# १२. प्रस्थान ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-01.jpg) इस्राएलीहरू मिश्रदेश छाेडेर जान पाउँदा धेरै खुशी थिए । तिनीहरू अब दासहरू रहेनन्, र तिनीहरू प्रतिज्ञा गरिएको देशमा जाँदै थिए ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-02.jpg) परमेश्‍वरले दिनमा बादलको अग्लो खाँबोद्वारा तिनीहरूलाई डोर्‍याउनुभयो, त्यो तिनीहरूको अघि-अघि जान्थ्यो, जुन रातमाचाहिँ आगोको खाँबो बन्थ्यो । परमेश्‍वर सधैँ तिनीहरूसँग हुनुहुन्थ्यो अनि यात्राको क्रममा तिनीहरूलाई बाटो देखाउनुभयो । इस्राएलीहरूले गर्नुपर्ने एउटै मात्र काम केवल उहाँलाई पछ्याउनुपर्ने थियो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-03.jpg) त्यसको केही समयपछि, फारो र उनका मानिसहरूले आफ्ना विचार परिवर्तन गरे र इस्राएलीहरूलाई फेरि आफ्ना दासहरू बनाउन चाहे । परमेश्‍वरले फारोलाई हठी तुल्याइदिनुभयो ताकि मानिसहरूले उहाँ नै एउटै सत्य परमेश्‍वर हुनुहुन्छ भनी देखुन् र यो जानून् कि उहाँ अर्थात याहोवे, फारो र उनका देवहरूभन्दा धेरैशक्तिशाली हुनुहुन्छ । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-04.jpg) त्यसकारण फारो र उनका फौजले इस्राएलीहरूलाई फेरि आफ्ना दास बनाउनको निम्ति खेद्दै आए । जब इस्राएलीहरूले मिश्री फौज आउँदै गरेको देखे, तिनीहरूले आफैँलाई फारोका सेनाहरू र लाल समुद्रको बीचमा फसेको चाल पाए । तिनीहरू धेरै डराए र यसो भन्दै कराए, “हामीले किन मिश्रदेश छाड्याैँ ? अब हामी मर्छौँ ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-05.jpg) मोशाले इस्राएलीहरूलाई भने, “नडराओ ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-06.jpg) अनि परमेश्‍वरले बादलको खाँबोलाई इस्राएली र मिश्रीहरूका बिचमा राखिदिनुभयो ताकि मिश्रीहरूले इस्राएलीहरूलाई देख्‍न नसकून् । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-07.jpg) परमेश्‍वरले मोशालाई उसको हात समुद्र तिर उचाली पानीलाई दुई भाग बनाउन भन्‍नुभयो । अनि परमेश्‍वरले दाहिने र देब्रेतिर शक्तिशाली हावा चलाएर समुद्रको बिचबाट एउटा बाटो बनाउनु भयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-08.jpg) इस्राएलीहरू सुख्खा भूमिमाथि पानीको पर्खालको विचबाट समुद्रमा लाम लगाएर हिँडे । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-09.jpg) अनि परमेश्‍वरले त्यस बादललाई बाटोबाट हटाइदिनुभयो ताकि मिश्रीहरूले इस्राएलीहरू भाग्दै गरेका देख्‍न सकून् । मिश्रीहरूले तिनीहरूको पछि लाग्‍ने निर्णय गरे । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-10.jpg) यसकारण उनीहरू समुद्रको बाटो भएर इस्राएलीहरूको पछि लागे, तर परमेश्‍वरले मिश्रीहरूलाई अत्याइदिनुभयो र उनीहरूका घोडचढीहरूलाई अड्काइदिनुभयो । उनीहरूले कराएर भने, “भाग ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-11.jpg) सबै इस्राएलीहरू सकुशल समुद्रको पल्लो छेऊमा पुगेपछि, परमेश्‍वरले फेरि मोशालाई आफ्नो हात पसार्न भन्‍नुभयो । जब उनले त्यसो गरे, फेरि समुद्र जस्ताको त्यस्तै भयो । सारा मिश्रीफौजहरू डुबे । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-12.jpg) जब इस्राएलीहरूले सबै मिश्रीहरूको मृत्यु भएको देखे, तिनीहरूले परमेश्‍वरमा भर गरे र मोशा एक अगमवक्ता रहेछन् भनी विश्‍वास गरे । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-13.jpg) इस्राएलीहरूले धेरै उत्साहका साथ आनन्द पनि मनाए किनभने परमेश्‍वरले तिनीहरूलाई मृत्यु र दासत्वबाट बचाउनुभएको थियो ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-12-14.jpg) इस्राएलीहरूलाई परमेश्‍वरले मिश्रीहरूको विरुद्ध विजय दिनुभयो र तिनीहरूलाई दासत्वबाट बचाउनुभएको सम्झनाको निम्ति हरेक बर्ष निस्तार चाड मनाउन भन्‍नुभयो । तिनीहरूले सो पर्व एक निष्खोट थुमा मारेर त्यसलाई खमिर नहालेको रोटीसँग खाएर मनाए । __बाइबलको कथाः प्रस्थान १२:३३-१५:२१ बाट__