ne_obs/content/30.md

39 lines
5.3 KiB
Markdown
Raw Normal View History

2017-05-17 21:11:28 +00:00
# ३०. येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-01.jpg)
2016-11-16 19:32:19 +00:00
मानिसहरूलाई प्रचार गर्न र शिक्षा दिन येशूले आफ्ना चेलाहरूलाई विभिन्‍न ठाँउहरूमा पठाउनुभयो । जब उनीहरू येशू हुनुभएको ठाँउमा फर्केर आए, उनीहरूले गरेका कामहरू उहाँलाई बताइदिए । त्यसपछि येशूले उनीहरूलाई आफूसँग समुन्द्रको पल्लो छेऊ, एक शान्त ठाँउमा गएर केही समय आराम गर्न बोलाउनुभयो । त्यसैले, उनीहरू एउटा डुंगामा चढे र समुन्द्रको पल्लो छेऊतर्फ गए ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-02.jpg)
2016-11-16 19:32:19 +00:00
तर त्यहाँ धेरै मानिसहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई डुंगामा चढी अन्तै जानुभएको देखेका थिए । यी मानिसहरू पनि उहाँहरूभन्दा पहिले समुन्द्रको पल्लो छेऊमा पुग्‍ने दाउले किनारै किनार भएर दौडे । तसर्थ, जब येशू र चेलाहरू त्यस ठाउँमा आइपुग्‍नुभयो, मानिसहरूको ठूलो भीड त्यहाँ पहिले नै उहाँहरूलाई पर्खेर बसिरहेको थियो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-03.jpg)
2016-11-16 19:32:19 +00:00
त्यस भीडमा स्‍त्री र बालकहरूलाई नगनीकन, करिब ५, भन्दा बढी पुरुषहरू थिए । येशूले ती मानिसहरूलाई दया देखाउनुभयो । येशूको निम्ति, ती मानिसहरू गोठालोविनाका भेडाहरू सरह थिए । त्यसैले उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो र रोगी मानिहरूलाई निको पार्नुभयो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-04.jpg)
2016-11-16 19:32:19 +00:00
दिनको अन्त्यतिर, चेलाहरूले येशूलाई भने, “अब त ढिला भइसक्यो र यहाँ नजिकै कुनै बस्ती पनि छैनन् । यी मानिसहरूलाई अन्तै पठाइदिनुहोस् ताकि यिनीहरूले खानको निम्ति केही पाउन सकून् ।”
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-05.jpg)
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
तर येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूका निम्ति खानाको बन्दोवस्त गरिदेओ
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-06.jpg)
2016-11-16 19:32:19 +00:00
येशूले भीडमा भएका मानिसहरूलाई पचास-पचास जनाको झुण्डमा बस्‍न लगाउनू भनि चेलाहरूलाई अह्राउनुभयो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-07.jpg)
2016-11-16 19:32:19 +00:00
अनि येशूले ती पाँच रोटी र दुईवटा माछा लिनुभयो, माथि स्वर्गतिर हेर्नुभयो, अनि खानेकुराको निम्ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो ।
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-08.jpg)
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
त्यसपछि येशूले रोटी र माछालाई टुक्रा-टुक्रा पारी भाँच्‍नुभयो । उहाँले ती टुक्राहरू मानिसहरूलाई बाँडिदिनको निम्ति चेलाहरूलाई दिनुभयो । चेलाहरूले खानेकुरा बाँडिनै राखे, र त्यो कहिल्यै सिद्धिएन
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-30-09.jpg)
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
त्यसपछि, चेलाहरूले उब्रिएका खानेकुरा जम्मा पारे, अनि त्योचाहिँ करिब बाह्र डाला भन्दा बढी हुनआयो
2016-11-16 19:32:19 +00:00
2017-05-17 21:11:28 +00:00
__बाइबलको कथा: मत्ती १४:१३-२१; मर्कूस ६:३१-४४; लूका ९:१०-१७; यूहन्‍ना ६:५-१५ बाट__