# ११. निस्तार चाड ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-01.jpg) परमेश्‍वरले फारोलाई यदि अझै पनि उनले इस्राएलीहरूलाई मिश्रदेशबाट जान नदिएको खण्डमा मानिस र पशुका जेठा पुरुष सन्तानलाई मारिदिने चेतावनी दिनुभयो । जब फारोले यो सुने, अझै पनि परमेश्‍वरलाई विश्‍वास गर्न र उहाँको आज्ञा मान्‍न उनले इन्कार गरे । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-02.jpg) परमेश्‍वरले उहाँमा विश्‍वास गर्नेहरूको लागि आफ्नो जेठो सन्तानलाई बचाउन सक्ने एउटा बाटो प्रदान गरिदिनुभयो । हरेक परिवारले एउटा खोट रहित थुमालाई छानेर त्यसलाई मार्नुपर्ने थियो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-03.jpg) परमेश्‍वरले इस्राएलीहरूलाई त्यस थुमाको रगत तिनीहरूका घरको मुल ढोकामा लगाउन, अनि त्यसको मासु पोलेर खमिर नहालेको रोटीसँग खान भन्‍नुभयो । अनि फेरि त्यो खाइसकेपछि उनीहरूलाई मिश्रदेश छाेड्न तयार हुन पनि उहाँले भन्‍नुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-04.jpg) इस्राएलीहरूले परमेश्‍वरले भन्‍नुभए जस्तै गरे । मध्यरातमा परमेश्‍वर मिश्र भएर जानुभयो र पहिले जन्मेका छोरा सबैलाई मार्नुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-05.jpg) सबै इस्राएलीहरूका घरको ढोकामा रगत पोतिएको थियो, त्यसैले परमेश्‍वरले ती घरहरूलाई छाेडेर जानुभयो । ती भित्र भएका सबैजना सुरक्षित थिए । थुमाको रगतको कारण उनीहरू बचाइएका थिए । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-06.jpg) तर मिश्रीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन् न त उहाँको आज्ञा नै माने । त्यसैले परमेश्‍वरले तिनीहरूका घरलाई छाेड्नु भएन । परमेश्‍वरले मिश्रीहरूका पहिले जन्मेका छोराहरू सबैलाई मार्नुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-07.jpg) सारा मिश्रीहरूका जेठा छोराहरू मरे, कैदीको जेठो छोरादेखि फारोको जेठो छोरासम्म, सबैजना मरे । मिश्रदेशमा धेरै मानिसहरू वेदनाको कारण रुदैँ र कराउँदै थिए । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-11-08.jpg) त्यसै रात फारोले मोशा र हारूनलाई बोलाए र भने, “इस्राएलीहरूलाई लेओ, अनि तुरुन्तै मिश्रदेश छाेडेर गइहाल __बाइबलको कथाः प्रस्थान ११:१-१२:३२ बाट__