ne_udb/42-MRK.usfm

1003 lines
312 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id MRK Unlocked Dynamic Bible
\ide UTF-8
\h मर्कूस
\toc1 मर्कूसले लेखेको सुसमाचार
\toc2 मर्कूस
\toc3 mrk
\mt1 मर्कूसले लेखेको सुसमाचार
\s5
\c 1
\p
\v 1 यो परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टको सुसमाचार हो यशैया अगमवक्ताले यसरी लेख्दा यो सुसमाचारलाई उल्‍लेख गरे:
\v 2 “सुन ! मेरो सन्देशवाहक म तिम्रो अघि पठाउँदैछु । उनले तिमीलाई स्वागत गर्न मानिसहरू तयार गर्नेछन् ।
\v 3 उजाड-स्‍थानमा उनले आवाज सुन्‍ने जतिलाई उनले बोलाउनेछन्, ‘परमप्रभुलाई स्वागत गर्न आफैँलाई तयार पार ।’”
\s5
\v 4 यशैयाले लेखेका सन्देशवाहक यूहन्‍ना थिए । मानिसहरूले उनलाई “बप्‍तिस्‍मा दिने” भन्दथे । यूहन्‍ना उजाड-स्‍थानमा थिए; उनले मानिसहरूलाई बप्‍तिस्‍मा दिंदै र यसो भन्दै थिए, “तिमीहरूले पाप गरेका छौ भनेर दुःखी होओ र यो नगर्ने निर्णय गर ता कि परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुहुनेछ । त्‍यसपछि म तिमीहरूलाई बप्‍तिष्‍मा दिनेछु ।”
\v 5 यहूदियाको जिल्ला र यरूशलेम सहरबाट मानिसहरूको ठूलो संख्या यूहन्‍नाले प्रचार गरेको सुन्‍नलाई उजाड-स्‍थानमा गए । तिनको प्रचार सुन्‍नेहरूमध्‍ये धेरैजनाले आफूले पाप गरेको कुरालाई स्‍वीकार गरे । त्यसपछि यूहन्‍नाले तिनीहरूलाई यर्दन नदीमा बप्‍तिस्‍मा दिए ।
\v 6 यूहन्‍नाले ऊँटको रौंबाट बनेका खस्रा कपडाहरू लगाउँथे र आफ्‍नो कम्मरमा छालाको पटुका बाँध्‍थे । उनले त्यस उजाड-स्‍थानको इलाकामा पाउने सलह र मह खान्थे ।
\s5
\v 7 उनले प्रचार गर्दै थिए, “चाँडै नै एकजना आउनुहुनेछ जो अति महान हुनुहुन्छ । उहाँको तुलनामा म केही पनि होइन । म निहुरिन र उहाँका जुत्ता फुकाल्न पनि योग्‍यको छैन ।
\v 8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्‍मा दिनुहुनेछ ।”
\s5
\v 9 यूहन्‍नाले प्रचार गर्दै गरेको समयमा, गालील जिल्लाको नासरत नगरबाट येशू आउनुभयो । यूहन्‍नाले प्रचार गर्दै गरेको ठाउँमा उहाँ जानुभयो र यूहन्‍नाले उहाँलाई यर्दन नदीमा बप्‍तिस्‍मा दिए ।
\v 10 येशू पानीबाट बाहिर माथि आउनेबत्तिकै, उहाँले स्वर्ग खुला भएको र परमेश्‍वरको आत्मा उहाँमाथि ओर्लंदै गर्नुभएको देख्‍नुभयो । परमेश्‍वरको आत्मा एउटा ढुकुरझैं तल आउनुभयो ।
\v 11 परमेश्‍वरले स्वर्गबाट बोल्नुभयो र भन्‍नुभयो “तिमी मेरा पुत्र हौ, जसलाई म अति प्रेम गर्छु । म तिमीसँग धेरै खुशी छु ।”
\s5
\v 12 त्यसपछि परमेश्‍वरको आत्माले येशूलाई उजाड-स्‍थानमा पठाउनुभयो ।
\v 13 उहाँ चालीस दिनसम्म त्यहाँ रहनुभयो । त्यो समयमा शैतानले उहाँको परीक्षा गर्दै थियो । त्‍यो ठाउँमा जंगली जनावरहरू थिए र स्वर्गदूतहरूले उहाँको रखदेख गर्दै थिए ।
\s5
\v 14 पछि, यूहन्‍नालाई झ्यालखानमा हालेपछि, येशू गालीलमा जानुभयो । गालीलमा उहाँले परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हुनुहुन्थ्यो ।
\v 15 उहाँ भन्दै हुनुहुन्थ्यो, “आखिरमा समय आएको छ । परमेश्‍वरले चाँडै नै देर्शाउनुहुनेछ कि उहाँ राजा हुनुहुन्‍छ । तिमीहरूले पाप गरेकोमा दुःखी होओ र त्‍यो नगर्ने निर्णय गर ता कि परमेश्‍वरले तिमीहरूलाई क्षमा दिन सक्‍नुहुन्‍छ । सुसमाचार विश्‍वास गर ।”
\s5
\v 16 एकदिन, येशू गालील समुद्रको किनारमा हिंड्दै गर्नुहुँदा, उहाँले दुईजना मानिसहरू, सिमोन र सिमोनको भाइ अन्द्रियासलाई देख्‍नुभयो । तिनीहरूले आफ्ना माछा पक्रने जाललाई समुद्रमा हान्‍दै थिए । माछा पक्रेर र बेचेर तिनीहरूले पैसा कमाउँथे ।
\v 17 त्‍यसबेला येशूले तिनीहरूलाई भन्‍नुभयो, “जस्‍तो तिमीहरूले माछाहरू जम्मा गरिरहेका छौ, मसँग आओ र मानिसहरू कसरी जम्मा गर्ने हो सो म तिमीहरूलाई सिकाउनेछु ।”
\v 18 तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छाडे र तिनीहरू उहाँसँग गए ।
\s5
\v 19 तिनीहरू अलिपर गएपछि, येशूले अरू दुईजना मानिसहरू, याकूब र याकूबका भाइ यूहन्‍नालाई देख्‍नुभयो । तिनीहरू जब्दिया नाम गरेका मानिसका छोराहरू थिए । तिनीहरू दुवैजना डुंगामा जालहरू मर्मत गर्दै थिए ।
\v 20 येशूले तिनीहरूलाई देख्‍ने बित्तिकै उहाँले तिनीहरूलाई आफुसँग आउनलाई बोलाउनुभयो । यसैले तिनीहरूले आफ्ना बुबालाई छोडे जो ज्‍यालाका सेवकहरूसँग डुंगामा नै रहे र तिनीहरू येशूसँग गए ।
\s5
\v 21 येशू र चेलाहरू नजीकैको नगर कपर्नहुममा जानुभयो । त्‍यसपछिको शबाथमा, उहाँ सभाघरमा जानुभयो र त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई सिकाउन सरु गर्नुभयो ।
\v 22 उहाँले सिकाउनुभएको तरीका देखेर तिनीहरू आश्‍चर्यचकित भए । आफूले जानेको कुरामा भरोसा गर्ने शिक्षकले झैं उहाँले सिकाउनुभयो । यहूदी व्यवस्था सिकाउनेहरूले झैं उहाँले सिकाउनुभएन, जसले अरू मानिसहरूले सिकाएका विभिन्‍न कुराहरू दोहर्‍याउँथे ।
\s5
\v 23 येशूले सिकाउनुभएको सभाघरमा, दुष्‍ट आत्माले अधीन गरेको एकजना मानिस थियो । दुष्‍ट आत्मा भएको मानिस कराउन सरु गर्‍यो,
\v 24 “ए ! नासरतका येशू ! हामी दुष्‍ट आत्माहरूको तपाईंसँग केही सरोकार छैन ! के तपाईं हामीलाई नाश गर्न आउनुभएको छ ? तपाईं को हुनुहुन्छ म चिन्दछु । तपाईं परमेश्‍वरबाट आउनुभएको पवित्र जन हुनुहुन्छ !”
\v 25 येशूले यसो भन्‍दै दुष्‍ट आत्मालाई हप्काउनुभयो, “चुप लाग र त्यसबाट बाहिर आइज !”
\v 26 दुष्‍ट आत्माले त्यस मानिसलाई लडाउने गरी हल्लायो । त्‍यो ठूलो स्‍वरले चिच्‍यायो, र तब त्‍यो मानिसबाट ऊ निस्क्‍यो र छोड्यो ।
\s5
\v 27 त्यहाँ भएका सबै मानिसहरू अचम्‍ममा परे । परिणामस्वरूप, तिनीहरूले यसो भन्‍दै आफ्‍नो माझमा छलफल गरे, “यो अचम्मलाग्दो छ ! यिनले नयाँ र अधिकारपूर्ण तरीकाले सिकाउने मात्र हैन, तर यिनले दुष्‍ट आत्माहरूलाई आज्ञा पनि दिन्‍छन् र तिनीहरूले उनको आज्ञा मान्छन् !”
\v 28 येशूले जे गर्नुभएको थियो त्‍यसका बारेमा मानिसहरूले चाँडै नै गालील जिल्‍लाको सम्पूर्ण इलाकामा भएका धेरै अरूहरूलाई भने ।
\s5
\v 29 उहाँहरूले सभाघर छोडेपछि, येशू, सिमोन र अन्‍द्रियास याकूब र यूहन्‍नाका साथमा सोझै सिमोन र अन्‍द्रियासको घरमा जानुभयो ।
\v 30 सिमोनको सासू ओछ्‍यानमा पल्टिरहेकी थिइन् किनभने तिनलाई उच्‍च ज्वरो थियो । तुरुन्‍तै कसैले तिनी बिरामी छन् भनी येशूलाई भने ।
\v 31 येशू तिनीकहाँ जानुभयो, तिनको हात समाउनुभयो, र तिनलाई उठ्‍न मद्दत गर्नुभयो । तिनले तुरुन्तै ज्वरोबाट छुटकारा पाइन् र उहाँहरूको सेवा गर्न सुरु गरिन् ।
\s5
\v 32 त्‍यो साँझमा, घाम अस्‍ताएपछि, केही मानिसहरूले धेरै अरू बिरामीहरू र दुष्‍ट आत्माहरूका अधीनमा भएकाहरूलाई येशूकहाँ ल्याए ।
\v 33 यो हेर्दा त्‍यो नगरमा बसोबास गर्ने हरेक व्‍यक्ति नै सिमोनको घरको ढोकामा जम्‍मा भएझैं लाग्‍थ्‍यो ।
\v 34 विभिन्‍न रोगहरूले बिरामी परेका मनिसहरूलाई येशूले निको पार्नुभयो । उहाँले धेरै दुष्‍ट आत्माहरूलाई मानिसहरूबाट बाहिर आउनलाई शक्ति लगाउनुभयो । उहाँले दुष्‍ट आत्माहरूलाई आफ्‍नो बारेमा मनिसहरूलाई भन्‍ने अनुमति दिनुभएन, किनभने उहाँ परमेश्‍वरबाट आउनुभएको पवित्र जन हुनुहुन्छ भनी तिनीहरू जान्दथे ।
\s5
\v 35 अर्को बिहान येशू सबेरै उज्‍यालो हुनुभन्‍दा अघि नै उठ्नुभयो । उहाँले घर छोड्‍नुभयो र नगरबाट टाढा जानुभयो जहाँ मनिसहरू थिएनन् । तब उहाँले प्रार्थना गर्नुभयो ।
\v 36 सिमोन र तिनका मित्रहरूले उहाँलाई खोजे ।
\v 37 जब तिनीहरूले उहाँलाई भेट्टाए, तिनीहरूले भने, “नगरमा भएका हरेकले तपाईंलाई खोज्दैछन् ।”
\s5
\v 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामीहरू छिमेकी नगरहरूमा जानु आवश्‍यक छ जसले गर्दा मैले त्यहाँ पनि प्रचार गर्न सक्‍छु । यसैकारणले म यहाँ आएँ ।”
\v 39 यसैले उहाँहरू गालीलभरि जानुभयो । उहाँहरू जाँदै गर्दा, येशूले सभाघरहरूमा सिकाउनुहुन्‍थ्‍यो र दुष्‍ट आात्माहरूलाई मानिसहरूबाट निस्कन शक्ति लगाउनुहुन्‍थ्‍यो ।
\s5
\v 40 एकदिन कुष्‍ठरोग भनिने छालाको खराब रोग लागेको मानिस येशूकहाँ आयो । उसले येशूको सामु घुँडा टेक्‍यो र उहाँसँग यसो भन्दै बिन्ती गर्‍यो, “कृपया मलाई निको पार्नुहोस्, किनभने तपाईंले इच्छा गर्नुहुन्‍छ भने तपाईंले मलाई निको पार्न सक्‍नुहुन्छ !”
\v 41 उसलाई देखेर येशूलाई दया लाग्‍यो । उहाँले आफ्‍नो हात बढाउनुभयो र त्यस मानिसलाई छुनुभयो । त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “म तिमीलाई निको पार्ने इच्‍छा गर्छु, निको होऊ !”
\v 42 तुरुन्तै त्यो मानिस निको भयो ! ऊ फेरि कुष्‍ठरोगी भएर रहेन ।
\s5
\v 43 यैशूले त्यस मानिसलाई पठाउनुहुँदा उहाँले त्यसलाई चेतावनी दिनुभयो ।
\v 44 उहाँले भन्‍नुभयो, “जे भएको छ त्‍यो कसैलाई नभन । बरु, पुजारीकहाँ जाऊ र तिनले तिम्रो जाँच गरून् भनी आफैँलाई तिनीकहाँ देखाऊ । त्यसपछि कुष्‍ठरोगबाट निको भएका मानिसहरूलाई मोशाले दिएको आज्ञाको बली चढाउ । यो समुदायलाई गवाही हुनेछ कि तिमी निको भएका छौ ।”
\s5
\v 45 त्यो मानिसले येशूको सुझाव मानेन । येशूले कसरी त्यसलाई निको पार्नुभएको भयो भनी त्‍यसले धेरै मानिसहरूलाई भन्‍न सुरु गर्‍यो । परिणामस्‍वरूप, येशू नगरहरूमा खुलमखुला जान सक्‍नुभएन किनभने मानिसहरूका भीडहरू उहाँको वरिपरि जम्‍मा भइहाल्‍थे । बरु, उहाँ नगरहरू बाहिर निर्जन ठाउँहरूमा रहनुभयो । तर मानिसहरू वरपरका सबै क्षेत्रबाट मानिसहरू उहाँकहाँ आइरहे ।
\s5
\c 2
\p
\v 1 केही दिन बितेर गएपछि, येशू कफर्नहुममा फर्कनुभयो । येशू फर्कनुभएको छ र घरमा हुनुहुन्छ भनेर मानिसहरूले चाँडै नै खबर फैलाए ।
\v 2 येशू बसोबास गर्दै गरेको ठाउँमा चाँडै नै ठूलो संख्यामा मानिसहरू जम्‍मा भए । यति धेरै संख्‍या थियो कि त्यो घर पुरै भरियो । त्यहाँ ढोका दैलो वरिपरि पिन खडा हुने ठाउँ थिएन । येशूले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गर्नुभयो ।
\s5
\v 3 केही मानिसहरूले पक्षघात भएको एकजना मानिसलाई लिएर येशूकहाँ त्यस घरमा आए । चारजना मानिसहरूले उसलाई ओछ्‍यानसहित बोकेर ल्‍याए ।
\v 4 त्‍यहाँ जम्‍मा भएका भीडका कारणले तिनीहरूले त्यस मानिसलाई येशूकहाँ ल्याउन सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चडे र येशूको ठिक माथिको छानामा एउटा ठूलो प्वाल बनाए । तिनीहरूले पक्षघात भएको मानिसलाई उसको ओछयानमा त्यो प्वालबाट तल येशूको अगडि झारे ।
\s5
\v 5 येशूले त्यो मानिसलाई निको पर्न सक्‍नुहुन्छ भनी त्‍यसलाई ल्‍याउने मानिसहरूले विश्‍वास गरेको कुरा उहाँले महसुस गर्नुभएपछि, उहाँले पक्षघात भएको मानिसलाई भन्‍नुभयो, “मेरो छोरो, मैले तिम्रा पापहरू क्षमा गरेको छु !”
\v 6 यहूदी व्‍यवस्‍था सिकाउने केही मानिसहरू त्यहाँ बस्‍दै थिए । तिनीहरूले मनमनै विचार गर्न सुरु गरे,
\v 7 “यो मानिसले आफैंलाई को हो भनी विचार गर्छ ? ऊ अहंकारी छ र त्‍यसो भनेर परमेश्‍वरको अपमान गर्छ ! रमेश्‍वरले मात्र पापहरू क्षमा गर्न सक्‍नुहुन्छ !”
\s5
\v 8 तिनीहरूले के विचार गर्दै थिए भनेर येशूले आफ्‍नो मनमा तुरुन्‍तै थाहा पउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यी कुराहरू किन विचार गर्दैछौ ?”
\v 9 मलाई के भन्‍न सजिलो हुन्छ, ‘मैले तिम्रा पापहरू क्षमा गरेको छु, वा ‘उठ ! आफ्नो ओछ्‍यान उठाऊ र हिंड ?
\s5
\v 10 म तिमीहरूलाई देखाउनेछु कि मानिसको पुत्रलाई पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ ।” त्यसपछि उहाँले पक्षघात भएको मानिसलाई भन्‍नुभयो,
\v 11 “उठ ! आफ्नो ओछ्‍यान उठाऊ ! घर जाऊ !”
\v 12 त्यो मानिस तुरुन्तै खडा भयो ! उसले ओछ्‍यान उठायो, र त्यसपछि त्‍यहाँ भएका सबै मानिसहरूले हेर्दाहेर्दै ऊ हिंडेर गयो । तिनीहरू सबै अचम्ममा परे, र तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र भने, “अहिले भर्खरै भएको घटना जस्‍तो त हामीहरूले यस अघि कहिल्यै देखेका छैनौं !”
\s5
\v 13 येशूले कर्फनहुम छोड्नुभयो र गालील समुद्रको किनारै किनार हिंड्नुभयो । एउटा ठुलो भीड उहाँकहाँ आयो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो ।
\v 14 उहाँ हिंड्दै गर्नुहुँदा, उहाँले लेवी नाम गरेका एकजना मानिसलाई देख्‍नुभयो, जसको बुबाको नाम अल्फयस थियो । तिनी आफ्नो कार्यालयमा बस्‍दै थिए, जहाँ तिनले करहरू उठाउँथे । येशूले तिनलाई भन्‍नुभयो, “मसँग आऊ ।” तिनी उठे र येशूसँग गए ।
\s5
\v 15 पछि, लेवीको घरमा येशूले भोजन खाँदै हुनुहुन्थ्‍यो । धेरै पापीहरू र करहरू मानिसहरूले पनि येशू र उहाँका चेलाहरूसँग खाँदै थिए ।
\v 16 यहूदी व्यवस्था सिकाउनेहरू र फरिसी समुदयका मानिसहरूले येशूलाई पापीहरू र कर उठाउने मानिसहरूसँग खाँदै गर्नुभएको देखे । तिनीहरूले येशूका चलाहरूलाई सोधे, “उहाँले किन पापीहरू र कर उठाउँने मानिसहरूसँग बसेर खाँनु र पिउँनुहुन्छ ?”
\s5
\v 17 तिनीहरूले सोधेका कुरा येशूले सुन्‍नुभएपछि, उहाँले यहूदी व्यवस्था सिकाउने मानिसलाई भन्‍नुभयो, “स्वस्थ मानिसहरूलाई डाकटरको आवश्यकता हुँदैन । त्यसको सट्टा, जो बिरामी छन् तिनीहरूलाई डाक्‍टरको आवश्यक हुन्छ । आफैंलाई धर्मी छौं भनी विचार गर्नेहरूलाई होइन, तर आफूले पाप गरेका छौं भनी जानेकाहरूलाई बोलाउन म आएको हुँ ।”
\s5
\v 18 यतिबेला यो समयमा, बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू र फरिसी समूहका केही मानिसहरूले तिनीहरूले सधैं गरेझैं उपवास बस्‍दै थिए । केही मानिसहरू येशूकहाँ आए र उहाँलाई सोधे, “यूहन्‍नाका चेलाहरू र फरिसीहरू प्रायः उपवास बस्छन् । तपाईंका चेलाहरू किन उपवास बस्‍दैनन् ?”
\v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब कुनै पुरुषले कुनै स्‍त्रीसँग विवाह गर्न लागेको हुन्छ, दुलाहा आफ्‍ना मित्रहरूका साथमा रहुन्‍जेलसम्‍म तिनीहरूले निश्‍चय नै उपवास बस्‍नेछैनन् । विवाहचाहिं दुलाहासँग भोज खाने र उत्सव मनाउने समय हो । विशेषगरी दुलाहा तिनीहरूका साथमा रहुन्‍जेलसम्‍म उपवासको समय होइन ।
\s5
\v 20 तर कुनैदिन दुलाहालाई तिनीहरूबाट लगिनेछ । त्यसपछि ती दिनहरूमा, तिनीहरूमा तिनीहरू उपवास बस्‍नेछन् ।”
\v 21 येशूले तिनीहरूलाई लगातार भन्‍नुभयो, “मानिसहरूले पुरानो कपडामा नयाँ टालोले टाल्‍दैनन् । तिमीहरूले त्यसो गरे भने, जब तिनीहरूले त्‍यो कपडा धुन्‍छन्, त्‍यो टालो खुम्‍चिन्‍छ र नयाँ कपडाको टालोले पुरानो कपडालाई झन् धेरै च्‍यातिदिन्‍छ । परिणामस्वरूप, त्यो प्‍वाल झन् ठूलो हुन्‍छ !”
\s5
\v 22 यसैगरी, मानिसहरूले नयाँ दाखमद्यलाई भण्‍डारण गर्न त्‍यसलाई पुरानो छालाको मशकहरूमा राख्दैनन् । तिनीहरूले त्‍यसो गरे भने, नयाँ दाखमद्यले छालाका मसकहरूलाई फटाईदिन्‍छ, किनभने दाखमद्य फुलेर आउँदा र धेरै हुँदा ती तन्किंदैनन् । परिणामस्वरूप, दाखमद्य र छालाको मशकहरू दुवै नष्‍ट हुन्छन् । त्यसको साटोमा, मानिसहरूले नयाँ दाखमद्यलाई नयाँ छालाको मशकहरूमा नै राख्‍नुपर्छ !”
\s5
\v 23 एक विश्राम-दिनमा, येशू आफ्ना चेलासँग अन्‍नको खेतबारीबाट हिंड्‍दै हुनुहुन्‍थ्‍यो । उहाँहरू अन्‍नको खेतबारीबाट हिंड्दै गर्नुहुँदा, चेलाहरूले अन्‍नका केही बालाहरू टिप्‍दै थिए ।
\v 24 तिनीहरूले त्‍यसो गर्दै गरेको कोही फरिसीहरूले देखे र येशूलाई भने, “हेर्नुहोस् ! तिनीहरूले विश्राम-दिनको सम्बन्धमा भएको यहूदी व्यवस्थाको उलंघन गर्दैछन् । तिनीहरूले किन त्‍यसो गर्दैछन् ?”
\s5
\v 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद राजा र तिनको साथमा भएका मानिसहरूले, तिनीहरू भकाएको बेलामा के गरे भन्‍ने बारेमा लेखिएको धर्मशास्‍त्र तिमीहरूले पढेका छैनौ ?
\v 26 अबियाथार प्रधान पुजारी भएको समयमा, दाऊद परमेश्‍वरको घरमा प्रवेश गरे र केही रोटी मागे । प्रधान पुजारीले उनलाई परमप्रभुको अघि चढाइएको केही रोटी दिए । हाम्रो व्यवस्थाअनुसार, पुजारीहरूले मात्र त्यो रोटी खान हुन्‍थ्‍यो ! तर दाऊदले त्यसबाट केही खाए । त्यसपछि तिनले केही रोटी आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”
\s5
\v 27 येशूले तिनीहरूलाई अझै भन्‍नुभयो, “मानिसहरूको आवश्यकता पूरा गर्नलाई विश्राम-दिनको व्‍यवस्‍था गरियो । विश्राम-दिनको आवश्‍यकताहरू पूरा गर्नलाई मानिसहरूको सृष्‍टि गरिएको होइन !”
\v 28 यसैले स्पष्‍ट भन्‍नुपर्दा, मानिसको पुत्रचाहिं, विश्राम-दिनको पनि प्रभु हो !”
\s5
\c 3
\p
\v 1 अर्को विश्राम-दिनमा येशू फेरि एउटा सभाघरमा जानुभयो । त्यहाँ एकजना मानिस थिए जसको हात सुकेको थियो ।
\v 2 कतै येशूले विश्राम-दिनमा त्यस मानिसलाई निको पार्नुहुन्छ कि भनी हेर्नलाई फरिसी सम्प्रदायका केही मानिसहरूले उहाँलाई ध्यानपूर्वक आँखा लागाउँदै थिए । तिनीहरूले उहाँलाई केही गलत काम गरेको दोष लगाउने उपाय खोज्‍दै थिए ।
\s5
\v 3 येशूले त्यस हात सुकेको मानिसलाई भन्‍नुभयो, “यहाँ हरेकको सामु खडा हौ !” यसैले त्यो मानिस खडा भयो ।
\v 4 तब येशूले मानिसहरूलाई भन्‍नुभयो, “परमेश्‍वरले मोशालाई दिनुभएका व्यवस्थाले मानिसहरूलाई विश्राम-दिनमा असल वा खराब के गर्ने अनुमति दिन्छ ? विश्राम-दिनमा एकजना व्‍यक्तिको जीवन बचाउनलाई व्यवस्थाले हामीलाई अनुमति दिन्छ वा एकजना व्‍यक्तिको मद्दत गर्न इन्कार गर्न र त्‍यसलाई मर्न दिन हामीलाई अनुमति दिन्छ ?” तर तिनीहरूले जवाफ दिएनन् ।
\s5
\v 5 उहाँले तिनीहरूलाई क्रोधित भएर हेर्नुभयो । तिनीहरू कठोर भएकोमा र त्यस मानिसलाई मद्दत गर्न इच्‍छा नगरेकोमा उहाँ निराश हुनुभयो । यसैले उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात तन्काऊ !” जब त्यस मानिसले आफ्नो सुकेको हात तन्कायो, त्यो फेरि निको भयो ।
\v 6 तब फरिसीहरूले सभाघर छाडे । गालील जिल्लामा शासन गर्ने हेरोद एन्तिपासका समर्थक यहूदीहरूलाई तिनीहरूले तुरुन्तै भेटे । येशूलाई कसरी मार्ने भनी तिनीहरूले एकसाथ बसेर योजना बनाए ।
\s5
\v 7 येशू र उहाँका चेलाहरू त्‍यो सहर छोड्नुभयो र गालील समुद्रको किनार हुँदै अघि बड्‍नुभयो । मानिसको एउटा ठूलो भीिड उहाँको पछि लाग्‍यो । उहाँलाई पछि लागेका मानिसहरू गालील र यहूदियाबाट,
\v 8 यरूशलेमबाट, यहूदिया जिल्लाको नगरहरूबाट, इदुमिआ जिल्लाबाट, यर्दन नदीको पुर्वपट्टिका क्षेत्रबाट, र टायर तथा सिदोन सहरहरूका क्षेत्रबाट आएका थिए । उहाँले गर्दै रहनुभएका कामहरूका बारेमा सुनेका हुनाले नै तिनीहरू सबै उहाँकहाँ आए ।
\s5
\v 9 उहाँले धेरै मानिसहरूलाई निको पार्नुभएको कारणले, विभिन्‍न किसिमका बिरामी भएका अरू धेरै मानिसहरू उहाँलाई छुनको लागि ठेल्‍दै अघि बढे ।
\v 10 तिनीहरूले उहाँलाई छोए मात्र भने पनि त्‍यसले तिनीहरूलाई निको पार्नेछ भन्‍ने विश्‍वास तिनीहरूमा भयो । उहाँलाई छुन भीड अघि बढ्दा तिनीहरूले उहाँलाई नथिचोस् भन्‍ने हेतुले उहाँको लागि चेलाहरूले एउटा सानो डुंगा तयार गर्नुपर्छ भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।
\s5
\v 11 दुष्‍ट आत्माहरूले येशूलाई देखेपछि, तिनीहरूले अधीन गरिराखेका मानिसहरूलाई तिनीहरूले उहाँको अघि घोप्‍टो पर्ने र यसो भन्‍ने बनाउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
\v 12 तर येशूले उहाँ आफू को हुनुहुन्छ भनी कसैलाई नभन्‍न दुष्‍ट आत्माहरूलाई कडा आज्ञा दिनुभयो ।
\s5
\v 13 येशू पहाडमा माथि जानुभयो । उहाँ जानुहुँदा, उहाँसँगै लाने इच्‍छा गर्नुभएकाहरूलाई उहाँले बोलाउनुभयो र तिनीहरू उहाँसँगै गए ।
\v 14 उहाँले बाह्रजना मनिसहरूलाई आफूसँग रहनलाई र तिनीहरूलाई उहाँको प्रचार गर्न पठाउनलाई नियुक्त गर्नुभयो । उहाँले तिनीहरूलाई प्रेरितहरू भन्‍नुभयो ।
\v 15 तिनीहरूले दुष्‍ट आत्माहरू मानिसहरूबाट जबरजस्‍त बाहिर निकाल्न सकून् भन्‍ने हेतुले उहाँले तिनीहरूलाई शक्ति पनि दिनुभयो ।
\v 16 उहाँले नियुक्त गर्नुभएका बाह्रजना मानिसहरू यिनै हुन्: सिमोन (येशूले तिनलाई नयाँ नाम पत्रुस दिनुभयो) ।
\s5
\v 17 र पत्रुससँगै जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍नालाई पनि येशूले नियुक्त गर्नुभयो, तिनीहरूमा भएको आगोजस्तै जोशको कारणले उहाँले तिनीहरू दुवैलाई नयाँ नाम, ‘गर्जनका छोराहरू’ भनेर बोलाउनुभयो;
\v 18 र अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा र अल्फयासका छोरा याकूबलाई उहाँले नियुक्त गर्नुभयो; र थेदियस, सिमोन कनानी,
\v 19 र यहूदा इस्करियोत (जसले पछि उहाँलाई धोखा दियो) लाई उहाँले नियुक्त गर्नुभयो ।
\s5
\v 20 येशू र उहाँका चेलाहरू एउटा घरमा जानुभयो । उहाँ बस्‍दै गर्नुभएको ठाउँमा फेरि एउटा भीड जम्मा भयो । उहाँको उहाँको वरिपरी धेरै मानिसको भिड भयो । उहाँ र उहाँका चेलाहरूले खाने समय पनि पाएनन् ।
\v 21 जब उहाँका आफन्तहरूले यो कुरा सुने, आफूसँगै घरमा ल्‍याउनलाई तिनीहरू उहाँलाई लिन लिन गए, किनभने केही मानिसहरूले उहाँको मन खराब बिग्रिएको छ भन्दै थिए ।
\v 22 यहूदी व्यवस्था सिकाउने केही मानिसहरू यरूशलेमबाट आए । येशूले दुष्‍ट आत्माहरूलाई जबरजस्‍तसँग बाहिर निकाल्दै हुनुहुन्थ्यो भनी तिनीहरूले सुने । यसैले तिनीहरूले मानिसहरूलाई भन्‍दै थिए, “दुष्‍ट आत्माहरू शासक बालजिबुलले येशूलाई नियन्‍त्रमा गर्छ । उसैले नै येशूलाई मानिसहरूबाट दुष्‍ट आत्माहरूलाई बाहिर निकाल्ने शक्ति दिन्‍छ !”
\s5
\v 23 यसैले येशूले ती मानिसहरूलाई आफुकहाँ बोलाउनुभयो । येशूले तिनीहरूसित दृष्‍टान्‍तहरूमा बोल्‍नुभयो र भन्‍नुभयो, “कसरी शैतानले शैतान निकाल्छ ?
\v 24 यदि एउटै देशका मानिसहरू एक आपसमा लडाईं गर्छन् भने, तिनीहरूको देशको एकता अन्‍त्‍य हुनेछ ।
\v 25 र एउटै घरमा बस्‍ने मानिसहरू एक आपसमा लडाईं गर्छन् भने, तिनीहरू निश्‍चय पनि एक परिवार रहने छैनन् ।
\s5
\v 26 त्यसैगरी, शैतान र त्यसका दुष्‍ट आत्माहरू एक आपसमा लडाईं गरे भने, बलियो हुनको सट्टामा, ऊ कमजोर हुन्छ ।
\v 27 कसैले पनि शक्तिशाली मानिसको घरमा गएर उसलाई नबाँधिकन उसका धन-सम्पत्ति लान सक्दैन । त्यपछि मात्र त्यो मानिसको घरमा भएका चीजबीजहरू उसले चोर्न सक्‍नेछ ।”
\s5
\v 28 येशूले यसो पनि भन्‍नुभयो, “यो कुरा ध्यानपूर्वक सुन ! मानिसहरूले विभिन्‍न किसिमले पाप गर्न सक्‍छन् र तिनिहरूले परमेश्‍वरको बारेमा दुष्‍ट कुरा बोल्न सक्छन् । परमेश्‍वरले तिनीहरूलाई अझै पनि क्षमा दिनु सक्‍नुहुन्छ,
\v 29 तर, कसैले पवित्र आत्माको विरूद्धमा दुष्‍ट शब्‍दहरू बोल्‍छ भने, परमेश्‍वरले तिनीहरूलाई कदापि क्षमा दिनुहुनेछैन । त्यो व्‍यक्ति अनन्तसम्म पापको दोषी हुनेछ ।”
\v 30 तिनीहरूले यसो भन्‍दै गरेका कारणले येशूले तिनीहरूलाई यो कुरा भन्‍नुभयो, “त्‍यसलाई दुष्‍ट आत्माले अधीन गरेको छ !”
\s5
\v 31 येशूको आत्मा र भाइहरू आइपुगे । तिनीहरू बाहिर खडा भएकै बेलामा, उहाँलाई बाहिर बोलाउन तिनीहरूले कसैलाई भित्र पठाए ।
\v 32 येशूको वरिपरि एउटा भिड बस्‍दै थियो । तिनीहरूमध्‍ये एकजनाले उहाँलाई भन्यो, “तपाईंका आमा र भाइहरू बाहिर छन् । तिनीहरूले तपाईंलाई भेट्न चाहान्छन् ।”
\s5
\v 33 येशूले तिनीहरूलाई सोध्‍नुभयो, “मेरो आमा को हो ? मेरा भाइहरू को हुन् ?”
\v 34 उहाँसँगै वरिपरि बस्‍नेहरूलाई हेर्नुभएपछि र उहाँले भन्‍नुभयो, “यता हेर ! तिमीहरू मेरा आमा र भाइहरू हौ ।”
\v 35 परमेश्‍वरको इच्‍छा पूरा गर्नेहरू नै मेरो भाइ, मेरो बहिनी वा मेरो आमा हुन् !”
\s5
\c 4
\p
\v 1 अर्को समयमा येशूले गालील समुद्र किनारतिर मानिसहरूलाई सिकाउन सुरु गर्नुभयो । उहाँले शिक्षा दिंदै गर्नुहुँदा, उहाँको वरिपरी धेरै ठूलो भिड जम्मा भयो । उहाँ एउटा डुंगामा चड्नुभयो र पानीमा धकेल्नुभयो । त्यसपछि उहाँ डुंगामा बस्‍नुभयो जसले गर्दा उहाँले भिडसँग राम्ररी बोल्न सक्‍नुहुन्थ्यो । त्यसै समयमा, भिड चाहिं किनारमा पनिको नजीक थियो ।
\v 2 त्यपछि उहाँले तिनीहरूलाई धेरै दृष्‍टान्‍तहरू सिकाउनुभयो । उहाँले तिनीहरूलाई सिकाउँदै गर्नुहुँदा, उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो:
\s5
\v 3 “यो कुरा सुनः एकजना मानिस आफ्‍नो खेतमा केही बीउ छर्नलाई गयो ।
\v 4 उसले बीउहरू माटोमा छर्दैगर्दा, केही बीउ बाटोमा झरे । तब केही चराहरू आए र ती बीउलाई खाइदिए ।
\v 5 अरू बीउ त्‍यस्‍तो जमीनमा झरे जहाँ चट्टानमाथि धेरै माटो थिएन । चाँडै नै बीउ उम्रे किनभने सूर्यले ओसिलो माटोलाई तुरून्‍तै न्यानो परिदियो जहाँ त्यति गहिरो थिएन ।
\s5
\v 6 तर भर्खरै उम्रेका विरुवामाथि टन्टलापुर घाम परेपछि, ती ओइलाए । त्यसपछि ती सुके किनकि तिनीहरूका जरा गहिरोमा थिएन ।
\v 7 उसले छर्दैगर्दा, अरू बीउ काँडेझाङ्को जरा भएको जमीनमा ाझरे । बीउ बढे तर काँडेझार पनि बढे र असल बिरूवाहरूलाई छोपिदिए । यसैले बिरूवाहरूले फल उब्‍जाएनन् ।
\s5
\v 8 तर उसले छर्दैगर्दा, अरू बीउ असल माटोमा पर्‍यो । परिणामस्वरूप, ती उम्रिए, ती राम्रोसँग बढे र त्यसपछि तिनीहरूले प्रशस्त अन्‍न उब्‍जाए । केही विरुवाहरूले त्यो मानिसले रोपेको बीउभन्दा तीस गुणा बढी उब्‍जाए । केहीले साठी गुणा बढी उब्‍जाए । केहीले सय गुणा बढी उब्‍जाए ।”
\v 9 तब येशूले भन्‍नुभयो, “तिमीहरूले यो कुरा बुझ्‍न चाहन्छौ भने, मैले भर्खरै भनेको कुरालाई तिमीहरूले होशियारपूर्वक विचार गर्नुपर्छ ।”
\s5
\v 10 पछि, जब बाह्र चेलाहरू र अरू नजिकका अनुयायीहरू मात्र उहाँसँग हुँदा, तिनीहरूले उहाँलाई दृष्‍टान्तहरूको बारेमा सोधे ।
\v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरले आफैंलाई कसरी राजाको रूपमा प्रकट गर्नुहुन्छ भन्‍ने बारेको सन्देश म तिमीहरूका निम्‍ति व्याख्या गर्नेछु, तर अरूहरूको निम्ति म दृष्‍टान्तबाट बोल्नेछु ।
\v 12 म जे गर्दैछु त्‍यो तिनीहरूले देख्‍दा, तिनीहरूले सिक्‍नेछैनन् । म जे भन्‍दैछु त्‍यो तिनीहरूले सुन्‍दा, तिनीहरूले बुझ्‍नेछैनन् । तिनीहरूले सिकेका र बुझेका भए, तिनीहरूले पाप गरेका थिए भनेर पश्‍चाताप गर्ने थिए र पाप गर्न छोड्‍ने निर्णय गर्ने थिए र परमेश्‍वरले तिनीहरूलाई क्षमा दिनु हुनेथियो ।”
\s5
\v 13 उहाँले तिनीहरूलाई यो पनि भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्‍दैनौ ? त्यसो भए मैले तिमीहरूलाई अरू कुरा दृष्‍टान्तहरूमा सिकाउँदा तिमीहरूले कसरी बुझ्‍नेछौ ?
\v 14 मैले तिमीहरूलाई भनेको दृष्‍टान्तमा, बीउ छर्ने मानिसले परमेश्‍वरको सन्देश अरूहरूलाई सिकाउने व्‍यक्तिको प्रतिनिधित्व गर्छ ।
\v 15 केही मानिसहरू बाटो जस्तै हुन्‍छन् जहाँ केही बीउ परे् । जब तिनीहरूले परमेश्‍वरको वचन सुन्दछन्, शैतान तुरुन्‍तै आउँछ र तिनीहरूले जे सुनेका छन् त्‍यो तिनीहरूलाई बिर्सने बनाउँछ ।
\s5
\v 16 केही मानिसहरू त्‍यस्‍तो जमीन जस्‍तै हुन्छन् जहाँ चट्टानमाथि धेरै गहिरो माटो हुँदैन । जब तिनीहरूले परमेश्‍वरको वचन सुन्छन्, तिनीहरूले तुरुन्तै त्‍यो आनन्दसाथ ग्रहण गर्छन् ।
\v 17 तर, शन्‍देस गहिरोमा नबढेको कारणले तिनीहरू छोटो समयको लागि मात्र त्‍यसमा विश्‍वास गर्छन् । तिनीहरू गहिरो जराहरू नभएका विरुवाहरूो जस्तै हुन्‍छन् । तिनीहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरेको कारणले जब अरूहरूले तिनीहरूलाई नराम्रो व्यवहार गर्दछन् अथवा तिनीहरूलाई दुःख दिन्‍छन्, तब दुःख भोग्‍दै गरेका मानिसहरूले चाँडै नै परमेश्‍वरको शन्‍देसमा विश्‍वास गर्न छोड्छन् ।
\s5
\v 18 कोही मानिसहरू काँडेझार भएको जमीन जस्ता हुन्छन् । ती मानिसहरूले परमेश्‍वरको वचन सुन्‍छन्,
\v 19 तर तिनीहरू धनी हुने इच्‍छा गर्छन् र तिनीहरूले अरू धेरै कुराहरू प्राप्‍त गर्ने इच्‍छा गर्छन् । यसैले तिनीहरू आफूसित भएका कुराको मात्र चिन्ता गर्छन् र तिनीहरूले परमेश्‍वरको शन्‍देसलाई बिर्सिदिन्‍छन् र तिनीहरूले जे कुराहरू गरून् भनी परमेश्‍वरको इच्छा हुन्छ त्‍यो तिनीहरू गर्दैनन् ।
\v 20 तर कोही मानिसहरू असल माटोजस्तो हुन्छन् । तिनीहरूले परमेश्‍वरको शन्‍देस सुन्छन् र तिनीहरूले त्यो ग्रहण गर्छन् र तिनीहरूले त्यो विश्‍वास गर्छन्, र तिनीहरूले जे कुराहरू गरून् भनी परमेश्‍वरको इच्छा हुन्छ त्‍यो तिनीहरू गर्छन् । तिनीहरू तीस, साठी वा सय गुणा बढी फल उब्‍जाउने असल विरुवाहरू जस्तै हुन्‍छन् ।”
\s5
\v 21 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुूभयो, “मानिसहरूले निश्‍चय पनि दियो बाल्‍ने र त्यसपछि त्यसलाई केही कुराले छोपेर त्‍यसको ज्‍योतिलाई ढाक्‍ने उदेश्‍य राखेर त्‍यो घरभित्र ल्‍याएका हुँदैनन् । त्यसको साटोमा, तिनीहरूले त्यसलाई समदानमा राख्छन् जसले गर्दा त्‍यो ज्योति चम्कनेछ ।
\v 22 त्‍यसरी नै, लुकाइएका कुराहरू - एकदिन हरेकले ती थाहा पाउनेछ, र गुप्‍तमा भएका कुराहरू - एकदिन हरेकले ती पूरा उज्‍यालोमा देख्‍नेछ ।
\v 23 तिमीहरूले यो कुरा बुझ्‍ने इच्‍छा गर्छौ भने, तिमीहरूले भर्खैर सुनेका कुरालाई ध्यानपूर्वक विचार गर्नुपर्छ ।”
\s5
\v 24 “मैले तिमीहरूलाई जे भनेको तिमीहरू सुन्‍छौ त्‍यसलाई ध्यानपूर्वक विचार गर । किनभने तिमीहरूले जुन नापको भाँडो प्रयोग गर्छौ, तिमीहरूलाई त्‍यही नापले दिइनेछ ।
\v 25 “किनभने कसैसँग अलिकति सुझबुझ छ भने, उसले झन् धेरै पाउनेछ । तर कसैसँग सुझबुझ भन्‍ने कुरा छैन भने, जति थोरै उसित भए पनि, त्‍योसमेत उसले गुमाउनेछ ।”
\s5
\v 26 येशूले यो पनि भन्‍नुभयो, “जब परमेश्‍वरले आफैंलाई राजाको रूपमा प्रकट गर्न सुरु गर्नुहुन्‍छ, यो एकजना मानिस जस्‍तो हो जसले जमीनमा बीउ छरेको छ ।”
\v 27 त्यसपछि त्यो बीउको चिन्ता नगरी ऊ हरेक राती सुत्थ्यो र हरेक दिन उठ्‍थ्‍यो । त्यो समयमा बीउ यसरी उम्‍र्यो र बढ्यो जसलाई उसले बुझ्‍न सकेन ।
\v 28 जमीनले आफैं फसल उब्‍जनी दियो । सुरुमा डाँठहरू देखापरे । त्यसपछि बालाहरू देखापरे । त्यसपछि बालाहरूभित्र पोटिला दानाहरू देखापरे ।
\v 29 अन्‍न पाक्‍ने बित्तिकै उसले त्‍यसको जम्‍मा गर्नलाई मानिसहरू पठायो किनभने त्यो अन्‍न जम्‍मा गर्ने समय थियो ।”
\s5
\v 30 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “जब परमेश्‍वरले आफैंलाई राजाको रूपमा प्रकट गर्न सुरु गर्नुहुन्‍छ, यो के जस्‍तो हो ? त्‍यसको वर्णन गर्न म कुन दृष्‍टान्त प्रयोग गरौ ?”
\v 31 यो रायोको बीउजस्तै हो । जब हामी रायोको बीउ छर्छौं, तब के हुन्‍छ तिमीहरूलाई थाहा छ । बीउमध्‍ये रायोको बीउ सबभन्दा सानो हुन्‍छ, तापनि तिनीहरू ठूला बोटहरू हुन्छन् ।
\v 32 तिनीहरूलाई छरेपछि, तिनीहरू बढ्छन् र तरकारी बारीका अन्‍य विरुवाहरूभन्दा ठूला हुन्छन् । तिनीहरूमा ठूला हाँगाहरू पलाउँछन् जसले गर्दा तिनीहरूका छहारीमा चराहरूले गुँडहरू बनाउन सक्छन् ।”
\s5
\v 33 येशूले मानिसहरूलाई परमेश्‍वरको वचन सिकाउनुहुँदा, उहाँले धेरैवटा दृष्‍टान्‍तहरूको प्रयोग गर्नुभयो । तिनीहरूले केही दृष्‍टान्तहरू बुझे भने, उहाँले तिनीहरूलाई अझै धेरै भन्‍दै जानुहुन्‍थ्‍यो ।
\v 34 उहाँले तिनीहरूसँग बोल्नुहुँदा, उहाँले सधैं दृष्‍टान्तहरूको प्रयोग गर्नुभयो । तर उहाँका आफ्ना चेलाहरूलाई भने, उहाँ तिनीहरूसँग छुट्टै हुनुहुँदा उहाँले सबै दृष्‍टान्तहरू बुझ्‍नलाई व्‍याख्‍या गर्नुभयो ।
\s5
\v 35 त्यहीो दिनमा, जब घाम अस्ताउँदै थियो, येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “हामीहरू समुद्र तरेर तालको अर्कोपट्टी किनारमा जऔं ।”
\v 36 येशू पहिले नै डुंगामा हुनुहुन्थ्यो, यसैले तिनीहरूले मानिसहरूका भीडलाई छोडे र समुद्री यात्रा गरे । अरू मानिसहरू पनि उहाँहरूसँगै आफ्‍ना डुंगाहरूमा गए ।
\v 37 तज हावाहुरी चल्यो र छालहरू डुंगाभित्र आउन थाले ! चाँडै नै डुंगा पानीले भरिनै लाग्यो ।
\s5
\v 38 येशू डुंगाको पछाडीपट्टि हुनुहुन्थ्यो । सिरानीमा आफ्‍नो टाउको राखेर उहाँ सुत्दै हुनुहुन्‍थ्‍यो । यसैले तिनीहरूले उहाँलाई उठाए र उहाँलाई भने, “गुरुज्‍यू ! हामी मर्न लागेकोमा के तपाईंलाई कुनै चिन्ता छैन ?”
\v 39 यसैले येशू उठ्नुभयो र हावाहुरीलाई हप्काउनु भयो र उहाँले समुद्रलाई भन्‍नुभयो, “चुप लाग ! शान्‍त हो !” हावाहुरी चल्न छोड्यो र त्यसपछि समुद्र पूरै शान्त भयो ।
\s5
\v 40 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराउँछौ ? तिमीहरूसँग अझै पनि विश्‍वास छैन ?”
\v 41 तिनीहरू भयभीत थिए । तिनीहरूले एक अर्कामा भने, “उहाँ को हुनुहुन्‍छ ? हावाहुरी र छालहरूले पनि उहाँकाो आज्ञा मान्छन् !”
\s5
\c 5
\p
\v 1 येशू र उहाँका चेलाहरू गालील समुद्रको अर्कोपट्टि पुग्‍नुभयो । उहाँहरू उत्रनुभएको ठाउँ नजीकै गेरासेनस भनिने मानिसहरू बस्थे ।
\v 2 जब येशूले डुंगाबाट बाहिर निस्‍कनुभयो, एकजना मानिस समाधिस्‍थलको चिहानबाट निस्‍केर आयो । त्यो मानिसलाई दुष्‍ट आत्माहरूले अधीनमा गरे ।
\s5
\v 3 त्‍यो मानिस समाधिस्‍थलबाट निस्‍केर आयो किनभने ऊ चिहानमा बस्‍थ्‍यो । मानिसहरूले उसलाई चिन्थे र कुनै समयमा तिनीहरूले उसलाई समात्‍ने कोसिस गरे । तिनीहरूले उसलाई साङ्ालाले बाँधेर पनि नियन्त्र गर्न सकेनन् ।
\v 4 जब तिनीहरूले साङ्ला र हतकडी प्रयोग गरे, त्यो मानिसले ती छिनाइदिन्‍थ्‍यो । ऊ यति बलियो थियो कि उसलाई कसैले पनि अधीन गर्न सकेको थिएन ।
\s5
\v 5 त्यो मानिसले दिन र रात आफ्‍नो समय समाधिस्‍थलमा बसेर बिताउँथ्‍यो । ऊ ठूलो स्वरले चिच्‍याउँथ्‍यो र तिखा ढुंगाहरूले आफैंलाई काट्थ्‍यो ।
\v 6 जब उसले येशूलाई टाढामा डुंगाबाट बाहिर आउँदै गर्नुभएको देख्‍यो, उहाँ हुनुभएको ठाउँतिर ऊ दौडियो र उहाँको अघि घुँडा टेक्यो ।
\s5
\v 7 येशूले त्‍यो दुष्‍ट आत्मालाई भनिरहनुभएको थियो, “तँ दुष्‍ट आत्मा, यो मानिसबाट बाहिर आइज !” तर दुष्‍टले तुरुन्तै छोडेर गएन ।
\v 8 त्‍यो धेरै ठूलो स्‍वरले करायो, “येशू, तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी म चिन्‍छु, यसैले हाम्रो केही कुरामा पनि सहभागिता छैन । मलाई हस्‍तक्षेप नगर्नुहोस् ! परमेश्‍वरको नाममा, म तपाईंसँग निवेदन गर्छु । मलाई नसताउनुहोस् !”
\s5
\v 9 येशूले उसलाई सोध्‍नुभयो, “तेरो नाम के हो ?” उसले जवाफ दियो, “मेरो नाम फौज हो किनभने यो मानिसमा हामी धेरैवटा दुष्‍ट आत्माहरू छौं ।”
\v 10 दुष्‍ट आत्माहरूले तिनीहरूलाई त्यो क्षेत्रबाट बाहिर नपठाउँनलाई लगातर येशूसँग बिन्ती गरिरह्‍यो ।
\s5
\v 11 त्यसै समयमा, नजिकै पहाडतर्फ सुंगुरको एउटा ठूलो बथान चरिरहेका थिए ।
\v 12 यसैले दुष्‍ट आत्माहरूले येशूसँग बिन्‍ती गरे, “हामीहरू सुंगुरहरूभित्र पस्‍न सकौं भनी हामीहरूलाई तिनीहरूकहाँ जान दिनुहोस् !”
\v 13 येशूले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो । त्यसरी दुष्‍ट आत्माहरूले त्यो मानिसलाई छाोडे र सुंगुरहरूभित्र पसे । करिब दुई हजारको संख्यामा रहेको बथान, भिरालो पहाडबाट तल ताल भएकोतिर दौडिए, जहाँ तिनीहरू डुबेर मरे ।
\s5
\v 14 सुँगुर चराउँदै गरेका मानिसहरू दौडे र त्‍यहाँ जे भएको थियो त्‍यो खबर नगर र गाउँमा दिए । जे भएको थियो त्‍यो हेर्नलाई धेरै मानिसहरू आफैं गए ।
\v 15 तिनीहरू येशू हुनुभएको ठाउँमा आए । तब तिनीहरूले त्‍यो मानिसलाई देखे जसलाई पहिले दुष्‍ट आत्माहरूले अधीन गरेको थियो । ऊ त्‍यहाँ कपडा लगाएर र मानसिक रूपमा स्‍वस्‍थ भएर बसिरहेको थियो । तब तिनीहरूले यो सबै देखे, तब तिनीहरू डराए ।
\s5
\v 16 दुष्‍ट आत्माहरूले पहिले अधीन गरेको मानिसलाई जे भएको थियो त्‍यो घटनाहरू घटेको देख्‍ने मानिसहरूले नगरबाट र गाउँबाट आएका मानिसहरूलाई भने । सुँगुरहरूलाई जे भएको थियो त्‍यो कुराको वर्णन पनि तिनीहरूले गरिदिए ।
\v 17 त्यसपछि मानिसहरूले येशूलाई तिनीहरूको क्षेत्र छोडेर जानुहोस् भनी बिन्‍ति गरे ।
\s5
\v 18 जसै येशू जानलाई डुंगामा लाग्‍नुभयो, पहिले दुष्‍ट आत्माहरूको अधीनमा परेको मानिसले येशूसँग बिन्‍ति गर्‍यो, “मलाई पनि तपाईंसँगै जाने अनुमति दिनुहोस् !”
\v 19 तर येशूले उसलाई आफूसँग जाने अनुमति दिनुभएन । त्‍यसको साटो, उहाँले उसलाई भन्‍नुभयो, “तिम्रो परिवारमा घरमा जाऊ र पमेश्‍वरले तिमीलाई कति महान काम गर्नुभएको छ त्‍यो तिनीहरूलाई भन र उहाँ कसरी तिमीप्रति यति धेरै दयालु हुनुभएको छ त्‍यो तिनीहरूलाई भन ।”
\v 20 यसैले त्यो मानिस गयो र त्यो जिल्लामा भएकाो दशवटा नगरहरूको यात्रा गर्‍यो । येशूले उसको निम्ति कति धेरै महान काम गर्नुभएको थियो त्‍यो उसले मानिसहरूलाई भन्‍यो । त्‍यो मानिसले भनेको सुन्‍ने सबै मानिसहरू छक्‍क परे ।
\s5
\v 21 येशू फेरि पनि डुंगामा बसेर गालील समुन्द्र तरेर अर्को किनारमा जानुभयो । उहाँ त्‍यहाँ पुग्‍नुहुँदा, येशू किनारमा खडा हुनुभएको बेलामा नै, उहाँको वरिपरि एउटा ठूलो भीड जम्मा भयो ।
\v 22 सभाघरको संचालन गर्ने मानिसहरूमध्ये एकजना याइरस नाम भएका व्‍यक्ति त्यहाँ आए । जब तिनले येशूलाई देखे, तिनले उहाँको पाउमा घुँडा टेके ।
\v 23 तब तिनले विनम्र भएर येशूलाई बिन्‍ति गरे, “मेरी छोरी बिरामी छिन् र मर्नै लागेकी छिन् ! कृपा गरेर मेरो घरमा आउनुहोस् र आफ्‍ना हातहरू तिनमाथि राख्‍नुहोस् । तिनलाई निको पार्नुहोस् र जीवित राख्‍नुहोस् !”
\v 24 यसैले येशू र उहाँका चेलाहरू तिनीसँग गए । एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो र धेरैजना भीडलाई घचेट्दै येशूको नजीक आउन खोज्‍थे ।
\s5
\v 25 भीिडमा एकजना स्‍त्री थिइन् जसको रगत बग्‍ने बिरामी थियो । विगत बाह्र वर्षदेखि हरेक दिन रगत बगेर तिनी बिरामी परेकी थिइन् ।
\v 26 डाक्टरहरूले तिनको उपचार गरिरहँदा पनि वर्षौंसम्‍म तिनले ठूलो कष्‍ट भोगेकी थिइन् । डाक्टरहरूलाई तिरेर तिनले आफ्‍नो सबै पैसा सकेकी थिइन् र उनीहरूले सकेजति सबै गरेर पनि, तिनी निको हुनुको सटोमा झन् खराब अस्‍वस्‍थमा पगिन् ।
\v 27 येशूले मानिसहरूलाई निको पार्नुभयो भनी जब तिनले सुनिन्, तब येशू हुनुभएको ठाउँमा तिनी आइन् र येशूको नजीक भएको भिडलाई ठेल्‍दै घुसिन् ।
\s5
\v 28 तिनले विचार गर्दै थिइन्, “मैले उहाँलाई छोएँ भने वा उहाँको कपडालाई छोएँ भने, त्‍यसले मलाई निको पार्नेछ ।” यसैले तिनले येशूको कपडा छोईन् ।
\v 29 तुरुन्‍तै तिनको रगत बग्‍न बन्‍द भयो । त्यसै समयमा, तिनको रोगबाट तिनी निको भएको कुरा तिनले आफैंभित्रै महसुस गरिन् ।
\s5
\v 30 येशूको शक्तिले कसैलाई निको पारेको थियो भनेर उहाँले पनि तुरुन्तै आफैंभित्र महसुस गर्नुभयो । यसैले उहाँ भिडमा पछिल्‍तिर फर्कनुभयो र सोध्‍नुभयो, “मेरो कपडा कसले छोयो ?”
\v 31 उहाँकाो चेलाहरूले जवाफ दिए, “धेरै मानिसहरू तपाईंको नजीक भिड लागेको तपाईं देख्‍न सक्‍नुहुन्‍छ ! सम्‍भवत धेरै मानिसहरूले तपाईंलाई छोए ! यसैले किन तपाईं सोध्‍नुहुन्छ, ‘मलाई कसले छोयो ?’”
\v 32 तर त्‍यसो गर्नेलाई हेर्नको लागि येशूले वरिपरी हेर्दै रहनुभयो ।
\s5
\v 33 त्‍यो स्‍त्री धेरै डराइन् र थरथर काँपिन् । तिनी उहाँको अघि घुँडा टेकिन् र तिनले के गरेकी थिइन् त्‍यो उहाँलाई भनिन् ।
\v 34 यहाँले तिनलाई भन्‍नुभयो, “छोरी, मैले तिमीलाई निको पार्न सक्‍छु भनी तिमीले विश्‍वास गरेको कारणले, मैले तिमीलाई निको पारेको छु । आफ्‍नो हृदयमा शान्तिसँग तिमी घर जाऊ, किनभने म यो प्रतिज्ञा गर्छु कि यो रोगले तिमी फेरि अब कहिलै बिरामी पर्नेछैनौ ।”
\s5
\v 35 येशू त्‍यो स्‍त्रीसित बोल्‍दै गर्नुहुँदा, याइरसको घरबाट आएका कोही मानिसहरू आइपुगे । तिनीहरूले याइरसलाई भने, “तपाईंको छोरीको मृत्‍यु भइसकेको छ । यसैले गुरूज्‍यूलाई तपईंको घरसम्‍म जानलई दुःख दिनु अब आवश्यक छैन !”
\s5
\v 36 तर यी मानिसहरूले भनेको कुरा जब येशूले सुन्‍नुभयो, उहाँले याइरसलाई भन्‍नुभयो, “अवस्था निराशाजनक छ भनी विचार नगर ! तिनी जीवित हुनेछिन् भनेर विश्‍वास मात्र गर !”
\v 37 त्यसपछि उहाँले आफ्‍ना नजीकका तीनजना चेलाहरू, पत्रुस, याकूब र यूहन्‍नालाई मात्र लिएर उहाँ याइरसको घरमा जानुभयो ।
\v 38 अरू कोही मानिसलाई उहाँसँग जाने अनुमति उहाँले दिनुभएन । उहाँहरू घरको नजिकै पुगेपछि, मानिसहरूले शोक मनाउँदै गरेको येशूले देख्‍नुभयो । कोही रुँदै थिए र अरूहरू विलाप गर्दै थिए ।
\s5
\v 39 उहाँ घरभित्र पस्‍नुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन उदास हुँदैछौ र रुँदैछौ ? यो बालिका मृत्‍यु भएको छैन, तर निदाएकी मात्र छिन् ।”
\v 40 मानिसहरूले उहाँको गिल्‍ला गरे, किनभने तिनको मृत्‍यु भएको छ भन्‍ने तिनीहरूलाई थाहा थियो । उहाँले सबै मानिसहरूलाई घरबाहिर पठाउनुभयो । त्‍यसपछि उहाँले बालिकाको बुबा र आमा र उहाँसँग भएका तीनजना चेलाहरूलाई लिनुभयो । उहाँ त्‍यो कोठाभित्र जानुभयो जहाँ ती बालिकालाई सुताइएको थियो ।
\s5
\v 41 उहाँले बालिकाको हात समात्‍नुभयो र तिनको आफ्‍नै भाषामा भन्‍नुभयो, “तलिथा कोउम !” जसको अर्थ, “बालिका, ऊठ !”
\v 42 तुरुन्‍तै ती बालिका उठिन् र यताउता हिंड्न लागिन् । (तिनले हिंडेकोमा अच्‍चम्म मान्‍नुपर्ने कुरा थिएन, किनभने तिनी बाह्र वर्षकी थिइन् ।) जब यो घटना भयो, त्‍यहाँ उपस्‍थित सबैजना आश्‍चर्यचकित भए ।
\v 43 येशूले तिनीहरूलाई कडा आज्ञा दिनुभयो, “मैले जे गरेको छु त्‍यो कसैलाई नभन्‍नु !” तब उहाँले बालिकालाई केही खानेकुरा दिनु भन्‍नुभयो ।
\s5
\c 6
\p
\v 1 येशूले कपर्नहुम छोड्‍नुभयो र आफ्‍नो गृहनगर नासरतमा जानुभयो । उहाँका चेलाहरू उहाँसँगै गए ।
\v 2 विश्राम-दिनमा, उहाँ सभाघरमा जानुभयो र मानिसहरूलाई शिक्षा दिनुभयो । उहाँको कुरा सुन्‍ने धेरै मानिसहरू आश्‍चर्यचकित भए । उहाँका सारा बुद्धी र आश्‍चर्य कामहरू गर्ने शक्ति उहाँले कहाँबाट पाउनुभयो भन्‍ने कुरामा तिनीहरू छक्‍क परे ।
\v 3 तिनीहरूले भने, “यिनी एकजना साधारण सिकर्मी मात्र हुन् ! हामी यिनलाई र यिनको परिवारलाई चिन्‍छौं ! हामी यिनको आमा मरियमलाई चिन्छौं ! हामी यिनका भाइहरू याकूुब, यहूदा, योसेफ, र सिमोन चिन्‍छौं ! र यनका बहिनीहरू पनि हामीसँगै बसोबास गर्छन् !” यसरी तिनीहरूले उहाँलाई रिस गरे ।
\s5
\v 4 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यो निश्‍चय पनि सत्‍य हो कि मलाई र अरू अगमवक्ताहरूलाई मानिसहरूले आफ्नै गृहनगरमाबाहेक अन्‍य ठाउँहरूमा आदर गर्छन् ! हाम्रा आफन्तहरू र हाम्रो आफ्‍नै घरहरूमा बसोबास गर्ने मानिसहरूले पनि हाम्रो आदर गर्दैनन् !”
\v 5 यसैले, त्‍यहाँ उहाँले केही बिरामी मानसिहरूलाई निको पार्नुभए तापनि उहाँले अन्‍य कुनै आश्‍चर्य काम गर्न सक्‍नुभएन ।
\v 6 तिनीहरूका अविश्‍वासले उहाँ आश्‍चर्यचकित बन्‍नुभयो, तर उहाँ तिनीहरूका गाउँहरूमा जानुभयो र तिनीहरूलाई शिक्षा दिनुभयो ।
\s5
\v 7 एकदिन उहाँले बाह्रजना चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो कि विभिन्‍न नगरहरूमा भएका मानिसहरूलाई शिक्षा दिनलाई उहाँले तिनीहरूलाई दुई-दुईजना गरी पठाउँन लाग्‍दै हुनुहुन्छ । उहाँले तिनीहरूलाई मानिसहरूबाट दुष्‍ट आत्माहरू निकाल्ने शक्ति दिनुभयो ।
\v 8 तिनीहरूले यात्रा गर्दा, तिनीहरूले चप्पलहरू लगाउन र एउटा लौरो टेक्‍न सक्‍छन् भनी उहाँले तिनीहरूलाई सुझाव दिनुभयो ।
\v 9 उहाँले तिनीहरूलाई खानेकुरा, सामान राख्‍ने झोला, तिनीहरूको यात्राको खर्चको लागि पैसा नजान भन्‍नुभयो । उहाँले तिनीहरूलाई फेर्ने दौरा पनि लैजान दिनुभएन ।
\s5
\v 10 उहाँले तिनीहरूलाई निम्‍न सुझाव पनि दिनुभयो, “तिमीहरू एउटा नगरमा जाँदा, कसैले तिमीहरूलाई तिनले आफ्नो घरमा निम्त्याउँछन् भने, तिनको घरमा जाओ । तिमीहरूले त्यो नगर छोडेर नगएसम्म त्‍यही घरमा र सुत्‍ने गर ।
\v 11 जहाँ मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन् र जहाँ मानिसहरूले तिमीहरूका कुरा सुन्दैनन्, तिमीहरूले त्‍यो ठाउँ छाडेर जाँदा आफ्नो पाउहरूमा भएका धुलो झार । यसो गरेर तिनीहरूले तिमीहरूलाई स्वागत नगरेको कुराको गवाही तिमीहरू दिनेछ ।”
\s5
\v 12 यसैले चेलाहरू विभिन्‍न नगरहरूमा गए, त्यसपछि मानिसहरूले पाप गरेका कुरामा तिनीहरू दुखित हुनुपर्छ जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुन्‍छ भनी तिनीहरूले यो प्रचार गरे ।
\v 13 तिनीहरूले मानिसहरूबाट धेरै दुष्‍ट आत्माहरूलाई निकाल्‍दै थिए, र बिरामी मानिसहरूलाई तिनीहरूले जैतुनको तेलले अभिषेक गर्दैे र निको पार्दै थिए ।
\s5
\v 14 यतिबेला हेरोद एन्तिपास राजाले येशूले के गर्दै हुनुहुन्‍थ्‍यो भन्‍ने बारेमा सुने, किनभने धेरै मानिसहरूले त्‍यसको बारेमा चर्चा गर्दै थिए । कोेही मानिसहरूले येशूको बारेमा भन्‍दै थिए, “यिनी बप्‍तिस्‍मा दिने यूहन्‍ना हुनुपर्छ ! उनी मृत्युबाट जीवित भएका छन् ! त्यसकारण यी आश्‍चर्य कामहरू गर्न तिनीसँग परमेश्‍वरको शक्ति छ !”
\v 15 अरूहरूुले येशूको बारेमा यसो भन्‍दै थिए, “तिनी प्राचीन अगमवक्ता एलिया हुन्, जसलाई परमेश्‍वरले फेरि पठाउँने प्रतिज्ञा गर्नुभयो ।” अरूुहरूले यैशूको बारेमा यस्तो भन्दै थिए, “होइैन, धेरै अघि बाँचेका अन्‍य अगमवक्ताहरूमध्‍ये एकजना जस्तै तिनी अर्को एकजना अगमवक्ता हुन् ।”
\s5
\v 16 मानिसहरूले जे भन्‍दै थिए त्‍यो सुनेर हेरोद एन्तिपास राजाले आफैं भने, “ती आश्‍चर्य कामहरू गर्ने मानिस यूहन्‍ना हुनुपर्छ ! तिनको शिर काट्‍न मैले आफ्‍ना सिपाहीहरूलाई भने, तर तिनी फेरि जीवित भएका छन् !”
\v 17 यस्‍तो घटना भएको थियो -- केही समयअघि हेरोदले आफ्नै भाइ फिलिपको पत्‍नी हेरोदियासलाई विवाह गरेका थिए ।
\s5
\v 18 त्‍यसपछि यूहन्‍नाले हेरोदलाई भनिरहे, “तपाईंको भाइ जिउँदै छदाँ तिनको पत्‍नीलाई विवाह गर्न परमेश्‍वरको व्‍यवस्‍थाले तपईंलाई अनुमति दिंदैन ।” त्यसपछि, हेरोदियासले यूहन्‍नालाई झ्‍यालखानमा हाल्‍न हेरोदलाई बिन्‍ति गरेको कारणले तिनले आफैंले यूहन्‍नाकहाँ सिपाहीहरू पठाए । तिनीहरूले यूहन्‍नालाई गिरफ्तार गरे र तिनलाई झ्‍यालखानमा हाले ।
\v 19 तर हेरोदियासले यूहन्‍नाको विरुद्ध अरू बदला लिने इच्‍छा गरेको कारणले, तिनले यूहन्‍नालाई मार्न ेकसैलाई खोज्‍दै थिइन् । तर तिनले त्यसो गर्न सकिनन् किनभने, यूहन्‍ना झ्यालखानामा रहँदा, हेरोदले यूहन्‍नालाई तिनीबाट सुरक्षित राखे ।
\v 20 हेरोदले यूहन्‍नालाई आदर गर्ने हुनाले तिनले त्‍यसो गरे, किनभने यूहन्‍ना आफैं परमेश्‍वरप्रति समर्पित एकजना धार्मिक मानिस थिए भनी हेरोद जान्‍दथे । जब हेरोदले तिनको कुरा सुन्‍थे, तिनी अत्‍यन्‍तै विचलित हुन्‍थे र तिनलाई के गर्ने भन्‍ने निर्णय गर्नै सकेनन् तर पनि तिनले उनको कुरा सुन्‍न मन पराउँथे ।
\s5
\v 21 तर हेरोदियासले अनन्त कसैद्वारा यूहन्‍नालाई काट्न सफल भइन् । एकदिन तिनीहरूले हेरोदको जन्मदिनमा तिनको आदर गरेको समयमा, तिनले सबभन्‍दा महत्‍वपूर्ण सरकारी अधिकारीहरू, सबभन्‍दा महत्‍वपूर्ण सेनाका अधिकारीहरू र गालील जिल्‍लामा भएका सबभन्‍दा महत्‍वपूर्ण मनिसहरूलाई आफूसित खान र उत्‍सव मनाउनलाई निम्‍तो दिए ।
\v 22 तिनीहरूले खाँदै गरेको बेलामा हेरोदियसकी छोरी कोठामा आइन् र राजा र तिनका पाहुनाहरूका निम्ति नाचिन् । तिनले हेरोद राजा र तिनका पाहुनाहरूलाई धेरै प्रसन्‍न तुल्याइन् । राजाले तिनलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ त्‍यो मसित माग र त्‍यो म तिमीलाई दिनेछु !”
\s5
\v 23 तिनले उनलाई यसो पनि भने, “तिमी जे माग्छौ त्‍यो म तिमीलाई दिनेछु ! तिमीले माग्‍छौ भने, मेरो आधा राज्य नै दिनुपरे पनि म तिमीलाई दिनेछु !”
\v 24 त्‍यो केटी कोठाबाट बाहिर निस्‍केर आफ्नी आमाकहाँ गइन् । राजाले भनेको कुरा तिनले आमालाई भनिन् र उनलाई सोधिन्, “मैले के कुरा माग्‍नुपर्छ ?” तिनको आमाले जवाफ दिइन्, “तिमीलाई बप्‍तिस्‍मा दिने यूहन्‍नाको शिर दिनलाई राजासँग माग !”
\v 25 त्‍यो केटी तुरुन्‍तै फेरि कोठामा आइन् । तिनी राजाकहाँ गइन् र भनिन्, “म चाहन्छु कि बप्‍तिस्‍मा दिने यूहन्‍नाको शिर काट्ने हजुरले कसैलाई आज्ञा दिनुहोस् र त्‍यो तुरुन्‍तै एउटा थालमा राखेर मकहाँ ल्‍याउनुहोस् !”
\s5
\v 26 यो सुनेर राजा अत्‍यन्‍तै निराश भए किनभने यूहन्‍ना धेरै धर्मी मानिस थिए भनी तिनी जान्‍दथे । तर उनको अनुरोधलाई तिनले अस्‍वीकार गर्न सकेनन् किनभने उनले जे मागे पनि दिनेछु भनी तिनले प्रतिज्ञा गरेका थिए र तिनले गरेको प्रतिज्ञा तिनका पाहुनाहरूले सुनेका थिए ।
\v 27 यसैले तुरुन्‍तै जानु र यूहन्‍नाको शिर काट्नु र त्‍यो ल्‍याएर केटीलाई दिनु भनी राजाले कसैलाई आदेश दिए । त्‍यो मानिस झ्‍यालखान गयो र यूहन्‍नाको शिर काट्यो ।
\v 28 उसले त्यो थालमा राख्‍यो, त्यो लिएर आयो र त्यो केटीलाई दियो । त्यो केटीले लगेर आफ्‍नी आमालाई त्यो दिइन् ।
\v 29 जे भयो त्‍यसको बारेमा यूहन्‍नाका चेलाहरूले सुनेपछि, तिनीहरू झ्यालखानमा गए र यूहन्‍नाको शरीर लगे; तब तिनीहरूले त्‍यसको दफन गरे ।
\s5
\v 30 बाह्रजना प्रेरितहरू गएका ठाउँहरूबाट तिनीहरू येशू हुनुभएको ठाउँमा फर्केर आए । तिनीहरूले के गरेका थिए र मानिसहरूलाई तिनीहरूले के सिकाएका थिए त्‍यो तिनीहरूले उहाँलाई भने ।
\v 31 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामी केही समय एकान्‍तमा बसौं र आराम गरौं भन्‍ने हेतुले कोही मानिसहरू बसोबास नगरेको ठाउँमा मसँगै आओ !” उहाँहरूकहाँ धेरै मानिसहरू निरन्‍तर रूपमा आउने जाने गरिरहेका हुनाले येशू र उहाँको चेलाहरूले खाना खाने वा अन्‍य केही कुरा गर्ने समय नपाएको करणले उहाँले यसो भन्‍नुभयो ।
\v 32 यसैले उहाँहरू मात्र ढुंगामा चढेर कोही मानिस बसोबास नगरेको ठाउँमा जानुभयो ।
\s5
\v 33 तर उहाँहरू सुटुक्‍क जानुभएको धेरै मानिसहरूले देखे । उहाँहरू येशू र उहाँका चेलाहरू नै हुनुहुन्‍छ भनी तिनीहरूले चिने, र उहाँहरू कता जाँदै हुनुहुन्‍थ्‍यो त्‍यो तिनीहरूले देखे । यसैले येशू र उहाँका चेलाहरू हुनुभएको ठाउँमा अगाडि नै पुग्‍नलाई नजीकैका सबै नगरहरूबाट तिनीहरू पैदल नै दौडिएर गए । साँच्‍चै येशू र उहाँका चेलाहरू पुग्‍नुभन्‍दा अघि नै तिनीहरू त्‍यहाँ पुगे ।
\v 34 येशू र उहाँका चेलाहरू डुंगाबाट बाहिर उत्रनुहुँदा, येशू यो ठूलो भीडलाई देख्‍नुभयो । तिनीहरूका निम्‍ति उहाँको हृदय दयाले भरियो, किनभने, गोठाला नभएको भेडाहरू जस्तै तिनीहरू अलमलमा परेका थिए । यसैले उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउनुभयो ।
\s5
\v 35 साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आए र भने, “यो एउटा निर्जन ठाउँ छ, र धेरै ढिला भैसकेको छ ।
\v 36 यसैले मानिसहरूले आफ्‍नो लागि खानलाई केही कुरा किन्‍न सकून् भन्‍ने उद्देश्‍यले वरिपरिका मानिसहरू बसोबास गर्ने ठाउँहरू र गाउँहरूमा तिनीहरूलाई पठाउनुहोस् ।
\s5
\v 37 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “अहँ, तिमीहरू आफैंले तिनीहरूलाई केही कुरा खान दिनुपर्छ !” तिनीहरूले उहाँलाई जवाफ दिए, “एकजना मानिसले दुईसय दिनसम्‍म परिश्रम गरेर कमाएको पैसा हामीसँग भए तापनि हामी यो भीडलाई खानलाई पर्याप्‍त हुनेगरी रोटी किन्‍न सक्‍नेछैनौं !”
\v 38 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन् ? जाओ र पत्ता लगाओ !” तिनीहरूले गए र पत्ता लगाए र त्‍यसपछि तिनीहरूले उहाँलाई भने, “हामीसँग पाँचवटा पातला रोटीहरू र दुइवटा पकाएका माछाहरू मात्र छन् !”
\s5
\v 39 मानिसहरूलाई हरियो चौउरमा बस्‍न अह्राउनलाई उहाँले चेलाहरूलाई निर्देशन दिनुभयो ।
\v 40 यसैले मानिसहरू समूहहरूमा बसे । केही समूहहरूमा पचासजना मानिसहरू र अरू समूहहरूमा सयजना मानिसहरू थिए ।
\v 41 येशूले पाँच पातला रोटीहरू र दुई माछाहरू लिनुभयो । उहाँले स्वर्गतिर हेर्नुभयो र तिनीहरूका निम्‍ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो । तब उहाँले रोटीहरु र माछाहरूलाई टुक्रा पार्नुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिउन् भनेर ती चेलाहरूलाई दिंदै जानुभयो ।
\s5
\v 42 तिनीहरू सबैको पेटभरी नहुन्‍जेलसम्‍म हरेकले यो खाना खाए ।
\v 43 त्‍यसपछि चेलाहरूले उब्रेको रोटी र माछाका टुक्राहरूबाट बाह्र डाला जम्‍मा पारे ।
\v 44 त्‍यहाँ करिब पाँच हजार पुरुषहरूले रोटी र माछा खाए । तिनीहरूले स्‍त्रीहरू र बालबलिकालाई त गन्‍दै गनेन् ।
\s5
\v 45 तुरुन्‍तै येशूले आफ्ना चेलाहरूलाई डुंगा चढ्न र उहाँभन्‍दाअघि बेथसेदामा जान आज्ञा दिनुभयो, जुन गालीलको समुद्रको नजीकै थियो । उहाँ बस्‍नुभयो र त्‍यहाँ भएका धेरैजना मानिसहरूलाई विदा गर्नुभयो ।
\v 46 मानिसहरूलाई ेविदा गरिसकेपछि, उहाँ प्रार्थना गर्नको निम्ति डाँडामा चढ्नुभयो ।
\v 47 जब साँझ पर्‍यो, चेलाहरूको डुंगा तालको बिचमा थियो, र येशू एक्लै जमिनमा हुनुहुन्‍थ्‍यो ।
\s5
\v 48 तिनीहरूले डुंगा खियाउँदै गर्दा विपरित दिशाबाट हावाहुरी आइरहेको उहाँले देख्‍नुभयो । परिणामस्वरूप, तिनीहरूलाई धेरै कठिन भइरहेको थियो । बिहानै चाँडै, अझै अलि अँध्यारो हुँदा नै, पानीमा हिंड्दै उहाँ तिनीहरूकहाँ आउनुभयो । तिनीहरू भएको ठाउँमा हिंडेर नै जाने मन उहाँले गर्नुभयो ।
\v 49 उहाँ पानीमा हिंड्दै गर्नुभएको तिनीहरूले देखे, तर त्‍यो भूत हो भन्‍ने तिनीहरूले विचार गरे । तिनीहरू चिच्‍याए
\v 50 किनभने जब तिनीहरूले उहाँलाई देखे तिनीहरू सबै डराएका थिए । तर उहाँ तिनीहरूसँग बोल्‍नुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “शान्त रहो ! नडराउओ, किनकि यो म हुँ !”
\s5
\v 51 उहाँ डुंगामा चढ्नुभयो र तिनीहरूसँग बस्‍नुभयो र हावाहुरी चल्‍न बन्‍द भयो । उहाँले जे गर्नुभएको थियो त्‍यो देखेर तिनीहरू आश्‍चर्यचकित भए ।
\v 52 येशूले रोटी र माछालाई बढाएको देखेको भए तापनि, तिनीहरूले उहाँ कति शक्तिशाली हुनुहुन्छ भनी बुझ्‍न सकेनन्, जस्‍तो तिनीहरूले बुझ्‍नुपर्थ्‍यो ।
\s5
\v 53 उहाँहरू गालीलको समुद्रमा अझै अघि गएपछि र उहाँहरू गनेसरेतको किनारमा आउनुभयो ।
\v 54 उहाँहरू डुंगाबाट बाहिर आउनेबितिकै त्‍यहाँ भएका मानिसहरूले येशूलाई चिने ।
\v 55 यसैले येशू त्यहाँ आउनुभएको खबर अरूहरूलाई दिन तिनीहरू जिल्लाभरी दौडिए । मानिसहरूले बिरामीहरूलाई स्‍ट्रेचरहरूमा राखे र येशू जहाँ हुनुहुन्छ हुनुहुन्‍छ भनी मानिसहरूले भनेको तिनीहरूले सुने तिनीहरूलाई त्यतै लागे ।
\s5
\v 56 जुन गाउँ, नगर वा दुर्गम ठाउँहरूमा उहाँ जानुभए पनि, तिनीहरुले त्यहाँ बिरामीहरूलाई लिएर आउँथे । त्‍यसपछि येशूले बिरामी मानिसहरूलाई निको पार्नुभएको होस् भनेर आफूलाई छुनुभएको होस् वा आफूले उहाँको लुगाको छेउलाई छुन पाउन् भनी येशूसँग विन्‍ति गरे । जसले उहाँलाई वा उहाँको वस्‍त्रलाई छोए, तिनिहरू सबै निको भए ।
\s5
\c 7
\p
\v 1 एकदिन यरूशलेमबाट आएका फरिसीहरू र केही यहूदी व्यवस्था सिकाउने मानिसहरू येशूको वरिपरिी जम्मा भए ।
\s5
\v 2 येशूका चेलाहरूले प्रायः आफ्‍ना हातहरू नाधोइकन खाना खाएको फरिसीहरूले देखे ।
\v 3 तिनीहरू र अरू सबै यहूदीहरू आफ्‍ना पुर्खाहरूले सिकाएका आफ्‍नो परम्परालाई कठोर रूपमा पालन गर्छन् । आफ्‍ना कचौराहरू, भाँडाहरू, ताप्केहरू, बाकसहरू र ओछ्‍यानहरू प्रयोग गर्दा परमेश्‍वरले तिनीहरूलाई नत्‍याग्‍नुभएको होस् भन्‍ने हेतुले तिनीहरूले यी सबै कुराहरू विशेष किसिमले धुन्‍थे ।
\v 4 उदाहरणको लागि, खासगरी बजारबाट केही समान किनेर फर्केपछि, तिनीहरू पहिला विशेष विधिले आफ्‍ना हातहरू नाधोइकन खान मान्‍दैनथे । तिनीहरूले ग्रहण गरेका र पालन गर्ने कोसिस गरेका धेरैवटा परम्पराहरू छन् ।
\s5
\v 5 त्यो दिन, उहाँका चेलाहरूमध्‍ये कसैले यहूदी संस्कारअनुसार आफ्‍ना हातहरू बिशेष किसिमले नधोइकन खाएको ती फरिसीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूले देखे । यसैले तिनीहरूले येशूलाई प्रश्‍न गरे र भने, “हाम्रा अगुवाहरू परम्‍परालाई तपाईंका चेलाहरूले पालन गर्दैन ! तिनीहरूले हाम्रो विधि अनुसार आफ्‍ना हातहरू धोएका छैनन् भने तिनीहरू कि खाना खान्‍छन् !”
\s5
\v 6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमीहरूका पुर्खाहरूलाई हकारे र असल बन्‍ने बाहाना मात्र गर्ने तिमीहरू जस्‍ता मानसहरूका बारेमा तिनका शब्‍दहरूले राम्रो वर्णन गर्छ ! परमेश्‍वरले भन्‍नुभएका यी वचनहरू तिनले लेखेका छन् : ‘यी मनिसहरूले मलाई आदर गर्नेजस्‍तै कुरा गर्छन् तर तिनीहरूले मलाई आदर गर्ने बारेमा साँचो किसमले विचार गर्दैनन् ।”
\v 7 तिनीहरूले मेरो आराधना गर्नु अर्थहिन छ, किनभने मानिसले भनेका कुरालाई मैले नै आज्ञा गरेजस्‍तै तिनीहरूले मानसिहरूलाई सिकाउँछन् ।’
\s5
\v 8 तिमीहरू पनि आफ्‍ना पुर्खाहरूजस्‍तै, परमेश्‍वरले जे आज्ञा गर्नुभएको छ त्‍यो गर्न अस्वीकार गर्छौ । त्‍यसको सटोमा, अरूले सिकाएका परम्‍पराको अनुसरण गर्ने काम मात्र तिमीहरू गर्छौ ।”
\v 9 येशूले तिनीहरूलाई यसो पनि भन्‍नुभयो, “तिमीहरूले चलाखीपूर्वक परमेश्‍वरको आज्ञा पालन गर्न अस्‍वीकार गर्‍यौ जसले गर्दा तिमीहरू आफ्‍नै परम्परालाई मान्‍न सक्‍छौ !
\v 10 उदाहरणको निम्ति, हाम्रा पुर्खा मोशाले परमेश्‍वरको आज्ञा लेखे, ‘आफ्नो बुबा र आमाको आदर गर ।’ तिनले यो पनि लेखे, ‘आफ्नो बुबा वा आमाको विरूद्धमा दुष्‍ट कुरा बोल्नेलाई अधिकारीहरूले मार्नुपर्छ ।’
\s5
\v 11 तर मानिसहरूले आफ्‍ना बुबाआमालाई सहयात गर्दैनन् भने पनि ठिकै छ भनी तिमीहरू तिनीहरूलाई सिकाउँछौ । मानिसहरूसँग भएका कुरा आफ्ना बुबाआमालाई दिनुको साटोमा परमेश्‍वरलाई दिनेछु भन्‍छन् भने त्‍यो ठीक छ भनी तिमीहरू तिनीहरूलाई सिकाउँछौ ।
\v 12 तिनीहरूले आफ्‍ना बाबुआमालाई यसो भन्‍ने अनुमति तिमीहरू दिन्‍छौ, ‘मैले तपाईहरुको खाँचो पूरा गर्न जे दिन लाग्‍दै थिएँ, त्‍यो अब मैले परमेश्‍वरलाई दिने भाकल गरेको छु । यसैले म अब फेरि तपाईंहरूको मद्धत गर्न सक्‍दिन !” परिणामस्‍वरूप, तिमीहरूले मानिसहरूलाई वास्तवमा यसो भन्‍दैछौ कि तिनीहरूले आफ्‍ना बुबाआमाको सहायता नगरे पनि हुन्छ ।
\v 13 यसरी तिमीहरूले परमेश्‍वरले आज्ञालाई बेवास्ता गर्‍यौ ! तिमीहरूले अरूहरूलाई तिमीहरूका आफ्नै कुराहरू सिकाउँछौ र तिनीहरूले ती पालन गर्नुपर्छ भनी तिमीहरू तिनीहरूलाई भन्छौ ! अनि तिमीहरू अरू त्‍यस्‍तै धेरै कुराहरू गर्छौ ।”
\s5
\v 14 तब येशूले फेरि भीडलाई नजीक बोलाउनुभयो त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै मानिसहरूले मलाई सुन ! मैले तिमीहरूलाई भन्‍न लागेको कुरा बुझ्‍ने कोसिस गर ।
\v 15 मानिसहरूले खाने कुनै कुराले पनि परमेश्‍वरलाई तिनीहरू अशुद्ध हुन् भनी विचार गर्ने बनाउँदैन । त्‍यसको साटोमा, मानिसहरूको अन्‍तस्‍करणबाट आउने कुराले परमेश्‍वरलाई तिनीहरू अशुद्ध हुन् भनी विचार गर्ने बनाउँछ ।
\v 16 यदि कोही मानिसको सुन्‍ने कान छ भने त्यसले सुनोस् ।
\s5
\v 17 येशूले भीिडलाई छोड्नुभएपछि, उहाँ चेलाहरूसँगै एउटा घरभित्र पस्‍नुभयो । येशूले भर्खरै भन्‍नुभएको दृष्‍टान्तको विषयमा तिनीहरूले उहाँलाई सोधे ।
\v 18 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “त्यसको अर्थ के हुन्‍छ भनी के तिमीहरूले बुझेनौ ? तिमीहरूले बुझ्‍नु पर्ने कुरा के हो भने बाहिरबाट भित्र जाने कुनै कुराले पनि हामी अशुद्ध भएको विचार परमेश्‍वरले गर्नुहुन्‍न ।
\v 19 हाम्रो समझभित्र पस्‍नु र नाश पार्नुको साटोमा त्‍यो हाम्रो पेटभित्र जान्छ र पछि त्‍यसको अवशेष हाम्रो शरीरबाट बाहिर जान्छ ।” मानसिहरूले कुनै पनि कुरा खाएकोमा परमेश्‍वरले तिनीहरू आशुद्ध भएको विचार गर्नुहुन्‍न भनेर येशूले घोषणा गर्दै हुनुहुन्‍थ्‍यो ।
\s5
\v 20 उहाँले यो पनि भन्‍नुभयो, “मानिसहरूको भित्रबाट आउने विचारहरू र कामहरूले गर्दा परमेश्‍वरले तिनीहरूलाई अशुद्ध मान्‍नुहुन्‍छ ।
\v 21 विशेषगरी, मानिसहरूको अन्‍तस्‍करणबाट आउने कुराले तिनीहरूलाई दुष्‍ट विचारका कुराहरू सोच्‍ने बनाउँछ; तिनीहरू अनैतिक रूपमा काम गर्छन्, तिनीहरू चिजबिजहरू चोर्छन् , तिनीहरू हत्‍या गर्छन्,
\v 22 तिनीहरूले व्यभिचार गर्छन्, तिनीहरू लोभी हुन्छन्, तिनीहरू खराब मनले काम गर्छन्, तिनीहरूले मानिसहरूलाई छल गर्छन् । तिनीहरू अभद्र व्‍यवहार गर्छन्, तिनीहरू मानिसहरूको ईर्ष्‍या गर्छन्, तिनीहरू अरूहरूका बारेमा दुष्‍ट कुरा बोल्‍छन्, तिनीहरू अहंकारी हुन्‍छन् र तिनीहरू मूर्खतापूर्ण काम गर्छन् ।
\v 23 मानिसहरूले यस्ता विचारहरू सोच्छन् र त्यसपछि तिनीहरू यस्ता दुष्‍ट कामहरू गर्छन्, र यिीनै कुराहरूले गर्दा तिनीहरूलाई परमेश्‍वरले अशुद्ध मान्‍नुहुन्‍छ ।”
\s5
\v 24 येशू र उहाँका चेलाहरूले गालील छोड्नुभएपछि र उहाँहरू टायर र सिदोन सहरहरूका वरिपरि जानुभयो । उहाँ कुनै घरमा बस्‍नुहुँदा, कसैले थाहा नपाउन् भन्‍ने उहाँको इच्‍छा थियो, तर उहाँ त्‍यहाँ हुनुहुन्‍छ भनेर मानिसहरूले तुरून्‍तै पत्ता लगाए ।
\v 25 आफ्‍नी छोरीलाई दुष्‍ट आत्माले सताएको कोही एकजना स्‍त्रीले येशूको बारेमा सुनिन् । तिनी तुरुन्तै उहाँकहाँ आइन् र उहाँको पाउमा घुँडा टेकिन् ।
\v 26 यो स्‍त्री यहूदी थिइनन् । तिनको पुर्खाहरू यहूदी थिएनन् । तिनी आफैं पनि सिरिया जिल्लाको फोनिसिया क्षेत्रमा जन्मेकी थिइन् । तिनले येशूसँग आफ्‍नो छोरीबाट दुष्‍टलाई निकाल्‍नलाई बिन्‍ति गरिन् ।
\s5
\v 27 उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “पहिले छोराछोरीले खान मन लागेको जति खानुपर्छ, किनभने आफ्नो छोराछोरीका लागि आमाले तयार पारेको खाना लिनु र सा-साना कुकुरहरूलाई दिनु असल हुदैन ।”
\v 28 तिनले उहाँलाई जवाफ दिइन्, “गुरूज्‍यू, तपाईंले भन्‍नु भएको कुरा ठिक हो, तर टेवलमुनि बस्‍ने घरका कुकुरले पनि त छोराछोरीले झारेका टुक्राहरू खान्छन् ।”
\s5
\v 29 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेको कारणले घर जाऊ । तिम्रो छोरीमा भएको दुष्‍ट आत्‍मालाई मैले भगाई दिएको छु ।”
\v 30 त्‍यो स्‍त्री आफ्‍नो घरमा फर्केर गइन् र आफ्‍नी छोरीलाई ओछ्यानमा शान्‍तसँग सुतिराखेको देखिन् र दुष्‍टले आत्‍माले तिनले छाडेको थियो ।
\s5
\v 31 येशू र उहाँका चेलाहरूले टायर वरिपिको क्षेत्र छोड्नुभयो र उत्तरको सिदोंनमा र पुर्वको दश नगरहरूका इलाका, र दक्षिणमा गालीलको समुद्रको नजीकका नगरहरूमा जानुभयो ।
\v 32 त्यहाँ मानिसहरूले उहाँकहाँ कान नसुन्‍ने र बोल्ने नसक्‍ने एकजना मानिसलाई ल्याए । उसलाई निको पार्नको निम्‍ति येशूले आफ्‍ना हातहरू उसमाथि राखून् भनी तिनीहरूले उहाँलाई बिन्‍ति गरे ।
\s5
\v 33 यसैले येशूले र उसँग मत्र हुनको निम्‍ति उसलाई भिडबाट टाढा लानुभयो । त्यसपछि उहाँले त्‍यो मानिसका दुबै कानमा उसका एक-एकवटा औंला राख्‍न लागाउनुभयो । उहाँले आफ्‍ना औंलाहरूमा थुक्‍नु भएपछि, उहाँले आफ्‍ना औंलाहरूले त्‍यो मानिसको जिब्रोलाई छुनुभयो ।
\v 34 त्यसपछि उहाँले स्वर्गतिर हेर्नुभयो, उहाँले संकेत गर्नुभयो, त्यसपछि त्‍यो मानिसको आफ्नै भाषामा उहाँले उसलाई भन्‍नुभयो, “इफ्‍फाता” जसको अर्थहुन्‍छ, ‘खोलिजा’ ।
\v 35 तुरुन्‍तै, त्‍यो मानिसले राम्रोसँग सुन्‍न सक्‍यो । उसले स्‍पष्‍टसँग बोल्न पनि सुरु गर्‍यो, किनभने जे कुराले उसलाई बोल्न नसक्‍ने बनाएको थियो त्‍यो निको भयो ।
\s5
\v 36 येशू जे गर्नुभएको थियो त्‍यो कसैलाई पनि नमान्‍नु भनी उहाँले मानिसहरूलाई भन्‍नुभयो । तर, उहाँले तिनीहरू र अरूहरूलाई त्‍यसको बारेमा कसैलाई पनि नभन्‍नु भनी दोहोर्‍याइ-दोहोर्‍याइ भन्‍नुभए तापनि, तिनीहरूले त्‍यसको बारेमा झन् धेरै कुरा गर्दै रहे ।
\v 37 त्‍यसको बारेमा सुन्‍ने मानिसहरू पूर्णरूपले छक्‍क परे र भन्दै थिए, “उहाँले गर्नुभएका हरेक कुरा अचम्मका छन् ! अरू अचम्‍मका कामहरू गर्नुबाहेक उहाँले कान नसुन्‍नेलाई पनि कान सुन्‍ने बनाउनुहुन्छ । र उहाँले सुन्‍न नसक्‍ने मानिसहरूलाई सुन्‍न सक्‍ने बनाउनुहुन्छ !”
\s5
\c 8
\p
\v 1 ती दिनहरूमा, फेरि पनि मानिसहरूको एउटा ठूलो भिड जम्मा भयो । तिनीहरू त्यहाँ दुईदिन बसेपछि, तिनीहरूसँग खानलाई केही खानेकुरा पनि भएन । यसैले येशूले चेलाहरूलाई आफ्नो नजिक बोलाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो,
\v 2 “यी मानिसहरू यहाँ मसँग बसेको यो तेस्रो दिन हो, र तिनीहरूसँग खानलाई केही पानी बाँकी छैन, यसैले अब, म तिनीहरूको निम्ति धेरै चिन्तित छु ।
\v 3 तिनीहरू भोकै हुँदा मैले तिनीहरूलाई घर पठाएँ भनें, तिनीहरूमध्ये कोही घर फर्कने बाटोमा नै बेहोस भएर ढल्नेछन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।”
\v 4 तिनीहरूले मानिसहरूलाई केही कुरा खान दिनुपर्छ भनी उहाँले तिनीहरूलाई सुझाव दिंदै हुनुहुन्‍थ्‍यो भनी चेलाहरूले बुझे, यसैले तिनीहरूमध्ये एकजनाले जवाफ दिए, “हामी सायद यस भिडलाई खान पुग्‍ने खाना जुटाउन सक्‍दैनौं । यसै ठाउँमा बस्‍ने कोही पनि छैन !”
\s5
\v 5 येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कति ओटा रोटीहरू छन् ?” तिनीहरूले जवाफ दिए, “हामीसँग सातओटा पातला रोटीहरू छन् ।
\v 6 येशूले भिडलाई आज्ञा दिनुभयो, “चाउरमा बस !” तिनीहरू बसेपछि, उहाँले ती सात रोटीहरू लिनुभयो र तिनका लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो, ती भाँचेर टुक्रा पार्नुभयो र मानिसहरूलाई बाँडून् भनी ती चेलाहरूलाई दिनुभयो ।
\s5
\v 7 तिनीहरूसँग केही स-साना माछाहरू पनि थिए भनी तिनीहरूले थाहा पाए । यसैले त्‍यसका निम्‍ति परमेश्‍वरलाई धन्‍यवाद दिनुभएपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “यि पनि बाँड ।” तिनीहरूले माछाहरू भिडलाई बाँडीसकेपछि,
\v 8 मानिसहरूले यो खाना खाए, र तिनीहरू सन्‍तुष्‍ट हुनलाई प्रसस्‍त भयो । बचेका खानाका टुक्राहरूलाई चेलाहरूले जम्मा गरे र सातवटा ठुला डालाहरू भरे ।
\v 9 त्यस दिनमा करिब चार हजार जति मानिसहरूले खाना खाएका थिए भनी चेलाहरूले अनुमान गरे । त्यसपछि येशूले भिडलाई विदा गर्नुभयो ।
\v 10 त्यसपछि तुरुन्तै, आफ्‍ना चेलाहरूसँगै उहाँ डुंगामा चढ्नुभयो, र उहाँहरू गालीलको समुद्रको छेउमा दलमनुथा जिल्लामा जानुभयो ।
\s5
\v 11 त्यसपछि केही फरिसीहरू येशूकहाँ आए । परमेश्‍वरले उहाँलाई पठाउनुभएको थियो भनी देखाउनलाई उहाँले एउटा आश्‍चर्यकर्म गर्नुपर्छ भन्‍ने कुरा गर्दै तिनीहरूले उहाँसँग बादबिवाद गर्न सुरु गरे ।
\v 12 येशूले आफैंमा लामो सास लिनुभयो, र उहाँले भन्‍नुभयो, “तिमीहरू मलाई किन आश्‍चर्यकर्म गर्न भन्‍दैछौ ? म तिमीहरूको लागि आश्‍चर्यकर्म गर्ने छैन !”
\v 13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो । उहाँ आफ्‍ना चेलाहरूसँगै फेरि डुंगामा चढ्नुभयो, र उहाँहरू गालील समुद्र वरिपरि अझ अगाडि जानुभयो ।
\s5
\v 14 चेलाहरूले आफ्‍नो साथमा पर्याप्‍त खाना लिएर आउन बिर्सेका थिए । खासगरी तिनीहरूसँग डुंगामा एउटा पातलो रोटी मात्र थियो ।
\v 15 जसै तिनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई चेतावनी दिनुभयो र भन्‍नुभयो, “होसियार रहो ! फरिसीहरू र हेरोदको खामिरदेखि होसियार रहो !”
\s5
\v 16 चेलाहरूले उहाँको कुरालाई गलत बुझे । यसैले तिनीहरूले एक आपसमा भने, “हामीसँग रोटी नभएको कारणले उहाँले त्‍यसो भन्‍नुभएको हुनुपर्छ ।”
\v 17 तिनीहरू आफ्‍नो माझमा के कुरा छलफल गर्दै थिए भनी येशूले थाहा पाउनुभयो । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “येथेष्‍ट रोटी नभएको बारेमा तिमीहरू किन कुरा गर्दैछौ ?” अहिलेसम्‍म त मैले भनेको कुरा तिमीहरूले बुझ्‍नु पर्छ ! तिमीहरू विचार गर्दैनौ !
\s5
\v 18 तिमीहरूसँग आँखाँ छन्, तर तिमीहरूले देखेका कुरा तिमीहरू बुझ्दैनौ ! तिमीहरूसँग कान छन्, तर तिमीहरूले सुनेका कुरा तिमीहरू बुझ्दैनौ !” तब उहाँले सोध्‍नुभयो, “के तिमीहरूलाई यस अघि के भयो सम्झना छैन
\v 19 जब मैले पाँचवटा रोटी मात्र भाचें र त्यो पाँच हजार मानिसहरूलाई खुवाएँ ? हरेक सबै सन्‍तुष्‍ट भएका मात्र थिएनन् तर त्यहाँ खाना बचेको पनि थियो ! बचेका रोटीका टुक्राहरूबाट तिमीहरूले कति डालामा जम्मा गरेका थियौ ?” तिनीहरूले जवाफ दिए, “हामीले बाह्र डालाभरि जम्मा गर्‍यौं ।”
\s5
\v 20 तब उहाँले सोध्‍नुभयो, “जब मैले चार हजार मानिसहरूलाई खुवाउनलाई सातवटा रोटी भाचें, फेरि हरेकले प्रसस्‍त खाए, बचेका रोटीका टुक्राहरूबाट तिमीहरूले कतिवटा ठूला डालामा जम्मा गरेका थियौ ?” तिनीहरूले जवाफ दिए, “हामीले सातवटा ठूला डालाभरि जम्मा गर्‍यौं ।”
\v 21 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बुज्दैनौ ?”
\s5
\v 22 उहाँहरू डुंगामा बेथसेदा पुग्‍नुभयो । मानिसहरूले एकजना दृष्‍टिविहीन मानिसलाई येशूकहाँ ल्याए र त्यस मानिसलाई निको पार्नको लागिु त्‍यसलाई छोइदिन उहाँसँग बिन्‍ति गरे ।
\v 23 येशूले त्य दृष्‍टिविहीन मानिसको हात समाउनुभयो र उसलाई नगरबाहिर लानुभयो । त्यसपछि उहाँले त्यो मानिसको आँखामा थुक्‍नुभयो, उहाँले आफ्ना हातहरू त्यो मानिसमाथि राख्‍नुभयो र तब उसलाई सोध्‍नुभयो, “के तिमी केही कुरा देख्छौ ?”
\s5
\v 24 त्य मानिसले माथि हेर्‍यो र उसले भन्यो, “हो म मानिसहरूलाई देख्‍छु ! तिनीहरू वरिपरि हिंड्‍दैछन्, तर म तिनीहरूलाई स्पष्‍ट रूपले देख्‍न सक्‍दिन । तिनीहरू रूखजस्तै देखिन्‍छन् !”
\v 25 त्यसपछि येशूले फेरि त्यो दृष्‍टिविहीन मानिसको आँखा छुनुभयो । तब त्यो मानिसले एकोहोरो हेर्‍यो, र त्यो क्षणमा ऊ पूर्णरूपमा निको भयो ! उसले हरेक कुरा स्पष्‍ट देख्‍न सक्‍यो ।
\v 26 येशूले त्यसलाई भन्‍नुभयो, “सहर तिर नजाऊ !” त्यसपछि उहाँले त्यस मानिसलाई आफ्‍नो घरमा पठाउनुभयो ।
\s5
\v 27 येशू र उहाँका चेलाहरूले बेथेसेदा छाोड्नुभयोे र कैसरिया फिलिप्‍पि नजिकैको गाउँहरूमा जानुभयो । बाटोमा जाँदै गर्नुहुँदा, उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन् ?”
\v 28 तिनीहरूले जवाफ दिए, “कोही मानिसहरू तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्छन् । अरूले तपाईंलाई एलिया अगमवक्ता हो भन्छन् । र अरूले तपाईंलाई पहिलेका अगमवक्ताहरूमध्येका एकजना हो भन्छन् ।”
\s5
\v 29 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ? म को हुँ भनी तिमीहरू भन्छौ ?” पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ !”
\v 30 तब यशूले तिनीहरूलाई कडारूपमा चेतावनी दिनुभयो कि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले अझै कसैलाई भन्‍नुहुँदैन ।
\s5
\v 31 त्यसपछि येशूले तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो कि उहाँ, मानिसको पुत्रले निश्‍चय नै धेरै दुःख भोग्‍नुपर्नेर्छ । अगुवाहरू, मुख्‍य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूद्वारा उहाँ तिरस्‍कृत बन्‍नुहुनेछ । उहाँलाई मारिनेछ । तर उहाँको मृत्यु भएको तेस्रो दिनमा, उहाँ फेरि मृत्युबाट जीवित हुनुहुनेछ ।
\v 32 यो कुरा उहाँले तिनीहरूलाई स्पष्‍टरूपमा भन्‍नुभयो । तर पत्रुसले येशूलाई एकापट्टी छेउमा लिएर गए र यसरी बोल्नुभएको भनेर उहाँलाई हकार्न लागे ।
\s5
\v 33 येशू पछाडि फर्कनुभयो र आफ्‍ना चेलाहरूलाई हेर्नुभयो । तब उहाँले पत्रुसलाई यसो भन्‍दै हकार्नुभयो”, “यस्‍तो विचार नगर ! शैतानले तँलाई यस्‍तो कुरा गर्न लगाउँदैछ ! मैले परमेश्‍वरको इच्‍छा पूरा गर्नुको साटोमा मैले मानिसहरूको इच्‍छा मात्र पूरा गरेको तँ चाहन्छस् ।”
\v 34 त्यसपछि उहाँले चेलाहरूसँगै भिडलाई पनि बोलाउनुभयो जसले गर्दा तिनीहरूले उहाँका कुरा सुन्‍न सकून् । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसैले मेरो चेला बन्‍ने इच्छा गर्छौ भने, आफ्‍नो जीवन जीउनलाई सजिलो हुने काम मात्र तिमीहरूले गर्नु हुदैन । क्रुसमा टाँग्‍न लगिंदै गरेका अपराधिहरूलाई आफ्‍ना क्रूसहरू बोक्‍न बाध्य बनाइएझैं तिमीहरू कष्‍ट भोग्‍नलाई तयार हुनुपर्छ । मेरो चेला हुन इच्‍छा गर्ने व्‍यक्तिले त्‍यस्‍तै गर्नुपर्छ ।
\s5
\v 35 तिमीहरूले त्यसो गर्नैपर्छ किनभने मेरा चेला हुन् भन्‍ने कुरालाई इन्कार गरेर आफ्‍नो जीवन बाँचाउन कोसिस गर्नेहरूले आफ्‍नो जीवन गुमाउनेछ । मेरा चेलाहरू भएको कारणले र अरूहरूलाई सुसमाचार सुनाएको कारणले मारिनेहरू सदासर्वदा मसित जीवित रहनेछन् ।
\v 36 यस संसारमा मानिसहरूले आफूले इच्छा गरेको कुनै पनि कुरा प्राप्‍त गर्न सक्छन्, तर तिनीहरूले अनन्त जीवन पाउँदैनन् भने, तिनीहरूले साँच्‍चै केही पनि पाएका हुँदैनन् ।
\v 37 यो कुरालाई होशियार भएर विचार गर कि मानिसहरूले अनन्त जीवन पाउनलाई तिनीहरूले परमेश्‍वरलाई दिन सक्‍ने कुनै पनि कुरा छैन ।
\s5
\v 38 र यो कुराको बारेमा विचार गरः जसले आफूलाई मेरा चेला हुन् भन्‍न इन्कार गर्छ, र धेरै मानिसहरू पमेश्‍वरबाट फर्केको यो समय, यी दिनहरूमा मैले भनेका कुरालाई इन्‍कार गर्छ र अति पापपूर्ण जीवन छ भने, जब म पवित्र स्वर्गदूतहरूका साथमा आउँछु र मेरा पिता महिमामा हुन्‍छु, म, मानिसको पुत्रले पनि तिनीहरू मेरा चेला हुन् भन्‍न इन्‍कार गर्नेछु !”
\s5
\c 9
\p
\v 1 उहाँले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “ध्यानपूर्वक सुन ! तिमीहरू जो यहाँ भएकाहरूमध्ये कसैले परमेश्‍वरले आफैलाई राजाको रूपमा प्रकट गर्नुहुने महान शक्तिलाई देख्‍नेछौ । तिमीहरूको मृत्यु हुनुभन्दा पहिले नै उहाँले यो गर्नुभएको तिमीहरूले देख्‍नेछौ !”
\v 2 छदिनपछि येशूले पत्रुस, याकूब र याकूबका भाइ यूहन्‍नालाई साथमा लिनुभयो र तिनीहरूलाई एउटा अग्लो डाँडामा लानुभयो । जब माथि डाँडामा उहाँहरू मात्रै हुनुहुन्‍थ्‍यो, उहाँ तिनीहरूकहाँ पूर्णरूपमा भिन्‍दै देखा पर्नुभयो ।
\v 3 उहाँका वस्‍त्रहरू अत्‍यन्‍त चहकिला भए । तिनीहरूलाई पृथ्वीमा कसैले धोएर बनाउन सक्‍नेभन्दा धेरै सेता थिए ।
\s5
\v 4 धेरै अघि जीवन बिताएका दुइजना अगमवक्ता, मोशा र एलिया, तिनीहरूकहाँ देखा परे । तब ती दुईजना येशूसँग कुरा गर्न थाले ।
\v 5 केही समयपछि, पत्रुसले भने, “गुरूज्‍यू, यहाँ बस्‍नु राम्रो कुरा हो ! यसैले हामीलाई तीन ओटा बास्थान बनाउन दिनुहोस् । एउटा तपाईंको लागि हुनेछ, एउटा मोशाको लागि हुनेछ, र एउटा एलियाको लागि हुनेछ !”
\v 6 तिनले यसो भने किनभने तिनले केही कुरा भन्‍न चाहन्थे, तर के भन्‍ने भनी थाहा भएन । तिनी र अरू दुईि चेलाहरू अतिनै डराएका थिए ।
\s5
\v 7 तब चम्किलो बादल देखा पर्‍यो र त्यसले उहाँहरूलाई ढाक्यो । परमेश्‍वर त्यस बादलबाट बोल्‍नुभयो, “यिनी मेरा पुत्र हुन् । जसलाई म प्रेम गर्छु । त्यसकारण, उनको कुरा सुन !”
\v 8 जब तीनजना चेलाहरूले विरपरि हेरे, अचानक त्यहाँ तिनीहरूले आफ्‍नो साथमा येशूलाई मात्र देखे, र त्‍यहाँ फेरि अरू कोही थिएन ।
\s5
\v 9 जब उहाँहरू डाँडाबाट तल ओर्लैंदै हुनुहुनुथ्‍यो, उहाँलाई यतिबेला भएको घटनाका बारेमा तिनीहरूले अझै अरू कसैललाई भन्‍नुहुँदैन भनी येशूले तिनीहरूलाई भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “म, मानिसको पुत्रको मृत्यु भएर, म फेरि जीवित भएपछि ती कुरा भन्‍न सक्‍छौ ।”
\v 10 यसैले तिनीहरूले यसको बारेमा लामो समयसम्म अरू कसैलाई भनेनन् । तर उहाँले मृत्युबाट फेरि जीवित हुन्‍छु भन्‍नुभएको कुराको अर्थको बारेमा तिनीहरूले आपसमा छलफल गरे ।
\s5
\v 11 तिनीहरूले येशूलाई सोधे, “हाम्रो व्यवस्था सिकाउने मानिसहरूले पृथ्‍वीमा ख्रीष्‍ट आउनुभन्दा पहिले पृथ्वीमा एलिया आउनुपर्छ भनेर किन सिकाउँछन् ?”
\v 12 येशूले जवाफ दिनुभयो, “यो साँचो हो कि हरेक कुरालाई व्‍यवस्‍थित बनाउनलाई परमेश्‍वरले एलियालाई पहिले नै पठाउँने प्रतिज्ञा गर्नुभयो ।
\v 13 तर एलिया आइसकेका छन्, र धेरै अघिका अगमवक्ताहरूले भनेझैं, हाम्रा अगुवाहरूले आफूलाई जस्‍तो मन लाग्‍यो त्‍यस्‍तै गरी उनीसँग धेरै खराब व्यवहार गरे । तर, म, मानिसको पुत्रको बारेमा धर्मशास्‍त्रमा धरै कुरा लेखिएका छन् । धर्मशास्‍त्रले भन्छ कि मैले धेरै दुःख सहनुपर्नेछ र मानिसहरूले मलाई इन्कार गर्नेछन् ।”
\s5
\v 14 त्‍यसपछि येशू र ती तीनजना चेलाहरू अरू चेलाहरू भएको ठाउँमा पग्‍नुभयो । अरू चेलाहरूको वरिपरि एउटा ठूलो भिड जम्‍मा भएको र यहूदी व्यवस्था सिकाउने केही मानिसहरूले तिनीहरूसँग वादविवाद गर्दै रहेको उहाँहरूले देख्‍नुभयो ।
\v 15 उहाँ आउनुभएको देखेर भिड अचम्‍ममा पर्‍यो । यसैले तिनीहरू उहाँ हुनभएतिर दौडिए र उहाँलाई अभिवादन गरे ।
\v 16 उहाँले सोध्‍नुभयो, “तिमीहरू के कुराको बारेमा वादविवाद गर्दैछौ ?”
\s5
\v 17 भिडमा भएको एकजना मानिसले उहाँलाई जवाफ दियो, “गुरुज्यू, तपाईंले निको पारिदिनुहुन्‍छ भनेर मैले आफ्‍नो छोरालाई यहाँ ल्याएँ । ऊ भित्र एउटा दुष्‍ट आत्मा छ जसले उसलाई बोल्न नसक्‍ने बनाउँछ ।
\v 18 जब त्यस दुष्‍ट आत्माले उसलाई अधीन गर्न सुरु गर्छ, त्‍यसले उसलाई भुईंमा पछार्छ । उसले मुखमा फिंज काड्छ र आफ्ना दाँत किट्छ र उसको शरीर कडा हुन्‍छ । त्यो दुष्‍ट आत्मालाई निकाल्‍न मैले तपाईंका चेलाहरूलाई बिन्‍ति गरें तर तिनीहरूले त्‍यसो गर्न सकेनन् ।”
\v 19 येशूले ती मानिसहरूलाई यसो भनेर जवाफ दिनुभयो, “तिमीहरू विश्‍वास नभएका मानिसहरू ! तिमीहरू मेरो धैर्यको परीक्षा लिन्‍छौ ! त्‍यो केटोलाई मकहाँ ल्याओ !”
\s5
\v 20 यसैले तिनीहरूले त्यो केटालाई येशूकहाँ ल्याए । त्यो दुष्‍ट आत्माले येशूलाई देख्‍ने बित्तिकै, त्यसले केटोलाई जोडले हल्लायो र त्‍यो केटो भुईंमा लड्‍यो । उसले लडिबडि गर्‍यो र मुखमा फिंज काड्‍यो ।
\v 21 येशूले त्‍यो केटाको बुबालाई सोध्‍नुभयो, “कहिलेदेखि उसलाई यस्तो भएको छ ?” तिनले जवाफ दिए, “ऊ सानो बालक हुँदादेखि यस्तो हुन सुरुभयो ।
\v 22 त्यो दुष्‍ट आत्माले त्यति मात्र गर्दैन, तर त्यसले उसलाई मार्नको लागि धेरैजसो आगोमा र पानीमा फाल्छ । तपाईंले सक्‍नुहुन्छ भने, हामीमाथि दया गर्नुहोस् र हामीलाई मद्धत गर्नुहोस् !”
\s5
\v 23 येशूले उसलाई भन्‍नुभयो, “म अवश्य सक्छु ! परमेश्‍वरमाथि विश्‍वास गर्ने मानिसहरूका लागि उहाँले कुनै पनि कुरा गर्न सक्‍नुहुन्छ !”
\v 24 तुरुन्तै त्यो बालकको बुबाले ठूलो स्‍वरले भने, “तपाईंले मलाई मद्धत गर्न सक्‍नुहुन्छ भनी म विश्‍वास गर्छु, तर मेरो विश्‍वास बलियो छैन । बलियो रूपले विश्‍वास गर्न मलाई मद्धत गर्नुहोस !”
\v 25 भिडको संख्‍या बढ्दै गएको येशूले देख्‍नुभयो । उहाँले त्यो दुष्‍टआत्मालाई हकार्नुभयो: “तँ दुष्‍ट आत्मा, तँ जसले यो बालकलाई बहिरो र बोल्न नसक्‍ने बनाउँदैछस्् ! त्यसबाट निस्‍केर जान र फेरि कहिल्यै त्यसभित्र नपस्‍न म तलाई आज्ञा गर्छु !”
\s5
\v 26 त्यो दुष्‍ट आत्मा चिच्‍यायो र त्‍यो केटोलाई डरलाग्दो किसिमले हल्लायो; तब त्यसले केटोलाई छोड्यो । त्‍यो केटोले हलचल गरेन । ऊ एउटा मुर्दाजस्तो देखियो । यसैले त्यहाँ भएका धेरैजसो मानिसहरूले भने, “ऊ मरेको छ !”
\v 27 तापनि, येशूले आफ्नो हातले उसलाई समात्‍नुभयो र उसलाई उठ्न मद्धत गर्नुभयो । तब त्‍यो केटो उभियो ।
\s5
\v 28 पछि, एउटा घरमा येशू र उहाँका चेलाहरू मात्र हुनुभएको समयमा, तिनीहरूले उहाँलाई सोधे, “हामीले किन त्यो दुष्‍ट आत्मालाई बाहिर निकाल्‍न सकेनौं ?”
\v 29 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको दुष्‍ट आत्मालाई तिमीहरूले प्रार्थनाद्वारा मात्र बाहिर निकाल्‍न सक्‍छौ । त्यहाँ अरू कुनै उपाय छैन ।”
\s5
\v 30 येशू र उहाँका चेलाहरूले त्यो क्षेत्रलाई छोड्‍नुभएपछि, उहाँहरूले गालीलको यात्रा गर्नुभयो । आफू जहाँ हुनुहुथ्‍यो, त्‍यसको बारेमा कसैले पनि थाहा नपाओस् भन्‍ने येशूको इच्‍छा थियो ।
\v 31 आफ्ना चेलाहरूलाई शिक्षा दिनलाई उहाँले समय निकाल्‍न चाहनुहुन्थ्यो । उहाँले तिनीहरूलाई भन्दै हुनुहुन्थ्यो, “कुनै दिन मेरा शत्रुहरूले म, मानिसको पुत्रलाई गिरफ्‍तार गर्नेछन्, र मलाई अरू मानिसहरूका हातमा सुम्पिदिनेछन् । ती मानिसहरूले मलाई मार्नेछन् । तर मेरो मृत्‍युपछि, तेस्रो दिनमा म फेरि जीवित हुनेछु !”
\v 32 उहाँले तिनीहरूलाई के भन्‍दै हुनुहुन्‍थ्‍यो भनी तिनीहरूले बुझ्‍न सकेनन्, र उहाँले के भन्‍न खोज्‍नुभएको हो भनी उहाँलाई सोध्‍न तिनीहरू डराए ।
\s5
\v 33 तब येशू र उहाँका चेलाहरू कफर्नुहुममा फर्किनुभयो । जब उहाँहरू घरमा हुनुहुन्‍थ्‍यो, तब उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “हामी बाटोमा यात्रा गर्दै आउँदा तिमीहरू के कुराको बारेमा बात गर्दै थियौ ?”
\v 34 तर तिनीहरूले जवाफ दिएनन् । तिनीहरूमध्‍ये कोचाहिं सबभन्‍दा महत्‍वपूर्ण थियो भनी तिनीहरू एक आपसमा विवाद गर्दै थिए ।
\v 35 उहाँ भुईंमा बस्‍नुभयो, बाह्रैजना चेलाहरूलाई आफ्‍नो नजिक आउन बोलाउनुभयो र त्‍यसपछि तिनीहरूलाई भन्‍नुभयो, “कसैले परमेश्‍वरले उसलाई सबैभन्‍दा महत्त्‍वपूर्ण व्‍यक्ति ठान्‍नुभएको होस् भन्‍ने इच्‍छा गर्छ भने, उसले आफैंलाई सबभन्दा कम महत्त्‍वपूर्ण व्‍यक्ति ठान्‍नुपर्छ, र अन्‍य हरेकको सेवा गर्नुपर्छ ।”
\s5
\v 36 तब उहाँले एउटा बालकलाई लिनुभयो र उसलाई तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्यस बालकलाई आफ्नो पाखुरामा लिनुभयो, त्‍यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो,
\v 37 “मानिसहरूले मलाई प्रेम गरेको कारणले तिनीहरूले यस्‍तो बालकलाई ग्रहण गर्छन् भने, तिनीहरूले मलाई नै ग्रहण गर्दैछन् भनी परमेश्‍वरले विचार गर्नुहुन्‍छ । यो पनि साँचो हो कि तिनीहरूले मलाई पठाउनुहुने परमेश्‍वरलाई पनि ग्रहण गरिरहेका हुन्छन् ।”
\s5
\v 38 यूहन्‍नाले येशूलाई भने, “गुरूज्यू, कसैले मानिसहरूबाट दुष्‍ट आत्माहरू निकाल्‍दै गरेको हामीले देख्‍यौं । उसले तपाईंबाट अधिकार पाएको थियो भनी दाबी गर्‍यो । यसैले हामी उसलाई त्‍यसो गर्न रोक्‍न भन्‍यौं किनभने ऊ चेलाहरूमध्‍येको व्‍यक्ति थिएन ।
\v 39 येशूले भन्‍नुभयो, “उसलाई त्यसो गर्न रोक्‍न नभन । मेरो अधिकारमा ठूला काम गर्ने बित्तिकै मेरो बारेमा कसैले पनि खराब कुरा बोल्नेछैन ।
\s5
\v 40 हाम्रो विरोध नगर्ने मानिसहरूले हाम्रै लक्ष्यहरू प्राप्‍त गर्ने कोसिस गर्दैछन् ।
\v 41 तिमीहरूले म, ख्रीष्‍टको पछि लागेको करणले मानिसहरूले सामान्य कसिमले तिमीहरूलाई पिउन दिने एक कचौरा पानी भए तापनि, तिमीहरूलाई कुनै किसिमले मद्धत गर्नेहरूलाई परमेश्‍वरले अवश्य पनि इनाम दिनुहुनेछ !”
\s5
\v 42 येशूले यसो पनि भन्‍नुभयो, “तर यो सानो बालक जस्तै सामाजिक रूपमा त्‍यति महत्त्‍व नभएको व्‍यक्ति नै भए तापनि, मलाई विश्‍वास गर्ने कसैलाई तिमीले पाप गर्न लगाउँछौ भने, परमेश्‍वरले तिमीलाई डरलाग्दो किसिमले दण्ड दिनुहुनेछ । मलाई विश्‍वास गर्ने व्‍यक्तिलाई पाप गर्न लगाएको कारणले परमेश्‍वरले तिमीलाई दण्‍ड दिनुभन्‍दा त कसैले तिम्रो घाँटीमा गह्रौं ढुंगा बाँध्‍छ र तिमीलाई समुद्रमा फाल्छ भने त्‍यो असल हुन्‍छ ।
\v 43 यसैले आफ्‍ना हातहरूमध्‍ये एउटालाई पाप गर्न लगाउने इच्‍छा भयो भने, त्यो प्रयोग नगर ! पाप गर्नबाट बच्‍नलाई तिमीले आफ्नो हात काट्नु र फाल्‍नु पर्छ भने पनि, त्यसै गर ! तिमी पृथ्वीमा हुँदा आफ्‍ना हातहरूमध्‍ये एउटा नहोस् तापनि, तिमीले अनन्त जीवन पाउनुचाहिं असल हुन्‍छ । तर तिमीले पाप गर्नु र परिणामस्‍वरूप परमेश्‍वरले तिम्रो सम्पूर्ण शरिर नै नरकमा फाल्नु असल हुँदैन ।
\v 44 जहाँ किराहरूले तिनीहरूलाई खान कहिल्यै छोड्‍ने छैनन्, र तिनीहरूलाई जलाउने आगो कहिल्यै निभ्‍ने छैन । (पुराना आधिकारिक पाण्‍डुलिपिमा पदहरू ४४ देखि ४६ सम्‍मका वाक्यहरू मेटिएकोले भेटिएन ।)
\s5
\v 45 आफ्‍ना खुट्टाहरूमध्‍ये एउटालाई पाप गर्न लगाउने इच्‍छा भयो भने, त्यो प्रयोग नगर ! पाप गर्नबाट बच्‍नलाई तिमीले आफ्नो खुट्टा काट्नु र फाल्‍नु पर्छ भने पनि, त्यसै गर ! तिमी पृथ्वीमा हुँदा आफ्‍ना खुट्टाहरूमध्‍ये एउटा नहोस् तापनि, तिमीले अनन्त जीवन पाउनुचाहिं असल हुन्‍छ । तर तिमीले पाप गर्नु र परिणामस्‍वरूप परमेश्‍वरले तिम्रो सम्पूर्ण शरिर नै नरकमा फाल्नु असल हुँदैन ।
\v 46 पुरानो आधिकारिक पाण्‍डुलिपिमा पद ४६ भेटिएन ।
\s5
\v 47 तिमीले देखेको कारणले तिमीलाई पाप गर्ने परीक्षा आउँछ भने, ती कुराहरू हेर्न छोड ! पाप गर्नबाट बच्‍नलाई तिमीले आफ्‍ना आँखालाई निकाल्नु र त्‍यसलाई फाल्‍नु परे तापनि, त्यसै गर ! तिम्रा दुई आँखा भएर पनि परमेश्‍वरले तिमीलाई नरकमा फाल्नुभन्दा एउटा मात्र आँखा हुनु र परमेश्‍वरले तिम्रो जीवनमा राज्‍य गर्न खुशी हुनु असल कुरा हो ।
\v 48 त्य ठाउँमा किराहरूले सदासर्वदा मानिसलाई खाइरहन्छन् र जलाउने आगो कहिल्यै निभ्दैन ।”
\s5
\v 49 “मानिसहरूले आफ्नो भोजनमा नुन हालेझैं, परमेश्‍वरले हरेकमा आगो हाल्‍नुहुनेछ ।
\v 50 नुन भोजनमा राख्‍न उपयोगी हुन्‍छ, तर त्यो स्वादविनाको भयो भने, त्यसलाई तिमीले फेरि नुनिलो बनाउन सक्दैनौँ । हामी खानालाई स्वादिलो बनाउने नुनजस्‍तै हुनुपर्छ । र एक अर्कामा शान्‍तिमा बस्‍नुपर्छ ।”
\s5
\c 10
\p
\v 1 येशूले र आफ्‍ना चेलाहरूसँगै त्यो ठाउँ छोड्नुभयो, र यहूदिया जिल्ला र यार्दन नदीको पूर्वपट्टि जानुभयो । जब मानिसका भिडहरू फेरि पनि उहाँको वरिपरि जम्मा भए, उहाँले सधैं गरेझैं, उहाँले तिनीहरूलाई फेरि सिकाउनुभयो ।
\v 2 उहाँले तिनीहरूलाई सिकाउँदै गर्नुहुँदा, केही फरिसीहरू उहाँकहाँ आए र उहाँलाई सोधे, “के हाम्रो व्यवस्थाले मानिसलाई आफ्नो श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ ?” उहँले “दिन्‍छ” वा “दिंदैन” जे भन्‍नुभए पनि उहाँको आलोचना गर्न सकियोस् भन्‍ने उद्देश्‍यले तिनीहरूले उहाँलाई त्‍यो प्रश्‍न सोधे ।
\v 3 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “यसको बारेमा मोशाले तिमीहरूका पुर्खाहरूलाई के आज्ञा दिए ?”
\v 4 तिनीहरूमध्ये एकजनाले जवाफ दियो, “मानिसले त्‍यागपत्र लेख्‍न सक्‍छन् ता कि तिनले उनलाई पठाइदिन सक्‍छन् भनी मोशाले अनुमति दिए ।”
\s5
\v 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका पुर्खाहरूले आफ्ना श्रीमतीहरूलाई हठी भएर पठाइदिन चाहन्थे । त्यसैकारणले मोशाले त्यो व्यवस्था लेखे ।
\v 6 तर परमेश्‍वरले सुरुमा मानिसको सृष्‍टि गर्नुहुँदा, यस्‍तो लेखिएको छ ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’
\s5
\v 7 परमेश्‍वरले यसो भन्‍नुभएको कुराले त्‍यो स्‍पष्‍ट हुन्‍छ, ‘जब एकजना मानिसले विवाह गर्छ, तब उसले आफ्नो बाबुआमालाई छोड्नुपर्छ र आफ्‍नो श्रीमतीलाई साथ दिनुपर्छ ।
\v 8 तिनीहरू एउटै व्‍यक्तिजस्तै हुनेछन् । तिनीहरू दुइजना मानिस जस्‍तो होइन, तर एउटै हुनेछन् ।’
\v 9 त्‍यो कुरा सत्य भएको कारणले, एकजना मानिस आफ्नो श्रीमतीबाट अलग हुनुहुँदैन । परमेश्‍वरले तिनीहरूलाई एकसाथ जोड्‍नुभएको छ र तिनीहरू एकसाथ रहून् भन्‍ने इच्‍छा गर्नुभएको छ !”
\s5
\v 10 जब येशू र उहाँका चेलाहरू मात्र एउटा घरमा हुनुहुन्‍थ्‍यो, तिनीहरूले यसको बारेमा फेरि उहाँलाई सोधे ।
\v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नो श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने र अर्को स्‍त्रीसँग विवाह गर्ने, कुनै पनि मानिसलाई परमेश्‍वरले व्यभिचारी भएको विचार गर्नुहुन्‍छ ।
\v 12 आफ्नो पतिसँग सम्बन्धविच्छेद गर्ने र अर्को पुरुषसँग विवाह गर्ने, कुनै पनि स्‍त्रीलाई पनि परमेश्‍वरले व्यभिचारी भएको विचार गर्नुहुन्‍छ ।”
\s5
\v 13 यतिबेला मानिसहरूले बालबालिकालाई येशूकहाँ ल्याउँदै थिए जसले गर्दा उहाँले तिनीहरूलाई छुनु र ोआशिष्‌‌ दिनुभएको होस् । तर चेलाहरूले ती मानिसहरूलाई गाली गरे ।
\v 14 जब येशूले त्‍यो देख्‍नुभयो, तब उहाँ क्रोधित हुनुभयो । उहाँले चेलाहरूलाई भन्‍नुभयो, "बालबालिकालाई मकहाँ आउन देऊ ! तिनीहरूलाई निषेध नगर ! बालबालिकाको जस्‍तै विशेषताहरू भएका मानिसहरूमा परमेश्‍वरले राज्य गर्न खुशी हुनुहुनेछ ।
\s5
\v 15 यो ध्‍यान देओ: बालबिकाले गरेझैं मानिसहरूले परमेश्‍वरलाई आफ्‍नो राजाको रूपमा ग्रहण गर्दैनन् भने, परमेश्‍वरले निश्‍चित रूपमा तिनीहरूमाथि राज्य गर्न खुशी हुनुहुने छैन ।”
\v 16 अनि उहाँले बालबिकालाई अंगालोमा लिनुभयो । उहाँले आफ्नाो हातहरू तिनीहरूमाथि राख्‍नुभयो र परमेश्‍वरसँग बिन्ती गर्नुभयो र तिनीहरूको असल होस् भनी परमेश्‍वरसँग पुकारा गर्नुभयो ।
\s5
\v 17 येशूले फेरि पनि आफ्ना चेलाहरूसँग यात्रा गर्न शुरु गर्नुहुँदा, एकजना मानिस उहाँकहाँ दौडेर आयो । उसले येशू अगाडि घुँडा टेक्‍यो र सोध्यो, “असल गुरूज्‍यू, अनन्त जीवन पाउनका लागि मैले के गर्नुपर्छ ?”
\v 18 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई किन असल भन्छौ ? परमेश्‍वर मात्र असल हुनहुन्छ !
\v 19 तर तिम्रो प्रश्‍नको उत्तर दिनलाई, के तिमीलाई मोशाका आज्ञाहरू थाहा छ: कसैको हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, झूटो गवाही नदिनु, कसैलाई नठग्‍नु र आफ्ना बुबा र आमाको आदर गर्नु’ ।”
\s5
\v 20 त्यस मानिसले उहाँलाई भन्यो, “गरूज्‍यू, मैले आफ्‍नो बाल्यकालदेखि नै यी सबै आज्ञाहरू पालन गरेको छु ।”
\v 21 येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “एउटा कुरा छ जुन तिमीले अहिलेसम्म गरेका छैनौ । तिमी घर जानुपर्छ, तिम्रा सबै धनदौलत बेच्‍नुपर्छ, र गरीबहरूलाई त्‍यो पैसा दिनुपर्छ । परिणामस्वरूप, तिमीसित स्वर्गमा धनदौलत हुनेछ । मैले तिमीलाई भनेको कुरा तिमीले गरेपछि, आउनुपर्छ र मेरो पछि लाग्‍नुपर्छ !”
\v 22 येशूले दिनुभएको सुझावहरू सुनेपछि, त्यो मानिस दुःखी भयो । ऊ उदास भएर गयो किनभने ऊ धेरै धनी थियो ।
\s5
\v 23 येशूले वरिपरि भएका मानिसहरूलाई हेर्नुभयो । अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूले आफ्‍नो जीवनमा परमेश्‍वरलाई राज्य गर्न दिन सक्‍ने कुरा अत्‍यन्‍तै कठिन छ ।”
\v 24 उहाँले भन्‍नुभएको कुराले चेलाहरू अलमलमा परे । येशूले फेरि भन्‍नुभयो, “मेरा प्यारा मित्रहरू, कसैले आफ्‍नो जीवनमा परमेश्‍वरलाई राज्य दिन सक्‍ने कुरा धेरै कठिन छ ।
\v 25 धनी मानिसले आफ्‍नो जीवनमा परमेश्‍वरलाई राज्‍य गर्न दिन सक्‍ने कुराभन्‍दा त ऊँटजस्‍तो ठूलो जनावरलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
\s5
\v 26 चेलाहरू धेरै आश्‍चर्यचकित भए । यसैले तिनीहरूले एक-आपसमा भने, “यदि त्यस्तो हो भने, कोही पनि बचाइनेछैन !”
\v 27 येशूले तिनीहरूलाई हेर्नुभयो र त्‍यसपछि उहाँले भन्‍नुभयो, “हो, मानिसहरूले आफैंलाई बचाउने कुरा असम्‍भव छ ! तर निश्‍चित रूपमा परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ, किनभने परमेश्‍वरले कुनै पनि कुरा गर्न सक्‍नुहुन्छ !”
\v 28 पत्रुसले भने्, “हेर्नुहोस्, हामीहरूले हरेक कुरा त्‍याग्‍यौं र तपाईंलाई पछि लाग्‍यौं ।
\s5
\v 29 येशूले जवाफ दिनुभयो, “तिमीले यो जान भन्‍ने म इच्‍छा गर्छु: जसले मेरो र सुसमाचारको निम्‍ति आफ्ना घरहरू, आफ्ना दाजुभाइ, आफ्ना दिदीबहिनी, आफ्नो बुबा, आफ्नो आमा, आफ्ना छोराछोरी वा आफ्नो जग्गा-जमिन छोड्छ,
\v 30 तिनीहरूले छोडेका भन्‍दा सय गुणा बढी तिनीहरूले यस जीवनमा पाउनेछन् । घरहरू तथा दाजुभाइ र दिदीबहिनी र आमाहरू र छोराछोरी जस्‍तै प्रीय मानिसहरू अनि जग्गा-जमिन समेत त्‍यसमा समावेश हुन्‍छ । अझ बढी, तिनीहरूले मलाई विश्‍वास गरेको कारणले यहाँ पृथ्वीमा तिनीहरूलाई मानिसहरूले सताए तापनि, भविष्यको युगमा तिनीहरूले अनन्त जीवन पाउनेछन् ।
\v 31 तर म तिमीहरू सबैलाई चेतावनी दिन्‍छु: धेरैजना जसले यतिबेला आफैंलाई धेरै महात्त्वको ठान्छन्, तिनीहरू भविष्यको समयमा महत्त्वरहित हुनेछन्, र जसले यतिबेला आफैंलाई महत्त्वरहित ठान्छन्, तिनीहरू भविष्यको समयमा धेरै महत्त्वको हुनेछन् !”
\s5
\v 32 केही दिनपछि जसै उहाँहरूले निरन्तर यात्रा गर्नुभयो, येशू र उहाँका चेलाहरू यरूशलेम जाने बाटोमा हिड्‍दै हुनुहुन्‍थ्‍यो । येशू तिनीहरूका अघिअघि ोहिंड्‍दै हुनुहुन्‍थ्‍यो । चेलाहरू छक्‍क परेका थिए र उहाँहरूको साथमा भएका अरू मानिसहरू डराएका थिए । बाटोको हिंड्‍दैगर्दा, उहाँले बाह्रजना चेलाहरूलाई मात्र एकातिर लानुभयो । अनि उहाँले आफूलाई जे हुन लाग्‍दै थियो त्‍यसको बारेमा उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभयो; उहाँले भन्‍नुभयो,
\v 33 “ध्यानपूर्वक सुन ! हामी यरूशलेमसम्म जाँदैछौं । त्यहाँ मुख्‍य पुजारीहरू र व्यवस्थाहरू सिकाउँने मानिसहरूले म, मानिसको पुत्रलाई गिरफ्‍तार गर्नेछन् । तिनीहरूले मलाई मृत्‍युदण्‍ड दिनुपर्छ भनी घोषणा गर्नेछन् । अनि तिनीहरूले मलाई रोमी अधिकारीहरूकहाँ लानेछन् ।
\v 34 तिनीहरूकाो मानिसहरूले मलाई गिल्ला गर्नेछन् र मलाई थुक्‍नेछन् । तिनीहरूले मलाई कोर्रा लगाउनेछन् र त्‍यसपछि तिनीहरूले मलाई मार्नेछन् । तर त्यसको तेस्रो दिनपछि, म फेरि जीवित हुनेछु !”
\s5
\v 35 बाटोमा जाँदै गर्नुहुँदा, जब्दियाका छोराहरू, याकूब र यूहन्‍ना येशूक नजीक आए र उहाँलाई भने, “गरूज्‍यू, हाम्रो निम्‍ति तपाईंले केही गर्नुहोस् भन्‍ने हाम्रो इच्‍छा छ !”
\v 36 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूका निम्‍ति मैले के गरौं भन्‍ने तिमीहरूको इच्‍छा छ ?”
\v 37 तिनीहरूले उहाँलाई भने, “तपाईं आफ्नो राज्यको राजा बन्‍नुहुँदा, हामीहरूमध्‍ये एकजनालाई तपाईंको दाहिनेपट्टि र एकजनालाई तपाईंको देब्रेपट्टि बस्‍न दिनुहोस् ।”
\s5
\v 38 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के माग्‍दैछौ त्‍यो तिमीहरू बुझ्‍दैनौ ?” अनि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “के मैले भोग्‍न लागेको दु:ख जस्‍तै दु:ख तिमीहरू भोग्‍न सक्छौ ? के मैले मर्न लागेको मृत्‍युजस्तै मृत्‍यु तिमीहरू मर्न सक्छौ ?”
\v 39 तिनीहरूले उहाँलाई भने, “हो, हामी त्‍यसो गर्न सक्छौंँ !” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय पनि मैले भोग्‍न लागेको दु:ख जस्‍तै दु:ख तिमीहरूले भोग्‍नेछौ र अरूहरूले मलाई मार्ने जस्‍तै मृत्‍यु तिमीहरूले भोग्‍नेछौ ।
\v 40 तर मेरो आशनको नजीक को बस्‍नेछ भनी छान्‍ने काम मेरो होइन । परमेश्‍वरले पहिलेबाट नै जसलाई ती ठाउँहरू दिनलाई चुन्‍नुहुन्‍छ तिनीहरूलाई नै उहाँले दिनुहुन्‍छ ।”
\s5
\v 41 याकूब र यूहन्‍नाले के कुराको लागि बिन्‍ति गरेका थिए भनी पछि अरू दसजना चेलाहरूले सुने । यसैले तिनीहरूले भने कि ती दुईजना चेलासँग तिनीहरू खुशी थिएनन् ।
\v 42 त्‍यसपछि येशूले तिनीहरू सबैलाई एकसाथ बोलाउनुभयो र भन्‍नुभयो, “मानिसहरूमाथि शासन गर्ने राजाहरू र अरूहरूले आफूलाई शक्तिशाली देखाउन पाउँदा आनन्‍द गर्छन् भनी तिमीहरू जान्‍दछौ । तिनीहरूका अधिकारीहरूले अरूलाई आदेश दिन पाउँदा आनन्‍दि हुन्‍छन् भनी तिमीहरू जान्‍दछौ ।
\s5
\v 43 तर तिनीहरू जस्तो नहोओ ! त्यसको साटोमा तिमीहरूमध्‍ये परमेश्‍वरले आफूलाई महान विचार गर्नुभएको होस् भन्‍ने इच्‍छा गर्नेहरू बाँकी अरूका सेवकहरू हुनुपर्छ ।
\v 44 अझ बढी, तिमीहरूमध्ये कसैले परमेश्‍वरले उसलाई ज्‍यादै महत्त्वपूर्ण विचार गर्नुभएको होस् भन्‍ने इच्‍छा गर्नेले तिमीहरूमध्‍ये बाँकीको दास जस्तै भएर काम गर्नुपर्छ ।
\v 45 म, मानिसको पुत्र, सेवा लिन आएको होइन । त्यसको साटोमा, म अरूको सेवा गर्न र आफ्नो जीवन तिनीहरूका निम्‍ति दिएर धेरैलाई स्वतन्‍त्र गराउनलाई आएँ ।”
\s5
\v 46 यरूशलेमको बाटोमा, येशू र चेलाहरू यरीहो आउनुभयो । त्‍यसपछि ठूलो भीडसँगै उहाँहरू यरीहोबाट जान लाग्‍नुहुँदा, सधैं पैसा माग्‍ने एकजना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसिरहेको थियो । उसको नाम बारतिमै थियो र उसको बुबाको नाम तिमैा थियो ।
\v 47 जब नासरतको येशू त्यहाँबाट जाँदै हुनुहुन्छ भनी मानिसहरूले भनेको उसले सुन्‍यो, ऊ चिच्यायो, "येशू ! तपाईं जो दाऊद राजाका सन्‍तान ख्रीष्‍ट हुनुहुन्छ, ममाथि दया गर्नुहोस् !"
\v 48 धेरै मानिसहरूले उसलाई हप्काए र उसलाई चुप लाग्‍न भने । तर ऊ अझ बढी चिच्यायो, "तपाईं जो दाऊद राजाका सन्‍तान ख्रीष्‍ट हुनुहुन्छ, ममाथि दया गर्नुहोस् !"
\s5
\v 49 येशू रोकिनुभयो र भन्‍नुभयो, “उसलाई यहाँ आउनलाई बोलाओ !” तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई यसो भन्दै बोलाए, "येशूले तिमीलाई बोलाउँदै हुनुहुन्छ ! यसैले खुशी होऊ र उठ र आऊ !”
\v 50 ऊ उठ्‍दा उसले आफ्नो खाष्‍टो छेउतिर फाल्यो र ऊ येशूकहाँ आयो ।
\s5
\v 51 येशूले उसलाई सोध्‍नुभयो, “तिम्रो लागि म के गरौं भन्‍ने तिम्रो इच्‍छा छ ?” त्यो दृष्‍टिविहिन मानिसले उहाँलाई भन्यो, “गुरूज्‍यू, म फेरि देख्‍न सक्‍ने हुन सकूँ भन्‍ने इच्‍छा छ !”
\v 52 येशूले उसलाई भन्‍नुभयो, “तिमीले मलाई विश्‍वास गरेको कारणले म तिमीलाई निको पार्दैछु । यसैले तिमी जान सक्छौ !” उसले तुरन्तै देख्‍न सक्यो । र ऊ येशूसँगै बाटोमा हिंड्‍दै गयो ।
\s5
\c 11
\p
\v 1 येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक आउनुहुँदा, उहाँहरू जैतुन डाँडाको नजीक बेथफागे र बेथानियामा आउनुभयो । तब येशूले आफ्ना चेलाहरूमधये दुईजनालाई बोलाउनुभयो
\v 2 र तिनीहरूलाई भन्‍नुभयो, “हाम्रो अगाडिको गाउँमा जाओ । तिमीहरू त्‍यहाँ पस्‍नेबित्तिकै, तिमीहरूले एउटा गधाको बछेडालाई देख्‍नेछौ जसमा कोही कहिलै चढेको छैन । त्यसलाई फुकाओ र त्‍यसलाई मकहाँ ल्याओ ।
\v 3 कसैले तिमीहरूलाई, ‘तिमीहरू किन त्‍यसो गर्दैछौ ? भन्‍छ भने, ‘प्रभुले यसलाई प्रयोग गर्नु आवश्यक छ । उहाँलाई यसको आवश्यक नहुनेबित्तिकै, उहाँले कसैद्वारा यसलाई यहाँ फिर्ता पठाउनुहुनेछ ।’”
\s5
\v 4 यसैले दुईजना चेलाहरू गए र गधाको बछेडा भेट्टाए । त्‍यसलाई घरको ढोका नजिक बाँधिएको थियो, जुन बाटोको छेउमा थियो । तब तिनीहरूले त्यसलाई फुकाए ।
\v 5 त्यहाँ भएका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले किन त्यो गधालाई फुकाउँदैछौ ?”
\v 6 येशूले जे भन्‍नुभएको थियो त्यो कुरा तिनीहरूले उनीहरूलाई भने । यसैले मानिसहरूले तिनीहरूलाई त्‍यो गधा लैजाने अनुमति दिए ।
\s5
\v 7 दुईजना चेलाहरूले त्‍यो गधालाई येशूकहाँ ‍ल्‍याए र उहाँलाई बस्‍नको लागि केही होस् भनेर आफ्ना लुगाहरू त्‍यसमाथि राखे ।
\v 8 धेरै मानिसहरूले उहाँको अघि बाटोमा आफ्ना लुगाहरू ओछ्‍याए । अरूहरूले नजिकैका खेतबारीबाट खजुरका हाँगाहरू काटे र ती बाटोभरी ओछ्‍याए ।
\v 9 उहाँको अघि र उहाँको पछि हिंड्‍दै गरेका सबै मानिसहरू यसो भनेर चिच्याउँदै थिए, “ परमेश्‍वरको स्तुति होस् !” र “परमेश्‍वरको अधिकारमा आउनेमाथि उहाँको आशिष रहोस् ।”
\v 10 तिनीहरूले यसो भन्‍दै कराए, “हाम्रो पुर्खा दाऊद राजाले राज्‍य गरेझैं राज्‍य गर्ने तपाईं धन्यको हुनुहुन्छ !” र “सर्वोच्‍च स्वर्गमा हुनुहुने परमेश्‍वरको स्तुति होस् !”
\s5
\v 11 येशू तिनीहरूसँग यरूशलेममा प्रवेश गर्नुभयो, र त्‍यसपछि उहाँ मन्दिर परिसर जानुभयो । उहाँले त्यहाँ वरिपरिी भएका हरेक कुरा हेर्नुभएपछि, उहाँले सहर छोड्‍नुभयो किनभने साँझ पर्नै लागिसकेको थियो । उहाँ बाह्रजना चेलाहरूसँगै बेथानियामा फर्कनुभयो ।
\v 12 अर्को दिन येशू र उहाँका चेलाहरू बेथानियाबाट जाँदै गर्नुहुँदा, उहाँ भोकाउनुभयो ।
\s5
\v 13 उहाँले अलिपर पात भएको एउटा अञ्‍जीरको रूख देख्‍नुभयो, यसैले त्‍यसबाट उहाँले कुनै अञ्‍जीर पाउनुहुन्‍छ कि भनी हेर्न उहाँ त्‍यसमा जानुभयो । तर जब उहाँ त्यहाँ पुग्‍नुभयो, उहाँले त्यसमा केही फल पाउनुभएन, किनभने अझैसम्‍म अञ्‍जीरको फल लाग्‍ने ऋतु आएको थिएन ।
\v 14 उहाँले रूखलाई भन्‍नुभयो “तँबाट फेरि कसैले पनि खाने छैन ।” र चेलाहरूले यो सुने ।
\s5
\v 15 येशू र उहाँका चेलाहरू यरूशलेम फर्केर जानुभयो र मन्दिर परिसरभित्र पस्‍नुभयो । उहाँले बलिदानको लागि जनावरहरू किन्‍ने र बेच्‍ने गर्दै गरेका मानिसहरूलाई देख्‍नुभयो । उहाँले ती मानिसहरूलाई मन्दिर परिसरबाट धपाउनुभयो । मन्दिरमा करको पैसालाई रोमी सिक्‍कासँग सटही गर्नेहरूको टेबलहरू पनि उहाँले पल्टाई दिनुभयो । र उहाँले बलिदानको लागि परेवाहरू बिक्री गर्ने मानिसहरूको आशनहरू पनि उहाँले पल्टाइ दिनुभयो ।
\v 16 केही कुरा बेच्‍नलाई बोक्‍दै गरेका कसैलाई पनि उहाँले मन्दिरको क्षेत्रमा पस्‍ने अनुमति दिनुभएन ।
\s5
\v 17 त्‍यसपछि उहाँले ती मानिसहरूलाई सिकाउनुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा यसो लेखिएको छ कि परमेश्‍वरले भन्‍नुभयो, ‘मेरो घरमा सबै जातिका मानिसहरूले प्रार्थना गर्न सकून् भन्‍ने मेरो इच्‍छा छ’ तर तिमी डाँकुहरूले यसलाई डाँकुहरू लुक्‍ने गुफा बनाएका छौ ।”
\v 18 मुख्‍य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूले पछि उहाँले गर्नुभएको कुराको बारेमा सुने । तिनीहरूले उहाँलाई कसरी मार्न सक्‍छन् भनी योजना गर्दै थिए तर तिनीहरू उहाँसित डराए किनभने उहाँको शिक्षा दिंदै गर्नुभएको कुरामा भीड छक्‍क परेका थिए भनी तिनीहरूले महसुस गरे ।
\v 19 हरेक साँझ येशू र उहाँका चेलाहरू सहरबाट बाहिर जाने गर्नुहुन्‍थ्‍यो ।
\s5
\v 20 अर्को दिन बिहान उहाँहरू बाटोमा यरूशलेमतिर जाँदै गर्नुहुँदा, येशूले सराप्‍नु भएको अञ्‍जीरको रूखलाई सम्पूर्ण रूपमा ओइलाएको उहाँहरूले देख्‍नुभयो ।
\v 21 येशूले अञ्‍जीरको रूखलाई के भन्‍नुभएको थियो सो पत्रुसले सम्झिए र उनले येशूलाई भने, “गुरूज्‍यू, हेर्नुहोस् ! तपाईंले सराप्‍नु भएको अञ्‍जीरको रूख ओइलाएको छ !”
\s5
\v 22 येशूले जवाफ दिनुभयो, “परमेश्‍वरमा भरोसा गर !
\v 23 यो पनि ध्‍यान देओ: कसैले यो पहाडलाई, ‘आफैलाई उखेल र समुद्रमा फ्‍याँक ! भन्‍छ र त्‍यो हुनेछ भन्‍ने कुरामा उसले शंका गर्दैन, त्‍यसको अर्थ, त्‍यो हुनेछ भनी उसले विश्‍वास गर्छ भने, उसको लागि परमेश्‍वरले त्‍यो गर्नुहुनेछ ।
\s5
\v 24 यसैले म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रर्थना गर्दा जब-जब तिमीहरूले परमेश्‍वरसँग केही कुरा माग्छौ, तिमीले पाउनेछौ भनेर विश्‍वास गर, र तिमीहरूले गर्छौ भने, परमेश्‍वरले तिमीहरूका लागि त्‍यो गर्नुहुनेछ ।
\v 25 अब म तिमीलाई यो पनि भन्छु: जब-जब तिमीहरू प्रार्थना गर्छौ, मानिसहरूले तिमीहरूको नोक्‍सान पुर्‍याएका कारणले तिनीहरूका विरूद्धमा तिमीहरूका मनमा वैमनष्यता छ भने, तिनीहरूलाई क्षमा देओ, जसले गर्दा स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि त्यसरी नै तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछ ।”
\v 26 केही प्राचीन पाण्‍डुलिपीहरूमा समावेशः तर तिमीहरूले क्षमा गर्दैनौ भने, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुने छैन ।
\s5
\v 27 येशू र उहाँका चेलाहरू फेरि पनि यरूशलेमको मन्दिर परिसरमा आउनुभयो । येशू त्यहाँ हिंड्‍दै गर्नुहुँदा, मुख्‍य पुजारीहरू, यहूदी व्यवस्था सिकाउने केही मानिसहरू र एल्‍डरहरू एउटा समूह उहाँकहाँ आयो ।
\v 28 तिनीहरूले उहाँलाई सोधे, “कसको अधिकारले तिमीले यी कुराहरू गर्दैछौ ? हिजो तिमीले यहाँ गरेको कुराहरू गर्नलाई तिमीलाई कसले अधिकार दियो ?”
\s5
\v 29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोद्ध्छु । तिमीहरूले मलाई जवाफ दिन्छौ भने, मलाई यी कुराहरू गर्न कसलेे अधिकार दियो भनी म तिमीहरूलाई भन्‍नेछु ।
\v 30 के यूहन्‍नाकहाँ आउनेहरूलाई बप्‍तिस्‍मा दिने अधिकार तिनलाई परमेश्‍वरले दिनुभयो ? वा तिनलाई मानिसहरूले अधिकार दियो ?”
\s5
\v 31 तिनीहरूले के जवाफ दिनुपर्छ भनी तिनीहरूले आफ्‍नो माझमा छलफल गरे । तिनीहरूले एक आपसमा भने, “परमेश्‍वरले तिनलाई अधिकार दिनुभयो भनौं भने, उसले हामीलाई भन्‍नेछ, ‘तब यूहन्‍नाले भनेका कुरामा तिमीहरूले विश्‍वास गरेको हुनुपर्छ !
\v 32 अर्कोतर्फ, मानिसहरूले यूहन्‍नालाई अधिकार दिए भनौं भने, त्‍यसपछि हाम्रो के हालत होला ?” यूहन्‍नाको बारेमा भन्‍न तिनीहरू डराए किनभने तिनीहरूसँग मानिसहरू धेरै रिसाउने छन् भनी तिनीहरूलाई जान्‍दथे । यूहन्‍ना परमेश्‍वरले पठाउनु भएको अगमवक्ता थिए भनी सबै मानिसहरूले साँच्‍चै विश्‍वास गर्थे भन्‍ने कुरा तिनीहरूलाई थाहा थियो ।
\v 33 यसैले तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्‍नाले आफ्‍नो अधिकार कहाँबाट पाए त्‍यो हामीलाई थाहा छैन ।” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो प्रश्‍नको जवाफ नदिएको कारणले, हिजो यहाँ मैले गरेका कुराहरू गर्न मलाई कसले अधिकार दियो त्‍यो म पनि तिमीहरूलाई भन्‍नेछैन ।”
\s5
\c 12
\p
\v 1 तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍न लाग्‍नुभयो । उहाँले भन्‍नुभयो, “एकजना मानिसले दाखबारी लगायो । उसले त्‍यसको वरिपरि बार लगायो । उसले दाखको रस जम्मा गर्न एउटा ढुंगाको टयाङकी बनायो । उसले उसको दाखबारिको सुरक्षा गर्नलाई कसैलाई बस्‍न उसले एउटा धरहरा पनि बनायो । त्‍यो दाखबारी खेती गर्न उसले कोही किसानहरूलाई त्‍यो भाडामा दियो र त्यसपछि ऊ टाढा अर्कै देशमा गयो ।
\v 2 जब दाख टिप्‍ने समय आयो, तब दाखबारीका मालिकले आफ्‍नो दाखबारीलाई भाडामा लिएका ती मानिसहरूकहाँ एकजना सेवकलाई पठाए, किनभने तिनीहरूबाट दाखबारीमा उत्‍पादित दाखमध्‍येबाट तिनले आफ्‍नो भाग पाउन चाहान्‍थे ।
\v 3 तर जब सेवक आइपुग्यो, तिनीहरूले उसलाई समाते र सेवकलाई पिटे, र तिनीहरूले उसलाई कुनै फल दिएनन् । त्यसपछि तिनीहरूले उसलाई फिर्ता पठाए ।
\s5
\v 4 पछि मालिकले तिनीहरूकहाँ अर्को सेवकलाई पठाए । तर तिनीहरूले उसलाई टाउकोमा हिर्काए र तिनीहरूले उसलाई डरलाग्दो किसिमले चोट पुर्‍याए, जसको लागि उनीहरू लज्जित हुनुपर्थ्यो ।
\v 5 पछि मालिकले अझै अर्को सेवकलाई पनि पठाए । किसानहरूले त्‍यो मानिसलाई मारे । तिनले पठाएका अरू धेरैजना सेवकहरूलाई पनि तिनीहरूले दुर्व्यवहार गरे । कसैलाई तिनीहरूले पिटे र कसैलाई तिनीहरूले मारे ।
\s5
\v 6 मालिकसँग अझै अर्को एकजना व्‍यक्ति, तिनको आफ्‍नै छोरा, तिनीसँग थियो, जसलाई तिनले धेरै माया गर्थे । यसैले तिनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए, किनभने तिनीहरूले उसलाई आदर गर्नेछन् भनी तिनले विचार गरे ।
\v 7 तर जब तिनको छोरो आउँदै गरेको किसानहरूले देखे, तब तिनीहरूले एक-आपसमा भने, ‘हेर ! मालिकको छोरा आउँदैछ जसले कुनै दिन यस दाखबारीको अधिकार गर्नेछ ! यसैले यो दाखबारीलाई हाम्रो बनाउनलाई हामी यसलाई मारौं ।
\s5
\v 8 तिनीहरूले मालिकको छोरालाई गिरफ्‍तार गरे र उसलाई मारे । तब तिनीहरूले उसको लाशलाई दाखबारीको बाहिरपट्टि फाले ।
\v 9 यसैले दाखबारीका मालिकले के गर्नेछन् के तिमीहरूलाई थाहा छ ? तिनी आउनेछन् र आफ्‍नो दाखबारी भाडामा लिएका ती दुष्‍ट मानिसहरूलाई मार्नेछन् । त्यसपछि तिनले त्‍यसको हेरचाह गर्न कोही अरू मानिसहरूको प्रवन्‍ध गर्नेछन् ।
\s5
\v 10 अब यी शब्दहरूका बारेमा होशियारसँग विचार गर, जुन तिमीहरूले धर्मशास्‍त्रमा पढेका छौ: “घर बनाउँदै गरेकाहरूले कुनै ढुंगाको प्रयोग गर्न इन्कार गरे । तर परमप्रभुले त्‍यही ढुंगालाई यसको उपयुक्त ठाउँमा राख्‍नुभएको छ, र त्‍यो नै घरमा सबैभन्दा महत्त्‍वपूर्ण ढुंगा बनेको छ !
\v 11 परमप्रभुले नै यसो गर्नुभएको छ, र हामीले यसलाई हेर्दा, हामी अचम्मित हुन्छौं ।”
\v 12 तब येशूले ती दुष्‍ट मानिसहरूले गरेका कामको कथा भन्‍नुहुँदा, उहाँले यहूदी अगुवाहरूलाई दोष्याउँदै हुनुहुन्थ्यो भनी तिनीहरूले महसुस गरे । यसैले तिनीहरूले उहाँलाई गिरफ्‍तार गर्न खोजे । तर तिनीहरूले त्‍यसो गरे भने मानिसका भीडहरूले के गर्लान् भनी तिनीहरू डराए । यसैले तिनीहरूले उहाँलाई छाडे र गए ।
\s5
\v 13 यहूदी अगुवाहरूले केही फरिसीहरू र हेरोद एन्तिपासलाई सहयोग गर्ने समूहका केही मानिसहरूलाई येशूकहाँ पठाए । तिनीहरूले येशूलाई छल गर्न चाहन्थे; तिनीहरूले उहाँलाई केही गलत भन्‍ने पार्न चाहन्थे जसले गर्दा मानिसहरूलाई उहाँले गल्ती कुराहरू सिकाएको भनेर तिनीहरूले देखाउन सक्‍थे, यसरी तिनीहरूले उहाँको विरुद्धमा दोष लगाउन सक्‍थे ।
\v 14 तिनीहरू आएपछि, तिनीहरूले उहाँलाई भने, “गुरूज्‍यू, तपाईंले सत्यता सिकाउनुहुन्छ भनी हामी जान्‍दछौं । तपाईंले भन्‍नुभएको कुरा महत्त्‍वपूर्ण व्‍यक्तिले मन नपराए तापनि, मानिसहरूले तपाईंको बारेमा के भन्छन् त्‍यसलाई तपाईं वास्ता गर्नुहुन्‍न भनेर पनि हामी जान्‍दछौं । बरु, हामीले जे गर्नुपर्ने परमेश्‍वरको इच्‍छा छ त्‍यो तपाईं सत्यतासाथ सिकाउनु न्छ । यसैले यो बिषयमा तपाईंको विचार के छ हामीलाई भन्‍नुहोस्: हामीले रोमी सरकारलाई करहरू तिर्नु उचित हुन्‍छ वा हुँदैन ? हामीले करहरू तिर्नुपर्छ वा ती तिर्नुपर्दैन ?
\v 15 तिनीहरूले वास्‍तविक रूपमा परमेश्‍वरको इच्‍छा जान्‍न चाहेका थिएनन् भनी येशूले जान्‍नुहुन्‍थ्‍यो । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई केवल केही गलत कुरा भन्‍न लगाउँदैछौ जसको कारण तिमीहरूले मलाई दोष लगाउन सक्‍छौ भनी म जान्‍दछु । जहोस्, म तिमीहरूको प्रश्‍नको जवाफ दिनेछु । मलाई एउटा सिक्‍क देऊ ता कि म त्‍यो हेर्न सकूँ ।”
\s5
\v 16 तिनीहरूले एउटा सिक्‍का उहाँकहाँ ल्याएपछि, उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “यो सिक्‍कामा कसको स्‍वरूप छ ? र यसमा कसको नाम छ ?” तिनीहरूले जवाफ दिए, “यो सिजरको स्‍वरूप र नाम हो ।”
\v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यो ठिक भन्‍यौ, यसैले जे सिजरको हो त्‍यो सिजरलाई देओ र जे परमेश्‍वरको हो त्‍यो उहाँलाई नै देओ ।” उहाँले भन्‍नुभएको जवाफ सुनेर तिनीहरू साह्रै अचम्मित भए ।
\s5
\v 18 “मानिसहरूको मृत्‍यु भएपछि तिनीहरू फेरि जीवित हुन्छन् भन्‍ने अरू यहूदीहरूको मतलाई सदुकीहरूको समूहका मानिसहरूले इन्कार गर्छन् । केही सदुकीहरू येशूकहाँ आए र उहाँलाई सोधे,
\v 19 “गुरूज्‍यू, मोशाले हामी यहूदीहरूको लागि लखे कि कुनै मानिसको दाजुको मृत्‍यु भयो र पत्‍नी मात्र छिन् तर छोराछोरी छैनन् भने, उसको भाइले त्यो विधवालाई विवाह गर्नुपर्छ र आफ्‍नो दाजुको निम्‍ति सन्‍तान हुर्काउनुपर्छ ।
\s5
\v 20 यसैले यहाँ एउटा उदाहरण छ । एउटा परिवारमा सातजना दाजुभाइ थिए । जेठोले एकजना स्‍त्रीसँग विवाह गर्‍यो तर ऊ र उसको श्रीमतीले छोराछोरी जन्माएनन् । त्‍यसपछि उसको मृत्‍यु भयो ।
\v 21 माइलो भाइले पनि त्यो स्‍त्रीसँग विवाह गर्‍यो, तर उसले पनि कुनै छोराछोरी जन्‍माएन । त्‍यसपछि उसको मृत्‍यु भयो । साइलो भाइले पनि उसका अरू दाजुहरूले गरेझैं गर्‍यो । तर उसले पनि कुनै छोराछोरी जन्‍माएन र त्‍यसपछि मृत्‍यु भयो । ।
\v 22 अन्ततः सबै सातैजना दाजुभाइले एकपछि अर्को गर्दै त्यो स्‍त्रीलाई विवाह गरे, तर कसैको पनि कुनै छोराछोरी थिएनन्, र एकपछि अर्को गर्दै तिनीहरूको मृत्‍यु भयो । सबभन्‍दापछि त्यो स्‍त्रीको पनि मत्‍यु भयो ।
\v 23 अब मानिसहरूको मृत्यु भएर तिनीहरू फेरि जीवित हुने दिनमा, त्यो स्‍त्री कसको श्रीमती हुनेछिन् ? यो ध्‍यान दिनुहोस् कि तिनले सबै सातै जना दाजुभाइसँग विवाह गरेकी थिइन् !”
\s5
\v 24 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले निश्‍चित रूपमा गलत बुझेका छौ । यसको बारेमा धर्मशास्‍त्रले के सिकाउँछ भनी तिमीहरूलाई थाहा छैन । मानिसलाई मृत्‍युबाट फेरिी जीवित बनाउने परमेश्‍वरको शक्तिलाई पनि तिमीहरू बुझ्‍दैनौ ।
\v 25 त्‍यो स्‍त्री ती दाजुभाइमध्ये कसैको पनि श्रीमती हुनेछैनन्, किनभने जब मानिसहरू मृत्‍युबाट फेरि जीवित हुन्छन्, मानिसहरूका साथमा श्रीमतीहरू र श्रीमतीहरूका साथमा श्रीमानहरू हुनको साट्टोामा, तिनीहरू स्वर्गमा भएका स्वर्गदूतहरू जस्तै हुनेछन् । स्वर्गदूतहरूले विवाह गर्दैनन् ।
\s5
\v 26 तर मानिसहरूको मृत्‍यु भएपछि तिनीहरू फेरिी जीवित हुने सम्बन्धमा म यो भन्‍दछु । मोशाले लेखेको पुस्तकमा, तिनले मृत्‍यु भएका मानिसहरूको बारेमा लेखेका छन्; तिमीहरूले यो पढेका ीछौ भन्‍ने मलाई विश्‍वास छ । मोशाले जलिरहेको पोथ्रामा हेर्दैगर्दा, परमेश्‍वरले तिनलाई भन्‍नुभयो, ‘अब्राहम इसहाक र याकूबले आराधना गर्ने परमेश्‍वर म नै हुँ ।’
\v 27 तब मरेका मानिसहरूले परमेश्‍वरको आराधना गर्दैनन् । जीवित मानिसहरूले परमेश्‍वरको आराधना गर्छन् । यसैले जब तिमीहरूले मरेका मानिसहरू फेरि जीवित हुँदैनन् भन्छौ भने, तिमीहरू एकदमै गलत छौ ।”
\s5
\v 28 यहूदी व्यवस्था सिकाउने एकजना मानिसले उहाँहरूको वादविवाद सुने । येशूले सदुकीहरूको प्रश्‍नलाई ज्यादै राम्रोसँग जवाफ दिनुभएको कुरा तिनलाई थाहा भयो । यसैले ऊ अघि बढ्‍यो र येशूलाई सोध्‍यो, “कुन आज्ञा सबैभन्दा महत्त्‍वपूर्ण हो ?”
\v 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा यो हो, ‘सुन, हे इस्राएल ! परमप्रभु हाम्रा परमेश्‍वर एक मात्र परमप्रभु हुनुहुन्छ ।
\v 30 तैंले परमप्रभु आफ्‍नो परमेश्‍वरलाई आफ्‍नो सारा इच्‍छा तथा भावनाले, आफ्‍नो सारा विचारले, र आफ्‍नो सारा कामले प्रेम गर्नुपर्छ !
\v 31 अर्को महत्त्‍वपूर्ण आज्ञा यो होः तैंले आफ्‍नो वरिपरी भएकाो मानिसहरूलाई आफूलाई जस्‍तै प्रेम गर्नुपर्छ ।” यी दुई आज्ञाहरूभन्दा महत्त्‍वपूर्ण अन्‍य कुनै आज्ञा छैन !”
\s5
\v 32 त्य मानिसले येशूलाई भन्यो, “गुरूज्‍यू, तपाईंले एकदम राम्रोसँग जवाफ दिनुभएको छ । परमेश्‍वर एकमात्र हुनुहुन्छ र अरू कुनै परमेश्‍वर छैनन् भनेर तपाईंले ठिक भन्‍नुभयो ।
\v 33 हामीले परमप्रभु आफ्‍नो परमेश्‍वरलाई आफ्‍नो सारा इच्‍छा तथा भावनाले, आफ्‍नो सारा विचारले, र आफ्‍नो सारा कामले प्रेम गर्नुपर्छ भनेर पनि तपाईंले ठिक भन्‍नुभएको छ । र हामीले आफ्‍नो सम्‍बन्‍धमा आएका मानिसहरूलाई आफूलाई जस्‍तै प्रेम गर्नुपर्छ भनेर पनि तपाईंले ठिक भन्‍नुभएको छ । र यी सारा कुराहरू गर्नाले परमेश्‍वरलाई पशु बलि वा अरू होमबलीहरू चढाउनुभन्दा बढी खुशी तुल्‍याउँछ भनेर पनि तपाईंले ठिक भन्‍नुभएको छ ।”
\v 34 यो मानिसले बुद्धीमानीसाथ जवाफ दिएको छ भनेर येशूले महसुस गर्नुभयो । यसैले उहाँले उसलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यको एकदम नजीक छौ ।” त्यसपछि येशूलाई फसाउने किसिमको अरू कुनै त्‍यस्‍तो प्रश्‍न सोध्‍न यहूदी अगुवाहरू डराए ।
\s5
\v 35 पछि, जब येशूले मन्दिर परिसरमा शिक्षा दिंदै हुनुहुन्थ्यो, उहाँले मानिसहरूलाई भन्‍नुभयो, “ख्रीष्‍टलाई दाऊदका पुत्र हुन् भनेर व्यवस्था सिकाउने मानिसहरूले कसरी भन्‍छन्– र यसो भन्‍दा तिनीहरू कसरी ठिक हुन्‍छन् ?
\v 36 पवित्र आत्माले दाऊदलाई ख्रीष्‍टको बारेमा भन्‍न लगाउनुभयो, ‘परमेश्‍वरले मेरो प्रभुलाई भन्‍नुभयो, “मेरो छेउमा मेरो दाहिनेतर्फ बस, त्यो स्थानमा जहाँ म तिमीलाई अरू कसैलाई भन्दा बढी उच्‍च आदर गर्नेछु ! मैले तिम्रो शत्रुलाई पूर्ण रूपमा पराजित नगरून्जेल यहाँ बस !”’
\v 37 यो दाऊदको भजनमा तिनले ख्रीष्‍टलाई मेरो ‘प्रभु’ भन्‍छन् । तर कसरी व्‍यवस्‍थाका शिक्षकहरूको भनाई ठिक हुन्‍छ के ख्रीष्‍ट दाऊदका पुत्र पनि हुन सक्‍छन् ?” उहाँले यी कुराहरू सिकाउनुहुँदा, धेरै मानिसहरूले खुशीसित उहाँका कुरा सुने ।
\s5
\v 38 येशूले मानिसहरूलाई सिकाउँदै गर्नुहुँदा, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रो व्यवस्था सिकाउने मानिसहरूले जस्तै काम नगर्नलाई तिमीहरू होशियार रहो । मानिसहरूले तिनीहरूको आदर गरेको तिनीहरू मन पराउँछन्, यसैले तिनीहरू लामो लुगा लगाउँछन् र तिनीहरूले महत्‍वपूर्ण छन् भनी देखाउनलाई वरिपरिी हिंड्डुल गर्छन् । बजारहरूमा मानिसहरूले तिनीहरूलाई आदरसाथ अभिवादन गरेको पनि तिनीहरू मन पराउँछन् ।
\v 39 तिनीहरू सभाघरहरूमा सबैभन्दा महत्त्‍वपूर्ण आशनहरूमा बस्‍न मन पराउँछन् । चाड-पर्वहरूमा सबभन्दा महत्‍वपूर्ण मानिसहरूका आशनहरूमा बस्‍न तिनीहरू मन पराउँछन्
\v 40 विधवाहरूलाई ठगेर उनीहरूका घरहरू र धनसम्पत्ति तिनीहरूले धुतेर लिन्‍छन् । त्यसपछि सार्वजनिक स्थलहरूमा लामो समय प्रार्थनाहरू गरेर आफूहरू असल भएको बाहाना तिनीहरू गर्छन् । परमेश्‍वरले निश्‍चय नै तिनीहरूलाई अझ कठोर दण्ड दिनुहुनेछ !”
\s5
\v 41 पछि येशू मन्दिर परिसरमा मानिसहरूले भेटीहरू चढाउने भाँडोहरूका अर्कोपट्टी छेउमा बस्‍नुभयो । जसै उहाँ त्यहाँ बस्‍दै हुनुहुन्‍थ्‍यो, भाँडोहरूमध्ये एउटामा तिनीहरूले पैसा चढएको उहाँले हर्नुभयो । धेरैजना धनी मानिसहरूले धेरै पैसा भेटी चढाए ।
\v 42 त्यसपछि एउटी गरीब बिधुवा पनि सँगसँगै आइन् र तामाका दुईवटा स-साना सिक्‍काहरू चढाइन्, जसको एकदमै न्‍यून मूल्‍य थियो ।
\s5
\v 43 येशूले आफ्‍ना चेलाहरूलाई आफ्‍नो वरिपरिी जम्मा गर्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सत्य कुरा यो हो कि अरू मानिसहरूसँग एकदमै धेरै पैसा छ, तर तिनीहरूले त्‍यसको एउटा सानो हिस्‍सामात्र दिए । तर यी स्‍त्री, जो एकदमै गरीब छिन्, तिनले आफूलाई आज आवश्‍यक कुराहरू किन्‍नुपर्ने पैसा सबै भेटीमा हालेकी छिन्ि ।
\v 44 यसैले अरू सबैलेभन्दा धेरै पैसा यी गरीब बिधुवाले भाँडोमा हालेकी छिन् !”
\s5
\c 13
\p
\v 1 येशूले मन्दिर परिसर छाडेर जाँदै गर्नुहुँदा, उहाँकाो चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, “गरूज्‍यू, हेर्नुहोस् त, यी विशाल ढुङ्गाहरू कति मनमोहक छन् र यी भवनहरू कति सुन्‍दर छन् !”
\v 2 येशूले तिनलाई भन्‍नुभयो, “हो, तिमीले हेर्दै गरेका यी भवनहरू सुन्‍दर छन्, तर तिनीहरूका बारेमा म तिमीलाई केही कुरा भन्‍न चाहन्छु । तिनीहरू पूर्णरूपले नष्‍ट हुनेछन् । यो मन्दिर परिसरमा भएका कुनै ढुङ्गा पनि अर्को ढुङ्गामाथि रहनेछैन ।”
\s5
\v 3 मन्दिरबाट उपत्यका पार गरेर उहाँहरू जैतुन डाँडामा पुग्‍नुभएपछि, येशू बस्‍नुभयो । उहाँको साथमा पत्रुस, याकूब, यूहन्‍ना र आन्द्रियास मात्र हुँदा, तिनीहरूले उहाँलाई सोधे,
\v 4 “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन् ? यी कुराहरू हुनै लागेका छन् भनी हामीलाई दर्शाउनलाई के हुनेछ ?”
\s5
\v 5 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो कि के हुनेछ भनी कसैले तिमीहरूलाई छल नगरोस् !
\v 6 धेरैजना मानिसहरू आउनेछन् र मैले नै तिनीहरूलाई पठाएको हो भन्‍नेछन् । तिनीहरूले भन्‍नेछन्, ‘म नै ख्रीष्‍ट हुँ ! तिनीहरूले धेरैजना मानिसहरूलाई छल गर्नेछन् ।
\s5
\v 7 जब युद्धहरू लड्‍दै गरेका सिपाहीहरूका आवाज तिमीहरू सुन्छौ, वा जब टाढा भएका लडाईंहरूका बारेमा तिमीहरू खबर सुन्छौ, चिन्तित नहोओ । यी कुराहरू निश्‍चय नै हुनेछन् । तर जब ती हुन्‍छन्, त्यो समयमा नै परमेश्‍वरले बनाउनुभएका सबै योजना उहाँले पुरा गर्नुहुनेछ भनी विचार नगर !
\v 8 विभिन्‍न देशहरूमा बसोबास गर्ने समूहहरू एकआपसमा युद्ध गर्नेछन्, र अनेकौं राजाहरू तथा नेताहरू एकआपसमा युद्ध गर्नेछन् । विभिन्‍न ठाउँहरूमा भुकम्पहरू जानेछन्, र अनिकालहरू हुनेछन् । यद्यपि, जब यी कुराहरू हुन्छन्, मानिसहरूले यतिबला मात्र दु:ख भोग्‍न सुरु गर्नेछन् । तिनीहरूले दुःख भोग्‍ने यी शुरुका कुराहरू बालक जन्‍माउन लागेकी स्‍त्रीले दुःख भोग्‍ने कुराको शुरुको प्रसव पीडा जस्‍तै हुनेछ । त्यसपछि तिनीहरूले झन् धेरै दु:ख भोग्‍नेछन् ।
\s5
\v 9 त्यसबेला मानिसहरूले तिमीहरूलाई जे गर्नेछन् त्यसको निम्ति तयार रहो । तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्नेछन् र अगुवाहरूका समूहहरूका सामु तिमीहरूको जाँच गर्नेछन् । मानिसहरूले तिमीहरूलाई विभिन्‍न सभाघरहरूमा पिट्नेछन् । तिनीहरूले तिमीहरूलाई उच्‍च सरकारी अधिकारीहरूको अपस्थितिमा जाँच गर्नेछन् । परिणामरूपमा, तिमीहरूले मेरो बारेमा तिनीहरूलाई बताउन सक्षम हुनेछौ ।
\v 10 परमेश्‍वरले योजना गर्नुभएका हरेक कुरा उहाँले सिद्ध गर्नुअघि मेरा चेलाहरूले सबै जातिहरूमा भएका मानिसहरूलाई सुसमाचार घोषणा गर्नुपर्छ ।
\s5
\v 11 जब मानिसहरूले तिमीहरूलाई गिरफ्तार गर्छन्, तिमीहरूले के भन्‍नुपर्ने हो भनी चिन्ता नगर । यसको सट्टामा त्यो समयमा परमेश्‍वरले तिमीहरूको मनमा जे हाल्‍नुहुन्छ सो भन । तब त्यो बोलीरहने तिमीहरू मात्र हुनेछैनौ । पवित्र आत्माले तिमीहरूद्वारा बोल्दै गर्नुहुनेछ ।
\v 12 कोही दाजुभाइ तथा दिदीबहिनीले अरू दाजुभाइ तथा दिदीबहिनीलाई धोखा दिनेछन् । कोही बुबाहरूले आफ्‍ना छोराछोरीलाई धोखा दिनेछन् । कोही छोराछोरीले आफ्‍ना बुबाआमालाई धोखा दिनेछन् जसले गर्दा सरकारी कर्मचारीहरूले तिनीहरूकाो बुबाआमालाई मार्नेछन् ।
\v 13 धेरैजसो मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनकि तिमीहरू मलाई विश्‍वास गर्छौ । तर तिमीहरू जसले आफ्नो जीवनको अन्त्यसम्म मलाई विश्‍वास गरिरहन्छौ त्यो बाँच्‍नेछ ।
\s5
\v 14 त्‍यो समयमा घृणित थोक मन्दिरमा प्रवेश गर्नेछ । त्‍यसले मन्दिरलाई अशुद्ध पार्नेछ र त्‍यसलाई त्‍यग्‍न मानिसहरूलाई प्रेरित गर्नेछ । जब तिमीहरूले त्‍यो नहुनुपर्ने ठाउँमा त्‍यसलाई देख्छौ, तिमीहरू तुरुन्‍तै भाग्‍नुपर्छ ! (यो पढ्‍दै गरेको हरेकले यो चेतावनीमा ध्यान दिन सकोस् !) त्यो समयमा यहूदिया जिल्लामा भएका मानिसहरू अग्लो पहाडहरूतिर भाग्‍नुपर्छ ।
\v 15 आफ्नो घरदेखि बाहिर भएका मानिसहरू कुनै पनि थोक लिनको लागि आफ्नो घरभित्र पस्‍नु हुँदैन ।
\v 16 खेतमा काम गरिरहेका मानिसहरू थप लुगाहरू लिनको लागि आफ्नो घरतिर फर्कनुहुँदैन ।
\s5
\v 17 ती दिनहरूमा स्‍त्रीहरू जो गर्भवती हुनेछन् र स्‍त्रीहरू जसले आफ्‍ना शिशुहरूलाई स्‍तनपान गराउँदै हुनेछन् तिनीहरूप्रति म धेरै दुःखी छु, किनकि तिनीहरूलाई भाग्‍न अति गाह्रो हुनेछ !
\v 18 ती दिनहरूमा मानिसहरूले असह्‍य किसिमले दु:ख भोग्‍नुपर्नेछ । सुरुमा परमेश्‍वरले संसारको सृष्‍टि गर्नुभएको समयदेखि अहिलेसम्म मानिसहरूले कहिल्यै पनि त्यस्तो दु:ख भोगेका छैनन्; र फेरि त्यसरी मानिसहरूले कहिल्यै पनि दु:ख भोग्‍नेुछैनन् ।
\v 19 यसैले यो कष्‍टपूर्ण समय हिउँदमा नपरोस् भनी प्रार्थना गर, जति बेला यात्रा गर्न असाध्‍ये कठिन हुनेछ ।
\v 20 यदि मानिसहरूले धेरै दु:ख भोग्‍ने यो समयलाई परमप्रभु परमेश्‍वरले छोट्याउने निर्णय नगर्नुभएको भए, हरेक व्‍यक्तिको मृत्‍यु हुनेथियो । त उहाँले त्यो समयलाई छोटो पार्ने निर्णय गर्नुभएको छ किनकि आफूले छान्‍नुभएको मानिसहरूको बारेमा उहाँले फिक्री गर्नुहुन्‍छ ।
\s5
\v 21 त्यो समयमा मानिसहरूले झूटो बोलेर भन्‍नेछन् कि तिनीहरू नै ख्रीष्‍ट हुन् । र कोही परमेश्‍वरबाट आएका अगमवक्ताहरू हौं भनी दाबी गर्दै आउनेछन् । त्‍यसपछि तिनीहरूले धेरै किसिमकाो आश्‍चर्यकर्महरू गर्नेछन् ।
\v 22 परमेश्‍वरले छान्‍नुभएका मानिसहरूलाई पनि तिनीहरूले छल गर्ने कोसिस गर्नेछन् । यसैले त्यो समयमा कसैले तिमीलाई यसो भन्छ, ‘हेर, ख्रीष्‍ट यहाँ छन् ! वा कसैले भन्छ, ‘हेर उहाँ त्‍यहाँ हुनुहुन्छ ! त्‍यो कुरालाई विश्‍वास नगर !
\v 23 सचेत रहो ! याद गर कि यी हुनुभन्‍दा अघि नै मैले तिमीहरूलाई यी सबैको बारेमा चेतावनी दिएको छु !
\s5
\v 24 मानिसहरूले त्यसरी दुःख भोगेको समयपछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमा चम्‍कनेछैन;
\v 25 ताराहरू आकाशबाट खस्‍नेछन्, र आकाशमा भएका सबै शक्तिशाली कुराहरू आफ्‍ना ठाउँबाट हट्नेछन् ।
\v 26 त्यसपछि म, मानिसको पुत्रलाई शक्तिशाली किसिमले र महिमित रूपमा बादलहरूमा आउँदै गरेको मानिसहरूले देख्‍नेछन् ।
\v 27 तब म आफ्‍ना स्वर्गदूतहरूलाई पठाउनेछु । परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूलाई तिनीहरूले पृथ्वीका पल्‍लो छेउका हरेक ठाउँहरूबाट जम्मा गर्नेछन् ।
\s5
\v 28 अब तिमीहरूले अञ्‍जीरको रूखहरू कसरी बढ्छन् त्यसबाट केही कुरा सिक भन्‍ने इच्‍छा म गर्छु । जब तिनीहरूको हाँगाहरू कोमल हुन्छन् र पातहरू पलाउन सुरु हुन्छ, हाम्रो लागि गृष्म नजिकै छ भनी तिमीहरू जान्‍दछौ ।
\v 29 त्यसरी नै, मैले भर्खरै भनेका कुराहरू भइहेको जब तिमीहरू देख्‍छौ, तिमीहरूले आफैले जान्‍नेछौ कि मेरो निम्ति फर्केर आउने समय अति नजिक छ । यो म अघिबाटै ढोकामा खडा भएको जस्तै हुनेछ ।
\s5
\v 30 यो कुरा मनमा राखः यी कुराहरू पूरा नभएसम्म यो पुस्ताको अन्त हुनेछैन ।
\v 31 मैले अगमवाणी गरेको यी कुराहरू पूरा हुनेछन् भन्‍ने कुरामा तिमीहरू निश्‍चित हुन सक्छौ । पृथ्वी र आकाशमा भएका कुराहरू एक दिन नष्‍ट हुनेछन् तर मैले तिमीहरूलाई भनेका यी कुराहरू निश्‍चित रूपमा पूरा हुनेछन् ।
\v 32 तर म कतिबेला फर्केर आउनेछु भनी ठिक समय कसैलाई पनि थाहा छैन । स्वर्गमा भएका स्वर्गदूतहरूलाई पनि थाहा छैन । म, परमेश्‍वरको पुत्रलाई नै पनि थाहा छैन । मेरो पितालाई मात्र थाहा छ ।
\s5
\v 33 यसैले तयार रहो ! सधैं सचेत रहो, किनकि जब यी सबै घटनाहरू हुन आउनेछन्, त्यो समय कतिबेला आउनेछ तिमीहरू जान्‍दैनौ !
\v 34 टाढाको कुनै ठाउँको यात्रा गर्न चाहने एकजना मानिसले जब आफ्नो घर छोड्‍नै लागेको हुन्‍छ, तब तिनले आफ्ना सेवकहरूलाई घरको व्यवस्था गर्नुपर्छ भनी तिनीहरूलाई बताउँछन् । तिनले प्रत्‍येकलाई उसले गर्नुपर्ने काम बताउँछन् । त्यसपछि तिनले ढोकेलाई आफू फर्केर आउने समयको लागि तयार रहन भन्‍छन् ।
\s5
\v 35 त्यो मानिस सधैंँ तयार रहनुपर्छ, किनकि उसलाई आफ्‍नो मालिक साँझमा, मध्य रातमा, भाले बास्‍ने समयमा वा बिहान सबेरै कतिबेला फर्केर ीआउनेछन् भन्‍ने कुरा थाहा छैन । त्यसरी नै, तिमीहरू पनि सधैं तयार रहनुपर्छ, किनकि म कतिबेला फर्केरी आउनेछु भनी तिमीहरू जान्‍दैनौ ।
\v 36 यस्तो नहोस् कि म अचानक आउँदा, मैले तिमीहरूलाई तयारी अवस्‍थामा नभएको भेट्टाउनेछु् ।
\v 37 मैले तिमीहरू, मेरा चेलाहरूलाई भन्दै गरेका यी शब्‍दहरू म हरेकका लागि भन्दैछुः सधैं तयार रहो !”
\s5
\c 14
\p
\v 1 मानिसहरूले निस्तार-चाड भन्‍ने गरेको हप्‍ताभर लामो चाडको उत्‍वस मनाउन तिनीहरूले सुरु गर्न दुई दिन मात्र बाँकी थियो । त्यो समयमा तिनीहरूले अर्को चाडको उत्‍सव पनि मनाउँथे जसलाई तिनीहरूले अखमिरी रोटीको चाड भन्‍थे । मुख्य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूले कसरी गुप्‍त रूपमा तिनीहरूले येशूलाई गिरफ्‍तार गर्न र उहाँलाई मार्न सक्‍छन् भनी योजना गर्दै थिए ।
\v 2 तर तिनीहरू एक-अर्कामा यसो भन्‍दै थिए, “हामीले यो काम चाडको समयमा गर्नु हुँदैन, किनभने हामीले त्‍यसो गर्‍यौं भने, मानिसहरू हामीसँग साह्रै रिसाउनेछन् र विद्रोह गर्नेछन् !”
\s5
\v 3 येशू बेथानियामा सिमोनको घरमा हुनुहुन्थ्यो जो एकजना कुष्‍टरोगी भनेर चिनिन्‍थे । उहाँहरूले खाँदै गर्नुहुँदा, एकजना स्‍त्री उहाँकहाँ आइन् । जटामसीले बनेको वहुमूल्य सुगन्धित अत्तरले भरिएको एउटा सिङ्गमरमरको भँडो लिएर तिनी आइन् । तिनले त्‍यो भँडो खोलिन् र त्‍यसपछि त्‍यो सबै अत्तर येशूको शिरमा खन्याइन् ।
\v 4 उपस्थित मानिसहरूमध्‍ये कोही रिसाए र आपसमा भने, “तिनले त्‍यो अत्तर खेर फालेर धेरै नराम्रो गरिन् !
\v 5 यसलाई करीब एक वर्षको ज्‍याला बराबरमा बेच्‍न सकिन्थ्यो, र त्‍यसपछि त्यो पैसा गरीब मानिसहरूलाई दिन सकिन्थ्यो !” यसैले तिनीहरूले तिनलाई गाली गरे ।
\s5
\v 6 तर येशूले भन्‍नुभयो, “तिनलाई गाली नगर ! मैले अति उचित भनी विचार गर्ने काम तिनले मेरो लागि गरेकी छिन् । त्यसैले तिमीहरूले तिनलाई दुःख दिनु हुँदैन ।
\v 7 गरीब मानिसहरू तिमीहरू माझमा सधैंभरि हुनेछन् । यसैले जब तिमीहरूले इच्‍छा गर्छौ तब तिमीहरूले तिनीहरूलाई मद्धत गर्न सक्छौ । तर म यहाँ तिमीहरूसँग धेरै लामो समय रहनेछैन ।
\v 8 तिनले जे गर्न सक्थिन् सो गरेर तिनले अति उचित काम गरेकी छिन् । चाँडै नै मेरो मृत्‍यु हुन गइरहेको छ भनेर तिनलाई थाहा भएको जस्‍तो छ, किनभने तिनले मेरो शरीरलाई अघिबाटै अभिषेक गरेकी छिन् जसले गर्दा यो दफनको निम्ति तयार छ ।
\v 9 म तिमीहरूलाई यो भन्छुः संसारभरि जहाँजहाँ मेरा चेलाहरूले सुसमाचार प्रचार गर्छन्, यिनले जे गरेकी छिन् त्‍यसको बारेमा पनि तिनीहरूले भन्‍नेछन्, र मानिसहरूले तिनलाई सम्झनेछन् ।”
\s5
\v 10 त्यसपछि येशूलाई गिरफ्‍तार गर्न मुख्य पुजारीहरूलाई सहयोग गरिदिने बारेमा कुरा गर्न यहूदा इस्कोरियती तिनीहरूकहाँ गयो । ऊ बाह्रजना चेलाहरूमध्येको एकजना थियो तापनि उसले त्यो काम गर्‍यो ।
\v 11 मुख्य पुजारीहरूका निम्ति उसले जे गर्ने इच्‍छा गर्दै थियो त्‍यसको बारेमा जब तिनीहरूले थाहा पाए तब तिनीहरू अत्‍यन्‍तै खुशी भए । त्‍यसको बदलामा तिनीहरूले उसलाई धेरै पैसा दिने प्रतिज्ञा गरे । यहूदा सहमत भयो र येशूलाई तिनीहरूको हातमा सुम्‍पिदिने मौका हेर्न थाल्यो ।
\s5
\v 12 चाडको पहिलो दिन जसलाई अखमिरी रोटीको चाड भनिन्थ्यो, जतिबेला तिनीहरूले निस्तार-चाडको लागि थुमाहरू मार्थे, येशूका चेलाहरूले उहाँलाई सोधे, “हामी कहाँ जऔं र निस्तार-चाडको उत्‍सवका लागि भोज तयार पारौं भनी तपाईं इच्‍छा गर्नुहुन्‍छ जसले गर्दा हामी त्‍यो खान सक्‍छौं ?
\v 13 यसैले येशूले आफ्‍ना चेलाहरूमध्‍ये दुईजनालाई सबै कुरा तयार गर्नलाई छान्‍नुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यरूशलेमा जाओ । एउटा गाग्रीभरि पानी बोकेर आउँदै गरेको एकजना मानिसले तिमीहरूलाई भेट्नेछ । उसको पछि लाग ।
\v 14 जब तिनी घरभित्र पस्‍छन्, घरको मालिक ती मानिसलाई भन, ‘हामीले निस्तार-चाडको उत्‍सवको भोज तयार पारौं भन्‍ने हाम्रो गुरूको इच्‍छा छ जसले गर्दा त्‍यो उहाँले हामी उहाँका चेलाहरूसँगै बसेर खान सक्‍नुहुन्‍छ । कृपया हामीलाई कोठा देखाउनुहोस् ।’
\s5
\v 15 तिनले तिमीहरूलाई घरको माथिल्लो तल्लामा भएको एउटा ठूलो कोठा देखाउनेछन् । हाम्रा निम्ति त्‍यसमा भोज खानलाई त्‍यो सजाइएको र तयार पारिएको हुनेछ । तब त्यहाँ हाम्राो निम्ति भोज तयार पार ।”
\v 16 यसैले दुइजना चेलाहरू गए । तिनीहरू सहरमा गए र उहाँले तिनीहरूलाई भन्‍नुभएको जस्तै सबै कुरा पाए । तिनीहरूले त्यहाँ निस्तार-चाडको उत्‍सवको लागि भोज तयार पारे ।
\s5
\v 17 झमक्‍क साँझ परेको समयमा, येशू बाह्रजना चेलाहरूसँगै त्यस घरमा पुग्‍नुभयो ।
\v 18 उहाँहरू सबैजना त्‍यहाँ बसेर खाँदै गर्नुहुँदा, येशूले भन्‍नुभयो, “यो कुरा होसियार भएर सुन: तिमीहरूमध्येको एकजनाले मलाई गिरफ्‍तार गर्न मेरो शत्रुहरूलाई सम्भव बनाउनेछ । त्‍यो तिमीहरूमध्ये एकजना हो जसले अहिले मसँग खाँदैछ !”
\v 19 चेलाहरू अति दुःखी भए र तिनीहरूले उहाँलाई एकपछि अर्को गर्दै सोधे, “निश्‍चय त्यो म होइन ?”
\s5
\v 20 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो तिमीहरू बाह्रजना चेलाहरूमध्ये एकजना, मसँगै कचौरामा भएको ससमा रोटी चोप्‍दै गरेको एकजना हो ।
\v 21 म, मानिसको पुत्रको मृत्‍यु हुने कुरा त पक्‍का हो, किनभने मेरो बारेमा त्‍यही कुरा लेखिएको छ । तर मलाई धोखा दिने मानिसलाई डरलाग्दो सजाय हुनेछ ! वास्तवमा, ऊ कहिल्यै नजन्मेको भए उसलाई असल हुनेथियो !”
\s5
\v 22 उहाँहरूले खाइरहनु भएको बेलामा, उहाँले एउटा रोटी लिनुभयो र त्यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो । अनि उहाँले त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यो रोटी मेरो शरीर हो । यो लेओ र यो खाओ ।”
\v 23 त्यसपछि उहाँले दाखमद्यको कचौरा लिनुभयो र त्‍यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो । त्यसपछि त्यो उहाँले तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले पिए ।
\v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो दखमद्य मेरो रगत हो, जुन मेरो शत्रुहरूले मलाई मार्ने बेलामा बग्‍नेछ । यो रगतले म करार पक्‍का गर्नेछु जसले धेरै मानिसहरूका पापहरू क्षमा गर्ने योजना परमेश्‍वरले गर्नुभएको छ ।
\v 25 तिमीहरूले यो जान भनी म इच्‍छा गर्छुः परमेश्‍वरले आफैंलाई राजाको रूपमा प्रकट नगर्नुभएसम्‍म म अब अरू दाखमद्य पिउनेछैन ।”
\s5
\v 26 उहाँहरूले एउटा भजन गाउनुभएपछि, उहाँहरू जैतुन डाँडातर्फ जानुभयो ।
\v 27 उहाँहरू आफ्नो बाटोमा जाँदै गर्नुहुँदा, येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरले मेरो बारेमा भन्‍नुभएको कुराहरू तिनीहरूले धर्मशास्‍त्रमा लेखे, 'म गोठालोालाई मार्नेछु र उसका भेडाहरूलाई छरपष्‍ट पार्नेछु ।' ती वचनहरू पूरा हुनेछन् । तिमीहरूले मलाई त्याग्‍नेछौ र भाग्‍नेछौ ।
\s5
\v 28 तर परमेश्‍वरले मलाई फेरिी जीिवित बनाउनु भएपछि, म तिमीहरूभन्दा अघि गालील जिल्लामा जानेछु र तिमीहरूलाई त्यहाँ भेट्नेछु ।”
\v 29 तब पत्रुसले उहाँलाई भने, “सायद अरू सबै चेलाहरूले तपाईंलाई त्याग्‍ने छन् तर म त्याग्‍ने छैन ! म तपाईंलाई त्याग्‍ने छैन !”
\s5
\v 30 त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “सत्य यो हो कि आजकै रात, भाले दोस्रोपल्‍ट बास्‍नुभन्दा अघि तिमीले मलाई चिन्‍दिन भनेर तीनपल्‍ट इन्कार गर्नेछौ ।”
\v 31 तर पत्रुसले जोडदार रूपमा जवाफ दिए, “तिनीहरूले मलाई मार्छन् नै भने पनि, म तपाईंलाई चिन्‍दिन भन्‍नेछैन ।” र अरू सबै चेलाहरूले पनि यही कुरा भने ।
\s5
\v 32 बाटोमा येशू र उहाँका चेलाहरू त्‍यो ठाउँमा आउनुभयो जसलाई मानिसहरू गेतसमनी भन्छ । त्यसपछि उहाँले आफ्‍ना चेलाहरूमध्‍ये केहीलाई भन्‍नुभयो, “मैले प्रार्थना गरून्‍जेल यहाँ बस !”
\v 33 त्यसपछि उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्‍नो साथमा लानुभयो । उहाँ ज्यादै दुःखी हुनुभयो ।
\v 34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म ज्यादै शोकित भएको छु । म मर्नको लागेको जस्तै भएको छु । तिमीहरू यहाँ बस र हेरिराख !”
\s5
\v 35 उहाँ अलि पर जानुभयो र आफैंलाई जमिनमा फालिदिनुभयो । तब उहाँले प्रार्थना गर्नुभयो कि सम्भव हुन्‍छ भने, उहाँले दुःख भोग्‍नुहुने छैन ।
\v 36 उहाँले भन्‍नुभयो, “हे मेरो पिता, तपाईंले हरेक कुरा गर्न सक्‍नुहुने भएको कारणले मलाई छुटकारा दिनुहोस् जसले गर्दा मैले अहिले दुःख भोग्‍नुपर्दैन ! तर म जे इच्छा गर्छु त्‍यो नगर्नुहोस् । त्‍यसको सट्टा तपाईंको जे इच्छा छ त्‍यही गर्नुहोस् !”
\s5
\v 37 त्यसपछि उहाँ फर्कनुभयो र उहाँका चेलाहरूलाई निदाउँदै गरेको भेटाउँनुभयो । उहाँले तिनीहरूलाई उठाउँँनुभयो र भन्‍नुभयो, “सिमोन ! के तिमी निदाउँदैछौ ? के तिमी छोटो समयका लागि पनि जागा रहन सकेनौ ?”
\v 38 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो आज्ञा पालन गर्ने इच्‍छा गर्छौ, तर तिमीहरू कम्जोर छौ । यसैले जागा रहो र प्रार्थना गर जसले गर्दा तिमीहरूलाई परीक्षा आउँदा तिमीहरू त्‍यसको सामना गर्न सक्छौ !”
\v 39 त्यसपछि उहाँ फेरि अलि पर जानुभयो, र उहाँले यसअघि गर्नुभएको प्रार्थना फेरि गर्नुभयो ।
\s5
\v 40 जब उहाँ फर्कनुभयो, उहाँले तिनीहरूलाई फेरिी पनि निदाइरहेको भेटाउनुभयो । तिनीहरूलाई यति साह्रै निद्रा लागेको थियो कि तिनीहरूले आफ्‍ना आँखा खुल्ला राख्‍न सकेनन् । तिनीहरू शर्ममा परेका हुनाले, उहाँले तिनीहरूलाई ब्युँझाउनुहुँदा, उहाँलाई के जवाफ दिने भनी तिनीहरूलाई थाहा नै भएन ।
\v 41 त्‍यसपछि उहाँ जानुभयो र फेरि प्रार्थना गर्नुभयो । उहाँ तस्रोपल्‍ट पर्कनुभयो र तिनीहरूलाई फरि निदाइरहेका भेटाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै निदाएका छौ ? अरू बढी यसो नगर ! मेरो दुःख भोग्‍ने समय सुरु हुन लाग्यो । हेर ! कसैले पापी मानिसहरूलाई लिएर मलाई, मानिसको पुत्रलाई गिरफ्‍तार गर्न आउँदैछ ।
\v 42 यसैले उठ ! हामी जाऔं ! हेर ! मलाई गिरफ्‍तार गर्न तिनीहरूलाई लिएर आउने एकजना आइसकेको छ !”
\s5
\v 43 उहाँहरू बोल्‍दै गर्नुहुँदा, यहूदा आइपुग्यो । ऊ येशूका बाह्रजना चेलाहरूमध्ये एकजना भए तापनि, येशूलाई गिरफ्‍तार गर्न उहाँका शत्रुहरूलाई लिएर आयो । तरवारहरू र लठ्ठीहरू बोकेका एउटा ठूलो भीड उसको साथमा थियो । यहूदी सभाका अगुवाहरूले तिनीहरूलाई पठाएका थिए ।
\v 44 येशूलाई धोखा दिंदै गरेको यहूदाले यस भीडलाई पहिले नै भनेको थियो, “जसलाई म चुम्बन गर्छु, तिमीहरूले खोजेको व्‍यक्ति उनी नै हुन् । जब म उनलाई चुम्बन गर्छु, उनलाई गिरफ्‍तार गर्नु र लिएर जानू ।”
\v 45 यसैले जब यहूदा आइपुग्यो, ऊ तुरन्तै येशूकहाँ गयो र भन्‍यो, “मेरो गुरू !” तब उसले यशूलाई चुम्बन गर्‍यो ।
\v 46 त्यसपछि भीिडले येशूलाई गिरफ्‍तार गर्‍यो ।
\s5
\v 47 तर नजीकै खडा चेलाहरूमध्‍ये एकजनाले आफ्नो तरवार थुते । तिनले त्‍यो प्रधान पुजारीको सेवकमाथि प्रहार गरे, तर तिनले उसको कान मात्र काट्‍न सके ।
\v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू यहाँ मलाई गिरफ्‍तार गर्नलाई, म एकजना डाँका भएझैं तरवारहरू र लठ्ठीहरू लिएर आउनुभयो ! दिनदिनै म मन्दिर परिसरमा मानिसहरूलाई शिक्षा दिंदै तपाईंहरूसँगै थिएँ ! किन तपाईंहरूले मलाई गिरफ्‍तार गर्नुभएन ?
\v 49 तर मेरो बारेमा अगमवक्ताले धर्मशस्‍त्रमा जे लेखेका छन् त्‍यो पूरा होस् भनेर नै यो हुँदैछ ।”
\v 50 सबै चेलाहरूले तुरून्‍तै उहाँलाई त्यागे र भागे ।
\s5
\v 51 त्यो समयमा एकजना जवान मानिसले येशूलाई पछ्याईरहेको थियो । उसले आफ्नो शरीरमा सुतीवस्‍त्र मात्र लगाएको थियो । भीडले उसलाई समात्‍यो ।
\v 52 तर जसै उसले आफैंलाई तिनीहरूबाट तान्‍यो, उसको सुतीवस्त्त्र तिनीहरूका हातमा नै छोड्‍यो र नाङ्गै भाग्‍यो ।
\s5
\v 53 येशूलाई गिरफ्‍तार गरेका मानिसहरूले उहाँलाई प्रधान पुजारीको घरमा लिएर गए । यहूदी सभाका सदस्यहरू सबै त्यहाँ जम्मा हुँदै थिए ।
\v 54 पत्रुसले येशूलाई टाढैबाट पछ्याई रहेका थिए । प्रधान पुजारी बस्‍ने घरको आँगनमा गए, र प्रधान पुजारीको घरको पहरेदारहरूसँगै तिनी बसे । तिनले आगो तापेर आफूलाई न्यानो बनाउँदै थिए ।
\s5
\v 55 मुख्य पुूजारीहरू र यहूदी सभाका सदस्यहरूले येशूलाई मृत्‍युदण्‍ड दिन मजबूत हुने किसिमको उहाँ विरूद्धको प्रमाणहरू खोज्‍दै थिए । अधिकारीहरूले उहाँलाई मृत्‍युदण्‍ड दिन आवश्‍यक पर्ने त्‍यस्‍तो कुनै प्रमाण तिनीहरूले भट्टाउन सकेनन् ।
\v 56 अरू धेरै मानिसहरूले येशूको बारेमा झुटा बोले तर तिनीहरूले भनेका कुराहरू एक-अर्कामा मेल खाएनन् ।
\s5
\v 57 अन्‍तमा, कोही खडा भए र यसो भन्दै उहाँलाई झुटाो दोष लगाए,
\v 58 “जब उसले यसो भन्‍यो तब हामीले उसका कुरा सुन्‍यौं, ‘मानिसले बनाएको यो मन्दिरलाई म नष्‍ट गर्नेछु र त्‍यसपछि अरू कसैको मद्धतविना नै तीन दिनभित्र म अर्को मन्दिर बनाउनेछु ।’ ”
\v 59 तर यी मानिसहरूमध्‍ये कसैले भनेको कुरा पनि तिनीहरूमध्‍ये अरूहरूले भनेका कुरासँग मेल खाएन ।
\s5
\v 60 त्यसपछि प्रधान पुजारी आफैं तिनीहरूको सामु खडा भए र येशूलाई सोधे, “के तिमी जवाफ दिंदैनौ ? तिमीलाई दोष लाउनलाई तिनीहरूले भनिरहेका यी सबै कुराहरूका बारेमा तिमी के भन्छौ ?”
\v 61 तर येशू चुप लाग्‍नुभयो र जवाफ दिनुभएन । तब प्रधान पुजारीले फेरि कोशिश गरे । तिनले उहाँलाई सोधे, “के तिमी ख्रीष्‍ट हौ ? के तिमी भन्छौ कि तिमी परमेश्‍वरका पुत्र हौ ?”
\v 62 येशूले भन्‍नुभयो, “म हुँ । अझ बढी, तिमीहरूले म, मानिसको पुत्रलाई सर्वशक्तिमान परमेश्‍वरसँगै बसेर राज्य गरेको देख्‍नेछौ । तिमीहरूले मलाई आकासमा बादलहरूमा तल आउँदै गरेको पनि देख्‍नेछौ !”
\s5
\v 63 जब येशूले यसो भन्‍नुभयो, प्रधान पुजारीले विरोध गर्दै आफ्‍नो बाहिरि वस्‍त्र च्याते र प्रधान पुजारीले भने, “के हामीलाई यो मानिसको विरूद्धमा अरू धेरै गवाही चाहिन्‍छ र ?
\v 64 उसले गरेको परमेश्‍वरको निन्‍दा तिमीहरूले सुनेका छौ ! उसले परमेश्‍वर भएको दाबी गर्छ !” येशू दोषी हुनुहुन्‍छ र उहाँलाई मृत्‍युदण्‍ड दिन योग्‍यको हुनुहुन्‍छ भन्‍ने कुरामा तिनीहरू सबै सहमत भए ।
\v 65 त्यसपछि तिनीहरूमध्ये कसैले येशूलाई थुक्‍न लागे । तिनीहरूले उहाँको आँखामा पट्टी बाँधे र उहाँलाई हिर्काउँन र भन्‍न लागे, “तँ अगमवक्ता होस् भने, तँलाई हिर्काउँने को हो हामीलाई भन !” र येशूलाई पहरा दिंदै गरेकाहरूले उहाँलाई मुक्‍काले हिर्काए ।
\s5
\v 66 पत्रुस प्रधान पुजारीको घरबाहिर आँगनमा बसेको समयमा, प्रधान पुजारीको घरमा काम गर्ने केटीहरूमध्‍ये एकजना तिनको नजिक आइन् ।
\v 67 जब तिनले पत्रुसलाई आगोको छेउमा आफूलाई तातो बनाउँदै गरेको देखिन्, तिनले उनलाई नजीकबाट हेरिन् । तब तिनले भनिन्, “तिमी पनि नासरतबाट आएको मानिस येशूसँगै थियौ !”
\v 68 तर तिनले त्‍यो कुरालाई यसो भन्‍दे इन्कार गरे, “तिमी के कुरा गर्दैछौ त्‍यसको बारेमा म जान्दिन ! त्‍यसको बारेमा म केही पनि बुझ्दिन !” त्‍यसपछि तिनी त्यहाँबाट आगनको प्रवेश द्वारमा गए ।
\s5
\v 69 त्‍यो काम गर्ने केटीले तिनलाई त्‍यहाँ देखिन् र नजिकै खडा भएका मानिसलाई फेरि भनिन्, “यो मानिस पनि उहाँहरूले गिरफ्‍तार गरेको मानिससँगै भएको मानिस हो ।”
\v 70 तर तिनले फेरि पनि त्‍यो कुरालाई इन्कार गरे । एकैछिनपछि त्यहाँ खडा हुनेहरूले पत्रुसलाई फेरि भने, “तिमी पनि गालीलबाट आएका हौ । यसैले यो कुरा निश्‍चित हो कि तिमी येशूसँगै आउनेहरूमध्‍ये एकजना हौ !”
\s5
\v 71 तर तिनले भन्‍न लागे कि तिनले सत्य बोलेका छैनन् भने परमेश्‍वरले तिनलाई दण्ड दिनुहुनेछ । तिनले भने, “तपाईंहरूले भन्‍दै गर्नुभएको मानिसको बारेमा मलाई केही थाहा छैन !”
\v 72 तुरुन्‍तै दोस्रोपल्‍ट भाले बास्यो । त्यसपछि येशूले पहिले के भन्‍नुभएको थियो त्‍यो कुरा पत्रुसले सम्झे, “भाले दोस्रोपल्‍ट बास्‍नुभन्दा अघि तिमीले मलाई चिन्‍दिन भनेर तीनपल्‍ट इन्कार गर्नेछौ ।" जब तिनले उहाँलाई तीनपल्‍ट इन्कार गरेको महसुस गरे, तब तिनी रून थाले ।
\s5
\c 15
\p
\v 1 बिहान सबेरै येशूलाई रोमी गवर्नरका सामु कसरी दोष लगाउने भनी निर्णय गर्नका निम्‍ति मुख्य पुजारीहरूले यहूदी सभाका अन्‍य सदस्‍यहरूसँग एकसाथ भेटघाट गरे । पहरेदारहरूले फेरि पनि येशूको हात बाँधे । तिनीहरूले उहाँलाई गवर्नर, पिलातसको निवासमा लिएर गए ।
\v 2 पिलातासले येशूलाई सोधे, “के तिमी भन्‍छौ कि तिमी यहूदीहरूका राजा हौ ?” येशूले जवाफ दिनुभयो, “तपाईंले आफैंले त्‍यसो भन्‍नुभएको छ ।”
\v 3 त्‍यसपछि मुख्य पुजारीहरूले येशूले धेरै खराब कामहरू गरेका दाबी गरे ।
\s5
\v 4 यसैले पिलातासले उहाँलाई फेरि सोधे, “के तिमीसँग जवाफ दिनलाई केही कुरा पनि छैन ? तिमीले गरेका छौ भनी कति धेरै खराब कुराहरू तिनीहरू भन्‍दैछन् त्‍यो सुन !”
\v 5 तर येशूले अरू केही बोल्‍नुभएन । परिणामस्‍वरूप पिलातस धेरै अचम्ममा परे ।
\s5
\v 6 प्रत्‍येक वर्ष निस्तार-चाडको उत्सवको समयमा गवर्नरले झ्‍यालखानामा भएका कैदीहरूमध्ये एक जनालाई छाडीदिने प्रचलन थियो । प्राय: मानिसहरूले अनुरोध गरेको कुनै एकजना कैदीलाई उनले छोडिदिन्थे ।
\v 7 त्‍यो समयमा त्यहाँ बारब्बा नाम गरेको एकजना मानिस थियो जो कोही अरू मानिसहरूसँगै झ्‍यालखानामा थियो । तिनीहरूले रोमी सरकारको विरूद्धमा विद्रोह गर्दा तिनीहरूले हत्या गरेका थिए ।
\v 8 एउटा भीड पिलातसकहाँ आयो र विगतमा जस्तै कसैलाई छाडिदिन बिन्ती गर्‍यो ।
\s5
\v 9 पिलातसले तिनीहरूलाई जवाफ दिए, “जसलाई तिमीहरूले आफ्‍नो राजा भन्‍छौ, के त्‍यो मानिसलाई मैले छोडिदिउँ भनी तिमीहरू इच्‍छा गर्छौ ?”
\v 10 मुख्‍य पुजारीहरूले के गर्ने इच्‍छा गर्दै थिए भनी तिनले महसुस गरेको कारणले तिनले यो कुरा सोधे । धेरैजना मानिसहरू येशूका चेला बनिरहेको कारणले तिनीहरूले उहाँको ईर्ष्‍या गरेको हुनाले तिनीहरूले उहाँलाई दोष लगाउँदै थिए ।
\v 11 तर येशूको सट्टामा बरब्बालाई छोडिदिन पिलातसलाई बिन्‍ति गर्न मुख्‍य पुजारीहरूले भिडलाई अनुरोध गरे ।
\s5
\v 12 पिलातसले तिनीहरूलाई फेरि पनि सोधे, “मैले बरब्बालाई छोडें भने, तिमीहरूका राजालाई म के गरूँ भन्‍ने तिमीहरू चाहन्छौ ?”
\v 13 तब तिनीहरूले कराएर भने, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस् !”
\s5
\v 14 तब पिलातसले तिनीहरूलाई भने, “किन ? उसले के अपराध गरेको छ ?” तर तिनीहरूले झन् बढी चर्को स्वरले, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस् !”
\v 15 यसैले पिलातसले भीडलाई खुशी पार्ने इच्‍छा गरेको कारणले, तिनले तिनीहरूका लागि बरब्बालाई छोडिदिए । त्‍यसपछि तिनका सिपाहीहरूले येशूलाई कोर्रा हान्‍न थाले । त्यसपछि पिलातसले उहाँलाई लैजान र उहाँलाई क्रूसमा टाँग्‍न तिनीहरूलाई भने ।
\s5
\v 16 सिपाहीहरूले येशूलाई आफ्‍नो ब्‍यारेक परिसरमा लगे । तब तिनीहरूले आफ्‍नो कामको समयमा खटेका सम्‍पूर्ण सिपाहीहरूलाई बोलाए ।
\v 17 सिपाहीहरू सबै एकसाथ भेला भएपछि तिनीहरूले येशूलाई एउटा बैजनी वस्‍त्र पहिराइदिए । त्‍यसपछि तिनीहरूले काँडाको हाँगाहरूबाट बुनेका एउटा मुकुट तिनीहरूले उहाँको शिरमा लगाइदिए ।
\v 18 तब तिनीहरूले उहाँको गिल्‍ला गर्नको निम्‍ति राजालाई अभिवादन गरे झैं उहाँलाई अभिवादन गरे । तिनीहरूले भने, “यहूदीहरूका राजालाई प्रणाम !”
\s5
\v 19 तिनीहरूले उहाँको शिरमा दोहोर्‍याइ-दोहोर्‍याइकन निगालोको लठ्ठीले हिर्काए र उहाँलाई थुके । तिनीहरूले उहाँको आदर गरेको नाटक गर्नलाई उहाँको अघि घुँडा टेके ।
\v 20 तिनीहरूले उहाँको गिल्‍ला गरिसकेपछि, तिनीहरूले बैजनी वस्‍त्र फुकाले । तिनीहरूले उहाँको आफ्नै वस्‍त्र उहाँलाई लगाइदिए र त्‍यसपछि उहाँलाई क्रूसमा काँटीमा झुण्‍याउनका लागि तिनीहरूले उहाँलाई सहरबाहिर लिएर गए ।
\v 21 तब सिमोन नाम गरेका एकजना कुरेनीका मानिस आए । तिनी अलेक्जेन्डर र रूफसका बुबा थिए र तिनी कतैबाट शहरतिर जानलाई आउँदै गर्दा येशूको छेउबाट जान लाग्‍दै थिए । सिपाहीहरूले सिमोनलाई येशूको क्रूस बोक्‍न बाध्य पारे ।
\s5
\v 22 सिपाहीहरूले गलगाथा भन्‍ने गरेको ठाउँमा तिनीहरूले ती दुवैजनालाई ल्याए । त्‍यसको अर्थ, “खप्‍परको स्‍थान” भन्‍ने हुन्छ ।
\v 23 तिनीहरूले येशूलाई मूुर्र मिसाएको दाखमद्य पिउन दिने कोसिस गरे । तर उहाँले त्‍यो पिउन अस्वीकार गर्नुभयो ।
\v 24 सिपाहीहरूमध्‍ये कसैले उहाँका वस्‍त्रहरू लिए । तब तिनीहरूले उहाँलाई क्रूसमा काँटीमा झुण्‍डाए । त्‍यसपछि, उहाँको वस्‍त्रहरूलाई आफ्‍नो निम्‍ति चिट्ठा हानेर तिनीहरूले आपसमा बाँडे ।
\s5
\v 25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍दा बिहानको नौ बजेको थियो ।
\v 26 क्रूसमा येशूको शिरमाथि तिनीहरूले एउटा चिनो टाँसे जसमा उहाँलाई किन तिनीहरूले क्रूसमा टाँग्‍दै थिए भन्‍ने कारण लेखिएको थियो । यस्‍तो लेखियो, “यहूदीहरूका राजा ।”
\v 27 तिनीहरूले दुइजना मानिसहरूलाई पनि क्रूसहरूमा काँटीहरुमा झुण्‍डाए जो डाँकुहरू थिए । तिनीहरूले एउटालाई येशूको क्रूसको दाहिनेपट्टि र अर्कोलाई येशूको क्रूसको देब्रेपट्टि काँटीमा झुण्‍डाए ।
\v 28 प्रचीन उत्तम पाण्‍डुलिपीहरूमा पद अठ्ठाइस भेटिएको छैन ।
\s5
\v 29 नजीकबाट हिंड्‍दै गरेका मानिसहरूले उहाँलाई हेरेर आफ्‍नो टाउको हल्लाउँदै उहाँको अपमान गरे । तिनीहरूले भने, “ओए ! तिमीले मन्दिर नाश गरेर त्‍यसलाई फेरि तीन दिनभित्र बनाउनेछु भन्‍थ्‍यौ ।
\v 30 तिमीले त्‍यसो गर्न सक्छौ भने, क्रूसबाट तल ओर्लेर आफैंलाई बचाऊ !”
\s5
\v 31 मुख्य पुजारीहरूले पनि यहूदी व्यवस्था सिकाउने मानिसहरूसँग मिलेर येशूको गिल्ला गरे । यसैले तिनीहरूले एक-आपसमा भने, “यसले अरूलाई तिनीहरूको कष्‍टबाट बचायो, तर उसले आफैंँलाई बचाउन सक्‍दैन !
\v 32 उसले भन्‍यो, ‘म ख्रीष्‍ट हुँ । म इस्राएलका मानिसहरूमाथि राज्‍य गर्ने राजा हुँ ।’ उसका शब्‍दहरू सत्य हुन् भने, ऊ अहिले नै क्रूसबाट तल ओर्लेर आउनुपर्छ ! तब हामी उसलाई विश्‍वास गर्नेछौं !” उहाँको दायाँबायाँ क्रूसमा टाँगिएका दुईजना मानिसहरूले पनि उहाँको गिल्ला गरे ।
\s5
\v 33 मध्यदिनमा सारा देश अँध्यारो भयो, र त्‍यो अध्याँरो दिउँसो तीन बजेसम्म रह्‍यो ।
\v 34 तीन बजे येशू ठूलो स्वरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी ?” त्यसको अर्थ थियो, “मेरो परमेश्‍वर, मेरो परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ ?”
\v 35 जब त्यहाँ खडा भएका मानिसहरूमध्‍ये कसैले ‘इलोई’ शब्दहरू सुने, तिनीहरूले त्‍यो गलत बुझे र भने “सुन ! उसले त एलिया अगमवक्तालाई पो बोलाउँदैछ !”
\s5
\v 36 तिनीहरूमध्ये एकजना दौडेर गयो र अमिलो दाखमद्य स्पन्जमा भर्‍यो । उसले एउटा निगालोको टुप्पोमाथि त्‍यो राख्यो, र त्‍यसलाई येशूले चुस्‍न सक्‍नलाई माथि उचाल्‍यो । उसले भन्यो, “पर्ख ! उसलाई क्रूसबाट तल ओराल्‍नलाई कतै एलिया आउनेछन् कि हेरौं !”
\v 37 र त्यसपछि येशू चर्को स्वरले कराउनुभयो, सास फेर्न बन्द गर्नुभयो र मर्नुभयो ।
\v 38 त्यस समयमा मन्दिरको महापवित्र स्थानको पर्दा तलदेखि माथि सम्मै च्यातिएर दुई टुक्रा भयो ।
\s5
\v 39 येशूलाई क्रूसमा काँटीमा झुण्‍याउने सिपाहीहरूका हाकिम येशूको सामु खडा थिए । जब तिनले येशू कसरी मर्नुभयो त्‍यो देखे, उनले भने, “यो मानिस साँच्‍चै परमेश्‍वरको पुत्र हो !”
\v 40 त्यहाँ केही स्‍त्रीहरू पनि थिए । तिनीहरू टाढैाबाटै यी घटनाहरू हेर्दै थिए । येशू गालीलमा हुनुभएको समयदैखि नै तिनीहरू उहाँसँगै आएका थिए, र उहाँलाई जे खाँचो हुन्थ्यो त्‍यो तिनीहरूले जटाउँथे ।
\v 41 तिनीहरू उहाँसँगै यरूशलेममा आएका थिए । तिनीहरूमध्ये एकजना मरियम मग्‍दलिनी थिइन् । त्‍यहाँ अर्की मरियम पनि थिइन्, जो सानो याकूब र योसेफकी आमा थिइन् । त्यहाँ सलोमी पनि थिइन् ।
\s5
\v 42 साँझ पर्नैलाग्‍दा, अरिमथियाका योसेफ नाम गरेका एकजना मानिस त्यहाँ आए । उनी यहूदी महासभाका सदस्य थिए, एकजना जसलाई सबैले आदर गर्थे ।
\v 43 परमेश्‍वरले कुन समयमा आफैंलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनेर पर्खिरहनेहरूमध्‍ये एकजना तिनी पनि थिए । यतिबेला साँझ पर्नै लागेको थियो । यो शबाथको अघिल्लो दिन थियो । यो दिनलाई यहूदीहरूले तयारीको दिन भन्थे । यसैले तिनी सहासका साथ पिलातसकहाँ गए र आफूलाई येशूको शरीर क्रूसबाट तल झार्न र त्‍यसलाई तुरन्तै दफन गर्ने अनुमति पाउँ भनी तिनीसँग बिन्‍ति गरे ।
\v 44 येशूको मृत्‍यु यसअघि नै भइसकेको कुरा सुनेर पिलातस छक्‍क परे । यसैले येशूलाई क्रूसमा टाँग्‍ने सिपाहीहरूका निरीक्षण गर्ने अधिकारीलाई तिनले बोलाए र उनलाई येशूको मृत्‍यु भइसकेको छ कि छैन भनी तिनले सोधे ।
\s5
\v 45 त्‍यस अधिकारीले पिलातसलाई येशूको मृत्यु भइसकेको छ भनेपछि, पिलातसले योसेफलाई शरीर लैजाने अनुमति दिए ।
\v 46 योसेफले सुतिको कपडालिएर आएपछि, उनी र अरूहरूले मिलेर येशूको शरीरलाई क्रूसबाट तल झारे । तिनीहरूले सुतिको कपडामा उहाँलाई बेह्रे र पहिलेबाटै चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा उहाँलाई राखे । तब चिहानको प्रवेशद्वारमा एउटा ठूलो ढुङ्गा गुडाएर राखे ।
\v 47 मरियम मग्‍दलिनी र योसेफकी आमा मरियमले येशूको शरीर राखेको ठाउँ हेरिरहेका थिए ।
\s5
\c 16
\p
\v 1 जब शबाथ दिन सकिएको थियो, मरियम मग्‍दलिनी, सानो याकूबकी आमा मरियम र सलोमीले दफनको निम्‍ति येशूको शरीरमा लगाउनलाई सुगन्धित मलहमहरू किने ।
\v 2 हप्‍ताको पहिलो दिन बिहान चाँडै नै, सूर्योदय हुनेबित्तिकै, तिनीहरू सुगन्धित मलहमहरू लिए र चिहानतिर जान लागे ।
\s5
\v 3 तिनीहरू त्‍यहाँ जाँदैगर्दा, तनीहरूले एक आपसमा सोध्‍दै थिए, “चिहानको प्रवेशद्वार छेक्‍न राखिएको ढुङ्गालाई हाम्रा निम्‍ति कसले हटाइदेला ?”
\v 4 तिनीहरू पुगेपछि, तिनीहरूले माथि हेरे र कसैले त्‍यो ढुङ्गा हटाइदिएको देखे, जुन धेरै ठूलो थियो ।
\s5
\v 5 तिनीहरू चिहानमा पसे र एउटा जवान मानिस जस्तै लाग्‍ने स्वर्गदूतलाई देखे । तिनी गुफाको दाहिनेपट्टि बसिरहेका थिए । तिनले सेतो वस्‍त्र पहिरिएको थिए । परिणामस्वरूप तिनीहरू आश्‍चर्यचकित भए ।
\v 6 ती जवान मानिसले तिनीहरूलाई भने, “आश्‍चर्यचकित नहोओ ! मलाई थाहा छ कि तिमीहरू नासरतबाट आउनुभएको येशूलाई खोज्‍दैछौ जसलाई क्रूसमा काँटी ठोकियो र क्रूसमा झुण्‍डाइयो । तर उहाँ फेरि जीवित हुनुभएको छ ! उहाँ यहाँ हुनुहुन्‍न ! हेर ! तिनीहरूले उहाँको शरीर राखेको ठाउँ यहीं हो ।
\v 7 जाओ र उहाँका चेलाहरूलाई भन । विशेष गरेर तिमीहरूले पत्रुसलाई भन । तिनीहरूलाई यसो भन, ‘येशू तपाईंहरूभन्दा अगाडि गालीलमा जाँदै हुनुहुन्छ, र तपईंहरूले उहाँलाई त्यहाँ भेट्नुहुनेछ, जस्तो उहाँले तपईंहरूलाई पहिलेबाटै भन्‍नुभयो !’”
\s5
\v 8 ती स्‍त्रीहरू बाहिर गए र चिहानबाट दौडिए । तिनीहरू डराएका र आश्‍चर्यचकित भएका कारणले तिनीहरू थर थर काम्दै थिए । तर तिनीहरूले कसैलाई पनि केही पनि भनेनन् किनभने तिनीहरू भयभीत भए ।
\s5
\v 9 हप्‍ताको पहिलो दिन सबेरै येशू मृत्‍युबाट फेरि जीवित हुनु भएपछि, उहाँ सबैभन्‍दा पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो । तिनी त्यही स्‍त्री थिइन् जसबाट उहाँले सातवटा दुष्‍ट आत्माहरू निकाल्नुभएको थियो ।
\v 10 पहिले येशूसँगै भएका मानिसहरूकहाँ तिनी गइन्, त्‍यतिबेला तिनीहरू विलाप गर्दै र रूँदै थिए । तिनले जे देखेकी थिइन् त्‍यो तिनीहरूलाई भनिन् ।
\v 11 तर येशू फेरि जीवित हुनुभयो र तिनले उहाँलाई देखेको थिइन् भनी तिनले तिनीहरूलाई भन्‍दा, तिनीहरूले त्यो कुरा विश्‍वास गरेनन् ।
\s5
\v 12 त्यो दिनको पछिल्‍लो समयमा, उहाँका चेलाहरूमध्‍ये दुइजना यरूशलेमबाट वरिपरिको इलाकामा हिंड्‍दै गर्दा येशू फरक रूपमा तिनीहरूकहाँ देखा पर्नुभयो ।
\v 13 ती दुइजनाले उहाँलाई चिनेपछि, तिनीहरू यरूशलेममा फर्केर गए । जे भएको थियो त्‍यसको बारेमा तिनीहरूले उहाँका अरू चेलाहरूलाई भने, तर तिनीहरूले त्यो कुरा विश्‍वास गरेनन् ।
\s5
\v 14 पछि एघार प्रेरितहरूले खाना खाइरहेको बेलामा येशू तिनीहरूकहाँ देखा पर्नुभयो । उहाँ फेरि जीवित हुनुभएपछि उहाँलाई देखेका मानिसहरूले दिएका बयानहरूलाई तिनीहरूले हठी भएर विश्‍वास गर्न इन्कार गरेको कारणले उहाँले तिनीहरूलाई हप्‍काउनुभयो ।
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ र हरेकलाई सुसमाचार प्रचार गर !”
\v 16 तिमीहरूका शन्‍देस सुनेर विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिने हरेकलाई परमेश्‍वरले बचाउनु हुनेछ । विश्‍वास नगर्ने हरेकलाई उहाँले दोषी ठहराउनुहुनेछ ।
\s5
\v 17 सुसमाचारमा विश्‍वास गर्नेहरूले म तिनीहरूसित छु भनी दर्शाउनलाई आश्‍चर्य कमहरू गर्नेछन् । मेरो शक्तिद्वारा तिनीहरूले यस्‍ता आश्‍चर्य कामहरू गर्नेछन्: तिनीहरूले दुष्‍ट आत्माहरूलाई मानिसहरूबाट निकाल्‍नेछन् । तिनीहरूले नसिकेका भाषाहरूमा तिनीहरूले बोल्नेछन् ।
\v 18 तिनीहरूले सर्पहरू समाते वा तिनीहरूले कुनै विषालु तरल कुरा पिए भने पनि, तिनीहरूलाई कुनै हानी हुनेछैन । तिनीहरूले जुन बिरामी मानिसमाथि आफ्‍ना हातहरू राख्छन्, परमेश्‍वरले तिनीहरूलाई निको पार्नुहुनेछ ।”
\s5
\v 19 प्रभु येशूले चेलाहरूलाई यी कुराहरू भन्‍नु भएपछि, परमेश्‍वरले उहाँलाई स्वर्गमा लानुभयो । तब परमेश्‍वरको छेउमा उहाँको दाहिनेपट्टी सर्वोच्‍च आदरको स्थानमा उहाँसँगै राज्य गर्नलाई उहाँ आफ्‍नो सिंहासन विराजमान हुनुभयो ।
\v 20 चेलाहरूचाहिं, तिनीहरू यरूशलेमबाट बाहिर गए, र तिनीहरूले हरेक ठाउँमा प्रचार गरे । जहाँ जहाँ तिनीहरू गए, प्रभुले तिनीहरूलाई आश्‍चर्य कामहरू गर्न सक्षम बनाउनुभयो । त्‍यसो गर्नुभएर परमेश्‍वरको वचन सत्य छ भनी उहाँले मानिसहरूलाई देखाउनुभयो ।