# ३७. येशूले लाजरसलाई मृत्युबाट बिउताउनुभयो ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-01.jpg) एकदिन, येशूले लाजरस ज्यादै विरामी भएको खबर पाउनुभयो । लाजरस र उनका दुईजना दिदीहरू, मरियम र मार्था येशूका नजिकका मित्रहरू थिए । जब येशूले यो समाचार सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिरामी मृत्युमा गएर टुंगिनेछैन, तर यो त परमेश्‍वरको महिमाको निम्ति हो ।” येशूले उहाँका मित्रहरूलाई प्रेम गर्नुहुन्थ्यो, तर उहाँ अझ दुई दिनसम्म त्यस ठाउँमा रहनुभयो, जहाँ उहाँ बसिराख्‍नुभएको थियो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-02.jpg) दुई दिनपछि, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “आओ, अब हामी यहूदिया फर्कौं ।” चेलाहरूले जवाफ दिए, “तर गुरू,” “केही समय अघिमात्र त्यहाँका मानिसहरूले तपाईंलाई मार्न खोजेका थिए ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-03.jpg) येशूका चेलाहरूले जवाफ दिए, “प्रभु, यदि लाजरस सुतिरहेका छन् भने, उनी उठ्नेछन् ।” अनि येशूले तिनीहरूलाई सरल ढङ्गमा भनिदिनुभयो, “लाजरस मरेको छ । म त्यहाँ नभएकोमा खुशी छु, किनकि अब तिमीहरूले केही अद्भूत कुरा देख्‍नेछौ जसकारण तिमीहरूले ममाथि विश्‍वास गर्न सक्नेछौ ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-04.jpg) जब येशू लाजरसको घरमा पुग्‍नुभयो, लाजरस चार दिनअघि नै मरिसकेका थिए । येशूलाई भेट्नको निम्ति मार्था बाहिर आइन् र भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुमात्र भएको भए, मेरो भाई मर्ने थिएन । तर म विश्‍वास गर्छु कि तपाईंले परमेश्‍वरसँग जेसुकै मागेपनि उहाँले तपाईंलाई दिनुहुनेछ ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-05.jpg) येशूले जवाफ दिनुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । जजसले ममाथि विश्‍वास गर्छन्, उनीहरू कहिल्यै मर्नेछैनन् । के तिमी यो विश्‍वास गर्छौ ?” मार्थाले जवाफ दिइन्, “हो, प्रभु ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-06.jpg) अनि मरियम आइपुगिन् । उनी येशूको पाउ परिन् र भनिन् , “प्रभु, यदि तपाईं यहाँ हुनुभएको मात्र भएपनि, मेरो भाइ मर्ने थिएन ।” येशूले उनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले लाजरसलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “चिहानमा । आएर हेर्नुहोस् ।” अनि येशू रूनुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-07.jpg) त्यो चिहान एउटा गुफा थियो, जसको मुखमा ढुङ्गाले ढाकिएको थियो । जब येशू चिहानमा आइपुग्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यस ढुङ्गालाई त्यहाँबाट हटाइदेओ ।” तर मार्थाले भनिन् , “ऊ मरेको चार दिन भइसक्यो । त्यहाँबाट दुर्गन्ध आउनेछ ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-08.jpg) येशूले भन्‍नुभयो, “के मैले तिमीलाई भनेको थिइनँ, कि तिमीले ममाथि विश्‍वास गर्‍यो भने परमेश्‍वरको महिमा देख्‍नेछौ ?” त्यसैले तिनीहरूले ढुङ्गा हटाइदिए । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-09.jpg) अनि येशूले माथि स्वर्गतिर हेर्नुभयो र भन्‍नुभयो, “पिता, तपाईंले मेरो कुरा सुन्‍नुभएकोलागि धन्यवाद । म जान्दछु कि तपाईंले सधैँ मेरो कुरा सुन्‍नुहुन्छ, तर म यो कुरा यहाँ उभिरहेका सबै मानिसहरूका खातिर भन्दैछु, ताकि तिनीहरूले विश्‍वास गरून् कि तपाईंलेनै मलाई पठाउनुभएको हो । त्यसपछि येशूले कराएर भन्‍नुभयो, “लाजरस, बाहिर आऊ ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-10.jpg) अनि लाजरस बाहिर आए ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-37-11.jpg) तर यहूदीहरूका धार्मिक अगुवाहरू डाही भए, त्यसैले तिनीहरूले कसरी येशू र लाजरसलाई मार्ने भनी योजना बनाउन एकसाथ भेला भए । __बाइबलको कथा: यूहन्‍ना ११:१-४६ बाट__