ne_obs/content/03.md

68 lines
10 KiB
Markdown
Raw Normal View History

2017-05-17 21:11:28 +00:00
# ३. जलप्रलय
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-01.jpg)
2016-11-16 19:32:19 +00:00
धेरै समयपछि, संसारमा धेरै मानिसहरू भए । उनीहरू ज्यादै दुष्ट र हिंसात्मक हुँदै गएका थिए । यो अब यति धेरै खराब भयो कि परमेश्‍वरले सारा संसारलाई एउटा विशाल जलप्रलयले नष्ट गर्ने निधो गर्नुभयो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-02.jpg)
2016-11-16 19:32:19 +00:00
तर नोआले परमेश्‍वरबाट निगाह पाए । दुष्ट मानिसहरूका बीचमा उनी एउटा धर्मी व्यक्ति थिए । परमेश्‍वरले नोआलाई आफूले पठाउन लाग्‍नुभएको जलप्रलयको बारेमा बताउनुभयो । उहाँले नोआलाई एउटा ठुलो जहाज बनाउन लगाउनुभयो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-03.jpg)
2016-11-16 19:32:19 +00:00
परमेश्‍वरले नोआलाई करिब १४० मिटर लामो, २३ मिटर चौडाई, र १३.५ मिटर अग्लो जहाज बनाउन भन्‍नुभयो । नोआले त्यस जहाजलाई काठको प्रयोग गरी ३ तहमा बनाउनुपर्ने थियो जहाँ धेरै कोठाहरू, छत र झ्यालहरू हुनुपर्थ्यो । त्यस जहाजमा नोआ, उनका परिवार, र हरेक किसिमका जमिनमा बस्‍ने जनावरहरू जलप्रलयको समयमा सुरक्षित रहनु पर्ने थियो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-04.jpg)
2016-11-16 19:32:19 +00:00
नोआले परमेश्‍वरको आज्ञा माने । नोआ र उनका तीन छोराहरूले परमेश्‍वरले भन्‍नुभएजस्तै जहाज बनाए । जहाज एकदमै ठूलो भएकोले त्यसलाई बनाउन धेरै वर्ष लागेको थियो । नोआले मानिसहरूलाई जलप्रलयको चेतावनी दिए र तिनीहरूलाई परमेश्‍वरतर्फ फर्किन सचेत गराए, तर तिनीहरूले उनको कुरामा विश्‍वास गरेनन् ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-05.jpg)
2016-11-16 19:32:19 +00:00
परमेश्‍वरले नोआलाई, उनका परिवार र जनावरहरूलाई चाहिनेजति खानेकुरा जम्मा गर्न लगाउनुभयो । जब सबै कुरा तयार भयो, परमेश्‍वरले नोआलाई अब समय आएको छ भन्‍नुभयो र ऊ, उनकी श्रीमती, उनका तीन छोराहरू र उनीहरूका पत्‍नीहरू सबैलाई जहाजमा जान भन्‍नुभयो (उनीहरू जम्मा गरी आठ जना थिए) ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-06.jpg)
2016-11-16 19:32:19 +00:00
परमेश्‍वरले भाले र पोथी गरी सबै किसिमका पशुपंक्षीको एक-एक जोडी नोआकहाँ पठाउनुभयो ताकि जलप्रलयको समयमा ती सबै जहाजमा सुरक्षित रहून् । उहाँले बलिको निम्ति चाहिने पशुपंक्षी हरेकको सात-सात जोडी भाले र पोथी गरी पठाउनुभयो । जब उनीहरू सबै जहाजभित्र गए, तब परमेश्‍वर स्वयंमले जहाजको ढोका बन्द गरिदिनुभयो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-07.jpg)
2016-11-16 19:32:19 +00:00
2022-02-02 18:13:52 +00:00
त्यसपछि पानी लगातार पर्न सुरु भयो । चालीस दिन र चालीस रातसम्म निरन्तर पानी परि नै रह्यो । पृथ्वी मुनिबाट पनि पानी बेगसँग उर्लेर आयो । सारा संसार र अग्ला चुचुराहरू समेत पानीमा डुबेको थियो ।
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-08.jpg)
2016-11-16 19:32:19 +00:00
सुख्खा जमिनमा जिउने सबै थोक मरे, केवल जहाजभित्र भएका मानिस र पशुपंक्षीहरू जीवित रहे । जहाज पानीमा तैरिदैँ रह्यो र भित्र भएका सबैलाई डुब्‍नबाट जोगाएर राख्यो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-09.jpg)
2016-11-16 19:32:19 +00:00
पानी थामिएको पाँच महिनासम्म जहाज तैरिरह्यो, र त्यस बिचमा पानी सुक्दै गइरहेको थियो । अनि एकदिन एउटा पाहाडको टुप्पोमा जहाज रोकियो, तर पृथ्वी अझसम्म पनि पानीमा डुबिरहेको थियो । तीन महिनापछि, अन्य पहाडका माथिल्ला भागहरू देखिन थाले ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-10.jpg)
2016-11-16 19:32:19 +00:00
अरू चालीस दिनपछि नोआले एउटा कागलाई पानी सुकेको छ कि छैन भनी हेर्न बाहिर पठाए । काग यता-उता गर्दै सुख्खा जमिनको खोजीमा उड्न लाग्यो, तर कतै पनि भेट्टाउन सकेन ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-11.jpg)
2016-11-16 19:32:19 +00:00
पछि नोआले एउटा ढुकुरलाई पठाए । तर त्यसले पनि कुनै सुख्खा जमिन भेट्टाउन सकेन, त्यसैले त्यो नोआकहाँ फर्केर आयो । त्यसको एक हप्तापछि उनले फेरि त्यस ढुकुरलाई बाहिर पठाए, अनि त्यसले आफ्नो चुच्चोमा एउटा जैतुनको हाँगा लिएर आयो । पानी सुक्दै गइरहेको थियो, र बिरुवाहरू फेरि पलाउदैँ गएका थिए ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-12.jpg)
2016-11-16 19:32:19 +00:00
अर्को एक हप्ता पर्खेपछि नोआले तेस्रो पटक त्यस ढुकुरलाई बाहिर पठाए । यस पटकचाहिँ त्यसले आराम गर्ने ठाउँ पायो र त्यो फर्केर आएन । पानी सुक्दै गइरहेको थियो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-13.jpg)
2016-11-16 19:32:19 +00:00
दुई महिनापछि परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “तँ र तेरा परिवार सबै पशुपंक्षीहरू जहाजबाट बाहिर निस्किन सक्छौ । तिमीहरूले धेरै सन्तानहरू जन्माओ र फेरि सारा पृथ्वीमा भरिदै जाओ ।” अनि नोआ र उनका परिवार जहाजबाट बाहिर आए ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-14.jpg)
2016-11-16 19:32:19 +00:00
जहाजबाट बाहिर आएपछि नोआले परमेश्‍वरको लागि एउटा वेदी बनाए अनि त्यस वेदीमा बलिको लागि राखिएका केही जनावरहरूको बलि चढाए । परमेश्‍वर त्यस बलिद्वारा प्रशन्‍न हुनुभयो अनि नोआ र उनका परिवारलाई आशिष् दिनुभयो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-15.jpg)
2016-11-16 19:32:19 +00:00
परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो, “अब फेरि म कहिल्यै पनि मानिसको दुष्टताको खातिर यस पृथ्वीलाई श्रापित तुल्याउने छैन, अथवा जलप्रलयद्वारा संसारलाई नष्ट गर्नेछैन, यद्यपि मानिसको हृदयका भावनाहरू बाल्यकालदेखि नै खराब हुन्छन् ।”
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-03-16.jpg)
2016-11-16 19:32:19 +00:00
अनि परमेश्‍वरले प्रतिज्ञाको चिन्ह स्वरूप पहिलो इन्द्रेणी बनाउनुभयो । हरेक पटक जब आकाशमा इन्द्रेणी देखा पर्छ, परमेश्‍वरले आफ्ना मानिसहरूसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
2022-02-02 18:13:52 +00:00
__बाइबलको कथा : उत्पत्ति ६-८ बाट__