सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि, अविश्वासी यहूदी अगुवाहरूले पिलातसलाई भने, “त्यो झूटो येशूले भनेको थियो कि ऊ तीन दिनपछि मृत्युबाट उठ्नेछ । उसका चेलाहरूले उनको लास चोरेर लैजालान्, अनि ऊ मृत्युबाट बौरी उठ्यो भनी नभनून् भन्ने कुराको पक्का गर्न कसैले त्यस चिहानको पहरा गर्नैपर्छ ।”
पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ र त्यस चिहानलाई तिमीले सक्दो सुरक्षित राख ।” त्यसैले तिनीहरूले चिहानको मुखमा भएको ढुङ्गामा एउटा मोहोर लगाए र कसैले शरीर नचोरोस् भनी पक्का गर्न सिपाहीहरूलाई त्यहाँ राखे ।
येशूलाई गाडिएको भोलिपल्ट शबाथको दिन थियो, र यहूदीहरूलाई त्यस दिन चिहानमा जान मनाही थियो । त्यसैले शबाथ दिनको भोलिपल्ट बिहान सबेरै, केही स्त्रीहरू येशूको चिहानमा उहाँको शरीरमा अत्तरहरू लगाउन जान तयार भए ।
जब ती स्त्रीहरू चिहानमा आईपुगे, त्यस स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ । येशू यहाँ हुनुहुन्न । उहाँले भन्नुभएझैँ, उहाँ मृतकबाट बौरी उठ्नुभएको छ! आएर चिहानमा हेर। अनि ति स्त्रीहरूले चिहानमा हेरे र देखे कि येशुको शरिर त्यहाँ थिएन्।
जब ती स्त्रीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन जाँदै थिए, येशू उनीहरूकहाँ देखा पर्नुभयो, अनि उनीहरूले उहाँको आराधना गरे । येशूले भन्नुभयो, “नडराओ । जाओ र मेरा चेलाहरूलाई गालीलमा जान भनिदेओ । उनीहरूले मलाई त्यहीँ देख्नेछन् ।”