# ४९. परमेश्‍वरको नयाँ करार ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-01.jpg) एक स्वर्गदूतले मरियम नाउँ गरेकी एक कन्यालाई भने, कि उनले परमेश्‍वरका पुत्रलाई जन्म दिनेछिन् । त्यसैले जब उनी अझ एक कन्या नै थिइन्, उनले एउटा छोरो जन्माईन् र उनको नाउँ येशू राखिन् । तसर्थ, येशू परमेश्‍वर र मानिस दुवै हुनुहुन्छ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-02.jpg) येशूले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो, जसले प्रमाणीत गर्छ कि उहाँ परमेश्‍वर हुनुहुन्थ्यो । उहाँ पानीमाथि हिँड्नुभयो, आँधीलाई शान्त पार्नुभयो, धेरै रोगी मानिसहरूलाई निको पार्नुभयो, दुष्टात्माहरू निकाल्नुभयो, मरेको मानिसलाई जीवित तुल्याउनुभयो, र पाँच रोटीका टुक्रा र दुई माछाबाट ५,००० भन्दा बढी मानिसहरूलाई प्रशस्त गरी खान पुग्‍नेगरी खुवाएर आफुलाई प्रमाणित गर्नुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-03.jpg) येशू महान् शिक्षक पनि हुनुहुन्थ्यो, अनि उहाँ अधिकारको साथ बोल्नुहुन्थ्यो किनकि उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो । उहाँले सिकाउनुभयो कि तपाईंले अरू मानिसहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ जसरी तपाईंले आफैँलाई प्रेम गर्नुहुन्छ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-04.jpg) उहाँले यो पनि सिकाउनुभयो कि तपाईंले परमेश्‍वरलाई अरू सबैकुराहरूलाई भन्दा बढी प्रेम गर्नुपर्छ, तपाईंका धन-सम्पतिहरूलाई भन्दा पनि बढी । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-05.jpg) येशूले भन्‍नुभयो कि परमेश्‍वरको राज्य संसारमा भएका कुनैपनि कुराभन्दा बढी मूल्यवान छ । कसैको निम्ति सबैभन्दा महत्वपूर्ण कुरा भनेकै परमेश्‍वरको राज्यको हकदार हुनु हो । परमेश्‍वरको राज्यमा प्रवेश गर्न, तपाईंले आफ्ना पापबाट उद्धार पाउनुपर्छ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-06.jpg) येशूले सिकाउनुभयो कि केही मानिसहरूले उहाँलाई पाउनेछन् र बचाइनेछन् , तर अरूले पाउनेछैनन् । उहाँले भन्‍नुभयो कि कोही मानिसहरू असल भूमि जस्ता हुन् । उनीहरूले येशूको सु-समाचार प्राप्त गर्छन् र बचाइन्छन् । अरू मानिसहरूचाहिँ बाटोका कडा भूमिजस्ता हुन्, जहाँ परमेश्‍वरका वचनको बिऊ छिर्दैन र केही फसल हुँदैन । ती मानिसहरूले येशूको बारे सन्देशलाई इन्कार गर्छन् र उहाँको राज्यभित्र पस्‍न पाउने छैनन् । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-07.jpg) येशूले सिकाउनुभयो कि परमेश्‍वरले पापीहरूलाई धेरै प्रेम गर्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई क्षमा दिन चाहनुहुन्छ र तिनीहरूलाई आफ्ना सन्तान बनाउन चाहनुहुन्छ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-08.jpg) येशूले यो पनि भन्‍नुभयो कि परमेश्‍वरले पापलाई घृणा गर्नुहुन्छ । जब आदम र हव्वाले पाप गरे, यसले उनीहरूका सबै सन्तानहरूलाई असर पार्‍यो । फलस्वरूप, संसारमा सबै मानिसले पाप गर्छन् र परमेश्‍वरबाट अलग गरिएका छन् । तसर्थ, सबैजना परमेश्‍वरबाट टाढा भएका छन् । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-09.jpg) तर परमेश्‍वरले संसारमा भएका सबैलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि येशूमाथि विश्‍वास गर्ने कसैले पनि उनीहरूका पापको सजाय भोग्‍न नपरोस, तर परमेश्‍वरसँग सदा-सर्वदा बाँचिरहून् । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-10.jpg) तपाईंहरूको पापले गर्दा, तपाईं दोषी र मारिन योग्यको हुनुहुन्छ । परमेश्‍वर तपाईंसँग क्रोधित हुनुपर्ने हो, तर उहाँले आफ्नो क्रोध तपाईंको सट्टा येशूमाथि खन्याउनुभयो । जब येशू क्रुसमा मर्नुभयो, उहाँले तपाईंको सजाय भोग्‍नुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-11.jpg) येशूले कहिल्यै पाप गर्नुभएन, तर उहाँले सजाय भोग्‍न र तपाईंको र संसारका हरेक मानिसहरूको पाप उठाई लैजान सिद्ध बलिको रूपमा मर्न चाहनुभयो । येशूले आफैँलाई समर्पण गर्नुभएकोले गर्दा, परमेश्‍वरले कुनैपनि पापलाई क्षमा गर्न सक्नुहुन्छ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-12.jpg) असल कामहरूले तपाईंलाई बचाउन सक्दैन । परमेश्‍वरसँग सम्बन्ध राख्‍न तपाईंले गर्न सक्ने केही कुरा छैन । येशूले मात्र तपाईंका पापहरू धुन सक्नुहुन्छ । तपाईंले यो विश्‍वास गर्नैपर्छ कि येशूनै परमेश्‍वरका पुत्र हुनुहुन्छ, कि तपाईंको साटो उहाँ क्रूसमा मर्नुभयो, र परमेश्‍वरले फेरि उहाँलाई जीवित पारी उठाउनुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-13.jpg) येशूमा विश्‍वास गर्ने र उहाँलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्ने सबैलाई परमेश्‍वरले बचाउनुहुनेछ । तर उहाँमाथि विश्‍वास नगर्ने कोहीलाई पनि उहाँले बचाउनुहुनेछैन । तपाईं धनी हुनुहोस् वा गरीब, पुरुष वा स्त्री, वृद्ध वा जवान, अथवा तपाईं कहाँ बस्‍नुहुन्छ, केही फरक पर्नेछैन । परमेश्‍वरले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंले येशूमा विश्‍वास गर्नुभएको होस् भनी चाहनुहुन्छ, ताकि तपाईंसँग उहाँको घनिष्ठ सम्बन्ध होस् । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-14.jpg) येशूले तपाईंलाई उहाँमा विश्‍वास गर्न र बप्तिस्मा लिन निम्तो दिनुहुन्छ । के तपाईं येशूनै मसिह, परमेश्‍वरका एकमात्र पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नुहुन्छ ? के तपाईं आफूलाई पापी र परमेश्‍वरको दण्डको भागिदार हुनुहुन्छ भनी विश्‍वास गर्नुहुन्छ ? तपाईंका पापहरू उठाइलान येशू क्रूसमा मर्नुभयो भनी के तपाईं विश्‍वास गर्नुहुन्छ ? ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-15.jpg) यदि तपाईंले येशूमा र उहाँले तपाईंको निम्ति के गर्नुभयो भनी विश्‍वास गर्नुहुन्छ भने, तपाईं एक ख्रीष्टियान हुनुहुन्छ ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-16.jpg) यदी तपाईं एक ख्रीष्टियान हुनुहुन्छ भने, येशूले गर्नुभएको कार्यले गर्दा परमेश्‍वरले तपाईंका पापहरू क्षमा गरिदिनुभएको छ । परमेश्‍वरले अब तपाईंलाई एक शत्रु होइन, बरू एक घनिष्ठ मित्र ठान्‍नुहुन्छ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-17.jpg) यदि तपाईं परमेश्‍वरका मित्र हुनुहुन्छ र येशू प्रभुको दास हुनुहुन्छ भने, तपाईं अब येशूले सिकाउनुभएका कुराहरूको आज्ञापालन गर्न चाहनुहुनेछ । तपाईं एक ख्रीष्टियान हुनु भए तापनि, अझैँ तपाईं पाप गर्न परीक्षामा पर्नुहुनेछ । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ अनि भन्‍नुहुन्छ कि यदि तपाईंले आफ्ना पापहरूको प्रयाश्‍चित गर्नुहुन्छ भने, उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । पापको विरुद्ध सामना गर्न उहाँले तपाईंलाई शक्ति दिनुहुनेछ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-49-18.jpg) परमेश्‍वरले तपाईंलाई प्रार्थना गर्न, उहाँका वचन पढ्न, अरू ख्रीष्टियानहरूसँगै आराधना गर्न, अनि उहाँले तपाईंको निम्ति के गर्नुभयो भनी अरूलाई बताउन भन्‍नुहुन्छ । यी सबै कुराहरूले तपाईंलाई उहाँसँग अझ घनिष्ठ सम्बन्ध राख्‍न मद्दत गर्छ । __बाइबलको कथा: रोमी ३:२१-२६, ५:१-११; यूहन्‍ना ३:१६; मर्कूस १६:१६; कलस्सी १:१३-१४; २ कोरन्थी ५:१७-२१; १ यूहन्‍ना १:५-१० बाट__