# ४१. परमेश्‍वरले येशूलाई मृतकबाट बौरी उठाउनुभयो ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-01.jpg) सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि, अविश्‍वासी यहूदी अगुवाहरूले पिलातसलाई भने, “त्यो झूटो येशूले भनेको थियो कि ऊ तीन दिनपछि मृत्युबाट उठ्नेछ । उसका चेलाहरूले उनको लास चोरेर लैजालान्, अनि ऊ मृत्युबाट बौरी उठ्यो भनी नभनून् भन्‍ने कुराको पक्का गर्न कसैले त्यस चिहानको पहरा गर्नैपर्छ ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-02.jpg) पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ र त्यस चिहानलाई तिमीले सक्दो सुरक्षित राख ।” त्यसैले तिनीहरूले चिहानको मुखमा भएको ढुङ्गामा एउटा मोहोर लगाए र कसैले शरीर नचोरोस् भनी पक्का गर्न सिपाहीहरूलाई त्यहाँ राखे । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-03.jpg) येशूलाई गाडिएको भोलिपल्ट शबाथको दिन थियो, र यहूदीहरूलाई त्यस दिन चिहानमा जान मनाही थियो । त्यसैले शबाथ दिनको भोलिपल्ट बिहान सबेरै, केही स्‍त्रीहरू येशूको चिहानमा उहाँको शरीरमा अत्तरहरू लगाउन जान तयार भए । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-04.jpg) अचानक, एउटा ठूलो भूकम्प गयो । चट्याङझैँ चम्किरहेका स्वर्गदूत स्वर्गबाट देखा परे । उनले चिहानको मुख थुनिरहेको ढुङ्गालाई त्यहाँबाट हटाइदिए र त्यसमाथि बसे । चिहानको पहरा गरिरहेका सिपाहीहरू डराए र मृत मानिसझैँ भुईँमा लडे । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-05.jpg) जब ती स्त्रीहरू चिहानमा आईपुगे, त्यस स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ । येशू यहाँ हुनुहुन्‍न । उहाँले भन्‍नुभएझैँ, उहाँ मृतकबाट बौरी उठ्नुभएको छ! आएर चिहानमा हेर। अनि ति स्त्रीहरूले चिहानमा हेरे र देखे कि येशुको शरिर त्यहाँ थिएन्। ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-06.jpg) अनि स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “जाओ र चेलाहरूलाई भनिदेओ, ‘येशू मृत्युबाट बौरी उठ्नुभएको छ र उहाँ तिमीहरूका अघि गालीलमा जानुहुनेछ ।’” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-07.jpg) ती स्त्रीहरू डर र ठूलो रमाहाटले भरिएका थिए । उनीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन दौड्दैँ गए । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-41-08.jpg) जब ती स्त्रीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन जाँदै थिए, येशू उनीहरूकहाँ देखा पर्नुभयो, अनि उनीहरूले उहाँको आराधना गरे । येशूले भन्‍नुभयो, “नडराओ । जाओ र मेरा चेलाहरूलाई गालीलमा जान भनिदेओ । उनीहरूले मलाई त्यहीँ देख्‍नेछन् ।” __बाइबलको कथा: मत्ती २७:६२-२८:१५; मर्कूस १६:१-११; लूका २४:१-१२; यूहन्‍ना २०:१-१८ बाट__