# २८. धनी जवान शासक ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-01.jpg) एकदिन, एकजना धनी जवान शासक येशूकहाँ आए र सोधे, “असल गुरू, अनन्त जीवन पाउनको निम्ति मैले के गर्नुपर्छ?” येशूले उसलाई भन्‍नुभयो, “किन तिमी मलाई ‘असल’ भन्दछौ ? एकजना मात्रै असल हुनुहुन्छ जो हुनुहुन्छ, अनि उहाँचाहिँ परमेश्‍वर हुनुहुन्छ । तर यदि तिमी अनन्त जीवन चाहन्छौ भने, परमेश्‍वरका आज्ञाहरू पालन गर ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-02.jpg) “तीमध्ये कुन-कुन चाहिँ मैले पालन गर्नुपर्छ?” उसले सोध्यो । येशूले भन्‍नुभयो, “हत्या नगर्नू । व्यभिचार नगर्नू । नचोर्नू । झूटो नबोल्नू । आफ्नो आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई तिमीले आफैँलाई झैँ प्रेम गर्नू ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-03.jpg) तर त्यस जवान मानिसले आफैलाई ठिक प्रमाणित गर्नको निम्ति भन्यो, “मैले यी सबै आज्ञाहरू म सानो केटो छँदादेखि नै गर्दैआएको छु । मैले अझै के गर्नुपर्छ ताकि म सदाको निम्ति जिऊन सकूँ ?” येशूले त्यस मानिसलाई हेर्नुभयो र टिठाउनुभयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-04.jpg) येशूले जवाफ दिनुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, जाऊ र तिमीसँग भएका सबै थोक बेच अनि त्यसबाट आएको पैसा गरीबहरूलाई देऊ, र स्वर्गमा तिमीले धन पाउनेछौ । त्यसपछि आऊ र मेरो पछि लाग ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-05.jpg) जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुने, उनी धेरै दुःखित भए, किनकि उनी ज्यादै धनी थिए अनि आफूले अधिकार जमाएको सारा थोक दिन चाहँदैन थिए । उनी त्यहाँबाट फर्के र गए । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-06.jpg) अनि येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा छिर्न धेरै कठिन छ! बरु धनि मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु भन्‍दा ऊँटलाई सियोको नाथ्रिबाट छिर्न सजिलो हुन्छ‍।" ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-07.jpg) जब चेलाहरूले येशूले भन्‍नुभएको कुरा सुने, उनीहरू छक्क परे अनि भने, “उसोभए कसले चाहिँ मुक्ति पाउन सक्छ त ?” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-08.jpg) येशूले ती चेलाहरूतिर हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्‍वरका निम्ति, सबै कुरा सम्भव छन् ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-09.jpg) पत्रुसले येशूलाई भने, “हामीले सबै कुराहरू छाेडी तपाईंलाई पछ्याएका छौँ । हाम्रो निम्ति इनाम के हुनेछ ?” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-28-10.jpg) येशूले जवाफ दिनुभयो, “जसले मेरो नाउँको खातिर आफ्ना घर, दाजुभाइ, दिदीबहिनी, बुबा, आमा, छोराछोरी, अथवा धन-सम्पत्ति छोडेका छन्, उनीहरू सबैले सय गुणा बढी पाउनेछन् अनि उनीहरूले अनन्त जीवन पनि पाउनेछन् । तर धेरैजना जो पहिला छन्, उनीहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन् ।” __बाइबलको कथा: मत्ती १९:१६-३०; मर्कूस १०:१७-३१; लूका १८:१८-३० बाट​__