145 lines
38 KiB
Plaintext
145 lines
38 KiB
Plaintext
\id 1JN
|
|
\ide UTF-8
|
|
\h १ यूहन्ना
|
|
\toc1 १ यूहन्ना
|
|
\toc2 १ यूहन्ना
|
|
\toc3 1jn
|
|
\mt १ यूहन्ना
|
|
\c 1
|
|
\cl अध्याय १
|
|
\p
|
|
\v 1 त्यस जीवनको वचनको बारेमा—जुन सुरुदेखि थियो, जुन हामीले सुनेका छौं, जुन हामीले आफ्नै आँखाले देखेका छौं, जसमा हामीले हेरेका छौं र हाम्रा हातहरूले छोएका छन् ।
|
|
\v 2 अनि जीवन प्रकट गरियो, र हामीले यसलाई देखेका छौं, र यसको गवाही दिन्छौं । हामी तिमीहरूलाई अनन्त जीवन घोषणा गर्दैछौं, जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको छ ।
|
|
\v 3 जुन हामीले देखेका र सुनेका छौं, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग हुन्छ ।
|
|
\v 4 साथै, हाम्रो आनन्द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं । \f + \ft केही महत्वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरूमा \fqa र तिमीहरूको आनन्द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं \fqa* छ । \f*
|
|
\p
|
|
\v 5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्दैछौंः परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन ।
|
|
\v 6 हामीले उहाँसँग सङ्गति गर्छौं भनी भन्छौं र अन्धकारमा हिंड्छौं भने, हामीले झुट बोलिरहेका छौं र सत्यता अभ्यास गरिरहेका छैनौं ।
|
|
\v 7 तर उहाँ ज्योतिमा हुनुभएझैं हामी ज्योतिमा हिंड्छौं भने, हाम्रो एक अर्कासँग सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।
|
|
\v 8 यदि हामीले हामीसँग पाप छैन भन्छौं भने, हामीले आफैंलाई धोका दिइरहेका हुन्छौं, र हामीसँग सत्य हुँदैन ।
|
|
\v 9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।
|
|
\v 10 यदि हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।
|
|
\c 2
|
|
\cl अध्याय २
|
|
\p
|
|
\v 1 बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दैछु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्ट हुनुहुन्छ ।
|
|
\v 2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
|
|
\p
|
|
\v 3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौं कि हामी उहाँलाई चिन्छौं ।
|
|
\v 4 जसले “म परमेश्वरलाई चिन्छु “ भन्छ, तर उहाँका आज्ञाहरू पालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्य हुँदैन ।
|
|
\v 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यसमा परमेश्वरको प्रेम सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्ने हामी यसैद्वारा थाहा पाउँछौंः
|
|
\v 6 जसले परमेश्वरमा रहन्छु भन्छ त्यो आफैं पनि उहाँ हिंड्नु भएझैं हिंड्नुपर्छ ।
|
|
\p
|
|
\v 7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।
|
|
\v 8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्टमा र तिमीहरूमा सत्य छ, किनभने अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ ।
|
|
\v 9 जसले आफू ज्योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्धकारमा नै छ ।
|
|
\v 10 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठेस लाग्ने कुनै कारण हुँदैन ।
|
|
\v 11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा नै हुन्छ र अन्धकारमा हिँड्छ; त्यो कहाँ गइरहेको छ भनी त्यसले थाहा पाउँदैन, किनभने अन्धकारले त्यसका आँखा अन्धो तुल्याएको छ ।
|
|
\p
|
|
\v 12 बालकहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूका पाप उहाँको नाउँको खातिर क्षमा गरिएका छन् ।
|
|
\v 13 बुबाहरू हो, म तपाईंहरूलाई लेख्दैछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूले दुष्टलाई जितेका छौ । बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।
|
|
\v 14 बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरू दुष्टमाथि विजय भएका छौ ।
|
|
\p
|
|
\v 15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन ।
|
|
\v 16 किनकि संसारमा भएका सबै थोकहरू—शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी—पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
|
|
\v 17 संसार र यसका इच्छाहरू बितेर जाँदैछन् । तर जसले परमेश्वरको इच्छाअनुसार गर्छ, त्यो सदासर्वदा रहिरहन्छ ।
|
|
\p
|
|
\v 18 बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुनेझैं, अहिले धेरै ख्रीष्ट विरोधीहरू आएका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौं ।
|
|
\v 19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हामीबाटका थिएनन् । किनकि यदि तिनीहरू हामीबाटका भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए । तर जब तिनीहरू हामीबाट बाहिर गए, यसले तिनीहरू हामीबाटका होइनन् भन्ने देखायो ।
|
|
\v 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबै कुरा जान्दछौ ।
|
|
\v 21 तिमीहरूले सत्य जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झूट सत्यबाट नआउने हुनाले हो ।
|
|
\v 22 येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने इन्कार गर्नेबाहेक झूटा अर्को को हुन्छ? त्यो व्यक्ति नै ख्रीष्ट विरोधी हो, किनभने त्यसले पिता र पुत्रलाई इन्कार गर्छ ।
|
|
\v 23 पुत्रलाई इन्कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्न । पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।
|
|
\v 24 तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्छौ ।
|
|
\v 25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा अर्थात् अनन्त जीवन यही हो ।
|
|
\p
|
|
\v 26 तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।
|
|
\v 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ अनि त्यो सत्य हो र झुटो होइन, र त्यसले तिमीहरूलाई सिकाएअनुसार, उहाँमा रहो ।
|
|
\p
|
|
\v 28 अब बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् ।
|
|
\v 29 यदि उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्ने तिमीहरूले जान्दछौ ।
|
|
\c 3
|
|
\cl अध्याय ३
|
|
\p
|
|
\v 1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनिनुपर्छ, र हामी यही हौं । यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन । \f + \ft केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा \fqa हामी यही हौं \fqa* छैन । \f*
|
|
\v 2 प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौं, र हामी के हुनेछौं भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौं, कि जब ख्रीष्ट देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौं ।
|
|
\v 3 उहाँमा यो आशा राख्ने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
|
|
\v 4 पाप गर्ने हरेकले दुष्ट कार्यहरू गर्दैछन्, किनकि पाप दुष्टता हो । ।
|
|
\v 5 पापहरू हटाई लानलाई नै ख्रीष्ट प्रकट हुनुभयो भन्ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।
|
|
\v 6 उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ ।
|
|
\v 7 बालकहरू हो, कसैलाई पनि तिमीहरूलाई बहकाउन नदेओ । जस्तो ख्रीष्ट धर्मी हुनुहुन्छ त्यसरी नै धार्मिकताको काम गर्ने धर्मी हुन्छ ।
|
|
\v 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनकि शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण परमेश्वरका पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्ट गर्नुभएको होस् ।
|
|
\v 9 जो परमेश्वरबाट जन्मेको छ गरिरँहदैन, किनभने परमेश्वरको बीउ त्यसमा रहन्छ । त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो ।
|
|
\v 10 यसैमा परमेश्वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन्ः जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरको होइन, न त आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
|
|
\p
|
|
\v 11 किनकि तिमीहरूले सुरुदेखि सुनेको सन्देश यही नै होः हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
|
|
\v 12 हामी कयिनजस्तो हनुहुँदैन जो दुष्टको थियो र आफ्नो भाइको हत्या गर्यो । त्यसले आफ्नो भाइलाई किन मार्यो? किनभने त्यसका कामहरू दुष्ट थिए र त्यसको भाइका धार्मिक थिए ।
|
|
\v 13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान ।
|
|
\v 14 हामी जान्दछौं, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौं, किनभने हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।
|
|
\v 15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।
|
|
\v 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौं, किनभने ख्रीष्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
|
|
\v 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफ्नो भाइ खाँचोमा परेको देखेर पनि त्यसबाट आफ्नो दयाको हृदय बन्द गर्छ भने कसरी परमेश्वरको प्रेम त्यसमा रहन्छ?
|
|
\v 18 मेरा बालकहरू हो, हामी वचन र मुखले मात्र प्रेम नगरौं, तर कामले र सत्यताले प्रेम गरौं ।
|
|
\p
|
|
\v 19 यसैद्वारा हामी सत्यका हौं भन्ने जान्दछौं र हाम्रो हृदयलाई उहाँको सामुन्ने निश्चय गर्छौं ।
|
|
\v 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्नुहुन्छ ।
|
|
\v 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिंदैन भने हामी परमेश्वरप्रति दृढ छौं ।
|
|
\v 22 हामीले जे माग्छौं त्यो हामी उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा असल हुने थोकहरू गर्छौं ।
|
|
\v 23 यो उहाँको आज्ञा होः कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो ।
|
|
\v 24 जसले परमेश्वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ । यसैद्वारा हामी जान्दछौ, कि उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।
|
|
\c 4
|
|
\cl अध्याय ४
|
|
\p
|
|
\v 1 प्रिय हो, हरेक आत्मालाई विश्वास नगर । बरु, ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झूटा अगमवक्ताहरू संसारमा निस्कि आइसकेका छन् ।
|
|
\v 2 यसैद्वारा तिमीहरूले परमेश्वरको आत्मालाई चिन्नेछौ—येशू ख्रीष्ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो,
|
|
\v 3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन । यो ख्रीष्ट विरोधीको आत्मा हो, जुन तिमीहरूले आउँदैछ भनी सुनेका छौ, र अब त्यो यस संसारमा अगिदेखि नै छ ।
|
|
\p
|
|
\v 4 बालकहरू हो, तिमीहरू परमेश्वरबाटका हौ, र तिनीहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
|
|
\v 5 तिनीहरू संसारबाटका हुन्; यसकारण तिनीहरूले भनेका कुराहरू संसारबाटकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ ।
|
|
\v 6 हामी परमेश्वरबाटका हौं । जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्वरबाटको होइन, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौं ।
|
|
\p
|
|
\v 7 प्रिय हो, हामी एकले अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्वरबाटको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो र त्यसले परमेश्वरलाई चिन्छ ।
|
|
\v 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनकि परमेश्वर प्रेम हुनुहुन्छ ।
|
|
\v 9 यसैकारण परमेश्वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि परमेश्वरले आफ्नो एक मात्र पुत्र संसारमा पठाउनुभएको छ ताकि हामी उहाँको कारणले जिउन सकौं ।
|
|
\v 10 प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्चित्त हुनलाई उहाँले आफ्नो पुत्र पठाउनुभयो ।
|
|
\v 11 प्रिय हो, परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
|
|
\p
|
|
\v 12 परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
|
|
\v 13 यसैद्वारा हामी जान्दछौं, कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्माको केही भाग दिनुभएको छ ।
|
|
\v 14 साथै, हामीले देखेका छौं र गवाही दिएका छौं, कि पिताले संसारको मुक्तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
|
|
\v 15 जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्वरमा रहन्छ ।
|
|
\v 16 साथै हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौं र विश्वास गरेका छौं । परमेश्वर प्रेम हुनुहुन्छ, र जो यस प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ ।
|
|
\v 17 यसैकारण न्यायको दिनमा हामीमा दृढता होस् भनेर प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौं ।
|
|
\v 18 प्रेममा कुनै डर हुँदैन । बरु सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
|
|
\v 19 हामी प्रेम गर्छौं, किनभने परमेश्वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
|
|
\v 20 कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो । किनकि जसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन ।
|
|
\v 21 साथै, उहाँबाटको यो आज्ञा हामीसँग छः कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।
|
|
\c 5
|
|
\cl अध्याय ५
|
|
\p
|
|
\v 1 जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हुन्छ, र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मने बालकलाई पनि प्रेम गर्छ ।
|
|
\v 2 यसैद्वारा हामी जान्दछौं कि परमेश्वरका सन्तानहरूलाई प्रेम गर्छौंः जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं ।
|
|
\v 3 किनकि परमेश्वरको निम्ति प्रेम यही नै होः कि हामी उहाँका आज्ञाहरू पालना गर्छौ । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।
|
|
\v 4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि यो संसारलाई जित्ने विजय हाम्रो विश्वास हो ।
|
|
\v 5 संसारमाथि विजय हासिल गर्ने को हो? त्यही हो, जसले येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ ।
|
|
\p
|
|
\v 6 उहाँ उही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयोः येशू ख्रीष्ट । उहाँ पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।
|
|
\v 7 किनकि गवाही दिनेहरू तीन छन्ः
|
|
\v 8 आत्मा, पानी र रगत अनि यी तीनै सहमत हुन्छन् । \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा \fqa किनकि स्वर्गमा गवाही दिनेहरू तीन छन्ः पिता, वचन र पवित्र आत्मा। यी तीनै एक हुन्; अनि पृथ्वीमा गवाही दिनेहरू तीन छन्ःआत्मा, पानी र रगत; अनि यी तीनै एक जस्तै हुन् \fqa* छ । तर पनि उत्कृष्ट प्रतिलिपिहरूमा यी कुराहरू छैनन् । \f*
|
|
\v 9 हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।
|
|
\v 10 जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झूटा बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन ।
|
|
\v 11 अनि गवाही यही हो: परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।
|
|
\v 12 जससँग पुत्र छ, त्यससँग जीवन छ। जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन ।
|
|
\p
|
|
\v 13 मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्ने तिमीहरूले जान्न सक—तिमीहरू जसले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्छौ ।
|
|
\v 14 साथै, उहाँको सामुन्ने हामीसँग भएको दृढता यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौं भने, उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ ।
|
|
\v 15 साथै, यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग मागेका कुराहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौं ।
|
|
\p
|
|
\v 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात्, तिनीहरूलाई जसको पापले मृत्युमा पुर्याउँदैन । मृत्युमा पुर्याउने पाप छ; त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ ।
|
|
\v 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्याउने पाप पनि हुन्छ ।
|
|
\v 18 हामी जान्दछौं, कि जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन । तर जो परमेश्वरबाट जन्मेको छ, परमेश्वरले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई हानि गर्न सक्दैन ।
|
|
\v 19 हामी जान्दछौं, कि हामी परमेश्वरबाटका हौं, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ ।
|
|
\v 20 तर हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, ताकि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिन्न सकौं । साथै हामी उहाँमा छौं जो सत्य हुनुहुन्छ अर्थात् उहाँका पुत्र येशू ख्रीष्ट । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ ।
|
|
\p
|
|
\v 21 बालकहरू हो, तिमीहरू आफैंलाई मूर्तिहरूबाट अलग राख ।
|