ne_obs/content/40.md

40 lines
6.4 KiB
Markdown
Raw Normal View History

2016-11-16 19:32:19 +00:00
# ४०. येशू क्रुसमा टाँगिनुभयो #
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-01.jpg?direct&)
येशूको गिल्ला गरेपछि, सिपाहीहरूले उहाँलाई क्रूसमा चढाउनको निम्ति त्यहाँबाट अन्तै लगे । तिनीहरूले उहाँलाई क्रूस बोक्न लगाए जसमाथि उहाँलाई टाँगिने थियो ।
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-02.jpg?direct&)
ती सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए र उहाँका हात र पाउलाई क्रूसमा राखी त्यसमाथि किला ठोकिदिए । तर येशूले भन्‍नुभयो, “पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस् , किनकि यिनीहरू के गर्दैछन्, सो जान्दैनन् ।” पिलातसले ती सिपाहीहरूलाई एउटा पाटीमा “यहूदीहरूका राजा” लेखे र त्यसलाई क्रूसमा येशूको शिरमाथि राख्‍ने हुकुम दिए ।
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-03.jpg?direct&)
सिपाहीहरूले येशूको वस्‍त्रमा चिठ्ठा हाले । तिनीहरूले यसो गर्दा त्यो अगमवाणी पूरा भयो, जसले भनेको थियो, “तिनीहरूले मेरा वस्‍त्रहरू आफैँमा बाँडे, र मेरो कपडाको निम्ति चिठ्ठा हाले ।”
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-04.jpg?direct&)
येशूलाई दुई लुटेराहरूको बीचमा क्रूसमा चढाइएको थियो । तीमध्ये एकजनाले येशूलाई गिल्ला गर्‍यो, तर अर्कोचाहिँले भन्यो, “के तिमीलाई परमेश्‍वरको कुनै डर छैन ? हामी दोषी छौँ, तर यी मानिस त निर्दोष छन् ।” अनि उसले येशूलाई भन्यो, “कृपया मलाई तपाईंको राज्यमा सम्झनुहोस् ।” येशूले जवाफ दिनुभयो, “आजै, तिमी मसँग स्वर्गमा हुनेछौ ।”
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-05.jpg?direct&)
यहूदी अगुवा र भीडमा भएका अरू मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँलाई भने, “यदि तिमी परमेश्‍वरका पुत्र हौँ भने, क्रूसबाट तल ओर्लिआऊ अनि आफैँलाई बचाऊ ! त्यसपछि हामी तिमीमाथि विश्‍वास गर्नेछौँ ।”
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-06.jpg?direct&)
अनि समस्त इलाकाभरि अन्धकार छायो, यद्यपि त्यो मध्यदिनको समय थियो । त्यो अन्धकार मध्यान्हको तीन बजेसम्म रहिरह्यो ।
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-07.jpg?direct&)
त्यसपछि येशू चर्को स्वरले कराउनुभयो, “अब सिद्धियो ! पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु ।” अनि उहाँले आफ्नो शिर निहुर्‍याउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो । जब उहाँ मर्नुभयो, त्यहाँ भुईँचालो गयो अनि मन्दिरमा मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट अलग गराएको त्यस ठूलो पर्दा माथिदेखि तल दुई भागमा च्यात्तियो ।
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-08.jpg?direct&)
उहाँको मृत्युद्वारा, येशूले मानिसहरूका निम्ति परमेश्‍वरकहाँ आउने बाटो खोलिदिनुभयो । जब येशूलाई पहरा दिइरहेको त्यस सिपाहीले यी सबै कुराहरू भएको देख्यो, उसले भन्यो, “निश्‍चय नै, यी मानिस निर्दोष थिए । उनी परमेश्‍वरका पुत्र थिए ।”
![Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-09.jpg?direct&)
अनि योसेफ र निकोदेमस, येशूलाई मसिह भनी विश्‍वास गरेका दुईजना यहूदी अगुवाहरूले पिलातससँग येशूको शरीर मागे । तिनीहरूले उहाँको शरीरलाई कपडामा बेरे र त्यसलाई चट्टानमा कोपेर बनाइएको चिहानभित्र राखे । त्यसपछि तिनीहरूले चिहानको मुख थुन्‍नलाई त्यसको अगाडि एउटा ठूलो ढुङ्गा गुडाएर राखिदिए ।
_बाइबलको कथा: मत्ती २७:२७-६१; मर्कूस १५:१६-४७; लूका २३:२६-५६; यूहन्‍ना १९:१७-४२ बाट_