहरूका रोगहरू निको पार्नलाई अधिकार र शक्ति तिनीहरूलाई दिनुभयो ।
\v 2 मानिसहरूलाई निको पार्न र परमेश्‍वरले कसरी आफैँलाई राजा रूपमा प्रकट गर्न गइरहनु भएको थियो भनी उनीहरूलाई सिकाउन उहाँले तिनीहरूलाई पठाउनुभयो ।
\s5
\v 3 तिनीहरू जानुअघि, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका यात्राको लागि आफ्‍नो साथमा केही नलैजाऊ । लौरो वा झोला वा खाना वा रूपियाँ नलैजाओ । एकजोर जगेडा लुगा पनि नलैजाओ ।
\v 4 जुन घरमा तिमीहरू पस्छौ, त्यो इलाका छोडेर नजाउन्‍जेल त्यही घरमा बस ।
\s5
\v 5 कुनै पनि नगरमा जाहाँ मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, त्‍याहाँ तिमीहरू बसिरहनु हुँदैन । जसै तिमीहरूले त्‍यो नगर छोड्‍छौ, आफ्‍नो खुट्टा हल्‍लाएर धुलो झार । तिमीहरूलाई तिरस्‍कार गरेको हुनाले तिनीहरूका विरूद्ध एउटा चेताउनीको रूपमा यसो गर ।”
\v 6 त्यसपछि येशूका चेलाहरू विदा भए र धेरै गाउँहरूको यात्रा गरे । जहाँ तिनीहरू गए, त्यहाँ तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको शुभ समाचार बताए र बिरामी मानिसहरूलाई निको पारे ।
\s5
\v 7 गालील जिल्लाको शासक हेरोदले त्याहाँ भइरहेको हरेक कुराहरूको बारेमा सुने । तिनी अन्योलमा परे, किनभने केही मानिसहरू यसो भन्दैथिए कि बप्‍तिस्मा दिने यूहन्‍ना फेरी जीवित भई उठेका थिए।
\v 8 अरू मानिसहरू भन्‍दैथिए कि एलिया अगमवक्ता फेरी देखा परेका थिए र अझ अरूहरू यसो भन्‍दैथिए कि धेरै अघिका अगमवक्ताहरूमध्ये एकजना जीवित भई उठेका थिए।
\v 9 तर हेरोदले भने, “यूहन्‍ना त हुनै सक्दैन, किनभने मैले उसको शिर कटाउन लगाए । यो मानिस को हो जसको बारेमा म यी कुराहरू सुन्‍दैछु ?” र तिनले येशूलाई हेर्ने एउटा उपाय खोजिरहे ।
\s5
\v 10 जब प्रेरितहरू आफ्‍नो यात्राबाट फर्के तब तिनीहरूले गरेका हरेक कुराहरू तिनीहरूले येशूलाई बताए । त्यसपछि उहाँले तिनीहरूलाई उहाँसँगै बेथसेदाको नगरमा सुटुक्‍क लिएर जानुभयो ।
\v 11 तर जब येशू काहाँ जानु भएको थियो भन्‍ने बारेमा भिडहरूले सुने, तिनीहरूले उहाँलाई त्‍यहाँ पछ्याए । उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरले कसरी आफैँलाई राजाको रूपमा गर्दै हुनुहुन्‍थ्‍यो भनी तिनीहरूलाई भन्‍नुभयो र उहाँले तिनीहरूलाई निको पार्नुभयो जसलाई निको पारिनु आवश्‍यक थियो ।
\s5
\v 12 त्‍यसबेला साझँ पर्न लाग्‍दैथियो, यसैले बाह्रजना चेलाहरू उहाँकहाँ आए र भने, “कृपया मानिसहरूको यो ठूलो भिडलाई पठउनुहोस् ता कि केही खाना पाउन र बस्‍ने ठाउँहरू भट्टाउनालाई तिनीहरू वरिपरिको गाउँहरू र गोठहरूमा जान सकून् र किनकि हामी यहाँ यो एकान्त ठाउँमा छौँ ।”
\v 13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले तिनीहरूलाई खानलाई केही कुरा दिनैपर्छ ।” तिनीहरूले जवाफ दिए, “हामीसँग पाँचवटा सा-साना रोटीहरू र दुईवटा सा-साना माछाहरू मात्र छन् । यी सबै मानिसहरूका लागि पुग्‍ने खाना किन्‍न जान पनि हामी सक्दैनौँ ।”
\v 14 तिनीहरूले यसो भने किनकि त्यहाँ करीब पाँच हजार मानिसहरू थिए । त्यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानिसहरूलाई हरेक समूहमा करिब पचास जना गरेर बस्‍न भन ।”
\s5
\v 15 यसैले चेलाहरूले त्‍यसै गरे र सबै मानिसहरू बसे ।
\v 16 त्यसपछि उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । उहाँले स्वर्गतिर माथि हेर्नुभयो र त्‍यसका लागि परमेश्‍वरको प्रशंसा गर्नुभयो । त्यसपछि उहाँले ती टुक्राहरू पार्नुभयो र ती मानिसहरू निम्‍ति बाँड्नलाई ती चेलाहरूलाई दिनुभयो ।
\v 17 तिनीहरू सबैले खाए र हरेकसँग खानलाई यथेष्‍ट थियो । त्‍यसपछि चेलाहरूले खानाका बाँकी रहेका टुक्राहरू बटुले जसले बाह्र डालाहरू भरिए ।
\s5
\v 18 एकदिन जब येशू गुप्‍तमा प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, उहाँका चेलाहरू उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “भिडहरूले म को हुँ भन्छन् ?”
\v 19 तिनीहरूले जवाफ दिए, “कोही मानिसहरूले तपाईंलाई बप्‍तिस्मा दिने यूहन्‍ना हो भन्छन् तर अरुहरूले तपाईंलाई एलिया अगमवक्ता हो भन्छन् र अझै अरूहरूले तपाईंलाई धेरै अघिका अगमवक्ताहरूमध्ये एकजना फेरी जीवित भई उठेको हो भन्छन् ।”
\s5
\v 20 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्छौ नि ? म को हुँ भन्‍छौ ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जो परमेश्‍वरबाट आउनुभएको छ ।”
\v 21 त्यसपछि येशूले यो कुरा अझैसम्‍म पनि कसैलाई नभन्‍न तिनीहरूलाई कडारूपले चेताउनी दिनुभयो ।
\v 22 त्यसपछि उहाँले भन्‍नुभयो, “म, मानिसको पुत्रले, धेरै कुराहरूको दु:ख भोग्‍नैपर्छ : म धर्म गुरुहरू, मुख्‍य पूजाहारीहरू, र यहूदी व्यवस्थाका शिक्षकहरूबाट तिरस्‍कृत हुनेछु र त्यसपछि म मारिनेछु । त्यसपछिको तेस्रो दिनमा म फेरि जीवित हुनेछु ।”
\s5
\v 23 त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि तिमीहरूमध्ये कसैले मेरो चेलाको रूपमा मेरो पछि लाग्‍न चाहन्छौ भने, तिमीलाई जे इच्‍छा लाग्‍छ त्‍यो मात्र तिमीले गर्नुहुँदैन । बरू, तिमीले आफ्‍नो जीवन नै दिनुपरे तापनि, हरेक दिन तिमीले दुख भोग्‍न तयार हुनैपर्छ ।
\v 24 तिमीहरूले त्‍यसो गर्नैपर्छ, किनकि जसले आफ्‍नो निम्‍ति आफ्नै जीवनहरू बचाउन खोज्छन् अनन्तसम्‍मलाई ती गुमाउनेछन्, तर जसले मेरो चेलाहरू भएको कारणले आफ्‍ना जीवनहरू दिन्‍छन् भने अनन्तसम्‍मलाई ती जीवनहरू बचाइनेछन् ।
\v 25 यदि तिमीले संसारमा भएका सबै थोकहरू प्राप्‍त गर्‍यौ तर त्‍यसपछि तिमीले आफ्‍नै जीवन गुमायौ, वा दिनुपर्‍यो भने त्‍यसले तिमीलाई कसरी फाइदा हुन्‍छ र ?
\s5
\v 26 मेरो शन्‍देसलाई तिरस्‍कार गर्ने र मेरो र तिनीहरू मेरा हुन् भन्‍न इन्‍कार गर्ने मानिसलाई, म, मानिसको पुत्रले पनि जब आफ्‍नो महिमामा र पिताको महिमामा र पवित्र स्वर्गदूतहरूको महिमामा म आउनेछु तब तिनीहरू मेरा हुन् भन्‍न इन्‍कार गर्नेछु ।
\v 27 तर म तिमीहरूलाई भन्दछु, “तिमीहरू यहाँ अहिले खडा भएकाहरूमध्ये कोही परमेश्‍वरले आफैँलाई राजा रूपमा प्रकट नगर्नुभएसम्‍म मर्नेछैनौ !”
\s5
\v 28 येशूले यी वचनहरू बोल्‍नुभएको करिब आठ दिनपछि उहाँले पत्रुस, यूहन्‍ना र याकूबलाई आफूसँग लिनुभयो र प्रार्थना गर्नलाई डाँडामाथि जानुभयो ।
\v 29 जसै उहाँ प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको स्‍वरूप अत्‍यन्‍तै फरक भयो र उहाँको लुगा अत्‍यन्‍तै चहकिलो भयो र बिजुली झैँ चम्क्यो ।
\s5
\v 30 अचानक धेरै पहिलेका दुईजना अगमवक्ताहरू येशूसँग कुरा गरिरहेका देखा परे; तिनीहरू मोशा र एलिया थिए ।
\v 31 तिनीहरू महिमामा ढाकिएका देखापरे, र येशूसँग उहाँको विदाइको बारेमा कुरा गरे जुन चाँडैनै यरूशलेममा पूरा हुनेछ ।
\s5
\v 32 उहाँसँग भएका पत्रुस र अरू चेलाहरूलाई एकदमै निन्‍द्रा लागिरहेको थियो । जब तिनीहरू ब्युँझे, तिनीहरूले येशूको महिमा देखे ; येशूसँग खडा भएका दुईजना मानिसहरूलाई पनि तिनीहरूले देखे ।
\v 33 जसै मोशा र एलियाले येशूलाई छोडेर जान लागे, पत्रुसले उहाँलाई भने, “गुरुज्यु, हाम्रो लागि यहाँ हुनु असल छ ! हामीले तीनवटा पालहरू बनाउनुपर्छ, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि !” तर तिनले जे भनिरहेको थिए, त्यो कुराको महसूस तिनले गरेकै थिएनन् ।
\s5
\v 34 जसै तिनले यी शब्‍दहरु बोल्‍दैथिए, एउटा बादल बन्‍यो र तिनीहरूलाई ढाक्‍यो । जसै तिनीहरूलाई बादलले ढाक्‍यो, चेलाहरू डराए ।
\v 35 बादलबाट परमेश्‍वरको आवाज तिनीहरूसँग यसो भन्‍दै बोल्‍नुभयो, “यिनी मेरा छोरा हुन्, जसलाई मैले छानेको छु; यिनका कुरा सुन !”
\v 36 जब आवाज बोलेर सकियो, तीनजना चेलाहरूले त्यहाँ येशूलाई मात्र देखे । तिनीहरू चुपचाप बसे र तिनीहरूले जे देखेका थिए त्‍यो तिनीहरूले लामो समयसम्‍म कसैलाई पनि भनेनन् ।
\s5
\v 37 अर्कोदिन जब उहाँहरू पहाडबाट तल आउनुभएको भयो र मानिसहरूको ठूलो भिडले येशूलाई भेट्‍यो ।
\v 38 अचानक भिडबाट एकजना मानिसले करायो, “गुरुज्यु, म तपाईंलाई विन्‍ती गर्छु, मेरो छोरोलाई मद्दत गर्न कही गर्नुहोस् ! त्यो मेरो एउटा मात्र छोरो हो ।
\v 39 दुष्‍ट आत्माले उसलाई अचानक कव्‍जा गर्छ र उसलाई चिच्याउने बनाउँछ । त्‍यसले उसलाई थरथर काम्‍ने बनाउँछ र उसको मुखबाट फींज निस्‍किन्‍छ । त्‍यसले मेरो बालकलाई विरलै मात्र छोड्छ र त्‍यसले छोड्‍दा उसलाई गम्‍भीर रूपले घाइते बनाउँछ ।
\v 40 दुष्‍ट आत्मालाई त्‍यसबाट निकाल्ने आज्ञा गर्न मैले तपाईंका चेलाहरूसँग विन्‍ती गरें तर तिनीहरूले त्‍यसो गर्न सकेनन् ।”
\s5
\v 41 जवाफमा येशूले भन्‍नुभयो, “मानिसहरूको यस पुस्ताले विश्‍वास गर्दैन र त्‍यसरी नै तिम्रो विचार भ्रष्‍ट छ ! तिमीले विश्‍वास गर्नुअघि कति लामो समयसम्म म तिमीहरूसँग रहुँ ?” तब उहाँले केटोको बुबालाई भन्‍नुभयो, “तिम्रो छोरोलाई यहाँ मकहाँ ल्याऊ ।”
\v 42 जसै तिनीहरूले त्यो केटोलाई उहाँकहाँ ल्याउँदै थिए, त्‍यो दुष्‍ट आत्‍माले त्यो केटोलाई भुईँमा पछार्‍यो र त्यसलाई धेरै कमायो । तर येशूले त्‍यस दुष्‍ट आत्मालाई हकार्नुभयो र केटोलाई निको पार्नुभयो । त्यसपछि उसलाई आफ्‍नो बुबाको जिम्‍मा लगाउनुभयो ।
\s5
\v 43 त्यसपछि परमेश्‍वरको महान शक्ति देखेर त्यहाँ भएका सबै मानिसहरू अचम्ममा परे । येशूले गरिरहनु भएका सबै आश्‍चर्यकर्महरूमा तिनीहरू छक्‍क परिरहँदा उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो,
\v 44 “म तिमीलाई के भन्‍दैछु त्‍यसलाई ध्यानपूर्वक सुनः म, मानिसको पुत्रलाई, चाँडै नै मेरा शत्रुहरूका हातमा सुम्पिदिइनेछ ।”
\v 45 तर उहाँले त्‍यसो भनेर के भन्‍न खोज्‍नुभएको हो भनी चेलाहरूले बुझ्‍न सकेनन् । परमेश्‍वरले तिनीहरूलाई त्यो कुरा बुझ्‍न रोक्‍नुभयो, यसैले तिनीहरूले अझ पनि के भन्‍न खोज्‍नुभएको बुझ्‍न सकेनन्, र उहाँले के भन्‍न खोज्‍नुभएको हो भनी उहाँलाई सोध्‍न तिनीहरू डराए ।
\s5
\v 46 केही समयपछि, तिनीहरूमध्ये को सबभन्दा ठूलो हुनेछ भन्‍नेबारे चेलाहरू आफ्‍नो माझमा विवाद गर्नलागे ।
\v 47 तर तिनीहरूले के बिचार गर्दैथिए भनी येशूलाई थाहा थियो, त्यसैले उहाँले एउटा सानो बालकलाई आफ्‍नो छेउमा ल्याएर खडा गर्नुभयो ।
\v 48 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले यस्‍तै सानो बालकलाई मेरो कारणले स्‍वागत गर्छ भने, त्‍यो मलाई स्‍वागत गरेजस्‍तै हो । र यदि कसैले मलाई स्‍वागत गर्छ भने, त्‍यो मलाई पठाउनु हुने परमेश्‍वरलाई स्‍वागत गरेजस्‍तै हो । याद गर कि तिमीहरूका माझमा भएकाहरूमध्ये जो सबभन्‍दा थोरै महत्‍वको छ त्‍यसलाई नै परमेश्‍वरले सबभन्‍दा धरै महत्‍वको ठान्‍नुहुन्‍छ ।”
\s5
\v 49 यूहन्‍नाले येशूलाई जवाफ दिए, “गुरुज्यु, हामीले एकजना मानिसलाई देख्‍यौं जसले मानिसहरूबाट दुष्‍ट आत्माहरू निकाल्नलाई तपाईंको नाउँलाई प्रयोग गर्दैथियो । त्यसैले हामीले त्‍यसलाई त्यसो गर्न रोक्‍न भन्यौ, किनकि त्यसले हाम्रो समूहको सदस्‍य भएर तपाईंलाई पछ्‍याउँदैन। ”
\v 50 तर येशूले भनुभयो, “त्यसलाई त्यसो गर्नदेखि नरोक ! यदि कसैले तिमीहरूलाई हानि पुग्‍ने केही काम गरिरहेको छैन भने त्‍यसले जे गर्दैछ त्यसले तिमीहरूलाई मद्दत हुन्‍छ !”
\s5
\v 51 जब परमेश्‍वरले उहाँलाई स्‍वर्गमा फिर्ता लैजाने दिन नजिक आउँदैथियो, येशूले यरूशलेमा जाने पक्‍का निश्‍चय गर्नुभयो ।
\v 52 उहाँले केही सन्‍देश दिनेहरूलाई आफ्‍नो अघि जानलाई पठाउनुभयो, र उहाँलाई त्यहाँ जानलाई तयारी गर्नलाई तिनीहरू समरिया ईलाकाको एउटा गाउँमा पसे ।
\v 53 तर सामरीहरूले येशूलाई तिनीहरूको गाउँमा आउन दिएनन् किनकि उहाँ यरूशलेमतिर जाने आफ्‍नो यात्रामा हुनुहुन्थ्यो ।
\s5
\v 54 जब उहाँका दुईजना चेलाहरू याकूब र यूहन्‍नाले त्‍यो सुने, तब तिनीहरूले भने, “प्रभु, ती मानिसहरूलाई नाश गर्नलाई स्वर्गबाट तल आगो पठाउन के हामी परमेश्‍वरसँग विन्‍ती गरूँ भन्‍ने तपाईंको इच्‍छा छ ?”
\v 55 तर येशू तिनीहरूतिर फर्कनुभयो र तिनीहरूलाई कडारूपले भन्‍नुभयो, त्‍यसो भन्‍नु तिनीहरूको गल्ती थियो ।
\v 56 त्यसले उहाँहरू अर्कै गाउँमा जानुभयो ।
\s5
\v 57 जसै येशू र चेलाहरू बाटोमा सँगै हिंड्‍दैथिए कसैले उहाँलाई भन्‍यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंसँगै जानेछु ।”
\v 58 येशूले जवाफ दिनुभयो, “स्यालहरू बस्‍नलाई जमीनमा प्वालहरू छन्, र चराहरूका गुँडहरू छन्, तर म, मानिसको पुत्रको त सुत्‍ने एउटा घर पनि छैन !”
\s5
\v 59 येशूले अर्को एउटा व्‍यक्तिलाई भन्‍नुभयो, “मेरो पछि लाग !” तर त्यस व्‍यक्तिले भन्यो, “प्रभु, पहिले मलाई घर जान र मेरो बुबाको मृत्‍युपछि उहाँ दफन गर्न दिनुहोस् ।”
\v 60 तर येशूले त्‍यसलाई भन्‍नुभयो, “मृतकहरूले नै तिनीहरूका आफ्‍ना मृतकलाई दफन गरून् ; तर तिमी जाऊ र परमेश्‍वरले चाँडै नै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनी सबैतिरका मानिसहरूलाई भन ।”
\s5
\v 61 अरू कसैले भने, “प्रभु, म तपाईंसँग आउनेछु र तपाईंको चेला हुनेछु तर पहिले मलाई घर जान र मेरा मानिसहरूबाट विदा माग्‍न दिनुहोस् ।”
\v 62 येशूले त्‍यसलाई भन्‍नुभयो, “कसैले आफ्नो खेत जोत्‍न शुरू गर्छ र आफ्‍नो पछिल्तिर हेर्छ भने, परमेश्‍वरले राजाको रूपमा सबै थोकहरूमाथि शसन गर्नुहुँदा, त्‍यसले उहाँको सेवा गर्न सक्दैन ।”
\s5
\c 10
\p
\v 1 त्यसपछि प्रभु येशूले अरू सत्तरीजना मानिसहरूलाई प्रचार गर्न जानलाई नियक्त गर्नुभयो । उहाँले जाने इच्‍छा गर्नु भएको हरेक नगर र गाउँमा उहाँको अघि-अघि जानलाई उहाँले तिनीहरूलाई दुई-दुईजना गरी पठाउन तयार गर्नुभयो ।
\v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल निश्‍चय नै प्रशस्‍त छ, तर कामदारहरू थोरै छन् । त्यसैले फसलका प्रभुसँग प्रार्थना गर र उहाँको फसल कटेर जम्‍मा गर्नलाई धेरै कामदारहरू पठाउन उहाँसँग विन्ती गर ।”
\s5
\v 3 अब जाओ तर याद गर कि मेरो सन्देश भन्‍न म तिमीहरूलाई ती मानिसहरूकाहाँ पठाउँदैछु जो तिमीहरूबाट टाढा हुन खोज्‍नेछन् । तिमीहरू ब्वाँसोहरूको माझमा भेडाका पाठाहरू जस्तै हुनेछौ ।
\v 4 आफ्‍नो साथमा रूपिया कत्ति पनि नलैजाऊ । यात्राले बोक्‍ने झोला नलैजाऊ । जगेडा जुत्ताहरू नलैजाऊ । बाटोमा भेटिने मानिसहरूलाई अभिवादन गर्नलाई खडा नहोऊ ।
\s5
\v 5 जब तिमीहरू एउटा घरभित्र पस्छौ, पहिले ती मानिसहरूलाई भन्‍नु, ‘यस घरभित्र हुनुहुने तपाईंहरूलाई परमेश्‍वरले शान्ति दिनुभएको होस् !
\v 6 यदि त्यहाँ बस्‍ने मानिसहरूले परमेश्‍वरको शान्तिको पाउने इच्छा गर्दैछन् भने, तिमीहरूले तिनीहरूलाई दिने शान्तिको अनुभव तिनीहरूले गर्नेछन् । यदि त्यहाँ बस्‍ने मानिसहरूले परमेश्‍वरको शान्ति पाउने इच्छा गर्दै छैनन् भने, तिमीहरूले दिएको शान्ति तिमीहरूमा नै फर्कनेछ ।
\v 7 तिमीहरूले त्यो गाउँ छोडेर नगएसम्‍म त्यही एउटा घरमा बस । एउटा घरबाट अर्को घरमा वरिपरि नसर । तिनीहरूले तिमीहरूलाई जे उपलव्‍ध गराउँछन् त्‍यही खाने र पिउने गर, किनभने एउटा कामदारले आफ्नो कामको उचित ज्याला पाउनुपर्छ ।
\s5
\v 8 जब तिमीहरू एउटा नगरमा पस्छौ र त्यहाँका मानिसहरूले तिमीहरूलाई स्वागत गर्छन्, तिनीहरूले तिमीहरू लागि जे खानेकुरा उपलव्‍ध गराउँछन् त्‍यही खाऊ ।
\v 9 त्यहाँ भएका बिमारी मानिसहरूलाई निको पार । तिनीहरूलाई भन, ‘परमेश्‍वरले चाँडै नै राजाको रूपमा सबै ठाउँमा राज्य गर्नुहुनेछ ।’
\s5
\v 10 तर यदि तिमीहरू पसेको नगरका मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन् भने, त्यसको मुख्य सडकमा जाऊ र भन,
\v 11 ‘जसै हामीले तिमीहरूका नगर छोड्दैछौं, तिमीहरूका विरूद्धमा एउटा चेतावनीको स्‍वरूपमा हाम्रा खुट्टाहरूमा टाँसीएको धुलोहरू पनि हामी पुछ्‍नेछौं । तथापी यो कुरा निश्‍चत जान ; परमेश्‍वरले राजाको रूपमा चाँडै नै सबै थोकहरूमाथि राज्य गर्नुहुनेछ ।’
\v 12 म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले अन्तिम दिनमा सबै थोकहरूको न्याय गर्नुहुँदा, धेरै अघि सदोम सहरमा बसोबास गर्ने दुष्‍ट मानिसहरूलाई दिइएको भन्दा पनि अझ धेरै कठोर दण्‍ड त्‍यस नगरका मानिसहरूलाई दिइनेछ !
\s5
\v 13 खोराजीन र बेथसेदा सहरहरूमा बसोबास गर्ने मानिसहरू, तिमीहरूलाई कति डरलाग्‍दो हुनेछ, किनभने तिमीहरूले पश्‍चताप गर्न इन्कार गर्‍यौ । यदि मैले तिमीहरूका लागि गरेका आश्‍चर्य कामहरू टायर र सिदोनका प्राचीन सहरहरूमा गरेका भए, त्यहाँ बसोबास गरेका दुष्‍ट मानिसहरूले जमिनमा बसेर, बिझाउने लुगा लगाएर र आफ्‍नो शिरहरूमा खरानीहरू हालेर धेरै अघि नै आफ्‍ना पापहरूका निम्‍ति तिनीहरू दुखी भएको देखाउने थिए ।
\v 14 त्यसैले अन्तिम दिनमा परमेश्‍वरले सबैको न्याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई टायर र सिदोनमा बसोबास गरेका मानिसहरूलाई भन्दा बढी कठोर दण्‍ड तिमीहरूलाई दिनुहुनेछ, किनभने मैले गरेका आश्‍चर्य कामहरू तिमिहरूले देख्‍यौ तापनि तिमीहरूले पश्‍चताप गरेनौ र मलाई विश्‍वास गरेनौ !
\v 15 कफर्नहुमको नगरमा बसोबास गर्ने मानिसहरूलाई पनि मैले केही कुरा भन्‍नुछ । के तिमीहरू स्वर्गमा सम्मानित हुनेछौ भनी बिचार गर्दछौ ? त्यसको साटोमा तिमीहरू मृतहरूको ठाउँमा तल खसालिनेछौ !”
\s5
\v 16 येशूले चेलाहरूलाई पनि भन्‍नुभयो, “जसले तिमीहरूको सन्देश सुन्छ, त्यसले मलाई नै सुन्दैछ र जसले तिमीहरूको सन्देश इन्कार गर्छ, त्यसले मलाई नै इन्कार गर्दैछ । र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुने परमेश्‍वरलाई नै इन्कार गर्दैछ ।”
\s5
\v 17 येशूले नियुक्त गर्नुभएका सत्तरीजना मानिसहरू गए र उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै गरे । जब तिनीहरू फर्के, तिनीहरू धेरै आनन्दित थिए । तिनीहरूले भने, “प्रभु, जब हामीले तपाईंको अधिकारद्वारा दुष्‍ट आत्माहरूलाई मानिसहरूबाट निस्कने आज्ञा दियौँ, तब तिनीहरूले पनि हाम्रा आज्ञा माने !”
\v 18 उहाँले जवफ दिनुभयो, "तिमीहरूले त्‍यसो गर्दै थियौ, तब मैले शैतानहरूलाई बिजुली चम्केझैँ अचानक र चाँडै आकाशबाट खसेको देखेँ !
\v 19 सुन ! मैले तिमीहरूलाई दुष्‍ट आत्माहरूमाथि आक्रमण गर्ने अधिकार दिएको छु । तिनीहरूले तिमीहरूलाई हानी पुर्‍याउने छैनन् । मैले तिमीहरूलाई हाम्रो शत्रू शैतानभन्दा शक्तिशाली हुने अधिकार दिएको छु । कुनै पनि कुराले तिमीहरूलाई हानी गर्नेछैन ।
\v 20 तर जसै दुष्‍ट आत्माले तिमीहरूको आज्ञा पालन गर्दा तिमीहरू आनन्दित हुन्‍छौ, तिमीहरूका नामहरू स्वर्गमा लेखिएका छन् भनेर तिमीहरू अझ धेरै आनन्दित हुनुपर्छ ।”
\s5
\v 21 त्‍यसैबेला येशू पवित्र आत्माको ठूलो आनन्‍दले भरिनुभयो । उहाँले भन्‍नुभयो, “पिता, तपाईं स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरूका प्रभु हुनुहुन्छ । तिनीहरूले राम्रो शिक्षा पाएका कारणले केही मानिसहरू आफैँलाई बुद्धीमान हौं भनी विचार गर्छन् । तर म तपाईंको प्रशंसा गर्छु कि तपाईंले यी कुराहरू जान्‍नबाट तिनीहरूलाई रोक्‍नुभएको छ । त्यसको सट्टा साना बालकहरूले झैँ तपाईंको सत्यता ग्रहण गर्न तयार मानिसहरूलाई तपाईंले ती प्रकट गरिदिनुभएको छ । हो, पिता, तपाईंले त्‍यो गर्नुभएको छ किनभने तपाईंलाई त्‍यसै गर्न मन लाग्‍यो ।”
\s5
\v 22 येशूले चेलाहरूलाई पनि भन्‍नुभयो, “परमेश्‍वर मेरा पिताले सबै थोकहरू मलाई दिनुभएको छ । मेरा पिताले मात्रै, म, उहाँको पुत्रलाई वास्‍तविक रूपमा चिन्‍नुहुन्छ । अझै म, उहाँको पुत्रले मात्र पिता को हुनुहुन्छ भनी वास्‍तविक रूपमा चिन्छु -- यसको अर्थ, म र उहाँलाई प्रकट गर्न मैले चुनेका मानिसहरूले मात्र उहाँलाई वास्‍तविक रूपमा चिन्छन् ।”
\s5
\v 23 त्यसपछि जब येशू आफ्ना चेलाहरूसँग मात्र हुनुहुन्‍थ्‍यो, उहाँ तिनीहरूतिर फर्कनुभयो र भन्‍नुभयो, “मैले गरेको कामहरू तिमीहरूलाई हेर्न दिनुभएर परमेश्‍वरले तिमीहरूलाई एउटा ठूलो उपहार दिनुभएको छ !
\v 24 तिमीहरूले यो जान भन्‍ने म चाहन्छु कि धेरै अघि बाँचेका अगमवक्ताहरू र राजाहरूले पनि मैले गरेका कुराहरू जो तिमीहरूले देख्‍दैछौ ती देख्‍ने इच्छा गरेका थिए, तर तिनीहरूले देख्‍न सकेनन्, किनभने ती कुराहरू त्यो समयमा भएनन् । मैले भनेका कुराहरू जे तिमीहरूले सुनिरहेका छौ ती कुराहरू तिनीहरूले सुन्‍ने इच्छा गरेका थिए, तर मैले ती कुराहरू त्‍यसबेला प्रकट गरेको थिइन ।”
\s5
\v 25 एकदिन जसै येशूले मानिसहरूलाई शिक्षा दिदै हुनुहुन्‍थ्‍यो, यहूदी व्‍यवस्‍थाका कोही एकजना शिक्षक त्यहाँ थिए। उहाँलाई एउटा अप्‍ठेरो प्रश्‍न सोधेर तिनले येशूको जाँच गर्न चाहन्थे । त्‍यसैले तिनी खडा भए र सोधे, "गुरुज्यू, सदासर्वदा परमेश्‍वरसँग जीवन बिताउन मैले के गर्नुपर्छ ?”
\v 26 येशूले तिनलाई भन्‍नुभयो, “परमेश्‍वरले मोशालाई दिनुभएको व्‍यवस्‍थामा तिनले के लेखेका छन् त्यो तिमीले पढेका छौ । व्‍यवस्‍थाले के भन्छ ?”
\v 27 त्‍यो मानिसले जवाफ दियो, “परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा बलले र आफ्नो सारा समझले प्रेम गर । र तिमीहरूले आफूलाई जति प्रेम गर्छौ आफ्नो छिमेकीलाई पनि त्यति नै प्रेम गर ।”
\v 28 येशूले जवाफ दिनुभयो, “तिमीले सही उत्तर दिएका छौ । यदि तिमीले ती सबै गर्‍यौ भने तिमीले सदासर्वदा परमेश्‍वरसँग जीवन बितउनेछौ ।”
\s5
\v 29 तर ती मानिसले अरू मानिसहरूलाई आफूले गरेको व्‍यवहारलाई ठीक ठहराउने एउटा कारण पत्ता लगाउन चाहान्‍थे । त्यसैले तिनले येशूलाई सोधे, “मेरा छिमेकीहरू कुन मानिसहरू हुन् जसलाई मैले प्रेम गर्नुपर्छ ?”
\v 30 येशूले जवाफ दिनुभयो, “एकदिन एकजना यहूदी येरिहोबाट यरूशलेतर्फ बाटोमा यात्रा गर्दैथिए । जसै तिनी यात्रा गर्दैथिए, केही डाँकुहरूले तिनलाई आक्रमण गरे । तिनका सबै लुगाहरू र तिनीसित भएका सबै थोकहरू तिनीहरूले लुटे र तिनी मरणासन्‍न हुनेगरी तिनीहरूले तिनलाई पिटे । त्यसपछि तिनीहरूले तिनलाई छाडे ।
\s5
\v 31 एकजना यहूदी पूजाहारी त्यहीँ बाटो भएर जाँदै थिए । जब तिनले ती मानिसलाई देखे, तिनलाई मद्धत गर्नुको साटो, तिनी बाटोको अर्को छेउबाट तर्केर गए ।
\v 32 यसैगरी एकजना लेवी, जो परमेश्‍वरको मन्दिरमा काम गर्थे, त्यो ठाउँमा आए र ती मानिसलाई देखे । तर तिनी पनि बाटोको अर्को छेउबाट भएर गए ।
\s5
\v 33 त्यसपछि सामरिया क्षेत्रको एकजना मानिस त्यहीँ बाटो भएर ती मानिस लडिराखेको ठाउँमा आए । जब तिनले ती मानिसलाई देखे र तब तिनले उनलाई दया गरे ।
\v 34 तिनी उनको नजिक गए र घाउहरू निको पार्न मद्धत गर्नलाई त्‍यसमा केही जैतुनको तेल र अङ्गुर-मद्य लगाए । तिनले घाउहरूका वरिपरि कपडाका टुक्राहरू बाँधे । त्यसपछि तिनले ती मानिसलाई आफ्नै गधामा राखे र तिनलाई एउटा वासस्‍थानमा लगे र तिनको हेर-बिचार गरे ।
\v 35 अर्को बिहान तिनले त्‍यस वासस्‍थानको मालिकलाई दुईवटा चाँदीका सिक्‍काहरू दिए र भने, ‘यी मानिसको हर-बिचार गर्नुहोला । यदि तिनको हेर-बिचार गर्दा तपाईंले यो रकम भन्दा बढी खर्च गर्नुभयो भने, म फर्केपछि तपाईंलाई तिर्नेछु ।’”
\s5
\v 36 त्यसपछि येशूले भन्‍नुभयो, “तीनजना मानिसहरूले डाँकुहरूले लुटेको ती मानिसलाई देखे । तीमध्ये कुन चाहिँले तिनी यस मानिसको सच्‍चा छिमेकी भएको कुरा दर्शाए ?”
\v 37 व्‍यवस्‍थाका शिक्षकले जवाफ दिए, “जसले तिनीप्रति कृपासाथ काम गरे ।” येशूले तिनलाई भन्‍नुभयो, “हो, त्यसैले अब तिमी जाऊ र तिमीले जसलाई मद्दत गर्न सक्छौ ती सबैलाई त्यस्तै गर ।”
\s5
\v 38 जसै येशू र उहाँका चेलाहरू नरन्‍तर यात्रा गर्दै हुनुहुन्‍थ्‍यो, उहाँहरू यरूशलेम नजिकैको एउटा गाउँमा पस्‍नुभयो । मार्था नाम गरेकी एकजना स्‍त्रीले तिनको घरमा आउनलाई उहाँहरूलाई निम्तो दिइन् ।
\v 39 तिनकी एकजना मरियम नाम गरेकी बहिनी येशूको पाउ नजिकै बस्‍दै थिइन् । उहाँले सिकाउनु भएको कुरा तिनले सुन्‍दै थिइन् ।
\s5
\v 40 तर मार्था भने खाना तयार गर्ने बारेमा धेरै चिन्तित थिइन् । तिनी येशूकहाँ गइन् र भनिन्, “प्रभु के तपाईंले ध्यान दिनुहुन्‍न कि मेरी बहिनीले सबै थोक मैले नै तयार गर्नलाई मलाई छाडिदिएकी छिन् ? कृपया मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।”
\v 41 तर प्रभुले जवाफ दिनुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराहरूको चिन्ता गर्छयौ ।
\v 42 तर साँच्‍चै आवश्‍यक कुरा चाहिँ मैले जे सिकाउँदैछु त्‍यो सुन्‍नु हो । मरियमले उत्तम कुरा रोजेकी छिन् । तिनले त्‍यसो गरेर पाईरहेको आशिष तिनीबाट खोसिने छैन ।”
\s5
\c 11
\p
\v 1 एकदिन कुनै एउटा ठाउँमा येशूले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो । जब उहाँले प्रार्थना गरेर सिध्याउनुभयो, उहाँका चेलाहरूमध्‍ये एउटाले उहाँलाई भने, "प्रभु, हामीले प्रार्थना गर्दा के भन्‍नुपर्छ हामीलाई सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्‍ना चेलाहरूलाई सिकाए ।”
\s5
\v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यी कुराहरू भन : ‘हे पिता, सबै मानिसहरूले तपाईंको नामलाई पवित्र मानेर आदर गरून् । तपाईंले चाँडै नै सबै ठाउँका सबै मानिसहरूमाथि राज्य गर्नुहोस् ।
\s5
\v 3 कृपागरी हरेक दिन आवश्यक पर्ने भोजन हामीलाई दिनुहोस् ।
\v 4 कृपा गरी हामीले गरेका खराव कुराहरूका निम्‍ति हामीलाई क्षमा गर्नुहोस्, जसरी हामी आफैंले पनि मानिसहरूले हामीलाई गर्ने खराव कुराहरूका निम्‍ती तिनीहरूलाई क्षमा गर्नुपर्छ । हामी परीक्षित हुँदा पाप नगर्नलाई हामीलाई मद्दत गर्नुहोस् ।’”
\s5
\v 5 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिलिऊँ कि तिमीहरूमध्ये एकजना मध्य रातमा एउटा साथीको घरमा जान्‍छौ । मानिलिऊँ कि तिमी बाहिर खडा हुन्‍छौ र तिनलाई भन्‍छौ, ‘मेरो साथी, कृपा गरी मलाई तीनवटा रोटी देऊ !
\v 6 मेरो अर्को एकजना साथी जो यात्रा गर्दैछन्, भर्खरै मेरो घरमा आएका छन्, तर तिनलाई दिनको लागि मसँग केही खानेकुरा तयार छैन !
\v 7 मानौं कि तिनले घरभित्रैबाट तिमीलाई जवाफ दिन्छन्, ‘मलाई दुख नदेऊ ! ढोका बन्द गरिएको छ र मेरो सबै परिवार ओछ्यानमा छन् । त्‍यसैले म उठ्‍न र तिमीलाई केही दिन सक्दिन !
\v 8 म तिमीलाई भन्दछु, तिमी तिनको साथी भए तापनि तिनी उठ्ने र कुनै खाना तिमीलाई दिने इच्‍छा गर्दैनन् । तर तिमीले तिनीसँग निरन्तर विन्‍ती गरेको कारणले तिनी निश्‍चय नै उठ्नेछ र तिमीलाई जे कुरा आवश्यक छ त्‍यो तिनले दिनेछन् ।
\s5
\v 9 त्यसैले म तिमीहरूलाई यो भन्दछु : तिमीहरूलाई के आवश्यक छ त्‍यसका निम्‍ती परमेश्‍वरसँग मागी रहो र उहाँले तिमीहरूलाई त्‍यो दिनुहुनेछ । उहाँको इच्छा खोजी रहो र उहाँले त्‍यो तिमीहरूलाई देखाउनुहुनेछ । कसैले ढोकामा निरन्‍तर ढकढक गरेजस्तै परमेश्‍वरसँग निरन्‍तर प्रार्थना गरिरहो र तिमीहरुले जे कुराको निम्‍ती प्रार्थना गर्छौ त्‍यो तिमीहरूले पाउनलाई उहाँले तिमीहरूका निम्‍ती बाटो खोल्नुहुनेछ ।
\v 10 याद गर कि हरेक जसले माग्‍छ उसले पाउनेछ र हरेक जसले खोज्‍छ उसले भेट्टाउनेछ र हरेक जसले ढक्ढकाउँछ उसको निम्ति ढोका उघारिनेछ ।
\s5
\v 11 यदि तिमीहरूमध्ये एकजनाको एउटा छोरोले खानको लागि माछा माग्यो भने, त्यसको सट्टामा तिमीहरूले निश्‍चय पनि उसलाई एउटा विषालु सर्प दिँदैनौ, दिन्‍छौ त ?
\v 12 र यदि उसले एउटा अण्डा माग्यो भने, त्यसको सट्टामा तिमीहरूले निश्‍चय पनि उसलाई एउटा बिच्छी दिँदैनौ, दिन्‍छौ त ?
\v 13 तिमीहरू पापी मानिसहरू भए तापनि आफ्‍ना छोरा-छोरीलाई जसरी राम्रो कुराहरू दिन तिमीहरू जान्‍दछौ । त्यसरी नै यदि तिमीहरूले उहाँसँग विन्‍ती गर्‍यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले अझ धेरै निश्‍चित रूपमा तिमीहरूलाई पवित्र आत्मा दिनुहुनेछ ।”
\s5
\v 14 एकदिन त्यहाँ एकजना मानिस थिए जो बोल्न सकेनन्, किनभने एउटा दुष्‍ट आत्‍माले तिनलाई अधीन गर्‍यो । येशूले दुष्‍ट आत्‍मालाई निस्कन बाध्य पारेपछि ती मानिस बोल्‍न थाले । त्यहाँ भएका धेरैजसो मानिसहरू चकित परे ।
\v 15 तर तिनीहरूमध्ये कसैले भने, “यो त भूतहरूको शासक बालजीबुल हो, जसले यस मानिसलाई भूतहरू निकाल्‍न सक्षम बनाउँछ !”
\s5
\v 16 त्यहाँ भएका अरू मानिसहरूले उहाँ परमेश्‍वरबाट आउनुभएको हो भनी प्रमाणित गर्नलाई एउटा आश्‍चर्य काम गर्न उहाँलाई भने ।
\v 17 तर तिनीहरूले के बिचार गर्दैथिए त्‍यो उहाँ जान्‍नुहुन्‍थ्‍यो । त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि एउटा राज्यका मानिसहरू एक आपसमा लडाईं गर्छन् भने, तिनीहरूको राज्य नष्‍ट हुनेछ । यदि एउटा घरका मानिसहरू एक आपसमा विरोध गर्छन् भने, तिनीहरूका परिवारमा फाटो हुनेछ ।
\s5
\v 18 त्यसैगरी यदि शैतान र त्‍यसका भूतहरू एक आपसमा लडाई गर्दैथिए भने, तिनीहरूमाथिको उसको शासन निश्‍चय पनि रहन्‍न ! म यो भन्‍दैछु किनभने तिमीहरू भन्‍दैछौ कि भूतहरूको शासकको शक्तिले म भुतहरू निकाल्छु !
\v 19 अब, यदि शैतानले मलाई भूतहरू निकाल्न सक्षम बनाउँदैछ भन्‍ने कुरा वास्‍तविक सत्‍य हो भने, तिमीहरूका चेलाहरू जसले भूतहरू निकाल्‍छन् त्‍यो शैतानकै शक्तिले गर्छन् भन्‍ने कुरा वास्‍तविक सत्य हो ? वास्तवमै होइन ! यसरी यी कुराहरूले तिमीहरू गलत छौ भन्‍ने प्रमणित हुन्‍छ ।
\v 20 तर यदि साँच्‍चै नै मैले परमेश्‍वरको शक्तिले भूतहरू निकाल्छु भने परमेश्‍वरले तिमीहरूमाथि शासन गर्न सुरु गर्नुभएको कुरा मैले तिमीहरूलाई देखाउँदैछु ।
\s5
\v 21 येशूले लगातार भन्‍नुभयो, “जब धेरै हतियारहरू भएका एकजना बलवान मानिसले आफ्‍नो घरको सुरक्षा आफैँले गर्छ भने त्‍यसको घरमा भएका कुराहरू कसैले पनि चोर्न सक्‍दैन ।
\v 22 तर अझै बलवान कसैले त्यो मानिसलाई आक्रमण गर्छ र त्‍यसलाई अधीन गर्छ भने त्यस मानिसले भर परेको सबै हतियारहरू उसले लिएर जान्छ सक्षम हुन्‍छ । त्यसपछि उसले त्‍यस मानिसको घरबाट उसलाई जे इच्‍छा हुन्‍छ त्‍यो लैजान सक्‍छ ।
\v 23 कसैले मलाई समर्थन गर्दैन भने त्‍यसले मेरो विरोध गर्छ, र कसैले मानिसहरूलाई मकहाँ ल्याउँदैन भने त्‍यसले तिनीहरूलाई मबाट टाढा जाने बनाउँछ ।”
\s5
\v 24 त्यसपछि येशूले यसो भन्‍नुभयो : “कुनैबेला जब दुष्‍ट आत्माले कसैलाई छोड्छ, त्यो निर्जन ठाउँहरूमा छुटकारा खोज्‍दै भौंतारिन्‍छ । यदि त्‍यसले कुनै ठाउँ भेट्टाएन भने, त्‍यसले आफैंलाई भन्छ, ‘म त्यही व्‍यक्तिकहाँ फर्कनेछु जसमा म बस्‍ने गर्थें ।’
\v 25 त्यसैले त्यो फर्केर जान्छ र त्यस व्‍यक्तिलाई बढारेर सफा गरेको र मिलाएर राखेको तर अझै खाली भएको घरजस्तो भेट्टाउँछ ।
\v 26 तब त्यो दुष्‍ट आत्‍मा जान्‍छ र त्‍यसले अरू सातवटा झन् बढी खराव दुष्‍ट आत्माहरूलाई साथमा ल्याउँदछ । तिनीहरू सबै त्यस व्‍यक्तिभित्र पस्छन् र त्यहाँ बस्‍न थाल्छन् । यसरी त्यस व्‍यक्तिको पहिलेको अवस्‍था खराव थियो भने पछिल्‍लो झन् धेरै खराब भयो ।”
\s5
\v 27 जब येशूले त्‍यसो भन्‍नुभयो, त्‍यो सुनिरहेकी एउटी स्‍त्रीले उच्‍च स्वरले उहाँलाई भनिन्, “जसले तपाईंलाई जन्‍माइन् र जसले तपाईंलाई आफ्‍नो स्‍तनपान गराइन् ती स्‍त्रीलाई परमेश्‍वरले कति धेरै आशिष् दिनुभयो ।”
\v 28 त्यसपछि उहाँले जवाफ दिनुभयो, “जसले उहाँको सन्देश सुन्छन् र ती पालन गर्छन् तिनीहरूलाई परमेश्‍वरले अझ धेरै आशिष् दिनुभयो !”
\s5
\v 29 जसै येशूको वरिपरि भएको भिडमा सहभागी हुनलाई धेरैभन्दा धेरै मानिसहरू आउँदैथिए, उहाँले भन्‍नुभयो, “यो समयमा बाँचेका मानिसहरू दुष्‍ट मानिसहरू हुन् । तिमीहरूमध्ये धेरै जनाले म परमेश्‍वर बाट आएको हुँ भन्‍ने प्रमाणको रूपमा मैले एउटा आश्‍चर्य काम गरेको चाहान्‍छौ । तर योनालाई जे भयो त्‍यस्‍तै एउटा आश्‍चर्य काम मात्र तिमीहरूले प्रमाणको रूपमा पाउनेछौ ।
\v 30 जसरी परमेश्‍वरले धेरै पहिले योनाको निम्‍ति गर्नुभएको आश्‍चर्य काम निनवे सहरका मानिसहरूको लागि एउटा साक्षी भयो, त्यसरी नै परमेश्‍वरले मानिसको पुत्रको निम्‍ती त्‍यस्तै एउटा आश्‍चर्य काम गर्नुहुनेछ त्यो नै तिमीहरू अहिले बाँचेका मानिसहरूका लागि एउटा साक्षी हुनेछ ।
\s5
\v 31 धेरै पहिले सेवाकी रानी सोलोमनले भनेका बुद्धिका कुराहरू सुन्‍नलाई धेरै लामो दुरीको यात्रा गरिन् । र अहिले एकजना जो सोलोमनभन्दा धेरै महान यहाँ छ, तर म जे भन्छु त्‍यो तिमीहरूले वास्‍तवमै सुनेका छैनौ । त्यसकारण, परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुने समयमा यी रानी त्यहाँ खडा हुनेछिन् र अहिले बाँचेका मानिसहरूलाई दोषी ठहराउनेछिन् ।
\s5
\v 32 जब योनाले तिनीहरूलाई प्रचार गरे त्यहाँ निनवेको प्राचीन सहरहरूमा बस्‍ने मानिसहरू तिनीहरूको आफ्नो पापबाट पश्‍च्त्ताप गरेर फर्के । यसकारण म योनाभन्दा महान व्‍यक्ति तिमीहरूको बीचमा आएँ र तिमीहरूलाई प्रचार गरेँ । तर तिमीहरू आआफ्नो पापको मार्गबाट फर्कदैनौ । त्यसकारण परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुने समयमा धेरै पहिलादेखि निनवे सहरमा बस्‍ने ती मानिसहरू त्यहाँ खडा हुनेछन् र अहिले भएका मानिसहरूलाई दोषी ठहर्‍याउनेछन् ।
\s5
\v 33 मानिसहरू जसले बत्ती बालेपछि त्‍यसलाई लुकाउँदैनन् वा त्‍यसलाई एउटा टोकरीमुनि राख्‍दैनन् । त्‍यसको साटोमा, तिनीहरूले त्‍यसलाई एउटा सामदानमाथि राख्छन् ता कि कोठा वा घरभित्र पस्‍नेहरूले त्‍यो उज्यालो देख्‍न सक्‍छन् ।
\v 34 तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो । यदि तिम्रो आँखा स्वस्थ छ भने तिम्रो सबै शरीर पूरा उज्यालो हुन्छ । यदि, अर्कोतर्फ, यो अस्वस्थ छ भने तिम्रो सबै शरीर पूरा अन्धकार हुनेछ ।
\v 35 त्यसकारण, होसियार रहो कि तिमीमा भएको ज्योति अन्धकार नहोस् ।
\v 36 यदि तिम्रो सम्‍पूर्ण शरीर पूरा उज्यालो छ र त्‍यसका कुनै भाग पनि अन्धकार पारिएको छैन भने, एउटा बत्तीको उज्यालोले तिमीलाई सबै थोकहरू स्‍पष्‍ट देख्‍न सक्‍ने बनाएजस्तै तिम्रो सबै शरीर पूरा उज्यालो हुनेछ ।”
\s5
\v 37 येशूले ती कुराहरू भनेर सकेपछि, एकजना फरिसीले उहाँलाई खाना खाने निम्‍तो दिए । त्यसैले येशू त्‍यो फरिसीको घरमा जानुभयो र खाना खानलाई टेबलमा बस्‍नुभयो ।
\v 38 येशूले रीतिअनुसार खाना खानुअघि आफ्‍ना हातहरू नधोएको ती फरिसीले देखेर तिनी छक्‍क परे ।
\s5
\v 39 प्रभु येशूले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू आफूले खाना खानुअघि कचौराहरू र थालहरूका बाहिरपट्टी धुन्‍छौ तर तिमीहरूको भित्रपट्टी तिमीहरू धेरै लोभी र दुष्‍ट छौ ।
\v 40 तिमी मूर्ख मानिसहरू ! तिमीहरू यो निश्‍चय जान्‍दछौ कि परमेश्‍वरले बाहिरी भाग मात्र बनाउनु भएन तर उहाँले भित्री भाग पनि बनाउनुभयो !
\v 41 थालहरू रितिअनुसार सफा गर्ने चिन्ता गर्नुको सट्टा, कृपालु हुनु र थालहरू भित्र भएका थोकहरू खाँचोमा पर्नेहरूलाई दिनु र त्‍यसपछि तिम्रो भित्र र बाहिर दुवै सफा हुनेछ ।
\s5
\v 42 तर तिमी फरिसीहरूका निम्‍ति कति डरलाग्‍दो हुनेछ ! तिमीहरूसँग भएका सबै थोकहरू, तिमीहरूले आफ्‍नो बगैचाहरूमा उत्पादन गरेका जडीबुटीहरूको समेत दश भागमा एक भाग तिमीहरू परमेश्‍वरलाई होसियारसाथ दिन्‍छौ । तर त्यसपछि तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्दैनौ वा अरूहरूप्रति ठीक व्‍यवहार गर्दैनौ । परमेश्‍वरलाई दिनुको साथै, तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र अरूहरूप्रति ठीक व्‍यवहार गर्ने कुरामा तिमीहरू पक्‍का हुनुपर्ने हो ।
\s5
\v 43 तिमी फरिसीहरूका निम्‍ति कति डरलाग्‍दो हुनेछ , किनभने तिमीहरू सभाघरहरूमा सबभन्‍दा महत्‍वपूर्ण आसनहरूमा बस्‍न मन पराउँछौ र मानिसहरूले बजारहरूमा तिमीहरूलाई विशेष आदरसाथ अभिवादन गरेको मन पराउँछौ ।
\v 44 तिमीहरूका निम्‍ति कति डरलाग्‍दो हुनेछ, किनभने तिमीहरू चिनो नलगाइएका चिहानहरू जस्ता छौ जसलाई देख्‍न सकिँदैन, जसमाथि मानिसहरू थाहै नपाई हिंड्छन् र विधिअनुसार अशुद्ध हुन्‍छन् ।”
\s5
\v 45 यहूदी व्यवस्थाका शिक्षकहरूमध्ये एकजनाले जवाफ दिए, “गुरुज्यु, तपाईंले यसो भनेर हाम्रो पनि आलोचना गर्दै हुनुहुन्‍छ !”
\v 46 येशूले भन्‍नुभयो, “तिमीहरू यहूदी व्यवस्थाका शिक्षकहरूलाई कति डरलाग्‍दो हुनेछ ! तिमीहरू मानिसहरूमाथि धेरै गह्रौं भारीहरू बोकाउँछौ, तापनि मानिसहरूलाई ती गह्रौं भारीहरू बोक्‍न मद्दत पुर्‍याउनलाई तिमीहरू एउटा सबभन्‍दा सानो कुरा पनि गर्दैनौ ।
\s5
\v 47 तिमीहरूलाई कति डरलाग्‍दो हुनेछ, किनभने तिमीहरू अगमवक्ताहरूका चिहानहरू छुट्टयाउनको निम्‍ति भवनहरू बनाउँछौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् ! ”
\v 48 त्यसैले जब तिमीहरूले यी भवनहरू बनाउँछौ, तिमीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई मार्दा तिनीहरूले जे गरे त्‍यो ठीक गरे भनी तिमीहरू घोषणा गर्दछौ ।
\s5
\v 49 त्यसैले परमेश्‍वर, जो अति बुद्धिमान हुनुहुन्‍छ, भन्‍नुभएको थियो, ‘मेरा मानिसहरूलाई मार्गनिर्देशन गर्न म अगमवक्ताहरू र प्रेरितहरूलाई पठाउँनेछु । तर तिनीहरूले उनीहरूलाई धेरै दुख दिनेछन् र तिनीहरूमध्ये कतिलाई मार्नेछन् ।’
\v 50 परिणामस्वरूप, संसारको सृष्‍टि भएको समयदेखि परमेश्‍वरका सबै अगमवक्ताहरूको हत्‍याको निम्‍ति अहिले यो समयमा बाँचेका धेरैजना मानिसहरूलाई दोषी ठहराइनेछ,
\v 51 हाबिल आफ्‍नो दाजुद्वारा मारिएदेखि शुरू गरेर मन्दिरको वेदी र पवित्रस्‍थानको बीचमा मारिएका जकरिया अगमवक्तासम्मै । हो, अहिले यो समयमा बाँचेका मानिसहरूलाई नै अगमवक्ताहरूका सबै ती हत्‍याहरूको निम्‍ति दोषी ठहराइनेछ !
\s5
\v 52 तिमीहरू यहूदी व्यवस्था सिकाउने मानिसहरूका निम्‍ति कति डरलाग्‍दो हुनेछ । तिमीहरूका कारणले, परमेश्‍वरलाई कसरी आफूमाथि अधीन गर्न दिने भन्‍ने कुरा मानिसहरूले जान्‍न सक्‍दैनन् ! तिमीहरू आफूमाथि परमेश्‍वरलाई अधीन गर्न दिंदैनौ, र आफूमाथि परमेश्‍वरलाई अधीन गर्न दिने मानिसहरूको बाटोमा पनि वाधा पुर्‍याउँछौ ।”
\s5
\v 53 येशूले ती कुराहरू भनिसकेपछि, उहाँले त्‍यो ठाउँ छोड्‍नुभयो । त्यसपछि यहूदी व्यवस्था सिकाउने मानिसहरू र फरिसीहरूले उहाँप्रति धेरै शत्रुतापूर्ण किसिमले काम गर्न थाले । तिनीहरूले धेरै कुराहरूका बारेमा उहाँलाई गलत नियतले प्रश्‍न गरे ।
\v 54 उहाँले केही गलत बोल्‍नुहोला जसका निम्‍ति तिनीहरूले उहाँलाई दोष लगाउन सकून् भनेर तिनीहरूले मौका हेर्दैबसे ।
\s5
\c 12
\p
\v 1 त्यसैबेला, येशूको वरिपरी धेरै हजार मानिसहरू जम्मा भए । त्यहाँ यतिधेरै थिए कि तिनीहरूले एक अर्कालाई कुल्‍चँदैथिए । तर पहिले उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू फरिसीहरू जस्ता नहुनलाई होशियार रहो जो मानिसहरूका माझमा धार्मिक बन्छन्, तर गुप्‍तमा दुष्‍ट कुराहरू गर्छन् । खमिरले मुछेको पिठोको डल्लोलाई फुलाएजस्‍तै गरी तिनीहरूका दुष्‍ट व्यवहारले अरूहरूलाई तिनीहरू जस्तै कपटीहरू बनाउँछ ।
\s5
\v 2 मानिसहरूले तिनीहरूका पापहरू ढाक्‍न सक्‍दैनन् । मानिसहरूले लुकाउन खोजिरहेका हरेक कुराहरूका बारेमा कुनैदिन परमेश्‍वरले प्रत्‍येकलाई जानकारी गराउनुहुनेछ ।
\v 3 तिमीहरूले अँध्यारोमा भनेको हरेक कुराहरू कुनैदिन मानिसहरूले दिनको उज्यालोमा सुन्‍नेछन् । तिमीहरूले आफ्‍नो कोठामा कानेखुशी गरेका कुराहरू कुनैदिन त्‍यो छानामाथिबाट कराएको जस्तै गरी सार्वजानिक हुनेछ ।”
\s5
\v 4 मेरा मित्रहरू, होशियारसाथ सुन ! मानिसहरूसँग नडराओ ; तिनीहरूले तिमीहरूलाई मार्न सक्छन्, तर तिनीहरूले तिमीहरूलाई त्यसपछि अरू केही गर्न सक्दैनन् ।
\v 5 तर म तिमीहरू एकजनाको बारेमा चेतावनी दिनेछु जोसँग तिमीहरू साँच्‍चै डराउनुपर्छ । तिमीहरूले परमेश्‍वरको डर मान्‍नुपर्छ, किनभने उहाँसँग मानिसहरूलाई मार्ने अधिकार मात्र नभएर, त्यसपछि तिनीहरूलाई नरकमा फाल्ने अधिकार पनि उहाँसँग छ ! हो, उहाँ एकजना मात्रै हुनुहुन्‍छ जससँग तिमीहरू साँच्‍चै नै डराउनुपर्छ !
\s5
\v 6 भँगेराहरूको बारेमा विचार गर । तिनीहरूको मूल्य एकदम थोरै छ जसलाई तिमीहरूले दुईवटा सानो सिक्‍काहरूले पाँचवटा किन्‍न सक्छौ, तापनि परमेश्‍वरले तिनीहरूमध्‍ये कुनैलाई पनि कहिल्यै बिर्सनुहुन्‍न !
\v 7 तिमीहरूको शीरमा कतिवटा कपालहरू छन् भन्‍ने कुरा पनि परमेश्‍वरले जान्‍नुहुन्छ । डर नमान, किनभने तिमीहरू परमेश्‍वरको निम्‍ति धेरै भँगेराहरू भन्दा पनि बढी मूल्यवान छौ ।
\s5
\v 8 म तिमीहरूलाई पनि भन्छु, यदि तिनीहरू मेरा चेलाहरू हुन् भनेर मानिसहरूले अरूहरूलाई भन्‍छन् भने, त्‍यसपछि म, मानिसको पुत्रले पनि परमेश्‍वरको स्वर्गदूतहरूलाई तिनीहरू मेरा चेलाहरू हुन् भन्‍नेछु ।
\v 9 तर यदि तिनीहरू मेरा चेलाहरू होइनन् भनेर तिनीहरूले अरूहरूलाई भन्‍छन् भने, त्‍यसपछि, म पनि परमेश्‍वरको स्वर्गदूतहरूलाई तिनीहरू मेरा चेलाहरू होइनन् भन्‍नेछु ।
\v 10 म तिमीहरूलाई यो पनि भन्छु, यदि मानिसहरूले म, मानिसको पुत्रको बारेमा दुष्‍ट कुराहरू भन्‍छन् भने त्यसको निम्‍ति परमेश्‍वरले तिनीहरूलाई क्षमा दिनुहुनेछ । तर यदि मानिसहरूले पवित्र आत्माको बारेमा दुष्‍ट कुराहरू भन्‍छन् भने परमेश्‍वरले तिनीहरूलाई क्षमा दिनुहुनेछैन ।
\s5
\v 11 त्यसैले जब मानिसहरूले सभाघरहरूका धार्मिक अगुवाहरू र देशमा अधिकार प्राप्‍त अरू मानिसहरूको अघि तिमीहरूलाई प्रश्‍न सोध्‍नलाई तिमीहरूलाई लैजान्‍छन्, तब तिमीहरूले कसरी तिनीहरूलाई जवाफ दिने भन्‍ने बारेमा अथवा तिमीहरूले के भन्‍नुपर्छ भन्‍ने बारेमा चिन्ता नगर,
\v 12 किनभने तिमीहरूले के भन्‍नुपर्ने हो त्‍यो पवित्र आत्माले तिमीहरूलाई त्‍यही समयमा भन्‍नुहुनेछ ।”
\s5
\v 13 त्‍यसपछि भिडमा भएका मानिसहरूमध्‍ये एकजनाले येशूलाई भने, “गुरूज्‍यू, मेरो बुबाको सम्पत्तिलाई मसित अँशवण्डा गर्न मेरो दाजुलाई भनिदिनुहोस् !”
\v 14 तर येशूले तिनलाई जवाफ दिनुभयो, “हे मानिस, सम्पत्तिको बारेमा मानिसहरूमा भएको विवाद मिलाउनलाई कसैले पनि मलाई न्यायकर्ता बनाएको छैन !”
\v 15 त्‍यसपछि उहाँले सम्पूर्ण भिडलाई भन्‍नुभयो, “कुनै पनि किसिमले लालची नहुनलाई होशियार होऊ ! एकजना मानिसको जीवनको मूल्यको निर्धारण उसँग कति धेरै थोकहरू छन् भन्‍ने कुराले गर्दैन ।”
\s5
\v 16 त्‍सपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो : “कुनै एकजना धनी मानिसको खेतमा प्रशस्त अन्‍नहरू उब्‍जनी भयो ।
\v 17 त्यसैले उसले मनमनै सोच्यो, ‘के गर्ने भनी मलाई थाहा छैन, किनभने मेरा सारा अन्‍नहरू राख्‍न पुग्‍ने कुनै ठूलो ठाऊँ मसँग छैन !
\v 18 त्‍यसपछि त्‍यसले मनमनै सोच्यो, ‘म के गर्नेछु त्‍यो म जान्‍दछु ! म आफ्‍ना भकारीहरू भत्काउनेछु र अझ ठूला बनाउँनेछु ! तब मेरो सारा अन्‍न र अरू थोकहरूलाई ठूला नयाँ भकारीहरूमा राख्‍नेछु ।
\v 19 त्‍यसपछि म आफैँलाई भन्‍नेछु, “अब मैले धेरै वर्षसम्म पुग्‍ने प्रशस्तै कुराहरू सञ्‍चित गरेको छु । त्यसैले अब म जीवनलाई सजिलै बिताउँछु । म खानेछु र पिउनेछु र रमाउनेछु !”’
\s5
\v 20 तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, “तँ मूर्ख मानिस ! तँ आज राति नै मर्नेछस् ! तब तैँले तेरो आफ्नो लागि बचाइ राखेका सबै थोकहरू अरू कसैको हुनेछ, तेरो होइन !”’
\v 21 त्‍यसपछि यसो भनेर येशूले यो दृष्‍टान्तलाई अन्त गर्नुभयो, “आफ्नो लागि मात्र सामानहरू सञ्‍चित गर्ने तर परमेश्‍वरले मूल्यवान ठान्‍नुहुने चिजहरूलाई महत्‍व नदिनेहरूलाई त्यस्तै हुनेछ ।”
\s5
\v 22 त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “त्यसैले म तिमीहरूलाई यो भन्‍न चाहन्‍छु : जिउनको निम्‍ति तिमीहरूलाई खाँचो पर्ने कुराहरूका बारेमा चिन्ता नगर । तिमीहरूसँग खानलाई प्रशस्त खानेकुरा होला कि नहोला वा लाउनलाई प्रशस्त लुगा होला कि नहोला भन्‍ने बारेमा चिन्ता नगर ।
\v 23 तिमीले खानेकुरा भन्दा तिम्रो जीवन धेरै महत्त्‍वपूर्ण छ र तिम्रो शरीर तिमीले त्‍यसमा लगाउने लुगाहरू भन्दा धेरै महत्त्‍वपूर्ण छ ।
\s5
\v 24 चराहरूको बारेमा बिचार गर : तिनीहरूले बिऊहरू रोप्‍दैनन् र तिनीहरूले अन्‍नहरू कटनी गर्दैनन् ।तिनीहरूसँग अन्‍नहरू सञ्‍चय गर्ने कोठाहरू वा घरहरू छैनन् । तर परमेश्‍वरले तिनीहरूका लागि खाना उपलव्‍ध गराउनुहुन्छ । तिमीहरू निश्‍चय नै चराहरू भन्दा धेरै मूल्यवान छौ ।
\v 25 तिमीहरू कसैले पनि आफ्‍नो जीवनको बारेमा चिन्ता गरेर एक मिनेट पनि थप्‍न सक्दैनौ !
\v 26 त्यसैले तिमीहरूले त्‍यो सानो कुरा पनि गर्न सक्दैनौ भने, तिमीहरूले निश्‍चय नै अरू कुनै कुराको बारेमा पनि चिन्ता गर्नुहुदैन ।
\s5
\v 27 फूलहरू कसरी बढ्‍छन् भन्‍ने बारेमा विचार गर । तिनीहरू पैसा कमाउनलाई काम गर्दैनन् र तिनीहरूले आफ्ना लुगाहरू आफैँ बनाउदैनन् । तर म तिमीहरूलाई भन्छु कि धेरै वर्षअघि सोलोमन राजाले अति सुन्दर लुगाहरू लगाएको भए तापनि ती फूलहरूमध्ये एउटा जति पनि राम्रो लुगा तिनले लगाएका थिएनन् ।
\v 28 परमेश्‍वरले विरूवाहरूलाई सुन्दर बनाउनुहुन्छ यद्यपि तिनीहरू छोटो समयको लागि मात्र बढ्‍छन् । त्‍यसपछि तिनीहरू काटिन्छन् र आगोमा फालिन्छन् । तर तिमीहरू परमेश्‍वरमा धेरै बहुमूल्य छौ र उहाँले विरूवाहरूलाई गर्ने वास्‍ता भन्दा कति धेरै वास्‍ता उहाँले तिमीहरूलाई गर्नुहुनेछ । किन तिमीहरू उहाँमा अति थोरै भरोसा गर्छौ ?
\s5
\v 29 तिमीहरूले के खानेछौ र के पिउनेछौ भन्‍ने बारेमा जिल्‍ल नपर र ती कुराहरूका बारेमा चिन्‍ता गर्दै नबस ।
\v 30 परमेश्‍वलाई नचिन्‍ने मानिसहरूले यस्ता कुराहरूका बारेमा सधैं चिन्ता गर्छन् । तर स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूलाई ती चाहिन्‍छ भनी जान्‍नुहुन्छ ।
\s5
\v 31 त्‍यसको साटोमा, उहाँले तिमीहरूमाथि शासन गर्नुहुँदा आफ्‍नो जीवनमा परमेश्‍वरलाई ग्रहण गर्ने कुरालाई सबभन्दा महत्त्‍वपूर्ण बनाऊ । त्‍यसपछि उहाँले पनि तिमीहरूलाई चाहिने हरेक कुरा दिनुहुनेछ ।
\v 32 त्यसैले, सानो बगाल, तिमीहरू डराउनु हुँदैन । स्वर्गमा हुनुहुने तिमीहरूका पिताले सबैथोकहरूमा उहाँले पूर्ण रूपले शसन गर्नुहुँदा तिमीहरूलाई उहाँको योजनामा हुने सबै फाईदाहरू दिन चाहनुहुन्छ ।
\s5
\v 33 त्यसैले अब तिमीहरूसँग भएका कुराहरू कुराहरू बेचिदेऊ । जसलाई खानेकुराहरू र लुगाहरूको खाँचो छ वा बस्‍ने ठाँउ छैन तिनीहरूलाई पैसा देऊ । आफ्‍नो निम्‍ति नच्‍यातिने थैलिहरू राख र तिमीहरूले स्वर्गमा पैसा सञ्‍चित गर्नेछौ जाहाँ त्‍यो सधैँ सुरक्षित हुनेछ । त्यहाँ, त्‍यो चोर्नलाई त्‍यसको नजिक कुनै चोर आउन सक्दैन र तिमीहरूका लुगालाई कुनै किराले नष्‍ट गर्नेछैन ।
\v 34 तिमीहरूले जुन कुराहरू सञ्‍चित गर्छौ, त्‍यसैको बारेमा तिमीहरूले विचार गर्छौ र आफ्‍नो समय बिताउँछौ ।
\s5
\v 35 काम गर्दा लगाउने लुगाहरू लगाएका र आफ्ना बत्तीहरूलाई रातभर बालिराखेका मानिसहरू जस्तै परमेश्‍वरको काम गर्नको लागि सधैँ तयार रहो ।
\v 36 मेरो फर्केर आउने कुराको निम्‍ति तयार रहो जस्‍तो एउटा विवाहको भोजमा गएपछि आफ्‍नो मालिक फर्केर आउने कुरालाई सेवकहरूले पर्खी रहन्‍छन् । तिनी आउने र ढोका ढक्‍ढकाउने बित्तिकै तिनको निम्‍ति ढोका खोल्‍नलाई तिनीहरू पर्खी रहन्‍छन् ।
\s5
\v 37 यदि तिनी फर्कि आउँदा ती सेवकहरू जागा रहे भने, तिनले तिनीहरूलाई इनाम दिनेछन् । म तिमीहरूलाई यो भन्‍नेछु: तिनले खाना पस्‍कनलाई लुगा लगाउनेछन्, तिनीहरूलाई खान बस्‍न भन्‍नेछन् र तिनले तिनीहरूका निम्‍ति खाना पस्‍कनेछन् ।
\v 38 तिनी मध्य रात र सबेरैको बीचमा आउँदा पनि तिनले आफ्ना सेवकहरूलाई तिनको निम्‍ति जागा र तयार रहेको भेट्टाए भने तिनीहरूसँग तिनी धेरै खुशी हुनेछन् ।
\s5
\v 39 तर तिमीहरूले यो पनि याद गर्नुपर्छ : यदि घरको मालिकले कुन समयमा चोर आउँदैथियो भनी थाहा पाएको भए तिनी जागा रहने थिए र चोरलाई तिनको घर फोरेर भित्र छिर्न दिने थिएनन् ।
\v 40 त्यसैले तयार रहो, किनभने म, मानिसको पुत्र जुनबेला तिमीहरूले मलाई आशा गरेको हुँदैनौ, त्‍यसैबेला फेरी आउनेछ ।”
\s5
\v 41 पत्रुसले सोधे, “प्रभु, यो दृष्‍टान्‍त तपाईंले हामीहरूका लागि मात्रै वा अरू हरेकको लागि पनि दिंदै हुनुहुन्‍छ ?”
\v 42 प्रभुले जवाफ दिनुभयो, “म यो हरेकका लागि भन्‍दैछु जो एउटा विश्‍वासयोग्‍य र बुद्धिमान सेवकले जस्‍तो हुन्‍छ, जो आफ्‍नो मालिकलको घरमा एउटा प्रबन्‍धक हुन्‍छ । अरू सेवकहरूले तिनीहरूका खाना ठिक समयमा पाउँन् भनी त्‍यसका मालिकले त्‍यसलाई जिम्मा दिएका हुन्‍छन् ।
\v 43 यदि त्‍यो सेवकले आफ्‍नो मालिक फर्कँदा काम गर्दै रहन्छ भने त्‍यसको मालिकले त्‍यसलाई इनाम दिनेछन् ।
\v 44 म तिमीहरूलाई यो भन्‍छु : मालिकले तिनीसँग भएको सबै कुराहरूको जिम्‍मा त्‍यसैलाई दिनेछन् ।
\s5
\v 45 तर यदि सेवक प्रबन्धकले आफैँलाई यसो भन्‍छ, ‘मेरो मालिक लामो समयका लागि टाढा गएका छन्’, त्‍यसपछि त्‍यसले अरू सेवकहरू, सेवकहरू र सेविकाहरू दुवैलाई पिट्न शुरू गर्न सक्‍छ । त्‍यसले अति धेरै खाना खान र पिएर मात्तिन पनि शुरू गर्न सक्‍छ ।”
\v 46 त्‍यसले त्यसो गर्छ भने, त्‍यस सेवकले आशा नगरेको समयमा त्‍यसको मालिक फर्केर आउन सक्छन् । त्‍यसपछि त्‍यसको मालिकले त्‍यसलाई नराम्रो गरी दण्‍ड दिनेछन् र विश्‍वासयोग्‍य भइ तिनको सेवा नगर्नेहरूको ठाउँमा त्‍यसलाई काम दिनेछन् ।
\s5
\v 47 त्‍यो सेवक जसले मालिकले के इच्‍छा गर्नुहुन्थ्यो भनी थाहा पायो तर त्‍यो गर्न तयार भएन र गरेन, त्‍यसलाई नराम्रोसँग दण्‍ड दिइनेछ ।
\v 48 तर हरेक सेवक जसले मालिकले त्‍यसबाट के इच्‍छा गर्नुहुन्‍थ्‍यो भनी थाहा पाएन र त्‍यसले केही गल्‍ती गर्‍यो भने त्‍यसले मन्‍द दण्‍ड पाउनेछ । तिनीहरूबाट धेरै कुराको आशा गरिन्‍छ जसलाई धेरै दिइएको हुन्‍छ । तिनीहरूबाट झन् धेरै कुराको आशा गरिन्‍छ जसलाई धेरै जिम्मेवारी दिइएको हुन्‍छ ।”
\s5
\v 49 “म तिमीहरूलाई शुद्ध पार्नलाई पृथ्‍वीमा आएँ जस्‍तो आगोले धातुलाई पार्छ । यो पहिले नै सुरु भैसक्‍नु पर्थ्‍यो भन्‍ने मेरो इच्‍छा हो ।
\v 50 चाँडै नै मैले डरलाग्दो दु:खको एउटा बप्‍तिस्मा लिनुपर्छ । मेरो दु:ख समाप्‍त नहुन्जेलसम्म म निरन्‍तर व्याकुल हुनेछ ।
\s5
\v 51 म पृथ्वीमा आएको एउटा परिणामचाहीँ मानिसहरू शान्तिसँग सँगै बस्‍नेछन् भनी तिमीहरू विचार गर्छौ ? होइन ! मैले तिमीहरूलाई भन्‍नैपर्छ, त्‍यसको सट्टा, मनिसहरू विभाजित हुनेछन् ।
\v 52 किनभने एउटै घरका केही मानिसहरूले मलाई विश्‍वास गर्नेछन् र कोहीले गर्ने छैनन्, तिनीहरू विभाजित हुनेछन् । मलाई विश्‍वास नगर्ने एउटै घरका तीन जनाले मलाई विश्‍वास गर्ने दुई जनाको विरोध गर्नेछन् ।
\v 53 एकजना मानिसले तिनको छोराको विरोध गर्नेछन्, वा एउटा छोराले उसको बुबाको विरोध गर्नेछ । एकजना स्‍त्रीले तिनको छोरीको विरोध गर्नेछिन् वा एउटी स्‍त्रीले तिनको आमाको विरोध गर्नेछिन् । एकजना स्‍त्रीले तिनको बुहारीको विरोध गर्नेछिन् वा एउटी स्‍त्रीले तिनको सासूको विरोध गर्नेछिन् ।”
\s5
\v 54 उहाँले भिडहरूलाई पनि भन्‍नुभयो, “जब तिमीहरूले पश्‍चिममा कालो बादल बन्‍दैगरेको देख्‍छौ, तिमीहरू तुरून्‍तै भन्छौ, ‘पानी पर्नै लागेको छ ! र त्यस्‍तै हुन्छ ।
\v 55 जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्छौ, ‘दिनमा धेरै गर्मी हुनेछ ! र तिमीहरूले ठिकै भन्‍यौ ।
\v 56 तिमी कपटिहरू ! बादल र बतासलाई हेरेर मौसमको बारेमा के हुँदैछ भनी छुट्याउँछौ । यस वर्तमान समयमा परमेश्‍वरले के गर्दै हुनुहुन्छ भनी तिमीहरूले किन छुट्याउन सक्दैनौँ ?
\s5
\v 57 तिमीहरूले के गर्दा ठीक हुन्‍छ भनेर तिमीहरू हरेकले त्‍यो गर्ने समय आफूसँग हुँदा नै निर्णय गर्नुपर्छ !
\v 58 कोही एकजना जसले तिमीहरूलाई दोष लगाएको छ भने तिमीहरू अदालत जाँदैगर्दा बाटोमा हुँदा नै तिमीहरूले ती कुराहरू समाधान गर्ने कोसिस गर्नुपर्छ । यदि त्‍यसले तिमीहरूलाई न्यायधिश काहाँ जान जवरजस्ती गर्छ भने न्यायधिशले तिमीहरूलाई दोषी ठहराउन सक्छन् र तिनले तिमीहरूलाई अदालतका उच्‍च अधिकारीकाहाँ सुम्पिदिनेछन् । त्यसपछि ती अधिकारीले तिमीहरूलाई जेलमा हाल्नेछन् ।
\v 59 म तिमीहरूलाई भन्छु, यदि तिमीहरू जेलमा जान्‍छौ भने, न्यायधिशले तिमीहरूका निम्ति तोकेको प्रत्‍येक बिगो तिमीहरूले तिर्न नसकुन्‍जेलसम्म तिमीहरू जेलबाट बाहिर आउन पाउनेछैनौ ।
\s5
\c 13
\p
\v 1 त्यो समयमा केही मानिसहरूले कोही गालीलिहरूको बारेमा येशूलाई भने जसलाई सिपाहीहरूले त्‍यतिबेला नै यरूशलेममा मारेका थिए । तिनीहरूले मन्दिरमा बलिदानहरू चडाउँदै गरेका बेलामा तिनीहरूलाई मार्न रोमी गवर्नर पिलातसले सिपाहीहरूलाई आदेश दिएका थिए ।
\v 2 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के गालीलका ती मानिसहरू अरू सबै गालीलीहरू भन्दा धेरै पापी भएको कारणले यस्‍तो भयो भनि तिमीहरू विचार गर्छौ ?”
\v 3 म तिमीहरूलाई पक्‍का भन्‍छु, त्‍यो कारण थिएन ! तर यदि तिमीहरू आफ्‍ना पापी व्‍यवहारबाट फर्किंदैनौ भने, परमेश्‍वरले तिमीहरूलाई पनि त्यसरी नै दण्‍ड दिनुहुनेछ भनी तिमीहरूले याद गर्नुपर्छ ।
\s5
\v 4 वा यरूशलेमको बाहिर सिलोआमको धरहरा भत्केर तिनीहरूमाथि खस्‍दा मरेका अठारजना मानिसहरूका बारेमा के भन्छौ ? के तिनीहरू यरूशलेममा भएका हरेक मानिसभन्दा घिनलाग्‍दा पापीहरू भएको कारणले यस्‍तो भयो भनि तिमीहरू विचार गर्छौ ?
\v 5 म तिमीहरूलाई पक्‍का भन्‍छु त्यो कारण थिएन ! तर त्यसको सटोमा, यदि तिमीहरू आफ्‍ना पापी व्‍यवहारबाट फर्किंदैनौ भने, परमेश्‍वरले तिमीहरूलाई पनि त्यसरी नै दण्‍ड दिनुहुनेछ भनी तिमीहरूले महसूस गर्नुपर्छ !”
\s5
\v 6 त्यसपछि येशूले तिनीहरूलाई यो कथा भन्‍नुभयो: “एकजना मानिसले आफ्नो बगैचामा एउटा अन्जिरको रूख रोपे । तिनी प्रत्येक वर्ष अन्जिर टिप्‍न आए तर त्‍यहाँ त्‍यसमा कहिले पनि केही थिएन ।
\v 7 त्यसपछि तिनले मालीलाई भने, “यस रूखलाई हेर ! मैले गएको तीन वर्षदेखि प्रत्येक वर्ष यसमा फल खोजिरहेको छु तर यसमा अञ्‍जीरहरू छैनन् । यसलाई काटेर ढाल ! यसले बिनाकाम माटोको पौष्‍टिक तत्वहरु लिँदैछ !
\s5
\v 8 तर मालीले जवाफ दिए, ‘मालिक, यसलाई यहाँ एकवर्ष छोडिदिनुहोस् । म यसको परिपरि खान्‍नेछु र मलजल गर्छु ।
\v 9 यदि यसमा अर्कोवर्ष अञ्‍जीर फल्‍यो भने हामी यसलाई बढ्न दिन सक्‍छौं ! तर यदि यसले त्‍यो बेलासम्‍म कुनै फल फलाएन भने तपाईंले यसलाई काटेर ढल्‍न सक्‍नुहुन्‍छ । ’”
\s5
\v 10 एक यहूदी विश्रामको दिनमा, सभाघरहरूमध्‍ये कुनै एउटामा येशूले मानिसहरूलाई शिक्षा दिंदै हुनुहुन्‍थ्‍यो ।
\v 11 त्यहाँ एकजना स्‍त्री थिइन् जसलाई एउटा दुष्‍ट आत्माले अठार वर्षसम्म कुँजो बनाएको थियो । तिनी सधैँ कुप्रो थिइन् ; तिनी सिधा उभिन सक्दिन थिइन् ।
\s5
\v 12 जब येशूले तिनलाई देख्‍नुभयो, तिनलाई आफूकहाँ बोलाउनुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “ए नारी, मैले तिमीलाई यस रोगबाट निको पारेको छु !”
\v 13 उहाँले आफ्नो हातहरू तिनीमाथि राख्‍नुभयो । तुरन्तै तिनी सिधा खडा भइन् र परमेश्‍वरको प्रशंसा गर्न लागिन् !
\v 14 तर यहूदी विश्रामको दिनमा येशूले तिनलाई निको पार्नुभएको कारणले सभाघरका अगुवा रिसाए । त्‍यसैले तिनले मानिसहरूलाई भने, “प्रत्येक हप्‍तामा छ दिन छन् जसमा हाम्रो व्यवस्थाले मानिसहरूलाई काम गर्ने अनुमति दिन्छ । यदि तपाईंहरूलाई निको हुनु छ भने, ती दिनहरूमा सभाघरमा आउनुहोस् र निको हुनुहोस् । हाम्रो विश्रामको दिनमा नआउनुहोस् !”
\s5
\v 15 त्यसपछि प्रभुले तिनलाई जवाफ दिनुभयो, “तिमी र तिम्रा अरू धार्मिक अगुवाहरू कपटीहरू हौ ! कुनैबेला तिमीहरू प्रत्‍येकले विश्रामको दिनमा काम गर्छौ ! तिमीहरू आफ्नो गोरु वा गधालाई खाना खाने ठाउँबाट पानी पिउने ठाउँमा त्‍यसलाई लैजानलाई फुकाउँदैनौ र ?
\v 16 यिनी एक यहूदी स्‍त्री, अब्रहामकै सन्‍तान हुन् ! तर शैतानले तिनलाई अठार वर्षदेखि कुँजो बनाएको छ, जस्‍तो कि त्‍यसले तिनलाई बाँधेको थियो ! यो मैले विश्रामकै दिनमा गरेको भए पनि तिनलाई मैले शैतानबाट छुटकारा दिने कुरा त ठीकै हो भनी तिमीहरू निश्‍चित रूपमा सहमत हुन्‍छौ ! ”
\s5
\v 17 उहाँले त्‍यसो भनेपछि, उहाँका शत्रुहरू आफैँमा लज्जित भए । तर उहाँले गर्दै रहेका सबै आश्‍चर्यपूर्ण कुराहरूका बारेमा अरू मनिसहरू खुशी थिए ।
\s5
\v 18 त्यसपछि उहाँले भन्‍नुभयो, “जब परमेश्‍वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्‍छ, तब त्‍यो कस्तो हुनेछ भनी म कसरी प्रष्‍ट पारूँ ? त्‍यो कस्‍तो हुनेछ म तिमीहरूलाई भन्‍नेछु ।
\v 19 यो एउटा सानो रायोको दानाजस्तो हो जसलाई एकजना मानिसले आफ्नो बारीमा रोपे । यो एउटा रूख जस्तो ठूलो नभएसम्म बढ्यो । यो यति ठूलो भयो कि यसका हाँगाहरूमा चराहरूले गुँडहरू बनाए ।
\s5
\v 20 त्यसपछि फेरी उहाँले भन्‍नुभयो, “जब परमेश्‍वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्‍छ, तब त्‍यो कस्‍तो हुनेछ भनी म तिमीहरूलाई अर्को किसिमले भन्‍नेछु ।
\v 21 यो थोरै खमीर जस्‍तो हो जसलाई एकजना स्‍त्रीले पच्‍चीस किलो जति पिठोमा मिसाएर मुछिन् । त्‍यो थोरै मात्रामा भएको खमीरले मुछेको पिठो सबै फुलाएर ठूलो बनायो ।
\s5
\v 22 येशूले निरन्‍तर यरूशलेमतर्फ यात्रा गर्नुभयो । बाटोमा पर्ने सबै नगरहरू र गाउँहरूमा उहाँ रोकिनुभयो र मानिसहरूलाई सिकाउनुभयो ।
\v 23 कसैले उहाँलाई सोधे, “प्रभु, के परमेश्‍वरले थोरै मानिसलाई मात्र बचाउनुहुनेछ ?” येशूले जवाफ दिनुभयो,
\v 24 “साँघुरो ढोकाबाट भित्र जानलाई तिमीहरूले कठोर मेहनत गर्नुपर्छ । म तिमीलाई भन्छु, धेरै मानिसहरूले अरू कुनै बाटो जाने कोसिस गर्नेर्छन् तर तिनीहरू भित्र जान सक्‍ने छैनन् ।
\s5
\v 25 घरको मालिक उठेपछि र ढोका भन्‍द गरेपछि तिमीहरू बाहिर खडा हुनेछौ र तिमीहरूले ढोका ढक्‍ढक्याउनेछौ । र तिमीहरूले मालिकलाई विन्‍ती गर्नेछौ र तिनलाई भन्‍नेछौ, ‘प्रभु, हाम्रा निम्ति ढोका खोल्‍नुहोस् ! तर तिनले जवाफ दिनेछन्, ‘अहँ, म त्‍यो खोल्ने छैन, किनभने म तिमीहरूलाई चिन्‍दिन र तिमीहरू कहाँबाट आएका हौ म जान्दिन !
\v 26 त्यसपछि तिमीहरूले भन्‍नेछौ, ‘तपाईंले बिर्सिएको हुनुपर्छ कि हामीले तपाईंसँग खाना खायौं र तपाईंले हाम्रो नगरका सडकहरूमा हामीलाई सिकाउनुभयो !
\v 27 तर तिनले भन्‍नेछन्, म तिमीहरूलाई फेरि भन्‍छु, म तिमीहरूलाई चिन्‍दिन र तिमीहरू कहाँबाट आएका हौ म जान्दिन ! तिमीहरू दुष्‍ट मानिसहरू हौ ! यहाँबाट गइहाल !’”
\s5
\v 28 त्यसपछि येशूले निरन्‍तर भन्‍नुभयो, “तिमीहरूले अब्राहाम, इसहाक र याकुबलाई टाढा देख्‍नेछौ । धेरै अघि बाँचेका सबै अगमवक्ताहरू पनि त्यहाँ हुनेछन्, जहाँ परमेश्‍वरले राजाको रूपमा सबै थोकहरूमाथि शासन गर्नुहुनेछ । तर तिमीहरूचाहिँ रुँदै र पीडामा आफ्‍ना दाह्राहरू किट्दै बाहिरै रहनेछौ !
\v 29 त्यहाँ धेरै गैर-यहूदीहरू पनि भित्रै हुनेछन् । उत्तर, पूर्व, दक्षिण र पश्‍चिमका देशहरूबाट आएकाहरू एकै ठाउँमा हुनेछन् । परमेश्‍वरले सबै थोकहरूमाथि शासन गर्नुहुँदा तिनीहरूले उत्‍सव मनाउनलाई भोज गर्नेछन् ।
\v 30 यस बारेमा विचार गर : “अहिले एकदम कम महत्‍वपूर्ण जस्‍ता केही मानिसहरू त्‍यतिबेला एकदम धेरै महत्‍वपूर्ण हुनेछन् र अहिले महत्‍वपूर्ण जस्‍ता अरूहरू त्‍यतिबेला एकदम कम महत्‍वपूर्ण हुनेछन् ।”
\s5
\v 31 त्यसै दिन, केही फरिसीहरू आए र येशूलाई भने, “यो ईलाका छोडेर जानुहोस् किनभने शासक हेरोद एन्तिपसले तपाईंलाई मार्न चाहान्‍छन् !”
\v 32 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हेरोद स्याललाई मेरो यो सन्देश भन : ‘सुन ! म आज दुष्‍ट आत्माहरूलाई भगाउँदैछु र आश्‍चर्य कर्महरू गर्दैर्छु र छोटो समयको लागि म यो गरिरहनेछु । त्यसपछि म आफ्नो काम सिध्याउँनेछु ।
\v 33 तर आउने दिनहरूमा मैले यरूशलेमतिरको मेरो यात्रालाई निरन्‍तरता दिनुपर्छ, किनभने एउटा अगमवक्तालाई यरूशलेमभन्दा अरू ठाउँमा मार्नु उचित हुँदैन ।
\s5
\v 34 हे यारुशलेमका मानिसहरू हो ! तिमीहरूले धेरै पहिले जीवन बिताएका अगमवक्ताहरूलाई मार्‍यौ र तिमीहरूले अरूहरू जसलाई परमेश्‍वरले तिमीहरूकहाँ पठाउनुभयो, तिनीहरूलाई ढुङ्हरूले हानेर मार्‍यौ । पोथीले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटामुनि जम्‍मा गरेझैँ धेरै पटक मैले तिमीहरूको सुरक्षा गर्न तिमीहरूलाई एकसाथ जम्‍मा गर्ने इच्‍छा गरें । तर मैले त्‍यसो गरेको तिमीहरूले चाहेनौ ।
\v 35 अब हेर ! तिमीहरू, यरूशलेमका मानिसहरूलाई परमेश्‍वरले सुरक्षा दिनुहुनेछैन । म तिमीहरूलाई यो पनि भन्‍नेछु : म तिमीहरूको सहरमा फेरि एकपल्‍ट मात्र पस्‍नेछु । त्यसपछि तिमीहरूले म फेरि नभएसम्म मलाई देख्‍नेछैनौ, जतिबेला मेरो बारेमा तिमीहरूले यसो भन्‍नेछौ, “परमेश्‍वरले यो मानिसलाई आशिष्‌‌ दिउन् जो परमेश्‍वरको अधिकारमा आउँछन् !’”
\s5
\c 14
\p
\v 1 एकदिन, जुन विश्रामको दिन थियो, येशू फरिसीहरूका अगुवाहरूमध्ये एकजनाको घरमा खानलाई जानुभयो र तिनीहरूले उहाँलाई होशियार भएर हेर्दैथिए ।
\v 2 येशूको ठीक अगाडि त्यहाँ एकजना मानिस थिए जसलाई एउटा रोग थियो जसले तिनका हातहरू र गोडाहरू एकदमै सुनिने बनाउँथ्‍यो ।
\v 3 येशूले त्यहाँ उपस्‍थित यहूदी व्यवस्थाका विज्ञहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्रामको दिनमा मानिसलाई निको पार्न परमेश्‍वरको ब्यवस्थामा अनुमति दिइएको छ वा छैन ?”
\s5
\v 4 तिनीहरूले जवाफ दिएनन् । त्यसैले येशूले आफ्ना हातहरू त्यस मानिसमाथि राख्‍नुभयो र तिनलाई निको पार्नुभयो । त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो तिनी जान सक्‍छन् ।
\v 5 र त्यहाँ भएका अरूहरूलाई उहाँले भन्‍नुभयो, “यदि तिमीहरूसित एउटा छोरा वा गोरू थियो जुन विश्रामको दिनमा इनारभित्र खस्यो भने, के तिमीहरूले त्यसलाई तुरून्‍तै बाहिर निकाल्दैनौ र ?”
\v 6 फेरी पनि तिनीहरूले उहाँलाई जवाफ दिन सकेनन् ।
\s5
\v 7 येशूले ध्‍यान दिनुभयो कि मानिसहरू जसलाई भोजमा निम्‍तो दिइएको थियो, तिनीहरूले समान्‍यतया महत्‍वपूर्ण मानिसहरू बस्‍ने आसनहरूमा बस्‍न खोज्‍दैथिए । त्यसपछि उहाँले तिनीहरूलाई यो सुझाव दिनुभयो :
\v 8 “जब तिमीहरूमध्‍ये एकजनालाई कसैद्वारा विवाह भोजमा निम्‍तो दिइन्‍छ, तब महत्‍वपूर्ण मानिसहरू बस्‍ने आसनमा नबस । तिमीभन्‍दा धेरै महत्त्वपूर्ण एकजना मानिसलाई पनि भोजमा निम्‍तो दिइएको हुनसक्‍छ ।
\v 9 जब त्यो मानिस आउँछ, तिमीहरू दुवैलाई निम्‍तो दिने मानिस तिमीकहाँ आएर भन्‍नेछन्, ‘तपाईं बसेको आसन उहाँलाई दिनुहोस् ! त्यसपछि तिमीले एकदमै कम महत्त्वपूर्ण आसन लिनुपर्नेछ र तिमी लज्‍जित हुनेछौ ।
\s5
\v 10 त्यसको साटो, जब तिमीहरूलाई भोजमा निम्‍तो दिइन्‍छ, तब जाऊ र एकदमै कम महत्त्वपूर्ण आसनमा बस । त्यसपछि जब सबैलाई निम्तो दिने मानिस आउनेछन्, तिनले तिमीलाई भन्‍नेछन्, ‘मित्र, आउनुहोस् उत्तम आसनमा बस्‍नुहोस् ! त्‍यसपछि तिमीसँग खाइरहेका सबै मानिसहरूले तिनले तिमीलाई सम्मान गर्दैछन् भनी देख्‍नेछन् ।
\v 11 किनकि जसले आफूलाई उच्‍च पार्छन् तिनीहरूलाई परमेश्‍वरले होच्‍याउँनु हुनेछ र जसले आफूलाई होच्‍याउँछन् तिनीहरूलाई उहाँले उच्‍च पार्नुहुनेछ ।
\s5
\v 12 येशूले भोजमा उहाँलाई निम्तो दिने फरिसीलाई पनि भन्‍नुभयो, “जब तिमीले मानिसहरूलाई दिवा वा रात्री भोजमा निम्तो दिन्छौ, तब आफ्‍ना मित्रहरू, आफन्तहरू वा धनी छिमेकीहरूलाई मात्र निम्तो नदेऊ, किनकि तिनीहरूले पछि तिमीलाई पनि एउटा भोजमा निम्तो दिएर सट्टा तिर्नेछन् ।
\s5
\v 13 त्यसको साटो, जब तिमीले एउटा भोज दिन्छौ गरीब मनिसहरू, कुँजा मनिसहरू, लङ्डा मनिसहरू वा अन्धा मानिसहरूलाई निम्तो देऊ ।
\v 14 तिनीहरूले तिमीलाई सट्टा तिर्न सक्‍ने छैनन् । तर परमेश्‍वरले तिमीलाई आशिष्‌‌ दिनुहुनेछ ! उहाँले तिमीलाई धर्मीहरूको पुनरुत्थानमा सट्टा दिनुहुनेछ ।
\s5
\v 15 उहाँसँगै खाँदै गरेकाहरूमध्‍ये एकजनाले उहाँले त्यसो भनेको सुने । तिनले येशूलाई भने, “परमेश्‍वरले सबै ठाउँमा शासन गर्न सुरु गर्नुभएको छ भनी उत्सव मनाउनलाई भोज खाने हरेकलाई परमेश्‍वरले साँच्‍चै नै आशिष्‌‌ दिनुभएको छ !”
\v 16 येशूले तिनलाई जवाफ दिनुभयो, “एकपल्‍ट एकजना मानिसले एउटा ठूलो भोज तयार गर्ने निर्णय गरे । तिनले धेरै मानिसहरूलाई आउने निम्तो दिए ।
\v 17 जब त्‍यो भोजको दिन थियो, तिनले निम्तो पाएकाहरूलाई यसो भन्‍न आफ्नो सेवकलाई पठाए, ‘अब आऊनुहोस् किनभने सबै कुरा तयार छ !
\s5
\v 18 तर जब त्‍यस सेवकले त्यसै गरे, तिनले निम्तो दिएका सबै मानिसहरूले आफू आउन नसक्‍ने कारण भन्‍न लागे । सेवकले बोलाउन गएको पहिलो मानिसले भने, ‘मैले भर्खरै एउटा खेत किनेको छु, र म त्यहाँ जानैपर्छ र त्यो हेर्नैपर्छ । आउन नसकेको लागि कृपा गरी मलाई क्षमा गर्न तिम्रो मालिकलाई भन !
\v 19 अर्को व्‍यक्तिले भने, ‘मैले भर्खरै पाँच हल गोरूहरू किनेको छु र तिनीहरूको परिक्षण गर्न म जानैपर्छ । आउन नसकेको लागि कृपा गरी मलाई क्षमा गर्न तिम्रो मालिकलाई भन !
\v 20 अर्को व्‍यक्तिले भने, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसैले म आऊन सक्दिन ।’
\s5
\v 21 त्यसैले त्‍यो नोकर मालिककहाँ फर्कियो र सबैले भनेका कुराको विवरण दियो । घरको मालिक रिसाए र आफ्नो नोकरलाई भने, ‘तुरून्‍तै सहरका सडकहरू र गल्लीहरूमा जाऊ, र गरीब र कुँजा र अन्धा र लङ्डा मानिसहरूलाई भेट र तिनीहरूलाई यहाँ मेरो घरमा लिएर आऊ !
\v 22 त्यो नोकर बाहिर गयो र त्यसै गर्‍यो, त्‍यसपछि त्‍यो फर्केर आयो र भन्‍यो, ‘मालिक, तपाईंले मलाई जे गर्न भन्‍नुभयो त्‍यो मैले त्यही गरेको छु, तर अझै पनि त्यहाँ धेरै मानिसहरूका लागि ठाउँ छ ।’
\s5
\v 23 त्यसैले त्‍यसका मालिकले त्‍यसलाई भने, ‘त्यसो भए सहर बाहिर जाऊ । राजमार्गहरूमा भएका मानिसहरूलाई खोज । बार लगाइएका साँगुरा गल्‍लीहरूमा पनि खोज । ती ठाउँहरूमा भएका मानिसहरूलाई मेरो घरमा आउनलाई जोडदार अनुरोध गर । म यसलाई मानिसहरूले खचाखच भएको चाहन्छु !
\v 24 अझ म तिमीहरूलाई भन्छु, जसलाई पहिले निम्तो दिइएको थियो तिनीहरूले मेरो भोजमा रमाउन पाउने छैनन् किनभने तिनीहरूले आउनलाई इन्कार गरे ।’”
\s5
\v 25 मानिसहरूको एउटा ठूलो भिड येशूसँग यात्रा गर्दैथियो । उहाँ मानिसहरूतिर फर्कनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
\v 26 “यदि कोही मकहाँ आउँछ, जसले आफ्नो बुबा र आमा र पत्‍नी र छोरा-छोरी र दाजु-भाइ र दिदी-बहिनीलाई मलाई भन्दा धेरै प्रेम गर्छ भने, ऊ मेरो चेला हुन सक्दैन । उसले आफ्नो जीवनलाई भन्दा पनि बढी मलाई प्रेम गर्नुपर्छ !
\v 27 जसले आफ्‍नो क्रूस आफैँ बोक्दैन र जसले मेरो आज्ञा पालन गर्दैन, ऊ मेरो चेला हुन सक्दैन ।
\s5
\v 28 यदि तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्‍यो भने के तिमी पहिले बसेर त्‍यसको खर्च कति हुनेछ भनी हिसाब गर्दैनौ र ? त्यसपछि त्यो काम पूरा गर्नलाई यथेष्‍ट रकम तिमीसित छ कि छैन भनी तिमीले हिसाब गर्न सक्‍नेछौ ।
\v 29 अन्यथा, यदि तिमीले जग राख्‍यौ र धरहराको बाँकी काम सिध्‍याउन सकेनौ भने, त्यसलाई देख्‍ने हरेकले तिमीलाई गिज्‍याउनेछ ।
\v 30 तिनीहरूले भन्‍नेछन्, ‘यो मानिसले धरहरा बनाउन सुरु त गर्‍यो तर उसले त्‍यसलाई सिध्‍याउन सकेन !
\s5
\v 31 वा, यदि एउटा राजाले अर्को राजासँग लडाईं गर्नलाई आफ्नो फौज पठाउने निर्णय गर्‍यो भने, तिनी निश्‍चय नै पहिले तिनलाई सल्‍लाहा दिनेहरूसित बस्‍नेछन् । दस हजार सेनाहरू मात्र भएको तिनको फौजले, बीस हजार सेना भएको अर्को राजाको फौजलाई जित्‍न सक्छन् कि सक्दैनन् भनेर तिनीहरू पक्‍का गर्नेछन् ।
\v 32 यदि तिनको फौजले अर्को फौजलाई जित्‍न सक्दैन भन्‍ने निर्णय तिनले गर्छन् भने, अर्को फौज टाढा हुँदा नै तिनले एउटा सन्देशवाहकलाई अर्को राजाकाहाँ पठाउँनेछन् । त्यो राजालाई यसो भन्‍न तिनले सन्देशवाहकलाई भन्‍नेछन्, ‘तपाईंसँग मिलाप गर्न मैले के के कुराहरू गर्नुपर्छ ?
\v 33 त्यसैले, यसैगरी, यदि तिमीहरूमध्ये कसैले पहिले आफूसँग भएका सबै कुरा त्याग्‍ने निर्णय गर्दैनौ भने, तिमीहरू मेरा चेला बन्‍न सक्दैनौँ ।”
\s5
\v 34 येशूले यो पनि भन्‍नुभयो, “तिमीहरू नून जस्तै हौ, जुन धेरै उपयोगी हुन्छ । तर यदि नूनले आफ्नो नुनिलो स्वाद गुमायो भने त्‍यसलाई फेरी कहिल्यै नुनिलो स्वाद दिने बनाउन सकिन्छ र ?
\v 35 यदि नूनको स्‍वाद नूनिलो भएन भने त्यो माटो वा मलको लागि समेत केही कामको हुँदैन । मानिसहरूले त्यसलाई फ्याँकिदिन्छन् । जे म तिमीहरूलाई भन्‍दैछु त्‍यसलाई तिमीहरूमध्‍ये हरेकले होशियारीसाथ सुन्‍नुपर्छ ।”
\s5
\c 15
\p
\v 1 यतिबेला धेरै कर उठाउँनेहरू र पाप गर्ने ठानिएका अरू मानिसहरू उहाँको शिक्षा सुन्‍नलाई येशूकहाँ आउँदैथिए ।
\v 2 जब फरिसीहरू र यहूदी व्यवस्थाका शिक्षकहरूले यो देखे, तिनीहरू यसो भन्दै गनगन गर्न लागे, “यस मानिसले पापीहरूलाई स्वागत गर्छ र तिनीहरूसँग खाना समेत खान्छ ।” येशूले यसो गरेर आफैँलाई अशुद्ध पार्दैहुनुहुन्‍थ्‍यो भनी तिनीहरूले सोंचे ।
\s5
\v 3 यसैले येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो :
\v 4 “मानौं कि तिमीहरूमध्ये कसैसँग सयवटा भेडाहरू छन् र तिमीले तिनीहरूमध्ये एउटा हरायौ । निश्‍चय नै तिमीले उनान्सय वटा अरू भेडाहरू उजाडस्थानमा छोड्‍नेछौ र त्यो हराएको भेडालाई तिमीले नभेट्टाएसम्‍म खोज्‍न जानेछौ ।
\v 5 जब तिमीले त्यसलाई भेट्टाउँछौ, तब तिमीले त्यसलाई घर लान त्‍यसलाई आनन्दसाथ आफ्नो काँधमा राख्‍नेछौ ।
\s5
\v 6 त्‍यसपछि जब तिमी घर पुग्‍छौ, तब तिमीले आफ्ना मित्रहरू र छिमेकीहरूलाई एकसाथ भेला गर्नेछौ र भनेछौ : ‘मसँग आनन्दित होऊ, किनभने मैले मेरो भेडा भेट्टाएको छु जुन हराएको थियो !
\v 7 म तिमीहरूलाई भन्छु कि, यस्‍तै किसिमले, परमेश्‍वरसित पहिले नै ठीक भएका र तिनीहरूलाई पश्‍चातापको आवश्यकता नपर्ने धेरैजना मानिसहरूभन्दा आफ्नो पापको पश्‍चाताप गर्ने एकजना पापीको कारणले स्वर्गमा धेरै आनन्द हुनेछ ।
\s5
\v 8 वा, मानौं, एउटी स्‍त्रीसँग धेरै मूल्यवान चाँदीका दसवटा सिक्‍काहरू छन् र त्‍यसपछि तिनले तीमध्ये एउटा हराउँछिन् । निश्‍चय नै तिनले बत्ती बाल्नेछिन् र भुईं बडार्नेछिन् र त्‍यसलाई नभेट्टाउन्जेलसम्म होसियारीसाथ खोज्‍नेछिन् ।
\v 9 जब तिनले त्यो भेट्टाउँनेछिन् तब तिनले आफ्ना मित्रहरू र छिमेकीहरूलाई एकसाथ भेला गर्नेछिन् र तिनीहरूलाई भन्‍नेछिन्, ‘मसँग धेरै खुशी होऊ, किनभने मैले मेरो सिक्‍का भेट्टाएको छु जुन हराएको थियो !
\v 10 म तिमीहरूलाई भन्छु कि, यस्‍तै किसिमले, एउटा पापीले आफ्नो पापको पश्‍चाताप गरेको कारणले परमेश्‍वरका स्वर्गदूतहरूको माझमा धेरै आनन्द हुन्‍छ ।
\s5
\v 11 यसपछि येशूले निरन्‍तरता दिनुभयो र भन्‍नुभयो, “एकजना मानिस थिए जसका दुई छोराहरू थिए ।
\v 12 एकदिन कान्छो छोराले उसको बुबालाई भन्यो, ‘बुबा, तपाईंको सम्‍पत्तिको अंश जुन सामान्य किसिमले तपाईंको मृत्यु हुँदा मलाई दिइन्‍छ त्‍यो मलाई अहिले नै दिनुहोस् ।’ त्यसैले बुबाले तिनको सम्पत्ति आफ्ना दुई छोराहरूका बीचमा भाग लगाइदिए ।
\s5
\v 13 थोरै दिनहरूपछि नै, कान्छो छोरोले आफूले पाएको सम्पत्ति सबै एकसाथ जम्‍मा पार्‍यो र टाढाको देशमा यात्रा गर्‍यो । त्‍यहाँ त्यो देशमा उसले आफ्नो सबै रुपियाँ मूर्ख किसिमले अनैतिक जीवन बिताउन खर्च गर्‍यो ।
\v 14 उसले आफ्नो सबै रुपियाँ खर्च गरिसकेपछि, त्यो देशभरि नै त्‍यहाँ ठूलो अनिकाल पर्‍यो । चाँडै नै उसलाई जिउनका लागि कुनै कुरा बाँकी रहेन ।
\s5
\v 15 त्यसैले ऊ एकजना मानिसकहाँ गयो जो त्यस देशमा बस्‍थे र तिनलाई ज्‍यालामा काम दिन बिन्ती गर्‍यो । त्यसैले ती मानिसले आफ्ना सुँगुरहरू चराउन उसलाई आफ्नो खेतबारिमा पठायो ।
\v 16 केही समयपछि ऊ यति साह्रै भोकायो कि उसले सुँगुरहरूले खाने गेडागुडी खानलाई इच्‍छा गर्दैरह्‍यो, तापनि उसलाई कसैले केही दिएन ।
\s5
\v 17 अन्तमा आफू कति मूर्ख भएको रहेछ भन्‍ने बरेमा उसले प्रष्‍ट विचार गर्न लाग्‍यो र उसले आफैँलाई भन्यो, ‘मेरो बुबाको सबै ज्यालादारी सेवकहरूसँग खानलाई आवश्‍यक भन्दा धेरै खाना छन्, तर म यहाँ मर्दैछु किनभने मसँग खानलाई कुनै कुरा छैन !
\v 18 त्यसैले म यहाँ छोड्‍नेछु र मेरो बुबाकहाँ फर्केर जानेछु । म उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले परमेश्‍वरको विरूद्धमा र तपाईंको विरूद्धमा पाप गरेको छु ।
\v 19 म फेरि तपाईंको छोरो भनिन योग्यको छैन; कृपा गरी तपाईंको ज्यालादारी सेवकहरू जस्‍तो तपाईंको लागि काम गर्न मलाई रोजगारी मात्र दिनुहोस् ।’”
\s5
\v 20 यसैले उसले त्‍यहाँ छोड्यो र आफ्नो बुबाको घरमा फर्कनलाई यात्रा शुरू गर्‍यो । तर ऊ अझै घरबाट धेरै पर हुँदा नै, उसको बुबाले उसलाई देखे र उसको निम्‍ति दयाले भरिए । तिनी आफ्नो छोराकाहाँ दौडे र उसलाई अँगालो हाले र उसको गालामा चुम्‍वन गरे ।
\v 21 तिनको छोरोले तिनलाई भने, ‘बुबा, मैले परमेश्‍वरको विरूद्धमा र तपाईंको विरूद्धमा पाप गरेको छु । त्‍यसैले म फेरि तपाईंको छोरो भनिन योग्यको छैन’
\s5
\v 22 तर उसको बुबाले तिनका सेवकहरूलाई भने, ‘तुरून्‍तै जाऊ र मेरो उत्तम वस्‍त्र ल्याऊ र त्‍यो मेरो छोरोलाई लगाइदेऊ । उसका औँलामा औँठी र खुट्टामा जुत्ता पनि लगाइदेऊ ।
\v 23 र एउटा विशेष अवसरको लागि मोटो पारिराखेको बाछो ल्याऊ र त्‍यो वध गर ता कि हामी त्यो खान र उत्सव मनाउन सकौं !
\v 24 हामीले उत्सव मनाउनु आवश्‍यक छ किनभने यो मेरो छोरो मरेको मानिस जस्‍तो थियो तर ऊ अहिले फेरि जीवित छ ! ऊ एउटा हराएको व्‍यक्ति जस्‍तो थियो तर अब उसलाई भेट्टाइएको छ ! यसैले तिनीहरू सबै उत्सव मनाउन थाले ।
\s5
\v 25 त्यो सब हुँदैगर्दा, बाबुको जेठो छोरो खेतबारिमा काम गर्दैथियो । उसले काम गरिसक्‍यो र घरको नजीक आइपुग्‍यो, त्‍यसपछि मानिसहरूले संगीत बजाउँदै गरेका र नाचगान गर्दैगरेका उसले सुन्यो ।
\v 26 उसले सेवकहरूमध्ये एउटालाई बोलायो र के हुँदैथियो भनी सोध्यो ।
\v 27 सेवकले उसलाई भन्यो, ‘तपाईंको भाइ घर आउनुभएको छ । उत्सव मनाउनलाई तपाईंको बुबाले मोटो पारिराखेको बाछो वध गर्न हामीलाई भन्‍नुभएको छ किनभने तपाईंको भाइ सुरक्षित र स्वस्थ्य फर्केर आउनुभएको छ ।’
\s5
\v 28 तर जेठो दाजु रिसायो र घरभित्र जाने इच्‍छा गरेन । त्यसैले उसका बुबा बाहिर आए र भित्र आउन उसलाई विन्‍ती गरे ।
\v 29 तर उसले आफ्नो बुबालाई जवाफ दियो, ‘सुन्‍नुहोस् ! यति सारा वर्षहरूमा मैले तपाईंको निम्ति एउटा दासले झैँ कडा काम गरेको छु । तपाईंले मलाई गर्न भन्‍नुभएका सबै कुरामा म सधैँ आज्ञाकारी भएँ । तर तपाईंले मलाई कहिल्यै पनि खानलाई एउटा भर्खरको पाठो पनि दिनुभएन जसले मेरा मित्रहरूसँग म एउटा भोज दिन सकौं ।
\v 30 तर अब तपाईंको यो छोरोले तपाईंको सबै रुपियाँ यौनकर्मीहरूमा सिध्‍याएपछि घरमा फर्केर आउँदा, तपाईंले उत्सव मनाउनका लागि मोटो पारिराखेको बाछो वध गर्न आफ्ना सेवकहरूलाई भन्‍नुभएको छ !
\s5
\v 31 तर उसको बुबाले उसलाई भने, ‘मेरो छोरो, तिमी त सधैँ मसँग छँदैछौ र मसँग भएका सबै तिम्रै हो ।
\v 32 तर आनन्दित हुनु र उत्सव मनाउनु हाम्रो निम्‍ती ठीक छ, किनभने तिम्रो भाइ मरेको जस्‍तै थियो र फेरी जीवित छ ! ऊ हराएको जस्तै थियो तर अहिले भेट्टाइएको छ ।’”
\s5
\c 16
\p
\v 1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “एकजना धनी मानिस थिए जसको एकजना घरायसी प्रवन्‍धक थियो । त्‍यस प्रवन्‍धकले तिनको सम्‍पत्तिको व्यवस्थापन यति खराव गर्दैथियो कि धनी मानिसलाई तिनको सम्‍पत्तिहरू घाटा हुँदैथियो भनी एकदिन त्‍यो धनी मानिसलाई भनियो ।
\v 2 त्यसैले तिनले प्रवन्‍धकलाई आफूकाहाँ बोलाए र उसलाई भने, ‘जे तिमीले गरिरहेका छौ त्यो डरलाग्‍दो छ ! तिमीले जे व्यवस्थापन गरिरहेका छौ त्यसको एउटा अन्तिम लिखित विवरण मलाई देऊ, किनभने तिमी अब मेरो घरायासी प्रवन्‍धक रहनेछैनौ !
\s5
\v 3 त्यसपछि त्‍यो प्रवन्‍धकले आफैँलाई भने, ‘मेरो मालिकले मलाई तिनको प्रवन्‍धक हुनबाट हटाउन जाँदैछन्, त्यसैले मैले के गर्ने भन्‍ने बारेमा विचार गर्नुपर्छ । खाल्टाहरू खन्‍ने काममा म बलियो छैन र पैसा माग्‍नलाई म लजाउँछु ।
\v 4 म के गर्नेछु म जान्‍दछु, ता कि मेरो प्रवन्‍धकको कामबाट म हटाइएपछि मलाई मानिसहरूले आफ्‍नो घरहरूमा लानेछन् र मलाई आवश्‍यक कुरा दिनेछन् !
\s5
\v 5 त्यसैले आफ्‍नो मालिकलाई पैसा तिर्नुपर्ने हरेक ऋणीलाई उसले एकपछि अर्को गर्दै बोलायो । उसले पहिलोलाई सोध्‍यो, ‘तिमीले मेरो मालिकलाई कति ऋण तिर्नुछ ?
\v 6 त्‍यस मानिसले जवाफ दियो, ‘तीन हजार लिटर जैतुनको तेल ! त्‍यो प्रवन्‍धकले त्‍यसलाई भन्‍यो, ‘तिम्रो विल निकाल, बस र तुरून्‍तै त्‍यसलाई पन्ध्र सय लिटरमा बदल !
\v 7 उसले अर्को मानिसलाई भन्‍यो, ‘तिमीले कति तिर्नुछ ? त्‍यस मानिसले जवाफ दियो, ‘एक हजार डाला गहुँ ।’ त्‍यो प्रवन्‍धकले त्‍यसलाई भन्‍यो, ‘तिम्रो विल निकाल र त्यसलाई आठसय डालामा बदल !
\s5
\v 8 प्रवन्‍धकले के गरेको थियो भनी जब त्‍यसको मालिकले सुने, तब आफ्‍नो काम गुमाउन लागेको कुराको लागि जसरी त्‍यसले तयारी गर्‍यो त्‍यसको निम्‍ती तिनले त्‍यो वेइमान प्रवन्‍धकको प्रशंसा गरे । सत्य हो, वेइमानीसाथ काम गर्ने र छल प्रयोग गर्ने संसारमा भएका ईश्‍वरहीन मानिसहरूले संसारमा ज्‍यतिझैँ चम्‍कने ईश्‍वरभक्त मानिसहरूले भन्‍दा बढी अगाडितिर हेर्छन् र आफ्‍नो बविष्‍यको लागि तयारी गर्छन् ।
\v 9 म तिमीहरूलाई भन्छु, तिमीहरूले वेइमानीसाथ कमाएको पैसा अरूहरूलाई मद्दत गर्न प्रयोग गर । जब तिमीहरूले त्‍यसो गर्छौ, तब तिनीहरु तिमीहरूका मित्रहरू हुनेछन्, र जब पैसा सकिन्छ, तब तिमीहरूसित मित्रहरू हुनेछन् जसले तिमीहरूको अनन्तको घरमा तिमीहरूलाई स्वागत गर्नेछन् ।
\s5
\v 10 पैसाको सनो रकमलाई विश्‍वासयोग्य भएर चलाउने मानिसहरूलाई अझै धेरै भरोसा गर्न सकिन्छ । महत्‍वहीन कामहरू गर्नमा बेइमानी गर्ने मानिसहरूले महत्त्वपूर्ण कामहरू गर्नमा पनि बेइमानी गर्नेछन् ।
\v 11 तिमीहरूसित आफ्‍नो जिम्‍मामा पैसा छ जुन बेइमानीसाथ कमाइएको हो, तर यदि तिमीहरूले त्‍यो पैसालाई चलाउने कुरामा तिमीहरू इमान्दार भएका छैनौ भने, तिमीहरूको आफ्‍नै सम्‍पत्ति पनि तिमीहरूलाई कसैले दिनेछैन ।
\v 12 तिमीहरूले अरू मानिसहरूको पैसालाई चलाइरहेका छौ, तर यदि तिमीहरू बेइमान भयौ भने तिमीहरूको आफ्‍नो लागि खर्च गर्न कसैले पनि तिमीहरुलाई पैसा दिने आशा तिमीहरूले गर्नुहुँदैन ।
\s5
\v 13 एउटै समयमा कुनै सेवकले पनि दुईवटा छट्टाछुट्टै मालिकहरुको सेवा गर्न सक्दैन । यदि उसले त्‍यसो गर्ने कोसिस गर्‍यो भने, उसले तिनीहरूमध्‍ये एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, वा तिनीहरूमध्ये एउटासित ऊ इमान्दार बन्‍नेछ र अर्कोलाई वेवास्‍ता गर्नेछ । यदि तिमीहरुले पैसा र भौतिक सुख-सुविधाहरू प्राप्‍त गर्नलाई पनि आफ्‍नो जीवन समर्पण गरेका छौ भने तिमीहरूले आफ्‍नो जीवन परमेश्‍वरको सेवा गर्नलाई समर्पण गर्न सक्दैनौ ।”
\s5
\v 14 जब त्‍यहाँ भएका फरिसीहरूले येशूले त्‍यसो भन्‍नुभएको सुने, तिनीहरूले उहाँलाई गिल्‍ला गर किनभने तिनीहरू पैसा प्राप्‍त गर्न मन पराउँथे ।
\v 15 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अरू मानिसहरूलाई तिमीहरू धर्मी छौ भनी विचार गर्ने बनाउन कोसिस गर्छौ, तर परेश्‍वरले तिमीहरूको हृदयहरू जान्‍नुहुन्‍छ । मनमा राख कि धेरै कुराहरू जसलाई मानिसहरूले धेरै महत्त्वपूर्ण मानेर प्रशंसा गर्छन्, ती परमेश्‍वरले घृणित ठान्‍नुहुन्‍छ ।
\s5
\v 16 परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुरालाई बप्‍तिस्मा दिने यूहन्‍ना नआएसम्म मात्र पढ्ने गरियो । त्‍यो बेला देखि परमेश्‍वरले चाँडै नै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनेर मैले प्रचार गरिरहेकै छु । धेरै मानिसहरूले त्‍यो सन्देशलाई ग्रहण गर्दैछन् र तिनीहरूको जीवनमा राज्‍य गर्न परमेश्‍वरलाई धेरै उत्सुकतासाथ विन्‍ती गर्दैछन् ।
\v 17 परमेश्‍वरका सबै व्यवस्थाहरू, महत्‍वहीन जस्तो लाग्‍ने वचनहरू पनि, स्वर्ग र पृथ्वीभन्दा धेरै स्थायी छन् ।
\s5
\v 18 कुनै मानिसले आफ्‍नो श्रीमतीसँग सम्बन्ध विच्छेद गर्छ र अर्को स्‍त्रीलाई विवाह गर्छ भने व्यभिचार गर्छ, र आफ्‍नो पतिबाट सम्बन्ध विच्छेद गरेकी स्‍त्रीलाई कुनै मानिसले विवाह गर्छ भने पनि व्यभिचार गर्छ ।”
\s5
\v 19 येशूले यो पनि भन्‍नुभयो, “एकजना धनी मानिस थिए जसले नरम बैजनी रङ्गको र मलमलको लुगा लगाउँथे । हरेक दिन तिनले खर्चिला भोजहरू दिन्‍थे ।
\v 20 र प्रत्येक दिन लाजरस नाम गरेको एकजना गरीब मानिसलाई ती धनी मानिसको घरको ढोकामा राखिन्‍थ्‍यो । लाजरसको शरीरभरि घाउले भरिएको थियो ।
\v 21 ऊ धेरै भोको थियो जसले गर्दा धनी मानिसले खाने टेबलबाट खसेका खानाका टुक्राहरू खाने इच्‍छा उसलाई हुन्‍थ्‍यो । अझै, दयनीय कुरा, कुकुरहरू आए र उसको शरीरका घाउहरू चाटे ।
\s5
\v 22 अन्‍तत: त्‍यो गरीब मानिस मर्‍यो । त्‍यसपछि स्वर्गदूतहरूद्वारा उसलाई आफ्‍नो पुर्खा अब्राहाम कहाँ लगियो । ती धनी मानिस पनि मरे र तिनको मृत शरीरलाई गाडियो ।
\v 23 मृतुको पातालमा धनी मानिस भयङ्कर पिडामा कष्‍ट भोग्‍दैथिए । तिनले माथि हेरे र अब्राहामलाई टाढा र लाजरसलाई अब्राहामको एकदमै नजिक बसिरहेका देखे ।
\s5
\v 24 त्‍यसैले धनी मानिसले ठूलो स्वरमा भने, ‘पिता अब्राहाम, म यो आगोमा धेरै दु: ख भोग्‍दैछु ! त्यसैले ममाथि दया गर्नुहोस् र लाजरसलाई यहाँ पठाउनुहोस् ता कि उसले आफ्नो औँला पानीमा चोप्‍न र मेरो जिब्रोलाई शितल बनाउन त्‍यसलाई सक्‍छ !
\s5
\v 25 तर अब्राहामले जवाफ दिए, ‘बालक, याद गर, जब तिमी संसारमा जीवित थियौ, तिमीले धेरै असल कुराहरूको आनन्द लियौ । तर लाजरस दु: खी थियो । अहिले ऊ यहाँ खुशी छ, र तिमी दु: ख भोग्‍दैछौ ।
\v 26 यस बाहेक, परमेश्‍वरले तिम्रो र हाम्रो बीचमा एउटा धेरै ठूलो खाडल राख्‍नुभएको छ । त्यसकारण, यहाँबाट तिमी भएको ठाउँमा जान इच्‍छा गर्नेहरू जान सक्‍दैनन् । अझ, त्‍यहाँबाट तरेर हामी भएको ठाउँमा पनि कोही आउन सक्दैन ।’
\s5
\v 27 त्यसपछि धनी मानिसले भने, ‘यदि त्यसो हो भने, पिता अब्राहाम, तपाईंले लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस् भनी म विन्‍ती गर्छु ।
\v 28 मेरा पाँचजना दाजु-भाइहरू छन् जो त्यहाँ बस्छन् । तिनीहरूलाई चेतावनी दिन उसलाई भनिदिनुहोस् ता कि तिनीहरू पनि यस ठाउँमा आउन नपरोस् जहाँ हामी भयङ्कर पिडामा कष्‍ट भोग्‍छौं ।
\s5
\v 29 तर अब्राहामले जवाफ दिए, ‘अहँ, म त्यसो गर्दिन, किनभने तिम्रो दाजु-भाइहरूसँग मोशा र अगमवक्ताहरूले धेरै पहिले लेखेका कुराहरू छन् । उनीहरूले जे लेखे त्‍यो तिनीहरूले पालन गर्नुपर्छ ।’
\v 30 तर धनी मानिसले जवाफ दिए, ‘अहँ ! पिता अब्राहाम, त्यतिले पर्याप्‍त हुनेछैन ! तर यदि मरेकाहरुमध्‍ये कोही फेरी फर्केर तिनीहरूकहाँ जान्‍छ र तिनीहरूलाई चेतावनी दिन्छ भने, तिनीहरू आफ्‍ना पापी व्‍यवहारबाट फर्किनेछन् ।’
\v 31 अब्राहामले तिनलाई भने, ‘अहँ ! यदि तिनीहरूले मोशा र अगमवक्ताहरूले जे लेखे, त्‍यो सुन्दैनन् भने, मरेकाहरूको माझबाट कोही फेरि जीवित हुन्‍छ र गएर तिनीहरूलाई चेतावनी दिन्‍छ भने पनि तिनीहरूले आफ्‍ना पापी व्‍यवहारबाट पर्कनुपर्छ भनी तिनीहरू अझै पनि विश्‍वस्‍त हुनेछैनन् ।
\s5
\c 17
\p
\v 1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसलाई पाप गर्न परीक्षामा पार्ने कुराहरू निश्‍चय नै हुनेछन्, तर ती कुराहरू हुनलाई प्रेरणा दिने जो कसैलाई पनि कति डरलाग्‍दो हुनेछ !
\v 2 यदि कुनै व्‍यक्तिले जो आफ्‍नो विश्‍वासमा कमजोर हुन्‍छ त्‍यसलाई पाप गर्न प्रेरण दिन्‍छ भने त्यो व्‍यक्तिको घाँटीमा कसैले ठूलो ढुंगा बाँध्‍नु र त्‍यसलाई समुद्रमा फ्याक्‍नु असल हुनेछ ।
\s5
\v 3 तिमीहरू कसरी चल्‍छौ होसियार रहो । यदि तिम्रा भाइहरूमध्ये एउटाले पाप गर्छ भने, तिमीले उसलाई गाली गर्नुपर्छ । यदि उसले पाप गरेकोमा दुखी छु भन्‍छ र उसलाई क्षमा गर्न तिमीसँग विन्‍ती गर्छ भने, तिमीले उसलाई क्षमा दिनुपर्छ ।
\v 4 यदि उसले तिम्रो विरूद्धमा एकदिनमा सातचोटी पाप गर्छ भने पनि र यदि ऊ तिमीकहाँ हरेक पल्ट आउँछ र, ‘मैले जे गरें त्यसको लागि म दुखी छु, भन्छ भने तिमीले उसलाई निरन्तर क्षमा दिनुपर्छ ।”
\s5
\v 5 त्यसपछि प्रेरितहरूले प्रभुलाई भने, “हामीलाई धेरै विश्‍वास दिनुहोस् !”
\v 6 प्रभुले जवाफ दिनुभयो, “यदि तिमीसँग यो सानो रायोको दानाको आकारको मात्र विश्‍वास छ भने पनि, तिमीले यो किम्बुको रूखलाई भन्‍नसक्छौ, ‘आफ्‍नो जराहरू सहित आफैँलाई जमिनबाट उखेल र आफैँलाई समुद्रमा रोप’, र त्यसले तिम्रो आज्ञा पालन गर्नेछ !”
\s5
\v 7 येशूले यो पनि भन्‍नुभयो, “मानौं कि तिमीहरूमध्ये एकजनासँग एउटा सेवक थियो जसले तिम्रो खेतबारी जोत्दैथियो वा तिम्रो भेडाको हेरबिचार गर्दैथियो । खेतबाट ऊ घरमा आएपछि, तिमी यसो भन्दैनौ, ‘आऊ तुरून्तै बस र खाऊ !
\v 8 त्‍यसको सटो, तिमीले उसलाई भन्‍नेछौ, ‘मेरो निम्ति खाना बना ! त्यसपछि सेवा गर्दा तैंले लगाउने वस्‍त्र लगा र मेरो निम्‍ती खाना पस्‍की ता कि म खान र पिउन सक्छु ! त्यसपछि तैंले खान र पिउन सक्छस् ।’
\s5
\v 9 उसलाई गर्न भनेको काम गरेको निम्‍ती तिमीले आफ्‍नो सेवकलाई धन्यवाद दिनेछैनौ !
\v 10 यस गरी, जब परमेश्‍वरले जे तिमीलाई गर्न भन्‍नुभएको तिमीले त्‍यो सबै गरेका हुन्‍छौ, तब तिमीले भन्‍नुपर्छ, ‘हामी परमेश्‍वरका दासहरू मात्र हौं र उहाँबाट धन्यवाद पाउन योग्‍य हामी छैनौं । हामीले त उहाँले हामीलाई गर भन्‍नुभएका कुराहरू मात्र गरेका हौं ।’”
\s5
\v 11 जसै येशू र उहाँका चेलाहरू यरूशलेम जाने बाटोमा हिंड्दै हुनुहुन्‍थ्‍यो, उहाँहरू सामरियाको इलाकाहरु र गालीलको बीचबाट भएर जाँदै हुनुहुन्‍थ्‍यो ।
\v 12 जसै येशू एउटा गाउँमा पस्‍नुभयो, दसजना कुष्‍ट रोगीहरू उहाँतिर आए तर केही पर नै खडा भए ।
\v 13 तिनीहरूले ठूलो स्‍वरले भने, “येशू, मालिक, कृपागरी हामीमाथि दया गर्नुहोस् !”
\s5
\v 14 जब उहाँले तिनीहरूलाई देख्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ र आफैँलाई पूजाहारीहरूकहाँ देखाओ ।” यसैले तिनीहरू गए र जसै तिनीहरू जाँदैथिए तिनीहरू निको पारिए ।
\v 15 त्यसपछि तिनीहरूमध्ये एकजना, जब उसले आफू निको भएको देख्यो, तब ऊ चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो ।
\v 16 ऊ येशूकहाँ आयो र येशूको खुट्टामा घोप्‍टो पर्‍यो र उहाँलाई उसले धन्यवाद दियो । यो मानिस सामरी थियो ।
\s5
\v 17 त्यसपछि येशूले भन्‍नुभयो, “मैले दसजना कुष्‍टरोगीहरूलाई निको पारें । किन अरू नौजना फर्केर आएनन् ?
\v 18 यो परदेशी मानिस मात्र एकजना थियो जो परमेश्‍वरलाई धन्यवाद दिन फर्कियो; अरूहरू कोही पनि फर्केर आएन !”
\v 19 त्‍यसपछि उहाँले त्यो मानिसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो लाग । परमेश्‍वरले तिमीलाई निको पार्नुभएको छ किनभने तिमीले ममा विश्‍वास गर्‍यौ ।”
\s5
\v 20 एकदिन केही फारसीहरूद्वारा येशूलाई सोधियो, “कहिले परमेश्‍वरले हरेकमाथि राज्‍य गर्न सुरु गर्नुहुनेछ ?” उहाँले जवाफ दिनुभयो, “त्यो त्‍यस्‍तो कुरा होइन जसलाई मानिसहरूका आफ्‍ना आँखाहरूले देख्‍न सक्‍नेछन् ।
\v 21 मानिसले भन्‍न सक्‍नेछैनन्, ‘हेर ! उहाँले यहाँ राज्य गर्दै हुनुहुन्छ ! वा ‘उहाँले त्यहाँ राज्य गर्दै हुनुहुन्छ ! किनभने तिमीहरूले सोचे विपरीत, परमेश्‍वरले तिमीहरूका माझमा पहिले नै राज्य गर्न सुरु गरिसक्‍नुभएको छ ।”
\s5
\v 22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “त्‍यहाँ एउटा समय आउनेछ जतिबेला म, मानिसको पुत्रले, शक्तिशाली रूपमा राज्य गरिरहेको हेर्ने इच्‍छा तिमीहरूले गर्नेछौ । तर तिमीहरूले त्‍यो देख्‍नेछैनौ ।
\v 23 मानिसहरूले तिमीहरूलाई भन्‍नेछन्, ‘हेर, ख्रीष्‍ट त्‍यहाँ हुनुहुन्छ ! वा तिनीहरूले भन्‍नेछन्, ‘हेर, उहाँ यहाँ हुनुहुन्छ ! जब तिनीहरूले त्‍यसो भन्‍छन्, तिनीहरूले पछि नलाग ।
\v 24 किनकि जब विजुली चम्किन्छ र आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, त्यो हरेकले देख्‍न सक्छन् । यसै गरी, जब म, मानिसको पुत्र फेरि आउँछु, मलाई हरेकले देख्‍नेछ ।
\s5
\v 25 तर त्यो हुनुअघि, मैले धेरै किसिमले दु:ख भोग्‍नुपर्छ, र म मानिसहरूद्वारा तिरस्कृत हुनेछु ।
\v 26 तर म, मानिसको पुत्र फेरि आउँदा, मानिसहरूले त्‍यस्‍तै कुराहरू गर्दै रहनेछन्, जस्तो नोआ बाँचेको समयमा मानिसहरूले गर्दैथिए ।
\v 27 त्यो समयमा नोहा र तिनको परिवार ठूलो जहाजभित्र पस्‍ने दिनसम्‍म नै सदाझैँ मानिसहरूले खाए र पिए र सदाझैँ तिनीहरूले विवाह गरे । तर त्‍यसपछि बाडी आयो र जो जहाजभित्र थिएनन् तिनीहरू सबैलाई नाश गर्‍यो ।
\s5
\v 28 यसरी नै, जब लोत सदोमको सहरमा बस्‍थे, त्‍यहाँका मानिसहरूले सदाझैँ खाए र पिए । तिनीहरूले सामानहरू किने र तिनीहरूले सामानहरू बेचे । तिनीहरूले सदाझैँ बाली लगाए र तिनीहरूले घरहरू बनाए ।
\v 29 तर लोतले सदोम छाडेको दिनमा आकाशबाट आगो र गन्धक झर्‍यो र त्‍यस सहरमा बसेका सबैलाई नाश गर्‍यो ।
\s5
\v 30 यसरी नै, म, मानिसको पुत्र पृथ्वीमा फर्किंदा मानिसहरू तयार रहने छैनन् ।
\v 31 त्यस दिनमा, आफ्ना घरहरूबाट बाहिर भएकाहरू, तिनीहरूसँग भएका सबै थोकहरू घरभित्र छन् भने, ती लिनलाई भित्र जाने समय दिनुहुँदैन । यसरी नै, जो खेतमा काम गर्दै हुन्‍छन्, तिनीहरू कुनै कुरा लिनलाई फर्कंनुहुँदैन ; तिनीहरू तुरन्तै भाग्‍नुपर्छ ।
\s5
\v 32 लोतकी पत्‍नीलाई जे भयो त्‍यो याद गर !
\v 33 जो कोही उसको आफ्‍नै जिउने तरिकामा रहन्‍छ, त्यो मर्नेछ । तर मेरो निम्‍ति जो कोहीले उसको आफ्‍नै तरिकामा छोड्छ, त्‍यो सदासर्वदा बाँच्‍नेछ ।
\s5
\v 34 म तिमीहरूलाई यो भन्छु: त्यो रातमा जब म फर्कन्छु, एउटा खाटमा दुईजना मानिसहरू सुतिरनेछन् । एकजना जसले ममा विस्‍वास गर्छ त्‍यो लगिनेछ र अर्को एकजना पछि छोडिनेछ ।
\v 35 दुईजना स्‍त्रीहरू एकसाथ जाँतोमा अन्‍न पिन्‍दै रहनेछन्;
\v 36 एकटालाई लगिनेछ र अर्कोलाई पछि छोडिनेछ ।”
\v 37 उहाँका चेलाहरूले उहाँलाई भने, “प्रभु, यस्तो कहाँ हुनेछ ?” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यसलाई खान गिद्धहरू जम्मा हुनेछन् ।”
\s5
\c 18
\p
\v 1 येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले निरन्‍तर रूपले प्रार्थना गर्नुपर्छ र परमेश्‍वरले तिनीहरूको प्रार्थनाको उत्तर तुरन्तै दिनु भएन भने पनि नरूत्साहित हुनु हुँदैन भनी तिनीहरूलाई सिकाउन अर्को कथा भन्‍नुभयो ।
\v 2 उहाँले भन्‍नुभयो, “एउटा कुनै सहरमा एकजना न्यायाधीश थिए जसले परमेश्‍वरको आदर गरेनन् र मानिसहरूको वास्ता गरेनन् ।
\s5
\v 3 त्यस सहरमा एउटी विधवा थिइन् जो यसो भन्‍दै ती न्यायाधीशकहाँ आइरहन्‍थिन्, ‘कृपागरी जसले अदालतमा मेरो विरोध गर्दैछ, त्‍यो मानिसबाट मलाई न्‍याय दिनुहोस् ।’
\v 4 धेरै लामो समयसम्म न्‍यायाधीशले तिनको मद्दत गर्न इन्‍कार गरे । तर पछि, तिनले आफैँलाई भने, ‘म परमेश्‍वरको आदर गर्दिन र म मानिसहरूको वास्‍ता गर्दिन,
\v 5 तर यी विधवाले मलाई सताउँदैछिन् ! त्‍यसैले म तिनको मुद्दाको न्याय गर्नेछु र तिनलाई निश्‍पक्ष व्यवहार गरिएकोमा पक्‍का हुनेछु, किनभने यदि मैले त्यसो गरिन भने, तिनी निरन्‍तर मकाहाँ आएर मलाई हैरान पार्नेछिन् !’”
\s5
\v 6 त्यसपछि प्रभु येशूले भन्‍नुभयो, “अन्‍याय गर्ने न्यायाधीशले जे भने त्‍यसको बारेमा होसियारसाथ विचार गर ।
\v 7 परमेश्‍वरले, जो धर्मी हुनुहुन्‍छ, उहाँमा लगनशीलतासाथ दिन रात प्रार्थना गर्ने आफ्ना छानिएका मानिसहरूका निम्‍ति त्योभन्दा अझै पक्‍का रूपले न्याय गर्नुहुनेछ ! र उहाँ तिनीहरूसँग सधैँ धैर्यवान हुनुहुन्छ ।
\v 8 म तिमीहरूलाई भन्छु, परमेश्‍वरले आफ्ना छानिएकाहरूको निम्ति तुरन्तै न्याय गर्नुहुनेछ ! यद्यपि, म, मानिसको पुत्र यस पृथ्‍वीमा आउँदा, त्‍यहाँ अझै पनि धेरै मानिसहरू हुनेछन् जो मलाई विश्‍वास गर्दैनन् ।”
\s5
\v 9 त्‍यसपछि कोही मानिसहरू जसले तिनीहरू आफू धर्मी भएको बिचार गर्छन् र जसले अरू मानिसहरूलाई होच्‍याउँछन्, तिनीहरूलाई येशूले यो कथा पनि भन्‍नुभयो ।
\v 10 उहाँले भन्‍नुभयो, “दुईजना मानिसहरू प्रार्थना गर्नलाई यरूशलेमको मन्दिरमा गए । तिनीहरूमा एकजना फरिसी थियो । अर्कोचाहिँ रोमी सरकारको लागि मानिसहरूबाट करहरू उठाउँने मानिस थियो ।
\s5
\v 11 फरिसी खडा भयो र आफ्नो बारेमा यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर ! म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू जस्‍तो छैन । कसैले अरूहरूबाट पैसा चोर्छन्, कसैले अरूहरूलाई अन्‍याय गर्छन्, र कसैले व्यभिचार गर्छन् । म ती सबै कुराहरूमध्‍ये कुनै पनि गर्दिनँ । र म निश्‍चय नै यो पापी कर उठाउँने जस्तो छैन जसले मानिसहरूलाई ठग्छ !
\v 12 म हप्‍तामा दुईदिन उपवास बस्छु र मेरो सबै कमाइको दस प्रतिशत म मन्दिरमा दिन्छु !
\s5
\v 13 तर कर उठाउँनेचाहीँ मन्दिरको चोकमा भएका अरू मानिसहरूभन्दा टाढा खडा भयो । उसले माथि स्वर्गतिर हेर्न पनि सकेन । बरू, आफ्नो छाती पिट्‍यो र भन्यो, ‘हे परमेश्‍वर, कृपगरी मप्रति कृपालु हुनुहोस् र मलाई क्षमा गर्नुहोस्, किनभने म एउटा अघोर पापी हुँ !
\v 14 त्यसपछि येशूले भन्‍नुभयो, “म तिमीहरूलाई भन्छु कि जसै तिनीहरू घरतिर लागे कर उठाउँनेलाई क्षमा दिइयो तर फरिसीलाई दिइएन । किनभने हरेक जसले आफूलाई उचाल्‍छ त्‍यसलाई नम्र पारिनेछ र हरेक जसले आफूलाई नम्र पार्छ त्‍यसलाई उचालिनेछ ।”
\s5
\v 15 एकदिन उहाँले आफ्ना हातहरू तिनीहरूमाथि राख्‍न र तिनीहरूलाई आशिष्‌‌ दिन मानिसहरूले आफ्ना बालकहरूलाई पनि येशूकहाँ ल्‍याउँदैथिए । जब चेलाहरूले यो देखे, तिनीहरूले उनीहरूलाई त्यसो नगर्न भने ।
\v 16 तर येशूले बालकहरूलाई उहाँकहाँ ल्याउनलाई भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ ! तिनीहरूलाई नरोक ! यी बालकहरू जस्‍तै नम्र र विश्‍वासयोग्‍य मानिसहरूलाई नै परमेश्‍वरले राज्‍य गर्नुहुनेछ ।
\v 17 म तिमीहरूलाई वास्‍तवमै भन्छु कि कसैले परमेश्‍वरले तिणिहरूमा गर्ने राज्‍यलाई एउटा बालकलेझैँ विनम्रतासाथ ग्रहण गर्दैन भने, परमेश्‍वरले त्‍यस व्‍यक्तिलाई कुनै हालतमा ग्रहण गर्नुहुनेछैन ।”
\s5
\v 18 एकपल्‍ट एउटा यहूदी अगुवाले येशूलाई सोधे, “असल गुरू, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ ?”
\v 19 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई किन असल भन्छौ ? परमेश्‍वर मात्र हुनुहुन्छ जो साँच्‍चै असल हुनुहुन्छ !
\v 20 तिम्रो प्रशनको जवाफमा, हाम्रो लागि आज्ञापालन गर्न परमेश्‍वरले मोशालाई दिनुभएका आज्ञाहरू तिमीलाई निश्‍चय नै थाहा छ : ‘व्यभिचार नगर, कसैको हत्या नगर, नचोर, झूटा विवरण नदे, आफ्नो बुबा र आमाको आदर गर !’”
\v 21 त्यो मानिसले भन्यो, “म युवा अवस्‍थामा हुँदादेखि नै मैले ती सबै आज्ञाहरू पालन गरेको छु ।”
\s5
\v 22 जब उसले त्‍यसो भनेको येशूले सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “तिमीले अझै अरू एउटा कुरा गर्न आवश्‍यक छ । तिमीसँग भएका सबै कुरा बेच । त्‍यसपछि बाँच्‍नको निम्‍ति एकदमै थोरै भएका मानिसहरूलाई रूपियाँ देऊ । परिणाम स्‍वरूप तिमीसित स्वर्गमा आत्मिकी धन हुनेछ । त्यसपछि आऊ र मेरो चेल बन !”
\v 23 जब उसले त्यो सुन्यो त्यो मानिस धेरै निराश भयो, किनभने ऊ एकदमै धनी थियो ।
\s5
\v 24 जब त्यो मानिस कति निराश थियो भनी येशूले देख्‍नुभयो, तब उहाँ पनि धेरै दुखी हुनुभयो । उहाँले भन्‍नुभयो, “धनी मानिसहरूलाई आफ्‍नो जीवनमा परमेश्‍वरको राज्‍य ग्रहण गर्न एकदमै कठिन हुन्‍छ ।”
\v 25 वास्तवमा, धनी मानिसहरूलाई आफ्नो जीवनमा परमेश्‍वरलाई राज्‍य गर्न दिनुभन्दा एउटा ऊँटलाई सियोको नाथ्रीबाट भित्र छिर्न सजिलो हुन्छ ।”
\s5
\v 26 येशूले त्‍यसो भनेको सुन्‍नेहरूले जवाफ दिए “यसरी त एकजना पनि बचाइने छैन जस्‍तो लाग्‍छ !”
\v 27 तर येशूले भन्‍नुभयो, “जे मानिसहरूको लागि असम्भव छ त्यो परमेश्‍वरको लागि सम्भव छ ।”
\s5
\v 28 त्यसपछि पत्रुसले भने, “हेर्नुहोस्, तपाईंका चेलाहरू हुनलाई हामीसित भएका सबै कुरा हामीले छाडेका छौं ।”
\v 29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो, र म यो पनि भन्‍छु कि परमेश्‍वरको इच्छामा आफैँलाई अर्पण गर्नको लागि जसले आफ्ना घरहरू, आफ्ना श्रीमतीहरू, आफ्ना दाजुभाइहरू, आफ्ना बुबाआमाहरू वा आफ्ना छोराछरीहरू छोड्छन्
\v 30 तिनीहरूले छाडेकाभन्दा धेरै गुणा बढी यसै जीवनमा पाउनेछन् र आउने युगमा तिनीहरूले अनन्त जीवन पाउनेछन् ।”
\s5
\v 31 येशूले बाह्रजना चेलाहरूलाई एक ठाउँमा लानुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियारसाथ सुन ! अब हामी यरूशलेमसम्‍म जाँदैछौँ । हामी त्यहाँ हुँदा, म, मानिसको पुत्रको बरेमा अगमवक्ताले धेरै अघि लेखेका सबै कुरा पूरा हुनेछन् ।
\v 32 मेरो शत्रुहरूले मलाई गैरयहूदीहरूको अधिकारमा दिनेछन् । तिनीहरूले मेरो गिल्‍ला गर्नेछन, मलाई घृणा गर्नेछन् र मलाई थुक्‍नेछन् ।
\v 33 तिनीहरूले मलाई कोर्रा लगाउनेछन् र त्‍यसपछि तिनीहरूले मलाई मार्नेछन् । तर त्‍यसको तेस्रो दिनमा म फेरी जीवित हुनेछु ।”
\s5
\v 34 तर उहाँले भन्‍नुभएका कुनै पनि कुरा चेलाहरूले बुझेनन् । उहाँले तिनीहरूलाई जे भन्‍दै हुनुहुन्‍थ्‍यो त्‍यसको अर्थ बुझ्‍नबाट परमेश्‍वरले तिनीहरूलाई रोक्‍नुभयो ।
\s5
\v 35 जसै येशू र उहाँका चेलाहरू यरीहो सहरको नजिक आइपुगे, एउटा दृष्‍टिविहीन मानिस बाटोको छेउमा बस्‍दैथियो । उसले रूपियाँ भीख माग्‍दैथियो ।
\v 36 जब उसले मानिसहरूको भिड नजीकबाट गइरहेको सुन्‍यो, उसले कसैलाई सोध्यो, “के हुँदैछ ?”
\v 37 तिनीहरूले उसलाई भने, “नासरत नगरबाट आउनुभएका मानिस, येशू जाँदै हुनुहुन्‍छ ।”
\s5
\v 38 उसले चिच्यायो, “येशू, तपाईं जो राजा दाऊदको सन्‍तान हुनुहुन्छ, ममाथि दया गर्नुहोस् !”
\v 39 भिडको अगाडि हिंडिरहेका मानिसहरूले उसलाई गाली गरे र उसलाई चुप लग्‍न भने । तर उसले अझै ठूलो स्‍वरले चिच्याएर, “तपाईं जो राजा दाऊदको सन्‍तान हुनुहुन्छ, ममाथि दया गर्नुहोस् !”
\s5
\v 40 येशू हिंड्‍न रोकिनुभयो र त्यस मानिसलाई उहाँकाहाँ ल्याउन मानिसहरूलाई आज्ञा गर्नुभयो । जब त्‍यो दृष्‍टिविहीन मानिस नजिक आयो, येशूले त्‍यसलाई सोध्‍नुभयो,
\v 41 “म तिम्रो लागि के गरौं भन्‍ने तिमी चाहान्‍छौ ?” उसले जवाफ दियो, “प्रभु, तपाईंले मलाई देख्‍न सक्‍ने बनाई दिनुहोस् भन्‍ने म चाहान्‍छु !”
\s5
\v 42 येशूले उसलाई भन्‍नुभयो, “त्यसो भए हेर ! तिमीले मलाई विश्‍वास गरेको कारणले, मैले तिमीलाई निको परेको छु !”
\v 43 तुरुन्तै ऊ देख्‍न सक्‍ने भयो । र परमेश्‍वरको प्रशंसा गर्दै ऊ येशूसँग गयो । र जब त्यहाँ भएका सबै मानिसहरू यो देखे, तिनीहरूले पनि परमेश्‍वरको प्रशंसा गरे ।
\s5
\c 19
\p
\v 1 येशू यरीहो पस्‍नुभयो र सहरबाट जाँदै हुनुहुन्‍थ्‍यो ।
\v 2 त्यँहा एकजना जखायस नाम गरेका मानिस थिए । तिनी कर उठाउँनेहरूका प्रमुख थिए र तिनी धेरै धनी थिए ।
\s5
\v 3 तिनले येशूलाई हेर्न चाहन्थे तर तिनले भिडमा उहाँलाई हेर्न सकेनन् । तिनी धेरै पुड्को मानिस थिए र येशूको वरिपरि धेरै मानिसहरू थिए ।
\v 4 यसैले तिनी बाटोमा अलि अगाडिसम्म दौडे । येशू त्यही बाटो भएर आउनुहुँदा उहाँलाई हेर्न तिनी एउटा किम्‍बुको रूखमा चढे ।
\s5
\v 5 जब येशू त्यहाँ पुग्‍नुभयो, उहाँले माथि हेर्नुभयो र तिनलाई भन्‍नुभयो, “जखायस, छिटो तल आऊ, मलाई आज राती तिम्रो घरमा बस्‍नुपर्छ ।”
\v 6 यसैले तिनी छिट्टै तल आए । येशूलाई आफ्‍नो घरमा स्वागत गर्न तिनी खुशी थिए ।
\v 7 तर येशूलाई त्यहाँ गएको देख्‍ने मानिसहरू यसो भन्‍दै गन्गनाए, “उहाँ साच्‍चिकै पापीको पाहुना बन्‍न जानुभएको छ !”
\s5
\v 8 त्यसपछि उहाँहरूले खाँदैगर्दा जखायस खडा भए र येशूलाई भने, “प्रभु, तपाईंले थाहा पाउनुहोस् भनी म चाहन्छु कि मसँग भएका कुराबाट आधा म गरीब मानिसहरूलाई दिँदैछु । र मैले ठगेका मानिसहरूलाई, तिनीहरूबाट मैले लिएको रकमको चार गुणा बढी म तिनीहरूलाई फिर्ता गर्नेछु ।”
\v 9 येशूले तिनलाई भन्‍नुभयो, “आज परमेश्‍वरले यस घरानालाई बचाउनुभएको छ, किनभने आफूलाई अब्राहामको एउटा सच्‍चा सन्तान भएको कुरा यस मानिसले देखाएको छ ।
\v 10 यो याद गर: म, मानिसको पुत्र, परमेश्‍वरबाट टाढा गएका तिमीहरूजस्तै मानिसहरूलाई खोज्‍न र बचाउन आएँ ।”
\s5
\v 11 येशूले भन्‍नुभएका सबै कुरा मानिसहरू सुन्‍दैथिए । उहाँ यरुशलेम नजिक पुग्‍न लाग्‍नुहुँदा, येशूले तिनीहरूलाई अर्को कथा भन्‍ने निर्णय गर्नुभयो । उहाँ यरुशलेममा बित्तिकै उहाँले परमेश्‍वरका मानिसहरूमा राजाको रूपमा राज्‍य गर्न शुरू गर्नुहुन्‍छ भन्‍ने तिनीहरूको विचारलाई उहाँले सच्याउन चाहनुहुन्‍थ्‍यो ।
\v 12 उहाँले भन्‍नुभयो, “एकजना राजकुमारले आफूभन्‍दा माथिल्‍लो एक राजाबाट तिनी आफू रहने देशमा राजा हुने अधिकार पाउनका निम्‍ति एउटा टाढाको देशमा जाने तयारी गरे । राजा हुने अधिकार तिनले पाएपछि आफ्ना मानिसहरूमा राज्‍य गर्न तिनी फर्कन्‍छन् ।
\s5
\v 13 तिनी जानुभन्‍दा पहिले, तिनले आफ्ना सेवकहरूमध्ये दसजनालाई बोलाए । तिनीहरू हरेकलाई तिनले बराबर पैसा दिए । तिनले तिनीहरूलाई भने, ‘म फर्केर नआउन्जेल तिमीहरूले यो पैसाले व्‍यपार गर ! यसरी तिनले छोडे ।
\v 14 तर तिनको देशका धेरै मानिसहरूले तिनलाई घृणा गरे । यसैले तिनीहरूले केही दूतहरूलाई तिनको पछि लाग्‍न र माथिल्‍लो राजालाई यसो भन्‍न पठाए, ‘यो मानिस हाम्रो राजा भएको हामी चाहाना गर्दैनौं !
\v 15 तर तिनलाई जसरी नि राजा बनाइयो । पछि तिनी नयाँ राजाको रूपमा फर्के । त्यसपछि तिनले ती सेवकहरूलाई बोलाए जसलाई तिनले पैसा दिएका थिए । तिनले तिनीहरूलाई दिएको पैसाले व्‍यपार गरेर तिनीहरूले कति नाफा गरेका थिए भनी जान्‍ने इच्‍छा तिनले गरे ।
\s5
\v 16 पहिलो मानिस तिनीकहाँ आयो र भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले दसगुणा बढी कमाएको छु !
\v 17 तिनले त्‍यस मानिसलाई भने, ‘तिमी एक असल सेवक हौ ! तिमीले धेरै असल गरेको छौ ! तिमीले थोरै पैसालाई विश्‍वासयोग्‍य भएर चलाएको करणले, म तिमीलाई राज्य गर्न दस सहरहरू दिनेछु ।’
\s5
\v 18 त्यसपछि दोस्रो सेवक आयो र भन्यो, ‘मालिक, तपाईंले मलाई दिनुभएको पैसा अहिले पाँच गुणा बढी बएको छ !
\v 19 तिनले त्यो सेवकलाई पनि भने, “स्‍याबास ! म तिमीलाई पाँच सहरहरूमाथि राज्‍य गर्न दिनेछु ।’
\s5
\v 20 त्यसपछि अर्को सेवक आयो । उसले भने, ‘मालिक, तपाईंको पैसा यहाँ छ । मैले त्‍यसलाई कपडामा बेरें र सुरक्षित राख्‍न त्‍यसलाई लुकाएँ ।
\v 21 यदि व्यापार असफल भयो भने तपाईंले मलाई के गर्नुहोला भनेर म डराएँ । म जान्‍दछु तपाईं एक कठोर मानिस हुनुहुन्छ जसले अरूहरूबाट त्‍यो लिनुहुन्‍छ जुन साँच्‍चै तपाईंको हुँदै होइन । तपाईं त्यस्तो एक किसान हुनुहुन्छ, जसले अर्को मानिसले रोपेको अन्‍न कटनी गर्नुहुन्छ ।’
\s5
\v 22 तिनले त्यो सेवकलाई भने, ‘तँ दुष्‍ट सेवक होस् ! तैँले अहिले बोलेका शब्दहरूले नै म तँलाई दोषी ठहर्‍याउँनेछु । म एक कठोर मानिस थिएँ, किनभने जुन मेरो हुँदै होइन त्‍यो म लिन्‍छु र जसलाई मैले रोपिन त्‍य कटानी गर्छु भनी तँलाई थाहा थियो ।
\v 23 यसैले तैँले कमसेकम मेरो पैसा ऋणदाताहरूलाई त दिनुपर्थ्‍यो ! त्‍यसोभए म फर्केर आउँदा मैले साँवा रकमको साथमा त्‍यसले कमाएको ब्याज समेत लिन सक्थें ।
\s5
\v 24 त्यसपछि राजाले छेउमा खडा भएका मानिसहरूलाई भने, ‘त्‍यसबाट त्‍यो पैसा लेऊ र त्‍यो दस गुणा बढी कमाउने सेवकलाई देऊ !
\v 25 तिनीहरूले विरोध गरे, ‘तर मालिक, त्‍योसँग त पहिले नै धेरै पैसा छ !
\s5
\v 26 तर राजाले भने, “म तिमीहरूलाई यो भन्छु: आफूले जे पाएको छ त्‍यसलाई असल तरिकाले प्रयोग गर्ने मानिसहरूलाई म अझै धेरै दिनेछु । तर आफूले जे पाएको छ त्‍यसलाई असल तरिकाले प्रयोग नगर्ने मानिसहरूबाट जे पहिले नै तिनीहरूसँग छ त्‍यो पनि म लिनेछु ।
\v 27 अब, जसले मैले तिनीहरूमाथि राज्‍य गर्ने चाहाना गरेनन् ती मेरा शत्रुहरूका बारेमा, तिनीहरूलाई यहाँ ल्याऊ र मैले हर्दैगर्दा तिनीहरूलाई मृत्‍युदण्‍ड देऊ !’”
\s5
\v 28 येशूले यी कुराहरू भनेपछि, उहाँ निरन्‍तर यरुशलेमतिर जाने बाटोमा चेलाहरूका अघि अघि जानुभयो ।
\s5
\v 29 जब उहाँहरू जैतून डाँडा नजिकैको बेथफागे र बेथानिया गाउँहरू नजिक पुग्‍नुभयो,
\v 30 उहाँले आफ्‍ना दुईजना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूका ठिक अगाडिको गाउँमा जाऊ । जसै तिमीहरू त्यसमा पस्‍छौ, एउटा सानो गधा त्‍यहाँ बाँधिएको तिमीहरूले देख्‍नेछौ जसमा अहिलेसम्म कोही चढेको छैन । त्यसलाई फुकाऊ र त्यसलाई मकहाँ ल्याऊ ।
\v 31 यदि कसैले तिमीहरूलाई सोध्यो, ‘किन त्यो गधालाई फुकाउँदैछौ ? उसलाई भन, ‘प्रभुलाई यो आवश्यक छ ।’”
\s5
\v 32 यसैले दुई चेलाहरू त्यो गाउँमा गए र येशूले तिनीहरूलाई भन्‍नुभए जस्तै गधा भेटाए ।
\v 33 जसै तिनीहरूले त्यसलाई फुकाउँदैथिए, त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू हाम्रो गधा किन फुकाउँदैछौ ?”
\v 34 तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो आवश्यक छ ।”
\v 35 त्यसपछि चेलाहरूले गधालाई येशूकहाँ ल्याए । उहाँलाई बस्‍न तिनीहरूले आफ्‍ना लुगाहरू गधाको ढाडमा बिछ्‍याए र येशूलाई त्यसमाथि चढ्न मद्दत गरे ।
\v 36 त्यसपछि जसै उहाँ चडेर जानुभयो, उहाँलाई सम्मान गर्न अरूहरूले आफ्‍ना लुगाहरू उहाँको अगाडि बाटोमा बिछ्याए ।
\s5
\v 37 जसै उहाँहरू जैतुन डाँडाबाट तल झर्ने बाटो आउनुभयो, येशूले गर्नुभएका सबै महान आश्‍चर्य कामहरू जो तिनीहरूले देखेका थिए त्‍यसका लागि उहाँका चेलाहरूको सम्‍पूर्ण भिड आनन्‍दित हुन र ठूलो स्वरले परमेश्‍वरको प्रशंसा गर्न सुरु गरे ।
\v 38 तिनीहरू यस्‍ता कुराहरू भन्‍दैथिए “परमेश्‍वरले हाम्रो राजालाई आशिष देऊन् जो परमेश्‍वरको अधिकारमा आउँछन् !” “स्वर्गका परमेश्‍वर र हामी उहाँका मानिसहरू बीच शान्ति होस् !” “सबैले परमेश्‍वरको प्रशंसा गरून् !”
\s5
\v 39 भिडमा भएका कोही फरिसिहरूले उहाँलाई भने, “गुरुज्यु, यी कुराहरू भन्‍न आफ्‍ना चेलाहरूलाई रोक्‍नुहोस् !”
\v 40 उहाँले जवाफ दिनुभयो, “म तिमीहरूलाई यो भन्छु: यदि यी मानिसहरू चुप लागे भने, ढुङ्गाहरू आफैँले मेरो प्रशंसा गर्दै कराउनेछन् !”
\s5
\v 41 जब येशू यरूशलेम नजिक आउनुभयो र सहर देख्‍नुभयो, त्यहाँका मानिसहरूका बरेमा उहाँ रुनुभयो ।
\v 42 उहाँले भनुभयो, “म इच्‍छा गर्छु कि परमेश्‍वरको शान्ति कसरी पाउने भनेर आज तैँले जानेको भए हुन्‍थ्‍यो । तर अब तैँले त्‍यो जान्‍न सक्‍दैनस् ।
\s5
\v 43 तैँले यो जानेको म चाहन्छु: चाँडै तेरा शत्रुहरू आउँनेछन् र तेरो सहरको चारैतिर छेक्‍ने बार खडा गर्नेछ । तिनीहरूले सहरलाई घेर्नेछन् र त्‍यसलाई सबैतिरबाट आक्रमण गर्नेछन् ।
\v 44 तिनीहरूले पर्खालहरू भत्काउनेछन् र सबैकुरा नाश गर्नेछन् । तिनीहरूले त्‍यसलाई, तँलाई र तेरा सबै छेराछोरीलाई नाश गर्नेछन् । जब तिनीहरूले सबैकुरा नाश गरी सिध्याउनँछन्, तब त्यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन । यो सबै हुनेछन् किनभने परमेश्‍वरले तँलाई बचाउन आउनुभएको समय तैँले चिनिनस् !”
\s5
\v 45 येशू यरूशलेम पस्‍नुभयो र मन्दिरको चोकमा जान्‍नुभयो । उहाँले त्यो ठाँउमा मानिसहरू देख्‍नुभयो जो सामानहरू बेच्‍दैथिए,
\v 46 र उहाँले तिनीहरूलाई बाहिर लखेट्‍न शुरू गर्नुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा यो लेखिएको छ, ‘म चाहन्‍छु मेरो घर एउटा ठाउँ होस् जहाँ मानिसहरूले प्रार्थना गर्छन्’, तर तिमीहरूले यसलाई चोरहरूका निम्‍ति लुक्‍ने एउटा ठाउँ बनाएका छौ !”
\s5
\v 47 त्यो हप्‍ताभरि प्रत्‍येक दिन येशूले मानिसहरूलाई मन्दिरको चोकमा सिकाउँदै हुनुहुन्‍थ्‍यो । मुख्‍य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अन्य यहूदी अगुवाहरूले उहाँलाई मार्न एउटा उपाय भेट्टाउने कोसिस गर्दैथिए ।
\v 48 तर त्‍यसो गर्न तिनीहरूले कुनै उपाय भेट्टाउन सकेनन्, किनभने सबै मानिसहरू उहाँलाई सुन्‍न उत्साहित थिए ।
\s5
\c 20
\p
\v 1 यसै हप्‍ताको एकदिन येशूले मानिसहरूलाई मन्दिरको चोकमा सिकाउँदै र तिनीहरूलाई परमेश्‍वरको असल सन्‍देश भन्‍दै हुनुहुन्‍थ्‍यो । उहाँले त्यसो गरिरहँदा मुख्य पूजाहारीहरू, यहूदी ब्यवस्थाका शिक्षकहरू र अरू अगुवाहरू उहाँकहाँ आए ।
\v 2 तिनीहरूले उहाँलाई भने, “हामीलाई भन, यी कुराहरू गर्न तिमीलाई के अधिकार छ ? र यो अधिकार तिमीलाई कसले दियो ?”
\s5
\v 3 उहाँले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । मलाई भन,
\v 4 यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्मा दिने बारेमा : के परमेश्‍वरले तिनलाई बप्‍तिस्‍मा दिने आज्ञा दिनुभयो वा मानिसहरूले तिनलाई आज्ञा दिए ?”
\s5
\v 5 यसलाई तिनीहरूले आफूहरू माझमा छलफल गरे । तिनीहरूले भने, “यदि हामीले जवाफ दियौं, ‘तिनलाई परमेश्‍वरले आज्ञा दिनुभयो’, त्‍यसपछि उसले भन्‍नेछ, ‘त्यसो भए किन तिमीहरूले तिनलाई विश्‍वास गरेनौ ?
\v 6 तर यदि हामीले, ‘त्‍यो मानिसहरूबाट मात्र थियो जसले तिनलाई बप्‍तिस्मा दिने आज्ञा गरे’ भन्‍यौं भने मानिसहरूले हामीलाई ढुङ्गाले हानेर मार्नेछन्, किनभने यूहन्‍ना परमेश्‍वरले पठाउनु भएको एउटा अगमवक्ता थिए भनी तिनीहरू सबैले विश्‍वास गर्छन् ।”
\s5
\v 7 त्यसैले कसले यूहन्‍नालाई बप्‍तिस्मा दिनु भने त्‍यो तिनीहरूलाई थाहा छैन भनी तिनीहरूले जवाफ दिए ।
\v 8 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “न त म तिमीहरूलाई भन्‍नेछु ती कुराहरू गर्न मलाई कसले पठायो ।”
\s5
\v 9 त्‍यसपछि येशूले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एकजना मानिसले एउटा अङ्गुरको बगैचा लगायो । उसले त्‍यसको हेरविचार गर्नलाई अङ्गुरको बगैचा केही मानिसहरूलाई भडामा दियो । त्यसपछि ऊ अर्को देशमा गयो र लामो समयसम्म त्यहाँ बस्यो ।
\v 10 जब अङ्गुरहरू फसलको समय आयो, तब त्यो अङ्गुरको बगैचा हेरविचार गरिरहेका मानिसहरूकहाँ उसले एकजना सेवकलाई पठायो, ता कि त्यस अङ्गुरको बगैचाले उत्पादन गरेका अङ्गुरहरूको उसले पाउने भाग तिनीहरूले त्‍यसलाई दिऊन् । तर त्यो सेवक त्यहाँ आइपुगेपछि तिनीहरूले उसलाई पिटे र कुनै पनि अङ्गुरहरू नदिएरै उसलाई फिर्ता पठाए ।
\s5
\v 11 पछि, मालिकले अर्को सेवकलाई पठायो । तर तिनीहरूले उसलाई पनि पिटे र लज्जित बनाए । तिनीहरूले उसलाई कुनै अङ्गुरहरू नदिएरै फिर्ता पठाए ।
\v 12 अझै पछि, मालिकले अर्को सेवकलाई पठायो । यो तेस्रो सेवकलाई तिनीहरूले घाइते बनाए र अङ्गुरको बगैचाबाट बाहिर फ्याँकिदिए ।
\s5
\v 13 त्यसैले अङ्गुरको बगैचको मालिकले आफैँलाई भन्‍यो, ‘अब म के गरुँ ? म आफ्‍नो छोरालाई पठाउनेछु, जसलाई म धेरै प्रेम गर्छु । तिनीहरूले सायद उसलाई आदर गर्नेछन् ।’
\v 14 त्यसैले उसले आफ्नो छोरालाई पठायो, तर जब त्यो अङ्गुरको बगैचाको हेरविचार गर्नेहरूले उसलाई आउँदै गरेको देखे, तिनीहरूले एक आपसमा भने, ‘कुनै दिन अङ्गुरको बगैचाको अधिकार गर्ने मानिस यहाँ आएको छ ! हामी त्यसलाई मारौं ता कि यो अङ्गुरको बगैचा हाम्रो होस् !
\s5
\v 15 यसैले तिनीहरूले उसलाई अङ्गुरको बगैचाबाट बाहिर घिसारे र तिनीहरूले उसलाई मारे । त्यसैले त्यस अङ्गुरको बगैचका मालिकले तिनीहरूलाई के गर्नेछन् म तिमीहरूलाई भन्‍नेछु !
\v 16 ऊ आउनेछ र त्यो अङ्गुरको बगैचको हेरचाह गर्ने मानिसहरूलाई मार्नेछ । त्यसपछि त्यसको हेरचाह गर्न उसले अरू मानिसहरूको ब्यवस्था मिलाउनेछन् ।” जब येशूलाई सुनिरहेका मानिसहरूले यो सुने, तिनीहरूले भने, “यस्तो एउटा अवस्था कहिल्यै नहोस् !”
\s5
\v 17 तर येशूले सिधा तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमीहरूले त्यो भन्‍नसक्छौ, तर धर्मशास्‍त्रमा लेखिएका यी वचनहरूको अर्थको बारेमा विचार गर, ‘निर्माण गर्नेहरूले अस्‍वीकार गरेको ढुङ्गो नै भवनमा सबभन्‍दा महत्त्‍वपूर्ण ढुङ्गो भएको छ ।
\v 18 हरेक जो यस ढुङ्गोमा खस्‍छ टुक्रा-टुक्रा हुनेछ, र जसमा यो खस्छ, यसले जोसुकैलाई चकनाचुर पार्नेछ ।”
\s5
\v 19 जब उहाँले ती दुष्‍ट मानिसहरूको बारेमा कथा भन्‍नुभयो, तब उहाँले तिनीहरूलाई नै दोष लगाउँदै हुनुहुन्‍छ भनी मुख्य पूजाहारीहरू र यहूदी ब्यवस्थाका शिक्षकहरूले महशुस गरे । यसैले उहाँलाई गिरफ्‍तार गर्न तिनीहरूले तुरुन्तै एउटा उपाय भेट्टाउन खोजे, तर तिनीहरूले उहाँलाई गिरफ्‍तार गर्न, किनभने तिनीहरूले त्यसो गरे भने मानिसहरूले के गर्लान् भनी तिनीहरू डराए ।
\v 20 त्यसैले तिनीहरूले उहाँलाई होशियारसाथ चियो गरे । तिनीहरूले जासुसहरू पनि पठाए जसले उहाँप्रति वफादार भएको वहाना गरे । तर येशूले केही गल्ती कुरा बोल्‍नुहोला जसका लागि तिनीहरूले उहाँलाई दोष लगाउन सक्‍छन् भन्‍ने तिनीहरूको वास्‍तविक इच्‍छा थियो । तिनीहरूले उहाँलाई प्रान्तका राज्यपालकहाँ पुर्‍याउन सकून् भन्‍ने चाहन्थे ।
\s5
\v 21 त्यसैले जासुसहरूमध्ये एउटाले उहाँलाई सोध्यो, “गुरु, हामीलाई थाहा छ कि तपाईं ठीक कुरा बोल्नुहुन्छ र सिकाउनुहुन्छ । तपाईं सत्य बोल्नुहुन्छ यद्यपी महत्त्‍वपूर्ण मानिसहरूले त्‍यसलाई मन पराउँदैनन् । हामीले के गरेको परमेश्‍वरले चाहनुहुन्छ भनेर तपाईंले सत्‍य किसिमले सिकाउनु हुन्छ ।
\v 22 यसैले यस विषयमा तपाईंको के विचार सो हामीलाई भन्‍नुहोस् : हामीले रोमी सरकारलाई करहरू तिर्नु ठीक छ वा छैन ?”
\s5
\v 23 तर कि त करहरू तिर्न घृणा गर्ने यहूदीहरूसँग वा रोमी सरकारसँग उहाँलाई समस्यामा पार्नको निम्‍ति तिनीहरूले उहाँलाई छल गर्न खोज्‍दैथिए भनी उहाँ जान्‍नुहुन्‍थ्‍यो । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो,
\v 24 “मलाई एउटा रोमी सिक्‍का देखाऊ । त्‍यसपछि त्यसमा कसको तस्बिर छ मलाई भन । र त्यसमा कसको नाम छ मलाई भन ? ” यसैले तिनीहरूले उहाँलाई एउटा सिक्‍का देखाए र भने, “यसमा रोमी सरकारका प्रमुख, सिजरको तस्बिर र नाम छ ।”
\s5
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि त्‍यस्‍तो छ भने, जे सरकारको हो, त्यो तिनीहरूलाई देऊ, र जे परमेश्‍वरको हो, त्यो उहाँलाई देओं ।”
\v 26 जासूसहरू यति छक्‍क परे कि तिनीहरूले उहाँलाई जवाफ दिन सकेनन् । यशूले उहाँको वरिपरी खडा मानिसहरूको सामु जे भन्‍नुभयो त्‍यसमा जासूसहरूले भेट्टाउन सक्‍ने कुनै पनि गलत कुरा थिएन ।
\s5
\v 27 त्यसपछि, केही सदुकीहरू येशूकहाँ आए । तिनीहरू यहूदीहरूका एउटा समूह हुन् जसले भन्‍छन् कि कोही पनि मृत्युबाट जीवित हुनेछैन ।
\v 28 तिनीहरूले पनि येशूलाई एउटा प्रश्‍न सोध्‍न चाहान्‍थे । तिनीहरूमध्ये एकजनाले उहाँलाई भन्यो, “गुरुज्यू, मोशाले हामी यहूदीहरूका लागि लेखे कि यदि श्रीमतीबाहेक छोराछोरीहरू नभएको एकजना मानिस मर्‍यो भने, त्‍यसको भाईले त्‍यो विधवालाई विवाह गरोस् ता कि उद्धारा त्‍यसले बालक जन्माउन सकोस् । यसरी मानिसहरूले त्यो बालक मरेको मानिसको हो भनी विचार गर्नेछन् ।
\s5
\v 29 मानौं एउटा परिवारमा सातजना दाजुभाइहरू थिए । जेठोले एउटी स्‍त्रीलाई विवाह गर्‍यो, तर ऊ र उसकी पत्‍नीले कुनै छोराछोरी जन्माएनन् । पछि ऊ मर्‍यो ।
\v 30 माहिलो भाइले यो नियम पालन गर्‍यो र त्यो विधवालाई विबाह गर्‍यो, तर उसको पनि त्यस्तै भयो ।
\v 31 त्यसपछि साहिंलो भाइले त्यसलाई बिवाह गर्‍यो, तर फेरि त्यस्तै भयो । सबै सातवटै दाजुभाइहरूले एक-एक गर्दै त्यो स्‍त्रीलाई विवाह गरे, तर तिनीहरूका कुनै छोराछोरी थिएनन्, र एक-एक गर्दै मरे तिनीहरू ।
\v 32 त्यसपछि, त्यो स्‍त्रीको पनि मृत्‍यु भयो ।
\v 33 त्यसैकारण, यदि सत्‍य हो कि त्‍यहाँ एउटा समय हुनेछ जतिबेला मरेका मानिसहरू फेरि जीवित हुनेछन् भने, तपाईंको विचारमा त्‍यतिबेला त्यो स्‍त्री कसकी श्रीमती हुन्छे ? यो मनमा राख्‍नुहोस् कि सबै सातैजना दाजुभाइद्वारा त्यसलाई विवाह गरियो ।”
\s5
\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस संसारमा, मानिसहरूले श्रीमतीहरू ल्याउँछन्, र मानिसहरूले आफ्‍ना छोरीहरूको विवाह अरू मानिसहरूसित गरिदिन्‍छन् ।
\v 35 तर मानिसहरू मृत्युबाट फेरि जीवित भएपछि जसलाई परमेश्‍वरले स्वर्गमा हुन योग्य भएको विचार गर्नुहुन्‍छ तिनीहरूले विवाह गर्ने छैनन् ।
\v 36 तिनीहरू फेरि मर्न पनि सक्‍दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरूझैँ अविनाशी हुनेछन् । परमेश्‍वरले तिनीहरूलाई फेरि जीवित पार्नुभएको तथ्‍यले तिनीहरू उहाँका सन्तानहरू हुन् भन्‍ने दर्शाउनेछ ।
\s5
\v 37 तर मृत्युबाट मानिसहरू जीवित हुने सम्‍बन्‍धमा, मोशाले त्‍यसको बारेमा केही कुरा लेखे । जलिरहेको पोथ्राको बारेमा तिनले लेखेको एउटा ठाउँमा, तिनले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ जसलाई अब्राहामले आराधना गर्छन्, जसलाई इसहाकले आराधना गर्छन् र जसलाई याकूबले आराधना गर्छन् भनी तिनले उल्‍लेख गर्छन् । मरेका मानिसहरूले परमेश्‍वरको आराधना गर्दैनन्, तर त्‍यसको साटो जीवित मनिसहरूले परमेश्‍वरको आराधना गर्छन् ।
\v 38 सबै मानिसहरूको मृत्‍युपछि जसका आत्माहरू फेरि जीवित हुन्‍छन् तिनीहरूले मात्र उहाँको आदर गरिरहन्‍छन् !”
\s5
\v 39 यहूदी व्‍यवस्थाका केही शिक्षकहरूले जवाफ दिए, “गुरुज्यू, तपाईंले एकदम राम्रोसँग जवाफ दिनुभएको छ !”
\v 40 त्यसपछि, कसैले पनि उहाँलाई छल गर्न उहाँलाई अरू बढी त्‍यस्‍ता प्रश्‍नहरू सोध्‍ने आँट गरेनन् ।
\s5
\v 41 पछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मानिसहरूले ख्रीष्‍टलाई राजा दाऊदको सन्तान मात्र हुनुहुन्छ भन्‍छन्, तिनीहरू गलत छन् भनी म तिमीहरूलाई देखाउनेछु !
\v 42 दाऊदले आफैँले ख्रीष्‍टको बारेमा भजनको पुस्तकमा लेखे, परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो, ‘यहाँ मेरो छेउमा मेरो दाहिनेपट्टी बस, जहाँ म तिमीलाई उच्‍च आदर गर्नेछु ।
\v 43 मैले तिम्रा शत्रुहरूलाई पूर्णरूपले हराउन्‍जेल तिमी यहाँ बस ।’
\v 44 राजा दाऊदले ख्रीष्‍टलाई ‘मेरा प्रभु ! भन्‍छन् । यसैले, ख्रीष्‍ट त्‍यस्‍तो कोही राजा दाऊदको सन्तान मात्र हुनु सक्‍नुहुन्‍छ ! मैले भर्खरै भनेका कुराले प्रमाणित हुन्‍छ कि उहाँ दाऊद भन्दा धेरै महान हुनुहुन्छ, हो ?”
\s5
\v 45 अरू सबै मानिसहरूले सुनिरहँदा, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
\v 46 “हाम्रो यहूदी ब्यवस्था सिकाउने मानिसहरूले जस्तो काम नगर्नलाई तिमीहरू होशियार रहो । तिनीहरू अति महत्त्‍वपूर्ण हुन् भनी मानिसहरूले विचार गरून् भनेर तिनीहरू लामा लुगाहरू लागाउन र वरिपरी हिंड्न मन पराउँछन् । मानिसहरूले तिनीहरूलाई बजारहरूमा आदरसाथ अभिवादन गरेको तिनीहरू मन पराउँछन् । सभाघरहरूमा तिनीहरू अति विशिष्‍ट ठाउँहरूमा बस्‍न मन पराउँछन् । रात्री भोजहरूमा सबभन्‍दा आदरणीय मानिसहरू बस्‍ने आशनहरूमा बस्‍न तिनीहरू मन पराउँछन् ।
\v 47 तिनीहरूले विधुवाहरूका सारा सम्‍पतिहरू पनि चोर्छ्न् । त्‍यसपछि तिनीहरू सबैजनाको माझमा लामो समयसम्म प्रार्थना गर्दछन् । परमेश्‍वरले निश्‍चय नै तिनीहरूलाई अति कठोर दण्‍ड दिनुहुनेछ ।
\s5
\c 21
\p
\v 1 येशूले आफू बस्‍दै गरेको ठाउँबाट माथि हेर्नुभयो र धनी मानिसहरूले मन्‍दिरको दानपत्रमा आफ्‍ना भेटीहरू हालिरहेको देख्‍नुभयो ।
\v 2 एउटी गरीब विधवाले थोरै मूल्य भएका दुईवटा साना सिक्‍काहरू हालेको पनि उहाँले देख्‍नुभयो ।
\v 3 र उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यो सत्य हो कि यो गरीब विधवाले यी सबै धनी मानिसहरूले भन्दा धेरै पैसा दानपत्रमा हालेकी छिन् ।
\v 4 किनकी तिनीहरू सबैसँग धेरै पैसा छ, तर तिनीहरूले त्यसको सानो अंश मात्र दिए । तर यी विधवाले, जो धेरै गरीब छिन्, सबै पैसा दिएकी छिन् जसले तिनले आफूलाई आवश्यक कुरा किन्‍नुपर्थ्‍यो ।
\s5
\v 5 येशूका चेलाहरूमध्‍ये कोहीले कसरी मन्दिरलाई मानिसहरूले दिएका सुन्दर ढुङ्गाहरू र सजावटहरूले आकर्षक बनाइएको थियो भन्‍ने बारेमा कुरा गर्दैथिए । तर येशूले भन्‍नुभयो,
\v 6 “तिमीहरूले हेर्दै गरेका यी कुराहरू पूर्णरूपमा नष्‍ट पारिनेछ । हो, समय आउँदैछ जब यी ढुङ्गाहरूमध्ये एउटा ढुङ्गा अर्को ढुङ्गामाथि छोडिनेछैन ।”
\s5
\v 7 त्यसपछि तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, यी कुराहरू कहिले हुनेछन् ? र यी कुरा हुनै लागेका छन् भन्‍ने देखाउनलाई के हुनेछ ?”
\v 8 येशूले जवाफ दिनुभयो, “होसियार होऊ कि तिमीहरूलाई कसैले धोका नदेओस् । किनकि धेरै मानिसहरू आउनेछन् र प्रत्येकले मै हुँ भनी दाबी गर्नेछन् । प्रत्येकले आफ्नो बारमा भन्‍नेछ, ‘म ख्रीष्‍ट हुँ ! तिनीहरूले यो पनि भन्‍नेछन् ‘समय नजिकै आएको छ, जब परमेश्‍वरले राजाको रूपमा राज्य गर्नुहुनेछ ! तिनीहरूका चेलाहरू हुनलाई तिनीहरूका पछि नलाग !
\v 9 अझै, जब तिमीहरूले युद्धहरू र मानिसहरू एक आपसमा लडाईं गर्दै गरेको बारेमा सुन्‍छौ, नडराऊ ! किनकि संसारको अन्त्‍यको समय आउनु अगाडि यी कुराहरू हुनैपर्छ ।”
\s5
\v 10 “विभिन्‍न मानिसका समूहहरूले एक आपसमा आक्रमण गर्नेछन्, र विभिन्‍न राजाहरू एक आपसमा लड्नेछन् ।
\v 11 र विभिन्‍न ठाउँहरूमा ठूला भूँइचालोहरू जानुका साथै अनिकालहरू र डरलाग्‍दा रोगहरू हुनेछन् । धेरै कुराहरू हुनेछन् जसले मानिसहरूलाई धेरै भयभीत बनाउनेछन्, र मानिसहरूले आकाशमा अनौठो कुराहरू देख्‍नेछन् जसले देखाउँछ कि अत्‍यन्‍तै महत्त्वपूर्ण केही कुरा हुन लाग्‍दैछ ।
\s5
\v 12 तर यी सबै कुराहरू हुनु अगाडि तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्नेछन्, नराम्रो व्यवहार गर्नेछन् र जाँचको लागि तिमीहरूलाई सभाघरहरूमा सुम्‍पिनेछन् र तिमीहरूलाई झ्यालखानहरूमा हाल्नेछन् । तिनीहरूले तिमीहरूको परिक्षण राजाहरू र उच्‍च सरकारी अधिकारीहरूको उपस्थितिमा गर्नेछन् किनभने तिमीहरू मेरो पछि लाग्छौ ।
\v 13 त्यो तिमीहरूको निम्ति तिनीहरूलाई मेरो सत्‍यताको बारेमा भन्‍ने एउटा समय हुनेछ ।
\s5
\v 14 यसैले आफ्नो प्रतिरक्षा गर्नलाई तिमीहरूले के भन्‍नेछौ भनी समय अगाडि नै चिन्ता नगर्नलाई कटिबद्ध होऊ ।
\v 15 किनभने म तिमीहरूलाई ठीक शब्दहरू र बुद्धी दिनेछु ता कि के भन्‍नुपर्ने हो त्यो तिमीहरूले जान्‍नेछौ । परिणामस्वरूप, तिमीहरूलाई दोष लगाउने कोही मानिसहरूले पनि तिमीहरूलाई गलत भन्‍न सक्‍नेछैन ।
\s5
\v 16 र तिम्रा आमाबुबा, दाजुभाइहरू र अरू आफन्तहरूले र मित्रहरूले पनि तिमीलाई धोखा दिनेछन्, र तिमीहरूमध्ये कोहीलाई तिनीहरूले मार्ने पनि छन् ।
\v 17 सामान्यतया सबैले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरू ममा विश्‍वास गर्छौ ।
\v 18 तर तिम्रो शिरको एउटा मात्र केश पनि नष्‍ट पारिनेछैन ।
\v 19 यदि तिमीहरू कठीन समयहरूबाट जान्‍छौ र परमेश्‍वरमा आफ्‍नो विश्‍वास प्रमाणित गर्छौ भने, तिमीहरूले आफूलाई बचाउनेछौ ।”
\s5
\v 20 “जब तिमीहरूले यरूशलेमलाई सेनाहरूले घेरेको देख्‍छौ, तब तिनीहरूले चाँडै नै यस सहरलाई नष्‍ट गर्नेछन् भनी तिमीहरूलाई थाहा हुनेछ ।
\v 21 त्यो समय तिमीहरूमध्‍ये जो यहूदियाको क्षेत्रमा हुन्‍छौ पहाडहरूतिर भाग्‍नैपर्छ । र तिमीहरूमध्‍ये जो यस सहरमा हुन्‍छौ सहर छोड्नैपर्छ । तिमीहरूमध्ये जो गाउँका नजिक हुन्‍छौ सहरभित्र आउनुहुँदैन ।
\v 22 किनकी यही समय हुनेछ जतिबेला परमेश्‍वरले यो सहरलाई दण्‍ड दिनुहुनेछ; जब उहाँले त्‍यो गर्नहुन्छ, धर्मशास्‍त्रमा लेखिएको कुरा पूरा हुनेछ ।
\s5
\v 23 गर्भवती स्‍त्रीहरू र आफ्‍ना शिशुहरूको स्‍याहार गर्नेहरूलाई ती दिनहरूमा कति डरलाग्‍दो हुनेछ, किनभने देशमा एउटा ठूलो सङ्कष्‍ट हुनेछ, र यसका मानिसहरूले अत्‍याधिक दु:ख भोग्‍नेछन् किनकि परमेश्‍वर तिनीहरूसँग क्रद्ध हुनुहुनेछ ।
\v 24 तिनीहरूमध्ये धेरैजना मर्नेछन् किनभने सिपाहीहरूले तिनीहरूलाई शश्‍त्राश्‍त्र सहित आक्रमण गरे । अरूहरू कैदीहरू हुनेछन् र तिनीहरूलाई संसारभरि धेरै ठाउँहरूमा पठाइनेछ । परमेश्‍वरले अनुमति दिनुभएसम्‍म अन्यजातिहरूले आफ्‍ना सेनाहरू यरूशलेमका सडकहरूमा परिचालन गरिरहनेछन् ।”
\s5
\v 25 “यो समयमा, सूर्य, चन्द्र र ताराहरूमा अनौठा कुराहरू हुनेछन् । र पृथ्वीमा, मानिसहरूका समूहहरू धेरै भयभित हुनेछन्, र गर्जने समुन्‍द्र र त्यसका ठूला छालहरूका कारणले तिनीहरू अलमल्ल पर्नेछन् ।
\v 26 मानिसहरू यति डराउनेछन् कि तिनीहरू बेहोस् हुनेछन्, किनकि यसपछि संसारमा के होला भनी तिनीहरू पर्खँदैछन् । आकाशका ताराहरूले तिनीहरूका आफ्ना सदाका ठाउँहरूलाई छाड्नुपर्नेछ ।
\s5
\v 27 तब म, मानिसको पुत्रलाई शक्ति र अत्‍यन्‍त चहकिलो ज्योतिमा बादलमा आउँदै गरेको सबै मानिसहरूले देख्‍नेछन् ।
\v 28 यसैले जब ती भयानक कुराहरू हुन सुरु हुन्छ, सिधा खडा होऊ र माथितिर हेर, किनकि परमेश्‍वरले चाँडै तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”
\s5
\v 29 त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो, “अञ्‍जीरका रूखहरू र सबै रूखहरूका बारेमा विचार गर ।
\v 30 जहिले तिमीहरूले तिनीहरूका पात पलाउन थालेको देख्‍छौ, तिमीलाई थाहा हुन्‍छ कि गृष्म ऋतु नजिकै छ ।
\v 31 त्यसै गरी, जब तिमीहरूले मैले भर्खरै वयान गरेका कुराहरू हुँदैगरेको देख्‍छौ, तिमीहरूलाई थाहा हुनेछ कि परमेश्‍वरले चाँडै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ ।
\s5
\v 32 म तिमीहरूलाई सत्‍य भन्दैछु : मैले भर्खरै वयान गरेका यी सबै कुराहरू हुनुअघि मानिसहरूको यो पुस्ताको अन्त्‍य हुनेछैन ।
\v 33 आकाश र पृथ्वीको अन्त्‍य हुनेछ, तर जे म तिमीहरूलाई भन्‍छु त्यो कहिल्यै अन्त्‍य हुनेछैन ।
\s5
\v 34 “आफूलाई संयमित राख्‍न होसियार होऊ । जहाँ मानिसहरू अनैतिक काम गर्छन् वा मदिराले मात्तिन्‍छन् त्‍यस्‍ता भोजहरूमा नजाऊ । र तिमीहरुले यस जीवनका चिन्‍ताहरु लिनुहुँदैन । यदि तिमीहरूले त्‍यसरी जीवन बितायौ भने, म फेरि आउने कुरालाई तिमीहरूले पर्खिन छाडिदिन्‍छौ । र त्‍यसपछि, त्‍यो क्षण, म आउँदा म तिमीहरूलाई चकित पार्नेछु । म यति अचानक आउनेछु, यो एउटा जनावर धरापको स्‍प्रीङहरू चेतावनीविना नै बन्द भएजस्‍तै हुनेछ ।
\v 35 वास्तवमै, म चेतावनीविना नै फरि आउनेछु, र त्‍यो दिन आउनेछ जतिबेला तिमीहरू मलाई हेर्न तयार छैनौ ।
\s5
\v 36 यसैले तिमीहरू मेरो आगमनको लागि सधैँ तयार हुनुपर्छ । र सधैँ प्रार्थना गर्नुपर्छ जसले तिमीहरू यी सबै कठीन कुराहरूमा सुरक्षित हुन सक्‍छौ र म संसारको न्याय गर्न आउँदा, म, मानिसको पुत्रले तिमीहरूलाई निर्दोष घोषणा गर्छु ।”
\s5
\v 37 प्रत्‍येक दिन येशूले मन्दिरमा मानिसहरूलाई सिकाउँदै हुनुहुथ्यो । तर हरेक साँझ उहाँ सहरबाट बाहिर जानुभयो र जैतुनको डाँडामा रातभर बस्‍नुभयो ।
\v 38 र हरेक बिहान सबेरै उहाँको वचन सुन्‍न सबै मानिसहरू मन्दिरमा आए ।
\s5
\c 22
\p
\v 1 यतिबेला अखमरी रोटीको उत्‍सवको समय नजीक थियो, जसलाई मानिसहरूले निस्तार-चाड पनि भन्‍थे ।
\v 2 अब मुख्य पूजाहारीहरू र यहूदी व्यवस्थाका शिक्षकहरूले येशूलाई मार्ने एउटा उपाय खोज्‍दैथिए किनभने तिनीहरू उहाँलाई पछि लाग्‍ने मानिसहरूबाट डराए ।
\s5
\v 3 त्यसपछि इस्कोरियोत भनिने यहूदाभित्र शैतान पस्‍यो, जो बाह्रजना चेलाहरूमध्ये एक थिए ।
\v 4 ऊ गयो र मुख्य पूजाहारीहरू र मन्दिरको सुरक्षा अधिकारीहरूसँग कसरी उसले येशूलाई तिनीहरूकहाँ सुम्पिदिन सक्‍छ भन्‍ने बरेमा कुरा गर्‍यो ।
\s5
\v 5 उसले त्यसो गर्ने इच्‍छा गरेकोले तिनीहरू धेरै खुशी भए । त्‍यो काम गर्नको लागि तिनीहरूले उसलाई पैसा तिर्ने प्रस्‍ताव गरे ।
\v 6 यसैले यहूदा सहमत भयो, र त्यसपछि उहाँको वरिपरि भिड नभएको बेलामा येशूलाई गिरफ्‍तार गर्न तिनीहरूलाई मद्दत पुर्‍याउन उसले एउटा उपाय खोज्‍दैथियो ।
\s5
\v 7 त्‍यसपछि अखमरी रोटीको दिन आयो, त्यो दिन जतिबेला निस्तार-चाडको उत्सवका थुमाहरू मार्ने गरिन्‍थ्‍यो ।
\v 8 यसैले येशूले पत्रुस र यूहन्‍नालाई भन्‍नुभयो, “जाऊ र हामीहरूको निम्ति निस्तार-चाडको उत्‍सवको लागि भोज तयार गर, यसरी हामी त्‍यसलाई एकसाथ खान सक्छौं ।”
\v 9 तिनीहरूले उहाँलाई जवाफ दिए, “यो खानलाई हामी कहाँ तयार गरौं भन्‍ने तपाईंको ईच्‍छा छ ?”
\s5
\v 10 उहाँले जवाफ दिनुभयो, “होसियारसाथ सुन । जब तिमीहरू सहरमा जान्‍छौ, पानीको एउटा ठूलो गाग्रो बोकिरहेको एकजना मानिसले तिमीहरूलाई भेट्‍नेछ ; जुन घरमा ऊ पस्‍छ त्‍यहाँ उसको पछि लाग ।
\v 11 घरको मालिकलाई भन, “हाम्रो गरूले हामीलाई कोठा देखाउन भन्‍नुहुन्‍छ जाहाँ उहाँले हामी, उहाँका चेलाहरूसँग निस्‍तार-चाडको भोज खान सक्‍नुहुन्‍छ ?”
\s5
\v 12 उसले तिमीहरूलाई घरको माथिल्लो तलामा भएको एउटा ठूलो कोठा देखाउनेछ । त्‍यो सबै कुरा मिलाएर राखिएको, पाहुनाहरूका लागि सबै कुरा तयार हुनेछ । त्‍यहाँ हाम्रो लागि भोज तयार गर ।”
\v 13 यसैले दुईजना चेलाहरू सहरमा गए । येशूले तिनीहरूलाई जस्‍तो भन्‍नुभएको थियो तिनिहरूले सबै कुरा त्यस्तै भेटाए । यसरी त्‍यहाँ तिनीहरूले निस्तार-चाडको उत्सवको लागि भोज तयार गरे ।
\s5
\v 14 जब भोज खाने समय भयो, येशू आउनुभयो र प्रेरितहरूसँगै बस्‍नुभयो ।
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दु:ख भोग्‍नु र मर्नु अघि तिमीहरूसँगै यो निस्तार-चाडको भोज खाने ठूलो इच्छा मैले गरेको थिएँ ।
\v 16 म तिमीहरूलाई भन्छु, म यो फेरी खाने छैन जबसम्‍म म त्‍यस्‍तै गर्दिन, त्‍यतिबेला परमेश्‍वरले हरेकमा सबै ठाउँमा राज्‍य गर्नुहुन्‍छ, त्‍यतिबेला उहाँले निस्तार-चाडमा गर्न सुरु गर्नुभएको काम उहाँले पूरा गर्नुहुन्‍छ ।”
\s5
\v 17 त्यसपछि उहाँले अङ्गुरको रसको कचौरा लिनुभयो र त्‍यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो । उहाँले भन्‍नुभयो, “यो लेऊ र आफ्‍नो माझमा यसलाई बाँड ।
\v 18 किनकी म भन्‍छु परमेश्‍वरले हरेकमा सबै ठाउँमा राज्‍य नगरेसम्म म फेरि यो अङ्गुरको रसमध्‍ये कुनै पिउनेछैन ।
\s5
\v 19 त्यसपछि उहाँले केही रोटी लिनुभयो र त्‍यसको निम्‍ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो । उहाँले त्यसलाई टुक्राहरू पार्नुभयो र खानलाई त्‍यो तिनीहरूलाई दिनुभयो । उहाँले यसो गर्नुहुँदा, उहाँले भन्‍नुभयो, “यो रोटी मेरो शरीर हो, जसलाई म तिमीहरूका निम्‍ति बलि चडाउन जाँदैछु । मेरो आदर गर्नलाई पछि यसै गर ।”
\v 20 त्यसरी नै उहाँहरूले खाना खानुभएपछि, उहाँले अङ्गुरको रसको कचौरा लिनुभयो र भन्‍नुभयो, “तिमीहरूको निम्‍ति बग्‍ने मेरो आफ्नो रगत प्रयोग गर्दै मैले गर्ने यो नयाँ करार हो ।
\s5
\v 21 तर, हेर ! मेरा शत्रुहरूका हातमा मलाई सुम्‍पिदिने व्‍यक्ति यहाँ मसित खाँदैछ ।
\v 22 वास्तवमा, म, मानिसको पुत्र मर्नेछु, किनभने परमेश्‍वरले त्‍यो योजना गर्नुभएको छ । तर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिने मानिसका लागि कति डरलाग्‍दो हुनेछ !”
\v 23 त्‍यसपछि, प्रेरितहरूले एक अर्कामा सोध्‍न लागे, “हामीहरूमध्ये कसले यो कुरा गर्ने योजना बनाउँदैछ ?”
\s5
\v 24 त्यसपछि, प्रेरितहरू आफ्‍नो माझमा वहस गर्न थाले ; तिनीहरूले भने, “येशू राजा बन्‍नुहुँदा हामीहरूमध्ये कसको सबभन्‍दा ठूलो सम्‍मान हुनेछ ?”
\v 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “अन्यजाति राज्यहरूका राजाहरूले तिनीहरू शक्तिशाली छन् भनी देखाउँन चाहान्‍छन् । तापनि तिनीहरू आफैँलाई, ‘मानिसहरूलाई मद्दत गर्नेहरू’ भनेर उपनाम दिन्‍छन् ।
\s5
\v 26 तर तिमीहरू ती शासकहरूजस्ता हुन हुँदैन ! त्यसको सटोमा, तिमीहरूका माझमा सबभन्‍दा बढी सम्‍मान पाएका व्‍यक्तिहरूले आफैँलाई सबभन्‍दा सानो जस्‍तो गर्नुपर्छ, र नेतृत्‍व गर्नेहरू एउटा सेवकले जस्तो गर्नुपर्छ ।
\v 27 किनकी तिमीहरू जान्‍दछौ, टेबलमा बसेर खाने व्‍यक्ति महत्त्वपूर्ण हुन्‍छ, खाना ल्‍याउने सेवक हुँदैन । तर म तिमीहरूको सेवक हुँ ।
\s5
\v 28 तिमीहरू त्‍यस्‍ता व्‍यक्तिहरू हौ जो मैले दु:ख भोगेका सबै कठोर कुराहरुका समयमा मसँगै रहेका छौ ।
\v 29 यसैले अब, परमेश्‍वरले हरेकमा राज्‍य गर्नुहुँदा म तिमीहरूलाई शक्तिशाली अधिकारीहरू बनाउनेछु, जस्‍तो मेरो पिताले मलाई एउटा राजालेझैँ राज्‍य गर्न नियुक्त गर्नुभयो ।
\v 30 म राजा हुँदा तिमीहरू मसँगै बस्‍नेछौ र खानेछौ र पिउनेछौ । वास्तवमा, इस्राएलका बाह्र कुलहरूमाथि न्‍याय गर्नलाई तिमीहरू सिंहासनहरूमा बस्‍नेछौ ।
\s5
\v 31 “सिमोन, सिमोन, सुन ! कसैले नाङ्लोमा अन्‍न निफने जस्‍तो, शैतानले तिम्रो परीक्षा गर्न परमेश्‍वरसँग अनुमती मागेको छ र परमेश्‍वरले उसलाई त्‍यसो गर्न अनुमति दिनुभएको छ ।
\v 32 तर मैले तिम्रो लागि प्रार्थना गरेको छु, सिमोन, ता कि तिमीले मलाई विश्‍वास गर्न पुरै रूपमा रोक्‍ने छैनौ । यसैले जब तिमी मकहाँ फर्केर आउँछौ, यी मानिसहरू, तिम्रा भाइहरूलाई फेरि उत्साह देऊ ।”
\s5
\v 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँगै कैदमा जान तयार छु ; म तपाईंसँगै मर्न चाहन्छु !”
\v 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, तिमीले यो जान भन्‍ने म इच्‍छा गर्छु कि, आज राति, भाले बास्‍नुअघि तिमीले मलाई चिन्‍दिन भनेर तीन पटक भन्‍नेछौ !”
\s5
\v 35 त्‍यसपछि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसा वा खाना वा चप्पल नलिइ गाउँहरूमा पठाएको थिएँ, के तिमीहरूलाई त्‍यहाँ कुनै कुराको खाँचो पर्‍यो तर तिमीहरूले पाउन सकेनौ ? तिनीहरूले जवाफ दिए, “परेन !”
\v 36 र उहाँले भन्‍नुभयो, “तर अब, यदि तिमीहरूका माझमा कसैसँग केही पैसा छ भने, उसले त्यो आफ्‍नो साथमा लानुपर्छ । अझै जोसँग खाना छ आफूसँग लानुपर्छ, र जोसँग एउटा तरवार छैन, उसले आफ्नो कोट बेच्‍नुपर्छ र एउटा किन्‍नुपर्छ !”
\s5
\v 37 म तिमीहरूलाई यो भन्‍छु किनभने एकजान अगमवक्ताले मेरो बारेमा धर्मशास्‍त्रमा लेखेका कुरा पूरा हुनैपर्छ : ‘मानिसहरूले उसलाई एउटा अपराधी भएको विचार गरे ।’ धर्मशास्‍त्रमा मेरो बारेमा लेखिएका सबै कुरा पूरा हुँदैछ ।
\v 38 चेलाहरूले भने, “प्रभु, हेर्नुहोस् ! हामीसँग दुईवटा तरवारहरू छन् ।” उहाँले जवाफ दिनुभयो, “प्रशस्‍त छ । अब उप्रान्त तिमीहरूले यस्‍तो कुरा नगर ।”
\s5
\v 39 येशूले सहर छोड्नुभयो र जैतुनको डाँडामा जानुभयो, जहाँ उहाँ प्राय: जानुहुन्‍थ्‍यो ; उहाँका चेलाहरू उहाँसँगै गए ।
\v 40 जब उहाँ त्यस ठाउँमा उहाँ आइपुग्‍नुभयो जहाँ जान चाहनुहुन्थ्यो, तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर कि पाप गर्नलाई परीक्षामा नपर्न परमेश्‍वरले तिमीहरूलाई मद्दत गर्नुहुनेछ ।”
\s5
\v 41 त्‍यसपछि उहाँ तिनीहरूबाट तीस मिटर जति टाढा जानुभयो, घुँडा टेक्‍नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो,
\v 42 “पिता, ममा डरलाग्दा कुराहरू हुन लाग्‍दैछ : यदि तपाईंले यो हुनबाट रोक्‍ने इच्छा गर्नुहुन्‍छ भने, गर्नुहोस् । तर म जे इच्‍छा गर्छु त्‍यो होइन, तर तपाईं जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नुहोस् ।
\s5
\v 43 त्यसपछि स्वर्गबाट एउटा स्वर्गदूत आए र उहाँलाई ढाडस दिए ।
\v 44 उहाँले महान संकष्‍ट भोग्‍दै हुनुहुन्‍थ्‍यो । यसैले उहाँले झन् व्‍यकुल भएर प्रार्थना गर्नुभयो । उहाँको पसिना रगतका ठूला थोपाहरू जस्तो जमिनमा झर्दैथियो ।
\s5
\v 45 जब उहाँ प्रार्थनाबाट उठ्‍नुभयो, उहाँ आफ्‍ना चेलाहरूकहाँ फर्कनुभयो । आफ्‍ना दु:खको कारणले तिनीहरू अति थकित भएकोले उहाँले तिनीहरू निदाउनै लागेको भेट्टाउनुभयो ।
\v 46 उहाँले तिनीहरूलाई उठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सुत्‍दैरहनु हुँदैन ! ऊठ ! प्रार्थना गर कि परमेश्‍वरले तिमीहरूलाई मद्दत गर्नुहुनेछ ता कि कुनै कुराले पनि तिमीहरुलाई पाप गर्ने इच्‍छा दिनेछैन ।”
\s5
\v 47 येशू अझै बोल्‍दै हुनुहुन्‍थ्‍यो, मानिसहरूको एउटा भिड उहाँकहाँ आयो । बाह्र चेलाहरूमध्ये एकजना यहूदाले तिनीहरूलाई अगुवाइ गर्दैथियो । उहाँलाई चुम्बन गर्न ऊ येशूको नजिक आयो ।
\v 48 तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमी म, मानिसको पुत्रलाई मलाई मेरा शत्रुहरूका हातमा सुम्पिदिनलाई साँच्‍चै चुम्‍वन गर्नेछौ ?
\s5
\v 49 जब चेलाहरूले के हुँदैथियो भन्‍ने महसुस गरे, तिनीहरूले भने, “प्रभु, के हामी तिनीहरूलाई हाम्रा तरवारले हानौं ?”
\v 50 तिनीहरूमध्ये एकजनाले मुख्य पूजाहारीको सेवकलाई हान्‍यो, तर उसको दाहिने कान मात्रै काटियो ।
\v 51 तर येशूले भन्‍नुभयो, “त्‍यस्‍तो कुनै कुरा अब फेरि नगर ।” त्‍यसपछि उहाँले सेवकको कान छुनुभयो र उसलाई निको पार्नुभयो ।
\s5
\v 52 त्यसपछि येशूले उहाँलाई गिरप्‍तार गर्न आएका मुख्य पूजाहारीहरू, मन्दिरका सुरक्षा अधिकारीहरू र यहूदी अगुवाहरू लाई भन्‍नुभयो, “यो आश्‍चर्यको कुरा हो कि म एउटा डाँकु भएझैं मलाई गिरफ्‍तार गर्न तिमीहरू तरवारहरू र लाठीहरू लिएर यहाँ आएका छौ ।
\v 53 धेरै दिनदेखि म तिमीहरूसँगै मन्दिरमा थिएँ, तर तिमीहरूले मलाई गिरफ्‍तार गर्ने कोसिस गर्दै गरेनौ ! तर तिमीहरूले जे इच्‍छा गर्छौ त्‍यो तिमीहरूले यही समयमा गर्दैछौ । यो त्‍यो समय पनि हो जतिबेला शैतानले दुष्‍ट कुराहरू गर्दैछ जस्‍तो उसले गर्न चाहान्‍छ ।
\s5
\v 54 तिनीहरूले येशूलाई पक्रे र उहाँलाई लिएर गए । तिनीहरूले उहाँलाई मुख्य पूजाहारीको घरमा ल्‍याए । पत्रुसले धेरै पछाडिबाट तिनीहरूलाई पछ्‍याउँदैथिए ।
\v 55 मानिसहरूले चोकको बीचमा आगो बाले र एकसाथ बसे । पत्रुस तिनीहरूको माझमा बसे ।
\s5
\v 56 आगोले तिनलाई उज्‍यालो बनाउँदा एकजना सेविकाले पत्रुसलाई त्‍यहाँ बस्‍दैगरेको देखिन् । उनले होसियारसाथ तिनलाई हेरिन् र भनिन्, “यो मानिस पनि उसैसँग थियो जसलाई तिनीहरूले गिरफ्‍तार गरेका छन् ।”
\v 57 तर तिनले यसो भन्‍दै इन्कार गरे, “स्‍त्री, म उहाँलाई चिन्दिनँ !”
\v 58 एकछिनपछि अरू कसैले पत्रुसलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूले गिरफ्‍तार गरेका मानिसको साथमा हुनेहरूमध्येकै एक हौ !” तर पत्रुसले भने, “ए मानिस, म तिनीहरूमध्येको होइन !”
\s5
\v 59 करिब एक घण्टापछि अरू कसैले चर्को स्‍वरमा भन्यो, “यो मानिसले जसरी बोल्‍दछ त्‍यसले ऊ गालीलीको क्षेत्रको हो भन्‍ने दर्शाउँछ । निश्‍चय नै यो मानिस पनि त्‍यही मानिससँग थियो जसलाई तिनीहरूले गिरफ्‍तार गरेका छन्।
\v 60 तर पत्रुसले भने, “ए मानिस, तिमी के भन्‍दैछौ, मलाई थाहा छैन !” तिनी बोल्‍दै गरेको बेलामा तुरन्तै एउटा भाले बास्यो ।
\s5
\v 61 प्रभु येशू पछाडि फर्कनुभयो र पत्रुसलाई नै हेर्नुभयो । त्‍यसपछि प्रभुले तिनलाई भन्‍नुभएको कुरा पत्रुसले याद गरे, “आज राती भाले बास्‍नुअघि तिमीले मलाई चिन्‍ने कुरालाई तिमीले तीनपल्‍ट इन्कार गर्नेछौ ।”
\v 62 र तिनी चोकबाट बाहिर गए र धेरै दु:ख मानेर रोए ।
\s5
\v 63 येशूलाई पहरा दिँदै बसेका मानिसहरूले उहाँको गिल्‍ला गर र उहाँलाई कुटे ।
\v 64 तिनीहरूले उहाँको आँखामा पट्टी बाँधे र उहाँलाई भने, “तँ अगमवक्ता होस् भन्‍ने कुरा हामीलाई देखा ! तँलाई हिर्काउने को हो हामीलाई भन !
\v 65 उहाँको अपमान गर्दै उहाँको बारेमा तिनीहरूले अरू धेरै दुष्‍ट कुराहरू भने ।
\s5
\v 66 भोलिपल्‍ट बिहान सबेरै, यहूदी अगुवाहरूमध्‍ये धेरैजना एकसाथ भेला भए । यो समूहमा मुख्य पुजहारिहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरू थिए । तिनीहरूले येशूलाई यहूदीहरूको महासभामा लगे । त्यहाँ तिनीहरूले उहाँलाई भने,
\v 67 “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन !” तर उहाँले जवाफ दिनुभयो, “यदि मैले म उही हुँ भने पनि तपाईंहरूले मलाई विश्‍वास गर्नुहुनेछैन ।”
\v 68 यदि ख्रीष्‍टको बारेमा तपाईंहरूको विचार के छ भनी मैले तपाईंहरूलाई सोधें भने पनि तपाईंहरू मलाई जवाफ दिनुहुन्‍न ।
\s5
\v 69 तर अबदेखि म, मानिसको पुत्र सर्वशक्तिमान परमेश्‍वरको छेउमा बसिरहेको र राज्‍य गरिरहेको हुनेछु !”
\v 70 त्यसपछि तिनीहरू सबैले सोधे, “यदि त्यसो हो भने, तँ भन्‍दैछस् कि तँ परमेश्‍वरको पुत्र होस् ?” उहाँले जवाफ दिनुभयो, “हो, तपाईंहरूले भनेको जस्तै हो ।”
\v 71 त्यसपछि तिनीहरू एक आपसमा भने, “उसको विरूद्धमा गवाही दिनलाई हामीलाई निश्‍चय नै अरू केही मानिसहरू आवश्यक छैन ! उसले आफूलाई परमेश्‍वर समान हो भनेको हामी आफैँले सुनेका छौँ !” s5
\s5
\c 23
\p
\v 1 त्यसपछि सम्‍पूर्ण समूह खडा भए र उहाँलाई रोमी गवर्नर पिलातसकहाँ लगे ।
\v 2 तिनीहरूले पिलातसको सामने उहाँलाई दोष लगाए : “यस मानिसले हाम्रा मानिसहरूलाई झूट कुराहरू बोल्‍दै समस्‍यामा पार्दै गरेको हामीले देखेका छौं । उसले रोमी सम्राट सिजरलाई करहरू नतिर्न तिनीहरूलाई भनिरहेको छ । उसले भनिरहेको छ कि ऊ ख्रीष्‍ट, एउटा राजा पनि हो !”
\s5
\v 3 त्यसपछि पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले जवाफ दिनुभयो, “हो, जस्‍तो तपाईंले मलाई सोध्‍नुभएको छ ।”
\v 4 त्यसपछि पिलातसले प्रधान पूजाहारीहरूलाई र भिडलाई भने, “यो मानिस कुनै अपराधको दोषी छैन ।”
\v 5 तर तिनीहरूले येशूलाई लगातार दोष लगाइरहे ; तिनीहरूले भने, “उसले मानिसहरूलाई विद्रोह गर्नलाई उक्‍साउने कोसिस गर्दैछ ! उसले यहूदियाको सबै क्षेत्रहरूभरि नै आफ्‍ना विचारहरू सिकाइरहेको छ । उसले गालीलको क्षेत्रमा यसो गर्न शुरू गर्‍यो र अहिले उसले यहाँ पनि त्‍यसै गर्दैछ !”
\s5
\v 6 जब पिलातसले तिनीहरूका शब्‍दहरू सुने, तिनले सोधे, “के यो मानिस गालील जिल्लाबाट आएको हो ?”
\v 7 येशू गालीलबाट आएको, जहाँ हेरोद एन्टीपासले राज्‍य गर्थे भन्‍ने पिलातसले थाहा पाएको कारणले तिनले येशूलाई उनीकहाँ पठाए, किनभने त्यो समयमा हेरोद यरूशलेममा थिए ।
\s5
\v 8 जब हेरोदले येशूलाई देखे, उनी धेरै खुशी थिए । उनले लामो समयदेखि येशूलाई हेर्ने इच्छा गरिरहेका थिए, किनभने उनले उहाँको बारेमा धेरै कुराहरू सुन्‍दैथिए र उहाँले एउटा आश्‍चर्य काम गरेको हेर्ने इच्‍छा गरे ।
\v 9 यसैले उनले येशूलाई धेरै प्रश्‍न सोधे, तर यशूले तिनीहरूमध्‍ये कुनैको पनि जवाफ दिनुभएन ।
\v 10 र मुख्‍य पूजाहारीहरू र यहूदी व्यवस्थामा कोही विज्ञहरू उहाँलाई सबै किसिमका धेरै अपराधहरूको दोष लगाउँदै उहाँको नजिक खडा भए ।
\s5
\v 11 त्यसपछि हेरोद र उनका सिपाहीहरूले उहाँको गिल्ला गरे । उहाँ राजा भएको बहाना पार्नलाई तिनीहरूले उहाँलाई महङ्गो कपडा लगाइदिए । त्यसपछि हेरोदले उहाँलाई पिलातसकहाँ फिर्ता पठाइदिए ।
\v 12 त्यो दिनसम्म हेरोद र पिलातस एक आपसमा एकदमै दुश्मन भएका थिए, तर त्यही दिन तिनीहरू मित्रहरू बने ।
\s5
\v 13 त्यसपछि पिलातसले मुख्‍य पूजाहारीहरू र अरू यहूदी अगुवाहरू र अझैसम्‍म त्यहीँ भएको भीडलाई एकसाथ भेला गरे ।
\v 14 तिनले तिनीहरूलाई भने, “त्‍यसले मानिसहरूलाई विद्रोह गर्नलाई नेतृत्‍व गरिरहेको छ भन्‍दै तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ । तर म तिमीहरूलाई जानकारी गराउँछु कि तिमीहरूले सुनिरहँदा मैले उसको जाँच गरेपछि, तिमीहरूले मलाई भनेका कुनै पनि कुराहरूमा ऊ दोषी छ भनी म विचार गर्दिन ।
\s5
\v 15 ऊ दोषी छ भनी हेरोदले पनि विचार गर्दैनन् । म यो जान्‍दछु किनभने तिनले उसलाई कुनै दण्‍डविना नै हामीकहाँ फिर्ता पठाइदिए । त्यसैले यो स्‍पष्‍ट हुन्‍छ कि यो मानिसले मृत्‍युदण्‍ड पाउनुपर्ने छैन ।
\v 16 त्यसैले उसलाई कोर्रा लगाउन र त्‍यसपछि स्‍वतन्‍त्र छोडिदिन म आफ्‍ना सिपाहीहरूलाई भन्‍नेछु ।”
\v 17 (पिलातासले यसो भने किनभने तिनले निस्तार-चाडको उत्सवमा एकजना कैदीलाई स्‍वतन्‍त्र छोड्नुपर्थ्यो । )
\s5
\v 18 तर सम्‍पूर्ण भिड नै यसो भन्दै कराए, “यो मानिसलाई मार्नुहोस् ! हाम्रो निम्‍ति बारब्बालाई स्‍वतन्‍त्र गर्नुहोस् !”
\v 19 अब बारब्बा एकजना मानिस थियो जसले सहरमा भएका केही मानिसहरूलाई रोमी सरकारको विरूद्ध विद्रोह गर्न नेतृत्व गरेका थियो । ऊ एउटा हत्‍यरा पनि थियो । यी अपराधहरू को कारणले ऊ जेलमा थियो, र तिनीहरूबाट मारिनको लागि ऊ पर्खदैथियो ।
\s5
\v 20 तर पिलातसले येशूलाई स्‍वतन्‍त्र छोड्ने धेरै इच्‍छा गरे, यसैले तिनले फेरि पनि भीडसित बोल्‍ने कोसिस गरे ।
\v 21 तर तनीहरूले यसो भनिरहे, “त्‍यसलाई क्रूसमा झुण्‍डाउनुहोस् ! त्‍यसलाई क्रूसमा झुण्‍डाउनुहोस् !”
\v 22 पिलातसले तेस्रो पल्‍ट तिनीहरूसित बोले र तिनीहरूलाई सोधे, “किन ? उसले के अपराध गर्‍यो ? उसले कुनै कुरा गरेको छैन जसको लागि उसले मृत्‍युदण्‍ड पाउनुपर्छ । त्यसैले उसलाई कोर्रा लगाउन र त्‍यसपछि स्‍वतन्‍त्र छोडिदिन म आफ्‍ना सिपाहीहरूलाई भन्‍नेछु ।”
\s5
\v 23 तर येशूलाई क्रूसमा मार्नुपर्छ भनेर तिनीहरूले ठूलो स्वरमा जिद्दी गरिरहे ।
\v 24 अन्‍तमा, तिनीहरूले चर्को स्वरले कराएरहेको कारणले, तिनीहरूले पिलातसलाई आफ्‍नो अनुरोध पूरा गर्न मन्‍जुर गराए ।
\v 25 यसैले तिनले त्‍यो मानिसलाई स्‍वतन्‍त्र गरे जो सरकारको विरूद्ध लडाईं गरेको र मानिसहरूलाई मारेको कारणले कैदमा थियो ! त्‍यसपछि तिनले येशूलाई लैजान र भिडको जे इच्‍छा छ त्‍यही गर्न सिपाहीहरूलाई आदेश दिए ।
\s5
\v 26 त्‍यहाँ सिमोन नाम गरेको एकजना मानिस थियो जो अफ्रिकाको कुरेनी सहरबाट आएको थियो । ऊ गाउँबाट यरूशलेमतिर उँदै थियो । सिपाहीहरूले येशूलाई लाँदैगर्दा, तिनीहरूले सिमोनलाई समाते । उहाँलाई बोक्‍न लगाउन तिनीहरूले बनाएका क्रूसलाई तिनीहरूले येशूबाट लिए र तिनीहरूले त्‍यो सिमोनको काँधमा राखिदिए । तिनीहरूले उसलाई त्‍यो बोक्‍न र येशूको पछि हिँड् भने ।
\s5
\v 27 अब एउटा ठूलो भिड येशूको पछि आउँदै थयो । त्यहाँ धरैजना स्‍त्रीहरू थिए जो आफ्‍ना छातीहरू पिट्‍दै र उहाँको निम्‍ती विलौना गर्दैथिए ।
\v 28 येशू तिनीहरूतिर फर्कनुभयो र भन्‍नुभयो, “तिमीहरू यरूशलेमका स्‍त्रीहरू, मेरो निम्ति नरोऊ ! त्‍यसको साटोमा तिमीहरू आफू र आफ्‍ना छोराछोरीहरूलाई जे हुन जाँदैछ त्यो कारणले रोऊ !
\s5
\v 29 किनकी म तिमीहरूले यो जान भन्‍ने इछ्‍छा गर्छु कि चाँडै नै एउटा यस्तो एउटा समय हुनेछ जब मानिसहरूले भन्‍नेछन्, ‘कहिलै छोराछोरीहरू जन्म नदिएका वा शिशुहरू स्‍याहार नगरेका स्‍त्रीहरू कति भाग्यमानी हुन् !
\v 30 त्‍यसपछि यस सहरका मानिसहरूले भन्‍नेछन्, ‘त्यो पर्वतहरू हाम्रो माथि खसोस् र त्‍यो पहाडहरूले हामीलाई छोपोस् भन्‍ने हाम्रो इच्‍छा छ !
\v 31 मैले कुनै खरावी नगरे तापनि मैले मर्न पर्छ भने मर्न योग्‍य मानिसहरूका निम्‍ति त निश्‍चय नै डरलाग्‍दा कुराहरू हुनेछन् ।
\s5
\v 32 अरू दुईजना अपराधी मानिसहरू पनि त्‍यही ठाँउतिर हिँड्‍दैथिए जहाँ तिनीहरू येशूसँगै मर्नुपर्थ्‍यो ।
\s5
\v 33 जब तिनीहरू ‘खप्परे’ भन्‍ने ठाउँमा आए, त्‍यहाँ तिनीहरूले येशूलाई किल्‍ला ठोकेर उहाँलाई क्रुसमा टाँगे । दुईजना अपराधीहरूलाई पनि तिनीहरूले त्‍यसै गरे । तिनीहरूले एउटालाई येशूको दाहिनेपट्टी र अर्कोलाई उहाँको देब्रेपट्टी राखे ।
\v 34 तर येशूले भन्‍नुभयो, “हे पिता, यी मानिसहरूलाई क्षमा गर्नुहोस् जसले यो गरे, किनभने कसलाई तिनीहरूले यसो गर्दैछन् त्‍यो तिनीहरू साँच्‍चै जान्दैनन् ।” त्‍यसपछि कसले लुगाको कुनचाहीँ टुक्रा पाउनेछ भनी छुट्‍याउन गोटी जस्‍तो केही कुराले चिठ्ठा हालेर सिपाहीहरूले उहाँको लुगाहरू भाग-भाग गरे ।
\s5
\v 35 धेरै मानिसहरू हर्दै नजिकै खडा भए । यहूदी अगुवाहरूले पनि येशूको गिल्ला गर्दैथिए : “यसले अरू मानिसहरूलाई बचायो ! यदि परमेश्‍वरले उसलाई साँच्‍चै नै ख्रीष्‍ट हुनलाई छान्‍नुभएको हो भने, उसले आफैँलाई बचाउनुपर्छ !”
\s5
\v 36 सिपाहीहरूले पनि उहाँको गिल्ला गरे । तिनीहरू उहाँकहाँ आए र उहाँलाई केही अमिलो अङ्गुरको रस दिए ।
\v 37 तिनीहरूले उहाँलाई यसो भनिरहे, “यदि तिमी यहूदीहरूका राजा हौ भने आफैलाई बचाऊ !”
\v 38 ‘यो यहूदीहरूको राजा हो’ भनी लेखिएको एउटा चिनो पनि तिनीहरूले उहाँको शिरमाथि क्रूसमा बाँधे ।
\s5
\v 39 क्रूसमा झुण्‍डिरहेका अपराधीहरूमध्‍ये एकजनाले पनि उहाँको अपमान गर्‍यो ; त्यसले भन्यो, “तिमी ख्रीष्‍ट हौ, तिमी होइनौ र ? यसैले आफैँलाई बचाऊ र हामीलाई पनि बचाऊ !”
\v 40 तर अर्को अपराधीले त्‍यसलाई बोल्नलाई रोक्‍यो ; उसले भन्यो, “परमेश्‍वरले तिमीलाई दिइरहनुभएको दण्‍डको डर तिमीलाई हुनुपर्छ ! तिनीहरूले उहाँलाई र हामीलाई उस्‍तै किसिमले दण्‍ड दिँदैछन् ।
\v 41 हामी दुईजना त मृत्‍युदण्‍डको योग्य छौँ । हामीले गरेका दुष्‍ट कुराहरूका निम्‍ति हामी योग्य भएकोले नै तिनीहरूले हामीलाई दण्‍ड दिदैंछन् । तर यी मानिसले त कुनै खराबी गरेको छैनन् ।”
\s5
\v 42 त्यसपछि उसले येशूलाई भन्यो, “येशू, तपाईंले राजाको रूपमा राज्‍य गर्न सुरु गर्नुहुँदा, कृपागरी मलाई बचाउन याद गर्नुहोस् !”
\v 43 येशूले जवाफ दिनुभयो, “तिमीलाई थाहा होस् भन्‍ने म इच्‍छा गर्छु कि आज नै तिमी मसँग स्वर्गमा हुनेछौ !”
\s5
\v 44 त्यसबेला मध्ये दिन हुनै लागेको थियो । तर त्‍यसपछि दिउँसोको तीन बजेसम्म नै सारा देशभरि अँध्यारो भयो ।
\v 45 सूर्यबाट प्रकाश नै आएन । मन्‍दिरमा भएको महा-पवित्रस्थानलाई छेक्‍ने बाक्लो पर्दा दुई टुक्रा भएर च्यातियो ।
\s5
\v 46 जब त्यो भयो, येशू ठूलो स्वरले कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंको जिम्मामा दिन्छु !” उहाँले त्‍यसो भनेपछि, उहाँले सास फेर्न रोक्‍नुभयो र मर्नुभयो ।
\v 47 जब सिपाहीहरूका अधिकारीले त्‍यहाँ जे भयो त्‍यो देखे, उनले भने, “वास्तवमै यो मानिसले कुनै खराबी गरेको छैन !” उनले भनेको कुराले परमेश्‍वरको आदर भयो ।
\s5
\v 48 जब यी मानिसहरूको मृत्‍यु भएको हेर्नलाई जम्मा भएका मानिसहरूको भीडले त्‍यहाँ भएको वस्‍तविक घटना देखे, तब तिनीहरू साँच्‍चै दु:खी थिए भन्‍ने दर्शाउनलाई आफ्ना छातीहरू पिट्दै आफ्‍नो घरहरूतिर फर्के ।
\v 49 गालीलको क्षेत्रबाट उहाँसँग आएका स्‍त्रीहरू लगायत येशूका चिने-जानेकाहरू सबै, अलि परै खडा भए र भएका सबै कुरा हेरे ।
\s5
\v 50 एउटा यहूदी नगर अरिमाथियाबाट आएका योसेफ नामका एकजना मानिस त्‍यहाँ थिए । तिनी असल र धर्मी मानिस थिए र तिनी यहूदी महासभाका सदस्य थिए ।
\v 51 तिनले भएका सबै कुरा देखे, तर महासभाका अरू सदस्यहरूले येशूलाई मार्ने निर्णय दिँदा र तिनीहरुले त्‍यसो गर्दा तिनी उनीहरूसँग सहमत भएका थिएनन् । परमेश्‍वरले उहाँको राजालाई राज्‍य गर्न सुरु गर्न पठाउनुहुने समयको निम्‍ति तिनले उत्सुतासाथ प्रतिक्षा गर्दैथिए ।
\s5
\v 52 योसेफ पिलातसकहाँ गए र येशूको शवको दफन गर्न त्‍यसलाई लैजाने अनुमति तिनलाई दिन पिलातससँग विन्‍ती गरे । पिलातसले तिनलाई अनुमति दिए,
\v 53 यसैले तिनले येशूको शवलाई क्रूसबाट तल झारे । उनले एउटा मलमलको कपडामा त्‍यसलाई बेह्रे । त्यसपछि तिनले उहाँको शवलाई एउटा दफनको चिहानमा राखे जसलाई कसैले भीरको चट्टानमा खोपेको थियो । त्‍यसमा यसअघि कसैले कहिलै एउटा शव पनि राखेको थिएन ।
\s5
\v 54 यो यहूदीहरूको विश्राम-दिनको लागि मानिसहरू तयार हुने दिन थियो । विश्राम-दिनको सुरु हुनलाई चाँडै नै सूर्यास्‍त हुँदैथियो ।
\v 55 गालील जिल्‍लाबाट येशूसँगै आएका स्‍त्रीहरू र तिनीसँगै भएका मानिसहरू योसेफको पछि लागे । तिनीहरूले दफनको चिहान हेरे र त्‍यसभित्र मानिसहरूले येशूको शवलाई कसरी सुताए त्‍यो देखे ।
\v 56 त्‍यसपछि स्‍त्रीहरू येशूको शवमा लगाउनलाई मसलाहरू र मलहमहरू लिनको लागि तिनीहरू बस्‍दै गरको ठाउँमा फर्केर गए । यद्यपि यहूदी व्यवस्थाले आवश्‍यक माने जस्‍तै तिनीहरूले विश्राम- दिनमा काम गरेनन् ।
\s5
\c 24
\p
\v 1 आइतबार बिहान झिसमिसेमा नै ती स्‍त्रीहरू दफनको चिहानमा गए । तिनीहरूले येशूको शवमा लगाउनलाई तयार पारेका मसलाहरू तिनीहरूले आफ्‍नो साथमा लगे
\v 2 जब तिनीहरू आइपुगे, दफनको चिहानको प्रवेशद्वारबाट ढुङ्गालाई कसैले गुडाई दिएको तिनीहरूले पत्ता लगाए ।
\v 3 तिनीहरू दफनको चिहानभित्र गए, तर प्रभु येशूको शरीर त्यहाँ थिएन !
\s5
\v 4 त्‍यसको बारेमा के विचार गर्ने भन्‍ने तिनीहरूलाई थाहै भएन । त्यसपछि अचानक चहकिलो र टल्कने पोशाकहरू लगाएका दुईजना मानिसहरू तिनीहरूको नजीक खडा भए !
\v 5 स्‍त्रीहरू भयभीत पारिए । जसै तिनीहरू जमिनसम्‍मै तल झुके दुईजना मानिसहरूले तिनीहरूलाई भने, “जीवित हुनुभएको व्‍यक्तिलाई जहाँ तिनीहरूले मृत मानिसहरूको दफन गर्छन् त्‍यो ठाउँमा तिमीहरूले खोज्‍नुहुदैन !
\s5
\v 6 उहाँ यहाँ हुनुहुन्‍न ; उहाँ फेरि जीवित पारिनुभएको छ ! याद गर कि उहाँ तिमीहरूसँगै गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई भन्‍नुभयो,
\v 7 ‘तिनीहरूले म, मनिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिदिनेछन् । तिनीहरूले क्रूसमा काँटीमा झुण्‍डाएर मलाई मार्नेछन् । तर त्‍यसपछि तेस्रो दिनमा म फेरी जीवित हुनेछु ।’”
\s5
\v 8 येशूले तिनीहरूलाई के भन्‍नुभएको थियो ती स्‍त्रीहरूले याद गरे ।
\v 9 त्यसैले तिनीहरूले दफनको चिहान छाडे र एघार प्रेरितहरू र उहाँका अरू चेलाहरूकहाँ गए र जे भएको थियो त्‍यो तिनीहरूलाई भने ।
\v 10 यी कुराहरू प्रेरितहरूलाई भन्‍ने स्‍त्रीहरूमा मग्दला गाउँकी मरियम, योअन्‍ना, याकूबकी आमा मरियम, र तिनीहरूसँग भएका अरू स्‍त्रीहरू थिए ।
\s5
\v 11 तर तिनीहरूका शब्‍दहरूलाई प्रेरितहरूले मूर्ख कुराको रूपमा वेवास्‍ता गरे ।
\v 12 यद्यपी पत्रुस उठे र दफनको चिहानतर दौडिए । तिनी निहुरिए र भित्र हेरे । तिनले मलमलका कपडाहरू देखे जसमा येशूको शव बेह्रिएको थियो, तर येशू त्यहाँ हुनुहुन्‍नथ्‍यो । जे भएको थियो त्‍यसमा अचम्म मान्दै तिनी घर गए ।
\s5
\v 13 त्यसैदिन येशूका दुईजना चेलाहरू इम्माउस नामको गाउँतिर हिँड्दैथिए । यो यरूशलेमबाट करीब दस किलो मिटर थियो ।
\v 14 येशूलाई भएका सबै कुराहरूका बारेमा तिनीहरू एक आपसमा बात गर्दैथिए ।
\s5
\v 15 जसै तिनीहरू ती कुराहरूका बारेमा बात गर्दै र छलफल गर्दैथिए, येशू आफैँ तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँग हिँड्न लाग्‍नुभयो ।
\v 16 तर परमेश्‍वरले उहाँलाई चिन्‍ने अनुमति तिनीहरूलाई दिनुभएन ।
\s5
\v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुईजना हिँड्‍दैगर्दा कस्का बारेमा कुरा गर्दैछौ ?” तिनीहरू रोकिए र तिनीहरूका अनुहार धेरै उदास देखियो ।
\v 18 तिनीहरू मध्ये एकजना जसको नाम क्लेओपास थियो, तिनले भने, “तपाईं मात्र एकजना व्‍यक्ति हुनुपर्छ जो यरूशलेमतिर घुमघाम गर्दै हुनुहुन्‍छ जसलाई हालैका दिनमा त्‍यहाँ भएका घटनाहरूका बारेमा थाहा छैन !”
\s5
\v 19 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “कुन घटनाहरू ?” तिनीहरूले जवाफ दिए, “नासरतबाट आउनुभएका एकजना मानिस, येशूको बारेमा भएका कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो । ठूला आश्‍चर्य कामहरू गर्न र असल सन्देशहरू सिकाउन परमेश्‍वरले उहाँलाई समर्थ्‍य दिनुभयो । मानिसहरूले उहाँलाई अति असल हुनुभएको बिचार गरे ।”
\v 20 तर हाम्रा मुख्य पूजाहारीहरू र अगुवाहरूले उहाँलाई रोमी अधिकारीहरूकहाँ सुम्पिदिए । अधिकारीहरूले उहाँलाई मृत्युदण्‍डको सजाय सुनाए, र तिनीहरूले उहाँलाई क्रूसमा काँटीमा झुण्‍डाएर मारे ।
\s5
\v 21 हामी इस्राएलीहरूलाई हाम्रा शत्रुहरूबाट स्वतन्‍त्र गर्नुहुने उहाँ नै हुनुहुन्‍थ्‍यो भनी हामीले आशामा गर्दैथियौँ ! तर यो अब सम्भावना देखिदैन, किनभने उहाँ मारीनुभएको समयदेखि अहिलेसम्‍म तीन दिन बितिसकेको छ ।
\s5
\v 22 यसको बाजुत पनि हाम्रा समूहाका केही स्‍त्रीहरूले हामीलाई छक्‍क पारे । आज बिहान सबेरै तिनीहरू दफनको चिहानमा गए,
\v 23 तर त्यहाँ येशूको शव थिएन ! तिनीहरू फर्केर आए र भने कि तिनीहरूले दर्शनमा केही स्वर्गदूतहरूलाई देखेका थिए । स्वर्गदूतहरूले भने कि उहाँ जीवित हुनुभएको थियो !
\v 24 त्यसपछि हामीसँग भएका कोही मानिसहरू दफनको चिहानमा गए । स्‍त्रीहरूले जस्‍तो विवरण दिएका थिए, त्‍यहाँ तिनीहरूले त्यस्तै कुराहरू देखे । तर तिनीहरूले येशूलाई देखेनन् ।”
\s5
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुईजना मूर्ख मानिसहरू ! ख्रीष्‍टको बारेमा अगमबक्ताहरूले लेखेको सबै कुरा विश्‍वास गर्न तिमीहरू साह्रै सुस्‍त छौ ।
\v 26 तिमीहरूलाई निश्‍चय नै थाहा हुनपर्ने हो कि ख्रीष्‍टले ती सबै कुराहरूको दु:ख भोग्‍नु र मर्नु र त्यसपछि उहाँको महिमित घर, स्वर्गमा जानु आवश्यक थियो !”
\v 27 त्यसपछि धर्मशास्‍त्रमा आफ्‍नै बारेमा अगमवक्ताहरूले लेखेका सबै कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गर्नुभयो । मोशा जे लेखे त्‍यसबाट उहाँले शुरू गर्नुभयो र त्‍यसपछि अरू सबै अगमवक्ताहरूले जे लेखे त्‍यो तिनीहरूलाई व्याख्या गर्नुभयो ।
\s5
\v 28 यी दुईजना मानिसहरू जाँदै गरेका गाउँ नजिकै उहाँहरू पुग्‍नुभयो । उहाँ अझै अगाडि जानुहुने सङ्‍केत उहाँले गर्नुभयो,
\v 29 तर तिनीहरूले उहाँलाई त्यसो नगर्न अनुरोध गरे । तिनीहरूले भने, “आजको रात हामीसँगै बस्‍नुहोस्, किनभने मध्‍यान्‍ह बितेको छ र चाँडै अँध्यारो हुनेछ ।” त्यसैले उहाँ तिनीहरूसँग बस्‍न घरमा जानुभयो ।
\s5
\v 30 जब उहाँहरू खानलाई बस्‍नुभयो, उहाँले केही रोटी लिनुभयो र त्‍यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो । उहाँले त्‍यसलाई भाँच्‍नुभयो र केही टुक्राहरू तिनीहरूलाई दिनुभयो ।
\v 31 र त्यसपछि उहाँलाई चिन्‍न परमेश्‍वरले तिनीहरूलाई सक्षम बनाउनुभयो । तर तुरुन्तै उहाँ अदृष्‍य हुनुभयो !
\v 32 तिनीहरूले एकआपसमा भने, “जब हामीहरू बाटोमा हिँड्‍दैथियौं र उहाँले हामीसँग कुरा गर्नुभयो र हामीलाई धर्मशास्‍त्र बुझ्‍न सक्षम बनाउनुभयो, केही अति असल कुरा हुन जाँदैथियो भनी हामीले सोच्‍न थाल्यौं, यद्यपि त्यो के थियो हामीलाई थाहा थिएन । हामी यहाँ बस्‍नुहुँदैन ; जे भयो त्यो अरूहरूलाई बताउन हामी जानैपर्छ !”
\s5
\v 33 त्यसैले तिनीहरूले तुरुन्तै छाडे र यरूशलेम फर्के । तिनीहरूले त्यहाँ एघार प्रेर्रितहरू र अरूहरूलाई भेटे जो तिनीहरूसँग एकसाथ भेला भएका थिए ।
\v 34 तिनीहरूले ती दुईजना मानिसहरूलाई भने, “प्रभु फेरी जीवित हुनुभएको छ भन्‍ने कुरा सत्य हो, र उहाँ सीमोनकहाँ देखा पर्नुभएको छ !”
\v 35 त्यसपछि ती दुईजना मानिसहरूले आफू बाटोमा हिँड्‍दैगर्दा के भएको थियो त्‍यो अरूहरूलाई भने । उहाँले तिनीहरूका निम्‍ति केही रोटी भाँच्‍नुहुँदा कसरी ती दुवैजनाले उहाँलाई चिने भनेर पनि तिनीहरूले उनीहरूलाई भने ।
\s5
\v 36 तिनीहरूले त्यसो भनिरहँदा, येशू आफैँ अचानक तिनीहरूका माझमा देखापर्नुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरले तिमीहरूलाई शान्ति दिनुभएको होस् !”
\v 37 तिनीहरू चकित भए र डराए, किनभने तिनीहरूले एउटा भूत देख्‍दैछन् भन्‍ने तिनीहरूको विचार थियो ।
\s5
\v 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तर्सिनुपर्दैन ! र म जीवित भएको कुरामा तिमीहरूले सङ्का गर्नुहुँदैन ।
\v 39 मेरा हातहरू र मेरा खुट्टाहरूमा भएका घाऊहरू हेर ! तिमीहरूले मलाई छुन सक्छौ र मेरो शरीर हेर्न सक्छौ । त्यसपछि तिमीहरूले देख्‍न सक्छौ कि यो साँच्‍चि नै म आफैँ हुँ । तिमीहरूले भन्‍न सक्छौ कि म साँच्‍चि नै जीवित भएको छु, किनभने भूतहरूको त शरीरहरू हुँदैनन्, जस्‍तो तिमीहरू देख्छौ कि मसँग छ !”
\v 40 उहाँले यसो भनेपछि, उहाँले आफ्‍ना हातहरू र खुट्टाहरूमा भएका घाऊहरू तिनीहरूलाई देखाउनुभयो ।
\s5
\v 41 तिनीहरू आनन्दित भए र छक्‍क परे, तर उहाँ साँच्‍चै नै जीवित हुनुभएको थियो भनी तिनीहरूले अझैसम्म पनि विश्‍वास गर्न सकेनन् । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूसँग यहाँ खानलाई केही कुरा छ ?”
\v 42 यसैले तिनीहरूले सेकाइएको माछाको एउटा टुक्रा उहाँलाई दिए ।
\v 43 तिनीहरूले हेर्दैगर्दा, उहाँले त्‍यो लिनुभयो र त्‍यो खानुभयो ।
\s5
\v 44 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूसँग हुँदा मैले जे भनेँ त्‍यो म दोहोर्‍याउनेछु : मेरो बारेमा मोशा र अरू अगमवक्ताहरूद्वारा लेखिएका र भजनहरूमा भएका हरेक कुरा पुरा हुनैपर्छ !”
\s5
\v 45 त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्‍त्रहरूमा उहाँको बारेमा लेखिएका कुराहरू बुझ्‍न सक्षम बनाउनुभयो ।
\v 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले धर्मशास्‍त्रमा यस्‍तो लेखिएको पढ्‍न सक्‍छौ : येशू ख्रीष्‍टले दुःख भोग्‍नु र मर्नुहुनेछ, तर त्‍यसपछि तेस्रो दिनमा उहाँ फेरी जीवित हुनुहुनेछ ।”
\v 47 तिनीहरूले यो पनि लेखे कि उहाँमा विश्‍वास गर्नेहरूले सबै ठाउँमा प्रचार गर्नुपर्छ जसले गर्दा परमेश्‍वरले मानिसहरूका पापहरू क्षमा गर्नको निम्‍ति तिनीहरू पाप गर्न छाडेर उहाँमा फर्कनुपर्छ । ख्रीष्‍टमा विश्‍वास गर्नेहरूले त्यो सन्‍देश प्रचार गनुपर्छ, किनभने परमेश्‍वरले तिनीहरूलाई त्यसै गर्न पठाउनुभयो । उनीहरूले लेखे कि तिनीहरूले यरूशलेममा यो प्रचार गर्न सुरु गर्नुपर्छ र त्यसपछि जानुपर्छ र मानिसहरूका सबै समुहहरूलाई यो प्रचार गर्नुपर्छ ।
\s5
\v 48 तिमीहरूले मानिसहरूलाई भन्‍नैपर्छ कि मेरो जीवनमा भएका कुराहरू सत्‍य हुन् भनी तिमीहरू जान्‍दछौ ।
\v 49 र तिमीहरूले यो जान भन्‍ने मेरो इच्‍छा छ कि जस्‍तो मेरो पिताले उहाँले गर्नुहुने कुराको प्रतिज्ञा गर्नुभयो, त्‍यस्तै म तिमीहरूलाई पवित्र आत्मा पठाउनेछु । परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माको शक्तिले भरपूर नगरेसम्‍म तिमीहरू यही सहरमा बस्‍नुपर्छ ।”
\s5
\v 50 त्यसपछि येशूले तिनीहरू बेथानिया गाउँ नजिक आउन्‍जेलसम्म तिनीहरूलाई सहर बाहिर लानुभयो । त्‍यहाँ उहाँले आफ्‍ना हातहरू माथि उचाल्‍नुभयो र तिनीहरूलाई आर्शिवाद दिनुभयो ।
\v 51 जसै उहाँले त्यसो गर्दै हुनुहुन्‍थ्‍यो, उहाँले तिनीहरूलाई छाड्नुभयो र स्‍वर्गमा जानुभयो ।
\s5
\v 52 तिनीहरूले उहाँलाई आराधना गरेपछि, तिनीहरू साह्रै आनन्दित भएर यरूशलेम फर्के ।
\v 53 प्रत्येक दिन तिनीहरू मन्दिरको चोकमा गए र परमेश्‍वरको प्रशंसा गर्दै धेरै समय बिताए ।