ne_udb/41-MAT.usfm

1594 lines
519 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id MAT Unlocked Dynamic Bible
\ide UTF-8
\h मत्ती
\toc1 मत्तीले लेखेको सुसमाचार
\toc2 मत्ती
\toc3 mat
\mt1 मत्तीले लेखेको सुसमाचार
\s5
\c 1
\p
\v 1 यो येशू ख्रीष्‍टका पुर्खाहरू, अब्राहामका र राजा दाऊदका सन्‍तानको विवरण हो ।
\v 2 अब्राहाम इसहाकका बुबा थिए । इसहाक याकूबका बुबा थिए । याकूब यहूदा र तिनका दाजुभाइका बुबा थिए ।
\v 3 यहूदा फारेस र जाहेरका बुबा थिए, र तिनीहरूका आमा तामार थिइन् । फारेस हेस्रोनका बुबा थिए । हेस्रोन आरामका बुबा थिए ।
\s5
\v 4 आराम अम्‍मीनादाबका बुबा थिए । अम्‍मीनादाब नहशोनका बुबा थिए । नहशोन सल्‍मोनका बुबा थिए ।
\v 5 सल्मोन र तिनकीा पत्‍नी, एक गैर-यहूदी स्‍त्री, राहाब बोअजका बुबाआमा थिए । बोअज ओबेदका बुबा थिए । ओबेदकी आमा रूथ अर्की गैर-यहूदी स्‍त्री थिइन् । ओबेद यिशैका बुबा थिए ।
\v 6 यिशै राजा दाऊदका बुबा थिए । दाऊद सोलोमानको बुबा भए; सोलोमनकी आमा पहिले उरियाहकी पत्नी थिइन् ।
\s5
\v 7 शोलोमन रेहोवमका बुबा थिए रेहोवम अवियहरूको बुबा थिए । अबियह आशाको बुबा थिए ।
\v 8 आशा योसेसाफातका बुबा थिए । योसोसफात योहोरामको बुबा थिए योहोराम उज्जियाका पुर्खाहरू थिए ।
\s5
\v 9 उज्ज्जियहा योथामका बुबा थिए । योथाम आहजका बुबा थिए आहज हेज्कियाका बुबा थिए ।
\v 10 हिजकिया मनश्‍शेका बुबा थिए । मनश्‍शे अमोनका बुबा थिए । अमोन योशियाहका बुबा थिए ।
\v 11 योशियाह यकोनियास र तिनका भाइहरूका बुबा थिए । तिनीहरू बेबिलोनका सेनाले इस्राएलीहरूलाई कैदीहरूको रूपमा बेबिलोनको देशमा लगेको समयमा बस्‍थे ।
\s5
\v 12 बेबिलोनीहरूले इस्राएलीहरूलाई बेबिलोनमा निर्वासनमा लगेपछि यकोनियास शालतिएलका बुबा भए । शालतिएल यरूबाबेलका पुर्खा थिए ।
\v 13 यरूबाबेल अबिउदका बुबा थिए । अबिउद एल्‍याकीमका बुबा थिए । एल्‍याकीम आजोरका बुबा थिए ।
\v 14 आजोर सादोकका बुबा थिए । सादोक आखिमका बुबा थिए । आखिम एलिउदका बुबा थिए ।
\s5
\v 15 एलिउद एलोजारका बुबा थिए । एलाजार मत्तानका बुबा थिए । मत्तान याकूबका बुबा थिए ।
\v 16 याकूब योसेफका बुबा थिए । योसेफ मरियमकाा पति थिए, र मरियम येशूकीा आमा थिइन् । येशू नै हुनुहुन्‍छ जसलाई ख्रीष्‍ट भनिन्छ ।
\v 17 येशूका पुर्खाहरूका नामावली निम्‍नअनुसार छ : अब्राहाम बाँचेको समयदेखि राजा दाऊद बाँचेको समयसम्‍म तिनीहरूमध्‍ये चौधजना थिए । राजा दाऊद बाँचेको समयदेखि इस्राएलीहरू बेबिलोनमा गएको समयसम्म अरू चौधजना थिए, र त्‍यसपछि त्‍यो समयदेखि ख्रीष्‍टको जन्म भएको समयसम्‍म अझै अरू चौधजना थिए ।
\s5
\v 18 येशू ख्रीष्‍ट जन्मिनुभन्दा पहिले जे भएको थियो त्‍यसको वर्णन यही हो । उहाँकी आमा मरियमले योसेफसँग विवाह गर्ने प्रतिज्ञा गरेकी थिइन्, तर तिनीहरू पति पत्‍नीको रूपमा सँगसँगै बस्‍नुअघि नै उनी पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी तिनीहरूले थाहा पाए ।
\v 19 अब योसेफ, जो उनको पति बन्दै थिए, एकजना मानिस जसले परमेश्‍वरका आज्ञाहरू पालन गरे, यसैले तिनले उनलाई विवाह नगर्ने निर्णय गरे । तर तिनले उनलाई अरू मानिसहरूको सामु शर्ममा पार्न चाहेनन् । यसैले उनलाई विवाह गर्ने आफ्‍ना योजनाहरूलाई तिनले गुप्तमा नै त्‍याग्‍ने निर्णय गरे ।
\s5
\v 20 तिनले यस बारेमा गम्भिर रूपमा विचार गरिरहँदा, परमप्रभुले पठाउनुभएको एउटा स्वर्गदूत सपनामा तिनीकहाँ एक्‍कासि देखा परे । ती स्‍वर्गदूतले भने, “योसेफ, राजा दाऊदका सन्तान, मरियमलाई विवाह गर्न नडराऊ । तिनमा जो गर्भधारण हुनुभएको छ उहाँ पवित्र आत्माद्वारा हुनुहुन्‍छ ।
\v 21 तिनले एउटा छोरो जन्माउने छिन् । उहाँको नाम ‘येशू’ राख, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ ।”
\s5
\v 22 परमप्रभुले धेरै पहिले यशैया अगमवक्‍तालाई जे लेख्‍न भन्‍नुभएको थियो, त्‍यो पुरा हुनलाई यी सबै हुन आए,
\v 23 “सुन, एउटी कन्‍या गर्भवती हुने छिन् र एउटा छोरो जन्माउने छिन् । तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍ने छन्” जसको अर्थ “परमेश्‍वर हामीसित हुनुहुन्छ ।”
\s5
\v 24 जब योसेफ निन्द्राबाट बिउँझे, स्वर्गदूतले तिनलाई जे गर्ने आज्ञा दिएका थिए तिनले त्‍यही गरे । तिनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा लिएर बस्‍न सुरु गरे ।
\v 25 तर उनले एउटा छोरोलाई जन्‍म नदिएसम्‍म तिनले उनीसँग सहवास गरेनन् । र योसेफले उहाँको नाम येशू राखे ।
\s5
\c 2
\p
\v 1 राजा हेरोद महानले त्‍यहाँ शासन गरेको समयमा यहूदिया प्रान्तको बेथलेहेम नगरमा येशूको जन्‍म भयो । येशू जन्मिनुभएको केही समयपछि, पूर्वमा धेरै टाढाबाट ताराहरूका अध्ययन गर्ने केही मानिसहरू यरूशलेम सहरमा आए ।
\v 2 तिनीहरूले मानिसहरूलाई सोधे, “जो यहूदीहरूका राजा भएर जन्‍मनुभएको छ उहाँ कहाँ हुनुहुन्‍छ ? हामीले पुर्वमा एउटा तारा देखेका छौं जसले हामीलाई उहाँ जन्मनुभएको छ भनी देखाउँछ, यसैले उहाँको आराधना गर्नलाई हामी आएका छौं ।”
\v 3 जब राजा हेरोदले ती मानिसहरूले सोध्‍दै गरेको कुराको बारेमा सुने, धेरै चिन्तित भए । यरूशलेममा भएका धेरै मानिसहरू पनि चिन्तित भए ।
\s5
\v 4 तब सबै निर्णायक पुजारीहरू र यहूदी व्यवस्थाका शिक्षकहरूलाई हेरोदले एकसाथ बोलाए । अगमवक्‍ताहरूले भविष्‍यवाणी गरेका ख्रीष्‍ट कहाँ जन्मिनुपर्छ भनी तिनले तिनीहरूलाई सोधे ।
\v 5 तिनीहरूले तिनलाई भने, “यहाँ यहूदिया प्रान्तको बेथलेहेम नगरमा उहाँ जन्मिनुहुने छ, किनभने मिका अगमवक्‍ताले धेरै अघि लेखे,
\v 6 ‘तिमीहरू जो यहूदिया मुलुकको बेथलेहेममा वसोवास गर्छौ, तिमीहरूको नगर निश्‍चय नै महत्त्‍वपूर्ण छ, किनभने तिमीहरूको नगरबाट एकजना मानिस शासक हुनुहुने छ । उहाँले इस्राएलमा बस्‍ने मेरो मानिसहरूको नेतृत्‍व गर्नुहने छ ।’”
\s5
\v 7 त्‍यसपछि राजा हेरोदले ताराहरूको अध्ययन गरेका ती मानिसहरूलाई गोप्यरूपमा बोलाए । पहिलो पल्‍ट त्यो तारा देखा परेको ठिक समय तिनले तिनीहरूलाई सोधे ।
\v 8 तब तिनले तिनीहरूलाई भने, “बेथलेहेममा जाओ र नाबालक कहाँ छन् सबैतिर सोध । जब तिमीहरूले उनलाई भेट्टाउँछौ, फर्केर आओ र मलाई खबर गर, ता कि म आफैँ पनि त्यहाँ जान र उनको आराधना गर्न सक्‍छु ।”
\s5
\v 9 त्‍यसपछि ती मानिसहरू बेथलेहेम नगरतिर गए । तिनीहरूलाई उदेक लाग्‍ने कुरा, तिनीहरू पूर्व देशमा हुँदा तिनीहरूले देखेका तारा बालक भएको घरमाथि पुगेर नरोकिएसम्‍म फेरि पनि तिनीहरूको अघि गयो ।
\v 10 जब तिनीहरूले त्‍यो तारा देखे, तिनीहरू धेरै हर्षित भए, र त्‍यसको पछि लागे ।
\s5
\v 11 तिनीहरूले त्‍यो घर भेट्टाए, त्‍यसभित्र पसे, र बालक र उहाँको आमा मरियमलाई देखे । तिनीहरू घोप्‍टो परे र उहाँको आराधना गरे । त्‍यसपछि तिनीहरूले आफ्‍ना धनका कन्‍तुरहरू खोले र तिनीहरूले उहाँलाई सुन, सुगन्‍धित धुप, र मुर्र उपहार दिए ।
\v 12 त्‍यसपछि परमेश्‍वरले तिनीहरूलाई सपनामा राजा हेरोदकहाँ नफर्कन चेतावनी दिनुभयो । यसैले तिनीहरू आफ्‍नो देश फर्के, तर तिनीहरू आएको बाटो फर्कनुको सट्टो, तिनीहरू अर्कै बाटो गए ।
\s5
\v 13 ताराहरूका अध्ययन गर्ने मानिसहरूले बेथलेहेम छोडेपछि, परमप्रभुबाट आएका एउटा दूत योसेफकहाँ सपनामा देखा परे । तिनले भने, “उठ, बालक र उहाँको आमालाई लेऊ र मिश्र देशमा भाग । तिमीले त्यो ठाँउ छोड्नुपर्छ भनी मैले तिमीलाई नभनेसम्म त्यहीँ बस, किनभने राजा हेरोदले बालकलाई खोज्‍न सिपाहीहरू पठाउँन लागेको छ, जसले गर्दा तिनीहरूले उहाँलाई मार्न सक्‍छन् ।”
\v 14 यसैले योसेफ त्यो रात उठे; बालक र उहाँको आमालाई लिए, र तिनीहरू मिश्र देशमा भागे ।
\v 15 राजा हेरोदको मृत्‍यु नभएसम्‍म तिनीहरू त्यहाँ बसे, र त्‍यसपछि तिनीहरूले फेरि मिश्र देश छोडे । यसरी, परमेश्‍वरले होशे अगमवक्‍तालाई जे लेख्‍न भन्‍नुभएको थियो त्‍यो पुरा हुन आयो, “मैले आफ्‍नो पुत्रलाई मिश्र देशबाट बोलाएको छु ।”
\s5
\v 16 राजा हेरोदको मृत्‍यु हुनुअघि, ती मानिसहरूले तिनलाई छल गरेको महसुस तिनलाई भयो, र तिनी क्रोधित भए । येशू अझै बेथलेहेमको नजीकै हुनुहुन्छ भन्‍ने विचार तिनलाई भएको कारणले हेरोदले दुई वर्ष पुगेका र त्‍योभन्‍दा साना सबै केटा बालकहरूलाई मार्न सिपाहीहरू पठाए । ताराहरूको अध्ययन गर्ने मानिसहरूले त्‍यो तारा पहिलो पल्‍ट कहिले देखा पर्‍यो भन्‍ने बारेमा तिनलाई भनेका कुराअनुसार हेरोदले बालक कति वर्षका थिए भनी हिसाब निकाले ।
\s5
\v 17 जब हेरोदले यसो गरे, यर्मिया अगमवक्‍ताले धेरै अघि जे लेखेका थिए त्‍यो पुरा हुन आयो, जतिबेला तिनले रामा नगर नजीकको बेथलेहेमको बारेमा लेखे :
\v 18 रामाका स्‍त्रीहरू रुँदै र ठुलो स्वरले विलाप गर्दै थिए । तिनीहरूका मृत बालकहरूका लागि, ती स्‍त्रीहरूका पूर्खा राहेल रुँदै थिइन् । मानिसहरूले तिनलाई सान्त्वना दिने खोजे, तर तिनीहरूले सकेनन्, किनभने सबै बालकहरू मारिए ।
\s5
\v 19 हेरोदको मृत्‍युपछि र योसेफ तथा तिनका परिवार मिश्रदेशमा हुँदा नै, परमप्रभुले पठाउनुभएको एउटा दूत सपनामा योसेफकहाँ देखा परे । तिनले योसेफलाई भने,
\v 20 “उठ र बालक र उहाँको आमालाई लेऊ र बस्‍नलाई इस्राएल देशमा फर्केर जाऊ, किनभने बालकलाई मार्न खोज्‍ने मानिसहरूको मृत्‍यु भइसकेको छ ।”
\v 21 त्यसैले योसेफले बालक र उहाँको आमालाई लिए, र तिनीहरू इस्राएल फर्केर गए ।
\s5
\v 22 यतिबेला यहूदिया प्रान्‍तमा आफ्‍नो बाबु हेरोद महानको साटोमा अर्खिलाउसले शासन गरेको जब योसेफले सुने, तब तिनी त्यहाँ जान डराए । तब परमेश्‍वरले योसेफलाई के गर्ने भनी सपनामा निर्देशन दिनुभयो, यसैले योसेफ, बालक र मरियम गालील जिल्‍लामा गए ।
\v 23 तिनीहरू बसोबास गर्नलाई नासरत नगरमा गए । परिणामस्‍वरूप अगमवकक्‍ताहरूले धेरै अघि जे भनेका थिए त्‍यो पुरा हुन आयो : “मानिसहरूले भन्‍ने छन्, उहाँ नासरतबाट हुनुहुन्‍छ ।”
\s5
\c 3
\p
\v 1 येशू नासरतको नगरमा हुनुभएको बेलामा, यूहन्‍ना, जसलाई मानिसहरूले बप्‍तिस्‍मा दिने भन्थे, यहूदिया प्रान्‍तको एउटा उजाड-स्थान गए । तिनले त्‍यहाँ आएका मानिसहरूलाई प्रचार गर्दै थिए । तिनले भनिरहे,
\v 2 “तिमीहरूले पाप गर्न छोड्‍नैुपर्छ, किनभने स्‍वर्गबाट परमेश्‍वरको राज्‍य चाँडै आउँदैछ, र तिमीहरूले पाप गर्न छोडेनौ भने उहाँले तिमीहरूलाई इन्कार गर्नुहुनेछ ।”
\v 3 यूहन्‍नाले प्रचार गर्न सुरु गर्दा, यशैया अगमवक्‍ताले धेरै अघि जे भनेका थिए त्यो सत्य हुन आयो । तिनले भने, “उजाड-स्थानमा मानिसहरूले कसैले हरेकलाई कराउँदै गरेको सुन्‍छन्, ‘परमप्रभु आउनुहुँदा उहाँलाई ग्रहण गर्न तयार होओ ! उहाँको निम्ति सबै कुरा तयार गर !’”
\s5
\v 4 यूहन्‍नाले ऊँटको रौंबाट बनेको खस्रो कपडा लगाए । धेरै अघि एलिया अगमवक्‍ताले गरेझैं, तिनले आफ्‍नो कम्मरमा छालाको पेटी लगाए । तिनको खाना उजाड-स्थानमा पाइने फटेङ्‍ग्राहरू र वनमह मात्र थियो ।
\v 5 यरूशलेम सहरमा बस्‍ने मानिसहरू, यहूदिया जिल्लाको अन्य ठाउँहरूमा बस्‍ने धेरै मानिसहरू, र यर्दन नदी नजिकै बस्‍ने धेरै अरूहरू यूहन्‍नाले प्रचार गरेको सुन्‍न तिनीकहाँ आए ।
\v 6 तिनीहरूले उनको प्रचार सुनेपछि, तिनीहरूले खुलारुपले आफ्ना पापहरू स्वीकार गरे, र त्‍यसपछि उनले यर्दन नदीमा तिनीहरूलाई बप्‍तिस्‍मा दिए ।
\s5
\v 7 तर धेरै फरिसीहरू र सदुकीहरू पनि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनलाई आउँदै गरेको उनले देखे । उनले तिनीहरूलाई भने, “तिमीहरू विषालु सर्पहरूका सन्तान हौ ! पाप गर्नेहरू हरेकलाई एकदिन परमेश्‍वरले दण्ड दिनुहुनेछ भनेर तिमीहरूलाई कसैले पनि चेतावनी दिएन, दिए त ? तिमीहरू उहाँबाट उम्कन पाउँछौ भन्‍ने नसोच !”
\v 8 तिमीहरू साँच्‍चै पाप गर्न छोड्‍छौ भने, त्‍यो देखाउनलाई ठिक कामहरू गर ।
\v 9 म जान्‍दछु कि परमेश्‍वरले अब्राहामका सन्तानहरूसँग रहने प्रतिज्ञा गर्नुभयो । तर आफैंँमा यसो नभन, ‘हामीहरू आफ्‍ना पुर्खा अब्राहामका सन्तानहरू भएका हुनाले, हामीले पाप गरे तापनि परमेश्‍वरले हामीलाई दण्ड दिनुहुने छैन ।’ होइन ! म तिमीहरूलाई भन्छु कि यहाँ भएका यी ढुङ्‍गाहरूलाई उहाँले अब्राहामका सन्तानहरूमा बदल्न सक्‍नुहुन्छ !
\s5
\v 10 एकजना मानिसले असल फल नदिने फलको एउटा रूखको जराहरू काटेर हटाउन सुरु गरेजस्‍तै परमेश्‍वरले अहिले नै तिमीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ । यसरी उहाँले हरेक रूखलाई काट्नुहुनेछ र त्यसलाई आगोमा फ्याँक्‍नुहुनेछ ।”
\v 11 मेरो बारेमा, म धेरै महत्‍वपूर्ण होइन, किनभने म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्‍मा दिन्छु । पाप गरेको निम्‍ति मानिसहरूले पश्‍चाताप गर्छन् भने म त्‍यसो गर्छु । तर कोही एकजना चाँडै नै आउँनुहुनेछ जसले धेरै शक्तिशाली कामहरू गर्नुहुनेछ । उहाँ मभन्दा यति धेरै महान हुनुहुन्छ कि म उहाँका जुत्ताहरू बोक्‍न पनि लायकको छैन । उहाँले तिमीरूुलाई पवित्र आत्मामा र आगोमा बप्‍तिस्‍मा दिनुहुनेछ ।
\v 12 खराब भूसबाट असल अन्‍न छट्‍याउन तयार भएर उहाँले आफ्नो निफन्‍ने नाङ्लो समात्‍दै हुनुहुन्‍छ । उहाँले अन्‍न जम्‍मा गर्नुभएको खलोबाट सबै खराब भुसलाई सफा गर्न उहाँ तयार हुनुहुन्छ । उहाँले धर्मी मानिसहरूलाई घरमा लानुहुनेछ, जसरी एकजना किसानले आफ्नो गहुँलाई आफ्‍नो भण्डारमा राख्‍छ; तर जसरी कसैले कहिल्यै ननिभ्‍ने आगोमा भुसलाई जलाउँछ, त्‍यसरी नै उहाँले दुष्‍ट मानिसहरूलाई जलाउनुहुनेछ ।
\s5
\v 13 त्‍यो समयमा, येशू गालील जिल्लाबाट यूहन्‍ना भएको ठाउँ यर्दन नदीमा जानुभयो । यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा दिन सकून् भनी उहाँले यसो गर्नुभयो ।
\v 14 जब येशूले यूहन्‍नालाई उहाँलाई बप्‍तिस्‍मा दिनु भन्‍नुभयो, यूुहन्‍नाले इन्कार गरे; उनले भने, “तपाईंले मलाई बप्‍तिस्‍मा दिनु आवश्यक छ ! तर तपाईं एक पापी होइन, यसैले तपाईं किन मकहाँ आउनुहुन्छ ?”
\v 15 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई अहिले बप्‍तिस्‍मा देऊ, किनभने यसरी नै हामी दुवैले परमेश्‍वरको हरेक इच्‍छा पुरा गर्ने छौं ।” त्यसपछि यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा दिन सहमत भए ।
\s5
\v 16 त्यसपछि, येशू तुरुन्तै पानीबाट माथि आउनुभयो । त्‍यतिबेला आकाश खुलेको जस्‍तो भयो, र एउटा ढुकुरको स्‍वरूपमा परमेश्‍वरको आत्मा तल आउँदै र उहाँमा बस्‍दै गर्नुभएको येशूले देख्‍नुभयो ।
\v 17 अनि परमेश्‍वर स्वर्गबाट बोल्नुभयो र भन्‍नुभयो, “यिनी मेरा छोरा हुन् । म यिनीलाई प्रेम गर्छु, र म यिनीसँग धेरै खुशी छु । ”
\s5
\c 4
\p
\v 1 त्यसपछि शैतानले येशूको परीक्षा गरोस् भनी परमेश्‍वरको आत्माले उहाँलाई उजाड-स्थानमा लानुभयो ।
\v 2 चालिस दिनसम्‍म दिन र रात उहाँले खाना नखाएपछि, उहाँ भोकाउनु भयो ।
\v 3 शैतान, परिक्षक उहाँकहाँ आयो र भन्यो “यदि तपाईं साच्‍चै परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई तपाईंको निम्ति रोटी हुनलाई भन्‍नुहोस् !”
\v 4 तर येशूले त्यसलाई भन्‍नुभयो, “होइन! म यो गर्ने छैन किनभने धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘मानिसहरूलाई साँच्‍चिकै जिउनका लागि, खानाभन्दा पनि बढी कुरा तिनीहरूसँग हुनुपर्छ; परमेश्‍वरले बोल्‍नुभएको हरेक वचन तिनीहरूले सुन्‍नुपर्छ ।’”
\s5
\v 5 त्यसपछि शैतानले येशूलाई परमेश्‍वरको निम्ति विशेष सहर यरूशलेममा लग्‍यो । त्‍यसले उहाँलाई मन्दिरको सबभन्दा अग्लो भागमा राख्यो
\v 6 र उहाँलाई भन्यो, “यदि तपाईं साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, जमिनमा हाम फाल्नुहोस् । तपाईंलाई वस्‍तवमै चोट लाग्‍ने छैन, किनभने परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘परमेश्‍वरले स्वर्गदूतहरूलाई तपाईंको सुरक्षा गर्न आज्ञा गर्नुहुने छ । तपाईं तल झर्दै गर्दा तिनीहरूले तपाईंलाई आफ्‍ना हातहरूमा उचाल्‍ने छन् र तपाईंको खुट्टा ढुङ्गामा ठोकिनबाट तिनीहरुले तपाईंलाई जोगाउने छन् ।’”
\s5
\v 7 तर येशूले भन्‍नुभयो, “होइन ! म तल हामफाल्ने छैन, किनभने परमेश्‍वरले पनि धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘उहाँ को हुनुहुन्छ भनी आफ्‍नो परमेश्‍वरलाई प्रमाणित गर्न लगाउने कोसिस नगर ।’”
\v 8 त्यसपछि शैतानले उहाँलाई एउटा धेरै अग्लो पहाडको चुचुरोमा लग्‍यो । संसारमा भएका सबै राज्‍यहरू र ती राज्‍यहरूमा भएका वैभवशाली कुराहरू त्‍यहाँ त्‍यसले उहाँलाई देखायो ।
\v 9 तब त्‍यसले उहाँलाई भन्यो, “यदि तपाईं घोप्‍टो पर्नुभयो र मेरो आराधना गर्नुभयो भने,बम तपाईंलाई यी सबै राज्‍यहरूमा शासन गर्न दिने छु र तिनीहरूमा भएका वैभवशाली कुराहरू तपाईंलाई दिने छु ।”
\s5
\v 10 तर येशूले त्‍यसलाई भन्‍नुभयोः “होइन ! म तेरो आराधना गर्ने छैन, शैतान, यसैले दूर गइहाल! परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘परमप्रभु आफ्‍ना परमेश्‍वरमा मात्र तैँले घोप्‍टो पर्नुपर्छ र उहाँको मात्र आराधना गर्नुपर्छ !’”
\v 11 त्यसपछि शैतान त्यहाँबाट गयो, र त्यो क्षणमा, स्वर्गदूतहरू येशूकहाँ आए र उहाँको रखदेख गरे ।
\s5
\v 12 येशू यहूदिया प्रान्तमा हुनुहुँदा, बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू आए र हेरोद राजाले यूहन्‍नालाई झ्यालखानमा हाले भनी उहाँलाई भने । यसैले येशू गालील जिल्लाको नासरत नगरमा फर्कनुभयो ।
\v 13 त्यसपछि उहाँले नासरत छोड्‍नुभयो र बसोबास गर्नको निम्‍ति कफर्नहुम सहरमा जानुभयो । कफर्नहुम गालील समुद्रको छेउमा पहिलेको जबूलून र नप्‍ताली कुलहरूको क्षेत्रमा अवस्‍थित थियो ।
\s5
\v 14 उहाँ त्यहाँ जानुभयो ता कि यशैया अगमवक्‍ताले धेरै अघि लेखेका वचनहरू पुरा हुन सकोस् :
\v 15 “जबूलून र नप्‍तालीको क्षेत्र, यर्दन नदीको पुर्वमा भएको, समुद्रमा जाने बाटोको क्षेत्रहरू, गालीलका क्षेत्रहरू, धेरै गैर-इस्राएलीहरूका बासस्‍थान !
\v 16 ती मानिसहरू अन्धकारमा भएझैँ, तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन्, तर तेजिलो प्रकाश तिनीहरूमाथि चम्किएझैँ, तिनीहरूले सत्य जान्‍नेछन् । हो, तिनीहरू मर्नलाई अत्‍यन्‍तै डराएका छन्, तर तजिलो प्रकाश तिनीहरूमाथि चम्केको छ !”
\s5
\v 17 त्यस समयमा, येशू कफर्नहुम सहरमा हुनुहुँदा, उहाँले मानिसहरूलाई प्रचार गर्न सुरु गर्नुभयो, “स्‍वर्गबाट परमेश्‍वरको राज्‍य चाँडै आउँदै छ, र उहाँले राज्‍य गर्नुहुँदा उहाँले तिमीहरूको न्‍याय गर्नुहुने छ । यसैले पाप गर्न छोड !”
\s5
\v 18 एकदिन येशू गालीलको समुद्र छेउमा हिँड्‍दै गर्नुहुदाँ, उहाँले दुईजना मानिसहरू, सिमोन जसलाई पछि पत्रुस भनियो र तिनको भाइ अन्द्रियासलाई देख्‍नुभयो । तिनीहरू पानीमा आफ्‍ना माछा मार्ने जाल हान्‍दै थिए, किनभने तिनीहरू माछा समाउँथे र बेच्‍थे ।
\v 19 येशूले तिमीहरूलाई भन्‍नुभयो, “मसँग आओ, र मेरा चेलाहरू हुनलाई मानिसहरू कसरी जम्‍मा गर्नुपर्छ, म तिमीहरूलाई सिकाउने छु । म तिमीहरूलाई मानिसहरू पक्रिने काम दिने छु ।”
\v 20 तिनीहरूले गर्दै रहेका कामलाई तिनीहरूले तुरुन्तै छोडे र उहाँसँग गए ।
\s5
\v 21 उहाँहरू तिनैजना त्‍यहाँबाट हिंड्‍नुहुँदा, यशूले अरू दुईजना मानिसहरू, याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो । तिनीहरू आफ्ना पिता जब्‍दियासँग ढुङ्गामा आफ्‍ना माछा मार्ने जालहरू मर्मत गर्दै थिए । येशूले तिनीहरूलाई भन्‍नुभयो कि तिनीहरूले आफ्‍ना काम छोड्नुपर्छ र उहाँसँग जानुपर्छ ।
\v 22 तुरुन्तै तिनीहरूले पनि आफ्ना डुङ्गा र आफ्‍ना बुबालाई छाोडे र येशूसँग गए ।
\s5
\v 23 येशूले ती चारैजना मानिसहरूलाई गालील जिल्लाभरि लानुभयो । उहाँले सभाघरहरूमा मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । परमेश्‍वरले कसरी राज्‍य गर्दै हुनुहुन्‍छ भन्‍ने बारेमा उहाँले सुसमाचार प्रचार गर्दै हुनुहुन्‍थ्‍यो । उहाँले बिरामी भएका सबै मानिसहरूलाई निको पनि पार्दै हुनुहुन्‍थ्‍यो ।
\v 24 जब सिरिया जिल्‍लाको अरू भागहरूमा बसोबास गर्ने मानिसहरूले उहाँले गर्नुभएको कामको बारेमा सुने, बिरामीले ग्रस्‍त मानिसहरू, विभिन्‍न रोगले ग्रस्‍त मानिसहरू, गम्‍भीर दुखाइले ग्रस्‍त मानिसहरू, भूतहरूले अधीन गरेका मानिसहरू, छारे रोगहरू लागेका मानिसहरू र पक्षघात भएका मानिसिहरूलाई तिनीहरूले उहाँकहाँ ल्‍याए । र येशूले उनीहरूलाई निको पार्नु भयो ।
\v 25 त्यसपछि ठुला भिडहरू उहाँको पछि जान लागे । तिनीहरू गालीलबाट, दश सहरहरूबाट, यरूशलेम सहरबाट, यहूदिया प्रान्तको अरू भागहरूबाट, र यर्दन नदीको पूर्वी क्षेत्रहरूबाट आएका मानिसहरू थिए ।
\s5
\c 5
\p
\v 1 जब येशूले भिडहरूलाई देख्‍नुभयो, उहाँ एउटा डाँडामाथि जानुभयो । उहाँ त्यहाँ बस्‍नुभयो र उहाँको पछि आउनेहरूलाई शिक्षा दिन लाग्‍नुभयो । उहाँका कुरा सुन्‍न तिनीहरू उहाँको नजिक आए ।
\v 2 तब उहाँले तिनीहरूलाई यसो भन्‍दै सिकाउन सुरु गर्नुभयो:
\v 3 “परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले आफूलाई उहाँको खाँचो छ भनी स्वीकार गर्छन्; उहाँले स्‍वर्गबाट तिनीहरूमाथि राज्‍य गर्न सहमत हुनुहुने छ ।
\v 4 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले यस पापपुर्ण संसारको कारणले शोक गर्छन्; उहाँले तिनीहरूलाई उत्साह दिनुहुने छ ।
\s5
\v 5 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जो विनम्र हुन्‍छन्; परमेश्‍वरले नयाँ बनाउनुहुने पृथ्वीमा तिनीहरूले अधिकार पाउनेछन् ।
\v 6 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले कसैले खाने र पिउने इच्‍छा गरे जस्‍तै धार्मिकरूपमा जीवन बिताउने इच्‍छा गर्छन्; उहाँले तिनीहरूलाई धार्मिकरूपमा जीवन बिताउन सक्षम बनाउनुहुने छ ।
\v 7 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले अरूहरूप्रति कृपापूर्वक व्यवहार गर्छन्; उहाँले तिनीहरूप्रति कृपापूर्वक व्यवहार गर्नुहुने छ ।
\v 8 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले उहाँलाई प्रसन्‍न पार्ने कुरा मात्र गर्ने कोसिस गर्छन्; कुनैदिन तिनीहरू परमेश्‍वर हुनुभएको ठाउँमा हुने छन् र उहाँलाई देख्‍ने छन् ।
\s5
\v 9 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले अरू मानिसहरूलाई शान्तिपूर्वक जीवन बिताउन मद्दत गर्छन्; उहाँले तिनीहरूलाई आफ्नै छोराछोरीका रूपमा हेर्नुहुने छ ।
\v 10 परमेश्‍वर त्‍यस्‍ता मानिसहरूसँग प्रसन्‍न हुनुहुन्छ जसले धार्मिकरूपमा जीवन बिताउँछन्; जब तिनीहरूका धार्मिक जीवनको करणले दुष्‍ट मानिसहरूले अपमान गर्छन् र तिनीहरूलाई खराब व्‍यवहार गर्छन्, उहाँको आदर हुन्‍छ । परमेश्‍वरले यी धार्मिक मनिसहरूमाथि स्‍वर्गबाट राज्‍य गर्नुहुने छ ।
\s5
\v 11 अरू मानिसहरूले तिमीहरूको अपमान गर्दा परमेश्‍वर तिमीहरूसँग प्रसन्‍न हुनुहुन्छ, र तिनीहरूले तिमीहरूलाई खराब कुराहरू गर्दा र तिमीहरूलाई दुष्‍ट भनेर तिनीहरूले तिमीहरूका बारेमा झूटहरू बोल्‍दा उहाँको आदर हुन्‍छ ।
\v 12 जब त्यस्तो हुन्छ, आनन्दित होओ र खुसी होओ, किनभने परमेश्‍वरले तिमीहरूलाई स्वर्गमा ठुलो इनाम दिनुहुने छ । याद गर, त्‍यसरी नै तिनीहरूले धेरै अघिका बाँचेका अगमवक्‍ताहरूलाई सताए ।
\s5
\v 13 खानाको निम्‍ति नूनले जे गर्छ, संसारको निम्‍ति तिमीहरूले त्यही गर्ने छौ । तर यदि नूनले आफ्नो शक्‍ति गुमाउँछ भने, कसैले पनि त्‍यसलाई फेरि असल बनाउन सक्दैन । मानिसहरूले त्यसलाई बाहिर फाल्‍छन् र त्यसमाथि हिंड्छन् ।
\v 14 अँध्यारोमा भएका मानिसहरूका निम्‍ति प्रकाशले जे गर्छ, संसारको निम्‍ति तिमीहरूले त्यही गर्ने छौ । सबै मानिसहरूले तिमीहरूलाई देख्‍ने छन्, जस्‍तो डाँडामा बनेको एउटा सहर तिनीहरूले देख्‍छन् ।
\s5
\v 15 कसैले पनि बत्ती बाल्‍ने र त्‍यसलाई टोकरीमुनि राख्‍ने गर्दैन । त्‍यसको साटो, तिनीहरूले त्यसलाई एउटा सामदानमा राख्छन्, यसरी घरमा हुने हरेकलाई त्यसले उज्यालो दिन सक्‍छ ।
\v 16 त्यसरी नै, तिमीहरूले ठिक काम यस्‍तो किसिमले गर्नुपर्छ कि तिमीहरू जे गर्छौ त्‍यो अरू मानिसहरूले देख्‍न सकून् । जब तिनीहरूले त्यो देख्‍छन्, तिनीहरूले स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गर्ने छन् ।”
\s5
\v 17 परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था वा अगमवक्‍ताहरूले लेखेका कुराबाट छुटकारा दिनको निम्‍त म तिमीहरूकहाँ आएको छु भनी तिमीहरूले अनुमान गर्नु हुँदैन । त्‍यसको साटो, तिनीहरूमा जे हुने छ भनी लेखियो त्‍यो पुरा हुनलाई आएँ ।
\v 18 यो भनाई साँचो हो : परमेश्‍वरले स्‍वर्ग र पृथ्‍वी हटाउन सक्‍नुहुन्‍छ, तर परमेश्‍वरले व्‍यवस्‍थामा लेख्‍नुभएका हरेक कुरा उहाँले हुने छन् भन्‍नुभए जस्‍तै गरी पुरा नगर्नुभएसम्‍म, व्‍यवस्‍थामा भएका सबैभन्दा साना कुराहरू वा वाक्‍यको अन्‍त्‍य गर्ने एउटा पुर्ण विरामसम्‍म, परमेश्‍वरले ती व्यवस्थाबाट कुनै कुरा पनि हटाउनुहुने छैन ।
\s5
\v 19 त्यो सत्य भएको हुनाले, यदि तिमीहरूले सबभन्‍दा साना आज्ञाहरू पनि उलङ्घन गर्‍यौ भने, स्‍वर्गबाट परमेश्‍वरले राज्‍य गर्नुहुँदा तिमीहरू सबैभन्दा साना व्‍यक्ति हुने छौ । तर यदि तिमीहरूले ती सबै आज्ञाहरू पालन गर्‍यौ र तिमीहरूले परमेश्‍वरको आज्ञा पालन जस्‍तै अरूहरूलाई पनि उहाँको आज्ञा पालन गर्न सिकायौ भने, स्‍वर्गबाट परमेश्‍वरले राज्‍य गर्नुहुँदा तिमीहरू धेरै महत्त्वपूर्ण हुने छौ ।
\v 20 म तिमीहरूलाई भन्छु कि व्यवस्थाका शिक्षकहरूले भन्‍दा राम्रोसित तिमीहरूले ती व्यवस्था पालन गर्नुपर्छ, र तिमीहरूले जे ठिक छ त्‍यो आफ्‍नो हृदयबाट गर्नुपर्छ । अनि फरिसीहरूले भन्‍दा राम्रोसित तिमीहरुले गर्नुपर्छ अन्‍यथा स्‍वर्गबाट परमेश्‍वरले गर्नुहुने राज्‍यमा तिमीहरू कदापि आउने छैनौ ।
\s5
\v 21 “परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई जे भन्‍नुभयो त्‍यो अरूहरूले तिमीहरूलाई भनेका छन्, ‘तैँले कसैको हत्या गर्नु हुँदैन, र ‘यदि तैँले कसैको हत्या गरिस् भने, शासकीय सभाका सदस्यहरूले तँलाई मृत्युदण्ड दिन सक्छन् ।’
\v 22 तर म तिमीहरूलाई भन्छु कि यदि तिमीहरू कसैप्रति क्रोधित हुन्‍छौ भने परमेश्‍वर आफैँले तिमीहरूको न्याय गर्नुहुने छ । यदि तिमीहरू कसैलाई, ‘तँ बेकामको छस्’ भन्‍छौ भने, शासकीय सभाले तिमीहरूको न्याय गर्ने छ । यदि तिमीहरूले कसैलाई, ‘तँ मूर्ख होस्’ भन्‍छौ भने, परमेश्‍वरले तिमीहरूलाई नरकको आगोमा फाल्‍नुहुने छ ।
\s5
\v 23 यसैले जब तिमीहरूले परमेश्‍वरको निम्‍ति आफ्नो भेटी वेदीमा लान्‍छौ, यदि तिमीहरूले कसैलाई चित्त दुखाएको छौ भनी याद भयो भने,
\v 24 तिमीहरूको भेटी वेदीको छेउमा राख, र पहिले तिमीहरूले चित्त दुखाएको व्‍यक्तिकहाँ जाऊ । तिमीहरूले जे गरेका छौ त्‍यसको लागि त्‍यस व्‍यक्तिसँग तिमीहरू क्षमाप्रार्थी छौ भन र तिमीहरूलाई क्षमा गर्न त्‍यो व्‍यक्तिसँग विन्‍ती गर । त्‍यसपछि फर्केर जाऊ र आफ्‍नो भेटी परमेश्‍वरलाई चढाऊ ।
\s5
\v 25 यदि तिमीहरूको छिमेकी मित्रले तिमीहरूलाई केही खराब गरेको दोष लगाउनलाई तिमीहरूलाई अदालतमा लान्छ भने, त्‍यो व्‍यक्तिसँग अदालत जान तिमीहरू बाटोमा हिंड्‍दै गर्दा, त्यो व्‍यक्तिसँग छिट्टै सम्‍झौता गरिहाल । समय हुँदा नै त्‍यसो गरिहाल ता कि उसले तिमीहरूलाई न्यायाधीशकहाँ लैजाने छैन, किनभने न्यायधीशले तिमीहरूलाई दोषी छौ भन्‍न सक्‍छन् र तिमीहरूलाई झ्यालखानका पहरेदारकहाँ सुम्पिन सक्‍छन् र झ्यालखानका पहरेदारले तिमीहरूलाई झ्यालखानमा थुन्‍ने छन् ।
\v 26 यो कुरा मनमा राख : यदि तिमीहरू झ्यालखानमा गयौ भने, तिमीहरू कदापी बाहिर आउने छैनौ किनभने न्यायाधीशले तिमीहरूलाई तिर्नुपर्छ भनेको जति सबै तिमीहरूले कदापी तिर्न सक्‍ने छैनौ । यसैले आफ्ना दाजुभाइसँग मिलापमा बस्‍नुपर्ने कुरा पनि याद गर ।”
\s5
\v 27 “तिमीहरूले सुनेका छौ कि परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई भन्‍नुभयो, ‘व्यभिचार नगर’ ।
\v 28 तर म तिमीहरूलाई यसो भन्छु : यदि एकजना मानिसले ‍एउटी स्‍त्रीलाई तिनीसँग सुत्‍ने इच्छा गरेर हेर्छ मात्र भने पनि, उसले पहिले नै आफ्‍नो मनमा तिनीसँग व्यभिचार गरिसकेको छ भनी परमेश्‍वरले बिचार गर्नुहुन्‍छ ।
\s5
\v 29 यदि तिमीहरूले केही कुराहरू हेरेको कारणले तिमीहरूलाई पाप गर्ने इच्‍छा हुन्छ भने, ती कुराहरू हेर्न छोड । यदि तिमीहरूले आफ्ना आँखाहरूमध्‍ये दुवैलाई नष्‍ट गर्नुपर्छ भने पनि, यदि त्‍यसो गर्दा तिमीहरू पाप गर्न छोड्‍छौ भने त्‍यसै गर । तिमीहरूले देख्‍ने अवस्‍थामा नै परमेश्‍वरले तिमीहरूलाई नरकमा फाल्‍नुभन्‍दा दृष्‍टिविहीन हुनु र पाप गर्न छोड्‍नु असल हुन्‍छ ।
\v 30 र यदि तिमीहरूका हातहरूमध्‍ये एउटाले तिमीहरूलाई पाप गर्ने बनाउँछ भने, आफ्‍नो हात प्रयोग गर्न छोड । यदि तिमीहरूले आफ्नो हात काट्‍नुपर्छ र त्‍यसलाई फल्नुपर्छ भने पनि, यदि त्‍यसो गर्दा तिमीहरू पाप गर्न छोड्‍छौ भने त्‍यसै गर । तिमीहरूको सम्‍पुर्ण शरीरलाई परमेश्‍वरले नरकमा फाल्‍नुभन्‍दा तिमीहरूको शरीरको एउटा अङ्ग गुमाउनु असल हुन्‍छ ।”
\s5
\v 31 “परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘यदि एकजना मानिसले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्छेद गर्दै छ भने, उसले एउटा दस्‍तावेज लेख्‍नुपर्छ जसमा उसले लेख्‍छ कि उसले तिनसँग सम्बन्ध विच्छेद गर्दै छ ।’
\v 32 तर अब म तिमीहरूलाई के भन्छु सुन : एकजना मानिसले आफ्‍नी पत्‍नीसँग तिनले व्यभिचार गरेकी छिन् भने मात्र सम्‍बन्‍ध विच्‍छेद गर्न सक्‍छ । यदि मानिसले अरू कुनै कारणले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्छेद गर्छ भने, तिनले फेरिी अरू कसैसँग विवाह गरिन् भने तिनले व्यभिचार गर्छिन् । र तिनलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्छ ।”
\s5
\v 33 धेरै पहिले मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ, ‘तिमीहरुले कदापी झुट बोलेर शपथ खानु हुँदैन ! त्‍यसको सटो, परमप्रभु आफैँ तिमीहरूको अघि खडा हुनुझैँ गरी तिमीहरूले आफुले गरेका प्रतिज्ञाहरू पुरा गर्नुपर्छ ।’
\v 34 तर अब म तिमीहरूलाई झन् धेरै कुरा भन्छु : कुनै पनि कारणले शपथ नखओ ! तिमीहरूले गर्ने प्रतिज्ञाको जमानी बस्‍न स्‍वर्गको परमेश्‍वर बस्‍नुहुने ठाउँको नाउँ नलेओ ! त्‍यो उहाँको शक्तिको महान आसन हो र त्‍यहाँबाट उहाँले सबै कुराहरूमाथि राज्‍य गर्नुहुन्‍छ ।
\v 35 र पृथ्‍वीले सक्षी दिन्‍छ भनी कुनै शपथ नखाओ । त्‍यसो नगर, किनभने पृथ्‍वीमा परमेश्‍वरले आफ्‍ना पाउहरू राख्‍नुहुन्‍छ । यरूशलेम सहरको नाउँमा शपथ नखओ, किनभने यरूशलेम परमेश्‍वर, हाम्रा महान राजाको सहर हो ।
\s5
\v 36 अझ अरू, तिमीहरूले केही गर्नेछौ र यदि तिमीहरूले गरनौ भने तिनीहरूले तिमीहरूको शिर काट्‍न सक्‍छन् भनी प्रतिज्ञा नगर । तिमीहरूले आफ्नो शिरको एउटा रौंको रङ पनि बदल्न सक्दैनौ भने केही अत्‍यन्‍त महत्‍वपुर्ण कुराको प्रतिज्ञा तिमीहरूले कसरी गर्न सक्‍छौ ।
\v 37 यदि तिमीहरू केही कुरा गर्ने बारेमा बात गर्छौ भने, ‘हो, म यो गर्ने छु’ वा ‘होइन, म यो गर्ने छैन’ मात्र भन । यदि त्योभन्दा बढी कुनै कुरा भन्यौ भने, शैतान वा दुष्‍ट आत्‍माले तिमीहरूलाई त्यसो भन्‍न सल्‍लहा दिएको हो ।”
\s5
\v 38 “हाम्रा पुर्खाहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘यदि कसैले तिमीहरूको एउटा आँखामा नोक्‍सान पुर्‍याउँछ भने, त्यो व्‍यक्तिको पनि एउटा आँखामा नोक्‍सान पर्‍याउन सक्‍छौ । र यदि कसैले तिमीहरुको एउटा दाँतमा नोक्‍सान पुर्‍याउँछ भने, त्यो व्‍यक्तिको पनि एउटा दाँतमा नोक्‍सान पर्‍याउन सक्‍छौ ।’
\v 39 तर अब म तिमीहरूलाई के भन्छु सुन : तिमीहरूलाई नोक्सान पर्‍याउने कसैलाई बदला लिने कुरा त परै जाओस्, उसलाई रोक्‍ने कोसिस पनि नगर । त्‍यसको साटो, यदि कसैले तिमीहरूलाई एउटा गालामा थप्‍पड हानेर अपमान गर्छ भने, त्‍यो व्‍यक्तितिर तिमीहरूको अर्को गाला पनि फर्काइदेऊ, यसरी उसले तिमीहरूलाई त्‍यसमा पनि थप्‍पड हान्‍न सक्‍छ ।
\s5
\v 40 यदि कसैले तिमीहरूको अलखा लिनलाई अदालतमा तिमीहरूको विरुद्धमा मुद्दा चलाउँछ भने, त्‍यो र तिमीहरुको निम्‍ति झन् मूल्‍यवान बिहिरी वस्‍त्र समेत दुबै त्‍यस व्‍यक्तिलाई देऊ ।
\v 41 र यदि रोमी सिपाहीले तिमीहरूलाई उसँग एक माइलसम्‍म जान र उसका झिटी-गुण्‍टा बोक्‍न जबरजस्‍ती गर्छ भने, त्‍यो दुई माइल परसम्मै बोकिदेऊ ।
\v 42 अझ अरू, यदि कसैले तिमीसँग केही कुरा माग्छ भने, उसलाई त्यो देऊ । यदि कसैले उसलाई दिन तिमीसँग केही कुरा उधारो माग्छ भने, अघि बढ र उसलाई त्यो देऊ । ”
\s5
\v 43 “परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई यसो भन्‍नुभएको तिमीहरूले सुनेका छौ, ‘तिम्रो आफ्‍ना इस्राएलीहरूलाई प्रेम गर र परदेशीहरूलाई घृणा गर, किनकि तिनीहरू तिमीहरूका शत्रुहरू हुन् ।’
\v 44 तर अब म तिमीहरूलाई के भन्छु सुनः तिमीहरूका मित्रहरूका साथै शत्रुहरूलाई पनि प्रेम गर, र तिमीहरूलाई दु:ख दिनेहरूका लागि प्रार्थना गर ।
\v 45 स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वरजस्तै हुनलाई यसो गर । उहाँले सबै मानिसहरूलाई दयापूर्वक व्यवहार गर्नुहुन्छ । उदाहरणको लागि, उहाँले दुष्‍ट मानिसहरू र धर्मी मानिसहरू दुवैमा सूर्यको प्रकाश दिनुहुन्छ, अनि उहाँको आज्ञा पालन गर्ने मानिसहरू र नगर्ने मानिसहरू दुवैमाथि वर्षा दिनुहुन्छ ।
\s5
\v 46 यदि तिमीहरूले आफूलाई प्रेम गर्ने मानिसहरूलाई मात्र प्रेम गर्छौ भने, परमेश्‍वरले तिमीहरूलाई इनाम दिनहुने छ भन्‍ने आशा नगर ! डरलाग्‍दा कामहरू गर्ने मानिसहरू जस्तै कर उठाउँनेहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्छन् । तिनीहरूले गर्नेभन्दा असल काम तिमीहरूले गर्नुपर्छ ।
\v 47 हो, र यदि तिमीहरूले आफ्ना मित्रहरूलाई मात्र प्रणाम गर्छौ र तिनीहरूलाई आशिष्‌‌ दिन परमेश्‍वरमा विन्‍ती गर्छौ भने, तिमीहरूले अरू मानिसहरूलेभन्दा असल केही गरेका हुँदैनौ । परमेश्‍वरका आज्ञाहरू नमान्‍ने गैर-यहूदीहरूले पनि त्यसैो गर्छन् !
\v 48 यसैले स्‍वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वरप्रति तिमीहरू पुर्णरूपमा विश्‍वासयोग्‍य हुनुपर्छ, जस्‍तो उहाँ तिमीहरूप्रति पुर्णरूपमा विश्‍वासयोग्‍य हुनुपर्छ । ”
\s5
\c 6
\p
\v 1 तिमीहरूले असल कामहरू गर्दा, तिमीहरूले गरेका ती कुराहरू मानिसहरूले देख्‍ने छन् भनेर नगर्नलाई तिमीहरू पक्‍का हुनुपर्छ । यदि त्‍यो कारणले तिमीहरूले असल कामहरू गर्छौ भने, स्वर्गमा हुनुहुने परमेश्‍वर तिमीहरूका पिताले तिमीलाई कुनै इनाम दिनुहुने छैन ।
\v 2 यसैले तिमीहरूले गरीबहरूलाई केही कुरा दिंदा, तुरही बजाएझैँ, अरू मानिसहरूले त्‍यसको जानकारी नपाओस् । मानिसहरूले तिनीहरूको प्रशंसा गरून् भनेर कपटीहरूले सभाघरहरू र बाटोहरूमा त्‍यसो गर्छन् । कपटीहरूले पाउने इनाम त्‍यति मत्रै हो !
\s5
\v 3 तिनीहरूले गरेजस्तै गर्नुको साटोमा, तिमीहरूले गरीबहरूलाई केही कुरा दिंदा, तिमीहरूले जे गर्दै छौ त्‍यो अरू मानिसहरूलाई जानकारी नदेओ ।
\v 4 त्‍यसरी तिमीहरूले गरीबहरूलाई गुप्‍तमा दिने छौ । परिणामस्‍वरूप, तिमीहरूले गरेका काम अरू कसैले नदेखे पनि तिमीहरूलाई हेर्नुहुने परमेश्‍वर तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुने छ ।
\s5
\v 5 “अझ अरू तिमीहरूले प्रार्थना गर्दा, कपटीहरूले जे गर्छन् त्‍यो नगर । अरू मानिसहरूले तिनीहरूलाई देख्‍ने छन् र तिनीहरूका बारेमा उच्‍च विचार राख्‍ने छन् भनेर तिनीहरू प्रार्थना गर्नलाई सभाघरहरूमा र मुख्‍य बाटोहरूका छेउमा खडा हुन मन पराउँछन् । तिनीहरूले पाउने इनाम त्‍यति मत्रै हो ।
\v 6 तर तिमीहरूका बारेमा, जब तिमीहरू प्रार्थना गर्छौ, आफ्नो गुप्‍त कोठामा जाऊ र कसैले नदेख्‍ने तिमीहरूका पिता परमेश्‍वरसँग प्रार्थना गर्नलाई ढोका बन्द गर । उहाँले तिमीहरूलाई हेर्नुहुन्‍छ र तिमीहरूलाई इनाम दिनुहुने छ ।
\v 7 तिमीहरूले प्रार्थना गर्दा, परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूले प्रार्थना गर्दाजस्तै शब्‍दहरूलाई धेरैपल्‍ट नदोर्‍याऊ । तिनीहरूले विचार गर्छन् कि यदि तिनीहरूले धेरै शब्‍दहरूको प्रयोग गरे भने तिनीहरूका देवताहरूले तिनीहरूको प्रार्थना सुन्छन् र तिनीहरूले मागेका कुरा दिन्छन् ।
\s5
\v 8 तिनीहरूले गरेजस्तै शब्दहरू नदोर्‍याऊ, किनभने तिमीहरूले उहाँसँग माग्‍नुभन्दा पहिले नै तिमीहरूलाई के खाँचो छ भनी परमेश्‍वर तिमीहरूका पिताले जान्‍नुहुन्‍छ ।
\v 9 यसैले यसरी प्रार्थना गरः ‘पिता, तपाईं जो स्वर्गमा हुनुहुन्‍छ, हरेकले तपाईंको आदर गरून् ।
\v 10 हरेक व्‍यक्ति र हरेक कुरामा पूर्णरूपमा तपाईंको राज्‍य होस् । तपाईंले इच्छा गर्नुभएजस्‍तै पृथ्वीमा हरेक कुरा हुन आओस्, जसरी स्वर्गमा हुन आउँछ ।
\s5
\v 11 हामीलाई प्रत्‍येक दिन त्‍यो दिनको निम्‍ति आवश्‍यक भोजन दिनुहोस् ।
\v 12 हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हाम्रा विरुद्धमा पाप गरेका मानिसहरूलाई हामी क्षमा गर्छौं ।
\v 13 हामी परीक्षामा पर्दा, हामीलाई खराब कुराहरू गर्नबाट जोगाउनुहोस्, र शैतानले हामीलाई हानि गर्न खोज्‍दा हामीलाई छुटकारा दिनुहोस् ।’
\s5
\v 14 तिमीहरूको विरूद्धमा पाप गर्ने मानिसहरूलाई क्षमा गर, किनभने, यदि तिमीहरूले गर्‍यौ भने, परमेश्‍वर, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका पापहरू क्षमा गर्नुहुने छ ।
\v 15 तर यदि तिमीहरूले अरू मानिसहरूलाई क्षमा गरेनौ भने परमेश्‍वरले पनि तिमीहरूको पापहरू क्षमा गर्नुहुने छैन ।
\s5
\v 16 जब परमेश्‍वरलाई खुशी पार्नलाई तिमीहरूले खाना खाँदैनौ तब उदास देखा नपर जस्‍तो कपटीहरू देखिन्‍छन् । तिनीहरूले खाना खाइ रहेका छैनन् भनी मानिसहरूलाई देखाउनको निम्‍ति तिनीहरूले आफ्नो अनुहार उदास देखिने बनाउँछन् । याद राख कि ती मानिसहरूले पाउने इनाम त्‍यति मत्रै हो !
\v 17 त्‍यसको साटो, तिमीहरू प्रत्‍यकले, जब तिमीहरू खाना खाँदैनौ, आफ्‍नो कपाल कोर्नुपर्छ र सदाझैँ आफ्‍नो अनुहार धुनुपर्छ,
\v 18 यसकारण तिमीहरू उपवास बसेका छौ भनेर अरू मानिसहरूले थाहा पाउने छैनन् । तर कसैले देख्‍न नसक्‍ने परमेश्‍वर तिमीहरूका पिताले तिमीहरूले खाना खाँदै छैनौ भनी हेर्नुहुने छ । कसैले तिमीहरूलाई नदेखे तापनि उहाँले तिमीहरूलाई देख्‍नुहुन्‍छ, र उहाँले तिमीहरूलाई इनाम दिनुहुने छ ।
\s5
\v 19 आफ्नो निम्‍ति यस पृथ्वीमा स्वार्थपूर्णरूपले पैसा र भौतिक कुराहरू धेरै मात्रमा जम्‍मा नगर, किनभने पृथ्वी नै हो जहाँ हरेक कुरा नष्‍ट हुन्‍छन् जहाँ किराहरूले लुगालाई सखाप पार्छन्, धातुहरूलाई खियाले नाश गर्छन्, र चोरहरूले अरू मानिसहरूका सामान चोर्छन् ।
\v 20 यसको साटोमा, परमेश्‍वरलाई खुशी पार्ने कामहरू गर ता कि तिमीहरूले स्‍वर्गमा धन-सम्‍पति जम्‍मा गर्छौ । स्वर्गमा कुनै कुरा पनि नाश हुँदैन । स्वर्गमा किराहरूले लुगा सखाप पार्ने छैनन्, त्‍यहाँ खियाँ छैन, र त्‍यहाँ चोरहरू छैनन् जसले चोर्न सक्‍छन् ।
\v 21 याद गर कि तिमीहरूका निम्‍ति जे सबभन्‍दा महत्त्‍वपूर्ण हुन्छ, त्‍यसकै बारेमा तिमीहरूले सोच्दै रहने छौ ।
\s5
\v 22 “तिमीहरूका आखाँ तिमीहरूका शारीरको निम्ति बत्ती जस्तै हो, किनभने तिनीहरूले तिमीहरूलाई कुराहरू देख्‍न सक्‍ने बनाउँछ । यसैले यदि परमेश्‍वरले जसरी कुराहरू हेर्नुहुन्‍छ त्‍यसरी तिमीहरूले ती हेर्छौ भने, त्‍यो तिमीहरूको सम्पूर्ण शरीर नै ऊज्‍यालो भएजस्‍तै हुने छ ।
\v 23 तर तिमीहरूका आखाँ खराब छन् भने, तिमीहरूले कुराहरू राम्रोसँग देख्‍न सक्दैनौ । तिमीहरू पुरा अन्धकारमा हुने छौ । तिमीहरू कति लालची हुने छौ !
\v 24 “कसैले पनि एकै समयमा दुई भिन्‍न मालिकहरूको सेवा गर्न सक्दैन । यदि उसले त्‍यसो गर्ने कोसिस गर्‍यो भने, उसले तिनीहरूमध्‍ये एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्छ, वा तिनीहरूमध्‍ये एउटासँग ऊ निष्‍ठवान बन्‍छ र अर्कोलाई हेला गर्छ । यसरी नै तिमीहरूले एकै समयमा परमेश्‍वर र पैसाको आरधना गर्न सक्दैनौ । ”
\s5
\v 25 त्‍यसकारणले म तिमीहरूलाई भन्छु कि तिमीहरुलाई बाँच्‍नको निम्‍ति आवश्‍यक पर्ने कुराहरूका बारेमा तिमीहरूले चिन्‍ता गर्नुहुँदैन । खानलाई पुग्‍ने खानेकुराहरू र पिउने कुराहरू वा लगाउन पुग्‍ने लुगाहरू तिमीहरूसँग हुने छन् कि छैनन् भन्‍ने बारेमा चिन्‍ता नगर । तिमीहरूले आफ्‍नो जीवनहरूमा गर्ने व्‍यवहार ती कुराहरूभन्‍दा बढी महत्‍वपूर्ण हुन्‍छ ।
\v 26 चराहरूका बारेमा विचार गर । तिनीहरूले बिउहरू रोप्‍दैनन्, र तिनीहरूले अन्‍नहरू जम्‍मा गर्दैनन् वा उब्‍जनीलाइ भण्‍डारहरूमा जम्‍मा गर्दैनन् । तिनीहरूसँग सधैँ खानलाई भोजन हुन्छ, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वर तिमीहरूका पिताले तिनीहरूका लागि भोजन जुटाउनु हुन्छ ।
\s5
\v 27 तिमीहरुमध्‍ये कसैले पनि चिन्ता गरेर आफ्‍नो जीवनमा वर्षहरू थप्‍न सक्दैनौ । तिमीहरूले एक मिनेट पनि आफ्‍नो जीवनमा थप्‍न सक्दैनौ ! यसैले तिमीहरूलाई आवश्‍यक पर्ने कुराहरूको बारेमा तिमीहरूले चिन्ता गर्नुहुँदैन ।
\v 28 लगाउन पुग्‍ने लुगाहरू तिमीहरूसँग हुने छन् कि छैनन् भन्‍ने बारेमा पनि तिमीहरूले चिन्‍ता गर्नुहुँदैन । खेतबारीमा फूलहरू कसरी बड्‍छन् त्‍यसको बारेमा विचार गर । तिनीहरू पैसा कमाउनलाई काम गर्दैनन्, र तिनीहरूले आफ्नो लागि आफैँले लुगाहरू बनाउँदैनन् ।
\v 29 तर म तिमीहरूलाई भन्छु कि धेरै पहिले जीवन बिताएका सोलोमन राजाले अति सुन्दर लुगाहरू लगाए तापनि, तिनका लुगाहरू ती फूलहरूमध्‍ये एउटा जति सुन्दर पनि थिएनन् ।
\s5
\v 30 परमेश्‍वरले जङ्गलका वोटबिरुवालाई अति सुन्‍दर बनाउनुहुन्‍छ, तर तिनीहरू जमिनमा थोरै समयको लागि मात्र बड्‍छन् । तिनीहरू एकदिनमा बढ्‍छन्, र अर्कोदिनमा तिनीहरूलाई बाल्‍नलाई मानिसहरूले तिनीहरूलाई अगेनोमा हाल्‍ने छन् । तर परमेश्‍वरको निम्‍ति जङ्गलका वोटबिरुवाभन्‍दा तिमीहरू धेरै महत्त्‍वपूर्ण छौ, र तिमीहरू बढी लामो समय जीवन बिताउँछौ । यसैले तिमीहरू जोसँग अति थोरै विश्‍वास छ, परमेश्‍वरमा विश्‍वास गर !
\v 31 यसैले चिन्‍ता नगर र यसो नभन, ‘के हामीसँग खानलाई कुनै कुरा होला त ? वा के हामीसँग पिउनलाई कुनै कुरा होला त ? वा ‘के हामीसँग लगाउनलाई लुगाहरू होला त ?
\s5
\v 32 परमेश्‍वरलाई नचिन्‍नेहरूले त्‍यस्‍ता कुराहरूको बारेमा सधैँ चिन्ता गर्दै रहेका हुन्‍छन् । तर स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वरले तिमीहरूलाई यी सबै कुराहरूको आवश्‍यक्‍ता छ भनी जान्‍नुहुन्छ ।
\v 33 त्‍यसको साटो यस कुरालाई सबभन्‍दा महत्‍वपूर्ण बनाओ कि परेमेश्‍वरले समस्‍त संसारमा राज्‍य गर्नुपर्छ र उहाँका इच्‍छाहरू के के छन् ती हरेकले पुरा गर्नुपर्छ । यदि तिमीहरूले त्‍यसो गर्छौ भने, उहाँले तिमीहरूलाई आवश्‍यक्‍ता पर्ने सबै कुराहरू दिनुहुने छ ।
\v 34 यसैले तिमीहरूको जीवनमा भोलि के होला भन्‍ने बारेमा चिन्तित नहोओ, किनभने जब त्‍यो दिन आउँछ, तिमीहरूसँग चिन्‍ता गर्नलाई प्रसस्‍त कुरा हुने छन् । यसैले समयभन्‍दा पहिले नै चिन्ता नगर ।”
\s5
\c 7
\p
\v 1 तिमीले कति पापपूर्णरूपमा काम गरेको छौ भनी परमेश्‍वरले भन्‍नुहुने छैन भन्‍ने हेतुले अरूहरूले कति पापपूर्णरूपमा काम गरेका छन् भन्‍ने कुरा नगर ।
\v 2 यदि तिमीले अरू मानिसहरूलाई दोष लगाउँछौ भने, परमेश्‍वरले पनि तिमीलाई दोष लगाउनुहुने छ । तिमीले अरूहरूलाई जति दोष लगाउँछौ, तिमीलाई पनि त्यति नै दोष लगाइने छ ।
\s5
\v 3 अरू कसैका सा-साना कमजोरीहरूका बारेमा तिमीहरूमध्ये कसैले पनि चिन्‍ता लिनुहुँदैन ! त्‍यो त त्यस व्याक्तिको आँखामा भएको एउटा सानो कसिङ्गरलाई देखेजस्तो हुन्छ । तर तिम्रा आफ्नै ठुल्‍ठुला कमजोरीहरूका बारेमा तिमीले चिन्‍ता गर्नुपर्छ किनभने तिमीले आफ्‍नै आँखामा भएको काठको एउटा ठुलो फल्‍याकलाई देख्‍दैनौ ।
\v 4 जब तिम्रो आफ्‍नै आँखामा काठको एउटा ठुलो फल्‍याक छ भने, तिमीले अरू मानिसहरूका सा-साना कमजोरीहरूका बारेमा तिनीहरूलाई भन्‍नुहुँदैन, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर हटाउन देऊ !
\v 5 यदि तिमीले त्‍यसो गर्छौ भने, तिमी एक कपटी हौ ! अरू कसैको आँखाबाट कसिङ्गरलाई बाहिर निकाल्‍ने कोसिस गर्नुअघि तिमीले पहिला आफ्‍नै आँखाबाट काठको त्‍यो ठुलो फल्‍याकलाई हटाउनुपर्छ ।”
\s5
\v 6 “परमेश्‍वरको कुराहरू तिमीहरूलाई आक्रमण गर्ने कुकुरहरूलाई तिमीहरू नदेऊ । र बहूमूल्य मोतीहरूलाई तिमीहरूले घिनलाग्‍दा सुँगुरहरूको अघि नफाल, किनभने तिनीहरूले तीमाथि कुल्चिन्‍छन् । यसरी नै, परमेश्‍वरको बारेमा भएका अति राम्रा कुराहरू ती मानिसहरूलाई नभन जसले त्यसको बदलामा तिमीहरूको खाराबी गर्ने छन् भन्‍ने तिमीहरूलाई थाहा छ ।
\s5
\v 7 “तिमीहरूलाई जे आवश्यक छ त्‍यो परमेश्‍वरसँग निरन्तर मागिरहो, र उहाँले त्‍यो तिमीहरूलाई दिनुहुने छ भनी आशा गरिरहो ।
\v 8 किनभने हरेक जसले परमेश्‍वरसँग केही कुरा माग्‍छ, र जसले त्‍यो उहाँले उसलाई दिनुहुन्‍छ भनी आशा गर्छ, उसले त्‍यो पाउने छ ।
\v 9 यदि तिमीहरूका छोराले तिमीहरूसँग रोटी माग्यो भने, तिमीहरूमध्ये कसैले पनि उसलाई ढुङ्गा दिंदैनौ, दिन्‍छौ र ?
\v 10 यदि तिमीहरूका छोराले तिमीहरूसँग माछा माग्यो भने, तिमीहरूमध्ये कसैले पनि उसलाई सर्प दिंदैनौ, दिन्‍छौ र ?
\s5
\v 11 तिमीहरू दुष्‍ट भए तापनि, कसरी आफ्‍ना छोराछोरीलाई असल कुराहरू दिनुपर्छ भनी तिमीहरू जान्‍दछौ । यसैले, स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वरले उहाँसँग माग्‍नेहरूलाई अझ बढी निश्‍चितरूपमा असल कुराहरू दिनुहुने छ ।
\v 12 यसैले अरूहरूले जसरी तिमीहरूप्रति व्यवहार गरून् भनी तिमीहरू इच्‍छा गर्छौ, त्‍यसरी नै तिमीहरूले पनि तिनीहरूप्रति व्यवहार गर्नुपर्छ, किनभने परमेश्‍वरको व्यवस्था र अगमवक्ताहरूले धेरै अघि लेखेका हरेक कुराको अर्थ त्यही नै हो ।
\s5
\v 13 “स्वर्गमा हुनुहुने परमेश्‍वरसँग सदासर्वदा बास गर्न जानु कठिन छ; यो एउटा कठिन बाटो जस्तो हो जसमा तिमीहरू हिंड्‍नुपर्छ । अर्को बाटो पनि छ, जसमा धेरै मानिसहरू हिंड्छन् ।
\v 14 त्यो बाटो फराकिलो छ; एउटा फराकिलो द्वारमा नपुगेसम्म तिनीहरू त्यसमा हिंडिरहन्‍छन्, तर जब तिनीहरू त्यसबाट भित्र जान्‍छन्, तब तिनीहरू मर्ने छन् । यसैले म तिमीहरूलाई भन्‍दै छु, स्वर्गमा हुनुहुने परमेश्‍वरसँग सदासर्वदा बास गर्नलाई कठिन बाटो हिंड र साँगुरो द्वारभित्र पस ।”
\s5
\v 15 त्‍यस्‍ता मानिसहरूसँग होशियार रहो जो तिमीहरूकहाँ आउँछन् र झुट बोलेर भन्‍छन् कि परमेश्‍वरले जे भन्‍नुभएको छ त्‍यो तिनीहरूले तिमीहरूलाई भन्‍दै छन् । तिनीहरू सिधासादाजस्तो देखा पर्नलाई आफैँलाई भेडाको छालाले ढाकेका ब्वाँसाहरू जस्ता हुन्छन् तर तिमीहरूलाई आक्रमण गर्छन् ।
\v 16 रूखहरूले उब्‍जाउने फल हेरेर, ती कस्ता रूखहरू हुन् त्‍यो तिमीहरू जान्‍दछौ । काँडाको झाङ्ले अंगुरहरू उब्जाउँदैन र सिउँडीहरूले अञ्‍जीरहरू उब्जाउँदैन, यसैले काँडाको झाङ्बाट अंगुरहरू वा सिउँडीहरूबाट अञ्‍जीरहरू टिप्‍ने कुरा कसैले सोच्दैन ।
\v 17 यहाँ अर्को उदाहरण छ∶ फलका असल रुखहरू सबैले असल फल उब्‍जाउँछन्, तर सडेका रूखहरू सबैले काम नलाग्‍ने फल उब्‍जाउँछन् ।
\s5
\v 18 कुनै पनि फलको असल रूखले काम नलाग्‍ने फल उब्‍जाउँदैन, र कुनै पनि सडेको रूखले असल फल उब्‍जाउँदैन ।
\v 19 असल फल नउब्‍जाउने सबै रूखहरूलाई कामदारहरूले काटेर ढाल्छन् र जलाउँछन् ।
\v 20 वोटबिरुवाको उब्‍जनी हेरेर, तिनीहरू कस्ता किसिमका वोटबिरुवा हुन् भनी तिमीहरू जान्‍दछौ । त्यसरी नै, तिमीहरूकहाँ आउने मानिसहरूले जे गर्छन् त्‍यसलाई तिमीहरूले हेर्दा, तिनीहरूले साँच्‍चै नै असल उब्‍जनी दिन्‍छन् कि दिंदैनन् भनी तिमीहरू जान्‍दछौ ।
\s5
\v 21 धेरै मानिसहरूले तिनीहरूसँग मेरो अधिकार छ भन्‍ने बहाना गर्ने बानी परेकाले मलाई प्रभु भन्‍छन्, तापनि, तिनीहरूमध्ये कसैमा परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्न सहमत हुनुहुने छैन , किनभने उहाँले जे इच्छा गर्नुहुन्‍छ त्‍यो तिनीहरूले गर्दैनन् । मेरो पिता जे इच्छा गर्नुहुन्‍छ त्‍यो गर्नेहरूमा मात्र उहाँले राज्‍य गर्न सहमत हुनुहुने छ ।
\v 22 परमेश्‍वरले हरेकको न्याय गर्ने दिनमा, धेरैले मानिसहरूले मलाई भन्‍ने छन्, ‘प्रभु, हामीले तपाईंका प्रतिनिधिहरू भएर परमेश्‍वरको वचन प्रचार गर्‍यौँ ! तपाईंकाो प्रतिनिधिहरू भएर हामीले भुत आत्माहरूलाई मानिसहरूबाट निकाल्यौँ ! र तपाईंका प्रतिनिधिहरू भएर हामीले धेरै पल्‍ट शक्‍तिशाली कामहरू गर्‍यौँ !
\v 23 तब म तिनीहरूलाई खुल्‍लारूपले भन्‍ने छु, ‘तिमीहरू मेरा हौ भनेर मैले कदापी स्वीकार गरिन । तिमीहरू जसले दुष्‍ट काम गर्छौ, मबाट हटेर जाऊ !’”
\s5
\v 24 यसैले, म जे भन्‍छु त्‍यो सुन्‍ने र म जे आज्ञा गर्छु त्‍यो मान्‍ने कुनै पनि व्‍यक्ति चट्टानमाथि आपनो घर बनाउने एउटा बुद्धिमान मानिसजस्तो हुने छ ।
\v 25 पानी पर्‍यो र नदीमा बढी आयो, र हावाहुरि चल्यो र त्यस घरमा ठोकियो, तापनि त्‍यो घर ढलेन किनभने त्‍यो एउटा मजबुत चट्टानमाथि बनाइएको थियो ।
\s5
\v 26 अर्कोतर्फ, म जे भन्‍छु त्‍यो सुन्‍ने तर मेरो आज्ञा नमान्‍ने कुनै पनि व्‍यक्ति आफ्‍नो घर बालुवामाथि बनाउने एउटा मूर्ख मानिसजस्तो हुने छ ।
\v 27 जब पानी पर्‍यो, र नदीमा बढी आयो, हावाहुरि चल्यो र त्यो घरमा ठोकियो, त्‍यो घर ढल्यो र भत्‍केर पूर्णरूपमा टुक्रा-टुक्रा भयो, किनभने त्‍यो बालुवामाथि बनाइएको थियो । यसैले मैले जे तिमीहरूलाई भनेको छु त्‍यो तिमीहरूले मान्‍नुपर्छ ।”
\s5
\v 28 जब येशूले ती सबै कुराहरू सिकाएर सक्‍नुभयो, तब भिडहरू जसले उहाँको शिक्षा सुनेका थिए, उहाँले जसरी सिकाउनु भयो त्‍यसमा चकित भए ।
\v 29 उहाँले एउटा शिक्षकले जस्तै सिकउनुभयो जो आफैँले जानेको कुरामा भर पर्छ । यहूदी व्यवस्था सिकाउनेहरूले जस्तो गरी उहाँले सिकाउनुभएन, जसले अरू मानिसहरूले सिकाएका विभिन्‍न कुराहरू दोहोर्‍याउँथे ।
\s5
\c 8
\p
\v 1 जब येशू डाँडाबाट तल जानुभयो, ठुला भिडहरू उहाँको पछि लाग्‍यो ।
\v 2 येशूले भिडहरूलाई छोड्नु भएपछि, छालाको रोग लागेको एकजना मानिस आयो र उहाँको सामु घुँडा टेक्यो । उसले येशूलाई भन्यो, “प्रभु, कृपया मलाई निको पार्नुहोस्, किनभने मलाई थाहा छ, यदि तपाईंले इच्छा गर्नुहुन्‍छ भने, तपाईंले मलाई निको पार्न सक्‍नुहुन्छ, ।”
\v 3 तब येशूले आफ्नो हात बढाउनु भयो र त्‍यस मानिसलाई छुनुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “म तिमीलाई निको पार्न इच्छा गर्छु, र म तिमीलाई अहिले नै निको पार्छु !” तुरन्तै त्यो मानिस आफ्‍नो रोगबाट निको भयो ।
\s5
\v 4 त्‍यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “मैले तिमीलाई निको परेको बारेमा पुजारीबाहेक अरू कसैलाई तिमीले खबर नगर्न पक्‍का गर । त्‍यसैले यरूशलेममा भएको मन्दिरमा जाऊ र मोशाले आज्ञा गरेको भेटी देऊ, यसरी मानिसहरूले यसको बारेमा जान्‍ने छन् । ”
\s5
\v 5 जब येशू कफर्नहुम सहरमा जानुभयो, एकसय सिपाहीहरूमाथि आदेश दिने एकजना रोमी अधिकारी उहाँकहाँ आए । तिनले सहायताको निम्ति येशूमा विन्‍ती गरे ।
\v 6 तिनले उहाँलाई भने, “प्रभु, मेरो सेवक घरमा ओछ्यानमा थला पर्दै छ र पक्षघात भएको छ, र उसलाई असह्‍य पीडा छ । ”
\v 7 येशूले तिनलाई भन्‍नुभयो, “म तिम्रो घरमा जाने छु र उसलाई निको पार्ने छु ।”
\s5
\v 8 तर अधिकारीले उहाँलाई भने, “तपाईं मेरो घरमा आउनलाई म योग्यको छैन । त्‍यसको साटोमा, मेरो सेवक निको हुन्‍छ मात्र भन्‍नुहोस्, र त्‍यो निको हुने छ ।
\v 9 मसँग पनि त्‍यस्तै हुन्‍छ । म एक सिपाही हुँ; मैले आफ्‍ना अधिकारीहरूको आदेश मान्‍नुपर्छ, र मसँग पनि मैले आदेश दिने सिपाहीहरू छन् । जब म तिनीहरूमध्ये एकलाई ‘जाऊ ! भन्छु, ऊ जान्छ । जब म अर्कोलाई ‘आऊ ! भन्छु, ऊ आउँछ । जब म आफ्‍नो दासलाई ‘यो गर ! भन्छु, उसले त्‍यो गर्छ ।”
\v 10 जब येशूले यो सुन्‍नुभयो, उहाँ आश्‍चर्यचकित हुनुभयो । उहाँसँगै हिंडिरहेको भिडलाई उहाँले भन्‍नुभयो, “यो कुरा सुन : यस गैर-यहूदी मानिसले जति ममा विश्‍वास गर्ने कुनै व्‍यक्ति मैले यस अघि कदापी भेट्टाएको छैन । इस्राएलमा पनि, जहाँ मानिसहरूले ममा विश्‍वास गरून् भनी म आशा गर्छु, मैले कुनै व्‍यक्ति भेट्टाएको छैन जसले ममा यति धेरै विश्‍वास गर्छ ।
\s5
\v 11 म सत्य भन्छु कि परमेश्‍वरले स्‍वर्गबाट हरेक कुरामाथि पूर्णरूपले राज्य गर्नुहुँदा धेरै अरू गैर-यहूदी मानिसहरूले ममा विश्‍वास गर्ने छन्, र तिनीहरू सुदुर पूर्व र सदुर पश्‍चिम लगाएत, टाढा-टाढा देशहरूबाट आउने छन्, र तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग भोज खान बस्‍ने छन् ।
\v 12 तर यहूदीहरू जसमा परमेश्‍वरले राज्य गर्ने उदेश्‍य राख्‍नुभयो - उहाँले तिनीहरूलाई नरकमा फल्‍नुहुने छ, जहाँ पूर्ण अँध्यारो छ । तिनीहरूको पीडाको कारणले त्‍यहाँ तिनीहरू रुने छन्, र तिनीहरू आफ्‍ना दाह्राहरू किट्नेछन् किनभने तिनीहरूलाई असह्‍य पीडा हुने छ । ”
\v 13 अनि येशूले त्‍यस अधिकरीलाई भन्‍नभयो, “घर जाऊ । तिमीले जे विश्‍वास गर्छौ त्यो हुने छ ।” त्‍यसपछि, ती अधिकरी घर गए र येशूले तिनको सेवकलाई निको पार्छु भन्‍नुभएको समयमा नै त्‍यो निको भएको भेट्टाए ।
\s5
\v 14 जब येशू र उहाँका चेलाहरूमध्‍ये कोही पत्रुसको घरमा जानुभयो, येशूले पत्रुसको सासूलाई देख्‍नुभयो । तिनी ओछ्यानमा थला परेकी थिइन् किनभने तिनलाई ज्वरो आएको थियो ।
\v 15 उहाँले तिनको हात छुनुभयो, तुरन्तै तिनलाई ज्वरो थिएन । अनि तिनी उठिन् र उहाँहरूलाई केही खाना पस्‍किन् ।
\s5
\v 16 त्यो साँझ जब विश्राम-दिन सकियो, भिडले धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए जसलाई दुष्‍ट आत्माहरूले अधीन गरेको थियो र अरू मानिसहरू जो बिरामी थिए । उहाँले दुष्‍ट आत्माहरूलाई हप्‍काएर तिनीहरूलाई भगाउनुभयो र उहाँले सबै मानिसहरूलाई निको पार्नुभयो जो बिरामी थिए ।
\v 17 जब उहाँले यसो गर्नुभयो, यशैया अगमवक्ताले जे लेखेका थिए, उहाँले पुरा गर्नुभयो, ‘उहाँले मानिसहरूलाई बिरामी हुनबाट मुक्‍त पार्नुभयो, र उहाँले तिनीहरूलाई स्वस्थ पार्नुभयो ।’
\s5
\v 18 येशूले आफ्नो वरिपरी भएको भिडलाई देख्‍नुभयो, उहाँलाई डुङ्गाद्वारा तालको अर्को किनारमा लैजान उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो ।
\v 19 जसै उहाँहरू डुङ्गातिर जाँदै हुनुहुन्‍थ्‍यो, यहूदी व्यवस्था सिकाउने एकजना मानिस उहाँकहाँ आए र भने, “गरुज्‍यू, तपाईं जहाँ जानुहुन्छ, म तपाईंसँगै जाने छु ।”
\v 20 येशूले तिनलाई जवाफ दिनुभयो, “स्यालहरू बस्‍नलाई जमिनमा दुलाहरू छन्, र चराहरूका गुँडहरू छन्, तर म मानिसको पुत्र भए, तापनि मसँग घर छैन जहाँ म निदाउँन सक्‍छु ।”
\s5
\v 21 येशूका चेलाहरूमध्ये अर्को एकजना मानिसले उहाँलाई भन्यो, “प्रभु, पहिले मलाई घर जाने अनुमति दिनुहोस् । मेरो बुबाको मृत्यु भएपछि, म उहाँलाई दफन गर्ने छु, र म त्‍यसपछि म तपाईंसँग आउने छु ।”
\v 22 तर येशूले तिनलाई भन्‍नुभयो, “अहिले नै मसँग आऊ । मृतजस्‍ता मानिसहरूले नै तिनीहरूका आफ्‍ना मानिसहरूको मृत्युको प्रतिक्षा गरून् ।”
\s5
\v 23 त्‍यसपछि येशू डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरू उहाँको पछि लागे ।
\v 24 अचानक पानीमा प्रचण्‍ड हावाहुरी चल्‍यो, र धेरै अग्ला छालहरू डुङ्गामा बजारिँदै र त्‍यसलाई भर्दै थिए । तर येशू निदाउँदै हुनुहुन्‍थ्‍यो ।
\v 25 तिनीहरू गए र उहाँलाई बिउँझाए, र उहाँलाई भने, “प्रभु, हामीलाई बचाउनुहोस् ! हामी डुब्‍न लाग्यौँ !”
\s5
\v 26 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू डराउनु हुँदैन ! मैले तिमीहरूलाई बचाउन सक्छु भनेर तिमीहरू त्‍यति धेरै विश्‍वास गर्दैनौ ।” अनि उहाँ उठ्नुभयो र हावाहुरीलाई हप्काउनुभयो र छालहरूलाई शान्त हुन भन्‍नुभयो । तुरन्तै हावाहुरी चल्‍न बन्‍द भयो र पानी शान्त भयो ।
\v 27 मानिसहरू आश्‍चर्यचकित भए, र तिनीहरूले एक आपसमा भने, “यी मानिस निश्‍चितरूपमा एक असाधारण व्‍यक्ति हुन् ! सबै कुराहरू उहाँको नियन्‍त्रणमा छन् ! हावाहुरी र छालहरूले पनि उहाँका आज्ञा मान्छन् !”
\s5
\v 28 जब तिनीहरू तालको पूर्वतर्फ आए, तिनीहरू गदरिनीहरू बस्‍ने क्षेत्रमा पुगे । त्‍यसपछि भूत आत्माहरूले नियन्‍त्रण गरेका दुईजना मानिसहरू तिनीहरू बस्‍दै गरेका दफनको चिहानबाट बाहिर आए । तिनीहरू अत्‍यन्‍त हिंसात्मक र मानिसलाई आक्रमण गर्ने भएका कारणले, कसैले पनि त्यो बाटोमा यात्रा गर्ने साहस गर्दैनथे ।
\v 29 अचानक तिनीहरू चिच्याउँदै येशूलाई भने, “तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ ! तपाईंको हामीसँग केही पनि सहभागिता नभएको कारणले हामीलाई हस्‍तक्षेप नगर्नुहोस् ! के परमेश्‍वरले हामीलाई दण्‍ड दिन तय गर्नुभएको समयभन्दा अघि नै हामीलाई सताउन तपाईं यहाँ आउनुभएको हो ?”
\s5
\v 30 त्यहाँ नजिकै सुँगुरहरूको एउटा ठुलो बथान चर्दै थियो ।
\v 31 यसैले भूत आत्माहरूले येशूलाई विन्‍ती गरे र भने, “तपाईंले हामीलाई यी मानिसहरूबाट बाहिर निकाल्‍दै हुनुहुन्छ, यसैले हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस् !”
\v 32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू त्यस्तो इच्छा गर्छौ भने, जाओ !” यसैले भूत आत्माहरूले ती मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे । अचानक सुँगुरहरूकाो सम्‍पुर्ण बथान भिरालो किनारबाट तलतिर पानीमा दौडे र डुबेर मरे ।
\s5
\v 33 सुँगुरहरूका रेखदेख गर्दै रहेका मानिसहरू डराए र सहरतिर दौडे र भूत आत्माहरूले नियन्‍त्रण गरेका ती दुईजना मानिसहरूलाई जे भएको थियो त्‍यो लगाएत जे भएको थियो त्‍यो सबै कुरा खबर गरे ।
\v 34 तब त्यो सहरमा बसोबास गर्ने सबै मानिसहरू येशूलाई भेट्न गएको जस्तो देखिन्‍थ्‍यो । जब तिनीहरूले उहाँलाई र भूत आत्माहरूले नियन्‍त्रण गरेका ती दुईजना मानिसहरूलाई देखे, तब तिनीहरूको क्षेत्रलाई छोडेर जान तिनीहरूले येशूलाई विन्‍ती गरे ।
\s5
\c 9
\p
\v 1 येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्‍नुभयो । उहाँहरू तालमाथि यात्रा गर्नुभयो र उहाँ बसोबास गर्दै रहनुभएको कफर्नहुम सहरमा जानुभयो ।
\v 2 कोही मानिसहरूले पक्षघात भएर ओछ्‍यानमा थला परेको एकजना मानिसलाई उहाँकहाँ ल्‍याए । जब येशूले त्यस पक्षघात भएको मानिसलाई निको पार्न सक्‍नुहुन्छ भनी तिनीहरूले विश्‍वास गरेको उहाँले महसुस गर्नुभयो, तब उहाँले भन्‍नुभयो, “जवान मानिस, साहसी होऊ ! म तिम्रा पापहरू क्षमा गर्छु ।”
\s5
\v 3 यहूदी व्यवस्था सिकाउने मानिसहरूमध्ये कसैले आफ्‍नो माझमा भने, “यो मानिस आफैँलाई परमेश्‍वर ठान्छ; उसले पापहरू क्षमा गर्न सक्दैन !”
\v 4 तिनीहरूले के सोच्‍दै थिए भनी येशूले थाहा पाउनुभयो, यसैले उहाँले भन्‍नुभयो, “तिमीले दुष्‍ट विचाहरूर गर्नुहुँदैन !
\v 5 उसका पापहरू क्षमा भएका छन् भनी उसलाई भन्‍नु वा उसलाई उठ र हिंड भन्‍नु, कुनचाहिँ सजिलो छ ?
\v 6 यसैले परमेश्‍वरले म, मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार दिनुभएको छ भनी तिमीहरूले जान भन्‍ने उदेश्‍यले म केही काम गर्न जाँदै छु ।” त्यसपछि उहाँले पक्षघात भएको मानिसलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्‍यान उठाऊ र घर जाऊ !”
\s5
\v 7 तुरन्तै त्यो मानिस उठ्‍यो, आफ्नो ओछ्‍यान उठायो र घर गयो !
\v 8 जब भिडहरूले यो देखे, तिनीहरू साह्रै भयभीत भए । मानिसहरूलाई यस्तो अधिकार दिनुभएकोमा तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे ।
\v 9 जसै येशू यहाँबाट जाँदै हुनुहुन्थ्यो, उहाँले मत्ती नाम गरेको मानिसलाई देख्‍नुभयो । तिनी रोमी सरकारको लागि कर उठाउँने टेबलमा बस्‍दै थिए । येशूले तिनलाई भन्‍नुभयो, “मसँग आऊ र मेरो चेला होऊ !” यसैले मत्ती उठे र उहाँसँग गए ।
\s5
\v 10 येशू र उहाँका चेलाहरू भोजनको लागि एउटा घरमा बस्‍नुभयो । उहाँहरूले खादै गर्नुहुँदा, धेरै कर उठाउनेहरू र अरू व्‍यक्तिहरू आए र उहाँहरूसँग खाए ।
\v 11 जब फरिसीहरूले त्‍यो देखे, तिनीहरू चेलाहरूकहाँ गए र भने, “तिमीहरूका गुरूले कर उठाउनेहरू र तिनीहरूजस्तै अरू मानिसहरूसँग खाने र सम्बन्ध राख्‍ने काम अति घिनलाग्दो छ ।”
\s5
\v 12 तिनीहरूले भनेका कुरा येशूले सुन्‍नुभयो, यसैले उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो; “बिरामी मानिसहरूलाई डाक्टरको जरुरत पर्छ, स्‍वस्‍थ मानिसहरूलाई पर्दैन ।
\v 13 परमेश्‍वरले भन्‍नुभएका यी वचनहरूको अर्थ के हो तिमीहरूले सिक्‍नु आवश्यक छः ‘तिमीहरूले बलिदानहरू मात्र चढाउने होइन, मानिसहरूसँग कृपापुर्णरूपमा व्‍यवहार पनि गर भन्‍ने म इच्‍छा गर्छु ।’ यो याद गर कि म तिमीहरूकहाँ आफूलाई धर्मी छु भनी विचार गर्ने मानिसहरूलाई, तिनीहरूको आफ्‍नो पापपुर्ण जीवनबाट फर्केर मकहाँ आउनलाई बोलाउन आएको होइन, तर आफैँलाई पापीहरू हुन् भनी जान्‍ने मानिसहरूलाई बोलाउन आएँ ।”
\s5
\v 14 त्यसपछि बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामीहरू र फरिसीहरू प्रायः खानेकुराबाट अलग बस्छौं, किनकि हामी परमेश्‍वरलाई खुशी पर्न चाहन्छौँ तर तपाईंका चेलाहरूले त्यसो गर्दैनन् । तिनीहरू किन गर्दैनन् ?”
\v 15 येशूले जवाफ दिनुभयो, “जब दुलाहाले विवाह गर्छन् तब तिनी आफ्‍ना मित्रहरूसित हुँदा ती मानिसहरूले शोक गर्दैनन्, गर्छन् र ? गर्दैनन्, किनभने त्यो समयमा तिनीहरू उदास हुँदैनन् । तर जब दुलाहले तिनीहरूलाई छोड्नुपर्छ, तिनीहरूले खानेकुराबाट अलग बस्‍ने छन्, किनभने तिनीहरू उदास हुने छन् ।
\s5
\v 16 एउटा पुरानो लुगाको प्‍वाल टाल्‍नलाई मानिसहरूले एउटा नखुम्‍चेको कपडाको टालो प्रयोग गर्दैनन् । यदि तिनीहरूले त्यसो गरे भने, जब तिनीहरूले लुगा धुन्छन्, त्‍यो टालो खुम्चिन्छ, र लुगा फाट्छ र त्‍यो प्वाल झनै ठुलो बन्छ ।
\s5
\v 17 न त कसैले ताजा दाखरसलाई राख्‍न पुरानो मशकहरूमा खन्याउँछन् । यदि कसैले त्यसो गर्‍यो भने, जब रस दाखमद्य बन्छ, तब ती मशकहरू फाट्छन् । मशकहरू नष्‍ट हुन्छन् र दाखमद्य भुईंमा पोखिन्छ । त्‍यसको साटोमा, मानिसहरूले नयाँ दाखरसलाई नयाँ मशकहरूमा राख्छन् र जब दाखरस मद्य बन्‍नलाई फैलिन्‍छ, मशहरू पनि तन्किने छन् । यसरी, दाखमद्य र मशकहरू दुवै सुरक्षित हुने छन् ।
\s5
\v 18 येशूले त्यसो भन्‍दै गर्नुहुँदा, सहरको एकजना अगुवा आए र उहाँको सामु घोप्‍टो परे । तब तिनले भने, “भर्खरै मेरी छोरीको मृत्‍यु भएको छ । तर यदि तपाईं आउनुभयो र तिनीमाथि तपाईंको हात राख्‍नुभयो भने, तिनी फेरि जीवित हुने छिन् !”
\v 19 यसैले, येशू उठ्नुभयो, र उहाँ र चेलाहरू त्यो मानिससित जानुभयो ।
\s5
\v 20 त्यसपछि बाह्र वर्षदेखि निरन्तर रगत बगिरहेकोले दुःख पाएकी एकजना स्‍त्री येशूको नजीक आइन् ।
\v 21 तिनी पछाडिबाट आइन् र उहाँको वस्‍त्रको छेउलाई छोइन् । तिनी मनमनै भन्दै थिइन्, “यदि मैले उहाँको वस्‍त्रमात्र छोएँ भने पनि, म निको हुने छु ।”
\v 22 तब उहाँलाई कसले छोयो भनी हेर्नलाई येशू पछाडि फर्कनुभयो । र जब उहाँले ती स्‍त्रीलाई देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “सहसी होऊ, प्रिय नारी । मैले तिमीलाई निको पार्न सक्छु भनेर तिमीले विश्‍वास गरेकी हुनाले मैले तिमीलाई निको पारेको छु ।” त्यसै क्षणमा ती स्‍त्री निको भइन् ।
\s5
\v 23 येशू त्यस मानिसको घरमा आउनुभयो र बाँसुरी बादकहरूले अन्‍त्येष्‍टिको सङ्गीत-धुन बजाउँदै गरेको देख्‍नुभयो; त्यहाँ धेरै शोक-सन्‍तप्‍त मानिसहरू पनि ठुलो स्‍वरले विलाप गर्दै थिए किनकि त्‍यो केटीको मृत्‍यु भइसकेको थियो ।
\v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाऊ र यो अन्‍त्येष्‍टिको सङ्गीत-धुन र विलाप वन्‍द गर, किनकि यो केटीको मृत्‍यु भएको छैन । तिनी निदाएकी मात्र छिन् !” मानिसहरूले उहाँको उपहास गरे, किनकि तिनको मृत्‍यु भएको तिनीहरूलाई थाहा थियो ।
\s5
\v 25 तर येशूले तिनीहरूलाई घरबाहिर निस्‍कन भन्‍नुभयो । त्यसपछि उहाँ कोठाभित्र जानुभयो, जहाँ केटीलाई सुताइएको थियो । उहाँले तिनको हातलाई समात्‍नुभयो र तिनी फेरि जीवित भइन् र उठिन् ।
\v 26 तब त्यहाँका सम्पूर्ण क्षेत्रका मानिसहरूले यस कुराको बारेमा सुने ।
\s5
\v 27 जसै येशू त्यहाँबाट जानुभयो, दुईजना दृष्‍टविहीन मानिसहरू उहाँको पछि लागे र चिच्‍याए, “तपाईं, दाऊद राजाका सन्तान, हामीमाथि कृपा गर्नुहोस् र हामीलाई निको पार्नुहोस् !”
\v 28 येशू घरभित्र जानुभयो, र तब दृष्‍टिविहीन मानिसहरू पनि भित्र गए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म तिमीहरूलाई निको पार्न सक्छु भनी तिमीहरू विश्‍वास गर्छौ ?” तिनीहरूले उहाँलाई भने, “गर्छौं, प्रभु !”
\s5
\v 29 त्यसपछि येशूले तिनीहरूको आँखालाई छुनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूका आँखालाई निको पार्न सक्छु भनी तिमीहरूले विश्‍वास गरेको कारणले म ती अहिले नै निको पार्दै छु !”
\v 30 र तिनीहरूले देख्‍न सक्‍ने भए ! तब येशूले तिनीहरूलाई कडारूपमा भन्‍नुभयो, “मैले तिमीहरूका निम्‍ति जे गरेको छु त्‍यो तिमीहरुले कसैलाई नभन्‍नु !”
\v 31 तर तिनीहरू बाहिर गए र त्यो सम्पूर्ण क्षेत्रमा त्‍यो समाचार फैलाए ।
\s5
\v 32 जब ती दुई मानिसहरू जाँदै थिए, केही मानिसहरूले एकजना बोल्न नसक्‍ने मानिसलाई येशूकहाँ ल्‍याए किनभने त्‍यो दुस्‍ट आत्माको अधीनमा थियो ।
\v 33 येशूले भूतलाई निकाल्‍नु भएपछि त्यो मानिस बोल्न सुरु गर्‍यो ! भीडहरूले यो देखे र तिनीहरू छक्‍क परे र भने, “हामीले यसअघि इस्राएलमा योभन्‍दा अचम्मको कुनै कुरा भएको कहिल्यै पनि देखेको थिएनौं !”
\v 34 तर फरिसीहरूले भने, “यो दुष्‍ट आत्‍माहरूमाथि राज्‍य गर्ने शैतान हो, जसले मानिसहरूबाट भूतहरू निकाल्नलाई यस मानिसलाई सक्षम बनाउँछ ।”
\s5
\v 35 त्‍यसपछि येशू र उहाँका चेलाहरू गालील जिल्लाको धेरै सहरहरू र नगरहरूमा जानुभयो । उहाँ सभाघरहरूमा सिकाउँदै हुनुहुन्थ्यो र परमेश्‍वरले कसरी स्‍वर्गबाट राज्‍य गर्नुहुने छ भन्‍ने बारेमा सुसमाचार प्रचार गर्दै हुनुहुन्थ्यो । उहाँले मानिसहरूलाई निको पनि पार्दै हुनुहुन्थ्यो जोसँग अनेकौं रोगहरू र बिमारहरू थिए ।
\v 36 जब उहाँले मानिसहरूको भिडहरूलाई देख्‍नुभयो, उहाँले तिनीहरूलाई दया गर्नुभयो किनकि तिनीहरू उदास र चिन्तित थिए । तिनीहरू गोठालो नभएका भेंडाहरूजस्ता थिए ।
\s5
\v 37 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयोः “मेरो सन्देश ग्रहण गर्न तयार हुने मानिसहरू एउटा खेतबारीजस्तो हो जहाँ अन्‍नहरू कटानी गर्नलाई तयार छन् । तर अन्‍नहरू जम्मा गर्न जानलाई मानिसहरू धेरै छैनन् ।
\v 38 यसैले, प्रार्थना गर र उहाँका अन्‍नहरू जम्मा गर्नलाई अरूे धेरै मानिसहरू पठाउनलाई परमप्रभु परमेश्‍वरसँग विन्ती गर ।
\s5
\c 10
\p
\v 1 येशूले आफ्‍ना बाह्रजना चेलाहरूलाई आफूकहाँ आउन भन्‍नुभयो । तब मानिसहरूलाई अधीन गरेका दुष्‍ट आत्माहरू निकाल्नलाई उहाँले तिनीहरूलाई शक्‍ति दिनुभयो । सबै किसिमका रोगहरू लागेका वा हर तरहले बिरामी भएका मानिसहरूलाई निको पार्न पनि उहाँले तिनीहरूलाई सक्षम बनाउनुभयो ।
\s5
\v 2 यहाँ बाह्रजना चेलाहरूको नामावली यसप्रकार छन्, जसलाई उहाँले प्रेरितहरू भन्‍नुभयो । तिनीहरूमा सिमोन जसलाई उहाँले पत्रुस भनेर नयाँ नाम दिनुभयो; पत्रुसको भाइ अन्द्रियास; जब्दियाको छोरा याकूब; याकूबको भाइ यूहन्‍ना;
\v 3 फिलिप; बारथोलोमाइ; थोमा; कर उठाउँने मत्ती; अल्फायसका छोरा याकूब; थेदियस;
\v 4 सिमोन कननी; र यहूदा इस्करियोत, जो येशूको विश्‍वसघाती भयो र अधिकारीहरूलाई उहाँलाई देखायो जसले गर्दा तिनीहरूले उहाँलाई गिरफ्‍तार गर्न सके ।
\s5
\v 5 येशू आफ्‍ना बाह्रजना प्रेरितहरूलाई विभिन्‍न ठाउँहरूमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गर्न पठाउँन तयार गर्नुहुँदा, उहाँले तिनीहरूलाई यी सझावहरू दिनुभयोः “गैर-यहूदीहरू बसोबास गर्ने ठाँउमा वा सामरीहरू बसोबास गर्ने नगरहरूमा नजाओ ।
\v 6 त्यसको सट्टोमा, इस्राएलका मानिसहरूकहाँ जाओ; तिनीहरू आफ्‍ना गोठालो हराएका भेडाहरूजस्ता छन् ।
\v 7 जब तिमीहरू तिनीहरूकहाँ जान्‍छौ, परमेश्‍वरले स्‍वर्गबाट चाँडैनै राज्‍य गर्नुहुने छ भनी तिनीहरूलाई घोषणा गर ।
\s5
\v 8 बिरामी मानिसहरूलाई निको पार, मरेका मानिसहरूलाई जीवित पार, कुष्‍ट रोग भएका मानिसहरूलाई निको पार र तिनीहरूलाई समाजमा ल्‍याओ, र भुत आत्माहरूलाई तिनीहरूले अधीन गरेका मानिसहरूबाट भगाओ । मानिसहरूलाई सहायता गरेकोमा पैसा लिँदै नलेओ, किनभने परमेश्‍वरले तिमीहरूलाई सहायता गर्नुभएको लागि उहाँले तिमीहरूबाट कुनै कुरा लिनुभएन ।
\v 9 तिमीहरूसँग पैसा लाँदै नलैजाओ,
\v 10 न त तिमीहरूका सामान भएको झोला । एउटा जगेडा अलखा पनि नलैजाओ, न त तिमीहरूले लगाएको बाहेक जगेडा चप्पल, न त एउटा टेक्‍ने लौरो । हरेक कामदारले जसको काम गर्छ त्‍यसबाट उसले ज्याला पाउनुपर्छ, यसैले जुन मनिसहरूका लागि तिमीहरू जान्‍छौ तिनीहरूबाट तिमिहरुले भोजन पाउनुपर्छ ।
\s5
\v 11 तिमीहरू जुन नगर वा गाउँमा पस्‍छौ, त्‍यहाँ एकजना व्‍यक्तिलाई भेट्टाओ जसले तिमीहरूलाई आफ्‍नो घरमा राख्‍ने इच्‍छा गर्छ ।
\v 12 तिमीहरू त्यस घरमा जाँदा, त्‍यस घरमा बस्‍ने मनिसहरूलाई भलाइ गर्न परमेश्‍वरमा विन्‍ती गर । तिमीहरूले त्यो नगर वा गाउँलाई छोडेर नगएसम्‍म त्‍यस घरमा बस ।
\v 13 त्यस घरमा बस्‍ने मानिसहरूले तिमीहरूलाई राम्ररी स्‍वागत गरे भने, परमेश्‍वरले साँच्‍चै नै तिनीहरूको भलाइ गर्नुहुने छ । तर तिनीहरूले तिमीहरूलाई राम्ररी स्‍वागत गरनन् भने तिमीहरूको प्रार्थनाले तिनीहरूलाई सहायता हुने छैन, र परमेश्‍वरले तिनीहरूको भलाइ गर्नुहुने छैन ।
\s5
\v 14 कुनै घरमा वा नगरमा बसोबास गर्ने मानिसहरूले तिमीहरूलाई स्‍वागत गर्दैनन्, न त तिमीहरूका सन्‍देश सुन्‍छन् भने, त्यो ठाउँ छोडेर जाओ । तिमीहरूले छोडेरे जानलाग्‍दा, आफ्‍ना पाउहरूका धुलो झार । त्‍यसो गरेर, जसरी तिमीहरूले भनेका कुराहरूलाई तिनीहरूले इन्कार गरे त्‍यसरी नै परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुने छ भनी तिमीहरूले तिनीहरूलाई चेतावनी दिने छौ ।
\v 15 यो कुरा होसियाररूपमा ध्‍यान देओः परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुँदा, उहाँले सदोम र गमोरामा बसोबास गरेका दुष्‍ट मानिसहरूलाई दण्ड दिनुहुने छ । तर कुनै सहरका मानिसहरूले तिमीहरूलाई इन्कार गरे भने, परमेश्‍वरले तिनीहरुलाई झन् बढी असह्‍यरूपमा दण्‍ड दिनुहुने छ ।
\s5
\v 16 ध्‍यान देओः जब म तिमीहरूलाई पठाउँछु, ब्वाँसाहरूजस्‍ता खतरनाक मानिसहरूका माझमा तिमीहरू भेंडाहरूजस्तै असाहाय हुने छौ । यसैले सर्पहरू होसियार भएजस्‍तै होशियार होओ र परेवाहरू हानिरहीत भएझैँ तिनीहरूका निम्‍ति सिधासादा होओ ।
\v 17 अझ अरू, त्‍यस्‍ता मानिसहरूबाट सुरक्षित बस किनभने तिनीहरूले तिमीहरुलाई गिरफ्‍तार गर्ने छन् र तिमीहरूको न्‍यायिक जाँचबुझको लागि तिमीहरूलाई शासकीय परिषदहरूका सदस्‍यहरूकहाँ लैजाने छन् । तिनीहरूले तिमीहरूलाई आफ्‍ना सभाघरहरूमा कोर्रा लगाउने छन् ।
\v 18 र तिमीहरू मेरा भएका कारणले तिमीहरूको न्‍यायिक जाँचबुझ गर्न र तिमीहरूलाई दण्‍ड दिनको लागि तिनीहरूले तिमीहरूलाई गवर्नरहरू र राजाहरूका सामु लाने छन् । तर तिमीहरूले मेरो बारेमा ती शासकहरू र अन्‍य गैर-यहूदीहरूलाई साक्षी दिने छौ ।
\s5
\v 19 जब ती मानिसहरूले तिमीहरूलाई गिरफ्‍तार गर्ने छन्, तिमीहरूले तिनीहरूलाई भन्‍नुपर्ने कुराका बारेमा चिन्तित नहोओ किनभने तिमीहरूले भन्‍नुपर्ने शब्‍दहरू तिमीहरूलाई आउने छ ।
\v 20 के भन्‍नुपर्ने त्‍यो निर्णय गर्ने तिमीहरू हुने छैनौ । तर त्यसको सट्टोमा, स्वर्गका पिताको आत्माले जे तिमीहरूलाई बोल्न भन्‍नुहुने छ त्‍यो तिमीहरू भन्‍ने छौ ।
\s5
\v 21 तिनीहरूले तिमीहरूलाई मार्न अधिकारीहरूकहाँ लाने छन् किनभने तिमीहरू मलाई विश्‍वास गर्छौ । उदाहरणको लागि, मानिसहरूले आफ्ना दाजुभाइलाई त्‍यसो गर्ने छन् र बुबाहरूले आफ्‍ना छोराछोरीलाई त्‍यसो गर्ने छन् । छोराछोरीले आफ्ना बुबाआमाका विरुद्ध विद्रोह गर्ने छन् र तिनीहरूलाई मार्ने छन् ।
\v 22 धेरैजना मानिसहरूले तिमीहरूलाई घृणा गर्ने छन् किनभने तिमीहरू मलाई विश्‍वास गर्छौ । तर आफ्‍नो मृत्युसम्म विश्‍वासयोग्यरूपमा मलाई विश्‍वास गर्ने कोही पनि छन् भने, परमेश्‍वरले त्‍यस्‍ता मानिसहरूलाई बचाउनुहुने छ ।
\v 23 जब कुनै एउटा सहरमा भएका मानिसहरूले तिमीहरूलाई दुःख दिन्छन्, तब अर्को सहरमा भाग । यो कुरा ध्‍यान देओः तिमीहरूले इस्राएलको सबै ठाउँमा एउटा नगरबाट अर्को नगरमा पुग्‍नु र मानिसहरूलाई मेरो बारेमा प्रचार गरेर सिध्‍याउनुभन्दा पहिले नै म, मानिसको पुत्र, निश्‍चितरूपमा पृथ्‍वीमा फर्किनेछु ।
\s5
\v 24 एकजना चेलाले आफ्‍नो गुरुभन्‍दा महान हुने आशा गर्नुहुँदैन, र सेवकहरू आफ्‍ना मालिकहरूभन्दा वरिष्‍ठ हुँदैनन् ।
\v 25 मानिसहरूले आफ्‍ना गुरुलाईभन्दा बढी असल व्‍यवहार विद्यार्थीलाई गर्ने छन् वा तिनीहरूले आफ्‍ना मालिकलाई भन्दा बढी असल व्यवहार सेवकलाई गर्ने छन् भनी तिमीहरूले आशा गर्नु हँदैन । त्यसरी नै, म तिमीहरूको शिक्षक र मालिक भएको कारणले, मानिसहरूले तिमीहरूलाई दुर्व्यवहार गर्ने आशा तिमीहरू गर्न सक्छौ, किनभने तिनीहरूले मलाई दुर्व्यवहार गरे । म एउटा घरानाको शासकजस्तो हुँदा पनि तिनीहरूले शैतान भन्छन् । तिनीहरू मलाई त्‍यस्तो खराबरूपमा व्यवहार गर्छन् भने, तिनीहरूले तिमीहरूलाई कसरी व्यवहार गर्ने छन् भनी तिमीहरू विचार गर्छौ ?”
\s5
\v 26 “ती मानिसहरूसँग भयभीत नहोओ । ढाकेर राखिएका हरेक कुरा उदाङ्गो पारिने छन्, र हरेक गुप्‍त कुराको जनकारी गराइने छ ।
\v 27 यसैले, डराउनुको साटोमा, मानिसहरूले रातमा गर्ने कामजस्‍तो जे म तिमीहरूलाई गुप्‍तमा भन्छु, मानिसहरूले दिनमा गर्ने कामजस्‍तो त्‍यो तिमीहरूले खुल्‍लमखुल्‍ला भन । मानिसहरूले तिमीहरूसँग कानेखुशी गरेजस्‍तो जे म तिमीहरूलाई एकान्‍तमा भन्छु, त्‍यो तिमीहरूले खुल्‍लमखुल्‍ला घोषणा गर ।
\s5
\v 28 तिमीहरूको शरीरलाई मार्न सक्‍ने तर तिमीहरूको आत्मालाई नाश गर्न नसक्‍ने मानिसहरूबाट नडराओ । त्यसको सट्टोमा, परमेश्‍वरको भय मान, किनभने उहाँले तिमीहरूका शरीर र आत्मा दुवैलाई नरकमा नाश गर्न सक्‍नुहुन्छ ।
\v 29 भँगेराहरूको बारेमा विचार गर । तिनीहरू यति थोरै मूल्यका छन् कि तिमीहरूले एक रुपैँयामा तीमध्‍ये दुईवटा किन्‍न सक्छौ । तर कुनै पनि भँगेरा भुईँमा खसेर मर्दा, स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पितालाई त्‍यो थाहा हुन्छ, किनभने उहाँलाई हरेक कुरा थाहा छ ।
\v 30 उहाँलाई तिमीहरूको बारेमा पनि हरेक कुरा थाहा छ । तिमीहरूको शिरमा कतिवटा रौंहरू छन् भन्‍ने कुरा पनि उहाँलाई थाहा छ !
\v 31 परमेश्‍वरले भँगेराहरूभन्दा बढी तिमीहरूलाई मूल्यवान ठान्‍नुहुन्छ । यसैले तिमीहरूलाई मार्ने धम्की दिने मानिसहरूदेखि नडराओ !
\s5
\v 32 मनिसहरूले तिनीहरू मेरा हुन् भनी अरूहरूलाई भन्‍ने इच्छा गर्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताको अघि तिनीहरू मेरा हुन् भनी म पनि स्वीकार छु ।
\v 33 तर अरूहरूका सामु तिनीहरू मेरा हुन् भन्‍न तिनीहरू डराउँछन् भने, स्वर्गमा हुनुहुने मेरा पितालाई तिनीहरू मेरा होइनन् भनी म भन्‍ने छु । ”
\s5
\v 34 “मानिसहरूलाई मिलापमा एकसाथ बसोबास गर्ने बनाउनलाई म पृथ्वीमा आएको हुँ भनी नसोच । म आएको कारणले, मेरो पछि आउनेहरूमध्‍ये कोही मर्ने छन् ।
\v 35 म पृथ्‍वीमा आएकोले मलाई विश्‍वास नगर्ने मानिसहरू मलाई विश्‍वास गर्नेहरूका विरुद्धमा खडा हुने छन् । उदाहरणको लागि, कोही छोराहरूले आफ्‍ना बुबाहरूको विरोध गर्ने छन्, कोही छोरीहरूले आफ्‍ना आमाहरूको विरोध गर्ने छन् र कोही बुहारीहरूले आफ्‍ना सासूहरूको विरोध गर्ने छन् ।
\v 36 यसले यो देखाउँछ कि, कहिलेकाहीँ कही व्‍यक्तिका शत्रुहरू उसका आफ्नै घरानाका सदस्यहरू हुने छन् ।
\s5
\v 37 मलाई प्रेम गर्नेभन्दा बढी मनिसहरूले आफ्‍ना बुबाहरू र आमाहरूलाई प्रेम गर्छन् भने तिनीहरू मेरो हुन योग्य हुँदैनन् । मलाई प्रेम गर्नेभन्दा बढी मनिसहरूले आफ्‍ना छोराहरू र छोरीहरूलाई प्रेम गर्छन् भने तिनीहरू मेरो हुन योग्य हुँदैनन् ।
\v 38 तिमीहरू मेरो भएको कारणले तिमीहरू मर्न तयार हुँदैनौ भने, तिमीहरू मेरो हुन योग्यका हुँदैनौ ।
\v 39 मर्नबाट उम्‍कनको लागि ममाथिको विश्‍वासलाई इन्‍कार गर्ने मानिसहरू अनन्तकालसम्म परमेश्‍वरसँग बसोबास गर्ने छैनन्, तर मलाई विश्‍वास गरेको कारणले आफ्‍नो जीवनहरू गुमाउन तयार हुने मनिसहरू अनन्तकालसम्म परमेश्‍वरसँग बसोबास गर्ने छन् ।”
\s5
\v 40 “तिमीहरूलाई स्वागत गर्ने हरेकले मलाई स्वागत गर्छ भनी परमेश्‍वर ठान्‍नुहुन्छ, र मलाई स्वागत गर्ने हरेकले मलाई पठाउनुहुने, उहाँलाई स्वागत गर्छ भनी उहाँ ठान्‍नुहुन्छ ।
\v 41 तिनी अगमवक्‍ता हुन् भनी जानेको कारणले कसैलाई स्वागत गर्ने मानिसहरू छन् भने - अगमवक्‍ताहरूले परमेश्‍वरबाट पउने इनाम नै तिनीहरूले पनि पाउने छन् । त्यसरी नै, धर्मी हुन् भनी जानेको कारणले कसैलाई स्वागत गर्ने मानिसहरू छन् भने धर्मी मनिसहरूले परमेश्‍वरबाट पउने इनाम नै तिनीहरूले पनि पाउने छन् ।
\s5
\v 42 यो ध्‍यान देओः मानौं, तिमी एक प्रतिष्‍ठित व्‍यक्ति नभए तापनि, मानिसहरूले तिमीलाई मेरो चेलाहरूमध्‍ये एक हौ भनी चिनेको करणले तिनीहरूले तिमीलाई तिर्खाएको देख्‍छन् र चिसो पानी पिउन दिन्छन् । त्‍यसो गर्ने मानिसहरूलाई परमेश्‍वरले निश्‍चय पनि इनाम दिनुहुने छ ।
\s5
\c 11
\p
\v 1 जब येशूले आफ्‍ना बाह्रजना चेलाहरूलाई तिनीहरूले के के गर्नुपर्छ भन्‍ने बारेमा सुझाव दिएर सिध्‍याउनुभयो, उहाँले तिनीहरूलाई इस्राएलका विभिन्‍न नगरहरूमा पठाउँनुभयो । त्यसपछि उहाँ त्यस इलाकामा भएका इस्राएलका अरू सहरहरूमा सिकाउन र प्रचार गर्न जानुभयो ।
\v 2 बप्‍तिस्‍मा दिने यूहन्‍ना जेलमा हुँदा, ख्रीष्‍टले गर्दै गरेका कामको बारेमा तिनले सुने । यसैले तिनले आफ्‍ना केही चेलाहरूलाई उहाँकहाँ पठाएर
\v 3 उहाँलाई सोधे, “अगमवक्‍ताहरूले आउनुहुन्छ भनेका ख्रीष्‍ट के तपाईं नै हुनुहुन्छ वा हामीले अरू कसैको आशा गर्नुपर्ने हो ?”
\s5
\v 4 येशूले यूहन्‍नाका चेलाहरूलाई जवाफ दिनुभयो, “फर्केर जाऊ र मैले मानिसहरूलाई जे भनेको तिमीहरूले सुन्यौ र मैले जे गरेको तिमीहरूले देख्यौ त्‍यो यूहन्‍नालाई खबर गर ।
\v 5 मैले दृष्‍टिविहीन मानिसहरूलाई फेरि देख्‍ने र लङ्गडा मानिसहरू हिँड्ने बनाउँदै छु । मैले कुष्‍ट रोग लागेका मानिसहरूलाई ोनिको पार्दै छु । मैले बहिरा मनिसहरूलाई फेरिी सुन्‍ने बनाउँदै छु र मरेका मानिसहरूलाई फेरि जीवित बनाउँदै छु । मैले गरिब मानिसहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउँदै छु ।
\v 6 अझ अरू, यूहन्‍नालाई भन कि मानिसहरूले मैले गर्दै आएको कामलाई मन नपराएको कारणले मलाई विश्‍वास गर्न छोड्दैनन् ती मानिसहरूसँग परमेश्‍वर खुशी हुनुहुन्‍छ ।”
\s5
\v 7 जब यूहन्‍नाका चेलाहरू गएपछि, येशूले यूहन्‍नाको बारेमा मानिसहरूको भिडसित कुरा गर्न लाग्‍नुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा यूहन्‍नालाई हेर्न गएका जाँदा, तिमीहरूले के हेर्ने आशा राखेर गर्‍यौ ? तिमीहरू त्‍यहाँ हावाले हल्लाएको अग्ला घाँसहरू मात्र हेर्न गएका थएनौ, थियौ त ?
\v 8 यसैले तिमीहरूले कस्‍तो किसिमको व्‍यक्तिलाई हेर्ने आशा गर्‍यौ ? निश्‍चय नै महङ्गा लुगाहरू लगाएका मानिसलाई हेर्न होइन । अहँ ! तिमीहरू राम्ररी जान्‍दछौ कि त्यस किसिमका लुगा लगाउने मनिसहरू राजाहरूका दरवारहरूमा बस्छन् र उजाड-स्थानमा होइन ।
\s5
\v 9 यसैले साँच्‍चै नै, तिमीहरू कस्‍ता किसिमको व्‍यक्तिलाई हेर्ने आशा राख्‍यौ ? एक अगमवक्‍तालाई ? ओ, हो ! म यो भन्‍छुः यूहन्‍ना कुनै साधारण अगमवक्‍ता मात्र होइनन् ।
\v 10 कसैले धर्मशास्‍त्रमा यस्‍तो लेख्‍दा र भन्‍दा, परमेश्‍वरले सङ्केत गर्नुभएको तिनलाई नै हो, ‘यो कुरा ध्‍यान देऊ ! तपाईंको आगमनको तयारी गर्नलाई तपाईंको अघि-अघि जानलाई मैले एक सन्देशवाहकलाई पठाउँदै छु ।’
\s5
\v 11 यो कुरा ध्‍यान देऊः पृथ्‍वीमा जीवन बिताएका सारा मानिसहरूमध्ये, तिनीहरूमध्‍ये कसैलाई पनि परमेश्‍वरले बप्‍तिस्‍मा दिने यूहन्‍नाभन्दा महान ठान्‍नुभएन । तापनि, स्‍वर्गबाट परमेश्‍वरले राज्‍य गर्नुहुँदा कुनै प्रतिष्‍ठा नभएका मानिसहरू पनि बप्‍तिस्‍मा दिने यूहन्‍नाभन्दा महान हुन्‍छन् भनी उहाँ विचार गर्नुहुन्‍छ ।
\v 12 बप्‍तिस्‍मा दिने यूहन्‍नाले प्रचार गरेको समयदेखि अहिलेसम्म, स्‍वर्गको परमेश्‍वरको राज्य ल्‍याउन केही मानिसहरूले आफ्‍नै तरीकाले कोसिस गरिरहेका छन्, र यस उदेश्‍यका निम्‍ति तिनीहरूले बल प्रयोग गरिरहेका छन् ।
\s5
\v 13 मैले यूहन्‍नाका बारेमा भनेका सबै कुरा, बप्‍तिस्‍मा दिने यूहन्‍नाको समयसम्म नै, अगमवक्‍ताहरूले जे लेखेका छन् र व्यवस्थाले जे भनेको छ, त्‍यसमा तिमीहरूले पढ्न सक्‍छौ ।
\v 14 त्‍यो मात्र होइन, तर तिमीहरू यो कुरा बुझ्‍न इच्‍छा गर्छौ भने, म तिमीलाई भन्‍ने छु, यूहन्‍ना वास्तवमा नै भविष्यमा आउने एक अगमवक्‍ता, दोस्रो एलिया हुन् ।
\v 15 तिमीहरू यसलाई बुझ्‍ने इच्‍छा गर्छौ भने, मैले भर्खरै भनेका कुरालाई तिमीहरूले होशियारसाथ विचार गर्नुपर्छ ।
\s5
\v 16 तर तिमीहरू र अहिले बाँचीरहेका अरू मानिसहरू, तिमीहरू बजारमा खेल खेलिरहेका बाल-बालिकाजस्तै हौ । तिनीहरूमध्‍ये कसैले आफ्‍ना मित्रहरू भन्‍छन्,
\v 17 ‘हामीले तिमीहरूका निम्ति बाँसुरीको रमाइलो सङ्गीत-धुन बजायौँ तर तिमीहरूले नाच्‍न मानेनौ ! तब हामीले तिमीहरूका निम्ति अन्‍त्‍येष्‍टिको उदास गीतहरू गायौँ, तर तिमीहरूले रुन मानेनौ !
\s5
\v 18 यूहन्‍ना र म दुवैसँग तिमीहरू असन्तुष्‍ट भएको कारणले म तिमीहरूलाई यसो भन्दै छु ! जब यूहन्‍ना आए र तिमीहरूलाई प्रचार गरे, मानिसहरूमध्‍ये धेरैले गरेझैं, तिनले असल खाना खाएनन् र दाखमद्य पिएनन् । तर तिमीहरूले तिनलाई इन्कार गर्यौ र भन्यौ, ‘त्‍यसलाई एउटा दुष्‍ट आत्माले अधीन गरेको छ !
\v 19 म, मानिसको पुत्र, यूहन्‍नाजस्तै भइन । अरू मानिसहरूले जस्‍तो खान्‍छन्, म त्‍यस्‍तै खाना खान्‍छु र दाखमद्य पिउँछु । तर तिमीहरूले मलाई पनि इन्कार गर्छौ र भन्‍छौ, ‘हेर ! यो मानिसले धेरै खाना खान्छ र धेरै दाखमद्य पिउँछ, र यसले कर उठाउँनेहरू र अरू पापीहरूसँग मित्रता गर्छ ! तर कुनै व्‍यक्ति साँच्‍चै बुद्धिमान छ भने, उसले त्‍यो असल कामहरूले देखाउने छ ।”
\s5
\v 20 यशूले आफ्‍ना आश्‍चर्य कामहरूमध्‍ये धेरैजसो गर्नुभएका नगरहरूमा भएका मानिसहरूले अझै पनि परमेश्‍वरमा फर्कन इन्‍कार गरे । यसैले तिनीहरूलाई यसो भन्‍दै उहाँले तिनीहरूलाई हप्‍काउन सुरु गर्नुभयो,
\v 21 “खोराजिनका सहरमा बस्‍ने मानिसहरू र बेथसेदाका सहरमा बस्‍ने तिमीहरू, तिमीहरूले कति डरलाग्दो कष्‍ट भोग्‍ने छौ ! मैले तिमीहरूका सहरहरूमा ठूला आश्‍चर्यकामहरू गरेँ, तर तिमीहरूले पाप गर्न छोडेनौ । टायर र सिदोन सहरहरूमा मैले धेरै पहिले यी कामहरू गरेको भए, ती दुष्‍ट मानिसहरूले निश्‍चय नै पाप गर्न छोड्ने थिए; तिनीहरू कोराको लुगा लगाउने थिए र आफ्‍नो आगोको चिसो खरानीमा बस्‍ने थिए, यसरी तिनीहरू अत्यन्त दुःखी हुने थिए ।
\v 22 म तिमीहरूलाई यो भन्‍छुः टायर र सिदोन सहरहरूमा बसोबास गर्ने दुष्‍ट मानिसहरूलाई परमेश्‍वरले दण्ड दिनुहुने छ, तर अन्तिम दिनमा उहाँले सबै मानिसहरूको न्‍याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई अझै धेरै असैह्‍यरूपमा दण्ड दिनुहुने छ ।
\s5
\v 23 कफर्नहुम सहरमा बस्‍ने मानिसहरूलाई पनि मैले केही भन्‍नु छ । अरूहरूले तिमीहरूको धेरै प्रशंसा गरेको कारणले तिमीहरू स्वर्ग जानेछौ भनी तिमीहरू विचार गर्छौ ? त्यसो हुनेछैन ! त्यसको विपरित, तिमीहरू पातालमा जाने छौ जहाँ मृत्युपछि परमेश्‍वरले मानिसहरूलाई दण्ड दिनुहुन्‍छ ! मैले यी आश्‍चर्यकामहरू धेरै समय पहिले सदोममा गरेको भए, ती दुष्‍ट मानिसहरूले निश्‍चय नै पाप गर्न छोड्ने थिए, र तिनीहरूको सहर आजसम्म पनि यहाँ हुनेथियो । तर तिमीहरूले पाप गर्न छोडेका छैनौ ।
\v 24 म तिमीहरू यो भन्‍छुः परमेश्‍वरले सदोममा बसोबास गर्ने दुष्‍ट मानिसहरूलाई दण्ड दिनुहुने छ, तर अन्तिम दिनमा उहाँले सबै मानिसहरूको न्‍याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई अझै धेरै असैह्‍यरूपमा दण्ड दिनुहुने छ ।”
\s5
\v 25 त्यसबेला येशूले प्रार्थना गर्नुभयो, “पिता, तपाईंले स्वर्गमा र पृथ्वीमा भएका हरेक कुरामाथि राज्य गर्नुहुन्‍छ । म तपाईंलाई धन्‍यवाद दिन्‍छु कि आफैँलाई बुद्धिमान र शिक्षित भनी विचार गर्ने मानिसहरूलाई तपाईंले यी कुराहरू जान्‍नबाट रोक्‍नुभयो । त्यसको साटोमा, एकजना वयस्‍क मानिसले साना बाल-बालिकालाई भनेका कुरा तिनीहरूले विश्‍वास गरेझैँ तपाईका सत्यतालाई ग्रहण गर्ने मानिसहरूलाई तपाईंले ती प्रकट गर्नुभएको छ ।
\v 26 हो, पिता, तपाईंले त्यसै गर्नुभएको छ, किनभने त्‍यसो गर्न तपाईंलाई असल लाग्‍यो ।”
\v 27 त्‍यसपछि येशूले मानिसहरूलाई भन्‍नुभयो, “मैले आफ्‍नो काम गर्नको निम्‍ति थाहा पउनुपर्ने सबै कुराहरू परमेश्‍वर, मेरो पिताले, मलाई प्रकट गर्नुभएको छ । वास्तवमा म को हुँ भनी मेरो पिताले मात्र जान्‍नुहुन्‍छ । अझै, म र मैले उहाँलाई प्रकट गर्न इच्‍छा गरेका मानिसहरूले मात्र साँचोरूपमा उहाँलाई चिन्‍छौं ।
\s5
\v 28 तिमीहरूले व्यवस्था पालन गर्नुपर्छ भनी तिमीलाई अगुवाहरूले सिकाएका सबै व्यवस्था पालन गर्ने कोसिस गरेर असाध्‍ये थाकेका सबै मानिसहरू हो, मकहाँ आओ । त्‍यो सबैबाट म तिमीलाई विश्राम दिने छु ।
\v 29 एउटा गोरु जुवामा नारिए जस्‍तै, ममा शरण पर, र मैले तिमीहरूलाई सिकाएको कुरा सिक । म कोमल र विनम्र छु, र तिमीहरूले साँच्‍चै विश्राम पाउने छौ ।
\v 30 किनभने मैले तिमीहरूलाई दिने भारी हलुका छ, र यसलाई तिमीहरूले सजिलै बोक्‍ने छौ ।
\s5
\c 12
\p
\v 1 त्यो समयको एउटा विश्राम-दिनमा, येशू र चेलाहरू कुनै अन्‍नबाली लगाएको खेतबरीबाट जाँदै हुनुहुन्‍थ्‍यो । चेलाहरू भोकाएको कारणले, तिनीहरूले अन्‍नका बालाहरू टिपे र खान खाए । यसो गर्न मोशाको व्यवस्थाले अनुमति दिएको थियो ।
\v 2 तिनीहरूले त्यसो गर्दै गरेको केही फरिसीहरूले देखे, यसैले तिनीहरूले येशूलाई भने, “हेर्नुहोस् ! तपाईंका चेलाहरूले हाम्रो विश्रामको दिनमा कामहरू गर्दै छन् । व्यवस्थाले त्यसो गर्ने अनुमति दिँदैन !”
\s5
\v 3 तर येशूले जवाफ दिनुभयो, “हाम्रो पुर्खा दाऊद राजा र तिनीसित भएका मानिसहरू भोकाउँदा तिनले के गरे भनी धर्मशास्‍त्रमा लेखिएको छ ।
\v 4 तिनीहरूले परमेश्‍वरको आराधना गर्ने पवित्र पालभित्र दाऊद राजा पसे र परमेश्‍वरको अघि चढाइएको रोटी खाए । तर मोशाको व्यवस्थाअनुसार, पुजारीहरूलाई मात्र त्यो रोटी खाने अनुमति थियो, तर दाऊद र तिनीसित भएका मानिसहरूले त्यो खाए ।
\s5
\v 5 अझै, मोशाले लेखेका कुरा निश्‍चय नै तिमीहरूले पढेका छौ, जब तिनले भने कि पुजारीहरूले, विश्राम-दिनमा मन्दिरमा सेवा गरेर, यहूदीको विश्राम-दिनको व्यवस्था नमाने तापनि, तिनीहरू दोषी हुँदैनन् ।
\v 6 यसको अर्थ के हो म तिमीहरूलाई भन्‍छुः म तिमीहरूकहाँ आएको छु, र म मन्दिरभन्दा धेरै महत्त्वपूर्ण हुँ ।
\s5
\v 7 धर्मशास्‍त्रमा भएका परमेश्‍वरका यी वचनहरूको बारेमा तिमीहरूले विचार गर्नुपर्छः ‘तिमीहरूले मानिसहरूसित कृपापूर्णरूपमा व्यवहार गर, र बलिदान मात्र चढाउने होइन भनी म इच्‍छा गर्छु ।’ त्‍यसको अर्थ के हो तिमीहरू बुझेको भए, तिमीहरूले मेरो चेलहरूलाई दोष लगाउने थिएनौ, जसले केही खराब गरेका छैनन् ।
\v 8 म मानिसको पुत्र हुँ, र मानिसहरूले विश्राम-दिनमा के गर्न सक्छन् भनी तिनीहरूलाई भन्‍ने अधिकार मलाई छ ।”
\s5
\v 9 येशूले त्यो दिन त्यो ठाउँ छोडेपछि, उहाँ एउटा सभाघरमा जानुभयो ।
\v 10 त्यहाँ उहाँले सुकेको हात भएको एकजना मानिसलाई देख्‍नुभयो । फरिसीहरूले विश्राम-दिनको बारेमा येशूसँग विवाद गरिरहे, यसैले तिनीहरूमध्ये एउटाले उहाँलाई सोध्यो, “के हाम्रो विश्राम-दिनमा परमेश्‍वरले हामीलाई मानिसहरू निको पार्ने अनुमति दिनुहुन्छ ?” येशूले केही गलत बोलेर पाप गर्नुहुन्छ भन्‍ने आशा तिनीहरूले गर्दै थिए ।
\s5
\v 11 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मानौं, तिमीहरूमध्ये एकजनासित एउटा मात्र भेडा थियो, र विश्राम-दिनमा त्यो एउटा गहिरो खाडलभित्र खस्यो । के तिमीहरूले त्यसलाई त्‍यहाँ छोड्छौ ? अहँ छोड्दैनौ । तिमीहरूले त्यसलाई समात्‍छौ र तुरुन्‍तै त्‍यसलाई उचालेर बाहिर निकाल्छौ !
\v 12 तर त्यो एउटा भेडाभन्दा एकजना व्‍यक्ति धेरै मूल्यवान हुन्छ । यसैले कुनै पनि दिनमा, हाम्रो विश्रामकै दिनमा पनि अर्को व्‍यक्तिलाई निको पारेर असल गर्नु हाम्रा निम्‍ति निश्‍चय नै ठिक हो !”
\s5
\v 13 तब उहाँले त्यो मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार !” त्यस मानिसले आफ्नो सुकेको हात पसार्‍यो, र त्‍यो अर्को हात जस्तै स्वस्थ भयो !
\v 14 त्‍यसपछि फरिसीहरूले सभाघर छाडे । येशूलाई कसरी मार्न सकिन्छ भनी तिनीहरूले सँगसँगै योजना बनाउन थाले ।
\s5
\v 15 फरिसीहरूले येशूलाई मार्न षडयन्‍त्र गर्दै थिए भनी उहाँले थाहा पाउनुभएको कारणले, उहाँले चेलाहरूलाई लिनुभयो र त्यहाँबाट टाढा जानुभयो । धेरैजना बिरामी मानिसहरूका साथसाथै ठुला भीडहरू उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
\v 16 तर तिनीहरूले अरू मानिसलाई उहाँको बारेमा नभनून् भनी उहाँले तिनीहरूलाई कडारूपमा भन्‍नुभयो ।
\v 17 यसो गरेर यशैया अगमवक्‍ताले धेरै अघि लेखेको कुरा उहाँले पुरा गर्नुभयो । तिनले लेखे,
\s5
\v 18 “मेरो दास यहाँ छन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु र जसले मलाई खुशी पार्छन् । मै आफ्‍नो आत्मा तिनमा हालिदिने छु, र तिनले गैर-यहूदीहरूमा न्याय र मुक्ति ल्याउने छन् ।
\s5
\v 19 तिनले मानिसहरूसँग झगडा गर्ने छैनन्, न चिच्याउने छन् । र तिनी बाटोहरूमा चिच्याउने छैनन् ।
\v 20 कमजोर मानिसहरूसित तिनी कोमल हुने छन्, एकजना व्‍यक्ति मुस्किलले बाँचेको छ भने तिनले त्यसलाई मार्ने छैनन् । र तिनले न्‍यायोचित किसिमले मानिसहरूको न्याय गर्ने छन् र तिनीहरू दोषी छैनन् भनी घोषणा गर्ने छन् ।
\v 21 यसरी गैर-यहूदीहरूले दृढतासाथ तिनमा विश्‍वास गर्ने छन् ।”
\s5
\v 22 एकदिन केही मानिसहरूले दृष्‍टिविहीन र दुष्‍ट आत्मा लागेर बोल्न नसक्‍ने भएको एकजना मानिसलाई येशूकहाँ ल्याए । तब येशूले दुष्‍ट आत्मा निकाल्नुभयो र त्‍यसलाई निको पार्नुभयो । तब त्यो मानिस बोल्न थाल्‍यो र देख्‍न सक्‍ने भयो ।
\v 23 त्‍यो देख्‍ने सबै भिडहरू आश्‍चर्यचकित भए । तिनीहरूले एकआपसमा सोध्‍नलागे, “के यी मानिस दाऊद राजाको सन्‍तान, ख्रीष्‍ट हुन सक्छन्, जसको हामी आशा गर्दै छौं ?”
\s5
\v 24 फरिसीहरूले यो आश्‍चर्यकामको बारेमा सुनेको कारणले, तिनीहरूले भने, “यो परमेश्‍वर होइन तर भुतहरूका शासक बालजिबुल हो जसले मानिसहरूबाट दुष्‍ट आत्माहरू धपाउन यस मानिसलाई सक्षम पार्छ !”
\v 25 तर फरिसीहरूले जे विचार गर्दै थिए त्‍यो येशूले थाहा पाउनुभयो । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एक राष्‍ट्रमा भएका मानिसहरू एक-अर्काको विरुद्धमा युद्ध गर्छन् भने, तिनीहरूले आफ्नो राष्‍ट्रलाई नाश गर्ने र्छन् । एउटै सहर वा घरमा बस्‍ने मानिसहरू एक-अर्कामा लड्छन् भने, तिनीहरू निश्‍चय पनि एउटै समूह वा परिवार भएर रहन सक्‍ने छैनन् ।
\s5
\v 26 त्यसरी नै, शैतानले आफ्नै दुष्‍ट आत्माहरूलाई धपाउँदै थियो भने, उसले आफ्नै विरुद्धमा युद्ध गर्‍यो । उसले आफ्ना सेवकहरूमाथि निरन्तर राज्‍य गर्न सक्‍ने छैन !
\v 27 अझै, दुष्‍ट आत्माहरू धपाउनलाई मलाई शैतानले सक्षम बनाउँने कुरा सत्य हो भने, के यो पनि सत्य हो कि तिनीहरूलाई धपाउने तिमीहरूका चेलाहरू पनि शैतानकै शक्‍तिले त्‍यसो गर्छन् ? होइन ! यसैले तिनीहरूले शैतानको शक्तिले काम गर्छन् भनेकोमा तिनीहरूले तिमीहरूको न्‍याय गर्ने छन् ।
\s5
\v 28 तर परमेश्‍वरको आत्माले मलाई दुष्‍ट आत्माहरू धपाउन सक्षम बनाउनुहुने कारणले यो प्रमाणित हुन्‍छ कि स्‍वर्गको परमेश्‍वरको राज्‍य यहाँ आइसकेको छ ।
\v 29 किन मैले भुत आत्माहरू धपाउन सक्‍छु भनी म तिमीहरूलाई देखाउने छु । एकजना व्‍यक्तिले शैतानजस्तो बलियो मानिसलाई पहिले बाँध्‍दैन भने, ऊ त्‍यो बलियो मानिसको घरमा जान र त्‍यसको धन-दौलतहरू लैजान सक्दैन । तर उसले त्‍यसलाई बाँध्‍छ भने, त्‍यसपछि उसले त्‍यसका धन-दौलतहरू लैजान सक्‍ने छ ।
\v 30 कोही पनि तटष्‍थ हुन सक्दैन । पवित्र आत्माले मलाई भूता आत्माहरू निकाल्‍न सक्षम बनाउनु हुन्छ भनी स्‍वीकार नगर्नेहरूले मेरो विरोध गर्दै रहन्‍छन्, र मेरो चेलाहरू हुनलाई मानिसहरू जम्मा नगर्नेहरूले ती मानिसहरूलाई मबाट टाढा पुर्‍याउँदै रहन्‍छन् ।
\s5
\v 31 मलाई भूत आत्माहरू धपाउनलाई पवित्र आत्माले सक्षम बनाउँदै हुनहुन्‍न भनी तिमीहरू भन्‍दै छौ । यसैले म तिमीहरूलाई यसो भन्‍ने छुः अरू मानिसहरूलाई चित्त दुखाउने र अपमान गर्ने मानिसहरू, त्‍यसपछि दुःखी हुन्‍छन् र आफूलाई क्षमा गर्न परमेश्‍वरसँग विन्‍ती गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने छ । तर उहाँले ती मानिसहरूलाई क्षमा गर्नुहुने छैन जसले पवित्र आत्माको अपमान गर्छन् ।
\v 32 म, मानिसको पुत्रको आलोचना गर्ने मानिसहरूलाई परमेश्‍वरले क्षमा गर्न इच्‍छा गर्नुहुन्‍छ । तर म तिमीहरूलाई चेतावनी दिन्छु कि पवित्र आत्माले गर्नुहुने कामका बारेमा दुष्‍ट कुराहरू बोल्नेहरूलाई उहाँले क्षमा गर्नुहुने छैन । परमेश्‍वरले तिनीहरूलाई अहिले पनि र आउनेवाला संसारमा पनि क्षमा गर्नुहुने छैन ।”
\s5
\v 33 “जब तिमीहरूले एउटा रूखमा केही फल देख्छौ, तिमीहरूले त्‍यो फल असल छ कि खराब भनी निर्णय गर्छौ । त्‍यो असल छ भने, तब तिमीहरूले जान्दछौ कि त्‍यसको रूख पनि असल छ । मैले असल कुराहरू गर्दैछु भने, तब म असल छु कि छैन भनी तिमीहरूले जान्‍नुपर्छ ।
\v 34 तिमीहरू विषालु सर्पका सन्तानहरू जस्ता छौ ! तिमीहरू कुनै असल कुरा भन्‍न सक्दैनौ, किनकि तिमीहरू दुष्‍ट छौ । व्‍यक्तिले जे भन्‍छ त्‍यसले आफूभित्र भएको कुरा दर्शाउँछ ।
\v 35 असल मानिसले असलै कुरा बोल्छन् । किनभने यी सबै असल कुराहरू तिनीहरूले एउटा सुरक्षित ठाउँमा संचित गरेको जस्‍तै हो, र कुनै पनि बेला तिनीहरूलाई बाहिर ल्‍याउन सक्छन् । तर दुष्‍ट मानिसहरू दुष्‍ट कुराहरू बोल्छन् । किनभने यी सबै दुष्‍ट कुराहरू तिनीहरूले संचित गरेको जस्‍तै हो, र कुनै पनि बेला जहाँ तिनीहरूले ती संचित गरेका छन् त्‍यहाँबाट ती बाहिर ल्‍याउन सक्छन् ।
\s5
\v 36 म तिमीलाई भन्छु कि जब परमेश्‍वरले न्याय गर्नुहुन्‍छ, मानिसहरूले बोलेका हरेक व्‍यर्थ शब्द उहाँले तिनीहरूलाई याद गराउनुहुने छ, र मानिसरूले बोलेका कुराका आधारमा उहाँले तिनीहरूको न्याय गर्नुहुने छ ।
\v 37 तिमीहरूले बोलेको शब्‍दहरूका आधारमा कि त परमेश्‍वरले तिमीहरूलाई धर्मी घोषणा गर्नुहुने छ, वा तिमीहरूले जे बोलेका छौ, त्‍यसको आधारमा उहाँले तिमीहरूलाई दोषी ठहराउनुहुने छ ।”
\s5
\v 38 तब केही फरिसीहरू र यहूदीका व्यवस्थाका शिक्षकहरूले येशूलाई जवाफ दिए, “गुरुज्‍यू, तपाईंले एउटा आश्‍चर्य काम गरेको हामी हेर्ने इच्‍छा गर्छौं जसले परमेश्‍वरले तपाईंलाई पठाउनुभयो भनी हामीलाई विश्‍वस्‍त पार्ने छ ।”
\v 39 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले आश्‍चर्य कामहरू गरेको तिमीहरूले पहिले नै देखिसकेका छौ, तर तिमीहरू दुष्‍ट छौ, र तिमीहरू विश्‍वासयोग्य भएर परमेश्‍वरको आराधना गर्दैनौ ! परमेश्‍वरले मलाई पठाउनुभयो भनी मैले प्रमाणित गरेको तिमीहरू इच्‍छा गर्छौ, तर परमेश्‍वरले तिमीलाई एउटा मात्र आश्‍चर्य काम देखाउनुहुने छ । त्‍यो योना अगमवक्‍तालाई जे भएको थियो त्यस्तै हुने छ ।
\v 40 परमेश्‍वरले योनालाई बाहिर निकाल्नु अघि तिनी एउटा ठुलो माछाको पेटमा तीन दिन र तीन रात बसे । त्‍यसरी नै, तीन दिन र तीन रातसम्म म, मानिसको पुत्र पृथ्वीको गहिराइमा हुने छु र त्‍यसपछि परमेश्‍वरले मलाई फेरि जीवित पार्नुहुने छ ।
\s5
\v 41 परमेश्‍वरले हरेकको न्याय गर्नुहुँदा, निनवे सहरमा बसोबास गरेका मानिसहरू उहाँको अघि तिमीहरूसँगै खडा हुने छन् । तर योनाले तिनीहरूलाई चेतावनी दिएपछि, तिनीहरूले पाप गर्न छोडे । अहिले म तिमीहरुकहाँ आएको छु, र म योना भन्‍दा धेरै महत्‍वपूर्ण छु, तर तिमीहरूले पाप गर्न छाडेका छैनौ । यसैले परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुने छ ।
\s5
\v 42 धेरै अघि जीवन बिताएकी, इस्राएलको दक्षिणमा भएको शेबाकी महारानी सोलोमन राजाले सिकाएको बुद्धिको कुरा सुन्‍नलाई धेरै टाढाबाट आइन् । अहिले म तिमीहरूकहाँ आएको छु, र म सोलोमन भन्दा धेरै महत्त्वपूर्ण छु, तर तिमीहरूले पाप गर्न छाडेका छैनौ । यसैले परमेश्‍वरले हरेकको न्याय गर्नुहुँदा, शेबाकी महारानी उहाँको अघि तिमीहरूसँगै खडा हुने छिन्, र तिनले तिमीहरूलाई दोषी ठहराउने छिन् ।”
\s5
\v 43 “कुनैबेला जब एउटा दुष्‍ट आत्माले एकजना व्‍यक्तिलाई छोड्छ, विश्राम लिन कोही व्‍यक्तिलाई खोज्‍दै, त्‍यो निर्जन ठाउँहरूमा भौंतारिन्छ । उसले कोही पनि भेट्टाएन भने,
\v 44 त्‍यसले मनमनै भन्छ, ‘म बस्‍ने गरेकै व्‍यक्तिकहाँ म फर्कने छु ।’ यसैले त्‍यो फर्केर जान्छ र त्यस व्‍यक्तिको जीवनमा परमेश्‍वरको आत्माले अधीन नगरेको भेट्टाउँछ । त्यो व्‍यक्तिको जीवन सफा गरेको र सबै कुरा मिलाएर राखेको तर रित्तो घर जस्तै हो ।
\v 45 तब त्यो दुष्‍ट आत्मा जान्‍छ र अझै दुष्‍ट अरू सातवटा आत्‍माहरू लिएर आउँछ, र ती सबै त्‍यो व्‍यक्तिभित्र पस्‍छन् र त्यहाँ बस्‍न थाल्छन् । यसैले त्यो व्याक्तिको पहिलेको अवस्था खराब थियो भने, त्‍यो झनै बढी खराब हुने छ । मैले सिकाएको सुनेका तिमीहरू दुष्‍ट मानिसहरूले यस्‍तै अनुभव गर्ने छौ ।”
\s5
\v 46 येशूले भिडसँग बोल्दै गर्नुहुँदा, उहाँको आमा र भाइहरू आइपुगे । तिनीहरू घरबाहिर खडा भए, र तिनीहरू उहाँसँग कुरा गर्न चाहन्थे ।
\v 47 कसैले उहाँलाई भन्यो, ‘तपाईंको आमा र तपाईंका भाइहरू बाहिर खडा छन्, र तपाईंसँग कुरा गर्न चाहन्छन् ।
\s5
\v 48 तब येशूले त्यसो भन्‍ने व्‍यक्तिलाई भन्‍नुभयो, “वास्‍तविकरूपमा मेरा आमा र भाइहरू को हुन् म तिमीहरूलाई बन्‍छु ।”
\v 49 त्‍यसपछि उहाँले आफ्ना चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “मेरो आमा र मेरा भाइहरूको स्‍थान लिनेहरू यिनीहरू नै हुन् ।
\v 50 स्वर्गमा हुनुहुने मेरो पिता परमेश्‍वरको इच्छाअनुसार काम गर्नेहरूले नै मेरो भाइ, मेरो बहिनी अथवा मेरी आमाको स्‍थान लिन्‍छन् ।”
\s5
\c 13
\p
\v 1 त्यसैदिन चेलाहरूसँगै येशूले, उहाँले शिक्षा दिँदै गर्नुभएको घर छोड्नुभयो र गालील समुद्रको किनारमा जानुभयो । उहाँ त्यहाँ बस्‍नुभयो,
\v 2 र उहाँको शिक्षा सुन्‍नलाई उहाँको वरिपरी एउटा धेरै ठुलो भीिड जम्मा भयो । अलिकति ठाउँ पाउनलाई उहाँ एउटा डुङ्गामा चड्नुभयो, र तिनीहरुलाई शिक्षा दिनलाई बस्‍नुभयो । भीड किनारमा खडा भए र उहाँका शिक्षा सुने ।
\s5
\v 3 धेरैवटा दृष्‍टान्‍तहरूको प्रयोग गरेर उहाँले तिनीहरूलाई सिकाउनुभयो । उहाँले भन्‍नुभयो, “सुन ! एकजना मानिस बीउ छर्नलाई आफ्नो खेतमा गयो ।
\v 4 उसले माटोमाथि बीउ छर्दै गर्दा, केही बीउ बाटोमा झरे । तर केही चराहरू आए र ती बीउ खाए ।
\v 5 अरू बीउ चट्टानमाथि पातलो माटो भएको जमीनमा झरे । घामले पातलो माटोलाई छिट्टै मनतातो बनाइदिएको कारणले ती बीउ तुरून्‍तै उम्रिए ।
\v 6 तर जब कलिला बिरुवाहरू माथि आए, चर्को घामले ती ज्यादै तातो भए, र ती सुके किनभने तिनीहरूको जरा गहिरोमा थिएन ।
\s5
\v 7 अरू बीउ काँडे झारहरू भएको जमिनमा झरे । कलिला बिरुवाहरू सँगसँगै काँडे झारहरू पनि बढे, र तिनीहरूले बिरुवाहरूलाई निसासी दिए ।
\v 8 तर अरू बीउ असल जमीनमा झरे, र बिरुवाहरू बढे र धेरै अन्‍न उब्‍जाए । केही बिरुवाहरूले रोपेको बीउको सयगुणा बढी उब्‍जाए । केही बिरुवाहरूले साठीगुणा बढी उब्‍जाए । केही बिरुवाहरूले तीसगुणा बढी उब्‍जाए ।
\v 9 तिमीहरू यो बुझ्‍न सक्षम छौ भने, मैले भर्खरै भनेको कुरालाई तिमीहरूले होसियार भएर विचार गर्नुपर्छ ।
\s5
\v 10 चेलाहरू पछि येशूकहाँ आए र उहाँलाई सोधे, “तपाईं भिडसँग बोल्‍नुहुँदा, किन तपाईं उखानहरू प्रयोग गर्नुहुन्छ ?”
\v 11 उहाँले जवाफ दिनुभयो, “कसरी परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्दै हुनुहुन्छ भन्‍ने बारेमा जे यसअघि उहाँले प्रकट गर्नुभएको थिएन त्‍यो उहाँले तिमीहरूलाई प्रकट गर्दै हुनुहुन्‍छ । तर यी अरू मानिसहरूलाई उहाँले त्‍यो प्रकट गर्नुभएको छैन ।
\v 12 म जे भन्‍छु त्‍यसको बारेमा विचार गर्न सक्‍ने र त्‍यसलाई बुझ्‍न सक्‍ने मानिसहरूलाई परमेश्‍वरले अझै धेरै बुझ्‍न सक्‍ने बनाउनुहुन्छ । तर म जे भन्‍छु त्‍यसको बारेमा होशियार भएर विचार गर्न नसक्‍ने मानिसहरूले जे जानेका छन् त्‍यो पनि बिर्सिने छन्
\s5
\v 13 त्यसकारणले म मानिसहरूसँग बोल्दा दृष्‍टान्‍तहरूको प्रयोग गर्छु, किनभने मैले गरेको काम तिनीहरूले देख्‍छन्, तापनि, त्‍यसको अर्थ के हुन्‍छ त्‍यो तिनीहरूले बुझ्दैनन्, र मैले भनेको कुरा तिनीहरूले सुन्‍छन्, तापनि, त्‍यसको अर्थ के हुन्‍छ त्‍यो तिनीहरूले साँच्‍चै सिक्‍तैनन् ।
\v 14 यी मानिसहरूले गर्ने कुराले परमेश्‍वरले यशैया अगमवक्‍तालाई धेरै अघि बोल्‍न भन्‍नुभएको कुरालाई पूर्णरूपमा पूरा गर्छ, मैले भनेको कुराहरू तिमीहरूले सुन्‍ने छौ, तर तिमीहरूले बुझ्‍ने छैनौ । मैले गरेका कुराहरू तिमीहरूले देख्‍नेछौ तर यसको अर्थ तिमीहरूले सिक्‍ने छैनौ ।
\s5
\v 15 परमेश्‍वरले यशैयालाई यो पनि भन्‍नुभयो, “मैले भन्‍ने कुरा यी मानिसहरूले सुन्‍न सक्‍छन्, तर त्‍यसको सन्‍देश तिनीहरूले कदापि बुझ्‍ने छैनन् । तिनीहरूका देख्‍न सक्‍ने आँखा छन्, तर तिनीहरूले जे हेर्दै र्छन् त्‍यो तिनीहरूले स्‍पष्‍टरूपमा कदापि देख्‍ने छैनन्; तिनीहरूले आफ्‍ना आँखा वन्‍द गरेका छन्, यसैले तिनीहरूले देख्‍न सक्‍तैनन् । तिनीहरूका आफ्‍ना आँखाले तिनीहरू देख्‍न सक्‍तैनन् र तिनीहरूका आफ्‍ना कानले तिनीहरू सुन्‍न सक्‍तैनन् र तिनीहरूले बुझ्‍न सक्‍तैनन् । यदि तिनीहरूले देख्‍न र सुन्‍न र हेर्न सकेको भए, तिनीहरू मतिर फर्कने थए,” परमेश्‍वर भन्‍नुहुन्‍छ, “र म तिनीहरूलाई निको पार्ने थिएँ ।”
\s5
\v 16 तर तिमीहरूका बारेमा, मैले जे गरें त्यो तिमीहरूले महसूस गरेको कारणले र मैले जे भनें त्‍यो तिमीहरूले बुझेको कारणले, परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।
\v 17 यो कुरा ध्‍यान देऊः मैले गरेका कुरा जो तिमीहरू देख्‍दै छौ, धेरै अघि जीवन बिताएका धेरैजना अगमवक्‍ताहरू र धार्मिक मानिसहरूले हेर्ने इच्‍छा गरे, तर तिनीहरूले ती देख्‍न पाएनन् । मैले भनेका कुरा जो तिमीहरूले सुनिरेहका छौ, तिनीहरूले सुन्‍ने इच्छा गरे, तर मैले भनेको कुरा जो तिमीहरू सुन्‍छौ, तिनीहरूले सुन्‍न पाएनन् ।
\s5
\v 18 अब मैले तिमीहरूलाई भनेको दृष्‍टान्‍तको अर्थ म स्‍पष्‍ट पार्छु ।
\v 19 केही मानिसहरूले परमेश्‍वरले कसरी राज्‍य गर्दै हुनुहुन्‍छ भन्‍ने बारेमा सुन्छन् तर त्‍यो बुझ्दैनन् । तिनीहरू बाटो जस्तै हुन् जहाँ केही बीउ झरे । दुष्‍ट शैतान आउँछ र यी मानिसहरूलाई आफूले सुनेका कुरा बिर्सने बनाउँछ ।
\s5
\v 20 कोही मानिसहरूले परमेश्‍वरको सन्‍देश सुन्‍छन् र तत्कालै आनन्‍दसाथ त्‍यो ग्रहण गर्छन् । तिनीहरू चट्टान भएको जमीनहरू जस्तै हुन् जहाँ केही बीउ झरे ।
\v 21 तर त्‍यो तिमीहरूको हृदयभित्र गहिरो गरी पस्‍दैन, तिनीहरूले छोटो समयको लागि मात्र विश्‍वास गर्छन् । तिनीहरू गहिरोमा जरा नभएका बिरुवाहरू जस्ता हुँन् । मैले भनेका कुरामा तिनीहरूले विश्‍वास गरेका कारणले अरूहरूले तिनीहरूलाई नराम्रो व्यवहार गर्दा र दुख दिँदा तिनीहरूले त्‍यसमा विश्‍वास गर्न इन्कार गरेर पाप गर्छन् ।
\s5
\v 22 अनि कोही मानिसहरूले परमेश्‍वरको सन्‍देश सुन्‍छन् तर तिनीहरू धनी हुने इच्छा गर्छन्, यसैले तिनीहरू पैसा र पैसाले तिनीहरूले के किन्‍न सक्छन् भन्‍ने बारेमा मात्र चिन्‍ता गर्छन् । परिणामस्‍वरूप, तिनीहरूले परमेश्‍वरको सन्‍देश बिर्सन्छन् र तिनीहरूले गरून् भनी परमेश्‍वरले चाहानुभएको कुराहरू तिनीहरूले गर्दैनन् । काँडे झारहरूका जराहरू भएकको जमीन जस्तै यी मानिसहरू हुन्छन् ।
\v 23 तर कोही मानिसहरूले मेरो सन्‍देश सुन्छन् र त्‍यो बुझ्‍छन् । तिनीहरूमध्‍ये कसैले परमेश्‍वरलाई खुशी पार्ने धेरै कुराहरू गर्छन्, कसैले परमेश्‍वरलाई खुशी पार्ने भन्दा पनि अझै धेरै कुराहरू गर्छन्, र कसैले परमेश्‍वरलाई खुशी पार्ने भन्‍दा अत्‍यन्‍तै धेरै कुराहरू गर्छन् । तिनीहरू असल जमीिनहरू जस्तो हो जहाँ केही बीउ झरे ।”
\s5
\v 24 येशूले भीडलाई अर्को दृष्‍टान्त पनि भन्‍नुभयो । उहाँले भन्‍नुभयो “जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्‍छ, त्‍यो एकजना जमिन्दार जस्तो हुने छ जसले आफ्ना सेवकहरूलाई आफ्‍नो खेतमा असल बीउ छर्नलाई पठायो ।
\v 25 ती सेवकहरू निदाउँदै गर्दा र खेतको रेखदेख नगर्दा, जमिन्दारको एकजना शत्रु आयो र गहुँको बिचमा सामाको बीउ छर्‍यो । त्‍यसपछि ऊ गयो ।
\v 26 बीउ उम्रिए र हरिया बिरुवाहरू बढेपछि, अन्‍नाका बालाहरू निस्‍कन लागे । तर सामाहरू पनि बढे ।
\s5
\v 27 यसैले जमिन्दारको सेवकहरू आए र तिनलाई भने, “मालिक, तपाईंले हामीलाई असल बीउ दिनुभयो, र तपाईंको खेतमा हामीले त्‍यही बीउ छर्‍यौं । यसैले सामाहरू कहाँबाट आए ?”
\v 28 जमिन्दारले तिनीहरूलाई भने, ‘मेरो शत्रुले यो गर्‍यो ।’ तिनको सेवकहरूले तिनलाई भने, ‘के हामी सामा उखेलौं भनी तपाईं इच्‍छा गर्नुहुन्छ ?
\s5
\v 29 तिनले तिनीहरूलाई भने, ‘अहँ ! त्यसो नगर, किनभने साथसाथै तिमीहरूले केही गहुँ पनि उखेल्न सक्‍छौ ।
\v 30 कटानीको समय नभएसम्म गहुँ र सामा सँगसँगै बढ्न देओ । त्यसबेला काट्नेहरूलाई म भन्‍ने छु, ‘पहिले सामा जम्मा गर र त्यसलाई जलाउन मुठा बाँध । त्यसपछि गहुँ जम्मा गर र मेरो भकारीहरूमा हाल ।’”
\s5
\v 31 येशूले यो दृष्‍टान्त पनि भन्‍नुभयोः “जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्छ, त्‍यो रायोको बीउ जस्तो हो जुन एकजना मानिसले आफ्नो खेतमा छरेपछि बढ्‍छन् ।
\v 32 यद्यपि रायोको बीउ, मानिसहरूले छर्ने सबै बीउमध्ये सबभन्दा साना हुन्‍छन्, यहाँ इस्राएलमा ती ठूला विरुवाहरू हुन्छन् । जब ती बिरुवाहरू पूरा बढेका हुन्‍छन्, ती तरकारी बारीका अरू बिरुवाहरू भन्दा ठूला हुन्छन् । ती रूखहरू जत्रा ठूला झाडीहरू हुन्छन्, र तिनीहरूका हाँगाहरूमा चराहरूका लागि गूँडहरू बनाउन पुग्‍ने ठूला हुन्छ ।”
\s5
\v 33 येशूले यो दृष्‍टान्त पनि भन्‍नुभयोः “जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्छ, यो रोटी बनाउँदै गरेकी एउटी महिला जस्‍तै हो । तिनले चालिस किलो जति पिठो लिइन् र थोरै खमिर मिसाइन, अनि रोटी फुल्यो ।”
\s5
\v 34 यी सबै कुराहरू भीडलाई सिकाउनलाई येशूले तिनीहरूलाई दृष्‍टान्तहरू भन्‍नुभयो । उहाँले तिनीहरूसँग बोल्नुहुँदा, उहाँले स्वभाविकरूपमा यस्‍ता कथाहरू भन्‍नुभयो ।
\v 35 त्यसो गरेर धेरै अघि परमेश्‍वरले अगमवक्‍ताहरूमध्‍ये एकजनालाई लेख्‍न लगाउनुभएको कुरा उहाँले पूरा गर्नुभयो । “म दृष्‍टान्तहरूमा बोल्ने छु; मैले संसार सृष्‍टि गरेदेखि जे मैले गोप्य राखेको छु त्‍यो सिकाउन म दृष्‍टान्तहरू भन्‍ने छु ।”
\s5
\v 36 येशूले भीडलाई टाढा पठाएपछि, उहाँ घरमा जानुभयो । तब चेलाहरू उहाँको नजीक गए र भने, “हामीलाई गहुँको खेतमा बढेको सामाको दृष्‍टान्त बुझाई दिनुहोस् ।”
\v 37 उहाँले जवाफ दिनुभयो, “असल बीउ छर्ने मानिसले म, मानिसको पुत्रको प्रतिनिधित्व गर्छ ।
\v 38 खेतले यस संसारको प्रतिनिधित्व गर्छ, जहाँ मानिसहरू बस्छन् । रामोसँग बढेका बीउले परमेश्‍वरले राज्‍य गर्नुहुने मानिसहरूको प्रतिनिधित्व गर्छ । सामाहरूले ती मानिसहरूको प्रतिनिधित्व गर्छन् जसले दुष्‍ट शैतानले तिनीहरूलाई गर्न भनेका काम गर्छन् ।
\v 39 सामाको बीउ छर्ने शत्रुले शैतानको प्रतिनिधित्व गर्छ । बाली काट्नेहरूको अन्‍न जम्‍मा गर्ने समयले संसारको अन्‍तको समयलाई प्रतिनिधित्‍व गर्छ । बाली काट्नेहरूले स्‍वर्गदूतहरूको प्रतिनिधित्‍व गर्छन् ।
\s5
\v 40 सामाहरू जम्मा पारिन्‍छ र जलाइन्‍छ । त्यसले संसारको अन्त्य हुने समयमा, परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुँदा, के हुने छ भन्‍ने कुराको प्रतिनिधित्‍व गर्छ । यो यस्तो हुने छः
\v 41 म, मानिसको पुत्रले, आफ्‍ना स्वर्गदूतहरूलाई पठाउँने छु, र मैले राज्‍य गर्दै गरेका सबै कुराहरूबाट अरूहरूलाई पाप गर्न लगाउनेहरू र परमेश्‍वरको इच्‍छा उलङ्‍घन गर्नेहरू सबैलाई तिनीहरूले जम्मा गर्ने छन् ।
\v 42 स्वर्गदूतहरूले ती मानिसहरूलाई नरकको आगोमा फाल्ने छन् । ती मानिसहरू भोग्‍दै गरेका असह्‍य पीडाको कारणले त्‍यहाँ तिनीहरू रुने छन् र आफ्‍ना दाह्रा किट्ने छन् ।
\v 43 यद्यपि, उहाँको इच्‍छा अनुसार जीवन बिताएका मानिसहरू सूर्यझैं चम्कने छन् । तिनीहरू चम्कने छ, किनभने तिनीहरूकाो परमेश्‍वर पिताले तिनीहरूमाथि राज गर्नुहुने छ । तिमीहरूले यो कुरा बुझ्‍न सक्‍छौ भने, मैले भर्खरै भनेका कुरालाई तिमीहरूले होसियार भएर विचार गर्नुपर्छ ।”
\s5
\v 44 “परमेश्‍वरले स्‍वर्गबाट गर्नुहुने राज्‍य यति मूल्‍यवान हुन्‍छ, यो एकजना मानिस जस्‍तो हो जसले अर्को व्‍यक्तिले खेतमा गाडी राखेको ठूलो धनराशी भट्टायो । यो मानिसले खनेर त्‍यो भेट्टाएपछि, उसले त्‍यसलाई फेरि गाड्यो, जसले गर्दा कसैले त्‍यो भेट्टाउने छैनन् । तब ऊ गयो र त्‍यो खेत किन्‍नलाई पैसा जम्‍मा गर्न आफ्‍ना सबै धनदौलतहरू बेच्‍यो । त्‍यसपछि ऊ गयो र त्‍यो खेत किन्‍यो, र यसरी उसले त्‍यो धनराशी प्राप्‍त गर्‍यो ।
\v 45 परमेश्‍वरले स्‍वर्गबाट गर्नुहुने राज्‍य यति मूल्‍यवान हुन्‍छ, यो व्‍यापारीले गरे जस्तो हो जसले असल गुणस्तरको मोतिहरू किन्‍न खोज्‍दै थियो ।
\v 46 जब उसले बेच्‍न राखेको एउटा अत्‍यन्‍त बहुमूल्य मोति भेट्टायो, त्‍यो मोति किन्‍न पैसा जम्‍मा गर्नलाई उसले आफ्ना सारा धनदौलत बेच्‍यो । अनि ऊ गयो र त्‍यो किन्यो ।
\s5
\v 47 जब परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुन्‍छ, यो कोही मछुवाहरूले आफूले एउटा ठूलो तलाउमा एउटा ठूलो जाल हानेर समातेका माछाहरूलाई गरेको जस्तै गरे । तिनीहरूले काम लाग्‍ने र काम नलाग्‍ने दुबै गरी सबै किसिमका माछाहरू पक्रे ।
\v 48 जब जाल भरियो, मछुवाहरूले त्‍यसलाई किनारमा ताने । त्‍यसपछि तिनीहरू त्‍यहाँ बसे र असल माछाहरू बाल्‍टीहरूमा हाले, तर तिनीहरूले काम नलाग्‍ने चाहीं टाढा फाले ।
\s5
\v 49 यो यस्‍तो हो जुन संसारको अन्त्य हुँदा मानिसहरूलाई हुने छ । परमेश्‍वरले मानिसहरूको न्याय गर्दै हुनुभएको ठाउँमा स्वर्गदूतहरू आउने छन् र धर्मीहरूबाट दुष्‍ट मानिसहरूलाई अलग गर्ने छन् ।
\v 50 तिनीहरू दुष्‍ट मानिसहरूलाई नरकको आगोमा फाल्ने छन् । अनि ती दुष्‍ट मानिसहरूले भोगिरहेका अत्‍यन्‍त असह्‍य पीडाको कारणले तिनीहरूले रुने छन् र आफ्‍ना दाह्रा किट्ने छन् ।”
\s5
\v 51 तब येशूले चेलाहरूलाई सोध्‍नुभयो, “मैले तिमीहरूलाई भनेका यी सबै दृष्‍टान्तहरू तिमीहरूले बुझ्छौ ?” तिनीहरूले उहाँलाई भने, “हो, हामीले ती बुझ्‍यौं ।”
\v 52 त्यसपछि उहाँले भन्‍नुभयो, “यी दृष्‍टान्‍तहरू बुझ्‍ने र परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुँदा त्‍यस अनुरूप काम गर्ने शिक्षकहरू र व्‍याख्‍याताहरू एकजना घर मालिक जस्‍तो हो जसले आफ्‍नो धनसारबाट नयाँ कुराहरू र पुराना कुराहरू दुबै निकाल्‍छ ।”
\v 53 जब येशूले यी दृष्‍टान्तहरू भनेर सक्‍नुभयो, उहाँले चेलाहरूलाई लिनुभयो र त्यो इलाका छोड्नुभयो ।
\s5
\v 54 त्‍यसपछि उहाँहरू येशूको गृहनगर नासरत नगरमा जानुभयो । विश्राम-दिनमा उहाँले सभाघरमा मानिसहरूलाई सिकाउनु थाल्नुभयो । परिणामस्‍वरुप, त्यहाँ भएकाो मानिसहरू चकित भए । तर कसैले भने, “यी मानिस हामी जस्तै साधारण व्‍यक्ति हुन् ! यसैले कसरी तिनी यति धेरै जान्‍ने र यति धेरै बुझ्‍ने भए ? र कसरी तिनले यस्‍ता आश्‍चर्य कामहरू गर्न सक्छन् ?
\v 55 तिनी सिकर्मीका छोरा त हुन्, होइनन् र ? तिनकी आमा मरियम अनि तिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा हुन् !
\v 56 र तिनका बहिनीहरू पनि यहाँ हाम्रो नगरमा बसोबास गर्छन् । यसैले कसरी तिनले सिकाउन सक्‍ने भए र यी सबै चमत्कारहरू गर्छन् ?”
\s5
\v 57 येशूसँग त्‍यस्‍तो अधिकार भएको कुरालाई त्‍यहाँ भएका मानिसहरूले स्‍वीकार गरेनन् । यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई र अरू अगमवक्‍ताहरूलाई हामी जाने हरेक ठाउँमा मानिसहरूले आदर गर्छन्, तर हाम्रा आफ्‍ना नगरहरूमा हाम्रो आदर हुँदैन, र हाम्रो आफ्‍नै परिवारहरूले पनि हाम्रो आदर गर्दैनन् !”
\v 58 येशूले त्‍यहाँ धेरै आश्‍चर्य कामहरू गर्नुभएन किनभने उहाँसँग त्‍यस्‍तो अधिकार भएको कुरामा मानिसहरूले विश्‍वास गरेनन् ।
\s5
\c 14
\p
\v 1 त्‍य समयमा येशूले आश्‍चर्य कामहरू गर्दै हुनुहुन्छ भन्‍ने बारेमा शासक हेरोद एन्टीपासले खबर सुने ।
\v 2 तिनले आफ्‍ना सेवकहरूलाई भने, “त्यो बप्‍तिस्‍मा दिने यूहन्‍ना हुनुपर्छ । ऊ मृत्युबाट जीवित भएको हुनुपर्छ, र त्‍यसैले उसँग यी आश्‍चर्य कामहरू गर्ने शक्‍ति छ ।”
\s5
\v 3 हेरोदलाई यस्‍तो विचार यस घटनाले भएको थियो । हेरोदले आफ्नो भाइ फिलिप जीवित छँदै, फिलिपकी श्रीमती हेरोदियासलाई विवाह गरेका थिए ।
\v 4 यसैले यूहन्‍नाले तिनलाई यसो भनिरहे, “तपाईंले परमेश्‍वरको व्यवस्था विपरीत काम गर्नुभएको छ !” त्यसपछि, हेरोदियासलाई खुशी पार्न, हेरोदले यूहन्‍नालाई पक्रन आफ्ना सिपाहीहरूलाई भने । तिनीहरूले तिनलाई साङ्लाहरूले बाँधे र तिनलाई झ्यालखानमा हालिदिए ।
\v 5 हेरोदले यूहन्‍नालाई मार्न आफ्‍ना मानिसहरूलाई आदेश दिन चाहन्थे, तर तिनी मानिसहरूबाट डराए, किनभने यूहन्‍ना परमेश्‍वरको लागि बोल्ने अगमवक्‍ता थिए भनी तिनीहरू विश्‍वास गर्थे ।
\s5
\v 6 एक दिन, हेरोदले आफ्‍नो जन्मदिनको उत्सव मनाउनलाई एउटा भोज दिए, र तिनका पाहुनाहरूको लागि हेरोदियासकी छोरी नाचिन् । तिनको नाच देखेर हेरोद ज्यादै खुशी भए,
\v 7 यसैले तिनले जे मागे पनि दिने प्रतिज्ञा तिनले गरे, र तिनले यो प्रतिज्ञा गरेको कुराको साक्षी हुन तिनले परमेश्‍वरलाई विन्‍ती गरे ।
\s5
\v 8 यसैले हेरोदियासकी छोरी गइन् र तिनकी आमासँग के माग्‍ने भनी सोधिन् । तिनकी आमाले तिनलाई के भन्‍ने भनी सिकाइन् । यसैले तिनकी छोरी फर्केर गइन् र हेरोदलाई भनिन्, “म बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको काटेको र ऊ साँच्‍चै मर्‍यो भनेर देखाउन त्‍यो एउटा थालमा हालेर यहाँ ल्याएको चाहन्छु !”
\v 9 यतिबेला हेरोदियासकी छोरीले जे चाहन्थिन् त्यो दिन्‍छु भनी प्रतिज्ञा गरेकोमा राजा धेरै दुःखी भए । तर तिनले त्यो प्रतिज्ञा गरेको सुन्‍नलाई तिनले परमेश्‍वरमा विन्‍ती गरेको कारणले र तिनका सबै पाहुनाहरूले पनि तिनले त्‍यसो गरेको सुनेका हुनाले, जे तिनले भनेका थिए त्यो तिनले गर्नेपर्छ भन्‍ने तिनलाई लाग्यो । यसैले तिनले जे चाहन्थिन् त्यही गर्नलाई तिनले आफ्ना नोकरहरूलाई आदेश दिए ।
\s5
\v 10 तिनले आफ्‍ना सिपाहीहरूलाई झ्यालखान जान र यूहन्‍नाको शिर काट्न पठाए ।
\v 11 तिनीहरूले त्‍यसै गरे, र तिनीहरूले यूहन्‍नाको शिर थालमा राखे र त्‍यो केटीकहाँ ल्याए । तब त्यो केटीले त्‍यसलाई आफ्नी आमाकहाँ लिएर गइन् ।
\v 12 पछि यूहन्‍नाका चेलाहरू झ्यालखानमा गए, र यूहन्‍नाको शरीर लगे र त्‍यो दफन गरे । त्यसपछि तिनीहरू गए र जे भएको थियो त्‍यो येशूलाई भने ।
\s5
\v 13 येशूले त्‍यो समाचार सुनेपछि, उहाँ चेलाहरूलाई मात्र आफूसँग लिनुभयो र डुङ्गाद्वारा गालीलको समुद्र तरेर कुनै मानिस नबसेको एउटा ठाउँमा जानुभयो । उहाँहरू कहाँ जानुभएको थियो भनी भीडले सुनेपछि, तिनीहरूले आफ्ना नगरहरू छाडे र समुद्रको किनारै किनार हिंडेर उहाँहरूको पछि लागे ।
\v 14 जब येशू समुद्रको किनारमा आउनुभयो, एउटा ठुलो भीिडले उहाँलाई पर्खिरहेको उहाँले देख्‍नुभयो । तिनीहरूका निम्‍ति उहाँ दुःखी हुनुभयो, र तिनीहरूका माझमा भएका बिरामी मानिसहरूलाई उहाँले निको पार्नुभयो ।
\s5
\v 15 जब साँझ पर्नै लाग्‍यो, चेलाहरू येशूकहाँ आएर भने, “यो ठाउँमा कोही पनि बस्दैनन्, र यतिबेला धेरै ढिलो भइसक्यो । भीडलाई यहाँबाट जानलाई भन्‍नुहोस् जसले गर्दा तिनीहरू नजीिकको नगरहरूमा खानेकुरा किन्‍न सक्‍छन् ।”
\s5
\v 16 तर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “खाना पाउनलाई तिनीहरू यहाँबाट जान पर्दैन । बरु, तिमीहरू आफैँले तिनीहरूलाई खानालाई केही कुरा देओ !”
\v 17 चेलाहरूले भने, “तर यहाँ हामीसँग पाँचवटा रोटीहरू र दुईवटा पकाइएका माछाहरू मात्र छन् !”
\v 18 उहाँले भन्‍नुभयो, “तिनीहरूलाई मकहाँ ल्याओ !”
\s5
\v 19 येशूले त्यहाँ जम्मा भएका मानिसका भीडलाई घाँसमाथि बस्‍न भन्‍नुभयो । त्यसपछि उहाँले पाँच रोटी र दुई वटा माछा लिनुभयो । उहाँले स्वर्गतिर माथि हेर्नुभयो, र तिनीहरूका निम्‍ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो र तिनीहरूलाई टुक्राहरूमा भाँच्‍नुभयो । त्यसपछि उहाँले ती टुक्राहरू आफ्‍ना चेलाहरूलाई दिनुभयो र तिनीहरूले ती भीिडलाई बाँडे ।
\v 20 सबै मानिसहरूले तिनीहरू नअघाउन्जेल खाए । त्यसपछि केही मानिसहरूले उब्रेक टुक्राहरू जम्मा पारे र तिनीहरूबाट बाह्र थुन्‍से भरे ।
\v 21 त्यो समयमा स्‍त्रीहरू र बाल-बालिकालाई नगन्‍दा करीब पाँच हजार मानिसहरूले खाए !
\s5
\v 22 त्यो घटना हुने बित्तिकै, येशूले चेलाहरूलाई डुङ्गामा चड्न र उहाँ भन्दा अगाडि गालील समुद्रको पारीपट्टि जान भन्‍नुभयो । त्यसैबेला, उहाँले भीडलाई घर पठाउँदै हुनुहुन्थ्यो ।
\v 23 उहाँले भीडलाई टाढा पठाएपछि, उहाँ एक्लै प्रार्थना गर्न डाँडामा जानुभयो । साँझ पर्दैगर्दा उहाँ अझै त्यहाँ एक्लै हुनुहुन्थ्यो ।
\v 24 यतिबेलासम्म चेलाहरू किनारबाट धेरै टाढा गइसकेका थिए । चेलाहरूले डुङ्गा चलाएर जाँदै गर्दा विपरीत दिशाबाट धेरै जोडले हावाहुरी चल्‍दैथियो । हावाहुरीले धेरै ठूला-ठूला छालहरू उठेर समुद्रको डुङ्गामा अगाडि र पछाडिबाट ठोकिंदै थियो ।
\s5
\v 25 त्यसपछि येशू डाँडाबाट तल समुद्रमा आउनुभयो । बिहान तीनदेखि छ बजेको बीचमा कुनैबेला येशू समुद्रमाथि हिंँड्दै डुङ्गातिर आउनुभयो ।
\v 26 जब चेलाहरूले उहाँलाई पानीमा हिंडेर आउँदै गरेको देखे, तिनीहरूले उहाँलाई एउटा भूत हुनुपर्छ भनी विचार गरे । तिनीहरू भयभीत भए र डरमा तिनीहरू ठुलो स्वरले चिच्‍याए ।
\v 27 येशूले तुरन्तै तिनीहरूलाई भन्‍नुभयो, “साहस गर ! यो म हुँ । नडराओ !”
\s5
\v 28 पत्रुसले उहाँलाई भने, “प्रभु, त्‍यो तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिंडेर तपाईंकहाँ आउनलाई भन्‍नुहोस् !”
\v 29 येशूले भन्‍नुभयो, “आऊ !” यसैले पत्रुस डुङ्गाबाट बाहिर निस्के । तिनी पानीमाथि येशूतिर हिंडे ।
\v 30 तर जब पत्रुसले जोडसित चलेको हावाहुरीतिर ध्यान दिए, तिनी डराए । तिनी पानीमा डुब्‍न लागे र कराए, “प्रभु ! मलाई बचाउनु होस् !”
\s5
\v 31 तुरून्‍तै येशूले आफ्नो हात लानुभयो र पत्रुसलाई समात्‍नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले मेरो शक्‍तिमा थोरै मात्रै विश्‍वास गर्छौ ! मैले तिमीलाई पानीमा डुब्‍नबाट बचाउन सक्छु भन्‍ने कुरामा किन शङ्का गर्‍यौ ?”
\v 32 त्यसपछि येशू र पत्रुस डुङ्गामा जानुभयो र तुरन्तै हावाहुरी चल्‍न तुरून्‍तै रोकियो ।
\v 33 डुङ्गामा भएका सबै चेलाहरू येशूको अगाडि घोप्‍टो परे र भने, “तपाईं साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्छ !”
\s5
\v 34 जब उहाँहरू डुङ्गामा तालमा अलि अगाडि जानुभएको थियो, उहाँहरू गनेसरेतको नगरको किनारमा पुग्‍नुभयो ।
\v 35 त्यस इलाकाका मानिसहरूले येशूलाई चिने, यसैले येशू आउनु भएको थियो भनी खबर दिनलाई त्यो सम्‍पूर्ण क्षेत्रमा बसोबास गर्नेहरूकहाँ तिनीहरूले मानिसहरू पठाए । यसैले मानिसहरूले बिरामी भएका हरेकलाई येशूकहाँ ल्याए ।
\v 36 बिरामी मानिसहरूले उहाँलाई, वा उहाँको वस्‍त्रको छेउलाई मात्र भए पनि छुन पाउनलाई तिनीहरूले उहाँसँग बिन्‍ती गरिरहे, जसले गर्दा तिनीहरू निको हुन सक्‍थे । उहाँलाई र उहाँको वस्‍त्रको छेउलाई छुने हरेक व्‍यक्ति निको भए ।
\s5
\c 15
\p
\v 1 त्यसपछि कोही फरिसीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरू येशूसित कुरा गर्न यरूशलेमबाट आए । तिनीहरूले भने,
\v 2 “तपाईंका चेलाहरूले हाम्रा पूर्खाहरूको परम्‍परा नमानेको हामी देख्‍छौं ! तिनीहरूले खाना खानु भन्दा अघि आफ्‍ना हातहरू धुने रीति तिनीहरूले ठीक किसिमले पूरा गर्दैनन् !”
\v 3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “अनि तिमीहरूका आफ्‍ना पुर्खाहरूले तिमीहरूलाई सिकाएको कुरा मानेर तिमीहरूले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरेको म देख्‍छु !
\s5
\v 4 परमेश्‍वरले यी दुई आज्ञाहरू दिनुभयोः ‘आफ्नो बुबा र आफ्‍नो आमाको आदर गर, र ‘आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्‍ने मानिसहरू मारिनुपर्छ ।’
\v 5 तर तिमीहरू मानिसहरूलाई भन्छौ, ‘तिमीहरूले आफ्ना बुबा वा आमालाई भन्‍न सक्छौ, “तपाईंको खाँचो पूरा गर्न मैले तपाईंलाई दिन आँटको कुरा, अब मैले परमेश्‍वरलाई दिने प्रतिज्ञा गरेको छु ।”’
\v 6 जब तिमीहरूले त्यसो गर्छौ, तिमीहरूले आफ्ना बुबाआमालाई केही पनि दिनुपर्दैन भनी तिमीहरू विचार गर्छौ । यसरी, तिमीहरूका पूर्खाहरूले तिमीहरूलाई सिकाएको कुरा पालन गर्नलाई, परमेश्‍वरले दिनुभएको आज्ञालाई तिमीहरू उलङ्घन गर्छौ !
\s5
\v 7 तिमीहरू असल हुने बहाना मात्र गर्छौ ! जब यशैयाले तिमीहरूको पूर्खाहरूका बारेमा परमेश्‍वरका विचारहरू बोले, तब तिनले पनि तिमीहरूका बारेमा सत्य भने ।
\v 8 ‘यी मानिसहरू तिनीहरूले मलाई आदर गरेजस्तो कुरा गर्छन्, तर तिनीहरूले मेरो बारेमा वास्‍ता गर्दैनन्,
\v 9 तिनीहरूले मेरो आराधना गर्नु व्यर्थ हो, किनभने मानिसहरूले जे विचार गर्छन् ती नै आधिकारप्राप्‍त शिक्षाहरू हुन् भनी तिनीहरूले मानिसहरू सिकाउँछन् ।
\s5
\v 10 त्‍यसपछि येशूले फेरि भीडलाई आफ्नो नजीक बोलाउनु भयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई भन्‍न लागेको कुरा सुन र त्‍यसलाई बुझ्‍ने कोशिश गर । ”
\v 11 एकजना व्‍यक्तिले खानलाई आफ्नो मुखभित्र हाल्‍ने कुनै पनि कुराले उसलाई दुषित बनाउँदैन । बरु, मानिसहरूले जे भन्छन् - तिनीहरूका मुखबाट निस्‍कने शब्‍दहरू त्‍यसले एकजना व्‍यक्तिलाई बेइजत बनाउँछ ।”
\s5
\v 12 पछि चेलाहरू येशूकहाँ गए र भने, “के तपाईंलाई थाहा छ कि फरिसीहरूले तपाईंले भनेका कुरा सुने र तपाईंसँग रिसाए ?”
\v 13 अनि येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गमा हुनुहुने मेरो पिताले आफूले जे भन्‍नुहुन्‍छ त्‍यसको विरुद्धमा शिक्षाहरू सिकाउने सबैलाई हटाउनुहुने छ, जसरी एउटा किसानले आफूले नारोपेको बिरुवाहरूलाई तिनीहरूका जरैसमेत उखालेर हटाउँछ ।”
\v 14 फरिसीहरूलाई कुनै ध्यान नदेओ । परमेश्‍वरले दिनुहुने आज्ञा बुझ्‍न तिनीहरूले मानिसहरूलाई मद्दत गर्दैनन्, जसरी एउटा दृष्‍टिविहीन मार्गदर्शकले दृष्‍टिविहीन मानिसहरूलाई आफू कता हिंड्नुपर्छ भनी मद्दत गर्दैन । अन्‍यथा, तिनीहरू सबै एउटै खाल्डोमा पर्छन् ।”
\s5
\v 15 पत्रुसले येशूलाई भने, “एकजना व्‍यक्तिले खानेकुराको दृष्‍टान्तको बारेमा हामीलाई व्‍याख्‍या गरिदिनुहोस् ।”
\v 16 येशूले तिनलाई जवाफ दिनुभयो, “म जे सिकाउँछु त्यो तिमीहरूले निश्‍चितरूपमा बुझ्‍नुपर्छ, तर तिमीहरूले बुझ्दैनौ भन्‍दा म निराश हुन्‍छु ।
\v 17 तिमीहरूले बुझ्‍नुपर्छ कि मानिसहरूले जे खाए पनि तिनीहरूको पेटमा जान्छ, र पछि जे बाँकी रहन्छ त्‍यो तिनीहरूका शरीरहरूबाट बाहिर जान्छ ।
\s5
\v 18 त्‍यसको साटोमा, मुखले बोल्‍ने खराब शब्दहरूको करणले परमेश्‍वरले एकजना व्‍यक्तिलाई तिरस्‍कार गर्नुहुन्छ, किनभने त्‍यस व्‍यक्तिले आफ्‍नो अन्‍तस्‍करणमा विचार गर्ने दुष्‍ट कुराहरूबाट नै तिनीहरू बाहिर निस्‍कन्‍छन् ।
\v 19 मानिसहरूको अन्‍तस्‍करणको करणले नै तिनीहरूलाई दुष्‍ट कुराहरू विचार गर्ने, मानिसहरूको हत्या गर्ने, व्यभिचार गर्ने, यौनका पापहरू गर्ने, चीजबीजहरू चोर्ने, झुटो गवाही दिने र अरूहरूको बारेमा खराब बोल्ने बनाउँछ ।
\v 20 यी नै कामहरूले गर्दा मानिसहरू परमेश्‍वरको निम्‍ति ग्रहणयोग्‍य छैनन् भनी उहाँले विचार गर्नुहुन्‍छ । तर नाधोएको हातले खाना खाने कुराले परमेश्‍वरले मानिसलाई इन्कार गर्नहुन्‍न ।”
\s5
\v 21 पछि येशूले चेलाहरूलाई लिनुभयो र गालील जिल्ला छोड्‍नुभयो, उहाँहरू सबैजना टायर र सिदोन शहरहरू भएका क्षेत्रमा जानुभयो ।
\v 22 त्यस क्षेत्रमा बसोबास गर्ने कनानी समूहका मानिसहरूका एकजना स्‍त्री येशूकहाँ आइन् । तिनले निरन्तर कराई राखिन्, “प्रभु, तपाईं दाऊद राजाका सन्‍तान हुनुहुन्छ, तपाईं ख्रीष्‍ट हुनुहुन्छ ! म र मेरी छोरीलाई कृपा गर्नुहोस् ! तिनले असाध्‍ये दुःख पाएकी छिन् किनभने दुष्‍ट आत्माले तिनलाई नियन्‍त्रण गर्छ ।”
\v 23 तर येशूले तिनलाई कुनै जवाफ नै दिनुभएन । चेलाहरूले उहाँलाई भने, “तिनलाई जान भन्‍नुहोस् किनकि तिनले हामीहरू हिंड्‍दैगर्दा हाम्रो पछिपछि कराउँदै आएर हामीहरूलाई झर्को लगाई रहन्छिन् ।”
\s5
\v 24 येशूले तिनलाई भन्‍नुभयो, “परमेश्‍वरले मलाई इस्राएलका मानिसहरूकहाँ मात्र पठाउनु भएको छ, किनकि तिनीहरू बाटो बिराएका भेडाहरू जस्ता छन् ।”
\v 25 तर स्‍त्री येशूको नजीक आइन् र उहाँको सामु घुँडा टेकिन् । तिनले बिन्‍ती गरिन्, “प्रभु, मलाई मद्दत गर्नुहोस् !”
\v 26 त्‍यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “आफ्‍ना छोराछोरीका लागि तयार पारेको खाना लिनु र घरका सा-साना कुकुरहरूका लागि त्‍यो फालिदिनु कसैका निम्‍ति पनि असल हुँदैन ।”
\s5
\v 27 तर ती स्‍त्रीले जवाफ दिइन, “प्रभु, तपाईंले भन्‍नुभएको ठीक हो, तर सा-साना कुकुरहरूले पनि त तिनीहरूका मालिकहरूले आफ्ना टेबलहरूमा बस्‍दा र खाँदा झर्ने टुक्राहरू खान्छन् !”
\v 28 तब येशूले तिनलाई भन्‍नुभयो, “ए स्‍त्री, तिमीले मलाई पक्‍कारूपले विश्‍वास गरेको कारणले, तिमीले इच्‍छा गरेजस्तै म तिम्रो छोरीलाई निको पार्ने छु !” त्यसै क्षणमा दुष्‍ट आत्‍माले तिनको छोरीलाई छोड्यो, र तिनी निको भइन् ।
\s5
\v 29 त्‍यसपछि येशू र उहाँका चेलाहरू त्यो इलाकाबाट गालील समुद्रतर्फ फर्केर जानुभयो । अनि येशू त्यहाँ नजिकैको डाँडामा उक्लनुभयो र मानिसहरूलाई सिकाउनलाई बस्‍नुभयो ।
\v 30 अरू दुईदिन ठुला भीडहरू उहाँकहाँ आइ रहे र लङ्डा, कुँजा र दृष्‍टिविहीन मानिसहरू, बोल्न नसक्‍ने मानिसहरू र विभिन्‍न बिरामी परेका धेरैजना अरूहरूलाई ल्‍याए । तिनीहरूले उनीहरूलाई येशूको सामु राखे जसले गर्दा उहाँले तिनीहरूलाई निको पार्न सक्‍नुहुन्‍थ्‍यो । र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
\v 31 उहाँले बोल्न नसक्‍ने, कुँजा मानिसहरू, लङ्डा मानिसहरू र दृष्‍टिविहीन मानिसहरूलाई निको पार्नुभएको भीडले देखे र आश्‍चर्य चकित भए । तिनीहरूले भने, “परमेश्‍वरको प्रशंसा होस्, जसले इस्राएलमा हामीमाथि राज्‍य गर्नुहुन्छ !”
\s5
\v 32 त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मानिसहरू यो भीड मसँग तीन दिनदेखि छ र खानको लागि केही छैन । म तिनीहरूप्रति दुःखी छु । तिनीहरू भोकै भएको अवस्‍थामा म तिनीहरूलाई पठाउँन चाहन्‍न, किनकि मैले त्यसो गरें भने, तिनीहरू घर जाने बाटोमा नै बेहोस् हुन सक्छन् ।”
\v 33 चेलाहरूले उहाँलाई भने, “यो ठाउँमा कोही पनि बस्दैन, यति ठूलो भीडलाई खुवाउनलाई हामीले सायद येथेष्‍ट भोजन पाउन सक्दैनौं !”
\v 34 यशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन् ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “हामीसँग सातवटा साना रोटीहरू र केही पकाएका सा-साना माछा छन् ।”
\v 35 तब येशूले मानिसहरूलाई जमीनमा बस्‍न भन्‍नुभयो ।
\s5
\v 36 उहाँले सातवटा रोटीहरू र माछा लिनुभयो । उहाँले तिनीहरूका निम्‍ति परमेश्‍वरलाई भन्यवाद दिनुभएपछि, उहाँले तिनीहरूलाई टुक्रा पार्नुभयो र ती चेलाहरूलाई दिंदै जानुभयो । तब चेलाहरूले भीडलाई ती बाँडिरहे ।
\v 37 येशूले खानालाई आश्‍चर्यपूर्ण किसिमले बढाइदिनुबएको कारणले, ती सबै मानिसले खाए र तिनीहरूलाई सन्तुष्‍ट हुनलाई प्रशस्त भयो । त्‍यसपछि चेलाहरूले बाँकी रहेका खानाका टुक्राहरू जम्‍मा पारे, र तिनीहरूले ती टुक्राहरूले सातवटा ठूला थुन्‍सेहरू भरे ।
\v 38 त्यहाँ चार हजार पुरुषहरू थिए जसले खाए, तर स्‍त्रीहरू र केटाकेटीहरूले पनि खाए जसलाई कसैले गरेनन् ।
\v 39 येशूले भीडलाई टाढा पठाउनु भएपछि, उहाँ र चेलाहरू डुङ्गामा चढ्नुभयो र मगादान क्षेत्रमा तालको वरिपरि यात्रा गर्नुभयो ।
\s5
\c 16
\p
\v 1 केही फरिसीहरू र सदुकीहरू येशूकहाँ आए र उहाँलाई भने, “परमेश्‍वरले तपाईंलाई साँच्‍चै नै हामीकहाँ पठाउनुभयो भनी हामीहरूलाई देखाउनुहोस् ! आकाशमा एउटा आश्‍चर्य काम गर्नुहोस् र हामीलाई विश्‍वस्‍त पार्न उहाँको शक्‍ति प्रयोग गर्नुहोस् !”
\v 2 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हाम्रो देशमा, साँझमा आकाश रातो छ भने, हामी भन्छौं, ‘भोलिको मौसम राम्रो हुने छ ।’
\s5
\v 3 तर बिहानमा आकाश रातो छ भने, हामी भन्छौं, ‘आज आँधीहुरीको मौसम हुने छ ।’ आकाशलाई हेरेर मौसम कस्तो हुने छ भनी तिमीहरू भन्‍न सक्छौ, तर यतिबेला तिमीहरूले आफ्‍ना वरिपरि भइरहेका कुराहरू देखेर पनि, परमेश्‍वरले के गर्दै हुनुहुन्छ भनी तिमीहरू बुझ्दैनौ ।
\v 4 मैले गरेका अचम्मका कामहरू तिमी दुष्‍ट मानिसहरूले देखेका छौ, तर तिमीहरू विश्‍वासयोग्य भएर परमेश्‍वरको आराधना गर्दैनौ । यसैले योना अगमवक्‍ता जसले एउटा ठूलो माछाको पेटभित्र तीन दिन बिताए तर फेरि बाहिर आएको आश्‍चर्य काम बाहेक अर्को आश्‍चर्य काम म तिमीहरूका लागि गर्ने छैन ।” त्यसपछि येशूले तिनीहरूलाई छाड्नुभयो र आफ्‍ना चेलाहरूसँगै डुङ्गामा जानुभयो ।
\s5
\v 5 उहाँहरू सबैजना डुङ्गा चडेर गालील समुद्रको अर्कोपट्टी जानुभयो । तब चेलाहरूले खानलाई आफूसँग कुनै पनि कुरा लानलाई बिर्सेको कुरा तिनीहरूलाई महसुस भयो ।
\v 6 त्यो क्षणमा येशूले तिनीहरूलाई भन्‍नुभयो, “फरिसीहरू र सदुकीहरूले तिमीहरूलाई दिन खोजेको खमीरलाई ग्रहण नगर्न सावधान होओ । ”
\v 7 येशूले तिनीहरूलाई जे भन्‍नुभएको थियो, त्यसको अर्थ तिनीहरूले बुझ्‍ने कोशिश गरे, र तिनीहरूले एक आपसमा भने, “हामीले खानलाई कुनै कुरा पनि ल्याउन बिर्सिएको कारणले उहाँले त्‍यसो भन्‍नुभएको हुनुपर्छ !”
\v 8 तर तिनीहरू के भन्दै छन् भनी येशूले जान्‍नुहुन्‍थ्‍यो र तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले रोटी ल्याउन बिर्सिएको कारणले मैले फरिसीहरू र सदुकीहरूका खमीरको कुरा गरें भनी तिमीहरूले विचार गर्दा म निराश हुन्‍छु । म तिमीहरूका निम्ति अति थोरै मात्र गर्न सक्‍छु भनी तिमीहरू विश्‍वास गर्छौ ।”
\s5
\v 9 म खाना खाने कुराको बारेमा चिन्तित भएको छु भनी विचार नगर । कसरी मैले पाँच वटा रोटीले पाँच हजारलाई खुवाएको थिए, वा बाँकी भएको कति थुन्‍से खाना तिमीहरूले जम्मा पार्‍यौ, त्‍यो तिमीहरूले साच्‍चै बिर्सियौ ?
\v 10 अथवा मैले सात वटा साना रोटीहरूलाई बढाइदिएर चार हजार मानिसहरूले खाएको कुरा नि ? त्‍यतिबेला तिमीहरूले कति थुन्‍से रोटीका टुक्राहरू जम्मा गर्‍यौ ?
\s5
\v 11 मैले तिमीहरूलाई साँच्‍चिकै रोटीको बारेमा भनेको थिइन भनी तिमीहरूले बुझ्‍नुपर्ने हो । फरिसीहरू र सदुकीहरूले दिने खमीर तिमीहरू ग्रहण नगर ।”
\v 12 त्‍यसपछि येशूले रोटीमा हुने खमीरको बारेमा बोल्‍नुभएको थिएन भनी चेलाहरूले बुझे । त्यसको साटोमा, उहाँले फरिसीहरू र सदुकीहरूका गलत शिक्षाको बारेमा बोल्दै हुनुहुन्थ्यो ।
\s5
\v 13 जब येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पी शहरको नजिकैका क्षेत्रमा प्रवेश गर्नुभयो, उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “म, मानिसका पुत्रलाई मानिसहरू साँच्‍चै को हो भन्छन् ?”
\v 14 तिनीहरूले जवाफ दिए, “केही मानिसहरूले तपाईंलाई जीवित हुनुभएको बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन् । अरूहरूले तपाईं परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार स्वर्गबाट फर्केर आएका एलिया अगमवक्‍ता हो भन्‍छन् । अझै अरूहरूले तपाईंलाई यर्मिया अगमवक्‍ता हो वा धेरै अघि जीवन बिताएका अगमवक्‍ताहरूमध्‍ये एकजना फेरि जीवित भएर आएको हो भन्‍छन् ।
\v 15 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू नि ? तिमीहरू मलाई को हो भन्‍छौ ?”
\v 16 सिमोन पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ ! तपाईं सर्वशक्‍तिमान परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
\s5
\v 17 त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन, परमेश्‍वर तिमीसँग खुशी हुनुहुन्‍छ । तिमीले भर्खरै जे भन्यौो तिमीलाई यो कुनै मानिसले प्रकट गरेको होइन । त्यसको साटोमा, स्वर्गमा बस्‍नुहुने मेरो पिताले यो तिमीलाई प्रकट गर्नुभएको हो ।
\v 18 म तिमीलाई यो पनि भन्‍ने छुः तिमी पत्रुस हौ, जसको अर्थ ‘चट्टान’ हो । जसरी एउटा ठूलो चट्टानले भवनलाई आधार दिन्‍छ, त्‍यसरी नै ममा विश्‍वास गर्ने समूहको निम्ति तिमी आधार बन्‍ने छौ । र मृत्युको शक्‍ति पनि त्‍यसको विरुद्धमा खडा हुन सक्‍ने छैन ।”
\s5
\v 19 त्यसपछि उहाँले भन्‍नुभयो, “म तिमीलाई मानिसहरू परमेश्‍वरको स्‍वर्गको राज्य आउने बाटो खोल्न र बन्द गर्न सक्षम बनाउने छु । तिमीले पृथ्वीमा जे अनुमति दिन्‍छौ, परमेश्‍वरले स्वर्गमा अनुमति दिनुहुने छ । तिमीले पृथ्वीमा जे प्रतिबन्‍ध लगाउँछौ, परमेश्‍वरले स्वर्गमा प्रतिबन्‍ध लगाउनुहुने छ ।”
\v 20 त्यसपछि येशूले त्यतिबेला उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍न चेलाहरूलाई कडारूपमा चेतावनी दिनुभयो ।
\s5
\v 21 त्यो समयदेखि येशूले चेलाहरूलाई आफूलाई यरूशलेम शहरमा जानु आवश्यक छ भनी सिकाउन थाल्नुभयो । त्यहाँ शासन गर्ने एल्‍डरहरू, मुख्‍य पुजारीहरू र यहूदी व्‍यवस्‍था सिकाउने मानिसहरूले उहाँलाई दुःख दिने छन् र मार्ने छन् । तब त्‍यसको तीन दिनपछि, उहाँ फेरि जीवित हुनुहुने छ ।
\v 22 तर पत्रुसले येशूलाई छेउमा लगे र यी कुराहरू भन्‍नुभएको निम्‍ति उहाँलाई हप्‍काउन लागे । तिनले भने, “प्रभु, परमेश्‍वरले तपाईंलाई कदापि त्‍यस्‍तो हुन दिनुहुने छैन ! निश्‍चय नै त्यो हुनुहुँदैन !”
\v 23 तब पत्रुसलाई हेर्न येशू फर्कनुभयो, र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो नजरबाट हटिजा, किनकि तँद्वारा शैतान बोल्दै छ । तैंले मलाई पापमा पार्ने कोशिश गर्दै छस् । तैंले परमेश्‍वरले गर्नुहुने विचार होइन, तर मानिसले गर्ने विचार मात्र गर्दै छस् !”
\s5
\v 24 त्यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कसैले ममा विश्‍वास गर्ने इच्‍छा गर्छ भने, उसले आफ्‍ना इच्‍छाहरू र उद्देश्यहरू छोड्नुपर्छ, र उसले आफ्‍नो क्रुस उठाउनुपर्छ, र म जता जान्‍छु त्‍यतै जानुपर्छ ।
\v 25 जसले आफ्नो जीवन बचाउने कोशिश गर्छ भने, आफ्‍नो जीवन बचाउनुको साटोमा, त्‍यसले त्यो गुमाउने छ । तर जसले मेरो निम्‍ति आफ्नो जीवन गुमाउँछ, त्यसले आफ्‍नो जीवन पाउने छ ।
\v 26 एकजना व्‍यक्तिको निम्‍ति उसले यस संसारमा इच्‍छा गरेका सबै कुरा प्राप्‍त गर्छ, तर उसले आफ्‍नो जीवन गमाउँछ भने, के असल हुन्छ र ? मनिसले आफ्‍ना धनदौलतमा तेस्‍तो के नै कमाउँछ जुन उसको आफ्‍नै जीवन जत्तिकै मूल्‍यवान हुन्‍छ ?
\s5
\v 27 ध्यान दिएर सुन ! म, मानिसको पुत्रले, यस पृथ्वीलाई छोड्ने छु, तर म फर्किने छु, र स्वर्गका स्वर्गदूतहरू मेरो साथमा हुने छन् । त्यो समयमा मेरो पितासँग भएको महिमाको ज्‍योति मसँग हुने छ, र हरेक व्‍यक्तिले यस संसारमा जीवित हुँदा तिनीहरूले जे काम गरे त्यसअनुसार म तिनीहरूलाई इनाम दिने छु ।
\v 28 ध्यान दिएर सुन ! तिमीहरू जो अहिले यहाँ भएकाहरूमध्‍ये कसैले मलाई, स्वर्गबाट आएको एकजनालाई, म राजा भएर फेरि आउँदा देख्‍ने छौ । तिमीहरूको मृत्‍यु हुनुअघि तिमीहरूले यो देख्‍ने छौ !”
\s5
\c 17
\p
\v 1 येशूले त्‍यसो भनेको एक हप्‍तापछि, उहाँले पत्रुस, याकूब र यकूुबका भाइ यूहन्‍नालाई लिनुभयो, र तिनीहरूलाई एउटा अग्‍लो पहाडमाथि लानुभयो जहाँ तिनीहरू अरू मानिसहरूबाट टाढा थिए ।
\v 2 उहाँहरू त्यहाँ हुँदा, यी तीन चेलाहरूले येशूको स्‍वरूप परिवर्तन भएको देखे । उहाँको अनुहार सूर्यजस्तै चम्‍कियो, र उहाँको वस्‍त्र चम्कियो र त्‍यो ज्योतिजस्तै चहकिलो भयो ।
\s5
\v 3 अचानक मोशा र एलिया, जो धेरै वर्ष पहिलेका महत्त्‍वपूर्ण अगमवक्‍ताहरू थिए, त्यहाँ देखा परे र उहाँसँग कुरा गर्न लागे ।
\v 4 पत्रुसले तिनीहरूलाई देखे र येशूलाई भने, “प्रभु ! हामी यहाँ रहनु अति नै राम्रो हुन्छ ! मैले गरौं भनी तपाईं इच्‍छा गर्नुहुन्छ भने, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि, तीनवटा पालहरू म खडा गर्ने छु ।”
\s5
\v 5 पत्रुसले बोल्दै गर्दा एउटा चम्किलो बादल तिनीहरूमाथि आयो । बादलको भित्रबाट परमेश्‍वरले येशूको बारेमा बोल्‍नुभएको तिनीहरूले सुने । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यिनी मेरा पुत्र हुन । यिनलाई म प्रेम गर्छु । यिनले मलाई प्रसन्‍न बनाउँछन् । यसैले तिमीहरूले यिनका कुरा सुनैपर्छ !”
\v 6 जब परमेश्‍वरले बोल्‍नुभएको तीनजना चेलाहरू सुने, तिनीहरू अत्‍यन्‍त डराए । परिणामस्वरूप, तिनीहरू जमीिनमा घोप्‍टो परे ।
\v 7 तर येशू तिनीहरूकहाँ जानुभयो र तिनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “खडा होओ ! अब अरू नडराओ !”
\v 8 र जब तिनीहरूले माथितिर हेरे, तिनीहरूले येशूलाई मात्र देखे जो अझै त्यहाँ हुनुहुन्‍थ्‍यो ।
\s5
\v 9 उहाँहरू पहाडबाट तलतिर आउँदै गर्नुहुँदा, येशूले तिनीहरूलाई सुझाव दिनुभयो, “पहाडमाथि तिमीहरूले जे देख्‍यौ त्‍यो, म, मानिसको पुत्रलाई परमेश्‍वरले मेरो मृत्‍युपछि फेरि जीवित नबनाउनुभएसम्‍म कसैलाई पनि नभन ।”
\v 10 ती तीनजना चेलाहरूले येशूलाई सोधे, “तपाईंले भन्‍नुभएको कुरा सत्‍य हो भने, ख्रीष्‍ट आउनुअघि एलियालाई पृथ्‍वीमा फेरि आउनु आवश्‍यक छ भनि यहूदी व्‍यवस्‍था सिकाउने मानिसहरूले किन भन्‍छन् ?”
\s5
\v 11 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “ख्रीष्‍टको आगमनको लागि धेरै मानिसहरूलाई तयार पार्न एलिया आउने छन् भनी परमेश्‍वरले प्रतिज्ञा गर्नुभको कुरा यो साँचो हो ।”
\v 12 तर यो कुरा ध्‍यान देओः एलिया पहिले नै आइसकेका छन् र हाम्रा अगुवाहरूले तिनलाई देखेका छन्, तर ख्रीष्‍टको अघि आउने व्‍यक्ति उनै हुन् भनी तिनीहरूले उनलाई चिनेनन् । बरु, तिनीहरूले आफूले इच्‍छा गरेकोजस्‍तै उनलाई खराब व्यवहार गरे । र तीनै शासकहरूले म स्वर्गबाट आएको व्‍यक्तिलाई पनि चाँडै नै त्‍यसैगरी व्यवहार गर्ने छन् ।
\v 13 तब उहाँले एलियाको बारेमा बोल्दै गर्दा, उहाँले बप्‍तिस्‍मा दिने यूहन्‍नको बारेमा भन्‍नुभएको हो भनी तीनजना चेलाहरूले बुझे ।
\s5
\v 14 जब येशू र तीनजना चेलाहरू अरू चेलाहरू र जम्मा भएको भीड कहाँ फर्के, तब एकजना मानिस येशूकहाँ आए र उहाँको सामु घुँडा टेके ।
\v 15 तनले उहाँलाई भने, “सर, मेरो छोरालाई कृपा गर्नुहोस् र उसलाई निको पार्नुहोस् ! उसलाई छारे रोग लागेको छ र धेरै दुःख पाउँछ । यस रोगको कारणले ऊ धेरैपल्‍ट आगोमा र पानीमा लडेको छ ।”
\v 16 तपाईंका चेलाहरूले उसलाई निको पारून् भन्‍ने उदेश्‍यले मैले उसलाई तिनीहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन् ।
\s5
\v 17 येशूले जवाफ दिनुभयो, “तिमीहरू यस समयका मानिसहरूले परमेश्‍वरको शक्तिमा विश्‍वास गर्दै गर्दैनौ, तिमीहरू कति अलमलमा परेका छौ ! मैले गरेका काम तिमीहरूले गर्न सक्‍ने हुनलाई कहिलेसम्‍म म तिमीहरूसित रहनुपर्छ ? त्‍यस केटालाई यहाँ मकहाँ ल्याओ !”
\v 18 जब तिनीहरूले त्‍यस केटालाई येशूकहाँ ल्याए, छारे रोग गराउने त्‍यो दुष्‍ट आत्‍मालाई येशूले कडारूपमा हर्कानुभयो । परिणामस्‍वरूप, त्‍यस केटाबाट दुष्‍ट आत्‍मा बाहिर आयो, र त्‍यो समयदेखि त्‍यो केटो निको भयो ।
\s5
\v 19 पछि, येशू एक्‍लै हुनुहुँदा चेलाहरूमध्‍ये कोही उहाँको नजीक आए र उहाँलाई सोधे, “हामीले किन त्‍यो दुष्‍ट आत्‍मालाई भगाउन सकेनौ ?”
\v 20 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “किनभने तिमीहरूले परमेश्‍वरको शक्तिमा त्‍यति धेरै विश्‍वास गरेनौ ।
\v 21 यस कुरालाई विचार गरः रायोका दानाहरू धेरै साना हुन्‍छन् तर तिनीहरू बड्‍छन् र ठूला बोटहरू हुन्छन् । त्यसरी नै, तिमीहरूले एकदम थोरै विश्‍वास गर्छौ भने पनि तिमीहरूले परमेश्‍वरलाई गर्नुहोस् भनी जे उहाँलाई बिन्‍ती गर्छौ, कुनै पनि कुरा तिमीहरू गर्न सक्‍ने छौ ! तिमीहरूले यो पहाडलाई यसो भन्‍न सक्‍ने छौ, ‘यहाँबाट त्यहाँ सर ! र त्‍यसलाई तिमीहरूले जहाँ जा भन्‍यौ त्‍यो त्‍यहाँ जान्‍छ ।”
\s5
\v 22 चेलाहरू गालीलमा एकसाथ भेला भएको बेलामा, येशूले तिनीहरूलाई भन्‍नुभयो, “कसैले मलाई, मानिसको पुत्रलाई चाँडै नै अधिकारीहरूकहाँ सुम्‍पिदिने छ ।
\v 23 तिनीहरूले मलाई मार्ने छन्, तर मलाई मारिएको तेस्रो दिनमा, परमेश्‍वरले मलाई फेरि जीवित बनाउनु हुने छ ।” जब चेलाहरूले त्‍यो सुने, तिनीहरू धेरै उदास भए ।
\s5
\v 24 जब येशू र चेलाहरू कफर्नहुम शहरमा आउनुभयो, मन्दिरमा करहरू उठाउने मानिसहरू पत्रुसको नजीक आए र तिनलाई भने, “तिम्रो गुरुले मन्दिरको कर तिर्छन्, तिर्दैनन् र ?”
\v 25 तिनले उनीहरूलाई जवाफ दिए, “हो, उहाँले त्‍यो तिर्नुहुन्छ ।” जब चेलाहरू येशूको घरमा गए, पत्रुस बोल्न शुरू गर्नु अघि, येशूले तिनलाई भन्‍नुभयो, “सिमोन, तिम्रो विचारमा शासकहरूले राजस्व वा करहरू कसबाट उठाउँछन् ? तिनीहरूले आफ्नै देशका नागरिक वा आफूले जितेका देशका नागरिक कसबाट करहरू लिन्छन् ?”
\s5
\v 26 पत्रुसले उहाँलाई जवाफ दिए, “अरू देशका नागरिकबाट लिन्‍छन् । तब येशूले तिनलाई भन्‍नुभयो, “यसैले तिनीहरूका आफ्नै देशका नागरिकले करहरू तर तिर्नु पर्दैन ।
\v 27 तर जाऊ हाम्रो निम्‍ति कर तिर जसले गर्दा मन्दिरमा कर उठाउनेहरू हामीहरूसँग रिसाउने छैनन् । त्‍यो तिर्न पैसा प्राप्‍त गर्नको निम्ति, गालील समुद्रमा जाऊ, आफ्‍नो बल्‍छी हान, र तिमीले पक्रेको पहिलो माछो लेऊ । जब तिमीले त्‍यसको मुख खोल्‍छौ, तिमीले एउटा चाँदीको सिक्‍का भेट्टाउने छौ, जुन तिम्रो र मेरो कर तिर्नलाई पर्याप्‍त हुन्‍छ । त्‍यो सिक्‍का लेऊ र त्‍यो मन्दिरको कर उठाउनेहरूलाई देऊ ।”
\s5
\c 18
\p
\v 1 ठीक त्‍यसै समयमा चेलाहरूले येशूकहाँ आए र उहाँलाई सोधे, “परमेश्‍वरले स्‍वर्गबाट तपाईंलाई राजा बनाउनुहुँदा, हामीहरूमध्ये को सबभन्‍दा बढी प्रतिष्‍ठित हुने छौं ?”
\v 2 येशूले एउटा बालकलाई बोलाउनुभयो र उसलाई तिनीहरू माझमा राख्‍नुभयो ।
\v 3 उहाँ भन्‍नुभयो, “म तिमीहरूलाई सत्य भन्छुः तिमीहरू बदलिएनौ र साना बालबालिकाझैं विनम्र भएनौ भने, निश्‍चिय नै तिमीहरू स्‍वर्गको परमेश्‍वरको राज्‍यमा आउने छैनौ ।
\s5
\v 4 यस बालकलेझैं विनम्र हुने मानिसहरू नै स्‍वर्गबाट परमेश्‍वरले राज्‍य गर्नुहुँदा सबभन्‍दा बढी प्रतिष्‍ठित मानिसहरू हुने छन् ।
\v 5 अनि, जब मानिसहरूले मलाई प्रेम गरेको कारणले तिनीहरूले यस्‍तो एउटा बालकलाई स्वगत गर्छन्, तिनीहरूले मलाई नै स्‍वागत गर्दै छन् भनी परमेश्‍वर ठान्‍नुहुन्छ ।”
\v 6 “एकजना व्‍यक्तिले मलाई विश्‍वास गर्ने कसैलाई पापमा पार्छ भने, मानिसहरूले यो सानो बालकझैं प्रतिष्‍ठारहित भनी सोचेको व्‍यक्ति भए तापनि, परमेश्‍वरले निश्‍चय नै त्यस व्‍यक्तिलाई दण्ड दिनुहुने छ । कसैले त्‍यस व्‍यक्तिको घाँटीमा गह्रौ ढुङ्गा बाँधेर समुद्रको गहिरो भागमा फालेको भन्‍दा पनि नराम्रो दण्ड परमेश्‍वरले उसलाई दिनुहुने छ !
\s5
\v 7 अरूहरूलाई पाप गर्न लगाउने मानिसहरूलाई कति डरलाग्‍दो हुने छ । पाप गर्ने परीक्षाहरू सधैं आइरहन्‍छन्, तर अर्को व्‍यक्तिलाई पाप गर्न लगाउने कुनै पनि व्‍यक्तिलाई कति डरलाग्‍दो हुने छ ।
\v 8 यसैले तिमीहरूका हातहरू वा खुट्टाहरूमध्ये एउटालाई पाप गर्न प्रयोग गर्ने इच्छा हुन्‍छ भने, त्यो हात वा खुट्टालाई प्रयोग गर्न छोड ! तिमीहरूले त्‍यसलाई काटेर फालेपछि पाप गर्ने छैनौ भने काटेर फाल ! मानौं, तिमीहरूसँग दुवै हातहरू र दुवै खुट्टाहरू भएको र तिमीहरूका पापको कारणले परमेश्‍वरले तिमीहरूलाई नरकको अनन्त आगोमा फालेकोभन्‍दा तिमीहरूसँग एउटा हात वा एउटा खुट्टा मात्र भएको र परमेश्‍वरसँग सदासर्वदा बास गरेको कति धेरै असल हो ।
\s5
\v 9 हो र तिमीले देखेको कुराले तिमीलाई पाप गर्ने इच्छा हुन्‍छ भने, ती कुराहरू हेर्न छोड ! पाप गर्न छोड्‍नलाई तिमीहरूले आफ्‍ना आँखाहरूमध्‍ये एउटालाई निकाल्‍नु र त्‍यसलाई फाल्‍नुपर्छ भने निकालेर फाल । मानौं, तिमीहरूसँग दुवै आँखाहरू भएको र परमेश्‍वरले तिमीहरूलाई नरकको अनन्त आगोमा फालेकोभन्‍दा तिमीहरूसँग एउटा आँखा मात्र भएको र परमेश्‍वरसँग सदासर्वदा बास गरेको कति धेरै असल हो ।”
\s5
\v 10 “यी बालबलिकामध्‍ये एउटालाई पनि हेलाको दृष्‍टिले नहेर्न पक्‍का होओ । म तिमीहरूलाई साँच्‍चै भन्छु कि तिमीहरूले बालबलिकालाई दुर्व्‍यवहार गर्‍यौ भने तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरू सधैं मेरो पिताकहाँ जान्‍छन् र उहाँलाई खबर गर्छन् ।
\v 11 प्राचीन सर्वोत्‍कृष्‍ट पाण्‍डुलिपिमा पद ११ मेटिएको छ । किनकि मानिसको पुत्र हराएकोलाई बचाउन आयो ।
\s5
\v 12 यस्तो परिस्थितिमा तिमीहरूले गर्नेछौ भनी तिमीहरू विचार गर्छौ ? तिमीहरूसँग एक सयवटा भेडाहरू थिए र तीमध्ये एउटा हरायो भने, तिमीहरूले निश्‍चय नै डाँडातिर भएका उन्‍नानसय वटालाई छोड्छौ र जान्‍छौ र त्यो हराएको एउटालाई खोज्‍छौ, खोज्‍दैनौ र ?
\v 13 तिमीहरूले त्‍यसलाई भेट्टायौ भने, म पक्‍का भन्‍छु कि तिमीहरू धेरै आनन्‍दित हुन्‍छौ । उनान्सय वटा भेडाहरू नहराएकोमा तिमीहरूका खुशी हुन्छौ, तर तिमीहरूले हराएको भेडा भेट्टाएकोमा तिमीहरू अझै धेरै आनन्‍दित हुनेछौ ।
\v 14 जसरी गोठालोले आफ्नो एउटा भेडा पनि नहराओस् भन्‍ने इच्‍छा गर्छ, त्‍यसरी नै, स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले यी बालकहरूमध्ये एउटा पनि नरक नजाओस् भन्‍ने इच्‍छा गर्नुहुन्छ ।”
\s5
\v 15 “एकजना विश्‍वासी भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, ऊ एक्‍लै हुँदा तिमी उसकहाँ जाऊ, र तिम्रो विरुद्धमा पाप गरेकोले उसलाई हप्‍काऊ । त्यो व्‍यक्तिले तिम्रो कुरा सुन्छ र तिम्रो विरुद्धमा पाप गरेकोमा दुःखी हुन्छ भने, तिमी र ऊ फेरि एकपल्‍ट असल दाजुभाइ हुनेछौ ।
\v 16 यद्यपि त्‍यो व्‍यक्तिले तिम्रो कुरा सुन्दैन भने, जाऊ र एक वा दुई अरू विश्‍वासीहरू भेट्टाऊ । तिनीहरूलाई तिमीसँग लैजाऊ, जस्‍तो व्यवस्थाले भन्‍छ, “हरेक दोष प्रमाणित गर्न दुई वा तीन जना गवाहीहरू हुनुपर्छ ।”
\s5
\v 17 तिम्रो विरुद्ध पाप गर्नेले तिनीहरूलाई पनि सुन्दैन भने, सम्‍पूर्ण सभालाई त्यो कुरा भन ता कि तिनीहरूले उसलाई सच्याउन सक्‍छन् । र त्यो व्‍यक्तिले सभाको कुरा पनि सुन्दैन भने, जसरी तिमीहरूले अन्याजातिहरू र कर उठाउँनेहरूलाई आशाहीन पापीहरू ठानेर गर्छौ, त्‍यसरी नै उसलाई तिमीहरूका माझबाट बहिस्‍कार गर ।
\s5
\v 18 यो कुरा मनमा राखः तिमीहरूको सभाको एकजना सदस्यलाई दण्ड दिने वा नदिने बारेमा पृथ्वीमा तिमीहरूले जे निर्णय गर्छौ, स्वर्गमा हुनुहुने परमेश्‍वरद्वारा पनि त्यो निर्णय भएको हुन्छ ।
\v 19 यो कुरा पनि ध्यान देओः यहाँ पृथ्वीमा बसोबास गर्ने तिमीहरूमध्‍ये कमासेकम दुईजना एकसाथ सहमत भएर तिमीहरूले जुनसुकै कुराको निम्‍ति पनि बिन्‍ति गर्छौ भने, तिमीहरूले मागेको कुरा स्वर्गमा हुनुहुने मेरा पिताले दिनुहुनेछ ।
\v 20 यो सत्‍य हो, किनभने तिमीहरूले मलाई विश्‍वास गरेको कारणले जहाँ तिमीहरूमध्‍ये कमसेकम दुई वा तीनजना मेरो नाउँमा भेला हुन्छौ, म तिमीहरूसित हुन्छु ।”
\s5
\v 21 यसपछि पत्रुस येशूकहाँ आए र उहाँलाई भने, “मेरा विरुद्धमा पाप गरिरहने विश्‍वासीलाई मैले कतिपल्‍ट क्षमा गर्नुपर्छ ? उसलाई क्षमा गर्न मसँग उसले बिन्‍ती गरिरहन्‍छ भने, के मैले उसलाई सातपल्टसम्म पनि क्षमा गर्नुपर्छ ?”
\v 22 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍छु, तिमीले कसैलाई क्षमा गर्नुपर्ने संख्या सातपल्‍ट मात्र होइन, तर तिमीले उसलाई सत्तरी गुणा सात पल्‍ट क्षमा गर्नुपर्छ ।
\s5
\v 23 स्‍वर्गबाट परमेश्‍वरको राज्‍य एकजना राजा र तिनका अधिकारीहरू जस्तै हो । तिनका अधिकारीहरूले तिनलाई तिर्नुपर्ने ऋण तिनीहरूले तिरून् भन्‍ने तिनको इच्‍छा थियो ।
\v 24 यसैले राजाकहाँ ती अधिकारीहरू तिनीसितको आफ्ना हिसाबहरू मिलाउन आए । राजाकहाँ ल्‍याइएका अधिकारीहरूमध्ये एकजनाले तिनलाई दशहजार सुनको सिक्‍का तिर्नुपर्ने थियो ।
\v 25 तर राजालाई उसले तिर्नुपर्ने जति तिर्नलाई ऊसित येथेष्‍ट पैसा नभएको कारणले, ऊ, उसकी श्रीमती, छोराछोरी र उसका सबै धनदौलत अरू कसैलाई बेच्‍नु र राजाले उसलाई दिएको ऋण तिर्नु भनी राजाले हुकुम गरे ।
\s5
\v 26 त्यसपछि त्यो अधिकारीले त्‍यति ठूलो ऋण तिर्नलाई आफूसँग येथेष्‍ट पैसा छैन भनी जानेर राजाको अघि घुँडा टेक्‍यो र बिन्‍ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अन्तमा म तपाईंलाई सबै रकम तिर्नेछु ।’
\v 27 त्यो अदीकारीले त्यति ठूलो ऋण कहिल्यै तिर्न सक्‍ने छैन भन्‍ने जानेर राजा उसको निम्ति उनी दुःखी भए । यसैले तिनले उसको सबै ऋण माफ गरे र उसलाई छोडिदिए ।
\s5
\v 28 यसपछि त्यो अधिकारी राजाका अन्‍य अधिकारीहरूमध्ये एकजनाकहाँ गयो, जसले उसलाई एक वर्षको ज्यालाभन्दा अलि थोरै तिर्नु थियो । उसले त्‍यसको कठालो समात्‍यो र त्‍यसलाई झपार्न लाग्‍यो र त्‍यसलाई भन्यो, ‘तैँले मलाई तिर्नुपर्ने जेजेति छन् सबै तिर !
\v 29 त्यो अधिकारीले उसको अघि घुँडा टेक्‍यो र यसो भन्‍दै बिन्‍ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अन्तमा म तपाईंलाई सबै रकम तिर्नेछु ।’
\s5
\v 30 तर त्यस मानिसले पहिलो अधिकारीलाई तिर्नुपर्ने त्‍यो सानो रकमलाई उसले माफ गर्न अस्‍वीकार गरिगह्‍यो । त्‍यसको साटोमा, उसले त्‍यो अधिकारीलाई झयालखानमा हालिदियो र आफूले पउनुपर्ने सबै पैसा त्‍यसले नतिरून्‍जेल त्‍यसलाई त्‍यहीं बस्‍न भन्‍यो ।
\v 31 यस कुराको बारेमा जब राजाका अरू अधिकारीहरूले थाहा पाए, तिनीहरू अत्‍यन्‍तै दुःखी भए । यसैले तिनीहरू राजाकहाँ गए र जे भएको थियो त्‍यसको बारेमा सविस्‍तार खबर दिए ।
\s5
\v 32 तब राजाले त्यो अधिकारीलाई बोलाए जसले तिनको दशहजार सुनका सिक्‍का ऋण तिर्नुपर्ने थियो । तिनले उसलाई भने, तँ दुष्‍ट सेवक ! तैंले मलाई तिर्नुपर्ने ठूलो ऋण माफ गर्न तैंले मलाई बिन्‍ती गेरेको कारणले मैले तँलाई त्‍यसै गरें !
\v 33 जसरी मैले तँलाई कृपा गरें र तेरो ऋण माफ गरें, त्‍यसरी नै तैंले पनि आफ्‍नो अधिकारी मित्रलाई कृपा गर्नुपर्ने र तैंले पाउनुपर्ने ऋण माफ दिनुपर्ने थियो !
\s5
\v 34 राजा अत्‍यन्‍तै क्रोधित भए । तिनले त्‍यस अधिकारीलाई झ्याल्खानाका अधिकारीहरूका हातमा सुम्पिदिए, जसले त्‍यसले तिर्नुपर्ने सबै ऋण नतिरून्‍जेल त्‍यसलाई असह्‍य पीडा दिए ।”
\v 35 यसपछि येशूले लगातार यसो भन्‍नुभयो, “तिमीहरूका विरूद्धमा पापहरू गर्ने विश्‍वासीप्रति तिमीहरू कृपालु भएनौ र साँचो रुपले क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूलाई त्‍यसै गर्नुहुनेछ ।”
\s5
\c 19
\p
\v 1 येशूले त्यसो भन्‍नुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई लिनुभयो र गालील जिल्ला छोड्नुभयो । उहाँहरू यहूदिया जिल्ला भएको यर्दन नदीको पूर्वपट्टीको भागमा गए ।
\v 2 त्‍यहाँ ठुला भीडहरू उहाँको पछि लाग्‍यो, र तिनीहरूका माझमा भएका बिरामीलाई उहाँले निको पार्नुभयो ।
\s5
\v 3 केही फरिसीहरू उहाँको नजीक आए र उहाँलाई भने, “के हाम्रो यहूदी व्यवस्थाले एकजना मानिसलाई आफ्‍नो श्रीमतीसँग त्‍यागपत्र दिने अनुमति दिन्छ ?” उहाँसँग विवाद गर्ने उदेश्‍यले तिनीहरूले त्‍यो प्रश्‍न सोधे ।
\v 4 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले धर्मशास्‍त्र पढेका छौ, यसैले तिमीहरूलाई थाहा हुनुपर्छ, जब परमेश्‍वरले पहिलोपल्ट मानिसहरूको सृष्‍टि गर्नुभयो, ‘उहाँले एकजना पुरुष बनाउनुभयो, र उहाँले एकजना स्‍त्री बनाउनुभयो ।’
\s5
\v 5 त्यसले स्‍पष्‍ट हुन्‍छ कि परमेश्‍वरले किन सृष्‍टि गर्नुभयो, ‘त्‍यसकारणले एकजना पुरुषले आफ्‍ना बुबा आमालाई छोड्‍छ र आफ्‍नी श्रीमतीलाई विवाह गर्छ ।’ तिनीहरू दुवैजना एकै व्‍यक्तिजस्‍तो गरी एकसाथ तिनीहरू बस्‍नेछन्
\v 6 फलस्वरूप, तिनीहरू पहिले दुई छट्टाछुट्टै मानवका रूपमा काम गरे तापनि, अब तिनीहरू एउटै व्‍यक्ति जस्तै भएका छन् । त्यो कुरा सत्य भएको कारणले, एकजना पुरुषले आफ्नी श्रीमतीसँग अलग रहनुहुँदैन, जसलाई परमेश्‍वरले उसमा जोड्‍नुभएको छ ।”
\s5
\v 7 त्यसपछि परिसीहरूले उहाँलाई भने, “त्यो सत्य हो भने, मोशाले किन आज्ञा दिए कि आफ्नी श्रीमतीसँग त्‍यगपत्र दिन इच्‍छा गर्ने मानिसले तिनलाई उसले त्‍यगपत्र दिने कारण लेखेर त्‍यगपत्र दिन दिनुपर्छ, र त्‍यसपछि तिनलाई पठाउनुपर्छ ?”
\v 8 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यो तिमीहरूको पुर्खाहरूले जिद्दी गरेर आफ्नै उपायको इच्‍छा गरेकोले मोशाले तिनीहरूलाई आफ्नी श्रीमतीहरूलाई त्‍यगपत्र दिने अनुमति दिए, र तिमीहरू पनि तिनीहरू भन्दा फरक छैनौ । तर जब परमेश्‍वरले पहिले एकजना पुरुष र एकजना स्‍त्रीको सृष्‍टि गर्नुभयो, तिनीहरू एक अर्काबाट छुट्टिएर बसून् भन्‍ने विचारले उहाँले गर्नुभएन ।
\v 9 म तिमीहरूलाई जोडदाररूपमा भन्दैछु, कुनै पुरुषले, उसको श्रीमतीले व्यभिचार नगरेको अवस्‍थामा, आफ्नी श्रीमतीलाई त्‍यगपत्र दिन्छ र अर्की स्‍त्रीसँग विवाह गर्छ भने, परमेश्‍वरको विचारमा त्‍यसले व्यभिचार गर्छ ।”
\s5
\v 10 चेलाहरूले उहाँलाई भने, “त्यो कुरा साँचो हो भने, पुरुषहरूका निम्‍ति कदापि विवाह नगरेको असल हुन्‍छ !”
\v 11 उहाँले उत्तर दिनुभयो, “हरेक पुरुषले यो शिक्षालाई स्‍वीकार गर्न सक्तैन, परमेश्‍वरले स्‍वीकार गर्न सक्षम बनाउनुभएको पुरुषहरूले मात्र स्‍वीकार गर्न सक्‍छन् ।
\v 12 कोही मानिसहरू जन्मदेखि नै आफ्‍नो गुप्‍ताङ्गहरू दोषपूर्ण भएको कारणले गर्दा तिनीहरूले विवाह गर्दैनन् । अरू परुषहरूले तिनीहरू नपुङ्सक बनाइएका कारणले विवाह गर्दैनन् । अझै अरू पुरुषहरूले परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुँदा उहाँको असल सेवा गर्नको निम्‍ति विवाह नगर्ने निर्णय गर्छन् । तिमीहरू जसले विवाहको बारेमा मैले भनेका कुरा बुझ्‍न सक्‍छौ, त्‍यो ग्रहण गर्नुपर्छ र त्‍यो पालन गर्नुपर्छ ।”
\s5
\v 13 त्यसपछि येशूले साना बालबलिकमा आफ्‍नो हात राखेर तिनीहरूका निम्‍ति उहाँले प्रार्थना गरिदिनुहुनेछ भनी तिनीहरूलाई उहाँकहाँ ल्याइयो । तर त्‍यसो गरेकोमा चेलाहरूले मानिसहरूलाई झपारे ।
\v 14 येशूले भन्‍नुभयो, “बालबालिकालाई मकहाँ आउन देऊ, र तिनीहरूलाई नरोक ! स्‍वर्गको परमेश्‍वरको राज्‍य यिनीहरूजास्‍तै नम्र र विश्‍वासयोग्‍य मानिसहरू हो ।”
\v 15 त्यसपछि येशूले बालबालिकालाई आशीर्वाद दिनलाई तिनीहरूमा आफ्नो हात राख्‍नुभयो । तब उहाँले त्यो ठाउँ छोड्नुभयो ।
\s5
\v 16 येशू हिंड्‍दै गर्नुहुँदा, एकजना जवान मानिस उहाँको नजीक आए र उहाँलाई सोधे, “गुरुज्‍यू, परमेश्‍वरसँग सदासर्वदा बास गर्नको लागि मैले के असल कामहरू गर्नुपर्छ ?”
\v 17 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई के असल हो भनेर किन सोध्‍दैछौ ? एकजना मात्र असल हुनुहुन्‍छ र असल के हो साँच्‍चै जान्‍नुहुन्‍छ । उहाँ परमेश्‍वर हुनुहुन्छ । तर परमेश्‍वरसँग सदासर्वदा बस्‍ने इच्छाको बारेमा भएको तिम्रो प्रश्‍नको जवाफ दिनको निम्‍ति परमेश्‍वरले मोशालाई दिनुभएको आज्ञाहरू पालन गर्न म तिमीलाई भन्‍छु ।”
\s5
\v 18 त्यस मानिसले येशूलाई सोध्यो, “कुनकुन आज्ञाहरूलाई मैले पालन गर्नुपर्छ ?” येशूले उसलाई जवाफ दिनुभयो, “कुनै व्‍यक्तिको हत्या नगर, व्यभिचार नगर, चीजबीजहरू चोरी नगर, झुटा गवाही नदेऊ,
\v 19 आफ्‍नो बुबा र आफ्‍नो आमाको आदर गर, र आफैंलाई प्रेम गरेजस्तै हरेक अर्को व्‍यक्तिलाई प्रेम गर ।”
\s5
\v 20 ती जवान मानिसले येशूलाई भने, “यी सबै आज्ञाहरू मैले सधैँ पालन गरेको छु । परमेश्‍वरसँग सदासर्वदा बस्‍नको लागि मैले अरू के गर्नुपर्छ ?”
\v 21 येशूले तिनलाई भन्‍नुभयो, “तिमी जस्‍तो भएको परमेश्‍वरले इच्‍छा गर्नुहुन्‍छ तिमी ठीक तेस्‍तै हुने इच्‍छा गर्छौ भने, घर जाऊ, तिमीसँग भएका सबै कुरा बेच, र त्‍यो पैसा गरीब मानिसहरूलाई देऊ । परिणाम यो हुनेछ कि तिमी स्वर्गमा धनी हुनेछौ । त्यसपछि आऊ, मेरो पछि लाग, र मेरो चेला बन !”
\v 22 जब त्यो जवानले ती शब्दहरू सुने, तिनी उदास भएर गए, किनभने तिनी धेरै धनी थिए र आफूसित भएका सबै कुरा दिने इच्‍छा गरेनन् ।
\s5
\v 23 त्यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “यो कुरालाई ध्‍यान देओः धनी मानिसहरूलाई आफ्‍नो जीवनमा परमेश्‍वरलाई राज्‍य गर्न दिन सहमत हुनु धेरै कठिन छ ।
\v 24 यो पनि ध्‍यान देओः ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु असम्‍भव हुन्‍छ । धनी मानिसहरूलाई परमेश्‍वरको राज्‍यको अधीनमा आउनु झन् धेरै कठिन हुन्‍छ ।”
\s5
\v 25 जब चेलाहरूले यो सुने, तिनीहरू धेरै छक्‍क परे । परमेश्‍वरले धनी मानिसहरूलाई सबभन्‍दा धेरै आशिष्‌‌ दिनुहुन्‍छ भन्‍ने तिनीहरूको विचार थियो । यसैले तिनीहरूले येशूलाई भने, “त्यसो हो भने, कसैले पनि उद्धार पाउन सम्‍भव हुनेछ जस्‍तो लाग्दैन !”
\v 26 तब येशूले तिनीहरूलाई ध्‍यान दिएर हेर्नुभयो र भन्‍नुभयो, “हो, मानिसहरूका लागि आफैँलाई बचाउनु असम्भव कुरा हो । तर परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ, किनभने परमेश्‍वरले सबै कुरा गर्न सक्‍नुहुन्छ !”
\v 27 त्यसपछि पत्रुसले उहाँलाई भने, “तपाईंलाई जान्‍नुहुन्‍छ कि हामीले सबै कुरा त्यागेका छौं र तपाईंको चेला हुनको निम्‍ति तपाईंको पछि लागेका छौं । यसैले त्यसो गर्दा हामीलाई के फाइदा हुन्‍छ ?”
\s5
\v 28 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यो कुरा ध्‍यान देओः तिमीहरूले धेरै फाइदाहरू पाउनेछौ । जब परमेश्‍वरले नयाँ पृथ्‍वी बनाउनुहुनेछ र जब म, मानिसको पुत्र, मेरो महिमामा मेरो सिंहासनमा बस्‍नेछु, तब तिमीहरू जो मेरो साथमा आएका छौ, हरेक नै सिंहासनमा बस्‍नेछौ, र तिमीहरूले इस्राएलका बाह्र कूलका मानिसहरूको न्याय गर्नेछौ ।
\s5
\v 29 तिनीहरू मेरा चेलाहरू भएको कारणले, जसले घर, वा जमीिनको अंश, आफ्‍ना दाजुभाइ, आफ्‍ना दिदीबहिनी, आफ्‍नो बुबा, आफ्‍नो आमा, आफ्‍ना छोराछोरी, वा परिवारकाो अन्य सदस्यहरू छाडे, परमेश्‍वरले तिनीहरूलाई इनाम दिनुहुनेछ । तिनीहरूले त्यागेका भन्दा परमेश्‍वरले तिनीहरूलाई सयौँ गुणा धेरै बढी फइदाहरू दिनुहुनेछ । र तिनीहरू सदासर्वदा परमेश्‍वरसँग बास गर्नेछन् ।
\v 30 तर धेरै मानिसहरू जो अहिले यस जीवनमा प्रतिष्‍ठित छन्, भविष्यको त्‍यो समयमा प्रतिष्‍ठारहित हुनेछन्, र धेरै मानिसहरू जो अहिले प्रतिष्‍ठारहित छन् भविष्यको त्‍यो समयमा प्रतिष्‍ठित हुनेछन् ।”
\s5
\c 20
\p
\v 1 “परमेश्‍वरले स्‍वर्गबाट कसरी राज्‍य गर्नुहुन्‍छ भन्‍ने कुरा एउटा जमीनको मालिकले गरेको कामसित तुलना हुन्‍छ । जमीनको मालिक सबेरै बजारमा गए, जहाँ काम खोज्‍ने मानिसहरू जम्मा हुन्‍थे । आफ्नो दाखबरीको काम गराउनलाई ज्‍यालाका कामदारहरू खोज्‍न तिनी त्‍यहाँ गए ।
\v 2 तिनले ज्‍यालामा ल्‍याएका मानिसहरूलाई दिनको स्‍तरीय ज्याला तिनीहरूलाई दिने प्रतिज्ञा तिनले गरे । तब तिनले तिनीहरूलाई आफ्‍नो दाखवरीमा पठाए ।
\s5
\v 3 त्यसै बिहान नौ बजे तिनी फेरि बजारमा गए । त्यहाँ तिनले काम नभएका अरू धेरै मानिसहरूलाई देखे ।
\v 4 तिनले तिनीहरूलाई भने, ‘अरू मानिसहरूले गरेजस्तै तिमीहरू पनि मेरो दाखबारीमा जाओ र त्‍यहाँ काम गर । म तिमीहरूलाई ठीक ज्याला दिनेछु ।’ यसैले तिनीहरू पनि तिनको दाखबारीमा गए र काम गर्न सुरु गरे ।
\s5
\v 5 मध्‍यान्हमा र तीन बजे पनि तिनी बजारमा गए र अरू कामदारहरू भेटे जसलाई तिनले उचित ज्याला दिने प्रतिज्ञा गरे ।
\v 6 पाँच बजे फेरि एकपल्‍ट तिनी बजारमा गए र अरू मानिसहरू त्‍यहाँ खडा भएका देखे जसले काम गर्दै थिएनन् । तिनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि यहाँ किन खडा हुँदैछौ र काम गर्दै छैनौ ?
\v 7 तिनीहरूले तिनलाई भने, ‘किनभने कसैले पनि हामीलाई ज्यालामा लिएका छैनन् ।’ तिनले तिनीहरूलाई भने, ‘म तिमीहरूलाई ज्यालामा लिनेछु । अरू मानिसहरूले गरेझैं मेरो दाखवरीमा जाओ र त्‍यहाँ काम गर ।’ यसैले तिनीहरू गए ।
\s5
\v 8 जब साँझ पर्‍यो, दाखबारीका मालिकले आफ्नो व्यवस्थापकलाई भने, ‘मानिसहरूलाई आउनलाई भन जसले गर्दा तिमीले तिनीहरूलाई आफ्‍ना ज्याला दिन सक्‍छौ । अन्‍तमा आएर काम गर्न लागेका मानसिहरूलाई आफ्‍ना ज्याला पहिले देऊ, र सुरुमा आएर काम गर्न लागेका मानसिहरूलाई ज्‍याला अन्‍तमा देऊ ।’
\v 9 मानिसहरूमध्‍ये प्रत्‍येकलाई, जसले दिनको पाँच बजेसम्म पनि काम सुरु गरेका थिएनन् तिनीहरूलाई समेत, व्यवस्थापकले दिनभरिको उचित ज्‍याला दिए ।
\v 10 जब बिहानको पहिलो पहरदेखि नै काम गर्न सुरु गरेका मानिसहरू आफ्ना ज्याला लिन गए, तिनीहरूले दिनभरिको उचित ज्‍यालाभन्दा बढी पाउनेछन् भन्‍ने तिनीहरूको विचार थियो । तर, तिनीहरूले पनि दिनभरिको उचित ज्‍याला मत्रै पाए ।
\s5
\v 11 यसैले तिनीहरूले दाखबारीका मालिकसित गुनासो गरे किनभने तिनीहरूको ज्याला भुक्तान अनुचित भयो भन्‍ने तिनीहरूले विचार थियो ।
\v 12 तिनीहरूले तिनलाई भने, ‘तपाईंले उचित व्यवहार गर्दै हुनुहुन्‍न ! हामीहरू बाँकी सबैजनाभन्दा पछि काम सुरु गरेका मानिसहरूले एक घन्टा मात्र काम गरे ! तपाईंले हामीहरूलाई जति ज्‍याला भुक्तान दिनभयो, तिनीहरूलाई पनि त्‍यति नै ज्‍याला भुक्तान दिनभयो । तर हामीहरूले दिनभरि कडा काम गर्‍यौं । हामीहरूले दिनको चर्को घाममा पनि काम गर्‍यौं !
\s5
\v 13 दाखबारीका मालिकले गुनासो गर्नेहरूमध्येका एकजनालाई भने, ‘मित्र, मैले तिमीहरूलाई अनुचितरूपमा व्यवहार गरिन । दिनभरिको उचित ज्यालामा दिनभरि काम गर्न तिमीहरू मसँग सहमत भयौ ।
\v 14 मसँग गुनासो गर्न छोड ! आफ्नो ज्याला लेओ र जाओ ! तिमीहरू सबैले काम गर्न सुरु गरेपछि अन्‍तमा काम गर्न सुरु गरेका मानिसहरूलाई पनि मैले त्‍यति नै ज्‍याला दिने इच्‍छा गर्छु, जति ज्‍याला मैले तिमीहरूलाई दिएँ ।
\s5
\v 15 मेरो पैसा मेरो इच्‍छाअनुसार खर्च गर्ने अधिकार निश्‍चितरूपमा मसँग छ, छैन र ? मेरो उदारताको बारेमा तिमीहरू ईर्ष्‍यालु हुनुहुँदैन ।’”
\v 16 यसरी नै अहिले कम प्रतिष्‍ठित कोही मानिसहरूलाई परमेश्‍वरले राम्रो इनाम दिनुहुनेछ, र अहिले धेरै प्रतिष्‍ठित कोही मानिसहरूलाई उहाँले इनाम दिनुहुनेछैन ।”
\s5
\v 17 जब येशू बाह्रजना चेलाहरूसँग यरूशलेमको बाटोमा हिंड्‍दै हुनुहुन्‍थ्‍यो, उहाँले तिनीहरूसँग गोप्‍यमा कुरा गर्ने उदेश्‍यले, उहाँले तिनीहरूलाई मात्र एक ठाउँमा लानुभयो । तब उहाँले तिनीहरूलाई भन्‍नुभयो,
\v 18 “ध्यान दिएर सुन ! अहिले हामीहरू यरूशलेममा जाँदैछौं । हामी त्यहाँ हुँदा, कोही एकजनाले म, मानिसको पुत्रलाई गिरफ्‍तार गर्न मुख्‍य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूलाई सक्षम बनाउनेछ, र तिनीहरूले मेरो जाँचबुझ गर्नेछन् । तिनीहरूले मलाई दोषी ठहराउनेछन् र मलाई मार्नुपर्छ भन्‍नेछन् ।
\v 19 त्‍यसपछि तिनीहरूले मलाई गैर-यहूदीहरूको हातमा सुम्पिनेछन् जसले गर्दा तिनीहरूले मलाई गिल्‍ला गर्न , कोर्रा लगाउन र क्रुसमा काँटीमा झुण्‍डाएर मार्न सक्‍नेछन् । तर, त्यसको तेस्रो दिनमा, परमेश्‍वर मलाई फेरि जीवित पार्नुहुनेछ ।”
\s5
\v 20 त्यसपछि जब्दीयाका छोराहरू याकूब र यूहन्‍नाकी आमाले आफ्ना दुई छोराहरूलाई येशूकहाँ ल्याइन । तिनी येशूको अघि घोप्‍टो परिन् र तिनको निम्ति एउटा कृपा गर्न उहाँलाई बिन्‍ती गरिन् ।
\v 21 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो लागि मैले के गरौं भनी तिमी इच्‍छा गर्छौ ?” तिनले उहाँलाई भनिन्, “तपाईं राजा बन्‍नुहुँदा, मेरो यी दुई छोराहरूलाई अति आदरणीय ठाउँहरू, एउटालाई तपाईंको दाहिने हातपट्टी र अर्कोलाई देब्रे हातपट्टी बस्‍ने अनुमति दिनुहोस् ।”
\s5
\v 22 येशूले तिनलाई र तिनका छोराहरूलाई भन्‍नुभयो, “तिमीहरूले के माग्‍दैछौ, त्‍यो तिमीहरूले बुझ्दैनौ । मैले भोग्‍न लागेको दुःख के तिमीहरू भोग्‍न सक्‍छौ ?” याकूब र यूहन्‍नाले उहाँलाई जवाफ दिए, “हो, हामी त्यो गर्न सक्छौ ।”
\v 23 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो, तिमीहरूले दुःख भग्‍नेछौ जस्‍तो मैले दुःख भोग्‍नेछु । तर, राज्‍य गर्नलाई मेरो छेउमा को बस्‍नेछ भनेर रोज्‍ने काम मेरो होइन । तर परमेश्‍वर, मेरो पिताले जसलाई दिने इच्‍छा गर्नुहुन्‍छ तिनीहरूलाई नै उहाँले ती ठाउँहरूमा दिनुहुन्छ ।”
\v 24 जब याकूब र यूहन्‍नाले के बिन्‍ती गरे भनी अरू दशजना चेलाहरूले सुने, तब उनीहरूसँग तिनीहरू रिसाए, किनभने तिनीहरू पनि अति आदरणीय पदहरूमा रहेर येशूसँगै राज्‍य गर्ने इच्‍छा गर्थे ।
\s5
\v 25 यसैले येशूले तिनीहरू सबैजनालाई एकसाथ बोलानुभयो र तिनीहरूलाई भन्‍नुभयो, “गैर-यहूदीहरूलाई राज्‍य गर्नेहरू आफूलाई शक्‍तिशाली देखाउन खुशी हुन्छन् भन्‍ने तिमीहरूलाई थाहा छ । मुख्‍य शासकहरू आफ्‍ना अधीनका मानिसहरूलाई आदेश दिन खुशी हुनछन् ।”
\v 26 तिमीहरू तिनीहरूजस्तो हुनुहुँदैन । त्यसको साटोमा, तिमीहरूमध्‍ये परमेश्‍वरले आफूलाई महान ठान्‍नुभएको होस् भनी इच्‍छा गर्नेहरू हरेकले बाँकी अरूको सेवा गर्नुपर्छ ।
\v 27 हो, तिमीहरूका माझमा परमेश्‍वरले आफूलाई सबभन्‍दा प्रतिष्‍ठित ठान्‍नुभएको होस् भनी इच्‍छा गर्ने हरेकले तिमीहरू बाँकीको सेवा गर्नुपर्छ ।
\v 28 तिमीहरूले मेरो अनुकरण गर्नुपर्छ । म, मानिसको पुत्र, अरूले मेरो सेवा गरोस् भनी म आएको होइन । त्यसको साटोमा, तिनीहरूको सेवा गर्न र तिनीहरूले मलाई मार्न म आएको हुँ, जसले गर्दा धेरै मानिसहरूलाई आफ्‍ना पापहरूका निम्‍ति दण्डित हुनदेखि बचाउनलाई मेरो मृत्यु एउटा मूल्‍य भुक्तान गरेजस्‍तै होस् ।”
\s5
\v 29 उहाँहरू यरीहो शहर छाडेर जाँदैगर्दा, मानिसहरूको एउटा ठूलो भीड उहाँहरूको पछि लाग्‍यो ।
\v 30 उहाँहरू हिंड्दै जाँदा, उहाँहरूले दुईजना दृष्‍टिविहिन मानिसहरूलाई बाटोको छेउमा बस्‍दै गरेको देख्‍नुभयो । जब येशू त्यहाँबाट जाँदै हुनुहुन्‍छ भनी तिनीहरूले सुने, तिनीहरूले उहाँलाई चर्को स्वरले बोलाए, “प्रभु, दाऊद राजाका सन्तान, तपाईं ख्रीष्‍ट हुनुहुन्छ ! हामीमाथि दया गर्नुहोस् !”
\v 31 भिडमा भएका मानिसहरूले तिनीहरूलाई गाली गरे र तिनीहरुलाई चुप लाग्‍ने भने । तर दृष्‍टिविहिन मानिसहरूले झन् बढी चर्का स्वरमा कराए, “प्रभु, दाऊद राजाका सन्तान, तपाईं ख्रीष्‍ट हुनुहुन्छ ! हामीमाथि दया गर्नुहोस् !”
\s5
\v 32 येशू रोकिनुभयो र तिनीहरूलाई आफूकहाँ आउनलाई बलाउनुभयो । अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्‍ति के गरेको तिमीहरू इच्‍छा गर्छौ ?”
\v 33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रो आँखा निको पार्नुहोस् जसले गर्दा हामी देख्‍न सक्‍छौं !”
\v 34 येशू तिनीहरूका निम्‍ति दुःखी हुनुभयो र तिनीहरूका आँखा छुनुभयो । तुरुन्तै तिनीहरूले देख्‍न सक्‍ने भए र तिनीहरू येशूको पछि लागे ।
\s5
\c 21
\p
\v 1 येशू र उहाँका चेलाहरू यरूशलेम नजीक पुग्‍नुहुँदा, उहाँहरू जैतुनको डाँडा नजीकको बेथफागे गाउँमा आउनुभयो । येशूले आफ्‍ना दुईजना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूको अगाडि भएको गाउँमा जाओ ।
\v 2 तिमीहरू त्यहाँ पुग्‍नेबित्तिकै, तिमीहरूले एउटा गधा र त्‍यसको बछेडालाई त्यहाँ बाँधिएको देख्‍नेछौ । ती फुकाओ र मकहाँ ल्याओ ।
\v 3 तिमीहरूले त्‍यसो गरेकोमा कोही व्‍यक्तिले केही कुरा भन्‍छ भने, त्‍यसलाई भन, ‘प्रभुलाई ती चाहिएको छ ।’ त्यसपछि उसले ती ल्याउन दिनेछ ।”
\s5
\v 4 जब यो सबै हुन आयो, तब अगमवक्‍ताहरूमध्ये एकजनाले लेखेको कुरा पूरा हुन आयो । ती अगमवक्‍ताले लेखेका थिए, “यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन, ‘हेर ! तिमीहरूका राजा तिमीहरूकहाँ आउँदै हुनुहुन्‍छ ! उहाँ बिन्रम भएर आउनुहुनेछ ।
\v 5 उहाँ विन्रम हुनुहुन्छ भनी उहाँले देखाउनुहुनेछ, किनभने उहाँ एउटा गधाको बछेडामाथि सवार भएर आउँदै हुनुहुनेछ ।’”
\s5
\v 6 यसैले ती दुई चेलाहरू गए र येशूले तिनीहरूलाई जे गर्न भन्‍नुभयो त्‍यही गरे ।
\v 7 तिनीहरूले गधा र त्यसको बछेडालाई येशूकहाँ ल्याए । उहाँलाई बस्‍नको लागि केही होस् भनेर तिनीहरूले त्यसमाथि आफ्‍ना लुगाहरू ओछ्‍याए । तब येशू त्यसमाथि चढ्नुभयो र लुगाहरूमाथि बस्‍नुभयो ।
\v 8 तब एउटा ठूलो भीडले आफ्‍ना केही बाहिरी वस्‍त्रहरू फुकालेर बाटोमा बिछ्याए र अरू मानिसहरूले खजूरका रूखहरूका हाँगाहरू काटे र ती बाटोमा बिछ्याए ।
\s5
\v 9 उहाँको पछि हिंडेका र उहाँको अघि हिंडेका भीडहरू कराउँदै थिए, “दाऊद राजाका पुत्र, ख्रीष्‍टको प्रशंसा होस् !” “परमेश्‍वरको प्रतिनिधि भई र परमेश्‍वरको अधिकारमा आउनुहुनेमाथि परमप्रभु परमेश्‍वरको आशिष्‌‌ रहोस् ।” “परमेश्‍वरको स्तुति होस्, जो सर्वोच्‍च स्वर्गमा विराजमान हुनुहुन्छ !”
\v 10 येशूल यरूशलेममा प्रवेश गर्नुहुँदा, शहरका चारैतिरबाट आएका धेरै मानिसहरू उत्‍साहित भए र यसो भन्‍दै थिए, “तिनीहरूले किन यो मानिसलाई त्‍यसरी सम्मान गर्दै छन् ?”
\v 11 पहिलेदेखि नै उहाँको पछि हिंड्दै गरेको भिडले जवाफ दियो, “उहाँ गालीलको नासरतबाट आउनुभएको अगमवक्‍ता येशू हुनुहुन्छ !”
\s5
\v 12 त्‍यसपछि येशू मन्दिरको चोकभित्र जानुभयो र त्यहाँ चीजबीजहरू किन्‍ने र बेच्‍नेहरू सबैलाई लखेट्‍नुभयो । मन्दिरको कर तिर्नलाई रोमी सिक्‍काहरू खरीद बिक्री गर्नेहरूका टेबलहरू उहाँले पल्टाई दिनुभयो, र बलि चढाउनलाई परेवाहरू बेच्‍दै गरेकाहरूको कुर्सीहरूलाई उहाँले पल्टाई दिनुभयो ।
\v 13 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एकजना अगमवक्‍ताले धर्मशास्‍त्रमा लेखे जसमा परमेश्‍वरले भन्‍नुभयो, “म आफ्‍नो घरलाई मानिसहरूले मसँग प्रार्थना गर्ने ठाउँ होस् भन्‍ने इच्‍छा गर्छु, तर तिमीहरूले यसलाई डाकुहरू भेला हुने ठाउँ बनाएका छौ !”
\v 14 त्यसपछि, धेरैजना दृष्‍टिवहीन मानिसहरू र अपाङ्ग मानिसहरू तिनीहरूलाई येशूले निको पार्नुहुन्‍छ भन्‍ने उदेश्‍यले मन्दिरमा उहाँकाहाँ आए र उहाँले निको पार्नुभयो ।
\s5
\v 15 मुख्य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूले येशूले गर्नुभएको अचम्मका कामहरू देखे । बालकहरूले मन्दिरमा यसो भनेर कराउँदै गरेको तिनीहरूले देखे, “हामी दाऊद राजाको सन्‍तान ख्रीष्‍टको प्रशंसा गर्छौ !” तिनीहरू क्रोधित भए ।
\v 16 तिनीहरूले उहाँलाई सोधे, “तिमीले यो कसरी सहन सक्छौ ? यी मानिसहरूले के भनेर कराउँदै छन् त्‍यो तिमी सुन्‍छौ ?” त्यसपछि येशूले तिनीहरूलाई जवाफ दिनभयो, “हो, म तिनीहरूको आवाज सुन्दैछु, तर बालकहरूले मेरो प्रशंसा गर्ने बारेमा धर्मशास्‍त्रमा तिमीहरूले जे पढेका छौ त्‍यो तिमीहरूलाई याद हुन्‍छ भने, तिमीहरूलाई थाहा हुनेछ कि परमेश्‍वर तिनीहरूसँग खुशी हुन्छ । भजन लेखकले परमश्‍वरमा यसो भन्‍दै लेखे, ‘तपाईंले सिद्धरूपमा आफ्‍नो प्रशंसा गर्नलाई तपाईंले शिशुहरू र अन्‍य बालकहरूलाई सिकाउनुभएको छ ।’”
\v 17 त्यसपछि येशूले त्यो शहर छोड्‍नुभयो । चेलाहरू उहाँसँगै बेथानिया गाउँमा गए, र त्‍यो रात उहाँहरू त्यहाँ बस्‍नुभयो ।
\s5
\v 18 भोलिपल्‍ट बिहान सबेरै उहाँहरू शहरतिर फर्कंदैगर्दा, येशू भोकाउनुभयो ।
\v 19 उहाँले बाटो नजीक एउटा अन्जिरको रूख देख्‍नुभयो, यसैले खानलाई केही अञ्‍जीर टिप्‍न उहाँ त्‍यसको छेउमा जानुभयो । तर जब उहाँ नजीकै पुग्‍नुभयो, रूखमा अन्जिरको पातहरूबाहेक कुनै फल उहाँले देख्‍नुभएन । यसैले उहाँले त्‍यस अन्जिरको रूखलाई भन्‍नुभयो, “तैंले फेरि कदापि अन्जिर उब्‍जाउने छैनस् !” परिणामस्वरूप, त्यो अन्जिरको रूख तुरुन्तै सुक्‍यो ।
\s5
\v 20 अर्को दिन चेलाहरूले त्यो अन्जिरको रूख पूर्णरूपमा मरिसकेको देखे । तिनीहरू छक्‍क परे र येशूलाई सोधे, “यति चाँडै अञ्‍जीरको रूख कसरी सुक्‍यो ?”
\v 21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यो कुराको बारेमा विचार गरः परमेश्‍वरसँग तिमीहरू जे गर्न बिन्‍ति गर्छौ त्‍यो गर्ने शक्‍ति उहाँसँग छ भनी तिमीहरू विश्‍वास गर्छौ र त्यसमा तिमीहरूले शंका गर्दैनौ भने, मैले यस अन्जिरको रूखलाई जस्‍तो गरेको छु तिमीहरूले त्यसै कुराहरू गर्न सक्‍नेछौ । परको त्‍यो पहाडलाई यसो भन्‍ने जस्‍तो आश्‍चर्यका कामहरू पनि तिमीहरू गर्न सक्‍नेछौ, ‘आफैँलाई उखेल् र आफैँलाई समुद्रमा फालिदे, र त्यो हुनेछ !
\v 22 त्यसका अतिरक्त, जबजब तिमीहरूले परमेश्‍वरसँग प्रार्थना गर्दा उहाँसँग केही कुराको निम्‍ति बिन्‍ती गर्छौ, त्‍यो उहाँले तिमीहरूलाई दिनुहुनेछ भनी तिमीहरू विश्‍वास गर्छौ भने, त्यो तिमीहरूले उहाँबाट पाउनेछौ ।”
\s5
\v 23 त्यसपछि, येशू मन्दिरको चोकभित्र जानुभयो । उहाँले मानिसहरूलाई शिक्षा दिंदै गर्नुहुँदा, मुख्‍य पुजारीहरू र मानिसहरूका अगुवाहरू उहाँको नजीक आए । तिनीहरूले भने, “कुन अधिकारले तिमी यी कुराहरू गर्छौ ? तिमीले हिजो यहाँ गरेका कुराको लागि तिमीलाई कसले अधिकार दियो ?”
\v 24 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु, र तिमीहरूले मलाई जवाफ दिन्‍छौ भने, मलाई यी कुराहरू गर्ने अधिकार कसले दियो त्‍यो म तिमीहरूलाई भन्‍नेछु ।
\s5
\v 25 बप्‍तिस्‍मा दिने यूहन्‍नाले तिनीकहाँ आउने मानिसहरूलाई बप्‍तिस्‍मा दिने अधिकार तिनले कहाँबाट पाए ? तिनले त्यो परमेश्‍वरबाट पाए वा मानिसहरूबाट पाए?” मुख्‍य पुजारीहरू र अगुवाहरूले के जवाफ दिने भनी आपसमा छलफल गरे । तिनीहरूले एक अर्कालाई भने, “हामीहरूले, ‘त्यो परमेश्‍वरबाट थियो’ भनौं भने, तिनले हामीहरूलाई भन्‍नेछन्, ‘त्यसो भए तिमीहरूले तिनको सन्देशलाई गर्नुपर्थ्‍यो !
\v 26 तर हामीहरूले, ‘त्‍यो मानिसहरूबाट थियो’ भनौं भने, भिडले हाम्रो विरोधमा हिंसात्‍मकरूपमा प्रतिक्रिया जनाउन सक्‍छन्, किनभने सबै मानिसहरूले यूहन्‍नालाई परमेश्‍वरले पठाउनुभएको एक अगमवक्‍ता थिए भनी विश्‍वास गर्दछन् ।”
\v 27 यसैले तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्‍नाले कहाँबाट तिनको अधिकार पाए त्‍यो हामीलाई थाहा छैन ।” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो प्रश्‍नको जवाफ नदिएको कारणले, मैले हिजो गरेका यी कामहरू गर्ने अधिकार मलाई कसले दिनुभयो त्‍यो म तिमीहरूलाई भन्‍नेछैन ।”
\s5
\v 28 “मैले अब भन्‍ने कुराको बारेमा तिमीहरूको के विचार छ मलाई भन । एकजना मानिसका दुई छोराहरू थिए । तिनी आफ्नो जेठो छोरोकहाँ गए र भने, ‘मेरो छोरा, जाऊ र आज मेरो दाखबारीमा काम गर !
\v 29 तर त्यस छोराले आफ्‍नो बुबालाई भन्यो, ‘म जाने छैन ! तर पछि उसको मन बद्ल्‍यो र ऊ दाखबारीमा गयो र काम गर्‍यो ।
\v 30 तब बुबा आफ्नो कान्छो छोरोकहाँ गए र जेठ छोरोलाई तिनले जे भनेका थिए त्‍यही उसलाई भने । त्यो छोरोले भन्यो, ‘सर, म जानेछु र आज दाखबारीमा काम गर्नेछु ।’ तर ऊ त्यहाँ गएन ।
\s5
\v 31 यसैले यी मानिसका दुईजना छोराहरूमध्ये कुनचाहिंले आफ्‍ना पिताको इच्छा पूरा गरे । तिनीहरूले जवाफ दिए, “जेठोचाहिं छोराले । ” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “यसैले यस बारेमा विचार गरः परमेश्‍वरले तिमीहरूमाथि राज्‍य गर्न खुशी हुनुभन्‍दा धेरै चाँडै कर उठाउनेहरू र यौनव्‍यापार गर्नेहरूमाथि राज्य गर्न खुशी हुनुभएर उहाँले तिनीहरूलाई दया गर्नुहुनेछ । ती मानिसहरूले मोशाको व्‍यवस्‍थालाई वेवास्‍ता गरेको कारणले तिमीहरूले तिनीहरूलाई दोषी ठहराए तापनि यो कुरा सत्‍य हो ।
\v 32 म तिमीहरूलाई यो भन्छु, किनभने बप्‍तिस्‍मा दिने यूहन्‍नाले तिमीहरूलाई कसरी ठीक किसिमले जीवन बिताउने भनेर बताएको भए तापनि, तिमीहरूले तिनको शन्‍देसलाई विश्‍वास गरेनौ । तर कर उठाउनेहरू र यौनव्‍यापारीहरूले तिनको सन्देशलाई विश्‍वास गरे, र तिनीहरूले आफ्‍ना पापपूर्ण व्‍यवहार छाडेर फर्के । त्‍यसको विपिरत, तिनीहरू बद्‍लिएको तिमीहरूले देख्‍यौ तापनि, तिमीहरूले पाप गर्न छोड्‍नलाई इन्‍कार गर्‍यौ, र तिमीहरूले यूहन्‍नाको शन्‍देसलाई विश्‍वास गरेनौ ।”
\s5
\v 33 “अर्को दृष्‍टान्त सुन जुन म तिमीहरूलाई भन्‍दैछु । एकजना जमिन्दार थए जसले एउटा दाखबारी लगाए । त्यसको वरिपरी तिनले बार लगाए । अंगुरबाट निस्‍कने रस जम्मा गर्नलाई तिनले एउटा ठाउँ बनाए । तिनले त्यहाँ एउटा अग्‍लो ठाउँ पनि बनाए जसमा कोही बसेर त्यो दाखबरीको सुरक्षा गर्न सकोस् । तिनले त्यो दाखबरीको केही मानिसहरूलाई भाडामा दिए जसले त्‍यसको रखदेख गर्छन् र तिनलाई अंगुर दिन्‍छन् । तब तिनी अर्को देशमा गए ।
\v 34 जब अंगुर जम्‍मा गर्ने समय आयो, दाखबरीले उत्पादन गरेको अंगुरको आफ्‍नो भाग लिनलाई जमीनका मालिकले आफ्‍ना सेवकहरूमध्‍ये कसैलाई दाखबारीको रेखदेख गर्दै गरेका ती मानिसहरूकहाँ पठाए ।
\s5
\v 35 तर भाडामा राखेको मानिसहरूले ती सेवकहरूलाई समाते । तिनीहरूमध्ये एक जनालाई तिनीहरूले पिटे, अर्को एकजनालाई तिनीहरूले मारे, र तिनीहरूमध्ये तेस्रोलाई तिनीहरूले ढुंगाले हानेर मारे ।
\v 36 यसैले जमीनका मालिकले पहिलोपल्‍ट पठाएकोभन्‍दा धेरै सेवकहरूलाई तिनले पठाए । तर जमीन भाडामा लिनेहरूले ती सेवकहरूलाई त्यस्तै व्यवहार गरे जस्तो तिनीहरूले अरू सेवकहरूलाई गरेका थिए ।
\v 37 जमीनका मालिकले यो कुरा सुनेपछि, अंगुरको आफ्‍नो भाग लिनलाई जमीन भाडामा लिनेहरूकहाँ तिनले आफ्नै छोरालाई पठाए । जब तिनले उसलाई पठाए, तिनले मनमनै भने, ‘तिनीहरूले निश्‍चय नै मेरो छोरोलाई आदर गर्नेछन् र अंगुरको मेरो भाग उसलाई दिनेछन् ।’
\s5
\v 38 तर जब भाडामा लिनेहरूले तिनको छोरालाई आइरहेको देखे, तिनीहरूले एक अर्कामा भने, ‘यो मानिस त यस दाखबारीको हकदार हो ! हामी एकसाथ मिलौं र उसलाई मारौं र यस सम्पत्तिलाई हामीहरू एक अर्कामा बाँडौं ।’
\v 39 यसैले तिनीहरूले उसलाई समाते, उसलाई दाखबारी भन्दा बाहिर घिसार्दै लगे र उसलाई मारे ।
\s5
\v 40 अब म तिमीहरूलाई सोध्छु, जब जमीनदार आफ्‍नो दाखबारीमा फर्खन्‍छन्, तिनले यी भाडामा राखेकाहरूलाई के गर्नेछन् भनी तिमीहरू विचार गर्दछौ ?
\v 41 मानिसहरूले जवाफ दिए, “उनले ती पापी मानिसहरूलाई पूर्णरूपमा नाश गर्नेछन् ! त्‍यसपछि उनले त्यो दाखबारी अरूलाई भाडामा दिनेछन् । जब अंगुर जम्‍मा गर्ने बेला हुन्‍छ, र तब तिनीहरूले उनको आफ्‍नो भाग उनलाई दिनेछन् ।”
\s5
\v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले धर्मशास्‍त्रमा पढेका यी वचनहरूलाई होशियार भएर विचार गर्नु आवश्यक छः ‘एउटा ठूलो भवन निमार्ण गर्ने मनिसहरूले कुनै ढुंगालाई तिस्कर गरे । तर अरूहरूले त्यही ढुंगालाई ठीक ठाउँमा राखे, र त्यो नै भवनको सबभन्‍दा महत्त्‍वपूर्ण ढुंगा बनेको छ । परमप्रभुले यो गर्नुभएको छ, र हामीले त्‍यसलाई हेर्दा हामी आश्‍चर्य चकित हुन्‍छौं ।
\s5
\v 43 म तिमीहरूलाई यो भन्‍दैछुः अबदेखि यहूदीहरूलाई परमेश्‍वरले स्‍वर्गबाट राज्‍य गर्नुहुने मानिसहरू हुन उहाँले दिनुहुनेछैन । बरु, उहाँ गैर-यहूदीहरूमा राज्य गर्न राजी हुनुहुनेछ र उहाँले तिनीहरूलाई जे गर्न भन्‍नुहुन्‍छ, तिनीहरूले त्‍यही गर्नेछन् ।
\v 44 यो ढुंगामाथि खस्‍ने कुनै पनि व्‍यक्ति टुक्राटुक्रा हुनेछ, र कुनै पनि व्‍यक्ति जसमाथि यो ढुंगा खस्‍नेछ, त्‍य धुलोपीटो हुनेछ ।”
\s5
\v 45 जब मुख्‍य पुजारीहरू र फरिसीहरू अगुवाहरू यो दृष्‍टान्त सुने, तब उहाँले तिनीहरूलाई दोष लगाउँदै हुनुहुन्‍छ भनी तिनीहरूले महसुस गरे, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले विश्‍वास गरेनन् ।
\v 46 तिनीहरूले उहाँलाई गिरफ्‍तार गर्ने इच्‍छा गरे, तर तिनीहरूले त्‍यसो गरेनन्, किनभने तिनीहरूले त्‍यसो गरे भने, भिडहरूले के गर्नेछन् भनी तिनीहरू डराए, किनभने भिडहरूले येशूलाई एकजना अगमवक्‍ता हुनुहुन्‍छ भनी विश्‍वास गर्दथे ।
\s5
\c 22
\p
\v 1 त्‍यसपछि येशूले यहूदी अगुवाहरूलाई अरू दृष्‍टान्तहरू भन्‍नुभयो । यो तिनै दृष्‍टान्‍तहरूमध्येको एउटा हो ।
\v 2 “स्‍वर्गबाट परमेश्‍वरले गर्नुहुने राज्‍य एकजना राजा जस्तै हो जसले आफ्‍नो छोराको निम्ति भोज तयार पार्नलाई आफ्ना सेवकहरूलाई भने ।
\v 3 जब भोज तयार भयो, तब राजाले निम्‍तो दिएका मानिसहरू विवाह भोजमा आउने समय भयो भनी तिनीहरूलाई खबर गर्न आफ्ना सेवकहरूलाई पठाए । सेवकहरू गए र मानिसहरूलाई भने । तर निम्‍तो पाएका मानिसहरू आउने इच्‍छा गरेनन् ।
\s5
\v 4 यसैले राजाले तीनै मानिसहरूलाई भोजमा आउन बोलाउनलाई फेरि पनि अरू सेवकहरूलाई पठाए । तिनले ती नोकरहरूलाई भने, ‘मैले निम्तो दिएको मानिसहरूलाई भोजमा आउन यसो भन, “राजाले तपाईंहरूलाई यसो भन्‍नुहुन्‍छ, ‘मैले भोज तयार परेको छु । गिरुहरू र मोटा बाछाहरू मारिएका छन् र पकाइएको छ । हरेक कुरा तयार छ । अब तपाईंहरू विवाह भोजमा आउने समय भयो !
\s5
\v 5 तर जब सेवकहरूले तिनीहरूलाई त्‍यसो भने, तब सेवकहरूले भनेका कुरालाई तिनीहरूले वेवस्‍ता गरे । तिनीहरूमध्ये कोही आफ्‍ना खेतबारीमा गए । अरूहरू आफ्नाै व्यापारका ठाउँहरूमा गए ।
\v 6 तिनीहरूमध्‍ये बाँकीले राजाका सेवकहरूलाई पक्रे, तिनीहरूलाई दुर्व्यवहार गरे र तिनीहरूलाई मारे ।
\v 7 राजाले जब त्‍यहाँ भएको घटनाको बारेमा सुने, तिनी क्रोधित भए । तिनले आफ्‍ना सिपाहीहरूलाई जाने र ती हत्याराहरूलाई मार्ने र तिनीहरूको सहरलाई जलाई दिन हुकुम गरे ।
\s5
\v 8 तिनका सिपाहीहरूले त्यसो गरिसके पछि, राजाले आफ्‍ना अरू सेवकहरूलाई भने, ‘मैले विवाहको भोज तयार पारेको छु, तर निम्तो पाएका मानिसहरू यसमा आउन योग्य ठहरिएनन् ।
\v 9 यसैले मूलबाटोका चोकहरूमा जाओ । जसलाई तिमीहरू भेट्टाउँछौ, तिनीहरूलाई विवाह भोजमा बोलाओ ।’
\v 10 यसैले सेवकहरू त्‍यहाँ गए, र तिनीहरूले भेट्टाएका हरेकलाई भेला गरे । तिनीहरूले खराब र असल दुवैथरी मानिसहरूलाई जम्‍मा गरे । तिनीहरूले मानिसहरूलाई घरमा ल्याए जहाँ विवाह भोज हुनै लागेको थियो । घर मानिसहरूले खचाखच भरियो ।
\s5
\v 11 तर जब राजा पाहुनाहरूलाई हेर्न घरमा पुगे, तिनले त्यहाँ विवाह भोजमा आउने पाहुनाहरूलाई उपलब्‍ध गराइएको वस्‍त्र नलगाइ आएको कोही एकजना मान्‍छेलाई देखे ।
\v 12 राजाले उसलाई भने, ‘मित्र, तिमी विवाह भोजमा प्रवेश नगर्नुपर्त्‍यो किनभने पहुनाहरूले विवाह भोजमा लगाउने वस्‍त्र तिमीले लगाएका छैनौ ! त्यो मानिसले केही भनेन किनभने के भन्‍ने हो भनी उसलाई थाहा नै भएन ।
\s5
\v 13 त्‍यसपछि राजाले आफ्ना सेवकहरूलाई भने, ‘यस व्‍यकिको हात र खुट्टाहरूलाई बाँध र उसलाई बाहिर अँध्यारोमा फाल जहाँ पूर्ण अन्‍धकार छ, जहाँ मानिसहरू आफ्‍ना असह्‍य पीडाको कारणले रुन्छन् र आफ्‍ना दाह्रा किट्छन् ।’”
\v 14 तब येशूले भन्‍नुभयो, “यो दृष्‍टान्तको अर्थ यही थियो कि परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँकहाँ आउनलाई निम्तो दिनुभएको छ, तर थोरै मानिसहरू मात्र छन् जसलाई उहाँले त्‍यहाँ हुनलाई चुन्‍नुभएको छ ।”
\s5
\v 15 येशूले त्‍यसो भन्‍नुभएपछि, फरिसीहरू अगुवाहरूले उहाँलाई कसरी केही कुरा भन्‍न लगाउने जसले गर्दा उहाँलाई दोष लगाउन तिनीहरू सक्षम हुनेछन् भनी योजना गर्ने उदेश्‍यले तिनीहरूले एकआपसमा भेटे ।
\v 16 तिनीहरूले आफ्ना चेलाहरूमध्‍ये केहीलाई हेरोदी समूहका साथमा उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरज्‍यू, तपाईं सत्‍यवादी हुनुहुन्‍छ भनी हामी जान्‍दछौं र हामीले के गरौं भन्‍ने परमेश्‍वरको इच्‍छा छ त्‍यसको बारेमा तपाईंले सत्‍य सिकाउनुहुन्‍छ । तपाईंको बारेमा जसले जे भने पनि, तिनीहरू जस्‍तोसुकै व्‍यक्तिहरू भए तापनि तपाईंले जे सिकाउनुहुन्छ त्यो फेर्नुहुन्‍न भन्‍ने पनि हामीलाई थाहा छ ।
\v 17 यसैले यस बारेमा तपाईं के विचार गर्नुहुन्‍छ हामीलाई भन्‍नुहोस् : हामीले रोमी सरकारलाई करहरू तिर्नु ठिक छ वा छैन ?”
\s5
\v 18 तर तिनीहरूले गर्न लागेको वास्‍तविक कुरा खराब थियो भनी येशूलाई थाहा थियो । उहाँले केही कुरा भन्‍नुभएको होस् भन्‍ने तिनीहरूको इच्‍छा गर्दै थिए जसले उहाँलाई कि यहूदी अधिकारीहरूसित वा रोमी अधिकारीहरूसित समस्‍यामा हुनेछ । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कपटीहरू हौ; मैले केही भनोस् जसको लागि तिमीहरूले मलाई दोष लगाउन सक भन्‍ने तिमीहरू इच्‍छा गर्छौ ।
\v 19 मानिसहरूले रोमीलाई कर तिर्ने सिक्‍काहरूमध्‍ये एउटा मलाई लेऊ !” यसैले तिनीहरूले उहाँलाई दिनार नामको एउटा सिक्‍का देखाए ।
\s5
\v 20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो सिक्‍कामा कसको तस्बिर छ ? र यसमा कसको नाम छ ?”
\v 21 तिनीहरूले जावफ दिए, “यसमा रोमी सरकारका प्रमुख, कैसरको तस्बिर र नाम छ ।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसैले सरकारलाई जे आवश्‍यक छ त्यो तिनीहरूलाई देओ र परमेश्‍वरलाई जे आवश्‍यक छ त्‍यो उहाँलाई देओ ।”
\v 22 जब येशूले त्‍यसो भन्‍नुभएको ती मानिसहरूले सुने, उहाँको जवाफले कसैले पनि उहाँलाई दोष लगाउन नसकेको हुनाले तिनीहरू आश्‍चर्य चकित भए । तब तिनीहरूले येशूलाई छाडे ।
\s5
\v 23 त्यसै दिन केही सदुकीहरू पनि येशूकहाँ आए । तिनीहरू यहूदीका एक छुट्टै समूह हुन्, जसले मानिसहरूको मृत्यु भएपछि तिनीहरू फेरि जीवित हुन्छन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन् । तिनीहरूले येशूलाई सोधे,
\v 24 “गुरुज्यू, मोशाले धर्मशास्‍त्रमा यस्तो लेखे, ‘सन्‍तान नभएको एकजना मानिसको मृत्‍यु भयो भने, मृतकको विधवाले बालक जन्माउन सकोस् भनेर मृतकको भाइले तिनलाई विवाह गर्नुपर्छ । बालकचाहिं मृतको सन्तान मानिनेछ, र यसरी मृत मानिसको सन्‍तानहरू हुनेछ ।’
\s5
\v 25 एउटा परिवारमा सातजना छोराहरू थिए । जेठोचाहिंले कसैलाई विवाह गर्‍यो । ऊ र उसकी पत्‍नीले कुनै सन्तान जन्‍माएनन् र ऊ मर्‍यो । यसैले माइलो भाइले विधवालाई विवाह गरे । तर ऊ पनि बालक नभई मर्‍यो ।
\v 26 साइलो भाइको पनि त्यस्तै भयो, र अरू चारजना दाजुभाईको पनि त्‍यस्‍तै भयो जसले एकपछि अर्को गर्दै यही विधवालाई विवाह गरे ।
\v 27 सबै भन्दापछि त्यो स्‍त्रीको पनि मृत्‍यु भयो ।
\v 28 यसैले, परमेश्‍वरले मानिसहरूलाई मृत्‍युबाट जीवित पार्नुहुने समयमा, तपाईंको विचारमा सातजना दाजुभाइमध्ये कुनचाहिं तिनको पति हुनेछ ? यो याद गर्नुहोस् कि तिनीहरू सबैको विवाह तिनीसँग भएको थियो ।
\s5
\v 29 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले जे सोच्दैछौ त्‍यसमा तिमीहरू निश्‍चितरूपमा गलत छौ । धर्मशास्‍त्रमा के लेखिएको छ त्यो तिमीहरू जान्‍दैनौ । मानिसहरूलाई फेरि जीवित पार्न सक्‍ने शक्‍ति परमेश्‍वरसँग छ भनेर पनि तिमीहरू जान्‍दैनौ ।
\v 30 साँचो कुरा यो हो कि ती स्‍त्री कसैको पनि पत्‍नी हुने छैनन्, किनभने परमेश्‍वरले सबै मृत मानिसहरूलाई जीवित पार्नुभएपछि, कुनै व्‍यक्तिले पनि विवाह गर्नेछैन । त्यसको साटोमा, मानिसहरू स्वर्गका स्‍वर्गदूतहरू जस्‍ता हुनेछन् । तिनीहरूले विवाह गर्दैनन् ।
\s5
\v 31 तर मृत मानिसहरू फेरि जीवित हुने कुराको बारेमा परमेश्‍वरले केही कुरा भन्‍नुभयो । तिमीहरूले त्‍यो पढेका छौ भन्‍ने कुरामा म निश्‍चिन्त छु । अब्राहाम, इसहाक, र याकूबको मृत्‍यु भएको लामो समयपछि परमेश्‍वरले मोशालाई भन्‍नुभयो,
\v 32 ‘म अब्राहामले आराधना गर्ने परमेश्‍वर, इसाहकले आराधना गर्ने परमेश्‍वर, र यकूबले आराधना गर्ने परमेश्‍वर हुँ ! मृत मानिसहरूले परमेश्‍वरको आराधना गर्दैनन् । जीवित मानिसहरूले मात्र उहाँको आराधना गर्छन् । यसैले तिनीहरूका आत्मा अझै जीवित छन् भन्‍नेमा हामी निश्‍चित छौं !”
\v 33 जब मानिसहरूका भीडहरूले येशूले त्‍यसरी सिकाउनुभएको सुने, तिनीहरू छक्‍क परे ।
\s5
\v 34 तर जब येशूले सदुकीहरूलाई यसरी जवाफ दिनुभयो कि उहाँलाई जवाफ दिनलाई सदुकीहरूले कुनै शब्द विचार नै गर्न सकेनन् भन्‍ने फरिसीहरूले सुने, उहाँलाई के भन्‍ने भनी योजना गर्न फरिसीहरू एकसाथ भेला भए । त्‍यसपछि तिनीहरू उहाँकहाँ आए ।
\v 35 तिनीहरूमध्ये एकजना मानिस वकिल थिए जसले परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था राम्रोसँग अध्ययन गरेका थिए । तिनले येशूसँग बहस गर्ने इच्‍छा गरे । तिनले उहाँलाई सोधे,
\v 36 “गुरुज्यू, परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थामा भएका आज्ञाहरूमध्ये कुनचाहिं सबभन्‍दा बढी महत्त्‍वपूर्ण छ ?”
\s5
\v 37 येशूले जवाफ दिनुहुँदा उहाँले यो धर्मशास्‍त्र बोल्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा अन्तस्करणले प्रेम गर्नुपर्छ, आफ्‍ना सारा इच्छाले, आफ्‍ना सारा अनुभूतिले र आफ्‍ना सारा विचारले उहाँलाई प्रेम गर्ने कुरा देखाउपर्छ ।”
\v 38 परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाको यो नै सबभन्‍दा महत्त्‍वपूर्ण आज्ञा हो ।
\s5
\v 39 हरेकले पालन गर्नैपर्ने दोस्रो महत्त्‍वपूर्ण आज्ञाचाहिं यो होः ‘तैंले सम्पर्कमा आएका सबै मानिसहरूलाई आफैंलाई प्रेम गरे जस्तै प्रेम गर्नुपर्छ ।’
\v 40 मोशाले धर्मशास्‍त्रमा लेखेका हरेक आज्ञा र र अगमवक्‍ताहरूले लेखेका सबै कुराहरूको सार यिनै दुई आज्ञाहरू हुन् ।”
\s5
\v 41 फरिसीहरू अझै पनि येशूको नजीक एकसाथ भेला भएका थिए । उहाँले तिनीहरूलाई सोध्‍नुभयो,
\v 42 “ख्रीष्‍टको बारेमा तिमीहरू के विचार गर्छौ ? उहाँ कसको वंशको हुनुहुन्छ ?” तिनीहरूले उहाँलाई भने, “उहाँ दाऊद राजाका वंश हुनुहुन्छ ।”
\s5
\v 43 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊद राजाका वंशका हुन् भने, पवित्र आत्माले दाऊदलाई ‘प्रभु’ भन्‍न अगुवाइ गर्नुहुँदा तिनले उहाँलाई यसो नभन्‍नुपर्ने हो ।
\v 44 दाऊदले ख्रीष्‍टको बारेमा धर्मशास्‍त्रमा यस्तो लेखेः ‘परमेश्‍वरले मेरो प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने बहुलीतर्फ मेरै छेउमा बस जहाँ म तिमीलाई उच्‍च आदर गर्नेछु, जतिबेला म तिम्रा शत्रुहरूलाई तिम्रा पउमुनि राख्‍नेछु ।”’
\s5
\v 45 यसैले दाऊद राजाले नै ख्रीष्‍टलाई, ‘मेरो प्रभु’ भन्‍छन् भने, ख्रीष्‍ट दाऊदको सन्तान मात्र हुन सक्‍दैनन् ! उहाँ दाऊदभन्‍दा महान हुनुपर्छ !”
\v 46 येशूको जे भन्‍नुभयो त्‍यो सुनेका कसैले पनि उहाँलाई जवाफ फर्काउन एक शब्द पनि सोच्‍न सकेनन् । त्यसपछि, उहाँलाई अप्‍ठेरोमा पार्नलाई उहाँलाई अर्को प्रश्‍न सोध्‍ने सहास कसैले पनि गरेन ।
\s5
\c 23
\p
\v 1 त्यसपछि येशूले भीडलाई र आफ्‍ना चेलाहरूलाई भन्‍नभयो,
\v 2 “फरिसीहरू र हाम्रा यहूदी व्यवस्था सिकाउने मानिसहरूले आफैंलाई इस्राएलका मानिसहरूका लागि परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्यवस्था व्याख्या गर्नेहरू बनाएका छन् ।
\v 3 परिणामस्वरूप, तिमीहरूले गर्नुपर्छ भनेर जे तिनीहरूले तिमीहरूलाई भन्‍छन् त्‍यो तिमीहरूले गर्नुपर्छ । तर तिनीहरूले जे गर्छन् त्‍यो नगर, किनभने तिनीहरू आफैंले ती कुराहरू गर्दैनन् ।
\s5
\v 4 तिनीहरूले पालना गर्न कठिन धेरै त्‍यस्‍ता नियमहरू तिमीहरूलाई पालन गर्न लगाउँछन् । तर ती नियमहरू पालन गर्न तिनीहरू आफैंले कसैलाई पनि मद्दत गर्दैनन् । यो त तिनीहरूले धेरै गाह्रो भारीहरू बाँधेको र ती तिमीहरूले बोक भनी तिमीहरूका काँधमा राखिदिएको जस्तै हो । तर ती बोक्‍नलाई तिमीहरूलाई मद्दत गर्न तिनीहरूले एउटा औला पनि चलाउँदैनन् ।
\v 5 तिनीहरूले जे गर्छन्, तिनीहरूले ती कुराहरू यस हेतुले गर्छन्, मानिसहरूले तिनीहरूलाई देख्‍नेछन् र तिनीहरूको प्रशंसा गर्नेछन् । उदाहरणको लागि, तिनीहरूले आफ्‍ना हातहरूमा लगाउने धर्मशास्‍त्रका खण्डहरूलाई धेरै चौडा बनाउँछन् । तिनीहरूले परमेश्‍वर लाई आदर गर्छन् भनी अरूले विचार गरून् भनेर तिनीहरूले आफ्ना वस्‍त्रका झुम्काहरूलाई ठूला बनाउँछन् ।
\s5
\v 6 अरू मानिसहरूले तिनीहरूको आदर गरेको तिनीहरू चाहान्‍छन् । उदाहरणको लागि, रात्री भोजमा तिनीहरू सबभन्‍दा प्रतिष्‍ठित मानिसहरू बस्‍ने आसनहरूमा बस्छन् । सभाघरहरूमा तिनीहरू त्यस्तै किसिमका ठाउँहरूमामा बस्‍न रुचाउँछन् ।
\v 7 बजारहरूमा मानिसहरूले ठुलो आदर देखाएर तिनीहरूलाई अभिवादन गरेको र मानिसहरूले तिनीहरूलाई ‘गुरु’ भनेको तिनीहरू मन पराउँछन् ।
\s5
\v 8 तर मानिसहरूले अरू यहूदी गुरुहरूलाई भनेझैं तिमीहरू, मेरो चेलाहरूले ‘गुरु’ भनेर सम्बोधन गर्न दिनुहुँदैन । म एकमात्र तिमीहरूको साँचो गुरु हुँ । यसको अर्थ तिमीहरू सबै एकआपसमा बराबर हौ जस्‍तो दाजुभाइ र दिदीबहिनी हुन्‍छन् ।
\v 9 यस पृथ्वीमा कसैलाई सम्‍बोधन गरेर तिनलाई ‘पिता’ नभन, किनभने स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्‍वर मात्र तिमीहरूका साँचो पिता हुनुहुन्छ ।
\v 10 मानिसहरूले तिमीहरूलाई ‘गुरु’ भनेर सम्बोधन गर्न नदेओ, किनभने ख्रीष्‍ट मात्र तिमीहरूका गुरु हुन् ।
\s5
\v 11 त्‍यसको साटोमा, तिमीहरूका माझमा भएका हरेक जसले परमेश्‍वरले आफूलाई प्रतिष्‍ठित ठान्‍नुभएको होस् भन्‍ने इच्‍छा गर्नेहरूले सेवकहरूले गरेझैँ अरूहरूको सेवा गर्नुपर्छ ।
\v 12 जसले आफैंलाई प्रतिष्‍ठित बनाउने कोसिस गर्छ त्‍यसलाई परमेश्‍वरले विनम्र बनाउनुहुन्छ । जसले आफैंलाई विनम्र बनाउँछ, परमेश्‍वरले तिनीहरूलाई साँच्‍चै प्रतिष्‍ठित बनाउनुहुनेछ ।”
\s5
\v 13 “तिमीहरू व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमीहरू कपटीहरू हौ ! परमेश्‍वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ, किनभने तिमीहरू स्‍वर्गको राज्‍यमा आउन इन्‍कार गर्छौ र अरूहरूलाई पनि बाहिरै राख्‍छौ ।
\v 14 तिमीहरू आफैं पनि भित्र जाने इच्‍छा गर्दैनौ र अरूहरूलाई पनि भित्र जानलाई रोक्‍छौ ।
\v 15 तिमीहरू व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिनीहरू कपटीहरू हौ ! परमेश्‍वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ ! तिमीहरू जे सिकाउँछौ त्‍यसमा विश्‍वास गर्ने एकजना भेट्टाउनलाई तिमीहरू कडा परिश्रम गर्छौ । त्यसो गर्ने उदेश्‍यले तिमीहरू समुद्रहरू र जमिनहरूमा यात्रा गरेर धेरै टाढाका ठाउँहरूसम्म पनि पुग्‍छौ । र परिणामस्वरूप, जब तिमीहरूले सिकाएका कुरामा एकजनाले विश्‍वास गर्छ, तब तिमीहरूले त्‍यस व्‍यक्तिलाई तिमीहरू आफूभन्दा पनि धेरै बढी नरक जान योग्यको बनाउँछौ ।”
\s5
\v 16 “तिमीहरू यहूदी अगुवाहरू, परमेश्‍वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ । तिमीहरू अरूहरूलाई डोर्‍याउन कोसिस गर्ने अन्धा मानिसहरू जस्तै छौ । तिमीहरू भन्छौ, ‘कसैले केही कुराको भाकल गर्दा मन्‍दिरलाई व्‍यक्तिझैं मानेर उसले त्‍यो गर्नेछ भन्‍ने कुरा पक्‍का गर्न मन्‍दिरलाई बिन्ती गर्छ भने, उसले जे प्रतिज्ञा गर्‍यो त्‍यो पूरा गर्दैन भने पनि त्‍यसले कुनै अर्थ हुँदैन । तर उसले केही गर्नेछ भनी मन्‍दिरमा भएको सुनलाई पक्‍का गर्न बिन्ती गर्छ भने, उसले त्‍यो पूरा गर्नैपर्छ ।’
\v 17 तिमीहरू मूर्खहरू हौ, र तिमीहरू अन्धा मानिसहरू जस्तै छौ ! मन्दिरमा भएको सुन महत्त्‍वपूर्ण हुन्‍छ, तर मन्दिर त झन् धेरै महत्त्‍वपूर्ण हुन्‍छ , किनभने मन्दिरले नै त्‍यो सुन परमेश्‍वरको लागि मात्र हो भन्‍ने जनाउँछ ।
\s5
\v 18 अझै, तिमीहरू भन्छौ, ‘कसैले केही कुराको भाकल गर्दा वेदीलाई व्‍यक्तिझैं मानेर उसले वेदीलाई पक्‍का गर्न बिन्ती गर्छ भने, उसले जे प्रतिज्ञा गर्‍यो त्‍यो पूरा गर्दैन भने पनि त्‍यसले कुनै अर्थ हुँदैन । तर उसले केही गर्नेछ भनी वेदीमा चढाएको भेटीलाई पक्‍का गर्न बिन्ती गर्छ भने, उसले त्‍यो पूरा गर्नैपर्छ ।’
\v 19 तिमीहरू अन्धा मानिसहरू जस्तै हौ । वेदीमा चढाएको भेटी महत्त्‍वपूर्ण हुन्‍छ, तर वेदी त झन् धेरै महत्त्‍वपूर्ण हुन्‍छ किनभने वेदीले नै त्‍यो भेटी परमेश्‍वरको लागि मात्र हो भन्‍ने जनाउँछ ।
\s5
\v 20 यसैले कसैले केही गर्ने प्रतिज्ञा गर्छ र त्‍यसपछि तिनीहरूले त्‍यो गर्नेछन् भन्‍ने कुरा पक्‍का गर्न वेदीलाई बिन्‍ती गर्छन् भने, तिनीहरूले वेदीमाथि भएका सबै कुराहरूलाई नै त्‍यो गर्न बिन्‍ती गरेका हुन्छन् ।
\v 21 हो, र कसैले केही गर्ने प्रतिज्ञा गर्छन् र त्यसपछि तिनीहरूले त्‍यो गर्नेछन् भनी पक्‍का गर्न मन्दिरलाई बिन्‍ती गर्छन् भने, त्‍यो पक्‍का गर्न तिनीहरूले परमेश्‍वरलाई नै बिन्‍ती गरेका हुन्‍छन् किनभने मन्दिर उहाँकै हो ।
\v 22 हो, र कसैले केही गर्ने प्रतिज्ञा गर्छन् र त्यसपछि तिनीहरूले त्‍यो गर्नेछन् भनी पक्‍का गर्न स्‍वर्गलाई बिन्‍ती गर्छन् भने, तिनीहरूले त्‍यो गर्नेछन् भनी पक्‍का गर्न परमेश्‍वरको सिंहासनलाई नै बिन्‍ती गरेका हुन्‍छन्, र तिनीहरूले सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वरलाई नै त्‍यो पक्‍का गर्न बिन्‍ती गरेका हुन्‍छन् ।”
\s5
\v 23 “तिमीहरू व्यवस्थाका शिक्षकहरू र तिमीहरू फरिसीिहरू, परमेश्‍वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ ! तिमीहरू कपटीहरू हौ, किनभने तिमीहरू पुदिना, सूँप र जिरा जस्‍ता आफूले उत्‍पादन गरेका कुराको दशांश दिन्‍छौ, तापनि परमेश्‍वरका झन् महत्त्‍वपूर्ण आज्ञाहरू तिमीहरू पालन गर्दैनौ । उदाहरणको लागि, तिमीहरू अरूहरूप्रति न्यायोचित किसिमले व्यवहार गर्दैनौ, तिमीहरू मानिसहरूप्रति कृपापूर्ण व्यवहार गर्दैनौ, र तिमीहरूले बल प्रयोग गरेर अरूहरूबाट चीजबीजहरू लैजान्‍छौ । तिमीहरूका उत्‍पादनको दशांस परमेश्‍वरलाई दिनु असल हो, तर तिमीहरूले झन् बढी महत्त्‍वपूर्ण अरू व्यवस्थाहरू पनि पालन गर्नुपर्छ ।
\v 24 तिमीहरू अगुवाहरू अरूहरूलाई डोर्‍याउन खोज्‍ने अन्धा मानिसहरू जस्ता छौ । तिमीहरूले पानी पिउँदा साना किराहरू निलेर परमेश्‍वरको चित्त नदुखोस् भनेर तिमीहरू होशियार हुन्छौ, तर तिमीहरू ऊँटलाई नै निले झैं खराब व्यवहार गर्छौ !
\s5
\v 25 “तिमीहरू कपटीहरू, तिमीहरू व्यवस्थाका शिक्षकहरू र फरिसीहरू हो, परमेश्‍वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ । तिमीहरू आफैंलाई अन्य मानिसहरूका अघि असल मानिसहरू झैं प्रस्तुत गर्छौ । तिमीहरू धर्मी छौ भन्‍ने विचार मानिसहरूमा होस् भन्‍ने कोसिस तिमीहरू गर्छौ, तर तिमीहरूका लालच र तिमीहरूले आफैंलाई खुशी पार्नलाई अरूहरूका चीजबीजहरू लिएर साँच्‍चै तिमीहरूले पाप गर्छौ । तिमीहरू बाहिरपटी माझेका थालहरू जस्ता छौ तर भित्र अझै फोहर हुन्‍छ ।
\v 26 तिमीहरू अन्धा फरिसीहरू ! सबभन्दा पहिला तिमीहरूले अरूहरूबाट चोरी गर्ने जस्‍ता खराब काम बन्द गर्नुपर्छ । त्यसपछि तिमीहरू जे धर्मी हुन्‍छ त्‍यो गर्न सक्षम हुनेछौ र तिमीहरू भित्र र बाहिर दुवैपटी सफा भएको थाल जस्ता हुनेछौ ।”
\s5
\v 27 “तिमीहरू कपटीहरू हौ, तिमीहरू व्यवस्था सिकाउने मानिसहरू र तिमीहरू फरिसीहरू, परमेश्‍वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ ! तिमीहरू मानिसहरूका चिहानमाथि बनाइएका भवनहरू, सेतो रङ्ग पोतिएका भवनहरू जस्ता छौ जसले गर्दा मानिसहरूले ती देख्‍नेछन् र ती छुनेछैनन् । ती चिहानको बाहिरपटी सुन्दर देखिन्छ, तर भित्रिपटी त्‍यहाँ मरेका मानिसहरूका हाडहरू तथा फोहरले भरिएका हुन्छन् ।
\v 28 तिमीहरू ती चिहानहरूजस्ता हौ । जब मानिसहरूले तिमीहरूलाई हेर्छन्, तिमीहरू धर्मी भएको तिनीहरूले विचार गर्छन्, तर तिमीहरूको भित्री अन्‍तस्‍करणमा तिमीहरू कपटीहरू हौ, किनभने तिमीहरू परमेश्‍वरका आज्ञाहरू उलङ्घन गर्छौ ।”
\s5
\v 29 “तिमीहरू यहूदी व्यवथा सिकाउने मानिसहरू र फरिसीहरू, तिमीहरू कपटीहरू हौ ! परमेश्‍वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ । अरूहरूले धेरै अघि मारेका अगमवक्‍ताहरूका चिहानहरू तिमीहरू पुनःनिर्माण गर्छौ । तिमीहरू स्मारकहरू सजाउँछौ जसले धर्मी मानिसहरूको आदर गर्छ ।
\v 30 तिमीहरू भन्‍छौ, ‘हाम्रा पुर्खाहरूले जीवन बिताएको समय हामीहरूले जीवन बिताएको भए, अगमवक्‍ताहरूका हत्या गर्नेहरूलाई हामीहरू मद्दत गर्ने थिएनौं ।’
\v 31 यसरी तिमीहरू तिनै हत्याराहरूका सन्तानहरू हौ भनी तिमीहरू स्वीकार गर्छौ; यसैले तिमीहरू तिनीहरू जस्तै हौ ।
\s5
\v 32 तिमीहरू पनि अघि सर्छौ र तिमीहरूका पुर्खाहरूले गर्न सुरु गरेका सबै पापहरू गरेर सिध्‍याउँछौ ।
\v 33 तिमीहरू असाध्‍ये दुष्‍ट मानिसहरू हौ ! तिमीहरू विषालु सर्पहरू जस्तै खतरनाक छौ ! परमेश्‍वरले तिमीहरूलाई नरकमा दण्ड दिनबाट तिमीहरू उम्कनेछौ भनी विचार गर्नु तिमीहरू मूर्ख हुनु हो !
\s5
\v 34 यो कुरा ध्‍यान देऊ कि यसैकारणले म अगमवक्‍ताहरू, ज्ञानी मानिसहरू र शिक्षकहरू पठाउनेछु । तिनीहरूमध्‍ये कसैलाई तिमीहरूले क्रुसमा काँटीमा झुण्‍डाएर मार्नेछौ, र कसैलाई तिमीहरूले अन्‍य कुनै किसिमले मार्नेछौ । तिनीहरूमध्‍ये कसैलाई तिमीहरूले आफ्‍ना आराधना गर्ने ठाउँहरूमा कोर्रा लाउनेछौ र तिमीहरूले तिनीहरूलाई एक सहरबाट अर्को सहरमा लखेट्नेछौ ।
\v 35 यसैले आदमका छोरा धर्मी मानिस हाबिलदेखि तिमीहरूका पूर्खाहरूले मन्‍दिर र वेदी बीचको पवित्रस्‍थानमा मारेका बेरेक्‍याहका छोरा जकरियासमेत यस संसारमा सदासर्वदा जीवन बिताएका सबै धार्मी मानिसहरूलाई मारेको कारणले परमेश्‍वरले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दोषी ठहराउनुहुनेछ । ती दुई मानिसहरूले जीवन बिताएका समयहरूका बीचमा जीवन बिताएका अरू सबै अगमवक्‍ताहरूलाई पनि तिमीहरूले मार्‍यौ ।
\v 36 यस कुरालाई विचार गरः ती सबै अगमवक्‍ताहरूलाई मारेको निम्ति, तिमीहरू, मेरो सेवालाई देखेका मानिसहरूलाई नै परमेश्‍वरले दण्ड दिनुहुनेछ !”
\s5
\v 37 “हे यरूशलेमका मानिसहरू हो, तिमीहरू जो धेरै अघि जीवन बिताएका अगमवक्‍ताहरूलाई मार्नेहरू, र तिमीहरू जो परमेश्‍वरले तिमीहरूकहाँ पठाउनुभएका अरूहरूलाई ढुंगाहरूले हानेर मार्नेहरू हो । तिमीहरूको सुरक्षा गर्न धेरैपल्‍ट मैले तिमीहरूलाई एकसाथ जम्‍मा पार्ने इच्‍छा गरें, जस्‍तो एउटा कुखुराले आफ्ना चल्लाहरूलाई आफ्‍ना पखेटामुनि जम्मा गर्छ । तर मैले त्यसो गरौं भन्‍ने इच्‍छा तिमीहरूलाई भएन ।
\v 38 यसैले यो कुरा सुन् : तिमीहरूका सहर एउटा निर्जन ठाउँ हुनेछ ।
\v 39 यो कुरा ध्‍यान देः तैंले मलाई फेरि म फर्केर आउँदा मात्र देख्‍नेछस्, जतिबेला तैंले मेरो बारेमा यसो भन्‍छस्, ‘परमेश्‍वरको अधिकारसहित आउने यी मानिससँग परमेश्‍वर साँच्‍चै नै प्रसन्‍न हुनुहुन्छ ।’”
\s5
\c 24
\p
\v 1 येशूले मन्दिरको चोक छोड्‍नुभयो । उहाँ हिंड्‍दै गर्नुहुँदा, उहाँकाो चेलाहरू उहाँकहाँ आए र मन्दिरका भवनहरू कति धेरै सुन्दर छन् भन्‍ने बारेमा कुरा गर्न सुरु गरे ।
\v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले हेर्दै गरेका यी भवनहरूका सत्‍यताको बारेमा म तिमीहरू भन्छुः सिपाहीको एउटा झुण्‍डले त्यसलाई पूर्णरुपले नाश गर्नेछ । यी भवनहरूमा भएका हरेक ढुंगालाई तिनीहरूले तल फाल्‍नेछन् । एउटा ढुंगा अर्को ढुंगामाथि रहने छैन ।”
\s5
\v 3 त्यसपछि, जैतुन डाँडाको भिरालोमा येशू एक्लै बसिरहनुहुँदा, चेलाहरू उहाँकहाँ गए र उहाँलाई सोधे, “मन्दिरका भवनहरू कहिले त्‍यस्‍तो हुनेछन् ? र तपाईं फेरि आउनै लाग्‍नुभएको छ भनी दर्शाउनलाई र यो संसारको अन्त हुनै लागेको छ भनी दर्शाउनलाई के हुनेछ ?”
\v 4 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई यत्ति भन्‍नेछु, निश्‍चत होओ कि के हुनेछ भन्‍ने बारेमा कसैले तिमीलाई छल नगरोस् !”
\v 5 धेरैजना मानिसहरू आउनेछन् र तिनीहरू म नै हुँ भन्‍नेछन् । हो, तिनीहरूले वास्तवमै भन्‍नेछन्, “ख्रीष्‍ट म नै हुँ, र तिनीहरूले धेरै मानिसहरूलाई छल गर्नेछन् ।
\s5
\v 6 तिमीहरूले नजीकमा भएका युद्धहरू र टाढामा भएका युद्धहरूका बारेमा सुन्‍नेछौ, तर त्‍यसबाट तिमीहरू दुःखी नहोओ ! यो कुरा ध्‍यानमा राख कि ती कुराहरू हुनैपर्छ भनी परमेश्‍वरले भन्‍नुभएको छ । तर जब ती कुराहरू हुन्‍छन्, त्‍यसको अर्थ यो होइन कि संसारको अन्त आएको छ !
\v 7 मानिसहरूको समूहले एकअर्कामाथि आक्रमण गर्नेछन्, र राजाहरूले एकअर्काको विरुद्धमा सिपाहीहरूको नेतृत्‍व गर्नेछन् । धेरै ठाउँहरूमा अनिकालहरू र भूकम्पहरू हुनेछन् ।
\v 8 पहिले यिनै कुराहरू हुनेहुन्, तर शिशु जन्माउनअघि प्रस्रव पीडामा परेकी एकजना स्‍त्रीको जस्तै तिनीहरू हुनेछ ।
\s5
\v 9 झन् धेरै खराब कुराहरू हुनेछन् । तिमीहरूको विरोध गर्ने मानसिहरूले तिमीहरूलाई यातना दिन र मार्नलाई लैजानेछन् । सबै मानिसहरूका समूहमा बसोबास गर्ने मानिसहरूको समूहले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरू मलाई विश्‍वास गर्छौ ।
\v 10 अझै, तिनीहरूले पाएको सातवटको कारणले धेरै मानिसहरूले विश्‍वास छोड्नेछन् । तिनीहरूले आफ्‍नै विश्‍वासी मित्रलाई धोका दिनेछन्, र एक अर्कालाई घृणा गर्नेछन् ।
\v 11 धेरैजना आफैंलाई अगमवक्‍ताहरू हुन् भन्दै आउनेछन्, तर तिनीहरू झुटो बोल्‍नेछन्, र तिनीहरूले धेरै मानिसलाई छल गर्नेछन् ।
\s5
\v 12 धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको व्यवस्थालाई उल्लङ्घन गर्ने हुनाले, धेरैजना विश्‍वासीहरूले एकअर्कालाई प्रेम गर्ने छैनन् ।
\v 13 तर आफ्‍नो जीवनको अन्तसम्म विश्‍वास गरिरहनेहरू सबैलाई परमेश्‍वरले बचाउनुहुनेछ ।
\v 14 अझैधेरै, कसरी परमेश्‍वरले संसारको हरेक भागमा राज्‍य गर्दै हुनुहुन्‍छ भन्‍ने बारेमा, सबै मानव समूहहरूलाई घोषणा गर्ने उदेश्‍यले, विश्‍वासीहरूले सुसमाचार प्रचार गर्नेछन् । त्यसपछि संसारको अन्त आउनेछ ।”
\s5
\v 15 “तर संसारको अन्त हुनु अघि, पवित्र मन्दिरलाई अशुद्ध बनाउनेछ र मानिसहरूलाई त्‍यो त्‍याग्‍न लगाउने घृणित व्‍यक्ति मन्‍दिरमा खडा हुनेछ । त्‍यसको बारेमा दानियल अगमवक्‍ताले धेरै अघि बोले र लेखे । यो पढ्ने हरेकले ध्यान देओस्, किनभने म तिमीहरूलाई चेतावनी दिंदैछु ।
\v 16 जब तिमीहरूले मन्दिरमा त्‍यो भएको देख्‍नेछौ, तिमीहरूमध्‍ये जो यहूदिया क्षेत्रमा हुनेहरू उच्‍च पहाडहरूतिर भाग्‍नुपर्छ !
\v 17 आफ्‍ना घरहरूबाहिर हुनेहरू आफू भग्‍नुअघि चीजबीजहरू लिनलाई फर्केर आफ्‍नो घरहरूभित्र जानुहुँदैन ।
\v 18 आफ्‍ना खेतबारीमा काम गर्नेहरू आफू भग्‍नुअघि आफ्‍नो बाहिरी वस्‍त्र लिनलाई फर्कनुहुँदैन ।
\s5
\v 19 त्‍यो समयमा गर्भवती महिलाहरू र आफ्ना शिशुहरूलाईो स्‍तनपान गराउने महिलाहरूको लागि कति भयानक हुनेछ, किनभने तिनीहरूलाई भाग्‍नलाई अत्‍यन्‍तै कठिन हुनेछ !
\v 20 तिमीहरू जाडो मौसममा भग्‍न नपरोस् जतिबेला यात्रा गर्न कठिन हुनेछ, वा शवाथ-दिन, विश्राम-दिन नपरोस् भनेर प्रार्थना गर;
\v 21 किनभने यी कुराहरू हुँदा, मानिसहरूलाई असाध्यै दुःख हुनेछ । परमेश्‍वरले संसारको सृष्‍टि गर्नुभएको समयदेखि अहिलेसम्म मानिसहरूले त्‍यस्‍तो असह्‍य दुःख कदापि भोगेका छैनन् र कसैले पनि फेरि त्यस्‍तो दुःख कदापि भोग्‍नुपर्ने छैनन् ।
\v 22 जतिबेला मानिसहरू अत्‍यन्‍तै कष्‍ट भोग्‍नेछन्, परमेश्‍वरले त्‍यो समयलाई छोटो पार्ने निर्णय गर्नुभएको थिएन भने, हरेक व्‍यक्ति मर्ने थिए । तर उहाँले त्‍यसलाई छोटो पार्ने निर्णय गर्नुभएको छ, किनभने उहाँले चुन्‍नु भएका मानसिहरूको उहाँले ख्याल गर्नुहुन्छ ।”
\s5
\v 23 त्यो समयमा, कसैले तिमीहरूलाई भन्‍छ, ‘हेर, ख्रीष्‍ट यहाँ छन् ! वा कसैले भन्‍छ, ‘ख्रीष्‍ट त्‍यहाँ छन् ! त्‍यसलाई विश्‍वास नगर ।
\v 24 मानिसहरूलाई झुक्याउनका लागि तिनीहरूले धेरै किसिमकाे आश्‍चर्यका कामहरू र अचम्मका कुराहरू गर्नेछन् । परमेश्‍वरले चुन्‍नुभएका तिमीहरू जस्ता मानिसहरूलाई पनि तिनीहरूले झुक्याउने कोसिस गर्नेछन् ।
\v 25 यो कुरा नबिर्स कि मैले तिमीहरूलाई यी हुनुभन्‍दा अघि नै यी सबै कुराको बारेमा चेतावनीका दिएको छु ।
\s5
\v 26 यसैले कसैले तिमीलाई यसो भन्छ भने, ‘हेर, ख्रीष्‍ट उजाड-स्थानमा हुनुहुन्छ ! त्यहाँ नजाओ । यसरी नै कसैले तिमीलाई भन्छ भने, ‘हेर, उहाँ एउटा गुप्‍त कोठामा हुनुहुन्छ ! त्‍यस व्‍यक्तिलाई विश्‍वास नगर,
\v 27 किनभने जसरी पूर्वबाट पश्‍चिमसम्म बिजुली चम्कन्छ र मानिसहरूले त्‍यो देख्‍छन्, त्‍यसरी नै, जब मानिसको पुत्र फेरि आउनेछ, हरेक देख्‍नेछ ।
\v 28 जसरी गिद्धहरू जम्‍मा भएको ठाउँमा एउटा जनावरको सिनो हुन्‍छ भनी तिमीहरू जान्‍दछौ त्‍यसरी नै त्‍यो कुरा हरेकलाई स्पस्ट हुनेछ ।”
\s5
\v 29 “त्यो समयमा मानिसहरूले कष्‍ट भोग्‍ने बित्तिकै, सुर्य अन्धकार हुनेछ । चन्द्रमाले चमक दिनेछैन । ताराहरू आकाशबाट खस्‍नेछन् । र आकाशलाई भएका सबै कुराहरूले आफ्नो ठाउँ छोडून् भनेर परमेश्‍वरले हल्लाउनुहुनेछ ।
\s5
\v 30 त्यसपछि, मानिसको पुत्र आकाशमा देखापरेको हरेकले देख्‍नेछ । तब पृथ्‍वीमा भएका सबै मानिसहरूको समूहका अविस्‍वासी मानिसहरूले विलाप गर्नेछन् किनभने तिनीहरू डराउनेछन् । म, मानिसको पुत्र शक्ति र ठूलो महिमामा बदलहरूमा आउँदै गरेको तिनीहरूले मलाई देख्‍नेछन् ।
\v 31 उनले आकाशको हरेक कुनाबाट आफ्‍ना स्वर्गदूतहरूलाई पृथ्वीमा पठाउनेछन् । जब तिनीहरूले तुरहीको चर्को स्वोर सुन्‍नेछन्, परमेश्‍वरले चुन्‍नुभएका -- उहाँका मानिसहरूलाई सम्‍पूर्ण पृथ्‍वीबाट -- तिनीहरूले एकसाथ जम्‍मा गर्नेछन् ।”
\s5
\v 32 “अब अन्जिरका रूखहरू कसरी बढ्छन्, त्‍यसबाट केही कुरा सिक । जब अन्जिरका हाँगाहरू कोमल हुन्‍छन् र त्‍यसका पातहरू पलाउन थाल्छन्, गर्मीयाम नजिक आउँदैछ भनी तिमीहरू जान्‍दछौ ।
\v 33 यसरी नै, जब तिमीहरूले यी सबै कुराहरू हुँदै गरेको देख्‍नेछौ, तिमीहरू जन्‍नेछौ कि उनको पुनःआगमनको समय एकदमै नजिकै छ ।
\s5
\v 34 यो कुरा ध्‍यान देओः यी सबै घटनाहरू देखेका सबै मानिसहरूको मृत्‍यु हुनुअघि नै यी कुराहरू हुनेछन् ।
\v 35 मैले तिमीहरूलाई भनेका यी कुराहरू अवश्य हुन आउनेछन् भन्‍ने कुरामा तिमीहरू निश्‍चित होओ । एकदिन पृथ्वी र आकाश हराएर जानेछन्, तर जे म भन्छु त्‍यो सधैँ सत्य हुनेछ ।”
\s5
\v 36 “तर अरू कुनै व्‍यक्तिले, न स्वर्गमा भएका कुनै स्‍वर्गदूतले, न पुत्रले नै कतिबेला यी कुराहरू हुनेछन् भनी त्‍यो दिन वा समयको बारेमा थाहा छ । परमेश्‍वर पितालाई मात्र थाहा छ ।”
\s5
\v 37 नोआले जीवन बिताएको समयमा जे भयो तेस्तै हुनेछ । जलप्रलय नआएसम्‍म, मानिसहरूलाई कुनै नराम्रो कुरा हुन्छ भनी तिनीहरूलाई थाहा थिएन । तिनीहरू सधैंझैं खाँदै र पिउँदै थिए ।
\v 38 पुरुषहरूले विवाह गर्दै थिए, र बुबाआमाले आफ्ना छोरीहरूको विवाह पुरुषहरूसित गरिदिंदै थिए ।
\v 39 नोआ र तिनको परिवार एउटा ठूलो डुंगाभित्र पस्‍ने दिनसम्‍म नै तिनीहरू यो सब गर्दै थिए । र त्‍यसपछि जलप्रलय आयो र डुंगामा नभएका सबैलाई डुबाइदियो । त्यसरी नै, अविश्‍वासी मानिसहरूले मानिसको पुत्र कहिले फर्केर आउनेछ थाहा पउनेछैनन् ।
\s5
\v 40 जब त्‍यो हुन्‍छ, सबै मानिसलाई स्वर्गमा लगिनेछैन । उदाहरणको लागि, दुईजना खेतबारीमा हुनेछन् । तिनीहरूमध्‍ये एकजना स्वर्गमा लगिनेछ र अर्कोचाहिं दण्डको लागि यहाँ छोडिनेछ ।
\v 41 त्यसरी नै, दुई महिलाहरू जाँतोमा अन्‍न पिंधिरहेका हुनेछन् । तिनीहरूमध्‍ये एकजना स्वर्गमा लगिनेछ र अर्कोचाहिं छोडिनेछ ।
\v 42 यसैले, तिमीहरूका प्रभु कुन दिन यस पृथ्वीमा फर्केर आउनेछन् भनी तिमीहरूलाई थाहा नभएको कारणले तिमीहरू हरसमय तयार रहनु आवश्यक छ ।
\s5
\v 43 तिमीलाई थाहा छ कि घरको मालिकले रातको कुन समयमा चोरहरू आउँछन् भनेर थाहा पाएको भए, तिनी जागा रहन्‍थे र चोरहरूलाई भित्र आउनबाट रोक्‍ने थिए । त्‍यसरी नै मानिसको पुत्र एउटा चोरझैं अचानक आउनेछन् ।
\v 44 यसैले तिमीहरू तयार रहनु आवश्यक छ किनभने मानिसको पुत्र पृथ्वीमा तिमीहरूले उनी आउने आशा नगरेको समयमा पर्केर आउनेछन् ।”
\s5
\v 45 “हरेक विश्‍वासयोग्य र बुद्धिमान नोकर कस्तो हुन्‍छ भन्‍ने बारेमा विचार गर । घरको मालिकले एकजना सेवकलाई अरू सेवकहरूको निरीक्षण गर्नलाई नियुक्ति गर्छ । तिनीहरूलाई ठिक समयहरूमा खान दिनलाई तिनले उसलाई भन्‍छन् । त्‍यसपछि तिनी एउटा लामो यात्रामा जान्‍छन् ।
\v 46 घरको मालिक फर्कंदा त्‍यस सेवकले त्‍यो काम गर्दै गरेको हुन्‍छ भने, घरका मालिक उससँग धेरै खुशी हुनेछन् ।
\v 47 यो कुरा विचार गरः घरका मालिकले त्यो सेवकलाई तिनका आफ्‍ना सारा धनदौलतमाथि निरीक्षक बनाउनेछन् ।
\s5
\v 48 तर दुष्‍ट सेवकले मनमनै यसो भन्‍न सक्‍छ, ‘मालिक लामो समयको लागि बाहिर गएका छन्, यसैले तिनी सायद चाँडै नै पर्केर आउनेछैनन् र म जे गर्दैछु, त्‍यो भेट्टाउने छैनन् ।’
\v 49 यसैले उसले अरू सेवकहरूलाई कुट्न सुरु गर्नेछ र मदिरा सेवन गरेकाहरूसँगै खान र पिउन थाल्‍नेछ ।
\v 50 त्‍यसपछि त्‍यो सेवकले आशा नगरेको समयमा घरको मालिक फर्केर आउनेछन् ।
\v 51 तिनले त्यो सेवकलाई असह्‍य दण्‍ड दिनेछन् र तिनले त्‍यसलाई कपटीहरू राखेको स्थानमा राख्‍नेछ । त्यो ठाउँमा मानिसहरू रुन्‍छन् र आफ्‍ना दाह्रा किट्छन् किनभने तिनीहरूले धेरै पीडा भोग्‍नेछन् ।”
\s5
\c 25
\p
\v 1 “स्वर्गबाट परमेश्‍वरको राज्‍य एउटा विवाहको भोजमा जानलाई तयार दशजना अविवाहित कन्‍याहरूलाई भएजस्‍तै हो । तिनीहरूले आफ्ना बत्तिहरू साथमा लानुपर्थ्‍यो र दुलाहाको आगमनको प्रतिक्षा गर्न जानुपर्थ्‍यो ।”
\v 2 अब ती कन्‍याहरूमध्ये पाँचजना मूर्ख थिए र पाँचजना बुद्धिमान थिए ।
\v 3 मूर्ख कन्‍याहरूले आफ्ना साथमा बत्तिहरू लगे तर तिनीहरूले आफूसँग बढी जैतुनको तेल लगेनन् ।
\v 4 तर बुद्धिमान कन्‍याहरूले आफ्‍ना बत्तिहरूका साथसाथै आफ्‍ना ढुंग्रोहरूमा तेल लगे ।
\s5
\v 5 दुलाहा आउनलाई धेरै लामो समय लगाउँदै थिए, र राती ढिला भयो । यसैले सबै कन्‍याहरू उँघ्‍न लागे र निदाए ।
\v 6 मध्यरातमा कसैले तिनीहरूलाई कराउँदै उठाए, “उनी यहाँ छन् ! दुलाहा आउँदै छन् ! बाहिर जाओ र उनलाई भेट !”
\s5
\v 7 यसैले कन्‍याहरू ब्‍युँझे र आफ्ना बत्तिहरू बलिरहुन् भनेर मिलाए ।
\v 8 तब मूर्ख कन्‍याहरूले, बुद्धिमान कन्‍याहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेल अलिकति देओ, किनभने हाम्रा बत्तिहरू निभ्नै लागेको छ !
\v 9 बुद्धिमान कन्‍याहरूले जवाफ दिए, “हुँदैन, हाम्रा र तिमीहरूका बत्तिहरूका लागि तेल पुग्दैन । पसलेहरूकहाँ जाओ र तिमीहरूका निम्‍ति केही तेल किन !”
\s5
\v 10 तर जब मूर्ख कन्याहरू तेल किन्‍नलाई बाटोमा जाँदैथिए, दुलाहा आइपुगे । तब तयार रेहका बुद्धिमान कन्याहरू तिनीसँग विवाह भोजको घरमा गए, जाहाँ दुलाही पर्खिरहेकीा थिइन् । तब ढोका बन्द गरियो ।
\v 11 पछि बाँकी कन्‍याहरू विवाह घरमा आए, र तिनीहरूले दुलाहालाई भने, ‘हजुर, हाम्रा निम्‍ति ढोका खोल्‍नुहोस् !
\v 12 तर तिनले उनीहरूलाई भने, ‘सत्य यो हो, म तिमीहरूलाई चिन्दिन, यसैले तिमीहरू निम्‍ति म ढोका खोल्‍नेछैन !’”
\v 13 अनि येशूले लगातार यसो भन्‍नुभयो, “यसैले, तिमीहरूलाई यस्‍तो नहोस् भन्‍ने हेतुले, तयार रहो किनभने त्यो कहिले हुनेछ तिमीहरू जान्दैनौ ।”
\s5
\v 14 “जब मानिसको पुत्र राजाको रूपमा स्वर्गबाट फर्केर आउँछ, त्यो लामो यात्रामा जान लागेको एकजना मानिस जस्तै हुनेछ । तिनले आफ्ना सेवकहरूलाई एकसाथ बोलाए र लगानी गर्न र आफ्‍नो निम्‍ति धेरै पैसा आम्‍दानी गर्न तिनीहरू प्रत्येकलाई आफ्नो सम्पत्तिको केही अंश दिए ।
\v 15 पैसा प्रयोग गर्ने सेवकहरूको क्षमता अनुसार तिनले उनीहरूको पैसा दिए । उदाहरणको लागि, तिनले एकजना सेवकलाई १६५ किलो तौल भएको पाँच झोला सुन दिए, तिनले अर्को सेवकलाई ६६ किलो तौल भएको दुई झोला दिए, र तिनले अर्को सेवकलाई ३३ किलो तौल भएको एक झोला दिए । तब तिनी आफ्‍नो यात्रामा गए ।
\v 16 पाँच झोला सुन पाएको सेवक तुरुन्तै गयो र त्‍यो पैसा प्रयोग गरेर अरू पाँच झोला कमायो ।
\s5
\v 17 त्यसरी नै, दुई झोला सुन पाएको सेवकले अरू दुई झोला कमायो ।
\v 18 तर, एक झोला सुन पाउने सेवक गयो र जमीनमा खाल्डो खन्‍यो र त्‍यसलाई सुरक्षित राख्‍न त्‍यहाँ लुकायो ।
\s5
\v 19 लामो समयपछि सेवकहरूका मालिक फर्के । आफ्‍नो पैसाबाट तिनीहरूले के गरेका थिए भनी पत्ता लगाउनलाई तिनले उनीहरूलाई एकसाथ बोलाए
\v 20 पाँच झोला सुन पाएको सेवकले दश झोला ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई रेखदेख गर्न पाँच झोला सुन दिनुभयो । हेर्नुहोस्, मैले पाँच बढी कमाएको छु !
\v 21 उसको मालिकले जवाफ दिए, ‘तिमी धेरै असल सेवक हौ ! तिमी मप्रति धेरै विश्‍वासयोग्‍य भएका छौ । तिमीले थोरै पैसालाई धेरै रामरी चलाएका छौ, यसैले म तिमीलाई धेरै कुराहरूको अधिकार दिनेछु । आऊ र मसित खुःशी होऊ !
\s5
\v 22 दुई झोला सुन पाएको सेवक पनि आयो र उसले भन्यो, ‘मालिक, तपाईंले मलाई रेखदेख गर्न दुई झोला सुन दिनुभयो । हेर्नुहोस्, मैले दुई बढी कमाएको छु !
\v 23 उसको मालिकले जवाफ दिए, ‘तिमी धेरै असल सेवक हौ ! तिमी मप्रति धेरै विश्‍वासयोग्‍य भएका छौ । तिमीले थोरै पैसालाई धेरै रामरी चलाएका छौ, यसैले म तिमीलाई धेरै कुराहरूको अधिकार दिनेछु । आऊ र मसित खुःशी होऊ !
\s5
\v 24 त्यसपछि एक झोला सुन पाउने सेवक आयो । उसले भन्यो, ‘मालिक, म तपाईंसँग डराएँ । आफूले नरोपेको खेतबाट अन्‍न जम्‍मा गर्न खोज्‍ने एकजना किसान जस्‍तै तपाईं यस्‍तो मानिस हुनुहुन्‍छ, जसले आफूले लगानी नै नगरी धेरै पैसाको आशा गर्नुहुन्छ भन्‍ने मलाई थाहा थियो ।
\v 25 तपाईंले मलाई लगानी गर्न दिनुभएको पैसा मैले गुमाएँ भने, तपाईंले के गर्नुहोला भनी म डराएँ, यसैले मैले त्‍यो जमीिनमा लुकाएँ । यो यहाँ छ; कृपागरी यसलाई फिर्ता लिनुहोस् !
\s5
\v 26 उसको मालिकले जवाफ दिए, “तँ दुष्‍ट, अल्छि सेवक ! मैले केही लगानी नगर्दा पनि मैले पैसा कमाउन खोज्छु भनेर तँलाई थाहा थियो ।
\v 27 यसैले, तैंले मेरो पैसालाई बैंकमा जम्‍मा गर्नुपर्थ्‍यो, जसले गर्दा म फर्कंदा, त्‍यसले कमाएको व्याजसहित मैले त्‍यो फिर्ता पाउने थिएँ ।
\s5
\v 28 त्यसपछि मालिकले आफ्ना अरू सेवकहरूलाई भने, ‘उसँग भएको सुनको झोला लेओ र त्‍यो दश झोला भएको सेवकलाई देओ !
\v 29 आफूले जे पाएको छ त्‍यसलाई राम्ररी प्रयोग गर्नेहरूलाई परमेश्‍वरले झन् धेरै दिनुहुनेछ, र तिनीहरूसँग प्रशस्त हुनेछ । तर आफूले जे पाएको छ त्‍यसलाई राम्ररी प्रयोग नगर्नेहरूबाट, तिनीहरूसँग पहिले नै भएको कुरासमेत खोसिनेछ ।
\v 30 झन् बढी, त्यस नालायक सेवकलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ विलाप गर्नेहरू र असह्‍य पीडामा आफ्‍ना दाह्रा किट्नेहरूसँगै ऊ पनि हुनेछ ।’”
\s5
\v 31 “जब, मानिसको पुत्र उसको आफ्‍नो तेजस्‍वी प्रकासमा फेरिी आउनेछ र, आफ्‍ना सबै स्वर्गदूतहरूलाई ल्याउनेछ, तब हरेको न्‍याय गर्नलाई ऊ राजाझैं आफ्‍नो सिंहासनमा बस्‍नेछ ।
\v 32 मानिसहरूका सबै समूहबाट हरेकलाई उसको सामु जम्‍मा पारिनेछ । त्यसपछि, उसले मानिसहरूलाई एकबाट अर्को अलग गर्नेछ, जस्‍तो गोठालोले आफ्ना भेडालाई बाख्राबाट अलग गर्छ ।”
\v 33 भेडा र बाख्रा जस्तै, उसले धर्मी मानिसहरूलाई आफ्‍नो दाहिनेपट्टि र अधर्मीहरूलाई आफ्‍नो देब्रेपट्टि राख्‍नेछ ।”
\s5
\v 34 त्यसपछि आफ्‍नो दाहिनेपट्टि हुनेलाई उसले भन्‍नेछ, ‘तिमीहरू, जो मेरा पिताबाट आशिर्वाद पाएका छौ, आओ ! आओ ! उहाँले तिमीहरूलाई दिनुहुने सबै असल कुराहरू ग्रहण गर्न आओ, किनकि अब उहाँले तिमीहरूलाई आफ्‍नो शासनका आशिषहरू--उहाँले संसारको सृष्‍टि गर्नुभएको समयदेखि नै उहाँले तयार गरिरहनुभएका कुराहरू दिंदै हुनुहुन्‍छ ।
\v 35 यी कुराहरू तिमीहरूका लागि हुन्, किनभने म भोको हुँदा तिमीहरूले मलाई खानलाई केही कुरा दियौ । म तर्खाउँदा तिमीहरूले मलाई पिउनलाई केही कुरा दियौ । जब तिमीहरूको नगरमा म परदेशी थिएँ, तिमीहरूले मलाई आफ्नो घरहरूमा बस्‍नलाई निम्तो दियौ ।
\v 36 जब मलाई लुगाको खाँचो पर्‍यो, तिमीहरूले मलाई दियौ । जब म बिरामी थिएँ, तिमीहरूले मेरो रेखदेख गर्‍यौ । जब म झ्‍यालखानमा थिएँ, तिमीहरू मलाई भेट्न आयौ ।’
\s5
\v 37 तब परमेश्‍वरले असल घोषणा गर्नुभएका मानिसहरूले जवाफ दिनेछन्, ‘प्रभु, तपाईं कहिले भोकाउनुभयो र हामीले तपाईंलाई देख्‍यौं र तपाईंलाई खानलाई केही दियौं ? तपाईं कहिले तिर्खाउनुभयो र तपाईंलाई खानलाई केही दियौं ?
\v 38 तपाईं हाम्रो सहरमा कहिले परदेशी हुनुहुन्थ्यो र हामीले तपाईंलाई हाम्रा घरहरूमा बस्‍नलाई निम्‍तो दियौं ? तपाईंलाई कहिले लुगाको खाँचो पर्‍यो र हामीले तपाईंलाई दियौंँ ?
\v 39 तपाईं कहिले बिरामी वा झ्यालखाना हुनुहुन्‍थ्‍यो र हामीले तपाईंलाई भेट्‍न आयौं ? यीमध्‍ये कुनै पनि कुराहरू तपाईंको निम्‍ति हामीले गरेको याद नै छैन ।
\s5
\v 40 राजाले जवाफ दिनेछन्, ‘सत्य यो हो कि तिमीहरूले आफ्ना विश्‍वासी मित्रहरूमध्‍ये, सबभन्‍दा सानो कसैलाई पनि जे जति गर्‍यौ, त्‍यो तिमीहरूले निश्‍चय नै मेरै निम्‍ति गर्‍यौ ।’
\v 41 तर आफ्‍नो देब्रेपट्टि भएकाहरूलाई उसले भन्‍नेछ, ‘तिमीहरू, परमेश्‍वरले श्राप दिनुभएका मानिसहरू, मबाट दूर होओ ! शैतान र त्यसका दूतहरूका निम्‍ति परमेश्‍वरले तयार पार्नुभएको अनन्त आगोमा जाओ !
\v 42 तिमीहरू त्यहाँ जान उचित हुन्‍छ, किनभने म भोकाउँदा तिमीहरूले मलाई खानलाई केही कुरा दिएनौ । म तिर्खउँदा तिमीहरूले मलाई पिउनलाई केही कुरा दिएनौ ।
\v 43 जब तिमीहरूको नगरमा म परदेशी थिएँ, तिमीहरूले मलाई आफ्नो घरहरूमा बस्‍नलाई निम्तो दिएनौ । जब मलाई लुगाको खाँचो पर्‍यो, तिमीहरूले मलाई दिएनौ । जब म बिरामी वा झ्‍यालखानमा थिएँ, तिमीहरूले मेरो रेखदेख गरेनौ ।’
\s5
\v 44 तिनीहरूले जवाफ दिनेछन्, ‘प्रभु, तपाईं कहिले भोकाउनुभयो वा तिर्खाउनुभयो वा परदेशी हुनुभयो वा लुगा खाँचो पर्‍यो वा झ्यालखानमा पर्नुभयो, र हामीले तपाईंलाई सहायता गरेनौं ?
\v 45 उनले जवाफ दिनेछन्, ‘सत्य यो हो कि तिमीहरूले मेरा मानिसहरूमध्‍ये, सबभन्‍दा सानोलाई पनि, कसैलाई केही पनि गरेनौ, तिमीहरूले त्‍यो मेरै निम्‍ति गरेनौ ।’
\v 46 तब मेरा बाँयापट्टिका मानिसहरू त्‍यो ठाउँमा जानेछन् जाहाँ परमेश्‍वरले तिनीहरूलाई सदासर्वदा दण्ड दिनुहुनेछ, तर परमेश्‍वरको दृष्‍टिमा असल मानिसहरू त्‍यो ठाउँमा जानेछन् जाहाँ तिनीहरू सदासर्वदा परमेश्‍वरसँग बास गर्नेछन् ।
\s5
\c 26
\p
\v 1 येशूले ती सबै कुराहरू भनेर सक्‍नुभएपछि, उहाँले चेलाहरूलाई भन्‍नुभयो,
\v 2 “तिमीहरूलाई थाहा छ कि अबको दुई दिनमा हामीहरू निस्तार-चाड मनाउनेछौं । त्यो समयमा कसैले मानिसको पुत्रलाई तिनीहरूका हातमा सुम्‍पिदिनेछ जसले उसलाई क्रुसमा काँटीमा झुण्‍डाउनेछन् ।”
\s5
\v 3 त्यसै समयमा मुख्य पुजारीहरू र यहूदी अगुवाहरू प्रधान पुूजारीको घरमा भेला भए जसको नाम कैयाफा थियो ।
\v 4 कुनै छली किसिमले कसरी तिनीहरूले येशूलाई गिरफ्‍तार गर्न सक्‍छन् भनी त्यहाँ तिनीहरूले योजना गरे, जसले गर्दा तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सक्‍थे ।
\v 5 तर तिनीहरूले भने, “हामीले यो कुरा निस्तार-चाडको समयम गर्नुहुँदैन, किनभने हामीले त्‍यसो गर्‍यौं भने, मानिसहरूले हिंसा भड्‍काउन सक्छन् ।”
\s5
\v 6 येशू र उहाँका चेलाहरू बेथानियामा हुँदा, उहाँहरूले सिमोनको घरमा खाना खानुभयो, जसलाई येशूले कुष्‍ठ रोगबाट निको पार्नुभएको थियो ।
\v 7 खानाको समय, एकजना स्‍त्री त्यस घरमा आइन् । तिनले धेरै महंगो सुगन्धित अत्तर भएको ढुङ्गाको एउटा सुन्‍दर भाँडो समातेकी थिइन् । येशूले खाँदैगर्दा तिनी उहाँकहाँ गइन् र उहाँको शिरमा सबै अत्तर खन्याइन् ।
\v 8 जब चेलाहरूले त्यो देखे, तिनीहरू साह्रै रिसाए । तिनीहरूमध्ये एकजनाले भने, “यो अत्तरलाई व्‍यर्थमा नाश गर्नु अत्‍यन्तै नराम्रो कुरा हो !
\v 9 हामीले यसलाई बिक्री गर्न र त्‍यसबाट धेरै पैसा बनाउन सक्‍थ्‍यौं । त्यसपछि त्यो पैसा हामीले गरीब मानिसहरूलाई दिन सक्‍थ्‍यौं ।”
\s5
\v 10 तिनीहरू के भन्‍दै थिए त्‍यो येशूलाई थाहा थियो, यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई दुःख दिनुहुँदैन । यिनले मेरो निम्ति सुन्दर काम गरेकी छिन् ।”
\v 11 यो कुरा मनमा राख कि गरीब मानिसहरू तिमीहरूको माझमा सधैंभरि हुनेछन्, यसैले जब तिमीहरूले इच्छा गर्छौ तब तिमीहरूले तिनीहरूलाई सहायता गर्न सक्छौ । तर म तिमीहरूसँग सधैंभरि रहनेछैन !”
\s5
\v 12 यिनले यो सुगन्धित अत्तर मेरो शरीरमा खन्याउँदा, यो यस्तो लाग्‍थ्‍यो कि यिनलाई थाहा थियो कि म चाँडै नै मर्न जाँदैछु । र यो यस्तो लाग्‍छ कि यिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेक गरेकी थिइन् ।
\v 13 म तिमीहरूलाई यो भन्‍नेछुः सारा संसारमा जहाँजहाँ मानिसहरूले मेरो बारेमा सुसमाचार प्रचार गर्छन्, यी स्‍त्रीले जे गरेकी छन् त्‍यो तिनीहरूले भन्‍नेछन्, र परिणामस्वरूप, मानिसहरूले सधैं यिनलाई याद गर्नेछ्न् ।”
\s5
\v 14 तब यहूदा स्करियोत, ऊ बाह्रजना चेलाहरूमध्येको एकजना भए तापनि, मुख्य पुजारीहरूकहाँ गयो ।
\v 15 उसले तिनीहरूलाई भन्यो, “येशूलाई गिरफ्‍तार गर्न मैले तपाईंहरूलाई सहयोग गरें भने, तपाईंहरू मलाई कति पैसा दिन इच्छुक हुनुहुन्छ ?” उसलाई तीस चाँदीका सिक्‍काहरू दिन तिनीहरू सहमत भए । यसैले तिनीहरूले सिक्‍काहरू गन्ती गरे र ती उसलाई दिए ।
\v 16 त्यो समयदेखि तिनीहरूले येशूलाई कतिबेला गिरफ्‍तार गर्न सक्‍छन् भनी यहूदाले मौका हेर्न थाल्‍यो ।
\s5
\v 17 अखमिरि रोटीको एकहप्‍ता-लामो चाडको पहिलो दिनमा, चेलाहरू येशूकहाँ गए र सोधे, “निस्तार-चाडको उत्सवको लागि हामी भोज कहाँ तयार गरौं भनी तपाईं इच्‍छा गर्नुहुन्‍छ जसले गर्दा हामी त्‍यो तपाईंसँगै खाना सकौं ?”
\v 18 येशूले चेलाहरूमध्ये दुईजनालाई तिनीहरूले के गर्नुपर्छ भन्‍ने बारेमा सुझाव दिनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सहरमा एकजना मानिसकहाँ जाओ जससँग मैले पहिले नै यो कुरा मिलाएको छु । उसलाई भन, म गुरुले यसो भन्‍नुहुन्छः ‘मैले तिमीसँग भनेको कुराको निम्‍ति समय नजिक छ । म आफ्‍ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाडको भोजको उत्‍सव मनाउन जाँदैछु, र भोज तयार पार्नलाई मैले यी दुई जनालाई पठाएको छु ।’ ”
\v 19 यसैले येशूले दुईजना चेलाहरूलाई भन्‍नुभए जस्तै तिनीहरूले गरे । तिनीहरू गए र त्यो मानिसको घरमा निस्तार-चाडको भोज तयार पारे ।
\s5
\v 20 जब त्यो साँझ आइपुग्‍यो, येशू बाह्रजना चेलाहरूसँग भोज खादै हुनुहुन्‍थ्‍यो ।
\v 21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कुरा ध्‍यान दिएर सुनः तिमीहरूमध्य एकजनाले मलाई गिरफ्‍तार गर्न मेरा सत्रुहरूलाई सहायता गर्दैछ ।”
\v 22 चेलाहरू साह्रै उदास भए । तिनीहरूले उहाँलाई एकपछि अर्को गर्दै भन्‍न सुरु गरे, “प्रभु, त्यो निश्‍चय पनि म होइन !”
\s5
\v 23 उहाँले जवाफ दिनुभयो, “मलाई गिरफ्‍तार गर्नलाई मेरा शत्रुहरूलाई मद्दत गर्ने तिमीहरूमध्ये एकजना त्‍यो हो जसले मसँगै कचौरामा रोटी चोप्‍दैछ ।”
\v 24 यो पक्‍का हो कि म, मानिसको पुत्र, मर्नेछु, किनकि मेरो बारेमा धर्मशास्‍त्रले त्‍यही भन्‍छ । तर मलाई गिरफ्‍तार गर्नलाई मेरा शत्रुहरूलाई मद्दत गर्ने मानिसलाई डरलाग्दो दण्ड हुनेछ ! त्यो मानिसको त जन्म नै नभएको भए उसको लागि असल हुन्‍थ्‍यो ।
\v 25 तब उहाँलाई धोका दिन जाँदै गरेको यहूदाले भन्यो, “गुरुज्‍यू, त्‍यो निश्‍चय पनि म होइन !” येशूले जवाफ दिनुभयो, “हो, त्‍यो तिमी नै भन्‍दैछौ ।”
\s5
\v 26 उहाँहरूले खान सुरु गर्नुहुँदा, येशूले एउटा रोटी लिनुभयो र त्‍यसको निम्‍ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो । उहाँले त्यसलाई टुक्रा पार्नुभयो, त्‍यो चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो रोटी लेओ र यो खाओ । यो मेरो शरीर हो ।”
\s5
\v 27 पछि उहाँले दाखमद्यको एउटा कचौरा लिनुभयो र त्‍यसको निम्ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो । तब त्‍यो उहाँले तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैजना यो कचौराबाट पिओ ।
\v 28 यो कचौरामा भएको दाखमद्य मेरो रगत हो, जुन चाँडै नै मेरो शरीरबाट बग्‍नेछ । यो रगत नयाँ करारको चिन्ह हुनेछ जसलाई धेरै मानिसहरूको पापहरू क्षमा गर्नलाई परमेश्‍वरले बग्‍न दिंदै हुनुहुन्‍छ ।
\v 29 यो होसियारसाथ ध्‍यान देओः जबसम्‍म मैले यसलाई एउटा नयाँ अर्थको साथमा तिमीहरूसँग पिउने समय हुँदैन तबसम्‍म म यसरी अब अरू दाखमद्य पिउनेछैन । मेरा पिताले पूर्णरूपले राज्‍य गर्नुहुँदा यो हुनआउनेछ ।”
\s5
\v 30 उहाँहरूले एउटा भजन गाएपछि, उहाँहरू जैतूनको डाँडातिर जान लाग्‍नुभयो ।
\v 31 बाटोमा येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई जे हुनेछ त्यो कारणले आज राती तिमीहरू सबैले मलाई त्याग्‍नेछौ ! यो निश्‍चितरूपमा हुनुपर्छ किनभने परमेश्‍वरले भन्‍नुभएका यी वचनहरू धर्मशास्‍त्रमा लेखिएका छन्ः ‘मानिसहरूले गोठालोलाई मार्ने म बनाउनेछु र तिनीहरूले सबै भेडाहरू तितरबितर पार्नेछन् ।”
\v 32 तर मेरो मृत्‍यु भई र फेरि जीवित भएपछि, म तिमीहरूका अघि गालीलमा जानेछु र तिमीहरूलाई त्यहाँ भेट्नेछु ।”
\s5
\v 33 पत्रुसले जवाफ दिए, “जब तपाईंलाई हुने घटना अरू सबै चेलाहरूले देख्‍छन्, तब सायद तिनीहरूले तपाईंलाई त्‍याग्‍नेछन् तर म निश्‍चितरूपमा तपाईंलाई कदापि छोड्नेछैन !”
\v 34 येशूले तिनलाई जवाफ दिनुभयो, “सत्य यही हो कि आजकै रातमा, भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई चिन्‍दैनौ भनेर तिमीले तीन पल्‍ट भन्‍नेछौ !”
\v 35 पत्रुसले उहाँलाई भने, “मैले तपाईंको सुरक्षा गर्दैजाँदा तिनीहरूले मलाई मार्छन् भने पनि, मैले तपाईंलाई चिन्दिन भेनर म कहिल्यै पनि भन्‍नेछैन !” अरू बाँकी सबै चेलाहरूले पनि यही कुरा भने ।
\s5
\v 36 त्यसपछि येशू चेलाहरूसँग गेतसमनी भन्‍ने ठाउँमा जानुभयो । त्यहाँ उहाँले भन्‍नुभयो, “मैले त्यहाँ जाँदा र प्रार्थना गर्दा तिमीहरू यहाँ बस ।”
\v 37 उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्‍नो साथमा लानुभयो । उहाँ अत्‍यन्‍तै बिचलित हुनुभयो ।
\v 38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म साह्रै दुःखी भएको छु, यतिसम्‍म कि म मर्न लागेझैँ मलाई महसुस भएको छ ! यहाँ बस र मसँगै जागा रहो !”
\s5
\v 39 अलि पर पुगेपछि, उहाँ आफैं घोप्‍टो परेर जमीनमा लत्रिनुभयो । उहाँले प्रार्थना गर्नुभयो, “मेरो पिता, यदि सम्भव हुन्‍छ भने, मैले दुःख भोग्‍नुपर्नेछ भनी मैले जानेको किसिमले दुःख भोग्‍ने मलाई नबनाउनुहोस् । तर मेरो इच्‍छा अनुसार नगर्नुहोस् । बरु, तपाईंको इच्छा अनुसार गर्नुहोस् !”
\v 40 त्यसपछि उहाँ तीनजना चेलाहरूकहाँ फर्कनुभयो र तिनीहरू निदाइरहेको देख्‍नुभयो । उहाँले पत्रुसलाई उठाउँनुभयो र तिनलाई भन्‍नुभयो, “तिमीहरू निन्द्रामा परेको र मसँग अलिकति समय पनि जागा रहन नसकेको देख्‍दा म निराश छु !
\v 41 तिमीहरू जागा रहनु र प्रार्थना गर्नुपर्छ यसैले कि कसैले तिमीहरूलाई पाप गर्न परीक्षामा पार्न खोज्दा तिमीहरू त्यसको विरोध गर्न सक्‍छौ । म जे तिमीहरूलाई भन्छु, त्यो गर्न तिमीहरू इच्छा त गर्छौ, तर त्‍यो साँच्‍चै नै गर्नलाई तिमीहरू सामर्थी छैनौ ।”
\s5
\v 42 उहाँ दोस्रोपल्ट त्यो ठाउँबाट अलिपर जानुभयो । उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो दुःख भोग्‍नु आवश्यक छ भने, तपाईंको इच्‍छा पूरा होस् ।”
\v 43 जब उहाँ तीनजना चेलाहरूकहाँ फर्कनुभयो, उहाँले तिनीहरूलाई फेरि पनि निदाएको देख्‍नुभयो । तिनीहरूले आफ्नाो आँखा खुला राख्‍न सकेनन् ।
\v 44 यसैले उहाँले तिनीहरूलाई छोड्नुभयो र फेरि अलिपर जानुभयो । यसअघि प्रार्थना गर्दा भन्‍नुभएजस्‍तै गरी उहाँले तेस्रोपल्ट पनि प्रार्थना गर्नुभयो ।
\s5
\v 45 त्यसपछि उहाँ सबै चेलाहरूकहाँ फर्कनुभयो । उहाँले तिनीहरूलाई बिउँझाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै पनि निदाउँदै र आराम गर्दै रहेकोले म निराश छु ! हेर ! म, मानिसको पुत्रलाई गिरफ्‍तार गर्नलाई कसैले पापी मानसिहरूलाई मद्दत गर्न लाग्‍दैछ !
\v 46 उठ ! हामी तिनीहरूलाई भेट्न जाऔं ! मलाई गिरफ्‍तार गर्न तिनीहरूलाई मद्दत गर्ने एकजना यहाँ आउँदैछ !”
\s5
\v 47 येशू बोल्‍दाबोल्‍दै, यहूदा आइपुग्यो । ऊ बाह्रजना चेलाहरूमध्ये एकजना थियो, तापनि येशूलाई गिरफ्‍तार गर्न उहाँका शत्रुहरूलाई मद्दत गर्नलाई ऊ आयो । तरवारहरू र लाट्ठीहरू बोकेर एउटा ठुलो भिड उसँगै आउँदै थियो । मुख्य पुूजारीहरू र एल्डरहरूले तिनीहरूलाई पठाएका थिए ।
\v 48 तिनीहरूलाई एउटा संकेत दिनेछ भनेर यहूदाले पहिले नै कुरा गरेको थियो । उसले तिनीहरूलाई भनेको थियो, “जुन मानिसलाई म चुम्बन गर्नेछु, तपाईंहरूले खोजेको मान्छे तिनै हुन् । तिनलाई गिरफ्‍तार गर्नुहोस् !”
\s5
\v 49 ऊ तुरुन्तै येशूकहाँ गयो र भन्यो, “अभिवादन गुरुज्‍यू !” तब उसले येशूलाई चुम्बन गर्‍यो ।
\v 50 येशूले जवाफ दिनुभयो, “मित्र, तिमी जे गर्न खोज्‍दैछौ, त्यो छिटो गर ।” त्यसपछि यहूदासँग आएका मानिसहरू अगाडि आए र येशूलाई पक्रे ।
\s5
\v 51 अचानक, येशूसँगै भएका मानिसहरूमध्‍ये एकजनाले म्यानबाट आफ्नो तरवार निकाले । तिनले प्रधान पुजारीको सेवकलाई मार्नलाई तिनीमाथि प्रहार गरे, तर त्‍यसको कान मात्र काटियो ।
\v 52 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार त्‍यसको म्यानमा राख ! अरूलाई तरवारले मार्न खोज्‍नेहरू सबैलाई -- अरू कसैले तिनीहरूलाई तरवारले मार्नेछ !
\v 53 मैले आफ्‍नो पितालाई बिन्‍ति गरें भने, उहाँले मलाई मद्दत गर्नलाई तुरुन्तै बाह्र पल्टनभन्‍दा बढी स्वर्गदूतहरू पठाउनुहुन्‍न भन्‍ने तिमीहरूको विचार छ ?
\v 54 तर मैले त्यसो गरेको भए, ख्रिष्टलाई के हुनेछ भन्‍ने बारेमा अगमवक्‍ताहरूले धर्मशास्‍त्रमा लेखेका कुरा पूरा हुने थिएन ।”
\s5
\v 55 त्‍यो समयमा येशूलाई पक्रँदै गरेको भिडलाई उहाँले भन्‍नुभयो, “म एक डाँकु भए जस्तै गरी तपाईंहरू यहाँ मलाई पक्रनलाई तरवारहरू र लाठ्ठीहरू बोकेर आउनुभएको छ । दिनदिनै मानिसहरूलाई शिक्षा दिंदै म मन्दिर परिसरमा बसें । तपाईंहरूले किन मलाई त्यसबेला पक्रनुभएन ?
\v 56 तर धर्मशास्‍त्रमा अगमवक्‍ताहरूले मेरो बारेमा जे लेखेका छन् त्‍यो पूरा हुनलाई यी सबै घट्नाहरू हुन आए ।” त्यसपछि सबै चेलाहरूले येशूलाई छाडे र भागे ।
\s5
\v 57 येशूलाई गिरफ्‍तार गरेका मानिसहरूले उहाँलाई प्रधान पुूजारी कैयाफा बसोबस गर्ने दरवारमा लिएर गए । यहूदी व्‍यवस्‍था सिकाउने मानिसहरू र यहूदी अगुवाहरू पहिले नै त्यहाँ भेला भएका थिए ।
\v 58 पत्रुस टाढैबाट येशूको पछि लागे । तिनी प्रधान पुूजारीको आँगनमा गए । तिनी आँगनमा पसे र के हुन्छ भनी हेर्नलाई पहरेदारहरूसँगै बसे ।
\s5
\v 59 मुख्य पुजारीहरू र अरू बाँकी यहूदी सभासदहरूले यस्ता व्‍यक्तिहरू खोज्‍ने प्रयास गर्दै थिए जसले येशूको बारेमा झुटा कुराहरू बोल्‍नेछन्, यसैले कि तिनीहरूले उहाँलाई मृत्‍यदण्‍डको लागि दोषी घोषणा गर्न सकून् ।
\v 60 तर धेरै मानिसहरूले उहाँको बारेमा झुटो कुराहे बोले तापनि, कसैले कुनै पनि उपयोगी कुरा भनेको एकजना पनि तिनीहरूले पाउन सकेनन् । अन्तमा दुईजना मानिसहरू अघि आए
\v 61 र भने, “यो मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई नाश गर्न र त्‍यसलाई तीन दिनमा फेरि बनाउन सक्‍छु ।’”
\s5
\v 62 त्यसपछि प्रधान पुजारी खडा भए र येशूलाई सोधे, “के तिमी जवाफ दिंदैनौ ? तिमीलाई दोष लगाउनलाई तिनीहरूले भन्‍दै गरेका यी कुराहरूका बारेमा तिमी के भन्‍छौ ?”
\v 63 तर येशू शान्‍त रहनुभयो । तब प्रधान पुजारीले उहाँलाई भने, “सत्य कुरा हामीलाई भन्‍न म तिमीलाई आदेश दिन्छु; तिमीलाई जान्‍दछौ कि सर्वशक्‍तिमान परमेश्‍वरले तिम्रा कुरा सुन्‍दै हुनुहुन्छः के तिमी परमेश्‍वरको पुत्र, ख्रीष्‍ट हौ ?”
\v 64 येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भने जस्तै हो । तर म तिमीहरू सबैलाई यो पनि भन्छुः कुनै दिन तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्‍तिमान परमेश्‍वरको छेउमा बसिरहेको र राज्‍य गरिरहेको देख्‍नेछौ । तिमीहरूले उसलाई स्वर्गबाट बादलहरूमा आउँदै गरेको पनि देख्‍नेछौ !”
\s5
\v 65 प्रधान पुजारी साह्रै रिसाए र तिनले आफ्नो बाहिरी वस्‍त्र च्याते । तब तिनले भने, “यो मानिसले परमेश्‍वरको निन्दा गरेको छ ! उसले परमेश्‍वरको बराबरी भएको दाबी गर्छ ! हामीलाई निश्‍चय पनि यस मानिसको विरुद्धमा गवाही दिनलाई कोही पनि आवश्यक छैन ! त्‍यसले के भन्‍यो त्‍यो तिमीहरूले सुन्यौ !
\v 66 तिमीहरू के विचार गर्दछौ ?” यहूदी अगुवाहरूले जवाफ दिए, “हाम्रो व्‍यवस्‍थाअनुसार ऊ दोषी छ र मृत्‍युदण्‍डको योग्य छ !”
\s5
\v 67 त्‍यसपछि तिनीहरूमध्ये कसैले उहाँको मुखमा थुके । अरूहरूले उहाँलाई आफ्‍ना मुक्‍काले हाने । अरूहरूले उहाँलाई थप्पड हाने
\v 68 र भने, “तैंले आफूलाई ख्रीष्‍ट हुँ भनी दाबी गरेको छस्, कसले तँलाई हान्‍यो, हामीलाई भन् !”
\s5
\v 69 पत्रुस आँगनबाहिर बस्‍दै थिए । एकजना कमारी तिनीकहाँ आइ र तिनलाई हेरी । त्‍यसले भनी, “तिमी पनि गालील जिल्लाबाट आएको मानिस येशूसँगै थियौ !”
\v 70 तर त्‍यहाँ भएका हरेकले सुन्‍दैगर्दा, तिनले त्‍यो कुरा इन्कार गरे । तिनले भने, “तिमीले के को बारेमा कुरा गर्दैछौ, मलाई थाहा छैन !”
\s5
\v 71 त्यसपछि तिनी आँगनको प्रवेशद्वारबाहिर गए । अर्की एकजना कमारीले तिनलाई देखी र नजीक खडा भएका मानिसहरूलाई भनी, “नासरतबाट आएको मानिस येशूसँगै यो मानिस पनि थियो ।”
\v 72 तर पत्रुसले फेरि त्‍यो कुरा इन्कार गरे । तिनले भने, “मैले झुटा कुरा बोल्‍दै गरेको भए, परमेश्‍वरले मलाई दण्ड दिनुभएको होस् । म तिमीलाई भन्छु, म त्‍यो मानिसलाई चिन्दै चिन्दिन !”
\s5
\v 73 केही समयपछि, त्यहाँ खडा भएका मानिसहरू पत्रुसको नजीिक आए र तिनलाई भने, “त्‍यो मानिससँग भएकाहरूमध्ये तिमी पनि एकजना हौ भन्‍ने कुरा यो पक्‍का हो । तिमी गालीलबाट आएका हौ भनेर तिम्रो बोलीबाट हामी भन्‍न सक्छौं ।”
\v 74 त्यसपछि पत्रुसले ठूलो स्‍वरले कराउँदै भन्‍न लागे कि तिनले झुटा बोल्‍दै थिए भने, परमेश्‍वरले तिनलाई स्राप दिनुहुन्‍छ । तिनले आफू सत्य बोल्‍दै थिए भनी साक्षी हुन स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पुकारे र भने, “म त्‍यो मानिसलाई चिन्दिन ।” तुरुन्तै एउटा भाले बस्यो ।
\v 75 तब येशूले पत्रुसलाई भन्‍नुभएका शब्दहरू तिनलाई याद आयो, “भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई चिन्दिन भनेर तीनपल्‍टसम्म भन्‍नेछौ ।” र पत्रुस धुरुधुरु रुँदै आँगनबाट बाहिर गए, किनभने तिनले जे गरेका थिए त्यसमा तिनी साह्रै दुःखी भए ।
\s5
\c 27
\p
\v 1 अर्को बिहान सबेरै सबै मुख्य पुजारीहरू र यहूदी अगुवाहरूले येशूलाई मृत्‍युदण्‍ड दिनलाई कसरी रोमीहरूलाई मनाउने भन्‍ने बारेमा निर्णय गरे ।
\v 2 त्यसपछि तिनीहरूले उहाँका हातहरू बाँधे र उहाँलाई रोमी गवर्नर पिलातसकहाँ लगे ।
\s5
\v 3 त्यसपछि येशूलाई मार्नैपर्छ भनी तिनीहरूले निर्णय गरेका थिए भन्‍ने कुरा येशूलाई धोका दिने यहूदाले महसुस गर्‍यो । यसैले उसले जे गरेको थियो त्‍यसप्रति पश्‍चातापले व्‍याकुल भयो । उसले तीसवटा सिक्‍काहरू मुख्य पुजारीहरू र अगुवाहरूकाहाँ फिर्ता लग्‍यो ।
\v 4 उसले भन्यो, “मैले पाप गरेको छु । मैले निर्दोष मानिसलाई धोका दिएको छु ।” तिनीहरूले जवाफ दिए, “त्यो कुराले हामीलाई कुनै अर्थ राख्‍दैन ! त्यो तेरो समस्या हो !”
\v 5 यसैले यहूदाले पैसा लियो र त्‍यसलाई मन्दिरको चोकमा फाल्‍यो । त्यसपछि ऊ गयो र आफैं झुण्‍डिएर मर्‍यो ।
\s5
\v 6 मुख्‍य पुजारीहरूले ती सिक्‍काहरू उठाए र भने, “यो हामीले एकजना मानिसलाई मार्न तिरेको पैसा हो, यस्‍तो पैसा मन्दिरको कोषमा राख्‍न हाम्रो व्यवस्थाले हामीलाई अनुमति दिंदैन ।”
\v 7 यसैले तिनीहरूले त्‍यो पैसाले कुमालेको खेत भनिने जमीन किन्‍ने प्रयोग गर्ने निर्णय गरे । तिनीहरूले त्‍यो खेतलाई यरूशलेममा मृत्‍यु हुने परदेशीहरू दफन गर्ने ठाउँ बनाए ।
\v 8 त्‍यसकारण त्यो ठाउँलाई अझै पनि, “रगतको खेत” भनिन्छ ।”
\s5
\v 9 त्यो खेत किनेर, यार्मिया अगमवक्‍ताले धेरै अघि लेखेका यी वचनहरू तिनीहरूले पूरा गरेः “तिनीहरूले तीसवटा चाँदीका सिक्‍काहरू लिए उहाँको मूल्य त्यति नै हो भनी इस्राएलका अगुवाहरूले निर्णय गरे --
\v 10 र त्यो पैसाले तिनीहरूले कुमालेको खेत किने । परमप्रभुले मलाई आज्ञा गर्नुभए झैं तिनीहरूले त्‍यसो गरे ।”
\s5
\v 11 त्‍यसपछि येशू गवर्नरको सामु खडा हुनुभयो । गवर्नरले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हुँ भनी भन्छौ ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भर्खरै भन्‍नुभए जस्‍तै हो ।”
\v 12 तर मुख्‍य पुजारीहरू र अगुवाहरूले येशूलाई धेरै किसमका खराब कामहरू गरेको आरोप लगाउँदा पनि, उहाँले जवाफ नै दिनु भएन ।
\v 13 यसैले पिलातसले येशूलाई भने, “तिम्रो बारेमा तिनीहरूले कति धेरै आरोपहरू लगाउँदैछन् सो तिमी सुन्दैछौ; के तिमी जवाफ दिने छैनौ ?”
\v 14 तर येशूले कुनै कुरा पनि बोल्‍नभएन । तिनीहरूले उहाँलाई जे कुराहरूका बारेमा आरोपहरू लगाउँदै थिए, उहाँले कुनैको पनि जवाफ दिनु भएन । परिणामस्‍वरूप, गवर्नर धेरै अचम्‍ममा परे ।
\s5
\v 15 निस्तार-चाडको उत्‍सवको समयमा प्रत्येक वर्ष कैदमा रहेको एकजना व्‍यक्तिलाई छोड्ने गवर्नरको प्रचलन थियो । मानिसहरूले जुन कैदीलाई छोडिदिउन् भनी इच्‍छा गर्थे, तिनले त्यसैलाई छोड्थे ।
\v 16 त्यो समयमा यरूशलेममा एकजना बारब्बा नाम गरेका प्रख्यात कैदी थियो ।
\s5
\v 17 यसैले जब भीड जम्‍मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका निम्ति म कुनचहीं कैदीलाई छोडुँ भन्‍ने तिमीहरूको इच्‍छा छः बारब्बा वा येशू, जसलाई तिनीहरूले ख्रीष्‍ट भन्दछन् न?”
\v 18 मुख्य पुजारीहरूले येशूको ईर्ष्या गरेको कारणले मात्र तिनीहरूले उहाँलाई तिनीकाहाँ ल्याएका हुन् भन्‍ने तिनलाई लागेको हुनाले नै तिनले त्‍यो प्रश्‍न सोधे । र भीडले येशूलाई छोड्ने कुरा रोज्‍छन् भन्‍ने विचार पिलातसलाई भयो ।
\v 19 पिलातस न्यायको आशनमा बसेकै समयमा, तिनकी पत्‍नीले यो सन्देश पठाइनः “त्‍यस मानिसको कारण आज सबेरै मैले एउटा नराम्रो सपना देखें । यसैले त्यो धर्मी मानिसलाई दोषी नठहराउनुहोस् !”
\s5
\v 20 तर मुख्य पुजारीहरू र अगुवाहरूले बारब्बालाई छोड्न, र येशूलाई मृत्‍युदण्‍ड दिन पिलातससँग अनुरोध गर्न भीडलाई मनाए ।
\v 21 यसैले गवर्नरले तिनीहरूलाई सोधे, “यी दुईजना मानिसहरूमध्‍ये कुनचाहींलाई मैले तिमीहरूका लागि छोडुँ भन्‍ने तिमीहरूको इच्‍छा छ ?” तिनीहरूले जवाफ दिए, “बारब्बा !”
\v 22 पिलातस तिनीहरूलाई सोधे, “यसैले येशूलाई म के गरूँ जसलाई तिमीहरूमध्ये कसैले ख्रीष्‍ट भन्छौ ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुण्‍डाउन तपाईंका सिपाहीहरूलाई आदेश दिनुहोस् !”
\s5
\v 23 पिलातसले जवाफ दिए, “किन ? उसले के अपराध गरेको छ ?” तर तिनीहरूले झन् ठूलो स्‍वरले कराए, “त्यसलाई क्रुसमा झुण्‍डाउनुहोस् !”
\v 24 पिलातसले केही गर्न नसकेको महसुस तिनलाई भयो । उल्‍टै मानिसहरूले हिंसा भड्काउँदै गरेको तिनले देखे । यसैले भीिडले हेर्दै गरेको अवस्थामा, तिनले पानी भएको एउटा बाटा लिए र आफ्‍ना हातहरू धोए । तिनले भने, “मैले आफ्‍ना हातहरू धोएर म तिमीहरूलाई यो देर्शाउँदैछु कि यो मानिस मर्छ भने, यो तिमीहरूको दोष हो, मेरो होइन !”
\s5
\v 25 र सबै मानिसहरूले जवाफ दिए, “त्यसलाई मार्न दोष लगाएको निम्‍ति हामी दोषी छौं र हाम्रा छोराछोरीमा पनि त्‍यसको दोष लागोस् !”
\v 26 त्यसपछि तिनीहरूका निम्‍ति बारब्बालाई छोड्ने आदेश तिनले सिपाहीहरूलाई दिए । तर येशूलाई कोर्रा लगाउन आफ्‍ना सिपाहीहरूलाई तिनले आदेश दिए । र त्यसपछि तिनीहरूका निम्‍ति येशूलाई क्रुसमा काँटीमा झुण्‍डाउनलाई तिनले येशूलाई सिपाहीहरूका हातमा सुम्पिदिए ।
\s5
\v 27 त्यसपछि गवर्नरका सिपाहीहरूले येशूलाई सिपाहीहरूको अड्‍डामा लगे । उहाँको वरिपरी सारा पल्‍टन नै जम्‍मा भए ।
\v 28 तिनीहरूले उहाँका वस्‍त्र ताने र उहाँलाई राजाको बाहाना बनाएर चहकिलो रातो वस्‍त्र उहाँलाई लगाइदिए ।
\v 29 काँडा भएका केही हाँगाहरू तिनीहरूले लिए र मुकुट बनाउनलाई ती बुने र त्‍यो उहाँको शिरमा लगाइदिए । राजाले समाउने राजदण्‍ड जस्‍तै तिनीहरूले उहाँको दाहिने हातमा नर्कटको एउटा लौरो राखिदिए । त्यसपछि तिनीहरू उहाँको सामु घुँडा टेके र उहाँलाई यसो भन्‍दै गिज्‍याए, “यहूदीहरूका राजालाई प्रणाम !”
\s5
\v 30 तिनीहरूले उहाँलाई थुकिरहे । तिनीहरूले लौरो लिए र त्‍यसले उहाँको टाउकोमा हिर्काइरहे ।
\v 31 जब तिनीहरूले उहाँको गिल्‍ला गरिसके, तब तिनीहरूले वस्‍त्र फुकाले र उहाँको आफ्‍नै वस्‍त्र लगाइदिए । त्यसपछि तिनीहरूले उहाँलाई त्‍यो ठाउँमा लिएर गए जहाँ तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्‍डाउँछन् ।
\s5
\v 32 येशूले आफ्नो क्रुसलाई अलिपरसम्‍म बोकेपछि, सिपाहीहरूले सिमोन नाम गरेको एकजना मानिसलाई देखे जो कुरेनी सहरबाट आएका थिए । तिनीहरूले उनलाई येशूको निम्‍ति क्रुस बोकिदिन जवरजस्‍ती गरे ।
\v 33 तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे । त्यो नाउँको अर्थ “एउटा खप्पर जस्तो ठाउँ” भन्‍ने हुन्‍छ ।
\v 34 जब तिनीहरू त्यहाँ पुगे, तिनीहरूले दाखमद्यमा असाध्‍ये तितो हुने केही कुरा मिसाए । तिनीहरूले त्‍यो पिउनलाई येशूलाई दिए, जसले गर्दा तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्‍डाउँदा उहाँलाई धेरै दुख्‍दैन । तर जब उहाँले यो चाख्‍नुभयो, उहाँले यो पिउन इन्कार गर्नुभयो । केही सिपाहीहरूले उहाँको वस्‍त्र लिए ।
\s5
\v 35 त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्‍डाए । त्‍यसको लगत्तै, प्रत्‍येकले कुन टुक्रा पाउनेछ भनी निर्णय गर्नलाई गोटीजस्‍तै केही कुराले चिट्ठा हानेर तिनीहरूले उहाँका वस्‍त्रहरूलाई आफ्‍नो माझमा भाग लगाए ।
\v 36 त्यसपछि कसैले उहाँलाई बचाउने कोसिस गर्नबाट रोक्‍नलाई सिपाहीहरू उहाँको सुरक्षा गर्दै त्‍यहाँ बसे ।
\v 37 क्रुसमा येशूको शिरमाथि तिनीहरूले संकेत झुण्‍डाए जसमा तिनीहरूले उहाँलाई किन क्रुसमा काँटीमा झुण्‍डाउँदै थिए भनी लेखिएको थियो । तर लेखिएकोचाहीं यही थियो, “यो यहूदीहरूको राजा येशू हो ।”
\s5
\v 38 तिनीहरूले दुईजना डाँकुहरूलाई पनि क्रुसहरूमा काँटीमा झुण्‍डाए । तिनीहरूले एउटा क्रुसलाई येशूको दायाँपट्टी र अर्कोलाई बायाँपट्टी राखे ।
\v 39 हिंड्‍दै गरेका मानिसहरूले आफ्ना शिरहरू हल्लाउँदै उहाँ एकजना दुष्‍ट मानिस भएझैं उहाँको अपमान गरे ।
\v 40 तिनीहरूले भने, “तिमीले भन्‍यौ कि तिमीले मन्दिरलाई भत्काउँछौ र त्‍यसलाई फेरि तीन दिनमा बनाउँछौ ! यसैले तिमीले त्‍यो गर्न सक्छौ भने, तिमीले आफैंलाई बचाउन सक्‍नुपर्छ ! तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल आऊ !”
\s5
\v 41 त्यसरी नै, मुख्य पुजारीहरू, यहूदी व्यवस्थाका शिक्षकहरू र अगुवाहरूले उहाँको गिल्‍ला गरे । तिनीहरूले यस्‍ता कुराहरू भने,
\v 42 “उसले अरूहरूलाई तिनीहरूका विमारीहरूबाट बचायो, तर उसले आफैंलाई मद्दत गर्न सक्दैन !” “उसले भन्‍छ कि ऊ इस्राएलका राजा हो । यसैले ऊ क्रुसबाट तल आउनुपर्छ । त्यसपछि हामी उसमा विश्‍वास गर्छौं ! ”
\s5
\v 43 “उसले भन्‍छ कि उसले परमेश्‍वरमा विश्‍वास गर्छ र ऊ एकजना त्‍यस्‍तो मानिस हो जो आफैं परमेश्‍वर पनि हो । यसैले परमेश्‍वर उसँग खुशी हुनुहुन्छ भने, परमेश्‍वरले उसलाई अहिले नै बचानुपर्छ !”
\v 44 र उहाँसँगै क्रुसमा भएका दुईजना डाकुहरूले पनि त्यस्तै कुराहरू भनेर उहाँको अपमान गरे ।
\s5
\v 45 मध्यदिनमा सारा देशभरि अन्धकार भयो । यो अन्धकार दिउँसो तीनबजेसम्म नै रह्‍यो ।
\v 46 करीब तीन बजे येशू जोडले चिच्याउनु भयो, “एलि एलि लामा सबखथानी ?” त्यसको अर्थ, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको छ ?”
\v 47 जब त्‍यहाँ खडा भएका केही मानिसहरूले “एली’ भन्‍ने शब्द सुने, उहाँले एलिया अगमवक्‍तालाई बोलाउँदै हुनुहुन्छ भनी तिनीहरूले विचार गरे ।
\s5
\v 48 तिनीहरूमध्ये एकजना तुरून्‍तै दौड्‍यो र एउटा स्पन्ज लिएर आयो । उसले त्यसलाई अमीलो दाखमद्यमा चोप्‍यो । तब उसले त्‍यो स्पन्जलाई एउटा लौरोको टुप्पामा राख्‍यो र येशूले त्यसमा भएको दाखमद्य चुस्‍न सक्‍नुभएको होस् भन्‍ने उदेश्‍यले त्‍यो माथि उचाल्‍यो ।
\v 49 तर त्यहाँ भएका अरू मानिसहरूले भने, “पर्ख ! हामी हेरौं कतै तिनलाई बचाउन एलिया आउँछन् कि !”
\v 50 त्यसपछि येशूले फेरि ठूलो स्‍वरले कराउनु भयो, आफ्नो आत्‍मा परमेश्‍वरलाई दिंदै उहाँ मर्नु भयो ।
\s5
\v 51 त्यही क्षणमा मन्दिरको महापवित्र स्थानलाई अलग गर्ने धेरै बाक्लो पर्दा माथिदेखि तलसम्म दुई भाग भएर च्यातियो । पृथ्वी थरथर काँप्यो र केही ठुला चट्टानहरू टुक्राटुक्रा भए ।
\v 52 चिहानहरू खुल्‍ला भए, र परमेश्‍वरलाई आदर दिएका धेरैजना मानिसहरूको मृत शरीरहरू फेरि जीवित भए ।
\v 53 तिनीहरू चिहानबाट बाहिर आए, र येशू फेरि जीवित हुनुभएपछि, तिनीहरू यरूशलेममा गए र त्‍यहाँ भएका धेरैजना मानिसहरूकहाँ देखा परे ।
\s5
\v 54 येशूलाई क्रुसमा काँटीमा झुण्‍डाउने सिपाहीहरूका निरीक्षण गरेको अधिकारी नजीकै खडा थिए । क्रुसहरूका सुरक्षा गर्दै गरेका तिनका सिपाहीहरू पनि त्यहीं थिए । जब तिनीहरूले भू-कम्पको महसुस गरे र हुन आएका सबै घटनाहरू देखे, तब तिनीहरू भयभित भए । तिनीहरूले चकित भएर भने, “साँच्‍चै नै यिनी त परमेश्‍वरका पुत्र रहेछन् !”
\v 55 त्यहाँ धेरैजना स्‍त्रीहरूले टाढैबाट हेर्दै थिए । येशूलाई खाँचो पर्ने कुराहरूको प्रवन्‍ध गर्नको लागि यी स्‍त्रीहरू उहाँसगै गालीलदेखि आएका थिए ।
\v 56 यी महिलाहरू मध्येमा मरियम मग्‍दलिनी, र याकूब र योसेफकी आमा अर्की मरियम र याकूब र यूहन्‍नाकी आमा थिए ।
\s5
\v 57 जब साँझ पर्नै लाग्‍यो, योसेफ नाउँ गरेका एकजना धनी मानिस त्यहाँ आए । तिनी अरिमाथिया नगरबाट आएका थिए । तिनी पनि येशूका एकजना चेला नै थिए ।
\v 58 तिनी पिलातसकहाँ गए र येशूको शरीरलाई लैजान र त्‍यसलाई दफन गर्न आफूलाई अनुमति दिन पिलातससित बिन्‍ति गरे ।
\s5
\v 59 यसैले योसेफ र अरूहरूले शरीर लिए र त्‍यसलाई एउटा सेतो कपडामा बेह्रे ।
\v 60 तब तिनीहरूले उहाँको मृत शरीरलाई योसेफको आफ्नै नयाँ चिहानमा राखे, जसलाई कामदारहरूले ठाडो चट्टान खोपेर बनाएका थिए । चिहानको प्रवेशद्वारमा तिनीहरूले एउटा ठूलो गोलो च्याप्‍टो ढुंगा गुडाइदिए । त्यसपछि तिनीहरू गए ।
\v 61 मरियम मग्दलिनी र अर्की मरियम चिहानको अर्कोपट्टि बसेर हेर्दै थिए ।
\s5
\v 62 अर्को दिन शनिवार, यहूदीहरूको विश्राम-दिन थियो । मुख्य पुजारीहरू र फरिसीहरूमध्‍ये कोही पिलातसकहाँ गए ।
\v 63 तिनीहरूले भने, “सर, त्यो छली जीवित छँदा, त्‍यसले भनेको कुरा हामीलाई याद छ, उसले भन्यो, ‘म मरेको तीन दिनपछि फेरि जीवित हुनेछु ।”
\v 64 यसैले सिपाहीहरूलाई तीन दिनसम्म त्‍यो चिहानको सुरक्षा गर्ने आदेश दिनुहोस् भनी हामी तपाईंलाई बिन्‍ति गर्छौं । तपाईंले त्यसो गर्नुभएन भने, उसका चेलाहरू आउलान् र उसको शरीर चोर्लान् । त्यसपछि तिनीहरूले मानिसहरूलाई भन्‍नेछन् कि ऊ मृत्‍युबाट जीवित भएको छ । तिनीहरूले मानिसहरूलाई त्‍यसो भनेर छल गरे भने, उसले पहिले मानिसहरूलाई छल गरेको भन्दा त्‍यो झन् नराम्रो हुनेछ ।
\s5
\v 65 पिलातसले जवाफ दिए, “तिमीहरूले केही सिपाहीहरू लाैन सक्छौ । चिहानमा जाओ र त्‍यसलाई तिमीहरूले सकेसम्‍म सुरक्षित बनओ ।”
\v 66 यसैले तिनीहरू गए र चिहानलाई सुरक्षित बनाउन प्रवेशद्वारमा राखिएको डुंगालाई चट्टानको हरेक दिशातर्फ बलियो लठ्ठाले बाँधे र त्‍यसलाई छाप लगाए । तिनीहरूले चिहानको सुरक्षा गर्नलाई केही सिपाहीहरूलाई पनि त्यहाँ राखे ।
\s5
\c 28
\p
\v 1 शबाथ सकिएपछि, आइतबार बिहान सबेरै, मरियम मग्‍दलिनी र अर्की मरियम येशूको चिहान हेर्नलाई गए ।
\v 2 त्यहाँ एउटा ठुलो भूकम्प गयो किनभने परमेश्‍वरका एउटा दूत स्वर्गबाट आए । तिनी चिहानमा गए र ढुङ्गालाई प्रविशद्वारबाट गुडाएर हटाइदिए । तब तिनी त्‍यो ढुंगामा बसे ।
\s5
\v 3 तिनको शरीर बिजुली चम्‍केको जस्तै चहकिलो थियो र तिनका वस्‍त्रहरू हिउँ जस्तै सेता थिए ।
\v 4 पहरेदारहरू डरले थरथर कामे, र तिनीहरू मरेका मानिस जस्‍तै भएर जमीनमा ढले ।
\s5
\v 5 त्‍यो स्वर्गदूतले ती दुईजना स्‍त्रीलाई भने, “तिमीहरू डराउनु हुँदैन ! मलाई थाहा छ कि तिमीहरू येशूलाई खोज्दैछौ, जो क्रुसमा काँटीमा झुण्‍डाइनुभएको थियो ।
\v 6 उहाँ यहाँ हुनुहुन्‍न ! येशूले तिमीहरूलाई भन्‍नुभए जस्‍तै परमेश्‍वरले उहाँलाई फेरि जीवित बनाउनुभएको छ ! आओ र उहाँको शरीर राखिएको ठाउँलाई हेर !
\v 7 यसपछि तरून्‍तै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृत्‍युबाट जीवित हुनुभएको छ ! उहाँ तिमीहरूभन्दा अगाडि गालील जिल्‍लामा जानुहुनेछ । तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।’ मैले तिमीहरूलाई भनेका कुरामा ध्यान देओ !”
\s5
\v 8 यसैले ती स्‍त्रीहरूले तुरून्‍तै त्‍यो चिहान छाडेर गए । तिनीहरू डराएका थिए, तर तिनीहरू धेरै अनन्दित पनि थिए । जे भएको थियो त्यो कुरा भन्‍नलाई तिनीहरू चेलाहरूकहाँ दौडे ।
\v 9 तिनीहरू दौडँदै गर्दा, अचानक येशू तिनीहरूकहाँ देखा पर्नुभयो । उहाँले भन्‍नुभयो, “तिमीहरूलाई अभिवादन !” स्‍त्रीहरू उहाँको नजीक आए । तिनीहरूले घुँडा टेके र उहाँका पाउ समाते र उहाँको आराधना गरे ।
\v 10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ ! जाओ र मेरा चेलाहरूलाई भन कि तिनीहरू गालीलमा जानुपर्छ । तिनीहरूले मलाई त्यहाँ देख्‍नेछन् ।”
\s5
\v 11 ती स्‍त्रीहरू जाँदै गर्दा, त्यो चिहानको सुरक्षा गरिरहेका केही सिपाहीहरू सहरमा गए । हुन आएका हरेक घटनाहरू तिनीहरूले मुख्य पुजारीहरूलाई बताए ।
\v 12 यसैले मुख्य पुजारीहरू र यहूदी अगुवाहरू एकसाथ भेला भए । त्यो चिहान किन रित्तो भयो भनी बताउनलाई तिनीहरूले एउटा उपाय सोचे । तिनीहरूले ती सिपाहीहरूलाई घुसको रूपमा धेरै पैसा दिए ।
\v 13 तिनीहरूले भने, “मानिसहरूलाई भन, ‘त्‍यसका चेलाहरू रातको समयमा आए र हामी सुतिरहेको बेला त्‍यसको शरीर चोरे ।’
\s5
\v 14 गवर्नरले यसको बारेमा सुने भने, तिनी नरिसाउन् र तिमीहरूलाई दण्ड नदिऊन् भनेर हामी आफैं पक्‍का गर्नेछौं । यसैले तिमीहरूले चिन्ता गर्नुपर्दैन ।”
\v 15 यसैले ती सिपाहीहरूले त्यो पैसा लिए र तिनीहरूलाई सिकाइएझैंँ गरे । र आजको दिनसम्मै यहूदीहरूका माझमा यही वर्णन दिइएको छ ।
\s5
\v 16 पछि एघारजना चेलाहरू गालीलमा गए । येशूले तिनीहरुलाई जानू भनी आज्ञा दिनुभएको डाँडामा तिनीहरू गए ।
\v 17 तिनीहरूले उहाँलाई त्यहाँ देखे र उहाँको आराधना गरे । तर कसैले उहाँ साँच्‍चै येशू नै हुनुहुन्थ्यो र उहाँ फेरी जीवित हुनुभएको थियो भन्‍ने कुरामा शङ्का गरे ।
\s5
\v 18 तब येशू तिनीहरूको नजीक आउनुभयो र भन्‍नुभयो, “मेरा पिताले मलाई स्वर्गमा र पृथ्वीमा भएका हरेक कुरा र हरेक व्‍यक्तिमाथि सबै अधिकार दिनुभएको छ ।
\v 19 यसैले जाओ, र सबै मानिसहरूका समूहहरूमा भएका सबै मानिसहरूलाई मेरो शन्‍देस प्रचार गर्नलाई मेरो अधिकारलाई प्रयोग गर जसले गर्दा तिनीहरू मेरा चेलाहरू हुन सकून् । पिता, पुत्र र पवित्र आत्माको अधिकारमा हुनलाई तिनीहरूलाई बप्‍तिस्मा देओ ।
\s5
\v 20 मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र यो याद राख कि यस युगको अन्‍त्‍यसम्‍म नै सधैंभरि म तिमीहरूका साथमा हुनेछु ।”